Saturday, June 4, 2011

क्यासिनो अपराध कारखाना क्यासिनोले नेपालीहरूलाई जुवाको लत लगाएर कङ्गाल पारे




                 राजु लामा






                                                                 वीरेन प्रधान


                                                                           भीमसेन पण्डित

                                                                                                                                                      


रु.१० लाखका लागि २२ जेठ २०६६ मा हितैषी परिवारकी एक्ली छोरी ख्याति श्रेष्ठको अपहरण र हत्या गरेका काठमाडौं खुशिबुका वीरेन

प्रल्हाद महत

प्रधानले क्यासिनोमै भएभरको सम्पत्ति सिध्याएका थिए। उनको लत थाहा पाएपछि क्यानडाबाट श्रीमतीले पैसा पठाउन छाडेकीले क्यासिनोमा लगानी गर्ने गिरोहहरूको ऋणमा डुबे। खराब आचरणका कारण शिक्षकको जागिर पनि गुमिसकेको थियो।
                                                                                                             रोहित पलिवाल
यही बीचमा ख्यातिका बाबुआमा गोपाल र राधा श्रेष्ठले छोरीलाई रु.३० लाख खर्च गरेर पाइलट पढाउन लागेको सुनाउँदै सुझ्ाव मागेपछि मति बिग्रियो। एक सहयोगीमार्फत झ्ुक्याएर खुशिबुस्थित डेरामा ल्याए, स्लिपिङ ट्याब्लेट खुवाएर बेहोस बनाए र हत्या गरेर शवलाई टुक्रा-टुक्रा पारी पोलिथिन झ्ोलामा हालेर शहर बाहिरका विभिन्न स्थानमा फ्याँके। त्यसपछि राजेन्द्र मानन्धरको नामबाट फोन गरेर ख्यातिका बाबुआमासँग रु.१० लाख फिरौती मागे। ३१ जेठमा काकडभिट्टापारि पानीट्याङ्कीमा रकम लिएर १ असारमा काठमाडौं फर्किएका उनले ५ असारमा क्यासिनोमा रकम उडाउन ऋण दिएकाहरू र सहकारीको ऋण तिरे। त्यसको भोलिपल्टै पक्राउ परेकावीरेनलाई पानीट्याङ्कीमै समात्न सकिने अवस्था भएपनि ख्यातिलाई सकुशल घर फर्काउने कामलाई महत्व दिँदै छाडिदिएको प्रहरीलेे पछि फिरौती बुझनुभन्दा १० दिनअघि नै हत्या गरिसकेको थाहा भयो।
गएको ४ जेठमा भरतपुरबाट डा. भक्तमान श्रेष्ठलाई अपहरण गर्नेहरू पनि क्यासिनोकै अम्मली थिए। १८ दिनपछि तीन केजी सुन फिरौती लिएर डा. श्रेष्ठलाई छाडेका सात जनाको यो समूहका प्रमुख योजनाकार भीमसेन पण्डित र रोहित पालिवालले क्यासिनोमै पैसा उडाउने गरेको प्रहरी बताउँछ। प्रहरीका अनुसार २०६५ मा जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गरेको भीमसेन र रोहित पाँच ठूला अपहरणमा संलग्न थिए।

                                                                       रमेश खरेल 
                                 पछिल्लो समय क्यासिनो अपराधी जन्माउने ठाउँ भएको छ। 
                                                        
महाराजगञ्जस्थित थकाली चुल्होका सञ्चालक 'मकार भट्टचन, पशुपति पेन्टस्का सञ्चालक महेश मुरारका, युवा व्यापारीहरू निरज कक्षपति र बाबुराजा रावललगायत १० जनालाई अपहरण गर्ने अमर टण्डन, उदय सेठ्ठी (हाल जेलमा)को समूहका सदस्यहरूको अखडा पनि राजधानीका क्यासिनो नै हुन्। प्रहरी नियन्त्रणमा रहेका समूहका प्रल्हाद महतले फिरौती रकम क्यासिनो र डान्स रेस्टुरेन्टमा सकेको बताएका छन्। मोटरसाइकल चोरीबाट अपराधजगतमा प्रवेश गरेका महत क्यासिनोको लतसँगै ठूलो रकम आउने अपहरणको धन्दामा लागेका थिए। मुरारकाको अपहरणपछि फरार उनलाई अपराध महाशाखा हनुमानढोकाले कक्षपति र रावलको अपहरणलगत्तै २०६६ माघमा समातेको थियो। व्यापारी सचिन गुप्तालाई अपहरण गर्न नसकेपछि गोली हानेर घाइते बनाई हिँडेका महतले दुई वर्षअघि महेश मुरारकाको अपहरणको क्रममा आफ्नै समूहका सुदिप मैनालीको हत्या गरेका थिए। अहिले महतका साथीहरू विष्णु जिसी, विकास कार्की र तासी गुरुङ पनि थुनामा छन्।
क्यासिनोमा व्यवसाय र सम्पत्ति सखाप पारेर अपराधमा लाग्नेहरूको अग्रपङ्क्तिमा छन्, स्पाइडर ग्रुपका सन्दिप पाठक। खास नाम मिलन लामा भएका उनी दरबारमार्गको जुत्ता-कपडा पसल र नयाँ सडकको रेस्टुरेन्ट सिध्याएर अपराधको दलदलमा फँसेका तथा इन्टरनेट फोन र इमेलमार्फत व्यापारी, उद्योगपतिहरूबाट रकम असुल्ने गरेका छन्। मागेको रकम नदिँदा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष एलपी सावाँमाथि गोली प्रहार गर्ने पनि उनै भएको प्रहरीको दाबी छ। दिल्लीमा बसेर आपराधिक जालो विस्तार गरिरहेका सन्दिप भारतमा पक्राउ परेका थिए। तर, केही समय जेल बसी हालै मात्र छुटेका उनी फेरि पनि अपराधकै दुनियाँमा फर्किएको प्रहरीको भनाइ छ।

काठमाडौंका प्रहरी प्रमुख एसपी रमेश खरेल भन्छन्, “पछिल्लो समय क्यासिनो अपराधी जन्माउने ठाउँ भएको छ। आफ्नो सबै सम्पत्ति जुवामा सिध्याएपछि धेरै जना अपराधतिर लागेका पाइएको छ।”
क्यासिनोले तिरेका छैनन् करोडौ राजस्व

तिर्न बाँकी राजस्व   क्यासिनो बक्यौता
र्‍याड                         ३ करोड १४ लाख
साङ्ग्रिला                 ३ करोड ७२ लाख
नेपाल                १३ करोड ९५ लाख
भेनस                  २ करोड
एभरेष्ट                 २ करोड
रोयल                ३ करोड
अन्ना              ८ करोड
तारा                     २ करोड ८० लाख
फूलबारी (पोखरा) ८ करोड
ग्राण्ड (पोखरा)          ३ करोड
                                                आन्तरिक राजस्व विभाग

नेपालका १० वटा क्यासिनोले सरकारलाई बुझाउनुपर्ने रु.५० करोड बराबरको राजस्व तिरेका छैनन्। प्रत्येक क्यासिनोले सरकारलाई वार्षिक रु.२ करोड रोयल्टी तिर्नुपर्छ। आर्थिक ऐनमा हरेक भदौ मसान्तभित्र रोयल्टी नबुझ्ाए १५ प्रतिशत व्याजसहित असुल्ने प्रावधान छ।
सोल्टी होटलको क्यासिनो नेपालले सबैभन्दा बढी आव २०६२/६३ देखिको रु.१३ करोड ९५ लाख बुझाएको छैन भने अरूले पनि २ करोडदेखि ८ करोडसम्म बुझाएका छैनन्। क्यासिनो नेपाल, र्‍याड, साङ्ग्रिला र भेनसको रोयल्टी उठाउने जिम्मा पाएको आन्तरिक राजस्व कार्यालय, काठमाडौं क्षेत्र नं.३ का प्रमुख मधुसूदन पौडेलले क्यासिनो व्यवस्थापनलाई ताकेता गरिरहेको बताए। उनी भन्छन्, “उनीहरू नेपाली आउनै बन्द भो। खर्च ठूलो छ, तिर्नै गाह्रो भो भन्छन्।”



                                                                                                                        हिमाल खबरपत्रिका

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...