शुल्क नलिई सामान छाडियो
भन्सारका छ कर्मचारीमाथि कारबाही सुरु
राजस्व नतिरी आयातकर्ताको गोदाममा पुगेको ४८ लाख रुपैयाँ मूल्यको सामान जेठ २४ गते राजस्व अनुसन्धान विभागले बरामद गरेपछि विमानस्थल भन्सारमा अनियमितता हुने गरेको खुलासा भएको थियो ।
विमानस्थल भन्सारका अधिकृतद्वय राजेन्द्र ढुंगाना र गोविन्द अधिकारी लगायत कर्मचारी विभागको अनुगमन इकाईले उपस्थित गराएको छ । उक्त दिन ढुंगाना जाँचपास र अधिकारी मूल्यांकनको काममा खटिएका थिए । बयान गराएपछि तिनलाई निजामती सेवा ऐनअनुसार कारबाही अघि बढाइने विभागले जनाएको छ । राजस्व अनुसन्धान विभागले प्रज्ञापनपत्र दर्ता नगरी सामान छोडेको फेला परेपछि संलग्न कर्मचारीलाई कारबाही गर्न भन्सार विभागलाई भनेको थियो । यसअघि विभागका उपमहानिर्देशक मधुसुदन पोखरेलको संयोजकत्वमा गठित निरीक्षण टोलीले पनि कार्यालयको कमजोरी भएको ठहर्याई कारबाही गर्नुपर्ने प्रतिवेदन दिएको थियो ।
पिएस मार्केटिङ र सर्डिस इन्टरनेसनलको नाममा आयात भएका क्यामेरा, आइपड, चिप्सलगायत सामान राजस्व नतिरी भन्सारबाट बाहिरिएको थियो । विभागले सामान बरामद गरिसकेपछि आयातकर्ताले राजस्व तिरेर सामान छुटाउन प्रयास गरे पनि विभागले जफत गर्नुका साथै संलग्न कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । 'जफत
भएको थाहा पाएपछि प्रज्ञापनपत्र दर्ता गरी आयातकर्तालाई जोगाउन खोजिएको थियो,' राजस्वसम्बद्ध स्रोतले भन्यो, 'भन्सारले दोहरो अनियमितता गरेको छ ।'
सरकारले भन्सार र आन्तरिक राजस्व कार्यालयलाई घूसमुक्त बनाउने भन्दै कार्य सम्पादनको आधारमा तीन वर्षदेखि २ सय प्रतिशतसम्म प्रोत्साहन भत्ता दिइरहे पनि यस्ता अनियमितता जारी छन् ।
उपप्रधानमन्त्री भरतमोहन अधिकारीले अर्थ मन्त्रालय सम्हालेयता सरुवामा कर्मचारी संगठनका साथै विभिन्न शक्ति केन्द्रको हस्तक्षेप सुरु भएपछि भन्सारमा अनियमितता बढेको अर्थसम्बद्ध स्रोतको भनाइ छ । 'अनियमितता पुष्टि हुँदा पनि संलग्न कर्मचारीलाई कारबाही नगरिएका कारण भन्सारका कर्मच्ाारी अनियमितता गर्न प्रोत्साहित छन्,' स्रोतले भन्यो ।
निकासी नै नगरेका व्यवसायीलाई रसुवा र तातोपानी भन्सारबाट निकासी गरेको प्रज्ञापनपत्र बनाइदिएर राज्यकोषबाट कर फिर्ताको सुविधा अन्तर्गत ७ करोड रुपैयाँ झिक्न सघाउने कर्मचारीलाई अझै कारबाही भएको छैन । रसुवा नाकाको अनियमितता खुलासा भएको एक वर्ष बितिसकेको छ । तातोपानीबाट कागज बनाइदिने सात अधिकृतको पहिचान भएको पनि छ महिना भइसकेको छ । सार्वजनिक लेखा समितिले नक्कली निकासीको प्रमाण बनाइदिएर राज्यकोषमा लुट मच्चाउन सघाउने कर्मचारीमाथि कडा कारबाही गर्न निर्देशन दिएको छ ।
समितिको निर्देशनअनुसार कारबाहीको प्रक्रिया सुरु भइसकेको भन्सार विभागका महानिर्देशक टंकमणि शर्मा बताउँछन् । 'प्रमाण जुटाउने काम भइरहेको छ,' उनले भने ।
काठमाडौ, श्रावण १३ -
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।