Wednesday, January 31, 2018
चौधरी ग्रुपद्वारा सरकारी निर्देशनलाई लत्याई अझै बुझाएनन कर,सरकार साना करदातालाई कारबाही गर्दै, ठूलालाई छोड्दै
रोशन कार्की
काठमाडौं । सरकारले तोकेको समयसिमाभित्र आयकर, राजस्व र मुल्यअभिबृद्धि कर (भ्याट) नबुझाए तत्कालै कारबाही गर्ने भनिएपनि अहिले सम्म तोकिएको समयभित्र कर नबुझाई अर्बौ रुपैयाँ छली गर्ने चौधरी ग्रुपलाई भने अहिले सम्म कारबाही गर्न सकेको छैन । सरकारी कर्मचारीकै मिलिमतोमा चौधरी समुहलाई कर छुटकै सुबिधा उपलव्ध गराएझै विभिन्न शिर्षक उपशिर्षक बनाएर लामो समयदेखि कर छली गर्दा पनि सरकारले सो बारे अनुगमन तथा अनुसन्धान गरेर कारबाही नगर्दा अर्बौं रुपैयाँ व्यक्तिगतको खातामा जम्मा हुन गएको छ ।
कर नबुझाउने कम्पनी तथा व्यक्तीलाई कर बुझाउन कडा निर्देशन सहितको सूचना जारी गर्ने गरेको भएपनि अहिले सम्म कर छली गर्दै आएका ठूला कम्पनीका सञ्चालकलाई भन्ने उन्मुक्ति दिदै आएको छ । सवै क्षेत्रमा लगानी गरेको तर देशमा न्युन कर बुझाएका मारवाडी समुहका कम्पनीका मालिकलाई अहिले सम्म कुनै पनि निकायले ती कम्पनीबाट बुझाएको कर विवरणमा कुनै चासो दिएको देखिदैन् ।
जसका कारण न्यून आय देखाउदै करोडौ रुपैयाँ आयकर छली गर्ने कार्यमा झन तीब्रता आएको छ । सो कार्यमा सरकारी कर्मचारीकै योजना अनुसार आयकर कम देखाई साना करदाताको भन्दा पनि कम कर बुझाएर लाखौ कर बिदेश लैजादै आएका सो ग्रुपका अध्यक्ष तथा बिश्वको धनीको सूचीमा नाम लेखाउन सफल बिनोद चौधरी एक ज्वल्न्त उदाहरण हुन । मल्टिनेशनल उद्योग सञ्चालन गर्दै आएका बिनोद चौधरीको समुह लगायत मारवाडी समुहले लामो समयदेखि कर छली गर्नेमात्र नभई नक्कली भ्याट विलबाट कर छली गरेको सार्वजनिक भएपनि सो बारे सरकारले कारबाही गर्न नसक्दा अर्बौ रुपैयाँ राजस्व गुम्न पुगेको छ ।
सो समुहमाथी सरकारले अहिले सम्म लगानी अनुसार उसको आम्दानीको एक हिस्सापनि कर बुझाएको छैन । जुन आन्तरिक राजस्व विभागको कर बुझाउनेहरुको सूचीलाई अध्ययन गर्दा प्रष्ट हुन्छ । चौधरी समुहले प्रत्येक वर्ष कर मिनाहा गरि पाउँभन्दै सम्बन्धित निकायमा निबेदन दिद कर छुट समेतको सुबिधा लिदै आएको छ । विभागले केही दिन अघि २७ ठूला व्यवसायिले ठूलो परिमाणमा आयकर नतिरको भन्दै १५ दिने सूचना जारी गरेको थियो । तर सो सूचीमा कर छली गरि करोडौ रुपैयाँ आफ्नो खातामा जम्मा गर्ने चौधरी ग्रुपलाई भने उन्मुक्ति दिएको पाईएको छ । सुचीमा सञ्जय गोल्छा, सुधिर बस्नेत, अजय मुडभरी, सुमन सुवेदी, दीपमणि राजभण्डारी, सञ्जिवराज राजभण्डारी लगायतको नाममा सूचना जारी गरेको भएपनि बिनोद चौधरीको नाम भने सो सूचनामा हटाइएको छ ।
भ्याट र आयकर नतिरेको भन्दै विभागले सूचना प्रकाशित गरेको थियो । न्यू टेरिक नेपाल नेपालमा बिक्री हुने डेल कम्प्युटरको आधिकारिक विक्रेता समेत हो । लामो समयदेखि आयकर तिर्न ताकेता गर्दै आएको भएपनि अटेर गरेको भन्दै विभागले सूचना प्रकाशित गरी कर तिर्न भने अहिले सम्म गएको छैन । करदाता कार्यालयमा कर दाखिला नगरेको पाइएकाले सार्वजनिक सूचना नै प्रकाशित गर्नुपर्ने अवस्था आइलागेको विभागले जनाएपनि चौधरी ग्रुपको बारेमा भने केही जानकारी दिन चाहेनन् ।
ठूला करदाता कार्यालयबाट कर नबुझाउनेलाई औपचारीक रुपमा मात्र सूचना जारी हुने गरेको छ । यसरी आफ्नो आयकर र कर समेत छली गर्नेहरुको मुख्य सूचीमा चौधरी ग्रुपका बिनोद चौधरी, अरुण चौधरी, बसन्त चौधरी, आइएमइ ग्रुप , खेतान ग्रुप, गोल्छा ग्रुप, भाटभटेनी समुह, विसाल समुहलगायत विशेषगरी मारवरी समुह रहेका छन् । सरकारी कर्मचारीलाई केही रकम दिएर लामो समयदेखि कर छली गर्दै आएका चौधरीलाई आन्तरिक राजस्व विभागकै मातहत अर्थमन्त्रालयमा बसेर सो ग्रुपले तयार पारेको कागजपत्रमा सरकारी छाप र हस्ताक्षर गरी कर चुक्ता गरेको विवरणको पत्र दिदै आएको समेत अर्थमन्त्रालयका एक उच्च कर्मचारीले बताएका छन् ।
नाम नलेख्ने शर्तमा ति कर्मचारीले भने,‘प्रत्यके महिनाको अन्त्यतिर चौधरीले पठाएको अधिकारीक व्यक्ति र अर्थमन्त्रालयका सचिब राजश्व सचिब, विभागका महानिर्देशक र लेखा प्रमुख बसेर बिनोद चौधरीले पहिल्यै तयार गरेको पत्रमा छाप र हस्ताक्षर गरी कर चुक्ताको पत्र दिने गरेको छ, सो गरे वापत ३ लाख रुपैयाँको थैलि दिने गरेको छ ।’ प्राप्त समाचार अनुसार चौधरी ग्रुपले वहालवाला सचिब, राजस्व सचिबलाई सो ग्रुपको बिशेष सल्लाहाकारका रुपमा रहेका कारण सो रकम बुझाउने गरेको दाबी स्रोतको रहेको छ ।
Subscribe to:
Post Comments (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
एनसेलको ‘लुट’ प्रकरण स्वीडीश पत्रिकामा काठमाडौ, २६ असोज। नेपाली मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको हामीले विज्ञापनजन्य खवर मात्र पढ्...
-
सरकार र ग्यास उद्योगीबीच अवैध सम्झौता रोशन कार्की काठमाडौं । ऐन–कानुनको बेवास्ता गर्ने अभिव्यक्ति दिने एलपी ग्यास उद्योग र सरकारब...
-
उद्योग वाणिज्य महासंघमा तीब्र विवाद पहिलो केन्द्रीय बैठकमा २९ सदस्य अनुपस्थित रोशन कार्की÷राजधानी काठमाडौं १ असार व्यवसायीहरुको छाता स...
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.