भरिया र मजदुरको नामबाट कर छली
रोशन कार्की
काठमाडौं । सरकारले पछिल्लो समयमा सवै क्षेत्रलाई करको दायरामा आउनु पर्ने जनाएपछि ठूला व्यापारिहरुले भरिया र न्यून आय भएका विभिन्न व्यक्ति र चिनजानको नाममा नक्कली मुल्य अभिवृद्धि कर (भ्याट) विल प्रयोग गरि कर छली गर्ने गरेको खुलासा हुन आएको छ । नक्कली भ्याट विलमाथी सरकारले अनुसन्धानलाई कडाइकासाथ अगाडि बढाएपछि कारवाहीबाट बच्न व्यवसायीहरुले कामदार र भरीयाको नाममा व्यवसायीक फर्महरु दर्ता गराई अबैध सामान आयात÷निर्यात गर्ने गरेको खुल्न आएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
विभागका अनुसार हाल ठूला घरानाले साना व्यवसायी न्यून आय भएका मजदुर र चिनजान भएका व्यक्तिको नाममा रहेको फर्मबाट नक्कली भ्याट विल छपाई कर छली गर्ने गरेको जनाएको छ । सो अनुसन्धानबाट अबैधरुपमा नक्कली विल विजकबाट सामान खरिद गर्ने कार्यमा उच्च घरानीयका साथै जिल्ला उद्योग वाणिज्य संघ र विभिन्न व्यापारिक संघ÷सस्थाबाट सो अबैध कार्य गरेको खुलासा भएको विभागले जनाएको छ ।

नक्कली फर्मको नाममा भ्याट विल छाप्नेमा मोरङ व्यापार संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पदाधिकारीहरु संलग्न भएको पुष्टि विभागले गरेको छ । अबैधरुपमा व्यापारिक कारोबार गर्नेहरुले यसरी वास्तविक नामबाट व्यापारिक फर्महरु सम्बन्धित निकायमा दर्ता हुदाँ संक्कली व्यवसायीको पहिचान गर्न नसकेको विभागले जनाएको छ । विभिन्न नाकाबाट नेपाल भित्रिएका अबैध सामान नियन्त्रणमा लिएपछि सम्बन्धित व्यवसायीको खोजी हुदाँ भरिया र कामदारहरुको नाममा फर्म दर्ता गरेका कारण मुख्य दोषो कारवाहीको दायरामा ल्याउन विभागलाई कठिन भएको जनाएको छ । पटक–पटक अबैधरुपमा भन्सार नाकाबाट नेपाल भित्रएका अधिकाशं सामान सहितको मालवहाक कन्टेनर नियन्त्रणमा पर्छ तर वास्तविक व्यापारि सम्र्पकमा नआउदा करोडौ रुपैयाँ राजस्व राज्यलाई घाटा पर्ने गरेको छ । यसरी आफ्नो नाममा हालसम्म आधिकारी व्यापारिक फर्मनै दर्ता नगरि आयात÷निर्यात गर्नेमा अधिकाशं छोटी भन्सार र केही मुख्य भन्सारमा सो अबैध फर्महरुको प्रयोग गरिदै आएको छ । हालसम्म आधिकारीक रुपमा आफ्नो नाममा फर्म दर्ता नगरि मजदुर र न्यून आय भएकाहरुको नाममा व्यपारिक फर्म खोली आयात÷निर्यात गर्नेमा गोसाईकुण्ड इन्टरनेशनल विजनेश प्रालि, सिन्धु इन्टरनेशनल विजनेश प्रालि, जुगल इन्टरनेशन प्राइजेज, कान्तिपूर विजनेश गु्रप, जिएन इन्टरप्राईजेज, एसकेजे इन्टरनेशनल विजनेश प्रालि, अरनीको ग्रुप रहेको छ । यसरी आफ्नो वास्तविक नामबाट व्यापारिक फर्म नखोली दैनिक करोडौ मुल्यका सामान आयात गनेर गरेको छ ।
आफुले आयत गरेको सामान भन्सार र राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको खण्डमा सो कारबाहीबाट बच्नकालागि मजदुरको नाममा फर्म खोल्ने गरेको र धेरै राजस्व बुझाउन बाँकी भएपछि विना जानकारी पुरानो फर्मबाट व्यापारिक कारोबार नगर्ने गरेको समेत विभागले जनाएको छ । उनीहरुले सो अबैधरुपमा खोलेका कार्यलयहरु अधिकाशंको काठमाडौंको न्यूरोडको रञ्जनागल्ली महाबौद्ध सितापाईला स्वयम्भु बालाजु चाबहिल कोटेश्वर नयाँ बानेश्वर भक्तपुरमा रहेको छ । यसरी अन्यको नाममा खोलीएको फर्ममाबाट सामान आयात गरिको सामान महाबौद्धका होलसेल पसलहरुमा बिक्री वितरण गरिन्छ । दैनिक जसो भन्सार छली गरेको सो सामानहरु अबैध बाटोबाट काठमाडौको महाबौद्धमा लगिने गरेको छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.