Sunday, January 28, 2018

सीजी फुड्सले उत्पादन गरेको वाइवाइ गुणस्तर छ भनी गरेको दाबीको दिएनन प्रमाण (टिप्पणी)

रोशन कार्की विश्वको धनीको सूचीमा छलकपट गरेर नाम लेखाएर नाक ठुलो पारेका चौधरी ग्रुपका अध्यक्ष तथा व्यापारी बिनोद चौधरीको सीजी फुड्सले उत्पादन गरेको वाइवाइ चाउचाउ गुणस्तर छ भनी दाबी गरेपनि अहिले सम्म सो गुणस्तर मापन गरेको प्रमाण पेश गर्न सकेको छैन । आफुलाई उच्च व्यापारीक घराना, विश्वको ३२ राष्ट्रमा उद्योग स्थानपना गरेर व्यापार व्यवसाय गरेको भन्दै हिडेका चौधरीलाई आफ्नै कर्मचारीकै कारण दिनप्रतिदिन कम्पनीको नाममा गरेको बदमासीको खुलासा हुदै गएको छ ।
एक त उनी आफैले व्यापारीक पृष्टभुमी छोडेर राजनीतिमा लागे सुरुमा पसेको दलबाट भरपुर व्यक्तिगत स्वास्र्थ पुरा गरी विश्वको धनीको सूचीमा समेत परे तर, उनी सो सूचीमा पर्ने सम्पत्तीको स्रोत के हो ? कहाँबाट आयो त्यतिको सम्पत्ती ? भन्ने प्रश्न अहिले सर्वत्र चलेको छ । तर यसको जवाफ चौधरीले दिन सकेका छैनन् । उनले तयारी उत्तर दिने गरेका छन्,‘मैले उद्योग सञ्चालन गरेर कमाएको पैसा हो ?’ ल ठिक छ, उनले उद्योग चलाए अकुत सम्पत्ती कमाए तर उनले प्रत्येक वर्ष चौधरी ग्रुपको सवै कम्पनी घाटामा गएको भन्दै सरकारलाई कर छुटको निबेदन किन दिए ? घाटामा गएको कम्पनीबाट कसरी विश्वको धनीको सूचीमा पर्ने सम्पत्ती आर्जन गरे ? उनले बाहुबाजेको सम्पत्ती हो भनेर देखाएपनि उनको सो प्रमाण झुुट हुन्छ । उनका बाजे कुन हविगतमा नेपाल आएका थिए ? के व्यापार गरे भन्ने प्रश्नसंगै उत्तर विनोद चौधरीले लेखेकै पुस्तकमा रहेको छ । सामान्य रुपमा नेपाल छिरेका चौधरीको बाजेहरुले कमाएको सम्पत्ती भनेको सुरुमा आयातीत समानकै व्यापार व्यवसाय हो ? पछि उद्योग स्थापना गरे त्यहाँ सम्म सवैले मान्न तयार छन् । तर, एकाएक बिनोद चौधरीले बाबुको विरासत हाँके पछि रातारात उनी कसरी विश्वको धनीका परे ? त्यही उद्योगधन्धा देखाएर हुने भए उनका बाबु बाजे किन परेनन् ? यस्ता असंख्य प्रश्नको उत्तर चौधरी ग्रुपले दिन सकेको छैन् । यहाँ भन्न के खोजेको भने, गत साता सो ग्रुप अन्तर्गतको एक कम्पनीका कानुनी प्रमुखको नाममा आर्थिक दैनिकलाई सम्बोधन गरेर एउटा पत्र प्राप्त भयो त्यो पनि खण्डन पत्र भनेर पठाएको थियो । (सो दैनिकमा मैलेनै समाचार लेखेको थिए) प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रकार आचारसंहिता अनुसार सो पत्र प्रकाशन गर्नु पर्ने भएकाले जस्ताको तस्तै प्रकाशित पनि भयो । तर सो पत्र अध्ययन गरेपछि धेरै प्रश्नहरु जन्माएको छ । एउटा कानुनी अधिकृत भन्नेले तयार गरेको पत्रमा आफै कार्यरत कम्पनीको मालिकको गल्ती र कर छली गरेको प्रष्ट हुने गरी पुष्टी गरेका छन् । सो पत्रमा ‘३ वटा शव्दमात्र नयाँ छन् अरु सबै पत्रिकामा प्रकाशित समाचार साभार गरीएको छ । अनी भनीएको छ, उक्त आरोप सतप्रतिशत झुठो र पूर्णतया खराब नियतकासाथ प्रकाशित गरिएको छ ।’ हो मैले उल्लेख गर्न खोजेको के भने खण्डन गर्नेले सवै प्रमाणित छ, गुणस्तर छ, स्वस्थ्यप्रति ग्रुप सचेत रहेको, भनेर लेखी रहँदा किन सो प्रमाणको प्रतिलिपि पत्रसंगै राख्न सकेन ? विभिन्न समयमा सो कम्पनीले नक्कली मुल्यअभिबृद्धि कर (भ्याट), राजश्व, आयकर छली गरेको सम्बन्धमा किन उल्लेख गरेनन् ? अनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सो ग्रुपलाई ‘गुणस्तहिन चाउचाउ उत्पादन गरि बिक्री वितरण गरेको ठहर गर्दै हालेको मुद्दाका बारेमा किन उल्लेख गरेन ?’ भन्ने प्रश्नका उत्तर भने सो खण्डन पत्रमा दिन सकेको छैन । मैले सो कम्पनीले उत्पादन गर्ने वाइवाइ चाउचाउमा मोनोसोडियम ग्लुकोमेट रसायन अत्याधिक भएको र सो संगै अखाद्य पदार्थको प्रयोग हुदै आएको समाचार प्रकाशित गरेपछि अलिकति होस खुलेको छ चौधरीको । नत्र पैसा र शक्तिको आडमा जस्तो पनि गर्न सक्छु भन्दै घमण्ड देखाउदै आएको सो कम्पनीका मालिक बिनोद चौधरीलाई अतिकत पनि ज्ञान रहेनछ शक्ति र पैसा क्षणिक हो भन्ने । सो सम्बन्धमा प्रकाशित समाचार सत्य छ, ‘सो ग्रुपमा पनि कम्प्युटर चलाउने गुगलमा सर्च गर्ने जनशक्ति त पक्कै होलान ? एक पटक आफैले सर्च गरेर हेरे हुन्छ चाउचाउ खादा हृदयघात र मधुमेह हुने हार्वर्ड स्कुल अफ पव्लिक हेल्थद्वारा पुष्टी गरेको समाचार प्रकाशित भएका छन् । त्यसमा मैले चौधरी ग्रुपलाई भनि रहनु पदैन । सीजी फुड्स प्रालिको नाममा आएको सो पत्रले नै कम्पनीको छलकपट प्रष्ट देखिन्छ । यो पनि प्रमाणित हुन्छ एक वफादार कर्मचारी बनेको देखाउदाँ शव्दशव्दले चौधरी गु्रपको बदमासी आफैले सार्वजनिक गर्दै आएको छ । वाइवाइ चाउचाउमा प्रयोग गरिएको कच्चा पदार्थमा विषादी रहेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परिक्षणनै काफी छ । अरु भनी रहनु पर्दैन । यदि सो पदार्थमा खराबी नभएको भए विभागले हालेको मुद्दाका सम्बन्धमा लेखिएकोे पत्र किन बिच बाटोबाटै गायव बनाइयो ? चौधरीले सो पत्र गायव बनाउन कति खर्च गरेको थियो भन्ने बारे अर्को अंकमा उल्लेख गर्ने छु । हो गल्ती गर्नेहरुले भन्ने एउटै शव्द छ, ‘सतप्रतिशत झुठो र पूर्णतया खराब नियतका साथ प्रकाशित, आरोप प्रमाणित गर्न हामी समाचार लेखक र यस्तो समाचार प्रकाशन गर्ने पत्रिकालाई चुनौति दिन्छौ ।’ यो साझा शव्द भएको छ , आपाराधिक कृयाकलापमा संलग्नले पनि भन्ने गर्छ ‘म निर्दोष छु ।’ तर, उ निर्दोष भएको प्रमाण केही बुझाउन सक्दैन । ठिक चौधरी ग्रुपले पनि उही हाम्रो उत्पादन भएका सवै समान गुणस्तरिय छ, समाचार सतप्रतिशत झुठो र खराब नियतले लेखिएको हो मात्र भनेर लेख्ने हो याँ कम्पनीसंग भएका प्रमाणहरु पनि उल्लेख गर्नु पर्ने हो । हामी आचारसंहितामा पूर्ण विश्वास राख्ने गर्दछौ । सोही अनुसार समाचार प्रकाशन पनि भएको हो । त्यसैले चौधरी ग्रुपले आफुहरु निर्दोष छु भनि रहदाँ निर्दोषको प्रमाणहरु पनि दिएको भए ‘मैले लेखेको समाचार झुट हो भनेर व्यानर समाचार लेख्न तयार छु ।’ सक्नु हुन्छ भने पहिला आफुसंग भएको प्रमाणहरुको बारे जानकारी पठाउनुहुन कम्पनका मालिक बिनोद चौधरीलाई पनि सार्वजनिक चुनौती दिर्छौ । वाइवाइलाई भारत सरकारले कहिल्यै पनि बिक्रीमा प्रतिबन्ध लगाएको छैन र वाईवाईमा अखाद्य तत्व रहेको भनी आजको मितिसम्म कुनैपनि खाद्य प्रयोगशालाले पुष्टी गरेको छैनन् । भन्ने प्रमाण खै ? कृपया अध्यक्ष ज्यू, एक पटक गुगलमै गएर खोजी गर्नुहोस भारतमा बाइवाइ चाउचाउ र म्यागी चाउचाउ बिक्रीमा प्रतिबन्ध लगाएको समाचार हेर्न सक्नु हुने छ । हो, वाइवाइ चाउउचामा २५ दशमलव ४५ पीपीएम लिड (शिशा) रहेको पुष्टी सो प्रयोगशालाले गरेको छ । यो सतप्रतिशत झुठो कुरा हो भनेर भन्ने आधार खै ? वाइवाइमा सरकारले तोकेको मापदण्ड २ दशमलव ५ पीपीएभन्दा कम लिडमात्रै छ भन्ने प्रमाणित आधार खै ? नेपाल, भारत, जापान, युरोप, अमेरिका एंव वाइवाइ निर्यात हुने विश्वका ३२ देशका खाद्य गुणस्तर सम्बन्धी कानूनहरुको परिपालनामा उत्कृष्ट सावित भएको भन्ने आधार र प्रमाण खै ? कृपया वाइवाइ नेपालमा उत्पादन भएको आजसम्म अन्य देशमा निर्यात भएको भए मासिक कति मात्रामा निर्यात हुदै आएको छ त्यसको पनि परिमाण उल्लेख गरौन अध्यक्ष ज्यू ? जुन देशमा वाइवाइ चाउचाउ पाईन्छ त्यहीनै उत्पादन हुने गरेको भन्दै अध्यक्ष विनोन चौधरीले विभिन्न पत्रकार सम्मेलनमा भन्दै आएका छन् । प्रत्येक देशमा फरकफरक स्वादमा किन उत्पादन भयो ? नेपालमा पाउने वाइवाइको स्वाद र भारतमा उत्पादन भएकोको स्वाद, सिंगापुर र मलेशियामा सवै ठाँउमा फकर फरक किन भयो ? यदी नेपालबाट निर्यात भएको भए फरक फरक रंगमा किन उत्पादलन भयो ? समाचार तथ्यपूर्ण छ भनेर पुष्टी गर्ने जिम्मा समाचार लेखक र सम्बन्धित पत्रिकाको हो भन्ने त्यो कुनै पनि कम्पनीले भनी रहनु पर्ने कुरा हैन् । पत्रकारिताको न्यूनतम आचरण हैन उच्च आचारण नै पालना गरेका छौ । यहाँ वाइवाइको गुणस्तरमा प्रश्न उठाउनै नपाउने भन्ने बारे कुनै पनि आचारसंहितामा उल्लेख छैन यो पनि ज्ञान होस अध्यक्ष चौधरी ज्यू । चौधरीले देशको कर छली गरि अबैधरुपमा कमाएको रकमबाट सुविधा भोग्दै आएका कल्याण पन्तले एक पटक आप्mनो देशमाथी अत्याचार गर्ने समुहको असली रुपमा केही समय ‘कुल माईन’ ले एक पटक विचार गर्नुहोस ? अहिले पैसा पाउदैमा सवै आफ्नो दायित्व पनि नबिर्सनु राम्रो हुन्छ । प्रमुख कानुनी पदमा रहेर काम गरि रहदाँ एक पटक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सो ग्रुपले गुणस्तरहीन तेल प्रयोग गरेर वाईवाई क्विक्स चाउचाउ उत्पादन गरेको दाबी गरेको रिपोर्ट सार्वजनिक गरेको थियो । २०६८ मंसिर २३ गते खाद्य निरीक्षक रुपेन्द्र रावलसहितको टोलीले वाईवाई कारखाना निरीक्षण गरेको थियो । सोही निरीक्षणका क्रममा एउटै तेलमा पटकपटक चाउचाउ तारेको भेटेपछि टोलीले गुणस्तर जाँचका लागि नमूना लिएर आएको थियो । वाईवाई क्विक्समा प्रयोग हुने तेल गुणस्तरहीन भएको खान योग्न नभएको रिपोर्ट सार्वजनिक गरेको थियो । गुणस्तहिन तेलमा चाउचाउ उत्पादन गरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष खेलवाड गरेकोभन्दै ग्रुपलाई मुद्दा दायर गरेको थियो । मुद्दामा उपस्थित हुन सिजी फुड्सलाई जिल्ला प्रशासन (सिडिओ) कार्यालय ललितपुरले पटकपटक काटेको (म्याद) पत्र बीच बाटोबाटै बेपत्ता बनाएर अहिले सम्म कुनै कारबाही गरिएको छैन । सो परिसरमा पठाएको ४१२८ चलानी नम्बरको सो पत्र सम्बन्धित प्रहरी कार्यलयमा खोज्दा भेटिएनन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन तेल प्रयोग भएको पाएपछि ललितपुर सिडिओ कार्यालयमा सिजी फुड्सबिरुद्ध गत चैत ६ गते मुद्दा दायर गरेको थियो । सिडिओ कार्यालयले चैत ७ गते सिजी फुड्सका नायब महाप्रबन्धक रेवन्त ढकाललाई उपस्थित हुन भन्दै पत्र काटेको थियो । तर यस सम्बन्धमा किन एक शव्द लेखिएन । यस सम्बन्धमा किन जानकार भएन की भएर पनि लुकाउन चाहेको हो कानुनी प्रमुखले । सीजी फुड्सलाई तत्काल उपस्थित हुन काटेको पत्र विचबाटोबाटै हराएको भन्दै पत्रनै नआईपुगेको भनेर बस्न कति सम्मको जायज हुन्छ । नेपाल सरकारका कर्मचारीलाई केही आर्थिक सहयोग गरेकै भरमा मुद्दालाई निस्कृय बनाउने अधिकार चौधरी ग्रुपलाई कस्ले दिएको थियो ? यस सम्बन्धमा किन बोल्न सक्नु भएन प्रमुख कानुन अधिकृत ज्यू ? जय होस । karkirimn@gmail.com

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...