Monday, December 31, 2018
शिवम् सिमेन्टलाई सरकारी ऐनले छुदैन : पटकपटक गुणस्तहिन भएको प्रमाणित हुदाँ पनि भएन कारबाही
रोशन कार्की
काठमाडौं । शक्ति र पैसा भएपछि देशमा विद्यमान कानुनलाई समेत हातमा लिई केही कम्पनीहरुले गुणस्तरहिन बस्तुको उत्पादन गरी उपभोक्तालाई ठगी गर्दा समेत सरकारले कारबाही गर्न सकेको छैन । पटकपटकको चेकजाँचबाट गुणस्तहिनत बस्तु उत्पादन गरी बिक्री वितरण गरेको भन्दै सरकारी निकायबाटै कारबाहीको माग गरिदाँपनि कारबाही नहुदाँ उपभोक्ताहरु गुणस्तहिन सिमेन्ट खरिद गर्नु परेको छ। सरकारी ऐनकानुनलले समेत नछुने कम्पनी हो शिबम् सिमेन्ट र चौधरी ग्रुप । स्वदेशी सिमेन्ट उत्पादन भन्दै सरकारसंग सहुलियत लिदै गुणस्तहिन भएको पाईएको छ । पटकपटक सरकारी नियकाबाट गुणस्तहिन भनी कारबाहीकालागि सम्बन्धित निकाय समक्ष सिफारीस हुदै आएको शिवम् सिमेन्ट पछिल्लो समयमा समेत गुणस्तरमा सुधार नगरेको पाईएको छ ।
यसैक्रममा सो सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट गुणस्तरहिन भएको भन्दै गुणस्तर तथा नापतौल विभागले पत्र पठाई कारबाहीको प्रकृया अगाडि बढाएको छ । ओपिसी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टमा मात्राभन्दा बढी म्याग्नेसियम देखिएको पाईएको छ । विभागले गरेको जाँचमा होङ्सी सिमेन्ट उद्योग अन्तरगतको शिबम् सिमेन्ट (नवलपरासी) बाट उत्पादित भएको सो सिमेन्टमा म्याग्नेसियम अधिकतम देखिएको जनाएको छ । विभागले अधिकतम पाँच प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नापजाँचका क्रममा त्योभन्दा बढी भएकाले सो सिमेन्ट गुणस्तरहिन भएको देखिएको र सो विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताएका छन्. । महानिर्देशक पुडासैनीले भने,‘पाँच प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तर मानिँदैन ।’ विभागले म्याग्नेसियम बढी भएको सिमेन्ट उद्योगलाई कम म्याग्नेसियम भएको सिमेन्ट उत्पादन गर्न पत्राचार गरेको जनाएको छ । कम म्याग्नेसियम उत्यादन नगर्ने सिमेन्ट उद्योगको इजाजतपत्र खारेज गर्ने तयारीमा विभाग लागि परेको छ ।
गुणस्तहिन सिमेन्ट उत्पादन गरेर उपभोक्ता ठगी गर्दै आएको सो कम्पनीले पछिल्लो पटक धर्मको नाममा सिमेन्ट बिक्री गर्ने योजना समेत अगाडी सारेको छ । सो उद्योगले ‘करोडौको नगद उपहार तथा सयौ तोला सुन’ ‘लक्ष्मी हातमा देवदर्शन शिवम्को साथमा’ भन्दै नयाँ ठगीधन्दा समेत अगाडी सारेको छ । हेलिकप्टरबाट गोसाईकुण्डको देवदर्शन गराउने भन्दै आक्रषक योजना सार्वजनिक गरी गुणस्तहिन सिमेन्ट बिmक्री गर्ने तयारी गरेको छ । सो सम्बन्धमा पटक पटक शिवम् सिमेन्टको कार्यलयमा फोन सम्र्पकगर्दा फोन रिसिव भएन । यसअघि लगानीकर्ताहरुलाई मुर्ख बनाउन कम्पनीहरुले प्राथमिक शेयर बिक्री गर्ने र प्रिमियम थपेर लगानीकर्ताबाट पैसा थुत्ने क्रममा नयाँ श्रृंखलामा शिवम सिमेन्ट नामको कम्पनीबाट ठगीधन्दाको कार्य सुरु भएको थियो । एकातर्फ गुणस्तहिन सिमेन्ट उत्पादन गर्दै आएको छ भने अर्कोतर्फ सेयरको नाममा ठगीधन्दा चलाएको आरोप सो कम्पनीमाथी लागेको थियो ।
पटकपटक गुणस्तरहीत सामान उत्पादन गरेको भन्दै सरकारको सम्बधित निकायबाट कारवाहीमा समेत परि सकेको सो उद्योगबाट पछिल्लो पटक बजारमा पठाएको सिमेन्ट पुनः गुणस्तहिन भेटिएको विभागले जनाएको छ । विभागले सरकारी मापदण्ड भन्दा कम गुणस्तरको समान उत्पादन गरेको भन्दै कारबाही गरेको थियो । तत्कालिन समयमा विभागले सबैभन्दा बढी सिमेन्ट र डण्डी उद्योगमाथी कारबाही गरेको थियो । जसमा शिब्म सिमेन्ट गुणस्तरहिन उत्पादनको पहिलो नम्बरमा पर्ने कम्पनीका रुपमा रहेको छ । कम गुणस्तरको सिमेन्ट उत्पादन गर्दै बजारमा पठाएको अभियोगमा सो कम्पनीलाई कारबाही गरेपनि कुनै पनि सुधार नगरेको ठहर विभागको रहेको छ ।
आफ्नै ढुङ्गाखानी रहेको दावी गरेर प्रचारवाजी गरी ग्राहकलाई भ्रममा पार्दै आएको शिवम् सिमन्ट उद्योगका कर्तुतहरु एकपछि अर्को गरी बाहिर आउने क्रम जारी समेत रहेको छ । ५० किलो बोरामा ४८ किलो मात्र सिमेन्ट रहेको त कहिले नजम्ने सिमेन्ट उत्पादन गरेको विषयमा विवादीत सो कम्पनीबाट उत्पादीत शिवम् सिमन्टले सिमेन्ट बनाऊने किल्ङकर भारतबाट ल्याउने गरेको छ । भारतबाट कमसल कच्चा पदार्थ ल्याई नेपालमै उत्पादन गरेको भनी ग्राहकलाई झुक्याउने शिवम्को भ्रमपूर्ण बजार नीतिका कारण उपभोक्ताहरुले दुःख पाइरहेका छन् ।
नवलपरासीमा उत्पादित सिमेन्ट र रेडिमिक्स कंक्रिट दुवै ग्राहकले पत्याएका बस्तु हुन् । विभिन्न स्किम, उपहार र अधिक प्रचार प्रसारका कारण शिवम् सिमेन्ट जर्वजस्त ढंगबाट परिचित व्राण्ड सिमेन्ट बनेको आरोप समेत लाग्दै आएको छ । तर, पछिल्ला केहि घटनाहरुले यि दुवै वस्तुप्रति शंका उब्जाएको छ । ‘क्वालिटीको मामलामा नो कम्परमाइज’ यो नारा शिवम् सिमेन्टको हो । उसले करोडौ रुपैयाँ विज्ञापन र वजार प्रवद्र्दनमा खर्च गरेको पाईन्छ । तर, उसकै उत्पादनमा कमजोरी भेटिएको छ ।
सो कम्पनीबाट उत्पादन हुदै आएको सिमेन्ट गुणस्तहिन रहेको समाचार लेखेपछि विभिन्न व्यक्तिबाट फोन गरी धम्की समेत दिएको थियो । तीन वर्षअघि गएको भूकम्पबाट घरविहीन भएका पीडितहरुले ऋण गरेर पक्की घर बनाउने कार्यमा तीव्रता आएसँगै सिमेन्ट कम्पनीहरुबाट समेत कमशल सामानको उत्पादन गरेर उपभोक्तालाई ठग्ने कार्य बढ्दो रहेको छ । उपभोक्ता ठगी गर्ने कार्यमा पनि नयाँ–नयाँ तरिका उद्योग र व्यापारीले अपनाएको भेटिएको छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागद्वारा केही महिनाअघि गरिएको अनुगमनका क्रममा व्यापारीले सिमेन्टमा व्यापक ठगी गर्ने गरेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । सो प्रतिवेदनका आधारमा कारबाही नहुँदा ठगी कार्यमा समेत तीव्रता आएको हो । विभागको अनुगमन टोलीले राजधानीको विभिन्न स्थानमा गरेको अनुगमनबाट व्यापारीहरुले सिमेन्टमा ठगी गर्ने गरेको पाइएको ठहर गरी प्रतिवेदन तयार गरेको थियो । सोहीअनुसार शिवम् सिमन्टले ५० किलोग्राम हुनुपर्ने बोरामा ८ किलो कम तौल राखेर बिक्री गरेको भेटिएको थियो ।
उपभोक्ताहरुलाई लोभ देखाउँदै विभिन्न उपहारहरु दिने घोषणा गरेर बजारमा आएका सो सिमेन्ट खरिद गर्ने उपभोक्ता सुरुका दिनदेखि नै ठगिँदै आएको गुनासो समेत उपभोक्ताहरु रहेको छ । गोयल समूहद्वारा उत्पादित शिवम् सिमेन्ट खरिद गर्नेहरु यसरी ठगिनुपरेको हो । विभागले गरेको अनुगमनपछि शिवम् सिमेन्टको ठगी धन्दा बाहिर आएको हो । उता सो उद्योगको व्यवस्थापनले भने डिलर र बिक्रेताले यस्तो चोरी धन्दा गरेको आरोप लगाउँदै आएको छ ।
Subscribe to:
Post Comments (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
रोशन कार्की काठमाडौं । तारे होटल तथा विभिन्न ठाउँमा सञ्चालनमा रहेका क्यासिनो (जुवाघर) सञ्चालकले सरकारलाई बुझाउनु पर्ने कर, बक्यौता र नव...
-
रोशन कार्की काठमाडौं । नेपालको मात्रै नभएर विश्वकै अर्बपतिहरुको सुचीमा परेका चौधरी ग्रुपका अध्यक्ष विनोध चौधरीको ठगीधन्धाको विवरण आउनेक्रम...
-
रोशन कार्की काठमाडौं । तीन वर्षअघि गएको महाविनाशकारी भूकम्पबाट घरबारविहीन भएका पीडितहरुले ऋण गरेर पक्की घर बनाउने कार्यमा तीव्रता आएसँगै...
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.