Monday, August 8, 2011


पाँच मन्त्रालयको मात्र झण्डै ७८ प्रतिशत बेरुजु
चैत ३० । महालेखा परिक्षकको कार्यलयले स्थानीय विकास भौतिक योजना तथा निर्माण शिक्षा अर्थ र श्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बेरुजु बढेको बताईएको छ । राष्ट्रपति डाक्टर रामवरण यादवलाई आज बुझाएको ४८ औ बार्षिक प्रतिवेदनमा कुल बेरुजुको झण्डै ७८ प्रतिशत पाँच मन्त्रालयको मात्र भएको उल्लेख छ । 
कार्यवाहक महाशाखा परिक्षक खेम प्रसाद दाहालले ४८ औ प्रतिवेदन राष्ट्रपति समक्ष पेश गुर्न भएको हो । प्रतिवेदनले सरकारी कार्यलयमा बेरुजु बढेको देखाएको छ । सार्वजनिक प्रतिश्पर्धा बेगर वार्ताबाट काम गराएको सामाजिक परिक्षण नगराएको असुल गर्नु पर्ने भन्दा कम राजस्व असुल गरेको सोध र भर्ना लिनु पर्ने रकम समयमा नलिएको कारण बेरुजु बढेको प्रतिवेदनको ठहर रहेको कार्यलयका प्रवक्ता महदत्त लिम_िल्सनाले जानकारी दिनु भयो । 
चैत्र मसान्त सम्मको लेखा परिक्षणबाट २ अर्ब ८९ करोड ७३ लाख बराबरको असुल भएको कार्यलयले जनाएको छ । 
स्थानीय विकास शुल्क वापत मन्त्रालयमा रहेको विभिन्न खाताबाट १ अर्ब २ करोड राजस्व दाखिला भएको तिम_िल्सनाले बताउनु भयो । 
प्रतिवेदन बुझ्दै राष्ट्रपति डाक्टर यादवले आर्थिक सुशासन कायम गर्ने लोकतान्त्रिक मुल्य र मर्यादाको अभिवृद्धिमा महालेखा परिक्षकको कार्यलयबाट सहयोग पुग्ने धारणा राख्नु भयो । राष्ट्रपति कार्यलयका सह प्रवक्ता चक्रपाणी पाण्डेले जानकारी दिनु भयो ।

Sunday, August 7, 2011


आवश्यकभन्दा बढी कर्मचारीले भन्सारको काममा          अवरोध 
            छिट्टै समायोजन हुनुपर्ने माग
 रोशन कार्की÷राजधानी 
काठमाडौं २१ साउन 

भन्सार विभागअन्तर्गत कार्यरत अधिकांश कर्मचारी सम्बन्धित क्षेत्रसँग जानकार नभएको र आवश्यकभन्दा बढी भएकाले विभागमा प्रशासनिक समस्या परेको छ । पछिल्लो समय विभिन्न क्षेत्रबाट विभागमा आउने कर्मचारीमा भन्सारका संवेदनशील कार्यको ज्ञान नभएकाले उनीहरुबाट काम लिन अप्ठुरो भएको विभागले जनाएको छ । हाल कार्यरत कर्मचारीमा शैक्षिक योग्यता भए पनि उनीहरुले भन्सार ऐन नियमअनुरुप तत्काल गरिनुपर्ने निर्णय गर्न नसक्दा अर्बौं रुपैयाँ राजस्व घाटा भइरहेको विभागले जनाएको छ । विभागका महानिर्देश टंकमणि शर्माले अहिले विभागमा २ सयजना कर्मचारी आवश्यक भन्दा बढी भएकाले अनावश्यक भार थपिएको बताए । ती कर्मचारीलाई कहाँ कसरी समायोजन गर्ने भन्ने चिन्ता परेको बताउँदै महानिर्देशक शर्माले भने जो जहाँ जुन विषयमा सक्षम छन् उनीहरुलाई त्यही काम गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छौ .विभागमा रहेका २ सय कर्मचारीलाई सरकारले तत्काल काममा लगाउनसमेत विभागले अर्थमन्त्री भरतमोहन अधिकारीसँग माग गरेको उनले जानकारी गराए । विभागमा कार्यरत २ सय कर्मचारीलाई हाल वैकल्पिकमा राखेको जानकारी गराउँदै महानिर्देशक शर्माले विभागमा रहेका अधिकांश कर्मचारीमा भन्सार सम्बन्धित ज्ञान नभएकाले काम गर्न कठिनाइ भएको र त्यस्ता कर्मचारीलाई तत्काल तालिमको व्यवस्था गर्न माग गरेको बताए । विभागले यसरी आफ्नो मातहतमा बढी कर्मचारी भएको भन्दै कर्मचारीको भार घटाउन अर्थमन्त्री र अर्थ सचिवसँग माग गरेको यो पहिलो भएको विभागले जनाएको छ । विभागका महानिर्देशक शर्माले भने ुराष्ट्रलाई आफ्नोतर्फबाट सेवा गर्छु भनेर आएका जोशिला कर्मचारीलाई महिनां दिनसम्म कमविहीन बनाएर वैकल्पिकमा राख्नु भनेको देशका लागि ठूलो घाटा भएकाले सो जनशक्तिलाई अन्य कार्यालयमा लगेर कि्रयाशील बनाउन हामीले माग गरेका हौं ।यस सम्बन्धमा अर्थमन्त्री भरतमोहन अधिकारीले विभागले उठाएको विषयमा मन्त्रालय गम्भीर भएको र सोबारे छिट्टै अध्ययन गरेर निर्णय गर्ने बताए । मन्त्री अधिकारीले भने ुकुनै जनशक्तिलाइै वैकल्पिकमा राखिनु दुर्भाग्य हो यस विषयमा को कहाँ कुन क्षेत्रमा बढी जानकार छ सो कार्यालयमा समायोजन गर्नेछौं यस सम्बन्धमा सम्बन्धित निकाय लागि पर्नेछ ।भन्सार संरचनाअन्तर्गत हाल १ हजार २ सय ७३ कर्मचारी कार्यरत छन् । त्यसमा नयाँ कर्मचारी १ सय रहेका छन् । नयाँ÷पुराना गरेर २ सय कर्मचारी वैकल्पिकका रुपमा विभागमा राखिएको छ । हालसम्म ३० ओटा मुख्य भन्सार कार्यालय १ सय ४३ ओटा छोटी भन्सार कार्यालय र १ ओटा हवाई भन्सार कार्यालय साचालनमा रहेको विभागले जनाएको छ । त्यस्तै उत्तरी सीमातर्फ ९ ओटा मुख्य भन्सार नाका दक्षिण सीमातर्फ २१ ओटा भन्सार कार्यालयहरु साचालनमा छन् । 

Friday, August 5, 2011

        ५ सय १८ व्यापारिक फर्मले 
    नक्कली भ्याट बिल प्रयोग गरेको फेला 

काठमाडौं, साउन २०
 मुलुकका अधिकांश व्यापारिक घरानाले प्रयोग गरेको नक्कली भ्याट बिलबाट पाँच अर्बभन्दा बढी रुपैयाँ राजस्व छली गरेको देखिएको छ। यो सरकारले गरेको पहिलेको अनुमानभन्दा २५ प्रतिशत बढी हो। आन्तरिक राजस्व विभाग र यस मातहतका कार्यालयहरूले गरेको अनुसन्धानबाट मुलुकभरका ५ सय १८ व्यापारिक फर्मले नक्कली भ्याट बिल प्रयोग गरेको फेला पारेको थियो।  
विभाग र कार्यालयहरुले साउन १५ सम्म पूरा गरेका २ सय १६ फर्मको कारोबारलाई हेर्दा नक्कली भ्याट बिलबाट ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व छली गरेको देखिएको हो। 
'अहिलेसम्म अनुसन्धान पूरा भएका २ सय १६ फर्मलाई २ अर्ब ७८ करोड ८८ लाख रुपैयाँ कर निर्धारण गरिएको छ,' विभागका उच्च अधिकारीले भने, 'यो प्रवृत्तिलाई हेर्दा बाँकी ३ सय २ फर्मको अनुसन्धान पूरा हुँदा ५ अर्ब रुपैयाँ नाघ्ने देखिन्छ।' 
विभागले सबै फर्महरुको अनुसन्धान पूरा हुँदा ४ अर्ब रुपैयाँसम्म कर निर्धारण हुन सक्ने अनुमान गरेको थियो। पछिल्ला फर्महरुमा सोचेभन्दा बढी कर छली भएको देखिएकाले विभागको अनुमानभन्दा २५ प्रतिशत बढी कर छली भएको आशंका गरिएको हो।
ती अधिकारीका अनुसार काठमाडौं उपत्यकाका ठूला व्यावसायिक घरानासम्बद्ध फर्महरुको कारोबार हेरिसकेका कारण पछिल्लो ३ सय फर्मबाट २ अर्ब रुपैयाँ कर निर्धारण हुने अनुमान गरिएको हो। 
उपत्यकाबाहिरका फर्महरुले नक्कली भ्याट बिल प्रयोग गरे पनि उनीहरुको कारोबार ठूलो नभएकाले रकम बढी नहुने ती अधिकारीले बताए। राजधानीका ठूला व्यापारिक घरानासम्बद्ध एकै फर्मले मात्र १० करोडभन्दा बढीको कर छली गरेको भेटिएको छ। राजधानी बाहिर भने यति ठूला फर्म देखिएका छैनन्। 
उनका अनुसार २ सय १६ व्यापारिक फर्महरुलाई मूल्य अभिवृद्धि कर छली गरे वापत १ अर्ब ७९ करोड, ९२ लाख रुपैयाँ कर निर्धारण गरिएको छ। यस्तै आयकर १ अर्ब ९ करोड ९९ लाख र अन्तशुल्क ९८ लाख रुपैयाँ निधारण गरिएको छ। नक्कली भ्याट बिल कारोबार गर्ने दुई सय १६ फर्ममध्ये विभागले ३३ वटा र अरु कर कार्यालयहरुले गरेका हुन्। अहिले विभाग र कार्यालयहरुले आगामी असोज मसान्तसम्म सबै फर्मको कारोबार हेर्ने गरी काम गरिरहेको उनले जानकारी दिए। 
मुलुककै राजस्व संरचनालाई ध्वस्त पार्ने गरी कर छली गर्ने व्यावसायिक फर्महरुले अहिलेसम्म विभागले निर्धारण गरेको कर नबुझाएकाले उनीहरु मुद्दामा जाने तयारी गरेको देखिन्छ। 'विभागले निर्धारण गरेको कर तिर्न सुरु नगरेकाले कानुनअनुसार उनीहरु पुनरावेदनमा जान खोजेको देखिन्छ,' विभागका एक अधिकारीले भने 'यसका लागि उनीहरुले एक सय २० दिनभन्दा बढी समय पाउने भएकाले तत्काल कर नतिरेको हुनसक्छ।' 
उनका अनुसार विभागले गरेको कर निर्धारणमा चित्त नबुझे व्यवसायीहरु पहिले विभागमै र त्यसपछि राजस्व न्यायाधीकरणमा जान सक्ने कानुनी व्यवस्था छ। विभागले कर निर्धारण गरेको ३० दिनसम्म उनीहरुलाई कर तिर्ने समय दिइन्छ। त्यसपछि व्यवसायीहरु विभागमै प्रशासनिक पुनरावलोकनका लागि जान सक्छन्। विभागका महानिर्देशकले पुनरावलोकन गरेको ६० दिनभित्र गरेको फैसलामा चित्त नबुझाए उनीहरु फेरि राजस्व न्यायाधीकारणमा जान सक्छन्। यी सबै प्रक्रिया पूरा गर्न एक सय २० दिनभन्दा बढी समय लाग्छ। 
उनले हालसम्म २४ व्यापारिक फर्मले विभागमा प्रशासकीय पुनरावेदन गरेको जानकारी दिए। यसमध्ये २० फर्मको फैसला भइसकेको छ। 
कानुनले विभागमा प्रशासनिक पुनरावेदन गर्न निर्धारण गरेको करको ३३ प्रतिशत धरौटी राख्नु पर्ने व्यवस्था गरेको छ। २४ फर्मले पुनरावेदन गर्दा करिव ४० करोड रुपैयाँ धरौटी राखेका छन्। महानिर्देशकको फैसला पनि चित्त नबुझे राजस्व न्यायाधिकरणमा फेरी पुनरावेदन गर्न सकिन्छ। यसका लागि निर्धारण गरिएको करको ५० प्रतिशत रकम धरौटी राख्नुपर्छ। 
'पहिले ३३ र पछि ५० प्रतिशत रकम धरौटी राखेर पुनरावेदन गए पछि लामो समयसम्म कर नतिरी अल्झाउन सकिने भएकाले व्यवसायीले यही बाटो अपनाएका हुन सक्छन्,' उनले भने, 'उनीहरुको अहिल्यै सबै रकम तिर्नुभन्दा केही समय धकेल्ने उद्देश्य राखेको देखिन्छ।' भ्याट छलेको रकम अन्यत्र लगानी गरीसकेका व्यवसायीलाई बजारमा तरलता अभाव भएको अहिलेको अवस्थामा थप कर तिर्न पनि समस्या छ। 
सरकारले करिब डेढ दसकदेखि भ्याटलाई राजस्वको प्रमुख स्रोतका रुपमा लिएको छ। तर, यसमा नै नक्कली कारोबार भएपछि राजस्व प्रसासनसमक्ष चुनौती तेर्सिएको छ। 
भ्याटको नक्कली कारोबार फेला पारे शतप्रतिशत जरिवाना र थप ब्याजसहित ३५ प्रतिशतसम्म शुल्क तिर्नुपर्ने कानुनी व्यवस्था छ। यस्तै आयकर छले ब्याज, शुल्क जरिवाना गरी ८० प्रतिशतसम्म तिर्नुपर्छ। 

तातोपानी भन्सारमा ठेकेदारी

 बजारमा बिल नपाइनु तथा नक्कली बिलको धन्दा मौलाउनुमा भन्सारमा भित्र्याउँदा सामानको मूल्य र परिमाण कम देखाउने -न्यून बिजकीकरण र गलत घोषणा) तथा ठेकेदारी प्रवृत्ति प्रमुख कारक रहेको छ । न्यून बिजकीकरण र गलत घोषणा नियन्त्रण नभएसम्म बजारको कारोबार पारदर्शी नहुने राजस्वसम्बद्ध अधिकारी बताउँछन् ।
भन्सार बिन्दुमा न्यून बिजकीकरण र गलत घोषणा गरी भित्र्याएको सामानको वास्तविक बिल काट्दा मुनाफा बढी देखिन्छ । यसैले यस्ता आयातकर्ताबाट सामान खरिद गर्ने व्यापारीले नै वास्तविक बिल पाउन सक्तैनन् । व्यापारीले नै वास्तविक बिल नपाउने अवस्थामा उपभोक्ताले बिल पाउने सम्भावना हुँदैन । 'यसैले बजारमा बिल नदिने र दिए पनि नक्कली बिल दिने प्रवृत्ति मौलाएको छ,' अर्थ मन्त्रालय सम्बद्ध एक सहसचिवले भने ।   
भन्सारमा हुने सामानको गलत घोषणा व्यवसायलाई पारदर्शी बनाई कर असुली गर्न सबैभन्दा ठूलो चुनौती बनेको राजस्वसम्बद्ध अधिकारी बताउँछन् । त्यसमा पनि तातोपानी नाकामा जारी  ठेकेदारीमार्फत सामान आयात गर्ने प्रवृत्तिले बजारभरि कर छली मौलाएको तिनको भनाइ छ । विदेशबाट ल्याएको सामान मालधनी वा उसको एजेन्टले भन्सारमा राजस्व तिरेपछि मुलुकमा भित्रिन्छन् । तर तातोपानी नाकामा यस्तो वैध अभ्यास सुरु हुन बाँकी छ । यहाँ वास्तविक मालधनीले भन्सार जाँचपासको लागि खडा गरिएका 'नक्कली' आयातकर्तामार्फत सामान भित्र्याउँछन् ।   
सम्बद्ध व्यवसायीका अनुसार तातोपानीबाट सामान भित्र्याउने व्यवसायीले पहिले हुन्डीमार्फत पैसा चिन लैजान्छन् । गोन्जाउ र यिउ सहरमा आवश्यक सामान किनमेल गरी प्याकिङ गराएर र्फकेपछि व्यवसायी काठमाडौंमा बसेर उक्त सामान कम मूल्यमा ल्याइदिनेको खोजी गर्छन् । 'घटाघटमा सबैभन्दा थोरै मोलमा ल्याइदिनेसँग सम्झौता भएपछि सामान बराबरको ग्यारेन्टी राखेर भित्र्याउने प्रक्रिया सुरु हुन्छ,' ती व्यवसायीले भने ।
यसरी कम मोलमा सामान काठमाडौं ल्याइदिन सकार्नेले आफ्नो र्फमको नाममा चीनका विभिन्न र्फमसँग खरिद गरेको कागजपत्र बनाई सामान भित्र्याउँछ । 'कागजपत्रमा उल्लिखित एकाधमात्र वास्तविक आयातकर्ता हुन्छन्,' सम्बद्ध व्यवसायीले भने, 'बाँकी सबै ठेकेदार ढुवानीकर्ता मात्र हुन् ।' काठमाडौं वा तातोपानीमा बसेर बनाइने चिनियाँ कम्पनीका अधिकांश बिल काल्पनिक हुने गरेको कुरा भन्सारलाई पनि थाहा छ । यस्ता बिलमा सामानको मूल्य न्यूनतम कायम गरिएको हुन्छ । काठमाडौंमा नाम चलेका अधिकांश डिपार्टमेन्टल स्टोर पनि यसै तरिकाद्वारा सामान भित्र्याई व्यापार गरिरहेका छन् । यस्तै व्यापारद्वारा केहीले डिपार्टमेन्टल स्टोरको चेन खडा गरिसकेका छन् ।
ठेकेदारहरूले एउटा र्फम खडा गरेर भन्सारमा केही राजस्व तिरेर सामान छुटाएपछि उक्त र्फमबाट कारोबार बन्द गरी अर्को र्फमबाट सुरु गर्ने -ननफाइलर) प्रवृत्ति कायम रहेकाले आयातित सामान भित्रिएपछि करको दायरामै नपर्ने अवस्था छ । तैपनि तातोपानीमा ननफाइलरको संख्या घट्दै गएको दाबी भन्सार विभागको छ ।
तुलनात्मक रूपमा कम कर छल्ने वास्तविक व्यवसायीले सामान भित्र्याउन खडा गरिएको व्यवसायीसँग खरिद गरेको देखाई केही कर तिर्छन् । तर कतिपयले चाहिँ ननफाइलरको सहयोगमा सामान भित्र्याई आयातित वस्तुको कारोबारमा राजस्व तिर्दैनन । घटाघटमा पहिलो हुने ठेकेदारमार्फत आयात हुँदा वास्तविक आयातकर्ताको कारोबार आन्तरिक राजस्वको निगरानीबाट बच्न सजिलो हुन्छ । यसबाट भ्याटका साथै आयकर छली भइरहेको छ ।
तातोपानी नाकाको व्यापारमा रहेको विचलन केही कम भए पनि यसलाई पूरै ठीक पार्न प्रतीतपत्रमार्फत व्यापार गर्न बाध्य गराउनुपर्ने अर्थ सम्बद्ध कर्मचारी बताउँछन् । 'बरु सुरुवातमा प्रतीतपत्रमार्फत व्यापार गर्नेलाई सहुलियत दिनुपर्छ,' उनी भन्छन्, 'अनिमात्र भन्सार जाँचपासमा रहेको यस्तो विकृति अन्त्य हुन्छ ।' भन्सार विभागका महानिर्देशक नवराज भण्डारी पनि तातोपानीबाट हुने आयात प्रतीतपत्रमार्फत गर्दा विकृति नियन्त्रण हुने बताउँछन् । पछिल्ला वर्षहरूमा तातोपानी नाकामा सुधारका केही प्रयास भएका छन् । वस्तु विनिमय -बार्टर) बाट आयातनिर्यातको काम बन्द भइसकेको छ । वस्तु विनिमय प्रणालीमा कुनै सामान निर्यात भएपछि सोही रकम बराबरको आयात गर्न पाइन्थ्यो । तर निर्यात घट्ने र आयात बढ्ने क्रमसँगै वस्तु नलगे पनि  कागजमा निर्यात देखाउने प्रवृत्ति मौलाउँदै गएको थियो ।   
विगतमा चीनबाट भित्रिएका सामान तातोपानी भन्सारमा रोक्नसमेत पर्दैनथ्यो । बजारमा पुर्‍याएपछि कागजपत्र मिलाएर भन्सार जाँचपास गर्ने 'सुविधा' थियो । २०६० सालदेखि भन्सारमै रोकेर जाँचपास गराउन बाध्य बनाइएको थियो । मूल्यांकनका लागि सन्दर्भ पुस्तिका पनि बनाइयो ।
माओवादी नेतृत्वमा सरकार बनेपछि अर्थमन्त्री बाबुराम भट्टराईले भन्सार सुधारमा ठोस पहल गरेपछि दस्तुरी खारेजी गर्नुका साथै तातोपानीबाट भित्रिने सामानको मूल्यांकनमा कडाइ गरिएको थियो । त्यसअघि प्रतिगाडी ६ हजार रुपैयाँ दस्तुरीका साथै जाँचकीले छुट्टै प्रतिगाडी २ हजार रुपैयाँ संकलन गरी कर्मचारीमा भागबण्डा हुन्थ्यो । तातोपानीबाट त्यतिबेला दैनिक ७०/८० गाडी सामान भित्रिन्थ्यो । यसबाहेक कर्मचारीले सामानको मूल्यांकन र सामानको परिमाण घटाउँदा (गतल घोषणा) बापत ठूलो रकम हात पार्थे । दस्तुरी अहिले पनि बन्द छ । कतिपय सामानको मूल्यांकन दोब्बरसम्म वृद्धि गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ मा कारबाही गरेको अकूत सम्पत्ति कमाउने २२ जना राजस्वका कर्मचारीमा अधिकांश तातोपानी भन्सारमा बसिसकेका थिए ।
गत फागुनदेखि केन्द्रीय बैंकले तातोपानीमा उपलब्ध उधारो व्यापारको सुविधा कटौती गरेको छ । तातोपानीमा परम्पराको नाममा उधारोमा सामान ल्याई ९० दिनभित्र रकम पठाए हुने सुविधा  दिइएको थियो । तर व्यापारीहरूले हुन्डीमार्फत पैसा पठाएर सामान खरिद गर्ने व्यवसायीले उधारो भन्दै सामान भित्र्याउँथे । उक्त सामानबापत पैसा पठाउने विदेशी मुद्राचाहिँ सीमावर्ती क्षेत्रका चिनियाँ व्यापारीसँग हुने नेपाली मुद्रा साट्न प्रयोग गर्थे । उधारो व्यापारमा एकपटक सामान आयात गर्दा दुईपटक पैसा जान्थ्यो- पहिलोचोटि हुन्डी र दोस्रोपटक डलर ।

पछिल्लो समय मूल्यांकन र सामानको भौतिक निरीक्षणमा थप कडाइ गरिएको तातोपानीका प्रमुख भन्सार अधिकृत निर्मलहरि अधिकारीले बताए । कसैले घोषणा गरेको मूल्यभन्दा बढी मूल्यमा अघि नै  सामान जाँचपास भएको भए कम मूल्यलाई भन्सारले मान्यता दिन छाडेको छ । 'यसरी मूल्यांकन बढाउँदा पुसमा ३० लाख रुपैयाँ थप राजस्व संकलन भयो,' उनले भने । यस्तै भौतिक निरीक्षणका क्रममा व्यवसायीले घोषणा गरेभन्दा बढी परिमाण वा फरक गुणस्तरका सामान भेटिएमा भन्सार ऐनअनुसार जरिवाना गराउन थालिएको छ । यसबाट राजस्वमा १ करोड ६० लाख रुपैयाँ थपिएको छ । यसअघि गलत घोषणा गरेको फेला परे पनि जरिवाना नगरी थप राजस्वमात्र तिराउने चलन थियो । सामानको भौतिक परीक्षणमा अधिकृत तहका कर्मचारी परिचालन गरी कडाइ गरिएको उनले बताए ।        
तर जति प्रयास गरे पनि एलसीमार्फत व्यापार नहुँदा विचलन केही हदसम्म मात्र नियन्त्रण हुने अर्थसम्बद्ध अधिकारी बताउँछन् । चीनका सामान अरू नाकाबाट आयात हुँदा एलसीमार्फत हुने गरेको औल्याउँदै ती अधिकारीले तातोपानीमा परम्पराको नाममा ड्राफ्ट र टीटीलाई निरन्तरता दिन नहुने जिकिर गरे । 'तातोपानी नाका सरकारी मान्यताप्राप्त अवैध व्यापारको नाका हो,' तिनले भने ।      

Thursday, August 4, 2011


रक्तचन्दनमा माओवादी, सैनिक र भन्सार                  कर्मचारीको संलग्नता 

संगठित रुपमा रक्तचन्दनको अवैध कारोबार सुरु भए पछि माओवादीका साथै सैनिक अधिकृत र भन्सार कर्मचारीको पनि संलग्नता खुलासा भएको छ । माओवादीभित्र  रक्तचन्दनको कारोबारमा संलग्नता रहेको आरोपप्रत्यारोप केन्द्रीय नेतृत्वसम्म पुगे पछि यसबारे छानविन समितिनै बनेको छ । रक्तचन्दन ओसारपसारमा सघाएको ठहर्‍याई नेपाली सेनाले एक प्रमुख सेनानीलाई कारबाही गरिसकेको छ । भन्सारबाटै रक्तचन्दन पास गराएको फेला परे पछि तातोपानी भन्सारका एक खरिदार र कार्यालय सहयोगीमाथि कारबाहीको प्रक्रिया सुरु गरिएको छ ।
माओवादीका तर्फबाट आवास तथा भौतिक योजना राज्यमन्त्री बनेकी देवी खड्काले सूचना तथा सञ्चार मन्त्री अग्नी सापकोटा रक्तचन्दनको कारोबारमा संलग्न भएको आरोप लगाउदै केन्द्रीय समितिमा उजुरी गरे पछि अमिक शेरचनको संयोजकत्वमा छानविन समिति गठन भएको थियो ।

'रक्तचन्दनको कारोबारमा जस्तो मुनाफा अरु व्यवसायमा नहोला,' यसको कारोबारमा धेरैथरिको संलग्नता बारे अञ्चल प्रहरी कार्यालय, लुम्बिनीका एसएसपी प्रकाश अर्यालले भने । पक्राउ परेका रक्तचन्दन कारोबारीका अनुसार दक्षिण भारतबाट नेपालमा ल्याउूदा एक किलो रक्तचन्दनको मोल करिब ३ हजार रुपैयाू पर्छ । सीमापारी चीनमा नौ हजार रुपैयाू किलोमा हाताहात बिक्री हुन्छ ।

रक्तचन्दन चीन पुर्‍याउन सघाएको फेला परे पछि नेपाली सेनाले धुन्चे ब्यारेकका गणपति रामजी थापालाई 'कोर्ट मार्शल' को तयारी गरेको छ । 'कोर्ट अफ इन्क्वायरी' ले संलग्नता पुष्टी गरे पछि उनलाई मुख्यालय झिकाई कोर्ट मार्शलको प्रक्रिया सुरु गरिएको स्रोतले जनाएको छ । तातोपानी भन्सारबाट रक्तचन्दन पास गराएकोमा खरिदार भवानी खनाल र कार्यालय सहयोगी रामहरी कार्की शंकाको घेरामा परेका छन् । दुवैमाथि कारबाहीको प्रक्रिया सुरु गरिएको छ । 'छानविन जारी रहेकाले अहिले केही भन्न मिल्ने अवस्था छैन,' भन्सार विभागका महानिर्देशक टंकमणी शर्माले भने । 

भक्तपुर पुरानो ठिमीका नेत्रबहादुर श्रेष्ठ अपरहण अनुसन्धानको क्रममा रक्तचन्दनको कारोबारमा  माओवादीको संलग्नताका साथै रकमलाई लिएर तिनीहरुबीच उत्पन्न विवादको थप खुलासा भएको छ । साउन १ गते बेलायतबाट आशिष श्रेष्ठले भाई नेत्र अपहरणमा परेको अपराध महाशाखामा जानकारी गराए पछि प्रहरी सक्रिय भएको थियो । 'अपहरण गरेर १ करोड रुपैंया मागिरहेको सूचना पाइयो' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने 'अनुसन्धानमा रक्तचन्दन लुकाएर पैसा मागेका कारण अर्को समुहले अपहरण गरेको खुलासा भयो ।' प्रहरीले अपहरणमा संलग्न कृष्ण श्रेष्ठलाई पक्राउ गरेपछि रक्तचन्दनको तस्करी खुलासा भएको थियो । एक बर्ष देखि रक्तचन्दनको ओसारपसारमा संलग्न भएको बयान उनले दिएका छन् । महिना अघि एक पटक रक्तचन्दन चीन पठाइसकेको बताएका छन् । महाशाखाले अपहरित र अपहरणमा संलग्न दुवैलाई नियन्त्रणमा लिएर सार्वजनिक मुद्दा दायर गरेको छ । अपहरणकारीले सल्लाह गर्न मात्र नेत्रलाई राखेको बयान दिएका थिए ।   नेत्रले पनि अपहरणमा परेको इन्कार गरे पछि उनीमाथि पनि मुद्दा चलाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेत्रलाई अपहरण गरेर पुतलीसडकको तिरुपती होटलमा राखेका थिए । प्रहरीले गुमराहमा राखेको भन्दै अपहरणमा संलग्न कृष्ण श्रेष्ठ र अपहरीत नेत्रलाई सार्वजानिक मुद्धा दायर गरेको हो ।

प्रहरीले झण्डै एक करोड मूल्य बराबरको रक्तचन्दन सिन्धुपाल्चोकको चौतारामा बरामद गरेपछि कारोबारीबीच विवाद उत्पन्न भएको थियो । असार १४ गते कृष्णलगायत दीपक सापकोटा, मीनबहादुर श्रेष्ठ, जीत श्रेष्ठ र कमल थापाको समूहले बुटवलका दिनेश यादबबाट ४ हजार ८ सय किलो रक्तचन्दन किनेर चितवनको नारायणगढमा लुकाएका थिए । केहि दिनपछि लुकाएको ठाउूबाट उक्त रक्तचन्दन गायब गरी ३० लाख रुपैयाू माग गरे पछि नेत्रलाई अपहरण गरिएको प्रहरीले जनाएको छ । 

अपहरणमा परेका नेत्र श्रेष्ठसहित वाइसिएल काठमाडौं इन्चार्ज प्रताप गुरुङ मौसम, वाइसिएल कार्यकतर्ा दीपक क्षेत्री, गणेश श्रेष्ठ, योजनाकार हिमाल श्रेष्ठलगायतले उक्त रक्तचन्दन प्रकाश थापाको कावासोतीस्थित गोदाममा लुकाएका महाशाखाले जनाएको छ । प्रहरी सक्रिय भए पछि उक्त रक्तचन्दन जंगलमा फालिएको महाशाखाले जनाएको छ ।  

रक्तचन्दनले नवलपरासी वाइसिएलमा पनि तनाब उत्पन्न गराएको छ । कारोबारमा वाइसिएल केन्दि्रय सदस्यसमेत रहेका मौसमको संलग्नता रहेको जिल्ला नेतृत्वले बताउदै आएको छ । मौसम माओवादीको नेवा: राज्य समिती सदस्य हुन् । नवलपरासीका वाइसिएल इन्चार्ज पदमबहादुर केसी 'जुझारु' ले मंगलबार पत्रकार सम्मेलन गरी कावासोतीमा ठुलो परिमाणमा रक्तचन्दन लुकाइएको दाबी गरेका थिए ।  

ठूलो परिमाणमा कारोबार गर्ने योजना

गोप्य रुपमा ससानो परिमाणमा ओसारपसार गरिरहेका समूह पछिल्लो पटक लाइन मिलाएर ठूलो परिमाणमा रक्तचन्दन चीन पुर्‍याउने योजनामा छ । करिब एकसय टन -१ लाख किलो) रक्तचन्दनका लागि सम्झौता गरिसकेको समूह लाइन मिलाउन राजनीतिक नेतृत्वसूग मोलमोलाई गरिरहेको छ । एक पैसा घूस नखाने किरिया खाएर प्रहरीको अवैध असुली नियन्त्रणमा लागेको गृह प्रशासनसूग कुरा मिल्ने नदेखे पछि गिरोह अनुकूलको गृहमन्त्री बनाउन माओवादी नेतृत्वसमक्ष लविङ गरिरहेको प्रहरी सम्बद्ध स्रोतले जनाएको छ । तातोपानी भन्सारमा अनुकूलका अधिकृत सरुवा गराई हजारौं टन रक्तचन्दन चीन पुर्‍याउन गिरोह सक्रिय छ । 


भैरहवाबाट रक्तचन्दन भित्रिएको थाहा पाए पछि प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले पाूच दिनअघि बोलेरो जिपबाट डेढ क्विन्टल रक्तचन्दन बरामद गरी चालकसमेत नियन्त्रणमा लिएको छ । अञ्चल प्रहरी कार्यालय, लुम्बिनीका एसएसपी प्रकाश अर्यालका अनुसार भारतबाट ट्रकमा तलपट्ट िरक्तचन्दन राखेर माथिपट्ट िफलफूल, तरकारी लगायत सामानले ढाकेर भित्रिने गरेको सूचना छ ।' हामीले आफ्नो सूचना सञ्जालका साथै भन्सारलाई पनि सचेत हुन भनिएको छ,' उनले भने । समूहमा १ सय ४ जना रहेको पत्ता लागेको छ ।  


                   फेरि रक्तचन्दन बरामद

रुपन्देहीको भैरहवामा बुधबार रक्तचन्दनसहित एक व्यक्ति पक्राउ भएको अर्को दिन नवलपरासीको प्रगतिनगर गाउं विकास समिति वडा नं. ३ स्थित महाराजा सामुदायिक वनको जंगल भित्र बिहीबार प्रहरीले ठुलो परिणाममा रक्तचन्दन बरामद गरेकेा छ । तिन दिनदेखि सो स्थान वरपर र बजार क्षेत्रमा रक्तचन्दन लुकाएर राखेको भन्ने सुराकि पाएर तिन दिन अघि रक्तचन्दन बरामद गर्न गएको लुम्बिनि अंचल प्रहरी टोलि रित्तो हात फर्किएको थियो । 
नवलपरासीको प्रगतिनगर गाउं विकास समिति वडा नं. ३ स्थित महाराजा सामुदायिक वनको जंगल भित्र बिहीबार प्रहरीले बरामद गरेकेf रक्तचन्दन 
बिहीबार स्थानीय बासिन्दा गुणाखर भुसालले सामुदायिक वनमा घांस काट्न जाने क्रममा रक्तचन्दन देखेपछि सामुदायिक वनका पदाधिकारीलाई खबर गरेका थिए । यस लगतै सामुदायिक वनका पदाधिकारी, स्थानीय राजनीतिक दल, इलाका वन कार्यालय कावासोती र प्रहरीको को संयुक्त टोलीले उक्त परिणामको रक्तचन्दन बरामद गरेको हो । 
सामुदायिक वनमा रक्तचन्दन छरिएर लुकाइएको अवस्थामा फेला परेको थियो । वनमा अनेत्र पनि लुकाइएको हुन सक्ने आशंकामा वनमा अझै खोजी कार्यजारी राखिएको छ । यस बारे थप जानकारी आउन बाँकी रहेको छ  । यस अगाबै  कावासोतीका स्थानीय बासिन्दा र राजनीतिक दलको व्यापक दबाब पछि  प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले रक्तचन्दन लुकाईराखिएको आशंका गरिएको ठाउंमा तत्काल छापा मार्न निर्देशन दिए लगतै पुन मंगलबार राति उक्त स्थलमा इलाका प्रहरी कार्यालय नवलपुर र इलाका वन कार्यालय कावासोतीका टोलीले संयुक्त रुपमा छापा मारे पनि रक्तचन्दन बरामद गर्न सकेको थिएन । 
कावासोतीमा रहेको युनाईटेड पोल्ट्री फर्ममा रक्तचन्द लुकाएर राखेको भन्ने सुराकि पाएर गत मंगलबार सांझ फर्ममा छापा मार्न गएको लुम्बिनि अंचलको प्रहरी टोली सो स्थानमा रक्तचन्द नभएको भन्दै फर्किएको थियो । 
सो र्फममा रक्तचन्दन नभएपनि कावासोति र रजहरको बिच जंगलमा रक्तचन्दन लुकाएर राखेको हुन सक्ने स्थानियवासीले बताउदै आएपनि प्रहरीले भने चासो देखाएको थिएन । 
र्फममा छापा मारेर प्रहरी गएपछि रातारात सो स्थान वाट लगेर जंगलमा लुकाएर राखेको भन्ने सुराकि समेत केहि स्थानीयवासीले प्रहरीलाई दिएका थिए । प्रहरीले वेवास्ता गरेपनि स्थानियबासीले रक्तचन्द्रन देखेपछि  लुकाईराखेको अवस्थामा रक्तचन्द्रन भएको जानकारी गराएपछि प्रहरीको टोलीले ठुलो परिणाममा रक्तचन्दन फेला परेको  हो । फेला परेको रक्तचन्दन ५८ वटा गुलिया रहेको नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले बताउनुभयो । बरामद भएका रक्तचन्दको मुचुल्का उठाई जिल्ला प्रहरी कार्यालय ल्याउने र त्यस पश्चात वन कार्यालयलाई बुझाउने प्रहरी उपरिक्षक शाहले बताउनुभयो ।
                                                                                  परासी,साउन ६

Wednesday, August 3, 2011


यसरी लुटियो राज्यकोषबाट १२ करोड लुट

काठमाडौ, फाल्गुन २५ –
 कुनै लगानी र कारोबार नगरी कसैले १२ करोड रुपैयाँ हात पार्न सक्छ ? सक्दो रहेछ, त्यो पनि सोझै राज्यकोष लुटेर । एकजना लेखापरीक्षकको संलग्नतामा नक्कली बिल प्रयोग गरी राज्यकोषबाट ११ करोड ७० लाख रुपैयाँ सरकारी ढुकुटीबाट झिकिएको तथ्य फेला परेको छ । लेखापरीक्षक थलमान सुवेदीले सामान खरिद गरेको नक्कली बिल बनाई भन्सारबाट निकासी गरेको प्रमाण बनाएर रकम झिकेका हुन् ।

सरकारले कुनै सामान निकासी गरेपछि त्यस्तो सामान खरिद वा उत्पादनका लागि कच्चा पदार्थ खरिद/आयातका क्रममा तिरेको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता पाउने सुविधा निकासीकर्तालाई दिएको छ । विदेशी बजारमा प्रतिस्पर्धी बन्न सकुन् भनेर स्थानीय उद्योगको उत्पादन लागत घटाउन यस्तो सुविधा दिइएको हो ।
निकासीमा प्रतिप्रज्ञापनपत्र सेवा दस्तुर (५ सय ७८ रुपैयाँ) बाहेक राजस्व तिर्नु पर्दैन । तर थलमानले सामान किनेको नक्कली बिल बनाई भन्सारका कर्मचारीको मिलेमतोमा निकासी गरेको प्रज्ञापनपत्र देखाएर राज्य कोषबाट रकम झिकेका हुन् ।
उनले सातवटा फर्मबाट ९० करोड बराबरको सामान निकासी गरेको नक्कली कागज बनाई रकम झिकेका थिए । चाउचाउ, मैदा, वनस्पति घिउ, अगरबत्तीलगायत सामान निकासी गरेको देखाइएको छ । सातमध्ये दिगम्बर ट्रेड हाउस र दिगम्बर ट्रेड इन्टरनेसनल थलमानको र भीमेश्वर ट्रेड हाउस उनकी छोरीको नाममा दर्ता छ । बाँकी चारवटा– सरिता बिजनेस इन्टरनेसनल, सरिता इन्टरप्राइजेज, आशुतोष इम्पेक्स र शिवशक्ति इन्टरनेसनल उनका सहयोगी अशोक अधिकारीको नाममा दर्ता छन् । ‘अशोकको नाममा दर्ता भएका फर्मबाट निकासीको कागज बनाई पैसा झिक्ने काममा उनको प्रत्यक्ष संलग्नता देखिन्छ,’ सम्बद्ध स्रोतले भन्यो ।
थलमानले सामान खरिदै नगरेकाले भ्याट तिरेका थिएनन् । ‘कर नतिरे पनि कागजकै भरमा तिरेको देखाई कर फिर्ताको नाममा रकम झिकिएको यो प्रकरण राज्य कोषमाथि भएको लुट हो,’ अर्थसचिव रामेश्वर खनालले भने ।
थलमानले कर फिर्ताका लागि तिब्बतस्थित बैंक अफ चाइनाबाट कागजमा निकासी देखाए बराबरको रकम स्थानीय बैंकमा आएको प्रमाण पनि पेस गरेका छन् । ‘आफैंले हुन्डीमार्फत तिब्बतमा पैसा पुर्याई त्यहाँको बैंकमा जम्मा गरेर यहाँ ट्रान्सफर गरेको हुनसक्छ,’ स्रोतले भन्यो, ‘यसरी स्थानीय बैंकमा रकम आएकै दिन चेक काटेर आफैं निकालेको देखिन्छ ।’ बैंक अफ चाइनाबाट एभरेस्ट बैंकको तातोपानी, ठमेल र न्युरोड शाखामा रकम जम्मा भएको थियो ।
थलमानको धन्दामा राजस्वसम्बद्ध कर्मचारीका साथै उत्पत्तिको प्रमाणपत्र दिने उद्योग वाणिज्य संघका कर्मचारीको पनि मिलेमतो देखिएको छ । उनले आर्थिक वर्ष २०६१/६२ देखि तातोपानी भन्सारबाट प्रज्ञापनपत्र बनाई राज्यकोषको पैसा झिक्न थालेका थिए । तर त्यहाँ कुरा नमिलेपछि दुई वर्षयता उनले रसुवा नाकाको प्रज्ञापनपत्र प्रयोग गरी राज्यकोष निरन्तर लुटेका थिए । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले सदाचार पद्धतिको नाममा भन्सार सुधारको प्रक्रिया सुरु गरेका कारण तातोपानी भन्सारबाट प्रज्ञापनपत्र बनाउन नसकेपछि उनले व्यापार नहुने रसुवा नाकाबाट कागज बनाउन थालेका थिए ।
यातायात सुविधा नपुगेको रसुवा नाकाबाट ठूलो परिमाणमा सामान निकासी भएको देखिएपछि खोजीनीति गर्दा राज्यकोषमा भइरहेको यस्तो लुटको खुलासा भएको हो । रसुवा नाकाबाट ४० करोड बराबरको सामान निकासी गरेको देखाइएको छ । रसुवामा भरियालाई बोकाएर निकासी गरेको कागज बनाइएको थियो ।
कर फिर्ता प्रकरणमा कर्मचारीको संलग्नता देखिए तिनमाथि कारबाही हुने अर्थसचिव खनालले बताए । थलमानले आन्तरिक राजस्व कार्यालय भक्तपुरमार्फत ७ करोड रुपैयाँ झिकेका थिए । उनलाई निकासीका लागि उत्पत्तिको प्रमाणपत्र दिने उद्योग वाणिज्य संघका कर्मचारीको पनि मिलेमतो हुन सक्ने आशंका छ । उनले भक्तपुर र वीरगन्जमा दर्ता भएका फर्मबाट निकासी गर्दा पनि चेम्बर अफ कमर्स र ललितपुर उद्योग वाणिज्य संघबाट उत्पत्तिको प्रमाणपत्र बनाएका थिए ।
निर्यातमा पाइने भ्याट छुटको सुविधाबापत राज्यकोषबाट बर्सेनि करिब दुई अर्ब रुपैयाँ निकासा हुने गरेको छ । ‘थलमानले जस्तै लुट अरूबाट पनि भएको हुन सक्छ,’ एक जानकारले बताए ।

थलमान को हुन्  ?

ओखलढुंगाको पोकली गाविस–२ स्थायी ठेगाना भएका थलमान रजिस्टर्ड अडिटर हुन् । डेढ दशकदेखि लेखापरीक्षण पेसामा संलग्न उनले ५/६ वर्षयता अवैध पैसा कमाउन थालेको यसै पेसामा संलग्न एकले बताए । ‘उपत्यकाका आन्तरिक राजस्व कार्यालयहरूका कर्मचारीसँग सुमधुर सम्बन्धकै कारण उनले दिन दुगुना रात चौगुना प्रगति गरेका हुन्,’ अर्का एक लेखापरीक्षकले भने, ‘कतिपय कर्मचारीले त लेखापरीक्षणको काम थलमानलाई दिनुस् भनेर व्यवसायीलाई दबाब दिने गर्थे ।’
राजस्व छलीमा फसेका कम्पनीको फाइल जिम्मा लगाए ‘कुरा मिलाउन’ सक्ने लेखापरीक्षकको पहिचान उनले बनाएका थिए । कर फिर्तामा संलग्न देखिन थालेपछि लुकिछिपी बस्न थालेका उनी हाल मुलुकबाहिर रहेको ती लेखापरीक्षकले बताए । आन्तरिक राजस्व विभागले उपस्थित हुन फागुन ८ गते पत्र काटे पनि उनी सम्पर्कमा छैनन् । विभागले एक साताभित्र उपस्थित हुन गत १३ गते सार्वजनिक सूचना जारी गर्दा पनि उनी सम्पर्कमा नआएको विभागसम्बद्ध स्रोतले जनाएको छ । 

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...