Saturday, January 3, 2015

राजेन्द्रको ‘चिन्तन’ समाजका विकृति प्रति खरो पुस्तक

रोशन कार्की २०१६ सालमा कक्षा ६ मा अध्ययन गर्नेक्रमै मरेर लानु के छ र ? भन्ने कविताबाट आफ्नो साहित्यीक यात्रा सुरु गरेका राजेन्द्रप्रसाद श्रेष्ठ २०६२ सालमा आइपुग्दा उनी अझ निराशबादीका रुपमा देखा परे । उनले पहिलो कविता सुरुवातनै निराशाबादी कविता लेखेकै कारण होला २०६२ सालमा पहिलो कविता र गीतसंग्रह प्रकाशन गर्दा पुस्तकको नामनै विलौनै विलौना निकालेर अझै निराशावादी भएको पुष्टी गरेका छन् । नभन्दै उनको जीवन पहिलो कृति झै भयो । हाल टिमुर भएर उपचारकै क्रममा रहेका श्रेष्ठले जवानी जति समाजसेवा र विद्यालयमा खर्चिए । समाजसेवाकै क्रममा विभिन्न स्थानमा गएका श्रेष्ठले उमेर छदा आफुमाथी लागेको रोगको समेत वास्था गरेनन् आज सो रोगले उनलाई थला बसायो । नेपालमा उनले आफ्नो उपचारमा परिवारले कुनै कसुर गरेनन् नेपाली अस्पालतले उनको रोग विसो गराउन सकेन् । भारत लगेर अप्रेसन गरेर आए, अहिले उनी उपचार मै रहेका छन् । यसैबीच उनले २०७१ मा आइपुग्दा अर्को कृर्ति प्रकाशन गरे ....चिन्तन....... । उनले २०१८ सालमा परिश्रम गरे फल नेपालमै पाईन्छ भन्ने कविता बाचन गरेर कविता लेखन महोत्सवमा दोस्रो भएपछि उनीले आफ्नो अधिकाशं समय साहित्यमै विताए । स्कूल जीवनदेखिनै सुरु भएको उनको साहित्यकी यात्रा अझै उच्च हुदै गएको छ । विक्रम संम्बत २००० चैत १२ गते पिता भीमकृष्ण र माता जमुना श्रेष्ठको कोखबाट सिन्धुपाल्चोकको मेलम्चीमा जन्मीएका श्रेष्ठ पेशाले कुशल शिक्षक हुन । विभिन्न संघ, सस्थामा समेत सकृय आबद्ध रहेका श्रेष्ठ विद्यार्थीका माझपनि लोकप्रिय रहदै आएका छन् । उनले सत्य घटनामा आधारित जातिय साँस्कृतिक रितिरिवाज मा हुने र भएका घटनालाई समेटेर सो चिन्तन पुस्तक प्रकाशन गरे । उनले समाजमा भएको जातजातिको विभेद, धर्मका नाममा तानातान, हिन्दुहरुको धेरै भगवान, बैज्ञानिक युगलगायत विभिन्न ७६ वटा विषयलाई समेटिएर सो पुस्तक निकालेका छन् । आफु टिमरले हलचल गर्न नसक्ने अबस्थामा पनि आफ्नो लेखन कार्यलाई भने सकृयनै बनाएका छन् । उनको लेख्ने तागतमा अझै कुनै कमि आएको छैन झन बढ्दै गएको छ । उनले सो पुस्तकमा समाज, गाउँमा देखिएको संस्कार तथा विकृतिको गहिरो अध्ययमा लागि रहेका छन् । उनी समाजमा देखिएका विकृतिका विरुद्ध खरो रुपमा उत्रेका श्रेष्ठ पछिल्लो समयमा आफै विरामीमा परेर समाजमै गएर खबरदारी भने गर्न नसक्ने भएका छन् । लामो समय शिक्षण पेशामा लागेको श्रेष्ठको समाजलाई हेर्ने आखाँ फराकिलो भएको साहित्यकार चन्द्रप्रसाद न्यौपानेको बुझाई रहेको छ । श्रेष्ठले समाजमा देखिएका सामाजिक, राजनीतिक, धार्मिक, शैक्षिक र साँस्कृतिक पक्षमा देखिएका पक्षलाई उनले राम्रो संग अक्षरमा उतारेका छन् । समाज घरमा हुने दाजुभाई, काकाकाकी, भाउजु नन्द, बुहारी, देवरभाउजु, बाबुछोरा र आफ्न्तजन सितको कलह, शिक्षक विद्यार्थीबीच बढ्दै गएको मान मर्यादनमा ह्रास, चर्को व्याजले गरिवको घरबार विहिन भएको, अनैतिक कार्या, भ्रष्टचार, चेलिबेटी बेचविखनका विरुद्धमा चर्को रुपमा आवाज उठाएका छन् । उनले हिन्दुहरुको धेरै किसिमको भगवान हुने आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । उनले सनातन, महाविर, कृष्णप्रणामी, अद्धैत सस्था, बम्हकुमारी राजयोग ओमशान्ति, रजनीस, बालयोगेश्वर, सत्यसाइ बाबा, निर्मल बाबा, निर्मल बाबा, हरेराम हरेकृष्ण, राधेराधे हरि ओम र गुरु नानकको शात्ति ओम लगायतको रहेको उनको ठहर रहेको छ । पुस्तकमा हिन्दुुधर्ममा गरिनु पर्ने सुधार र परिमार्जन धेरै भएको समेत उल्लेख गरेका छन् । उनले गाउँ घरमा सुरक्षा दिन पुगेको प्रहरीहरुको ज्याजदीका बारेमा लेखेका छन् जडियाँ हवल्दार, विद्यार्थी आन्दोलन हडतालका बारेमा पनि सो पुस्तकमा श्रेष्ठले उतारेका छन् ।
उनले त्यस्तै अर्को पुस्तकमा लेखेका छन्............. मरेर के लानु छ र ? नेपाली मन विकास गर । स्वर्ग जस्तो नेपाल पार्यौँ हामीले जन्म भोका, नाड्गा दाजुभाईको बुझौ हामी मर्म ।। भन्दै २०१६ सालमा पहिलो कविता लेखेर साहित्यीक फाँटमा आएका श्रेष्ठ देशमा आएका प्राकृतिक विपदले पुर्याएको क्षेति र जनधनको क्षतिबाट प्रताडित भई उनले कवितामय भावमा आफ्ना कलम चलाएका छन् । २०६२ सालमा पहिलो कविता संग्रह प्रकाशन गरेका श्रेष्ठले विलौनै विलौना पुस्तकमा ४५ वटा कविता र गीतहरु समेटेका छन् । विभिन्न समयमा लेखेका गीत र कवितालाई आफ्नो संग्रहको रुपमा प्रकाशन गरेका श्रेष्ठ समाजसेवा, शिक्षण पेशा र कविता लेखनलाई एकै साथ अगाडि बढाइ रहेका छन् । सो पुस्तकमा निराशा, आशा र विकास निमार्णमा सहभागी हुने जस्ता भावका कविता र गीतहरु समेटेका छन् । सतही रुपमा सो संग्रहलाई हेर्दा सामान्य लाग्छ तर अध्ययन गर्दा लाग्छ देशमै सुन उत्पादन हुन्छ, धन कमाउन विदेश हैन स्वदेशम मै कर्म गरौं भन्ने भाब उनले दिएका छन् । पछिल्लो समयमा देशको अबस्थमा देखिएको अराजकता, बेरोजगारी र हत्याहिंशाबाट आजित भएका युवा, युवती विदेशीन थालेपछि आंट र हिम्मत गर देशमै सुन भेटिन्छ भन्दै उनी गीत र कविता मार्फत सचेत गराई रहेका छन् । कविताको वास्तविक अर्थ र परिभाषा कसैलेपनि यर्थात रुपमा दिन सक्दैन कविता के हो र कस्तो हुनुपर्छ भन्ने निक्यौल पनि नभएका कारण उनले पनि आफ्नो मनशपाटलमा यर्थात जीवनमा भएका घटना, परिघटना र विकास निमार्णका विषयलाई उतेरका छन् आफ्नो संग्रहमा । २०१९ साल चैत २ गते दिनको ३ बजे ठूलो हुरी आयो, घरटहराका जस्तापाता सवै उडायो जनघनको क्षति भयो । सो घटना देखेका श्रेष्ठले देस्रो कविता लेखे तुफान । आयो तुफान घनधोरसित आधी घण्टाको म्याद लिएर नि त । आनन्दसाथ सुतेका बटुवाहरु रुखमुनी अचानक रुख ढल्यो बटुवा परे रुखमुनी, कोही लडे विच सडकमा कोही त खेतबारी जंगलमा कोही डुगांसंगै खालैखोला इश्वरले नै गरिदिएको खेल होला ।। जस्ता भाबलाई अक्षरमा उतारेका श्रेष्ठले आफ्नो जीवनपनि एक तुफान सरह भएको बताए । उनी साहित्यका अलवा सामाजिक सेवा, राष्ट्यि पर्यवेक्षक निर्वाचन आयोग २०५१, विद्यालय व्यवस्थापन समिति, रेडक्रस उप समिति, तत्कालिन श्री ५ सरकार, रोजगार प्रवद्र्धन समिति २०५५ र वि.सं. २०३७ देखि २०४७ साल सम्म इन्द्रेश्वरी उच्च मावि मेलम्चीका प्रधानअध्यापक भई आफ्नो सेवा प्रदान गर्दे आएका थिए । शिक्षण पेशा, समाजसेवाकै विचमा समय निकाले आफ्नो साहित्यीक यात्रापनि संगै अगाडि बढाएका श्रेष्ठ पछिल्लो समयमा आफ्नो जागिरबाट रिटार्ड जीवनमा कविता, कथा, उपन्यास लेखनमा व्यस्त रहेका छन् । विभिन्न सम्मानबाट सम्मानित श्रेष्ठ सादा जीवन उच्च विचार राख्नु पर्छ भन्ने भावनालाई कदर गर्ने गर्दछन् । उनले मेलम्चीमा क्याम्पस स्थापना गर्न आफ्नो नीजि ६, ४, १, १ जग्गा समेत इन्द्रवती क्याम्पसको नाममा दान दिएका छन् । कविता कथा र उपन्यासका अलवा मैश खलकको वंशावली, आफु विदेश भ्रमणमा जाँदा देखेका भोगेका विवरणलाई शव्दचित्रमा उतारेको ज्ञान बद्र्धक भ्रमण लगायतका पुस्तकहरु बजारमा ल्याएका छन् । उनको पहिलो कृत्ति सावित्रीदेवी श्रेष्ठको प्रकाशन आएको विलौनै विलौना पुस्तक आफ्नै पिता मातामा समर्पण गरेका छन् । दोस्रो कृत्ति ज्ञान वद्र्धक भ्रमण र तेस्रो कृत्ति २०७० सालमा प्रकाशन गरेको मैश खलकको वंशावली लाई दिनेश र महेश श्रेष्ठले प्रकाशन गरेका हुन । देश विकासमा पहिलो चरणमा उद्योगधन्धाको स्थापना हुनु पर्ने र आम नेपालीहरु उद्यमी बन्नु पर्ने भन्दै २०२५ सालमा उद्यमी बनौं भन्ने भावका साथ साहित्यकार श्रेष्ठले आफ्नो कलम चलाएका थिए । उद्यमी बनी स्वदेशी वस्तु प्रयोगमा लगाऔँ देशकोलागि कुटीर उद्योग बढाइ लैजाऔँ लेखतर्फ भेडा चौरी पालेर बढाऔं नहरनाला तराईमा खाँचो पहाडमा बाटो समय पारौं एक भई माग हो समयको ।।
पढ्दा लाग्छ यो सामान्य शव्दमा लेखिएको छ । तर यस कवितामा श्रेष्ठले आफ्नो भावनामा देशको आर्थिक विकासकालागि उद्यमी बन्नु पर्ने र त्यसमा पनि कुटीर उद्योग र ठूला उद्योगलाई प्राथमिकता दिनु पर्नेमा कवितामार्फत जोड दिएका छन् । क्वि श्रेष्ठले विलौनै विलौनामा देश काल परिस्थीतका कविताहरु समावेश गरेका छन् । यो जीवन जन्मेर विलाउन होइन २०३०, आफु मालिक बन्नेहरु २०५८, यो कस्तो पैसाको नाता २०३४, जंगेको करामत २०६१, आमाको विलौना २०५९, पिता हर्षलाल र माता कृष्णमायाँको भजन २०२५ सालमै कविताहरु पुस्तकमा समाबेश गरेका छन् । कवि श्रेष्ठको विलौनै विलौनाभित्र चारदर्जन कविताहरु रहेका छन् । मरेर के लानु छ र आज मलाई किन उदास लाग्छ संगै विभिन्न मितिमा रचना गरिएका कविताहरु यस पुस्तकमा समेटिएका छन् । जुन सरल ढंगबाट रचिएकै कारण होला अहिले ती कविता संग्रह ठूलाको हातमा भन्दापनि साना र अध्ययनरत विद्यार्थिको माझ लोकप्रिय भएका छन् । पछिल्लो समयम प्रकाशित चिन्तनको प्रकाशन भने उनका छोराहरु राजु, दिनेश र महेश श्रेष्ठले गरेका छन् भने सूर्यनारायण श्रेष्ठले चित्र लेखन गरेका छन् । कवि, गीतकारहरुद्धारा प्रकाशित कविता संग्रह अध्ययन गर्दा लाग्छ कुन भाष र शव्दहरु प्रयोग गरिएको छ रन भुल्लमा परिन्छ । जहाँ अग्रेजी, हिन्दी जानेदेखि सवै भाषाहरु समेटीएर प्रकाशन भएका हालका चर्चामा रहेका कविता, कथा, उपन्यासलाई यस पुस्तकले सरल र शिष्ट भाषामा हुनुपर्ने छ भन्ने सन्देश समेत दिएका छन् । karkirimn@gmail.com

Friday, January 2, 2015

सस्थालाई धरासायी बनाएर विवाद नगर्ने सहमती

महासंघको विवाद मिल्यो रोशन कार्की
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वमा देखिएको विवाद मिलेको छ । अध्यक्ष प्रदिपजंग पाण्डेको चर्को विरोधमा उत्रिएको निवर्तमान अध्यक्ष सुरज बैद्य समूहले पछिल्लो समयमा आएर सस्था धरासायी हुने अबस्थामा पुगेको भन्दै महासंघका कार्यक्रम र बैंठकमा सहभागी हुन थाले पछि विवाद टुङगिएको महासंघले जनाएको छ । खरो रुपमा पाण्डेको विरुद्धमा उत्रेको सो समुहले महासंघको विधान विपरित विरोध गरेको भन्दै सस्थागत रुपमा कारवाही गर्ने तयारी महासंघले गरेपछि एकाएक विरोध छोडी सहमतीमा आएको महासंघ स्थित रहेको एक उच्च स्रोतले नाम नलेख्ने सर्तमा बताए ।
महासंघका अध्यक्ष पाण्डेले ३२ वर्ष अधिको मुद्दालाई लिई पशुपति मुरारकालगायत अन्य सदस्यहरुले पदबाट हट्नु पर्ने माग राख्दै विरोधमा उत्रेका थिए । पुरानो मुद्दा भएको र हाल पनि सो मुद्दा अदालतमा विचाराधिन भएकाले सो बारे कोही कसैले पनि बहस पैरबी गर्न नमिल्ने भन्दै विरोधमा उत्रेको समुहमाथी महासंघले अनुसाशनको कारवाही गर्ने अन्तिम तयारीप् समेत गरेको थियो । अध्यक्षमा पाण्डेले विजय गरेपछि बैंद्य समुहबाट उम्मेदवारी दिई विजय भएका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका र उपाध्यक्ष शेखर गोल्छा सहितले पाण्डेलाई अध्यक्षबाट हट्नु पर्नेभन्दै धुलिखेलमा भएको विशेष बैंठकनै बहिष्कार गरेका थिए । सो बैंठक बहिष्कार गरि राजधानी फर्किएको सो समूहको नेतृत्व गर्दै निवर्तमान अध्यक्ष बैंद्यले महासंघको सभाकक्षमा पत्रकार सम्मेलन गरि पाण्डे अध्यक्षमा बस्नु विधान विपरित भएकोभन्दै पदबाट हट्न चेताबनी समेत दिएका थिए । यसरी निवर्तमान अध्यक्ष बैंद्यले ३५ वर्ष अगाडिको मुद्दालाई लिएर पाण्डे विरुद्ध आफ्नो समुहलाई मैदान उतारेका थिए । यसरी उतारेपछि सो समुह महसंघको वैठक र अन्य कार्यक्रमहरुमा सहभागी समेत नहुने र विरोधमात्रै गर्न थालेपपछि विवाद सतहमा आएको थियो । महासंघको कार्यकारिणी समितिको वैठकमा मुरारका, गोल्छासहितका ८५ प्रतिशत सदस्यको उपस्थिति सहित सस्थाको हित विपरित आफुहरु नहिड्ने र सस्थालाई बलियो बनाउने भन्दै बैंठकमा सहभागी भएपछि एकाएक विवाद मिलेको महासंघले जनाएको छ । संस्था जोगाउन सहमतिमा पुगेको भन्दै वरिष्ठ उपाध्यक्ष मुरारकाले आफुहरुको अडानभन्दा पनि संस्था ठूलो भएकाले सस्थाको हित विपरित आफुहरु नजाने भन्दै बैंठकमा सहभागी भएको बताएका छन् । यसरी बैंद्य समुह र पाण्डे समुहबीच विवादले ठूलै रुप लिएपछि एक अर्को आमुन्ने सामुन्ने समेत नहुने अबस्थामा पुगेका थिए । भने यता अध्यक्षमा पराजीत भाष्करराज राजकर्णिकारले पाण्डेको विरुद्धमा असहयोग गर्न गोप्य निर्देशन समेत आफु मातहतका सदस्यहरुलाई दिएको महासंघ स्थित उच्च स्रोतले बताएको छ । स्रोतका अनुसार बैंद्य समुहले पाण्डे नेतृत्वलाई असफल बनाउन गोप्य निर्देशन दिएको भएपछि, सो विवादले सस्थाको हित भन्दापनि धरासायी भई जाने निष्कर्ष निकाल्दै दुवै समुह अब आरोप प्रत्यारोप नगर्ने सहमती गरेको बताए । दुबै पक्ष आफ्नै अडानमा बसिरहँदा निकास ननिस्कने भएकाले संस्था बलियो बनाउन दुवै पक्ष लचक भएका हुन । गत चैतमा भएको महासंघको निर्वाचनमा पाण्डे र भास्करराज राजकर्णिकारको दुई वटा प्यानल मैदानमा उत्रेको थियो । अध्यक्षमा पाण्डेले जितेपछि राजकर्णिकारको समूह विपक्षीको रुपमा प्रस्तुत भएपछि विवाद मिल्नुको साटो झन बल्झिएको थियो । पाण्डेको अध्यक्षतामा महासंघ सचिवालयमा बसेको कार्यकारिणी समितिको पाचौं बैठकबाट विवाद मिलेको महासंघका अध्यक्ष पाण्डेले बताएका छन् । पाण्डेले भनेको छन्,‘महासंघमा खासै विवाद थिएन तर पनि मनका अन्तरकुन्तर भएका असमझदारीका कारण विवाद देखिएको भएपनि अब सो महासंघभित्र रहेन ।’ बैठकमा विशिष्ट सदस्य तथा पूर्व अध्यक्ष चण्डिराज ढकाल, अनुशासन समितिका सभापति तथा पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मुरारका, उपाध्यक्षहरु किशोरकुमार प्रधान, दिनेश श्रेष्ठ, गोल्छा र कार्यकारिणी समितिका ८५ प्रतिशत सदस्य उपस्थित रहेको महासंघले जनाएको छ । कार्यकारिणी समितिको बैठकले निजी क्षेत्रमाथि चौतर्फी दवाव आइरहेको अवस्थामा महासंघको उदेश्य प्राप्तिका लागि नयाँ परिस्थितिमा निजी क्षेत्रलाई उच्च मनोवलका साथ मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानमा लगाउन एकतावद्ध भएर जाने प्रतिवद्धता समेत दुवै पक्षले गरेका छन् । वैठकले उद्योग, व्यवसाय र आर्थिक विकासका लागि अति आवश्यक ऐन कानूनहरु ल्याउन पहल गर्ने निर्णय गरेको छ । औद्योगिक व्यवसाय ऐन, श्रम ऐन, विद्युत ऐन, विशेष आर्थिक क्षेत्र ऐन आउन बाँकी छ । विकास वजेट खर्च गर्ने वातावरण बनाउन सरकारलाई दवाव दिने समेत सयुक्त रुपमा निर्णय पनि वैठकले गरेको छ । यसैगरी सोही बैठकले मुल्य अभिवृद्धि कर (भ्याट) को थ्रेसहोल्ड बढाउन सरकारलाई आग्रह गर्दै हालै घोषणा गरेका नयाँ नगरपालिकाभित्रका व्यवसायीहरुले पनि सरकारले दिएको समयसिमा भित्र प्यान र भ्याटमा दर्ता हुनुपर्ने भएकोमा पुस मसान्तको अवधि अत्यन्तै कम भएकाले यसमा थप गर्न आग्रह गर्ने निर्णय गरेको छ । महासंघले कर फछर्यौट आयोग गठन गर्न माग गरेको छ । निर्यात प्रवद्र्धन गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योगहरुको स्थापनामा प्रोत्साहन दिने कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । स्वदेशी उद्योगी व्यवसायीहरुमा लगानी प्रर्वद्धन र उद्योग व्यवसाय विस्तारका लागि उनीहरुको आत्मवल र विश्वास बढाउन महासंघले आवश्यक वातावरण वनाउने निर्णय समेत गरिएको छ । सरकारको नीति अनुसार १५ प्रतिशत महंगो भएपनि स्वदेशी वस्तु खरिद गर्ने प्रावधानहरुलाई अनिवार्य रुपमा लागू गर्न महासंघले माग गरेको छ । सुन व्यवसायीले व्यवसायिक प्रयोजनका लागि वहुमुल्य वस्तुहरुको ओसारपसारमा देखिएको समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ । जिल्ला जिल्लाका उद्योग व्यवसाय प्रवद्र्धन गर्न गरिने मेला महोत्सव आदिलाई महासंघ मार्फत सहयोग गर्न छुट्टै कोष वनाउन महासंघले सरकारसँग आग्रह गरेको छ । वाणिज्य वैंकबाट लिएको ऋण तिर्न नसकी बैंकहरुद्वारा कव्जा गरिएका घरजग्गा ऋणी आफैंले खरिदकर्ताको व्यवस्था गरेमा ऋणीको अनुरोधमा सो घरजग्गा सोझै ऋणीले खोजेको खरिदकर्ताको नाममा पास गरिदिने व्यवस्थाको परिपत्रका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध समेत सो बैंठकले गरेको छ ।

मोवाइल बजार व्यवस्थित गर्न सुन्धारामा मोवाइल हब

रोशन कार्की
काठमाडौं । बढ्दो सूचना प्रविधिको प्रयोग र मागमा अत्याधिक बृद्धि भएपछि मोवाईल व्यवसायीको पहलमा सुविधासम्पन्न ‘मोवाइल हब’ को स्थापना हुने भएको छ । परम्परागत रुपमा सञ्चालन भएका मोबाइल पसलहरुले माग अनुसार पु¥याउन नसकेको र अबेबस्थीत समेत भएको भन्दै अब सो व्यवसायलाई व्यवस्थीत गर्ने गरि राजधानीको सुन्धारामा रहेको सिटिसी मलमा मोबाइल हब सञ्चालनमा आउन लागेको हो । उपभोक्तामा बढ्दो सञ्चार साधानको प्रयोगसंग व्यवसायीहरुमा पनि प्रतिपस्र्धा तीब्र रुपमा भएपछि एकै भबनबाट आम उपभोक्ताहरुले सवै सेवा उपलव्ध गराउने उदेश्यले मोबाइल हब सञ्चालन गर्न लागेको अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए । प्रतिस्पर्धासंगै सञ्चार सामाग्रीको मागमा पनि वृद्धि भएपछि आफ्नो पक्षमा उपभोक्तालाई आकर्षक गराउनका लागि सम्बन्धित क्षेत्रका व्यवसायीहरुमा पनि नयाँ नयाँ योजनाहरु सार्वजनिक गर्ने गरेका छन् । पछिल्लो समयमा उपभोक्ताहरुको समयलाई ध्यानमा राख्दै निश्चित स्थानमा सञ्चार साधानहरुको बिक्री वितरण एकै छानामुनीबाट हुने भएको छ । यसैक्रममा छोटो समयमा अत्याधिक माग रहेको मोवाईल बजारलाई व्यवस्थित र मर्यादित बनाउनकालागि सो क्षेत्रका व्यवसायीहरु एकिकृत भई सुन्धारामा रहेको ‘सिभिल टे«ड टावर’ मा ‘मोवाइल हब का रुपमा सटिसी मोबाइल बजार’ स्थापना गरि अब केही दिनपछि पूर्णरुपमा सञ्चालनमा आउन लागेको छ । उपभोक्ताको समयलाई बचत गराउने र आफ्नो सामान पनि सहुलियत दरमा बिक्री वितरण गर्ने उदेश्यले सो टावरको ३ वटा तलामा मोवाईल र सो सम्बन्धि सामानको मात्र पसलहरुमात्र राखीने भएको छ । सो हवमा सवै प्रकारका मोवाइलहरु उपलव्ध गराउने भएको छ । उनका अनुसार मोबाइलको कारोबार करिब ३५ प्रतिशतले बृद्धि भएकोे छ । अघिल्लो वर्ष करिब १३ अर्ब रुपैयाँ बराबरको कारोबर भएको थियो तर प्रत्येक दिन नयाँ मोडलको मोवाईल सेट खोज्न आउने भएकाले यसमा करिव ३५ प्रतिशतले माग बढेको छ । विश्व व्यापी रुपमा सञ्चार सम्बन्धी जनचेतना र फेसनकै लागि पनि मोबाइलको प्रयोग बर्सेनि बढ्दो रहेको उनको भनाई रहेको छ । नयाँ प्रविधि भित्रिने क्रम बढेकाले पनि ग्राहकहरु मोबाइलप्रति आकर्षित भएको पाइएको छ । नेपाल टेलिकमका अनुसार ८१ प्रतिशत जनताको हातमा मोबाइल पुगिसकेको अनुमान गरेको छ । इन्टरनेट, त्यसपछि आईपी डाटा सेवा सुरु भएपछि अझै व्यवसायीहरुलाई माग अनुसारको मोवाइल सेट उपलव्ध गराउन कठिनाई भएको व्यवसायीहरुको अनुभब रहेको छ । एकै छानामुनि धेरै सर्भिस सेन्टर र मोबाइल पसल भएको नेपालकै ठूलो मोबाइल बजार सुन्धारामा रहेको सीटीसी मलमा सञ्चालनमा आउने भएको हो । अंग्रेजी नयाँ वर्षबाट कारोबार सुरु गर्न लागेको भएपनि तयारी समय नपुगेका कारण केही दिन भित्रमै सुरु हुने सीटीसी मोबाइल बजारले जनाएको छ । सामसुङ, पानासोनिक, अल्काटेल, कार्बन, कलर्स, जियोनी, माइक्रोम्याक्स, लेमन, लाभा, जोलो, एलजी, इन्टेक्स, रेज र बिक्यु मोबाइलले सर्भिस सेन्टर राख्ने भएको उपाध्यक्ष माधब रोकाहाले बताए । केहि दिनबाटै औपचारिक कारोबार सुरु गर्ने भएपनि केही पसल अहिलेबाट नै सञ्चालनमा आएका छन् । सीटीसी मलको पाँचौं तलामा १२ वटा मोबाइल कम्पनीका सर्भिस सेन्टर रहने र तेस्रो र चौथो तलामा ब्रान्डेड र नाम चलेको मोबाइल पसल रहने अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए । सर्भिस सेन्टर मोबाइल बजारकालागि मेरुदण्ड भएको बताउँदै इन्टरनेसनल मार्केटिङ सर्भिसेस (आईएमएस) का अध्यक्ष दीपक मलहोत्राले सीटीसीमलमा मल्टिकेयर सर्भिस सेन्टर खोलेर त्यसबाट कार्बन, पानासोनिक र सामसुङ मोबाइलका उपभोक्तालाई सेवा दिन लागेको बताए । मोबाइल ब्यबसायीलाई बजार बिस्तार हुनु भनेको निकै राम्रो अबसर भएको बताउँदै मलहोत्राले एकै छानामुनी यतिका सर्भिस सेन्टर र मोबाइल पसल हुँदा ग्राहक तथा उपभोक्तालाई फाइदा पुग्ने बताए । नेपाल टेलिकम र एनसेलजस्ता सेवा प्रदायक कम्पनीका केयर सेन्टर रहने मोबाइल मार्केटको भुइँतलामा सबै मोबाइल ब्रान्डका स्टल रहनेछन् । मोबाइल केयरका लागि आएका उपभोक्तालाई प्राथमिक केयर भुइँतलामै हुने र बनाउनुपर्ने भएमात्र सर्भिस सेन्टरका लागि सिफारिस गरिदिने व्यवस्था मिलाइएको महासचिब केशबराज लुइटेलले जानकारी दिए । ‘ग्रे’ बाटोबाट आएका कुनैपनि ब्रान्डका मोबाइलको कारोबार नगर्ने योजनाका साथ सुरु हुन लागेको यो बजार नेपालकै ठूलो हुनेमात्रन भई अन्तर्राष्ट्रियस्तरको कस्टुमर केयर सेन्टर समेत रहने कोषाध्यक्ष मनोज मानन्धरले बताए । मोबाइल बजारले कारोबार सुरु भएपछि हरेक मोबाइल खरिदमा प्लास्टिक कभर निःशुल्क उपलब्ध गराउने र १० हजार भन्दाबढीको मोबाइल खरिद गर्नेलाई गिफ्ट भौचर दिइने ब्यबस्था गरेको बजारका सचिब आबिस्कारलाल श्रेष्ठले बताए । २२ जनाप्रमोटर सदस्य रहेको सिटिसी मोबाइलबजारमा ५ जनाको टिमले ब्यबस्थापनको जिम्मा लिएको छ । बजारको ब्यबस्थापन जिम्मा लिएका ब्यबसायीहरुमा अध्यक्ष सन्दिपमान श्रेष्ठ, उपाध्यक्ष माधब रोकाहा, महासचिब केशबराज लुइँटेल, सचिब आबिश्कारलाल श्रेष्ठ र कोषाध्यक्ष मनोज मानन्धर रहेका छन् ।

Wednesday, November 12, 2014

ग्रिनहिल सिटी अपार्टमेन्टका विरुद्ध १५० वटा मुद्दा

ROSHAN KARKI काठमाडौं । राजधानीमा विभिन्न नाम दिइ निमार्ण भएका अपार्टमेन्टले लोभलाग्दा सुबिधा दिने भने पनि भित्र रह¥य भने समस्या नै समस्याले भरिएको पाईएको छ । यस्तै समस्याको पोकाभित्र फरक समस्या लिएर निमार्ण भएको राजधानीबाट नजिकै रहेको काठमाडौंको मुलपानीमा निर्माण गरेको ‘ग्रिनहिल सिटी’ नामको अपाटमेण्टको रह¥य भने नितान्न भिन्न रहेको छ । सो अपाटमेण्टले जग्गा लिनु भन्दा अगाडि देखिनै जिल्ला अदालत, पुराबेदन अदालत पाटन र सर्वोच्च अदालतमा गरि सो अपाटमेण्ट विरुद्ध १५० वटा मुद्दा दर्ता भएको छ । अदालतले सो मुद्दाको फैसला नहुदै निमार्ण गरिएको अपाटमेण्ट अहिले मुद्दैमुद्दाको भारी बोकेर लगानीकर्ताले अपार्टमेन्ट बिक्रीमा रहेको विज्ञापन गरेको छ । खरिदकर्तालाई सेवा सुविधा र अन्यभन्दा फरक रहेको भन्दै गरेको विज्ञापन अनुसार सो अपाटमेण्ट फरक रहेको पाईएको छ । अन्य अपाटमेण्टमा जग्गा मुद्दा नभएको तर सो अपाटमेण्टमा ४२ वटा मुद्दा विचाराधिनमा रहेकै अबस्थामा हातैमा लालपुर्जाको लोभलाग्दो विज्ञापन गरेपनि हाल मुद्दा फैसला नभएसम्म अपार्टमेण्ट निमार्णकर्ताले कसैलाई पनि लालपुर्जा दिने सक्ने कानूनी आधार छैन । यसरी आफ्नो स्वामित्वमा नभएको जग्गामा अपाटमेण्ट बनाएर लालपुर्जा हातैमा भन्दै विज्ञापन गरेर उपभोक्ता ठगी गरि आफ्नो लगानी उठाउने रणनीतिका अनुसार अपार्टमेण्ट मालिक भेषराज लोहनी लागि परेको समेत खुलेको छ । जग्गा खरिदसंगै चलेको विवाद अहिले जिल्ला अदालतमा विचाराधिन रहेको छ । जग्गाधनीलाई झुक्याएर रकम नभएको बैंकको चेक थमाएर जग्गा आफ्नो नाममा पार्न सफल तीनकुनेमा रहेको ओमकार रियल इस्टेट एण्ड हाउजिड कम्पनी (प्राइभेट) लिमिटेडका शान्तिराम न्यौपाने चन्द्रप्रसाद चौलागाई, भरतप्रसाद चौलागाई र ग्रिनहिल सिटीका मालिक भेषराज लोहनीका विरुद्ध ठगी र जालसाधिको मुद्दा दायर गरेका छन् । जग्गाधनी विजयमणी आचार्य दीक्षित, दुर्गादेबी आदि (दिक्षित), अभय भरतमणी र अरुण दीक्षितले चौलागाई र लोहनीका विरुद्ध ठगी मुद्दा दाहेर गरेको अदालत स्रोतले जनाएको छ । जग्गाठगहरुले दीक्षित परिबारको मुलपानी वडा नम्बर ८ ख मा रहेको कित्ता नम्बर ९०, १३८, १३९, १४०,१४१, १४३, १४८, १५०, १३३, १३६, १३७, ८८, ९१ र ९२ बाट १०२ रोपनी जग्गा ठगी गरेको जनाईएको छ । यसरी ठगी गरि रातारात अपाटमेण्ट बनाई खरिद गर्नकालागि अहिले सो हिल सिटीले मंहगोमा झुटो विज्ञापन सर्वाजनिक गरेको छ । बैंक व्यालेन्स नै नभएको चेक दिई सो ठग समुहले अरुण दीक्षितको नाममा सि, ३८ १३६७०२० को नम्बर भएको चेक राष्ट्यि बाणिज्य बैंकको चेकबाट ५ करोड, सोही बैंककै अर्को चेक दुर्गादेवी आदीको नाममा २ करोड ५० करोड, विजयमणी आचार्य दीक्षितको नाममा सोही बैककै २ करोड ५० लाख रुपैयाँको चेक दिएको तर सो खातामा रकम नभएको बैंकले जनाएकपछि आदि परिबारले चेक बाउन्स गराई मुद्दा दायर गरेको जनाइएको छ । यसरी परेको मुद्दामा तत्कालिन जिल्ला न्यायाधिश महमद आजादले पैसा तिर्न नपर्ने भन्दै फैसला गरेको दुखेसो समेत दिक्षित परिबारले गरेका छन् । बलजफत व्यक्तीगत जग्गा लिई अपाटमेन्ट निमार्णगरि अन्धधुन्ध फ्ल्याट बिक्री गर्ने कार्यामा तीब्रता आएसंगै अपाटमेन्ट खरिदकर्ता समेत पछिल्लो समयमा ठगीने सम्भाबना बढ्दै गएको छ । यसैबिच, काठमाडौंको मुलपानीमा रहेको जग्गामा निमार्ण भईरहेको ‘ग्रीनहिल सिटी’ अपार्टमेन्ट निमार्णसंगै ४२ वटा मुद्दालाई लुकाएर बिक्री खुल्ला गरेको छ । जुन अपाटमेन्ट निर्माण भएको जग्गा खरिद गर्दादेखिनै परेको मुद्दाको किनारा नलाग्दै सो अपाटमेन्ट निमार्णकर्ताले समेत बाँकी जग्गाको रकम नदिई अनियमिकता गरेको खुलासा भएको छ । उपत्यकामा (अपार्टमेन्ट), सामुहिक आवास (हाउजिङ) भवन निर्माण तथा बिक्री कम्पनीहरुबाट आफूहरु ठगिएको भन्दै उजुरी गर्नेहरुको संख्यामा वृद्धि भई रहेको अबस्थामा सरकारले सो बारे गम्भीर रुपमा नलिएका कारण पनि अपाटमेण्टको नाममा ठगी कार्यामा तीब्रता आएको छ । हाउजिङ र अमार्टमेन्टको व्यवसायिक कारोेवार गर्ने कम्पनीहरुले पहिल्यै पैसा उठाउने तर काम समयमा नगरेपछि उपभोक्ताहरु मर्कामा पर्ने गरेका छन् । आफूहरु ठगिएको भन्दै उजुरी गर्नेहरुको संख्या अहिले १ हजार नाघेको छ । अपार्टमेन्ट र हाउजिङ कारोवारमा ठगीको समस्या देखिन थालेपछि सरकारले आवास सम्बन्धी जाँचवुझ आयोग गठन गरेको लामो समय वितिसक्दा समेत समस्या समधान हुनुको साटो झन मौलाएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत गठन गरिएको आयोगमा उजुरी दिने क्रममा झन तीब्रता आएको छ । जाँबुझ आयोगका अनुसार अपार्टमेन्ट र हाउजिङमा बिविध समस्याहरु देखिए पनि आफ्नो अधिकारभन्दा बाहिरको जग्गामा समेत निमार्ण गरि अन्धधुन्ध बिक्री गरिएका छन् । अधिकांश समस्याहरु पहिल्यै भुक्तानी गरेका तर अपार्टमेन्टमा बस्न नपाएकाहरुको छ । ५÷७ वर्ष भइसक्दा पनि अपार्टमेन्ट नपाएकाहरुले उजुरी दिनेको भीड बढ्दै गएको छ । आयोगका अनुसार दोस्रो समस्या पैसा दिइसकेको तर निर्माणको काम बीचमा रोकिएर अलपत्र परेका छन् । बिज्ञापन गरेर जग्गा देखाएर पैसा लिएको तर अपार्टमेन्ट निर्माण नगर्नेहरुका विरुद्धमा पनि उजुरी परेका छन् । एउटै फ्लाट दुई ठाँउमा बेचेको पनि उजुरी परेका छन् । आयोगका अनुसार एउटालाई बेचेको फ्लाट एवं जग्गाको लालपुर्जा नदिएर सोही लालपुर्जा कम्पनीले अरुको नाममा बनाएर बैंकमा राखेर पैसा लिएको समेत उजुरी परेका छन् । केहीमा भवन तयार भएर उपभोक्ता बसेका छन् तर लालपुर्जा पाउन सकेका छैनन् । जग्गा र साइड देखाएर पैसा उठाएको तर वर्षौदेखि अपार्टमेन्ट नबनाएको घटनाको बारेमा उजुरी परेको छ । आयोगमा परेका उजुरी अनुसार सम्झौता अनुसारको सुविधाहरु पनि उपलब्ध नगराइएको गुनासाहरु रहेका छन् । तीन वेडरुम भनेर पैसा लिएको तर २ वेडरुम दिएको घटनाहरु पनि आएका छन् । आयोगले १९–२० वटा कम्पनीले उपभोक्तालाई ठगी गरेको उजुरी परेका छन् । कतिपय कम्पनीले मापदण्ड अनुसार भवन निर्माण नगरेको पनि आयोगले जनाएको छ । गैरकानुनी रुपमा अरुको जग्गा देखाएर ठगी गर्नेहरु पनि यस्ता कार्यमा लागेको हँुदा समस्या परेको छ ।

सरकारले सुन तस्करलाई कारवाही गर्न सकेन

ROSHAN KARKI .
काठमाडौं । नेपाली भुभागको प्रयोग गरि लामो समयदेखि भन्सार कर्मचारी र व्यवसायीहरुको मिलिमतोमा हुदै आएको सुन तस्करी कार्यमा नियन्त्रण आउनुको साटो झन मौलाउदै गएको छ । अस्थिर राजनीतिको फाइदा उठाउदै चीनको स्वशासीत क्षेत्र तिव्वतको खासा बजार हुदै नेपाल दैनिक रुपमा सुन आयात हुने गरेको छ । यस कार्यमा सम्बन्धित भन्सार नाकाका कर्मचारी, सुरक्षाकर्मी र अन्य समाजसेवी भन्न रुचाउनेहरुको प्रत्यक्ष संलग्नतामा सुन नेपाल ल्याउने गरेको पाइएको छ । नेपालको बाटो हुँदै बहुमूल्य धातु सुनको तस्करी तीन वर्षयता ह्वात्तै बढेको छ । तिब्बतबाट आएको सुन सीधै भारत जाने र त्यहाँका व्यापारीले सस्तोमा किन्न पाउने भएकाले विगद ३ वर्षदेखिनै नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ को रुपमा समेत लिइएको छ । सुरक्षा निकायले आकलझुकल सुन बरामद गरेपनि दैनिक तातोपानी भन्सार नाकाबाटमात्रै ५ सय किलोग्रामको हाराहारीमा सुने नेपाल भित्रने गरेको छ । दिउसो, विहान र रातीको समय बनाएर सुन तस्करहरुले सिन्धुपाल्चोकको तातोपानी भन्सार नाका र रसुवाको भन्सार नाकाबाट सुन नेपाल भित्राउने गरेको सुरक्षाकर्मीको रेकर्डमा उल्लेख छ । तर सुरक्षा निकायकै भनाइ अनुसार दैनिक एक सय देखि ३ सय किलोभन्दा बढी सुन भारततर्फ तस्करी हुने गरेको प्रतिबेदन तयार गरेको छ । नेपालमामात्र तस्करीको सुन २ सय किलोसम्म खपत हुने गरेको छ । तिब्बती व्यापारी र भारतीय व्यापारीका लागि नेपाली सुन व्यवसायीहरु बिचौलियाको भूमिकामा रहेको र खासादेखि काठमाडौं सम्म ल्याइदिने जिम्मा समेत तीनै व्यापारिहरुले लिने गरेको स्रोतको भनाई रहेको छ । नेपाली व्यापारीले नै तस्करीको सुन नेपालमा बिक्री वितरण गर्ने समेत गरेका छन् । पछिल्लो समयमा त्रिभुवन विमानस्थल र खासाबाट ३० किलो सुन बरामद भएपछि सो सुन ओसार÷प्रसार गर्नमा प्रयोग गरिएका भरियाले दिएको बयान अनुसार नेपाली व्यापारिहरु यस अबैध कार्यमा सकृय रहेको समेत खुल्न आएकोे छ । वास्तविक तस्कर भने प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन । पछिल्ला दिनमा बिस्कुट आकारका किलो किलोकै परिमाणमा बरामद हुन थाले पछि सो कार्यमा सरकारी कर्मचारी र सुरक्षाकर्मीकै संलग्नतामा हुने गरेको अनुमान लगाउन सकिन्छ । नेपाल बाट भारततर्फ सुन लैजान नेपाली व्यवसायीहरुले सरकारी निकायमा जहाँ मिलाउनुपर्ने ती सबै ठाउँमा मिलाएर सिमा कटाउने गरेका छन् । त्रिभुवन विमानस्थलबाट अवैध तरिकाले सुन भियाउन कठिन भएकाले पनि तस्करहरुले तिब्बतको नाका प्रयोग गर्न थालेका हुन । नेपालमा धेरै पहिलेदेखि सुन तस्करी हुने गरेको छ । पहिले दुबई, थाइल्यान्ड र मलेसियाबाट सुन ल्याइन्थ्यो । हङकङबाट पनि धेरै पटक तस्करी भएको थियो । विमानस्थलमा सुरक्षामा केही कडाइ हुन थालेपछि चीनको तातोपानी नाकाबाट प्रयोग बढेको हो । उच्च तहको मिलेमतोमा नीतिगत रुपमै सहज बनाएर र भन्सारमा ‘सेटिङ’ मिलाएर तस्करी हुँदै आएको प्रहरीले निष्कर्ष निकालेको छ । खासा नै किन रु बैंकले सुन बेच्ने भए पनि व्यवसायीको आवरणमा तस्करहरु खासाबाट काठमाडौं हुँदै भारत पठाउन सक्रिय छन् । जानकारका अनुसार एक किलो सुन तस्करी गर्न सके ३ लाख रुपैयाँभन्दा बढी नाफा हुने भएकाले तस्करले तिब्बत र हङकङको सुन काठमाडौं ल्याउन खासा काठमाडौं स्थलमार्ग प्रयोग गरिरहेका छन् । १० वर्षअघि ७ सय ४५ ग्राम सुन बरामद भएको थियो । २३ पुस २०५८ मा काठमाडौं आउँदै गरेको बा२च १४३७ नम्बरको कारबाट इलाका प्रहरी कार्यालय बाह्बिसेले सुन बरामद गरे पछि सो नाकाबाट अबैधरुपमा सुन नेपाल भित्रने गरेको प्रमाणित भएपनि हाल सम्म सुन तस्करलाई नेपाल सरकारले कारबाही भने गर्न सकेको छैन ।

क्रिस्चियनका नाममा डलर ल्याउँदै निजी बैंक खातामा थुपार्दै

काठमाडौं । मुलुकमा जति जति बेला धार्मिक र राजनीतिक द्धन्द्ध हुन्छ त्यतिबेला केहि लुटुवा व्यक्तिहरुले व्यक्तिगत लाभ लिने गर्छन, यस्तै भएको छ यतिबेला नेपालमा । संविधान भन्दा भन्दै मुलुकले एक दशक पुर्याउन आँटेको छ तर हाल सम्म पनि संविधान हात लागेको छैन । यहि बीचको समयमा क्रिश्चियन धर्मालम्बीका केहि पास्टरहरुले भने ठुलै रकम आफ्नो पंजामा पारेका छन । नेपालमा रकम दिएर धर्म परिवर्तन गर्दे आएको आरोप खेपी रहेका क्रिस्चियनका केहि लिडरहरुले ठुलो धनराशी जोडेको समाचार प्राप्त भएको छ । विशेषगरी सम्पन्न मुलुकबाट सामाजिक सेवा र धर्म प्रचारको नाममा आएको डलर आफ्नै निजी खातामा राख्ने गरेको खुलासा भएको छ । केही वर्ष अघि एक छाक खान र चप्पल लगाउन समेत धौ धौ पर्ने व्यक्तिहरु क्रिस्चियन धर्मालम्बीमा पसेपछि रातारात करोडपति बने लगत्तै यस्ता कुराहरु क्रिस्चियन जगतले नै पर्दाफास गरेका हुन् । गरिब, शिक्षा, स्वास्थ्य र दीनदुखीहरुका नाममा नेपाल आउने डलर अधिकाशं पास्टरहरुले व्यक्तीगत बैंक खातामा राख्ने गरेको खुलासा विभिन्न चर्चका प्रतिनिधिहरुले गरेका छन् । प्राप्त समाचार अनुसार केही वर्ष अघि फुटपाथमै रमाएका सुन्दर थापा काठमाडौं छिरेपछि केही वर्ष भौतारीदै हिडेका थिए । भौतारीदै हिड्ने क्रममा एकाएक सामखुशी स्थित आशिष चर्च स्थापना गरि करोडौंको मालिक भएका छन् । विशेषगरी अमेरिका पुगेपछि रातारात धनी हुने र आफुलाई फाइदा हुने काममा लागेको स्रोतको भनाई रहेको छ । गरिव, असाहय, बुढाबुढी र धर्म प्रचार÷प्रसारका नाममा विदेशबाट आउने डलरलाई थोरै खर्च गरेर बढी मात्रामा रकम आफ्नो बैंक खातामा राख्ने गरेको सो चर्चका एक प्रतिनिधिले बताए । चर्चभित्रै धर्मका नाममा लुट गर्ने, भु माफीयाका रुपमा चर्चित थापा अहिले ‘पास्टर’ समेत हुन । उनले राजनीतिक दलहरुको संरक्षणमा जग्गा, अन्य व्यक्तीको सम्पत्ती हड्प्ने कार्यमा संलग्न हुदै करोडपति बनेको बुझिएको छ । विभिन्न समयमा आउने जग्गा, सम्पत्ती र क्रिस्चियनकै विवादमा थापाले आफ्नो श्रीमतीलाई अगाडि सारी आफु भने भित्रभित्रै अबैध रुपमा समस्या समधान गर्नै भन्दै रकम असुली गर्ने कार्यमा समेत सकृय रहेको स्रोतको भनाई छ । थापा पोखरा निवासी हुन् । यसैगरी, केही वर्ष अगाडि गोर्खाबाट काठमाडौं आएका अर्का ढोगी क्रिस्चियन कृष्ण परियारको सम्पति पनि अकुत छ । चुडिएको चप्पल लगाएर काठमाडौं छिरेका परियार पनि थापाकै झै ललितपुरको सातदोवाटोमा रहेको चर्च ‘नवजीवन’ मा प्रबेश गरेर पास्टर बनेका व्यक्ति हुन् । पुर्व प्रधानमन्त्री तथा एमाओवादीका बरिष्ठ नेता डा। बाबुराम भट्टराईको दाहिने हात हुँ भन्दै सवैसाधारण देखि सोही चर्चमा समेत दादागिरी देखाउने परियारले करोड भन्दाबढी सम्पत्ती संकलन गरेको स्रोतको भनाई छ । आफुलाई प्रभावशाली माओवादीको रुपमा समाज र क्रिस्चियन जगतमै शक्ति प्रर्दशन गरेर हाल सम्ममा ललितपुरको ग्वार्कोमा ६ आनामा ३ तले घर, नख्खीपोटमा रहेको ८ आना जग्गामा साढे ३ तले घर र दमैटारमा ३ रोपनी जग्गा सहित विभिन्न बैंकमा सुन र पैसा बचत गरेको सोही चर्चका एक प्रतिनिधिले बताएका छन् । एक छाक समेत खान नपाउने परियार एकाएक करोडौंको मालिक बनेका उनले अहिले सम्म सम्पत्ती कर समेत बुझाएका छैनन् । लतिलपुरमै रहेको आइजेपाइनर नामको नीजी विद्यालयमा आफ्नो छोरालाई पढाएका छन् । सो विद्यालयमा परियारले मासिक २५ हजार रुपैयाँ बुझाउदै आएका छन् । गरिव र असाहायका नाममा विदेशबाट डलर ल्याउने र सोही रकम लक्षित क्षेत्रमा खर्च नगरि आफ्नै बैंक खातामा जम्मा गर्दै गएका थापा र परियार एक उदाहरण मात्र हुन । धर्मका नाममा समाजमा आतंक मञ्चाउने र धर्ममा लागेकालाई पनि विभिन्न बहानामा रकम असुली गर्दै आएका थापा र परियार कारबाही हुनबाट भने मुक्त रहेका छन् । - See more at: http://tibrakhabar.com/?p=6878#sthash.qhP6n848.dpuf

कमिशन लिएर आइजीपी अर्यालले नयाँ प्रहरी पोशाक लागु गरेको आरोप

रोशन कार्की काठमाडौं । नेपाल प्रहरीमा पछिल्लो समयमा आएर आफु कसरी पैसा संकलन गर्ने भन्ने उदेश्यका साथ प्रहरी प्रशासन संम्हालन आएको प्रहरी प्रमुखले शान्ति सुरक्षाभन्दा पनि अकुत संम्पत्ती आर्जन गर्ने नयाँ नयाँ तरिका खोजी गरेको रह¥य खुलेको छ । प्रहरी प्रधान कार्यलयबाट प्राप्त समाचार अनुसार प्रहरी महानिरिक्षकले ठूलो कमिशन लिएर नयाँ प्रहरी पोशाक लागु गरेपछि सो रह¥यको खुलासा भएको हो । नेपाल प्रहरीमा एक पछि अर्को योजना बनाउदै अनियमिकता गर्ने कार्य नियन्त्रण हुनुभन्दापनि झन मौलाउदै गएको छ । ‘मुस्कान सहितको सेवा’ को नारा दिएर सुरक्षामा खटाइएको प्रहरीको भने पछिल्लो समयमा आएर आफैदेखि दिक्क मान्दै डिउटी गरेका छन् । कारण नयाँ प्रहरी प्रमुखले काठमाडौंबाट सुरु गरेको ‘पोशाक’ लगाउनु पर्दा आफुलाई प्रहरीभन्दा अन्य सुरक्षाकर्मी भएको भन्दै निराश भएको प्रहरीहरुले जनाएका छन् । गत संविधानसभाको निर्वाचनमा म्यादी प्रहरीलाई दिएको पोसाक नै हाल कायम गरेपछि प्रहरी क्षेत्रमै नैराश्यता भएको छ । प्रहरी प्रधान कार्यालयका प्रमुख प्रहरी महानिरिक्षक (आइजीपी) उपेन्द्रकान्त अर्यालले नयाँ प्रहरी पोशाक लागु गरेपछि विवादमा तानिएका छन् । नेपाल प्रहरीका लागि गत चैत महिनामा टेण्डर अव्हान गरि ३ महिनापछि १ लाख मिटर कटन सर्टको कपडा २ लाख मिटर निलो चुस्ता कपडा २५ हजार मिटर उलन सर्टको कपडा २० हजार थान झुल २० हजार थान उलन ब्यांकेट र २० हजार थान उलन जर्सी खरिद कम्पनीका ठेकेदारसँग भित्री साँठगाँठ गरि प्रहरी प्रधान कार्यालयको खरिद शाखा मार्फत खरिद गरिएको यी सामाग्री मार्फत आइजीपी उपेन्द्रकान्त अर्यालले करिव १ करोड कमिशन लिएको आरोप लगाइएको छ । रातारात खरिद गरिएको उक्त पोसाकले अहिले प्रहरीभित्र नै चर्चा परिचर्चा सुरु भएको छ । प्रहरीले प्रवृत्ति बदल्नमा ध्यान दिनुभन्दा पनि पोसाक बदलेको छ । उसको पोसाकको रंग गाढा निलो छ, झण्डै कालो नै देखिन्छ । कालो रंग न्याय सत्य र उज्यालोको प्रतिक नभएको मानिदै आएको छ । प्रहरीले खलनायकको जस्तो पोसाकमा सर्वसाधरणको सुरक्षामा खटिएको देख्दा आम सर्वसाधरणले प्रहरी हुन वा अन्य निक्र्याैल गर्न अन्योलमा परेका छन् । सर्वसाधरण मात्रै होइन नेपाल प्रहरीले प्रयोग गर्दै आएको कालोमा हल्का निलो रंगको पोसाक प्रहरी आफैलाई पोलीसीङ गर्न समेत असहज भएको बताउन थालेका छन् । ‘यो डे«सले हामीलाई पोलीसीङ गर्न असहज भएको एक उच्च सुरक्षाकर्मीले नाम नछाप्ने सर्तमा बताए । ती अधिकारीले भने ‘ हामीलाई अहिले दिएको पोशाकले हौसाला बढाउने भन्दापनि घटाउने कार्य भयो ।’ हाल आफूले लगाउदै आएको पोसाक पहिलेको पोसाक भन्दा कमसल रहेको प्रहरीवृत्तमै खैलाबैला मञ्चिएको छ । ‘हामीलाई सर्वसाधरणले हेर्ने दृष्टिकोणमा समेत व्यापक फरक आएको पाएको छु, जुन पहिला सम्मान थियो त्यो समेत छैन ।’ एक प्रहरीले भने । म्यादी प्रहरीले पनि संविधानसभाको निर्वाचनमा त्यहि पोशाक लगाएका थिए । अर्का उच्च प्रहरी अधिकृतने भने ‘अहिले सर्वसाधरणले हामीलाई कुनै कम्पनीको सेक्युरीटी गार्डको दर्जामा राखेर हेरेका छन् ।’ राज्यको जिम्मेवार अंगको जनविश्वास समेत हालको पोसाकले घटेको भन्दै विरोध समेत गरेका छन् । सुरक्षामा खटिने सामान्य प्रहरी कर्मचारीले मात्रै सो पोसाकमा सुरक्षामा खटिएको देखिन्छ । तर उच्च तहका प्रहरी अधिकारीले भने सो पोसाक लगाएको देखिएको छैन । यसबाट उच्च अधिकारीलाई समेत चित्त नबुझेको प्रष्ट हुन्छ । एकातर्फ परिवर्तन गरेको पोशाकका कारण आलोचनामा परेका आइजीपी अर्याले अर्कोतर्फ त्यही पोशाकको टण्डरबाट करोडभन्दा बढी रकम लिएको आरोप प्रहरी प्रशासन भित्रबाटै लगाइएको छ । प्रहरी प्रधान कार्यालयको खरिद शाखामार्फत गरिएको यो सामाग्रीमा आईजीपी अर्यालले ८० लाख अग्रीम कमिसन लिएर टेण्डर स्वीकृत गरेको प्रहरी प्रधान कार्यालयस्थित उच्च स्रोतले जनाएको छ । कार्तिक १ गतेदेखि प्रहरीलाई वितरण गरिएको हरियो चुस्ता कपडा कमसल गुणस्तरको भएको, घाममा पोल्ने र जाडोमा चिसो हुने कपडा भएको, सिलाई रफ भएको, लगाएको दुई हप्तामा नै सिलाई उध्रिने र च्यातिने गरेको प्रहरीहरुले गुनासो गर्न थालेका छन् । निलो चुस्ता कपडाको सिलाईको ठेक्कामा पनि आईजीपीले कमिसन लिएको अरोप लगाइएको छ । आईजीपी अर्यालले बर्षको ३ करोड खरिद प्रकरणबाट मात्रै असुली गर्न प्रशासनका डिआईजी श्यामबहादुर खड्कालाई आदेश दिएको हेडक्वाटरमा चर्चा चलेको छ । आईजीपी अर्यालले ३ बर्षे कार्यकालमा खरिद शाखाबाट मात्रै नौ करोड असुल्ने नीतिमा रहेको दाबी स्रोतको रहेको छ । आइजीपी अर्यालले ठेकेदारसँग मिलेर रकम असुली गर्दा समेत आईजीपी अर्यालको आर्थिक अपराध र भ्रष्टाचारजन्य कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तदारुकताका साथ छानविन अनुसन्धान गर्ने आट गरेको छैनत । अर्कोतिर, आईजीपी अर्यालले सामान खरिदको भ्रष्टाचार र कमिसन चक्करलाई सार्वजनिक खरिद ऐन २०६३ र नियमावली ०६४ अनुसार कागजात दुरुस्त बनाएर राख्न, अख्तियार र महालेखाले कागजी रुपमा कुनै अनियमितता नमेटाउन महालेखाका भ्रष्ट भनेर कहलिएका पूर्वसहसचिव द्वारिका अर्याललाई करारमा लेखा परामर्शका रुपमा नियुक्ति दिए पछि भ्रष्टाचार र अनियमितता ढाकछोप गर्न थप बल पुगेको प्रहरी बृत्तमा चर्चा चलेको छ । - See more at: http://tibrakhabar.com/?p=6958#sthash.9SWl9cEH.dpuf

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...