Monday, May 27, 2013

मन्त्रीलाइ सहयोग नगरेको आरोपमा अर्थसचिव सरुवा गरिदै
कमाण्डर पोष्ट
काठमाडौं ।
मन्त्रालयमा निभाउनु पर्ने भुमीका ननिभाएको र मन्त्रीलाई सहयोग नगरेको आरोपमा अर्थसचिब शान्तराज सुबेदीको सरुवा गर्नकालागि अन्तिम तयारीमा पुगेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । अन्य मन्त्रालयको तुलनामा आर्कषक मानिने अर्थमन्त्रालयको सचिवलाई परिवर्तन गरि नयाँ आफु अनुकुल सचिबलाई ल्याउने गृहकार्य अर्थमन्त्री शंकरप्रसाद कोइरालाले गरेको मन्त्रालयको उच्च स्रोतले जनाएको हो । अर्थमन्त्री कोइरालाले अर्थसचिव सुवेदीको सरुवा गन अन्तिम तयारी गरिसकेको नाम नछाप्ने सर्तमा एक कर्मचारीले बताए । उनका अनुसार मन्त्री कोइरालाले सचिबको सरुवा गर्नकालागि परिषद्को वैठकमा सरुवा गर्न प्रस्ताव लैजाने तयारीमा रहेका बताए ।

कोइरालाले सुवेदीको सरुवा बारेमा मन्त्रीपरिषद्का अध्यक्ष खीलराज रेग्मीसँग समेत परामर्श गरिसकेको र अध्यक्ष रेग्मीले समेत सरुवाकालागि स्वीकृत दिएको स्रोतको भनाई रहेकोछ । अर्थसचिब सुवेदीलाई तत्कालिन एकीकृत माओवादी सरकारमा हुँदा अर्थमन्त्रालयको सचिबमा सरुवा गरेको थियो । त्यस समयमा हालका प्रधानमन्त्री तथा मन्त्रीपरिसद्का सचिब कृष्णहरि बाँस्कोटा अर्थसचिब रहेका थिए । ।
तत्कालिन अर्थमन्त्री वर्षमान पुनले उनलाई अर्थसचिवमा ल्याएका थिए । मन्त्रालयको उच्च स्रोतले दिएको जानकारी अनुसार अर्थमन्त्रप् कोइरालाले नयाँ आर्थिक वर्षको बजेटमा अघि बढाउन लागेका योजनामा सचिब सुवेदीले सहयोग र साथ नदिएपछि उनलाई अनेत्र सरुवा गर्न लागिएको जनाएका छन् ।
मन्त्रालयका एक अधिकारीले भने,‘राम्रा कामहरु अघि बढाउन खोज्दा अहिलेका सचिवले सहयोग गरेका छैनन, उनले कुनै पनि सहयोग नगरेपछि सरुवाको विकल्प भएन ।’ बजेट बनाउने समयमा सवैभन्दाबढी अर्थमन्त्रालयको सचिवको सहयोग आवश्यक पर्छ  सचिवनै सहयोगी नभएकोले बजेटमा राख्ने कार्यक्रमका बारे टुंगो लगाउन नसकिएको समेत स्रोतको दाबी रहेको छ । सुवेदी हटाउने चर्चासँगै अर्थसचिवमा आउन दौडधुप पनि सुरु भइसकेको छ ।
अर्थसचिवमा अहिले उद्योग सचिव कृष्ण ज्ञवाली, राष्ट्रिय योजना आयोगका सचिव युवराज भुषाल र  शारदा त्रितालले अर्थमन्त्रीसंग ‘लबिङ’ गरि रहेको समेत स्रोतको दाबी रहेको छ । मन्त्री कोइरालाले उद्योग सचिव ज्ञवालीलाई ल्याउन चाहेका छन् । ज्ञवालीलाई पूर्व अर्थमन्त्री रामशरण महतको समेत समर्थन रहेको छ । युवराज भुषाललाई रामचन्द्र पौडेलको समर्थन रहेको छ । यो वाहेक त्रिताल पनि कांग्रेसकाप्रति झुकाब राख्ने सचिब हुन । माओवादीको सरकारले त्रितालाई क्षेत्रिय प्रशासकमा सरुवा गरि थन्क्याएको थियो ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...