Friday, June 24, 2011

सरकारको निर्देशन नमान्ने क्यासिनोको लाईसेन्स खारेजी प्रकृया सुरु


रोशन कार्की÷राजधानी समाचारदाता
काठमाडौं९ असार
लामो समयदेखि सरकारलाई बुझाउनु पर्ने रोयल्टी नबुझाउने क्यासिनोजुवाघरको लाईसेन्स सरकारले खारेजी गर्ने प्रकृया सुरु गर्ने भएको छ । सरकारले दिएको समयसिमाभित्र बाँकी रहेको बक्यौता नबुझाउने क्यासिनोलाई आबश्यक कारबाही पं्रकृया अगाडी बढाउने भएको हो ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गबहादुर विश्वकर्माले क्यासिनोलाई दिएको अल्टीमेटम विहिबारबाट सकिएकाले शुक्रबारबाट आवश्यक कारबाही अगाडी बढाउने बताए । उनले त्यस्ता क्यासिनोलाई ल्ााईसेन्स खारेज सम्मको कारबाही गर्न सरकार तयार रहेको जनाए । ुबक्यौता असुली नगर्ने क्यासिनोलाई कानुनी कारबाही हुन्छु मन्त्री विश्वकर्माले भनेुकारवाहीको प्रकृया लाईसेन्स खारेज सम्म हुन्छ । क्यासिनो साचालन सम्बन्धी नियमावालीलाई संशोधन गर्न कानुन मन्त्रालयमा पत्रचार गरि सकेको र सो नियमावाली संशोधन पछि बक्यौता नबुझाउने क्यासिनोलाई कारबाही गरिने जानकारी राजधानीमा विहिबार आयोजीत एक कार्यक्रममा दिए ।
सरकारले पटक-पटक बक्यौता रहेका क्यासिनोलाई विभिन्न चरणको समयसिमा दिदा समेत सो समय भित्र बाँकी रहेको बक्यौता नबुझाएका कारण सरकारले सो कदम चालेको हो । यसरी समयमा सरकारलाइ बुझाउनु पर्ने बक्यौता नबुझाउने क्यासिनोमा ुनेपाल रिकि्रएसन सेन्टरुअन्तरगत साचालीत क्यासिनो रहेका छन् । सरकारले सो सेन्टरबाट साचालनमा रहेको क्यासिनोलाई सातदिनभित्रमा सवै बाँकी बक्यौता असुली गर्न सरकारले समय सिमा तोकेको थियो । भारतीय नागरिक राकेश वाधबाको कम्पनी सो सेन्टरलाई बारम्बार ताकेता गर्दा पनि सरकारलाई बुझाउनु पर्ने रोयल्टी बक्यौता असुली नगरेपछि पर्यटन मन्त्रालयले सो निर्णय लिएको हो ।
बाधबाको कम्पनीले नेपालको पाँचतारे होटल हायतमा रहेको क्यासिनो तारासोल्टीको क्यासिनो नेपालएभरेष्टको क्यासिनो एभरेष्ट र अन्नपूर्णको क्यासिनो अन्ना साचालन गरेका छन् । सरकारको पछिल्लो तथ्याङक अनुसार चालु अबमा क्यासिनोहरुबाट रोयल्टीव्याजशुल्कस्रोतमा करकट्टी सहित ३२ कारोड ३७ लाख रुपैयाँ असुली हुन बाँकी रहेको छ । तीमध्ये अन्नाको १० करोड ३७ लाखफुलबारीको ६ करोड २६ लाखरोयलको २ करोड २० लाख रुपैया बक्यौता असुली हुन बाँकी रहेको छ ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...