Tuesday, October 29, 2013

   स्याउको नाममा विद्युतिय सामाग्री आयात
रोशन कार्की
काठमाडांै
। तिहार नजिकिएसँगै फलफूलको कारोबार बढ्न थालेपछि भन्सार सिमाबाट अबैधरुपमा फलफुलको नाममा अबैध सामान नेपाल भित्राउने गरेको खुल्न आएको छ । नेपाली बजारमा चाडपर्वको अबसरमा फलफुलको माग उच्च रहने भएकाले सो मागलाई पुरागर्ने भन्दै चीनको स्वशासीत क्षेत्र तिव्वतको खासा बजारबाट स्याउले भरिएको कन्टेनरमा विद्युतिय सामाग्रीको पाटपूर्जा राखेर नेपाल भित्राउने गरेको रह¥य स्थानीय व्यवसायीहरुले खोलेका छन् । नाम नलेख्ने सर्तमा एक व्यवसायीले दिएको जानकारी अनुसार पछिल्लो समयमा सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट अबैध सामान नेपाल भित्रने गरेको समाचार बाहिर आएपछि कडाई गरेको भन्सार चेकजाँचका कारण व्यापारीले सो नयाँ योजना अनुसार अबैध सामान नेपाल भित्राउने गरेको बताए ।
भन्सार कर्मचारीकै मिलिमतोमा हुने गरेको सो अबैध करोबारका कारण दैनिक करोडभन्दा बढी राजस्व समेत गुमेको छ । व्यवसायीहरुले फलफुलको अभावको मौका छोप्दै यस वर्षको तिहारको अबसर पारेर सो अबैध सामानको आयातमा तीब्रता आएको छ ।
नेपाल सुन्तला, जुनार लगायतका फलफूलमा आत्मर्निभर भएपनि स्याउ र केरामा हरेक वर्ष विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ । सोही बाध्यताको मौका छोपी भन्सार प्रज्ञापन पत्रमा स्याउको आयात गरेको उल्लेख गरेर विद्युतिय सामाग्री, तयारी पोशाख, मोवाइल, ल्यापटपजस्ता सामानहरु विनाभन्सार नेपाल आयात हुने गरेको छ ।
कमाण्डर पोष्ट दैनिकको कार्तिक १२ गते २०७० को अर्थपेज

हाल ९० प्रतिशत स्याउ चीनबाट आयात भइरहेको छ । गएको वर्ष चीनबाट  ५० हजार मेटी«क टन स्याउ आयात भएको थियो । यस अधिपनि सो नाकाबाट भन्सार छुटेका एक दर्जनभन्दाबढी मालबाहाक गाडि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । अबैधरुपमा सामान आयात गर्र्र्नेमाथी तत्काल कारवाही गर्न आन्तरिक राजस्व विभाग र भन्सार विभागले आफु मातहतका सवै निकायलाई निर्देशन दिएपछि केही मात्रामा अबैध सामान आयातमा नियन्त्रण भएको थियो । पछिल्लो समयमा भन्सार नाकामा सरकार परिवर्तनसंगै कर्मचारीमा समेत गरेको फेरबदलले प्रत्येक नाकाबाट अबैध सामान आयातमा तिब्रता आएको हो ।
गत महिना १३ वटा कन्टेनर भ्यान राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएपनि सो बारे कस्तो कारवाही भएो भन्ने बारे अझै सार्वजनिक गरेको छैन् । तत्कालिन समयमा नियन्त्रणमा परेका व्यापारीले स्याउको आयत गरेको भन्दौ अबैधरुपमा विद्युतिय सामानहरुको पाटपुर्जाहरु विना भन्सार आयात गरेको छ । आयात गर्न पूर्णरुपमा प्रतिबन्ध लगाएका कम्प्युटरको पाटपुर्जा, ल्यापटप, फोटोकपी मेसिनलगायत अन्य सामाग्रीहरुको पाटपुर्जा रहेका छन् । चीनको खासाबाट नेपालतर्फ सामान आयात गर्ने जिम्मेवारी लिएका व्यापारीले भन्सार कर्मचारीसँगको मिलेमतोमा सामान चेकजाँच विनै भन्सार प्रज्ञापनपत्र बनाई छुटाउने गरेको प्रमाणित भएको छ । अवैध कारोबारमा तातोपानी भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत मिमांश अधिकारीको मुख्य भूमिका रहेको आशंकासमेत विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको थियो ।
अधिकृत अधिकारी पहिलोपटक तातोपानी भन्सारमा पुग्नासाथ २२ वटा कन्टेनर नियन्त्रणमा परेको थियो । अधिकारी सो भन्सार नाकामा गत ६ महिनामा ३४ वटा कन्टेनर गाडी नियन्त्रणमा लिई अनुसन्धान भएकाले अधिकारीको कार्यसम्पादन कमजोर रहन गएको भन्सार विभागले जनाएको छ । विभागले खासाबाट नेपाल भित्रिएका  अवैध सामान लिएर काठमाडौं आउँदै गरेका १३ वटा कन्टेनरलाई काभ्रेबाट नियन्त्रणमा लिएको थियो । भन्सार कर्मचारीको मिलेमतोमा नेपाल सामान भित्रयाउने अवैध फर्ममा जिएन इन्टरप्राइजेज, एसकेजे इन्टरनेसनल बिजनेस प्रालि, गोसाइँकुण्ड इन्टरनेसनल बिजनेस प्रालि, जुगल इन्टरनेसनल प्राइजेज, सिन्धु इन्टरनेसनल बिजनेस प्रालि, कान्तिपुर बिजनेस ग्रुप र अरनिको ग्रुप, साइनो बिजनेस ग्रुप, हेम चौलागोई, विचारी पराजुली, इन्द्र श्रेष्ठ, बुद्धराज नामका व्यक्ति र फर्म रहेको स्थानीय व्यवसायीहरुले बताएका छन् । खुला सिमाना, चुहावटका नयाँ तौरतरिका र सञ्जालकै रूपमा विकसित बन्दै गएको अवैध कारोबारका कारण नेपालमा तस्करी मौलाउँदै गएको विभागको ठहर छ ।

Monday, October 28, 2013

लगानी नीतिमा सुधार भए विदेशी पुँजी ल्याउन सकिन्छ
शेष घले
अध्यक्ष
गैरआवासीय नेपाली संघ
गैरआवासीय नेपाली संघमा एक दशकमा आएर नयाँ नेतृत्वका लागि चुनाव नै गर्नुपरेको छ । एक दशक लामो यात्रामा संलग्न रहेका एनआरएनहरूका उच्चदेखि तल्लो तहका सदस्यहरूले नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका कारण सहमतीय प्रयास असफल भएपछि चुनावको साहरा लिनुपरेको थियो । सो संघको नयाँ नेतृत्वका लागि सुरुमा पाँचजनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर, पछिल्लो समयमा तीनजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको भए पनि दुईजनाले आफ्नो अडान नछोडेपछि तेन्डी शेर्पा र शेष घलेबीच प्रतिस्पर्धा भएको थियो । सो प्रतिस्पर्धाबाट भारी मतले शेष घलेले नेतृत्व सम्हाल्न पुगेका छन् । छैटौं विश्व सम्मेलनले अष्ट्रेलियालाई कार्यक्षेत्र बनाइरहेका घलेलाई एनआरएनको अध्यक्ष बनाएको छ । अष्ट्रेलियामा शिक्षा, रियलस्टेटमा जमेका घलेले, यसै वर्ष नेपालमा सात अर्ब लगानी गर्न अन्तर्राष्ट्रिय चेनमा होटल खोल्ने सम्झौतासमेत गरिसकेका छन् । होटलका लागि जग्गा खरिद गरेका घलेले यसै वर्षदेखि होटल निर्माण सुरु गर्नेछन् र सन् २०१६ मा निर्माण सम्पन्न हुनेछ । अस्ट्रेलियाको धनी सूचीमा घले १ सय ७६ औं स्थानमा छन् । घले मेलबर्नस्थित इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का सञ्चालक हुन् । डायस्पोराका सम्पन्न नेपालीमध्ये एक घलेले एनआरएन अध्यक्ष जितेपछि उनीसँग एनआरएनका बारेमा कमाण्डर पोष्टका लागि रोशन कार्कीले गरेको कुराकानीको सम्पादित अंश .

राजनीतिक संरक्षणका कारण तपाईंले चुनाव जितेको भन्ने आरोप छ नि ?
राजनीतिक संरक्षणले मैल चुनाव जितेजस्तो मलाई लाग्दैन । चुनावअघि मैले २४÷२५ देशमा रहेका दाजुभाइलाई भेटेको थिएँ, कुरा गरेको थिँए, जसले गर्दा ममा आत्मबल थियो कि मैले पक्कै जित्ने छु । त्यसैले लोकतान्त्रिक पद्धतिबाट म चुनिएको हुँ । कुनै दाग ममा लागेको छैन भन्ने विश्वास दिलाउन चाहन्छु । तर पनि मलाई सबैको सहयोग चाहिन्छ, सबै राजनीतिक दलहरूसँग पनि मैले काम गर्नुपर्छ । त्यस अवस्थामा ज–जसले सहयोग पु¥याउनुभयो त्यो मैले भुल्नु हँुदैन । यसो भनिरहँदा म राजीतिक दलका नेताको निर्देशनमा काम गर्छु भन्ने नसोच्नु होला, किनकि काम मेरा साथीहरूको सहयोग र सल्लाहअनुसार गर्छु । यो मेरो प्रतिबद्धता हो । निर्वाचनको अवधिमा केही राजनीतिक रङहरू देखिएको मैले पाएँ । तर, मेरो हकमा भने लागू भएन । म अस्ट्रेलियन नागरिक हो । अर्को कुरा संस्थाको गरिमाका आधारमा राजनीतिभन्दा माथि उठ्नुपर्छ । निर्वाचनको प्रक्रियामा कुनै राजनीतिक दाग लागेको छैन भन्ने म पूर्ण विश्वास पनि दिलाउन चाहन्छु । अर्को कुरा जुनसुकै राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने भएकाले कुनै दल विशेषको झन्डा बोक्नु हुँदैन, मैले बोकिनँ र बोक्ने पनि छैन । मेरा लागि सबै दल समान हुन् । दलहरूको निर्देशनभन्दा पनि राम्रो कामको समर्थन र नराम्रो कामलाई साथ नदिने मेरो बानी हो ।
संघको इतिहासमा अध्यक्ष पदमा पहिलोपटक निर्वाचनबाट चुनिएर आउनुभएको छ, संघको काम सम्पादन गर्न त तपाईंलाई ठूलो चुनौती पनि रहेको छ, अब कसरी समाधान गर्नु हुन्छ त ?
हो, यहाँले भनेझैं संघको कार्यसम्पादन गर्न चुनौतीपूर्ण रहेको छ । विभिन्न समस्या छन् । सबै समस्याको समाधान गर्नुपर्छ । सकेसम्म मेरो कार्याकालभित्रै सबै समस्या समधान गर्न कुनै कसुर बाँकी राख्दिनँ । किनकि समस्या समाधान गर्न मेरा सबै साथीले हरदम सहयोग गर्ने छन् । बाँकी रह्यो, मेरो घोषणापत्रमा एकता र समावेशीतालाई मूल मर्म मानेको छु । यही मूल मर्मको आधारमा संस्थालाई अघि बढाउनेछु । प्रजातान्त्रिक प्रक्रियाअनुसार निर्वाचन भएको हो । निर्वाचनको प्रक्रियामा पाँचजना अध्यक्षले उम्मेदवारी दिनुभएको थियो । निर्वाचनको प्रक्रियाबाट तीनजनाले छोड्नुभयो । निर्वाचनमा म र तेन्डी शेर्पाजीमात्रै भयौं । निर्वाचनमा विजयी हुनेबित्तिकै मैले यो विजय तेन्डीजीको पनि हो भनेको छु । तेन्डीजी मात्रै होइन यो सबै एनआरएनको जित हो । निर्वाचित भएर आएपछि सबैलाई समेटेर लैजाने जिम्मेवारी मेरोमा आएको छ । प्रजातान्त्रिक प्रक्रियाबाट आएको नतिजालाई सबैले स्वीकार गर्नुपर्छ । मैले पहिला पनि भनेको थिएँ, अध्यक्षबाहेकका अरू पदाधिकारीमा निर्वाचन हुँदा कुनै समस्या भएको छैन ।

तपाईंको कार्यकालमा एनआरएन कसरी अघि बढ्नेछ ?
मैले निर्वाचनको समयमा जारी गरेको घोषणापत्रका प्रतिबद्धतालाई कार्यसमितिका साथीहरूको सल्लाहअनुसार अगाडि बढाउने छु । मेरो कार्ययोजनामा तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्यक्रमहरू समावेश गरेका कारण त्यसलाई नै पहिलो प्राथमिकता दिनेछु । म टिम स्प्रिटमा विश्वास गर्छु । म विभिन्न देश भ्रमण गरी साथीहरूसँग परामर्श गरेर कार्ययोजना बनाई अगाडि बढ्ने छु । मेरो अहिलेको मिहिनेतले भावी नेतृत्वलाई काम गर्न सजिलो होस् भन्ने मेरो सोच छ । मेरो कार्यकाल सुरु हुनुअगावै संघले वैधानिकता पाएको छ । अब म संघको आफ्नै भवन निर्माण गर्न लाग्नेछु ।
कमाण्डर पोष्ट दैनिकको अर्थ पेज १० (२०७०÷कार्तिक ११ गते प्रकाशित 

छरिएर रहेका सबै एनआरएनलाई समेट्न सक्नु हुन्छ ?
हेर्नुहोस्, म अध्यक्ष भए पनि नभए पनि संघमा आबद्ध भएदेखि नै सबै साथीलाई संघमा आबद्ध गराउनुपर्छ भनेर काम गरेको मान्छे हुँ । त्यसैले संस्थाको काम गर्न र साथीहरूलाई समेट्न पदमै हुनुपर्छ र पदमै रहेकाले मात्र समेट्नुपर्छ भन्ने छैन । सबैले आ–आफ्नो पाटोबाट सहयोग गर्दै आएका छन् र गर्ने छन् । बाँकी रह्यो, संघको इतिहासमा म पहिलो निर्वाचित अध्यक्ष बन्न सफल भएको छु । चुनाव भएर म निर्वाचित भएको छु, लोकतान्त्रिक पद्धतिबाट निष्पक्ष रूपमा म निर्वाचित भएँ । त्यसैले अवश्य पनि मैले अब सबैलाई समेटेर लैजानुपर्छ । मेरो कसैलाई काखा र कसैलाई पाखा गर्ने रणनीति छैन । सबै साथी सक्षम छन् । लगानी गर्न, लगानी भित्र्याउन र संघको समस्या समधान गर्न सबै सक्षम भएकाले काम गर्न कठिनाइ हँुदैन । कुरा यति हो, संघको विधानअनुसार नेतृत्व लिने व्यक्ति भएमा काम गर्न सजिलो हुन्छ, साथीहरूको समस्या लिएर सम्बन्धित ठाउँमा जान पनि सजिलो हुन्छ । कार्यसमिति भनेको एक पुल हो । सो पुलबाट हाम्रै सदस्यहरू हिँड्छन् । मेरो घोषणापत्रमै मैले एकता र समावेशिता भनी उल्लेख गरेको थिएँ । मैले सबैलाई समेटेर लाने प्रयास गर्नेछु । एनआरएनको युनिटी मेरो सधंै केन्द्रमा रहनेछ ।
तपाईंको कार्यकालमा साँच्चै काम हुन्छ त ?
अगाडिको कार्यसमितिले पनि काम त गरिरहेको छ । मैले त्यसलाई निरन्तरता र नयाँ योजना थप्ने हो । सबै साथीको सहयोगमा गर भनेको काम मैले पूरा गर्ने छु । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले प्रस्तुत गर्नुभएको प्रतिवेदनले अहिलेसम्म एनआरएनबाट ३० अर्ब रुपैयाँ संकलन भएको देखाएको छ । त्यसैले विदेशमा रहेका नेपालीहरू विस्तारै बामे सर्दै गरेको अवस्था छ । दुई÷चार जनामात्रै माथि उठेको हामी देख्न सक्छौं । त्यसैले अब विस्तारै लगानी बढ्नेछ । तर पनि जति हुनुपर्ने हो त्यति नभएकोमा म पनि सहमत छु ।
खाडीमुलुकमा कामदारको समस्या समाधान गर्ने कुनै योजना छ ?
यसका लागि कार्यसमितिमा बसेर सल्लाह गर्नुपर्ने हुन्छ । कसरी कति समयमा अगाडि बढ्ने भन्ने निश्चित योजना बनाएर अघि बढ्नुपर्ने हुन्छ । देशको आर्थिक अवस्था राम्रो नभएकाले युवा भाइबहिनीहरू स्कुले जीवनमै सीपबिना कम मूल्यमा जोखिम मोलेर विदेशिन परिरहेको छ । यो प्रक्रिया लामो समयसम्म चलिरहने देखिएको छ । तसर्थ, सरकारले नै विशेष कार्यक्रम ल्याउनुपर्छ । सरकारले वैदशिक रोजगारीमा गएका कामदारका लागि कोष बनाएको छ । त्यो कोषमा रकम पनि जम्मा भएको छ । तर, त्यसको सही सदुपयोग हुन सकेको छैन । त्यसको सदुपयोग हुनुपर्छ । मैले खाडी मुलुकमा काम गर्ने नेपाली कामदारको अवस्थाको पीडाबोध गरेको छु । त्यसैले त्यसका लागि छुट्टै कोष बनाउने मेरो योजना छ ।
तपाईं वैदेशिक लगानी कसरी बढाउनु हुन्छ ?
वैदेशिक लगानी बढाउनमा एनआरएनले पुलको भूमिका निर्वाह गरिरहेको छ । थप लगानीका लागि सरकारको वैदेशिक नीतिमा आमूल परिवर्तन आवश्यक छ । अहिले पनि सन् १९९२ मा बनेको नीतिअनुसारै वैदेशिक लगानी भित्र्याइरहेको छ । खिया लागेको नीतिको भरमा मुलुक चलिरहेको छ । हाम्रो मुख्य चुनौती भनेकै यही हो । हामीसँग वैदेशिक लगानीका सम्बन्धमा प्रष्ट नीति छैन । यसमा सुधार भए हामी विदेशी लगानी भित्र्याउन सक्छांै । यसका लागि स्थानीय साझेदारको खाँचो छ । नेपाल सरकारले पुराना नीतिलाई समयसापेक्ष परिमार्जन गर्नुको विकल्प छैन । जबसम्म पुरानो नीति नै रहिरहन्छ तबसम्म सोचेअनुसारको लगानी नेपाल भित्र्याउन कठिन छ ।
निर्वाचनपछि संस्थालाई कसरी अघि बढाउने योजनामा हुनुहुन्छ ?
मैले घोषणापत्र अनुसार काम अघि बढाउनेछु । संस्थालाई अघि बढाउन अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाउनेछु । म टिमवर्कमा विश्वास गर्ने व्यक्ति हो । संस्थालाई सामूहिकतामा अघि बढाउनेछु । दुई वर्ष, पाँच वर्ष र दश वर्षमा के गर्न सकिन्छ भनेर योजना बनाउने सोचमा छु । केही नयाँ कार्यक्रम पनि बनाउने योजनामा छु । मैले संघ दर्ताको मुद्दालाई प्राथमिकतामा राखेको थिएँ । अहिले हाम्रो संस्था दर्ता भइसकेकाले मेरा लागि बोनस भएको छ । अब मेरो एजेण्डामा नयाँ काम गर्नुपर्ने भएको छ । अब संघको भवन स्थापनाका लागि वैधानिकतासमेत तयार भएको छ । सम्पत्ति खरिद गर्ने वैधानिकतासमेत प्राप्त भएको छ ।
एक दशकको अवधिमा एनआरएनए अभियानमा धेरै गफ र थोरै काम भए भन्ने आरोप छ नि ?
एक दशकको अवधि ठूलो होइन । यो संस्थाको भविष्य एकदमै उज्ज्वल छ । यो अवधिमा ठूला लगानी आउन नसकेको पक्कै हो । लगानीबाहेक गैरआवासीय नेपालीसँग सीप र ज्ञान धेरै छन् । नेपालको विकासमा ज्ञान र सीप प्रयोग हुन सकेको छैन । यो अवधिमा ज्ञान र सीप भित्र्याउने काम धेरै हुन सकेको छैन ।
लगानी भित्र्याउनका लागि एनआरएनले पुलको काम गर्न त सकेको छैन नि ?
एक दशकभित्र हामीले लगानीका लागि भन्दा पनि आफ्नो संस्थालाई देशमा विधिवत् दर्ता गर्नका लागि लडाइँ लड्नुप¥यो । तर पनि सो लडाइँका साथै लगानीका लागि पनि हामीले विभिन्न काम गरेका कारण केही लगानी भित्रिएका छन् । जति हुनुपर्ने हो त्यो नदेखिएको हो । तर, कामै नभएको भन्ने चाहिँ होइन । देशमा लगानीका लागि लगानीमैत्री नीति आवश्यक पर्छ । नेपालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन २० वर्षदेखि पुनरावलोकन हुन सकेको छैन । यो नीति पुनरावलोकनका लागि तयारी भइरहेको थाहा पाएको छु । सन् १९९२ मा आएको यो ऐन अहिलेसम्म परिवर्तन नहुँदा लगानी आउन कठिन भएको हो । लगानीका लागि ‘ब्ल्याक एन्ड ह्वाइट’ नीति नै छैन । लगानी आउनका लागि प्रष्ट नीति आवश्यक पर्छ । अर्को मुलुकमा रहेका कर्मचारीतन्त्रको व्यवहारले समेत लगानी आउन सकेको छैन । ऐन र नियमभन्दा पनि एउटा हाकिमको भरमा काम हुन्छ ? यस्तो अवस्थामा लगानी आउन कठिन हुन्छ । विदेशी लगानीमात्रै ल्याउने प्रयास गर्नुभन्दा संयुक्त लगानीलाई अघि बढाउनुपर्छ । स्थानीय साझेदारसँग विदेशी लगानी ल्याउन भित्र्याउने विकल्प सबैभन्दा राम्रोे हुन्छ । तर, संयुक्त लगानीका लागि यहाँका साझेदार पारदर्शी हुन आवश्यक छ । त्यसैले कानुन, कर्मचारीतन्त्र र ऐनलाई समयसपेक्ष परिमार्जन हुनु आवश्यक रहेको छ । सबै कुरा सहज भएपछि संघले पुलकै काम गर्छ र गर्ने छ ।
यहाँले त आफ्नै लगानीमा होटल निर्माण गर्न सुरु गर्नुभएको छ, के होटलमा राम्रै फाइदा हुन्छ र लगानी गरेको ?
हो, कोही कसैले आफ्नो पैसा लगानी गर्नुपूर्व फाइदा हेर्नुपर्छ । यति भनिरहँदा मैले फाइदाका साथै आफ्नो मातृभूमिमा कुन क्षेत्रमा लगानी गर्ने भनेर विचार गर्दा रोजगार पनि हुने र पर्यटन क्षेत्रलाई पनि सहयोग पुग्ने भएकाले होटलमा लगानी गरेको हुँ । देशमा सीमित पाँचतारे होटल रहेकाले र दैनिक रूपमा पर्यटकहरूको आगमनमा वृद्धि हँुदै जाने गरेकाले होटलको आवश्यकता देखेको हुँ । सोहीअनुसार होटल निर्माण गरेको खण्डमा स्वदेशका युवायुवतीहरूले देशमै आफ्नो पसिना बगाउन पाउनेछन् । भनेको समयमा आफ्नो घरपरिवारसँग भेट पनि गर्न पाउनेछन् । यतिमात्र होइन, देशमा ठूला योजनाहरूमा लगानी गर्नु उत्तम हो । तर, स्थानअनुसार साना÷ठूला योजनामा लगानी गर्ने वातावरण तयार गर्न सबै लाग्नुपर्छ ।
सामूहिक लगानीको काम त अघि बढ्नै सकेको छैन भन्ने सुनिन आएको छ नि ?
होइन, त्यो काम अघि बढिसक्यो । गत वर्ष पाँच अर्ब रुपैयाँ अधिकृत पुँजी रहेको एनआरएन इन्भेष्टमेण्ट कम्पनी नेपालमा दर्ता भइसकेको छ । सो कम्पनीमा हामीले पहिलो चरणमा आह्वान गरेबमोजिम गैरआवासीय नेपाली साथीहरूबाट एक अर्ब नेपाली रुपैयाँ जम्मा पनि भएको छ । सो कम्पनीमा आवश्यकताबमोजिम पुँजी थप गर्दै लगिनेछ । साथीहरूको यसमा राम्रो सहयोग रहेको छ । सबैले यस कोषमा जम्मा गरेर सामूहिक लागनीमा जुटिरहेका छांै । पहिलो प्रयासमै यति धेरै साथी उत्साहित भएर लगानी गर्न आउनुभयो । सकारात्मक कुराको थालनी भयो भने त्यसले अवश्य पनि निरन्तरता पाउँछ नै ।
अघिल्लो अधिवेशनमा नेपालमा एनआरएनको लगानीलाई निकै प्राथमिकता दिइएको थियो तर, त्यस्तो उल्लेखनीय लगानी त देखिएको छैन नि ?
हामीले सामूहिक लगानीलाई विशेष प्राथमिकतामा राखेका छौं । संघको स्थापनाकालदेखि नै लगानी प्रमुख विषय बन्दै आएको छ । गैरआवासीय नेपालीहरू देशको कायापलट हुने गरी लगानी गर्न सक्ने हैसियतमा अझै पुगिसकेका छैनन् । पछिल्लो २०÷२२ वर्षमा विदेशमा स्थापित हुन संघर्ष गरिरहेका नयाँ पुस्ताबाट धेरै ठूलो अपेक्षा राखिदिनुभएन । गैरआवासीय नेपाली साथीले पनि आफ्नो क्षमताभन्दा बढी ठूला कुरा गरिदिनुभएन । एक्लै ठूलो लगानी गर्न सक्ने हैसियत भएका एनआरएनहरूको संख्या धेरै कम छ । त्यस्ता साथीबाट पनि लगानी आइरहेको छ । मैले काठमाडौंमा पाँचतारे होटलमा लगानी गर्ने प्रक्रिया सुरु गरिसकेको छु । लगानी भनेको निरन्तर भइरहने प्रक्रिया हो । यो क्रम सधैं चलि नै रहन्छ । गैरआवासीय नेपाली समुदायलाई विदेशमा रहेर पनि नेपालका लागि केही गर्न प्रयास गरिरहेको वर्गका रूपमा हेरियोस् भन्ने म चाहन्छु ।
एनआरएनप्रति नेपालीको भरोसा र विश्वास घट्दै गएको आभास भएको छ, यसलाई कसरी लिनुहुन्छ ?
एनआरएनप्रति भरोसा र विश्वास घटेको छैन, बढेको छ । पछिल्लो समयमा नेपाल सरकारलगायत सरोकारवाला सबै निकायबाट गैरआवासीय नेपाली संघले मान्यता पाएको छ । नेपाल लगानी बोर्ड, प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद् आदि स्थानहरूमा हाम्रोे संस्थागत उपस्थिति रहँदै आएको छ । सर्वसाधारण जनताले समेत गैरआवासीय नेपालीलाई विदेशमा बसेर पनि स्वदेशका लागि केही गर्न प्रयास गरिरहेको समुदायका रूपमा लिएको मैले अनुभव गरेको छु ।
अघिल्लै सम्मेलनदेखि एनआरएनएमा अत्यन्तै धेरै विवाद देखियो, अहिले पनि पाँचजनाले अध्यक्षका लागि उम्मेदवारी दिए, त्यसो हुँदा विवाद अझै बढ्ने सम्भावना बढ्दो छ, अब यहाँले कसरी समाधान गर्नुहुन्छ त ?
धेरै साथीबाट नेतृत्वका लागि इच्छा राखिनुलाई मैले स्वाभाविक रूपमा लिएको छु । संघमा नेतृत्व लिनका लागि सक्षम साथीहरू छन् । मेरो चाहना संघको मर्यादा र गरिमालाई अझ बढी उचाइमा पु¥याउने र लाखौं गैरआवासीय नेपालीको चाहनाअनुसारको नेतृत्व गर्ने मेरो सोचाइ हो । सोहीअनुसार म सबैलाई एकताबद्ध बनाएर लैजाने छु । प्रजातान्त्रिक देशमा साथीहरूले आ–आफ्नो चाहना राख्नु उचित हो । जस–जसले सो चाहना राख्नुभयो त्यो निर्वाचनपछि सबै मेटियो । अब हामी संघको मुद्दामा लाग्ने छांै । अब संस्था निकै ठूलो भइसकेकाले धेरै जिम्मेवारी पनि थपिएका छन् । अहिले ६५ राष्ट्रमा हाम्रो सञ्जाल विस्तार भएको छ । फुर्सदमा मात्र समय दिएर काम गरौंला भनेर अब संस्था चलाउन सकिँदैन । अहिलेका सबै उम्मेदवार साथीसँग मैले नजिक बसेर काम गरें । त्यसैले सबै साथी प्रजातान्त्रिक मान्यता राख्ने भएकाले चुनाव एउटा प्रक्रिया हो, त्यो पूरा भयो, काम हामी सबैले मिलेर गर्ने हो भन्ने मुख्य भावना रहेकाले त्यो समस्या चुनावबाटै समाधान भइसक्यो ।
संघले नेपालका विभिन्न क्षेत्रमा गर्ने भनिएको लगानी कुन चरणमा पुगेको छ ?
अहिलेसम्म हामीले व्यक्तिगत रूपमा लगानी गरिरहेका छौं । राजनीतिक अस्थिरता र शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेकाले विदेशी लगानी आकर्षित हुन सकेका छैनन् । विदेशी लगानी नेपालमा भित्र्याउनका लागि केही समस्या छन् । ती समस्या समाधान नभएसम्म विदेशीहरू ढुक्कसँग नेपालमा लगानी गर्न आउने देखिँदैन ।
एनआरएनहरूले कुन क्षेत्रमा लगानी गर्न चाहिरहेका छन् ?
मैले होटल क्षेत्रमा लगानी गरेको छु । अन्य साथीले आफ्नो क्षमताअनुसार विभिन्न क्षेत्रमा लगानी गरेका छन् र गर्दैछन् । हामीले नेपालको पशुपालन, कृषिलगायतका कार्यमा पनि लगानी गर्ने सोचाइ राखेका छौं । विदेशको नयाँ प्रविधि नेपालमा भित्र्याउने कोशिष पनि गरिरहेका छौं ।
सामाजिक क्षेत्रमा पनि लगानी गरेको भन्ने सभामा अलि बढी नै सुनिएको छ नि, वास्तविकता के हो ?
हो, हामीले नाफामूलक र सामाजिक सेवामा लगानी गरेका छौं । मैले यसअघि नै भनेको छु । आफ्नो जन्मस्थानमा रहेका विद्यालय, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गरेका छन् । नेपालको सामाजिक विकासमा एउटा इँटा थप्ने हामीले विश्वास गरेका छौं । यसअघि पनि हामीले विभिन्न सामाजिक काम गरिसकेका छौं ।
नेपालमा लगानीको वातावरण कस्तो देख्नुभएको छ ?
खासै पुरानो ऐन, कानुन र तरिका भएकाले नयाँ लगानीका लागि राम्रो वातावरण छ भन्न सक्ने अवस्था छैन । लगानीका लागि लगानीकर्ताले पहिलो चरणमा लगानीको सुरक्षा र अवरोध नहोस् भन्ने चाहन्छ । सरकारले त्यो पहिलो चरणमा पूरा गरेको खण्डमा देशमा लगानी आउने पक्का छ । तर, वातावरण नभए पनि आफ्नो जन्मभूमिको माया गर्नेहरूले लगानी गर्न हिच्किचाउनु भने हुँदैन । नेपाल र बाहिर बसेका नेपालीले यस्तो समयमा लगानी नगरे कहिले लगानी गर्ने ? हामीले नै लगानी नगरे विदेशीले कसरी लगानी गर्छन् ? उनीहरू राजनीतिक अस्थिरता देखेर डराइरहेका छन् । उनीहरूले नेपालका ठूला आयोजनामा लगानी गर्न चाहिरहेका छैनन् । नयाँ संविधान बन्न नसक्नु, लोडसेडिङको चर्को समस्या र शान्ति सुरक्षालाई उनीहरूले बाधकका रूपमा देखाएका छन् । त्यसैले, हामीले गैरआवासीय नेपालीलाई आफ्नो देशमा लगानी गर्न आग्रह गरिरहेका छौं ।
भावी योजना के–के छन् ?
म नेपालमै जन्मेको नेपाली हुँ । मेरो कर्मभूमि अष्ट्रेलिया हो । म नेपाल आमा रोएको होइन, सधैं हासेको देख्न चाहन्छु । नेपालमा केही गर्न सकिन्छ कि भनेर लगानी बढाउन खोजिरहेको छु । म गाउँको सेवा गरेर गाउँको विकास पनि गर्ने र नाफा पनि आर्जन गर्ने कार्यक्रम तयार गर्ने सोचमा रही अष्ट्रेलियामा गरेको लगानीलाई नेपालमा केन्द्रीत गर्दैछु । बसाइँ पनि अष्ट्रेलियामा कम गर्दै नेपालमा बढाउँछु ।

Tuesday, October 22, 2013

   आर्थिक विकासमा भूमिका होस् – राष्ट्रपति
रोशन कार्की
काठमाडौं ।
राष्ट्रपति डा. रामवरण यादवले गैरआवासीय नेपालीलाई नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेका छन् । सोमबार राजधानीमा गैरआवासीय नेपाली संघ (एनआरएन) को छैटौँ विश्व सम्मेलन तथा १०औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् । उनले एनआरएन सदस्यलाई नेपाली हुँ मात्र भन्ने नभई नेपाली बनेर देखाउनसमेत आग्रह गरे । उनले भने, ‘जन्मभूमिप्रतिको कर्तव्य नबिर्सी आफ्नो गच्छेअनुसार लगानी गरेर आर्थिक विकासमा टेवा पु¥याउनुहोला ।’ राष्ट्रपतिले आर्थिक, व्यावसायिक, बौद्धिक पुँजीलाई आफू जन्मेको मुलुकको विकासमा परिचालन गर्न अनुरोध गरे । आफू जन्मेको देशको आर्थिक–सामाजिक विकासमा योगदान गर्नु गैरआवासीय नेपालीको कर्तव्य भएको उनले बताए । भने, ‘नेपाल र नेपालीको हित एवं उन्नति कसरी गर्न सकिन्छ भन्ने भावनाका साथ एनआरएनका सदस्यले काम गर्नु÷गराउनु होला ।’
राष्ट्रपति यादवले उच्चशिक्षा र व्यापार व्यवसायका लागि मुलुक छाड्नु राम्रो नभएजस्तै रोजगारीका लागि जन्मभूमि छाड्नुपर्ने बाध्यता सिर्जना हुनु सुखद नभएको बताए । स्वदेशमै रोजगारी सिजर्ना गर्नुपर्नेमा उनले जोड दिए । आगामी ४ मंसिरमा हुने संविधानसभा निर्वाचनपछि मुलुकमा लोकतान्त्रिक संविधान बन्ने विश्वास दिलाउँदै राष्ट्रपति यादवले लोकतान्त्रिक विधिमा मात्रै मुलुक समृद्ध बन्ने बताए ।
उनले पहिलो संविधानसभा संविधान जारी नगरी अन्त्य भएकोमा सबैलाई दुःख लागेको उल्लेख गर्दै पहिलो संविधानसभालाई पूर्णरूपमा असफल भन्न नमिल्ने बताए । उनले विगतबाट पाठ सिकेर नयाँ सोचका साथ अघि बढ्न जरुरी भएको जनाए । उनले दोस्रो संविधानसभा निर्वाचनलाई सफल पार्न गैरआवासीय नेपालीलगायत सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले देशमा शान्ति, स्थायित्व, विधिको शासन एवं आर्थिक विकास सुनिश्चित गर्ने दोस्रो संविधानसभाको महायज्ञलाई स्वतन्त्र, निष्पक्ष एवं मर्यादित बनाउन सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीलाई एकजुट भएर लाग्न आग्रह गरे ।
विश्वसम्मेलन उच्चस्तरीय आयोजक समितिका संयोजक एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले गैरआवासीय नेपालीलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । दोस्रो संविधानसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको तथा निर्वाचनपछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने बताए ।
गृहमन्त्री तथा परराष्ट्रमन्त्री घिमिरेले नेपाली नियोगमा स्थायी कूटनीतिक संयन्त्र बनाउने र संयन्त्रमा एनआरएनको प्रतिनिधित्व गराउने जानकारी दिए । सरकारले एनआरएनलाई आर्थिक कूटनीतिको दरिलो खेलाडीका रूपमा प्रस्तुत गर्न लागेको जानकारी पनि मन्त्री घिमिरेले दिए । परराष्ट्र मन्त्रालयले सबै दूतावासलाई द्विपक्षीय उद्योग वाणिज्य संघ स्थापनाको गृहकार्य सुरु गर्न निर्देशन दिइसकेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले देशमा लगानीमैत्री वातावरण भएको खण्डमा स्वदेशी तथा विदेशी लगानी भित्रिने बताए । उनले कोही–कसैले कुनै पनि क्षेत्रमा गरेको लगानीको सुरक्षा खोज्ने भएकाले सुरक्षा सरकारले दिनुपर्नेमा जोड दिए । वैद्यले भने, ‘लगानीकर्तालाई सरकारले लगानीको सुरक्षा काम गर्ने स्थानमा विनाअवरोध काम गर्न पाएको खण्डमा देशमा लगानी गर्न कुनै समस्या हुँदैन ।’ उनले ऊर्जा संकट, श्रमिक समस्यालाई सरकारले तत्काल समाधान गर्न विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । वैद्यले एनआरएनका सदस्यले नेपालमा ४५ कम्पनी स्थापना गरेको र यी कम्पनीमार्फत ३० अर्ब रूपैयाँ लगानी भएको जानकारी दिए । उनले ऊर्जा, पूर्वाधार, पर्यटन, खानी र शिक्षा तथा स्वास्थ्य नेपालका प्रमुख प्राथमिकताप्राप्त क्षेत्र भएको बताए । सन् २०१५ सम्म महासंघ, एनआरएन र सरकारले गर्नुपर्ने कामबारे पनि जानकारी दिए ।  मन्त्री घिमिरेले संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने र नवनिर्वाचित अध्यक्ष शेष घलेलाई संघ दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । एनआरएनएका संस्थापक अध्यक्ष डा. महतो, पूर्वअध्यक्ष देवमान हिराचन, प्रमुख संरक्षक भीम उदास र अध्यक्ष जीवा लामिछानेले एनआरएनको अपेक्षा, सरकारले चाल्नुपर्ने कदम र आगामी योजनाबारे जानकारी दिए ।


                 एनआरएन अध्यक्षमा घले
कमाण्डर पोष्ट
काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा अस्टे«लियाका शेष घले अत्यधिक मतले विजयी भएका छन् । कुल ८ सय २ मतमध्ये घलेले ५ सय १० मत पाएका थिए भने उनका प्रतिस्पर्धी तेन्जी शेर्पाले २ सय ८० मत पाएका थिए । त्यसैगरी, उपाध्यक्षमा भवन भट्ट ३ सय ४८ मत र टिबी कार्की ३ सय मतसहित विजयी भए । महासचिवमा कुमार पन्त ३ सय ९५ मत पाए भने अर्का प्रतिस्पर्धी राजेन कँडेलले ३ सय ६० मत पाएका थिए । सचिवमा रञ्जु थापा २ सय ७३ मतसहित विजयी भइन् । उनका प्रतिस्पर्धी पुष्पराज तिमल्सिनाले २ सय १० मत पाएका थिए । कोषाध्यक्षमा बद्री केसीले ४ सय ७४ मत पाए । प्रतिस्पर्धी अरुणकुमार श्रेष्ठले २ सय ८६ मत पाएका थिए । युवा संयोजकमा डा. राजेन्द्रप्रसाद पराजुली विजयी भए । युरोप संयोजकमा अर्जुन श्रेष्ठ र एसिया प्रशान्त क्षेत्रीय संयोजकमा गंगा राई विजयी भएका छन् । सन् २००३ मा संघ स्थापना भएयता पहिलोपटक निर्वाचन प्रक्रियामार्फत अध्यक्ष चुनिएको हो ।
शेष घले

यसबीच, गैरआवासीय नेपाली संघ (एनआरएन)का नवनिर्वाचित अध्यक्ष घलेले पहिलोपटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भए पनि एनआरएनको एकतामा कुनै कमी नआउने बताएका छन् । विजयी भएसँगै घलेले भने, ‘निर्वाचनबाट विजयी भए पनि मैले एनआरएनलाई एकताबद्धता बनाउँदै लैजानेछु, तेन्जी शेर्पाजीसँग पनि सहकार्य गरेर एनआरएनलाई नयाँ उचाइमा पु¥याउँछु ।’ चार महिनादेखि मतदाताको घरदैलोमा पुगेर एजेन्डा र उनीहरूका समस्या सुनेको बताउँदै घलेले हार–जितलाई आजैका दिनदेखि बिर्सिएर संस्थालाई एकताबद्ध बनाएर लैजाने बताए । ‘भोट दिने साथीको कुनै दलप्रति आस्था हुन सक्ला, सबै साथीले अत्यधिक मत दिएर जिताएका छन् तर मैले कुनै राजनीतिक दलका नेताका दैलो चाहारेर सहयोग मागिनँ,’ घलेले भने, ‘एनआरएन राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ भन्नेमा दृढ छु ।’

Wednesday, October 9, 2013


तामाङलाई हटाएर वाग्ले अध्यक्ष

रोशन कार्की
काठमाडौं ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विवाद चुलिएपछि राजधानीको तेजभवनस्थित संघको कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संघका अध्यक्ष र अन्य सदस्यबीच लामो समयदेखि बढ्दै गएको विवादका कारण दुवै पक्षका अध्यक्ष हंसराज वाग्ले र बलबहादुर तामाङ लाजिम्पाटस्थित तेजभवनमा पुगेपछि झडप नै हुने अवस्था आएकोले प्रहरीले कार्यालय आफ्नो नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ पक्षले मंगलबार पत्रकार सम्मेलन गर्ने भन्दै सूचना जारी गरेका थिए तर वाग्ले पक्षधरले सो सूचना संघको आधिकारिक नभएको भन्दै विरोधमा उत्रिएपछि झडपको स्थितिसम्म पुगेको थियो । उक्त सूचना संघको आधिकारिक नभएको र पत्रकार सम्मेलनको कुनै औपचारिक कार्यक्रम नभएको महासचिव कमल तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कार्यालयमा दुई दर्जनभन्दा बढी प्रहरीले सुरक्षा दिइरहेका छन् । वैदेशिक रोजगार व्यवसायी संघको असन्तुष्ट पक्षले सोमबार निर्वाचन गरी नयाँ कार्यसमिति घोषणा गरेको थियो । निर्वाचनमा कांग्रेसनिकट रोजगार व्यवसायी वाग्ले अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । यसअघि एमालेनिकट अध्यक्ष बलबहादुर तामाङले व्यवसायीविरुद्ध बोलेको आरोप लगाउँदै असन्तुष्ट पक्षले ४ महिनाअघि अविश्वासको प्रस्ताव ल्याउँदै गत ११ गते तामाङलाई हटाएको दाबी गरेका थिए । अध्यक्षबाट तामाङलाई हटाएर पूर्वअध्यक्ष सोमलाल बाटाजुको संयोजकत्वमा नयाँ समिति चयन भएको असन्तुष्टको दाबी रहेको छ ।
वैदेशिक रोजगार व्यवसायी संघ विवाद
               कार्यालय प्रहरी नियन्त्रणमा
बाटाजुकै संयोजकत्वमा सोमबार निर्वाचन भएको हो । अहिले निर्वाचित वाग्ले डेढ वर्षअघि तामाङसँग निर्वाचनमा पराजित भएका थिए । संघको प्रथम उपाध्यक्षमा ज्ञानप्रसाद गैरे, द्वितीय उपाध्यक्षमा कुमुद खनाल, तृतीय उपाध्यक्षमा भुवनसिंह गुरुङ, महासचिवमा कमल तामाङ, सचिवमा विनोदजंग केसी, कोषाध्यक्षमा शारदा न्यौपाने र सदस्यहरूमा चिरमणि पौडेल, यमुण्डा गिरी, माधुरी पौडेल, दुर्गाबहादुर लिम्बू, टेकराज ज्ञवाली, दीपक सिञ्जाली, यादव लामिछाने, रामराजा अधिकारी, राजेशशंकर विक र मोहनकुमार ढुंगेल निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिको दाबी छ ।
७ सय ५८ जना सदस्य रहेको संघमा सोमबार ३ सय जनाको उपस्थितिमा निर्वाचन गरिएको थियो । पटक पटक व्यवसायीका हकहितमा बोल्न र सहयोग गर्न आग्रह गर्दा उल्टै व्यवसायीविरुद्ध बोल्दै हिँड्न थालेपछि तामाङलाई हटाएर निर्वाचन गरिएको वाग्लेले बताए । उनले भने, ‘अब नयाँ कार्यसमितिले व्यवसायीका समस्याको गहन अध्ययन गरेर अघि बढ्छ ।’ व्यवसायीले सरकारसामु राखेका १८ बुँदे माग कार्यान्वयनमा ल्याउन पहल गर्ने वाग्लेको भनाइ छ ।
संघका अध्यक्ष तामाङले निर्वाचनलाई जनयुद्धमा विद्रोहीले घोषणा गरेको जनसरकारजस्तै भएको बताएका छन् । अध्यक्ष तमाङले भने, ‘त्यतिखेर सरकार वैधानिक रूपमा चल्दा विद्रोहीले जनसरकार बनाएका थिए । यो निर्वाचन र कार्यसमिति पनि त्यस्तै हो ।’ उनले यो कामले झन् द्वन्द्व निम्त्याएको बताउँदै अब संघ कि फुट्ने कि द्वन्द्वमा जाने बताए । असन्तुष्ट पक्षले संघको कार्यालय तेजभवनमा निर्वाचन गरेको थियो तर तामाङले आपूm मंगलबारबाटै संघमा जाने बताए । ‘कसैले एक दिन अध्यक्ष हुन्छु भन्छ भने होस् तर वैधानिक कार्यसमिति भंग गर्ने वैधानिक बाटो चाहिन्छ,’ उनले भने । असन्तुष्ट पक्षले अविश्वास प्रस्ताव बहुमत सदस्यले दर्ता गरेको र अध्यक्षले विशेष साधारणसभा पनि नबोलाएकाले जिल्ला प्रशासनको पत्रमार्फत आपूmहरूले नयाँ समितिमार्फत निर्वाचन गरेको जनाएको छ । बाटाजुले भने, ‘पहिले २ सय ९३ जनाले विशेष साधारणसभा माग गर्दा भएन, त्यसपछि व्यवसायीकै विरोधमा बोल्न थालेपछि बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरी हटाइएको हो ।’ अविश्वासको प्रस्ताव दर्ता गर्नेमा वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष विमल ढकालसहित पूर्वअध्यक्ष बाटाजु, तिलक रानाभाट र प्रेम कटवाललगायत थिए । चार महिनाअघि अध्यक्ष तामाङले व्यवसायीविरुद्ध काम गरेको भन्दै प्रथम उपाध्यक्षसहित ११ जना कार्यसमिति सदस्यले राजीनामा दिएका थिए । अविश्वासको प्रस्तावलगायतमा नक्कली हस्ताक्षर भएको भन्दै संघले छानबिन गरिरहेको छ । असन्तुष्टले गत कात्तिकमा समेत अध्यक्षको राजीनामा र विशेष साधारणसभा मागेका थिए ।

Monday, October 7, 2013

भरिया र मजदुरको नामबाट कर छली
रोशन कार्की
काठमाडौं ।
सरकारले पछिल्लो समयमा सवै क्षेत्रलाई करको दायरामा आउनु पर्ने जनाएपछि ठूला व्यापारिहरुले भरिया र न्यून आय भएका विभिन्न व्यक्ति र चिनजानको नाममा नक्कली मुल्य अभिवृद्धि कर (भ्याट) विल प्रयोग गरि कर छली गर्ने गरेको खुलासा हुन आएको छ । नक्कली भ्याट विलमाथी सरकारले अनुसन्धानलाई कडाइकासाथ अगाडि बढाएपछि कारवाहीबाट बच्न व्यवसायीहरुले कामदार र भरीयाको नाममा व्यवसायीक फर्महरु दर्ता गराई अबैध सामान आयात÷निर्यात गर्ने गरेको खुल्न आएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
विभागका अनुसार हाल ठूला घरानाले साना व्यवसायी न्यून आय भएका मजदुर र चिनजान भएका व्यक्तिको नाममा रहेको फर्मबाट नक्कली भ्याट विल छपाई कर छली गर्ने गरेको जनाएको छ । सो अनुसन्धानबाट अबैधरुपमा नक्कली विल विजकबाट सामान खरिद गर्ने कार्यमा उच्च घरानीयका साथै जिल्ला उद्योग वाणिज्य संघ र विभिन्न व्यापारिक संघ÷सस्थाबाट सो अबैध कार्य गरेको खुलासा भएको विभागले जनाएको छ ।

नक्कली फर्मको नाममा भ्याट विल छाप्नेमा मोरङ व्यापार संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पदाधिकारीहरु संलग्न भएको पुष्टि विभागले गरेको छ । अबैधरुपमा व्यापारिक कारोबार गर्नेहरुले यसरी वास्तविक नामबाट व्यापारिक फर्महरु सम्बन्धित निकायमा दर्ता हुदाँ संक्कली व्यवसायीको पहिचान गर्न नसकेको विभागले जनाएको छ । विभिन्न नाकाबाट नेपाल भित्रिएका अबैध सामान नियन्त्रणमा लिएपछि सम्बन्धित व्यवसायीको खोजी हुदाँ भरिया र कामदारहरुको नाममा फर्म दर्ता गरेका कारण मुख्य दोषो कारवाहीको दायरामा ल्याउन विभागलाई कठिन भएको जनाएको छ । पटक–पटक अबैधरुपमा भन्सार नाकाबाट नेपाल भित्रएका अधिकाशं सामान सहितको मालवहाक कन्टेनर नियन्त्रणमा पर्छ तर वास्तविक व्यापारि सम्र्पकमा नआउदा करोडौ रुपैयाँ राजस्व राज्यलाई घाटा पर्ने गरेको छ । यसरी आफ्नो नाममा हालसम्म आधिकारी व्यापारिक फर्मनै दर्ता नगरि आयात÷निर्यात गर्नेमा अधिकाशं छोटी भन्सार र केही मुख्य भन्सारमा सो अबैध फर्महरुको प्रयोग गरिदै आएको छ । हालसम्म आधिकारीक रुपमा आफ्नो नाममा फर्म दर्ता नगरि मजदुर र न्यून आय भएकाहरुको नाममा व्यपारिक फर्म खोली आयात÷निर्यात गर्नेमा गोसाईकुण्ड इन्टरनेशनल विजनेश प्रालि, सिन्धु इन्टरनेशनल विजनेश प्रालि, जुगल इन्टरनेशन प्राइजेज, कान्तिपूर विजनेश गु्रप,  जिएन इन्टरप्राईजेज, एसकेजे इन्टरनेशनल विजनेश प्रालि, अरनीको ग्रुप रहेको छ । यसरी आफ्नो वास्तविक नामबाट व्यापारिक फर्म नखोली दैनिक करोडौ मुल्यका सामान आयात गनेर गरेको छ ।
आफुले आयत गरेको सामान भन्सार र राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको खण्डमा सो कारबाहीबाट बच्नकालागि मजदुरको नाममा फर्म खोल्ने गरेको र धेरै राजस्व बुझाउन बाँकी भएपछि विना जानकारी पुरानो फर्मबाट व्यापारिक कारोबार नगर्ने गरेको समेत विभागले जनाएको छ । उनीहरुले सो अबैधरुपमा खोलेका कार्यलयहरु अधिकाशंको काठमाडौंको न्यूरोडको रञ्जनागल्ली महाबौद्ध सितापाईला स्वयम्भु बालाजु चाबहिल कोटेश्वर नयाँ बानेश्वर भक्तपुरमा रहेको छ । यसरी अन्यको नाममा खोलीएको फर्ममाबाट सामान आयात गरिको सामान महाबौद्धका होलसेल पसलहरुमा बिक्री वितरण गरिन्छ । दैनिक जसो भन्सार छली गरेको सो सामानहरु अबैध बाटोबाट काठमाडौको महाबौद्धमा लगिने गरेको छ ।

सरकारले आर्थिक ऐजेण्डालाई व्यवहारमा नउतारेसम्म अर्थतन्त्रमा आर्थिक संकट

राजेन्द्र शेरचन, नेपाल चेम्बर अफ कमर्स, सदस्य

राजेन्द्र शेरचन नेपाल चेम्बर अफ कमर्सका कार्य समितिका सदस्य एंव खिचापोखरी न्यूरोड व्यापार संघका सस्थापक अध्यक्ष हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रका विषयमा समेत अध्ययन गर्ने र सरकारी आर्थिक नीति नियमका बारेमा राम्रो दखल राख्ने नेपाली व्यवसायीमध्ये शेरचन एक मानिन्छन् । २०१६ बाग्लुङको बाग्लुङबजारमा जन्मीएका शेरचन २०३७ सालदेखि राजधानीको प्रमुख व्यापारिक केन्द्र न्यूरोडमा रेडिमेट कपडाको व्यवसाय सुरु गरेका हुन् । गाँउमै बाबु बाजेले किराना पसलसंगै कपडाको समेत पसल गरेकै कारण र बाबु बाजेकै पेरणा अनुसार आफु पनि कपडाको व्यवसायमा लागेको बताउने शेरचन नेपाल चेम्बर अफ कमर्सको निर्वतमान कार्य समितिको सदस्य समेत रहेर आफ्नो कार्य कुशलता प्रस्तुत समेत गरी सकेका छन् । राष्ट्रिय स्थरको व्यवसायी संगठनमामात्र हैन उनी स्थानीय स्तरकामा रहेका साना÷ठूला व्यवसायीलाई एकवद्ध गरेर अगाडि बढेमा समस्या समधान सजिलो हुने भन्दै खिचापोखरी न्यूरोड व्यापार संघको स्थापना गरी हालसम्म संस्थापक अध्यक्ष रहेर तेस्रो कार्यकाल सम्पादन गरीरहेका छन् । हाल उनीले सम्पादन गरेको संघमा २२ वडाका व्यवसायीहरु आवद्ध रहेको छन् । नेपाली अर्थतन्त्रको वर्तमान अवस्था र चेम्बरका गतिविधिका बारेमा शेरचनसंग कमाण्डर पोष्टका  रोशन कार्कीले गरेको कुराकानीको सम्पादित अंश ः

नेपाली अर्थतन्त्रको वर्तमान अबस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
नेपालको अर्थतन्त्रको विषयमा धेरै कुरा मैले भन्नु भन्दापनि आफुले काम गरेको अनुवभको आधारमा भन्ने हो भने नेपालको यहि अबस्था रहन गएमा अर्थतन्त्र ठूलो संकटमा पर्ने देखिन्छ । देशको अर्थ विकास हुनकालागि स्थायी सरकार, राजनीति र शान्ति सुरक्षा पहिलो चरणमा हुने पर्छ । यि विषयमा व्यवसायीहरुले प्रत्याभूति गर्न सकेको खण्डमा आर्थिक विकास हुनमा कुनै दुईमत हुदैन । अहिले सम्म त्यो अबस्था नरहेका कारण देशको अर्थतन्त्र ओरालो लाग्नेक्रम जारी रहेको छ ।

चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धिदर हासिल हुने अबस्था यहाँले कतिको देख्नु भएको छ ?
बजेटको मध्यावधि समीक्षामा सरकारले केही आशावादी तथ्याङकहरू प्रस्तुत गरेको छ । त्यसमा सबैभन्दा बढी जोड आर्थिक वृद्धिलाई दिइएको छ । सरकारले बजेटमा प्राथकिमता दिएको भएपनि नीति नियम बनाउदाँ ध्यान नपु¥याउने, नीति नियम बनेमा पनि कार्यन्वयन नगर्ने, व्यवसाय गर्ने वातावरण नबनाउने, सवै ठाउँमा राजनीतिक हस्तक्षेप हुने, सानो÷सानो उद्योगधन्धामा पनि यूनियनको नाममा घुसेर आबश्यक अनाबश्यक मागहरु प्रस्तुत गर्ने गरेका छन् । एकातर्फ काम गर्ने वातावरण छ्रैन भने अर्कोतर्फ मजदुर समस्याले दुःख दिएको छ । यस्तो अबस्थामा कसरी सरकारले अपेक्षा गरेको आर्थिक वृद्धिदर पुरा होला । यही अबस्थामा सो अपेक्षा पुराहुने अबस्था देखेको छैन । सरकारी नीतिकै कारण व्यवसायमा आम्दानी भन्दापनि खर्च बढी रहेको छ । सरकारले राजस्व संकलनमा ध्यानमात्र दिने अनी मजदुर समस्यालाई समधान नगर्ने परिपाठीका कारण पुरा हुने देखिदैन् । अन्तर्राष्ट्रिय मुद्राकोषको पछिल्लो प्रतिवेदनले पनि चालू आवमा नेपालको आर्थिक वृद्धिमा खासै प्रगति हुने अबस्था देखाएको छैन । आर्थिक वृद्धिमा प्रत्यक्ष योगदान गर्ने सरकारको पुँजीगत खर्च पनि अपेक्षा अनुसार हुन सकेको छैन । विनियोजित सबै रकम खर्च हुने सम्भावना देखिदैन । सरकारी खर्च कम हुँदा विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा ढिलाइ हुदै जान्छ । पूर्वाधार निर्माण पनि नहुने र राजनीतिक अस्थिरताका कारण लगानीको वातावरणमा पनि सुधार नहुने हो भने तत्कालै ठूलो मात्रामा वैदेशिक लगानी भित्रने सम्भावना कम छ । त्यसैले तत्कालै कुनै सुधारका कार्यक्रम नआएमा प्रक्षेपित आर्थिक वृद्धि हासिल गर्न कठिन हुन सक्छ ।

अहिले भारतसँगको विनिमय दर प्रणालीमा पुर्नविचार गर्ने बेला भयो भन्ने आवाजहरू उठन् थालेका छन् । यसमा तपाईकको धारणा के छ ?
म अर्थशास्त्रीको विद्यार्थी होइन तरपनि लामो समयदेखि व्यापार व्यवसायमा समय विताएका आधारमा भन्ने हो भने र मेरो व्यक्तीगत धारण भन्ने होभने अब भारतीय मुद्रामा पुनः विचार गर्नु पर्ने बेला आएको छ । किनकी हाम्रो देश एक खुल्ला सिमाना हो । जहाँसम्म दुइ देशको आपस सम्बन्ध र व्यापार व्यवसायको अनी पर्यटककै हिसावले गर्दापनि नेपाली बजारमा भारतीय रुपैयाँ भित्राउने हो भने मुद्रामा पुर्नविचारको आबश्यकका देखिन्छ । नेपालमा भारतीय र नेपालबाट भारततर्फ ७०÷८० प्रतिशत सामान निकासी हुने गरेको छ । पछिल्लो समयमा भारतले विदेशी सामान आयातमा खुल्ला गरेपछि नेपालबाट भारततर्फ ठूलोमात्रामा समान निकासी हुन थालेको हो । पछिल्लो समयमा अमेरिकी डलरमा वृद्धि भएको छ, त्यसको प्रत्यक्ष असर भारतमा परेका कारण नेपाली मुद्रामा समेत धक्का लागेको अबस्थामा भारतसंग व्यवसाय गर्ने हो भने र दिगो व्यवसायकालागि भारतीय रुपैयाँलाई पुर्नविचार गरिनु पर्ने मेरो ठप्याई छ । नेपालबाट पनि खाद्यन्न, औषधी भारत या विदेश निर्यात हुने गरेको छ । यहाँ डलरको वृद्धिसंगै नेपालमा सस्तो हुन्छ । त्यसैले यहाँबाट विदेश आत्याबश्यक बस्तुको समेत विदेश निकासी हुने कार्य सुरु हुने भएकाले समान्नतर व्यवसाय गर्नकालागि पनि पर्नविचार गर्नु पर्छकी भन्ने मेरो सोचाई हो । जहाँ सम्म कमाउन सकिन्छ र त खर्च गर्न सकिन्छ । कमाउनै सकिएन भने खर्च कहाँबाट हुन्छ र ? पहिला भारत केन्द्रीत थियो हाम्रो व्यवसाय अहिले त्यो अबस्था पनि छैन् । गुणस्तरी समानको उत्पादन गरेको खण्डमा विश्वका कुनैपनि देशबाट समानको माग हुने गरेका कारण अब विश्व बजारका अनुसार मुद्रामा पुर्नविचार गरिनु उपयुक्त अबस्था हो जस्तो लाग्छ मलाई ।
अहिले भारतलगायत अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुहरूको निर्यातको अवस्था कस्तो छ ?
नेपाली उत्पादनमै कमी भएका कारणले निर्यातमा गिरावट आउनेक्रममा तीब्रता आएको छ । प्रत्येक महिना नियन्त्रण हुनु पर्ने गिरावट झन बढ्दै गएका कारण देशमा आयातको मात्रा बढ्दै गएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको निर्यात अत्यन्तै न्यून हुन जानुको मुख्य कारण सरकारी नीति नियमनै हो जस्तो लाग्छ छ । केही वर्ष पहिले नेपाली उत्पादनको प्रमुख गन्तव्य मानिएको यूरोप र अमेरिकाको बजार लगभग गुमिसकेको छ । त्यसलाई तत्कालै फिर्ता गर्न सक्ने अवस्था अहिले छैन । अमेरिकासँग भएको व्यापार तथा लगानी प्रवद्र्धन सम्झौता (टीफा) अन्तरराष्ट्रिय बजारमा नियार्त प्रवद्धर्न गर्ने एउटा उपाय हुन सक्थ्यो । तर, नेपाल सरकारले त्यसको प्रभावकारी कार्यान्वयन र फलोअपमा ध्यान दिन नसकेकाले त्यसबाट फाइदा लिन सकिएको छैन । वास्तवमा यस्ता सम्झौताहरूले सोझै निर्यात बढाउने नभएर निर्यातमूलक उद्योगका लागि आवश्यक लगानी र प्रविधि भित्रयाउन सहयोगी भूमिका मात्रै खेल्ने हो । नेपालका अन्य गैरआर्थिक कारणहरूले गर्दा त्यसो हुन सकेको छैन । त्यसैले निर्यात बढ्नका लागि सबैभन्दा पहिला उत्पादनमा वृद्धि हुनु जरुरी छ, त्यसका लागि आवश्यक उच्चस्तरीय प्रविधि र लगानीको नेपालमा कमी छ । अन्तरराष्ट्रिय मान्यताअनुसार कुल आयातको न्यूनतम ३० प्रतिशत बराबरको निर्यात हुनै पर्छ । त्यो अवस्थामा पुग्न हामीले आफ्नो उत्पादनमा जोड दिनुपर्छ ।


भारतसँग भएको बिप्पाले त्यहाँको लगानी भित्रयाउन कस्तो सहयोग गर्ला ?
तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको पालामा भारतसंग विप्पा सम्झौता भयो । त्यसलाई व्यवसायीहरुले राम्रो भनेर प्रतिकृया दिएको हो व्यवसायीद्वारा गर्नु पर्ने सहयोग गर्न तयार हुदाँ हुदैपनि सरकार र तत्कालिन एमाओबादीभित्र सो सम्झौताका बारेमा विवाद उत्पन्न भयो । जसले गर्दा कार्यान्वयन हुन सकेन । वास्तवमा बिप्पा भनेको अन्तरराष्ट्रिय लगानीकर्ताहरूको मनोबल बढाउने उपाय हो । बिप्पा हुँदैमा लगानीको ओइरो लाग्छ भन्ने होइन । अन्य आर्थिक तथा गैरआर्थिक तत्वहरूले पनि यसलाई सहयोग गर्नु पर्छ्, आन्तरिक पूर्वाधारको अवस्था, श्रम सम्बन्ध, ऊर्जाको उपलब्धता जस्ता तत्वहरूले पनि लगानी आकर्षण गर्नमा महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । तर, बिप्पाले अन्तरराष्ट्रिय जगतमा नेपालमा लगानी सुरक्षित छ भन्ने सन्देश जान्छ । त्यसैले अन्य देशहरूसँग पनि यस्ता सम्झौताहरू गर्नु आवश्यक छ ।

नेपालमा बहुदर भ्याट प्रणाली उपयुक्त हुँदैन भन्छन् नि सरकारी अधिकारीहरू ?
यस विषयमा न सरकार प्रष्ट हुन सकेको छ न व्यवसायीलाई प्रष्टाउन सकेको छ । त्यसैले सरकार कसरी हुन्छ कर र राजस्व संकलन गर्ने रणनीतिमात्र अगाडि सारेको हुन्छ । व्यवसायीले कर राजस्ज बुझाएपछि पाउने सुविधा खोजेको हुन्छ । सरकार सुविधा दिन नसक्ने व्यवसायी कर बुझाएपछि न्यूनतम सुविधा भएपनि राज्यबाट पाउनु पर्ने भन्दै आवाज उठाइ रहेकै अबस्थामा हाल मुल्य अभिवृद्धि कर (भ्याट) का विरुद्ध मुद्धानै विचाराधिनमा रहेको छ । सरकारी पक्षबाट अध्ययन गरेर ऐन नियम बनाउने गरेको हुन्छ उसले प्रयोगात्मक रुपमा गरेको हुदैन् । सरकारले सवै लगानीलाई एउटै बास्केटमा राखेर हेर्ने र कर निर्धारण गर्ने गरेका कारण साना व्यवसायी (खुद्रे) हरु भ्याटको मारमा परेका छन् । यहाँ सरकारले साना लगानीका उद्योगमा भ्याट लगाउनु भन्दापनि अझै सुविधा र सहुलियत दिनु उचीत हुन्छ । सरकारले तयार गरेको भ्याट नीति ठूला उद्योगधन्धामा सफल होला तर सानामा त्यो सफल हुने देखिदैन । यहाँ सानाले कर नबुझाउने भन्ने हैन् सानाले पनि बुझाउनु पर्छ तर उसको लगानी अनुसार कर निर्धारण गरेको खण्डमा बहुदर प्रणाली सम्वभ छ जस्तो लाग्छ ।
नेपालमा बहुदर भ्याट प्रणाली उपयुक्त हुँदैन भन्नु नेपालमा भ्याट प्रणाली नै असफल भयो भन्नु हो । नेपालमा दैनिक उपभोग्य वस्तुदेखि एकदम विलासिताका वस्तुसम्म आयात हुन्छन् । एउटा सामान्य नागरिकले उपभोग गर्ने वस्तु र धनाढ्यहरूले उपभोग गर्ने विलासिताका वस्तुहरूमा एउटै दरमा भ्याट लगाउनु उपयुक्त हुदैन । यो कुरा सरकारले किन बुझिरहेको छैन मैले बुझन् सकेको छैन । त्यसैले जबसम्म बहुदर भ्याट प्रणाली लागू हुँदैन तबसम्म नेपालको उत्पादन लागत उच्च नै रहन्छ र भ्याटका विकृतिहरू पनि कम हुँदैनन् । बहुदर भ्याट प्रणली लागू भए अहिले देखिएको भ्याटछलीको समस्या समाधान हुन्छ त । भ्याटछली भ्याट प्रणालीभन्दा पनि आर्थिक पारदर्शितासँग जोडिएको छ । जबसम्म नेपाल सरकार तथा व्यावसायिक जगतले आर्थिक पारदर्शितामा विश्वास गर्दैनन् तबसम्म भ्याटलगायत अन्य कर छलीका समस्याहरू कम हुदैनन् ।

चेम्बरमा त ६० वर्षे इतिहाँसलाई नै कालो पोतिएको छ, यो कसरी हुन पुग्यो ?
आज हामी व्यवसायीलाई ठूलो दु ःखको कुरा हो । यहाँले भनेझै चेम्बरको इतिहासमा कालो पोतिनुमा तत्कालिन अध्यक्ष सुरेशकुमार बस्नेतकै कारण हुन पुगेको हो । अध्यक्षको कार्यशैलीका कारण ६० वर्षे इतिहासमा कालो धव्बा लाग्न पुग्यो । अध्यक्षकै कार्य समितिका सदस्यहरुको अल्पमतमा परेकाले गर्दा सस्थाको इतिहासमा कालो पोतिएको हो । आफुलाई सदस्यहरुको साथ नभएपछि बहुमतले पारित गरे अनुसार नयाँ कार्य समितिका लागि बाटो खुल्ला गर्नु पर्नेमा उल्टो अध्यक्षले नै चेम्बर विधान विपरित आफुखुशी सूचना निकाल्दै आफुले नै निर्णय गरेको कार्यलाई निष्कृय बनाएर अगाडि बढाएपछि यस्तो दुखत दिन सस्थामा आई परेको हो ।

यसरी विवाद गरेर बस्नु भन्दा त समधान तिर लाग्नु पर्ने हैन र ?
हामीले पटक–पटक समधान गर्न अध्यक्षलाई आग्रह गरेको हो । अध्यक्ष अल्पमतमा परेपछि एकाएका विधान विपरित नयाँ सदस्यको फारम समयसिमा भन्दा पछि आएकोलाई स्वीकृत गर्न अध्यक्षले कर्मचारीलाई दवाव दिएपछि समस्या उत्पन्न हुन पुग्यो । त्यसैको फलस्वरुप हाल चेम्बर सचिवालयको भरमा सञ्चालन हुनु परेको छ । विधान सम्बत यो कार्य समिति भंग भइ सकेको छ । विवाद मिलाउनेभन्दा पनि झन बढाउने काममा अध्यक्ष नै सकृय रहेका छन् । यसको जिम्मेवार पनि अध्यक्षले नै लिनु पर्छ । आफु नै गल्ती गर्ने अनी आफुनै अदालतमा गएर मुद्धा हाल्ने यो कही नभएको काम अध्यक्ष सुरेशजीले गर्नु भयो । त्यसैले समधान गर्नुभन्दा पनि अध्यक्ष विवाद बढाउने तर्फ लागि परेका कारण समधान हुन नसकेको हो ।
भनेपछि चेम्वरको नेतृत्व सचिवालयबाटै सञ्चालन हुने भयो हैन र ?
अदालतबाट फैसला नहुदाँ सम्म त अरु विकल्पनै छैन । सम्बन्धित व्यक्तिले ध्यान नदिदा सम्म र विचाराधिन मुद्धा फैसाला नहुदाँ सम्म यसैगरी सञ्चालन हुनुको विकल्प छैन ।
चेम्बरको भविश्य सकिएको हो त अब ?
अहिले यो समस्या भयो भन्दैमा चेम्बरको भविश्य सकियो भन्न मिल्दैन । किनकी यो समस्या ढिलो चाडो समधान भइहाल्छ नी । समस्या समधान भएपति त फेरी उही रफ्तारमा चेम्बरको काम कार्य अगाडि बढ्छ ।
प्रसंग बदलौ, यहाँहरुलाई खिचापोखरी न्यूरोड व्यापार संघ किन आबश्यक परेको हो ?
संघ÷संगठन भनेको हामीलाई मात्र हैन सवैलाई अबश्यक पर्छ । किनकी हामीलाई अलि बढी आबश्यक पर्छ । त्यही भएका कारण न्यूरोडभित्र रहेका साना ठूला व्यवसायीहरुमा विभिन्न समस्या पर्ने भएकाले समधान गर्नकै लागि संघको स्थापना गरेको हो । यदी व्यवसायीहरु संगठित भएको खण्डमा सरकारलाई पनि राजस्व संकलनमा वृद्धि हुन्छ । 
यहाँहरुको संघमा कति व्यवसायीहरु आबद्ध भएका छन्, अनी कुन कुन क्षेत्रमा संघले आफ्नो काम गरेको छ ?

संघमा स्थापना भएको २ वर्ष पुरा भयो । अहिले ६ सय जना सदस्यहरु आबद्ध भएका छन् विस्तारै सवै आबद्ध हुने क्रम जारी छ । सवैलाई समेटेर आगाडि बढ्ने छौं । ६ सय जना आबद्ध हुदा १० हजारले काम पाएका छन् । हामीले खिचापोखरी, सुन्धारा, न्यूरोड, धर्मपथ, रणमुत्तेश्वर र रत्नपार्क क्षेत्रलाई समेटेर काम गरेका छौ । यस क्षेत्रका सडकमा जोडिएका सवै व्यवसाय गरेर बस्नेलाई सदस्यमा आबद्धता गरेका छौ ।
संघमा सपिङ मल र कप्पेप्सहरु आबद्ध छन् या छैन् ?
सपिङ मल र कप्पेक्सलाई समेटेका छैन् । किनकी उनीहरुको आफ्नै ऐन भएकाले हाम्रो संघमा अबद्ध हुनु पर्ने अबस्था छैन । साना व्यवसायीलाई समेटेर अगाडि बढ्ने छौ ।
संघमा अबद्ध हुनेलाई के कस्तो सुविधा दिनु भएको छ ?
सुविधाभन्दापनि आफ्नो व्यवसायमा आईपर्ने समस्यालाई समधान गर्ने गरेका छौ ।  स्थानीय स्तरमै समधान हुने समस्या समधान त्यही गर्ने अधिकार दिएका छौ । त्यहाँ समधान हुन नसके मात्र हामी समधान गर्ने गरेका छौ । सवै सदस्यहरुको सहयोगमा काम गर्ने गरेका कारण सेवा सुविधा पनि उपलव्ध गराउदै आएका छौ ।
कस्ता व्यवसायीहरुले यहाँहरुको संघको सदस्य बन्न पाउछन् त ?
पहिलो चरणमा हाम्रो विधान छ विधान विपरित सदस्य बन्न पाउदैनन् । पहिला जो सदस्य बन्ने हो उसले कर प्रशासनमा दर्ता भएको प्रमाण पेश गर्नु पर्छ । हाम्रो उदेश्य पनि करको दायरामा आउनु पर्छ भनेर पान नम्बर लिएकालाई सदस्य बनाउने गरेका छौ ।
भावि योजना के छ ?
खासै योजना त केही छैन् तरपनि न्यूरोडमा सहजै घुम्न र व्यवसाय र व्यापार गर्न सहज होस भनेर विभिन्न कार्यहरु अगाडि बढाएका छौ । त्यो सवै केही महिनाभित्र जानकारीमा आउछ । त्यसका अलवा न्यूरोडक्षत्रेलाई सफा बनाउने अभियान अनुसार पहिलो चरणमा सफा बनाउन न्यूरोडलाई प्लाल्टिक मुक्ता क्षेत्र धोषणा गरेर‘ खिचापोखरी व्यापार संघ’ लेखिएको कटनको झोला प्रयोगमा ल्याएका  छौ । अहिले ८० भन्दाबढीले सो झोला प्रयोगमा ल्याएका छन् । सवै व्यवसायीले प्रयोगमा ल्याएपछि न्यूरोडलाई प्लाल्टिक मुक्त क्षेत्र धोषणा गरेर सफा बनाउने छौ । दोस्रो ३ घण्टाभन्दाबढी सवारी पार्किङ गर्नेका सवारी साधानलाई अलि टाडानै पार्किङ गर्ने व्यवस्था मिलाउदै छौ । ताकी न्यूरोडभित्र आउने उपभोक्तालाई सवारी साधान पार्किङ गर्न सहज बनाउने अभियानमा हामी लागेका छौ ।
अन्तमा
अरु त ठिकै हो । सरकारले आर्थिक एजेन्डालाई व्यवहारमा नउतारेका कारण अर्थतन्त्रमा संकट उत्पन्न हुन पुगेको हो । सरकार र राजनीतिक दलबाट जवसम्म एउटै आर्थिक एजेण्डाहरुको प्रतिबद्धता हुदैन तवसम्म आर्थिक विकास संम्भव छैन् । अर्कोकुरा चेम्बरको यतिलामो विवादलाई अदालतबाट समयमा पैmसला नहुदाँ हजारौ व्यवसायीहरुको समस्या समधान हुन सकेको छैन् । आर्थिक विकास र लगानीमा समेत सो विवादले असर परेको छ । अदालतबाट जतिसक्दो चाँडो मुद्धाको फैसला भएको खण्डमा नयाँ कार्य समिति आउने थियो ।

Friday, October 4, 2013


जिम्मेवारी पाए पनि नपाएपनि संघकैलागि खट्छु 
                                                                                                                 टिबी कार्की
                                                                                    एनआरएन सचिव तथा उपाध्यक्षका प्रत्यासी


सन् १९७४ जनवरीमा मोरङको उर्लाबारीमा जन्मिएर खाडी मुलुक कतारमा सफल व्यवसायी बनेका टिवी कार्की एनआरएन अभियानको सुरुवातदेखि नै सक्रिय रहेका छन् । एनआरएनका वर्तमान कार्य समितिका सचिव कार्की कुशल र सक्रिय मात्र होइन, एनआरएनका हरेक अभियानमा सरिक हुँदै आएका छन् । एनआरएन कतारको सदस्य, आइसीसी सदस्य हुँदै एनआरएन आइसीसीको सचिव पद सम्हालि रहेका कार्की अहिले एनआरएन आइसीसीको बैदेशिक रोजगार कार्यदलको संयोजक पदमा रहेका छन् । एनआरएन अभियानको दौरानमा उनको कार्यकालमा बैदेशिक रोजगारको क्षेत्रमा उल्लेखनीय काम भएका छन् । एनआरएनको संस्थागत विकास, एनआरएनमार्फत राष्ट्र विकास, परोपकारी कार्य गर्न र एनआरएनको अभियानलाई निरन्तरता दिनका लागि कार्कीले आगामी नेतृत्वका लागि एनआरएनएको उपाध्यक्ष पदमा उम्मेदवारी दिने औपचारीक धोषणा गरेका छन् । यसै विषयमा केन्द्रीत भएर उनीसँग कमाण्डर पोष्टले गरेको कुराकानीको सम्पादित अंश  ः

संघको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषण गर्नु भएको छ तपाईको उम्मेदवारी के का लागि ?

म अहिले एनआरएनको सचिव हुँ । सचिवका रुपमा मैले जति गरें, सबैलाई छर्लग छ । एनआरएन अभियानमा सुरुवातदेखि नै संलग्न छु । अबका दिनमा यही अभियानमा सक्रिय दिने अठोट लिएको छु । बाहिर बसेर भन्दा संस्थाभित्रै बसेर यो अभियानलाई सशक्त रुपमा अगाडि बढाउन सकिन्छ ।  त्यहीकारण मैले सचिवबाट उपाध्यक्षमा पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको हो । एनआरएनको यो अभियानमा मेरो लामो अनुभव छ । संस्थाको संस्थागत सुदृढिकरण, सवलीकरणका साथै विदेशमा रहेका ३० लाखभन्दा बढी नेपालीहरुको दुःखसुखको साथी बन्न, अनि राष्ट्र विकासमा इटा थप्न मैले उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।
हाल यहाँले के काम गर्नुभयो र फेरी संघको नेतृत्वमै दावेदारी दिइरहनुभएको छ ?
संघको उद्देश्य र मेरो कार्य क्षेत्रले निर्देश गरे बमोजिम एनआरएनलाई सँधै एकतावद्ध र संगठित पार्ने अभियानमा निरन्तर सक्रिय रहेको छु । खासमा मेरो जिम्मेवारी वैदेशिक रोजगार कार्यदलको संयोजक हो, त्यसको नेतृत्वकर्ताको रुपमा मैले बैदेशिक रोजगारीमा रहेका २३ लाखभन्दा बढी नेपालीको सुरक्षित आप्रावासन कसरी गर्न सकिन्छ भन्ने सवालमा दिनरात नभनी काम गरिरहें । यिनै विषयलाई लिएर सरकार र सरोकारवाला निकायमा २२ पटक भन्दा बढी त डेलिगेशन नै गइयो । हाम्रा धेरै मागहरु पूरा भएका छन्,  केही हुँदैछन् । केही अपूरा कामहरु आगामी कार्यकालमा गर्ने मेरो योजना छ ।
धेरै काम गरे त भन्नुभयो, खास के काम गर्नु भयो र खै बाहिर त समस्या जस्ताकै तस्तै छ हैन र  ?
हो यहाँले भने झै प्रत्यक्ष रुपमा देखिने काम हुन नसकेको होला, तर कानूनी रुपमा सरकारबाट गर्नु पर्ने काममा हामीले गरेका छौ । त्यतिमात्र नभई हाम्रो पहलमा ओमान र बहराइनमा नेपाली दुतावासको स्थापना भइसकेको छ । दुतावास स्थापना भएका ठाउँमा देखिएको कर्मचारीको अभाव समाधानका लागि भएका पहल पनि सफल भएका छन् । कतिपय देशमा अझै कर्मचारीको संख्या अपुग छ । हरेक दुतावासमा एनआरएन डेक्स स्थापना भइसकेको छ । नेपालवाट विदेश जाँदा पुनः श्रम स्वीकृति लिने काम सहज र सरल भएको छ । बैदेशिक रोजगार प्रबद्र्धन बोर्डवाट विदेशमा मृत नेपालीहरुको शव स्वदेश फर्काउनका लागि छिटो—छरितो बनाउन सकिएको छ । मेरै कार्यकालमा मैले गर्नुपर्ने एक परोपकारी कार्यअन्तर्गत मोरङ इटहरा र गोविन्दपुरमा पाँच लाख रुपैंयाँ हस्तान्तरण गरिसकेको छु ।

तपाईहरुको संघ स्थापना भएको पनि  १० वर्ष भइसक्यो अझै नेपालमा दर्ता हुन सकेको छैन, किन ?
हो, अझै संघ दर्ता गर्न नसकिएकै हो । हाम्रो विधान र नेपाल सरकारको ऐन बाँझिएको छ । मलाई लाग्छ अब आउने कार्यकालमा राज्यले आफ्नो ऐनमा परिबर्तन गरी सहज रुपमा संघ दर्ता गर्ने बाटो खोल्नेछ ।
उपाध्यक्षका लागि आफुनै  योग्य छु भन्ने आधार के छ तपाईसँग ?
स्थापनाकालदेखि निरन्तर म एआरएनको हरेक अभियानमा सक्रिय छु । संस्थाले सुम्पेको हरेक जिम्मेवारी सफल रुपमा कार्यान्वयन गरेको छु । एनआरएनका हरेक काममा अहोरात्र खटेको छु । एनआरएनको अभियानलाई नयाँपन र शसक्त बनाउन लागि मैले हरतरह कोसिस गरेको छु । एनआरएनका अग्रज तथा साथीहरुले मेरो अनुभव, मेरो कार्य दक्षता र विगतमा मैले गरेका कामका आधारमा सर्वसम्मत मलाई उपाध्यक्षमा चयन गर्नुहुनेछ भन्ने मेरो आत्मविश्वास छ ।
एनआरएनहरु एजेण्डा बनाउँछन अनि हल्लामात्र गर्छन भन्ने आरोप वर्षौंदेखि लाग्दै आइरहेको छ नी ?

सत्य हो, यस्ता आरोप लाग्छन् । तर, सबैको हकमा यो लागू हुँदैन । म काममा विश्वास गर्छु । संघ स्थापनाको यो एक दशकसम्म हामीले संस्थाको परिचय, समस्या पहिचान र सञ्जालको निर्माणमा समर्पित गर्यौं । संगठन सुदृढिकरणको अतिरिक्त लगानीका आधारहरु तयार गर्नमा खर्चियौं । अबको दशक एनआरएनको लगानी दशक रहनेछ । सीप, ज्ञान र पूँजीको लगानी गरेर देश निर्माणमा संसारभरिका थुप्रै एनआरएनहरु लगानीका लागि जुटिसक्नु भएको छ ।
विश्वभर छरिएर रहेका प्रवासी नेपालीलाई तपाईको मुख्य काम गर्नु हुन्छ ?
विश्वमा छरिएर रहेका  सम्पूर्ण गैरआवासीय नेपाली प्रति मेरो सम्मान छ । हामी संघ मार्फत विश्वभरका गैरआवासीय नेपालीहरुलाई एक सुत्रमा बाँध्ने अभियानमा छौं । मलाई तपाईहरुले काम गर्न एक कार्यकाल सचिव बनाउनु भयो, अब उपाध्यक्ष पदमा पनि यहाँहरुको साथ, समर्थन र सहयोग रहनेछ भन्ने विश्वास लिएको छु । मैले यो पद गरिमामय सम्मानमात्र होइन, जटिल जिम्मेदारी समेत ठानेको छु । विदेशमा रहेका सवै गैरआबशिय नेपाली मित्रहरुको सुख दुखमा म आफै सहभागी हुने छु यदी म संघको जिम्मेवारी पाए पनि नपाएपनि अहोरात्र संघकै लागि खटिने प्रतिबद्धता गर्दछु ।

Thursday, October 3, 2013

सरकारी इजाजत विना पुरातात्विक क्षेत्रमा होटल निमार्ण
रोशन कार्की
काठमाडौं ।
विना इजाजत विदेशी नागरिकको लगानीमा सिन्धुपाल्चोकको तातोपानी दुगुनागढीमा पर्यावरणमैत्री नाम दिएर  चारतारे रिसोर्ट निर्माण भइ रहेको छ । ‘ब्रर्ज इको’ नाम दिएर निमार्ण भइरहेको सो रिसोर्टमा अबैध रुपमा आर्जन गरेको रकम लगानी गरेको आरोप समे स्थानीय बासिन्दाले लगाएका छन् । नेपाल सरकारको इजाजत विना विदेशी संघ÷सस्था र विदेशी नागरिक सहित १३ जना लगानीकर्ताले २१ करोड रुपैयाँ रुपैयाँभन्दा बढीमा निमार्ण हुन लागेको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतको खासा सीमा नाका तातोपानी–७ दुगुनागाउँको ४० रोपनी क्षेत्रफल सो होटल निर्माण भई रहेपनि निमार्ण पुर्व गर्नु पर्नुे कानूनी प्रकृया समेत गरिएको छैन् । ललितपुरको झरुवारासीमामा ब्रर्ज एकेडेमी नामको विद्यालय स्थापना गरी गरिव जनताका छोरा छोरीलाई निः शुल्क शिक्षा प्रदान गर्नेभन्ने प्रपोजल पेश गरी मासिक करोडभन्दाबढी शिक्षा शुल्क संकलन गरी सोही रकमलाई व्यक्तीगत रुपमा खर्च गरेको आरोप लागी रहेका वसो विद्यालयका अध्यक्ष रामकाजी पौडेल सो होटलको समेत अध्यक्ष नै हुन ।
उनले गाउँगाउँबाट दलित, गरिव र जेहेन्दार विद्यार्थीलाई विभिन्न प्रलोभन दिई भर्ना गराउने र पछि आफुखुसी रकम असुली गर्दै करोडौ रुपैयाँ संकलन गर्ने पौडेलले सो होटललाई पनि अबैधधन्धाको रुपमा प्रयोग गर्ने रणनीति उनको रहेको उनी नजिक एक सदस्यले बताए । ती सदस्यले नाम नछाप्ने सर्तमा दिएको जानकारी अनुसार सवै अधिकार आफ्नो हातमा लिने र अबैध धन्धा गर्नकै लागि सो स्थानमा होटल निमार्ण गरेको हो । जुन स्थानबाट खासा सिमा १०÷११ किलोमिटर तल रहेको छ । जहाँबाट अबैध सामान निकासी गर्न सजिलो स्थान हो । 

सो होटल २० रोपनी जग्गामा फैलिएको छ ।  सो रिसोर्टमा मसाज, स्नुकर, स्वीमिङ पुल लगायतका अन्य अबैध कामको समेत कार्य कक्षहरु निमार्ण हुदै गरेको सो निमार्ण समितिले जनाएको छ  ।
विस १९११÷१२ मा नेपाल–तिब्बत युद्व हँुदा निर्माण भएको किल्लाबाट नजिक पर्ने दुगुनागाउँ ऐतिहासिक रुपमा मात्र नभएर प्राकृतिक रुपमा पनि उत्तिकै सुन्दर र रमणीय छ । सो स्थानमा  रिसोर्टको नाममा पुरातात्वक सम्पदासमेत हड्पेर निजी प्रयोजनमा लैजाने पक्का भएको स्थानीय बासिन्दाहरुको आरोप रहेको छ ।  पर्यावरण मैत्री पर्यटन प्रवद्धण्नमा सघाउ पु¥याउने भन्दै सो स्थानलाई अधिकरण गर्ने योजना समेत सो समूहको रकेहो ती सदस्यले बताए ।
निशुल्क शिक्षा दिनेभन्दै हल्याण्डबाट सयौ डलर प्रति विद्यार्थी विदेशी सहयोग लिदै आएका पौडेले सोही विदेशी नागरिक मार्टिन ओल्थोफलाई समेत रिसोर्टमा लगानी गर्न लगाएका छन् । अरनिको राजमार्गको ८ किलो भन्ने ठाउँबाट करिव चार किलो मिटर उचाइमा रहेको रिसोर्ट टे«किङ रुट भैरवकुण्ड जाने बाटोमा पर्छ । रिसोर्ट सञ्चालनले जिल्लाको पर्यटन क्षेत्रको विकासमा सहयोग पु¥याउने भन्दै झुठो विवरण सार्वजनिक गदै होटल निमार्ण भई रहेको छ ।  ब्रर्ज फाउण्डेशन हल्याण्डका अध्यक्षसमेत रहेका उनी माल्थोफलाई प्रयोगगरी पौडेलले यसभन्दा अघि नेपालको शिक्षा, स्वास्थ्यको नाममा करोडौ रुपैयाँ हिनामिना समेत गरेको आरोप लाग्दै आएको छ ।  पौडेल र माल्थोफको अलवा रिसोर्टमा ब्रर्ज फाउण्डेशन हल्याण्ड, नेपाल, भारतीय व्यवसायी दीपक गाधियाको लगानी रहने छ । भारतीय व्यवसायी गाधियाले बैकल्पिक उर्जा तथा ग्रीन डेभलोपमेन्ट कम्पनी र हल्याण्डका इन्जिनियरहरुले भवन डिजाइन र निर्माणको काम गरिरहेका छन् । धेरै लगानी हिस्सा सामाजिक क्षेत्रमा क्रियाशिल संस्थामा रहेकाले रिसोर्टका लगानी गरेका छन् । जो समाजसेवाको नाममा अबैध कारोबार गर्दै राजस्व छली गर्ने व्यवसायीहरु रहेको छन् । विभिन्न स्थानमा स्वास्थ्य शिविरको नाममा अबैध लागुपदार्थ चीनको खासा निकासी गर्दै आएको सो समुहले अहिले सो होटलाई अबैध कारोबारको अखडाको रुपमा विकसीत समेत भइ सकेको छ । विषेशगरी नाकाक्षेत्रमा मात्र बढीभन्दा बढी स्वास्थ्य शिविर राखेर लागु औषध निकासी गर्ने गरेका छन् ।

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...