Monday, September 12, 2011

  डिएसपीको अबैध ढाँटले ब्यापारी टाट



सिन्धुपाल्चोक । कसैले तपाईलाई मसँग डलर छ, साटिदिनुहुन्छ भन्यो भने तपाई होसियार हुनुहोस् है। यो कुनै तपाईलाई फसाउने र ठग्ने योजना हुन सक्छ। सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे लगायतका विभिन्न ठाउँका स्थानिय लामा तथा तामाङहरुले डलरलाई ठगि गर्ने व्यवसाय नै बनाएका छन्। अन्जान तथा अपरिचित व्यक्तिको नम्बरमा कल गर्ने र आफूसँग डलर भएको बताउने तथा हेर्न जाँदा सक्कली डलर नै देखाउने र पछि डलर किन्न पैसा बोकेर जाँदा पैसा लुट्ने या नक्कली डलर दिएर पठाउने धन्दा सिन्धुपाल्चोक जिल्लामा लोकप्रिय नै छ। यस्ता ठगिएका मुद्दाहरु दैनिक जिल्ला प्रहरी कार्यालय चौतारा र ईलाका प्रहरी कार्यालय बाह्रविसेमा पर्ने गर्छन्। तर डिएसपी बसन्तकुमार लामाले आफ्नो समूदाय मान्छेहरुले यस्तो धन्दा गरेकाले सहानूभूति दर्शाउने गरेको पीडितहरुको आरोप छ। डिएसपी लामाले ठगि गर्ने, चोरी गर्ने तथा गुण्डागर्दी गर्नेलाई समेत मुद्दा फितलो बनाउँदै छुटाउने गरेको पीडितहरुको आरोप छ।  डिएसपी लामाले आफ्नो अनुपस्थितिमा रक्तचन्दन तस्करी गर्न आफू मातहत प्रहरीलाई निर्देशन दिएका कारण तस्करी मौलाएको छ। डिएसपी लामाले कुनै पनि हालतमा अबैध रक्तचन्दन पास गर्न नदिने भन्दै बनदेउ डाँडामा प्रहरी खटाएर ढाँट राखेका छन्। तर ढाँटमा रहने प्रहरीले डिएसपी सा'पको आदेश भन्दै प्रत्येक मालवाहक ट्रक तथा भ्यान र गाडीबाट रकम असुली गर्ने गरेका छन्। त्यतिमात्र नभएर उनको अनुपस्थितिमा चार टन भन्दा बढी रक्तचन्दन खासा पास गराईसकेको स्रोतले बताएको छ। डिएसपी लामाले दुनियाको अगाडि आफू चोखो बनेर आफू मातहतलाई प्रयोग गरी लाखौं उठाएको दुनियां जगजाहेर छ। ढाँट देखाएर लाख कमाउन पल्केका डिएसपी लामाले चेकिङको नाममा अबैध ढाँट राखि ब्यापारीहरुलाई दुःख दिएका कारण पिडित ब्यापारीहरु डिएसपी बिरुद्ध उजुरी हाल्ने तयारीमा छन्।

Sunday, September 11, 2011


ज्ानपद प्रहरीले छोडेको रक्तचन्दन सशस्त्र प्रहरीले सामायो
भ्ाारतीय ऐजेन्टबाट खरिद गरेको रक्तचन्दनलाई नेपाली व्यापारिले जनपद प्रहरीसंगको मिलेमतोमा सिमा पार गर्न लागेको प्रतिबन्धित रक्तचन्दन सशस्त्र प्रहरी बलको समुहले नियन्त्रणमा लिएको छ । सो व्यापारीले लुकाईछिपाई चीनको खासा तर्फ सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सार नाकाबाट चीनको खासा लैजादै गर्दा भन्सार गेटबाटै सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि भन्सार कर्मचारी र जनपद प्रहरीको संलग्नतामा सो रक्तचन्दन निकासी हुने गरेको छ ।
भन्सार कारोबार नहुने दिन शनिबार खासातर्फ लैजादै गरेको सो रक्तचन्दन नीजि र साना सवारी साधनमा रक्तचन्दन निकासी हुदै आएको छ । व्यवसायीले सोही दिन ४ ओटा गाडीमा रक्तचन्दन खासा निकासी गरेको थियो ।सिन्धुपाल्चोकको तातोपानी भन्सार नाका हुँदै चीन लान लागिएको रत्तचन्दन प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार सुरक्षा वेस तातोपानीबाट खटिएको एपीएफ टोलीले तातोपानी भन्सार गेटबाट चेकजाँचका क्रममा शनिबार दिउँसो ना. २ ख. ५२२० नम्बरको मिनिट्रकमा करीव एकसय २८ केजी बराबरको चारथान रक्तचन्दन बरामद गरेको हो ।
ट्रकको पछाडि भागमा लुकाइछिपाई अवैध ढंगले चीनतर्फ लैजान लागेको रक्तचन्दन बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक हर्क पन्तले जानकारी दिनुभयो । ट्रकका चालक भने फरार भएका थिए ।

Thursday, September 8, 2011

भन्सारमा राजनीतिक दवाव आएमा तत्काल मन्त्रालयमा जानकारी गराउन अर्थमन्त्रीको निर्देशन
रोशन कार्की÷राजधानी
काठमाडौं,२१ भदौ

अर्थमन्त्री वर्षमान पुनले कहिकतैबाट राजनीतिक दवाव आएमा तत्काल मन्त्रालयमा जानकारी गराई लक्षित राजस्व भन्दाबढी सकलन गर्न भन्सार विभागका सवै कर्मचारीलाई निर्देशन दिएकाछन् । मन्त्री पुनले पटक-पटक परिवर्तन हुदै आएको नेपाली राजनीतिक र सो संगै हुने सरकार परिवर्तनको असर नेपाली अर्थतन्त्रले भोग्नु परेको बताउदै अबका दिनमा हुने राजनीतिक हस्तक्षेप र अनाबश्यक दवावका विरुद्धमा सवै कर्मचारीहरु कटिबद्ध हुदै नीति नियम भित्र रही काम गर्न समेत निर्देशन दिएकाछन् । मन्त्री पुनले भनेुराजस्व संकलन गर्दा र कार्य सम्पादन गरिरहदाँ राजनीतिक दवाव र अन्य दवाव आएमा त्यसको वास्था नगरि पारदर्शी भएर काम गर्नुहोस कामगर्दा आउने राजनीतिक दवाव मेरो जिम्मामा छाडिदिनु होस् ।ु उनले राजनीतिक दलको दवाव मैले जिम्मेवारी लिएको मन्त्रालयमा रहेर सवै दवावको सामना गर्ने छुतर प्रशासनीक दवावलाई कर्मचारीहरुले नै समाना गरि आउने समस्याको समधान २४ घण्टाभित्र गर्न समेत भन्सार विभाग र सो अन्तर्रगतका निकायलाई निर्देशन दिएका छन् ।
मन्त्री पुनले सरकारी कार्यालय शिशाको घर सरह हुनु पर्ने बताए । उनले भनेुभन्सार कार्यलय र सो मातहतका सवै निकायहरु सधै पारदर्शी हुनु पर्ने र अरुले खोज्नु भन्दाअगाडीनै आफुले गरेको काम कार्यलाई सधै पारदर्शी र सार्वजनीक गर्न गराउन समेत निर्देशन दिएका छन् । भन्सार कार्यलयका कर्मचारीहरु पुरानै तवरबाट कार्य सम्पादन गरेको खण्डमा लक्षित राजस्व संकलन नहुने बताए । लक्षित वार्षिक राजस्व सकलन गर्नकालागि सवैले मन बचन र कर्मले सेवा गरि लोभ लालचामा नपरि काम गरेर लक्ष्य भन्दाबढी राजस्व संकलन गरेर देखाउन मन्त्री पुनले निर्देशन दिएकाछन् ।
भन्सार कार्यलयमा कामगर्नेहरु अबैधकार्य गर्नेहरुसंग साँठगाठ हुने गरेको भन्ने सुनीन अएका बताउदै त्यस्ता कार्यमा संलग्न जोकोही कर्मचारीलाई पनि उन्मुक्ति नदिई कानुनी तवरबाट तत्काल कारबाही गर्ने समेत उनले विभागका महानिर्देशकलाई निर्देशन दिए । सो अबैध र ऐन कानुन विपरित काम गर्ने कर्मचारीलाई कारवाही गर्दा आउने राजनीतिक दवाव म आफैले सामाना गर्ने बताउदै अब राजनीतिक दवावभन्दा माथी उठी निडर भएर कामकालागि तोकिएको स्थानमा जान समेत मन्त्री पुनले निर्देशन दिएका छन् ।
राष्ट्र हितकालागि काम गर्ने कार्यमा राजनीतिक रोकावट र दवाव विहिन भई राजीनितिक दलहरुले राजस्व संकलन गर्नकालागि मनोबल बढाउन सुरक्षाको वातावरण तयार गर्न र सहि काम गर्ने कर्मचारीलाई सम्मान र हैसला बढाउने कार्य गर्न मन्त्रालयबाट कुनै कसुर बाँकी नराख्ने समेत प्रतिबद्धता मन्त्री पुनले गरेका छन् । उनले राजस्व संकलन र चोरी निकासीमा बृद्धि हुन गएको खण्डमा विभागले तत्तकालै कुन कारणले चोरी निकासी बढेको र कुन कारणले राजस्व संकलनमा गिरावट आएको हो भन्ने यर्थात विवरण संकलन गरि को बाट कमजोरी भएको हो छानबीन गरि तत्तकाल कारवाही गर्न सेमत निर्देशन दिए ।
भन्सार कार्यालयले सवैभन्दाबढी रुपैयाँ संकलन गर्ने भएपनि सो रकम सिधै भौतिक निर्माण र मर्मतसंभार गर्न नीति नभएकाले मन्त्रालयले सो भौतिक निमार्णकालागि आबश्यक योजना बनाई तत्तकालै लागु गरिने समेत उनले बताए । मन्त्री पुनले अगाडी भनेुविभागले विभिन्न प्रविधिको विकाससंगै प्रयोग गरेपनि सो प्रविधिबाट हुने सम्भावित उच्च प्रविधिको अपराधबाट बच्न समेत सर्तकता अपनाउन विभागका कर्मचारीलाई विशेष आग्रह गरेका छन् ।
सो अबसरमा विभागका महानिर्देशक टंकमणि शर्माले विगतदेखि हालसम्मको भन्सारको अबस्थाकाबारेमा मन्त्री पुनलाई अबगत गराएका थिए । महानिर्देशक शर्माले विभिन्न तवरबाट आउने समस्या र विभागमा भएको बढी कर्मचारीको व्यवस्थापनकालागि अनुरोध गरे । उनले हाल विभाग अन्तरगत १ हजार ३ सय ७३ जना कर्मचारी रहेकामा कार्यालय सहयोगीका रुपमा ३ सय १५ जनाको दरबन्दी रहेकोमा हाल सो पदमा ४ सय १५ जना कार्यारत रहेकाले सो बढी भएका कर्मचारीलाई तत्कालै अन्नेत्र विभागमा लगाउन समेत अर्थमन्त्री समक्ष माग गरेका थिए ।


भन्सार विभागमा सशस्त्रको एसपीको कमाण्डमा सुरक्षाकर्मी तैनाथ

मुलुकको विभिन्न स्थानमा साचालनमा रहेका सवै भन्सार कार्यालयबाट हुनु चोरी निकासीलाई नियन्त्रण गर्ने उदेश्यका साथ भन्सार विभागमा सशस्त्र प्रहरी बलले २४ सै घण्टा सुरक्षा दिने भएको छ । विभागका महानिर्देशक टंकमणि शर्माका अनुसार भन्सार कार्यलयमा हुने विभिन्न सुरक्षा सम्बन्धि समस्यालाई समधान गर्नकालागि सो सुरक्षा दस्ता विभागमा तैनाथ गरेको बताए । उनले भने भन्सार कार्यालयमा तैनाथ सशस्त्र सुरक्षाकर्मीहरुले सुरक्षामा हुने समस्यालाई समधान गर्न एकद्धार प्रणाली अन्तरगर्त लागु गर्नकालागि सो सुरक्षा समुह तैनाथ गरेको हो । अब सशस्त्र प्रहरी बलका एसपीको नेतृत्वमा हुने सो टोलीलाई सवै भन्सार कार्यालयले आफ्ना समस्या राख्ने र सो समस्याका बारेमा विभागका महानिर्देशकलाई जानकारी गराएर स्थानीय तहमा हुने समस्यालाई त्यही समधान गरिने र केन्द्रीय तहबाट हुने समस्यालाई समधान गर्ने समेत यस सुरक्षा दस्ताले सहयोग पुर् याउने महानिर्देशक शर्माले बताए । विभागमा रहने सो सुरक्षाटोलीमा न्यूनतम ४० जना सशस्त्र प्रहरीहरु तैनाथ हुने छन् ।
  तस्करलाई सहज बन्दै अरनीको राजमार्ग …… 
  रक्तचन्दन निकासीमा प्रहरीको संलग्नता

अरनिको राजमार्गको जगाती नाकाको कमजोर सुरक्षाका कारण प्रतिबन्धित रक्तचन्दन पटकपटक निकासी भएको पुष्टि भएको छ । भक्तपुर नाकाबाट छुटेको चन्दन काभ्रे र सिन्धुपाल्चोकका सुरक्षा निकायले पक्राउ गरेपछि यस्तो पुष्टि भएको हो । नाकामा खटिएका सुरक्षा अधिकृतले लापरबाही गरेको भन्दै भक्तपुर प्रहरीले एक प्रहरी नायब निरीक्षकलाई कारबाही सिफारिस गरेपछि यसको थप पुष्टि भएको हो ।
काभ्रेका प्रहरी नायब उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जगाती नाका कमजोर भएकै कारण चन्दन काभ्रे भित्रिने गरेको बताए । 'गाडी राम्ररी चेक गरेको देखिंदैन, चेक गरेको भए चन्दन देखिने अवस्था थियो । जिपमा चेक गर्ने जोसुकैले पनि देख्न सकिन्थ्यो,' उनले भने । गत शुक्रबार यही नाका हँुदै गएको ६ सय किलो रक्तचन्दन काभ्रेको पाँचखाल प्रहरीले राति साढे दुई बजे नियन्त्रणमा लिएको थियो । त्यस्तै वैशाख १० गते तातोपानी र असार १७ गते कोदारी गाउँमा लुकाइराखेको १ हजार ४ सय किलो रक्तचन्दन स्थनीय प्रहरीले बरामद गरेको थियो ।
भक्तपुर प्रहरी स्रोतका अनुसार जगाती नाकाको प्रहरीसँग मिलोमतो नभई यस्तो अवैध ओसार पसार सम्भव
छैन । नाकामा काठमाडौंस्थित थानकोट चेक पोस्टले जस्तो सवारीको विवरण राख्ने समेत गरेको छैन । चार पांग्रे ठूला सवारीको मात्रै विवरण राख्ने गरेको छ । 'जगाती प्रहरीको मिलोमितोबिना अवैध सामान भित्रिने र बाहिरिने सम्भव छैन,' स्रोतले भन्यो, 'सीसीटीभी छ तर यहाँको प्रहरीको कमाउने साधन भएको छ ।'
जगाती नाकामा कडाई गरे ताथली हँुदै नालाबाट पनि यस्ता अवैध सामान निकास हुने गरेको प्रहरीको भनाइ छ । ताथली नाका पनि जगाती प्रभागकै कार्य क्षेत्रमा पर्छ । रक्तचन्दन जाने हल्ला चलेपछि केही साताअघि प्रभागकै कार्य क्षेत्र नलिन्चोकमा त्यसबाट पैसा असुल्न 'चुल्ठेमुन्द्रे' ले हुलहुज्जत गरेका थिए । त्यसमा दलहरूका भ्रातृ संगठन संलग्न थिए ।
भक्तपुर परिसरका प्रहरी उपरीक्षक नारायणसिंह खड्काले काभ्रेमा बरामद गरेको रक्तचन्दन जगाती हँुदै गएको पुष्टि भएपछि चेकजाँचमा संलग्न प्रहरी र प्रभाग प्रमुख प्रहरी निरीक्षक केशव थेवेमाथि छानबिन भइरहेको उनले बताए । 'जगाती नाकाको सुरक्षा अवस्था कमजोर छ भन्न मिल्दैन,' उनले भने, 'हामीले कडाइ गरिरहेका छौं ।' प्रहरी स्रोतका अनुसार परिसर भक्तपुरले चन्दन गएको राति चेकिङका लागि सडकमा खटिएका प्रहरी नायब निरीक्षक चन्द्र मानन्धरलाई निलम्बनका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालयमा
सिफारिस गरेको छ । स्रोतका अनुसार सिपाही हेमराज महतो, अर्जुन पोखरेल, श्याम जंग शाह, लेखबहादुर कार्की लाई शुक्रबार नै परिसरमा तानेर अनुसन्धान गरी कारबाही प्रक्रियामा छ ।

Monday, September 5, 2011

        प्रधानमन्त्रीलाई दस्तुरीको चुनौति
भदौ १९ गते राजधानी दैनिकमा प्रकासित सम्पादकीय
प्रधानमन्त्री डा। वावुराम भट्टराई आफ्नो सरकार भ्रष्टाचारप्रति शून्य सहनशील भएको बताईरहेकै बेला भन्सार कर्मचारीहरुले भने गतवर्षदेखि रोकिएको दस्तुरी पुनः उठाउन थालेका छन् । भन्सार विभागको निर्देशन विपरित गएर त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यलयसहित बीरगन्ज तातोपानी भैरहवा र विराटनगर भन्सार कार्यलयबाट पुनः अतिरिक्त शुल्क उठाउन थालिएको छ । भन्सार विभागको निर्देशनलाई वेवास्ता गदैै्र कर्मचारीले तेस्रो मुलुकको सामान आयात गरिदाँ ४० फिट कन्टेनर भ्यानबाट ५० हजार र २० फिटको कन्टेनरबाट ३५ हजार रुपैयाँ अतिरिक्त शुल्कको नाममा असुली गर्ने गरेको तथ्य सार्वपनिक भएको छ । चाड पर्वका नाममा भन्सार कर्मचारीले सरकारी नीति बिपरित दस्तुर असुली गर्न थालेका हुन । भन्सार कर्मचारीहरुले दशै र तिहारका लागि भन्दै व्यापारीसंग सामान चेकजाँच गर्दा अतिरिक्त शुल्क लिइरहँदा पनि सरकारका जिम्मवार निकायले कुनै वास्ता नगर्नु दुर्भाग्यपूर्ण हो ।
भन्सार कर्मचारीले सामान नेपाल आयात÷निर्यात गर्दा जाँच गर्नुपूर्व अतिरिक्त शुल्क माग्ने गरेको र नदिए सामान चेक जाँच नै नगरी रोक्ने गरेको डरलाग्दो तथ्य पनि उजागर भएको छ । राजस्वमै गम्भीर घाटा हुने गरी भन्सार कर्मचारी अवैध कार्यमा संलग्न भई विभिन्न नाममा रकम असुली गर्ने जनगुनासो चुलिएपछि रोक्न सरकारले भन्सार सुधारीकरण योजना लागु गरेको छ । कर्मचारीहरु अन्य लोभमा नपरुन भन्ने उदेश्यका साथ सरकारले उनीहरुले खाईपाई आएको तलव भन्दा दोव्वर प्रोत्साहन भत्ता पनि उपलब्ध गराएको छ । तरपनि भन्सार कर्मचारीहरुले अतिरिक्त शुल्कको नाममा ब्यापारीबाट दस्तुर उठाउनु एक ढंगको ठगी नै हो । सवै सुबिधा उपलब्ध गराउँदा पनि दस्तुर उठाउने काम शुरु गरी भन्सार कर्मचारीले नानीदेखि लागेको बान्ाी कस्ले छोडछ भन्ने उखानलाई चरितार्थ गरेका छन ।
भन्सार विभागले कर्मचारीको आचरणमा सुधार ल्याउन विभिन्न नीति नियम लागु गरेको छ तर भन्सारका कर्मचारीहरुले त्यसलाई पुर्णत वेवास्ता गरी अबैधानिक काम गरिरहेका छन । सरकारले जतिसुकै सुबिधा उललब्ध गराएपनि भन्सार कर्मचारी राजस्व मार्दै ब्यवसायीबाट अबैध रुपमा अतिरिक्त शुल्कका नाममा दस्तुर उठाउनु आपत्तिजनक बिषय हो । भन्सार कर्मचारीहरुको यो व्यवहारले व्यवसायी त्रसित भएका छन । चर्काे भाडाको मारसंग बन्द लगायतका दिनहुँजसो हुने गरेको आन्दोलनको मारमा परेका ब्यापारीहरु भन्सार कर्मचारीलाई जाँच गरे बापत पनि ुदस्तुरु दिन बाध्य भएपछि आतंकित बन्नु स्वाभाविक हो । भन्सार कार्यालयमा मौलाएको दस्तुरी प्रथाले दिनप्रतिदिन राजस्व संकलनमा गिरावट आएको छ । यसलाई समयमै नरोक्ने हो भने भ्रष्टाचारमा शून्य सहनशीलताको प्रधानमन्त्रीको नारा समेत खोक्रो सावित हुनेछ ।

रक्तचन्दन  लैजाने थुनामा
भाद्र १८ - अरनिको राजमार्ग हुँदै तातोपानी नाकाबाट चिनियाँ बजारमा बिक्री गर्नको लागि लैजादै गरेको अवस्थामा प्रतिबन्धित रक्तचन्दन बरामद गर्ने प्रहरी पुरस्कृत र लैजान सहयोग गर्ने एक प्रहरी सहित चालकलाई कारबाहीका लागि थुनामा राखिएको छ । प्रहरी कार्यालयले रक्तचन्दन समाउने पाँचखाल प्रहरी चौकीका ४ प्रहरीलाई प्रोत्साहन स्वरुप अभिलेखमा जनिने गरी नगद पुरस्कारद्धारा पुरस्कृत र चन्दन पास गराउन सहयोग गर्ने प्रहरी जवान सिद्धि बहादुर कार्की र जिप चालक बिजय श्रेष्ठलाई कारवाहीको लागि बन कार्यालयको आदेशमा थुनामा प्रहरीले राखेको हो ।पुरस्कृत हुनेमा पाँचखाल प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक बच्चुराम फुँयाल, हवल्दार तिर्थ बिक्रम सिलवाल, जवान फुर्वा लामा र रमेश महत्तरा रहेका छन । उनीहरुले भक्तपुरको जगाती चेकपोष्ट कटी निजी जिपमा आएको ६ सय किलो रक्तचन्दन शुक्रवार बिहान ३ बजे बरामद गरेका थिए ।'इमानदारीताका साथ आफ्नो जिम्मेवारी पुरा गरि जगाती चेकपोष्ट कटेर आएको रक्तचन्दन बरामद गर्न सफल भएकाले आगामी दिनमा उनीहरुको थप हौसला बढाउँन पुरस्कृत गरेका हौ,' जिल्ला प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीले भने 'तस्कर र सहयोगी कसैलाई छोडिन । चन्दन तस्करीमा संलग्न हुने हाम्रै एक प्रहरीलाई अनुसन्धान पुरा गरि आइतवार निलम्बन गरिसकेका छौं ।'

                 भन्सारमा फेरि दस्तुर
रोशन कार्की÷राजधानी
काठमाडौं१७ भदौ
विगत १ वर्षदेखि रोकिएको भन्सार कार्यालयबाट कर्मचारीहरुले उठाउदै आएको दस्तुरअतिरिक्त शुल्क फेरि संकलन गर्न थालेकाछन् । चाडपर्व नजिकिदै गर्दा मुलुकमा साचालन भएका भन्सार कार्यालयहरुमा कर्मचारीहरुले अतिरिक्त शुल्कको नाममा सो दस्तुर संकलन गर्न थालेको व्यवसायीहरुले जनाएकाछन् ।
भन्सार विभागले आफ्ना कर्मचारीहरुको आचरणमा सुधार ल्याउन विभिन्न नीति नियम लागु गरेपनि कर्मचारीबाटै सोको वेबस्था गरेका कारण पछिल्लो पटक पूनः भन्सारका कर्मचारीको मिलेमतोमा दस्तुरअतिरिक्त शुल्कको नाममा रकम संकलन गर्न थालेका छन् । जतिजति चाडपर्व नजिकिदै आएको छ त्यतिकै मुलुकका अधिकाशं भन्सार कार्यालयबाट व्यवसायीहरुसंग अतिरिक्त शुल्क संकलनमा तीब्रता ल्याएकाछन् ।
विभागले भन्सार सुधारकालागि आफुमातहतका कर्मचारीलाई तलवको दोव्वर प्रोत्साहन भत्ताको रुपमा दुई सय प्रतिशत भत्ता दिदै आए पनि सो विभाग अन्तरगतका अधिकाशं कर्मचारीहरुको मिलेमतोमा केहि समय अगाडीदेखि हटेको अतिरिक्त शुल्क संकलन कार्य पुनः सुरु भएको व्यापारिहरुले बताएकाछन् ।
यसरी विभागको निर्देशन विपरित गएर त्रिभुबन अन्तराष्ट्रिय भन्सार कार्यलयबीरगन्ज भन्सार कार्यलयतातोपानी भन्सार कार्यालयभैरहवा भन्सार कार्यालयविराटनगर भन्सार कार्यलयबाट पुनः अतिरिक्त शुल्क संकलन सुरु भएका छन् ।
भन्सार कार्यलयका कर्मचारीहरुले दशै र तिहारकालागि भन्र्दै व्यापारिसंग सामान चेकजाँच गर्दा अतिरिक्त शुल्क लिने गरेको एक व्यवसायीले नाम नलेख्ने शर्तमा बताए । ती कर्मचारीका अनुसार वीरगन्ज र सुख्खा बन्दरगाहबाट सामान नेपाल आयातगर्दा कर्मचारीहरुले समान जाँच गर्नुपूर्व अतिरिक्त शुल्कको नाममा माग्ने गरेको बताए । सो अतिरिक्त शुल्क नदिएसम्म सामान चेकजाँचनै नगरि रोकी दिने गरेको गुनासो ती व्यवसायीले गरेकाछन् ।
यस भन्दाअगाडी सो शुल्कलाई दस्तुरीको रुपमा संकलन गर्दै आएका थिए । विभागले व्यवसायीबाट कुनै पनि व्यक्तिगत लाभमा नपर्ने कडा निर्देशन जारी गरेपछि कर्मचारीहरुले अतिरिक्त शुल्कको रुपमा रकम संकलन गर्न थालेका हुन ।
व्यवसायीहरुले दिएको जानकारी अनुसार बीरगन्ज र सुख्खा बन्दरगाहबाट तेस्रो मुलुकको सामान आयात गरिदाँ ४० फिटको कन्टेनर भ्यानबाट ५० हजार र २० फिटको कन्टेनरबाट ३५ हजार रुपैयाँ अतिरिक्त शुल्कको नाममा असुली गर्ने गरेको बताए । यस कार्यमा विरगन्ज भन्सार कार्यलयमा खरिदार रामकैलाश रायले सो शुल्क संकलन गरि सवै तहका कर्मचारीलाई बाड्ने गरेको आरोप व्यवसायीहरुको रहेको छ । भन्सार कर्मचारी र व्यवसायीको मिलेमतोमा भने तातोपानी भन्सार नाकामा पुनःमेसको नाममा रकम असुली गर्न थालीएको छ । सो नाकाबाट आयात÷निर्यात हुने सवै सामानबाट प्रति कन्टेनर निर्यातका हकमा २० हजार र आयातको हकमा ४० हजार रुपैयाँ असुली गदेए आएका छन् । सो कार्य भने ठूला व्यापारिसंगको मिलेमतोमा सान व्यापारिसंग सो रकम असुली गर्दै आएको व्यवसायीहरुले बताएकाछन् । त्यसैगरि त्रिभुबन अन्तराष्ट्रिय भन्सार कार्यलयमा पनि सो शुल्क संकलन गरे वापत राजस्व नै नतिरी आयातकर्ताको गोदाममा पुगेको ब्राण्डेड सामानलाई राजस्व अनुसन्धान विभागले बरामद गरेपछि सो कुरा वाहिर आएको हो ।
क्र्मचारीको मिलेमतोमा भएको सो समान पिएस मार्केटिङको नाममा आयात गरेको अनुसन्धान विभागले जनाएको छ । विभागले बरामद गरेका सो समानमा क्यामेराआईपोट र अन्य विद्युतिय सामान छन् । यस्तो अबैधकार्य गर्नकालागि भन्सार कार्यलयले छुट्टै दलालएजेन्ट राखेर सो कार्य गरेको खुलासा समेत अनुसन्धानबाट खुल्न आएको छ । यसरी दलालहरुको माध्यामबाट हाम्रा कर्मचारीहरुले सो रकम असुली गरेको पाईएमा कारवाही गर्ने भन्सार विभागका महानिर्देशक र्टकमणी शर्माले बताए । हामी यस सम्बन्धिमा गोप्यरुपमा अनुसन्धान सुरु गर्ने समेत उनले बताए ।

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...