Sunday, February 18, 2018
धनले खरिद गरेर समावेशी कोटाबाट सांसद बनेपछि.........(टिप्पणी)
रोशन कार्की
भनिन्छ धन देखेपछि महादेबको पनि तिन नेत्र, नभन्दै हो रै छ, पहिलो संविधान सभाको निर्वाचनमा पनि धनसंगै एमालेले सभासद पद बेचेको थियो । सो पदमा पुगेपछि चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले देशको रगत चुसेर आफु बिश्वको धनीको रुपमा नाम लेखाए तर देशलाई कर असुल उपर गर्न न एमालेका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी ओलीले सक्ने छन् न निवर्तनमा प्रधानमन्त्री शेरबहादुर देउवाले सके । कर सवै छली गर्दैै र गुणस्तहिन चाउचाउ उत्पादन गरेर अकुत सम्पत्ती त कमाए तर सरकारलाई बुझाउनु पर्ने कर अहिले सम्म अर्बौ रुपैयाँ रहेको छ । एमालेबाट लिनुसम्मको फाईदा लिएपछि एकाएक काँग्रेस प्रबेश गरेका छन् उनै कर छलीको नम्बर एकमा परेका बिनोद चौधरी । हो उनले फेरी खरिद गरेका छन् देशको सासद पद । पैसा पाएपछि नेताहरुले अहिले सम्म पिछडिएका र लोपन्पनोमुख जातीलाई संरक्षण गर्ने र नीति नियममा सो समुहको प्रत्यक्ष सहभागीतामा निमार्ण गर्ने उदेश्यले राखिएको समाबेशी संसदको कोटामा धनी र नेतापत्नीलाई उपलव्ध गराएपछि अहिले समाबेशी कोटाको नाममा सर्वत्त आलोचना सुरु भएको छ ।
समावेशी समानुपातिक सिद्धान्तको बहस नेपालमा लामै समय चलेपनि अन्न्त सो पदमा दलका उच्च नेताहरुले धन र आफन्तलाई नै दिएपछि समाबेशी समानुपातिकको सिद्धान्त र उदेश्य असफल भएको स्वयः दलकै नेताहरुले बताएका छन् । संविधानमै समानुपातिक समावेशी प्रतिनिधित्वको ग्यारेन्टी गरेपनि सो अनुसार काम भएको छैन । तर, त्यो केवल देखावटी र मिलाएर आफुले चाहेको व्यक्तिलाई पदमा पु¥याउने माध्यम मात्र बनेको छ । प्रतिनिधि सभाको समानुपातिक तर्फ दलहरूले छानेको नामबाट स्पष्ट भएको छ समानुपातिक समावेशी देखाउनका लागि मात्रै राखिएको गुनासो सो सिद्धान्तभित्र पर्ने समुहको रहेको छ । सांसदमा हरेक वर्ग र क्षेत्रको समानुपातिक समावेशी प्रतिनिधित्व गराउने उद्देश्यका साथ निर्धारण गरिएको व्यवस्थाको गतल फाइदा उठाउँदै दलहरुले धनाढ्य व्यापारी र नेता पत्नीलाई सांसद बनाएपछि भित्रभित्रै बिरोध भएको छ । समावेशी कोटामा धनाढ्य व्यापारी र नेता पत्नीलाई सो पद उपलव्ध गराएसंगै पार्टीमा लामो समयदेखि योगदान गरेका र त्यागी इमान्दारहरु पाखा लागेका छन् ।
यसैक्रममा नेपाली काँग्रेसले गत संविधान सभाको सभासदमा एमालेबाट सदस्य बनेका विश्वको धनीको सूचीमा रहेका तर देशमा बुझाउनु पर्ने कर नबुझाई बस्ने डलर अर्वपति विनोद चौधरीलाई नेपाली काँग्रेसले सामानुपातिकको एक मधेशी थारुको कोटाबाट संसद बनायो । चौधरीले एमालेको सदस्य बनेर सभासद भएपछि उनले अर्बौ रुपैयाँ स्रोत नखुलेको रकमलाई नेपालमा अबैधधन्धाबाट संकलन गरेको रकमलाई बिदेश लैजान सफल भएका थिए । सोही समयका चौधरीले आफुलाई विश्वको धनीको सूचीमा नाम लेखाउन समेत सफल भएका थिए । स्मरण रहोस चौधरी धनीको सूचीमा नाम आइरहदाँ देश १० वर्ष जनयुद्धका कारण सम्पूर्ण उद्योथधन्धा र आर्थिक विकास समेत ठप्प भएको थियो ।
चौधरी ग्रुपका अध्यक्ष समेत रहेका विनोद चौधरी पहिलो संविधान सभामा एमालेले समानुपातिक तर्फबाटै सभासद बनायो । चौधरीलाई सो पद दिदाँ एक इमान्दार नेता र कार्यकर्ताले गुमाउनु परेको छ । सो पदमा एक पिछडिएको थारु चौधरीले मौका पाउने थियो । तर सो अधिकार खोसेका छन् पैसा दिएर बिनोद चौधरीले सो पद लिए पिछडिएको परिवारको हक हितका लागि हैन उनी अबैध रकम बिदेश लैजाने योजना मात्र रहेको छ ।
चौधरीले देशमा विभिन्न उद्योग सञ्चालन गरेर विदेशमा निर्यात गरेको भन्दै सरकारसंग अनुदान रकम लिन समेत सफल भए तर उनले नेपालमा उत्पादन गरेको कुनै पनि सामानहरु बिदेश निर्यात गरेको छैन । भारतबाट दाल आयात गरेर बंगलादेश निर्यात गरेर सरकारसंग अनुदान रकम लिए तर सो दाल नेपालमा उत्पादन गरेका होइन उनले भारतबाट नेपाल आयात गरेको रकम बंगलादेश निर्यात गर्दै आएका छन् । यतिमात्र हैन चौधरी ग्रुपले गुणस्तहिन चाउचाउ उत्पादन गरेर आम जनता र उपभोक्ताहरुको स्वास्थ्यमाथी चौतफी खेलवाड गरेका छन् । उनले उत्पादन गरेको चाउचाउ गुणस्तहिन भएको भन्दै खाद्य तथा गुणनियन्त्रण विभागले मुद्दा चलाएको भएपनि अहिलेसम्म कुनै कारबाही सरकारले गर्न सकेको छैन ।
एमालेका चन्दादाताका रुपमा रहेका चौधरी एमालेलाई लत्याएर काँग्रेस छिरे । एमालेमै हुदाँ अर्बपति चौधरी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चन्दाकै विषयमा मनमुटाव भएको थियो । माइतिघरस्थित एक घरमा भएको भेटको क्रममा दाहाल र चौधरीबीच भनाभन भएको थियो । चन्दा र लगानीका विषयमा प्रचण्ड र चौधरीबीच भनाभन भएपछि उनीले एमाले छोडेर काँग्रेसलाई रोजे । जसले लामो समयदेखी पार्टीमा सहयोग र योगदान दिदै यौवन विताएकाहरु अहिले सहित हुन पुगेका छन् ।
अहिलेसम्मका सबै चुनावमा आर्थिक भरोसाका केन्द्र चौधरी काँग्रेसमा प्रवेश गर्दा एमालेलाई ठूलो चोट पुगेको छ । यसअघि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनको क्रममा एमालेले नवलपरासीबाट प्रत्यक्षका लागि सिफारिस भएका थिए । तर, सो समय जनताले भोट नदिने भएपछि उनले उठन आँट गरेनन् ।
व्यापारीको न राजनीतिक पार्टी हुन्छ न राजनीतिक चरित्र । यसको उदाहरण विनोद चौधरीले पुष्टि गरे । राजनीतिमा चासो नभएपनि एमालेलाई संविधानसभा सभासदका लागि ५ करोड दिएको राज्यलक्ष्मी गोल्छाले पत्रकार सम्मेलन गरेर भनेकै थिइन । पैसा बुझाएर सभासद पड्काउने कम छैनन । उद्योगी घराना, शिक्षा व्यावसायी, स्वास्थ्य व्यावसायीलाई दोस्रो संविधानसभामा पनि सभासद बनाइएको थियो । ६५ लाखदेखि १ करोडसम्म लिएर सभासद बनाउनेमा एमाले, कांग्रेस, लोकतान्त्रि फोरम, राजपा, संघीय समाजवादी फोरम लगायत थिए ।
औद्योगिक ठूला घरानालाई पार्टीमा भित्राएर ठूलो चुनाव खर्चसँग सरकारी पद साट्ने परम्परा खुलेरै हुन थालेको छ । जब साँझ साढे सात बजे एउटा सेतो ल्याण्डक्रुजर गाडी वालुवाटारको तीन नम्वर गेट हुँदै नेपाली सेनाको चेक प्वाईन्ट २ नम्वर गेटमा रन्किएर गयो । सेता ल्याण्डक्रुजर तीन नम्बर गेटबाट छिर्नासाथ सेनाको सेन्ट्रीले रिमोट दबाउँदै २ नम्वर गेट खोले तव बालुवाटारका सबै ढोकामा गजबार लगाइएको थियो ।
बालुवाटारमा सन्नाटा छाएको थियो सो समय देशमा चुनाबी वातावरण रहेको थियो । सामान्यता अरुलाई साँझ साढे सात बज्यो सेनाले भित्र छिर्न दिँदैन । यसैमेलोमा रामेछापबाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ उम्मेदवार भएका कान्छाराम तामाङ पनि २ नम्वर गेटमा पुगे तर सेनाले जान दिएन । देउवाका दाहिना भनिएका दुई भाई बालकृष्ण खाँड र डा. प्रकाशशरण महतलाई साक्षि राखेर देउवाले नेपालका विल गेट्स भनेर चिनिएका बिनोद चौधरीबाट सात खोका अर्थात सात करोड रूपैयाँ बुझ्एका थिए । जव चौधरी १५ मिनेटमै बाहिरिए तव बालुवाटारमा प्रधानमन्त्री निवास ओहोर र दोहोर बाक्लिएको थियो । संविधानसभाको पहिलो निर्वाचनमा एमालेको तर्फबाट समानुपातिकबाट सांसद भएका चौधरी यस पटक भने कांग्रेसबाट समानुपातिकमा सांसद भए । अन्य पाँच व्यापारिको नाम पछि पार्दै चौधरीलाई अघि सारेपछि बरिष्ठ नेता रामचन्द्र पौडेलसमेत झस्किएका थिए तर सो विरोध कुनै काँग्रेसका नेताले गर्न सकेनन् ।
चौधरीले देउवालाई भेटि बुझाउँदा बरिष्ठ नेता पौडेल र डा. मिनेन्द्र रिजाललाइ पनि साछि राखिएको थियो । चौधरीले बुझाएको ७ खोकामध्ये पाँच पेटी बोकेर साँझ आठ बजे जगदीश्वरनरसिंह केसी पनि बालवाटारबाटै बाहिरिएको बालुवाटार स्रोत बतायो । देउवाले जगदीश्वरलाई दिएको सो पाँच पेटी उनकै दाई अर्जुननरसिंह केसीको नाममा पनि उपलब्ध गराइएको थियो । जगदीश्वरले पैशा बुझेको त्यहाँ नजिकै रहेका बहादुर सिंह लामाले टुलुटुलु हेरर बसेका थिए ।
चौधरी मात्र होइन, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनका पूर्व अध्यक्ष उमेश श्रेष्ठलाईपनि समानुपातिक सांसदकालागि नाम रहेको छ । अर्बपति र करोडपति भएकै कारण चौधरी र श्रेष्ठलाई कांग्रेसले सांसद बनायो । चौधरी मधेशीकोटाबाट र श्रेष्ठ आदिबासी जनजाति कोटाबाट सांसद बनायो । श्रेष्ठ दोस्रो संविधान सभामा कांग्रेसबाटै समानुपतिक सभासद बनेका थिए । यसैगरी, ठेकेदार जिपछिरिङ लामालाई पनि आदिबासी जनजातिको कोटामा सांसद बनाएको छ । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा ‘क’ वर्गका ठेकेदार लामा यसअघि पनि कांग्रेसले सांसद बनाएको थियो ।
सेन्चुरीयन ग्रुपका अध्यक्ष मोतीलाल दुगडलाई एमालेले समानुपातिक सांसद बनायो । समानुपातिक चार पुरुष सांसद मध्ये उनी पनि परेका हुन् । एमालेको मधेसी कोटाबाट दुगड मात्रै पर्न सफल भएका छन् । दुगड पहिलो संविधान सभामा सदभावना पार्टी आनन्ददेवीका तर्फबाट समानुपातिक सभासद बनेका थिए । २०७० सालमा उनले नव नेपाल पार्टीको स्थापना समेत गरेका थिए । तर उनको पार्टीले एउटा सिट जित्ने पनि मत नल्याएपछि एमालेमा पार्टी विलय गराएको घोषणा गरेका थिए । रारा चाउचाउका मालिक सूर्यबहादुर केसीलाई कांग्रेसले सांसद बनाएको छ । उनी पोखराका उद्योगी हुन् । राप्रपा छाडेर केही समयअघि मात्रै कांग्रेस प्रवेश गरेका केसी समानुपातिकको खसआर्य कोटाबाट सांसद बनेका हुन् ।
एमाले नेत्री सुजिता शाक्य समानुपातिक कोटाबाट सांसद बनेकी छिन् । प्रदेश नं. ५ बाट मुख्यमन्त्री शंकर पोख्रेलकी पत्नी शाक्य जनजाति कोटाबाट सामानुपातिक सांसद बनेकी हुन । माओवादी नेता देव गुरुङकी पत्नी यशोदा सुबेदी पनि समानुपातिक कोटाबाट सांसद बनेकी छिन् । एमालेबाट जनजाति कोटाबाट सांसद बनेकी तुलसा थापा एमाले उपाध्यक्ष वामदेव गौतमकी पत्नी हुन् । माओवादीबाट समानुपातिक सांसद बनेकी शशी श्रेष्ठ माओवादी नेता लीलामणि पोखरेलकी पत्नी हुन् । कांग्रेसकी पार्वती डिसी चौधरी समानुपातिक सांसद बनेकी छिन् उनीलाई थारु महिला कोटाबाट सासद बनाइएको हो । जय होस । पबचपष्चष्mल२नmबष्।िअयm
Subscribe to:
Post Comments (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
रोशन कार्की काठमाडौं । तारे होटल तथा विभिन्न ठाउँमा सञ्चालनमा रहेका क्यासिनो (जुवाघर) सञ्चालकले सरकारलाई बुझाउनु पर्ने कर, बक्यौता र नव...
-
रोशन कार्की काठमाडौं । नेपालको मात्रै नभएर विश्वकै अर्बपतिहरुको सुचीमा परेका चौधरी ग्रुपका अध्यक्ष विनोध चौधरीको ठगीधन्धाको विवरण आउनेक्रम...
-
रोशन कार्की काठमाडौं । तीन वर्षअघि गएको महाविनाशकारी भूकम्पबाट घरबारविहीन भएका पीडितहरुले ऋण गरेर पक्की घर बनाउने कार्यमा तीव्रता आएसँगै...
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.