चन्दन तस्कर फेरि सक्रिय
काभ्रे , भाद्र ३ -
राजनीतिक अस्थिरताको फाइदा उठाउँदै अरनिको राजमार्ग हुँदै तातोपानी नाकाबाट चीनको बजारमा रक्तचन्दन निकासी गर्नका लागि फेरि तस्करहरू सक्रिय भएका छन् ।
पछिल्ल्ाो समय उनीहरूले चन्दन निकासीका लागि थालेको केही प्रयासहरू असफल भएका छन् । वैशाख १० मा तातोपानी नाका कटाइसकेको साढे सात टन रक्तचन्दन प्रहरीले पक्राउ गरेको गर्यो । त्यस्तै असार १७ को राति चीनको खासातर्फ लैजान तातोपानीको कोदारी गाउँमा लुकाइराखेको १ हजार ४ सय किलो रक्तचन्दन पनि प्रहरीले छापामारी बरामद गरेको थियो । राजनीतिक संक्रमणकालको फाइदा उठाउँदै पुनः रक्तचन्दन तस्कर सक्रिय भएको वाग्मती अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी प्रेम चन्द स्विकार्छन् । उनले भने, 'तर हामीले अवैध रूपमा लैजान लागेको चन्दन पक्राउ गर्न, नियन्त्रण गर्न कुनै कसुर बाँकी राखेका छैनौं ।' उनकै कमान्डमा गएको एक टोलीले तातोपानीतर्फ लैजान लागेको साढे सात टन रक्तचन्दन वैशाख १० मा सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो । चन्दका अनुसार रक्तचन्दन तस्करी रोक्नकै लागि प्रहरीले चेकिङ निगरानी बढाएको र सुराकीका लागि ठूलो संख्यामा राजमार्गमा प्रहरी परिचालन गरिएको छ ।
सुरक्षा निकायको कडाइपछि चिनियाँ बजारमा निकासी गर्न नसकेर काठमाडौं, भक्तपुरको विभिन्न स्थानमा लुकाइराखेको करिब ७० टन रक्तचन्दन खासा निकासीका लागि तस्करहरू सक्रिय रूपमा च्यानल बनाउन लागिपरेको व्यापारिक स्रोतको दाबी छ । 'बारम्बारको बैठकपछि सबै जना सहमति नजिक पुगेेकाले केही दिनभित्रै ५० टनभन्दा बढी रक्तचन्दन खासा लगिँदैछ,' स्रोत भन्छ, 'चन्दन कसरी लैजाने र क-कसले लगानी गर्ने भन्ने विषयमा तस्कर, गुन्डा र व्यापारीहरूबीच दैनिक बैठक बस्ने गरेको छ ।' गृह मन्त्रालय र प्रहरीको माथिल्लो निकायसँग चन्दन तस्करीहरूले च्यानल सेट गरिसके पनि गृहका सचिव लीलामणि पौडेल भने रक्तचन्दन तस्करीको विपक्षमा उभिएकाले च्यानल पूर्ण रूपमा मिल्न नसकेको र पौडेललाई कुनै पनि हालतमा मनाउनुपर्छ भन्ने पक्षमा चन्दन व्यापारीहरू पुगेका छन् । हाल चिनियाँ बजारमा रक्तचन्दनको मूल्य विगतको तुलनामा अकासिएको छ । प्रतिकिलो ९ हजार रुपैयाँमा बिक्री हुने गरेको छ ।
अरनिको राजमार्गको विकल्पमा तस्करहरूले रसुवागढीको बाटो हुँदै चिनियाँ बजारमा चन्दन लैजान नसकेपछि अरनिको राजमार्गलाई नै प्रयोग गर्ने उनीहरूको योजना रहेको छ । 'रसुवागढीको बाटोबाट चन्दन निकासी गर्नु अहिले असम्भव नै रहेको छ,' स्रोतले भन्यो, 'किनकि सेनाले बाटोको चेकजाँच कडा बनाएको छ ।'
पूर्वसूचना तथा सञ्चारमन्त्री अग्नि सापकोटा र सिन्धुपाल्चोकका माओवादी सभासद राजकुमार श्रेष्ठबीच त रक्तचन्दन तस्करी गरेको एकअर्कामाथि आरोप-प्रत्यारोप नै चलेको छ । कसैले पनि काभ्रेको नाका कटाएर रक्तचन्दन लैजान नसक्ने व्यवस्था मिलाएका जिल्ल्ाा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुरेन्द्रप्रसाद मैनाली बताउँछन् ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.