अर्थसचिव सरुवा केही समयलाई स्थगित
रोशन कार्की
काठमाडौं । गत साता बसेको मन्त्रीपरिषद्को बैठकमा पेश गर्र्ने तयारी भएको अर्थमन्त्री शान्तराज सुबेदीको सरुवा हालकालागि केही दिन स्थगित भएको छ । अर्थमन्त्रालयमा गोप्य रुपमा उठाइएको सरुवा टिप्पणीको सूचाना सञ्चारकर्मीले थाहा पाएको भन्दै सो सरुबा केही समयकालागि रोकिएको अर्थमन्त्रालयको एक उच्च स्रोतले जनाएको छ ।
नाम नछाप्ने सर्तमा ती कर्मचारीले भने,‘सचिब सरुवाको सूचना पत्रकारलाई कस्ले दियो भनी अहिले गोप्यरुपमा खोजी भइरहेको छ, सरुवाको समाचार आएपछि सचिबको सरुवा सम्बन्धि फाइल गत साताको मन्त्रीपरिषद्को बैंठकमा लगिएन ।’
सचिब सुबेदीले मन्त्रालयमा निभाउनु पर्ने भुमीका ननिभाएको र मन्त्रीलाई सहयोग नगरेको आरोपमा सरुवा गर्नकालागि तयारी पुरा गरेको थियो । अन्य मन्त्रालयको तुलनामा आर्कषक मानिने अर्थमन्त्रालयको सचिवलाई परिवर्तन गरि नयाँ आफु अनुकुल सचिबलाई ल्याउने गृहकार्य अर्थमन्त्री शंकरप्रसाद कोइरालाले गरेको मन्त्रालयको उच्च स्रोतले जनाएको हो ।
अर्थमन्त्री कोइरालाले अर्थसचिव सुवेदीको सरुवा गन अन्तिम तयारी गरिसकेको थियो । उनका अनुसार मन्त्री कोइरालाले सचिबको सरुवा गर्नकालागि परिषद्को वैठकमा सरुवा गर्न प्रस्ताव लैजानु पुर्व सो समाचार आएपछि सरुवा रोकिएको हो ।
मिडियालाई सरुवा सूचना कस्ले दियो ? अर्थमन्त्रालय |
कोइरालाले सुवेदीको सरुवा बारेमा मन्त्रीपरिषद्का अध्यक्ष खीलराज रेग्मीसँग समेत परामर्श गरिसकेको र अध्यक्ष रेग्मीले समेत मौखिक रुपमा सरुवाकालागि स्वीकृत दिएको स्रोतको भनाई रहेको छ । अर्थसचिब सुवेदीलाई तत्कालिन एकीकृत माओवादी सरकारमा हुँदा अर्थमन्त्रालयको सचिबमा सरुवा गरेको थियो । त्यस समयमा हालका प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिब कृष्णहरि बाँस्कोटा अर्थसचिब रहेका थिए ।
तत्कालिन अर्थमन्त्री वर्षमान पुनले उनलाई अर्थसचिव सुबेदीलाई ल्याएका थिए । मन्त्रालयको स्रोतले दिएको जानकारी अनुसार अर्थमन्त्री कोइरालाले नयाँ आर्थिक वर्षको बजेटमा अघि बढाउन लागेका योजनामा सचिब सुवेदीले सहयोग र साथ नदिएपछि उनलाई अनेत्र सरुवा गर्न लागिएको जनाएका छन् ।
मन्त्रालयका एक अधिकारीले भने,‘राम्म्रो कामहरु अघि बढाउन खोज्दा अहिलेका सचिवले सहयोग गरेका छैनन, उनले कुनै पनि सहयोग नगरेपछि सरुवाको विकल्प भएन ।’ बजेट बनाउने समयमा सवैभन्दाबढी अर्थमन्त्रालयको सचिवको सहयोग आवश्यक पर्छ सचिवनै सहयोगी नभएकोले बजेटमा राख्ने कार्यक्रमका बारे टुंगो लगाउन नसकिएको समेत स्रोतको दाबी रहेको छ । सुवेदी हटाउने चर्चासँगै अर्थसचिवमा आउन दौडधुप पनि सुरु भइसकेको छ ।
अर्थसचिवमा अहिले उद्योग सचिव कृष्ण ज्ञवाली, राष्ट्रिय योजना आयोगका सचिव युवराज भुषाल र शारदा त्रितालले अर्थमन्त्रीसंग ‘लबिङ’ गरि रहेको स्रोतको दाबी रहेको छ । मन्त्री कोइरालाले उद्योग सचिव ज्ञवालीलाई ल्याउन चाहेका छन् । ज्ञवालीलाई पूर्व अर्थमन्त्री रामशरण महतको समेत समर्थन रहेको छ ।
युवराज भुषाललाई रामचन्द्र पौडेलको समर्थन रहेको छ । यो वाहेक त्रिताल पनि कांग्रेसकाप्रति झुकाब राख्ने सचिब हुन । माओवादीको सरकारले त्रितालाई क्षेत्रिय प्रशासकमा सरुवा गरि थन्क्याएको थियो ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.