Saturday, September 24, 2011

       
बोलेरोमा रक्तचन्दन ‘तस्करी’



 उच्च प्रहरी प्रसासनीक मिलेमतो र राजनीतीक संरक्षणमा हुने बहुमुल्य जडीबुटी रक्त्तचन्दनको तस्करी रुपन्देहीबाट पनि भईरहेको खुलेको छ । प्रतीबन्धीत रक्तचन्दको कारोवार नेपालका अन्य भारत तथा चिन सिमानाकाबाट भैरहेको खवर प्रकासमा आईरहेका बेला रुपन्देहीका सिमा नाकाहर्रु समेत रक्तचन्दन भित्रयाउने बाटो बनीरहेको खुलेको हो । 
रक्तचन्द आउने नाकाहरु मध्ये ढेडदुई वर्ष अगाडीसम्म रुपन्देहीका सिमा नाकाहरु अग्रस्थिानमा नै आउने गर्दथे । तर केही समय यता त्यस्तो विगबीगी कम भएको ठानीए पनि भित्रभित्रै भने रक्तचन्दनको कारोवार भैरहेको रहस्य बाहीर आएको छ । सोमबार राती भैरहवामा प्रहरीले बलेरो जिपमा रक्तचन्दन बरामद गरे पछि यस्तो रहस्य बाहीर आएको हो ।
 भारतबाट रकतचन्दन लिएर आउदै गरेको वा ६ च ५८०० नम्वरको बलेरो जिपलाई सोमवार राती भैहरवामा प्रहरीले रक्तचन्दन सहीत पक्राउ गरेको छ । पक्राउ गरीएको रक्तचन्दन करीव ७÷८ क्वीन्टल रहेको स्रोतको दावी छ । तर प्रहरीले भने यसको आधीकारीक पुष्टी गरेको छैन । बलेरोमा ल्याउदै गरेको अवस्थामा रक्तचन्दन पक्राउ परेको हो । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र नाथ रेग्मीले भने –‘थप अनुसन्धान जारी छ ।’ भैरहवाको सिमा नाका मेउडीहवाबाट बुटवल तर्फ ल्याउन लागेको अवस्थामा प्रहरीले भैरहवाको आखाँ अस्पताल अगाडीबाट सो बलेरोलाई रक्तचन्दन सहीत नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार रक्तचन्दनले भरीएको उक्त बलेरो जिप मेउडीहवा स्थित शसस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय अगाडीबाट मेडीकल कलेज हुदै बुटवल तर्फ आउदै थियो । तर शसस्त्र प्रहरीले भने त्यसबारे अनबिज्ञता ब्यक्त गरेको छ । शसस्त्र प्रहर्री बल सिमा सुरक्षा कार्यालय भैरहवाका प्रमुख प्रहरी उपरीक्षक उत्तम थनेतले रातीमा कार्यालयको गेटमा मात्र प्रहरीको पहरा हुने हुदा भित्रीबाटोमा चल्ने सवारी साधनमाथी चेकजाच कम हुने जनाए । बिभीन्न माध्यम हुदै भारतबाट मेउडीहवासम्म ल्याइएको रक्तचन्दन त्यहाबाट बलेरोमा लोड गरीएको थियो । रक्तचन्दनलाई बलेरो भित्र बोरामा बेरेर राखीएको थियो । पक्राउ गरीएको रक्तचन्दनको मुल्य ६० लाख भन्दा बढी रहेको अनुमान गरीएको छ । जसको भारतमा खरीद मुल्य भने ५÷६ लाख मात्र रहने स्रोतको दावी छ । चिनमा यसको कारोवार गर्न खुला गरीए पनि नेपालमा यसलाई पुर्ण रुपमा प्रतीबन्ध लगाईएको छ । जसको नेपालमा भन्सार समेत हुदैन । तर सम्वद्ध तस्करहरुले प्रसासनीक निकाय र दलहरुलाई समेत मोटो रकम बाढेर भन्सार नाकाबाटै महगां गाडीमा रक्तचन्दनको ओसारपोसार गर्दै आएका छन् । उता, एकीकृत नेकपा माओवादीले नवलपरासिका बिभीन्न स्थिानमा रक्तचन्दन गोदाम गरे र राखीएको दावी गरेको छ ।  माओबादी नवलपरासीले कावासोतीमा मंगलबार पत्रकार सम्मेलन गररे युनाइटेड पोल्ट्रीफर्ममा पांच टन रक्तचन्दन लुकाएर राखिएको दावी गरेको छ । तर प्रहरीलाई खवर गर्दा समेत सो स्थानमा खानतलासि नगरीएको माओबादी नवल परासिसह इन्चार्ज द्रोणबाबु सिवाकोटीले बताए । उनले प्रहरीको मिलेमतोमा उक्त रक्तचन्दन लुकाउ खोजीएको आरोप समेत लगाएका छन् । नवलपरासिमा गोदाम गी राखीएको रक्तचन्दन त्यहा असुरक्षीत महसुस गरेर तस्करहरुले नवलपरासिमा ल्याएको माओबादीको दावी छ ।बुटवल, ३ साउन ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...