Sunday, September 25, 2011

      दुर्घट्नामा तीन चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु


 विमान खसेपछि कोटडाँडा



कोटडाँडा (ललितपुर), आश्विन ८ - माउण्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको विमान ललितपुरको विशङ्खुनारायणस्थित कोटडाँडामा खस्यो । खराव मौसमका कारण बुद्ध एयरको १९०० डी वीचक्राफ्ट विमान दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित १९ जनाको मृत्यु भयो । मानव वस्तीमा विमान खसेपछि दिनभर यो क्षेत्र त्रस्त देखिथ्यो । बुद्ध एयरको बीचक्राफ्ट विमान ललितपुरको कोटडाँडामा आइतबार विहान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १९ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी विमानमा सवार १९ जनाकै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख एसपी भोगबहादुर थापाले जानकारी दिनुभयो । १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनलाई स्थानियवासी र प्रहरीको टोलीले जिबितै उद्धार गरि बी एण्ड बी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
मृत्यु हुनेमा चालक दलका तीनसहित छजना नेपाली छन् । दुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरुमा चालक दलका सदस्यहरु क्याप्टेन जेबी ताम्राकार, को-पाइलट पद्मा अधिकारी, एयर होस्टेस अस्मिता श्रेष्ठ रहेका छन् । यस्तै यात्रुहरु शारदा कर्माचार्य, जंगजन कर्माचार्य र निराजन कर्माचार्य रहेको बुद्ध एयरले जनाएको छ । घाइते अवस्थामा उद्धार गरिएका निराजनलाई बी एण्ड बी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । विमान दुर्घटनामा मृत्यु भएका मध्ये १० जना भारतीय नागरिक रहेका छन् । मृत्यु हुनेमा पङ्कज मेहता, छायाँ मेहता, एस नागराजा, टि नागराजा, एल नागराजा, एचडी नागराजा, डी जालो सुवरसम, डिपी सुवरसम, जालो सुवरसम नागराजा, पी जालो सुवरसम रहेका छन् । त्यसैगरी जापानका तोसिनोरी जेनिमा तथा अमेरिकाका नाटाली नैलन र एन्ड्रयु वाडेको पनि दुर्घटनामा मृत्यु भएको छ ।ठूलो आवाजका साथ विमान जमिनमा झरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । स्थानीय कुमार श्रेष्ठले विमान खस्नुअघि आकाशमै आलगागी भएको बताए । घटनालगत्तै स्थानीय र प्रहरीले घटनास्थल पुगेर उद्धार गरेका थिए । विमान टुक्राटुक्रा भएको छ । स्थानीयबासी र प्रहरीले घटनास्थलमा यत्रतत्र छरिएका मृतकका शवहरुको संकलन गरेका थिए । शवहरु नेपाली सेनाको हेलीकोप्टरमार्फत अन्तर्राष्ट्रिय विमानस्थल ल्याई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याएको छ । कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री विजयकुमार गच्छदार, रक्षा मन्त्री शरत्सिंह भण्डारीलगायत सरकारका उच्च अधिकारीहरुले विमानस्थलमा शवको अवलोकन गरेका थिए । हुस्सुका कारण मौसम खराब हुँदा डाँडामा ठोक्किएर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ । नागरिक उड्डयन प्राधिकरण अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान ६ बजेर ६१ मिनेटमा उडेको उक्त विमान अन्तिमपल्ट साढे सात बजेर ३१ मिनेटमा नियन्त्रण कक्षको सम्पर्कमा आएको थियो । सम्पर्कविहीन भएको करिब २० मिनेपछि विमान दुर्घटनामा भएको अनुमान गरिएको छ । चालक दलका सदस्यले विमानमा खराबी आएको सूचना कन्ट्रोल रुमलाई गराएका थिए । राडारमा सम्पर्क भएपछि रन वे-२ मा आपतकालीन अवतरणका लागि अनुमति समेत दिइसकिएको अवस्थामा विमान दुर्घटना भएको बताइएको छ । उड्डयन प्राधिकरणका अनुसार अन्तिम सम्पर्क हुँदा विमानस्थल र दुर्घटनाग्रस्त विमानबीचको दुरी मात्रै दुई मिनेटको थियो । हराएको विमानबारे माउन्टेन फ्लाइटबाट र्फकँदै गरेको बुद्धकै अर्को विमानले देखेर सबैभन्दा पहिले विमानस्थल नियन्त्रण कक्षलाई जानकारी गराएको थियो ।सुरक्षित विमान सेवाका रुपमा लिइने बुद्ध एयरको विमान दुर्घटना भएको यो पहिलोपटक हो । घटनापछि बुद्ध एयरले सूचना जारी गरी आइतबारका लागि पूर्वनिर्धारित सबै उडान रद्ध गरिएको जनाएको छ । मौशम विद्हरुले खराब मौशमबारे जानकारी हुँदाहुँदै पनि विमान उडाएइकाले दुर्घटना भएको औंल्याएका छन् ।
छानविन टोली गठन

यसैबीच सरकारले बुद्ध एयरको विमान दुर्घटनाबारे छानविन गर्न नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशकुमार दलीको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ । टोलीलाई एक साताभित्र दुर्घटनाबारे अध्ययन गरी विस्तृत विवरण बुझाउन भनिएको छ ।
मृत्युहुनेहरुको नामावली:

चालक दलका सदस्यहरु:

जीवी तम्राकार– क्याप्टेन

पी अधिकारी– सहचालक

अस्मिता श्रेष्ठ– बिमान परिचारिका

यात्रुहरु:

निरन्जन कर्मचार्य– नेपाल (उपचारका लागि ल्याउँदै गर्दा मृत्यु)

शारदा कर्मचार्य– नेपाल

जगजन कर्माचार्य– नेपाल

पंकज मेहता– भारत

छाया मेहता– भारत

एच डी नागराज– भारत

एल नागराज– भारत

आई नागराज– भारत

एस नागराज– भारत

डी. तालोसुब्रियम– भारत

डीपी तालोसुब्रियम– भारत

नागराजा तालोसुब्रियम– भारत

पी तालो सुब्रियम– भारत

तेस्रो मुलुकका नागरिकहरु: (राष्ट्रियता नखुलेको)

एन्ड्रे वेइड

मिस नाताली नेइलन

तोशिनोरी क्वेज्म

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...