Wednesday, August 17, 2011

हिमालपारि चोरीसिकारी

तस्करहरूको तारोमा हिउँचितुवा र कस्तूरी 

दुर्लभ शोभा हिउँचितुवा र कस्तूरी मृग। एक महिनाअघि मुस्ताङको मार्फाबाट आठ घन्टाको दूरीमा रहेको चौँरीखर्क लेकमा छालासहितका दुईवटा र छालाबाहेक हड्डी र शरीर मात्रै भएको एउटा यस्तै हिउँचितुवा मृत फेला परेका थिए। सिकारीले विष प्रयोग गरेर ती दुर्लभ वन्यजन्तु मारेको आशंका गरिएको छ। त्यसलगत्तै चितुवाका दुईवटा छालासहित मार्फास्थित प्याराडाइज गेस्टहाउसका सञ्चालक श्याम लालचन र कामदार कुलमान घले पक्राउ परे। यो त बाहिर देखिएको एउटा मात्रै घटना हो। यस्ता घटना धेरै छन्। हिमाली भेगका कस्तूरी मृगको अनुसन्धान गरेका पारसविक्रम सिंह भन्छन्, "लुकीछिपी वन्यजन्तुको चोरीतस्करी बढिरहेको छ।" विनाका लागि कस्तूरी मृग मारेपछि सिकारीले मृत शरीर त्यत्तिकै फ्याँकेर हिँड्ने गरेका छन्। चोरीसिकारीमा संलग्न केहीलाई पक्राउ गरिए पनि कारबाहीको दायरामा नल्याउँदा दुर्लभ वन्यजन्तुको सिकारी रोकिन नसकेको हो। गिरोहले भैरहवा, काठमाडाँैसँगै लोमान्थाङबाट तिब्बती नाकामा लगेर वन्यजन्तुका अंग बिक्री गर्ने गरेको स्रोतको भनाइ छ।     स्थानीय बासिन्दा र सहरबाट जाने गिरोहले अधिक मात्रामा हतियार प्रयोग गरी यहाँ चोरीसिकार गर्ने गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) अन्तर्गत पर्ने हिमालपारिवा जिल्ला मुस्ताङ र मनाङमा दुर्लभ वन्यजन्तु पाइने गरे पनि यकिन तथ्यांक छैन। एक्यापले सातवटै क्षेत्रमा स्तनधारी १ सय २, चराहरू ४ सय ८८, घस्रने जीवजन्तु ४० र उभयचरहरू २३ पाइने उल्लेख गरेको छ। तराईका निकुञ्ज क्षेत्रमा गँैडा, बाघलगायतका वन्यजन्तु मारिएको खण्डमा ठूला अनुसन्धान थालिए पनि अन्नपूर्ण क्षेत्रमा यसरी संरक्षित वन्यजन्तु मारँिदासमेत सम्बन्धित निकाय जिम्मेवार हुनसकेको देखिँदैन। राष्ट्रिय वन्यजन्तु तथा संरक्षण ऐन, २०२९ अनुसार चितुवा मार्नेलाई एक लाख रुपियाँ जरविाना र १५ वर्षसम्म कैद सजाय हुन्छ। "कुन संरक्षित हो, कुन दुर्लभ हो, हामीलाई थाहा हुनुपर्‍यो नि !" मार्फाका स्थानीय नरबहादुर हिराचन हिउँचितुवाका बारेमा अनभिज्ञता प्रकट गर्दै भन्छन्, "हिउँचितुवाको छाला बहुमूल्य हुँदो रहेछ भनेर बल्ल थाहा पाइयो।"उनले यसो भने पनि स्थानीय केही व्यक्ति र बाहिरबाट जाने गिरोहको मिलेमतोमा यहाँ वन्यजन्तुको चोरीसिकारी हुँदै आएको छ। जाल थापेर, गोली हानेर, विष खुवाएर वन्यजन्तुको चोरीसिकारी हुँदै आएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले घरपालुवाबाहेक बिनाअनुमति कुनै पनि जीवजन्तु मार्न नपाइने भनेर उल्लेख गरे पनि त्यसको कार्यान्वयन भएको छैन। चोरीसिकारीमा संलग्न केहीलाई पक्राउ गरिए पनि कारबाहीको दायरामा नल्याउँदा वन्यजन्तुको सिकारी रोकिन नसकेको हो। स्थानीय बासिन्दा र सहरबाट जाने गिरोहले अधिक मात्रामा हतियार प्रयोग गरी वन्यजन्तुको सिकार गर्ने गरेका छन्। एक्यापले केही सिकारीलाई पक्राउ गरे पनि अधिकांश चोरीसिकारीहरू भने पक्राउ परेका छैनन्। मार्फा, टुकुचे, कोवाङ, मुक्तिनाथलगायतका जंगलबाट चोरीसिकारी हुने गरेको छ। मरेका घरपालुवा जनावरमा समेत विष हालेर वन्यजन्तुको सिकार हुने गरेको छ। हिउँचितुवासँगै पछिल्लो क्रममा कस्तूरी मृगको चोरीसिकारी अधिक मात्रामा हुँदै आएको छ। संरक्षित जनावरको सूचीमा रहेको कस्तूरीको चोरीसिकारी मुख्य गरी विनाका लागि हुने गर्छ। गर्भधारण क्षमता कम भएको कस्तूरी मृग चोरीसिकारीकै कारण लोप हुने अवस्थामा पुगेको छ। "बहुमूल्य मानिने विनाका लागि नै यसको चोरीसिकारी हुने गरेको हो," एक्यापका मुस्ताङ प्रमुख सन्तोष शेरचन स्वीकार्छन्, "लुकीछिपी सिकार गर्नेलाई नियन्त्रण गर्न सकिएको छैन।" उनी चोरीसिकारी नियन्त्रणका लागि केन्द्रीय तहबाटै विशेष पहल हुनुपर्ने बताउँछन्। अवस्था कस्तो छ भने चोरीसिकारी नियन्त्रणका लागि यहाँका वन क्षेत्रमा कर्मचारी तथा सुरक्षा टोली खटाइएको छैन। नियन्त्रणका लागि कुनै संरचना नबन्दा चोरीसिकारीलाई पक्राउ गर्नेतर्फ सम्बन्धित निकायले तदारुकता देखाएको पाइँदैन। जिल्लामा बाह्य पर्यटकलाई चेकजाँच गरिए पनि अरूलाई नगर्दा तस्करहरूले झोलामा हालेर मृगको विना र अन्य जीवजन्तुको छाला सीधै लिएर जाने गरेका छन्। संरक्षण क्षेत्रभित्र हातहतियार राख्न, लैजान र प्रयोग गर्न निषेध हुँदाहुँदै पनि यही क्षेत्रमा घरघरमा हतियार राखिएका छन्।
कर ठगिगर्नेलाई कारबाही भएन
रिभस्र- नक्कली प्रज्ञापनपत्रको कारोवार

रोशन कार्की÷राजधानी
काठमाडौं, २९ साउन
कर्मचारी र व्यवसायीको मिलेमतोमा गत फागुन महिनामा नक्कली निकासी प्रज्ञापन पत्र बनाई सरकारी कर फिर्ता लिन सफल ७ जना भन्सार कर्मचारीलाई सरकारले कारबाही गर्न सकेको छैन । व्यापारीले रसुवा र तातोपानी भन्सार कार्यालयबाट नक्कली निकासी सामानको कागजत बनाई सो समयमा ७ करोड भन्दाबढी रकम झिक्न सफल भएका थिए ।
रकम झिक्नकालागि उनीहरुले आबश्यक कागजात तयार बनाउन तातोपानी भन्सार कार्यालयका ७ जना कर्मचारी प्रत्यक्ष रुपमा संलग्न भएको पुष्टी भन्सार विभागले यसअघि नै गरिसकेको भएपनि हालसम्म उनीहरुमाथी कारबाही भने हुन नसकेको हो । करिव एक वर्ष अगाडी तातोपानी भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट पटक-पटक सामान नै निकासी नगरि विभिन्न समयमा १२ करोड रुपैयाँ भन्दाबढीको राज्य कोषबाट रकम झिकेको खुलासा भएको थियो ।
नक्कली निकासी प्रज्ञापन पत्र बनाउने कर्मचारीको पहिचान भएपनि सो विषय छानविनकै क्रममा रहेको भन्दै उनीहरुमाथिको कारवाीगर्न आलटाल गरिएको हो । ती कर्मचराीको नामभने गोप्य राखीएको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षको फागुन महिनामा तातोपानी नाका र रसुवा नाकाबाट नक्कली निकासी प्रज्ञापन-पत्र तयारगरि राज्य कोषबाट रकम झिक्नकालागि लेखापरिक्षक ओखलढुङगा पोकली घर भएका थलमान सुवेदीको मुख्य भुमीका रहेको विभाग स्रोतले जनाएको छ । उनीकै नाममा दर्ता भएको दिगम्बर ट्रेड इन्टरनेशनल लगायतका फर्महरुको सो कार्यमा संलग्न रहेका छन् ।
स्रोतका अनुसार भक्तपुर काठमाडौं र सिन्धुपाल्चोकमा दर्ता गरीएका अन्य फर्ममा दिगम्बर ट्रेड हाउसभीमेश्वर ट्रेड हाउस सरिता विजनेश इन्टरनेशनलसरिता इन्टरप्राइजेजअशुतोष इम्पेक्स र शिवशक्ती इन्टरनेशन नामका फर्मबाट सामान चीन निकासी गरेको प्रमाण पेश गरेका थिए । लेखापरिक्षक सुवेदीले तिव्वतमा रहेको बैंक अफ चाईनाबाट सो सामानको निकासी गरेको कागज बनाई सो रकम झिक्न सफल भएको अनुसन्धानबाट खुलेको विभागले जनाएको छ । सो कार्यमा तत्कालीन तातोपानी भन्सार कार्यालयका कर्मचारी सूर्य सेढाई विरेन्द्र पाण्डेरामकृष्ण तिवारीविश्वनथा खनालभवानी गुप्ताउद्धव थपलिया र शारादा दाहाल लगायत ७ जना कर्मचारीले सो नक्कली भन्सार प्ा्रज्ञापन-पत्र तयार पारेको आरोप स्रोतको छ ।
सरकारको अस्थिरता र राजनीतिक दलहरुको संरक्षणका कारण सो कार्यमा संलग्नलाई भन्सार विभागले कारवाही गरिहाल्न नसकेको एक भन्सार विभागका कर्मचारीले बताए । भन्सार कर्मचारीको मिलेमतोमा भएकॊ सो कार्यबाट ७ करोड रुपैयाँ झिकी राज्यको रकम हिनामिना गर्नेलाई तत्कालै कारवाही गर्न अर्थमन्त्रालयलाई सार्वजनीक लेखा समितिले गत वर्षको २६ चैतमा नै निर्देशन दिएको थियो ।
भन्सार विभागका महानिर्देशक टंकमणि शर्माले भने आबश्यक अनुसन्धान जारी रहेको वताए । ुसव्ौका बारेमा एकएकगरि अनुसन्धान गरिनु पर्ने भएकाले समय लाग्न गएको होु उनले भने ुनक्कली निकासी प्रज्ञापन पत्र बनाई राज्यको ढुकुटीबाट रकम झिक्ने र झिक्न सहयोग गर्ने सवैलाई कारवाही हुन्छ ।ु
अनुसन्धानका क्रममा उनीहरुले तिव्वततर्फ मैदाचाउचाउअगरबत्तिबनस्पति ध्यू लगायतका सामानहरु निकासी गरेको प्रमाण पेश गरेका सामानको विल र मुल्यअभिबृद्धिकरभ्याटको विल बनाउन सहयोग गरेको फेलापरेको विभागले जनाएको छ । यस कार्यमा अशोक अधिकारीको नाममा दर्ता भएको फर्मबाट सो सामान निकासी भएको जनाइएको छ । सो कार्यमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समेत संलग्नता रहेको अनुसन्धानबाट खुलेको विभागले जनाएको छ ।
त्ात्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले भन्सार नाकामा अबैध कारोबार गरि राजस्व चुहावट गर्ने कोही कसैलाई पनि नछोड्ने बताएपछि एकाएक ती अबैध कारोबार गर्ने व्यवसायीहरु रसुबा नाकाबाट कारोबार गर्न थालेका थिए । भन्सार नाकामा हुनु पर्ने सामान्य भौतिक सुविधा समेत नभएको रसुवा नाकाबाट बार्षिक ४० करोड भन्दाबढीको व्यापारीक कारोबार भएको तथ्याङक विभागमा पेश गरेपछि सो कार्यको खुलासा भएको हो । सो कार्यमा संलग्न रहेका मध्ये तत्कालीन रसुवा नाकाका निमित्त प्रमुख कृष्णबहादुर हमाललाई विभागमा झिकाई अनुसन्धान गर्दा रसुवा र तातोपानीका भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सो अबैध कार्य भएको भन्सार विभागले जनाएको छ ।

Sunday, August 14, 2011

लेख

तातोपानी भन्सारमा कर्मचारीको ताण्डव नृत्य             कहिले सम्म…?



रोशन कार्की


आज भोली सवै स्थानमा सिन्धुपाल्चोक र चीनको स्वसाशीत क्षेत्र तिव्वतको खासा बाजारबाट हुदै आएको व्यापारीक कारोबारको चर्चा परिचर्चा भईरहेको छ । वर्षै देखी व्यापारीहरुले सो नाकाबाट आ-आफ्नो तवरबाट व्यापारीक कारोबार गरेर आईरहेकाछन् तर पछिल्लो पट्क भने सो नाका बढी चर्चाको शिखरमा पुग्यो । तातोपानी भन्सार नाकामा कहिले प्रहरी प्रशासनको कारण नाका अवरुद्ध भएकोछ भने कहीले व्यापारी त कहीले सोही भन्सारका कर्मचारीको कारण भन्सारको व्यापारीक नाका अवरुद्ध हुदा करोडौ रुपियाँको भन्सार राजश्व घाटा पर्ने गरेकोछ ।
तातोपानी भएर आउने सामानको प्रति कन्टेनर न्युनतम ५ लाख भन्दा माथीको राजश्व व्यापारीहरुले भन्सारमा बुझाउनु पर्ने हुन्छ तर सो नाकामा भन्सारका कर्मचारीको मिलेमतोमा न्युनतम भन्सार राजश्व तिरेर भन्सार प्रज्ञापन पत्र दिईएर भ्यानमा कर्मचारीले विना चेक जाच सिल लगाउने गरेको छ । संसारमा ठीक र नवीन कार्य गर्नेहरुले आफ्नो कार्यको परिक्षण र जाच र मुल्यांकन होस र दुनियाको नजरमा बेईमानी हुन नपरोस भन्ने चाहाना राख्ने गर्दछन् तर तातोपानी भन्सार नाकाबाट कारोबार गर्ने जो कोही पनि कसरी हुन्छ भन्सार राजश्व छलेर र अबैध कारोबार गर्नेको आवाज उठाएका हत्या गर्न समेत पछि नहट्ने गर्दछन् ।
छिमेकी राष्ट्र चीनको अतिनै छोटो स्थलमार्गमा रहेको उक्त तातोपानी नाका भएर हजारौ व्यापारीले कारोबार गर्ने गरेका छन् । व्यापारीको मुख्य उदेश्यनै भन्सार राजश्व छलेर व्यापार गर्ने हो त्यसैले व्यापारीले अबैध सामानको आयात निर्यात गरे भनेर अच्ाम्म मान्नु पर्ने छैन तर त्यही व्यापारीलाई सहयोग पुर् याएर भन्सार नाक बन्द गराई आफु लगाएत सवै कर्मचरी खासा बजारमा गएर सुरासुन्दरी च्यापेर खासाली रक्सीको चुस्की लगाएर बस्नु कतिको न्योचीत हो । यसरी हप्तौ सम्म तातोपानीका कर्मचारीले हाजिर गरेर खासा बसेर व्यापारी कारोबार नभएको समाचार सार्वजनीक हुदासमेत समबन्धित निकाय मौन रहनुमा पनि केही रहर् य लुकेको पाईन्छ । 
साचारकर्मीले आफ्नो तर्फबाट सत्यतथ्य समाचार सार्वजनीक गरेपछि आफ्नो जागिर जोगाउनका लागि सो तातोपानी भन्सारका प्रमुख भन्सार अधिकारी सन्तोष श्रेष्ठ रातारात काठमाडौ हानिए र नभएका बयान भन्सार विभाग र राजश्व अनुसन्धान विभागमा दिए । पहिलो पट्क जागिर त जोगाए तर चैन भने उहाँलाई छैन किनकी सन्तोष श्रेष्ठको ठाडो निर्देशनमा भएको उक्त अबैध सामानको कारोबार गर्न व्यापारीलाई सहयोग पुर् याएको तथ्य सार्वजानीक भएकोछ । सोही कार्यले गर्दा सो भन्सारमा कार्यरत कर्मचारीहरुलाई भन्सार विभागले काठमाडौ फिर्ता बोलाइकोछ तर कारबाही भने गरेको छैन । एकातर्फ अनियमित कामकार्य गर्ने कर्मचारीलाई भन्सार विभागमा बोलाएर के नै हुने हो र आर्को तर्फ सो भन्सारका सवै कर्मचारीले नै अबैध सामानको आयात निर्यात गर्न सहयोग गरे बापत पाउने कमिसनले गर्दा लाखै रुपिया खर्च गरेर पुगेका कर्मचारीले गर्दा सो भन्सार नाकामा बदनाम भएको पाईन्छ ।
आफ्ना सहयोगी कर्मचारी समुह जोगाउन आएका प्रमुख भन्सार अधिकारी सन्तोष श्रेष्ठले कर्मचारी जोगाउन त सेकनन् तर आफु भने सोही नाकामा हालीमुहाली गरेर अबैध सामानको कारोबार गर्न सफल भएकाछन् । कमीसनको झोला बोकेर काठमाडौ आएका सन्तोष श्रेष्ठले सो पोको खोल्न नपाउदै उनले निमित्त दिईएर आएका अधिकृत सुर्य सेढाइले व्यापारी संग मिलेर अबैध कार्य गरी उनकै हस्ताक्षर गरेर पठाएको कन्टेनर भ्यानलाई राजश्व गस्तीले १२ वटा गाडी नियन्त्रणमा लियो । कारवाही गर्न थाले पछि उनीहरुले सिल लगाए र पठाएको कुनैपनि सवारी साधनलाई बीचबाटोमा कसैले पनि नियन्त्रणमा लिन नपाउने भन्दै कर्मचारीहरुले भन्सार नाकामा हुने व्यापारी कारोबार लाई ठप्प बनाएपछि भन्सार विभागले बाध्य भएर १० जना कर्मचारी विभाग तान्न करै लाग्यो ।
अर्का अधिकृत शारदाप्रसाद दाहाल नायव सुव्वा कमल सुवेदी खरीदार शंकर पौडेल रामचन्द्र धिमिरेभवानीप्रसाद गुप्ता भगवानसिह गुरुङविजयराव खनाल ताराप्रसाद देवान र सुरेन्द्र भट्राई लाई विभागले केन्द्रमा बोलायो तर कीन कारबाही भएको छैन र कीन सो भन्सार नाकामा कर्मचारीबाट नै अबैध सामानको कारोबार गरेर भन्सार राजश्व चुबावट गरीरहेकाछन यो विषयमा सवै पक्ष गम्भीर भएर लाग्नु पर्ने भएकोछ ।
दैनिक ७० लाख भन्द बढी भन्सार राजश्व संकलन हुने भन्सारमा अहिले आएर मुस्कीलले १० देखी १५ लाख मात्र राजश्व संकलन हुने गरेको छ । लक्षित राजश्व नउठेको जनाउदै झोलेपोकेको सामान कर्मचारीले अमानविय व्यवहार गरेर खोस्ने गरेको छ । तर यसरी खोसीएको सामानलाई कर्मचारीले आफ्नो मातहतको मान्छेलाई वितरण गर्ने गरेको पाईएकोछ । के कर्मचारीले नियन्त्रणमा लिइएको कुनै पनि सामानह राजश्वमा नबुझाएर आफलैले चलाउन पाउने नियम भन्सार नाकामा छ । यस समबन्धमा कसैको चासो गएको छैन् । 
एकातर्फ सरकारी नियम निर्देशनमा चल्ने कार्यलयहरुमा यसरी कर्मचारीतन्त्रको राज हुने तातोपानी भन्सारमा हालसम्म कसैले पनि के भई रहेकोछ भन्न बारे सोचविचार गरेको छैनन् ।उक्त भन्सारका कर्मचारीहरुले एकै दिनमा ७० लाख भन्दा बढीको राजश्व एक जना व्यापारीबाट व्यक्तिगत रुपमा लिने गरेको र सो रुपिया दिईए बापत कर्मचारीले भन्सार राजश्व नकटाई सामानको विना जाचचेक करोडौको सामान लाई प्रज्ञापन पत्र दिईएर भन्सार छुटाउने गरेकाछन् । यसै विषयमा पट्क-पटक भन्सारका कर्मचारीको अनियमिकता बारे सार्वजनीक हुदा पनि सरकार र समबन्धित निकायलाई कुनै कुराको जानकारी हुदैन । यति सम्मकी राजश्व अनुसन्धान विभाग र भन्सार विभागलाई समेत भन्सार कार्यलय कर्मचारीबाट बन्द हुदा समेत कुनै जानकारी नभएको बताएका थिए । आखिर साचारमाध्यामले प्रथमिकताका साथ समाचार प्रशारण गरेपछि बाध्य भएर नियम विपरित कार्य गर्ने कर्मचारी भन्सार अधिकृत सूर्य सेढाई भन्सार अधिकृत शारदाप्रसाद दाहाल नायवसुव्वा कमल सुवेदी खरीदार शंकर पौडेल रामचन्द्र धिमिरेभवानीप्रसाद गुप्ता भगवानसिह गुरुङविजयराव खनाल ताराप्रसाद देवान र सुरेन्द्र भट्राईलाई विभागले केन्द्रमा बोलायो तर ससम्मान उनीहरुलाई कुनै कारबाही नगरी ज्वाईलाई दिईने सम्मान दिईएर राखीएकोछ ।
गत मंसिर ७ गते तातोपानी भन्सारबाट चेकजाच भएर आएको भनिएको १२ वटा कन्टेनर भ्यानलाई आन्तरिक राजश्व अनुसन्धान विभाग बाट खटीएका र।जश्व गस्ती टोलीले घुलिखेलबाट अधिनमा लियो । सोही दिन नाका भएर आएको करोड भन्दा बढी सामान वोकीएका ट्रकलाई भन्सारका कर्मचारी र राजश्व विभागका कर्मचारीले प्रति ट्रक ५ हजारको दरमा रकम लिईएर छोडीयो र तिनै व्यापरीले दिईएका नम्वरका ट्रकलाई भने गस्ती टोलीले नियन्त्रणमा लिईएको थियो । सरकारका मन्त्रीदेखी भन्सारका कर्मचारी सम्मको मिलेमतोमा हुने उक्त अबैध कारोबारोको प्रर्दाफास भएको पनि वर्षै भएको छ तर त्यसका बारेका सवैलाई थाहा भएपनि कसैले कारबाही गर्ने तर्फ चासो दिईदैन ।
राजश्व छलीको आरोपमा काठमाडौ बोलाईएका भ्रष्ट्र कर्मचारीलाई बहालबाला अर्थमन्त्री रामशरण महतको आर्शिबादका कारण सो नाका कर्मचारीहरुमा बढी मात्र राजश्व चुवावट गर्ने गरेकाछन् । मन्त्रीको आर्शिबादले गर्दा सो नाका बाट हुने व्यापारीक कारोबार सवै अबैधरुपमा देखीएको छ । किनकी सो नाका भएर गरिने व्यापार व्यवसाय पुरै अबैधरुपमा त्यहाका व्यापारी भन्दा पनि कर्मचारीले गर्दै आएकाछन् । लोपन्मुख जीव सतुसको चोरी निकासी देखी सवै कार्यको चोरी निकासी गर्न सरकारको आर्शिवादले गर्दा भईरहको छ ।
                                                                                                                         karkirimn@gmail.com
 २०६३ सालमा लेखेको 
लेख


किन असुरक्षित भयो साचारकर्मीलाई अरनीको राजमार्ग

                                                                                                                                  रोशन कार्की

 तत्कालीन समयमा नेपाल वान टेलिभिजनमा कार्यरत रहेको
चीनको स्वशासित क्षेत्र तिव्वतको खासा बजारबाट जुन समय देखी सिन्धुपाल्चोक जिल्लाको तातोपान्ाी स्थीत कोदारी राजमार्ग अन्तरगत भन्सार नाका खुलेपछि नेपालमा व्यवसायिक रुपमा खासाको व्यापार सुरु भएको हो ।
खासाको छोटो स्थलमार्गको रुपमा रहेको तातोपानी भन्सार नाका काठमाडौबाट ११४ किलो मिटर सवारी साधनमा पार गर्न सकिने सो नाका भएर नेपाली र विदेशी व्यापारीले तस्करी कार्यको धन्धा चलाउन समेत सजिलो मार्गको रुपमा परिचित रहदै आएको छ । सरकारी मातहतको नाकामा खुल्ल्ाा चोरी निकासीको सामानको कारोवार भन्सार कर्मचारीको सहायोगमा भएपछि एउट कलमजीवी साचारकर्मीले आफ्नो अगाडी भएको तस्करीको समाचार आफु कार्यरत सस्था मार्फत आम जनमानसमा सत्यतथ्य समाचार दिनु थियो दिईएकोमात्र हो ।
सोही समाचार दिएको आधारमा व्यापारीले साचारकर्मीलाई ज्यान मार्ने धम्की दिदै आउनु सार्वजनीक ठाउँमा अपशव्द बोल्दै अपमानीत गर्नु सिन्धुपाल्चोकका साचारकर्मीलाई सामान्य भएको थियो । जुन अरनीको राजमार्गबाट भारतको कर्णटक प्रदेशको जंगलबाट लुकाई छिपाई नेपालको नाकाहुदै प्रतिबन्धित रक्तचन्दनको कारोवार नेपाली व्यापारीले दिउसै तस्करी गर्न थालेको समाचार प्रशारण गरेपछि तस्करका नाईकेका भरौटेहरुले नशाको सुरमा मार्ने धम्की दिदै आए ।
साचारकर्मीले समाजमा भएका खराव कार्यको भन्डाफोर गर्नु कर्तव्य नै हो । सोही अनुसार हामीले समाचार लेख्दा र प्रशारण गर्दा तातोपान्ाीका तस्करको निर्देशनमा पहिलो पटक फोन बाट म रोशन कार्की लाई हत्या गर्ने धम्की आयो । मैले जिल्लामा साथीहरु र नेपाल पत्रकार महासंघका जिल्ल्ाा सभापतिलाई फोन मार्फत सो बारे जानकारी गराए । साथीहरुले आफू कार्यरत साचारमाध्याममा समाचार बजाउनु भयो । तर पत्रकार महासंघबाट खासै केही गरीएन जव तस्करले अन्य साचारकर्मीलाई पनि मार्ने धम्की आएछि अहिले कसरी पत्रकार महासंघले अरनीको राजमार्ग साचारकर्मीलाई असुरक्षित धोषण गरेको हो रु अहिले आएर मात्र सो राजमार्ग असुरक्षित भएको हो र रु
अरनीको राजमार्गमा सुरुदेखीनै साचारकर्मीलाई असुरक्षित भएको हो अरनीको यातायातको मनपोलीको समाचार संकलन गर्न गएका सिन्धुपाल्चोकका पत्रकारको क्यामेरा र अन्य सवै सामान दिउसै अरनीको यातायातका तत्कालिन सचिव हालका अध्यक्ष केदार क्षेत्री नामका व्याक्तिले गुण्डा लगाएर मेरो र भुपेन्द्र भन्डारीको सामान लुटिदा महासंघलाई सो कार्यका आवाज उठाउने आट गरेन । हाम्रो समान लुटेर लैजादा र पटक-पटक मार्ने धम्की आउदा सो को बारे महासंघका सभापतीलाई जानकारी गराउदै आए । तर न कुनै विज्ञप्ती निकालियो न त्यस कार्यको जानकारी जिल्ला महासंघले केन्द्रमा कुनै जानकारीनै गरायो । अहिले उनीहरु माथी नै धम्की आए पछि मात्र यो राजमार्ग कसरी साचारकर्मीलाई मात्र असुरक्षित भयो रु
आज म र साथी माथी जुन अमानविय कार्य भयो भोली अरुमाथी हुन्छ कारबाहिका लागी पहल गर्नु पर्छ भन्ने साथीको कुरा महासंघले सुनेन हाल ति तस्करले आखीर कसैलाई नछोड्ने देखेपछि महासंघको घैटोमा धाम लाग्न पुग्यो र केन्द्रीय महासंघले विज्ञप्ती मार्फत सो राजमार्ग असुरक्षित धोषण गरेर मात्र महासंघले औपचारीक पुरा गरेकोछ । महासंघले जव ती तस्करलाई कारबाहि गर्न सरकारलाई कडा दवाव दिदैन तव सम्म महासंघको कार्य सफल हुदैन ।
सुरुकै समयमा महासंघले कारबाही अगाडी बडाएको भए हाल यो अवस्था आउने थिएन । किनकी सूरुमा यो समस्या अरुलाई परेको थिएन हाल सवैलाई परेपछि ढिलै भएपनि बल्ल आखाँ खुल्यो । रोग लाग्नु पूवनै यो समस्या आउछ भनी सोची दिएको भए विरामी भई अन्तीम अवस्थामा पुगेछि उपचार गर्नु पर्ने थिएन । यो युनिटी सूरुकै समयमा भएको भए तस्करले टाउको उठाउने आट गर्ने थिएनन् । मेरो र साथीको समाग्री लुटिने थिएन । तस्करले गरेका अन्य कार्यमा जिल्ला महासंघले एक पेज लेटर प्याड खर्च गर्न त्यस बेला कान्जुसाई गरेर घटनाको बारे जानकारी समेत केन्द्रमा आफ्नो तर्फबाट महासंघले गर्न चाहेन । आज त्यसैको परिमाण खेप्दैछन पत्रकारहरुले ।
हामीले सप्रमाण समाचार संप्रषण गर्दा सहनु परेको मार्ने धम्कीले राज्य राजनैतीक दल मानव अधिकारबादी र खुद नेपाल पत्रकार महासंघको समेत कुनै ध्यान गएन । त्यस समयमा । उनीहरुले आवज उठाएको भए यो समस्या आउने थिएन । पहिले तीनै सघ स्ास्थाले तस्करीहरु रिसाउद छन की भनेर आवाज उठाउने आँट नगरेका कारण अरनीको राजमार्गमा साचारकमीको लाग्ाी मात्र होईन सर्वसाधारणलाई पनि असुरक्षित भएको छ । यो राजमार्गमा नेपाल सरकारले नै विशेषरुपमा लागेर प्याकेजका रुपमा राजमार्गमा गुण्डागर्दी गर्नेलाई कडा कारवाहि नगरे सम्म समस्या समधान हुदैन । जव कारवाही हुन्छ तव मात्र समस्या समधान हुन्छ । नत्र झन झन यो समस्या बढ्दै जाने गर्दछ ।
झबष्lपबचपष्चषषल२नुबष्ि।अयु
थबजयय-चयकजबलपबचपष्द्दण्ण्ठ२थबजयय।अयु
                                                



आर्थिक नीतिको आधार बजारमुखी अर्थतन्त्रलार्इ बनाउन सुझाब

 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक नीतिको आधार बजारमुखी, खुला र उदार अर्थतन्त्रलार्इ बनाउन सरकारलार्इ सुझाब दिएको छ । महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा महासंघका प्रतिनिधिमण्डलले प्रधानमन्त्री झलनाथ खनाललार्इ भेटी औद्योगिक व्यवसायिक क्षेत्रमा देखा परेका प्रमुख मुद्दाहरु एवं समस्या समाधानकालागि हुनु पर्ने व्यवस्थाहरु सहित सुझाव प्रस्तुत गरेको हो ।
महासंघद्वारा प्रस्तुत सुझावमा मुख्य तया नीजि क्षेत्रको नेतृत्वदायी भूमिका भएको बजारमुखी, खुला र उदार अर्थतन्त्र नै मुलुकको आर्थिक नीतिको आधार हुनु पर्ने, मुख्य रोजगारदाता र ट्रेड यूनियनहरुबीच भएको सम्झौताको पूर्ण कार्यान्वयन हुने निर्णय सहित नेपाल सरकारबाट राजपत्रमा सूचना प्रकाशित हुनु पर्ने, मुलुकको समग्र आर्थिक क्षेत्रको सुधारका लागि अत्यावश्यक पूर्वाधार क्षेत्रमा यस बर्षको बजेट पूर्णत केन्द्रित हुनु पर्ने, बजेट निश्चित दिन फागुन ३० मा आउने संवैधानिक व्यवस्था हुनु पर्ने र आर्थिक वर्ष वैशाख चैत्रलाई मान्नु पर्ने आदि रहेका छन् ।
यसैगरी, सम्पत्ति शुद्धिकरण ऐन राजस्वसंग जोड्नु नहुने, राजस्व लगायतका विषयहरुमा सम्बन्धित ऐनहरुमै यथोचित कारवाही गर्न सक्ने व्यवस्था भएकोले सोही ऐन अनुसार कारवाही हुने व्यवस्था हुनु पर्ने, बैङ्कमा नगद जम्मा गर्दा श्रोत देखाउनु पर्ने झन्झटिलो व्यवस्थाको साटो आयआर्जन गैरकानूनी कृयाकलापबाट आर्जित होईन भनी नकारात्मक घोषणा गर्ने व्यवस्था हुनु पर्ने आदि रहेका छन् ।
महासंघद्वारा प्रस्तुत अन्य सुझावहरुमा ह्रासोन्मुख अवस्थामा रहेका औद्योगिक क्षेत्रमा सुधारको वातावरण तय गर्नु पर्ने, निर्यात प्रबद्र्धनको लागि गत वर्ष दिएको प्रोत्साहनको व्यवस्थालाई सरल तरिकाले कार्यान्वयनको व्यवस्था हुनु पर्ने, निर्यातउन्मुख उद्योगहरुलाई सहुलियत दरले ऋण उपलव्ध गराउने व्यवस्था हुनु पर्ने, अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई व्यवसायिकरण गर्ने वातावरण तय हुनु पर्ने, बन्द भएका उद्योगहरुलाई सञ्चालन गर्ने व्यवस्था हुनु पर्ने आदि रहेका छन् ।
भेटमा प्रधानमन्त्री खनालले महासंघबाट प्रस्तुत सुझावहरु उद्योग व्यवसाय एवं अर्थतन्त्रको विकासको लागि अत्यन्त महत्वपूर्ण भएको र अहिलेको सन्दर्भमा उद्योगहरुको स्थितिमा सुधार ल्याउन अत्यन्त आवश्यक भएको, बैंक तथा वित्तिय क्षेत्रमा देखा परेका समस्याहरु वारे सरोकार सबैसंग छलफल गरी सामधान गर्नु पर्ने, तीन खम्बे आर्थिक नीति सम्बन्धमा सबैसंग छलफल गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
प्रतिनिधिमण्डलमा पूर्व अध्यक्षहरु पद्म ज्योति, चण्डिराज ढकाल, उपाध्यक्षद्वय भवानी राणा, पशुपति मुरारका एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित थिए ।

Saturday, August 13, 2011


निकासी पैठारीमा संलग्न ब्यापारिले प्रकि्रया पुर् याएनन् 
रोशन कार्की÷राजधानी 
काठमाडौं२७ साउन 
निकासी पैठारीमा संलग्न ब्यापारिले आवस्यक प्रकृया नै पुरानगरी कारोवार गर्दै आएको पाइएको छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार निकासी÷पैठारी ब्यापारमा संलग्न अधिकांस ब्यापारिले यस्तो ब्यवसाय गर्नकालागि पुरागर्नुपर्ने प्कृया पुरागरेको नपाइएको भन्सार विभागले जनाएको हो । 
विभागका अनुसार नेपालबाट विभिन्न सामानको आयाय÷निर्यात गर्ने अधिकाशं आयात÷नियातकर्ताहरु अन्तराष्ट्रिय मापदण्ड अनुरुप अयोग्य छन् । 
नेपालमा भारत÷चीन लगायत तेस्रो मुलुकमा सामान निार्यात तथा आयातकालागि हाल सम्म कारोबार गर्न पाएका मध्ये ९५ प्रतिशत आयतकता र निर्यातकर्ता अयोग्य भएको प्रारम्भीक अध्ययनबाट खुल्न आएको विभागका महानिर्देशक टंकमणी शर्माले वताए । ुनेपालजस्तो देशमा ४० हजार भन्दाबढीले विभिन्न भन्सार नाका प्रयोगगरि सामान निकासी ÷पैठारी गर्ने गरेकाछन्ु उनले भने ुउनीहरुले सामान्य रुपमा आन्तरिक राजस्व विभागबाट अन्तशुल्क प्यान नम्बरमा फर्म दर्ता गरे पछि आफुलाई मनलागेको समानको आयात तथा निर्यात गर्ने गरेकाछन् ।ु
अन्तराष्ट्रिय मापदण्ड अनुसार एकव्यक्तीले एकैप्रकारको मात्र सामानको आयातगर्ने पाउने व्यवस्था रहेको वताउँदै उनले नेपाली आयातकर्ताहरु हैसियत र योग्यता नभएको विभागको ठहर रहेको वताए । 
विभागका अनुसार मुलुकमा साचालीत भन्सार कार्यालयमा बढीमा ३ महिनाकालागि विभिन्न्ा नाममा फर्महरु दर्ता गराएर व्यापारिक कारोबार गर्ने गरेकाले त्यसको प्रत्यक्ष असर राजस्व असुलीमा पर्ने विभागले जनाएको छ । भन्सार विभागका महानिर्देशक टंकमणि शर्माका अनुसार अस्थायी व्यापारीक फर्महरु दर्ता गराएर विभिन्न भन्सार नाकाबाट सामानको आयात÷निर्यात गर्ने गरेका र सोही फर्महरुले बढीमात्रामा भन्सार चुहावट गरेका कारण भन्सार राजस्व अन्तशुल्कभ्याट कर संकलनमा प्रत्यक्ष असर पर्न गरेको बताए । महानिर्देशक शर्माले भनेुनेपालजस्तो सानो देशमा करिब ४० हजार आयातक÷निर्यातकर्ता हुनु भनेको अत्याधिक सख्या होत्यसैले आबश्यक भन्दाबढी आयतकर्ता भएकाले सम्बन्धित निकायबाट त्यसको चेकजाँच र अनुगमन गर्न कठिनाई परेकाले यसमा कडा नियम लगाउने तयारीमा छौ ।ु
नेपालमा एकभन्दाबढी सामानको आयातगर्ने गरेका कारण बढीमात्रामा भन्सार चुहावटलाई नियन्त्रण गर्न कठिन भएको भन्सार कार्यालयहरुले जानएकाछन् । सो फर्महरुबाट बैद्यभन्दापनि अबैद्य सामानको आयात गर्ने गरेकाकारण त्यसकार्यको नियन्त्रण गर्न विभागले विशेष कार्यक्रम ल्याउने गृहकार्या गरेको विभागले जानएको छ । 
विभिन्न भन्सार नाकाबाट आयातकर्ताको नामबाट खोलीएका फर्महरुमा अधिकाश नक्कली व्यक्तहरुको नाममा रहेको समेत प्रारम्भीक अध्ययनमा देखिएको विभागले जनाएको छ । भन्सार नाकाबाट बास्तविक आयातकर्ताको नामबाट कुनैपनि प्रमाणीत हुने कागजात नभएको तर विभिन्न ग्रामीण भेगका न्यून आयभएकाहरुको नामबाट व्यापारिक फर्म खोली फर्मदर्ता गराएकाले गर्दापनि सक्कली आयतकर्ता भेटाउन भन्सार कार्यालयले नसकेको विभागले जनाएको । 
यसरी अयोग्य र नक्कली आयतकर्ताको नाममा भन्सार नाकाबाट व्यापारिक कारोबार गर्नेहरुमा गोसाईकुण्ड इन्टरनेश्ानल प्रालिन्यूलिस्तीमाई विजनेश प्रालिरामयण ग्रुपतातोपानी ग्रुपअन्न्ापूर्ण ग्रुप लगायत अन्य फर्मबाट यस्तो कार्य भएको भन्सार कार्यालयले जनाएको छ
नककली नाममा खोलीएका व्यापारिक फर्महरुबाट अबैध सामानको आयात÷निर्यात गर्दा भन्सार चुहावटमा बृद्धि भएको र सामान बरामद गरेपनि सक्कली आयतकर्ताहरु नभेटिएकाले कारबाही फितलो हुन गएको विभागका महानिर्देशक शर्माले बताए । 

Friday, August 12, 2011



धेरै आयतकर्ता नेपालमा 

अन्तर्राष्ट्रिय व्यापार (आयात/निर्यात) गर्नेको संख्या नेपालमा धेरै होलान् कि जापानमा ? यो जिज्ञासामा धेरैले भन्लान् जापान । तर मुलुकमा अन्तर्राष्ट्रिय व्यापार गर्नेको संख्या विश्वको तेस्रो ठूलो अर्थतन्त्र मुलुक जापानमा भन्दा निकै बढी रहेको भन्सार अधिकारी बताउँछन् ।
अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २००८ अध्ययन गर्दा मुलुकमा आयातकर्ताको व्यवसायीको संख्या २८ हजारभन्दा बढी थियो । तीन वर्षमा यो संख्या कम्तीमा ३५ हजार पुगेको अनुमान छ । 'तर केही वर्षअघि जापान पुग्दा त्यहाँ अन्तर्राष्ट्रिय व्यापारको अनुमति पाउनेको संख्या १० हजार थियो,' हालै भन्सार विभागले आयोजना गरेको गोष्ठीमा तातोपानी भन्सार प्रमुख निर्मलहरि अधिकारीको दाबी थियो,  'अहिले पनि हामीकहाँ जति आयातकर्ता जापानमा छैनन् ।' 
पञ्चायतकालमा आयातका लागि ओपन जनरल लाइसेन्स (ओजिएल) लिनुपथ्र्यो । तर २०४६ सालको राजनीतिक परिवर्तनपछि लाइसेन्स प्रणाली खारेज गरी जोसुकैलाई आयातका लागि ढोका खुला गरिएपछि च्याउ उम्रेसरी आयातकर्ता भएका हुन् । र्फम दर्ता गरी बैंकमा प्रतीतपत्र -एलसी) वा ड्रापmट/टिटी बनाएपछि जोसुकैले प्रतिबन्ध नलागेका जुनसुकै वस्तु राजस्व तिरेर भित्र्याउन सक्ने छुट छ । यसरी खुला गरेपण्छि आयातकर्ताको संख्या नियमन गर्न नसक्ने गरी बढी भई राजस्व विचलनको समस्या बढेकोबढ्यै छ । 
राजस्व विचलनको नियत राखेका व्यवसायीले सामान्यतया सोझा गरिब व्यक्तिको नाममा र्फम दर्ता गरी सामान भित्र्याउँछन् । केही लट सामान आयात गरेपछि कर विवरण पेस नगरी -ननफाइलर) अरू र्फम दर्ता गर्दै आयात गरी राजस्व छलीलाई निरन्तरता दिने गरेका छ्न् । विचलन फेला पर्दा पनि वास्तविक दोषीलाई कारबाहीमा नपर्ने तथा र्फमवाला विपन्नबाट छली भएको राजस्व असुल्न नसक्ने अवस्था छ । 'एउटा नागरिकताको फोटो पेस गरेर र्फम दर्ता गराएपछि जोसुकै अन्तर्राष्ट्रिय व्यापारी हुने अवस्था छ,' तातोपानी भन्सार प्रमुखले भने, 'वास्तविक व्यापारी पर्दापछाडि बसेर अरूको नाममा कारोबार गर्ने विकृति बढेको छ ।'   
'खुला भनेको छाडा छाड्ने होइन,' आन्तरिक राजस्व विभागका महानिर्देशक राजन खनालले भने, 'आयातकर्तालाई नियमन जरुरी छ ।' उदार अर्थतन्त्रका प्रवर्द्धक मानिने मुलुकमा पनि अन्तर्राष्ट्रिय व्यापारलाई यसरी छाडा छाडिँदैन भन्ने उनको भनाइ छ ।        
सरकारले चालू आर्थिक वर्षको बजेटमा अवैध तथा विचलन हुने व्यापारलाई न्यूनीकरण गर्न मंसिरभित्र आयात परिचयपत्रसम्बन्धी कार्यविधि बनाई कार्यान्वयन गर्ने कार्यक्रम छ । तर मन्त्रालयको राजस्व नीति तथा कार्यक्रममा परिचयपत्र सम्बन्धी अवधारणापत्र र कार्यविधि बनाउन पुस मसान्तसम्मको समयसीमा तोकिएको छ । कार्यान्वयनका लागि समयसीमा नदिएर कार्यविधि स्वीकृत गरी कार्यान्वयन गरिने छ भनेर उल्लेख गरिएको छ ।
भन्सार विभागका महानिर्देशक टंकमणि शर्माले परिचयपत्र लागू गर्न गृहकार्य सुरु भइसकेको जनाउँदै समयसीमा नतोके पनि चाँडै कार्यान्वयन गर्ने बताए । उनका अनुसार अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गरिरहेको विभागले चाँडै अवधारणापत्र बनाई सरोकारवालासँग छलफल चलाउने छ । 'जरुरी भइसकेको आयात नियमन हुने कुरामा शंका नलिए हुन्छ,' उनले थपे ।    
आयातकर्ताले ननफाइलर भए स्वतः पहिचान हुने खालको विद्युतीय परिचयपत्र र प्रणाली विकास गर्नुपर्ने आन्तरिक राजस्वका महानिर्देशक खनाल बताउँछन् । 'निवेदन दिने सबैलाई परिचयपत्र वितरण मात्र गर्दा सबैले परिचयपत्र त लिन्नन्,' उनले भने, 'तर विचलन नियन्त्रण नहुन सक्छ ।' 
वस्तुको प्रकृतिको आधारमा परिचयपत्र वर्गीकरण गरिए विचलन नियन्त्रण सहज हुने उनको सुझाव छ  । एकै आयातकर्ताले तरकारी, फलफूलदेखि मोबाइल/ ल्यापटपसम्म आयात गर्न पाउने छुटले पनि विचलन चुलिएको राजस्वसम्बद्ध अधिकारीहरूको तर्क छ । यदि वस्तुको आधारमा आयातकर्ताको वर्गीकरण हुने भने राजस्व जोखिम भएको ठाउँमा केन्दि्रत हुन सकिन्छ उनले भने । 'तरकारी, फलफूलका आयातकर्ताका पछिपछि लाग्नु पर्दैन,' उनले भने, 'तर विद्युतीय उपकरण लगायतमा केन्दि्रत हुँदा  विचलन नियन्त्रण हुन्छ ।'  

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...