फेरि रक्तचन्दन बरामद
रुपन्देहीको भैरहवामा बुधबार रक्तचन्दनसहित एक व्यक्ति पक्राउ भएको अर्को दिन नवलपरासीको प्रगतिनगर गाउं विकास समिति वडा नं. ३ स्थित महाराजा सामुदायिक वनको जंगल भित्र बिहीबार प्रहरीले ठुलो परिणाममा रक्तचन्दन बरामद गरेकेा छ । तिन दिनदेखि सो स्थान वरपर र बजार क्षेत्रमा रक्तचन्दन लुकाएर राखेको भन्ने सुराकि पाएर तिन दिन अघि रक्तचन्दन बरामद गर्न गएको लुम्बिनि अंचल प्रहरी टोलि रित्तो हात फर्किएको थियो ।
नवलपरासीको प्रगतिनगर गाउं विकास समिति वडा नं. ३ स्थित महाराजा सामुदायिक वनको जंगल भित्र बिहीबार प्रहरीले बरामद गरेकेf रक्तचन्दन |
बिहीबार स्थानीय बासिन्दा गुणाखर भुसालले सामुदायिक वनमा घांस काट्न जाने क्रममा रक्तचन्दन देखेपछि सामुदायिक वनका पदाधिकारीलाई खबर गरेका थिए । यस लगतै सामुदायिक वनका पदाधिकारी, स्थानीय राजनीतिक दल, इलाका वन कार्यालय कावासोती र प्रहरीको को संयुक्त टोलीले उक्त परिणामको रक्तचन्दन बरामद गरेको हो ।
सामुदायिक वनमा रक्तचन्दन छरिएर लुकाइएको अवस्थामा फेला परेको थियो । वनमा अनेत्र पनि लुकाइएको हुन सक्ने आशंकामा वनमा अझै खोजी कार्यजारी राखिएको छ । यस बारे थप जानकारी आउन बाँकी रहेको छ । यस अगाबै कावासोतीका स्थानीय बासिन्दा र राजनीतिक दलको व्यापक दबाब पछि प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले रक्तचन्दन लुकाईराखिएको आशंका गरिएको ठाउंमा तत्काल छापा मार्न निर्देशन दिए लगतै पुन मंगलबार राति उक्त स्थलमा इलाका प्रहरी कार्यालय नवलपुर र इलाका वन कार्यालय कावासोतीका टोलीले संयुक्त रुपमा छापा मारे पनि रक्तचन्दन बरामद गर्न सकेको थिएन ।
कावासोतीमा रहेको युनाईटेड पोल्ट्री फर्ममा रक्तचन्द लुकाएर राखेको भन्ने सुराकि पाएर गत मंगलबार सांझ फर्ममा छापा मार्न गएको लुम्बिनि अंचलको प्रहरी टोली सो स्थानमा रक्तचन्द नभएको भन्दै फर्किएको थियो ।
सो र्फममा रक्तचन्दन नभएपनि कावासोति र रजहरको बिच जंगलमा रक्तचन्दन लुकाएर राखेको हुन सक्ने स्थानियवासीले बताउदै आएपनि प्रहरीले भने चासो देखाएको थिएन ।
र्फममा छापा मारेर प्रहरी गएपछि रातारात सो स्थान वाट लगेर जंगलमा लुकाएर राखेको भन्ने सुराकि समेत केहि स्थानीयवासीले प्रहरीलाई दिएका थिए । प्रहरीले वेवास्ता गरेपनि स्थानियबासीले रक्तचन्द्रन देखेपछि लुकाईराखेको अवस्थामा रक्तचन्द्रन भएको जानकारी गराएपछि प्रहरीको टोलीले ठुलो परिणाममा रक्तचन्दन फेला परेको हो । फेला परेको रक्तचन्दन ५८ वटा गुलिया रहेको नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले बताउनुभयो । बरामद भएका रक्तचन्दको मुचुल्का उठाई जिल्ला प्रहरी कार्यालय ल्याउने र त्यस पश्चात वन कार्यालयलाई बुझाउने प्रहरी उपरिक्षक शाहले बताउनुभयो ।
परासी,साउन ६
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.