Monday, December 31, 2018
नबिल बैंक व्यवस्थापनकै कारण गम्भीर संकटमा…
काठमाडौं । विश्वकै धनी चौधरी ग्रुपको लगानी रहेको नीजि बैंकमध्येको नविल बैंकभित्रको व्यवस्थापनकै कारण गम्भीर संकटमा परेको छ । नबिलको पछिल्लो वर्ष नाफामा भारी गिरावटा आएको छ भने, निक्षेप संकलन र कर्जा लगानीमा समेत गम्भीर संकट भोग्न थालेको बैंकका कर्मचारीले गोप्य रुपमा सूचना दिएका छन् । गोप्य रुपमा प्राप्त सूचना अनुसार नबिलले नयाँनयाँ ब्याजदरको स्किम सार्वजनिक गरेपनि बैंकप्रति निक्षेपकर्ताको खासै चासो नदेखाएको समेत जनाइएको छ । मेगा बैंकबाट नविल बैंक आएका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह बैंकको नेतृत्वमा आएसंगै बैंक बिस्तारै ओरालो लाग्न थालेको आरोप समेत कर्मचारीहरुले लगाएका छन् ।
खासगरी नबिलमा गत वर्षको पुसमा शाहको बेइज्जतिपूर्ण रि–इन्ट्री भएपछि त्यहाँ कामगर्ने कर्मचारीहरू पनि उनीदेखि सन्तुष्ट देखिंदैनन् । बिगतमा सीईओको भूमिका निभाईसकेका शाहले नबिलमा डेपुटी सीईओको रुपमा मेगा बैंकबाट आएपछि बैंकिङ क्षेत्रमै उनलाई नैतिकताहीन व्यक्तिकारुपमा चित्रण गरेका छन् । पुरानो बैंक भएपनि बैंकलाई व्यवस्थित र सम्मानजनक हिसाबले अघि बढाउन सकेको छैन । त्यसबाट सञ्चालक समितिसमेत असन्तुष्ट देखिन थालिसकेको छ ।
गत आर्थिक वर्षको नाफा लज्जास्पद रहँदा यसपटक उसको लाभांशदर समेत अन्य बैंकको तुलनामा न्यून भएपछि लगानीकर्ताहरू आक्रोशित भएका छन् । नबिलले गत वर्षको नाफाबाट ३४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । तर, नेपाल इन्भष्टमेण्ट बैंकले ४० प्रतिशत लाभांश दिएपछि नबिलको सञ्चालक समिति अनिल शाहलाई बैंक भित्राएकोमा खिन्न देखिएको छ ।
Subscribe to:
Post Comments (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
रोशन कार्की काठमाडौं । तारे होटल तथा विभिन्न ठाउँमा सञ्चालनमा रहेका क्यासिनो (जुवाघर) सञ्चालकले सरकारलाई बुझाउनु पर्ने कर, बक्यौता र नव...
-
रोशन कार्की काठमाडौं । नेपालको मात्रै नभएर विश्वकै अर्बपतिहरुको सुचीमा परेका चौधरी ग्रुपका अध्यक्ष विनोध चौधरीको ठगीधन्धाको विवरण आउनेक्रम...
-
रोशन कार्की काठमाडौं । तीन वर्षअघि गएको महाविनाशकारी भूकम्पबाट घरबारविहीन भएका पीडितहरुले ऋण गरेर पक्की घर बनाउने कार्यमा तीव्रता आएसँगै...
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.