एनसेलले यूपिएस सामानको भन्सार चोरी पैठारी गरेको खुलासा
काठमाडौ, ६ भदौ। नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो मोवाइल सेवा प्रदायक कम्पनी एनसेल भन्सारबाट सामान चोरी पैठारीमा संलग्न रहेको तथ्य खुलेको छ। प्राप्त तथ्य जानकारी अनुसार एनसेलले यूपिएस लगायतका सामानको भन्सार चोरी पैठारी गरेको खुलेको हो।
भन्सार चोरी गरेको प्रमाणित भएपछि राजस्व न्यायाधिकरण काठमाडौले स्पाइस नेपाल प्रालि (एनसेल)लाई ४० लाख जरिवाना गर्ने फैसला सुनाएको छ। भन्सार चोरी गरेको प्रमाणित भएपछि राजस्व अनुसन्धान विभागले यसअघि गरेको निर्णयलाई सदर गर्दै न्यायाधिकरणले सो फैसला गरेको हो।
२०६६ जेठमा राजस्व अनुसन्धानले गरेको अनुसन्धानका क्रममा तत्कालिन मेरो मोवाइल र हालको एनसेललाई विगो वरावरको जरिवाना समेत गरि चालिस लाख भराउने निर्णय भएको हो। विभागको निर्णय उपर एनसेलले पुनरावेदन गरेपनि राजस्व न्यायाधिकरणले २०६५असोज १९ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जारी गरेको प्रज्ञापनपत्र भन्दा फरक पर्ने सामान राजस्व अनुसन्धान अस्थायी चेकपोष्ट थानकोटले नियन्त्रणमा लिएको जनाउँदै एउटै सामानको फरकफरक प्रज्ञापनपत्र हुनुलाई भुलवश मान्न नहुने जिकिर गर्दै नियतवश भन्सार चोरी पैठारीमा संलग्न भएको ठहर गरेको हो।
२०६८ फागुन १८ गते राजस्व न्यायाधिकरणका अध्यक्ष दीपकुमार कार्की र सदस्यद्धय तारादेव जोशी र भगिराज इङनामको इजलासले फैसला गरेको करिव ६ महिनापछि प्राप्त निर्णय अनुसार यसअघि विभागका महानिर्देशक राममणी दुवाडीले गरेको निर्णयलाई नै सदर गरिएको छ। नैपालकै नीजि क्षेत्रको सबैभन्दा ठूलो मोवाइल सेवा प्रदायक कम्पनी एनसेल विरुद्ध भएको यस फैसलाले एनसेल राजस्व छली र भन्सार चोरी पैठारीमा गम्भीर रुपमा संलग्न रहेको प्रमाणीत गरेको छ। तर सम्वन्धित निकाय भने यसतर्फ कत्तिको चनाखो छन् चासोको विषय बनेको छ। कुनै पनि नेपाली सञ्चार माध्यमको ध्यान पुग्न नसकेको एनसेलको भन्सार चोरी पैठारी प्रकरणले एनसेलले भन्ने गरेको व्यावसायिक सामाजिक उत्तरदायित्व पनि देखावटी रहेको पुष्टी भएको छ। जानकारहरु एनसेल यस वाहेक अन्य थुप्रै घोटालामा संलग्न रहेको दावी गर्छन।
एनसेलले भारतबाट ५२४ थान ब्याट्री ल्याउँदा भन्सार चोरी पैठारी गरेको ठहर भएको हो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा एउटा प्रज्ञापनपत्र देखाएर गोदाममा राखिएका सामान विराटनगर लाने क्रममा काठमाडौको थानकोट चेकपोष्टमा फरक प्रज्ञापनपत्र पेश गरेपछि राजस्व अनुसन्धान विभागले थप अनुसन्धान गरेको थियो। एनसेलले भन्सार छलेर आयात गरेका ५२४ थानमध्ये ९० थान यूपिएस ना २ ख ८६१८ र ना २ ख ९२७८ नम्वरको ट्रकमा राखेर विराटनगरमा पठाएको थियो। यहि सामान थानकोट चेकपोष्टले पक्राउ गरि अनुसन्धान गर्दा एनसेलले पैठारी गरेको सामान र विभागले वरामद गरेको सामानको भौतिक परिक्षणमा तालमेल नमिलेपछि विभागले कार्वाही अघि वढाएको थियो। अनुसन्धानको क्रममा एनसेलले विभागलाई आयात गरिएको सामानको प्रज्ञापनपत्र समेत समयमा उपलव्ध गराउन सकेको थिएन। यसैलाई आधार मान्दै एनसेलले यूपीएस समेतका सामानहरु भन्सार ऐन २०६४को दफा ३८ वमोजिम चोरी पैठारी गरेको ठहर गर्दै सोही ऐनको दफा ५७(१) वमोजिम ४० लाख विगो वरावर जरिवाना गरि चोरीको सामान ढुवानी गर्ने चालकलाई ५ हजार जरिवाना गरि एनसेललाई कार्वाही गरेको थियो।
विभागमा र राजस्व न्याधिकरणमा समेत एनसेलले आफ्ना कर्मचारीको मानवीय भूलका कारणले प्रज्ञापनपत्र फरक रहेको दावी गरेपनि न्यायाधिकरणले त्यसमा सहमत नभइ नियतवश नै राजस्वमा हानी पुर्याउने मनसाय रहेको ठहर गर्दै विभागले गरेको निर्णयलाई नै सदर गरेको छ।
यस सम्वन्धमा राजस्व न्यायाधिकरणले गरेको फैसला====================
यसअघि नेपाली दुरसंचार क्षेत्रको नियमन एवं अनुगमन गर्ने निकाय नेपाल दुरसंचार प्राधिकरणको जानकारी बिनै एनसेलले आफ्नो बहुसंख्यक शेयर टेलियासोनेरा नामक बहुराष्ट्रिय कम्पनिलाई वेचेको समेत खुलासा भइसकेको छ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.