राजस्व अनुसन्धानमा माफियाको जगजगी
काठमाडौं।
अर्थमन्त्रालयले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सरुवा गरेका
खुमराज पुँजाली विभागको माफियातन्त्रको अगाडि निरीह सावित हुने भएका छन्।
सुनतस्करीदेखि सूर्ति र खैनी हुँदै भन्सारनाकाबाट भित्रने सामानहरुका
तस्करहरुले विभागको माफियातन्त्रको नेतृत्व गर्दैआएका निर्देशक भरत
सुवेदीसँग सोझै सम्पर्क गरी तस्करी सुचारु गर्दैआएका छन्। राजस्व अनुसन्धान
विभागका क्षेत्रीय कार्यालय पथलैया, बुटवल, इटहरी, कोहलपुर जताततै उपसचिव
सुवेदीले च्यानल फिट गरी तस्करीको नेटवर्क चलाएका छन्। क्ष्ँेत्रीय
कार्यालयहरु सबैमा सुवेदीले उनका निकट मानिसहरु फिटिङ गरिसकेका छन्,
स्रँेतले भन्यो– उनलाई कसैले केही गर्नसक्दैन। तस्करहरुको नेटवर्क चलाएका
सुवेदीमाथि विभागमा बसेर ब्यापारीहरुलाई अनावश्यक दुःख दिंदै असुली गर्ने
गरेको अभियोग छ। वर्ल्डलिंक, हटब्रेडका केसदेखि हरेक केसमा उनले पहिला
मोलमोलाई गर्ने र उनलाई भनेजति दिन तयार हुनेलाई एक गोप्य बैकखाता दिएर रकम
हाल्न लगाउने गरेका छन्। वर्ल्डलिंकले गैरकानुनी रुपमा कर निर्धारण गरी
दुःख दिएको उजुरी तत्कालीन प्रधानमन्त्रीसम्म गरेपछि उनका एकपछि अर्का
कर्तुत बाहिर आउन थालेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५८
सालमा भ्रष्टाचारको अभियोगमा अर्थमन्त्रालयको राजस्व समूहका २२ कर्मचारीलाई
पक्राउ गर्दा पनि उनी १ घन्टा अघि खबर पाएर भाग्न सफल भएका थिए भने
पछाडिको ढोकाबाट गाडीमा सुन, बोरामा राखेका पैसा समेत लुकाउन सफल भएका थिए।
तातोपानी भन्सारमा १० बर्षसम्म खुलेआम तस्करी संचालन गरी उनले करोडौं
रुपैयाँ आर्जन गरेको सूचनाका आधारमा उनलाई अख्तियारले कारबाहीको दायरामा
ल्याएको थियो। तर सूचना चुहिएकाले अख्तियार त्यतिबेला सोचेअनुसार सफल हुन
सकेन।
विशेष अदालतबाट कुस्त खर्च गरी सफाइ पाएका उनी राजस्व अनुसन्धान विभागमा पोष्टिङ भए। त्यतिबेला पनि उनले व्यापारीहरुलाई दिनुसम्म दुःख दिएर करोडौं रुपैयाँ बार्गेनिङ गर्ने र नदिए छापा हान्ने गरेका थिए। राजस्वबाट २ बर्षमा सरुवा भएपछि भ्रष्टाचारबाट आर्जित धनले अष्टे्रलियामा रेष्टुरेन्ट लगायतका ब्यवसायमा लगानी गरी पुनः बर्षमान पुन अर्थमन्त्री भएपछि नेपाल आएर पैसा खुवाएर राजस्वमा सरुवा मिलाएर अहिले सुनदेखि नूनसम्म तस्करी गराउँदै आएका छन्। अर्थमन्त्रालयले राजस्व अनुसन्धान विभागमा सक्षम डीजीलाई पठाउन नसक्दा विगतका डीजीभन्दा उनलाई तस्करहरुबाट असुली गर्न सहज भएको छ। अझ अर्थमन्त्री शंकर कोइराला नै उनका नातेदार भएकाले थप अनुकूलता भएको छ।

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.