Saturday, September 24, 2011

गाँजा र चरेश हुँदै रक्तचन्दन तस्करीमा माओवादी


लामो समयदेखि प्रतिबन्धित रक्तचन्दनको तस्करीमा माओवादीबाट संरक्षित भूमिगत गिरोह सक्रिय रहेको तथ्य खुलेको छ। यो गिरोहले सुरुमा गाँजा र चरेशको तस्करी गरेर सफलता हात पारेपछि रक्तचन्दनको कारोबार गर्न थालेको हो। गत शुक्रबार विहान निजी निसान जिपमा हालेर खासतर्फ लैजाँदै गरिएको रक्तचन्दन पनि उक्त समूहको रहेको स्रोतको दावी छ। यो समुहले सो बरामद रक्तचन्दन बौद्ध,जोरपाटी हुँदै भक्तपुर जगातीबाट काभ्रे पुर्या्एको थियो। रक्तचन्दन बोकेको जिपलाई जोरपाटीबाट तीन वटा पल्सर बाइकले स्कटिङ गरेका थिए। प्रहरीले चन्दन बरामद गरेको बा ६ च ४०३८ नम्बरको जिप रेग्मी थरका ब्यक्तिको हो। उक्त जिप चन्दन तस्करी गर्ने प्रयोजनका लागि उनले खरिद गरेको पनि थाहा भएको छ। उक्त निसान जिप गौतम मोटर टेडर्सबाट खरिद गरेको समेत खुल्न आएको छ। भूमिगत शैलीमा रक्तचन्दन तस्करी गर्ने यो समूहका नाइके सिन्धुपाल्चोक जिल्ला निवासी गोपाल श्रेष्ठ उर्फ सिगाने हुन्। प्रहरीले बा ६ च ४०३८ नम्बरको जिपबाट वरामद गरेको रक्तचन्दन करिव ६०० केजी रहेको सार्वजनिक गरेको थियो। तर, स्रोतले भने गोपाल श्रेष्ठ, रुद्र तिमिल्सिना, सभासद राजकुमार श्रेष्ठ र रामकुमार श्रेष्ठको लगानी रहेको उक्त रक्तचन्दन एक हजार केजी रहेको जनाएको छ। भूमिगत शैलीमा विरोधी समूहलाई सिध्याएर रक्तचन्दन एकलौटी रुपमा हात पार्ने समूहका नाइके गोपाल श्रेष्ठको नाम भने कही कतै सुनिदैन। स्रोत भन्छ–'अवैध कारोबार गर्दै आएका गोपालले २० टन रक्तचन्दन उपत्यका भित्र आफ्नो रहेको स्वयम् बताउने गरेका छन्।' उक्त परिमाण वरावरको रक्तचन्दन सकभर आफै लैजाने र त्यो संभव नभए विभिन्न समूहलाई बेच्ने दाउमा रहेको एक व्यापारीले बताए। गोपालको समूहमा छिरिङ शेर्पा 'होक्टा' र लासा सोनाम पनि संलग्न रहेका छन्। विभिन्न व्यापारीहरुबाट उठाएको करोडौं रकम तिर्न नसकेपछि गोपालले अरुलाई ढाल बनाएर चन्दनको तस्करी गर्दै आएका छन्। उता, नेपाल प्रहरीका आइजीपी रविन्द्रप्रताप शाह र गृह सचिव लिलामणी पौडेलले तस्करहरुको करोडौंको अफर अस्वीकार गरेपछि तस्करहरुले निजी गाडीमा चन्दनको गोलिया बनाउँदै लैजान थालेका हुन्। गत शुक्रबार बरामद रक्तचन्दनको तस्करीमा नेपाल प्रहरीका घुमुवा सिद्धिबहादुर कार्की संलग्न रहेको तथ्य खुलेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी सुरेन्द्र मैनालीले आफै धामी आफै झाँक्री भन्ने उखान झै छानविन समिति बनाएर नाटक प्रदर्शन गरेका छन्। जवकि चन्दनसँगै पक्राउ परेका ड्राइभर विजय श्रेष्ठले वयानका क्रममा प्रहरी चेकिङ्ग पास गराइदिन्छु भन्दै चन्दन स्कटिङको सेन्ट्रो गाडीमा रद्र तिमिल्सिना, घुमुवा प्रहरी कार्की सहित अर्का एक व्यक्ति रहेको बताएका थिए। यति हुँदाहुँदै तिमिल्सिना र उनका समूहलाई डिएसपी मैनालीले पक्राउ समेत गरेका छैनन्। एउटा प्रहरी जवानले हाकिमको आदेश विपरित कसरी त्यत्रो आँट गरेर अवैध कारोबार गर्छ? जवकि ती घुमुवाहरु डीएसपीकै निर्देशनमा खटिएका हुन्छन्। त्यसो त करोडौं डुब्ने खतरा हुँदाहुँदै चन्दन तस्करहरुले सिपाहीको भरमा जोखिम मोल्न नसक्ने प्रहरी स्रोत नै बताउँछ। उक्त सेन्ट्रोको खोजी गर्ने प्रयासमा नलाग्नु, तिमिल्सिना समुहको सामान रहेको पुष्टि हुँदा समेत उनीहरु पक्राउ नपर्नु र डीएसपी मैनाली चुप लागेर बसेका कारण पनि उनी रक्तचन्दन तस्करका संरक्षक रहेको पुष्टि हुन्छ। त्यसो त चन्दन तस्कर गिरोहले लाइन मिलाउन डीएसपी मैनालीलाई काभ्रे पुर्यायएको एक प्रहरीले उल्लेख गरे।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...