नक्कली भ्याट बिल प्रकरण
राजश्व कर्मचारीकै संलग्नतामा कागजपत्र मिलाइँदै
रोशन कार्कीकाठमाडौं, चैत ४ ।
गत दुई महिनाअगाडि नक्सालस्थित भाटभटेनी सुपरमार्केटको लेखा शाखमा आगलागी भनिएको घटनालाई वैद्यानिकता दिन आन्तरिक राजस्व कार्यालयकै कर्मचारी संलग्न भएको पत्ता लागेको छ । विभागबाट भाटभटेनीमा खटिएका कर्मचारीले भ्याट छलीको काण्डलाई थामथुम पार्ने गरी कागजपत्र तयार गरिरहेका छन् ।सो सुपरमार्केटले कर छल्ने उद्देश्यले रातिको समय पारेर सुपरमार्केटका कर्मचारीद्वारा भ्याट बिलमा आगो लगाई नष्ट गरेको समाचार प्रकाशमा आएपछि सो विषयलाई भवितव्य भएर आगो लागेको प्रमाण जुटाउन यतिखेर राजस्व कर्मचारी र सुपरमार्केटका कर्मचारी दिनरात खटिरहेका छन् । सञ्चारमाध्याममा आगलागीको समाचार प्रकाशमा आएपछि आन्तरिक राजस्व विभागबाट छनबिनका लागि खटिएको टोलीले गोप्यरूपमा भवितव्यका कारण आगलागी भएको भन्ने प्रतिविदेन तयार गर्न लागेको हो । आगालागी भएको भनिएको सो मार्केटको लेखाशाखामा पछिल्लो समयमा विश्वासिलो कर्मचारीबाहेक अन्य कसैलाई पनि जान नदिएको एक व्यवसायीले जानकारी दिए । सोही घटनालाई लिएर सञ्चारकर्मी सो स्थानमा पुग्दासमेत आगलागी भनिएको स्थानमा जान सुपरमार्केटका कर्मचारीले रोकेका थिए । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणलाई गहिरिएर अनुसन्धान गर्न थालेपछि माघ २६ गते राति सुपरमार्केटको लेखा शाखामा आगो लागेको र यो सामान्य घटना भएको जिकिर सुपरमार्केट व्यवस्थापनले गर्दै आएको छ । यस सम्बन्धमा कमलपोखरी प्रहरी बृत्तले पनि आगलागीबाट कागजमात्र जलेको भन्ने मुचुल्का उठाएको छ । सो घटनालाई वैद्यता दिन व्यवस्थापकले पुरानो मितिमा मुचुल्का उठाउन लगाएको एक प्रहरीले दाबी गरेका छन् । सो मार्केटका कर्मचारीले भ्याट बिलमात्र रातको समयमा जलाउँदा मार्केटको लेखा शाखामाथि रहेको सिलिङको रङ तातोले पग्लिएको छ । थोरै स्थानमा मात्र रङ पग्लिएका कारण ठूलै घटना हुने देखेपछि अन्य बिल भने नजलाई अन्यत्र लगेको आशंका गरिएको छ । आगोबाट गत आर्थिक वर्षको असार र चालु आर्थिक वर्षको भदौ महिनाको मात्र भ्याट बिल जलेको थियो । गत वर्षको असार र चालु वर्षको भदौको भ्याट बिलमध्ये ग्राहकलाई काटिएको बिलमात्र जलेको हो । सुपरमार्केटले ग्राहकलाई भुक्तानी गरेको साधारण बिल भने समान्य अवस्थामा छ । अनुसन्धनका क्रममा नक्कली बिल जारी गर्न खडा गरिएका तीन सय ८५ वटा फार्म पहिचान भएका थिए । ती फार्मबाट जारी गरिएका बिल प्रयोग गर्ने ५२ कम्पनी र फार्मको कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो । यसैगरी ५ सय १८ कम्पनीलाई शंकास्पद ठह¥याई अनुसन्धान गर्न सम्बन्धित आन्तरिक राजस्व कार्यालयलाई जिम्मा लगाइएको थियो ।आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागले गोप्य सूचनाका आधारमा नक्कली भ्याट बिल अनुसन्धान गरी अर्थमन्त्रालयलाई अन्तिम कारबाहीका लागि गत आर्थिक वर्षमै ४ सय ३७ वटा व्यापारिक फार्मको विवरण बुझाएको थियो । विभागले बुझाएका फार्ममध्ये नक्कली भ्याट बिल राजस्व हिनामिना गर्नेमा ‘भाटभटेनी सुपरमार्केट’ समेत रहेको थियो । अनुसन्धानका क्रममा नक्कली बिल जारी गर्न खडा गरिएका ३ सय ८५ वटा फार्म पहिचान भएका थिए । ती फार्मबाट जारी गरिएका बिल प्रयोग गर्ने ५२ कम्पनी र फार्मको कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो ।
नक्कली भ्याट बिल प्रकरण
राजश्व कर्मचारीकै संलग्नतामा कागजपत्र मिलाइँदै
रोशन कार्की
काठमाडौं, चैत ४ ।
गत दुई महिनाअगाडि नक्सालस्थित भाटभटेनी सुपरमार्केटको लेखा शाखमा आगलागी भनिएको घटनालाई वैद्यानिकता दिन आन्तरिक राजस्व कार्यालयकै कर्मचारी संलग्न भएको पत्ता लागेको छ । विभागबाट भाटभटेनीमा खटिएका कर्मचारीले भ्याट छलीको काण्डलाई थामथुम पार्ने गरी कागजपत्र तयार गरिरहेका छन् ।
सो सुपरमार्केटले कर छल्ने उद्देश्यले रातिको समय पारेर सुपरमार्केटका कर्मचारीद्वारा भ्याट बिलमा आगो लगाई नष्ट गरेको समाचार प्रकाशमा आएपछि सो विषयलाई भवितव्य भएर आगो लागेको प्रमाण जुटाउन यतिखेर राजस्व कर्मचारी र सुपरमार्केटका कर्मचारी दिनरात खटिरहेका छन् ।
सञ्चारमाध्याममा आगलागीको समाचार प्रकाशमा आएपछि आन्तरिक राजस्व विभागबाट छनबिनका लागि खटिएको टोलीले गोप्यरूपमा भवितव्यका कारण आगलागी भएको भन्ने प्रतिविदेन तयार गर्न लागेको हो । आगालागी भएको भनिएको सो मार्केटको लेखाशाखामा पछिल्लो समयमा विश्वासिलो कर्मचारीबाहेक अन्य कसैलाई पनि जान नदिएको एक व्यवसायीले जानकारी दिए ।
सोही घटनालाई लिएर सञ्चारकर्मी सो स्थानमा पुग्दासमेत आगलागी भनिएको स्थानमा जान सुपरमार्केटका कर्मचारीले रोकेका थिए । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणलाई गहिरिएर अनुसन्धान गर्न थालेपछि माघ २६ गते राति सुपरमार्केटको लेखा शाखामा आगो लागेको र यो सामान्य घटना भएको जिकिर सुपरमार्केट व्यवस्थापनले गर्दै आएको छ ।
यस सम्बन्धमा कमलपोखरी प्रहरी बृत्तले पनि आगलागीबाट कागजमात्र जलेको भन्ने मुचुल्का उठाएको छ । सो घटनालाई वैद्यता दिन व्यवस्थापकले पुरानो मितिमा मुचुल्का उठाउन लगाएको एक प्रहरीले दाबी गरेका छन् । सो मार्केटका कर्मचारीले भ्याट बिलमात्र रातको समयमा जलाउँदा मार्केटको लेखा शाखामाथि रहेको सिलिङको रङ तातोले पग्लिएको छ । थोरै स्थानमा मात्र रङ पग्लिएका कारण ठूलै घटना हुने देखेपछि अन्य बिल भने नजलाई अन्यत्र लगेको आशंका गरिएको छ ।
आगोबाट गत आर्थिक वर्षको असार र चालु आर्थिक वर्षको भदौ महिनाको मात्र भ्याट बिल जलेको थियो । गत वर्षको असार र चालु वर्षको भदौको भ्याट बिलमध्ये ग्राहकलाई काटिएको बिलमात्र जलेको हो । सुपरमार्केटले ग्राहकलाई भुक्तानी गरेको साधारण बिल भने समान्य अवस्थामा छ ।
अनुसन्धनका क्रममा नक्कली बिल जारी गर्न खडा गरिएका तीन सय ८५ वटा फार्म पहिचान भएका थिए । ती फार्मबाट जारी गरिएका बिल प्रयोग गर्ने ५२ कम्पनी र फार्मको कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो । यसैगरी ५ सय १८ कम्पनीलाई शंकास्पद ठह¥याई अनुसन्धान गर्न सम्बन्धित आन्तरिक राजस्व कार्यालयलाई जिम्मा लगाइएको थियो ।
आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागले गोप्य सूचनाका आधारमा नक्कली भ्याट बिल अनुसन्धान गरी अर्थमन्त्रालयलाई अन्तिम कारबाहीका लागि गत आर्थिक वर्षमै ४ सय ३७ वटा व्यापारिक फार्मको विवरण बुझाएको थियो । विभागले बुझाएका फार्ममध्ये नक्कली भ्याट बिल राजस्व हिनामिना गर्नेमा ‘भाटभटेनी सुपरमार्केट’ समेत रहेको थियो ।
अनुसन्धानका क्रममा नक्कली बिल जारी गर्न खडा गरिएका ३ सय ८५ वटा फार्म पहिचान भएका थिए । ती फार्मबाट जारी गरिएका बिल प्रयोग गर्ने ५२ कम्पनी र फार्मको कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.