Wednesday, May 1, 2013

वैदेशिक रोजगमारमा एकदलालको दैनिक कमाई पचासहजार माथि


सामाखुशीमा रहेको कृष्ण सेक्युरिटी दं.नं.6213911 ले दैनिक सयौंको संख्यामा श्रमस्वीकृति निकाल्छ । कृष्ण सेक्युरिटीका सञ्चालक कृष्ण शर्मा होटलमा रहेका पासपोर्टहरु संकलन गरेर विनाअनुमती म्यानपावरको काम गरिरहेका छन् । यो त एउटा उदाहरण मात्र हो । उपत्यकामा रहेका अधिकांस यस्ताखाले कम्पनीहरुले विना अनुमती म्यानपावरको कामगर्दै आएका छन् । त्यसै गरी तिनकुने वैदेशिक रोजगार विभाग परिसर बाहिर रहेको गणेश गौरव ट्रस एण्ड ट्राभल्सका सञ्चालक छवि शाहको दैनिक कमाई एकलाखको हाराहारीमा हुने गरेको छ ।
सञ्चालक शाहले श्रमस्वीकृति निकाल्न नमिल्ने खालका पासपोर्टहरु संकलन गरेर एयरपोर्ट सेटिङ गर्ने गरेका छन् । फर्म भर्ने र श्रमस्वीकृति निकालीदिने भन्दै उनले ग्राहकसँग चर्को रकम लिने गरेको श्रोतले दाबी गरेको छ । तराईतिरबाट वैदेशिक रोजगारीमा जानआउने सर्वसाधारणहरुलाई लागतखर्च भन्दा दोब्बर रकम उठाएर म्यानपावर सम्म पु¥याउँदा उनले प्रतिव्यक्ति पच्चीस हजारदेखि माथिलिने गरेको श्रोतले दाबी गरेको छ । त्यसको अलावा उनले म्यानपावरबाट थप १० देखि १५ हजार सम्मपाउने गरेका छन् । यो सुविधा सबैको लागिम्यानपावरले दिएको छ ।
कर्मचारीहरुलाई रकम बुझाउनु पर्छ भनेर सर्वसाधारणसँग ठूलो अनियमित रकम उठाएर मानव तस्करहरुले तस्करी गरिरहँदा राज्यकानियमनकारी निकाय र प्रशासनले त्यतिचासो देखाएको पाइदैन । वैदेशिक रोजगारको मुद्धामा प्रशासनलाई अधिकार नभएको भन्दै चासो नदिएको गुनासो विगत देखि आउने गरेको छ । क्ष्लकगचबलअभको म्यादी जीवनविमाको बोर्ड राखेर होस या होटल, रेष्टुरेष्ट, गेष्टहाउस, ट्राभल्स र सेक्युरिटीका अफिस कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गराएर म्यानपावरको काम गरिरहँदा सम्बन्धित निकाय मौन रहनु अर्को रहस्यभएको व्यवसायीहरुको गुनासो रहेको छ ।
अर्कोतर्फ विभाग परिसरमा रहेका फोटोकपी, इन्सुरेन्स, म्यादी जीवनविमक ,खाजा घर, रेष्टुरेष्ट, साइवर लगायतका सबैले कर्मचारीको नाम भजाउँदै सर्वसाधारणसँग अनियमित रकम असुल्दा उनीहरुलाई कानुनी दारयरामा ल्याउने कुनै कार्य हुन सकेको छैन । काठमाडौंको नयाँबसपार्क, गोंगवु, सामाखुशी, चावहिल, गौशाला, सुन्धारा, कोटेस्वर, कलंकी लगायतका ठाउँमा रहेका होटल गेष्टहाउस,सेक्युरिटी,होटल र ट्राभल्सहरुको धन्दा नै म्यानपावरले गर्ने धन्दा जस्तै हो मान्छे विदेश पठाउने ।
वैदेशिक रोजगार ऐन २०६४ ले ईजाजतनलिई कसैलाई वैदेशिक रोजगराीमा पठाएमा कडा सजायँको व्यवस्था गरेको छ । समाचार श्रोतले दिएको जानकारी अनुसार व्यक्तिगत शाखामा कार्यरत रमेश अधिकारी आफ्नादुई छोरा अमेरिकामा रहे पनि भ्रष्टाचारमा चुर्लुम्म डुबेको खबर प्राप्तभएको छ । संगठनको अबिधेसनलाई भनेर लाखौंका चिठ्ठा भिडाएर खल्ती भरेका अधिकारी व्यक्तिगत शाखामा एजेन्टलाई लाईनमा राखेर मनपरी रकम असुली रहेका छन् । आँफु निकटकालाई फोन गरी गरी कामगर्ने तर सर्वसाधारणको काम भने पछि फाईल नै नपल्टाउने उनको बानी रहेको भुक्तभोगीहरुले बताएका छन् ।                              १७ बैशाख, काठमाडौं ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...