सो समुहले पुरानो मुर्ति र बहुमुल्य पत्थरलाई रातारात त्याहाँबाट लगेर सो स्थानमा भने आम जनताको आँखामा छारो हाल्ने काममात्र हैन मुर्ति बेचर व्यापार समेत गर्ने गरेको खुलेको हो । चन्द्रागिरि डाँडामा रहेको पुरातत्वको सयौं वर्ष पुरानो मुर्तिलाई अहिले त्यहाँ नभएको र सो स्थानमा नक्कली मुर्ति राखिएको दाबी स्थानीय बासिन्दाहरुको रहेको छ । सो कम्पनीले सुरुमा मुर्ति उखेल्न स्थानियले नदिएपछि उसले पछि मन्दिर निर्माण सम्पन्न भए लगत्तै सोही स्थानमा पुनः मुर्ति स्थानमा गर्ने सहमती पाएसंगै सक्कली मुर्तिलाई अनेत्र लगी सो स्थानमा नक्कली ढुंगालाई गाडिएको खुलासा भएको छ ।
हिल्सका जिम्मेवार कर्मचारीले नाम नबताउने सर्तमा भने पुरानो मुर्ति सो स्थानमा नराखी त्यहाँ नक्कली शिवलिङग सहित नयाँ मन्दीर राखेको स्वीकारेका छन् । धार्मिक आस्था जोडिएको सो क्षेत्रमा यसरी व्यापार गर्ने उदेश्यले धर्ममाथीनै खेलवाड गर्दा समेत सम्बन्धित निकाय मौन रहेको छ । डाँडामा ठूला नेतादेखि सरकारी कर्मचारीलाई निशुल्क घुमाउदै आएको सो कम्पनीले भने सर्वसाधारणलाई चर्काे शुल्क असुली गरेर ठग्ने गरेको छ । एकातर्फ धार्मिक आस्थामाथी खेलवाड गरेको छ भने अर्कोतर्फ कानुन विपरितका कार्य समेत सो कम्पनीले गर्र्दै आएको छ ।
चन्द्रागिरी डाँडामा सदिँयौ देखि सर्वसाधारण पूजा गर्न जाने गरेका थिए र वर्षमा एक पटक मेला लाग्ने गरेको थियो । अहिले सो क्षेत्रमा कुनै पनि मेलातथा जात्रा गर्न समेत रोक लगाइएको छ । त्यसैले त्याँहा पूजा गर्ने एउटा मुर्ति चन्द्रागिरी केबुलकार बनाउने क्रममा हराएको छ । स्थानीय बासिन्दा सूर्यलाल बखतीले दिएको जानकारी अनुसार पूर्व तर्फ फर्किएको सो मुर्तिको वरीपरि पुराना घण्टीहरु राखिएको थियो तर, चन्द्रागिरी केवलकार सञ्चालकले मन्दिर बनाउने क्रममा सो मुर्ति र घण्टीलाई उखलेर गायव बनाएको र सो स्थानभन्दा पछाडी खोल्साको ढुंगा लगी रातारात गाडेको बताए ।
उनका अनुसार गाँउलेहरुले पूरानो पूजा गर्ने शिवको मुर्तिसंगै घण्टहरु समेत नभएको र नँया मन्दिर बनाएर जनताको धार्मिक आस्थामाथि खेलवाड गरेको आरोप उनीहरुमाथी लगाएका छन् । काठमाडौंबाट पैदलै हिडेर ढेड घण्टामा पुगिने र सवारी साधनबाट समेत जान सकिने सो ठाँउमा चन्द्रागिरी हिल्सले व्यापारीक प्रयोजनमा सो डाँडो प्रयोग गरेको छ । वर्षमा एक पटक मेला लाग्ने गरेकाको सो स्थानमा केबलकार बनेपछि सो मेला समेत गर्न दिइएको छैन । यही चन्द्रागिरी डाँडामा केवलकार बनाएर पैसा कमाउने लक्ष्य राखेको चन्द्रागिरी हिल्सले डाँडामा मानिसलाई पटकपटक पु¥याउने जुक्ती त लगायो तर धार्मिक आस्थालाई समेत खेलवाड गरेर नक्कली मन्दिर निर्माण गरेको स्थानीय बासिन्दाको आरोप रहेको छ ।
स्थानीय मान्छे अहिले पनि पछि गाडिएको ढुंगालाई पूजा गर्दै आएका छन् । साथै उहिलेदेखि राखिएको घण्टीहरु र पुराने त्रिशुल समेत अहिले सो स्थानमा नभएको र नयाँ नक्कली बनाएर बेहाल अबस्थामा राखिएकोे स्थानीयबासिन्दाको गुनासो रहेको छ ।
पवित्र थलोमाथि यसरी लापरवाही भई रहदाँ समेत सरकारले सो बारे कुनै अनुसन्धान समेत गर्ने आँट गरेको छैन । सरकारले कसरी चन्द्रागिरीलाई यत्रो डाडा फाड्ने काममा सहमति दियो भन्ने कुरा समेत स्थानीय बासिन्दाले बुझ्न नसकेको बताएका छन् । यति सम्म कि मनकामना मन्दिरमा केबलकारका कारण दर्शनार्थीहरु पटक पटक जाने गरेकाले डाँडामा पनि मनकामना जस्तै बनाउनलाई हिल्सले सुरुमा इच्छापुरेस्वर महादेव नाम राख्ने षड्यन्त्र समेत गरेको स्थानीयको भनाई छ ।
तर, पछि विरोध पछि भालेस्वर नै नाम राखिएपनि असली मुर्ति, घण्ट, त्रिशुल र पृथ्वीनारायण शाहाले राखेको शिलालेख समेत हराएको स्थानीयबासिन्दाको दाबी रहेको छ । तर, मन्दिरको बाहिर रहेको ठूलो घण्टीमा उसले इच्छापुरेस्वर महादेव लेखेको छ, जो अहिले पनि हटाईएको छैन् । सो बारे स्थलगत अनुसन्धानमा तीव्रखबरको टोली खटीरहेको छ ।
यस विषयमा सो कम्पनीका मिडिया कोडिर्नेटर तथा आईएमईका कर्मचारी राजु पौडेललाई पटक/पटक फोन र म्यासेज पठाउदा समेत उनी सम्र्पकमा आएनन् । भने सोही आरोपमाथी के हो यर्थात भन्ने बारे बुझ्न पटकपटक म्यासेज पठाउदाँ पनि सो कम्पनीका प्रमुख चन्द्र ढकालले समेत केही प्रतिकृया दिन चाहेनन् । यसबाट के प्रष्ट हुन्छ भने स्थानीय बासिन्दाले लगाएको आरोपमाथी कुनै जवाफ सम्बन्धित निकायले नचाहेपछि सो स्थानबाट असली मुर्ति, घण्ट, त्रिशुल र शिलालेख छिमेकी देश भारतमा लगी बेचेको प्रष्ट हुन आएको छ ।
Tuesday, October 17, 2017
चन्द्रले गरे यसरी धर्ममाथि खेलवाड :असली मुर्ति, घण्ट र त्रिशुल बेचर व्यापार
रोशन कार्की
काठमाडौं । चन्द्रागिरी हिल्स प्रालिका अध्यक्ष चन्द्र ढकालको समुहले चन्द्रागिरी डाँडामा केवलकार निर्माण गर्दा आम जनताको धार्मिक तथा सांस्कृतिक आस्थामाथि समेत खेलवाड गरेको तथ्य भेटिएको छ ।स्थानियबासि तथा मुलुकभरबाट आउने भक्तजनले बषौदेखि पुज्दै आएको शिवजी असली मुर्ति उखेलेर लगी सो स्थानमा नक्कली शिव लिङ्ग राखी मन्दिर बनाएको आरोप लगाएका छन् ।

Monday, October 16, 2017
नामका प्रतिष्ठित व्यापारी, देश सिध्याउने चौधरी ग्रुपको मेलो
रोशन कार्की
नेपालमा पहुँच र पैसा हुनुपर्छ, माथिकालाई सेटिङ मिलाएर जनता जति लुटे पनि हुन्छ । लुटको साम्राज्यमा को को होलान खेलाडी भन्ने भ्रम पाल्न आवश्यक नै छैन् । नेपालमा एक से एक नाफाखोरहरुको विवरण यसअधि पनि सार्वजनिक गरेको हो । नेपाललाई कर्मक्षेत्रको रुपमा प्रयोग गर्दै बैंद्य अबैंद्य कारोबार गरेर देशलाई लुट्न सफल घरानीय व्यवसायीहरु अहिले देशको अर्थतन्त्रनै ढुबाउने रणनीतिमा लागेका छन् ।
आफुलाई विश्वको धनीको सूचीमा रहेका चौधरी ग्रुपको प्रमुख विनोद चौधरीले देशमा सक्दो कर छली गरेर अर्वौैं रुपैयाँ कमाएपनि उनी नेपालको कर विवरणको सूचीमा भने अन्त्य तिर रहेको छ । उनले सरकारी कर्मचारीलाई कमिशन र मासिक तलव कै व्यवस्था गरेर नक्कली कर विवरण बुझाएको कागजात अर्थमन्त्रालयमै बसेर तयार गर्ने समेत गर्र्दै आएका छन् ।
मासिक ३ लाख रुपैयाँ दिएर चौधरीले तयार पारेको कर बुझाएको विवरण पत्रमा सरकारी छाप र सहि अर्थमन्त्रालयभित्रै लगाउने गरेका छन् । सो कार्यमा बहालवाला अर्थसचिब, राजस्व सचिबले मुख्य भुमीका खेल्ने गरेका छन् । ज्योति ग्रुपको नेपाल जनरल मार्केटिङका मालिक अभिक ज्योति पनि कर छली गर्र्दै देशको अर्थतन्त्र ढुवाउने खेलमा लागेका छन् । हिरो कम्पनीको मोटरसाइकल अत्याधिक मंहगोमा बिक्री गर्र्दै आएका छन् भने सो कम्पनीले मुल्य अभिबृद्धि कर (भ्याट), आयकर र राजस्व समेत नक्कली विलमार्फत कारोबार गर्ने गरेका छन् । सो नक्कली विलबाट अबैध कारोबार गर्न सिकाउने गुरु हुन चौधरी समुह ।
चौधरी, ज्योति, गोल्छा, खेतान ग्रुप हाम्रो देशको प्रतिष्ठित कम्पनीको रुप लिने गरिन्छ । यि नै समुहले देशमा सक्दो सरकारी सुबिधा लिएका छन् । उनीहरुले सरकारी ढुकुटीमा बुझाएको कर भने नगन्य रुपमा रहेको छ । यो प्रतिष्ठाको साम्राज्य लुटको पृष्ठभूमिमा टिकेको पाइएको छ । मन्त्री र अनुगमनमा आउनेलाई मिलाएपछि जति मुनाफा राखेर कारोबार गरे पनि सरकारले अहिले सम्म कारबाही गर्न सकेको छै । अधिकाशं बस्तुको उत्पादन गर्ने चौधरी समुहले विश्व बजारमा आफ्नो उद्योग स्थापना गरेपनि देशमा भने राजस्व छली गर्नमै माहिर मानिन्छ ।
नेपालमा कालोबजारी नियन्त्रण गर्ने ऐनले २० प्रतिशतभन्दा बढी नाफा राख्नु कालोबजारी हो भनेको छ । तर नेपालका घरानियका कम्पनीले उत्पादन गर्ने बस्तु र बिक्री गर्ने सवारी सधानमा ५० प्रतिशत भन्दा बढी नाफा राख्दै उपभोक्तालाई लुटी रहेका छन् । उपभोक्तालाई लुटेर जम्मा गरेको अकुत सम्पत्तिलाई गैरकानूनी तबरबाट विदेश लैजादै गरेका छन् । सबैजसो ब्रान्डमा अनुचित मुनाफा राखिएको छ । यो धन्दा वर्षाैंदेखि चलिरहेको छ । वर्षांैदेखि सञ्चालन भइरहेको तर हालै सार्वजनिक भएको मात्रै हो । नेपालमा यसरी धन्दा चलाउने गिरोह नै रहेको पनि रहस्य खुल्दै आएको छ । चौधरी समुहलगायत अन्य समुह मिडियासँग फेस गर्नै समेत चाहादैनन् । लुटको यस्तो साम्राज्यबारे आपूर्तिमन्त्री शिवकुमार मण्डलले समेत थाहा पाएको अभिव्यक्ति दिए पनि कारबाही गरि हाल्न भने सकेको छैन ।
राजस्व कर छलीमा चौधरी ग्रुपको नाम नै काफी छ । अरु परिचय चाहिँदैन् । उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष समेत भई सकेका विनोदले पुनः महासंघको नामबाट अबैध करोबारलाई निरन्तरता दिन खोज्दा अध्यक्षमा हारेपछि रातारात नेपाल उद्योग परिसंघ गठन गरि अध्यक्ष समेत बनेका चौधरीको अधिकाशं धन्धा अबैध कारोबार गर्ने र सरकारी ढुकुटीमा बुझाउनु पर्ने कर राजस्व नक्कली विलबाट ठगी गर्ने नै रहेको छ । नेपालमा सबैभन्दा बढी बिक्री हुने वाइवाई चाउचाउ र अन्य उत्पादनबाट माकिस अर्बको कमाई गर्ने चौधरी गु्रपले आयकर र भ्याट भने नगन्यमात्रामा बुझाउदै आएको छ । औद्योगिक घरानाको रटान लगाएर रोजगार दिएको भजन गाउने सो कम्पनीमा जागिर खानेलाई समेत विभिन्न दुख दिने गरेको छ । गोल्छाको हंशराज–हुलाश चन्द्र गोल्छा एन्ड कम्पनीको काम पनि उही चौधरीकै पथमार्गमा रहेका छन् । (Karkirimn@gmail.com)

Saturday, October 14, 2017
चन्द्रले बेपत्ता बनाए चन्द्रागीरिको मुर्ति : असली भालेश्वरको मुर्ति खै ?
रोशन कार्की
काठमाडौं (चन्द्रागिरी) ।
काठमाडौं जिल्ला अन्तरगत पर्ने चन्द्रागीरी नगरपालिकाको चन्द्रागिरी डाँडामा अबस्थीत असली भालेश्वरको मुर्ति गायब भएको छ । सुरुबाटै विवादित चन्द्रागिरी केबलकार निमार्ण गर्दानै सो स्थानमा भएको असली भालेश्वरको मुर्तिलाई रातारात भारतमा लगेर बिक्री गरेको समेत आरोप स्थानीय बासिन्दाहरुको रहेको छ । लामो समयदेखि सो क्षेत्रमा रहेको भालेश्वरको मुर्ति हराएको भन्ने खबर प्राप्त भएपछि यथार्थ के हो भन्ने बुझ्न सो क्षेत्रमा पुग्दा र स्थानीय बासिन्दाको भनाई अनुसार असली मुर्ति त्यहाँबाट गायव बनाएको प्रमाणित भएको छ ।
चन्द्रागिरी डाडोमा रहेको असली ४ मुखे शिवको मुर्तिलाई रातारात केबलकार बनाउने समयमा सो स्थानबाट लगेको आरोप चन्द्र ढकालालाई लागेको छ । सो बारे बुझ्न पुगेको एक टोलीसंग स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार चन्द्रागिरीमा केबलकार बनाउनु अगाडी सम्म चारमुखे शिवको मुर्ति रहेकोमा अहिले सो मुर्ति नभएको र सो स्थानमा ढुंगा गाँडेको अबस्थामा भेटिएपछि असली मुर्ति चोरी भएको बताए । सो मुर्तिलाई बोरामा हालेर निमार्णको सुरुमै एक कामदारलाई बोकाई गायव बनाएको बताएका छन् ।
धार्मिक र इतिहाँसमा समेत महत्वपूर्ण रहेको सो स्थानलाई चन्द्र ढकाल लगायतको एक समुहले पछिल्लो समय पुरातत्व विभागको अनुमति बिना व्यापारीक प्रयोजनकालागि स्थान हड्प्ने कार्य समेत बढ्दै गएको छ । चन्द्रागिरीमा बहुमुल्य पत्थर र कतै नभएको एतिहाँसिक भालेश्वरको मुर्तिलाई रातारात भारतहुदै अनेत्र मुलुक पु¥याएको समेत आरोप स्थानीय बासिन्दाको रहेको छ । सो स्थानमा केबुलकार निमार्ण गर्ने समयमा बहुमुल्य पत्थर र भालेश्वरको मुर्ति भारत नलैजाने समयसम्म स्थानीय बासिन्दालाई समेत निमार्ण स्थलमा जान रोक लगाएको थियो ।
पर्यटकीय डाँडो चन्द्रागिरीको जंगल फाँडेर सञ्चालन गरिएको केबलकार तथा होटल व्यवसाय एकपछि अर्काे गर्दै विवादमा तानिदै आउदा समेत सरकारले कुनै कारबाही गर्न सकेको छैन् । ढकालले उच्च पदस्थ कर्मचारी देखि नेतालाई समेत कमिशनको थैली दिएर देशको महत्वपूर्ण बस्तुलाई विना रोकतोक व्यक्तिगत रुपमा बिक्री गर्दा समेत सो बारे कुनै चासो सरकारको रहेको छैन ।
धार्मिक पर्यटन प्रबद्र्धनको आवरणमा केबलकारसँगै होटल सञ्चालन गरेर त्यहाँको जैविक पर्यावरणलाई विनाश त गरेसंगै बहुमुल्य पत्थर, पृथ्थीनारायण शाहाले राखेको पुरातत्वका बहुमुल्य सामान सवै निकालेर लगेको स्थानीयको आरोप चन्द्र ढकाललाई लगाएका छन् । यस सम्बन्धमा अझै थप महत्वपूर्ण शिलालेख र मुर्तिको बारेमा खोजी कार्य तीव्रखबरले जारी राखेको छ ।
कौडिको मोलमा ३६ हेक्टर जंगल कब्जा गरेर सञ्चालन गरिएको केबलकार र होटलमा उपभोक्तासँग अस्वभाविक रुपमा शुल्क लिने गरेको छ । ३६ हेक्टर जंगल उपयोग गरेवापत राज्यलाई मासिक २१ हजार रुपैयाँ मात्रै बुझाउने गरी बन अतिक्रम गरेका छन् भने सो जंगललाई व्यक्तिगत रुपमै बनाउने खेल समेत पछिल्लो समयमा ढकालले गर्न थालेका छन् ।
ग्लोबल आइएमई बैंकका सञ्चालकसमेत रहेका ढकालको नेतृत्वको व्यवस्थापन समूहले पर्यटकीय चन्द्रागिरीमा केबलकारसँगै होटल व्यवसाय सञ्चालन गर्ने अनुमती सरकारले विना अनुगमन दिएको थियो । संसदीय समिति तथा राज्यका सरोकारवाला निकायले पटकपटक ध्यानार्कषण गराउँदा पनि ढकाल समुहले आफ्ना बदमासी सच्याउने, स्थानीय मागलाई सम्बोधन गर्ने र स्थानीय पर्यावरणलाई संरक्षण गर्नेतर्फ कुनै चासो अहिले सम्म दिएको छैन । अहिले सो जंगलभित्र विभिन्न अबैध कृयाकलाप गर्ने स्पोटहरु निमार्ण हुदै छ ।
असली मुर्ति हटाएपछि राखिएको ढुंगा
माधवकुमार नेपाल नेतृत्वको तत्कालिन सरकारले ३६ हेक्टर क्षेत्र कबुलियती वनको रुपमा उपयोग गर्न दिने गरी २०६७ माघ २८ गते निर्णय गरेको थियो । वनमन्त्री दिपक बोहराले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । २०७३ मंसिर ३० मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले चन्द्रागिरी केबलकारको उद्घाटन गरेसंगै सुरु भएको राज्यको सम्पत्ती दोहन अझै सम्म रोकिएको छैन ।
सरकारले ४० वर्षका लागि चन्द्रागिरीको ३६ हेक्टर वन क्षेत्र निजि कम्पनीलाई भाडामा दिंदा वन ऐन नियमावली मिचिएको छ । सो स्थानमा विना प्रतिस्पर्धा चन्द्रागिरीको जंगल फडानी गरी जबरजस्ती केवलकार र होटल चलाउन काठमाडौं फनपार्क र चन्द्रगिरी हिल्स लिमिटेडलाई सरकारले कमिशन लिएर स्वीकृति दिएको हो । स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा १४९ मा नगरपालिकासँग अनुमति नलिई भवन निर्माण गर्न नपाइने व्यवस्था छ । चन्द्रागिरि २०७१ कात्तिक २६ मा नगरपालिका घोषणा भएको हो ।
ऐन र नियमावली मिच्दै ४० वर्षका लागि वनको जग्गा हात पारेको चन्द्रागिरि हिल्स लिमिटेडले नगरपालिकाबाट नक्सापासै नगरी भटाभट भौतिक संरचना निर्माण गरेको थियो । केबलकारको टप स्टेसन भवन, मन्दिर, भ्यु टावर, कन्फरेन्स हल, रेस्टुरेन्टलगायत निर्माण सकेर व्यावसायिक सञ्चालनमा ल्याइसकेको चन्द्रागिरि हिल्सले कुनै पनि भवनको नक्सापास नगरेको भन्दै स्थानीयले विरोध गरेपनि शक्ति केन्द्रसँगको साँठगाँठका कारण सो स्थान व्यक्तिगत रुपमा भोगचलन गर्दै आएको छ ।
असली मुर्ति हटाएपछि राखिएको ढुंगा
चन्द्रगिरी कम्पनीले केबलकार र होटेल बनाएर स्थानीय संस्कृति र पर्यावरण जोखिममा परेको भन्दै स्थानीयले विरोध गरे पनि सरकारी निकायबाटै सो विरोधलाई दबाउने काम समेत गरेको छ । सो बारे पटकपटक सम्बन्धित निकाय ढकाल समुहलाई फोन सम्र्पक गर्दा फोन रिसिव गरेनन् भने सो हिल्समा कार्यरत कुनै पनि कर्मचारीले आफ्नो परिचय (नाम) समेत भन्न चाहेनन् । पटकपटक फोन र केबुलकारमा कार्यरत कर्मचारीको नाम भन्न अनुरोध गर्दा उनीहरु बसेको स्थानबाट टाडा भागेका थिए ।
धार्मिक महत्व
शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शति देवीको भाल अर्थात निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेवको उत्पत्ति भएको कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ । विभिन्न कथनका आधारमा, यस भालेश्वर महादेवको दर्शन गरेमा भक्तजनको इच्छा पूरा हुने र अन्त्यमा शिवलोकमा बास हुने जनआस्था रहेको छ ।
ऐतिहासिक महत्व
ऐतिहासिक महत्वका हिसाबले पनि चन्दागिरी निकै महत्वपूर्ण स्थान हो । नेपाल एकिकरण गर्ने समयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका यहि ठाउँबाट अवलोकन गरेको थिए । उक्त समयमा पृथ्वीनारायण शाहले भालेश्वर महादेव मन्दिरमा उपत्यका विजय गर्ने इच्छा प्रकट गरेका र उनको मनोकामना भालेश्वर महादेवले पूरा गरेको जनविश्वास रहेको पाइन्छ ।
सो समयमा पृथ्वीनारायण शाहाले पुजाआँजासंगै महत्वपूर्ण दास्तावेज समेत लिपिबन्द्ध गरेको स्थानीय बासिन्दाको अनुभब रहेको छ । सो स्थानमा पृथ्वी नारायण शाहाले स्थापना गरेको महत्वपूर्ण शिलालेखसंगै असली चारमुखे भालेश्वर अर्थात शिवको प्रतिमा समेत अहिले हराएको छ । सो बारे थप विवरणको खोजी कार्य तीव्रखबरले जारी राखेको छ । (स्थलगत अबलोकन र स्थानीय बासिन्दाको सहयोगमा )
Monday, October 9, 2017
गोपाल खड्काको यस्तो थियो सेटिङ : अख्तियारदेखि दलका उच्च नेतासम्म……
रोशन कार्की
उच्च पदस्थ सरकारी कर्मचारी र कारबाही तथा अनुसन्धान गर्ने निकायकै संलग्नतामा पछिल्लो पटक देशमा भ्रष्टचार हुने गरेको पछिल्लो पटकका घटनाक्रमले प्रमाणित गरेको छ । गैरकानूनी तबरबाट आर्जन गरेको पैसानै खर्च गरेर कमाउ कार्यालय वा विभागमा सरुवा भएर करोडौको थैली बुझाउदै आएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई सर्वोच्च अदालतले सफाई दिएसंगै देृश भ्रष्टचार मुक्त भन्दा पनि भ्रष्टचार युक्त हुदै गएको समेत प्रमाणित भएको छ ।
अर्बौं रुपैयाँको अनियमिकता गर्ने तत्कालिन आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई समेत विना कारबाही उन्मुक्ति दिएसंगै भ्रष्टचारको बोलवाला भएको भन्दै आम जनताले आलोचना गरेको केही महिना नबित्दै पुनः निगमका कार्यकारी निर्देशक खड्कालाई काम गर्न नरोक्क्नु भन्ने फैसलापछि भ्रष्टहरुको राज चलेको प्रष्ट भएको छ ।
अहिले सतहमा देखिएका भ्रष्टचारका गम्भीर रहेको आयल निगमको जग्गा खरिदमा घोटाला प्रकरणबारे नयाँ नयाँ रहस्यहरू सार्वजनिक हुँदै गए पनि खड्का काममा फर्किएका छन् ।
डेढ अर्बको आर्थिक चलखेल भएको र तत्कालीन सत्ताधारीहरूको स्पष्ट संलग्नता रहेका प्रमाणहरु समेत तीव्रखबर डटकमले प्रकाशन गर्दै गएको छ । सो प्रकरणमा निगमका कार्यकारी निर्देशक गोपाल खड्कासँगै तत्कालीन आपूर्तिमन्त्री दीपक बोहरा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल, अख्तियारका प्रमुख आयुक्त, अख्तियारकै पुर्व सचिब, विकास समितिका सभापतिलगायतको संलग्नता रहेको समाचार प्रकाशित भई सकेको छ ।
निगमका उच्च अधिकारीदेखि जग्गा एजेन्ट, स्थानीय तह, नापी, मालपोतका कर्मचारीसमेतको मिलेमतो रहेको सो काण्डलाई सरकारले नै सरक्षण गरेको खुलेको छ । सर्वाेच्चका न्यायधिश पुरुषोत्तम भण्डारीको एकल इजलाशले मन्त्रीपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगराउन आदेश दिएको हो । खड्काले सर्वोच्च अदालत जानु पुर्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विशिष्ठ कर्मचारीसंग गोप्य छलफल समेत गरेको उच्च स्रोतले जनाएको छ । खड्कामाथी लाग्दै आएको भ्रष्टचारको आरोपलाई विफल बनाउन उनले उच्च दलका नेतादेखि अख्तियार आयोगलाई समेत साथमा लिई अनियमिकता गरेको स्रोतको भनाई रहेको छ ।
खड्काले पहिलो चरणमा लाखौंको थैली अख्तियारदेखि दलको नेताहरुको घरसम्म पु¥याएको आरोप लागेको छ । खड्काले तत्कालिन समयमा निगमको कार्यकारी निर्देशक बन्न बुझाएको ६ करोड रुपैयाँदेखिनै विवादमा तानिएका थिए । खड्काको कुशलताका कारण सो प्रकरणबाट बँचे पनि अहिले जग्गा खरिद प्रकरणबाट भने नाङ्गिएका छन् ।
अदालतले उनलाई सफाई दिएपनि सामाजिक रुपमा उनी भ्रष्टचारीको रुपमा समेत चित्रण गरिएको छ । उनीले दलका उच्च नेताको आर्शिरबादमा भ्रष्टचार राज चलाउन प्रयोग गरेका व्यक्तीहरुको नाम सूची हेर्ने हो भने पत्याउन नसकिने अबस्था रहेको छ । उनले उच्च पदस्थव्यक्तीलाईनै लाखौ रुपैयाँ दिएर आफुमाथी लगाईएको आरोपबाट मुक्त गरिदिन हारगुहार गर्र्दै थैली नेता र कर्मचारीलाई बुझाएको खुलासा भएको छ ।
गोप्य रुपमा स्रोतले दिएको विवरण अनुसार संसद अरजु राणालाई २१ लाख, रेणु दाहाललाई १६ लाख, रविन्द्र अधिकारीलाई ११ लाख, दीप बस्नेतलाई १८ लाख, नविन घिमिरेलाई १४ लाख र प्रेमकुमार राईलाई १७ लाख रुपैयाँको थैली बुझाएको आरोप लगाइएको छ ।
सो बारे यर्थात के हो त भन्ने बारे थप खोजीकार्य भई रहेको छ । मन्त्रीपरिषद्का बैठकले गत महिना पदबाट हटाएपछि दिएको खड्काको अभिव्यक्तिबाट पनि सो रुपैयाँतर्पm संकेत गरेको निगमका एक कर्मचारीले नाम नलेख्ने सर्तमा बताएका छन् ।
Sunday, October 8, 2017
स्वास्थ्य सेवाको नाममा ब्रम्हलुट गर्ने अस्पतालमाथी उजुरी
रोशन कार्की
काठमाडौं । निजी क्षेत्रद्वारा सञ्चालीत अस्पतालले स्वास्थ्य सेवाको नाममा विरामीमाथि गरेको ‘लुट’ का माथी चाडोभन्दा चाडो छानविन गरि कारबाहीको माग राख्दै सम्बन्धित निकायमा उजुरी परेको छ । तीव्रखबर डटकमले राजधानीमा सञ्चालन भएका केही अस्पतालको अनुगमन गर्दा भेटिएको शुल्क सूची र अस्पतालले गरेको व्यवहारको बारेमा समाचार प्रकाशित गरेपछि ‘राष्ट्रिय उपभोक्ता मञ्च’ ले आबश्यक कारबाही गरि पाउँ भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा उजुरी दर्ता गरिएको छ । तीव्रखबरले ‘अस्पतालको ब्रम्हलुट : स्वास्थ्य सेवा कर र भ्याटसंगै महंगो शुल्क’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।
सो मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आम सर्वसाधारणलाई समेत असर पर्ने गरि आफुखुशी शुल्क निर्धारण गरेर विरामीमाथी थप मंहगो शुल्क असुली गरेको भन्दै सो बारे तत्काल छानविन गरि कारबाही गर्नकालागि विभागमा अनुरोध समेत गरेका छन् ।
सो उजुरी पत्रमा सरकारी दररेटभन्दा अत्याधिक शुल्क निर्धारण गरि असुली गरेको चाबहिलको मेडिकियर अस्पताल, बल्खुको बयोधालगायतले बेड चार्ज र अन्य शुल्कमा समेत आफुखुशी असुली गरेको बारे समेत उल्लेख गरिएको छ । सरकारसंग सेवामुलकको नाममा सञ्चालन स्वीकृती लिएका अूस्पतालहरुले विभिन्न नाममा आफुखुशी शुल्क निर्धारण गरि लुट गरि रहेको प्रमाण फेला परेको थियो ।
बयोधा अस्पताल, चाबहिलमा रहेको मेडिकियर, ओम, किष्टलागयत सवै अस्पतालहरुले ठगी गरेको खुल्न आएको छ । अस्पलता प्रशासनले मनोमानी रुपमा विरामीसँग शुल्क असुली गरी रहदाँ समेत सरकारले सो कार्यमाथी कुनै चासो दिएको छैन ।
अस्पतालमा ३१ गुणा महँगोमा विरामीमाथि ठगी भइरहेको पाउँदा समेत सरोकारवाला निकाय मौन छ । स्वास्थ्य परिक्षणका लागि अस्पताल पुग्ने विरामीहरु अस्पतालको ‘ब्रम्हलुट’ को शिकार भइरहेका छन् । यसरी लुट गर्ने अस्पतालमा पटकपटक फोन गर्दा कुनै पनि फोन उठेन ।
Saturday, October 7, 2017
अस्पतालको ब्रम्हलुट : स्वास्थ्य सेवा कर र भ्याटसंगै महंगो शुल्क
रोशन कार्की
काठमाडौं । निजी क्षेत्रद्वारा सञ्चालीत अस्पतालले सेवाको नाममा विरामीमाथि ‘लुट’ नै मच्चाइरहेको पाइएको छ ।सरकारसंग सेवामुलकको नाममा सञ्चालन स्वीकृती लिएका अूस्पतालहरुले विभिन्न नाममा आफुखुशी शुल्क निर्धारण गरि लुट गरि रहेको प्रमाण फेला परेको छ । बयोधा अस्पताल, चाबहिलमा रहेको मेडिकियर, ओम, किष्टलागयत सवै अस्पतालहरुले ठगी गरेको खुल्न आएको छ । अस्पलता प्रशासनले मनोमानी रुपमा विरामीसँग शुल्क असुली गरी रहदाँ समेत सरकारले सो कार्यमाथी कुनै चासो दिएको छैन ।
अस्पतालमा ३१ गुणा महँगोमा विरामीमाथि ठगी भइरहेको पाउँदा समेत सरोकारवाला निकाय मौन छ । स्वास्थ्य परिक्षणका लागि अस्पताल पुग्ने विरामीहरु अस्पतालको ‘ब्रम्हलुट’ को शिकार भइरहेका छन् । यसरी लुटकै धन्धा चलाएको बयोधा अस्पतालको बिलमा युएसजी गरेको शुल्क ५ हजार २ सय ५० रुपैयाँ असुली हुदै आएको छ । यता, सोही विषयमा सरकारी अस्पतालमा भने ४ सय रुपैयाँदेखि ६ सय रुपैयाँमात्र रहेको छ । त्यस्तै सरकारी अस्पतालमा ४ सय रुपैयाँ पर्ने भिडियो एक्सरेको शुल्क सो अस्पतालमा ५ हजार २ सय रुपैयाँ तोकि असुली गरिदै आएको भेटिएको छ । बयोधामा लिभर फङसन टेस्ट (एलएफटी) परिक्षणको शुल्क ४ हजार ७ सय २५ रुपैयाँ तोकि असुली गरिदै आएको छ ।
राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा भने एलएफटी टेस्टको शुल्क १ सय ५० रुपैयाँ मात्रै पर्छ । राष्ट्रिय स्वास्थ्य प्रयोगशालाको तुलनामा बयोधा अस्पतालले साँढे ३१ गुणा महँगो लिने गरेको छ । यसरी अत्याधिकमात्रामा शुल्क निर्धारण गरि त्यसमा थप मुल्य अबिधृद्धि कर (भ्याट) र स्वास्थ्य सेवा शुल्क समेत जोडेर विरामीबाट लुटधन्धा चलाउदै आएका अस्पतालमाथी सरकारले कारबाही गर्न सकेको छैन ।
यसरी लुट गर्ने अस्पतालमा पटकपटक फोन गर्दा कुनै पनि फोन उठेन । एकातर्फ स्वास्थ्य मन्त्रालयले गत पुस १ गतेदेखि देशभर सञ्चालनमा रहेका निजी अस्पतालहरुले १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्नु गराउनु भन्दै परिपत्र जारीसंगै मंहगो शुल्क निर्धारण गरेको आरोप समेत पिडितहरुको रहेको छ । पुर्वस्वास्थ्यमन्त्री गगन थापाले सो सेवा कार्यान्वयन गर्न अस्पतालहरुलाई निर्देशन दिएका थिए । अस्पतालले आफ्नो कुल क्षमताको १० प्रतिशत बेडहरु विपन्न, वेवारिसे र असहाय बिरामीका लागि निःशुल्क शैया लेखेका स्टिकर शैयामै टाँस्नुपर्ने निर्देशन दिएपनि सो कार्य भएको छैन ।
शुशासन ऐन २०६४ को दफा ४५ अनुसार स्वास्थ्य संस्था स्थापना, सञ्चालन र स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका– २०७० बमोजिम सबै स्वास्थ्य संस्थाहरुले कुल शैयाको १० प्रतिशत शैयामा विपन्न, बेवारिसे, असहाय बिरामीलाई निशुल्क प्रदान गर्नुपर्ने व्यवस्था छ । तर, त्यसको कार्यान्वयन हुन सकिरहेको छैन ।
सरकारकै नीति विपरित शुल्क उठाउदै आएका अस्पतालहरुले अहिले सम्म बुझाउनु पर्ने स्वास्थ्य सेवा कर समेत छली गर्दै आएका छन् । भने अर्कोतर्फ विरामीसंग भ्याट समेत असुली गर्दै आएको छ चाबहिलमा रहेको मेडिकियर अस्पताल । सो अस्पतालले स्वास्थ्य सेवा कर र भ्याट समेत जोडेर शुल्क लिएको भेटिएको छ । यससम्बन्धमा थप विवरणको खोजी तीव्रखबर डटकमले जारी राखेको छ ।
Thursday, October 5, 2017
चौधरी ग्रुपको बदमासीमा सरकार किन चुप ?
रोशन कार्की
तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीलाई आफ्नो बसमा पारेका व्यापारी एवं एमालेबाट समानुपातिको सभासद् बनिसकेका विनोद चौधरीको ठगीधन्दा जोगाउदाँ मुलुकले एक हजार करोडभन्दा बढी राजस्व गुमाउनु परेको छ । ठूला व्यापारिक घरना चौधरी ग्रुप, मारुती गाडीको कारोबार गर्ने अरुण कन्टिनेन्टल, त्रिलोचन अग्रवाल अध्यक्ष रहेको विशाल गु्रप, शंकर गोल्यान अध्यक्ष रहेको शंकर समूहलगायत मुलुकमा क्रियाशील साना–ठूला गरी चार सयभन्दा बढी व्यापारिक समूहले राज्यको द्विअर्थी कानुनको कमजोरीलाई आधार बनाएर राज्यको ढुकुटीबाट अर्वौं रुपैयाँ भ्रष्टाचार गरेको सार्वजनिक हुदाँ समेत सरकारले अझै सम्म चौधरी समुह लगायत अन्यलाई कारबाही गर्न सकेको छैन् । जसको नेतृत्व चौधरी गु्रपका अध्यक्ष विनोद चौधरीले गरेका छन् ।
जसरी पुष्पकमल दाहाल (प्रचण्ड) लगायत अन्य भुमीगत नेता सार्वजनिक भएपछि अजय सुमार्गी नामक व्यापारी एकाएक अर्बपति बने, त्यसैगरी १० वर्षअघि बैंकबाट लिएको ऋणको सावाँ र ब्याजसमेत तिर्न नसकेर कालोसूचीमा परेका चौधरी दरबार हत्याकाण्डपछि रातारात खर्बपति बन्न पुगे । १० वर्षभित्र मुलुकमा कुनै आर्थिक गतिविधि बढ्न नसकेको अवस्थामा उनी मात्रै खर्बपति बन्नुको रहस्य उनले नखोले पनि सार्वजनिक भइसकेको छ । कालोसूचीमा परेको यति छोटो समयमै उनले के त्यस्तो चमत्कार गरे, जसले गर्दा उनले दुबई वल्र्डमा हाउजिङ, मोरिसस, श्रीलंका र मुम्बईमा पाँचतारे होटल खोल्ने सामथ्र्य बनाए ?
राजदरबार हत्याकाण्डपछि उनको सम्पत्ति कसरी बढ्यो र उनले विदेशमा कुन स्रोतबाट पैसा लगेर लगानी गरे भन्ने कुरा सरकारले छानबिन गर्ने हो भने उनको बास भद्रगोल जेलमा हुने निश्चित छ । उनले यिनै अपराध छोप्न एमालेलाई १ करोड ८५ लाख रूपैयाँ दिएर सभासद् पद खरिद गरेकै समयमा आफ्ना अबैध कारोबार र लगानीलाई बैंद्य बनाउन समेत सफल भए चौधरी समुह ।
तत्कालिन अर्थसचिव रामेश्वर खनाल यस प्रकरणमा पूर्वअर्थमन्त्री अधिकारीबीच मनमुटाब समेत भयो । चौधरीले अधिकारीलाई प्रभावमा लिई घटना सामसुम पार्न खोज्दा झन्झन् मनमुटाब बढ्दै गएपछि अन्नत खनालले सचिब पदबाट राजीनामा दिएर बाहिरीएका थिए । पूर्वअर्थमन्त्री अधिकारीले यसअघि आफ्ना व्यापारिक साझेदार चौधरी समूहका अध्यक्ष विनोद चौधरीका लागि नबिल बैंकको सेयर दिलाउन यस्तै विवादास्पद भूमिका निर्वाह गरेका थिए ।
२०५१ सालमा आफ्ना दाजु मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला अर्थमन्त्री अधिकारीले नबिल बैंकमा रहेको नेसनल बैंक अफ बंगलादेशको ५१ प्रतिशत सेयर एनबी इन्टरनेसनलको नाममा हस्तान्तरण गर्ने व्यवस्थो मिलाएका थिए । राष्ट्र बैंकका तत्कालीन गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठ, मुख्यसचिव बलराम सिंह मल्ल र बंगलादेशका राजदूत लोकबहादुर श्रेष्ठ समेतलाई हातमा लिएर पूर्वअर्थमन्त्री अधिकारीले विनोद चौधरीलाई अप्रत्यक्ष रूपमा ५१ प्रतिशत सेयर दिलाएर २० करोड रूपैयाँभन्दा बढी रकमको हिस्सा लिएर विनाप्रतिस्पर्धा चौधरीको छायाँमा रहेको एनबी इन्टरनेसनललाई सेयर दिलाएका थिए ।
एनबी इन्टरनेशनललाई सेयर दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका तत्कालीन गभर्नर श्रेष्ठलाई अहिले चौधरीकै तर्फबाट नबिल बैंकको अध्यक्ष समेत भएका थिए । यसअघि उनले बंगलादेशमा रहादा महत्वपूर्ण सहयोग गरेका पूृर्वराजदूत श्रेष्ठलाई नबिलको अध्यक्ष बनाए । राजदूत र राष्ट्र बैंकको गभर्नर बनिसकेको व्यक्ति निजी क्षेत्रको एउटा बैंकको अध्यक्ष बन्न जानु नैतिक रूपले नमिल्ने भए पनि आर्थिक रूपमा श्रेष्ठले चौधरीलाई ठूलै लाभ दिलाएको उपहारस्वरूप उनले श्रेष्ठद्वयलाई उक्त अवसर दिएका हुन ।
सेयरमा हालेको रकमको स्रोत देखाउन नसकेका कारण विदेशी कम्पनीमार्फत नबिल बैंक आफ्नो हातमा ल्याउन सफल विनोद चौधरी हेर्दा जति सहज देखिन्छन् व्यवहारमा उत्तिकै भ्रष्ट समेत रहेको उनका पछिल्ला गतिविधिबाट प्रष्ट हुन आएको छ । उनले करिब चार वर्षअघि वाइवाइ, डाल्डा घ्यूलगायतका वस्तु बिक्रीबाट आएको भन्दै टेकुस्थित एभरेस्ट बैंकमा राखेको २० करोड रूपैयाँ कर छली गरी आएको कुरा चौधरी गु्रपकै कर्मचारीले आन्तरिक राजस्वमा उजुरी दिएको घटनापछि उनलाई घरको छतबाट खसालेर मारेको आरोप समेत उनीमाथी लागेको छ । पैसा र दरबारिया र पछिल्लो समय राजनीतिक दलको शक्तिका आडमा उनले उक्त घटनालाई सामसुम त पारीयो तर भित्रभित्रै सो घटनाले उग्ररुप लिदै गरेको समेत सुनिन आएको छ ।
नबिल बैंकको सेयर प्रकरणमा प्रत्यक्ष देखा नपरेका विनोद चौधरीको सक्कली रूप उनले आफ्नो छोरा निर्माण चौधरीलाई वैकल्पिक सञ्चालक बनाएर सम्पूर्ण अधिकारसहित नबिल बैंकमा भित्राएर स्वदेशमा ठगी गरि विदेशमा लगानी गर्ने बाटो समेत बनाए । नेशनल बैंक अफ बंगलादेशको सेयर एनबी इन्टरनेसनललाई सिधै दिन नमिल्ने धारणा राखेपछि स्टक एक्सचेन्जका तत्कालीन प्रमुख मदन आचार्यलाई हटाइएको घटना समेत सेलाएको छैन । वाइवाइ चाउचाउ, हाउजिङ, एलजी टिभीलगायत एक दर्जन उद्योगका सञ्चालक विनोद चौधरीले यतिबेला नक्कली मुल्यअभिबृद्धि कर (भ्याट) बिलमार्फत ७९ करोडभन्दा बढी ठगी गरेको खुलेपनि उनी अझै छानविनको घेरामा समेत परेका छैनन् ।
उनका भाइ अरुण चौधरी अध्यक्ष रहेको अरुण इन्टरकन्टिनेन्टल जसले मारुती गाडीको कारोबार गर्छ, उनले पनि गाडीका पार्टपुर्जाको नक्कली भ्याट बिल बनाएर करोडौं ठगी गरेको राजस्व अनुसन्धानले फेला पारेपनि उनी अझै कारबाहीमा पर्न सकेका छैनन् । त्यसैगरी, लाजिम्पाटस्थित रेडिसन होटल छेउमा घर भएका त्रिलोकचन्द्र अग्रवालको विशाल गु्रपले पनि नक्कली बिल बनाइ राज्यकोषबाट करोडौं निकालेर अर्बौं रुपैयाँ कर छली गर्दा समेत सरकार चुप लागेर बस्नुको कारण समेत खुल्न थालेको छ ।
नेपालमा विशाल गु्रपले यूटीएल, बोक्सवाइगन गाडी, ब्ल्याक लेबल रक्सी भित्राउने, मैनाबत्ती, स्टिल, लाइफ इन्स्युरेन्स, कमलपोखरीको सिटी सेन्टरमा लगानी गरेको छ, भने नोकिया मोबाइल सेटको तत्कालिन समयमा एजेन्ट समेत रहेको थियो । यसैगरी, शंकर गोयलको शंकर समूहले पनि नक्कली भ्याटको बिल बनाइ राज्यकोषबाट रकम निकालेको पाइएको राजस्वका एक कर्मचारीले बताउछन् ।
शंकर समूहले जगदम्बा सिमेन्ट, अम्बे हाउजिङ, जगदम्बा सेन्थेटिक, नाकासु मोटर्स प्रालि, शुभश्री जगदम्बा सिमेन्ट, जगदम्बा स्पेनिङ मिल्स प्रालिमा लगानी गरेको छ। तर उक्त कम्पनीले राजनीतिक संरक्षणका लागि विष्णु न्यौपानेलाई अध्यक्ष बनाएर अर्बौं कर अहिले सम्म छली गर्र्दै आएको छ । प्रायः भैरहवा भन्सार नाकाबाट कारोबार गर्ने यो समूहले भैरहवा भन्सारका कर्मचारीहरूलाई कमिसनको अलवा मासिक रपमा पैसा नै दिएर विना भन्सार गाडी छुटाउने समेत काम हुदै आउदा समेत सरकारले उनीहरुमाथी कुनै कारबाही गर्न आँट गर्न सकेको छैन
चौधरी ग्रुपले आर्जेको प्रतिष्ठा ?
नेपालको ठूलो औधोगिक एवम्ः व्यापारीक प्रतिष्ठान चौधरी गु्रप अहिलेको अवस्थामा आउनुका कारण उनका बाबुबाजेको लगनशिलता र परिश्रम मुख्य भए पनि त्यसको वास्तविकता भने बेग्लै रहेको छ । ६० वर्षअघि भारतको राजस्थानस्थित ग्राम चुडीवासीबाट आफ्ना परिवार च्यापेर नेपाल छिरेर काठमाडौंमा सानो लगानीबाट व्यवसाय सुरु गरेको चौधरीको व्यवसायिक ब्राण्ड यस अवधिमा आइपुग्दा नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत पुगेको छ । तर, त्यस सफलता भित्रका भित्री रह¥यहरु भने अझै पनि गुमराहमै रहेको छ ।
चौधरी ग्रुप अहिलेको अवस्थामा आइपुग्न उनका बाबुबाजेले पक्कै पनि ठूलो मेहनत र परिश्रम गरेकोमा दुईमत छैन । तर, विनोद चौधरीले जस्तो जालझेल र काला कर्तुत पक्कै पनि उनीहरुबाट नभएकै हुनुपर्छ । अबैंध आर्जनकै बलमा तत्कालिन संविधान सभामा सभासद् पदसमेत खरिद गर्न सफल विवादास्पद उद्योगपति विनोद चौधरीको इशारामा चौधरी ग्रुपले धनआर्जनका केकस्ता मार्ग अवलम्वन गरेको भित्रि कुरा बुझिनसक्नु पाइएको छ ।
चौधरी ग्रुपको नियत र षड्यन्त्रहरु बेलामौकामा सार्वजनिक नभएका पनि होइनन् । तर, त्यस्ता अपराधयुक्त धन्दा लुकाउन काला चौधरीलाई कसले सघायो ? को को छन्, चौधरीका मुख्य सहयोगीहरु भन्ने पनि विस्तारै खुलासा हुन थालेको छ ।
आफूलाई चौधरी गु्रप पिडीत बताउने भारतको जयपुर निवासी सुरेश महेश्वरीले राजस्थान हाइकोर्टमा नेपालका प्रतिष्ठित उद्योगपति चौधरी ग्रुपका मुख्य मालिक विनोद चौधरीमाथि मुद्दा दायर गरेर लाखौं क्षतिपूर्तीको माग दावी गरेको घटना समेत सेलाएको छैन । उनले विगतमा चौधरी ग्रुपबाट भएका केही काला कर्तुत समेत मुद्दामा उल्लेख गरी विनोद चौधरीको असली नियत र चौधरी ग्रुपको खास धन्दा छताछुल्ल पारिदिएका थिए ।
सो मुद्दामाचौधरी ग्रुपबाट भएका कतिपय काम कारवाही यतिसम्म विवादास्पद र अवैद्य छन कि विनोद चौधरी जसरी हाल प्रतिष्ठाको उचाइमा छन्, त्यसैगरी उनीबाट भएका कालाकर्तुतको छानविन मात्र भएको खण्डमा सडकमा आइपुग्ने प्रायःनिश्चित छ । तर सो कार्य गर्न नेपाल सरकारको आँट नभएकाकै कारण चौधरी समुहबाट कर छली र अबैध कारोबारमा तीव्रता आउनेक्रम जारी रहेको छ ।
त्यसैले पनि अदालतमा दायर गरिएको क्षतिपूर्ती मुद्दा फिर्ता लिन आफूमाथि ज्यानको धम्की विनोद चौधरी र उनले लगाएका गुण्डाबाट बारम्बार आइरहेको दावी चौधरी पीडित महेश्वरीले समेत खुलासा गरेका थिए । चौधरी ग्रुपमा तीस वर्षकार्यरत रहेका बेला उक्त कम्पनीको अधिकांश कर्तुत आफूलाई थाहा भएको दावी गर्दै महेश्वरीले आफूलाई त्यही गोप्यता खुस्क्याइदिन्छ भन्ने डरले ज्यान मार्ने धम्की दिएर नेपालबाट लखटेको दावी गर्दै मुद्दा दायर गरेका थिए । लामो समय इमानदारीपूर्वक काम गरेको कर्मचारीलाई ससम्मान बिदायी गर्नु पर्नेमा धम्की दिएर नेपाल छाड्न बाध्य बनाउने चौधरी ग्रुपले अरु कसकसलाई पिडीत बनाएको होला त्यसको आंकलन समेत गर्न कठिन भएको छ ।
नेपालबाटै पलायन हुन बाध्य पारेपछि जयपुर पुगेर त्यहाँको हाईकोर्टमा चौधरीका विरुद्ध मुद्दा दायर गरेपछि चौधरी समुहले विभिन्न शक्ति केन्द्र लगाउदै मुद्दा झिक्न भनेको दाबी पिडीत सुरेश महेश्वरीको रहेको छ महेश्वरीतीस वर्षेखि काम गर्दै आएकामा पछिल्लो दश वर्ष वाईवाई चाउचाउ उत्पादन गर्ने थाईफुड्स कम्पनीमा उत्पादन र लेखा शाखाको प्रमुखका रुपमा कार्यरत रहेका थिए । चौधरी ग्रुप भित्रका धेरै बदमासी थाहा पाएकाले कुनै पनि दिन त्यो गोप्यता खुस्क्याइदिन्छ भन्ने डरले त्यहाँबाट हटाउन कामकोे मुल्याकंन नभएपछि त्यहाँ राजिनामा दिएर मिनमिन चाउचाउमा काम गर्न थालेका थिए ।
सुरेश महेश्वरीले हाईकोर्टमा दायर गरेको मुद्दामा आफूलाई यातना दिएको भन्दै विभिन्न शिर्षमा भारतीय रुपैयाँ ३२ लाख २६ हजार क्षतिपूर्ती दावी गर्नुका साथै चौधरी ग्रुपले नेपालमा गरेको बदमासी बारे पनि उल्लेख गरेका थिए । चौधरी ग्रुपले विभिन्न देशमा गरेको व्यापारिक कारोबार र नेपालका विभिन्न बैंक खातामार्फ भएको भूमिगत कारोबारका सन्र्दभमा पनि खोज्नु पर्ने बेला भएको छ । चौधरीलाई यस्तैखाले विभिन्न आर्थिक अपराधिक कार्यमा सघाउने काम चौधरी गु्रपभित्र ‘डाडुपन्यु’ चलाएर बसेका महाप्रवन्धक महेशराज पन्तले गर्दै आएका छन् ।
पकनाजोल निवासी पन्त देखावटीरुपमा चौधरी गु्रपका महाप्रवन्धक भनिए पनि उनको खास जिम्मेवारी भने विभिन्न सरकारी कार्यालय धाउने र त्यहाँका हाकिमलाई विनोद चौधरीको दूतका रुपमा सेवा गर्नु साथसाथै चौधरी गु्रपले गरेका बदमासी सार्वजनिक हुन नदिनु र कुनै कारणबाट भइहालेमा कारवाहीबाट रोक्नका लागि पहल गर्नु रहेको छ ।
Subscribe to:
Comments (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
एनसेलको ‘लुट’ प्रकरण स्वीडीश पत्रिकामा काठमाडौ, २६ असोज। नेपाली मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको हामीले विज्ञापनजन्य खवर मात्र पढ्...
-
उद्योग वाणिज्य महासंघमा तीब्र विवाद पहिलो केन्द्रीय बैठकमा २९ सदस्य अनुपस्थित रोशन कार्की÷राजधानी काठमाडौं १ असार व्यवसायीहरुको छाता स...
-
सरकार र ग्यास उद्योगीबीच अवैध सम्झौता रोशन कार्की काठमाडौं । ऐन–कानुनको बेवास्ता गर्ने अभिव्यक्ति दिने एलपी ग्यास उद्योग र सरकारब...