Wednesday, February 8, 2012


 

तीस जना हुन्डी कारोबारीद्वारा समानान्तर बैंकिङ


राष्ट्र बैंकको अनुमति नलिई ३० जनाले नेपालबाट रकम पठाउने र ल्याउने उपक्रम हुन्डी मार्फत समानान्तर बैंकिङ प्रणाली चलाइरहेका छन् । औपचारिक बैंकिङ माध्यम नभएकाले ठूलो आर्थिक कारोबार अपारदर्शी हुनुका साथै न्यून बिजकीकरण, पुँजी पलायन जस्ता वित्तीय अपराधलाई पनि बढाइरहेको छ । राष्ट्र बैंकले तोकिदिएको सीमा र विशेष अनुमति बाहेक नेपालबाट विदेश रकम पठाउनु गैरकानुनी भए पनि यी व्यक्तिले निर्वाध पुँजी पलायन गरिरहेका छन् ।
'हामीले संकलन गरेको सूचना अनुसार हुन्डीको काराबोर गर्ने तीस जना जति मात्र छन्,' प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक (डिआइजी) उपेन्द्रकान्त अर्याल भन्छन्, 'यसमा पनि ठूला कारोबारीको संख्या दसभन्दा कम छ ।'
रोबारीलाई मुद्दा चलाएको अभिलेख छ । हुन्डी कारोबारी पहिचान गरी घूस खाने गरेको आरोप प्रहरीमाथि छ ।
अर्थ मन्त्रालयको आर्थिक कार्यविधि तथा नीति विश्लेषण महाशाखा प्रमुख वैकुण्ठ अर्यालका अनुसार हुन्डीका कारण पुँजी पलायन सजिलो भएको छ । हुन्डीका कारण विदेशबाट आउने सामानको कम मूल्य तोकी -न्यूनबिजीकरण) राजस्व छली भइरहे तर हुन्डी कारोबारलाई नियन्त्रण गर्न राज्य संयन्त्रले चासो देखाएको छैन । राष्ट्र बैंकका अनुसार हुन्डीजस्तो आर्थिक अपराधमा कारबाही गर्ने निकाय राजस्व अनुसन्धान विभाग र प्रहरी हो । विभागले अहिलेसम्म एक जना हुन्डीका
काको छ । हुन्डीमार्फत सजिलै रकम पठाउन सकिने हुँदा धेरैजसो सामान कम मूल्य तोकी थोरै राजस्व तिरेर नेपाल भित्र्याइन्छ । बाँकी रहम हुन्डीमार्फत पठाइन्छ ।
नेपाली कामदारले आर्जन गरेको विदेशी विनिमय अन्यत्रै परिचालन भई मुलुकमा तिनका परिवारको हातमा यहीँको नेपाली रुपैयाँ पुगिरहेको छ । अवैध धन शुद्धीकरण गर्न सजिलो भएको छ । हुन्डीका कारोबारीले स्थानीय बजारमा विदेशी विनिमयको कारोबारमा विचलन समेत ल्याएका छन् ।
अर्यालका अनुसार दक्षिण कोरियाबाट वाषिर्क ९ अर्ब रुपैयाँ भित्रिनुपर्छ । 'तर अहिले १ अर्ब रुपैयाँभन्दा कम रेमिट्यान्स वैध रूपमा भित्रिरहेको छ,' उनले भने, 'बाँकी रकम हुन्डीमार्फत आउने गरेको छ ।' सस्तो र सर्वसुलभ भएकाले कामदारले अवैध बाटो प्रयोग गरेको अर्याल बताउँछन् । सेवा शुल्क बैंकभन्दा सस्तो छ । 'फेरि कामदारले पैसा पठाउन बिदाको दिन मात्र फुर्सद पाउने,' अर्यालले भने, 'तर बिदाका दिन
डिआइजिपी अर्याल अब सिआइबी, राजस्व अनुसन्धान र राष्ट्र बैंकको संयुक्त टोली बनाई हुन्डी कारोबारीलाई कारबाही गर्ने तयारी भइरहेको बताउँछन् । 'जिस्क्याएर छाड्ने होइन हुन्डीको सञ्जाल तहसनहस पार्नुपर्छ तयारी भइरहेको छ,' उनले भने । हुन्डीको कारोबारको आकार आकलन भइसकेको छैन । सरकारी कोटामा निर्धारित तलब सुविधामा कामदार जाने भएकाले दक्षिण कोरियाबाट प्राप्त हुने रेमिट्यान्स सजिलै अनुमान गर्न
सकिन्छ । सहसचिव
बैंक बन्द हुने ।' वैध रूपमा रेमिट्यान्स आउँदा विदेशी विनिमय सञ्चिति बलियो हुन्छ । तर हुन्डी कारोबारीले कामदारले आर्जन गरेको विदेशी विनिमयलाई अन्यत्रै परिचालन गरी यहाँ नेपाली रुपैयाँ भुक्तानी गर्छन् । हालै दक्षिण कोरिया पुगेको अर्थ मन्त्रालयको टोलीले त्यहाँ नेपाली कामदारले तलब पाएको विदेशी विनिमय हङकङ हुँदै अमेरिका पुग्ने गरेको पत्ता लगाएको थियो । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीका फरार सञ्चालक पवन कार्कीले दक्षिण कोरियामा नेपाली कामदारले संकलन गरेको विदेशी विनिमय अमेरिका लगिरहेको पत्ता लागेको थियो ।
हिर पठाउने क्रम बढेको छ,' उनले भने, 'राजनीतिक अन्योलमा पुँजीको सुरक्षामा विश्वस्त हुन नसक्ता स्वतः पुँजी पलायन हुन्छ ।'
द्विदेशीय व्यापारका क्रममा हुने रकम न्यून बिजकीकरणबाट पनि धेरै रकम अवैध रकम बाहिरिने गर्छ । प्रतिवेदन अनुसार अतिकम विकसित मुलकमा ६५ देखि ७० प्रतिशत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले सन् १९९० देखि २००८ सम्म १८ वर्षमा ४८ अतिकम विकसित मुलुकबाट भएको पुँजी पलायन अध्ययन गर्दा नेपालबाट ६ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी रकम अवैध रूपमा बाहिरिएको थियो । यो रकम मुलुकको अहिलेको वाषिर्क बजेटको करिब दोब्बर हो ।
पछिल्ला वर्षमा गैरकानुनी तरिकाले पुँजी बाहिरिने क्रम अझ बढेको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार रामेश्वर खनाल बताउँछन् । 'बैंकमा रकम जम्मा गर्दा, महँगा घरजग्गा, सवारी साधन खरिद गर्दा आम्दानीको स्रोत देखाउनुपर्ने भएपछि भ्रष्टाचारबाट आर्जित रकम
बा रकम भन्सारमा कम मूल्य घोषणा गर्ने उद्देश्यका लागि अवैध बाटोबाट बाहिरिने गरेको छ । व्यवसायीले बिलबिजकमा उल्लेख गरिने बराबरको रकम बैंकबाट पठाई बाँकी हुन्डीमार्फत पठाउँछन् । खनाल पनि ७० प्रतिशत रकम बिलबिजकमा उल्लेख गरेकोबाट अपुग रकम भुक्तानीका लागि बाहिरिरहेको बताउँछन् ।
राजस्व छली गर्न न्यूनबिजकीरण गर्ने प्रवृत्ति व्यापक छ । चीनबाट हुने करिब शत प्रतिशत आयातमा न्यून बिजकीकरण हुने आशंका छ । प्रतिष्ठित कम्पनीले सामानको मूल्यभन्दा कम मूल्य जारी गर्न नमान्ने भएकाले सिंगापुर, हङकङ, दुबई लगायत ठाउँमा कम्पनी दर्ता गरी तिनै कम्पनी मार्फत सामान आयात गर्ने गरेका छन् । तिनले विदेशमा दर्ता भएका आफ्ना कम्पनीको नाममा सामान खरिद गर्छन् । त्यसपछि आफ्नो कम्पनीबाट न्यून बिजकीकरण गरी पैठारी गर्छन् ।
ो समूहले उक्त रकम मुम्बईमा बुझेको थियो । भारतको मुम्बईमा बस्ने टण्डनले नेपालमा अपहरणको काम गर्ने अन्य सहयोगीलाई हुन्डीमार्फत नै पैसा पठाएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए ।
पछिल्ला समय बसाइँसराइँमा पनि पुँजी पलायन भइरहेको छ । अमेरिकामा डिभी परेर तथा क्यानडा, अस्ट्रेलियामा स्थायी निवासी भई यहाँको सम्पत्ति बिक्री गरी बाहिरिने क्रम सहरी क्षेत्रमा बढिरहेको छ । बेलायतमा स्थायी बसोवासको सुविधा पाएपछि ठूलो संख्यामा लाहुरे यहाँको सम्पत्ति बिक्री गरी गएका थिए । 'कानुनले यहाँको पैसा लैजान बन्देज लगाए पनि मानिसले सजिलै रकम बाहिर पुर्‍याइरहेकाले ति तीस जना हुन्डी कारोबारीले मुलुकलाई कति क्षति पुर्‍याइरहेका छन् अनुमान गर्न सकिन्छ,' डिआइजिपी अर्याल भन्छन् । चार वर्षअघि अपहरणमा परेका व्यवसायी महेश मुरारकालाई छुटाउन उनको परिवारले ८० हजार अमेरिकी डलर हुन्डीमार्फत सिंगापुर पठाएको प्रहरी अनुसन्धानमा पत्ता लागेको थियो । २०६४ फागुन १४ गते मुरारकाको अपहरण गरेपछि अमर टण्डनको समूहले उक्त रकम मुम्बईमा बुझेको थियो । भारतको मुम्बईमा बस्ने टण्डनले नेपालमा अपहरणको काम गर्ने अन्य सहयोगीलाई हुन्डीमार्फत नै पैसा पठाएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए ।

काठमाडौं, माघ २५ -



Sunday, February 5, 2012


राजस्व नतिरी विदेशी सवारी साधन नेपालमा
रोशन कार्की काठमाडौं, माघ २१ । मुलुकको उत्तरी र दक्षिणी नाकाबाट विनाभन्सार आफुखुसी चिनियाँ र भारतीय सवारी साधन नेपाली भू–भागमा चलाउने कार्यमा वृद्धि भएको छ । भारतीय नम्बर प्लेट र चिनियाँ नम्बर प्लेटका सवारी साधानहरू विनारोकतोक सिमानाबाट नेपाल भित्रिने गरेको छ । यसरी विदेशी नम्बरका सवारीको प्रयोग राजस्व नतिरी प्रयोग गर्नेमा सभासद्देखि राजनीतिक दलका नेताहरूसमेत पर्दछन् । सम्बन्धित भन्सार कार्यालयले कडाइ गर्न नसक्दा बर्सेनि सरकारलाई आउने करोडौं रुपैयाँ राजस्व गुम्दै आएको छ । वर्Èौंदेखि जिल्लाभित्र निर्बाध प्रयोग हु“दै आएका भारतीय नम्बर प्लेटका र चिनियाँ नम्बर प्लेटका साना तथा हलुका सवारी साधनका बारेमा सम्बन्धित निकायले खासै चासो नदेखाउँदा अवैधरूपमा ती सवारी साधन सञ्चालनमा आएका हुन् । यस्तै पछिल्लो समयमा नेपालीले भारतबाट सस्तो मूल्यमा खरिद गरी ल्याएका सवारी साधनलाई कतै दर्ता नगरी निर्बाध चलाउँदै आएको वीरगञ्जका स्थानीय बासिन्दाले बताएका छन् । सभासद्देखि स्थानीय राजनीतिक दलका नेताहरूले समेत भारतीय जिप लिएर राजधानी आउनेजाने गर्दा समेत उनीहरू चढेको सवारी साधनले प्रक्रियागत रूपमा ल्याएको हो या होइन भन्ने विषयमा सम्बन्धित निकायले चासो देखाएको छैन । राजनीतिक दबाबको भरमा भारतीय नम्बर प्लेटका हलुका सवारी साधन राजस्व नतिरी नेपाल ल्याउने गरेको गौर भन्सार कार्यालयले जनाएको छ । उनीहरूले खरिद गरेको भारतीय जिपको नम्बर प्लेटसमेत नराखी हालसम्म चलाइरहेका गौर भन्सारका एक कर्मचारीले बताए । यस सम्बन्धमा आफूले भन्सार ऐन नियमानुसार राजस्व तिर्दै आएको दाबी गरे । विना राजस्व र अनुमति बेगर यस्ता सवारी साधन विवाह, उत्सवलगायतका प्रयोजनमा भाडामा चलाउने गरेका छन् । भन्सार ऐनअनुसार त्यस्ता सवारी बाहिर जा“दा एक दिनको ४ सय ५२ रुपैयाँ भन्सार राजस्व तिर्नुपर्ने हुन्छ । यसरी गौर, काँकडभिट्टा, विराटनगर, वीरगञ्ज, महेन्द्रनगरलगायतका भन्सार कार्यालयबाट दैनिक भारतीय नम्बरका दर्जनौं सवारी साधन नेपाल भित्रिने गरेका छन् । ती सवारी साधनले एक पटकमात्र भन्सार राजस्व तिरेको खण्डमा दैनिक हजारौं रुपैयाँ राजस्व असुली हुने कार्यालयले जनाएको छ । भन्सार अधिकृत लक्ष्मणसिंह श्रेष्ठले निकै कमले भारतीय सवारीको भन्सार राजस्व तिर्ने गरेको बताए । उनले भने, ‘संख्या यकिन छैन । भित्रभित्र लुकाएर चलाइएकाले यथार्थ विवरण हामीसँग नभएको हो ।’ सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलले भने भन्सार तिरेको हेरेर मात्र छाड्ने गरेको दाबी गर्दै आएको छ । भारतीय नम्बरका गाडी प्रयोगले राजस्व चुहावट भइरहेको छ । राजस्व नतिरी गाडी प्रयोग गर्ने चलन बढ्दै गएको भन्सार कर्मचारीहरू बताउ“छन् । प्रभावशाली व्यक्तिले भारतीय नम्बरको गाडी चढ्ने गरेकाले नियन्त्रणमा समस्या आएको प्रहरी अधिकारीहरू बताउ“छन् । नाम उल्लेख नगर्ने शर्तमा एक अधिकृतले भने, ‘समात्नासाथ माथिल्लो निकायबाट दबाब आउ“छ ।’ भारतीय नम्बरका कार, जिप, बस, ट्याक्टर, ट्रक प्रयोग गर्दा दैनिक ४ सय ५२ रुपैयाँ एकपटकमा शुल्क तिर्नुपर्छ । मोटरसाइकलको एक सय, तीनपांग्रे सवारीको ३ सय, ट्याक्टरको २ सय र ट्रेलरसमेत भए ४ सय रुपैया“ राजस्व तिर्नुपर्ने भन्सार ऐनमा उल्लेख छ । सो ऐनअनुसार भन्सार कार्यालयले कडाइका साथ कार्यान्वयन गर्न नसक्दा निकै कम राजस्व उठ्ने गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । भारतीय नम्बरका गाडी अस्थायी पैठारीअन्तर्गत शुल्क बुझाएर एक वर्Èमा ३० दिनसम्म मुलुकभित्र चलाउन सकिन्छ । सीमावर्ती बजारसम्म बिहान आएर बेलुकी र्फकनका लागि शुल्क तिर्न नपर्ने छुट दिइएको छ । भारतस“ग सीमा जोडिएका ठाउ“मा राजस्व नतिरी वर्Èौंसम्म यस्ता सवारी साधानहरू प्रयोग गरिँदै आएको छ । राजनीतिक दलका स्थानीय नेता, तस्कर र व्यापारीले यस्ता गाडीको बढी प्रयोग गर्ने गरेका छन् । बोलेरो, टाटा सुमो, स्कापिर्यो जस्ता मह“गा गाडीहरूको सहरमा प्रयोग हुदै आएको छ । अवैधरूपमा यस्ता सवारी साधन प्रायःगरी ग्रामीण क्षेत्रमा ९५ प्रतिशत भारतीय नम्बरका सवारी साधन प्रयोगमा रहेको नगरदाहा गाविस पूर्वअध्यÔ सोेधा यादवले बताए । अवैध कारोबार बढी हुने प्रत्येक गाउ“टोलमा भारतीय नम्बरको गाडी प्रयोगमा रहेको छ । वास्तविक मूल्यभन्दा झन्डै एक चौथाइ मात्र पर्ने भएकाले गाउ“मा सबैको रोजाइमा भारतीय नम्बरका गाडी पर्ने गरेका हुन् ।

Saturday, January 28, 2012

  भन्सार छलेका सामान बरामद
माघ १४- भैरहवा भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा व्यापारीले प्रज्ञापन पत्रमा कम परिणाम देखाई धेरै सामान पास गर्ने गरेको रहस्य खुलेको छ।
ठूलो परिमाणमा भन्सार छलेर भैरहवा भन्सार नाका हुँदै भित्रिएको ट्रकसहित सामान प्रहरीले विहिवार सांझ बरामद गरेपछि व्यापारी र भन्सार कर्मचारी मिलेमतोको रहस्य खुलेको हो। प्रज्ञापनपत्रमा न्यून परिमाण देखाएर सामान भित्राउन भन्सारका नायव सुव्वा उपेन्द्र हमाल, खरिदार अनन्त बञ्जाडे, खरिदार भैरव जोशी, नासु वुद्धि चुडाल, नासु राजकुमार पोखरेल खरिदार विर बहादुर चन्दले सहयोग गरेको भन्सार श्रोतले जनाएको छ। बुटवल जादै गरेको लु १ ख ६५२९ नम्बरको ट्रकलाई बिहीवार सा"झ भैरहवाको बुद्धचोकबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा प्रहरीले भन्सार नतिरेको र न्यून विजकीकरणको सामान बरामद गरेको हो। भन्सार कार्यालय प्रमुख डिक्करदेव भट्टले आफू बाहिर रहेको र यसमा कुनै जानकारी नभएको भन्दै पन्छिए । तीन वटा ठूला कार्टुनमा करिव ७० हजार मुल्य बरावरका हार्डवयर सामान भन्सार नतिरेको भेटिएको छ। यसैगरी कम परिमाण देखाउदै न्यून भन्सार तिरेका महङ्गो मुल्यका कुर्ता सुरुवाल, लत्ता कपडा, जुत्ता चप्पल बरामद भएका छन््। प्रहरीका अनुसार, प्रज्ञापनपत्रमा सिद्धार्थनगर नपा-६ गल्लामण्डिस्थित अन्सारी ट्रेडर्स र बुटवलको दुर्गा ट्रेडिङ कम्पनीका नाममा आयात गरिएको सामानमा भन्सार छलिएको छ। प्रज्ञापनपत्रमा ५ सय १४ थान कुर्ता सुरुवाल उल्लेख गरि प्रति थान ६० रुपैयाँ मात्र मुल्य देखाइएको छ। तर, प्रहरीले १ हजार ३ सय ५६ थान कुर्ता सुरुवाल बरामद गरेको छ। न्यूनतम प्रति थान १ हजार २ सय रुपैयाँ मुल्य पर्ने कुर्ता सुरुवालको मुल्य भन्सार प्रज्ञापनपत्रमा ६० रुपैयाँ देखाएर त्यस अनुरुपको भन्सार राजस्व तिरिएको छ।
प्रज्ञापननपत्रमा प्रति थान ७२ रुपैयाँ मुल्याङ्कन गरि भन्सार तिरेर भित्राईएको साडी ३ सय ७४ थान बरामद भएको छ। घटीमा १ हजार ५ सय रुपैयाँ पर्ने ३८ जोर जुत्ताको भंसार मुल्याङ्कन ३८ रुपैयाँ र १ सय ४८ जोर चप्पलको १९ रुपैया कायम गरिएको छ। प्रज्ञापनपत्रमा सामानको भन्सार क्लियरीङ्ग सिद्धार्थनगर -१ का नवराज उपाध्यायको भन्सार एजेन्ट र लाईसेन्स नम्बर ४७५ भएको उल्लेख छ। रुपन्देहीका एसपी रबिन्द्रनाथ रेग्मीले सुराकीको आधारबाट उक्त ट्रक सहित सामान बरामद गरिएको र आवश्यक अनुसन्धान गरी कारवाहीका लागि भन्सार चलान गरिने बताए।

Monday, January 23, 2012

भारतीय गाडी निर्वाध आवतजावतले नेपालको सुरक्षामा 'थ्रेट’
प्रहरीका अनुसार भन्सारबाट जारी प्रवेश-पास बोकेका भारतीय गाडीमा अपराधीहरू काठमाडौंसम्म आएर अपराधका घटना घटाउने गर्छन्.......................


घटनाः डा. भक्तमान श्रेष्ठको अपहरण

डा. भक्तमानको अपहरणलगायतमा संलग्न भारतीय नागरिक रोहित पालिवाल ३ चैतमा महेन्द्रनगरबाट युपी ८३ एन ४२७९ नम्बरको भारतीय नम्बरको गाडीसहित पक्राउ । पालिवाल व्यापारी अपहरण गर्न काठमाडौं आउँदै थिए ।

 घटनाः चरेससहित गाडी बरामद

लागुऔषध कानुन कार्यान्वयन इकाइद्वारा युपी ७६ एफ २०५१ नम्बरको भारतीय गाडीबाट १० चैतमा तीन भारतीय नागरिक पक्राउ । दुई सय केजी चरेस बरामद ।
घटनाः चरेससहित गाडी बरामद

लागुऔषध कानुन कार्यान्वयन इकाइद्वारा २२ फागुन ०६७ मा काठमाडौंबाट एक सय ५० केजी चरेससहित भारतीय नम्बर प्लेटको स्कोरपियो गाडी बरामद । तीन भारतीय नागरिक पक्राउ ।
घटनाः धातु र भारुसहित गाडी बरामद

नेपालबाट अष्टधातु र सात करोड भारतीय रुपैयाँ लिएर गएको भारतीय नम्बर प्लेटको गाडी ६ असार ०६८ मा भारतकै उत्तरप्रदेशको बलरामपुरबाट बरामद । ६ भारतीय नागरिक पक्राउ ।

..........................................................................................................................

भन्सार कार्यालयबाट सीमा क्षेत्रका निश्चित दूरीका लागि २४ घन्टे प्रवेश पास लिएर नेपाल प्रवेश गरेका भारतीय गाडी निर्वाध रूपमा देशभर पुग्ने गरेका छन् । यसबाट नेपालको सुरक्षा व्यवस्थामा खतरा बढ्दै गएको छ ।प्रहरीका अनुसार भन्सारबाट जारी प्रवेश-पास बोकेका भारतीय गाडीमा अपराधीहरू काठमाडौंसम्म आएर अपराधका घटना घटाउने गर्छन् । भारतीय गाडी नेपालभित्र प्रवेश र आवतजावतमा कुनै निकायले रोकावटसमेत गर्दैन । न त ती गाडीको कडा चेकजाँच गर्न सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । मुलुकभरका भन्सार नाकाबाट सीमित प्रवेश-पास लिएर थानकोट नाकाबाट काठमाडौंसम्म निर्वाध छिरेका भारतीय गाडीका कारण उपत्यकासहित अन्य क्षेत्रको सुरक्षामा गम्भीर 'थ्रेट' भएको प्रहरी अधिकारीहरू बताउँछन् । भारतीय गाडी प्रयोग गरेर नेपालमा पटक-पटक ठूला अपहरणका घटनासमेत भएका छन् । संगठित रूपमा आपराधिक गतिविधिमा संलग्न तथा हतियार र लागुऔषधको कारोबारमा धेरै भारतीय गाडीको प्रयोग हुने गरेको प्रहरीको तथ्यांक छ ।'खुला सीमा नाकाबाट भारतीय गाडी निर्वाध रूपमा काठमाडौंसम्म छिर्न पाउने व्यवस्थाले सुरक्षा थ्रेट बढाएको छ, तर यसमा गृह मन्त्रालयको ध्यान गएको देखिँदैन,' प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अधिकृतले नयाँ पत्रिकासँग भने, 'यदि कडा चेकजाँच र नियन्त्रण भएन भने दीर्घकालका लागि यो सुरक्षा थ्रेट हुनसक्छ ।' लागुऔषध कानुन कार्यान्वयन इकाइका निमित्त प्रमुख एसएसपी देवेन्द्र सुवेदीले पछिल्लो समयमा भारतीय गाडीको प्रयोग गरी लागुऔषध कारोबार मौलाएको बताए । लागुऔषध कारोबारविरुद्ध गत चैतमा अपरेसन चलाउँदा एक महिनामा नै तीनवटा भारतीय गाडीबाट ठूलो परिमाणमा लागुऔषध र भारतीय नागरिकलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार पर्यटकीय प्रयोजनमा भारतीय गाडीमा नेपाल प्रवेश गरेर आपराधिक गतिविधि हुने गरेको तथ्यांक प्रहरीसँग छ । आपराधिक गतिविधिमा प्रयोगको उद्देश्यले नेपाल प्रवेश गरेका सबैजसो भारतीय गाडीमा फल्सबटम राख्ने गरिएको पनि प्रहरीले जनाएको छ । गाडी निर्माता कम्पनीमै आग्रह गरेर इन्जिनमा फिट गरी सिटमुनी बनाइने भएकाले चेकजाँच गर्दा पनि फल्सबटम पत्ता लाग्दैन । त्यही फल्सबटममा लुकाएर लागुऔषध, हतियार तथा अवैध सामानको कारोबार हुने गरेको छ ।
लागुऔषध कानुन कार्यान्वयन इकाइले काठमाडौंमा युपी ७६ एफ २०५१ नम्बरको भारतीय गाडीबाट १० चैत ०६७ मा प्रहरीले फल्सबटममा राखिएको दुई सय केजी चरेससहित तीन भारतीय नागरिक पक्राउ गरेको थियो । २२ फागुन ०६७ मा पनि इकाइले भारतीय नम्बरको स्कोरपियो गाडीबाटै एक सय ५० केजी चरेस बरामद गरेको थियो । गाडीसहित भारतीय नागरिकहरू विचेन्द्रकुमार यादव, योगेशकुमार यादव र नितु यादव काठमाडौंबाट पक्राउ परेका थिए । त्यतिवेला एक महिना अवधिमा तीनवटा भारतीय नम्बर प्लेटका गाडीका फल्सबटमबाट ठूलो परिमाणको चरेससहित भारतीय नागरिकहरूलाई पक्राउ गरिएको एसएसपी सुवेदीले जानकारी दिए ।  प्रहरीका अनुसार भारतीय गाडीकै प्रयोग गरेर नेपालबाट भारतमा चरेसको ठूलो परिमाणमा कारोबार हुँदै आएको छ । तिनै गाडीका फल्सबटममा लुकाएर भारतीयले हतियार तथा ब्राउन सुगर हेरोइनलगायतका लागुऔषध नेपाल भित्र्याउने गरेको अपराध अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी विज्ञानराज शर्माका अनुसार उपत्यकामा दैनिक ठूलो संख्यामा भारतीय नम्बर प्लटेका गाडी भित्रिने गरेका छन् । भारतीय नम्बर प्लेट राखेर आएका कतिपय गाडी चोरीका हुने भएकाले आफूहरूले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको बताए ।
भारतीय गाडी अपहरणका लागि पनि प्रयोग हुने गरेका छन् । नेपाल प्रवेश गर्दा सुरक्षित हुने विश्वासले नै अपहरणकारीले पर्यटनका लागि भन्दै भारतीय गाडीमा आउने गरेको प्रहरीको भनाइ छ । चितवनको भरतपुर क्यान्सर अस्पतालका डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न भारतीय नागरिक रोहित पालिवाल पनि भारतीय नम्बर प्लेटको गाडीमा काठमाडौं आउने क्रममा पक्राउ परेका थिए । उनी ३ चैतमा महेन्द्रनगरबाट युपी ८३ एन ४२७९ नम्बरको भारतीय नम्बरको गाडीसहित पक्राउ परेका हुन् । प्रहरीसँगको बयानमा उनले व्यापारीको अपहरण गर्न काठमाडौं आउँदै गरेको बताएका थिए । 'अन्डरवल्र्ड'मा आबद्ध र ठूला अवैध धन्दामा संलग्न भारतीय नागरिकहरू धार्मिक पर्यटकका रूपमा भारतीय गाडीमा नेपाल आउने र आपराधको योजना बनाएर आफ्नो गिरोहलाई परिचालन गरेर र्फकने प्रहरी अधिकारीहरूको दाबी छ । प्रहरीको अनुसन्धानमा साना हतियार धेरैमात्रामा भारतबाट भित्रिन्छन् । यसका पछाडि पनि निश्चित दुरीको प्रवेश-पास लिएर निर्वाध रूपमा काठमाडौंसम्म प्रवेशमा छुट प्रमुख कारण रहेको महानगरीय प्रहरी आयुक्त कार्यालयका एक उच्च अधिकारीको दाबी छ । थोरै राजस्वको लोभमा सरकारले कूटनीतिक दबाबमा परेर भारतीय गाडीलाई नेपालको जुनसुकै ठाउँमा पनि जान छुट दिएकाले देशको सुरक्षामा खतरा भएको ती प्रहरी अधिकारीको भनाइ छ ।
भारतीय गाडी आपराधिक घटनामा प्रयोग भएको पाइएपछि त्यस्ता गाडीमाथि कडा चेकजाँचको तयारी भइरहेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी नवराज ढकालले बताए । उनले देशभरका सबै प्रहरी कार्यालयलाई चेकजाँचको कडाइ गर्ने परिपत्र छिट्टै जारी गर्न लागिएको जानकारी दिए । 'भारतीय गाडीलाई नेपाल प्रवेशमा दिइएको सुविधा पटक-पटक गलत काममा प्रयोग भएको देखिन्छ,' प्रवक्ता ढकालले भने, 'कानुनले नै छुट दिएको अवस्थामा हामीले रोक्न सक्दैनौँ, तर चेकजाँचमा भने विशेष कडाइ गर्न लागेका छौँ ।'
उपत्यका प्रवेश गर्ने थानकोट नाकामा भारतीय सवारीसाधनको सवारी नम्बर 'इन्ट्री' गर्ने र सामान्ा चेकजाँच गरेर पठाइने मात्र गरिएको छ । तर, कुन प्रयोजनका लागि कहाँबाट र कस्त्ाो अनुमति लिएर आएका हुन् भन्नेबारे सोधपुछ गरिँदैन । असारभरको तथ्यांकअनुसार थानकोट नाकाबाट एक हजार सात सय ८१ वटा भारतीय सवारीसाधन उपत्यका भित्रिएका छन् ।
पछिल्लो समयमा वीरगन्ज भन्सारबाट नेपाल प्रवेश गर्ने गाडीहरूमाथि कडाइ गरिएको छ । पर्सा प्रहरी प्रमुख एसपी रमेश खरेलले यही साता रक्सौल सीमाबाट विनाअनुमति नेपाल प्रवेश गरेका एक दर्जन बढी सवारीसाधन नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको बताए । एकपटक नेपाल छिरेपछि भारतीय गाडीहरू वर्षौंसम्म निस्पिmक्री घुमिरहेको भेटिने गरेको पनि उनले जानकारी दिए । मध्य तराईको प्रमुख सीमा नाका वीरगन्ज भन्सार कार्यालयले भारतीय सवारीसाधनलाई दुई किसिमको प्रवेश-पास दिने गरेको छ । नजिक तीन किलोमिटरभित्र भारतीय सवारीसाधन भन्सार कार्याल्ायको अनुमति पास बोकेर घुम्न पाउँछन् भने अस्थायी पैठारी महशुल तिरेका भारतीय सवारीसाधन नेपालभरि घुम्न पाउँछन् ।
'तर, भारतीयहरूले नेपालीलाई हेपेर कहिलेकाहीँ त निःशुल्क गाडी गुडाइरहेका हुन्छन्, कतिन्जेल नेपालभित्र उनीहरू बस्छन्, कसैले चेकजाँच गर्ने चलन छैन,' वीरगन्ज भन्सार कार्यालयका एक अधिकारीले भने, 'भारतका गाडीहरू सस्ता छन्, भन्सार छलेर भित्रिएपछि कम मात्र भारत फर्किन्छन् ।'
भारतीय सवारीसाधनबाट निश्चित शुल्क लिएर सुरक्षा संवेदनशीलताका आधारमा कहाँसम्म जान दिने भन्नेमा नेपाली सुरक्षा अधिकारीलाई सरकारले कुनै निर्देशन दिएको छैन । भन्सार अधिकारीहरू त भन्सार रकम बुझाएपछि भारतीय गाडीलाई नेपालभर निस्पिmक्री घुम्न पाउने अनुमति रहेको बताउँछन् ।
'हामीकहाँ प्रचलित नियमअनुसार भारतीय सवारीसाधनहरू दिनअनुसारको महशुल तिरेर नेपालभित्र आउँछन्, त्यतिदिनसम्म उनीहरूले नेपालभरि नै घुम्न पाउँछन्,' भन्सार विभागका महानिर्देशक टंकमणि शर्माल्ो नयाँ पत्रिकासँग भने, 'तर, नेपाली गाडीलाई भारतभित्र निर्वाध रूपमा जान दिइएको मैले पाएको छैन ।' नेपालमा अपराध गरेर खुला सीमाको फाइदा उठाउँदै अपराधीहरू भारतमा लुक्न जाने गरेका छन् । 'अपराधी जुनसुकै स्थानमा आउने, अपराध गरेर भारतभित्र पसेर लुक्नका लागि कुनै समस्या छैन,' वीरगन्जका एक प्रहरी अधिकृतले भने ।
वीरगन्ज भन्सार नाकाबाट मात्रै दैनिक दुई हजारसम्म भारतीय गाडी नेपाल छिर्छन् । विराटनगर, सुनौलीलगायत मुख्य, छोटी र चोर नाकाबाट पनि भारतीय गाडी नेपाल प्रवेश गर्ने गरेका छन् । 'भन्सारको बाटोबाट आएको त थाहा हुन्छ, तर कति फर्किन्छन् भन्ने खासै लेखाजोखा छैन,' भन्सार अधिकारीहरू बताउँछन् ।
'एक वर्षमा पटक-पटक गरेर एक महिनामात्र नेपालमा भारतीय सवारीसाधन आउन दिइन्छ, त्यसभन्दा बढी दिने चलन छैन,' वीरगन्ज भन्सार प्रमुख लावण्य ढकालले भने, 'जति दिनका लागि रकम तिरेको हो, त्यतिदिनभित्र भारत फर्किएनन् भने सवारीसाधन जफत गरी लिलाम गर्न सकिने नियम छ ।' भन्सार कार्यालय वीरगन्जले गत वर्ष ४३ भारतीय सवारीसाधन जफत गरेर लिलाम गरेको उनको भनाइ छ ।
नेपालमा भारतीय गाडीको आवतजावत निर्वाध हुने गरे पनि नेपाली गाडी भारत जाँदा भने केन्द्र सरकारकै स्वीकृति लिनुपर्छ । 'काठमाडौंस्थित भारतीय राजदूतावासले लेखेको पत्रका आधारमा मात्रै नेपाली सवारीसाधनले भारतका विभिन्न ठाउँ जान पाउँछन्,' एक प्रहरी उच्च अधिकारीले भने, 'भारतको त राज्यपिच्छे प्रवेश-पासको फरक-फरक नियम छ, कहिलेकाहीँ दूतावासकै पत्रले पनि काम गर्दैन ।'नेपालमा भारतका जिप, कार, भ्यान, बस, मिनिबस र पर्यटकका लागि चार सय, मोटरसाइकल र स्कुटरका लागि एक सय, तीनपांग्रे सवारीसाधनका लागि तीन सय र मालबाहक परिवहनका लागि दैनिक आठ सय रुपैयाँका दरले भन्सार महसुल बुझाउनुपर्ने प्रावधान छ ।

 
सिलबन्दी कन्टेनरबाटै राजस्व चुहावट
भन्सारले चेक जाँच गरी सिलबन्दी गरेको कन्टेनरबाट पनि राजस्व चुहावट ? सामान्यता चुहावटको परिकल्पना गरिँदैन । तर वीरगन्ज भन्सारले चेकजाँच गरी सिलबन्दी गरेको कन्टेनरबाटै बारम्बार चुहावट हुने गरेको तथ्य फेला परेको छ ।
केहीअघि भन्सारबाट सिलबन्दी भई काठमाडौं जाँदै गरेको ना२ख  ४७८० नम्बरको ट्रकमा प्रज्ञापनपत्र -एलडिआर १४२०) मा उल्लेख गरिएभन्दा तीन लाख रुपैयाँ बढीको सामान पाइएको राजस्व अनुसन्धान इकाईले फेला पारेको हो । भन्सारले उक्त ट्रकमा साउन २२ मा सिल लगाएको थियो । बढी सामान बोकेको पाइएपछि राजस्वले जरिवानासहित ट्रक जफत गरिसकेको छ ।
त्यसैगरी प्रज्ञापनपत्रभन्दा बढी सामान फेला परेपछि राजस्वले ना२ख ९३९७ नम्बरको सिलबन्दी ट्रक पनि नियन्त्रणमा लिएको छ । यो ट्रक पनि जफत हुने राजस्वले जनाएको छ । भन्सारले यो ट्रकलाई कात्तिक ८ मा सिलबन्दी गरेको थियो । राजस्व इकाईले भन्सारबाट छुटेका सिलबन्दी गाडीलाई चेकजाँच गर्दा राजस्व छलेको फेला परेको हो ।यता भन्सारले सिलबन्दी गरेको गाडीलाई सुराकीका आधारमा राजस्वले धमाधम पक्राउ गर्न थालेपछि व्यवसायी भने आक्रोशित भएका छन् । राजस्वले व्यवसायीमाथि पूर्वाग्रही भएर सामान बरामद गर्न थालेको उनीहरूको आरोप छ । अर्को मुलुकबाट पैठारी गर्दा भन्सारले सिलबन्दी कन्टेनरमा मात्र सामान भित्र्याउन पाउने व्यवस्था सरकारले चालू वर्षदेखि गरेको हो । आयातीत सामानको चेकजाँच भन्सारमा हुन्छ र त्यहाँ सिलबन्दी गरिएपछि सोझै गन्तव्यमा पुर्‍याउन सकिन्छ ।
सिलबन्दी कन्टेनरमा सामान पैठारी गर्नुपर्ने नीति ल्याएपछि खुला ट्रक ढुवानी व्यवसायी सरकारविरुद्ध केही समयसम्म आन्दोलित भएका थ्ािए । पछि सरकार र व्यवसायीबीच तत्काललाई खुला ट्रकलाई पनि आयात गर्न दिने सहमति भएको थियो । यता विभागको लिखित आदेशमा आफूले सिलबन्दी चेकजाँच गरेको इकाईका प्रमुख राजन खड्काले बताए । 'विशेष सुराकीको अधारमा राजस्व छलेको विभागले सूचना पाएपछि सिलबन्दी ट्रकको नम्बरसहित चेकजाँच गरेका हांै,' उनले भने, 'यसरी सिलबन्दी गरिएको ट्रकमा चुहावट हुनु मिलोमतोको संकेत गर्छ ।'
कर छल्नेलाई स्थलगत कारबाही
काठमाडौं, ८ माघ
आन्तरिक राजस्व विभागले कर छली र नक्कली बिलबिजक दिने व्यापारीलाई स्थलगत कारबाही गर्ने भएको छ । उपत्यकाका प्रत्येक कर अधिकृतलाई साताको एकपटक अनिवार्य रूपमा सहायक कर्मचारीसहित बजार अनुगमनमा जान र गैरकानुनी कारोबार गरेको भेटिए स्थलगत रूपमै कारबाही गर्न विभागले निर्देशन दिएको होे । कर अधिकृतले छली भएको कर र जरिवाना तत्काल असुली गर्नेछन् । उपत्यकामा करिब १ सय ५० कर अधिकृत छन् । “उनीहरूलाई पालैपालो साताको एकपटकका दरले अनुगमनमा पठाइनेछ,” विभागका महानिर्देशक टंकमणि शर्माले भने । विभागले आइतबार सबै आन्तरिक राजस्व र करदाता सेवा कार्यालयका प्रमुखलाई बोलाएर तत्काल बजार अनुगमन सुरु गर्न र कारबाहीलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो ।
बजारमा वस्तु तथा सेवाको कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) बिल नै जारी नगर्ने, नक्कली बिलबिजक दिने, आम्दानीको हिसाबकिताब दुरुस्त नराख्ने, घरबहाल कर नतिर्ने वा कम देखाउने, शिक्षा सेवा कर नतिर्ने विद्यालयलगायत करको दायरामा रहेका सबै क्षेत्रमा अनुगमन बढाइने शर्माले बताए । “प्रत्येक कर अधिकृतले एक अनुगमनमा पाँचदेखि १० वटा कारोबार अनुगमन गर्नुपर्नेछ,” उनले भने । बजारमा अधिकांश कारोबारमा बिलबिजक जारी नहुने पाइएकाले पनि अनुगमन बढाउन लागिएको हो । फर्महरूको कारोबार  भिडाउँदा ठूलो अन्तर देखिएपछि अनुगमन बढाउन लागिएको शर्माले बताए । अनुगमनका क्रममा कर अधिकृतले घरबहाल कर, शिक्षा सेवा करको तत्काल असुली गर्नेछन् । यसअघि नक्कली भ्याट बिल प्रकरणमा मुछिएका ५ सय १८ फर्ममध्ये बाँकी ५० फर्मको अनुसन्धान यही महिनाभित्र पूरा गर्न विभागले निर्देशन दिएको छ । ठूला करदाता कार्यालयअन्तर्गत ५० फर्मको अनुसन्धान बाँकी छ ।
विभागले कर बक्यौता असुलीका लागि पनि तत्काल कारबाही बढाउने भएको छ । सबै कर बक्यौतालाई चालू आवको अन्त्यसम्म शून्यमा झार्ने लक्ष्य विभागको छ । विभागले भ्याटको कार्यविधिसमेत नयाँ बनाउने तयारी गरेको शर्माले जानकारी दिए । “भ्याट प्रणालीलाई व्यवस्थित बनाउन कर परीक्षण र छनोटको आधार तयार गरिनेछ,” उनले भने ।
अघिल्लो वर्षको तुलनामा ६ महिनामा २१ प्रतिशतको राजस्व वृद्धिदर भएको छ । विभागले ४३ अर्ब ६२ करोडको लक्ष्य लिएकोमा ४४ अर्ब ८३ करोड राजस्व असुली गरेको छ । घरबहाल करतर्फ ६ महिनामा  १३९ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । अधिकांश विद्यालय र शैक्षिक संस्थाको विरोधका बाबजुद शिक्षा सेवा कर संलग्न भएको महानिर्देशक शर्माले बताए । “केही छुटेका शैक्षिक संस्थाबाट शुल्क असुलीका लागि सबै राजस्व कार्यालयलाई निर्देशन दिइएको छ,” उनले भने, “अहिले बाहिर विद्यालयले जति विरोध गरेका छन्, त्यो मात्रामा शुल्क नतिरेको पाइएन ।” शिक्षा सेवा करतर्फ विभागले ६ महिनामा ७७ करोड रुपैयाँ असुली गरेको छ ।
राजस्व नतिरी भारतीय सवारी चलाउने बढे
 भन्सार राजस्व नतिरी भारतीय नम्बर प्लेटका सवारीसाधन चलाउनेको संख्या जिल्लामा निकै बढेको छ । यस्ता सवारीको राजस्व नतिर्नेमा सभासददेखि जिल्लाका प्रमुख दलका नेतासमेत छन् । भन्सार कार्यालयले कडाई गर्न नसक्दा बर्षेनी सरकारलाई आउने करौडौ रुपैया राजस्व गुम्दै आएको छ । बर्षौदेखि जिल्लाभित्र निर्वाध प्रयोग हुँदै आएका भारतीय नम्बर प्लेटका जीपबारे सम्बन्धित निकायले चासो देखाएको छैन ।
भारतबाट सस्तो मुल्यमा खरिद गरी ल्याइने सवारी साधन जिल्लाभित्र निर्वाध चल्दै आएका छन । उनीहरुले महिनामा ८/१० पटक मात्र भन्सार राजस्व तिरी बाकी समय त्यतिकै चलाउने गरेका छन् । कांग्रेस सभासद कृष्ण यादवले भारतीय जिप लिएर राजधानी जाने बेलामा मात्र राजस्व तिर्ने गरेको गौर भन्सार कार्यालयले जनाएको छ । उनले खरिद गरेको भारतीय जीपको नम्बर प्लेटसमेत राखिएको छैन । 
माघमा उनले पुसकै अस्थायी नम्बर प्लेट राख्दै आएका छन् । सभासद यादवले भने नियमानुसार राजस्व तिर्दै आएको दाबी गरे । जिल्लाभित्र चल्ने यस्ता सवारी साधन विवाह, उत्सवलगायतका प्रयोजनमा भाडामा चलाउने गरेको पाइन्छ । त्यस्ता सवारी बाहिर जाँदा मात्र एक दिनको ४ सय ५२ रुपैया भन्सार राजस्व तिर्ने गरिएको छ । गौर भन्सार कार्यालयका अनुसार दैनिक भारतीय नम्बरका सवारीबाट १० देखि ११ हजार राजस्व असुली हुने गरेको छ । जिल्ला भित्र चल्नेयस्ता सवारी संख्याको तुलनामा यो राजस्व निकै कम हो ।
भन्सार अधिकृत लक्ष्मणसिंह श्रेष्ठले निकै कमले भारतीय सवारीको भन्सार राजस्व तिर्ने गरेको बताए । उनले भने 'संख्या यकिन छैन । भित्रभित्र लुकाएर चलाइएकाले थाहा नभएको होला ।'  सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख हृदयनारायण मण्डलले भन्सार नतिरी चलाउने सवारी साधनहरुलाई चेकजाच कडा पारेको बताए । उनले भने 'हामीले भन्सार तिरेको हेरेर मात्र छाड्ने गरेका छौ ।'पछिल्लो समयमा वीरगन्ज र आसपासका क्षेत्रमा भारतीय नम्बरका गाडीको प्रयोग बढेको पाइएको छ । भारतीय नम्बरका गाडी प्रयोगले राजस्व चुहावट भइरहेको छ । राजस्व नतिरी गाडी प्रयोग गर्ने चलन बढ्दै गएको भन्सार कर्मचारीहरू बताउँछन् ।
प्रभावशाली व्यक्तिले भारतीय नम्बरको गाडी चढ्ने गरेकाले नियन्त्रणमा समस्या आएको प्रहरी अधिकारीहरू बताउँछन् । नाम उल्लेख नगर्ने सर्तमा एकले अधिकृतले भने, समात्नासाथ माथिल्लो निकायबाट दबाब आउँछ ।' भारतीय नम्बरका कार, जिप, बस, ट्याक्टर, ट्रक प्रयोग गर्दा दैनिक ४ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । मोटरसाइकलको एक सय, तीनपांग्रे सवारीको ३ सय, ट्याक्टरको २ सय र ट्रेलरसमेत भए ४ सय रुपियाँ राजस्व तिर्नुपर्छ । कडाइ नभएका कारण निकै कम राजस्व उठ्ने गरेको वीरगन्ज भन्सारका प्रवक्ता हरिहर पौडेलले बताए । उनले भने, 'गाडीको संख्या बढे पनि राजस्व भने घट्दो छ ।' भारतीय नम्बरका गाडी अस्थायी पैठारीअन्तर्गत शुल्क बुझाएर एक वर्षमा ३० दिनसम्म मुलुकभित्र चलाउन सकिन्छ । सीमावर्ती बजारसम्म किहान आएर बेलुकी र्फकनका लागि शुल्क तिर्न नपर्ने छुट दिइएको छ ।  भारतसँग सीमा जोडिएका ठाउँमा राजस्व नतिरी वर्षौंसम्म भारतीय नम्बरका गाडी प्रयोग गर्ने चलन छ । राजनीतिक दलका स्थानीय नेता, तस्कर र व्यापारीले यस्ता गाडीको बढी प्रयोग गर्ने गरेका छन् । बोलेरो, टाटा सुमो, स्कार्पियोजस्ता महँगा गाडीहरूको सहरमा प्रयोग हुने गरेको देखिन्छ । ग्रामीण भेगमा ९५ प्रतिशत भारतीय नम्बरको सवारीसाधन प्रयोगमा रहेको नगरदाहा गाविस पूर्वअध्यक्ष सोेधा यादवले बताए । 'अवैध कारोबार बढी हुने पर्साको प्रत्येक गाउँटोलमा भारतीय नम्बरको गाडी जोसुकैले देख्न सक्छन्,' उनले भने । पछिल्लो समयमा गाँजा अफिम खेती र खाद्यान्न तस्करीबाट आम्दानी बढेपछि धेरैजसो हुनेखानेले गाडी राख्न थालेको स्थानीय एमाले नेता अरविन्द सिंहको भनाइ छ ।  यस्ता अधिकांश गाडी चोरीको हुने गरेको पोखरियाका धर्मेन्द्र चौरसियाको दाबी छ । वास्तविक मूल्यभन्दा झन्डै एक चौथाइ मात्र पर्ने भएकाले गाउँमा सबैको रोजाइमा भारतीय नम्बरका गाडी पनर्ेे गरेका छन् ।

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...