Saturday, November 11, 2017
चन्द्रगिरी हिल्सको लुट धन्दा जारीः चन्द्रले छोड्नन् डाँडामा रहेको पत्थर
रोशन कार्की
काठमाडौं । उपत्यकाको चन्द्रागिरि डाँडामा सञ्चालित चन्द्रागिरि केबलकारको लुट धन्दालाई सरकारकै कर्मचारीको मिलिमतोमा हुने गरेको खुल्न आएको छ । चन्द्रागिरी हिल्सले आफुखुशी प्रबेश शुल्कदेखि अन्य शुल्क असुली गरी धर्मकै नाममा व्यापार गरेको बारेमा स्थानीयबाटै गुनासो बढ्दै गएपछि सरकारले केही अनुगनको नौटंकी समेत गरेको थियो । सो अनुगमनको नौटकी पनि हिल्सकै अध्यक्ष चन्द्र ढकालको सहमतिमा र योजनामा औपचारीकता दिनमात्र गरेको पछिल्ला घटनाबाट प्रष्ट हुन आएको छ । केबलकारले सर्वसाधारणलाई दिनदहाडै ठग्ने कार्यालाई नियन्त्रण भन्दापनि झनझन बृद्धि हुदै गएको छ । भने सरकारी निकायले सो गुनासामाथी कुनै चासो समेत दिएको छैन ।
केबलकार सञ्चालन गरेपछि सुरुका दिनमा चन्द्रागिरि हिल्स प्रालिले केही चर्चा कमाएको थियो । धर्मको नाममा खेलिएको अबैध कार्यलाई लुकाउनकै लागि ढकालले पर्यटन क्षेत्रको विकास गर्ने उदेश्यले केबुलकार स्थापना गरेको भन्दै आएपनि उनले सो क्षेत्रबाट पुरातात्व पुराना शिला (पत्थर) लाई लैजानलाई सो योजना बनाएको आरोप स्थानीय बासिन्दाको रहेको छ ।
सो क्षेत्रमा हिराकै महत्व बोकेको पत्थरहरु रहेको र सो पत्थरलाई उत्खनन गरेर लैजाने काम समेत सो हिल्सका अध्यक्ष ढकालले गरेको आरोप स्थानीय बासिन्दाको रहेको छ । चन्द्रागिरीमा व्लु फरासिस् नामको प्राचिन पत्थरहरु रहेको एक अनुसन्धानबाट खुलेको छ । बाहिर बजारमा सो पत्थर हिराकै महत्वका साथ र करिब हिराझै मंहगो पत्थरको रुपमा लिने गरेको पाइएको छ । सो हिल्सले स्वीकृत विना आफुखुशी जंगल फडानी गरेर होटल समेत बनाउदै छ । जुन स्थानमा होटल बनाउनै गरिएकोछ सोही स्थानमा प्राचिन पत्थर व्लु फरासिस् नामको पत्थर रहेको भेटिएको छ । चन्द्रागिरी केबुलकारबाट गएर मन्दीरभन्दा निकै तल सो होटल निर्माण भई रहेको छ । (यस पत्थर समबन्धी थप विवरण र अनुसन्धान बारेको समाचार केही दिनपछि आउने छ)
यसका सञ्चालकले जनताको गुनासो थेग्न नसकेपछि आपूर्ति मन्त्रालयले केही अनुगमन समेत गरेको थियो । तर सो अनुगमनबाट कुनै प्रतिबेदन पनि सार्वजनिक गरेको छैन र हिल्सको ठगी कार्यलाई पनि रोक्ने निर्देशन समेत दिन सकेको छैन । सो हिल्सले पर्यटनको विकास गर्ने बहानामा चन्द्रागिरि डाँडामा विभिन्न मन्दिर बनाएको भएपनि हिन्दुधर्म र बौद्धधर्म अनुसार भई रहेको पुजाआजालाई समेत रोक लगाएको छ । धर्मकै नाममा सो क्षेत्रमा रहेको बौद्ध धर्म सम्बन्धि रहेको पुराना मुर्तिहरु समेत त्यहाँबाट हराएको खुलासा भएको छ । हिन्दुधर्म अनुसार खुला स्थानमा रहनु पर्ने भालेश्वरको मुर्तिलाई एकाएक हटाएर सो स्थानमा पशुपतिनाथको शिवलिङ्गको मुर्ति राखिएको छ । जहाँ अहिले भएको मन्दीर धर्मअनुसार सो स्थानमा भालेश्वरको मुर्ति हुनु पर्नेमा सो छैन अर्थात प्राचिन मुर्ति, त्रिशुल र घण्ट सो हिल्स निर्माण गर्नेक्रममा रातारात हराएको थियो । पछि स्थानीय बासिन्दा सो डाँडामा पुगेपछि असली मुर्ति नभएको र सो स्थानमा नक्कली शिवलिङ्ग राखिएपछि स्थानीय बासिन्दाले विरोध गरेका थिए ।
सो विरोधलाई साम्य बनाउनकै लागि नक्कली ढुंगालाई लगेर केही तल राखिएको छ । अहिले सो स्थानमा जानेहरुले सोही स्थानमा पुजा गरेर फर्कने गरेका छन् । यस सम्बन्धमा पटकपटक सो हिल्सका अध्यक्ष ढकालसंग प्रत्यक्ष सम्र्पक गर्दा उनी सम्र्पकमा आउनै चाहेनन् । उनले सो बारे पत्रकारले आफुसंग पैसा मागेको तर नदिएपछि सो समाचार लेखेको भन्दै उनी निकट केही व्यक्तीहरुसंग गुनासो पोख्ने गरेको स्रोतको भनाई रहेको छ । यहाँ ढकालले गुनासो पोखेकाहरुको नाम भने गोप्य राखिएको छ ।
उसले ४० वर्षसम्म सो क्षेत्रको जग्गा पनि भोगचलन गर्ने गरि छलछाम गरेर कागज गरेका छन् । केबलकार सञ्चालनकै प्रारम्भदेखि सुरु भएको ठगी कार्यलाई सो हिल्सले न स्थानीय समुदायललाई समेटेका छन् न सरकारी मान्यतालाई मानेका छन् । उनकै नीति नियम बनाएर चन्द्रागिरी जानेलाई विभिन्न शिर्षक उपशिर्षकको नाममा लुटधन्धा जारी राखिएको छ । सुरुमा पर्यटनको विकास गर्ने र त्यसले राज्यलाई ठूलै योगदान हुने हावादारी गफ दिएका ढकालले अहिले कर समेत छली गर्दै आएको छ । सरकारी निकायले एकातर्फ चन्द्रागिरि हिल्स प्रालिले गरेको ब्रह्मलुट त अर्को तर्फ धर्मको नाममा गरेको अबैध व्यापार गरिरहँदा पनि कारबाही गर्न सकेको छैन ।
चन्द्रागिरि हिल्स प्रालिले केबलकार सञ्चालन गर्न ७ सय २० रोपनी जग्गा भाडामा लिएको थियो । हिल्सले जग्गा भाडामा लिँदा नै राज्यलाई डुबाएको छ । केबलकार सञ्चालकले मासिक १ हजार ५ सय रुपैयाँ भाडा तिर्ने गरी सिंगै डाँडा आफ्नो हात पार्न सफल भएका थिएका छन् हिल्सका अध्यक्ष ढकाल । पहुँचकै भरमा त्यति धेरै जग्गा कौडीको मोलमा भाडामा लिएपनि सो बारे सम्बन्धित सरकारी अधिकारीहरुले केही अनुसन्धान गर्न सकेको छैन ।
सो डाडामा हिल्सले खाद्यान्नको कालोबजारी समेत गर्दैै आएको छ । आपूर्ति मन्त्रालय स्रोतका अनुसार अनुगमनमा कर्मचारी जाने योजना बनाउन नपाउदै हिल्स सञ्चालक ढकाल आफंै केबलकार पुग्ने र सो स्थानमा पुगेका कर्मचारीलाई सम्मान गरेर विना अनुगमन कर्मचारीलाई फकाउने समेत गर्दे आएका छन् । उनले भनेको नमान्ने कर्मचारीलाई जागिर खाइदिने सम्मको धम्की दिने गरेको मन्त्रालय स्रोतले जनाएको छ । दिनदहाडै ब्रह्मलुट मच्चाइरहँदा पनि सरोकारवाला निकाय चुप रहेका छन् । भने उपभोक्ता हित संरक्षण समितिहरु समेत सो लुटका बारेमा केही बोल्न सकेको छैन् ।
Subscribe to:
Post Comments (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
रोशन कार्की काठमाडौं । तारे होटल तथा विभिन्न ठाउँमा सञ्चालनमा रहेका क्यासिनो (जुवाघर) सञ्चालकले सरकारलाई बुझाउनु पर्ने कर, बक्यौता र नव...
-
रोशन कार्की काठमाडौं । नेपालको मात्रै नभएर विश्वकै अर्बपतिहरुको सुचीमा परेका चौधरी ग्रुपका अध्यक्ष विनोध चौधरीको ठगीधन्धाको विवरण आउनेक्रम...
-
रोशन कार्की काठमाडौं । तीन वर्षअघि गएको महाविनाशकारी भूकम्पबाट घरबारविहीन भएका पीडितहरुले ऋण गरेर पक्की घर बनाउने कार्यमा तीव्रता आएसँगै...
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.