Monday, November 6, 2017

सिन्धुपाल्चोकमा नाति जर्नेल इतिहाँसमै सीमित हुँदै…

रोशन कार्की//////// जन्मिँदै सेनाको जर्नेल भएका श्री ३ का खलक पशुपति शमशेर जंगबहादुर राणा यसपटकको निर्वाचनबाट इतिहास बन्ने भएका छन । उनले चुनाव जिते पनि या हारे पनि इतिहास बन्ने भएका हुन । तीन दशक लामो राजनीतिक यात्रा प्रायः यसै निर्वाचनबाट बिराम लिने सम्भावना रहेको छ । कारण पुरानै सोचका कारणले उनी अब इतिहासको पन्नामा रहने पक्कापक्की भएको हो । राजधानीको महाराजगञ्जको बहुबाजेले अधिकरण गरेको आलिसान महलमा बसेर हुर्केका राणाले पञ्चायतकालमा धेरै हालिमुहाली पनि गरे । उनले चाहेको समयमा र ठाउँमा केही विकासका काम पनि गरेकै हो । जब देशमा पञ्चायत शासनको विरुद्धमा आन्दोलन भयो २०४६ सालमा । त्यसपछि अन्त्य भएको पञ्चायती व्यवस्थासँगै करिबकरिब हराएका राणाले पुनः दल स्थापना गरेर राजनीतिक सुरु गरे राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ।
उनले सो पार्टीबाटै प्रजातान्त्रिक संसद्मा समेत सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ बाट जिते तर त्यसपछि उनी केही कार्यकर्ता र विदेशीकै घेराभित्र रहे । अहिलेसम्म उनले सो नाफाखोरी समूहबाट बाहिर निष्कन नसक्दा राणा पहिलो संविधानसभामा माओवादीका सांसद् दाबा तामाङ र दोस्रो संविधानसभामा एमालेका शेरबहादुर तामाङसँग नराम्रो हार खानुपरेको थियो । काठमाडौं त्यसमा पनि ‘विजय निवास’ मा घुमेर बस्ने र राणालाई विश्वासमा लिएर आफ्ना असली मतदातासँग भेट गर्नबाटै वञ्चित गराएपछि उनी दुईपटक हारे सिन्धुपाल्चोकमा । सिन्धुपाल्चोकमा उम्मेदवारी भएपछि हारेको यही पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा हो । उनी आफ्नै कारण चुनाव हारेका हुन् र फेरि पनि जित्ने अवस्था एकदम कम छ । किनकि राणाको पैसालाई केही अपरिचित कार्यकर्ताले खर्च गर्ने र अन्य दलमै भोट हाल्ने प्रवृत्ति र कार्यकर्ताहरु राणाको अघिपछि गणेशले शिवलाई घुमेर बसेझँै बसेका कारण यसपटक पनि उनी चुनाब जित्न कठिन रहेको छ । आफ्नै खर्चमा स्थापना गरेको दलसमेत कमल थापाले खोसेर लिएपछि रन्थनिएका राणा अन्ततः लोकतान्त्रिक गठबन्धन गरेर सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट चुनाव लड्दै छन । दलहरू गठबन्धन गरेरै निर्वाचनमा होमिएपछि सिन्धुपाल्चोकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन रोचक तथा घोचक बनेको छ । सिन्धुपाल्चोक–२ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणालाई कांग्रेसले समर्थन गरेपछि त्यहाँको राजनीतिक सरगर्मी हलक्कै बढ्न गयो । यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट एमाले निवर्तमान सांसद् तामाङ चुनाव लडेका छन। राणाले सिन्धुपाल्चोकबाट वर्षौंसम्म चुनाव जिते । २०४७ सालमा मुलुकमा प्रजातन्त्र स्थापना भएपछि २०४८ मा सम्पन्न पहिलो बहुदलीय चुनावमा देशभरि चार जना मात्र पूर्वपञ्चले चुनाव जितेका थिए त्यसमध्ये एक थिए उनै राणा । तर, संविधानसभाका पछिल्ला दुवै चुनाव उनले हारे । उनको उमेर पनि ढल्कदै गएको छ । अहिले पनि उनी कुन कार्यकर्ता कुन आफ्नो विरोधी भन्ने सम्म नचिन्ने अवस्थामा पुगेका छन। उनको अघिपछि घुम्ने केही सहरिया कार्यकर्ताकै आडभरोसामा यसपटक चुनावमा त उठेका छन् तर जित्न भने कठिन हुनै गएको छ । राणाको खान्दानी बानी या राणा शासनझै अझै पनि सबै मेरा दास हुन् भन्ने सोच गएको छैन । उनले यस निर्वाचनमै सो सोचलाई परिमार्जन गरेर सबै बराबर हुन् र भोटरहरु मेरा देवता हुन् भन्ने भावना राणाको मनमा नआएसम्म चुनाव जित्ने सपना कम देख्दा राम्रो हुनेछ । किनकि राणाले युवा जमातलाई हात लिन सकेका छैनन् भने बूढाबूढीहरुको मतको आशामा चुनावी मैदानमा जानु फलामको चिउरा चपाउनु झैं हो । अहिले उनी पुरानै सोचबाट चुनावमा गएका कारण फलामको चिउरा चपाउँदै छन् राणाले । ‘बुढेसकाल’ मा पनि उनले फेरि एकपटक सिन्धुपाल्चोक जित्ने रहर गरेका छन। राणाले सम्भवतः अन्तिमपटक भन्दै आप्mना पुराना मतदातासँग भोट मागेका छन। उनको भोटसंख्या दैनिक घट्दै गएको छ भने खर्च बढ्दै । तामाङ समुदायको बाक्लो उपस्थिति रहेको सो क्षेत्रमा राणाले विगतमा तामाङ मतदाताकै बलमा निर्वाचन जित्दै आएका हुन । पहिलो संविधानसभाको निर्वाचनबाट त्यो अवस्था रहेको छैन । यसैबीच, सिन्धुपाल्चोकको तामाङ भोट धेरै फेरिइसकेको छ । धेरै नयाँ मतदाता थपिएका छन। तत्कालीन समयमा हराउने उम्मेदवार अहिले पनि शेरबहादुर सिन्धुपाल्चोक २ बाट र दावा सोही क्षेत्रबाट प्रदेशबाट उम्मेदवार बनेका छन। सिन्धुपाल्चोक २ मा पाँचपोखरी गाउँपालिका, हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकासहित अधिकांश नगर क्षेत्र मिलाएको छ । स्थानीय निर्वाचनको नतिजा हेर्ने हो भने राप्रपाको आठ हजार पाँच सय ३७ र कांग्रेसको २१ हजार चार सय ८२ भोट रहेको छ । ‘अन्तिम पटक’ मौका मागेका राणालाई विगतका चुनावहरुमा भोट हालेका केही मतदाताले सहानुभूति मत दिने सम्भावना रहे पनि राणासँग युवा जमातको संख्या कम भएकाले उनको इच्छा पूरा हुन कठिन अवस्था रहेको छ । राणा राजधानीबाट अरुले तयार पारेको मञ्चमा गएर भाषण गरेको भरमा यसपटक मत आउने आशा राख्नु पनि ठूलो गल्ती हुनेछ । जब उनको प्रतिद्वन्द्वी सोही क्षेत्रकै भुइँमा सुतेर, सँगै बसेर खाना खाएर चुनावी प्रचारमा लागेको अवस्थामा उनी भने आफ्ना मतदाताभन्दा पनि विदेशीसँग लामो समय बिताउने गरेका छन। उनलाई अधिकांश मतदाताले भेट्न चाहेका छन् तर उनका गैरमतदाताकै कारण भेट हुनबाट पनि वञ्चित गराएकै कारण उनीलाई मत हाल्न मन भएकाहरुको मनसमेत भाँडिएको छ । सो अवस्थालाई राणाले जबसम्म विस्तापित गर्दैनन् तबसम्म उनलाई सहज हुने देखिँदैन । राणाले पुराना आफ्ना कार्यकर्ता जहाँ उनकै उमेरका बूढाबूढीहरुले आफैंलाई भोट हाल्ने आशा गरेका छन। तर उनकै उमेरका पुराना भोटरहरु अहिले आफैं भोट हाल्नसमेत नसक्ने अवस्थामा पुगेका छन् अनि विश्वासिलो भनेको आफ्नै नाति नातिना भएकाले सो भोटसमेत नआउने पक्कापक्की भएको छ । आर्कोतर्फ, राणासँग नजिक भएर पैसा खर्च गराउने र सोही पैसाबाट उनलाई हराउने खेलसमेत सो क्षेत्रमा सुरु भएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र प्रवेश गरेमा काट्ने भन्दै हिँडेकालाई अहिले चुनावको जिम्मा दिएका कारण पनि उनलाई भोट माग्ने भन्दा पनि हराउने रणनीतिमा उनकै टिम लागेको समेत छ । यस प्रकारका चुनौतीबाट पनि उनी जित्ने संधाबना भएपनि उनी आफ्नै कारण कम मत पाउने कुरालाई नकार्न सकिँदैन् । karkirimn@gmail.com

Tuesday, October 17, 2017

चन्द्रले गरे यसरी धर्ममाथि खेलवाड :असली मुर्ति, घण्ट र त्रिशुल बेचर व्यापार

रोशन कार्की काठमाडौं । चन्द्रागिरी हिल्स प्रालिका अध्यक्ष चन्द्र ढकालको समुहले चन्द्रागिरी डाँडामा केवलकार निर्माण गर्दा आम जनताको धार्मिक तथा सांस्कृतिक आस्थामाथि समेत खेलवाड गरेको तथ्य भेटिएको छ ।स्थानियबासि तथा मुलुकभरबाट आउने भक्तजनले बषौदेखि पुज्दै आएको शिवजी असली मुर्ति उखेलेर लगी सो स्थानमा नक्कली शिव लिङ्ग राखी मन्दिर बनाएको आरोप लगाएका छन् । सो समुहले पुरानो मुर्ति र बहुमुल्य पत्थरलाई रातारात त्याहाँबाट लगेर सो स्थानमा भने आम जनताको आँखामा छारो हाल्ने काममात्र हैन मुर्ति बेचर व्यापार समेत गर्ने गरेको खुलेको हो । चन्द्रागिरि डाँडामा रहेको पुरातत्वको सयौं वर्ष पुरानो मुर्तिलाई अहिले त्यहाँ नभएको र सो स्थानमा नक्कली मुर्ति राखिएको दाबी स्थानीय बासिन्दाहरुको रहेको छ । सो कम्पनीले सुरुमा मुर्ति उखेल्न स्थानियले नदिएपछि उसले पछि मन्दिर निर्माण सम्पन्न भए लगत्तै सोही स्थानमा पुनः मुर्ति स्थानमा गर्ने सहमती पाएसंगै सक्कली मुर्तिलाई अनेत्र लगी सो स्थानमा नक्कली ढुंगालाई गाडिएको खुलासा भएको छ । हिल्सका जिम्मेवार कर्मचारीले नाम नबताउने सर्तमा भने पुरानो मुर्ति सो स्थानमा नराखी त्यहाँ नक्कली शिवलिङग सहित नयाँ मन्दीर राखेको स्वीकारेका छन् । धार्मिक आस्था जोडिएको सो क्षेत्रमा यसरी व्यापार गर्ने उदेश्यले धर्ममाथीनै खेलवाड गर्दा समेत सम्बन्धित निकाय मौन रहेको छ । डाँडामा ठूला नेतादेखि सरकारी कर्मचारीलाई निशुल्क घुमाउदै आएको सो कम्पनीले भने सर्वसाधारणलाई चर्काे शुल्क असुली गरेर ठग्ने गरेको छ । एकातर्फ धार्मिक आस्थामाथी खेलवाड गरेको छ भने अर्कोतर्फ कानुन विपरितका कार्य समेत सो कम्पनीले गर्र्दै आएको छ । चन्द्रागिरी डाँडामा सदिँयौ देखि सर्वसाधारण पूजा गर्न जाने गरेका थिए र वर्षमा एक पटक मेला लाग्ने गरेको थियो । अहिले सो क्षेत्रमा कुनै पनि मेलातथा जात्रा गर्न समेत रोक लगाइएको छ । त्यसैले त्याँहा पूजा गर्ने एउटा मुर्ति चन्द्रागिरी केबुलकार बनाउने क्रममा हराएको छ । स्थानीय बासिन्दा सूर्यलाल बखतीले दिएको जानकारी अनुसार पूर्व तर्फ फर्किएको सो मुर्तिको वरीपरि पुराना घण्टीहरु राखिएको थियो तर, चन्द्रागिरी केवलकार सञ्चालकले मन्दिर बनाउने क्रममा सो मुर्ति र घण्टीलाई उखलेर गायव बनाएको र सो स्थानभन्दा पछाडी खोल्साको ढुंगा लगी रातारात गाडेको बताए । उनका अनुसार गाँउलेहरुले पूरानो पूजा गर्ने शिवको मुर्तिसंगै घण्टहरु समेत नभएको र नँया मन्दिर बनाएर जनताको धार्मिक आस्थामाथि खेलवाड गरेको आरोप उनीहरुमाथी लगाएका छन् । काठमाडौंबाट पैदलै हिडेर ढेड घण्टामा पुगिने र सवारी साधनबाट समेत जान सकिने सो ठाँउमा चन्द्रागिरी हिल्सले व्यापारीक प्रयोजनमा सो डाँडो प्रयोग गरेको छ । वर्षमा एक पटक मेला लाग्ने गरेकाको सो स्थानमा केबलकार बनेपछि सो मेला समेत गर्न दिइएको छैन । यही चन्द्रागिरी डाँडामा केवलकार बनाएर पैसा कमाउने लक्ष्य राखेको चन्द्रागिरी हिल्सले डाँडामा मानिसलाई पटकपटक पु¥याउने जुक्ती त लगायो तर धार्मिक आस्थालाई समेत खेलवाड गरेर नक्कली मन्दिर निर्माण गरेको स्थानीय बासिन्दाको आरोप रहेको छ । स्थानीय मान्छे अहिले पनि पछि गाडिएको ढुंगालाई पूजा गर्दै आएका छन् । साथै उहिलेदेखि राखिएको घण्टीहरु र पुराने त्रिशुल समेत अहिले सो स्थानमा नभएको र नयाँ नक्कली बनाएर बेहाल अबस्थामा राखिएकोे स्थानीयबासिन्दाको गुनासो रहेको छ । पवित्र थलोमाथि यसरी लापरवाही भई रहदाँ समेत सरकारले सो बारे कुनै अनुसन्धान समेत गर्ने आँट गरेको छैन । सरकारले कसरी चन्द्रागिरीलाई यत्रो डाडा फाड्ने काममा सहमति दियो भन्ने कुरा समेत स्थानीय बासिन्दाले बुझ्न नसकेको बताएका छन् । यति सम्म कि मनकामना मन्दिरमा केबलकारका कारण दर्शनार्थीहरु पटक पटक जाने गरेकाले डाँडामा पनि मनकामना जस्तै बनाउनलाई हिल्सले सुरुमा इच्छापुरेस्वर महादेव नाम राख्ने षड्यन्त्र समेत गरेको स्थानीयको भनाई छ । तर, पछि विरोध पछि भालेस्वर नै नाम राखिएपनि असली मुर्ति, घण्ट, त्रिशुल र पृथ्वीनारायण शाहाले राखेको शिलालेख समेत हराएको स्थानीयबासिन्दाको दाबी रहेको छ । तर, मन्दिरको बाहिर रहेको ठूलो घण्टीमा उसले इच्छापुरेस्वर महादेव लेखेको छ, जो अहिले पनि हटाईएको छैन् । सो बारे स्थलगत अनुसन्धानमा तीव्रखबरको टोली खटीरहेको छ । यस विषयमा सो कम्पनीका मिडिया कोडिर्नेटर तथा आईएमईका कर्मचारी राजु पौडेललाई पटक/पटक फोन र म्यासेज पठाउदा समेत उनी सम्र्पकमा आएनन् । भने सोही आरोपमाथी के हो यर्थात भन्ने बारे बुझ्न पटकपटक म्यासेज पठाउदाँ पनि सो कम्पनीका प्रमुख चन्द्र ढकालले समेत केही प्रतिकृया दिन चाहेनन् । यसबाट के प्रष्ट हुन्छ भने स्थानीय बासिन्दाले लगाएको आरोपमाथी कुनै जवाफ सम्बन्धित निकायले नचाहेपछि सो स्थानबाट असली मुर्ति, घण्ट, त्रिशुल र शिलालेख छिमेकी देश भारतमा लगी बेचेको प्रष्ट हुन आएको छ ।

Monday, October 16, 2017

नामका प्रतिष्ठित व्यापारी, देश सिध्याउने चौधरी ग्रुपको मेलो

रोशन कार्की नेपालमा पहुँच र पैसा हुनुपर्छ, माथिकालाई सेटिङ मिलाएर जनता जति लुटे पनि हुन्छ । लुटको साम्राज्यमा को को होलान खेलाडी भन्ने भ्रम पाल्न आवश्यक नै छैन् । नेपालमा एक से एक नाफाखोरहरुको विवरण यसअधि पनि सार्वजनिक गरेको हो । नेपाललाई कर्मक्षेत्रको रुपमा प्रयोग गर्दै बैंद्य अबैंद्य कारोबार गरेर देशलाई लुट्न सफल घरानीय व्यवसायीहरु अहिले देशको अर्थतन्त्रनै ढुबाउने रणनीतिमा लागेका छन् । आफुलाई विश्वको धनीको सूचीमा रहेका चौधरी ग्रुपको प्रमुख विनोद चौधरीले देशमा सक्दो कर छली गरेर अर्वौैं रुपैयाँ कमाएपनि उनी नेपालको कर विवरणको सूचीमा भने अन्त्य तिर रहेको छ । उनले सरकारी कर्मचारीलाई कमिशन र मासिक तलव कै व्यवस्था गरेर नक्कली कर विवरण बुझाएको कागजात अर्थमन्त्रालयमै बसेर तयार गर्ने समेत गर्र्दै आएका छन् । मासिक ३ लाख रुपैयाँ दिएर चौधरीले तयार पारेको कर बुझाएको विवरण पत्रमा सरकारी छाप र सहि अर्थमन्त्रालयभित्रै लगाउने गरेका छन् । सो कार्यमा बहालवाला अर्थसचिब, राजस्व सचिबले मुख्य भुमीका खेल्ने गरेका छन् । ज्योति ग्रुपको नेपाल जनरल मार्केटिङका मालिक अभिक ज्योति पनि कर छली गर्र्दै देशको अर्थतन्त्र ढुवाउने खेलमा लागेका छन् । हिरो कम्पनीको मोटरसाइकल अत्याधिक मंहगोमा बिक्री गर्र्दै आएका छन् भने सो कम्पनीले मुल्य अभिबृद्धि कर (भ्याट), आयकर र राजस्व समेत नक्कली विलमार्फत कारोबार गर्ने गरेका छन् । सो नक्कली विलबाट अबैध कारोबार गर्न सिकाउने गुरु हुन चौधरी समुह । चौधरी, ज्योति, गोल्छा, खेतान ग्रुप हाम्रो देशको प्रतिष्ठित कम्पनीको रुप लिने गरिन्छ । यि नै समुहले देशमा सक्दो सरकारी सुबिधा लिएका छन् । उनीहरुले सरकारी ढुकुटीमा बुझाएको कर भने नगन्य रुपमा रहेको छ । यो प्रतिष्ठाको साम्राज्य लुटको पृष्ठभूमिमा टिकेको पाइएको छ । मन्त्री र अनुगमनमा आउनेलाई मिलाएपछि जति मुनाफा राखेर कारोबार गरे पनि सरकारले अहिले सम्म कारबाही गर्न सकेको छै । अधिकाशं बस्तुको उत्पादन गर्ने चौधरी समुहले विश्व बजारमा आफ्नो उद्योग स्थापना गरेपनि देशमा भने राजस्व छली गर्नमै माहिर मानिन्छ । नेपालमा कालोबजारी नियन्त्रण गर्ने ऐनले २० प्रतिशतभन्दा बढी नाफा राख्नु कालोबजारी हो भनेको छ । तर नेपालका घरानियका कम्पनीले उत्पादन गर्ने बस्तु र बिक्री गर्ने सवारी सधानमा ५० प्रतिशत भन्दा बढी नाफा राख्दै उपभोक्तालाई लुटी रहेका छन् । उपभोक्तालाई लुटेर जम्मा गरेको अकुत सम्पत्तिलाई गैरकानूनी तबरबाट विदेश लैजादै गरेका छन् । सबैजसो ब्रान्डमा अनुचित मुनाफा राखिएको छ । यो धन्दा वर्षाैंदेखि चलिरहेको छ । वर्षांैदेखि सञ्चालन भइरहेको तर हालै सार्वजनिक भएको मात्रै हो । नेपालमा यसरी धन्दा चलाउने गिरोह नै रहेको पनि रहस्य खुल्दै आएको छ । चौधरी समुहलगायत अन्य समुह मिडियासँग फेस गर्नै समेत चाहादैनन् । लुटको यस्तो साम्राज्यबारे आपूर्तिमन्त्री शिवकुमार मण्डलले समेत थाहा पाएको अभिव्यक्ति दिए पनि कारबाही गरि हाल्न भने सकेको छैन । राजस्व कर छलीमा चौधरी ग्रुपको नाम नै काफी छ । अरु परिचय चाहिँदैन् । उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष समेत भई सकेका विनोदले पुनः महासंघको नामबाट अबैध करोबारलाई निरन्तरता दिन खोज्दा अध्यक्षमा हारेपछि रातारात नेपाल उद्योग परिसंघ गठन गरि अध्यक्ष समेत बनेका चौधरीको अधिकाशं धन्धा अबैध कारोबार गर्ने र सरकारी ढुकुटीमा बुझाउनु पर्ने कर राजस्व नक्कली विलबाट ठगी गर्ने नै रहेको छ । नेपालमा सबैभन्दा बढी बिक्री हुने वाइवाई चाउचाउ र अन्य उत्पादनबाट माकिस अर्बको कमाई गर्ने चौधरी गु्रपले आयकर र भ्याट भने नगन्यमात्रामा बुझाउदै आएको छ । औद्योगिक घरानाको रटान लगाएर रोजगार दिएको भजन गाउने सो कम्पनीमा जागिर खानेलाई समेत विभिन्न दुख दिने गरेको छ । गोल्छाको हंशराज–हुलाश चन्द्र गोल्छा एन्ड कम्पनीको काम पनि उही चौधरीकै पथमार्गमा रहेका छन् । (Karkirimn@gmail.com)

Saturday, October 14, 2017

चन्द्रले बेपत्ता बनाए चन्द्रागीरिको मुर्ति : असली भालेश्वरको मुर्ति खै ?

रोशन कार्की काठमाडौं (चन्द्रागिरी) । काठमाडौं जिल्ला अन्तरगत पर्ने चन्द्रागीरी नगरपालिकाको चन्द्रागिरी डाँडामा अबस्थीत असली भालेश्वरको मुर्ति गायब भएको छ । सुरुबाटै विवादित चन्द्रागिरी केबलकार निमार्ण गर्दानै सो स्थानमा भएको असली भालेश्वरको मुर्तिलाई रातारात भारतमा लगेर बिक्री गरेको समेत आरोप स्थानीय बासिन्दाहरुको रहेको छ । लामो समयदेखि सो क्षेत्रमा रहेको भालेश्वरको मुर्ति हराएको भन्ने खबर प्राप्त भएपछि यथार्थ के हो भन्ने बुझ्न सो क्षेत्रमा पुग्दा र स्थानीय बासिन्दाको भनाई अनुसार असली मुर्ति त्यहाँबाट गायव बनाएको प्रमाणित भएको छ ।
चन्द्रागिरी डाडोमा रहेको असली ४ मुखे शिवको मुर्तिलाई रातारात केबलकार बनाउने समयमा सो स्थानबाट लगेको आरोप चन्द्र ढकालालाई लागेको छ । सो बारे बुझ्न पुगेको एक टोलीसंग स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार चन्द्रागिरीमा केबलकार बनाउनु अगाडी सम्म चारमुखे शिवको मुर्ति रहेकोमा अहिले सो मुर्ति नभएको र सो स्थानमा ढुंगा गाँडेको अबस्थामा भेटिएपछि असली मुर्ति चोरी भएको बताए । सो मुर्तिलाई बोरामा हालेर निमार्णको सुरुमै एक कामदारलाई बोकाई गायव बनाएको बताएका छन् । धार्मिक र इतिहाँसमा समेत महत्वपूर्ण रहेको सो स्थानलाई चन्द्र ढकाल लगायतको एक समुहले पछिल्लो समय पुरातत्व विभागको अनुमति बिना व्यापारीक प्रयोजनकालागि स्थान हड्प्ने कार्य समेत बढ्दै गएको छ । चन्द्रागिरीमा बहुमुल्य पत्थर र कतै नभएको एतिहाँसिक भालेश्वरको मुर्तिलाई रातारात भारतहुदै अनेत्र मुलुक पु¥याएको समेत आरोप स्थानीय बासिन्दाको रहेको छ । सो स्थानमा केबुलकार निमार्ण गर्ने समयमा बहुमुल्य पत्थर र भालेश्वरको मुर्ति भारत नलैजाने समयसम्म स्थानीय बासिन्दालाई समेत निमार्ण स्थलमा जान रोक लगाएको थियो । पर्यटकीय डाँडो चन्द्रागिरीको जंगल फाँडेर सञ्चालन गरिएको केबलकार तथा होटल व्यवसाय एकपछि अर्काे गर्दै विवादमा तानिदै आउदा समेत सरकारले कुनै कारबाही गर्न सकेको छैन् । ढकालले उच्च पदस्थ कर्मचारी देखि नेतालाई समेत कमिशनको थैली दिएर देशको महत्वपूर्ण बस्तुलाई विना रोकतोक व्यक्तिगत रुपमा बिक्री गर्दा समेत सो बारे कुनै चासो सरकारको रहेको छैन । धार्मिक पर्यटन प्रबद्र्धनको आवरणमा केबलकारसँगै होटल सञ्चालन गरेर त्यहाँको जैविक पर्यावरणलाई विनाश त गरेसंगै बहुमुल्य पत्थर, पृथ्थीनारायण शाहाले राखेको पुरातत्वका बहुमुल्य सामान सवै निकालेर लगेको स्थानीयको आरोप चन्द्र ढकाललाई लगाएका छन् । यस सम्बन्धमा अझै थप महत्वपूर्ण शिलालेख र मुर्तिको बारेमा खोजी कार्य तीव्रखबरले जारी राखेको छ ।
कौडिको मोलमा ३६ हेक्टर जंगल कब्जा गरेर सञ्चालन गरिएको केबलकार र होटलमा उपभोक्तासँग अस्वभाविक रुपमा शुल्क लिने गरेको छ । ३६ हेक्टर जंगल उपयोग गरेवापत राज्यलाई मासिक २१ हजार रुपैयाँ मात्रै बुझाउने गरी बन अतिक्रम गरेका छन् भने सो जंगललाई व्यक्तिगत रुपमै बनाउने खेल समेत पछिल्लो समयमा ढकालले गर्न थालेका छन् । ग्लोबल आइएमई बैंकका सञ्चालकसमेत रहेका ढकालको नेतृत्वको व्यवस्थापन समूहले पर्यटकीय चन्द्रागिरीमा केबलकारसँगै होटल व्यवसाय सञ्चालन गर्ने अनुमती सरकारले विना अनुगमन दिएको थियो । संसदीय समिति तथा राज्यका सरोकारवाला निकायले पटकपटक ध्यानार्कषण गराउँदा पनि ढकाल समुहले आफ्ना बदमासी सच्याउने, स्थानीय मागलाई सम्बोधन गर्ने र स्थानीय पर्यावरणलाई संरक्षण गर्नेतर्फ कुनै चासो अहिले सम्म दिएको छैन । अहिले सो जंगलभित्र विभिन्न अबैध कृयाकलाप गर्ने स्पोटहरु निमार्ण हुदै छ ।
असली मुर्ति हटाएपछि राखिएको ढुंगा माधवकुमार नेपाल नेतृत्वको तत्कालिन सरकारले ३६ हेक्टर क्षेत्र कबुलियती वनको रुपमा उपयोग गर्न दिने गरी २०६७ माघ २८ गते निर्णय गरेको थियो । वनमन्त्री दिपक बोहराले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । २०७३ मंसिर ३० मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले चन्द्रागिरी केबलकारको उद्घाटन गरेसंगै सुरु भएको राज्यको सम्पत्ती दोहन अझै सम्म रोकिएको छैन । सरकारले ४० वर्षका लागि चन्द्रागिरीको ३६ हेक्टर वन क्षेत्र निजि कम्पनीलाई भाडामा दिंदा वन ऐन नियमावली मिचिएको छ । सो स्थानमा विना प्रतिस्पर्धा चन्द्रागिरीको जंगल फडानी गरी जबरजस्ती केवलकार र होटल चलाउन काठमाडौं फनपार्क र चन्द्रगिरी हिल्स लिमिटेडलाई सरकारले कमिशन लिएर स्वीकृति दिएको हो । स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा १४९ मा नगरपालिकासँग अनुमति नलिई भवन निर्माण गर्न नपाइने व्यवस्था छ । चन्द्रागिरि २०७१ कात्तिक २६ मा नगरपालिका घोषणा भएको हो । ऐन र नियमावली मिच्दै ४० वर्षका लागि वनको जग्गा हात पारेको चन्द्रागिरि हिल्स लिमिटेडले नगरपालिकाबाट नक्सापासै नगरी भटाभट भौतिक संरचना निर्माण गरेको थियो । केबलकारको टप स्टेसन भवन, मन्दिर, भ्यु टावर, कन्फरेन्स हल, रेस्टुरेन्टलगायत निर्माण सकेर व्यावसायिक सञ्चालनमा ल्याइसकेको चन्द्रागिरि हिल्सले कुनै पनि भवनको नक्सापास नगरेको भन्दै स्थानीयले विरोध गरेपनि शक्ति केन्द्रसँगको साँठगाँठका कारण सो स्थान व्यक्तिगत रुपमा भोगचलन गर्दै आएको छ ।
असली मुर्ति हटाएपछि राखिएको ढुंगा चन्द्रगिरी कम्पनीले केबलकार र होटेल बनाएर स्थानीय संस्कृति र पर्यावरण जोखिममा परेको भन्दै स्थानीयले विरोध गरे पनि सरकारी निकायबाटै सो विरोधलाई दबाउने काम समेत गरेको छ । सो बारे पटकपटक सम्बन्धित निकाय ढकाल समुहलाई फोन सम्र्पक गर्दा फोन रिसिव गरेनन् भने सो हिल्समा कार्यरत कुनै पनि कर्मचारीले आफ्नो परिचय (नाम) समेत भन्न चाहेनन् । पटकपटक फोन र केबुलकारमा कार्यरत कर्मचारीको नाम भन्न अनुरोध गर्दा उनीहरु बसेको स्थानबाट टाडा भागेका थिए । धार्मिक महत्व शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शति देवीको भाल अर्थात निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेवको उत्पत्ति भएको कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ । विभिन्न कथनका आधारमा, यस भालेश्वर महादेवको दर्शन गरेमा भक्तजनको इच्छा पूरा हुने र अन्त्यमा शिवलोकमा बास हुने जनआस्था रहेको छ । ऐतिहासिक महत्व ऐतिहासिक महत्वका हिसाबले पनि चन्दागिरी निकै महत्वपूर्ण स्थान हो । नेपाल एकिकरण गर्ने समयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका यहि ठाउँबाट अवलोकन गरेको थिए । उक्त समयमा पृथ्वीनारायण शाहले भालेश्वर महादेव मन्दिरमा उपत्यका विजय गर्ने इच्छा प्रकट गरेका र उनको मनोकामना भालेश्वर महादेवले पूरा गरेको जनविश्वास रहेको पाइन्छ । सो समयमा पृथ्वीनारायण शाहाले पुजाआँजासंगै महत्वपूर्ण दास्तावेज समेत लिपिबन्द्ध गरेको स्थानीय बासिन्दाको अनुभब रहेको छ । सो स्थानमा पृथ्वी नारायण शाहाले स्थापना गरेको महत्वपूर्ण शिलालेखसंगै असली चारमुखे भालेश्वर अर्थात शिवको प्रतिमा समेत अहिले हराएको छ । सो बारे थप विवरणको खोजी कार्य तीव्रखबरले जारी राखेको छ । (स्थलगत अबलोकन र स्थानीय बासिन्दाको सहयोगमा )

Monday, October 9, 2017

गोपाल खड्काको यस्तो थियो सेटिङ : अख्तियारदेखि दलका उच्च नेतासम्म……

रोशन कार्की उच्च पदस्थ सरकारी कर्मचारी र कारबाही तथा अनुसन्धान गर्ने निकायकै संलग्नतामा पछिल्लो पटक देशमा भ्रष्टचार हुने गरेको पछिल्लो पटकका घटनाक्रमले प्रमाणित गरेको छ । गैरकानूनी तबरबाट आर्जन गरेको पैसानै खर्च गरेर कमाउ कार्यालय वा विभागमा सरुवा भएर करोडौको थैली बुझाउदै आएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई सर्वोच्च अदालतले सफाई दिएसंगै देृश भ्रष्टचार मुक्त भन्दा पनि भ्रष्टचार युक्त हुदै गएको समेत प्रमाणित भएको छ ।
अर्बौं रुपैयाँको अनियमिकता गर्ने तत्कालिन आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई समेत विना कारबाही उन्मुक्ति दिएसंगै भ्रष्टचारको बोलवाला भएको भन्दै आम जनताले आलोचना गरेको केही महिना नबित्दै पुनः निगमका कार्यकारी निर्देशक खड्कालाई काम गर्न नरोक्क्नु भन्ने फैसलापछि भ्रष्टहरुको राज चलेको प्रष्ट भएको छ । अहिले सतहमा देखिएका भ्रष्टचारका गम्भीर रहेको आयल निगमको जग्गा खरिदमा घोटाला प्रकरणबारे नयाँ नयाँ रहस्यहरू सार्वजनिक हुँदै गए पनि खड्का काममा फर्किएका छन् । डेढ अर्बको आर्थिक चलखेल भएको र तत्कालीन सत्ताधारीहरूको स्पष्ट संलग्नता रहेका प्रमाणहरु समेत तीव्रखबर डटकमले प्रकाशन गर्दै गएको छ । सो प्रकरणमा निगमका कार्यकारी निर्देशक गोपाल खड्कासँगै तत्कालीन आपूर्तिमन्त्री दीपक बोहरा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल, अख्तियारका प्रमुख आयुक्त, अख्तियारकै पुर्व सचिब, विकास समितिका सभापतिलगायतको संलग्नता रहेको समाचार प्रकाशित भई सकेको छ । निगमका उच्च अधिकारीदेखि जग्गा एजेन्ट, स्थानीय तह, नापी, मालपोतका कर्मचारीसमेतको मिलेमतो रहेको सो काण्डलाई सरकारले नै सरक्षण गरेको खुलेको छ । सर्वाेच्चका न्यायधिश पुरुषोत्तम भण्डारीको एकल इजलाशले मन्त्रीपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगराउन आदेश दिएको हो । खड्काले सर्वोच्च अदालत जानु पुर्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विशिष्ठ कर्मचारीसंग गोप्य छलफल समेत गरेको उच्च स्रोतले जनाएको छ । खड्कामाथी लाग्दै आएको भ्रष्टचारको आरोपलाई विफल बनाउन उनले उच्च दलका नेतादेखि अख्तियार आयोगलाई समेत साथमा लिई अनियमिकता गरेको स्रोतको भनाई रहेको छ । खड्काले पहिलो चरणमा लाखौंको थैली अख्तियारदेखि दलको नेताहरुको घरसम्म पु¥याएको आरोप लागेको छ । खड्काले तत्कालिन समयमा निगमको कार्यकारी निर्देशक बन्न बुझाएको ६ करोड रुपैयाँदेखिनै विवादमा तानिएका थिए । खड्काको कुशलताका कारण सो प्रकरणबाट बँचे पनि अहिले जग्गा खरिद प्रकरणबाट भने नाङ्गिएका छन् । अदालतले उनलाई सफाई दिएपनि सामाजिक रुपमा उनी भ्रष्टचारीको रुपमा समेत चित्रण गरिएको छ । उनीले दलका उच्च नेताको आर्शिरबादमा भ्रष्टचार राज चलाउन प्रयोग गरेका व्यक्तीहरुको नाम सूची हेर्ने हो भने पत्याउन नसकिने अबस्था रहेको छ । उनले उच्च पदस्थव्यक्तीलाईनै लाखौ रुपैयाँ दिएर आफुमाथी लगाईएको आरोपबाट मुक्त गरिदिन हारगुहार गर्र्दै थैली नेता र कर्मचारीलाई बुझाएको खुलासा भएको छ । गोप्य रुपमा स्रोतले दिएको विवरण अनुसार संसद अरजु राणालाई २१ लाख, रेणु दाहाललाई १६ लाख, रविन्द्र अधिकारीलाई ११ लाख, दीप बस्नेतलाई १८ लाख, नविन घिमिरेलाई १४ लाख र प्रेमकुमार राईलाई १७ लाख रुपैयाँको थैली बुझाएको आरोप लगाइएको छ । सो बारे यर्थात के हो त भन्ने बारे थप खोजीकार्य भई रहेको छ । मन्त्रीपरिषद्का बैठकले गत महिना पदबाट हटाएपछि दिएको खड्काको अभिव्यक्तिबाट पनि सो रुपैयाँतर्पm संकेत गरेको निगमका एक कर्मचारीले नाम नलेख्ने सर्तमा बताएका छन् ।

Sunday, October 8, 2017

स्वास्थ्य सेवाको नाममा ब्रम्हलुट गर्ने अस्पतालमाथी उजुरी

रोशन कार्की काठमाडौं । निजी क्षेत्रद्वारा सञ्चालीत अस्पतालले स्वास्थ्य सेवाको नाममा विरामीमाथि गरेको ‘लुट’ का माथी चाडोभन्दा चाडो छानविन गरि कारबाहीको माग राख्दै सम्बन्धित निकायमा उजुरी परेको छ । तीव्रखबर डटकमले राजधानीमा सञ्चालन भएका केही अस्पतालको अनुगमन गर्दा भेटिएको शुल्क सूची र अस्पतालले गरेको व्यवहारको बारेमा समाचार प्रकाशित गरेपछि ‘राष्ट्रिय उपभोक्ता मञ्च’ ले आबश्यक कारबाही गरि पाउँ भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा उजुरी दर्ता गरिएको छ । तीव्रखबरले ‘अस्पतालको ब्रम्हलुट : स्वास्थ्य सेवा कर र भ्याटसंगै महंगो शुल्क’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।
सो मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आम सर्वसाधारणलाई समेत असर पर्ने गरि आफुखुशी शुल्क निर्धारण गरेर विरामीमाथी थप मंहगो शुल्क असुली गरेको भन्दै सो बारे तत्काल छानविन गरि कारबाही गर्नकालागि विभागमा अनुरोध समेत गरेका छन् । सो उजुरी पत्रमा सरकारी दररेटभन्दा अत्याधिक शुल्क निर्धारण गरि असुली गरेको चाबहिलको मेडिकियर अस्पताल, बल्खुको बयोधालगायतले बेड चार्ज र अन्य शुल्कमा समेत आफुखुशी असुली गरेको बारे समेत उल्लेख गरिएको छ । सरकारसंग सेवामुलकको नाममा सञ्चालन स्वीकृती लिएका अूस्पतालहरुले विभिन्न नाममा आफुखुशी शुल्क निर्धारण गरि लुट गरि रहेको प्रमाण फेला परेको थियो । बयोधा अस्पताल, चाबहिलमा रहेको मेडिकियर, ओम, किष्टलागयत सवै अस्पतालहरुले ठगी गरेको खुल्न आएको छ । अस्पलता प्रशासनले मनोमानी रुपमा विरामीसँग शुल्क असुली गरी रहदाँ समेत सरकारले सो कार्यमाथी कुनै चासो दिएको छैन । अस्पतालमा ३१ गुणा महँगोमा विरामीमाथि ठगी भइरहेको पाउँदा समेत सरोकारवाला निकाय मौन छ । स्वास्थ्य परिक्षणका लागि अस्पताल पुग्ने विरामीहरु अस्पतालको ‘ब्रम्हलुट’ को शिकार भइरहेका छन् । यसरी लुट गर्ने अस्पतालमा पटकपटक फोन गर्दा कुनै पनि फोन उठेन ।

Saturday, October 7, 2017

अस्पतालको ब्रम्हलुट : स्वास्थ्य सेवा कर र भ्याटसंगै महंगो शुल्क

रोशन कार्की
काठमाडौं । निजी क्षेत्रद्वारा सञ्चालीत अस्पतालले सेवाको नाममा विरामीमाथि ‘लुट’ नै मच्चाइरहेको पाइएको छ ।सरकारसंग सेवामुलकको नाममा सञ्चालन स्वीकृती लिएका अूस्पतालहरुले विभिन्न नाममा आफुखुशी शुल्क निर्धारण गरि लुट गरि रहेको प्रमाण फेला परेको छ । बयोधा अस्पताल, चाबहिलमा रहेको मेडिकियर, ओम, किष्टलागयत सवै अस्पतालहरुले ठगी गरेको खुल्न आएको छ । अस्पलता प्रशासनले मनोमानी रुपमा विरामीसँग शुल्क असुली गरी रहदाँ समेत सरकारले सो कार्यमाथी कुनै चासो दिएको छैन । अस्पतालमा ३१ गुणा महँगोमा विरामीमाथि ठगी भइरहेको पाउँदा समेत सरोकारवाला निकाय मौन छ । स्वास्थ्य परिक्षणका लागि अस्पताल पुग्ने विरामीहरु अस्पतालको ‘ब्रम्हलुट’ को शिकार भइरहेका छन् । यसरी लुटकै धन्धा चलाएको बयोधा अस्पतालको बिलमा युएसजी गरेको शुल्क ५ हजार २ सय ५० रुपैयाँ असुली हुदै आएको छ । यता, सोही विषयमा सरकारी अस्पतालमा भने ४ सय रुपैयाँदेखि ६ सय रुपैयाँमात्र रहेको छ । त्यस्तै सरकारी अस्पतालमा ४ सय रुपैयाँ पर्ने भिडियो एक्सरेको शुल्क सो अस्पतालमा ५ हजार २ सय रुपैयाँ तोकि असुली गरिदै आएको भेटिएको छ । बयोधामा लिभर फङसन टेस्ट (एलएफटी) परिक्षणको शुल्क ४ हजार ७ सय २५ रुपैयाँ तोकि असुली गरिदै आएको छ । राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा भने एलएफटी टेस्टको शुल्क १ सय ५० रुपैयाँ मात्रै पर्छ । राष्ट्रिय स्वास्थ्य प्रयोगशालाको तुलनामा बयोधा अस्पतालले साँढे ३१ गुणा महँगो लिने गरेको छ । यसरी अत्याधिकमात्रामा शुल्क निर्धारण गरि त्यसमा थप मुल्य अबिधृद्धि कर (भ्याट) र स्वास्थ्य सेवा शुल्क समेत जोडेर विरामीबाट लुटधन्धा चलाउदै आएका अस्पतालमाथी सरकारले कारबाही गर्न सकेको छैन ।
यसरी लुट गर्ने अस्पतालमा पटकपटक फोन गर्दा कुनै पनि फोन उठेन । एकातर्फ स्वास्थ्य मन्त्रालयले गत पुस १ गतेदेखि देशभर सञ्चालनमा रहेका निजी अस्पतालहरुले १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्नु गराउनु भन्दै परिपत्र जारीसंगै मंहगो शुल्क निर्धारण गरेको आरोप समेत पिडितहरुको रहेको छ । पुर्वस्वास्थ्यमन्त्री गगन थापाले सो सेवा कार्यान्वयन गर्न अस्पतालहरुलाई निर्देशन दिएका थिए । अस्पतालले आफ्नो कुल क्षमताको १० प्रतिशत बेडहरु विपन्न, वेवारिसे र असहाय बिरामीका लागि निःशुल्क शैया लेखेका स्टिकर शैयामै टाँस्नुपर्ने निर्देशन दिएपनि सो कार्य भएको छैन । शुशासन ऐन २०६४ को दफा ४५ अनुसार स्वास्थ्य संस्था स्थापना, सञ्चालन र स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका– २०७० बमोजिम सबै स्वास्थ्य संस्थाहरुले कुल शैयाको १० प्रतिशत शैयामा विपन्न, बेवारिसे, असहाय बिरामीलाई निशुल्क प्रदान गर्नुपर्ने व्यवस्था छ । तर, त्यसको कार्यान्वयन हुन सकिरहेको छैन । सरकारकै नीति विपरित शुल्क उठाउदै आएका अस्पतालहरुले अहिले सम्म बुझाउनु पर्ने स्वास्थ्य सेवा कर समेत छली गर्दै आएका छन् । भने अर्कोतर्फ विरामीसंग भ्याट समेत असुली गर्दै आएको छ चाबहिलमा रहेको मेडिकियर अस्पताल । सो अस्पतालले स्वास्थ्य सेवा कर र भ्याट समेत जोडेर शुल्क लिएको भेटिएको छ । यससम्बन्धमा थप विवरणको खोजी तीव्रखबर डटकमले जारी राखेको छ ।

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...