Wednesday, September 20, 2017
आयल निगमका कार्यकारी निर्देशक खड्काले यिनीहरुलाई बुझाएका थिए थैली (नाम र रकम सहित)
रोशन कार्की
काठमाडौं । नेपाल आयल निगममा मौलाएको भ्रष्टचारमाथी को–कसको संलग्नता रहेको छ भन्ने बारे अहिले चर्चाको विषय बनेको छ । तर पछिल्लो पटक गोप्य रुपमा प्राप्त विवरण अनुसार देशमा भ्रष्टचार, अनियमिकता र अबैध कार्यमा उच्च पदस्थ कर्मचारी र राजनीतिक दलको शक्तिमा हुने गरेको खुलेको छ । जति चर्चा निगमका पदच्यूत भएका कार्याकारी निर्देशक गोपाल खड्काको भएको छ तर उनीले आफ्नो पद र लागेका आरोपबाट मुक्त हुनलाई हदै सम्मको हतकण्डा अपनाएको भेटिएको छ । खड्काले तत्कालिन समयमा आयत निगमको कार्यकारी निर्देशक बन्न बुझाएको ६ करोड रुपैयाँदेखिनै विवादमा तानिएका थिए । खड्काको कुशलताका कारण सो प्रकरणबाट बचे पनि अहिले जग्गा खरिद प्रकरणबाट भने नाङ्गिएका छन् ।
उनीले दलका उच्च नेताको आर्शिरबादमा भ्रष्टचार राज चलाउन प्रयोग गरेका व्यक्तीहरुको नाम सूची हेर्ने हो भने पत्याउन नसकिने अबस्था रहेको छ । तर उनले उच्च पदस्थव्यक्तीलाईनै लाखौ रुपैयाँ दिएर आफुमाथी लगाईएको आरोपबाट मुक्त गरिदिन हारगुहार गर्र्दै थैलि नेता र कर्मचारीलाई बुझाएको खुलासा भएको छ । गोप्य रुपमा स्रोतले दिएको विवरण अनुसार संसद अरजु राणालाई २१ लाख, रेणु दाहाललाई १६ लाख, रविन्द्र अधिकारीलाई ११ लाख, दीप बस्नेतलाई १८ लाख, नविन घिमिरेलाई १४ लाख र प्रेमकुमार राईलाई १७ लाख रुपैयाँको थैलि बुझाएको आरोप लगाएका छन् । सो बारे यर्थात के हो त भन्ने बारे थप खोजीकार्य भई रहेको छ । मन्त्रीपरिषद्का बैठकले सोमबार पदबाट हटाएपछि दिएको खड्काको अभिव्यक्तिबाट पनि सो रुपैयाँतर्पm संकेत गरेको निगमका एक कर्मचारीले नाम नलेख्ने सर्तमा बताएका छन् ।
लाखको थैली बुझाएको आरोप लागेका नेता तथा कर्मचारीः
आरजु राणा –२१ लाख
दीप बस्नेत – १८ लाख
प्रेमकुमार राई –१७ लाख
रणु दाहाल– १६ लाख
नविन घिमिरे– १४ लाख
रविन्द्र अधिकारी–११ लाख
खड्काले भनेका छन्,‘अहिले मलाई मात्रै जसरी दोषी देखाएर कारबाही गरिएको छ यसको कुनै औचित्य छैन, म निराश भएको छैन, झन मजबुत भएको छु, किनकि यसको मुख्य नाइके म नै हैन, अहिले भन्न अलि मिल्दैन, समय आएपछि आफै थाहा हुने नै छ, तर यस विषयमा मलाई मात्र दोषी देखाईएको छ त्यसको आधार स्पष्ट छैन ।’ खड्काले आफूलाई बिनाकारण हटाइएको भन्दै खैलाबैला मच्चाउन थालेसंगै आफूसँगै संलग्न भएका उच्च तहका व्यक्तिहरू बचेको आरोप समेमत लगाएका छन् । उनी सोमबार पदच्यूत परेसँगै भने,‘मैले जग्गा खरिद गर्दा कहाँ कहाँ कमजोरी कहाँ गरे ? कसले ग¥यो ? यसबारे संसदीय समितिकले पूर्ण प्रतिवेदन तयार खै ? प्रतिवेदनमा कहाँ लेखिएको छ ? मलाई मात्र कारबाही गर्ने आधार ? त्यसैले खै के छ आधिकारिक प्रमाण ? कसैको इच्छापूर्तिको लागि मलाई पदबाट हटाइएको हो । मलाई त कारबाही गरियो तर अरू संलग्नलाई चाहिँ सरकारले सबैलाई कारबाही त हुनुपर्ने नै होला ।’ भन्दै अभिव्यक्ती दिएका छन् । खड्काले सो भ्रष्टचारमा प्रत्यक्ष रुपमा संलग्न भएको र सो समयआएपछि सार्वजनिक गर्ने भन्दै चुनौती समेत दिएकाले रकमको थैली बुझाएको उनले घुमाउरो पारामा पुष्टी गरेका छन् ।
Tuesday, September 19, 2017
चौधरी ग्रुपको कर छलीमा सचिबकै हात !
रोशन कार्की
भारतको राजस्थानका मारबाडीहरुमध्ये मंगल साहुको पसलमा काम गर्ने भुरामल चौधरी करिब १ सय २५ वर्ष पहिले नेपाल छिरेका हुन । काठमाडौंको मखन टोलमा मंगल साहुको कपडा पसलमा काम गरेका भूरामलले पछि डुलुवा व्यापारीको काम गर्न थाले । भारतबाट नयाँ डिजाइनका साडी ल्याएर दरबारमा रानीहरुलाई बिक्री गर्ने र रानीहरुको अर्डर बमोजिमका कपडाहरु ल्याएर बेच्ने काम गर्ने भुरामलका छोरा लुनकरणदासले समेत बच्चा उमेरम बाबुले गरेकै कामलाई सघाए ।
तर, भुरामलको तेश्रो पुस्ता विनोद चौधरी अहिले बहुराष्ट्रिय कम्पनीका मालिक बनेका छन् । नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, सिंगापुर, अमेरिका, दुबई लगायतका देशमा उनको उद्योग र ब्यवसाय रहेको छ । बाजेको कपडा ब्यापार विस्तार भएर नातिको पालामा आइपुग्दा टेलिभिजन, फ्रिजजस्ता विद्युतीय सामाग्रीको एसेम्बल, चाउचाउ लगायतका फाष्ट मुभिङ कन्जुमर गुड्स एफएमसिजी, बैंकिङ, हस्पिटल, होटल ब्यवसाय, गाडी, रियलस्टेट, हाइड्रोपावरको क्षेत्रसम्ममा लगानी गरेका छन् । चौधरी ग्रुपको यी व्यवसायलाई देखाउदै विश्वको धनीको सूचीमा परेका बिनोद चौधरीले भने देशलाई बुझाउनु पर्ने कर र राजस्व समेत छली गर्र्दै आएको भन्दा सवैलाई अचम्म लाग्ने गरेको छ ।
उनले आफ्नो आत्मबृत्तान्त पुस्तकमा समेत आफ्नो संर्घषका कथा लेखेका छन् सो बाटै के प्रष्टहुन्छ भने भारतीय नागरिक नेपाल छिरेर नेपाली नागरिकता समेत लिई व्यापार व्यवसाय गरेको देखिन्छ । उनले अहिलेपनि २ देशको नागरिकता र राहादानी लिएको अरोप समेत रहेको छ । डुलुवा ब्यापारीको काम छाडेर भुरामलले जुद्धसडक (हालको विशालबजार नजिक) मा कपडा पसल खोलेका थिए । बाबु लुनकरण दासले डिपार्टमेन्टल स्टोर र विराटनगरसम्म ब्यापार विस्तार गरे । त्यसलाई विनोद चौधरीले विस्तार गरेर विदेशसम्म पु¥याए तर देशलाई बुझाउने कर नबुझाई रकम समेत अहिले विदेश लैजादै आए ।
आफ्नो व्यवसाय सुरक्षित गर्न तत्कालीन अधिराजकुमार धिरेन्द्रलाई विना लगानी ४९ प्रतिशतको साझेदार बनाएका चौधरीले जनमतसंग्रहलाई हराई पञ्चायतलाई जिताउन चन्दा समेत दिएर बहुदलको विपक्षमा लागेका थिए । देशमा प्रजातन्त्र आएपछि नेपाली कांग्रेससंग नजिकिए, देशमा आफ्नो व्यवसाय चलाउनु थियो र राजस्व कर छली गर्नुनै चौधरी समुहको एकमात्र उदेश्य रहेको थियो सोही उदेश्य पुरा गर्न चौधरीले सुरुमा काँग्रेसको भजन गाउदै अबैध करोबारलाई अगाडी बढाए ।
पछि संविधानसभा चुनाबमा पछि एमालेका तर्फबाट संविधान सभा सदस्यमा करोडौं रुपैयाँ बुझाएर सभासद समेत बने । सोही समयमा तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीलाई आफ्नो बसमा पारी छायाँ अर्थमन्त्री भएर अबैधरुपमा देशमा बुझाउनु पर्ने कर र राजस्व समेत गुटमुटाएर विदेश लगी जम्मा गर्ने राम्रो मौका पाए । सोही समयपछि उनी विश्वको धनीको सूचीमा समेत परे । तर देशलाई न कर बुझाए न राजस्व । उनले अर्थमन्त्रालय, गृह, उद्योग बाणिज्य मन्त्रालयका बहालवाला सचिब सहसचिबलाई चौधरी समुहको विशेष सल्लाहाकार भन्दै गोप्यरुपमा नियुक्तिनै गरेर मासिक ३ लाख रुपैयाँ तलव स्वरुप समेत बुझाउदै आएका छन् ।
आर्थिक वर्ष सकिनै लाग्दै उनै कर्मचारीबाट नक्कली कर चुक्ता गरेको सरकारी लेटरप्याडमा विवरण उपलव्ध गराउने र सोही विवरण कर कार्यालयमा दर्ता गराई अर्र्बौ रुपैयाँ कर छली समेत गर्न सफल हुदै आयो चौधरी समुह । चौधरीलाई उद्यमी ब्यापारी आफ्नो ब्यवसाय सुरक्षित गर्न कसरी राजनीतिक शक्तिसंग संबन्ध बनाउँ पर्छ भन्ने बारे समेत उनले आफ्नो पुस्तकमा लेखेका छन् । चौधरीले भनेका छन्, ‘उद्यमी ब्यापारीले ब्यवसाय अघि बढाउन सत्ता र शक्तिमा जो आएपनि सहकार्य गर्नुपर्छ ।’ भनाईको अर्थहो, आफ्नो अबैध कारोबारलाई निरन्तरता दिन व्यवसायीले कुनै शक्तिसंग सम्झौता गर्न पछि पर्न हुदैन् ।
देशमा नेता र दलको भजन गाउदै करोडौ रुपैयाँ कर छली गर्न सफल चौधरीलाई अझै बढी कमाउने हुटहुटी जागेपछि उनले नेपाल उद्योग वाणिज्य महासंघलाई नै प्रयोग गर्न महासंघको दोश्रो कार्यकालका लागि अध्यक्ष बन्न खोज्दा हारे । उनको उदेश्य पुरा गर्न केही व्यापारीबाटै अबरोध पु¥याएपछि महासंघको समान्तर नेपाल उद्योग परिसंघ खोलेर अबैध कारोबारलाई निरन्तरता दिई रहेका छन् । सो अबैध कारोबारलाई सहयोग गरेका छन् नेपालका चर्चित मिडिया हाउसमा कार्यरत पत्रकार र उच्च पदस्थ सरकारी कर्मचारीहरु ।
चौधरी ग्रुपले नेपालमा नक्कली भ्याट विलबाट कारोबार देखाई राजस्व छली गरेर भारतको टाटा इन्टरप्राइजेजको ताज होटलसंगको सहकार्यमा श्रीलंका र माल्दिभ्समा होटल सञ्चालन गरेका छन् । जिंक नामक नयाँ ब्राण्डको स्थापना गरेर थाइल्याण्डको कम्पनीसंगको साझेदारीमा बिभिन्न देशमा होटल सञ्चालन गरे ।
अमेरिकामा होटल र दुबइमा रियलस्टेट ब्यवसाय गरेको छ । भारतका आसाम, सिक्किम, उत्तराखण्ड, रुद्रपुर, गुजरात लगायतका क्षेत्रमा बाइबाइ चाउचाउको कारखाना छ । तर देशमा भएको कारखाना उनले राजस्व कार्यालयमा बुझाएको कर विवरणमा भने प्रत्येक वर्ष घाटामा गएको देखाइएको छ । सो नक्कली कर विवरणलाई अर्थमन्त्रालयका बहालवाला सचिब, राजस्व सचिबले प्रमाणित गर्न ठूला कर कार्यालयमा दबाब दिने समेत काम गरिदै आएको छ ।
चौधरीले नवलपरासीमा गंगादेवी चौधरी उद्योग ग्रामको स्थापना गरेका छन् । नक्कली बिल बनाएर भ्याट छली गर्नेमा चौधरी ग्रुप अन्तर्गतका कम्पनीहरुको नाम सार्वजनिक भएपनि शक्ति र पैसाको आड्मा उनी उन्मुक्ति पाउदै आएका छन् । चौधरी गु्रपको बिभिन्न अनियमितता र कर छलीका घटनाहरु सार्वजनिक भइरहदा समेत सरकारी पक्षबाट कुनै चासो नदेखाउदाँ भने सो कर छली कार्यमा सरकारी कर्मचारीकै ठूलो हात रहेको ठहर समेत भएको छ । विनोद चौधरीको धारणा बुझ्न पनि चाहेका छन् ।
विभिन्न सञ्चारमाध्यमले उनको सो कर छलीका बारेमा बुझ्न खोजेको पनि हो तर उनले सो बारे बताउने आँट समेत गर्न सकेका छैनन् । न उनले फोनमा बोल्ने आँट नै गरेका छन् । नेपालको ठूलो ब्यापारीक तथा औद्योगिक घरानाको उपादी पाएका चौधरी किन तिदैनन कर भन्ने बारे आम पठकहरुमा जिज्ञासा जाग्नु स्वाभाविकनै हो । सामान्य पृष्ठभूमिबाट अन्तर्राष्ट्रिय क्षेत्रसम्म ब्यवसाय विस्तार गर्न सफल भए भन्ने चौधरी गु्रप किन आम सञ्चारकर्मीसंग भाग्दै हिडे्का छन् ? अहिले यो प्रश्नको उत्तर चौधरी समुहसंग खोजीएको छ । यसरी गर्छ छली ।
भन्सार छली
चौधरी समुहले न्यूनबीजकीकरण गर्र्दै नेपालमा समान भित्राउने र बिक्री गर्दै आएका छन् । सो समहुलाई न्यूनविजिकरण गर्न भन्सार कार्यालयका प्रमुखको नै पहिलो हात रहेको छ ।
भ्याट छली
यसैगरी, आयात हुने सामानको भन्सार विन्दुमै १३ प्रतिशत भ्याट पनि लाग्छ । भन्सार महसुल लागिसकेको मूल्यमा भ्याट लाग्ने हो । तर सामान बिक्री गर्दा चौधरी समुहले थप १३ प्रतिशत भ्याट लिएर बिक्री गर्दै आएको छ भने सरकारलाई बुझाउने भ्याट विल भने नक्कली छापेर छली गर्ने गरेको छ ।
आयकर छली
राजस्व छलीको ठूलो खेल अब उक्त सामान बजारमा आइसकेपछि सुरु हुन्छ । सामान किन्दा बिल नदिने प्रपञ्च यही आयकर बढी तिनुपर्ने हँुदा सक्कली विल नदिने र दिएमा पनि नक्कली विल दिई आयकर समेत छली गर्दै आए ।
हुन्डी कारोबार
चौधरी सुमहको अर्को अबैध कारोबार हो हुण्डी । सो समुहले लामो समयदेखि हुण्डीको समेत काम गर्दै आएको छ । उसले नेपालमा आर्जन गरेको रकमलाई समेत हुण्डीमार्फत विदेश लैजादै आएका छन । भने अन्य व्यवसायीको समेत पैसालाई हुण्डीमार्फत विदेश पठाउने काम गर्दै आएका छ । वैधानिक बैंकिङ माध्यमबाट त भन्सारमा उसले देखाएको मूल्य बराबरको रकम मात्रै पठाउन सकिन्छ । यहाँ गैरबैकिङ माध्यमबाट कारोबार गरेका कारण पनि यर्थात मुल्य कति हो र कति राजस्व कर बुझाउनु पर्ने हो भन्नेमा समेत ठुला कर कार्यालय अन्योलमा परेको छ ।
सुन तस्करी
पछिल्लो समयमा विभिन्न देशमा आप्mनै कम्पनीमा उत्पादन गरिएका समानहरु आयात गरेको भन्दै सो सामानमा सुन समेत राखी नेपाल भित्राउने कार्यमा चौधरी समुह सकृय भएको छ । विशेष सरकारी सेटिङकै भरमा सुन नेपाल भित्राउने र सोही सुन भारत निर्यात समेत गर्र्दै आएको छ । हुन्डीको काम गर्दै गएसंगै सो समुहलाई सुन तस्करीमा समेत सहयोग पुगेको छ । सो समुहले हङकङ र दुबई, अमेरिकाबाट सुन भन्सार नतिरी तस्करी भएर नेपाल ल्याउने गरेको छ ।
विदेशी मुद्राको अपचलन
नेपालमा बसेर हुन्डी वा तस्करी गरेर नपुगेपछि सो समुहले प्रतीतपत्रमै घोटाला गरेर पनि अपचलन गदै आएको छ । सामान ल्याउने भनेर प्रतीतपत्र खोलेर रकम बाहिर लाने तर सामान नल्याउने विधिबाट विदेशी मुद्राको अपचलन गर्र्दै आएको पाईएको छ । भन्सारको छाप आदि भने नक्कली वा कर्मचारीको मिलेमतोमा गरिन्छ । सो अबैध कार्यलाई अर्थमन्त्रालयका राजस्व, राजस्व सचिबलगायत केही पत्रकारहरुले सहयोग पु¥याउदै आउदाँ देशको ढुकुटीमा जम्मा हुनु पर्ने पैसा चौधरी समुहको खातामा जम्मा गर्न सफल भएको छ ।
देशकै ठुलो व्यावसायिक घराना चौधरी ग्रुपले यसरी राजस्व र कर छली गर्दा समेत केही पत्रकारभने व्यक्तीगत स्वास्र्थ पुरा गर्न सो समुहमा जागिररे जीबन समेत विताएका छन् । पत्रकारितामा रहेका समय लगानीको पारदर्शीता, कर राजस्व भ्याट छली गरेको समाचार लेख्नेहरु अहिले कसरी कर छली गर्ने भन्ने नयाँ नयाँ योजनामा लागेका छन् । त्यस योजनालाई सफल बनाउन लागि परेका एक पत्रकार हुन मधु पौडेल । उनी अहिले सो ग्रुपको कर्पाेरेट कम्युनिकेसन्स जनरल म्यानेजर भएर बसेका छन् ।
कर नबुझाउने पहिलो नम्बरमा परेको कम्पनीको गुणगान गाउन केही पत्रकारलाई मासिक पैसा समेत दिएर राखेको छ सो समुहले । सो कार्यमा सहयोग गरेका छन् उनै पौडेलले । कुनै पनि अनलाईन या पत्रिकामा चौधरी ग्रुप विरुद्धमा समाचार या लेख आएमा सबैभन्दा पहिला उनै पौडेलले आफुलाई बरिष्ठ आर्थिक पत्रकार हुँ भन्दै हिड्ने(अहिले नाम गोप्य) संग परामर्श लिने काम गर्दै आएका छन् । उनले परामर्श लिने आर्थिक पत्रकारलाई चाडपर्वमा रक्सी र केही रकम समेत उपलव्ध गराउदै कर छलीमा सहयोग पु¥याउदै आएका छन् । karkirimn@gmail.com
Saturday, September 9, 2017
चौधरी ग्रुपले कहाँ तिर्छन कर ? सरकार किन चुप ?
रोशन कार्की
देशका ठूला औद्योगिक घरानाहरुले स्थापना कालदेखिनै बुझाउनु पर्ने कर नबुझाएको बारेमा सरकारी मातहतका निकायले अनुसन्धान गरेको भएपनि शक्ति केन्द्रको आड्मा उनीहरुलाई उन्मुक्ति दिएको छ सरकारले । ठुला औद्योगिक घरानाको नाममा हुदै आएको व्यापार व्यवसायले कर राजस्व छलीमा नम्बर १ को सूचीमा नाम परेपनि अर्थ मन्त्रालयले हाल सम्म सो समुहमाथी कारबाही गर्ने आट् गर्न सकेको छैन । सो सूचीको नम्बर १ मा परेको चौधरी ग्रुपले आजसम्म सरकारी ढुकुटीमा कुनै पनि कर राजस्व बुझाएको छैन ।
यस ग्रुप अन्तर्गतका कम्पनीहरुले आफैंले नक्कली मुल्यअभिबृद्धि कर (भ्याट) बिल जारी गरी कर छली गर्दै आएको लामो समय वित्यो तर सरकारले अहिलेसम्म कारबाही किन गर्न सकेको छैनन् भन्ने कुरा अहिले चर्चाको विषय बनेको छ । सो कम्पनीले ठुला मिडिया हाउसमा लगेर हामीले कर, नक्कली भ्याट विल हाम्रा कम्पनीहरुले जारी गरेको छैन भन्दै विज्ञापन छपाएर पानीमाथीको ओभानो बन्न चौधरी ग्रुप माहिर छ । चौधरी ग्रुपले उसको उद्योग व्यवसाय संचालन गर्नमात्र ४ सयभन्दा बढी व्यापारिक फर्महरुसँग वस्तु तथा सेवाहरू खरिद गर्दै आएको छ । वर्षाैंदेखि व्यापारिक कार्य गर्दैआइरहेका ति फर्महरुले जारी गरेको भ्याटको बिल नक्कली वा तिनिहरुले राजश्व नबुझाएको भन्ने कुरा छानविन गर्ने काम सरकारी निकायको हो तर सो बारे सरकार मौन रहनुले पनि चौधरी समुहलाई कर छली गर्न स्वीकृत दिएको आशंक्का किन नगर्ने ? चौधरी ग्रुपले नक्कली भ्याट बिल जारी गरेरै देशमा सञ्चालन गरेको उद्योगधन्धाको कुनै पनि कर राजस्व न्यूनमात्रामा बुझाएको तर जति मात्रामा बुझाउनु पर्ने हो त्यो मात्रामा नबुझाएको भनाई राजस्व विभागकै निर्देशकहरुको रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिलका बारेमा अनुसन्धान गदौ ठूला भनाउँदा व्यापारिक घरानाहरुले साना व्यवसायी, चिनेका मान्छेको नाममा खोलेको नामै नसुनिएका फर्मको नाममा नक्कली भ्याट बिल छापेर भ्याट छली गरेको प्रतिबेदन तयार गरेपनि हालसम्म त्यो प्रतिबेदन भुमीगत भएको छ । चौधरी समुहले त्यसैमार्फत किन्दै नकिनेको सामान किनेको देखाउँदै आएको छ । र, त्यसैबाट भ्याट र आयकर छल्दै आएको भेटिएको छ ।
उनीहरुले भ्याट बील त नक्कली बनाए, भ्याट तिरेको कागजातमा सरकारी अधिकारीको सही, सरकारी छाप, विवरण सबै नक्कली बनाएर पेश गरेका छन् । सो कार्यलाई चौधरी ग्रुपले अर्थमन्त्रालय, राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागका कर्मचारीलाई २ लाख ५० हजार रुपैयाँ दिएर सरकारी पत्रमा टिप्पणी, छाप र हस्ताक्षर गराई बुझाउने गैरकार्य गर्र्दै आएको छ ।
यस बाट राजश्व चुहावट वा कर छली हैन, राजश्वको डकैती नै गर्न अर्थमातहतको निकायबाहेक गृहमन्त्रालयका कर्मचारीलाई अधोषित रुपमा ‘बिशेष सल्लाहाकार’ नै नियुक्ति गरेको पाइएको छ । यस्तो अपराधमा राजश्व चुहावट ऐन र किर्ते कागजसम्बन्धी कारबाही गर्ने तयारी सुरुमा आन्तरिक राजश्व विभागले गरेको भएपनि ‘धन देखेपछि महादेबको पनि नौ नेत्र’ भने झै सरकारी कर्मचारीले कमिशन लिएर चौधरी समुहलाई उन्मुक्ति समेत दिदै आएको छ ।
यसरी अहिलेसम्म कर नबुझाउनेमा चौधरीमात्रै हैन, गोल्छा, दुगड, शंकर, विशाल, भाटभटेनीलगायत अन्य प्रतिष्ठित कम्पनीहरुको सूची लामो छ । चौधरी ग्रुपले सीजी ईलेक्ट्रोनिक्स, सीजी ईम्पेक्स र सीजी फुड्सको नाममा विभिन्न बस्तुहरुको उत्पादन गर्ने गर्छ कर बुझाउने बेला नक्कली भ्याट बिल जारी त्यो कम्पनी प्रायःघाटामा गएको वित्तिय विवरण सरकारलाई पेश गर्दै आएको छ ।
गएको वर्षनै राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल जारी गर्ने फर्मसँग कारोबार गरेकोले चौधरी ग्रुपका तीन कम्पनीलाई दोषी ठह¥याई जरिवाना (थप भ्याट कर निर्धारण) समेत गरेको थियो तर अहिलेसम्म सरकारले सो ग्रुपलाई स्पष्टीकरण समेत लिने आट गरेको छैन । चौधरी ग्रुपले यसमा चित्त नबुझेर पुनरावेदन ग¥यो, त्यसको अन्तिम निक्र्यैल हुन बाँकी छ । संसदमा तत्काल समानुपातिकबाट सभासद् समेत भइसकेका विनोद चौधरी प्रमुख भएका तीन कम्पनीले न विदेशमा कर तिरेको प्रमाण सार्वजनिक गर्न सकेको छ न स्वदेशमा कर बुझाएको छ । अन्य साना लगानीमा सञ्चालन गरिएका कम्पनीमाथी सरकारले कर नबुझाएको भन्दै सिलबन्द समेत गर्दै आएको अबस्थामा लामो समयदेखि कर छली गर्ने चौधरी ग्रुपमा किन सरकारले सिलबन्द गर्न सक्दैन ?
यहाँ विनोदका कान्छा भाइ अरुण चौधरीको मारुती लगायतका गाडीको कारोबार गर्ने अरुण इन्टरकन्टिनेन्टलले समेत कर छली गर्दै आएको छ । चौधरी ग्रुपले वार्षिक ५ सय करोड रूपैयाँको हाराहारीमा राजश्व छली गर्दै आएको छ ।
कानुन अनुसार नगरिएको काम गैरकानुनी नै हो । त्यसैगरी उद्यमी र व्यवसायीमा हुने राजस्व आफैले तिर्छैँ भन्ने भ्रम पनि हट्न जरुरी छ । यथार्थमा राजस्व उद्यमी र व्यवसायीले होइन जनताले तिर्छन् । आयकर मात्र उनीहरुले आफ्नो आम्दानीबाट कटाएर तिर्ने हुन् । बाँकी त जनताले तिरेको राजस्व बुझाएको मात्रै हो ।
नक्कली भ्याट विल प्रकरण मुछिएका विनोद चौधरीलाई विद्यमान कानुन अनुसार कर तिरेको छ छैनभन्न बारेमा कुनै प्रश्न नै नगरि प्रतिष्ठित दैनिक पत्रिकामा सानो कामको समेत ठूलो स्थान दिदै आएको छ । सबैभन्दा तडकभडक प्रतिक्रिया समेत पुर्वसभासद् चौधरीले नै दिने गरेका छन् ।
विनोद चौधरीसँग सम्वन्धित तीन कम्पनीहरु एलजीका सामान बिक्री गर्ने सीजी इलेक्ट्रोनिक्स, नेपालमै एसम्बल्ड सीजी ब्राण्डका विद्युतीय सामान बिक्री गर्ने सीजी इम्पेक्स र वाइवाई चाउचाउ उत्पादन गर्ने सीजी फुड्सका तीन कम्पनीबाट करोडौ रुपैयाँ राजस्व छली गरिदै आएको छ ।
कम्पनीको नाममा खर्च देखाएर सर्वसाधरणले तिरेको भ्याट सरकारलाई नतिरि चौधरीको व्याक्तिगत खातामा जम्मा गर्दै अहिले उनी विश्वको धनीको सूचीमा समेत परेका छन् । यो अहिलेसम्मका लागि सही कुरा होला तर देशमा कर नबुझाउने तर विश्वको घनीको सूचीमा परेका चौधरी र चौधरी सम्वद्ध कुनै पनि कम्पनीले के कती कर बुझायो भन्ने विवरण सरकारले किन गर्दैन सार्वजनिक । यदी सो समुहले कर बुझाएको भए किन परेनन् सरकारले मनाउदै आएको कर दिवसमा उनको नाम र कम्पनी ? यसरी सो सूचीमा नाम नपरेपछि चौधरी समुहले कुनै पनि प्रकारको कर नबुझाई आफ्नो खातामा राखेर प्रत्येक वर्ष सम्पत्ती थपिएको बताउने चौधरीको सम्पत्तिको किन छानविन सरकारले गरेन ?
सरकारले तत्कालको समयमा चौधरी ग्रुपका सम्वन्धित अधिकारीसँग बयान पनि लिएको थियो । चौधरी हाउसको महाप्रवन्धक त कहिले एक्जुकेटिभ असिस्टेण्ट टु विनोदकुमार चौधरी अर्थात महेश पन्त र चौधरीका चार्टड एकाउण्टेण्टसँगको बयानका आधारमा सो समुहले भ्याट छली गरेको स्वीकारेका थिए । तर अहिले सम्म न चौधरीलाई कारबाही सरकारले ग¥यो न उसको कम्पनीमाथी छानविन नै ।
तत्काल चार्टड एकाउण्टेण्ट महेश पन्तले आफ्नो बयानमा लिखित बयान दिंदै भनेका थिए, हामीबाट गल्ती भएको छ । तर यस्तो बयान दिएको लामो समय वित्यो तर अहिले सम्म के भयो सो मुद्दा बारे सरकारले सार्वजनिक गर्न समेत सकेन ।
४० भन्दा बढी कम्पनी, चार हजार नेपालीलाई रोजगारी, १ सय ३० वर्ष पुरानो कम्पनी भएको भन्दै हँुकार गर्ने चौधरी ग्रुपले किन यति कर सरकारलाई बुझाए भनेर भन्न सक्दैन ? के यही तबरबाट चौधरी ग्रुपलाई उन्मुक्ति दिदै जाने हो भने अन्य कम्पनीलाई पनि करमा कडाई गर्न सरकारको नैतिकताले मिल्दैन ।
नक्कली नोट छापे जस्तै अपराधमा तपाईको संलग्नता प्रमाणित हुँदा समेत सरकारले सामान्य रुपमा के हो त भन्ने बारे पनि सोधखोज चौधरी ग्रुपसंग गर्न सकेको छनै । उद्योगपति विनोद चौधरीलाई भने सरकारले नै रातो कार्पेट विछ्याएर कर छलीमा सहयोग पु¥याउदै आएको छ । र कर छली गर्दै तोकिएको तौलभन्दा कम प्याक गरेकोे वाईवाई चाउचाउ खादै हामीनै भन्दै छौ चौधरी समुहले कर छली गरेर बसेको छ । प्रतिकृयाकालागि karkirimn@gmail.com
Monday, August 28, 2017
देशमा कर छली गरेका अर्बपति चौधरी विश्वको धनी ?
रोशन कार्की
पहिले पहिले नेपालकै पहाडका गाउँघरमा जिम्मुवाल, मुखिया, थरीलगायतका सामन्तहरूमा एउटा अनौठो चलन थियो । तामाको घडामा सिक्काहरू जम्मा गर्दै घरभित्र गाडिन्थ्यो । एक लाख रुपैयाँ बराबरका सिक्काहरू जम्मा भएपछि घरमुली धुरीमा गएर कुर्लन्थ्यो । ‘ल म लखपति भएँ है’ भन्दै कुर्लेको हेर्न गाउँलेहरू जम्मा हुन्थे । जो ऊ कुर्लेको हेर्न आउँदैन, ऊ सजायको भागीदार हुन्थ्यो । कुन सामन्त कतिपटक धुरीमा गएर कुल्र्या? त्यसैका आधारमा उसको प्रभाव बढ्थ्यो । ‘फलानो जिम्मुवाल यति पटक धुरीमा चढेको रे’ भन्ने आधारमा ऊ कति धनी छ ? भन्ने मूल्यांकन समाजले गथ्यो । सामाजिक चेतना र शिक्षाको विकाससँगै धुरी चढेर कुर्लने प्रचलन पहाडतिरका गाउँघरमा अब किंवदन्ती बनिसकेको छ ।
नयाँ पुस्ताका लागि कथा जस्तो बनेको छ । तर राजधानी काठमाडौंमा चाहिँ विनोद चौधरी नाम गरेका एकजना व्यापारीले यो प्रथाको पुनरोत्थान गर्ने प्रयास गरेका छन् । उनी ‘ल मैले अर्ब डलरको सम्पत्ति कमाए है’ भनेर कुर्लेको पनि धेरै वर्ष विते । उनको कुर्लाइलाई अन्धधुन्ध समाचार बनाउन नेपालका टाइकुन मिडियाहरूले तँछाड–मछाड गरेका छन् । गरिब मुलुकमा उदेकलाग्दो तमासा देखिएको छ । जुन मुलुकमा एक तिहाइ जनसंस्ख्या आज खायो भोलि के खाउँको अवस्थामा छन्, शरीर ढाक्ने वस्त्र नहुँदा जाडोले कठांग्रिएर मरिरहेका छन्, त्यही देशको एउटा व्यापारी मैले ४० वर्षको अवधिमा यति अर्ब डलर सम्पत्ति जम्मा गरिसके हैं भनेर कुर्लनु भावी पुस्ताका लागि यति ठूलो आश्चर्य हुनेछ कि –दास प्रथा, सती प्रथाका विषयमा वर्तमान पुस्ता जति आश्चर्यमा छ ।
जसको बाजे एउटा रित्तो लोटा बोकेर भारतबाट नेपाल छिरेको थियो, जो भ्याट छली, नक्कली बिल, प्रतितपत्र घोटाला, बैंकको कालोसूचीलगायतका प्रकारणमा पटक–पटक तानिएको छ । नेपालमा कमाएको रकम कुन बाटोबाट विदेशमा पु¥याएको छ ? भन्ने कुरा पारदर्शी छैन, त्यस्तो व्यक्ति ‘मैले अर्ब डलर कमाए है’ भनेर धुरीबाट कुर्लंदा नेपालको राज्य संयन्त्र तमासे बनेको छ । कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने विषयमा आवाज उठाउनुपर्ने अधिकांश मिडियाको मुख बुझो लागेको छ । उल्टै कानुन उल्लंघनलाई प्रोत्साहन हुने किसिमले व्यावसायिक मिडियाहरूले समाचार प्रवाह गरेका छन् । निमुखाको आवाज बोल्नुपर्ने मिडियाले विनोद चौधरीलाई बहादुर भन्दै समाचार तथा टिप्पणी प्रसारण÷प्रकाशन गर्नु दुर्भाग्य हो कि होइन ?
उपेन्द्र महतो, प्रभाकरणशमशेर राणा, रुक्मशमशेर राणालगायत नेपालका थुप्रैले करोडभन्दाबढी फाइदा निकालेर आफ्नो आम्दानीको केही हिस्सा समाजसेवामा खर्च गरेको अर्को नाटक पनि हाम्रै देशमा मन्चन भएको छ । टाइकुन मिडियाको टेलिभिजनमा लगानी गरेर कालाधनलाई सेतोमा रुपान्तरण गर्न सफल महतो समाजसेवाको नाममा अबैध काम समेत गर्दै आएका छन् । उनको पनि यति सम्पत्ती छ भनै प्रचार गर्ने हाम्रै मिडिया हो ।
साँच्चै वैध सम्पत्तिकै लेखाजोखा गर्ने हो विनोद चौधरीको सम्पत्ती कर समेत बुझाउनु पर्छ तर जहिले पनि सरकारी ढुकुटीमा न कुनै कर बुझाएका छन् न नेपालको कानुनलाई मानेका छन् ? प्रत्येक वर्ष चौधरी ग्रुपको कम्पनी घाटामा जान्छ तर सोही वर्ष विश्व धनीको सूचीमा चौधरीको सम्पत्ती बढी नै रहन्छ । यसबाट के पुष्टी हुन्छ भने देशमा बुझाउनु पर्ने कर राजस्वदेखि उनले कमाएको सवै रकम विदेश लैजान्छन र देशमा कर छलीमा नम्बर १ मै परेका छन् । उनले नबिल बैंकमा गरेको लगानीको स्रोत आफ्ना नाबालक छोराहरूले कन्सलटेन्सी गरेर २० लाख डलर आम्दानी गरेको देखाउनुले नै सो स्रोत कति सही हो, आफैं प्रस्ट हुन्छ । नेपालको कानुनले सरकारी स्वीकृति विना विदेशमा लगानी गर्न रोक लगाएको छ ।
व्यापारिक राजनीतिमा माहिर देखिएका चौधरीले ताज ग्रुपसँग सहकार्य गर्दा अपनाएको रणनीति, नेपालमा कर छली र कानुनलाई प्रभावमा पार्ने रणनीतिसँग फोब्र्स पत्रिकाको घोषणा ढाल बन्न सक्ने उनको रणनीति कम्ती चलाखीपूर्ण छैन । नेपालको सबैभन्दा ठूलो कारोबार गर्ने सिप्रदी ट्रेडिङ कम्पनी पनि प्रभाकरशमशेरकै हो । विनोद चौधरी र डा.उपेन्द्र महतोको सम्पत्ति कति होला ? नेपालको दोस्रो ठूलो करदाता तथा सबैभन्दा बढी नाफा गर्ने एनसेल कम्पनीका २० प्रतिशत हिस्सेदार डा.महतो कै छ एनसेल विवादमा आएपछि गोप्य रुपमा उनको नाम राखिएको छ ।
आफुलाई विश्वको धनीहरुको सूचीमा नाम राख्न सफल भएभन्दै पार्टी नै गर्ने र आर्थिक विकासमा ठुलो योगदान पु¥याएको भन्दै प्रचार प्रसार गर्नेहरुले सरकारी ढुकुटीमा कतिको योगदान पु¥याएका छन भन्ने बारे सोच्नु पर्ने बेला आएको छ ।
सरकारले उद्योगपति, व्यवसायी र अन्य पेशा गरेर तोकिएको रकमभन्दा बढी आर्जन गरेमा र कम्पनीनै सञ्चालन गरेमा तोकिएको कर बुझाउन सरकारले पटक–पटक आह्वान गर्दा समेत कानमा तेल हाल्ने हाम्रा उद्योगपतिहरु कर बुझाउने भन्दा पनि झन छली गर्नेमा प्रतिस्पर्धानै चलेको छ । सरकारले प्रत्येक वर्ष करदातालाई करको दायरामा आउन र बाँकी बक्यौता बुझाउन विभिन्न छुटको योजना ल्याएपनि अझै सम्म संकलन हुनु पर्ने कर बुझाउन ती उद्योगपतिहरु कर कार्यालयसम्म जाने गरेका छैनन । कर कार्यालयसम्म आउन छोडेपछि आन्तरिक राजस्व विभागले कम्प्युटर सिस्टमबाट कर बुझाउने व्यवस्था मिलाएको भएपनि सो व्यवस्थालाई समेत कर तिर्नुपर्ने समुहले बेवास्ता गरेका छन् ।
बरु लेखापरिक्षक लगाएर कर छलीका उपायहरु तयार गर्ने गरेको पाइएको छ । देशको ढुकुटीमा जम्मा गर्नुपर्ने रकम अनेत्र जम्मा गर्ने र सरकारी कर छली गर्नेमा ‘नेपाली माडवाडी’ समुह पहिलो नम्बरमा पर्दा समेत सरकारले सो समुहमाथी कारवाही गर्ने आँट गरेको छैन् । आफुलाई विश्वको धनी व्यक्तिहरुको सूचीमा नाम पर्दा दिपावाली नै गर्ने सो समुहले नेपालमा भने कर, नक्कली विलविजक र मुल्य अभिबृद्धि कर (भ्याट) छलीको सूचीमा परेपछि सरकारले सो समुह करछलीको ‘हिट लिस्ट’ मा परेको आन्तरिक राजस्व विभागको तथ्याङकमा उल्लेख छ ।
सरकारले लामो समयदेखि रोगकै रुपमा रहेको कर छली कार्यलाई नियन्त्रण गर्न जस्तो सुकै कार्यक्रम ल्याएपनि सरकार कर छली नियन्त्रण गर्नमा असफल हुदै आएको छ । अर्थमन्त्रालय अन्र्तरगतका निकायहरुलाई कर छली नियन्त्रण र करको दायरामा सवैलाई आउनका लागि प्रत्येक समय आह्वान गरेपनि आफुलाई ठूलो व्यवसायी र लगानीकर्ताको रुपमा परिचय बनाएको समुह चौधरी, गोल्छा, खेतान समुहनै कर बुझाउने तर्फभन्दा पनि छली गर्ने तर्फ लागेको प्रमाणहरु फेला परेको छ ।
सरकारको निर्देशनमा राजस्व विभागले प्रत्येक वर्ष ‘कर दिवस’ को रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ । सो कार्यक्रममा यिनै समुह सहभागी हुन्छन तर कर भने बुझाउदैनन् । आफुलाई ठुलो व्यवसायी भन्दै विश्वमा परिचय बनाएको समुह ‘माडवाडी समुह’ भने अहिले सम्म कहि कतैबाट सम्मानित सूचीमा नपरे पछि सो समुह कर बुझाउने भन्दापनि छली गर्नेको सूचीमा परेको छ । आफुलाई विश्वको धनीहरुको सूचीमा पार्न सफल उद्योगी तथा चौधरी ग्रुप, नेपाल लगायत विश्व बजारमा आफ्नो पहुँच भएको भन्ने खेतान समुह, ठुलो लगानी गरेको भन्दै आएको गोल्छा समुह अहिले सम्म कर छलीकै सूचीमा परेका छ ।
सो समुहले आफ्नो कारोबारबाट हुने मुनाफाबाट लिइने आयकर, भ्याट, घर बहालकर, अन्तशुल्क लगायतका कर समयमा बुझाउनु पर्नेमा सम्बन्धित निकायबाट ठुला व्यवसायीलाई भन्दापनि साना व्यवसायीलाईमात्र कडाई गर्दै आएको छ । करोडौंको आम्दानी गर्ने ठूला व्यवसायीहरु कहिले कर छली, कहिले नक्कली भ्याट बिल प्रकरण त कहिले मिसम्याच प्रकरणमा राजस्वको अनुसन्धानमा परेका छन । त्यस प्रकरणमा सवैभन्दा बढी माडवाडी समुहकै लागानीमा रहेका कम्पनीहरु पहिलो पक्तिमा पर्ने गरेपनि अझै सम्म सरकारले कारवाही नगर्दा करोडौ कर चुहावट भएको छ ।
विभागले ठूलो आम्दानी गर्ने तर कर नतिर्ने पेशाकर्मीको फाईलमा उच्च आम्दानी गर्ने डाक्टर, इन्जिनियर, वकिल, एनजिओ, आइएनजिओमा काम गर्नेहरु र विदेशी कम्पनी तथा संस्थाहरुमा कन्सल्ट्यान्टको रुपमा काम गर्ने र व्यवसायीहरुहरुको नाम र विवरण धेरै अघिदेखि संकलन गरेपनि सो विवरणमा भएका नामावलीका कारण विभागले फाईल खोल्न समेत खुट्टा कमाएको छ । विनोद चौधरीको नाम पनि समेटेपछि उनको चर्चा परिचर्चा खुबै चलेपनि उनले आफ्नो देशमा भने कर छली गर्नेको सुचीमा परेका छन ।
एकै पटकमा करोडो भन्दाबढी दान दिने उपेन्द्र महतो समेत आफ्नो सम्पत्तीको कर नबुझाउने सूचीमा रहेका छन । रुसमा मल्टिबिलिनियरका रुपमा आफ्नो परिचय बनाएका महतोले नेपालमा पनि विभिन्न व्यवसायमा आफ्नो लगानी गरेका छन्, तर उनी पनि सरकारले गर्ने कर बुझाउनेको सम्मानमा अझै सम्म पर्न सकेका छैनन् । सरकारी नीति नियमलाई बेवास्था गर्दै आफ्नोमात्र व्यवसाय सञ्चालन गरेका कम्पनी, व्यक्ती र अन्य समुहलाई कारवाही गर्न सरकारले खुट्टा कमाउनु हुदैन् ।
Saturday, March 18, 2017
एनसेल भ्रष्टाचार प्रकरण : करछली छुट दिए ३३ अर्ब खर्च गर्ने योजना
रोशन कार्की
काठमाडौं । एनसेलले नेपाली आकाशको प्रयोग गरि मोबाइल सेवाको नाममा हुने गरेको लुटलाई नेपाल सरकारकै उच्च पदस्थ कर्मचारीदेखि मन्त्री समेत कम्बर कसेर लागेका छन् । पछिल्लो समयमा एनसेलले नेपाल सरकारलाई बुझाउनु पर्ने ३३ अर्ब रुपैयाँ करल छुट दिने र सो बापत मोटो रकमको थैली बुझ्ने अन्तिम तयारीमा रहेको समेत आन्तरिक राजस्व विभागका एक उच्च अधिकृतले गोप्य रुपमा बताएका छन् । विभागको सो स्रोतका अनुसार खुला रुपमा एनसेलको ३३ अर्ब रुपैयाँ कर छली गरिदिएको खण्डमा करोडौ रुपैयाँ उपहार स्वरुप दिने तयारी गरेको र सोही लोभमा विभागका महानिर्देशक चुडामणी शर्मादेखि मन्त्री समेत कम्बर कसेर लागेको आरोप समेत लगाईएको छ ।
गोप्य रुपमा उपलव्ध गराएको विवरण अनुसार सो कम्पनीले पहिलो चरणमै कर छुट गरेको खण्डमा प्रतिव्यक्ती पद अनुसार न्यूनतम १० करोड रुपैयाँको थैली बुझाउने भएको उल्लेख छ । सो १० करोड रुपैयाँ पाउनेको सूचीको एक नम्बरमा अर्थमन्त्री कृष्णबहादुर महरा दुई नम्बरमा गृहमन्त्री बिमलेन्द्र निधि तीन नम्बरमा विभागका महानिर्देशक चुडामणी शर्मा रहेका छन् ।
त्यसैगरी, दोस्रो सूचीमा प्रतिव्यक्ती ८ करोड रुपैयाँको थैली अर्थमन्त्रालयका सचिब, सहसचिब र राजस्व सचिबकालागि छुट्टाएको विबरण विभागस्थीत स्रोतले जनाएको छ । एनसेलको सो विवरणमा तेस्रो सूचीमा ५ देखि ३ करोड रुपैयाँको थैली सहित सचिब, सहसचिब, राजस्व सचिबभन्दा मुनी रहेका तर सो कर छुटमा कागजात ओहोरदोहोर गर्नु पर्ने पदमा रहेकालाई छुट्टाइएको छ । (यो विभागबाट प्राप्त प्रारम्भीक विवरणमात्र हो)
विभागका अनुसार एनसेलले अन्त्तमा ३३ अर्ब रुपैयाँ नै खर्च गरेर भएपनि नेपाल सरकारलाई झुकाएर छोड्ने योजनामा सो कम्पनी लागि परेको छ । तत्कालीन समयमा एनसेलको साहु कम्पनी टेलियासोनेरा आफ्नै देश स्विडेनमा भ्रष्टाचारको मुद्दामा फँसेको थियो । टेलियासोनेरामा स्विडेन सरकारको ३७ प्रतिशत सेयर भएकोले भ्रष्टाचार मुद्दामा छानबिन गर्न त्यहाँको सरकार तम्सिएको हो। भ्रष्टाचारको प्रारम्भिक छानबिनका क्रममा टेलियासोनेराको उज्बेक साझेदारको स्विडिश बैँकमा रहेको ३ करोड अमेरिकी डलर सम्पति ‘फ्रिज’ गर्ने आदेश स्विडेनको अदालतले दिएको छ ।
नेपाल र एनसेल कनेक्सन
तत्कालीन समयमा उज्बेकिस्तानमा यही केस मिडियामा आएर हङ्गामा भएपछि स्विडेनको आर्थिक साप्ताहिक Veckans Affärer का पत्रकार Emanuel Sidea ले काठमाडौँ आई यहाँको एनसेलमा भएको अनियमितताबारे पनि अनुसन्धानमूलक खबर छापेको थियो । सो समाचारले नेपालका मिडियाले कुनै चासो दिएको थिए । तर स्विडेनका अन्य पत्रिका, टेलिभिजनले समेत यसबारे समाचार प्रसारण गरेका थिए । तत्काल एनसेल ब्रान्डमा टेलियासोनेराको लोगो र रङसहित सञ्चालन भइरहेको मोबाइल कम्पनीको लाइसेन्स खासमा स्पाइस नेपालले लिएको थियो । सन् २००१ को सेप्टेम्बरमा स्पाइस नेपालले लेटर अफ इन्टेन्ट पाउँदा कम्पनीमा मोदी नेपाल ९५५ प्रतिशत खेतान ग्रुप ९४० प्रतिशत र स्पाइस सेल ९५ प्रतिशतको मालिक थिए । तर राजा ज्ञानेन्द्रले सक्रिय शासनको अभ्यास गरिरहेको बेला सेप्टेम्बर २००४ मा लाइसेन्स पाउँदा यो कम्पनीमा राज ग्रुपको ९५ प्रतिशत शेयर थियो जसको मालिक ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह थिए ।
विश्वको कडा तानाशाह भएको मुलुक उज्बेकिस्तानमा बरु पत्रकारहरुले अनुसन्धान गरी समाचार छापिरहेका छन, त्यहाँका मिडियाले यसको निरन्तर फलोअप गरिरहेका थिए । तर लोकतान्त्रिक मुलुक हाम्रो देशमा व्यापारीको पैसाले सबको मुख थुनिदिएको थियो । शक्तिको उपयोग गरी मोबाइल लाइसेन्स हत्याउने टेलियासोनेराको क्रम ज्ञानेन्द्रको पतनपछि पनि रोकिएन । ज्ञानेन्द्र पतनपछि उदायो माओवादी नेपालको नयाँ शक्तिका रुपमा । पुष्पकमल दाहाल प्रधानमन्त्री भए । उनको निकट व्यापारी अजय सुमार्गीको नाममा हेलो मोबाइलको लाइसेन्स लिएर निकै सस्तोमा नेपाल स्याटेलाइट कम्पनीको नाममा मोबाइल सञ्चालन गर्ने लाइसेन्स दिइएको थियो । गत वर्षको अप्रिलमा टेलियासोनेराले हेलो नेपालको ७५ प्रतिशत सेयर किनेर आफ्नो बनाइसकेको थियो ।
ज्ञानेन्द्र शक्तिमा हुँदा राजबहादुर सिंह र दाहाल शक्तिमा हुँदा अजय सुमार्गी प्रयोग गरेर टेलियासोनेराले पर्दापछाडि कति रकम क–कसलाई घुस खुवायो, त्यो अनुसन्धानको विषय बनेको छ । अनुसन्धान गर्नेले २००१ देखि २००५ बीचका एनसेलका कागजात कसरी रहस्यमय ढंगले हराएका छन् । सेयर किनबेचमा नेपालको कानुनअनुसार कर बुझाइयो कि बुझाइएन भन्ने अनुसन्धान पनि गर्न नेपाल सरकारले सकेको छैन ।
सोही केस अहिले ३३ अर्ब रुपैयाँको सेयर बिक्री स्वामित्वको कर सरकारी ढुकुटीमा आउनु पर्नेमा सो छुट दिन पुनः प्रधानमन्त्री पुष्पकमल दाहालकै नेतृत्वको सरकारका अर्थमन्त्री कृष्णबहादुर महरा लागि परेका छन । पहिलो चरणमा दिन भनि छुट्टाएको रकममा समेत थप गरेर भएपनि कर छुट गराएर छाड्ने तयारीमा नेपाल सरकारनै लागि परेको स्रोतको दाबी रहेको छ ।
Tuesday, December 27, 2016
हुण्डी कारोबार संलग्नबाट बरामद ६ करोड रकम गायब
प्रहरी समात्ने विभाग विना कारवाही उन्मुक्ति दिने
रोशन कार्की
काठमाडौं । अस्थिर सरकारको मौका छोप्दै लामो समयदेखि प्रतिबन्धित कारोबारको अत्याधिकमात्रामा प्रयोग हुदै आएको ‘हुण्डी’ को व्यवसायलाई सरकारले अझै सम्म नियन्त्रण गर्न नसक्दा करोडौ रुपैयाँ विदेशीएको छ । सरकारी ढुकुटीमा जम्मा हुने कर समेत हुण्डीकै माध्यमले बाहिरीने क्रममा तीब्रता आएसंगै प्रतिबन्धित व्यवसाय गरेको आरोपमा विभिन्न समयमा पक्राउ परेकालाई समेत सरकारले नै उन्मुक्ति दिएको आरोप समेत लागेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले विभिन्न समयमा ३२ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको जानकारी दिएको थियो । तर, पक्राउ परेका हुण्डी कारोबारीलाई महाशाखाले अनुसन्धान तथा कारबाही गर्न राजश्व अनुसन्धान विभागलाई जिम्मा दिएपछि सो बारे कुनै कारवाही अगाडि नबढाएकै कारण हुण्डी व्यवसायीबाटै मोटो रकम लिएर उन्मुक्ती दिएको आरोप समेत विभागलाई लागेको छ ।
आर्थिक वर्ष २०७२/०७३ मा मात्रै अपराध महाशाखाले ३२ जना हुण्डी कारोबारी विभाग पठाएको थियो । ती हुण्डी कारोबारीमाथि कारबाही के भयो भन्ने कुनै रेकर्ड विभागमा रहेको छैन । सो हुण्डी कारोबारमा पक्राउ परेका बारे विभागमा सम्पर्पक राख्दा सो बारे केही जानकारी नभएको छोटो जवाफ दिने गरेका छना् ।
गएको वर्षको असोज ६ गते राजधानीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरी विभाग पठाएका हुण्डी कारोबारी न्युरोड खिचापोखरीमा रहेको मिलाप चन्द जैनका सञ्चालक शंकरलाल कोठारीको साथबाट प्रहरीले १८ लाख ५० हजार ९ सय ९५ रुपैयाँ सहित पक्राउ गरेको थियो ।
त्यस्तै नुवाकोट घरभएका नर्थ प्वाईन्ट मनि एक्चेन्जका सञ्चालक राजाराम पाण्डेको साथबाट ५९ लाख, ओम मनि एक्चेन्जका सञ्चालक ३। राकेश बैद्यको साथबाट ३ लाख १९ हजार ६ सय ८५ रुपैया,ँ खिचापोखरीको आरबी कम्प्लेक्समा रहको निलगिरी प्रालिका सञ्चालक किरणकुमार गुरुङको साथबाट ८८ लाख ३५ हजार पाँच सय रुपैयाँ, सुन्धाराको देउराली मनि एक्चेन्जका सञ्चालक नवराज गुरुङको साथबाट ३६ लाख ५३ हजार एक सय ८५ रुपैयाँ, सुन्धाराको देउराली ट्राभल्स एण्ड टुर्स प्रालिका म्यानेजर जेवाल हकको साथबाट युएस डलर सात सय ११ रुपैयाँ सहित पक्राउ गरेको थियो ।
त्यसैगरि, केशरी चन्दको साथबाट १६ लाख रुपैयाँ, नन्दु कुमार मरगको साथबाट दुई लाख ६६ हजार पाँच सय रुपैयाँ, एक तोला ४४ लाल सुन र एक सय ९४ तोला ८ लाल चाँदी, न्युरोडमा रहेको कंगारु एक्सप्रेस सर्भिस प्रालिका सञ्चालक रविन्द्र सुवेदी र पृथ्वीबहादुर रावतको मनि एक्सचेन्जबाट ३८ लाख ६ हजार पाँच सय रुपैयाँ सहित पक्राउ गरेर कारवाहीकालागि विभागमा बुझाएको थियो ।
त्यसैगरी, निकिदिभा ट्रेडर्सका सञ्चालक सुरेन्द्र गोयलको साथबाट ५० लाख ६५ हजार एक सय ५० रुपैयाँ र भारतीय एक लाख रुपैयाँ, भारत राजश्थान चरु घर भई काठमाडौं बसन्तपुर बस्ने सत्य प्रकाश शर्माको साथबाट १५ लाख १३ हजार पाँच सय रुपैयाँ, भारत राजस्थानका आकाश बेदको साथबाट १२ लाख ६६ हजार रुपैयाँ, उनी पनि निकिदिभा ट्रेडर्सका क्यासियरमा कार्यरतलाई समेत पक्राउ गरि विभाग बुझाईएको थियो ।
कुवँर प्रभु मनि ट्रान्सफरका सञ्चालक डिलबहादुर कुँवरको साथबाट तीन लाख ४२ हजार पाँच सय, अग्रवाल भारत राजस्थानको चुरु घर भई न्युरोडमा बस्दै एन्जल्स प्रालिका सञ्चालक शंकर लाल चनानी अग्रवालको साथबाट एक लाख ९२ हजार पाँच सय, नुवाकोटको खानिगाँउ–४ घर भई ढकाल एन्जल्स प्रालिका क्यासियर निरञ्जन ढकालको साथबाट २९ लाख ५० हजार, बर्दिया मगडागढी–९ घर भएका एन्जल्स प्रालिका क्यासियर डिल्ली बस्नेतको साथबाट एक लाख ५० हजार, तनहुँ व्यास–९ घरभई एन्जल्स प्रालिका क्यासियर अर्जुन कंडेलको साथबाट ६ लाख रुपैयाँ, गोरखा, बोर्लाङ्ग–५ घर भई टोखामा बस्दै आएको राजकुमार श्रेष्ठको साथबाट दुई लाख १२ हजार रुपैयाँ सहित पक्राउ परेका थिए ।
दोलखा, काभ्रे–५ का एन्जल्स प्रालिमा कार्यरत फुर्वा शेर्पाका साथबाट १२ लाख, भारतको राजस्थान, जयपुर घर भई पूर्ण लक्ष्मी ईन्टरप्राईजेजका सञ्चालक अरुण सावरथिया अग्रवालसमेत हुण्डीको कारोबार गदै गर्दा पक्राउ परेको थिए उनीहरुलाई थप कारवाहीकालागि विभाग बुझाएको भएपनि अहिले सम्म के कारवाही भयो त्यसको जानकारी विभागकै कर्मचारीलाई नभएको बताइका छन् ।
ओखलढुङ्ग, पोकली–४ घर भएका पूर्णलक्ष्मी ईन्टरप्राईजेजका सञ्चालक उदयकुमार शर्माको साथबाट २० लाख, नुवाकोटको महाकाली–२ घर भई न्यू मारुती ईन्टरनेश्नलका क्यारियरमा कार्यरत कृष्ण प्रसाद खतिवडाको साथबाट आठ लाख ८१ हजार पाँच सय, गोरखा, ताकुकोट–४ घरभई न्यू मारुती ईन्टरनेश्नलका क्यारियर समिर श्रेष्ठको साथबाट चार लाख ५४ हजार रुपैयाँ, रसुवाको सरमथली–७ घर भई बालाजु बस्दै आएका हम्स मनी ट्रान्सफरका क्यारियरमा कार्यरत नविन भट्टको साथबाट प्रहरीले पाँच लाख रुपैयाँ सहति गत वैशाख २९ गते सम्ममा पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले कुल १ करोड ७४ लाख ९९ हजार ६ सय ५० रुपैयाँ सहित राजस्व विभाग बुझाएको थियो । तर उनीहरुलाई विभिन्न बहानामा उन्मुक्ती समेत दिएको आरोप लगाईएको छ ।
पवनकुमार अग्रवाल सरावगी अनु ट्रेडिङका सञ्चालक भई हुण्डीको कारोबार गर्दै आएको अबस्थामा उनको साथबाट ६३ लाख ५० हजार रुपैयाँ, मोहनमान श्रेष्ठको बिन्देश्वरी व्याग एण्ड रेडिमेड उद्योगका सञ्चालक भई हुण्डी कारोबार गर्दै गर्दा उनको साथबाट १० लाख रुपैयाँ, एक लाख भारतीय रुपेया र विभिन्न बैकका ४९ वटा चेकहरु बरामद गरेको थियो ।
कुमार राई बिन्देश्वरी व्याग एण्ड रेडिमेड उद्योगमा कारोवार गर्न आएका थिए । उनको साथबाट १८ लाख रुपैयाँ, निर्दाेष प्रसाई पाथिभरा ट्रेडर्सका सञ्चालक भई हुण्डी कारोबार गर्दा उनको साथबाट १९ लाख ७१ हजार पाँच सय रुपैयाँ र विभिन्न बैंकका १० वटा चेक बरामद गरिएको थियो । राजन पौडेल माई पाथिभरा ट्रेडर्समा हुण्डी कारोवार गर्न आएको अबस्थामा उनको साथबाट ३२ लाख ५० हजार रुपैयाँ, टलबहादुर तामाङ पनि माई पाथिभरा ट्रेडर्समा कारोवार गर्न आएकै अबस्थामा ११ लाख ५० हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो । अमित खरेलको साथबाट १२ लाख, रोहित दुलालको साथबाट प्रहरीले पाँच लाख १६ हजार रुपैयाँ सहित पक्राउ गरेको थियो ।
आर्थिक वर्ष २०७२ र ७३ मा अपराध महाशाखाले हुण्डी कारोबार गरेको अबस्थामा पक्राउ गरेकाहरुसंगमात्र ६ करोड ६२ लाख ८९ हजार २ सय २५ रुपैयाँ बरामद गरेको थियो । त्यस्तै १ तोला सुन र १ सय ९५ तोला चाँदी पनि बरामद गरेको तथ्याङ्क महाशाखामा रहेको छ ।
हुण्डी कारोबारी गर्ने ३२ जना र पक्राउ परेका सबै सामानसहित अनुसन्धान गर्न अपराध महाशाखाले राजश्व अनुसन्धान विभागलाई जिम्मा दिएको थियो । तर यी हुण्डी कारोबारीका बारेमा सूचना माग्दा विभागले ठाडै अस्वीकार गर्दै उनीहरुलाई कारबाही भयो कि भएन, यिनीहरुको साथबाट बरामद गरेको पैसा कहाँ छ भनी प्रश्न गर्दा सो बारे कुनै जानकारी नभएको जनाएको छ ।
Thursday, March 24, 2016
कोक/ फ्यान्टाले मुटु रोग र क्यान्सर हुने खुलासा
रोशन कार्की
काठमाडौं । जाडो समय सकिएर गर्मी मौसम आएको छ । बाहिर उखरमालौ गर्मी बढ्दै छ । राजधानीमा पानीको अभाबमा प्यास मेटाउन के पियपदार्थ पिउने गर्नु भएको छ ? छ भने तत्काल छोड्नु होस ? गर्मीयाम लाई लक्षित गरि बहुराष्ट्रिय कम्पनीहरुले बजारमा चिसा पेयपदार्थ पिउने कुलत नेपालीमा पनि परिसकेको छ । तर, गर्मी छल्न भन्दै हामीले पिउने कोकाकोला र फेन्टा जस्ता पेयपदार्थ स्वास्थ्यका लागि निकै हानिकारक भएको विभिन्न अनुसन्धानबाट पुष्टि भइसकेको छ । नेपालमा कोकाकोला र फेन्टा, स्प्राइट लगायतका नाममा ‘गुलियो विष’ मा बेचिँदै आएको छ र ती पेय पदार्थमा एक त बेलाबेलामा अखाद्य वस्तु फेला परिरहन्छन् ।
विज्ञहरूका अनुसार कोकाकोला आफैंमा मन्द विष भएको बतउदै आएका छन् । भारतमा रामदेवले कोकाकोलालाई ‘ट्वाइलेट क्लिनर’ को संज्ञा दिदै त्यस्ता पेयपदार्थ नपिउन सर्वसाधारणलाई आग्रह गर्दै आएका छन् । उनले भनेका छन्, “गर्मीमा कागती, नीम र बेलको सर्वत पिउनुस्, फलफूलको फ्रेस जुस पिउनुस्, दही र मही पिउनुस् तर कोकाकोला पटक्कै नपिउनुस् ।” रामदेवले कोकाकोलामा हुने हानिकारक रसायनका कारण मानिसलाई क्यान्सरदेखि अल्सरसम्मका रोग लाग्ने विवरण नै दिएका थिए । भारत र नेपालका ठूला मिडियाले बहुराष्ट्रिय कम्पनीको रहर लाग्दो विज्ञापनको लोभमा कोकाकोला र फेन्टाको हानिकारक पक्षबारे जनचेतना जगाउने खालका सामग्री दिंदैनन् । विश्वका धेरै अनुसन्धाताले कोकाकोलाका बारेमा नकारात्मक रिपोर्ट दिएका छन् ।
केही वर्षअघि हार्वर्ड स्कूल अफ पब्लिक हेल्थको अनुसन्धानबाट कोकाकोलाले मोटोपन बढाउने मात्र हैन, त्यो जीवनकै दुश्मन भएको पत्ता लागाएको छ । कोकाकोला जस्ता गुलिया हल्का पेयपदार्थ पिएकै कारण वर्षमा विश्वभर करीब पौने दुई लाख (१ लाख ८० हजार) मानिसको मृत्यु हुने गरेको छ । कोक पिएकै कारण विश्वमा हरेक वर्ष एक लाख तेत्तीस हजार मानिस मधुमेहको शिकार हुने गरेका छन् भने हरेक वर्ष ६ हजार मानिस क्यान्सरको शिकार हुने गरेका छन् । कोक जस्ता पदार्थ पिएकै कारण करीब ४४ हजार मानिस मुटुको रोगी भएर मर्ने गरेका छन् । सन् २०१३ को १९ मार्चमा डेली मेल युकेको रिपोर्ट अनुसार यो तथ्यांक अमेरिकन हार्ट एसोसिएसनको बैठकमा प्रस्तुत गरिएको थियो ।
अमेरिकाको प्रतिष्ठित संस्था ‘इन्ष्टिच्यूट फर हेल्थ म्याट्रिक्स एण्ड इभोलुशन ग्लोबल बर्डन अफ डिजिज् स्टडिज’ ले सन् २०१० मा भारतमा गरेको अनुसन्धानपछि के पाइयो भने भारतमा त्यस वर्ष ९५ हजार ४ सय २७ जनाको मृत्युको एउटा ठूलो कारण कोकाकोला र फेन्टा जस्ता हल्का पेय नै रहेछ प्रतिबेदन सार्वजनिक गरेको थियो । मृत्यु हुनेहरूको संख्या सन् १९९० को तुलनामा २० वर्षमा १६१ प्रतिशतले बढेको रहेछ । सो रिपोर्टका अनुसार भारतमा कोकाकोला पिउनेहरूमध्ये ७८ हजार १७ जना मानिस मुटुको बिमारबाट मरे । ११ हजार ३१४ मानिस मधुमेहका कारण निधन भएका छन् ।
भारतको छत्तीसगढस्थित दुर्ग, राजनन्दन गाउँ र धमतारी जिल्लाका किसानका अनुसार उनीहरूले आफ्नो धान खेतलाई कीटनाशकबाट बचाउन कोक र फेन्टाको प्रयोग गरेका थिए र त्यो सफल भएको थियो । पानीमा कोक र फेन्टा मिलाएर धान बालीमा छर्किनु कीटनाशकको प्रयोगभन्दा धेरै सस्तो र प्रभावकारी भएको किसानहरूको अनुभवबारे सन् २००४ को ३ नोभेम्बरमा बीबीसी न्यूजले नै समाचार प्रसारण गरेको थियो । कोक र फेन्टा जस्ता कार्बोनेटेड पेयपदार्थबाट डाइबिटिज, हाइपरटेन्सन र पेटमा पत्थरी हुने संभावना अत्यधिक रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । दिनमा दुई वा त्यसभन्दा बढी कोक पिउँदा क्रोनिक किड्नी रोग हुने खतरा बढ्न सक्ने उनीहरूको सल्लाह छ । अमेरिकी चिकित्सा अनुसन्धान पत्रिकामा सन् २००८ को जुलाई १८ मा प्रकाशित खबर अनुसार कोकाकोलामा फस्फोरिक एसिड बढी हुन्छ, जसले हाम्रो मूत्र प्रणालीमा असर पारी मिर्गौलामा समेत पत्थरीको कारण बन्न सक्छ ।
विश्वको चर्चित पत्रिका ‘डेली एक्सप्रेस’ का अनुसार जो मानिस हरेक दिन कोकाकोला पिउँछन, उनीहरूलाई मुटु या नसाको रोग हुने खतरा ४३ प्रतिशत हुन्छ । अनुसन्धानकर्ताले अध्ययनका दौरान के पाए भने कोकाकोला नपिउनेहरूमा हृदयघातको खतरा कम देखिएको थियो । कोकाकोला पिउनेहरूको प्रजनन् क्षमता समेत कमजोर हुन्छ । अल्कोहल नहुने भएकाले यस्ता पेयलाई हल्का पेय भनिएको हो, तर कोकाकोला यस्तो हल्का पेय हो, जसमा कार्बनडाइअक्साइड ग्यास राखिएको हुन्छ, त्यसैले यसलाई कार्बोनेटेड पेय भनिएको हो । हामीले कोक या फेन्टा खाँदा केहीबेरमै नाक या मुखबाट एकप्रकारको ग्याँस बाहिर निस्किएको या डकार आएको महसूस गर्ने गर्र्छौं । त्यो खासमा कार्बनडाइअक्साइड हो । हामीलाई थाहै छ, हाम्रो शरीरले प्राण वायु शरीरभित्र लिन्छ । रगतमा भएको ग्लुकोजसँग दहन क्रिया भएपछि त्यो शरीरका लागि हानिकारक तत्वहरू समेट्दै कार्बनडाइअक्साइडका रूपमा शरीरबाट बाहिर निस्कन्छ । कार्बनडाइअक्साइड मानव शरीरले फाल्ने बायु हो । तर, कोक मार्फत हामी त्यही कार्बनडाइअक्साइड पेटमा हुल्ने गर्छौैं । फोक्सोले काम नलाग्ने भनेर फाल्ने कार्बनडाइअक्साइड हामीले पेट, रगतहुँदै दिमागसम्म पु¥याउँछौं, सोही कारण कोक पिएपछि नाकमा जलन हुन थाल्छ ।
कोकमा यस्ता धेरै घातक रसायन पाइएको छ । कोकाकोलामा सोडियम मोनो ग्लूटामेट, ब्रोमिनेटेड भेजिटेबल आयल, मिथाइल बेन्जिन र एडोसल्फान जस्ता विषाक्त रसायन हुने गरेको पाइएको छ । कोकाकोलामा चिनी या कर्न सिरप अत्यधिक हुन्छ । यो नै मानिसको मोटोपन, टाइप बी मधुमेह र मेटाबोलिक सिन्ड्रोमको कारण बनिदिन्छ । यसबाट उच्च रक्तचाप, उच्च कोलस्टोरल र मुटु रोगको कारण बनिदिन्छ । यस्ता पेयमा हुने क्यारमल रंग खासमा मिथाइलिमाइडोजल रसायन हो, जसलाई प्रयोगशालामा परीक्षण गरियो । आखिर यो रसायन फोक्सो, पेट र थाइराइड क्यान्सरको कारण भएको पाइएको छ ।
कोकाकोलामा हुने फस्फोरिक एसिड सबैभन्दा खतरनाक तत्वहरूमा एक हो । यो नै मानिसको हाडहरूको कमजोरी र आस्टियोप्यारोसिसको कारण हो । कोकमा साइट्रिक र फस्फोरिक एसिड हुन्छ, जसलाई धेरै खाँदा हाड र दाँत कमजोर हुन जान्छ ।
कोकाकोलाको अर्को घातक रसायन हो, क्याफिन । यो क्याफिनकै कारण कोक पिउने बच्चामा टाउकोदुखाइ, निद्रा नलाग्नु, चिड्चिडापन आदि समस्या देखा परेको अनुसन्धानकर्ताहरूले पाए । कोकाकोलामा हानिकारक कीटनाशकको निर्धा्रित मात्राभन्दा धेरै बढी घातक रसायन हुने भएकाले यसलाई कीटनाशकभन्दा खतरनाक मानिएको हो । यसमा भएको चिनी र एसिड नै बच्चाहरूको दाँत कीराले खाने र सडेर जाने कारण हुन् । किनकि, कोकमा भएको एसिडले दाँतको इनामेल नै मेटाइदिन्छ र दाँत सिरिङ्ग हुने रोग देखा पर्छ र विस्तारै दाँत कीराले खान थाल्छ ।
कोकाकोलाको अर्को खराबी हो, यसले मानिसको पेटमा पेप्टिक अल्सरलाई बढाइदिन्छ । कोल्ड ड्रिंक्समा मिठासका लागि सेक्रिनको प्रयोग गरिएको छ भने त्यो झन् क्यान्सरको कारण बनिदिन्छ ।
कोकाकोलामा पीएचको मात्रा २.४ देखि लिएर ३.५ सम्म हुन्छ, जुन एसिड याने अम्लकै अर्को रूप हो । घरहरूमा शौचालय सफा गर्दा प्रयोग गरिने ट्वाइलेट क्लिनरको ‘पीएच’ मानक पनि कोकाकोला सरह नै हुन्छ । यही कारण कोकाकोलालाई पनि शौचालय सफा गर्न प्रयोग गर्न सकिन्छ । रामदेवले यसलाई ट्वाइलेट क्लिनर भन्नुको खास कारण यही हो, जुन विज्ञानले प्रमाणित गरिसकेको छ । सामान्य रूपमा पानीको पीएच मात्रा ७.५ को आसपास हुन्छ, जुन पिउनयोग्य हुन्छ ।
कोकको बोतलमा अलिकति दूध मिसाउनुस् । त्यसलाई दुई तीन घन्टा त्यसै छाडिदिनुस् । त्यसपछि तपाईं देख्नुहुनेछ, बोतलको तल्लो सतहमा सेतो फोहोरजस्तो चिज जम्मा भइरहेको हुनेछ । अनि माथितर्फ हल्का रंगको पेय पदार्थ देख्नुहुनेछ । त्यस्तो किन हुन्छ भने कोकमा रहेको फस्फोरिक एसिडले दूधको क्याल्सियमलाई बाहिर निकालिदिन्छ । यदि यही कोक पिउने हो भने त्यसले हाम्रो हाडमा रहेको क्याल्सियमलाई पनि त्यसैगरी बाहिर निकाल्ने भयो । यसरी शरीरबाट क्याल्सियम बाहिर निस्कन थाल्यो भने तपाईंको हाड के होला ? खासगरी ती बच्चाहरू जो हुर्किंदो उमेरका छन् र जसलाई अग्लो हुन र शरीरको पुष्टिका लागि क्याल्सियमको अत्यधिक खाँचो छ, उनीहरू कोकको कुलतमा लाग्दा शरीरमा भएको क्याल्सियम पनि समाप्त हुन जान्छ । अनि उनीहरू रुग्ण, रोगी र कमजोर हुन्छन् ।
बहुराष्ट्रिय कम्पनीहरूले विश्वमा यसरी नयाँ पुस्तालाई रोगी बनाइरहँदा राज्य भने मौन बसेको छ । अनि ठूला मिडियालाई विज्ञापनको हाड फालिएको छ, उनीहरू पनि मौन छन् । नेपालमा अनुसन्धानले यी तत्व मुसाको फोक्सो, कलेजो थाइराइडमा क्यान्सर हुने कारण बनेको देखिएको छ । अमेरिकाको नेसनल टक्सिकोलोजी प्रोग्रामले पनि २ एमआई र ४ एमआई दुवैले जनावरमा क्यान्सर उत्पन्न गराएको र यसले मानिसलाई पनि नोक्सान र्पुयाउन सक्ने बताएको छ ।
Subscribe to:
Posts (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
सरकार र ग्यास उद्योगीबीच अवैध सम्झौता रोशन कार्की काठमाडौं । ऐन–कानुनको बेवास्ता गर्ने अभिव्यक्ति दिने एलपी ग्यास उद्योग र सरकारब...
-
एनसेलको ‘लुट’ प्रकरण स्वीडीश पत्रिकामा काठमाडौ, २६ असोज। नेपाली मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको हामीले विज्ञापनजन्य खवर मात्र पढ्...
-
उद्योग वाणिज्य महासंघमा तीब्र विवाद पहिलो केन्द्रीय बैठकमा २९ सदस्य अनुपस्थित रोशन कार्की÷राजधानी काठमाडौं १ असार व्यवसायीहरुको छाता स...







