Wednesday, November 12, 2014

ग्रिनहिल सिटी अपार्टमेन्टका विरुद्ध १५० वटा मुद्दा

ROSHAN KARKI काठमाडौं । राजधानीमा विभिन्न नाम दिइ निमार्ण भएका अपार्टमेन्टले लोभलाग्दा सुबिधा दिने भने पनि भित्र रह¥य भने समस्या नै समस्याले भरिएको पाईएको छ । यस्तै समस्याको पोकाभित्र फरक समस्या लिएर निमार्ण भएको राजधानीबाट नजिकै रहेको काठमाडौंको मुलपानीमा निर्माण गरेको ‘ग्रिनहिल सिटी’ नामको अपाटमेण्टको रह¥य भने नितान्न भिन्न रहेको छ । सो अपाटमेण्टले जग्गा लिनु भन्दा अगाडि देखिनै जिल्ला अदालत, पुराबेदन अदालत पाटन र सर्वोच्च अदालतमा गरि सो अपाटमेण्ट विरुद्ध १५० वटा मुद्दा दर्ता भएको छ । अदालतले सो मुद्दाको फैसला नहुदै निमार्ण गरिएको अपाटमेण्ट अहिले मुद्दैमुद्दाको भारी बोकेर लगानीकर्ताले अपार्टमेन्ट बिक्रीमा रहेको विज्ञापन गरेको छ । खरिदकर्तालाई सेवा सुविधा र अन्यभन्दा फरक रहेको भन्दै गरेको विज्ञापन अनुसार सो अपाटमेण्ट फरक रहेको पाईएको छ । अन्य अपाटमेण्टमा जग्गा मुद्दा नभएको तर सो अपाटमेण्टमा ४२ वटा मुद्दा विचाराधिनमा रहेकै अबस्थामा हातैमा लालपुर्जाको लोभलाग्दो विज्ञापन गरेपनि हाल मुद्दा फैसला नभएसम्म अपार्टमेण्ट निमार्णकर्ताले कसैलाई पनि लालपुर्जा दिने सक्ने कानूनी आधार छैन । यसरी आफ्नो स्वामित्वमा नभएको जग्गामा अपाटमेण्ट बनाएर लालपुर्जा हातैमा भन्दै विज्ञापन गरेर उपभोक्ता ठगी गरि आफ्नो लगानी उठाउने रणनीतिका अनुसार अपार्टमेण्ट मालिक भेषराज लोहनी लागि परेको समेत खुलेको छ । जग्गा खरिदसंगै चलेको विवाद अहिले जिल्ला अदालतमा विचाराधिन रहेको छ । जग्गाधनीलाई झुक्याएर रकम नभएको बैंकको चेक थमाएर जग्गा आफ्नो नाममा पार्न सफल तीनकुनेमा रहेको ओमकार रियल इस्टेट एण्ड हाउजिड कम्पनी (प्राइभेट) लिमिटेडका शान्तिराम न्यौपाने चन्द्रप्रसाद चौलागाई, भरतप्रसाद चौलागाई र ग्रिनहिल सिटीका मालिक भेषराज लोहनीका विरुद्ध ठगी र जालसाधिको मुद्दा दायर गरेका छन् । जग्गाधनी विजयमणी आचार्य दीक्षित, दुर्गादेबी आदि (दिक्षित), अभय भरतमणी र अरुण दीक्षितले चौलागाई र लोहनीका विरुद्ध ठगी मुद्दा दाहेर गरेको अदालत स्रोतले जनाएको छ । जग्गाठगहरुले दीक्षित परिबारको मुलपानी वडा नम्बर ८ ख मा रहेको कित्ता नम्बर ९०, १३८, १३९, १४०,१४१, १४३, १४८, १५०, १३३, १३६, १३७, ८८, ९१ र ९२ बाट १०२ रोपनी जग्गा ठगी गरेको जनाईएको छ । यसरी ठगी गरि रातारात अपाटमेण्ट बनाई खरिद गर्नकालागि अहिले सो हिल सिटीले मंहगोमा झुटो विज्ञापन सर्वाजनिक गरेको छ । बैंक व्यालेन्स नै नभएको चेक दिई सो ठग समुहले अरुण दीक्षितको नाममा सि, ३८ १३६७०२० को नम्बर भएको चेक राष्ट्यि बाणिज्य बैंकको चेकबाट ५ करोड, सोही बैंककै अर्को चेक दुर्गादेवी आदीको नाममा २ करोड ५० करोड, विजयमणी आचार्य दीक्षितको नाममा सोही बैककै २ करोड ५० लाख रुपैयाँको चेक दिएको तर सो खातामा रकम नभएको बैंकले जनाएकपछि आदि परिबारले चेक बाउन्स गराई मुद्दा दायर गरेको जनाइएको छ । यसरी परेको मुद्दामा तत्कालिन जिल्ला न्यायाधिश महमद आजादले पैसा तिर्न नपर्ने भन्दै फैसला गरेको दुखेसो समेत दिक्षित परिबारले गरेका छन् । बलजफत व्यक्तीगत जग्गा लिई अपाटमेन्ट निमार्णगरि अन्धधुन्ध फ्ल्याट बिक्री गर्ने कार्यामा तीब्रता आएसंगै अपाटमेन्ट खरिदकर्ता समेत पछिल्लो समयमा ठगीने सम्भाबना बढ्दै गएको छ । यसैबिच, काठमाडौंको मुलपानीमा रहेको जग्गामा निमार्ण भईरहेको ‘ग्रीनहिल सिटी’ अपार्टमेन्ट निमार्णसंगै ४२ वटा मुद्दालाई लुकाएर बिक्री खुल्ला गरेको छ । जुन अपाटमेन्ट निर्माण भएको जग्गा खरिद गर्दादेखिनै परेको मुद्दाको किनारा नलाग्दै सो अपाटमेन्ट निमार्णकर्ताले समेत बाँकी जग्गाको रकम नदिई अनियमिकता गरेको खुलासा भएको छ । उपत्यकामा (अपार्टमेन्ट), सामुहिक आवास (हाउजिङ) भवन निर्माण तथा बिक्री कम्पनीहरुबाट आफूहरु ठगिएको भन्दै उजुरी गर्नेहरुको संख्यामा वृद्धि भई रहेको अबस्थामा सरकारले सो बारे गम्भीर रुपमा नलिएका कारण पनि अपाटमेण्टको नाममा ठगी कार्यामा तीब्रता आएको छ । हाउजिङ र अमार्टमेन्टको व्यवसायिक कारोेवार गर्ने कम्पनीहरुले पहिल्यै पैसा उठाउने तर काम समयमा नगरेपछि उपभोक्ताहरु मर्कामा पर्ने गरेका छन् । आफूहरु ठगिएको भन्दै उजुरी गर्नेहरुको संख्या अहिले १ हजार नाघेको छ । अपार्टमेन्ट र हाउजिङ कारोवारमा ठगीको समस्या देखिन थालेपछि सरकारले आवास सम्बन्धी जाँचवुझ आयोग गठन गरेको लामो समय वितिसक्दा समेत समस्या समधान हुनुको साटो झन मौलाएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत गठन गरिएको आयोगमा उजुरी दिने क्रममा झन तीब्रता आएको छ । जाँबुझ आयोगका अनुसार अपार्टमेन्ट र हाउजिङमा बिविध समस्याहरु देखिए पनि आफ्नो अधिकारभन्दा बाहिरको जग्गामा समेत निमार्ण गरि अन्धधुन्ध बिक्री गरिएका छन् । अधिकांश समस्याहरु पहिल्यै भुक्तानी गरेका तर अपार्टमेन्टमा बस्न नपाएकाहरुको छ । ५÷७ वर्ष भइसक्दा पनि अपार्टमेन्ट नपाएकाहरुले उजुरी दिनेको भीड बढ्दै गएको छ । आयोगका अनुसार दोस्रो समस्या पैसा दिइसकेको तर निर्माणको काम बीचमा रोकिएर अलपत्र परेका छन् । बिज्ञापन गरेर जग्गा देखाएर पैसा लिएको तर अपार्टमेन्ट निर्माण नगर्नेहरुका विरुद्धमा पनि उजुरी परेका छन् । एउटै फ्लाट दुई ठाँउमा बेचेको पनि उजुरी परेका छन् । आयोगका अनुसार एउटालाई बेचेको फ्लाट एवं जग्गाको लालपुर्जा नदिएर सोही लालपुर्जा कम्पनीले अरुको नाममा बनाएर बैंकमा राखेर पैसा लिएको समेत उजुरी परेका छन् । केहीमा भवन तयार भएर उपभोक्ता बसेका छन् तर लालपुर्जा पाउन सकेका छैनन् । जग्गा र साइड देखाएर पैसा उठाएको तर वर्षौदेखि अपार्टमेन्ट नबनाएको घटनाको बारेमा उजुरी परेको छ । आयोगमा परेका उजुरी अनुसार सम्झौता अनुसारको सुविधाहरु पनि उपलब्ध नगराइएको गुनासाहरु रहेका छन् । तीन वेडरुम भनेर पैसा लिएको तर २ वेडरुम दिएको घटनाहरु पनि आएका छन् । आयोगले १९–२० वटा कम्पनीले उपभोक्तालाई ठगी गरेको उजुरी परेका छन् । कतिपय कम्पनीले मापदण्ड अनुसार भवन निर्माण नगरेको पनि आयोगले जनाएको छ । गैरकानुनी रुपमा अरुको जग्गा देखाएर ठगी गर्नेहरु पनि यस्ता कार्यमा लागेको हँुदा समस्या परेको छ ।

सरकारले सुन तस्करलाई कारवाही गर्न सकेन

ROSHAN KARKI .
काठमाडौं । नेपाली भुभागको प्रयोग गरि लामो समयदेखि भन्सार कर्मचारी र व्यवसायीहरुको मिलिमतोमा हुदै आएको सुन तस्करी कार्यमा नियन्त्रण आउनुको साटो झन मौलाउदै गएको छ । अस्थिर राजनीतिको फाइदा उठाउदै चीनको स्वशासीत क्षेत्र तिव्वतको खासा बजार हुदै नेपाल दैनिक रुपमा सुन आयात हुने गरेको छ । यस कार्यमा सम्बन्धित भन्सार नाकाका कर्मचारी, सुरक्षाकर्मी र अन्य समाजसेवी भन्न रुचाउनेहरुको प्रत्यक्ष संलग्नतामा सुन नेपाल ल्याउने गरेको पाइएको छ । नेपालको बाटो हुँदै बहुमूल्य धातु सुनको तस्करी तीन वर्षयता ह्वात्तै बढेको छ । तिब्बतबाट आएको सुन सीधै भारत जाने र त्यहाँका व्यापारीले सस्तोमा किन्न पाउने भएकाले विगद ३ वर्षदेखिनै नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ को रुपमा समेत लिइएको छ । सुरक्षा निकायले आकलझुकल सुन बरामद गरेपनि दैनिक तातोपानी भन्सार नाकाबाटमात्रै ५ सय किलोग्रामको हाराहारीमा सुने नेपाल भित्रने गरेको छ । दिउसो, विहान र रातीको समय बनाएर सुन तस्करहरुले सिन्धुपाल्चोकको तातोपानी भन्सार नाका र रसुवाको भन्सार नाकाबाट सुन नेपाल भित्राउने गरेको सुरक्षाकर्मीको रेकर्डमा उल्लेख छ । तर सुरक्षा निकायकै भनाइ अनुसार दैनिक एक सय देखि ३ सय किलोभन्दा बढी सुन भारततर्फ तस्करी हुने गरेको प्रतिबेदन तयार गरेको छ । नेपालमामात्र तस्करीको सुन २ सय किलोसम्म खपत हुने गरेको छ । तिब्बती व्यापारी र भारतीय व्यापारीका लागि नेपाली सुन व्यवसायीहरु बिचौलियाको भूमिकामा रहेको र खासादेखि काठमाडौं सम्म ल्याइदिने जिम्मा समेत तीनै व्यापारिहरुले लिने गरेको स्रोतको भनाई रहेको छ । नेपाली व्यापारीले नै तस्करीको सुन नेपालमा बिक्री वितरण गर्ने समेत गरेका छन् । पछिल्लो समयमा त्रिभुवन विमानस्थल र खासाबाट ३० किलो सुन बरामद भएपछि सो सुन ओसार÷प्रसार गर्नमा प्रयोग गरिएका भरियाले दिएको बयान अनुसार नेपाली व्यापारिहरु यस अबैध कार्यमा सकृय रहेको समेत खुल्न आएकोे छ । वास्तविक तस्कर भने प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन । पछिल्ला दिनमा बिस्कुट आकारका किलो किलोकै परिमाणमा बरामद हुन थाले पछि सो कार्यमा सरकारी कर्मचारी र सुरक्षाकर्मीकै संलग्नतामा हुने गरेको अनुमान लगाउन सकिन्छ । नेपाल बाट भारततर्फ सुन लैजान नेपाली व्यवसायीहरुले सरकारी निकायमा जहाँ मिलाउनुपर्ने ती सबै ठाउँमा मिलाएर सिमा कटाउने गरेका छन् । त्रिभुवन विमानस्थलबाट अवैध तरिकाले सुन भियाउन कठिन भएकाले पनि तस्करहरुले तिब्बतको नाका प्रयोग गर्न थालेका हुन । नेपालमा धेरै पहिलेदेखि सुन तस्करी हुने गरेको छ । पहिले दुबई, थाइल्यान्ड र मलेसियाबाट सुन ल्याइन्थ्यो । हङकङबाट पनि धेरै पटक तस्करी भएको थियो । विमानस्थलमा सुरक्षामा केही कडाइ हुन थालेपछि चीनको तातोपानी नाकाबाट प्रयोग बढेको हो । उच्च तहको मिलेमतोमा नीतिगत रुपमै सहज बनाएर र भन्सारमा ‘सेटिङ’ मिलाएर तस्करी हुँदै आएको प्रहरीले निष्कर्ष निकालेको छ । खासा नै किन रु बैंकले सुन बेच्ने भए पनि व्यवसायीको आवरणमा तस्करहरु खासाबाट काठमाडौं हुँदै भारत पठाउन सक्रिय छन् । जानकारका अनुसार एक किलो सुन तस्करी गर्न सके ३ लाख रुपैयाँभन्दा बढी नाफा हुने भएकाले तस्करले तिब्बत र हङकङको सुन काठमाडौं ल्याउन खासा काठमाडौं स्थलमार्ग प्रयोग गरिरहेका छन् । १० वर्षअघि ७ सय ४५ ग्राम सुन बरामद भएको थियो । २३ पुस २०५८ मा काठमाडौं आउँदै गरेको बा२च १४३७ नम्बरको कारबाट इलाका प्रहरी कार्यालय बाह्बिसेले सुन बरामद गरे पछि सो नाकाबाट अबैधरुपमा सुन नेपाल भित्रने गरेको प्रमाणित भएपनि हाल सम्म सुन तस्करलाई नेपाल सरकारले कारबाही भने गर्न सकेको छैन ।

क्रिस्चियनका नाममा डलर ल्याउँदै निजी बैंक खातामा थुपार्दै

काठमाडौं । मुलुकमा जति जति बेला धार्मिक र राजनीतिक द्धन्द्ध हुन्छ त्यतिबेला केहि लुटुवा व्यक्तिहरुले व्यक्तिगत लाभ लिने गर्छन, यस्तै भएको छ यतिबेला नेपालमा । संविधान भन्दा भन्दै मुलुकले एक दशक पुर्याउन आँटेको छ तर हाल सम्म पनि संविधान हात लागेको छैन । यहि बीचको समयमा क्रिश्चियन धर्मालम्बीका केहि पास्टरहरुले भने ठुलै रकम आफ्नो पंजामा पारेका छन । नेपालमा रकम दिएर धर्म परिवर्तन गर्दे आएको आरोप खेपी रहेका क्रिस्चियनका केहि लिडरहरुले ठुलो धनराशी जोडेको समाचार प्राप्त भएको छ । विशेषगरी सम्पन्न मुलुकबाट सामाजिक सेवा र धर्म प्रचारको नाममा आएको डलर आफ्नै निजी खातामा राख्ने गरेको खुलासा भएको छ । केही वर्ष अघि एक छाक खान र चप्पल लगाउन समेत धौ धौ पर्ने व्यक्तिहरु क्रिस्चियन धर्मालम्बीमा पसेपछि रातारात करोडपति बने लगत्तै यस्ता कुराहरु क्रिस्चियन जगतले नै पर्दाफास गरेका हुन् । गरिब, शिक्षा, स्वास्थ्य र दीनदुखीहरुका नाममा नेपाल आउने डलर अधिकाशं पास्टरहरुले व्यक्तीगत बैंक खातामा राख्ने गरेको खुलासा विभिन्न चर्चका प्रतिनिधिहरुले गरेका छन् । प्राप्त समाचार अनुसार केही वर्ष अघि फुटपाथमै रमाएका सुन्दर थापा काठमाडौं छिरेपछि केही वर्ष भौतारीदै हिडेका थिए । भौतारीदै हिड्ने क्रममा एकाएक सामखुशी स्थित आशिष चर्च स्थापना गरि करोडौंको मालिक भएका छन् । विशेषगरी अमेरिका पुगेपछि रातारात धनी हुने र आफुलाई फाइदा हुने काममा लागेको स्रोतको भनाई रहेको छ । गरिव, असाहय, बुढाबुढी र धर्म प्रचार÷प्रसारका नाममा विदेशबाट आउने डलरलाई थोरै खर्च गरेर बढी मात्रामा रकम आफ्नो बैंक खातामा राख्ने गरेको सो चर्चका एक प्रतिनिधिले बताए । चर्चभित्रै धर्मका नाममा लुट गर्ने, भु माफीयाका रुपमा चर्चित थापा अहिले ‘पास्टर’ समेत हुन । उनले राजनीतिक दलहरुको संरक्षणमा जग्गा, अन्य व्यक्तीको सम्पत्ती हड्प्ने कार्यमा संलग्न हुदै करोडपति बनेको बुझिएको छ । विभिन्न समयमा आउने जग्गा, सम्पत्ती र क्रिस्चियनकै विवादमा थापाले आफ्नो श्रीमतीलाई अगाडि सारी आफु भने भित्रभित्रै अबैध रुपमा समस्या समधान गर्नै भन्दै रकम असुली गर्ने कार्यमा समेत सकृय रहेको स्रोतको भनाई छ । थापा पोखरा निवासी हुन् । यसैगरी, केही वर्ष अगाडि गोर्खाबाट काठमाडौं आएका अर्का ढोगी क्रिस्चियन कृष्ण परियारको सम्पति पनि अकुत छ । चुडिएको चप्पल लगाएर काठमाडौं छिरेका परियार पनि थापाकै झै ललितपुरको सातदोवाटोमा रहेको चर्च ‘नवजीवन’ मा प्रबेश गरेर पास्टर बनेका व्यक्ति हुन् । पुर्व प्रधानमन्त्री तथा एमाओवादीका बरिष्ठ नेता डा। बाबुराम भट्टराईको दाहिने हात हुँ भन्दै सवैसाधारण देखि सोही चर्चमा समेत दादागिरी देखाउने परियारले करोड भन्दाबढी सम्पत्ती संकलन गरेको स्रोतको भनाई छ । आफुलाई प्रभावशाली माओवादीको रुपमा समाज र क्रिस्चियन जगतमै शक्ति प्रर्दशन गरेर हाल सम्ममा ललितपुरको ग्वार्कोमा ६ आनामा ३ तले घर, नख्खीपोटमा रहेको ८ आना जग्गामा साढे ३ तले घर र दमैटारमा ३ रोपनी जग्गा सहित विभिन्न बैंकमा सुन र पैसा बचत गरेको सोही चर्चका एक प्रतिनिधिले बताएका छन् । एक छाक समेत खान नपाउने परियार एकाएक करोडौंको मालिक बनेका उनले अहिले सम्म सम्पत्ती कर समेत बुझाएका छैनन् । लतिलपुरमै रहेको आइजेपाइनर नामको नीजी विद्यालयमा आफ्नो छोरालाई पढाएका छन् । सो विद्यालयमा परियारले मासिक २५ हजार रुपैयाँ बुझाउदै आएका छन् । गरिव र असाहायका नाममा विदेशबाट डलर ल्याउने र सोही रकम लक्षित क्षेत्रमा खर्च नगरि आफ्नै बैंक खातामा जम्मा गर्दै गएका थापा र परियार एक उदाहरण मात्र हुन । धर्मका नाममा समाजमा आतंक मञ्चाउने र धर्ममा लागेकालाई पनि विभिन्न बहानामा रकम असुली गर्दै आएका थापा र परियार कारबाही हुनबाट भने मुक्त रहेका छन् । - See more at: http://tibrakhabar.com/?p=6878#sthash.qhP6n848.dpuf

कमिशन लिएर आइजीपी अर्यालले नयाँ प्रहरी पोशाक लागु गरेको आरोप

रोशन कार्की काठमाडौं । नेपाल प्रहरीमा पछिल्लो समयमा आएर आफु कसरी पैसा संकलन गर्ने भन्ने उदेश्यका साथ प्रहरी प्रशासन संम्हालन आएको प्रहरी प्रमुखले शान्ति सुरक्षाभन्दा पनि अकुत संम्पत्ती आर्जन गर्ने नयाँ नयाँ तरिका खोजी गरेको रह¥य खुलेको छ । प्रहरी प्रधान कार्यलयबाट प्राप्त समाचार अनुसार प्रहरी महानिरिक्षकले ठूलो कमिशन लिएर नयाँ प्रहरी पोशाक लागु गरेपछि सो रह¥यको खुलासा भएको हो । नेपाल प्रहरीमा एक पछि अर्को योजना बनाउदै अनियमिकता गर्ने कार्य नियन्त्रण हुनुभन्दापनि झन मौलाउदै गएको छ । ‘मुस्कान सहितको सेवा’ को नारा दिएर सुरक्षामा खटाइएको प्रहरीको भने पछिल्लो समयमा आएर आफैदेखि दिक्क मान्दै डिउटी गरेका छन् । कारण नयाँ प्रहरी प्रमुखले काठमाडौंबाट सुरु गरेको ‘पोशाक’ लगाउनु पर्दा आफुलाई प्रहरीभन्दा अन्य सुरक्षाकर्मी भएको भन्दै निराश भएको प्रहरीहरुले जनाएका छन् । गत संविधानसभाको निर्वाचनमा म्यादी प्रहरीलाई दिएको पोसाक नै हाल कायम गरेपछि प्रहरी क्षेत्रमै नैराश्यता भएको छ । प्रहरी प्रधान कार्यालयका प्रमुख प्रहरी महानिरिक्षक (आइजीपी) उपेन्द्रकान्त अर्यालले नयाँ प्रहरी पोशाक लागु गरेपछि विवादमा तानिएका छन् । नेपाल प्रहरीका लागि गत चैत महिनामा टेण्डर अव्हान गरि ३ महिनापछि १ लाख मिटर कटन सर्टको कपडा २ लाख मिटर निलो चुस्ता कपडा २५ हजार मिटर उलन सर्टको कपडा २० हजार थान झुल २० हजार थान उलन ब्यांकेट र २० हजार थान उलन जर्सी खरिद कम्पनीका ठेकेदारसँग भित्री साँठगाँठ गरि प्रहरी प्रधान कार्यालयको खरिद शाखा मार्फत खरिद गरिएको यी सामाग्री मार्फत आइजीपी उपेन्द्रकान्त अर्यालले करिव १ करोड कमिशन लिएको आरोप लगाइएको छ । रातारात खरिद गरिएको उक्त पोसाकले अहिले प्रहरीभित्र नै चर्चा परिचर्चा सुरु भएको छ । प्रहरीले प्रवृत्ति बदल्नमा ध्यान दिनुभन्दा पनि पोसाक बदलेको छ । उसको पोसाकको रंग गाढा निलो छ, झण्डै कालो नै देखिन्छ । कालो रंग न्याय सत्य र उज्यालोको प्रतिक नभएको मानिदै आएको छ । प्रहरीले खलनायकको जस्तो पोसाकमा सर्वसाधरणको सुरक्षामा खटिएको देख्दा आम सर्वसाधरणले प्रहरी हुन वा अन्य निक्र्याैल गर्न अन्योलमा परेका छन् । सर्वसाधरण मात्रै होइन नेपाल प्रहरीले प्रयोग गर्दै आएको कालोमा हल्का निलो रंगको पोसाक प्रहरी आफैलाई पोलीसीङ गर्न समेत असहज भएको बताउन थालेका छन् । ‘यो डे«सले हामीलाई पोलीसीङ गर्न असहज भएको एक उच्च सुरक्षाकर्मीले नाम नछाप्ने सर्तमा बताए । ती अधिकारीले भने ‘ हामीलाई अहिले दिएको पोशाकले हौसाला बढाउने भन्दापनि घटाउने कार्य भयो ।’ हाल आफूले लगाउदै आएको पोसाक पहिलेको पोसाक भन्दा कमसल रहेको प्रहरीवृत्तमै खैलाबैला मञ्चिएको छ । ‘हामीलाई सर्वसाधरणले हेर्ने दृष्टिकोणमा समेत व्यापक फरक आएको पाएको छु, जुन पहिला सम्मान थियो त्यो समेत छैन ।’ एक प्रहरीले भने । म्यादी प्रहरीले पनि संविधानसभाको निर्वाचनमा त्यहि पोशाक लगाएका थिए । अर्का उच्च प्रहरी अधिकृतने भने ‘अहिले सर्वसाधरणले हामीलाई कुनै कम्पनीको सेक्युरीटी गार्डको दर्जामा राखेर हेरेका छन् ।’ राज्यको जिम्मेवार अंगको जनविश्वास समेत हालको पोसाकले घटेको भन्दै विरोध समेत गरेका छन् । सुरक्षामा खटिने सामान्य प्रहरी कर्मचारीले मात्रै सो पोसाकमा सुरक्षामा खटिएको देखिन्छ । तर उच्च तहका प्रहरी अधिकारीले भने सो पोसाक लगाएको देखिएको छैन । यसबाट उच्च अधिकारीलाई समेत चित्त नबुझेको प्रष्ट हुन्छ । एकातर्फ परिवर्तन गरेको पोशाकका कारण आलोचनामा परेका आइजीपी अर्याले अर्कोतर्फ त्यही पोशाकको टण्डरबाट करोडभन्दा बढी रकम लिएको आरोप प्रहरी प्रशासन भित्रबाटै लगाइएको छ । प्रहरी प्रधान कार्यालयको खरिद शाखामार्फत गरिएको यो सामाग्रीमा आईजीपी अर्यालले ८० लाख अग्रीम कमिसन लिएर टेण्डर स्वीकृत गरेको प्रहरी प्रधान कार्यालयस्थित उच्च स्रोतले जनाएको छ । कार्तिक १ गतेदेखि प्रहरीलाई वितरण गरिएको हरियो चुस्ता कपडा कमसल गुणस्तरको भएको, घाममा पोल्ने र जाडोमा चिसो हुने कपडा भएको, सिलाई रफ भएको, लगाएको दुई हप्तामा नै सिलाई उध्रिने र च्यातिने गरेको प्रहरीहरुले गुनासो गर्न थालेका छन् । निलो चुस्ता कपडाको सिलाईको ठेक्कामा पनि आईजीपीले कमिसन लिएको अरोप लगाइएको छ । आईजीपी अर्यालले बर्षको ३ करोड खरिद प्रकरणबाट मात्रै असुली गर्न प्रशासनका डिआईजी श्यामबहादुर खड्कालाई आदेश दिएको हेडक्वाटरमा चर्चा चलेको छ । आईजीपी अर्यालले ३ बर्षे कार्यकालमा खरिद शाखाबाट मात्रै नौ करोड असुल्ने नीतिमा रहेको दाबी स्रोतको रहेको छ । आइजीपी अर्यालले ठेकेदारसँग मिलेर रकम असुली गर्दा समेत आईजीपी अर्यालको आर्थिक अपराध र भ्रष्टाचारजन्य कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तदारुकताका साथ छानविन अनुसन्धान गर्ने आट गरेको छैनत । अर्कोतिर, आईजीपी अर्यालले सामान खरिदको भ्रष्टाचार र कमिसन चक्करलाई सार्वजनिक खरिद ऐन २०६३ र नियमावली ०६४ अनुसार कागजात दुरुस्त बनाएर राख्न, अख्तियार र महालेखाले कागजी रुपमा कुनै अनियमितता नमेटाउन महालेखाका भ्रष्ट भनेर कहलिएका पूर्वसहसचिव द्वारिका अर्याललाई करारमा लेखा परामर्शका रुपमा नियुक्ति दिए पछि भ्रष्टाचार र अनियमितता ढाकछोप गर्न थप बल पुगेको प्रहरी बृत्तमा चर्चा चलेको छ । - See more at: http://tibrakhabar.com/?p=6958#sthash.9SWl9cEH.dpuf

Tuesday, July 15, 2014

भु्रणहत्यामा प्रसुती गृहका डाक्टर गिरीको संलग्नता/‘मनसुन फाउण्डेशन’ मा अवैध गर्भपतन गराउने खुलासा ROSHAN KARKI काठमाडौं । सरकारले बैधानीक रुपमा श्रीमान्/श्रीमतीबीच इच्छा विपरित गर्भ रहन गएमा गर्भपतन गर्न पाउने कानूनलाई अबैधरुपमा स्वीकृति नलिएका क्लिनिकहरुले गर्ने कार्यमा तीब्रता आएको छ । स्वास्थ्य निकायमा आधिकारीक रुपमा दर्ता नै नगरि आफुखुशी स्वास्थ्य क्लिनिकहरु स्थापना गरेर अबैधरुपमा गर्भपतन गराउदा समेत सम्बन्धित निकायको मौनताका कारण सरकारी डाक्टरनै यस कार्यमा संलग्नता भएको खुलासा भएको छ । उपत्यका भित्रै सरकारी अस्पतालमा कार्यारत डाक्टरलेनै कानून विपरित १ वर्षदेखि गर्भपतन गराउन स्वीकृत विनाको स्वास्थ्य क्लिनिकमा पठाउने गरेको खुलासा भएको छ । काठमाडौंको थापाथली स्थित प्रशुतीगृहमा कार्यारत डा.रञ्जना गिरीले अबैधरुपमा गर्भ बसेका र ९ साता काटेका युवा, युवतीलाई कंलकी स्थित मनसुन फाउन्डेसन नामक संस्थामा पठाई अबैध कार्य गरेको प्रमाण तीब्रखबर डटकमको कार्यालयमा प्राप्त भएको छ । सो प्रमाणका अनुसार डा.गिरीले मनसुनमा सेवाग्राही पठाई अबैध गर्भपतन गराउन सहयोग गरेको खुलेको भएको हो । उनीले प्रशुती लगायत आफ्नै निजी क्लिनिकमा आएका विरामीलाई सो फाउण्डेसनमा पठाउने गरेको र सो स्थानमा यति अस्पताल तथा काठमाडौं नेशनल मेडिकल कलेजमा कार्यारत डा. विनोद महासेठले अबैधरुपमा गर्भपतन गराउने गरेको सो सस्थाका सचिब बताउने सुरेन्द्र मण्डलले स्वीकारेका छन् । सचिब मण्डलका अनुसार नेपाल स्वास्थ्य व्यवसायी महासंघका महासचिब मदन खनालको आड्मा त्यसरी अवैध गर्भपतन गराउने कार्य हुँदै आएको बताइएको छ, प्रशुतीगृहका डा.गिरी र यतिका डा. महासेठको सहयोगमा गर्भपतन सहित ओपीडी सेवा सञ्चालन गरेको बताए । महासचिब खनाल सो फाउण्डेशनका अध्यक्ष रहेका छन् । देशव्यापी रुपमा मौलाउदै गएको सो अबैध व्यवसायलाई सरकारी क्षेत्रकै व्यक्तिबाट संरक्षण गरेका कारण अकालमा महिलाहरुको मृत्यु समेत हुने गरेको छ । जनकपुरमा चिकित्सकहरुले अवैध भ्रुण हत्या गर्दै आएको विभिन्न कालखण्डमा समाचार पुष्टि भएपनि प्रशासनिक कारवाही नहुँदा तिनीहरुको गोरखधन्दाले विकराल रुप लिदा समेत सरकार मौन बसेपछि सो कार्य गर्नेहरु अहिले काठमाडौं आएको समाचारस्रोतको दावी रहेको छ । चिकित्सकहरुको गिरोहले कानुनलाई लत्याउँदै लिङ्ग पहिचान गरि अवैध भ्रुण हत्या, मानव शरीरको अङ्ग प्रत्यारोपन देखि लिएर अवैध भु्रण तस्करीको गोरखधन्दालाई आफ्नो आय आर्जनको मुख्य स्रोत नै बनाउन थालेका छन । जसको पछिल्लो उदाहरण हो, काठमाडौंको कंलकीमा रहेको मनसुन फाउण्डेशनमा भ्रुण हत्या गर्ने गरेको सस्थाका सचिब मण्डलले बताए । अबैधरुपमा गर्भपतनको नाममा भु्रण हत्या गर्ने प्रबृति बढदै गएको छ । यसको नाजायज फाईदा उठाउदै एकातिर चिकित्सक र स्वास्थयकर्मीहरु मालामाल भएका छन भने काठमाडौमा भु्रण तस्कर पनि सक्रिय रहेको खुलासा भएको हो । प्रसुतिगृहमा अबैध गर्भपतनको क्रममा डा. गिरीले लिङ्ग पहिचान गरेर हटाउनकालागि सो फाउण्डेशनमा पठाउने गरेको मण्डलले बताए । प्रायः जसो शिक्षण अस्पताल र अन्य नीजि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई सो अबैध रुपमा गर्भपतन गर्न लगाउने समेत खुलेको छ । यसरी पठाइएकाहरुसंग सो स्वास्थ्य केन्द्र सञ्चालकहरुले अबस्था हेरी रकम असुली गर्ने समेत गरेका छन् । पहिलो चरणको भएमा न्यूनतम ५ देखि १० हजार रुपैयाँ असुली गर्ने गरेको फाउण्डेशनका सचिब मण्डलले बताए । देउताको उपाधी पाएका चिकित्सकहरु अब ज्यानमारा यमराजको उपाधी प्राप्ति गर्न तल्लीन रहेका छन् । स्वास्थ्य संस्था, अस्पताल, क्लिनिक तथा नर्सिङ होम लगायतका क्षेत्रहरुमा अबैधरुपमा गर्भपतन हुने गरेको छ । अवैध तरिकाले अधिकार प्राप्त नरहेका चिकित्सकहरुले भ्रुण हत्या गर्ने गर्दछन । अनैतिक यौन सम्बन्धबाट रहन गएको गर्भ र लिङ्ग पहीचान गरि भ्रुण हत्या गर्ने बढदो क्रम संगै भ्रुण तस्करहरु पनि सकृय रहेको छ । नेपाल परिबार नियोजन संघ, मेरी स्टोप्स सेन्टर लगायत अन्य स्वीकृत प्राप्त स्थानमा सुरक्षीत गर्भपतन गराउने मात्र मान्यता पाएपनि यस्ता अबैध कारोबारमा संलग्न कारोबारीहरु यहाको निजी अस्पताल, क्लीनिक, स्वास्थय सस्ंथा र झोले स्वास्थयकर्मीले खुलेआम गर्भपतन गरिरहदा समेत सम्बन्धित निकाय मौन रहेको छ । अर्ध चिकित्सक, क्वोक्स र औषधि पसल संचालकहरुले असुरक्षित गर्भपतन गर्ने गरेको सम्बन्धित निकायको दावी छ । लोकलाजका कारण बदनाम हुने डरले पनि ग्रामिण क्षेत्रका महिलाहरु लगायत शहरकै महिलाहरुसमेत चर्को मुल्य तिरेर गर्भपतन गराउने गरेका छन् । यसकै फाइदा उठाउदै दर्ता र सरकारी स्वीकृतविना राजधानीमा अबैध गर्भपतन हुने गरेको छ । सम्बन्धित निकाय स्थानीय प्रशासनले ती अवैध काम गर्ने व्यक्तिहरुलाई कारवाही नगर्दा तिनीहरुको मनोबल झन बढ्न गएको छ । अधिकांश गर्भपतन हुनेमा छोरी नै रहने गरेको छ । सरकारले ९ हप्तासम्मको गर्भ गर्भपतन गराउने मान्यता दिएपछि धेरैजसो महिलाले सरकारद्धारा मान्यताप्राप्त स्वास्थ्य संस्थामा गएर गर्भपतन नगराई अबैधरुपमा खुलेका क्लिनिकमा गराउने गरेका छन् । गोपनियताका नाममा र लाजले गर्दा अझै पनि केही महिलाले सरकारबाट स्वीकृति नपाएका निजी मेडिकल हलमा महँगो शुल्क तिरेर अवैध रूपमा गर्भपतन गराउँदै ज्यान जोखिममा पार्ने गरेका छन् । २०६० सालमा सुरक्षित गर्भपतन सेवा (प्रक्रिया ऐन लागू भएपछि गर्भपतनले वैधता पाएको हो । महिलाको चाहनाबिना आकस्मिक गर्भ रहेका ९ हप्तासम्मको गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था छ । अहिले सरकारले जिल्ला अस्पताल, मेरी स्टोप सेन्टर तथा नेपाल परिवार नियोजन संघलाई सुरक्षित गर्भपतन गराउन स्वीकृति दिएको छ । - See more at: http://tibrakhabar.com/?p=4612#sthash.aKIDbR5o.dpuf

Tuesday, March 11, 2014

अस्पताल क्याविन नम्बर २५
रोशन कार्की

सयम ठिकै थियो । फागुन १४, २०७० को दिन । आफ्नै काम र व्यस्थताका कारण सो दिन बेलुका ८ बजे कोठामा पुगेको थिए । सदा झै त्यसदिनपनि मेरो सानो परिबार खाना पकाएर मलाई नै कुरेर बसेका थिए । तीनकुने स्थित कोठामा श्रीमती ईश्वरी, छोरा मनिष र छोरी नीशा । सदा झै त्यसदिन अलि ढिला नै कोठमा पुगेको थिए । खाना अरुका दिनभन्दा ठिक ३० मिनेट ढिला । सो दिन सवैजना एकैसाथ खाना खाइयो, प्राधिकरणको विजुली थिएन रातको ११ बजे आउने सेडुल । चार्जर बत्तीको भरमा बेलुका १० बजेसम्म आफ्नो काम गरे । निद्रा लाग्यो सुते । 
२०७० फागुन १५ गते विहान २ बजे एकाएक छोरा मनिष निद्रामै बेजेडसंग काम्न थाल्यो । सकुशल सुतेको छोरो एकाएक काम्ने, टाउको माथितिर लैजाने क्रमसंगै बेहोस भएको थियो । सो दिनकोभन्दा अगाडि त्यस्तो नभएको एकाएक त्यस्तो भएपछि अब के गर्ने र के नगर्ने भन्ने बारे सो समयमा दिमागले काम गर्न पनि छोड्दो रैछ । एकातर्फ श्रीमती रुने अर्कोतर्फ छोरी रुने । रातको समय । एक्लोले के गर्ने नगर्ने सोच्नै सकेन । यस्तै अबस्थामा जे होला नहोला भन्दै बोकेर अस्पताल ल्याइयो । कोठाबाट बोकेर तीनकुने स्थित मेन रोडमा ल्याएपछि ट्याक्सीमा राखी २ बजेर २९ मिनेट २ सेकेन्डमा मीनभवनस्थित सिभिल सर्भिस हस्पीटलको इर्मेजेन्सीमा भर्ना गरेर उपचार गर्दा समेत छोराको होस खुलेको थिए । जव ५, १० मिनेटको उपचारसंगै बान्ता गरेपछि होस खुल्यो । बोल्न थाल्यो र सोध्यो मलाई किन यहाँ ल्याएको ? इर्मेजेन्सी वार्डमा डाक्टर नर्सहरुको अथक प्रयास जारी थियो । होस खुलाउन । तर लामो समय लागेन । होस खुल्न । इर्मेजेन्सीको उपचारपछि अन्य के कारणले यस्तो भयो भनेर खोजी हुन थाल्यो । रगत, पिसावको परिक्षण भयो । केही खरावी भेएिन । सो परिक्षणपछि टाउकाको परिक्षण गर्न मलाई भनियो । मैले सोही अनुसार अस्पतालको काउन्टरमा गएर पैसा बुझाए र रकम बुझाएको रसिद संगै लगेपछि मात्रै टाउकाको परिक्षण भयो । रातको समय खल्तीमा जम्माजम्मी १५ सय रुपैयाँ । तर अन्य नीजि अस्पतालकोभन्दा सस्तो भएकाका कारण उपचार सुरु गरियो । टाउकाको परिक्षणपछि थाहा भयो । जुकाको खपटा टाउकोमा पुगेको रैछ । सुरुकै अबस्थामा भेटिएकोमा डाक्टरबाट सहानुभुती दिनु भयो । तपाईको बच्चाको अबस्थामा कुनै गम्भीर र चिन्ता लिनु नपर्ने । तर ३ वर्षसम्म नछुटाई औषधिभने सेवन गर्नु पर्ने पनि जानकारी दिए । यति गरुनजेलसम्म विहानका ४ बजी सकेको थियो । चेकजाँचपछि ७२ घण्टा भर्ना गरेर उपचार गर्नु पर्ने सल्लाहा अस्पतालबाट जानकारी भयो । खल्ती कमजोर भएका कारण जनरल वाडमा भर्ना गर्ने त भनियो तर त्यहाँ विरामीलाई उपयुक्त वातावरण नभएपछि तत्कालै सारियो क्याविन नम्बर २५ मा । 
छोरालाई इर्मेजेन्सी वार्डमा भर्ना गरेर उपचार गरे अबस्थामा मलाई अस्पतालको विल बुझाउन ठुलै रकम लाग्ने भयो । पहिलो चरणमा मैले काम गरेको सस्था कमाण्डर पोष्ट दैनिकका कार्यकारी निर्देशक डोलेन्द्र थापालाई पटकपटक फोन गरे तर उनले सो फोन रिसिव गरेनन् । किनकी मैले त्यो अफिसबाट तलवनै लिनु पर्ने भएकाले सो रकम माग गरेको थिए तर त्यो रकम दिने त परै जाओस् कुनै चासो नदिएपछि त्यस्ता निर्देशकसंग कुनै सरोकार राख्नुको महत्व देखिन । आपत्त परेको बेला पाउने तलव समेत दिन नसक्ने यस्ता मालिकले किन मिडिया मालिक हुँ भन्दै हिड्नु । बरु कमडलु बोकेर माग्न हिड्नु राम्रो हो । अब यस्ता व्यक्तिले समाजमा कुनै अर्थ छैन किनकी आफु मिडिया मालिक हुँ भनेर नाक फुलाउनु पर्ने । यस्तो बेला त शत्रुले समेत सहयोग गर्दछन् । तर मलाई निर्देशक डोलेन्द्रले बदलाको भाबनाले लिएपछि अब मैले चाही किन निर्देशक या मिडिया मालिककोे रुपमा हेर्ने र ? 
उपचारकै क्रममा सो अस्पतालका कार्याकारी निर्देशक डा. विमल थापा र मिडिया मालिक भन्ने थापाबीच ठूलो भिन्नता पाए । सो अस्पतालमा । 
सुरुमा मैले न सो अस्पतालमा आफ्नो परिचय दिए न अहिलेनै दिएको छु औपचारीक रुपमा । अस्पतालको क्याविन दिनको १ हजार रुपैयाँ शुल्क । क्याविनमा सारेपछि एउटा बेड र एउटा सोफा मात्र छ । ओड्ने पनि छैन् । क्याविन सार्नुअगाडि केही नर्ससंग चर्काचर्कीपनि पर्यो । कारण भुइ सफा गरि रहेको अबस्थामा नहिड्न र जहाँ हो त्यही रोकिन निर्देशात्मक भनाई आएपछि परेको थियो चर्काचर्की । आफु औषधि र अन्य सामान लिएर विरामी राखेको कोठामा जानलाग्दा एकाएक सो उर्दी आएपछि भयो चर्काचर्की । मलाई सो अस्पतालको भुईसंग कुनै सरोकार छैन । किनकी मेरो छोरो अस्पतालको बेडमा रहेको अबस्थामा भुई सफा गरेको अबस्थामा नहिड्नु भन्नु र सो स्थानमा हिड्नु मेरो गल्ती हो या अस्पतालका ती नर्सहरुको गल्ती हो अझै छुटाउन सकेको छौन मैले । 
नर्ससंगको चर्काचर्कीपछि मैले सो अस्पतालमा खटिएका नर्सहरुको बारेमा जानकारी गराउनु सचेत नागरिकको धर्म सम्झेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिब कृष्णहरि बाँस्कोटालाई फोन गरि जानकारी गराए । बाध्य भएर फोन गर्नु पर्ने अबस्था आयो । सचिब बाँस्कोटासंग फोन बार्ताभयो । उहाँले अस्पतालका कार्यकारी निर्देशक डा. विमलकुमार थापालाई फोन गर्नु भएछ । उहाँ विहानै क्याविन नम्बर २५ मा आउनु भयो र जानकारी लिनु भयो । ७२ घण्टामा उहाँ पटकपटक आउनु भयो । उहाँले उपचारकालागि कुनै कसुर बाँकी नराख्न निर्देशन दिनुभयो । हो उपचार गरेपछि शुल्क तिर्नुपर्छ त्यो मैले तिरेकै थिए । जति विल आयो त्यही अनुसार रकम बुझाउदै आए तर क्याविनमा सोचे अनुसारको सुविधा नहुनु र भुई सफागरेपछि नसुकुनजेलसम्म हिड्न नपाउनुले कता कता मलाई बिद्रोहको अबस्थामा ल्याइपुर्याएको हो । अस्पतालमा रमाइलो गर्न कोही पनि आउदैनन् । कोही विरामी भेट्न आउछ त कोही विरामी लिएर आउछन् । यस्तो अबस्थामा हिड्नै प्रतिबन्ध लगाउनु उचीत होइन । हामी यस देशका चौथो अंगका रुपमा रहेका पत्रकार भन्नेले त यस्तो अबस्था भोग्नु पर्छ भने अरुको अबस्था कस्तो होला । 
म प्रायः आफ्नो कामका लागि कहिल्यै पनि परिचय नदिने व्यक्ती हुँ किनकी शुल्क तिरेर काम गर्नु पर्ने भएपछि किन म यस्तो हुँ भनेर परिचय दिनु परो र । यहाँ अन्य पत्रकार मित्रहरु चिया पसल, मम पसलदेखि फुटपथमा पसल राख्नेलाई समेत प्रेस पास देखाउने गरेका र बार्गेनिड गर्ने गरेका उदाहरण थुपै रहेका छन् । तर मैले जटिल अबस्थामा समेत म पत्रकार हुँ भनेर परिचय दिने गरेको छैन् । 
तर पहिलो पटक मैले उच्च पदस्थ कर्मचारीलाई फोन गरेको यो पहिलो पटक हो । किनकी मैले क्याविनमा दिनको १ हजार रुपैयाँ बुझाउनु पर्ने भएपछि र क्याविनमा एउटा सोफा र एउटा बेडमा भएपछि क्याविनको अबस्था देखाउनकालागि मैले सो फोन गरेको हँु किनकी मेरो मनमा लागेको थियो क्याविन भनेपछि विभिन्न सुविधा होला भन्ने र त्यो मेरो सोचाइ मात्र रैछ । क्याविन भनेको छुटै ट्वाइलेटमात्र रैछ अरु सवै जनरल सरहकै । यस्तो भएपछि मैले हेल्लो सरकारको समेत जिम्मेवारी लिएका र गुनासा सुन्ने काम समेत गरेर सम्बन्धि निकायमा पुर्याउने भएकाले सो फोन गरेका थिए । कि म एउटा पत्रकार हैन एउटा सेवाग्राहीको रुपमा गुनासो पोखेको थिए सचिब बाँस्कोटा समक्ष । 
मेरो फोनलाई सचिब बाँस्कोटाले बढो गम्भीर रुपमा लिएर उहाँले सम्बन्धि निकायमा गुनासो तत्कालै पुर्याउनु मात्र भएन कि आफैले यस अस्पतालका कार्याकारी निर्देशक डा.थापालाई फोन नै गरेर अबस्था बुझ्न निर्देशन दिनु भएछ । उहाँको फोनपछि तत्कालै निर्देशक डा. थापा क्याविन नं. २५ मा आफै आउनु भयो र अस्पतालको नियम र संरचना बारे बुझाउनु भयो । उहाँ मेरो छोरा क्याविन नंंं २५ मा राखिनु जेलसम्म विहान बेलुका आफै आएर अबस्था बुझ्ने काम गरि रहनु भयो । भने सचिब बाँस्कोटा शनिबार आफै अस्पताल आई विरामीका बारेमा बुझ्नु भयो । एउटा सामान्य व्यक्तिको छोराको अबस्था बुझ्नका लागि उहाँले जुन कार्य गर्नुभयो यो मेरो उहाँप्रति ठूलो ऋणी बनेको छु । यो ऋण मैले तिर्ने सक्ने अबस्थामा छैन म । किनकी ऋण भनेको रकममा गरेको भए हिसाव गरेर फिर्ता गर्न सकिन्थ्यो तर यो भावनात्मक ऋण भएकाले सो तिर्न मसंग कुनै सामान छैन । साथै यस अस्पतलका निर्देशक डा. थापाको पनि ऋण तिर्ने मसैग केही छैन । 

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...