Friday, June 3, 2011

ए टु जेड ट्रेडिङ कम्पनीले नक्कली प्रज्ञापन पत्रबाट सामान नेपाल भित्रायो

बीरगंज २० जेठ। 
मुलुकको राजश्ववृद्धि दरमा गिरावट आइरहेको बेला यता देश कै सबभन्दा ठूलो आर्थिक केन्द्रको रूपमा मानिने आर्थिक नाका वीरगंज भन्सार कार्यालयबाट किर्ते भन्सार प्रज्ञापन पत्र बनाइ सोही पत्रकै आधारमा करोडौंको राजश्व छलिएको प्रमाण भेटिएको छ।
 राजश्व चुहावट तथा चोरी तस्करीलाइ नियन्त्रण गर्नका लागि भन्सार नाकाहरूमा लागू गरिएको आसीकुंडा प्रविधी अर्न्तर्गत कम्प्युटराइज्ड गरिएको प्रज्ञापन पत्रलाइ किर्ते गरी दैनिक रूपमा करौडौंको राजश्व छली भएको प्रमाण फेला परेपछि अहिले वीरगंज भन्सार कार्यालयमा र भन्सार विभागमा ठूलो हलचल मच्चिएको छ।
 प्राप्त खबर अनुसार गत बैसाख १७ गते ए टु जेड ट्रेडिङ कम्पनी वीरगञ्जको नाममा एम नम्बर ९५९६३ बाट सात लाख बाह्र हजार रूपैयां बराबरको इलेक्ट्रोनिक ग्यांस लाइटर भारतको गुजरातबाट आयात गरी वीरगञ्ज भन्सारमा ३ लाख ७८ हजार ७ सय ९० रूपैयां राजश्व्ा दाखिला गरिएको किर्ते कागजात तयार गरी समान छुर्टार्इर्र्को प्रमाण फेला परेपछि यसबारेमा थप अनुसन्धान भइरहेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
 किर्ते कम्प्युटराइज प्रज्ञापनपत्रमा विरगञ्ज भन्सार कार्यालयको छाप भन्सार निरीक्षक देखि अधिकृत सम्मको शस्ताक्षर र जाँचपास भएको स्टाम्प समेत लगाइएको छ। सो सम्बन्धमा छानवीन गर्दा सो कम्पनीले प्रयोग गरेको भन्सारको एम नम्बर ९५९६३ स्रि्रदी ट्रेडिङ्ग कम्पनी काठमाडौंको भएको र सो कम्प्ानीले उल्लेख गरेको ३०१६७९३०७ भ्याट नम्बर समेत जगदम्बा ट्रर्ेर्डस वीरगञ्जको भएको आन्तरीक राजश्व कार्यालय वीरगञ्जको अभिलेखमा भेटिएपछि सबै काम किर्ते र नक्कली गरी राजश्व छलि गरिएको प्रमाणित भएको छ।  भन्सार विभागको नेर्टवर्क भन्दा बाहिर कही कतैबाट कपी गर्न नसकिने प्रज्ञापन पत्र अचानक फेला परेपछि सो कार्यमा वीरगञ्ज भन्सार कार्यालयका केही निरीक्षक, जांचकी र भन्सार एजेन्टको सँलग्नता हुनसक्ने दाबी वीरगञ्ज भन्सारले गरेको छ। भन्सारको सिस्टमलाइ नै असफल पार्ने यस्तो कार्यमा संलग्न जो सुकैलाइ पनि कारवाही गर्न भन्सार विभाग प्रतिबद्ध रहेको भन्सार विभागका महानिर्देशक नवराज भण्डारीले बताउनुभयो। किर्ते प्रज्ञापन पत्रको आधारमा दैनिक रूपमा करोडौको समान राजश्व छली भित्रिने र सोही प्रज्ञापन पत्र देखाउँदै राजधानी लगायत मुलुकका विभिन्न स्थानमा पुर्‍याइने गरेको गुनासो वीरगञ्जका केही व्यवसायीले गरेका छन्।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...