कर प्रशासन व्यवस्थीत नहुदाँ नक्कली भ्याट विल प्रयोगमा बृद्धि
रोशन कार्की काठमाडौं१२ मंसिर
सरकारले जारी गरेको कर सम्बन्धि ऐन कानुनलाई कडाईका साथ लागु गर्न नसकिदा व्यवसायीहरुले नक्कली मुल्य अभिबृद्धिकर भ्याट विलबाट कारोबार गर्नेमा बृद्धि हुन गएको आन्तरिक राजस्व विभागले स्वीकारेको छ । नेपालबाट विभिन्न मुलुकबाट आयात÷निर्यात गर्ने व्यवसायीबाट सो कर प्रशासनको कमजोरीको फाईदा उठाउदै नक्कली भ्याट विलबाट कारोबार गरेको खुलासा विभागले गरेको हो ।
राजनीतिक प्रभाबमा पारि सरकारी निति नियमलाई फितलो बनाउदै आफुले कारोबार गरेको सामानमा नक्कली भ्याटविल प्रयोगगरि व्यापारिक कारोबार गरेको ठहर सो विभागका महानिर्देशक टंकमणि शर्माले गरेका छन । महानिर्देशक शर्माका अनुसार अस्थिर राजनीतिक र कर प्रशासनलाई व्यबस्थीत गरिन नसकिदाँ नक्लली भ्याट विल विजकमा कारोबार गर्नेको संख्यामा बृद्धि भएको जनाए । उनले भनेुकर प्रसाशन व्यवस्थीतकडाई र अनुगमन नहुदाँ अधिकाश व्यवसायीले सोको मौका छोपी नक्कली भ्याट विल मार्फत कारोबार गरेको पाइन्छ । ु सरकार र सम्बन्धित निकायले हाल भई रहेको कर नीतिलाई कडाईका साथ लागु गर्दे आबश्यक अनुसार अनुगमन गरि तत्तकालै कारबाही गरेको खण्डमा व्यवसायीहरुले नक्कली भ्याट विल प्रयोग नगर्ने दाबी महानिर्देशक शर्माको रहेको छ ।
कर प्रशासनमा व्यापक सुधार गरि भएको निति नियमलाई कडाईकासाथ कार्यान्वयनमा राजनीतिक अबरोध नआएको खण्डमा कोही कसैलेपनि अबैध कारोबार गर्ने आटँ नगर्ने विभागको अनुमान रहेको छ । यस विषयमा सबैभन्दा पहिलो कारोबार भन्सार नाकाबाट हुने भएकाले सो कार्यालाई नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सम्बन्धित भन्सार कार्यलयको हुने समेत महानिर्देश शर्मांले बताए । पछिल्लो समयमा मुलुकका अधिकाशं भन्सार कार्यलयबाट सामान आयात÷निर्यात गरिदाँ वास्तविक मुल्यलाई घटाई भन्सार नाकाबाट ुविल विलिङु गरिने भएकाले सो कार्यलाई पूर्णरुपमा हटाई बास्तविक मुल्यमा सामानको विलिङ गरिनु पर्ने उनले बताए ।
विभिन्न कम्पनीहरुको नाममा हाल नक्कली भ्याट विल प्रयोगगरि राजस्व छली गरको आशकामा छानविन भएकोमध्ये बाँकी १ सय १३ ओटा कम्पनीहरुको कारवाहीको किनारा आगामी माघ महिनासम्ममा पुरा हुने समेत महानिर्देशक शर्माले जनाए । उनका अनुसार ५ सय १८ ओटा फर्ममध्ये ४ सय ५ ओटा कम्पनीहरुले नक्कली भ्याट विल प्रयोग गरेको अनुसन्धानबाट खुल्न आएको र सो लाई काननु बमोजीम कारवाही गरिने निर्णय भएको छ । अनुसन्धानका क्रममा रहेको १ सय १३ ओटा कम्पनीमध्ये अधिकाशं ठूला करदाता कार्यलय अन्तरगत पर्ने र केही जिल्ला अन्तरगत पर्ने भएकाले सो को अनुसन्धान पुरा हुन आगामी माघ महिना सम्म लाग्ने समेत विभागले जनाएको छ ।
लामो समयदेखि आन्तरि राजस्व विभागले शंकास्पद ठहर् याई अनुसन्धान गरेका ५ सय १८ ओटा कम्पनी मध्ये ३ सय ७२ ओटा कम्पनीले नक्कली विलबाट कारोबार गरेको ठहर विभागले गरेको छ । सो अनुसन्धानपछि ३ सय ७२ ओटा कम्पनीलाई ३ अर्ब ४९ करोड रुपैयाँ कर तिराउने निर्णय भएको छ । विभागले अनुसन्धान गरेको मध्ये बीरगाज कार्यलयबाट कारोबार गर्ने ११ ओटा मध्ये ६ ओटाविराटनगर कार्यालयबाट कारोबारगर्ने २३ ओटामध्ये ५ ओटा र लतिलपुर कार्यलयबाट कारोबार गर्ने १२ ओटामध्ये २ ओटाले नक्कली विल प्रयोग गरेको विवरण विभागमा रहेको छ ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.