Friday, February 1, 2013



         भन्सार विभागको परिपत्रले निर्यात ठप्प



काठमाडौ, माघ १९ - भन्सार विभागले भुक्तानी आएको ठाउँमा मात्र समान पठाउन पाउने परिपत्र गरेपछि बिहीबारदेखि मुलुकबाट निर्यात बन्द भएको छ । निर्यात कम हुँदै गएको अवस्थामा भन्सारले अनावश्यक बखेडा झिकेर निर्यात ठप्प पार्न लागेको व्यवसायीले बताएका छन् ।
प्रक्रिया पूरा गर्न बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार पुगेका भन्सार एजेन्टहरूलाई कर्मचारीले विभागले परिपत्र गरेको भन्दै निर्यात हुन नसक्ने जवाफ दिएका थिए । नयाँ परिपत्रले भन्सार पुर्‍याइएका गलैंचा, हस्तकला र तयारी पोसाक गोदाममा थुपि्रएका छन् । 'विभागले परिपत्र गरेपछि हामीले मान्नैपर्‍यो,' विमानस्थल भन्सारका एक अधिकृतले भने, 'विभागले किन यस्तो हावा परिपत्र गरेको भन्ने थाहा भएन ।' 
नेपाल प|mेट फरवार्डस एसोसिएसनका अध्यक्ष राजन शर्माका अनुसार खरिदकर्ता एक ठाउँमा बसे पनि उसले सामान बिक्री गर्ने बजार अर्को हुन सक्छ । जस्तो मलेसियामा बस्ने व्यवसायीले नेपाली सामान खरिद गरी युरोपको बजारमा पठाउन सक्छ । यस्तो अवस्थामा उसले सामानको भुक्तानी मलेसियाबाट गरे पनि सामानचाहिँ सोझै युरोप पठाउनुपर्ने हुन्छ ।

सामान पहिला मलेसिया झिकाएर युरोप पठाउन सम्भव हुन्न । भुक्तानीकै लागि उसले युरोप जानुपर्ने हुँदैन । भन्सारको नयाँ परिपत्रअनुसार अब सामान मलेसिया नै पठाउनुपर्छ वा भुक्तानी पठाउन युरोप पुग्नुपर्छ । 'यसरी अब निर्यात हुँदैन,' उनले भने, 'बरु भन्सार विभागले अब निर्यात बन्द भन्दिए हुन्छ ।'
यस्तो परिपत्रबारे मन्त्रालयलाई जानकारी नभएको अर्थसचिव शान्तराज सुवेदीले बताए । 'के भएको रहेछ म बुझ्छु,' उनले  भने । समस्या चाँडै समाधान भए पनि एक दिन निर्यात बन्द हुँदाको असर हप्तौं पर्ने शर्माले बताए । 'आज सामान बोक्न आएका जहाज रित्तै उडे, भोलि सामान राख्ने ठाउँ नभएर यसै सामान रोकिन्छ,' उनले भने । विमानस्थलबाट दैनिक २५ टनको हाराहारीमा गलैंचा, तयारी पोसाक र हस्तकलाका सामान निर्यात हुन्छ । 
विभाग निर्यातको तुलनामा आयात बढ्दै गएकाले व्यापार डरलाग्दो गरी बढ्दै गएको छ । चालू आर्थिक वर्षमा आयातको तुलनामा निर्यात १४ प्रतिशत मात्र छ । प्रधानमन्त्री, अर्थमन्त्रीलगायतले निर्यात प्रवर्द्धन गर्ने बारम्बार बताउँदै आएका छन् । 'भन्सारचाहिँ निर्यातलाई असहज बनाउन लागिपरेको छ,' एक गलैंचा व्यवसायीले भने । सामान आयात गर्दा न्यून बिजकीकरण, गलत घोषणा गरिने भएकाले कर्मचारीले अतिरिक्त लाभ पाउँछन् । पछिल्लो समय भन्सारमा भ्रष्टाचार बढ्दै गएको गुनासो अर्थ मन्त्रालयमा पुगेको छ । निर्यातमा राजस्व नलाग्ने भएकाले निर्यातकर्ताले न्यून बिजकीकरण वा गलत घोषणा गरिरहनु पर्दैन । यसैले निर्यातकर्ताले सामान्य दस्तुरीबाहेक केही दिँदैनन् । यसैले पनि निर्यातलाई भन्सारले असहज बनाउन खोजेको व्यवसायीको आरोप छ । 'आयातमा हामीलाई व्यक्तिगत लाभ हुन्छ, निर्यातमा हुँदैन भनेर निर्यात बन्द गरे हुन्छ,' एक व्यवसायीले आक्रोश पोखे ।     
आर्थिक वर्षको ५ महिनामा वस्तु व्यापार घाटा ३० दशमलव ३ प्रतिशतले चुलिएको छ । यो १ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको हो । जसमा भारतसँगको मात्र व्यापार घाटा ३३ प्रतिशतले बढेको छ । यसअघि भन्सार विभागका महानिर्देशक पौडेलले साबुन बनाउन प्रयोग हुने रिठामा लाग्दै आएको निकासी शुल्क १ रुपैयाँबाट बढाएर ५ रुपैयाँ बनाउन भन्सार कार्यालयहरूलाई मौखिक निर्देशन दिएपछि यो जडीबुटीको निकासी ठप्प छ । उनले केहीअघि धुलिखेलमा हिमालय सीमापार व्यापार संघले आयोजना गरेको एक कार्यक्रममा पेट्रोलियम र औषधिबाहेकका उत्पादन आयात रोक्नुपर्ने धारणा राखेका थिए । उनलाई अर्थ मन्त्रालयभित्र अन्तर्राष्ट्रिय व्यापार नबुझेका भन्सार प्रमुख भन्ने गरेका छन् । विश्व व्यापार संगठन -डब्लूटीओ) लगायत बहुराष्ट्रिय र क्षेत्रीय संगठनमा गरिएको प्रतिबद्धताअनुसार हातहतियार, मानव, पशु र वनस्पति स्वास्थ्यमा असर पर्नेबाहेकका उत्पादनलाई रोक लगाउन पाइँदैन ।

Sunday, January 27, 2013

ग्रे मार्केटबाट आएका सेटका कारण व्यवसायमा असर परेको छ 

दिकेश मलहोत्रा
अध्यक्ष

इन्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालि


काठमाडौंको धुम्बाराहीमा २५ वर्षअगाडि जन्मिएका दिकेन्द्र मलहोत्रा पछिल्लो समयमा एक चर्चित युवा व्यवसायीको रूपमा अगाडि आएका छन् । विदेशमा अध्ययन  पूरा गरेर गत महिना स्वदेश फर्किएका मलहोत्रा पनि आफ्नो पारिवारिक व्यवसायीमा संलग्न हुन थालेका हुन् । विश्व बजारमा विद्युतीय सामग्रीको काराबारमा आफ्नो उत्पादनलाई ‘नम्बर वान’ बनाउन फल सामसुङ कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेजमार्फत सो ब्रान्डको प्रवद्र्धन गर्दै आएका युवा व्यवसायी मलहोत्रासँग नेपाली बजारमा मोवाइलको भविष्य र यसका चुनौतीका बारेमा केन्द्रित भएर हिमालय टाइम्सका लागि रोशन कार्कीले गरेको कुराकानीको मुख्य अंश======================

नेपालमा मोवाइल व्यवसायको भविष्य कस्तो देख्नुभएको छ ?

नेपालमा मात्र नभएर अहिले ठूला–ठूला विद्युतीय सामाग्रीभन्दा हलुका र छरितो सामानको माग बढ्दो क्रममा रहेको छ । केही वर्ष अगाडिको तुलनामा अहिले कम्प्युटरमा गरिने सबै काम प्रायः मोवाइलबाट हुन थालेका कारण ५÷१० वर्षभित्र यस क्षेत्रले उच्च स्थान ओगट्ने देखिएको छ । त्यसैले नेपालमा पनि मोवाइल व्यवसायको भविष्य सुनौलो देखिएको छ । त्यसमा पनि विश्वको नम्बर वान ब्रान्ड बन्न सफल कम्पनीको आधिकारिक बिक्रेता भएका कारण मैले यो भन्नै पर्छ कि ब्रान्डेड सामानको कारोबार नेपाललगायत विश्वमै राम्रो छ । पहिले–पहिले ठूला आकारका मोवाइल, ल्यापटपलगायत सामानको प्रयोगमा आउने गरेको थियो, तर समय परिवर्तनसँगै उपभोक्तामा पनि साना, हलुका सामानप्रति आकर्षण बढ्दै गएको छ ।


नेपाली उपभोक्ताको आम्दानीअनुसार ब्रान्डेड मोवाइल खरिद गर्न सक्ने अवस्थमा छैन भनिन्छ नि ?
यहाँले भनेअनुसार एकतर्फबाट हेर्दा यो सही हो, तर हामी व्यवसायीले नेपाली बजारमा न्यून र उच्च आय हुने सबै वर्गलाई लक्षित गरी ब्राण्डेड मोवाइलहरू ल्याएका छांै । सामसुङ ब्रान्डकै कुरा गर्दा २ हजार ८ सय रुपैयाँदेखि ७० हजार रुपैयाँका ब्रान्डेड मोवाइल सेट बजारमा उपलब्ध छन् । हाम्रो कम्पनीले सबै क्षेत्र र वर्गलाई न्याय गरेको छ जस्तो लाग्छ । सबै उपभोक्तालाई सम्मान र आदार गर्दै भविष्यमा अझै सस्तो ब्रान्डेड सेट ल्याउने तयारीमा छौ ।

बजारमा चीनमा उत्पादित कम गुणस्तरका मोवाइल सेटहरू भेटिन्छन्, यसबाट ब्रान्डेड मोवाइलको व्यापारमा कस्तो असर परेको छ ?
हो, यहाँ ‘ग्रे’ मार्केटबाट सामानहरू आयात हुने कारण हाम्रो व्यवसायमा समस्या उत्पन्न भएको छ । चोरी बाटोबाट आउने सामान र भन्सार विन्दुबाट सरकारी नियम पूरा गरेर आउने सामानमा फरक पर्छ । यहाँ उपभोक्ताको चाहाना अनुसारका सेटको बिक्री गर्नुपर्ने अर्को बाध्यता रहेको छ । तर बजारमा अवैधरूपमा आउने सामानको नियन्त्रण हुन नसक्दा अर्बौं खर्र्चिएको व्यवसाय प्रभावित हुँदा दुःख लाग्नु स्वाभाविक हो । त्यसैले मोवाइल सेट खरिद गर्दा वारेन्टीसहितको होलोग्राम लगाइएका सेटहरूमात्र खरिद गर्न पनि म आग्रह गर्छु ।

सामसुङका मोवाइलहरू विश्वमा चर्चित हुनुका कारण के हो ?
हो, अहिले विश्व बजारमा सामसुङ कम्पनीका सामानहरू नम्बर वानमा रहेको छ, तर यो नम्बर वानमा रहनुको मुख्य कारण मोवाइल सेटको गुणस्तर, मोडल र सुविधाहरू नै होे । किनकि यस कम्पनीले उत्पादन गर्ने मोवाइल सेटहरू सोही देशको भौगोलिक अवस्था र ‘नेटवर्क’ लाई अध्ययन गरेर उत्पादन गर्ने भएकाले यो कम्पनी पहिलो स्थानमा पर्न सफल भएको हो ।
हिमालय टाइम्स दैनिकमा माघ १४–२०६९ को पृष्ट १० मा प्रकाशित

यहाँहरूको सक्रियतामा मोवाइल एक्स्पो सञ्चालन भइरहेको छ, किन एक्स्पोको आवश्यकता महसुस गर्नुभयोे ?
यो मेलामा हाम्रो संलग्नता विश्व बजारमा आएका पछिल्ला प्रविधिबारे आम उपभोक्तालाई सचेतना र जानकारी गराउने नै मुख्य उद्देश्य हो । एकै छानामुनि ल्याएर आफ्ना सामान परिचय गराउन प्रत्यक्षरूपमा उपभोक्तसँगको भेटघाट गराउनु, कमिकमजोरी र प्रशंसा उपभोक्ताकै मुखबाट सुन्नु र गल्तीलाई सच्चाउने माध्यमका लागि मेला आवश्यक हुन्छ ।

एक्स्पोमा उपभोक्ताले कस्तो सेवासुविधा पाउछन् ?
मेलाबाट उपभोक्ताले सबै प्रकारका मोवाइल सेटहरू आफंैले प्रयोग गरी खरिद गर्न पाउनेछन् । पछिल्लो प्रविधिबारे जानकारी लिन सक्नेछन् । व्यापारभन्दा पनि उपभोक्ताले सैद्धाान्तिक ज्ञानका साथै अन्य सुविधा प्राप्त गर्ने अवसर पाउने भएकाले यसले व्यवसायी तथा उपभोक्तालाई फाइदा हुन्छ । हाम्रो कम्पनीले मेलाकै अवसर पारेर स्मार्ट फोन, ट्यावलेट तथा साधारण सेटहरू राखेको छ । मेलामा ग्यालेक्सी सिरिजका मोवाइल तथा ट्यावलेट रहेका छन् भने एक महिनाभित्र ग्रान्ड आरएएक्स ७० मोडलको सेट पनि आउँदै छ ।

उपभोक्ताका लागि एक्स्पोमा र बाहिर मोवाइल खरिद गर्दाका फाइदा के छन् र ?
एक्स्पोमा छुट व्यवस्था हुन्छ र छनौट पनि धेरै हुन्छन् । ग्राहकले मनलागेको मोवाइल एकै छानामुनि पाउँछन् । तर पनि सामान किन्दा मेला र बाहिर किन्नुमा खासै अरू फरक पर्छ जस्तो लाग्दैन ।

मोवाइलको बिमा योजना पनि ल्याउने तयारीमा हुुनुहुन्छ कि ?
हो, आगामी फ्रेबु्रअरीबाट पहिलो चरणमा महँगो सेटका बिमा गर्ने तयारीमा छौं । सामसुङ ग्यालक्सी एस थ्री, र नोट टूबाट बिमा सूरु गर्ने भएका छौ । यसबाट कस्तो प्रतिक्रिया आउँछ, सोही आधारमा सामसुङका सबै सटेमा बिमा गर्ने लक्ष्य कम्पनीको छ । हाम्रो कम्पनीबाट खरिद गरिएका सेटहरू पानीमा खसेर बिग्रिए वा फुटेमासमेत हामी त्यसको बिमा फिर्ता दिने व्यवस्था गर्दैछौं ।

एक्स्पोमा कति कारोबार होला भन्ने अपेक्षा गर्नुभएको छ ?


अहिले नै यति नै एकिनसाथ भन्न सकिन्छ तर पनि गत वर्ष हामीले १ हजार २ सयवटा मोवाइल सेट बिक्री गरेका थियांै भने अहिले १ हजार ५ सयदेखि १ हजार ८ सयवटा सेट बिक्री गर्ने लक्ष्य राखेका छौं । हेरांै के हुन्छ । गत वर्षभन्दा चार गुणाले कारोबार बढ्ला भन्ने अपेक्षा गरेका छौं ।


आगामी योजना के छन् ?
हामीले आगामी वर्षमा नयाँ–नयाँ योजनाहरू बनाउनेभन्दा पनि कम्पनीले नै तयार गर्नेगर्छ । कम्पनीका कार्यक्रमलाई हामीले लागू गर्दै जाने हो । जस्तो योजना आउँछ, त्यो कम्पनीलाई भन्दा पनि उपभोक्तालाई बढी फाइदा हुने योजना आउनेछ ।
अन्त्यमा
सबै सामानको खरिद वारेन्टी कार्डबाटमात्र गर्नुहोला भन्न चाहन्छु । एकपटक आएर मेलाको अवलोकन गरिदिन पनि आग्रह गर्छु । मेलामा आएर हाम्रा कमी कमजोरी औल्याइदिए हामीलाई अघि बढ्न अझै सहयोग पुग्छ ।

Thursday, January 24, 2013

      राजस्व छली र अर्थमन्त्रीको कारबाही हुँकार
रोशन कार्की

 
जब मुलुकमा राजनीतिक अस्थितरता बढ्दै जान्छ तब त्यसको असर देशको आर्थिक विकासमा पर्ने गर्दछ । राजनीतिक अस्थिरताको फाइदा उठाउँदै व्यापारी, कर्मचारी, सुरÔा निकाय र अन्य Ôेत्रबाट आफ्नो स्वार्थका लागि काम गर्ने र योजना बनाउने खेलले तीव्रता पाउने गर्दछ । देशमा आर्थिक तथा सामाजिक अपराध गर्ने सबैलाई कारबाही गर्ने कानुन छ तर सो कानुन कार्यान्वयन गर्ने सरकार नभएकाले देशमा सामाजिक तथा आर्थिक अपराधमा तीव्रता आउने क्रम जारी छ । सरकार गठनसँगै विघटन हुने क्रमले पनि देशका अधिकांश भन्सार नाका, सरकारी कार्यालय, बैंक वित्तीय, अपार्टमेन्ट, तरकारी बजार, चिया पसल, खाद्यान्न पसललगायत सबैतिर आफ्नै खुशीमा मूल्यवृद्धि र कालोबजारी गर्ने क्रममा पनि नियन्त्रण हुनुको साटो झन् बढ्दो छ ।
तीन सय ६५ दिनमा मुलकभित्र करिब ३ सय ६६ वटा चाडपर्व पर्ने गर्दछन् । सरकारले चाडपर्वको नाममा सार्वजनिक बिदा पनि दिने गरेको छ । तर चाडपर्वको नाममा हुने कालोबजारी र अत्यावश्यक खाद्यान्नको कृत्तिम अभाव सिर्जना गर्नेतर्फ नियन्त्रण गर्न सरकारको ध्यान गएको छैन ।
बेलाबखत समाजमा खुलेका संघसंस्थाको सहयोग लिएर वाणिज्य विभागले बजारमा गएर अत्यावश्यक सामग्रीको अनुगमन गरे पनि हालसम्म अनुगमन गरेको र शिलबन्दी गरेको पसल, उद्योगलगायत अन्य Ôेत्रमाथि कस्तो कारबाही भयो भन्ने जानकारी कहीँ कतैबाट भएको छैन । एक दिनमा हुलका हुल सरकारी सवारी साधनमा सयर गरेर अग्रिम जानकारीका साथ पुगेका अनुगमन टोलीले औपचारिकता पूरा मात्रै गरेको देखिन्छ । विगत पाँच वर्Èदेखि वाणिज्य विभागले कृत्तिम अभाव र अखाद्य वस्तुको बिक्रीवितरण गरेकाको कारखाना र पसलमा गई छापा मार्ने र तीन दिनको म्याद थमाएर कार्यालय फर्किएपछि दुई दिनमा सबै कुरा भित्रभित्रै मिलाई कारबाही नगरेका उदाहरण धेरै छन् ।
यता, सधैंजसो हुने विÈय भए । अब लागौं राज्यको खर्चमा ८० प्रतिशत रकम संकलन गर्ने मुलुकको भन्सार कार्यालयतर्फ अस्थिर सरकारको फाइदा उठाउँदै विगतका वर्Èदेखि अवैध दस्तुरी संकलन गर्ने काम भएको छ । व्यवसायीले विभिन्न रूपमा राजस्व छली गर्ने क्रममा नियन्त्रण हुनुको साटो झन् मौलाएको छ ।
अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममा राजस्व छली गर्नेलाई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिए पनि करछली कार्यमा तीव्रता आएको छ । सरकारले करछलीको नाममा छापा मारी कारबाही गर्नुभन्दा पनि व्यक्तिगत बैंक खातामा रकम राख्न लगाउने गरी सामान्य कारबाही गरिन्छ । अर्थमन्त्रीले कारबाहीमा कुनै कसुर बाँकी नराख्न दिएको निर्देशनसँगै आफ्नो अनुकुलतामा रकम असुली गर्ने गरेको समेत सार्वजनिक हुँदै आएको छ ।
एमाओवादीको नेतृŒवमा गठित सरकारसँगै पुनः भन्सार कर्मचारीबाट दस्तुरी संकलन हुन थालेको छ । मुलुकको अधिकांश मुख्य भन्सार कार्यालयका कर्मचारीले चाडपर्व खर्चको नाममा भन्सार जा“च गर्ने क्रममा अतिरिक्त शुल्कको रुपमा दस्तुरी संकलन हुन थालेको हो ।
तत्कालीन अर्थमन्त्री डा.बाबुराम भट्टराईको पालामा बन्द गराएको भन्सार दस्तुरी, मेसको नाममा रकम संकलन पुनः उनैको नेतृŒवमा सरकार सञ्चालन भएकै दिनदेखि मुख्य भन्सार नाकामा दस्तुरी संकलन सुरु भयो । डा. भट्टराईले सरकारको बागडोर सम्हालेकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय, वीरगञ्ज भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र विराटनगर भन्सार कार्यलयका कर्मचारीहरूले अतिरिक्त रकम संकलन गर्न आफ्ना कर्मचारीलाई निर्देशन जारी गरी संकलन हुने गरेको छ ।
सोही निर्देशनअनुसार वीरगञ्ज र सुख्खा बन्दरगाहबाट तेस्रो मुलुकको सामान आयात गरिँदा ४० फिटको कन्टेनर भ्यानबाट ५० हजार र २० फिटको कन्टेनरबाट ३५ हजार रुपैया“ अतिरिक्त शुल्कको नाममा असुली गर्न थालेको छ । भारतसँग सिमाना जोडिएका मुख्य भन्सार कार्यालयमा व्यापारीले सामान आयात निर्यात गर्दा भन्सार प्रक्रिया पूरा गर्दा नै कर्मचारीहरूले अतिरिक्त शुल्क असुल गरेरमात्र सामान भन्सार चेकजा“च गर्ने गरेको गुनासो पीडित व्यापारीको रहेको छ ।
भन्सार विभागले आफ्ना कर्मचारीको आचरणमा सुधार ल्याउन विभिन्न नीति नियम लागू गरे पनि कर्मचारीबाटै सोको व्यवस्था गर्दै सो रकम असुली गर्न कर्मचारीहरू सक्रिय भएका छन् । यस कार्यमा वीरगञ्ज भन्सार कार्यालयमा खरिदार, जाँचकी र भन्सार अधिकृतले सो शुल्क संकलन गरी सबै तहका कर्मचारीलाई बाँड्ने जिम्मासमेत लिएका छन् । उता बैंकबाट लिएको ऋण समयमा तिर्न नसकेपछि आपूmखुशी ‘क्यारिङ समिति’ को नाममा एक व्यवसायीसँग एकपटकमा ५० लाख रुपैयाँ संकलन गरेको सार्वजनिक हँुदासमेत अर्थमन्त्रालय बेखबर हुने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक सोबारे सत्यतथ्य बुझिरहेको बताउँछ । तर, तातोपानी भन्सार नाकाबाट आयात गर्ने व्यापारीबाट अवैध रूपमा रकम संकलन भइरहेको छ । गत पाँच महिनादेखि बिनाबिल, बिनादर्ता संस्थाले व्यक्तिगत रूपमा रकम संकलन गरेका बारेमा किन अर्थमन्त्रालय चूप लागेको छ ? यसतर्फ सरकार गम्भीर हुनुपर्ने हो तर हालसम्म कुनै चासोसमेत राख्न चाहँदैन ।
सो भन्सार नाकाबाट सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, हिमालय सीमापार वाणिज्य व्यापार संघ र नेपाल ट्रक कन्टेनर व्यवसायी संघको नाममा सो अवैध रकम संकलन हुनु पनि राजस्व छलीको रूपमा हेर्न सकिन्छ ।
भन्सार कर्मचारी र व्यवसायीको मिलेमतोमा भने तातोपानी भन्सार नाकामा पुनः मेसको नाममा रकम असुली गर्न थालिएको छ । सो नाकाबाट आयात निर्यात हुने सबै सामानबाट प्रतिकन्टेनर निर्यातका हकमा २० हजार र आयातको हकमा ४० हजार रुपैया“ असुली गर्ने भन्सार कर्मचारीको सहयोगमा ठूला व्यापारीले रकम असुली गर्न थालेका छन् । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा पनि सो शुल्क संकलन गरेबापत् राजस्व नै नतिरी आयातकर्ताको गोदाममा पुगेको ब्राण्डेड सामानलाई राजस्व अनुसन्धान विभागले बरामद गरेपछि सो कुरा बाहिर आएको छ ।
कर्मचारीको मिलेमतोमा भएको सो समान पीएस मार्केटिङको नाममा आयात गरेको अनुसन्धान विभागबाट खुलेको छ । विभागले बरामद गरेका सो समानमा क्यामेरा, आइपोट र अन्य विद्युतीय सामान छन् । यस्तो अवैध कार्य गर्नका लागि भन्सार कार्यालयले छुट्टै एजेन्ट राखेर सो कार्य गरेको खुलासासमेत अनुसन्धानबाट खुल्न आएको छ । यसबारे अर्थमन्त्री वर्Èमान पुन भन्छन्, ‘दस्तुरी प्रथा हाल आएर पुनः सुरु भएको सूचना पाएको र त्यसबारेको सत्यतथ्य बुझ्न म आफैं मुख्य भन्सार कार्यालयको निरीÔणमा समेत गएँ तर पनि सो प्रथाको नियन्त्रण भएन । झन् उल्टो विभिन्न नाममा अवैध रूपमा रकम संकलन, राजस्व छली बढ्दै गयो ।’ एकातर्फ दैनिक दस्तुरी संकलन भइरहेको सूचना पाउँदा पनि अर्थमन्त्री पुनले भाÈणमा कडा कारबाही गर्ने बताए पनि हालसम्म सो कार्यमा उनले कुनै चासो दिएका छैनन् बरु करछली गर्नेलाई कारबाही गर्नु भन्ने तर कारबाही भने सामान्य गर्नेसमेत भित्री निर्देशन दिने गरेका छन् ।
हालै करछलीको आरोपमा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हाइल्याण्ड डिस्टेलरीको मुद्दालाई गुपचुप बनाउन र अनुसन्धान रोक्नसमेत कडा निर्देशन दिएको सम्बन्धित कर्मचारीको भनाइ बाहिर आइसकेको छ । 

राज्यका तर्फबाट दैनिक बढ्दै गएको वित्तीय अपराधमा संलग्न भएकालाई कारबाही गर्न भनेर छानबिन समिति गठनबाहेक अन्य उपलब्धि हुन सकेको छैन । चर्चामा रहेको नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी अर्बौं रुपैया“ सरकारी राजस्व ठगी गर्नेको नाम र कम्पनीलाई कानुन बाधक भएको भन्दै सूचनासमेत दिन सम्बन्धित निकाय हिच्किचाउने गरेको छ । तर, भ्याट बिल नक्कली प्रयोग गरी कारोबार गर्नेलाई हालको कानुन बाधक नभएको आन्तरिक राजस्व विभागले जनाएको छ । सरकारले चाहेको खण्डमा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व हिनामिना गर्नेलाई कारबाही गर्न कानुन बाधक छैन । यसरी अर्थमन्त्रीले वित्तीय अपराध गर्नेलाई कारबाही गर्ने हुँकार गरे पनि उनको हुँकार न भन्सारका कर्मचारीले सुने न त अन्य Ôेत्रका व्यक्तिले पत्याए । त्यसैले कारबाहीको हुँकार गर्नुको सट्टा कारबाही नै गर्ने हो कि ?
                                                                          karkirimn@gmail.com
रेडक्रसको आवरणमा खासाबाट सुन तस्करी
रोशन कार्की
काठमाडौं, माघ ९ ।
नेपाली बजारमा सुनको अभावको मौका उठाउँदै नेपाली व्यवसायीले पछिल्लो समयमा चीनको स्वशासित क्षेत्र तिब्बतको खासा बजारबाट नेपाल रेडक्रस सोसाइटीको लोगो प्रयोग गरी प्रतिबन्धित ‘सुन’ को तस्करी गर्दै आएका छन् । भन्सार कार्यालयले नेपालबाट चोरी निकासी गरी चीनतर्फ अवैध सामानको कारोबारमा कडाइ गर्न थालेपछि नेपाली व्यापारीहरू चिनियाँ व्यापारीसँग मिली सुनको अवैध कारोबार गर्न थालेको खुल्न आएको हो ।
पटक–पटक चीनको स्थलमार्ग हुँदै नेपाल भिœयाएको सुन भारत निकासी गर्ने कार्यमा तीव्रता आएपछि सो अवैध कारोबारमा समेत सुरक्षाकर्मीले निगरानी थालेको थियो । सोही निगरानी र प्राप्त सूचनाका आधारमा सिमानामा गरिएको कडा निगरानीका कारण सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट अवैधरूपमा सूनको तस्करीमा रेडक्रसको लोगो प्रयोग गरिएको खुल्न आएको हो । सोही जिल्लाको तातोपानी गाविसका स्थानीय बासिन्दा तथा रेडक्रस सोसाइटी उपशाखा तातोपानीका अध्यक्ष चन्द्र शेर्पाले रेडक्रसको लोगो प्रयोग गरी सुन आयात गर्ने गरेको सुरक्षाकर्मीले बताएका छन् । शेर्पाले चिनियाँ नागरिकसँगको मिलेमतोमा गत महिना २० किलोग्राम सुन नेपाल भिœयाएपछि सो कुरा सार्वजनिक भएको हो । 

शेर्पाले चिनियाँ व्यापारीसँग २० किलो सुन नेपाली बजार पु¥याउने जिम्मा लिएका थिए । सोहीअनुसार लामाले भरियालाई बोकाई नेपाल ल्याएको सो सुनमध्ये २ किलो सुन नपुगेकाले चिनियाँ व्यापारी र उनीबीच विवादको रहस्य बाहिर आएको स्रोतको भनाइ छ । आफूलाई समाजसेवीको रूपमा चिनाउँदै आएका शेर्पाले सो समाचारलाई गोप्य राख्नकै लागि ६ लाख रुपैयाँ गैरपत्रकारलाई बाँडेको समेत स्रोतको दाबी छ । गत महिना सुरक्षाकर्मीले काभे्रपलाञ्चोक जिल्लाको धुलिखेलमा चेकजाँच गर्दा लुकाइछिपाइ नेपाल भिœयाएको सुन बरामद गरेलगत्तै नेपाली व्यापारी पक्राउ पर्ने डरले ‘अर्धभूमिगत’ भएका थिए । आफू अर्धभूमिगत हुँदा व्यापार व्यवसाय बन्द नै हुने भएपछि शेर्पाले सो रकम खर्च गरी समाचार रोक्ने असफल प्रयास गरेका हुन् ।
नेपालबाट चीनतर्फ विदेशी रकम, लागूपदार्थ, प्रतिबन्धित सामानको निकासी गर्दै आएका सिन्धुपाल्चोकका अन्य व्यवसायीमा राजेन्द्रकुमार श्रेष्ठ, विष्णु खत्री र शेर्पा रहेको सुरक्षाकर्मीको पारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । नेपाली व्यापरीले तयारी पोशाक र विद्युतीय सामग्रीको व्यवसाय गरेर आफू धनी नहुने देखेपछि पछिल्लो समयमा व्यवसायको रूपरेखा नै परिवर्तन गरेर नयाँ व्यवसाय सुरु गरेका हुन् । यसरी राताराता कर छली गरी धनी बन्ने उद्देश्यले नेपाली बजारमा जुन वस्तुको अभाव सिर्जना हुन्छ, त्यसैको कारोबार गरेर धनी बन्ने सपना बनाउँदै पछिल्लो समयमा चीनको स्वशासित क्षेत्र तिब्बतको खासा हँुदै प्रतिबन्धित सामानको आयातमा बढेपछि सुरक्षा निकायले निगरानी बढाएको छ ।
नेपालबाट माडवरी समुदायको सामानको ठेक्का लिई भरियाको काम गर्दै आएका नेपाली व्यापारीले सुनको कारोबारमा तीव्रता ल्याएको सूचनाको आधारमा सुरक्षाकर्मीले छड्के चेकजाँचका क्रममा सुन बरामद गरेको हो । सो कार्यका लागि सिन्धु विकास बैंकका अध्यक्ष एवं सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले बैंकबाट ऋण प्रवाह गर्दै आएको सोही बैंकका एक कर्मचारीले बताए । यस सम्बन्धमा श्रेष्ठ र शेर्पासँग पटक–पटक सम्पर्क गर्दा उनीहरू सम्र्पकमा आउन चाहेनन् । रेडिमेड कपडा बोकेर खासाबाट भित्रिएको बा२ख २८२५ नम्बरको सिलबन्दी कन्टेनर भ्यानको चालक सिटभन्दा माथि हुटको सपोर्ट पाताभित्र लुकाई ल्याएको साढे ४ करोड मूल्यबराबरको सुन बरामद गरेको हो । प्रहरीले तातोपानी–४ का ४६ वर्ष सेते तामाङलाई समेत नियन्त्रणमा लिएपछि सो सुन तस्रकरीको विवरण बाहिर आएको छ ।
भन्सार ऐन १०१९ ले सिलबन्द सवारीमा राजस्व छलेको अवैध सामान भेटिए कारबाही गर्ने अधिकार भन्सार विभागलाई मात्रै दिएको छ । चिनियाँ बजार खासाबाट अरनिको राजमार्ग हुँदै अवैध सुन ल्याउँदै गरेको सुराकी आएपछि सुरक्षा प्रमुखहरूले मातहतका जिल्ला प्रमुखलाई तत्काल बरामद गर्न निर्देशन दिएका थिए । चीनबाट आउने सुनको केही प्रतिशत नेपालमा खपत हुने बाँकी सबै भारतमा निकासी हुने कारोबारी बताउँछन् । पछिल्लो समय चिनियाँ बजार खासाबाट दैनिक ५० केजि सुन तस्करले नेपाल हुँदै भारत पु¥याउने गरेको स्रोतको दाबी छ ।१ किलो सुन भारत पु¥याउँदा १ लाख ८० हजार रुपैयाँ नाफा हुने नाम उल्लेख नगर्नेे सर्तमा एक व्यवसायीले बताए । उता बजारको मागअनुसार सुन नदिएर सरकारले तस्करी बढाइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले आरोप लगाउँदै आएको छ । नेपाली बजारमा दैनिक ३५ केजि सुनको माग रहेको संघका अध्यक्ष तेजरत्न शाक्यको भनाइ छ । सरकारले १५ केजि मात्रै आयात गरेकाले सो अवैध कारोबार मौलाएको शाक्यले बताए ।

Sunday, January 20, 2013

     दुगडसँग ४० लाखमात्रै असुली गर्न निर्देशन
रोशन कार्की
काठमाडौं, माघ ६ ।
दाल तथा अन्य सामग्री तेस्रो मुलुकमा निर्यात गर्दै आएको बहुप्रतिष्ठित कम्पनी दुगड ब्रदर्स एन्ड सन्स र दुगड अटोक्लिनिक प्रालिसँग राजस्व अनुसन्धान विभागका कर्मचारीले मोटो रकम लिई कम रकम असुली गर्न निर्देशन दिइएको छ । विभागले गोप्यरूपमा गत दशंअगाडि सबै कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको सो कम्पनीसँग रकमको कुरो मिलेपछि रातारात नक्कली विवरणसहितको प्रतिवेदन तयार गरिएको थियो ।
राजस्व छल्न कम्पनीहरूले तीनवटा फाइल तयार गर्ने गरेको खुलासा भइरहेको अवस्थामा सरकारीतर्फबाट पनि दुईवटा विवरण बनाएर प्रतिवेदन तयार गरेको समेत सोही विभागका एक कर्मचारीले नाम उल्लेख नर्गे सर्तमा बताए । दुगड समूहले सरकार, बैंक र आफ्ना लागि अलग अलग तीनवटा फाइल बनाई राजस्व छल्दै आएको छ । यसरी नक्कली फाइल तयार गरी करोडौं राजस्व छल्दै आएको सो कम्पनीले भारतबाट अवैधरूपमा आयात गरेको दाल नेपाली उत्पादनको नक्कली प्रमाण बनाएर बंगलादेश निकासी गरी चार प्रतिशत रकमसमेत सरकारस“ग असुल्दै आएको छ ।
गत वर्È मूल्य अभिवृद्धि कर (भ्याट) छलीमा समातिएको सो कम्पनी अनुसन्धान विभागका कर्मचारीलाई प्रलोभनमा पारी मुद्दालाई छायाँमा पार्न सफल भएको छ । दुगड ब्रदर्स एन्ड सन्स, दुगड अटोक्लिनिक प्रालिले चालु आर्थिक वर्Èमासमेत कर तथा भ्याट छलीको गोप्य सूचनाका आधारमा विभागले दास्रोपटक छापा मारी महŒवपूर्ण विवरण नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।
भारतबाट नेपाल आयात गरेको दाल बंगलादेश पठाएर सरकारबाट नगद अनुदान लिने दुगड समूहलाई विभागले लामो समय लगाएर अनुसन्धान गरेको थियो, तर करोडौ रुपैयाँ कर छली गरेको सो कम्पनीलाई विभागले कारबाहीस्वरूप ४० लाख रुपैयाँमात्र असुली गर्न निर्देशन दिएको छ ।
विभागले कात्तिक २१ र २२ गते टिएमम दुगड समूहको पूजा दाल मिल, कोहिनुर एग्रो इन्डस्ट्जि र अमृत पल्सेज इन्डस्ट्जिमा छापा मारेको थियो । छानविनका क्रममा दुई करोडभन्दा बढीको सामान बिना बिलबिजक बिक्री गरेको पाइएको अनुसन्धानमा खुलेको छ ।
सो समूहका अध्यÔ मोतीलाल दुगड सनराइज बैंकका पनि अध्यÔ हुन् । दुगड समूहले सामान खरिद गरेभन्दा बढी स्टक राखेको समेत अनुसन्धानबाट पत्ता लागेको छ । स्टकभन्दा बढी खरिदबापत ४० लाख रुपैया“ आयकर दाखिल नगरेको देखिएपछि सम्बन्धित जिल्लाका आन्तरिक राजस्व कार्यालयलाई असुल गर्न निर्देशन दिएको विभागले जनाएको छ ।

कम्पनीले दालबाट उत्पादन गरेको बेसन पनि निर्यात गर्दै आएको छ । केही महिना अघि निकासी उद्योगका नाममा खाद्य पदार्थ प्याकेजिङग र वितरण गर्न कम्पनी स्थापना गरेको थियो । विभागमा दुगड समूहले दाल भारतबाट चोरी पैठारी गरेको र त्यसलाई बंगलादेश निर्यात गरेको उजुरी परेको थियो । यही उजुरीका आधारमा विभागले छापा मारेको हो ।
नेपाली उत्पादनको निर्यात घट्दै गएपछि सरकारले विदेशी मुद्रा (डलर) मा निर्यात गर्ने स्वदेशी कम्पनीलाई नगद सहुलियत दिने व्यवस्था गरेको छ । सरकारले निर्यातजन्य उद्योगलाई नगद अनुदान दिन ती कम्पनीले नेपाललाई दिएको ‘भ्यालु एड’ मापन गर्ने एउटा शुत्र तयार गरेको छ । शुत्रमा नेपाली उत्पादन, रोजगारी तथा, राजस्वमा योगदानलगायत विÈयलाई समावेश गरिएको छ । आर्थिक वर्È सकिनै लाग्दा, नगद अनुदान लिने कम्पनीको सूचीमा यहाँ रोजगारी सिर्जना गर्ने, डलर ल्याएर नेपाली अर्थतन्त्र जोगाउने, कार्पेट, गार्मेन्ट, पश्मिना हस्तकलाका उद्योग होइन, दाल र चाउचाउ उद्योगहरू अग्रस्थानमा देखिएका छन् ।
नेपालमा वार्Èिक दुई लाख ७१ हजार ३ सय १२ मेट्रिकटन दाल उत्पादन हुन्छ तर आन्तरिक खपतको कुनै हिसाब नगर्दा पनि दालको निर्यातमात्रै तीन लाख ७४ हजार मेट्रिकटन भएको छ । दाल कम्पनीले नेपालमा उत्पादित दाल निर्यात गरेर अनुदान लिएका होइनन् । उनीहरूले भारतबाट नेपाल आयात गरेको दाल नै तेस्रो मुलुक पठाउने र सरकारबाट सहुलियत लिन गरेका छन् ।
कम्पनीहरूले त्यही भारतीय दाललाई नेपाली दाल भएको भन्दै ८० प्रतिशतभन्दा बढी भ्यालु एड देखाएर लामो समयदेखि नक्कली विवरण पेश गरी चार प्रतिशत नगद अनुदान लिँदै आएका छन् । भारतीय दाललाई नेपाली भन्दै नगद अनुदान लिने कम्पनीको सूचीमा आफूलाई नेपालको ठूला व्यावसायिक घराना दाबी गर्ने संघाई र दुगड समूह रहेका छन् ।


संघाई ग्रुपको त्रिवेणी दाल एण्ड आयलले दुईपटक अनुदान लिएको छ भने दुगडको ज्ञान फुड प्राडक्टसले दाल निर्यातको प्रमाणपत्र देखाउ“दै नगद अनुदान लिएको छ । दुगडले विकास फ्लोर मिलबाट चक्की आटा निर्यात गरेको दखाउ“दै अनुदान लिएको छ । सबैभन्दा बढी त्रिवेणी समूहका ६ वटा कम्पनीले नगद अनुदान लिएका छन् । त्रिवेणी समूहले धनलक्ष्मी सिन्थेटिक, त्रिवेणी सिन्थेटिक, त्रिवेणी स्पिनिङ मिलस्बाट नगद अनुदान लिएका छन् ।
हालसम्म सरकारले ४६ उद्योगलाई ११ करोड रुपैया“ नगद अनुदान दिएको छ, त्यसमध्ये आधा अर्थात् २३ कम्पनीले भारतको दाल नेपालको बाटो बंगलादेश निर्यात गरेकै भरमा अनुदान लिँदै आएका छन् । भारतले दाल निर्यात गर्न प्रतिबन्ध लगाएको छ, तर त्यही दाल नेपालमा चोरी पैठारी भएपछि यहा“बाट बंगलादेश निर्यात हुने गरेको छ । नगद अनुदान लिने ४६ वटा कम्पनीमध्ये २३ वटा कम्पनी दाल उद्योग छन् ।
विभागले नियन्त्रणमा लिएको कम्प्युटर हार्डडिक्स फेर्न र दुगडले अनुसन्धानमा खटिएका कर्मचारीलाई मोटो रकम नक्कली विवरण बनाउन सफल भएको छ । नक्कली कागजात पेश गरेर सरकारी ढुकुटीबाट रकम लिने कम्पनीप्रति सरकार गम्भीर देखिएको छैन । दुगड ब्रर्दस एन्ड सन्स (टिएम दुगड समूह), दुगड अटो क्लिनिक प्रालि, चन्दनबाला इन्टरनेसनल, गुराँस इन्जिनियरिङ प्रालि, एम ट्रेड हाउस, उष्मा ट्रेर्डस र निष्ठा ट्रेर्डसविरुद्ध पनि विभागमा उजुरी परेको छ । नक्कली बिलको आधारमा सरकारी ढुकुटीबाट पैसा लिनेमा दुगड समूह अगाडि छ । अर्थमन्त्रालयले दुगडका कम्पनीले कति रकम ठगी गरेको हो भन्ने सूचनासमेत दिएको छैन ।
उक्त कम्पनीले न्यून बिजकीकरणबाट आयातित वस्तु बजारमूल्यमा आपूर्ति गर्दा नक्कली बिलबिजक प्रयोग गरेको विभागको पारम्भिक अनुसन्धानमा देखिएको छ ।

Saturday, January 19, 2013

दालमा कालो खेल गर्ने टिएम दुगड मिलसँग ४० लाख असुली गर्न निर्देशन

काठमाडौं । भारतबाट नेपाल आयात गरेको दाल बंगलादेश पठाएर सरकारबाट नगद अनुदान लिने दुगड समूहलाई राजस्व अनुसन्धान विभागले कारवाही गरेको छ । विभागले कात्तिक २१ र २२ गते टिएमम दुगड समूहको पूजा दाल मिल, कोहिनुर एग्रो इन्डस्ट्जि र अमृत पल्सेज इन्डस्ट्जिमा छापा मारेको थियो । छानविनका क्रममा दुई करोड मूल्य वरावरको सामान विना विलविजक विक्री गरेको पाइएको राजस्व अनुसन्धान विभागले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा छ ।

टिएम दुगड समूहका अध्यक्षा मोतीलाल दुगड, उनी सनराइज बैंकका पनि अध्यक्ष हुन् ।
टिएम दुगड समूहले खरीद गरे भन्दा बढी स्टक राखेको समेत अनुसन्धानमा फेला परेको छ । स्टकभन्दा बढी खरिद वापत ४० लाख रुपैयाँ आयकर दाखिल नगरेको देखिएपछि सम्बन्धित जिल्लाका आन्तरिक राजस्व कार्यालयलाई असुल गर्न निर्देशन दिएको विभागले जानकारी दिएको छ ।
विभागले टीएम दुगड समूहको वीरगञ्ज, नेपालगञ्ज र टीकापुरमा भएको उद्योग र गोदाममा छापा मारेको थियो । समूहले भारतबाट चोरी पैठारी गरेर ल्याएको दाल नेपाली उत्पादन भन्दै बंगलादेश लगेर विक्री गर्दछ । दाल तेस्रो मुलुकमा निर्यात गरेपछि सरकारले चार प्रतिशत अनुदान दिन्छ । दुगड समूहले नेपालगञ्जको पूजा दाल मिल र त्यसैको सवसिडरी कम्पनी अमृत पल्स मिल टीकापुरबाट दाल निर्यात गर्दै आएको छ ।
कम्पनीसँग यो उद्योगमा दैनिक ५० मेट्रिक टन दाल प्रशोधन गर्ने क्षमता छ । कम्पनीले मसुर ९रातो०, चना र कालो दाल निर्यात गर्दै आएको छ । कम्पनीले दालबाट उत्पादन गरेको बेसन पनि निर्यात गर्दछ । केही महिना अघि निकासी उद्योगका नाममा दाल उद्योगले कालो काम गरिरहेको  थियो । समूहले खाद्य पदार्थ प्याकेजिङ्ग र वितरण गर्न कम्पनी स्थापना गरको छ । राजस्व अनुसन्धान विभागमा दुगड समूहले दाल भारतबाट चोरी पैठारी गरेको र त्यसलाई बंगलादेश निर्यात गरेको उजुरी परेको थियो । यही उजुरीका आधारमा विभागले छापा हानेको हो । विभागले सोमवार पनि काठमाडौंका नौ स्थानमा आउटलेट खोलेको हट ब्रेडमा छापा हानेको थियो । दुगड समूह नक्कली भ्याट विल काण्डमा पनि फसेको छ ।
उता विभागले पुस अन्तिम सातामा गरिएका तीन वटा द्रुत गस्ती परिचालनवाट  तीन वटा गाडीमा वील विजक भन्दा दुई लाख २५ हजार वढीका क्यालकुलेटर, रेडिमेड कपडा, स्टिलका भांडा पाईएपछि सामानहरु जफत गरी सोही मूल्य वरावर जरिवाना समेत गरेको छ ।  विभागले पुस महिनामा भन्सार चोरी पैठारीका विचाराधीन १२ वटा फर्मको वारेमा पनि अन्तिम निर्णय गरेको छ । जसमा जीप, सर्टिंग कपडा, वेडसिट, सेरामिक साईफन, कपडा, ल्बेड, रुलिंग पाउडर,अगरवत्ति कम्पाउण्ड, केवल तार,वेवी स्ल्याक्स रहेका छन् । यसवापत रु २० लाखको विगो जफत र रु १० लाख जरिवाना असूल भएको विभागले जानकारी दिएको छ । विभागले हटब्रेड, हाइल्याण्ड डिष्ट्रिलरी, लुम्बिनी चिनी उद्योगलगायतको अनुसन्धान भैरहेको भन्दै थप विवरण सार्वजनिक गरेको छैन् ।



भारतको दाल बंगलादेश पठाएर करोडौं अनुदान, विनौद चौधरी पनि पछि परेनन्

काठमाडौं । नेपाली उत्पादनको निर्यात घट्दै गएपछि सरकारले परिवत्र्य विदेशी मुद्रा(डलर)मा निर्यात गर्ने स्वदेशी कम्पनीलाई नगद सहुलियत दिने घोषणा गरेको थियो । सरकारले निर्यातजन्य उद्योगलाई नगद अनुदान दिन ती कम्पनीले नेपाललाई दिएको ‘भ्यालु एड’ मापन गर्ने एउटा शुत्र तयार गरेको छ । शुत्रमा नेपाली उत्पादन, त्यसले रोजगारीमा दिएको योगदान, राजस्वमा पु¥याएको फाइदा लगायतका विषयलाई समावेश गरिएको छ । तर आर्थिक वर्ष सकिनै लाग्दा, नगद अनुदान लिने कम्पनीको सूचीमा यहा“ रोजगारी सिर्जना गर्ने, डलर ल्याएर नेपाली अर्थतन्त्र जोगाउने, कार्पेट, गार्मेन्ट, पश्मिना हस्तकलाका उद्योग होइन दाल र चाउचाउ उद्योगहरु अग्रस्थानमा देखिएका छन् ।
अचम्म लाग्दो के छ भने, नेपालमा वार्षिक दुई लाख ७१ हजार ३१२ मेट्रिक टन दाल उत्पादन हुन्छ तर आन्तरिक खपतको कुनै हिसाव नगर्दा पनि दालको निर्यात मात्रै तीन लाख ७४ हजार मेट्रिक टन भएको छ । यसको सिधा अर्थ हो दाल कम्पनीहरुले नेपालमा उत्पादन गरिरहेको दाल निर्यात गरेर अनुदान लिएका होइनन् । उनीहरुले भारतबाट नेपाल आयात गरेको दाल नै तेस्रो मुलुक पठाएका हुन् ।
यी कम्पनीहरुले त्यही भारतीय दाललाई नेपाली दाल भएको भन्दै ८० प्रतिशतभन्दा बढी भ्यालु एड देखाएर ढुक्कस“ग चार प्रतिशत नगद अनुदान लिएका छन् । त्यही भारतीय दाललाई नेपालीभन्दै नगद अनुदान लिने कम्पनीको सूचीमा आफूलाई नेपालको ठूला व्यवसायिक घराना दावी गर्ने संघाई र दुगड समूह छन् । (हुर्नुहोस् नगद अनुदान लिने कम्पनीको सूची)
संघाई ग्रुपको त्रिवेणी दाल एण्ड आयलले दुई पटक अनुदान लिएको छ भने दुगडको ज्ञान फुड् प्राडक्टसले दाल निर्यात गरेको प्रमाणपत्र देखाउँदै नगद अनुदान लिएको छ । दुगडले विकास फ्लोर मिलबाट चक्की आटा निर्यात गरेको दखाउँदै अनुदान लिएको छ । सबैभन्दा बढी त्रिवेणी समूहका छ वटा कम्पनीले नगद अनुदान लिएका छन् । त्रिवेणी समूहले धनलक्ष्मी सिन्थेटिक, त्रिवेणी सिन्थेटिक, त्रिवेणी स्पिनिङ मिलस्बाट नगद अनुदान लिएका छन् । अहिलेसम्म सरकारले ४६ उद्योगलाई ११ करोड रुपैयाँ नगद अनुदान दिएको छ, त्यसमध्ये आधा अर्थात २३ कम्पनीले भारतको दाल नेपालको बाटो बंगलादेश निर्यात गरेकै भरमा अनुदान लिएका हुन् । भारतले दाल निर्यात गर्न प्रतिवन्ध लगाएको छ, तर त्यही दाल नेपालमा चोरी पैठारी भएपछि यहाँबाट दाल बंगलादेश निर्यात हुन्छ ।
                   निर्यात उद्योगीहरु रुष्ट
निर्यात अनुदानका लागि पहल गर्दै आएका उद्योगीहरु दाल, चाउचाउ र मैदा उद्योगले निर्यात गरेको भन्दै नगद अनुदान पाउन थालेपछि सरकार र उद्योग विभागप्रति रुष्ट भएका छन् । उनीहरुले विभाग र केही उद्योगीको मिलेमतोमा प्रतिशतलाई गोलमाल गरेर पैसा बाँड्न थालेपछि अब नगद अनुदान दिंदा प्रतिशतका आधारमा नभई फ्ल्याट दिन प्रस्ताव गरेका छन् ।
कार्पेट, पश्मिना र गार्मेन्ट उद्योगीहरुले अर्थमन्त्रीसँग भेट गरेर आगामी आर्थिक वर्षको बजेटलाई सुझाव भन्दै फ्ल्याट दर राख्न प्रस्ताव गरेका थिए । उनीहरुका अनुसार चालु आर्थिक वर्षको पछिल्लो दश महिनामा निर्यात भएको १२ अर्ब ७७ करोड ४९ लाखमध्ये सबैभन्दा बढी गार्मेन्ट, कार्पेट, पश्मिना र हस्तकलाका सामाग्री थिए ।
तर नगद अनुदान लिने ४६ वटा कम्पनीमध्ये २३ वटा कम्पनी दाल उद्योग छन् । पहिलो दश महिनामा तीन अर्ब २८ करोड रुपैयाँ निर्यात गरेका कार्पेटमध्ये जम्मा चार वटा उद्योगले नगद अनुदान पाएका छन् । एक अर्ब ५ करोड १० लाख रुपैयाँको निर्यात गर्ने पश्मिना उद्योग र तीन अर्ब २४ करोड रुपैयाँको गार्मेन्ट निर्यात गरेका उद्योगमध्ये एउटाले पनि सुको पैसो पाएका छैनन् । हस्ताकलाका सामाग्री ९३ करोड ३७ लाख रुपैयाँको निर्यात भएको छ, जडिबुटी १९ करोड ७० लाख रुपैयाँ भएको छ तर कसैले पनि नगद अनुदान कस्तो हुन्छ भनेर देख्न पाएका छैनन् । ४९ करोड रुपैयाँको नेपाली कागज निर्यात भएको छ तर एउटा उद्योगलाई त्यही पनि जम्मा तीन प्रतिशत नगद अनुदान दिइएको छ ।
                                 चौधरी पनि पछि परेनन्
उद्योगपति विनोद चौधरीले एउटै उत्पादनका लागि दुई कम्पनीबाट नगद अनुदान लिएका छन् । चौधरी ग्रुपको वाईवाई चाउचाउले सीजी फुड्स(नेपाल) प्रालि नवलपरासी र सीजी फुड्स(नेपाल) ललितपुरको नाममा नगद अनुदान लिएको हो । सीजी फुड्स त्यही कम्पनी हो, जसले नक्कली भ्याट विल किनेर राष्ट्रिय ढुकुटीमा ठगेको आरोपमा आन्तरिक राजस्व कार्यालयले थप भ्याट र आयकर निर्धारण गरेको छ । यो कुरालाई स्वयं चौधरीले विज्ञापन विज्ञप्ति जारी गरेर स्वीकार समेत गरेका छन् ।
राष्ट्रिय ढुकुटी ठगेको आरोपमा जुन कम्पनीस“ग सरकारको एउटा निकाय आन्तरिक राजस्व विभाग राजस्व न्यायाधिकरणमा मुद्धा लडिरहेको छ, सरकारको अर्को निकाय उद्योग विभागले भने त्यही कम्पनीलाई नगद अनुदान दिएको छ । अर्कोतर्फ सीजी फुड्स नवलपरासीका नाममा एकपटक नगद अनुदान लिएपछि चौधरीलाई नैतिक रुपमा अर्को कम्पनी सीजी फुड्स ललितपुरबाट नगद अनुदान लिन मिल्दैन्, उद्योग विभाग स्रोतले भन्यो, यो सबै विभागका महानिर्देशक धु्रवलाल राजवंशीको मिलेमतोमा भैरहेको छ ।
कुन कम्पनीले लिए नगद अनुदान
कम्पनीको नाम   उत्पादन भ्यालु एड अनुदान
एग्रो प्रोसेसिङ इन्डस्ट्रिज बारा   दाल
अन्नपूर्ण अर्गानिक उद्योग, अर्घाखाँची प्रशोधित कफी १००
जिल्ला सहकारी संघ गुल्मी अर्गानिक कफी १००
धनलक्ष्मी सिन्थेटिक, सुनसरी धागो बनाउने
धनलक्ष्मी सिन्थेटिक सुनसरी धागो बनाउने  
त्रिवेणी सिन्थेटिक यार्न, बारा पोलिस्टर, यार्न ४२.१८ 
त्रिवेणी स्पिनिङ मिल्स, बारा पोलिस्टर ५०.६०
त्रिवेणी स्पिनिङ मिल्स बारा    पोलिस्टर ३५.८०
सीजी फुड्स, नवलपरासी चाउचाउ ८०.२६
कृष्ण मोर्डन दाल उद्योग, बारा   दाल ९९.९८
श्याम मोर्डन दाल मिल रुपन्देही दाल १००
न्यूट्री फड्स प्रालि विराटनगर चोकर १००
नारायणी मोर्डन पल्सेज दाल १००
आधुनिक दाल उद्योग बारा  दाल १००   
नारायणी लेदर इन्डष्ट्रिज क्रस्ट गोट ६९.९०
नारायणी लेदर इन्डष्ट्रिज डब्लु्र/बी गोट ८६.६१
नारायणी लेदर इन्डष्ट्रिज  डब्लु/बी वफ ८१.८३
फिस्टेल रग्स    ऊनी गलैचा ६३.९३
एसियन लेदर, विराटनगर वेट गोट स्किन ९१.१२
रोल्पा कार्पेट, काठमाडौ कार्पेट ७८.३२
त्रिवेणी दाल एण्ड आयल, बारा    दाल १००
श्याम मोर्डन दाल मिल, रुपन्देही दाल ९९.८७
कृष्ण आधुनिक दाल उद्योग बारा दाल ९९.३९
दुर्गा मोर्डन दाल मिल रुपन्देही दाल ९९.९६
सीजी फुड्स(नेपाल), ललितपुर चाउचाउ ८०.३३
कृष्ण मोर्डन दाल उद्योग, पर्सा दाल १००
एनएस निट्स प्रालि काठमाडौ स्वीटर ५१.८१
जोशी कार्पेट इन्डस्ट्रिज गलैचा ५१.२७
सिद्धार्थ आधुनिक दाल,रुपन्देही दाल ९९.०३
मनोज मोर्डन फुड, रुपन्देही दाल १००  
अर्पित दाल उद्योग रुपन्देही दाल    १००    ४
गेट पेपर इन्डस्ट्रिज, काठमाडौं    हाते कागज    ७५.५१   
वीरगञ्ज खाद्य उद्योग, पर्सा     चोकर    १००    ४
महावीर दाल उद्योग, पर्सा     दाल  १०० 
कफी सहकारी संघ ललितपुर    कफी    ९९.४८    ४
ठाकुर क्र्याफट्स, ललितपुर    गलैचा    ७५.५१    ३
एक्जोटिक क्रया्फट्स, ललितपुर    गलैचा    ५२.१५   
विकास फ्लोर मिल, बाँके    चक्की आटा    ९९.०४    ४
दुर्गा मोडर्न दाल मिल रुपन्देही    दाल ९९.८९    ४
ज्ञान फुड प्रोडक्ट्स    बाँके दाल    १००    ४
चन्दनवाला खाद्य उद्योग, मोरङ दाल   १००   
त्रिवेणी दाल एन्ड आयल बारा    दाल    ९८.९१   
आधुनिक दाल उद्योग बारा    दाल   १००   
कलवार एग्रो इन्डस्ट्रिज    दाल    ९९.१२   
ज्ञान फुड प्रोडक्टस    दाल    १००    ४
जिल्ला सहकारी संघ गुल्मी    कफी    ९९.०३   

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...