रक्तचन्दन तस्करीबारे माओवादीमा आरोपप्रत्यारोप
काठमाडौं, असार २६
चार वर्ष अघिजस्तै रक्तचन्दन तस्करीमा संलग्न भएको भनी माओवादी नेताबीच आरोप-प्रत्यारोप सुरु भएको छ। ओसारपसारमा प्रतिबन्धित रक्तचन्दन सीमावर्ती भारतीय गाउ"बाट तस्करी गरी तिब्बत पुर्याउन सहयोग गरेको भन्दै सिन्धुपाल्चोकका माओवादी नेता र सभासद्ले एक अर्कालाई दोष लगाएका छन्।
गृह मन्त्रालय स्रोतका अनुसार रक्तचन्दन तस्करी भई तिब्बत जाने प्रमुख स्टेसन सिन्धुपाल्चोक जिल्लामा छन्। माओवादी पोलिटब्युरो सदस्य एवं सञ्चारमन्त्री अग्नि सापकोटाले सिन्धुपाल्चोककै अर्का सभासद् राजकुमार श्रेष्ठ रक्तचन्दन कारोबारमा संलग्न भएको सार्वजनिक आरोप लगाएका छन्। श्रेष्ठ 'तस्करीको नाइके' भएको भन्ने आरोपसहितको एसएमएस सापकोटाले तामासालिङ राज्य समितिका सबै सदस्यलाई पठाएपछि विवाद बाहिर आएको हो। समिति संयोजक सापकोटाले श्रेष्ठकी पत्नी भौतिक योजना राज्यमन्त्री देवी खड्काले पनि सघाइरहेको आरोप लगाएका छन्।
भारतबाट तस्करी भएर काठमाडौंमा जम्मा हुने रक्तचन्दनको 'क्यारिङ' जिम्मा लिने गरेको आरोप उनीहरूमाथि लागेको छ। यसबारे जानकारी पाउनेबित्तिकै सभासदद्वय श्रेष्ठ र खड्काले 'झुटो आरोप' भन्दै प्रतिवाद गरे। केहि दिनदेखि खड्का दम्पती 'आफूहरूलाई फसाउन खोजियो' भनी नेताहरूलाई प्रष्टीकरण दिँदै छन्।'सापकोटाले लगाएको आरोप सत्य हैन भन्दै खड्का र श्रेष्ठले स्थायी समितिका धेरै सदस्यलाई भेटिसकेका छन्,' सिन्धुपाल्चोकका एक माओवादी जिल्ला नेताले भने, 'अब पार्टी केन्द्रको रिपोर्ट कुरेर बसेका छन्।'
सापकोटाको आरोप झुटो भन्दै खड्का दम्पतीले शुक्रबार माओवादी स्थायी समितिमा निवेदन दर्ता गराएका छन्। आरोप-प्रत्यारोपबारे जानकारी लिएर प्रतिवेदन पेस गर्न पार्टीले अमिक शेरचन, दीनानाथ शर्मा र वर्षामान पुनको उच्चस्तरीय समिति गठन गरेको छ। छानबिन समिति सदस्यस"ग खड्का दम्पतीले शनिबार छुट्टाछुट्टै भेटमा छलफल गरेका छन्। 'हामी हैन, अग्नि सापकोटा नै संलग्न छन्,' दम्पतीले समितिमा भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। दक्षिण भारतबाट नेपाल हु"दै तिब्बत र चीनका अन्य सहरमा रक्तचन्दन तस्करी भएर जाने क्रम अहिले बढेको गृहको अनुमान छ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार भारतीय सीमामा ३ हजार रुपैया" प्रतिकिलोमा पाइने रक्तचन्दन तिब्बत पुर्याउँदा 'बाटो खर्च' ६ हजार रुपैया"सम्म पाइन्छ। सापकोटाले रक्तचन्दन तस्करीमा खड्का दम्पती संलग्न भएको ठोकुवा गर्दै उपप्रधान एवम् गृहमन्त्री कृष्णबहादुर महरासमक्ष मौखिक उजुरीसमेत गरेका छन्। खड्का दम्पतीले भने आरोप सरासर गलत भएको दाबी गर्दै अविलम्ब छानबिनको माग गरिरहेका छन्।
गृहका एक अधिकारीका अनुसार रक्तचन्दनमा माओवादीका धेरै नेताको नाम जोडिएको छ। 'कहा"बाट सुरु गर्ने भन्नेमा मन्त्री अल्मलिनुभएको छ,' ती अधिकारीले भने, 'तानेर साध्य लाग्ने देखिएको छैन।'
सभासद् राजकुमार श्रेष्ठ |
सिन्धुपाल्चोकबाट रक्तचन्दन तस्करी भइरहेको उजुरी गृहमा दैनिक एउटा पर्ने गरेको छ। 'हाम्रो टोली पुग्दा मानिस पक्रन गाह्रो छ,' ती अधिकारीले भने, 'कसैलाई प्रत्यक्ष घाटा नहुने भएकाले यसमा उजुरी पनि कमै पर्दोरहेछ।' धेरैजसो झगडा भागबन्डा नमिलेर पर्ने गरेका छन्।
अग्नि सापकोटा |
संविधान सभा निर्वाचनको एक वर्षअघि जस्तै यसपालि पनि रक्तचन्दनको रकम उठाउन माओवादी नेतृत्वमा हानाथाप छ। भारतीय सीमाबाट एक ट्रक रक्तचन्दन तिब्बतको सीमा पुर्याउनेले प्रतिट्रक ५ करोड रुपैया" हाराहारी पाउने स्रोतको दाबी छ। तीन वर्षअघि मध्यावधि निर्वाचनका लागि रकम संकलन गर्न माओवादीले रक्तचन्दन तस्करीलाई प्रमुख स्रोत बनाएको थियो। तत्कालीन वनमन्त्री मातृका यादवले माओवादी नेताको नामै तोकेर 'तस्कर' भनेका थिए। 'अहिले फेरि नेताहरू कमाउन थालेजस्तो देखिन्छ,' गृह स्रोतले भन्यो।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।