रोशन कार्की/राजधानी
काठमाडौं, १२ जेठ
भन्सार विभागले गत सातादेखि लागू हुने गरी वृद्धि गरेको भन्सार मूल्यांकनमा एक सय रुपैयाँको सामानमा समेत भन्सार दर लगाउनु बाध्यता भएको जनाएको छ । भन्सार नाकाबाट व्यापारिक कारोबार गर्ने व्यवसायीहरूले झोलेपोके र स्थानीय बासिन्दालाई प्रयोग गरी करोडांै रुपैयाँका वस्तु आयात/निर्यात गर्न लगाएपछि विभागले बाध्य भएर सो नियाम लागू गरेको विभागका महानिर्देशक टंकमणि शर्माले बताएका छन् । ७स्थानीय बासिन्दालाई भन्सार नाकाबाट करोडौं रुपैयाँको वस्तु बोकाई भन्सार आयात/निर्यात गर्ने गरेको र सोबाट राजस्वमा भारी चुहावट भएकाले सो अवैध कार्यलाई नियन्त्रणमा लिन विभागले सो दर लागू गरेको हो,' उनले भने ।
भन्सार चुहावट गरी अधिकांश व्यवायीहरूले सामान आयात गर्न थालेपछि भन्सारको लक्षित राजस्व संकलनमा गिरावट आएका कारण सो रणनीति ल्याएको विभागले जनाएको छ । कम मूल्यांकन र न्यून गुणस्तरीय सामानको विवरण भरेर भन्सार राजस्व छलीमा व्यवसायीहरू संलग्न भएको सूचनाका आधारमा अनुसन्धान गरि सो अवैध कार्यलाई रोक्न विभागले कठोर निर्ण्र्ाालिएको जनाएको छ ।
विभागमा प्राप्त सूचनाका आधारमा नेपालको मेची, विराटनगर, कञ्चनपुर, भैरहवा, तातोपानी भन्सार कार्यालयसहित अन्य नाकाबाट स्थानीय बासिन्दा प्रयोग गरी सामान आयात गर्ने गरेको प्रमाणित भएपछि एक सयको सामानमा समेत भन्सार कर असुल गर्न निर्देशन दिएको जानकारी विभागले दिएको छ ।
यसरी विभागले पछिल्ल्ाो पटक गरेको निर्ण्र्ाााट आफ्नो अवैध कारोबारमा प्रत्यक्ष असर पुग्ने भएपछि भन्सार मूल्यांकन पर्ूववत् हुनुपर्ने माग राख्दै सम्बन्धित नाकाका व्यवसायीहरू आन्दोलनमा उत्रेका कारण एकै दिन अर्बौं रुपैयाँ राजस्व नोक्सानी हुन पुगेको छ । पर्ूववत् मूल्यांकनमा सामान आयात/निर्यात गर्न पाउनुपर्ने माग राख्दै गत आइतबारदेखि तातोपानी भन्सार कार्यालयमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा भन्सार नाका बन्द गर्न पुगेका व्यवसायीहरूले सो नाका हुँदै आएका एक सय ओटा मालवाहक भ्यान बीच बाटोमै रोकी मूल्यांकनको विरोध गरेका थिए । ७भन्सारले एकतर्फी रूपमा मूल्यांकन बढाएपछि बाध्य भएर भन्सार कारोबारमा अवरोध पुर्याएका हौ,' सो संघका प्रथम उपाध्यक्ष निमफुन्जो शर्ेपाले बताए । व्यवसायीको समूहले भन्सार कारोबार बन्द गराउँदै पर्ूववत् मूल्यांकनमा मात्र कारोबार हुने भन्ने दबाब दिएपछि तातोपानी भन्सार कार्यालयले सो समस्या समाधान गर्न एक कार्यदल गठन गरेपछि कारोबार खुल्ोको छ ।
विभागले तोकेको मापदण्डलाई समेत चुनौती दिँदै व्यापारिक कारोबार बन्द गर्न पुगेका व्यवसायीसँग भन्सार कार्यालयसमेत झुक्नुले यस नाकाबाट अवैध कारोबार गर्नलाई प्रोत्साहन पुगेको तातोपानी भन्सार कार्यालयका एक कर्मचारीले नाम नलेख्ने र्सतमा बताए । ती कर्मचारीले भन्ो, ७दलबलसहित भन्सार कार्यालय आइपुगेका व्यवासायीहरूले कानुनलाई समेत हातमा लिई भन्सार कारोबार बन्द गराएका थिए ।' बढी मात्रामा अवैध सामानको आयात/निर्यात हुने वीरगन्ज, मेची र तातोपानी भन्सार कार्यालयबाट भने सो मूल्यांकनको विरोधमा व्यवसायीहरू आन्दोलनमा उत्रेका छन् ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.