भन्सार अधिकृतसहित ६ कर्मचारीमाथि अनुसन्धान सुरु
रोशन कार्की
काठमाडौं, जेठ ३२ ।
रोशन कार्की
काठमाडौं, जेठ ३२ ।
मुलुकको विभिन्न भन्सार नाकाबाट अस्थिर राजनीतिक अवस्थाकोे मौका छोपी बिनाभन्सार करोडांैको सामान आयातनिर्यात गर्न व्यापारीलाई सहयोग पु¥याउने भन्सार कर्मचारीमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ ।
विभागले गत महिना तातोपानी भन्सार नाकाबाट आयातनिर्यात गर्ने व्यापारीलाई कम मूल्यांकन गरी करोडांै मूल्यको सामान छुटाएको आरोपमा सोही भन्सार नाकाका अधिकृत र जाँचकीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको विभागले जनाएको छ । विभागका एक निर्देशकले दिएको जानकारीअनुसार तातोपानी नाकाबाट अस्थिर सरकारको मौका छोपी कम भन्सार मूल्यांकन गरी प्रज्ञापनपत्र दिन सिफारिस गर्ने अधिकृतद्वय टंक शर्मा र भानु न्यौपाने, जा“चकी ४ जनासहित ६ जनामाथि अनुसन्धान सुरु गरेको हो ।
अधिकृत शर्मा र न्यौपानेको मिलोमतोमा जाँचकीलाई कम भन्सार मूल्यांकन गराई भन्सार प्रज्ञापनपत्र दिई कपडाको ज्याकेटलगायत तयारी पोसाक निकासी गर्न सहयोग पु¥याएको आरोपमा विभागले उनीहरूलाई नियन्त्रणमा लिएको हो । न्यून मूल्यांकनमा संलग्न अधिकृत र जा“चकीलाई विभागले राजधानी झिकाएर अनुसन्धान थालेको हो । विभागले अनुसन्धान गरे पनि सोको रिपोर्ट भने गोप्य राखेको छ ।
गोप्यरूपमा विभागमा प्राप्त सूचनाका आधारमा भन्सार छुटेका कन्टेनर भ्यानलाई नियन्त्रणमा लिई प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा फरक परिमाण भेटिएपछि सो अवैध कारोबार सार्वजनिक भएको हो । भन्सारले राजस्व तिराएको र कन्टेनरमा भेटिएको सामान फरक थियो । भन्सारले २ हजार थान ज्याकेट र १ हजार ६ सय थान ट्रयाकसुट ज्याकेटको भन्सार बुझाएको विवरणसहितको प्रज्ञापनपत्र दिएर सामान छोडेको थियो ।
तर, राजस्व गस्ती टोलीले नियन्त्रणमा लिएको भ्यानमा व्यापारीले ३ हजार ६ सय थानभन्दा बढी ज्याकेट रहेको थियो भने दुई मिनी ट्रक स्वीटर, ज्याकेट र फ्रकमा न्यून मूल्यांकन गरेको थियो । सामान पैठारीमा राजस्व चुहावट देखिएपछि विभागले अधिकृतद्वय शर्मा र न्यौपानेसहित जा“चकी चारजनालाई अनुसन्धान गरेको हो । उनीहरू मूल्यांकनमा संलग्न भएकाले अनुसन्धान गरिएको विभागले जनाएको छ । ‘सामानको घोÈणा फरक परेपछि ज्याकेटसरह राजस्व तिराएका छौं ।’ प्रमुख भन्सार प्रमुख चूडामणि देवकोटाले भने, ‘वास्तविक बिल नहँुदा र एलसीमार्फत कारोबार नहु“दा यो नाकामा व्यापारीले गरेको घोÈणामा अविश्वास गर्नुपर्ने वातावरण रहेको छ ।’
भन्सार कर्मचारी र सुरक्षाकर्मीको मिलोमतोमा विशेषगरी व्यवसायीहरूले उत्तरी नाकाबाट यस्तो कार्य गर्दै आएको विभागले जनाएको छ । विभागले दिएको विवरणअनुसार तातोपानी भन्सार नाकाबाट अवैधरूपमा सामान नेपाल भिœयाउने गरेको पाइएको छ । यसरी सामान आयात गर्नका लागि सशस्त्र प्रहरी बल सीमा सुरÔा कार्यालयका प्रहरी र भन्सार कर्मचारीको मिलोमतोमा बसमा ती सामान लोड गरी काठमाडौं ल्याउने गरेका छन् । बसमा फल्सबटम बनाएर सामान तस्करी गरेको भेटिएपछि सशस्त्र प्रहरी र तस्करबीचको सम्बन्ध उजागर भएको हो । तातोपानीका तत्कालीन सशस्त्र प्रहरी बल सीमा सुरÔा कार्यालयका डीएसपी हर्कबहादुर पन्तले आफ्नै गाडीमा भन्सार नतिरी व्यापारीका सामान बोकेर ल्याउने क्रममा राजस्व अनुसन्धान विभागले धुलिखेलमा पक्राउ गरेपछि सो रहस्य खुलेको थियोे ।
व्यापारीले उत्तरी नाकामा पर्ने सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट भन्सार छली काठमाडौंतर्फ आइरहेको १६ ओटा कन्टेनर भ्यानलाई गस्ती टोलीले नियन्त्रणमा लिएको थियो । सार्वजनिक बिदा र अस्थिर राजनीतिक अवस्थाको मौका छोपी चीनको स्वशासित Ôेत्र तिब्बतको खासा बजारबाट चोरी बाटो हु“दै नेपाल भिœयाएको सामान कन्टेनर भ्यानमा लोड गरी काठमाडौंतर्फ आउ“दै गरेको अवस्थामा धुलिखेलबाट नियन्त्रणमा लिइएको हो । खासा र नेपालबीचको भोटेकोशी नदीमा भएको झोलुंगे पुलबाट भरियामार्फत ३ घण्टा लगाएर रातारात नेपाल भिœयाइएको विद्युतीय सामान, खेलौना, तयारी पोसाकसहित सो भ्यान नियन्त्रणमा लिइएकोे विभाग स्रोतले जनाएको छ । लामो समयदेखि भन्सार छली कार्यमा संलग्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यÔ राजेन्द्रकुमार श्रेष्ठका ५ ओटा गाडीसहित १६ ओटा गाडी नियन्त्रणमा लिएको छ । अध्यÔ श्रेष्ठलगायत अन्य व्यापारीको नाममा अवैध सामानको कारोबार गर्ने गरेको सूचनाका आधारमा गस्ती टोलीले ती गाडी नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ,’ विभाग स्रोतले भन्यो । कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘सूचनाका आधारमा धुलिखेल पुगेको गस्ती टोलीले १६ ओटा गाडी नियन्त्रणमा लिनासाथ राजेन्द्रकुमार श्रेष्ठको नाम लिई एक समूह घटनास्थलमै पुगेको थियो, सो समूहले सुरुमा २ ओटा गाडी बाटोबाटै छुटाउन ५ लाख रूपैया“को प्रस्ताव राखेको थियो ।’
भरियाको नाममा बिजनेस फर्महरू दर्ता गराई नेपालबाट खासातर्फ अवैध डलर, लागूपदार्थको कारोबार गर्दै आएका अध्यÔ श्रेष्ठ यसअघि पनि एक दर्जन गाडीसहित पक्राउमा परेका थिए । अध्यÔ पदमा निर्वाचित भएकै बेला पदको दुरूपयोग गर्दै श्रेष्ठले बिनाभन्सार सामान नेपाल भिœयाउने कार्य गर्दै आएका छन् । सो आरोपमा राजस्व गस्तीले धुलिखेलबाटै एक दर्जन गाडी नियन्त्रणमा लिएपछि पहिलोपटक राजस्व छली गरेको स्विकार्दै जरिवाना तिरेर उनी छुटेका थिए । नियन्त्रणमा लिएका ती कन्टेनर र भ्यान छुटाउनका लागि अध्यÔ श्रेष्ठ आफैं राति बा७च ४१२३ नम्बरको गाडीमा मोटो रकम लिएर पुगेको कर्मचारीले बताएका छन् ।
यसरी राजस्व चुहावटमा पुनः वृद्धि हुन थालेपछि लÔित राजस्व संकलन गर्न नसकिने अवस्था सिर्जना भएकोे भन्सार विभागले जनाएको छ । अवैध कारोबारको नियन्त्रण गर्न ल्याएको रणनीति ‘तस्करलाई पक्राउ’ अभियानसमेत विभागले कार्यान्वयन गर्न सकेको छैन । भन्सार सुधारीकरण योजनाअन्तर्गत सो योजना ल्याए पनि हालसम्म अनियमितता गर्नेलाई पक्राउ गरेको रेकर्ड नै भन्सार विभागमा छैन । विभागले पछिल्लो चरणमा पुनः कार्यान्वयनमा ल्याउन लागेको ‘तस्कर नियन्त्रणमा लिई कारबाही’ अभियानमा भरियालाई नियन्त्रणमा लिई सामानधनीलाई पक्राउ गर्ने रणनीति तय गरेको छ । यसरी मुलुकका ३१ ओटा मुख्य भन्सार कार्यालयबाट अवैध रूपमा भरियालाई प्रयोग गरी व्यापारीले प्रयोगमा ल्याउने गरेको राजस्व चुहावट उच्चस्तरीय अनुगमन टोलीले जनाएको छ ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.