Sunday, October 8, 2017
स्वास्थ्य सेवाको नाममा ब्रम्हलुट गर्ने अस्पतालमाथी उजुरी
रोशन कार्की
काठमाडौं । निजी क्षेत्रद्वारा सञ्चालीत अस्पतालले स्वास्थ्य सेवाको नाममा विरामीमाथि गरेको ‘लुट’ का माथी चाडोभन्दा चाडो छानविन गरि कारबाहीको माग राख्दै सम्बन्धित निकायमा उजुरी परेको छ । तीव्रखबर डटकमले राजधानीमा सञ्चालन भएका केही अस्पतालको अनुगमन गर्दा भेटिएको शुल्क सूची र अस्पतालले गरेको व्यवहारको बारेमा समाचार प्रकाशित गरेपछि ‘राष्ट्रिय उपभोक्ता मञ्च’ ले आबश्यक कारबाही गरि पाउँ भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा उजुरी दर्ता गरिएको छ । तीव्रखबरले ‘अस्पतालको ब्रम्हलुट : स्वास्थ्य सेवा कर र भ्याटसंगै महंगो शुल्क’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।
सो मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आम सर्वसाधारणलाई समेत असर पर्ने गरि आफुखुशी शुल्क निर्धारण गरेर विरामीमाथी थप मंहगो शुल्क असुली गरेको भन्दै सो बारे तत्काल छानविन गरि कारबाही गर्नकालागि विभागमा अनुरोध समेत गरेका छन् ।
सो उजुरी पत्रमा सरकारी दररेटभन्दा अत्याधिक शुल्क निर्धारण गरि असुली गरेको चाबहिलको मेडिकियर अस्पताल, बल्खुको बयोधालगायतले बेड चार्ज र अन्य शुल्कमा समेत आफुखुशी असुली गरेको बारे समेत उल्लेख गरिएको छ । सरकारसंग सेवामुलकको नाममा सञ्चालन स्वीकृती लिएका अूस्पतालहरुले विभिन्न नाममा आफुखुशी शुल्क निर्धारण गरि लुट गरि रहेको प्रमाण फेला परेको थियो ।
बयोधा अस्पताल, चाबहिलमा रहेको मेडिकियर, ओम, किष्टलागयत सवै अस्पतालहरुले ठगी गरेको खुल्न आएको छ । अस्पलता प्रशासनले मनोमानी रुपमा विरामीसँग शुल्क असुली गरी रहदाँ समेत सरकारले सो कार्यमाथी कुनै चासो दिएको छैन ।
अस्पतालमा ३१ गुणा महँगोमा विरामीमाथि ठगी भइरहेको पाउँदा समेत सरोकारवाला निकाय मौन छ । स्वास्थ्य परिक्षणका लागि अस्पताल पुग्ने विरामीहरु अस्पतालको ‘ब्रम्हलुट’ को शिकार भइरहेका छन् । यसरी लुट गर्ने अस्पतालमा पटकपटक फोन गर्दा कुनै पनि फोन उठेन ।
Subscribe to:
Post Comments (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
सरकार र ग्यास उद्योगीबीच अवैध सम्झौता रोशन कार्की काठमाडौं । ऐन–कानुनको बेवास्ता गर्ने अभिव्यक्ति दिने एलपी ग्यास उद्योग र सरकारब...
-
एनसेलको ‘लुट’ प्रकरण स्वीडीश पत्रिकामा काठमाडौ, २६ असोज। नेपाली मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको हामीले विज्ञापनजन्य खवर मात्र पढ्...
-
उद्योग वाणिज्य महासंघमा तीब्र विवाद पहिलो केन्द्रीय बैठकमा २९ सदस्य अनुपस्थित रोशन कार्की÷राजधानी काठमाडौं १ असार व्यवसायीहरुको छाता स...

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.