Thursday, September 22, 2011

  गुँरास डिस्टिलरी राजस्वको फन्दामा

काठमाडौं। राजस्व अनुसन्धान विभागले कपिलवस्तुको चनौटास्थित गुँरास डिस्टिलरीमा छापा मारेेर नक्कली तथा स्टिकरसमेत नभएका ठूलो परिमाणको रक्सी राखिएको उद्योगको गोदाम र मुख्य डिस्टिब्युटर्सको गोदामसमेत सिल गरेको छ।  सोफी, प्रीति र देउराली नामका रक्सी उत्पादन गर्दै आएको गुँरास डिस्टिलरीले लामो समयदेखि राजस्व छल्नैका लागि मापदण्ड बाहिरको विशालु रक्सीमात्रै बजारमा पठाएको थिएन, उसले राजस्व छल्न विना स्टिकरका र कम परिमाणको बोतलमा रक्सी भरेर समेत ठगी गर्दै आएको उजुरीका आधारमा राजस्व अनुसन्धान विभागको निर्देशनमा राजस्वकै बुटवलस्थित क्षेत्रीय कार्यालयले छापा हानेको हो। नारायणी शाहको नाममा दर्ता भएको सो रक्सीभट्टी हाल हेमन्त शाहले सञ्चालन गरिरहेका छन्।  समाचार स्रोतका अनुसार उद्योग र मुख्य डिलर सुगागमन ट्रेडर्सको गोदाममाथि सिल गरिएको भए पनि गुँरास डिस्टिलरीका रक्सी बिक्री वितरण गर्ने अन्य डिलर र पसलमा भने कुनै कारबाही गरिएको छैन। नक्कली रक्सी र स्टिकरसमेत नभएको प्रमाण भेटिइसकेको अवस्थामा गुँरासका सबै उत्पादन नियन्त्रणमा लिइनुपर्नेमा यतिबेला सिल गरिएको भनिएका रक्सीसमेत छाड्न चलखेल भइरहेको बताइन्छ। छापा प्रकरणलाई उतैतिर सामसुम पार्न बुटवलस्थित राजस्वको क्षेत्रीय कार्यालयका नासु (जो टाइपस्ट हुन्) ले महानिर्देशक शान्तबहादुर श्रेष्ठको समेत नाम लिँदै छापा प्रकरण आफूले मिलाउन सक्ने भन्दै रक्सीवालासँग चर्काे मोलतोल गरिरहेको स्रोतको दाबी छ। विभिन्न प्रकरणमा पटक–पटक आर्थिक विवादमा तानिने गरेका नासु युवक पौडेलकी श्रीमती विभागमा कार्यरत रहेको र कतिपय विभागमा परेका उजुरी र विभागीय सूचनासमेत उनले लोग्नेलाई सुटुक्क दिने गरेको बताइन्छ। गुँरास डिस्टिलरीको आफ्नै स्पि्रट पलान्ट भएको र उसले आफ्ना तीनैवटा उत्पादन विष सरी नै तयार पारेर विनास्टिकर बिक्री वितरणका लागि बजारमा पठाउने गरेका रहस्य फेला परेको छ। उसमाथि कारबाही हुनसक्ने अन्य बदमासीसमेत फेला परेका छन्। डिस्टीलरीले एउटा सेम्पल देखाउने र अर्कै उत्पादन बिक्रीका लागि सप्लाइ गर्ने गरेको पाइएको छ। डिस्टिलरीले पेट बोतलमा सोफी र प्रीति रक्सी भर्ने गर्छ भने देउराली रक्सी सीसाको बोतलमा भरिन्छ। पेटमा ३०० एमएल भन्ने गरिए पनि २८० एमएल मात्र हुने गरेको बताइन्छ। त्यस सँगसँगै स्थानीय दैनिक पत्रिका र राष्ट्रिय दैनिक पत्रिकामा छुट्टाछुट्टै बिक्री मूल्य तोकेर विज्ञापन गरी भट्टीवालले ठूलै राजस्व ठगी गरेकोसमेत प्रमाण फेला परेको छ। गुँरास डिस्टिलरीले रूपन्देहीबाट प्रकाशित हुने तिलोत्तमा दैनिक र राजधानीबाट प्रकाशित हुने कारोबार दैनिकमा फरक फरक बिक्री मूल्य तोकेर गरेको विज्ञापनबाटै उसको राजस्व मार्ने नियत प्रस्टै हुन्छ।  महानिर्देशक शान्तबहादुर श्रेष्ठको भावना विपरीत राजस्व अनुसन्धानका केही कर्मचारीले भने भित्रभित्रै चलखेल गर्ने गरेको विभाग स्रोतले जानकारी दिएको छ। 'प्रधानमन्त्री र मन्त्रीका सिफारिसमा राजस्व अनुसन्धानमा सरुवा भएकाहरूमाथि महानिर्देशक एकजनाले के नै गर्न सक्ने अवस्था रहन्छ र?' विभागका एक अधिकारीले भने, 'त्यही पनि धेरै गरिएको छ।' उनका अनुसार आवश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधार भएको खण्डमा राजस्वले धेरै गर्ने थियो, तर सीमित साधन र स्रोत, त्यसमा पनि विवादास्पद छविका कर्मचारीको साथमा खासै चाहेको नतिजा निकाल्न राजस्व अनुसन्धान विभागले सकिरहेको छैन। यसैबीच, अनियमितता गर्ने जोसुकैमाथि आफू कडा रूपमा प्रस्तुत हुने महानिर्देशक श्रेष्ठले बताएका छन्। राजस्वको अहिलेको अभियानले काला व्यापारीमात्रै नभएर, राजस्वमारा तस्कर, माफियासमेत डगमगाउन थालेका छन्। महानिर्देशक श्रेष्ठकै आदेशमा राजस्वले यतिबेला ठाउँठाउँमा अप्रेसन गरिरहेको छ। उता, पथलैयास्थित राजस्व अनुसन्धानको क्षेत्रीय प्रमुख महेन्द्र बानियाँले पनि पदीय दुरुपयोग गरी धेरै ठूलो सम्पत्ति जोडेको उजुरी केन्द्रमा आएको छ। उनले भवानी डिस्टिलरीमा छापा हानेको प्रकरण भित्रभित्रै मिलाएर ठूलै अनुचित लाभ लिएको बताइन्छ। यद्यपि, उनीसँग सम्पर्क गर्दा आफूले राजस्वमारासँग कहिल्यै हातेमालो नगरेको दाबी गरे। विगतमा एअरपोर्ट भन्सारमा रहँदा उनी बारम्बार विवादमा तानिन्थे। अवकाशको मुखैमा पुगेका क्षेत्रीय प्रमुख बानियाँले अन्य व्यापारी र तस्करबाट पनि शुभलाभ गरिरहेको प्रहरीले जानकारी दिएको छ।

फोटो सौजन्य अनलाईन खबर
एम्बुलेन्सबाट रक्तचन्दन तस्करी


 'बिरामी बोकेर' काठमाडौंबाट तातोपानी हिँडेको एम्बुलेन्सबाट बुधबार बिहान रक्तचन्दन बरामद भएको छ। बा६च ७८८९ नम्बरको एम्बुलेन्स भक्तपुर जगातीमा जाँच्ने क्रममा बिहान एक बजे प्रहरीले बिरामी सुताउने बेडमुनि लुकाएका चारवटा रक्तचन्दनका मुढा भेटेको थियो। एम्बुलेन्समा बिरामी पनि थिए। धुलिखेल अस्पतालमा उपचाररत बिरामी मध्यरातमा काठमाडौंबाट एम्बुलेन्समा तातोपानी हिँडेको पाएपछि जगातीमा प्रहरीले जाँच गरेको थियो। 'बिरामी सुताउने बेडमुनि खाली ठाउँमा ४९ किलो रक्तचन्दन भेटियो,' जगाती प्रभागका प्रमुख केशवकुमार थेवेले भने। एम्बुलेन्स सिन्धुपाल्चोक तातोपानीको भैरवकुण्ड युवा क्लवले चलाउँदै आएको थियो। प्रहरीले तस्करीमा संलग्न भन्दै चालक सिन्धुपाल्चोक लिस्टीका साङ्वो शेर्पा र बिरामी साङबु शेर्पालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार हात फ्र्याक्चर भएका साङ्वोको उपचार धुलिखेल अस्पतालमा भए पनि उनी काठमाडौं आएको र फेरि एम्बुलेन्स चढेर तातोपानी हिँडेको कारण नखुलेपछि प्रहरीले तस्करीमा उनीसमेत संलग्न रहेको आशंका गरेको हो। इन्स्पेक्टर थेवेले मध्यरातमा खालि एम्बुलेन्स चलाउँदा प्रहरीले शंका गर्ने भएकाले झुक्याउन चालकसँगै साङ्वो बसेको देखिएको बताए। एक वर्षअघिसम्म किलोको सात हजारमा बिक्री हुने चन्दनको मूल्य अहिले नौ हजार पुगेको छ। भारतमा भने यो प्रतिकेजी हजार रुपैयाँभन्दा कममै पाइन्छ। तस्करले भैरहवा नाकाबाट चन्दन उपत्यका भिœयाएर सानो परिणाममा तातोपानी पुर्‍याउने गरेका छन्। तस्करीमा काठमाडौंदेखि तातोपानी चन्दन पुर्‍याउनु गाह्रो मानिन्छ। रुट सार्वजनिक भएपछि केही समय तस्करले रसुवा नाकासमेत प्रयोग गरेका थिए। तस्करीसँग मिलेमतो गर्ने सैनिक अधिकृत कार्बाहीमा परेर त्यो रुटसमेत बन्द भएपछि चन्दन काठमाडौंमा जम्मा गरी सानो परिणाममा चीन छिराउन थालिएको हो। एम्बुलेन्सका चालकका अनुसार उनले बौद्धबाट रक्तचन्दन लिएका हुन्। तातोपानीका एक तिब्बतीले 'बौद्धमा सामान छ, ल्याइदेऊ' भनेपछि मंगलबार बेलुका गएर चन्दन एम्बुलेन्समा राखेको उनले प्रहरी बयानमा बताएको थेवेले जानकारी दिए। गृहमन्त्री विजयकुमार गच्छदारकै पार्टी फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य गणेश लामा चन्दन तस्करीमा सक्रिय छन्। पछिल्लो समयमा लामा समूहबाट छुट्टिएका चन्द्र घिसिङ अहिले तस्करीमा बढी सक्रिय छन्। स्रोतका अनुसार गोपाल श्रेष्ठ, रुद्र तिमल्सिना, दावा लामा, बिष्णु लामा, नारायण पौडेल काठमाडौंबाट तातोपानीसम्म चन्दन पुर्‍याउन सक्रिय छन्। अहिले सबैभन्दा बढी सक्रिय काभ्रेका सुमन खत्री देखिएको स्रोतले बतायो। काठमाडौंमा करिब १० समूह चन्दन तस्करीमा सक्रिय छन्। गृहमन्त्री गच्छदारले भने बुधबार मन्त्रालयमा सञ्चारकर्मीमाझ रक्तचन्दनबारे आफूलाई जानकारी नै नभएको दाबी गर्दै त्यसको रङसमेत थाहा नभएको बताए। 
                                                       केपी ढुंगाना, काठमाडौं, असोज ५-

Wednesday, September 21, 2011


तस्करीमा गृहमन्त्री विजय गच्छदार



काठमाडौं,  तस्कर र माफियाको दबाबमा उपप्रधान तथा गृहमन्त्री विजय गच्छदारले प्रधानमन्त्री बाबुराम भट्टराईलाई सत्ता समीकरण नै भत्किने चेतावनी दिएर सचिव लीलामणि पौडेललाई सरुवा गरेपछि देशभरि तस्करीको लाइन खुलेको छ। काठमाडौंका क्यासिनो, अवैध रक्तचन्दनको ओसारपसार र तराईमा काठ तस्करीको लाइन खुलाएर गृहमन्त्री गच्छदार अहिले मासिक करोडौं रूपैयाँ कमाउने योजनामा जुटेका छन्।
नेपालका भ्रष्ट नेताको अग्रसूचिमा आउने गच्छदारले गृहमन्त्रीको पदभार सम्हालेकै दिन गृहमन्त्री हुने २० वर्षदेखिको सपना साकार भएको बताएका थिए। त्यसपछि उनले मन्त्रालयमै पत्रकार सम्मेलन गरेर आफ्नो भ्रष्ट छविलाई सुधार्ने प्रतिबद्धता पनि व्यक्त गरे। तर त्यो प्रतिबद्धतालाई भदौरे झरीको फोकाझैं फुटाउँदै गच्छदार पुरानै पदचिन्हमा हिँडिरहेका छन्। तस्कर, माफिया र अपराधीसँग गृहमन्त्री गच्छदारको उठबस देखेपछि गृहमन्त्रालयका कर्मचारीले उनको गृहमन्त्री हुने दुई दशक लामो सपनाको रहस्य बल्ल पत्ता लगाएका छन्।
गृहमन्त्रीमा नियुक्त भएको तीन हप्तामै गच्छदारले गरेको उपद्रो देखेर गृह तथा प्रहरीका अधिकारीहरू निराश बनेका छन्। तस्करीमा साथ नदिने प्रहरीलाई केही दिनमै हटाइदिने भन्दै उनले सीधै फोन गरेर थर्काउन थालेपछि तराईका जिल्लामा कार्यरत प्रहरी अधिकारीहरू आतंकित छन्। सचिव पौडलले गलत काम रोक्ने प्रहरीलाई साथमा लिएर गलत धन्दामा संलग्न प्रहरीलाई कारबाही गर्न थालेपछि गच्छदारसँग उनको विवाद सुरु भएको थियो।े दिनप्रतिदिन अधोगतितर्फ लागेको गृह प्रशासन र प्रहरीलाई सुधार्न तीन महिनाको छोटो अवधिमा नै महत्पूर्ण काम गरेर प्रशंसा बटुलेका सचिवलाई सरुवा गरेर गच्छदारले पूर्वकांग्रेसी सुशीलजंग राणालाई गृहमा भित्र्याएका हुन्। हिजो सोमबारबाट गृहमा हाजिर भएका सचिव राणासँग सुरुकै दिनमा एसएसपीको सरुवाको विषयमा डिलिङ सुरु भइसकेको छ।


                                          कमाइको बाटो 
करिब एक महिनाअघिसम्म प्रहरीले नियमित रूपमा काठमाडौंका पाँचतारे होटलमा रहेका क्यासिनोमा छापा मार्थ्यो। तर अहिले त्यो अवस्था छैन। क्यासिनोका समाचार कमैमात्र संचारमाध्यममा आउन थालेका छन्। यसको कारण काठमाडौंका प्रहरी अधिकारीलाई मात्र थाहा छ।
गच्छदारले मन्त्रीमा नियुक्त भएलगत्तै क्यासिनोमा छापा नमार्न काठमाडौं प्रहरीलाई निर्देशन दिएपछि क्यासिनोमा नेपालीको भीड बढेको छ। सरकारको नेतृत्व गरेको माओवादी पनि क्यासिनोमा कडाइ गर्न नहुने अडानमा रहेको र गच्छदारलाई पनि पैसा मात्र चाहिएकाले उनले क्यासिनोमा नेपालीको प्रवेशलाई खुला गरिदिएका छन्। काठमाडौंका प्रहरी प्रमुखलाई त एउटा क्यासिनोले मासिक कम्तीका दुई लाखका दरले बुझाउने गरेको छ भने मन्त्री नै क्यासिनोको लाइन खुलाउन लागेकाले यसका पछाडि करोडौको खेल भएको स्रोत बताउँछ। गच्छदार मन्त्रीमा नियुक्त हुने चर्चा सुरु भएदेखि नै राजस्वमारा क्यासिनो संचालकहरूले उनलाई भेटेर लाइन मिलाएका थिए। उपत्यकामा केही गर्ने चाहना लिएका महानगरीय प्रहरी आयुक्त कुवेरसिंह राना पनि मन्त्रीको निर्देशनका कारण निरीह बनेका छन्। पक्राउ परेका गुन्डाहरूलाई समेत तत्कालै छोड्न गृहमन्त्रीले फोन गर्न थालेको आयुक्त कार्यालयका एक अधिकारीले बताए। राजधानीका आठ क्यासिनो र पोखराको एक गरी नौ वटा क्यासिनोले मासिक लाखौं बुझाउने सम्झौता गृहमन्त्री गच्छदारसँग गरेका छन्। दशैंको बेला क्यासिनो धेरै चल्ने भएकाले पनि उनीहरूले मन्त्रीसँग लाइन मिलाएका हुन्।
गच्छदारको कमाइएको अर्को स्रोत तराईका सामुदायिक वनमा रहेका काठ, अवैध ढङ्गले हुने मलको कारोबार, चोरीका गाडी र भारतबाट भित्र्याइने विभिन्न सामानको तस्करी हो। तराईका नेताहरूको अप्रत्यक्ष संलग्नतामा त्यस्तो तस्करी हुँदै आएको छ। केही महिनायता तस्करी रोकिएपछि तराईका माफियाहरू तिरमिराएका थिए। तर गच्छदारले गृहसचिवबाट पौडेललाई हटाएलगत्तै तीन दिनभित्रै भन्सार र काठको तस्करी खुलिसकेको छ। तराईका जिल्लामा कार्यरत प्रहरीसँग दृष्टिले सम्पर्क गर्दा धेरै प्रहरी प्रमुखले गच्छदार गृहमन्त्री भएपछि काम गर्न सक्ने वातावरण नरहेकाले आफूहरू सरुवाका लागि प्रयासरत रहेको बताए। प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले पनि गच्छदारकै बोलीमा लोली मिलाउने गरेकाले काम गर्न असहज हुने गरेको उनीहरूले बताए। पौडेललाई गृहसचिवबाट हटाउन आईजीपी शाहले समेत लगानी गरेका थिए।
तराईका जिल्लामा दशैंको समयमा ठूलो परिणाममा काठ लगायतका अन्य सामानको तस्करी हुने गरेको छ। विभिन्न दलमा रहेका व्यापारीहरू राजनीतिक आवरणमा यसमा सक्रिय हुने गरेका छन्। गच्छदार गृहमन्त्री भएलगत्तै सुरु भएको काठ तस्करी आफूहरूले चाहेर पनि  रोक्न नसकेको तराईका प्रहरी अधिकारीहरूले दृष्टिलाई बताए। गृहसचिव पौडेलको सरुवामा काठतस्करहरूको समेत संलग्नता रहेको स्रोतको भनाइ छ।
गृहमन्त्री गच्छदारको सबैभन्दा ठूलो कमाउने प्राजेक्ट चाहिँ  रक्तचन्दन नै हो। एक किलोको नौ हजार पर्ने रक्तचन्दन एक ट्रक चीन पठाउदा पाँच करोडसम्म कमाइ हुन्छ। दशैंको समय पारेर उनका सहयोगी डन गणेश लामाको नेतृत्वमा कम्तीमा २० ट्रक रक्तचन्दन चीन पठाउने गृहमन्त्री गच्छदारको योजना छ। त्यसका लागि चितवन, धादिङ, काठमाडौं, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोकमा प्रहरी लाइन मिलाउने काम भइरहेको छ। काठमाडौंमा एक अर्ब र चितवनमा ५ अर्ब मूल्य बराबरको रक्तचन्दन रहेको उल्लेख गर्दै स्रोत भन्छ, 'यो रक्तचन्दन चीन पठाउन लाइन क्लियर गरेर गृहमन्त्री गच्छदारले एक अर्बभन्दा बढी रूपैयाँ हात पार्ने योजना बनाएका छन्। यसका लागि मध्यमाञ्चलका डीआईजी वीरेन्द्रबाबु श्रेष्ठलाई गृहमन्त्र िगच्छदारले निर्देशनसमेत दिइसकेका छन्। रक्तचन्दन तस्करीको चास्नीमा माओवादीका नेताहरूसमेत डुबिसकेकाले रक्तचन्दनको लाइन खुलाउन अर्थमन्त्री वर्षमान पुनले समेत सहयोग गरिरहेका छन्। पुनकै नेतृत्वमा यसअघि रक्तचन्दन तस्करी हुँदै आएको थियो। गच्छदारको पुल्चोकस्थित निवास आजभोली तस्कर, दलाल र भ्रष्ट प्रहरी अधिकारीले भरिने गरेको छ। पटकपटक आफूले भ्रष्टाचार रोकेर राष्ट्रपति जस्तै सम्माननीय बन्ने बताएका गच्छदार अन्ततः तस्कर र माफियाका लागि मात्रै सम्माननीय बन्न पुगेको गृहस्रोत बताउँछ।
प्रहरीको सरुवा/बढुवाबाट पनि करोडौं कमाउने योजना गच्छदारले बनाएका छन्। मन्त्री नियुक्त हुनु एक साताअघि नै उनले तीनै वटा सुरक्षा निकायका प्रमुखलाई फोन गरी आफू गृहमन्त्रीमा नियुक्त हुन लागेकाले एउटै पनि सरुवा नगर्न निर्देशन दिएका थिए। नेपाल प्रहरीमा हाल एक एआईजी, प्राविधिक समेत गरेर दुई डीआईजी र आधा दर्जनभन्दा बढी एसएसपीका पद रिक्त छन्। त्यसै गरी सशस्त्र प्रहरीमा तीन एआईजीका पद खाली छन्। राष्ट्रिय अनुसन्धान विभागमा पनि एक एआईजी, तीन डीआईजी लगायतका पद रिक्त छन्। ती पदमा अहिले बढुवा हुने अधिकारीहरू भावी आईजीपीका दावेदार हुने भएकाले यो बढुवा रकमको ठूलै चलखेल भइरहेको छ। यसका लागि उनले आफू निकटस्थ पूर्व डीआईजी भक्तिनाथ माझीलाई परिचालन गरेका छन्।
स्रोतका अनुसार नेपाल प्रहरीमा सुडान प्रकरणमा निलम्बित भएका दुई एआईजीसहित २३ वटा पदमा विशेष दरबन्दी सिर्जना गरी बढुवा गर्न डीआईजीसहितको एक टोलीले गच्छदारलाई फकाइरहेका छन्। एसपी र डीएसपीको सरुवा भएको दुई महिना मात्र भए पनि आकर्षक कार्यालयमा सरुवाका लागि टेन्डर खुलाइएको छ। इन्स्पेक्टरको सरुवामा पनि त्यही रूपमा चलखेल भइरहेको छ। ६ महिनाअघि नै आठ सय इन्स्पेक्टरको सरुवा हुनुपर्नेमा हालसम्म हुन सकेको छैन। उपत्यकाका प्रभाग, राजमार्गका इलाका प्रहरी कार्यालय र तराईका जिल्लामा सरुवा हुनका लागि आर्थिक चलखेल सुरु भइसकेको छ। गृहमन्त्री गच्छदारका सहयोगीहरू अहिले पैसा उठाएर सरुवाको सूचि बनाइरहेका छन्। सरी तस्करीबाट आउने लाभांश, सरुवा बढुवाबाट प्राप्त हुने नगद, क्यासिनोबाट आउने मासिक उठती र प्रहरीबाट नियमित रूपमा आउने कमिशन गरेर गृहमन्त्री गच्छदारले दैनिक ठूलो धनराशी जम्मा गरिरहेको स्रोतको भनाइ छ।  गच्छदारको नियुक्तिसँगै तस्करहरू जोसिएपछि राम्रा प्रहरी अधिकारीहरू भने निराश बन्न थालेका छन्। पछिल्लो सरुवामा तराईमा राम्रो छवि बनाएका प्रहरी अधिकारीहरूलाई जिम्मेवारी दिइएको थियो। झापाका तारिणी लम्साल, मोरङका प्रद्युम्न कार्की, पर्साका रमेश खरेल र कपिलवस्तुका धिरु बस्नेत पैसा कमाउनेभन्दा पनि राम्रो काम गरेर इज्जन कमाउन खोज्ने प्रहरी अधिकारी हुन्। तर गच्छदार गृहमन्त्री भएलगत्तै बढेको तस्करहरूको चलखेलका अगाडि उनीहरू समेत निरीह बन्न पुगेका छन्।


                    को को छन् गच्छदारका दायाँबायाँ ?
गच्छदारले प्रहरीको सरुवाको तयारी गरेपछि उनी निकट केही प्रहरी अधिकारी सरुवाको लिस्ट बनाउन थालेका छन्। जसमा पूर्व डीआईजी माझी, उनका आफन्त एसपी दिलिप चौधरी, नक्कली सर्टिफिकेटधारी डीएसपी उमाप्रसाद चुर्तवेदी, डीएसपीहरू अनुराग द्विवेदी, प्रकाश पौडेल लगायत अहिले सरुवाको लाइन मिलाउन खोजिरहेका छन्। माझीले अहिले सरुवा बढुवाका लागि आर्थिक रूपमा सेटिङ मिलाउने काम गरिरहेका छन्।
गच्छदारकै दबाबमा पहिला धेरै पछाडि भएपनि एक नम्बरमा राखेर बढुवा गरिएका एसपी चौधरी वीरगंज वा काठमाडौं सरुवा हुने तयारीमा छन्। आफन्तलाई नै काठमाडौंमा सरुवा गर्दा आलोचना हुने डरले चौधरीलाई पर्सा सरुवा गर्न लागिएको छ। हाल कञ्चनपुरका एसपी रहेका चौधरी सरुवा मिलाउन काठमाडौंमै व्यस्त छन्। पर्साका एसपीलाई चितवनमा सरुवा गर्न लागिएको छ। चितवन एक महिनादेखि तनावग्रस्त रहेकाले त्यहाँ शान्ति सुरक्षा कायम गर्ने बहानामा खरेललाई चितवन सरुवा गर्न लागिएको स्रोत बताउँछ। त्यसो गर्दा वीरगंजको तस्करीको लाइन पनि खुल्ने र धेरै आलोचना पनि नआउने योजना पूर्व डीआईजी माझीले बनाएका छन्। खरेल वीरगंज गएदेखि तस्करीको लाइन पूरै बन्द भएकाले छ।
प्रहरीमा भ्रष्ट छवि बनाएका चुतर्वेदी पनि सरुवाको लाइन मिलाउन काठमाडौंमै व्यस्त छन्। उनी बौद्ध वृत्त वा काभ्रेमा सरुवा हुन खोजेको स्रोत बताउँछ। काभ्रेका डीएसपी सुरेन्द्र मैनालीले गणेश लामा समूहको गुण्डागर्दी बन्द गराएकाले मैनालीलाई सरुवा गर्न लामाले दबाब दिइरहेका छन्। रक्तचन्दन तस्करी बन्द गर्न पनि मैनाली सक्रिय भएकाले रक्तचन्दनको लाइन खोल्ने तयारीमा रहेका लामाले आफू अनुकुलको डीएसपीलाई काभ्रेमा लैजान खोजेका हुन्।


                                       पार्टीमा संकट
तस्करीको लाइन खुलाएका गच्छदार पार्टीमा भने संकटमा छन्। मन्त्री नपाएका कारण रामेश्वर यादव, जितेन्द्र देव, सर्वदेव ओझा, करिमा बेगम, रमानन्द मण्डलले पार्टी फुटाउने चेतावनी दिइसकेकाले पनि नेताहरूको चित्त बुझाउनलाई तस्करीमार्फत् गच्छदारले रकम उठाएको बताइएको छ। मन्त्री पद नपाएका नेतालाई गच्छदारले ठूलो धनराशी खर्च गरेर चित्त बुझाउँदै आएका छन्।

लगानी वातावरण बनाउँछौं: राष्ट्रपति



राष्ट्रपति रामवरण यादवले विदेशी लगानीका लागि जुनसुकै अवस्था र समयमा पनि नेपालमा वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् । दक्षिण एसियाली व्यवसायीहरूको राजधानीमा सुरु भएको बैठकको उद्घाटन कार्यक्रममा राष्ट्रपति यादवले यस क्षेत्रका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरे । 'जुनसुकै समय र स्थानमा पनि नेपाल सरकारले लगानीको वातावरण बनाउने छ,' उनले भने, 'तपाईहरू लगानी गर्न आउनुहोस् ।' दक्षिण एसियाली उद्योग वाणिज्य संघले आयोजना गरेको चारदिने कार्यक्रममा सहभागी हुन यस क्षेत्रका करिब २ सय २० व्यवसायी यतिखेर राजधानीमा भेला भएका छन् । उक्त कार्यक्रममा नेपाल अहिले घुम्नका लागि उपयुक्त समय भएको जनाउँदै राष्ट्रपति यादवले नेपाल भ्रमण वर्षमा यस क्षेत्रका व्यवसायीहरूलाई नेपाल भ्रमणको निम्तो पनि दिए । क्षेत्रीय सञ्जालमार्फत शान्ति र समृद्धि नारा दिइएको यस कार्यक्रममा महिला उद्यमी विकास, युवा उद्यमीको सम्भावना, क्षेत्रीय ऊर्जा सञ्जाल विस्तारका विषयमा छलफल हुने कार्यक्रम छ । 'हामी मनैदेखि दक्षिण एसियालाई एक आपसमा जोड्न चाहन्छौं,' सार्क चेम्बरका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठले भने ।
चेम्बरका अध्यक्ष अनिसुल हकले तीन टीमार्फत यस क्षेत्रलाई जोड्न सकिने अवधारणा प्रस्तुत गरे । 'सस्तो टेलिभिजन, टेलिफोन र टुरिजममार्फत यस क्षेत्रको समृद्धि सम्भव छ,' उनले भने । उनले दक्षिण एसियाली क्षेत्रीय लगानी प्रवर्द्धन एजेन्सी, दक्षिण एसियाली एक्सचेन्ज इन्डेक्स स्थापना गर्नुपर्ने अवधारणा सार्वजनिक गरे । कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले नेपालमा लगानी गर्न यस क्षेत्रका लगानीकर्तालाई आह्वान गरे । सम्मेलनमा सहभागी हुन नेपाल आएका श्रीलंकाका पूर्वप्रधानमन्त्री रत्नाश्री विक्रमानायकेले मिडिया, पर्यटन, खाद्य सुरक्षालगायत विषयमा यो क्षेत्र एक हुनुपर्नेमा जोड दिए ।
सन् २००६ देखि यस क्षेत्रभित्र स्वतन्त्र व्यापार विस्तार गर्न दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) कार्यान्वयनमा आए पनि अन्तर क्षेत्रीय व्यापार ५ प्रतिशत भन्दा बढ्न सकेको छैन । धेरै गरिबहरूको समेत बासस्थान रहेको यस क्षेत्रमा विश्वका २० प्रतिशत जनता बसोवास गर्छन् । सम्मेलनले व्यापार विस्तारमार्फत गरिबी कम गर्ने सम्भावना पनि खोज्ने आयोजकहरूले जनाएका छन् । काठमाडौ, आश्विन ४ -
बिरामी बोक्ने एम्बुलेन्सले रत्तचन्दन बोक्ने गरेको खुलासा

बा ६ च ८७८९ नम्बरको एम्बुलेन्स भैरवकुण्ड युवा कल्व तातोपानी सिन्धुपाल्चोकको हो 
2 भैरवकुण्ड युवाकल्व हिन्दी,
3 सदावहार स्वास्थ्य केन्द्र खाडीचौर 
4 अरनीको यातायात सेवा समिति
ले साचालन गरेको एम्बुलेन्सबाट अबैध सामानको आयात निर्यातमा प्रयोग हुदै आएको छ ।
 
४ असोज, भक्तपुर । बढ्दो अपराध र तस्करी नियन्त्रण रोक्न प्रहरीले जतिजति नायाँ रणनीति बनाउँछ त्यसरी नै तस्करहरुले पनि प्रहरीलाई छल्न नयाँ तरिका अपनाउने गरेको पाइएको छ ।
बिरामी बोक्ने एम्बुलेन्सजस्तो अत्यावश्यक सवारी साधनलाई अवैध रक्तचन्दन ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेपछि त्यस्तो रहस्य खुलेको हो । महानगरीय प्रहरी प्रभाग जगातिले बुधबार भक्तपुरबाट रक्तचन्दान लोड गरिएको बा ६ च ८७८९ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो । उक्त एम्बुलेन्सलाई काठमाडौँको बौद्धबाट चार गोलिया अर्थात 50 किलोग्राम रक्तचन्दन लिएर तिब्बतको खासातर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
सो एम्बुलेन्स भैरवकुण्ड युवा क्लब तातोपानी सिन्धुपाल्चोकले सञ्चालन गर्दै आएको बुझिएको छ । लामो समयदेखि एम्बुलेन्समा नक्कली बिरामी राखेर चन्दन ओसार्ने गरेको चालकले प्रहरीसँगको बयानका क्रममा स्वीकार गरेका छन् । भक्तपुर प्रहरीले एम्बुलेन्स चालक स्याङबो लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जनाएको छ ।

Monday, September 19, 2011

सिन्धुपाल्चोकबाट एक ट्रक रक्तचन्दन बरामद्
२ असोज, सिन्धुपाल्चोक । प्रहरीले सिन्धुपाल्चोकबाट चीनको तिब्बततर्फ निकासी गर्दै गरिएको एक ट्रक अवैध रक्तचन्दन बरामद गरेको छ ।
प्रहरीले खाँडीचौर नजिकैबाट अँधेरीखोला प्रहरी चौकीले लुकाइछिपाई बिक्रीका लागि खासा लैजाँदै गरिएको ६ गोलिया अवैध रक्तचन्दन बरामद् गरेको हो । बा१ख ५६९३ नम्बरको ट्रकमा लैजाँदै गरिएको चन्दन गएराति बरामद गरिएको इप्रका बाह्रबिसेका एसपी र...ाजुराम सुवालले जानकारी दिनुभयो । सुवालका अनुसार चन्दन निकासीमा प्रयोग गरिएको ट्रक र त्यसका चालक सिन्धुपाल्चोक मर्मिन गाविस स्थायी घर भएका डुन्डुप तामाङलाई प्रहरीले चन्दनसँगै नियन्त्रणमा लिएको छ । बरामद चन्दन आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय सिन्धुपाल्चोकको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसअघि केही दिनअघि पनि प्रहरीले सिन्धुपाल्चोकबाटै रक्तचन्दन नियन्त्रणमा लिएको थियो । चन्दन निकासीमा मिलेमतो रहेको रहस्य खुलेपछि केही जुनियर प्रहरी अधिकृतलाई निलम्बन गरी थप कारबाही अगाडि बढाइएको छ ।

अनियमितता गर्नेलाई नाम मात्रको कारबाही




आयातित सामान राजस्व नलिई छाड्ने कर्मचारीलाई भन्सार विभागले सामान्य कारबाही गर्ने भएको छ । राजस्व छलीमा संलग्न देखिएका उपसचिव लक्ष्मण थापा, शाखा अधिकृतद्वय राजेन्द्र ढुंगाना र गोविन्द अधिकारीलगायत ७ कर्मचारीलाई नसिहत र ग्रेड रोक्काको कारबाही गर्न विभागले लोक सेवा आयोगसँग सहमति मागेको छ ।   राजस्व नतिरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै व्यवसायीको गोदाममा पुगेको ४० लाख (खरिद बिलको मूल्य) रुपैयाँको क्यामेरा, आइपड, चिप्सलगायत सामान राजस्व अनुसन्धान विभागले जेठ २४ मा बरामद गरेपछि भन्सार विभागले छानबिन गरी कारबाही थालेको थियो । सामान बरामद भएको थाहा पाएपछि आयातकर्ताले ल्याएको प्रज्ञापनपत्र दर्ता गरी राजस्व बुझेर सामान जफत हुनबाट बचाउने प्रयास भन्सारका कर्मचारीले गरेका थिए । प्रमुख भन्सार कार्यालयहरूमा जाँचपासको काम स्वचालित प्रणालीमार्फत हुन्छ । यस्तो प्रणालीमा 'ब्याकडेट' मा प्रज्ञापनपत्र दर्ता गर्न सकिन्न । तैपनि राजस्व छल्ने आयातकर्तालाई बचाउन कर्मचारीले यस्तो दुस्साहस गरेका थिए । तर यस्तो जघन्य अनियमिततामा संलग्न कर्मचारीले पनि नसिहत र ग्रेड रोक्कामा मुक्ति पाउने भएका छन् । 'पहिले छुटे पनि पछि राजस्व तिराइएकाले कम कारबाही भएको हो,' विभागका महानिर्देशक टंकमणि शर्माले भने । भन्सार कार्यालयमा कार्यसम्पादनको आधारमा तलबको दुई सय प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने सुविधा दिएर सदाचार पद्धति लागू गरेको घोषणा गरिएको छ । अनियमितताका लागि बद्नाम भन्सारलाई भ्रष्टाचारमुक्त बनाउने लक्ष्य लिएर यस्तो भत्ताको सुविधा दिइएको हो । तत्कालीन अर्थमन्त्री रामशरण महतले नमुनाका रूपमा केही कार्यालयमा सुरु गरेको प्रोत्साहन भत्तालाई अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराईले अर्थमन्त्री हुँदा सबै भन्सार र आन्तरिक राजस्व कार्यालयमा लागू गरिएको थियो । सदाचार पद्धति घोषणा गरिएको ठाउँमा दुराचारको नमुना पेस गर्दा पनि कर्मचारी सजिलै उम्किने भएका छन् । २०५९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेईसजना कर्मचारीका घरमा छापा मारेर कारबाही गरेयता राजस्व समूहका कर्मचारीमाथि कारबाही भएको छैन । बरु राजस्व मारेर अकूत सम्पत्ति कुम्ल्याउन सफल कर्मचारीमाथि कारबाही गर्ने साहसिला प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय बाहिरिएपछि त्यही आयोगले राजस्व नलिई सामान छाड्ने कर्मचारीलाई उन्मुक्ति दिएर भन्सारमा अराजकता बढाउन मलजल गरेको उदाहरण छन् । तीन वर्षअघि माओवादीको वाईसीएलले राजस्व नतिरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको एक लट (कन्साइन्मेन्ट) सामान राजस्व अनुसन्धान विभागको जिम्मा लगायो । करिब ९० लाख रुपैयाँ बराबरको उक्त सामान राजस्व नतिरी भन्सारबाटै उम्किएको पुष्टि भयो । विभागले संलग्न अधिकृतलगायत सात कर्मचारीमाथि कारबाहीका लागि अख्तियार पठायो । तर अख्तियारको गुपचुप निर्देशनअनुसार कर्मचारीले सम्बद्ध व्यवसायीबाट राजस्व दाखिला गरे । अनि अख्तियारले राजस्व दाखिला भइसकेकाले कर्मचारीमाथि कारबाही गर्नु नपर्ने ठहर्‍यायो । आयुक्तहरू छँदा अख्तियारबाट यस्तो निर्णय भएको थियो । वैशाख अन्तिम साता रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको सेनाको अहि्रदमन गणका पति (प्रमुख सेनानी) रामजी थापाको मिलेमतो भारतबाट भित्रिएको रक्तचन्दन तिब्बत पुर्‍याइएको समाचार प्रकाशित भएपछि सैन्य मुख्यालयले छानबिन गरेको थियो । छानबिनमा दोषी देखिएका अधिकृतलाई सेनाले सेवाबाट बर्खास्त गर्नुका साथै २ वर्ष कैद सजायको फैसला साउन अन्तिम साता सुनाएको थियो । प्रहरीमा भ्रष्टाचार हुनेमा कहलिएको पर्सा जिल्लामा अहिले प्रहरीले दिन खोज्दा पनि घूस नखानेको पहिचान बनाउन थालेका छन् । करिब तीन महिनाअघि एसपी रमेश खरेलले जिल्ला प्रहरीको नेतृत्व सम्हालेपछि प्रहरीकोरूरुप यसरी फेरिएको हो । घूस नखानका लागि सम्झाइबुझाइ गर्ने खरेलले निर्देशन अवज्ञा गर्ने प्रहरीलाई तत्काल कारबाही थाल्ने गरेका छन् । उनले नौजनालाई कानुनी कारबाही गरिसकेका छन् । आठजना प्रहरीलाई चाहिँ केही दिन थुनेर सुधि्रने मौका दिइएको छ ।'सीमापारिबाट चोरी पैठारी गर्न छुट दिन्छु' भन्दै पैसा लिए पनि सामान ल्याउन नदिएको गुनासो आए पछि खरेलले इनर्वा प्रहरी चौकीका सइ जयकृष्ण कुर्मीलाई रंगेहात समातेर पछि थुनेको थियो । विराटनगरमा पनि प्रहरीको कार्यशैली परिवर्तन देखिन थालेको छ । भन्सारमा सदाचार पद्धतीलाई साँच्चिकै कार्यान्वयन गराउने हो भने अर्थ मन्त्रालयले अनियमिततामा संलग्न कर्मचारीमाथि कडारूपमा प्रस्तुत हुन जरुरी छ । नत्र प्रोत्साहन भत्ता र घूस खाने भाग्यमानी कर्मचारीको जमात मात्र तयार हुनेछ ।                काठमाडौ, आश्विन २ -

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...