Tuesday, September 19, 2017
चौधरी ग्रुपको कर छलीमा सचिबकै हात !
रोशन कार्की
भारतको राजस्थानका मारबाडीहरुमध्ये मंगल साहुको पसलमा काम गर्ने भुरामल चौधरी करिब १ सय २५ वर्ष पहिले नेपाल छिरेका हुन । काठमाडौंको मखन टोलमा मंगल साहुको कपडा पसलमा काम गरेका भूरामलले पछि डुलुवा व्यापारीको काम गर्न थाले । भारतबाट नयाँ डिजाइनका साडी ल्याएर दरबारमा रानीहरुलाई बिक्री गर्ने र रानीहरुको अर्डर बमोजिमका कपडाहरु ल्याएर बेच्ने काम गर्ने भुरामलका छोरा लुनकरणदासले समेत बच्चा उमेरम बाबुले गरेकै कामलाई सघाए ।
तर, भुरामलको तेश्रो पुस्ता विनोद चौधरी अहिले बहुराष्ट्रिय कम्पनीका मालिक बनेका छन् । नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, सिंगापुर, अमेरिका, दुबई लगायतका देशमा उनको उद्योग र ब्यवसाय रहेको छ । बाजेको कपडा ब्यापार विस्तार भएर नातिको पालामा आइपुग्दा टेलिभिजन, फ्रिजजस्ता विद्युतीय सामाग्रीको एसेम्बल, चाउचाउ लगायतका फाष्ट मुभिङ कन्जुमर गुड्स एफएमसिजी, बैंकिङ, हस्पिटल, होटल ब्यवसाय, गाडी, रियलस्टेट, हाइड्रोपावरको क्षेत्रसम्ममा लगानी गरेका छन् । चौधरी ग्रुपको यी व्यवसायलाई देखाउदै विश्वको धनीको सूचीमा परेका बिनोद चौधरीले भने देशलाई बुझाउनु पर्ने कर र राजस्व समेत छली गर्र्दै आएको भन्दा सवैलाई अचम्म लाग्ने गरेको छ ।
उनले आफ्नो आत्मबृत्तान्त पुस्तकमा समेत आफ्नो संर्घषका कथा लेखेका छन् सो बाटै के प्रष्टहुन्छ भने भारतीय नागरिक नेपाल छिरेर नेपाली नागरिकता समेत लिई व्यापार व्यवसाय गरेको देखिन्छ । उनले अहिलेपनि २ देशको नागरिकता र राहादानी लिएको अरोप समेत रहेको छ । डुलुवा ब्यापारीको काम छाडेर भुरामलले जुद्धसडक (हालको विशालबजार नजिक) मा कपडा पसल खोलेका थिए । बाबु लुनकरण दासले डिपार्टमेन्टल स्टोर र विराटनगरसम्म ब्यापार विस्तार गरे । त्यसलाई विनोद चौधरीले विस्तार गरेर विदेशसम्म पु¥याए तर देशलाई बुझाउने कर नबुझाई रकम समेत अहिले विदेश लैजादै आए ।
आफ्नो व्यवसाय सुरक्षित गर्न तत्कालीन अधिराजकुमार धिरेन्द्रलाई विना लगानी ४९ प्रतिशतको साझेदार बनाएका चौधरीले जनमतसंग्रहलाई हराई पञ्चायतलाई जिताउन चन्दा समेत दिएर बहुदलको विपक्षमा लागेका थिए । देशमा प्रजातन्त्र आएपछि नेपाली कांग्रेससंग नजिकिए, देशमा आफ्नो व्यवसाय चलाउनु थियो र राजस्व कर छली गर्नुनै चौधरी समुहको एकमात्र उदेश्य रहेको थियो सोही उदेश्य पुरा गर्न चौधरीले सुरुमा काँग्रेसको भजन गाउदै अबैध करोबारलाई अगाडी बढाए ।
पछि संविधानसभा चुनाबमा पछि एमालेका तर्फबाट संविधान सभा सदस्यमा करोडौं रुपैयाँ बुझाएर सभासद समेत बने । सोही समयमा तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीलाई आफ्नो बसमा पारी छायाँ अर्थमन्त्री भएर अबैधरुपमा देशमा बुझाउनु पर्ने कर र राजस्व समेत गुटमुटाएर विदेश लगी जम्मा गर्ने राम्रो मौका पाए । सोही समयपछि उनी विश्वको धनीको सूचीमा समेत परे । तर देशलाई न कर बुझाए न राजस्व । उनले अर्थमन्त्रालय, गृह, उद्योग बाणिज्य मन्त्रालयका बहालवाला सचिब सहसचिबलाई चौधरी समुहको विशेष सल्लाहाकार भन्दै गोप्यरुपमा नियुक्तिनै गरेर मासिक ३ लाख रुपैयाँ तलव स्वरुप समेत बुझाउदै आएका छन् ।
आर्थिक वर्ष सकिनै लाग्दै उनै कर्मचारीबाट नक्कली कर चुक्ता गरेको सरकारी लेटरप्याडमा विवरण उपलव्ध गराउने र सोही विवरण कर कार्यालयमा दर्ता गराई अर्र्बौ रुपैयाँ कर छली समेत गर्न सफल हुदै आयो चौधरी समुह । चौधरीलाई उद्यमी ब्यापारी आफ्नो ब्यवसाय सुरक्षित गर्न कसरी राजनीतिक शक्तिसंग संबन्ध बनाउँ पर्छ भन्ने बारे समेत उनले आफ्नो पुस्तकमा लेखेका छन् । चौधरीले भनेका छन्, ‘उद्यमी ब्यापारीले ब्यवसाय अघि बढाउन सत्ता र शक्तिमा जो आएपनि सहकार्य गर्नुपर्छ ।’ भनाईको अर्थहो, आफ्नो अबैध कारोबारलाई निरन्तरता दिन व्यवसायीले कुनै शक्तिसंग सम्झौता गर्न पछि पर्न हुदैन् ।
देशमा नेता र दलको भजन गाउदै करोडौ रुपैयाँ कर छली गर्न सफल चौधरीलाई अझै बढी कमाउने हुटहुटी जागेपछि उनले नेपाल उद्योग वाणिज्य महासंघलाई नै प्रयोग गर्न महासंघको दोश्रो कार्यकालका लागि अध्यक्ष बन्न खोज्दा हारे । उनको उदेश्य पुरा गर्न केही व्यापारीबाटै अबरोध पु¥याएपछि महासंघको समान्तर नेपाल उद्योग परिसंघ खोलेर अबैध कारोबारलाई निरन्तरता दिई रहेका छन् । सो अबैध कारोबारलाई सहयोग गरेका छन् नेपालका चर्चित मिडिया हाउसमा कार्यरत पत्रकार र उच्च पदस्थ सरकारी कर्मचारीहरु ।
चौधरी ग्रुपले नेपालमा नक्कली भ्याट विलबाट कारोबार देखाई राजस्व छली गरेर भारतको टाटा इन्टरप्राइजेजको ताज होटलसंगको सहकार्यमा श्रीलंका र माल्दिभ्समा होटल सञ्चालन गरेका छन् । जिंक नामक नयाँ ब्राण्डको स्थापना गरेर थाइल्याण्डको कम्पनीसंगको साझेदारीमा बिभिन्न देशमा होटल सञ्चालन गरे ।
अमेरिकामा होटल र दुबइमा रियलस्टेट ब्यवसाय गरेको छ । भारतका आसाम, सिक्किम, उत्तराखण्ड, रुद्रपुर, गुजरात लगायतका क्षेत्रमा बाइबाइ चाउचाउको कारखाना छ । तर देशमा भएको कारखाना उनले राजस्व कार्यालयमा बुझाएको कर विवरणमा भने प्रत्येक वर्ष घाटामा गएको देखाइएको छ । सो नक्कली कर विवरणलाई अर्थमन्त्रालयका बहालवाला सचिब, राजस्व सचिबले प्रमाणित गर्न ठूला कर कार्यालयमा दबाब दिने समेत काम गरिदै आएको छ ।
चौधरीले नवलपरासीमा गंगादेवी चौधरी उद्योग ग्रामको स्थापना गरेका छन् । नक्कली बिल बनाएर भ्याट छली गर्नेमा चौधरी ग्रुप अन्तर्गतका कम्पनीहरुको नाम सार्वजनिक भएपनि शक्ति र पैसाको आड्मा उनी उन्मुक्ति पाउदै आएका छन् । चौधरी गु्रपको बिभिन्न अनियमितता र कर छलीका घटनाहरु सार्वजनिक भइरहदा समेत सरकारी पक्षबाट कुनै चासो नदेखाउदाँ भने सो कर छली कार्यमा सरकारी कर्मचारीकै ठूलो हात रहेको ठहर समेत भएको छ । विनोद चौधरीको धारणा बुझ्न पनि चाहेका छन् ।
विभिन्न सञ्चारमाध्यमले उनको सो कर छलीका बारेमा बुझ्न खोजेको पनि हो तर उनले सो बारे बताउने आँट समेत गर्न सकेका छैनन् । न उनले फोनमा बोल्ने आँट नै गरेका छन् । नेपालको ठूलो ब्यापारीक तथा औद्योगिक घरानाको उपादी पाएका चौधरी किन तिदैनन कर भन्ने बारे आम पठकहरुमा जिज्ञासा जाग्नु स्वाभाविकनै हो । सामान्य पृष्ठभूमिबाट अन्तर्राष्ट्रिय क्षेत्रसम्म ब्यवसाय विस्तार गर्न सफल भए भन्ने चौधरी गु्रप किन आम सञ्चारकर्मीसंग भाग्दै हिडे्का छन् ? अहिले यो प्रश्नको उत्तर चौधरी समुहसंग खोजीएको छ । यसरी गर्छ छली ।
भन्सार छली
चौधरी समुहले न्यूनबीजकीकरण गर्र्दै नेपालमा समान भित्राउने र बिक्री गर्दै आएका छन् । सो समहुलाई न्यूनविजिकरण गर्न भन्सार कार्यालयका प्रमुखको नै पहिलो हात रहेको छ ।
भ्याट छली
यसैगरी, आयात हुने सामानको भन्सार विन्दुमै १३ प्रतिशत भ्याट पनि लाग्छ । भन्सार महसुल लागिसकेको मूल्यमा भ्याट लाग्ने हो । तर सामान बिक्री गर्दा चौधरी समुहले थप १३ प्रतिशत भ्याट लिएर बिक्री गर्दै आएको छ भने सरकारलाई बुझाउने भ्याट विल भने नक्कली छापेर छली गर्ने गरेको छ ।
आयकर छली
राजस्व छलीको ठूलो खेल अब उक्त सामान बजारमा आइसकेपछि सुरु हुन्छ । सामान किन्दा बिल नदिने प्रपञ्च यही आयकर बढी तिनुपर्ने हँुदा सक्कली विल नदिने र दिएमा पनि नक्कली विल दिई आयकर समेत छली गर्दै आए ।
हुन्डी कारोबार
चौधरी सुमहको अर्को अबैध कारोबार हो हुण्डी । सो समुहले लामो समयदेखि हुण्डीको समेत काम गर्दै आएको छ । उसले नेपालमा आर्जन गरेको रकमलाई समेत हुण्डीमार्फत विदेश लैजादै आएका छन । भने अन्य व्यवसायीको समेत पैसालाई हुण्डीमार्फत विदेश पठाउने काम गर्दै आएका छ । वैधानिक बैंकिङ माध्यमबाट त भन्सारमा उसले देखाएको मूल्य बराबरको रकम मात्रै पठाउन सकिन्छ । यहाँ गैरबैकिङ माध्यमबाट कारोबार गरेका कारण पनि यर्थात मुल्य कति हो र कति राजस्व कर बुझाउनु पर्ने हो भन्नेमा समेत ठुला कर कार्यालय अन्योलमा परेको छ ।
सुन तस्करी
पछिल्लो समयमा विभिन्न देशमा आप्mनै कम्पनीमा उत्पादन गरिएका समानहरु आयात गरेको भन्दै सो सामानमा सुन समेत राखी नेपाल भित्राउने कार्यमा चौधरी समुह सकृय भएको छ । विशेष सरकारी सेटिङकै भरमा सुन नेपाल भित्राउने र सोही सुन भारत निर्यात समेत गर्र्दै आएको छ । हुन्डीको काम गर्दै गएसंगै सो समुहलाई सुन तस्करीमा समेत सहयोग पुगेको छ । सो समुहले हङकङ र दुबई, अमेरिकाबाट सुन भन्सार नतिरी तस्करी भएर नेपाल ल्याउने गरेको छ ।
विदेशी मुद्राको अपचलन
नेपालमा बसेर हुन्डी वा तस्करी गरेर नपुगेपछि सो समुहले प्रतीतपत्रमै घोटाला गरेर पनि अपचलन गदै आएको छ । सामान ल्याउने भनेर प्रतीतपत्र खोलेर रकम बाहिर लाने तर सामान नल्याउने विधिबाट विदेशी मुद्राको अपचलन गर्र्दै आएको पाईएको छ । भन्सारको छाप आदि भने नक्कली वा कर्मचारीको मिलेमतोमा गरिन्छ । सो अबैध कार्यलाई अर्थमन्त्रालयका राजस्व, राजस्व सचिबलगायत केही पत्रकारहरुले सहयोग पु¥याउदै आउदाँ देशको ढुकुटीमा जम्मा हुनु पर्ने पैसा चौधरी समुहको खातामा जम्मा गर्न सफल भएको छ ।
देशकै ठुलो व्यावसायिक घराना चौधरी ग्रुपले यसरी राजस्व र कर छली गर्दा समेत केही पत्रकारभने व्यक्तीगत स्वास्र्थ पुरा गर्न सो समुहमा जागिररे जीबन समेत विताएका छन् । पत्रकारितामा रहेका समय लगानीको पारदर्शीता, कर राजस्व भ्याट छली गरेको समाचार लेख्नेहरु अहिले कसरी कर छली गर्ने भन्ने नयाँ नयाँ योजनामा लागेका छन् । त्यस योजनालाई सफल बनाउन लागि परेका एक पत्रकार हुन मधु पौडेल । उनी अहिले सो ग्रुपको कर्पाेरेट कम्युनिकेसन्स जनरल म्यानेजर भएर बसेका छन् ।
कर नबुझाउने पहिलो नम्बरमा परेको कम्पनीको गुणगान गाउन केही पत्रकारलाई मासिक पैसा समेत दिएर राखेको छ सो समुहले । सो कार्यमा सहयोग गरेका छन् उनै पौडेलले । कुनै पनि अनलाईन या पत्रिकामा चौधरी ग्रुप विरुद्धमा समाचार या लेख आएमा सबैभन्दा पहिला उनै पौडेलले आफुलाई बरिष्ठ आर्थिक पत्रकार हुँ भन्दै हिड्ने(अहिले नाम गोप्य) संग परामर्श लिने काम गर्दै आएका छन् । उनले परामर्श लिने आर्थिक पत्रकारलाई चाडपर्वमा रक्सी र केही रकम समेत उपलव्ध गराउदै कर छलीमा सहयोग पु¥याउदै आएका छन् । karkirimn@gmail.com
Subscribe to:
Post Comments (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
रोशन कार्की काठमाडौं । तारे होटल तथा विभिन्न ठाउँमा सञ्चालनमा रहेका क्यासिनो (जुवाघर) सञ्चालकले सरकारलाई बुझाउनु पर्ने कर, बक्यौता र नव...
-
रोशन कार्की काठमाडौं । नेपालको मात्रै नभएर विश्वकै अर्बपतिहरुको सुचीमा परेका चौधरी ग्रुपका अध्यक्ष विनोध चौधरीको ठगीधन्धाको विवरण आउनेक्रम...
-
रोशन कार्की काठमाडौं । तीन वर्षअघि गएको महाविनाशकारी भूकम्पबाट घरबारविहीन भएका पीडितहरुले ऋण गरेर पक्की घर बनाउने कार्यमा तीव्रता आएसँगै...
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.