Saturday, February 1, 2014

पिएनदेखि सिइओसम्म आफै काम गर्दछन् जुत्ताचप्पलका लगानीकर्ता
रोशन कार्की
काठमाडौं । नेपालका अधिकाशं उद्योगमा विभिन्न पद र उपपदहरु सृजना गरेर सञ्चालन हुने गरेका छन् । तर देशै एक उद्योग छ जहाँ सवै काम एकै व्यक्तिले तल्लो तहको पददेखि उच्चपदस्थ तहसम्मको पदसमेत सम्हालेका छन् । विदेशबाट आयात हुने अधिकाशं उद्योगहरुमा पिएनको पददेखि उच्चतहसम्मको पदमा जनशक्ति माग हुने गरेको छ भने नेपाली उत्पादनको नाममा विगद केही वर्षदेखि उत्पादन हुन थालेको नेपाली जुत्ता चप्पल उद्योगमा सवै पद एकै व्यक्ति अर्थात लगानीकर्ताले नै सम्हालेका छन् । 
विगद केही वर्ष अगाडिसम्म नेपाली बजारमा विदेशी जुत्ताचप्पलले ओकटेको थियो । हाल आएर सो स्थानलाई विस्तारै ओकटन थालेपछि सो उद्योगका मालिक तथा लगानीकर्ता ‘पिएनदेखि सिइओ’ सम्म आफैले कार्यासम्पादन गर्नु परेको छ । ‘हामी विस्तारै आम उपभोक्तालाई नेपाली उत्पादनका जुत्ताचप्पल पनि विदेशीभन्दा कम छैन भन्ने सन्देश दिन सफल भएको जस्तो लाग्छ, यो हाम्रो परिक्षण काल हो जव उपभोक्ताको हामीले विश्वास दिलाउनकालागि पियनदृेखि सिइओसम्म’ को काम गरेका छौ ।’ हरुलाई नेपाल छाला जुत्ता तथा बस्तु उत्पादक संघका अध्यक्ष होमनाथ उपाध्यायले बताए । उनका अनुसार अरु कम्पनीजस्तो सवै पदमा जनशक्ति राखेर काम गर्नसक्ने क्षमतामा हामीहरु नभएकाले सवै काम आफैले गर्नु पर्ने बाध्यता रहेको बताउछन् । बिएफ डियर हिलका प्रबन्ध निर्देशक समेत रहेका अध्यक्ष उपाध्ययले भने,‘हामी सुरुकै अबस्थामा रहेका छौ त्यसैले बजारीकरण, उपभोक्ता र डिलरसंग पैसा उठाउने काम समेत आफैले गर्नु पर्छ ।’
यसैक्रममा, सो उद्योगका लगानीकर्ताहरु आफ्नो उत्पादनमा पर्ने ऐन कानून र अन्य असुविधाबारे समधान गर्न सरकारी निकायसम्म पनि समय निकालेर जानु अबस्था रहेको बताउदछन् । सो संघका सदस्य नवराज गौतमले भने,‘ सुरुको अबस्थामा रहेका कारण हामी आफै फ्याक्ट्रिमा गएर खोल्ने, कालीगढ खोज्ने, जुत्ताचप्पल बनाउनेदेखि लिएर बनेका जुत्ताचप्पल बोकेर पुन ः बजारसम्म पु¥याउने काम हामी आफैले गर्ने गरेका छौ ।’ यसरी आफैले गर्दा कुनैकुनै विषयमा भने बाधा पुग्ने गरेको अनुभब सदस्य गौतमको रहेको छ । उनले भने,‘सवै आफैले गर्दा सवैलाई भनेजस्तो समय दिन नसक्ने भएकाले विभिन्न समयमा संघ र हाम्रो उत्पादनमा पर्ने समस्यालाई समधान गर्न भने सम्बन्धित निकायसम्म जान समेत समय नहुदाँ समस्या यथावत रहने गर्दोरैछ ।’ तरपनि सवै आफैले गर्दापनि त्यसमा आफुहरुलाई भने कुनै हिनताबोध नभएको टाकुरा शु का प्रबन्ध निर्देशक समेत रहेका गौतमको भनाई रहेको छ । सदस्य गौतमका अनुसार नेपाली उत्पादनलाई सवै उपभोक्ताबीच लोकप्रिय बनाउनकालागि जुत्तामेलाको स्टलदेखि फ्याक्ट्रि सम्म आफै पुग्दा उपभोक्ता र कामदारलाई समेत विस्वासनीय हुने दाबी गर्दछन् । 
उनले भने,‘मेलाको स्टलमा बसेर आफैले काम गर्दा एउटा उपभोक्तालाई जुत्ताको मुख्यमान्छेसंगै कुरा गरेर लिन पाउदाँ जुत्ता चप्पलमा बढी विस्वासिलो हुन जाने भएकाले हामीहरु प्राय ः मेला अबधिभर स्टलमै बस्ने गरेका छौ ।’ प्रत्येक वर्ष नेपाली उत्पादनलाई आम उपभोक्ताबीच चिनाउने उदेश्यले मेलाको आयोजना गरेपनि उपयुक्त मेला स्थल नहुदाँ जुन उदेश्यले आयोजना गरेको हो त्यो उदेश्य पुरा गर्न नसकेको उनीहरुको भोगाई रहेको छ । ठूलोमात्रामा विदेशी ब्राण्डका सामानहरुले नेपाली बजार ओकटेको अबस्थामा त्यसलाई चिर्नकालागि मेलाको आयोजना गर्ने गरेको संघका सचिब तथा स्काइ सु इन्डस्ट्रिजका प्रबन्ध निर्देशक मनोजकुमार श्रेष्ठले बताए । उनले भने,‘ यदी सरकारले सहजरुपमा मेलागर्ने स्थानको निमार्ण गरिदिएको खण्डमा विदेशी उच्च ब्राण्डका सामानसंग नेपाली उत्पादनका सामानले २÷३ महिनामै पछाडि पार्ने छ ।’
पछिल्लो समयमा नेपाली बजारमा विदेशी उत्पादनका सामानभन्दापनि स्वदेशी उत्पादनका सामानको माग अत्याधिक हुने गरेको छ । माग अनुुसार सामान उपलव्ध गराउन नसक्नुको मुख्य कारण जनशक्तिको अभाव भएको समेत व्यवसायीहरुले बताएका छन् । सरकारले यो छाला जुत्ता तथा चप्पल कम्पनीमा दक्ष उपभोक्ताहरुको उत्पादन हुने तालिम तथा विद्यालयबाटै सो व्यवस्था गरेको खण्डमा हामी केही वर्षभित्रै नेपाली जुत्ताचप्पललाई विदेश निकासी गर्न सक्ने सदस्य गौतमले दाबी गरे । उनले भने,‘हामीलाई विदेशमा उत्पादन हुने जुत्ताचप्पलका फ्याक्ट्रिको भ्रमणमात्र गराउने हो भने त्यहाँ उत्पादन हुने जुत्ताचप्पल जस्ताको तस्तै नेपालमै उत्पादन गर्न सक्ने क्षमता हामी संग रहेको छ, तर सो अबसर नपाउदाँ अनुमानको भरमा नयाँ मोडल उत्पादन गर्ने गरेका छौ ।’ 

सदस्य गौतमका अनुसार सरकारले आफ्नो राष्ट्रियताकालागि स्कूलबाटै पोख्त बनाउनु पर्ने र सरकारी गैरसरकारी तथा नीजि कम्पनी, कार्यालयमा अनिबार्य रुपमा स्वदेशी उत्पादनकै सरसमान प्रयोग गर्नु पर्ने व्यवस्था लागु गर्ने हो भने नेपाली उत्पादनको राम्रो भविश्य हुने बताउछन् । गौतमले भने,‘यहाँ बाहिर स्वदेशी उत्पादनमा जोड दिने व्यवहारमा भने त्यो कार्यान्वयन नगर्ने भएकाले खोक्रो राष्ट्रियताको वकालत भन्दापनि व्यवहारमा स्वदेशी उत्पादनलाई ल्याउनुपर्नेमा व्यवसायीहरुको भनाई रहेको छ । 
नेपाली जुत्ता घर कम्पनीले गत बिहीबारदेखि माघ २० गतेसम्म सञ्चालन गरेको विग सेल मेलामा अन्य मेलाको भन्दा राम्रो उपभोक्ताहरुको आकर्षण बढेको छ । मेलामा स्पोर्टस, क्याजुअल, पार्टी सुज लगायत मोडलका जुत्ता राखिएका छन् । यिनै मोडलका चप्पल पनि मेलामा उपलब्ध छन । मेलामा महिला, पुरुष र बालबालिका सबैका लागि उपयुक्त जुत्ता–चप्पल किन्न सकिने व्यवस्था मिलाइएको छ । ग्राहकलाई २० देखि ७० प्रतिशतसम्म छुटमा जुत्ता–चप्पल बिक्री गरेको आयोजकले जनाएको छ ।
रक्सी र तासकालागि हजारौँ, पुस्तकका लागि १ रुपैयाँ पनि छैन
–रोशन कार्की
सिन्धुपाल्चोक, फुल्पिङकोट कल्लेरी–३ मा विसं २०२४ साल कात्तिक २८ गते पिता हिरालाल र माता अम्बिकाका कान्छा पुत्रका रुपमा चन्द्रप्रसाद न्यौपानेको जन्म भयो । जीवनको करिब करिब सबै वसन्तमा अन्य रमाइला पाटोलाई चटक्कै बिर्सिएर दर्जन कृतिका ठेली लेख्दैमा उमेरले नेटो काट्न लागेको उनलाई पत्तो नै भएन । नेपाली साहित्यलाई समृद्ध बनाउन केही गर्नु पर्छ भन्दै पसिना बगाएर कमाएको तलब एक रुपैयाँ पनि घरमा लगेनन् । गाउँकै विद्यालयमा शिक्षक भएर लाखौँ विद्यार्थीको भविष्य बनाउँदै र आफ्नो भविष्य साहित्यमा खोज्दै गर्दा उनले हरेक रात भोकै पनि कटाएका छन् । 
चौमासिक रुपमा आउने शिक्षकको मासिक तलब पाएपछि सबै रुपैयाँ बोकेर उनी आफ्नो घर जानुको साटो सिधै एककाँधे झोला बोकेर पैदल आउँथे चौतारा सदरमुकाम । अनि कमाएको रकम दिन्थे छापाखाना र कम्प्युटरलाई । खुला दिल भएका न्यौपानै लामो समयसम्म झुस्स दाह्री नकाटेर खाली समयमा विभिन्न रचना खाली कागज या टेपरेकर्डमा राख्ने गर्दथे । अनि रातका समय टुकी बालेर त्यसलाई उतार्थे कापीमा । 
दुःखी, रुग्ण र असन्तुष्ट प्राणीको छवि बोकेर कवि युगौँदेखि बाँचिरहेछ । अझ नेपाली सन्दर्भमा कवि भन्नासाथ मस्तिष्कमा एक काया टुप्लुक्क देखापर्छ झुस्स दाह्री र कठालोमा मयल जमेको कमिज धारण गरेको, भुक्क उठेको झोला भिरेको र अनुहारमा यति तनाव पोतिएको कि मानौँ सिंगै ब्रम्हान्डको पिर थाप्लोमा बोकेर हिँडिरहेको जस्तो । हो, ठिक त्यस्तै देखिन्थे चन्द्रप्रसाद न्यौपाने पनि । जुन समय मैले पहिलो पटक चौतारामा परिचय हुदाँ उनलाई यही रुपमा भेटेको थिएँ । तर उनको अनुहार पूरै दाह्रीले छोपेको थियो । अनुहार पत्ता लगाउनै हम्मेहम्मे पर्ने खालको तर उनको कमिज÷ सर्टको कलरमा भने मयलचाहिँ थिएन, सफा नै थिए न्यौपाने ।  
भानुभक्तले भोगेका भुक्तमान र देवकोटाले बेहोरेका वेदनालाई यथासम्भव किम्बदन्तीकरण गरियो र नेपाली समाजले कविलाई शिरदेखि पाउसम्म दुखैदुःखमा चुर्लुम्म डुबेको विम्बका रूपमा ग्रहण गरेको छ अन्य साहित्यका पुस्तक पढ्दा । अझ हरिभक्त कटवालको कष्टकर मृत्युपश्चात कवि दुःखी प्राणी हो भन्ने धारणाले बढी आधिकारिकता प्राप्त गरेको छ । 
सत्ता, समाज र घरपरिवार, सबै–सबै कविका सुखका वैरीका रूपमा दरिएर आएका छन । किनकी आफूले कमाएको रकम पनि कागजी कात्रोमा खर्च गरेका कारण । चन्द्रप्रसाद यस्ता कवि हुन्, आफूले कमाएको रकमले नपुगेर किताब प्रकाशनका लागि दाताको खोजीमा धेरै पटक भौँतारिएको मैले पाएको छु । उनी पनि धेरै ठाउँमा धाए । कतिले सहयोग गरे । कतिले चासो समेत नदिएको भनेर उनले धेरैपटक भनेका छन् । धेरै जुत्ता फटाए । धेरै दुःख पाए । सरकारी अड्डामा धाए । जानेमाने र छोटेबडे नेताकहाँ पनि धाए । तर, उनलाई कसैले फुट्या कौडी सहयोग गरेनन् । अन्तमा आफ्नो तलबले जति पुग्छ, त्यति नै छापाखानामा दिएर पुस्तक निकाले । अनि ठूलो पहाड फोडेझैँ लामो सास फेरेर भन्थे, ‘अब ३÷४ दिनमा मेरो पुस्तक बजारमा आउँछ ।’   

न्यौपानेका धर्मपत्नी होममाया न्यौपाने प्रकाशिका रहेको पुस्तकको मूल्य २ हजार १ सय रुपैयाँ राखे । चन्द्रयुगको टाइप र सेटिङ पनि महाकवि पुत्रीद्वय प्रतिमा र अर्चनाले गरेर ठूलो सहयोग पु¥याएको उनले भनेका थिए । पुस्तकमा चित्रहरु अमित घिमिरे, नारायण घले, सूर्यनारायण श्रेष्ठ, श्याम रञ्जित, युवराज न्यौपाने र श्याम रञ्जितले कोरेका थिए । यसरी सिन्धुको साहित्यिक इतिहासको सय वर्षे अनुपम बन्न पुगेको यस पुस्तकलाई क्लासिक प्रिन्टिङ सर्भिसले छापेको हो ।
चन्द्रयुगलाई १८ वर्ष लगाएर महाकविले तयार पारे । जब वसन्त ऋतु आउँछ, तब काग, कागकै रुपमा र कोइली, कोइलीकै रुपमा पहिचान प्रदर्शन गरेर आप््mनो वास्तविकता मञ्चन गर्नेछ भने झैँ उनले पनि यस समाजमा रहेका अध्ययन नभएका र लेख्न नआउने ठूलै साहित्यकारलाई समेत चुनौति दिए चन्द्रयुग प्रकाशन गरेर  ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले समेत यो कृति साहित्यमा चमत्कार भएको बताएका थिए । एक धार्नी तौल भएको चन्द्रयुगका एक–एक ठेली एक–एक हातले सजिलै उचालिदिएर विमोचन गरिदिए । चन्द्रप्रसादलाई प्रधानमन्त्रीले सहजै उचाल्न सक्दैनन् कि जस्तो लागिरहेको थियो रे ! एकहातले उचाल्नसमेत यति श्रम पर्ने यो किताब पढ्न कति श्रम प¥यो होला भनेर न्यौपानेले कुरै कुरामा बताए । चन्द्रयुगको मोटोपनको रहस्य खोतल्न, लेख्दै जाँदा पत्तै नपाई यो यति मोटो भएछ, खाँदै जाँदा पत्तै नपाई कोही मोटाएजस्तै यो किताब पनि लेख्दै जाँदा मोटाए छ रे, उनले भने । २०४७ सालदेखि कविता लेख्न थालेका चन्द्रप्रसादले दुई दर्जन वर्षभन्दा कम अवधिमा तीन दर्जनभन्दा बढी किताब छपाइसके । आठवटा त महाकाव्य छन उनका । कथा र निबन्ध–संग्रहका साथै इराक–अमेरिका युद्धमा आधारित जासुसी उपन्यास युद्धको नाइके पनि प्रकाशित छ । 
कविले दुःख पाउँछ भन्ने आम मान्यता मुताविक त उनी घनघोर दुखिया प्राणी हुन आर्थिक रुपमा । उनले पुस्तक छपाउन कसलाई हारगुहार गरेनन् भन्ने लेखाजोखा नै छैन । उनले कुरै कुरामा भन्ने गर्थे ‘यहाँ रक्सी, तास खेल्नलाई हजारौँ रुपैयाँ दिँदा रै’छन्, तर पुस्तक छपाउन सय रुपैयाँ सहयोग गर्नुहोस् न भन्दा कुरै नसुन्दा रहेछन्’ त्यसैले उनलाई मैले दुःखी न्यौपाने भनेको । उनको किताबबाट न घरखर्च चलेको छ न उनले कमाएको तलबले घरमा नूनतेल नै किन्न प्रयोग गरे । घरपरिवारको कुरो गर्दा उनले भने, ‘दुःख त छ नि । भनेको बेला एकजोर लुगा हाल्न सकिन्न, मीठो–मसिनो खान सकिन्न, छोराछोरीका चाहना पूरा गर्न पनि सकिन्न ।’ गाउँमा मास्टर कान्छोका नाउँले बोलाइन्छन् । फुल्पिङकोटवासी गद्गद् हुँदै मास्टर कान्छोले लेख्यो रे, १४ अञ्चल, ७५ जिल्लामा नाम पु¥यायो रे भनेर भन्न थाले भनेर खुशी भएका छन् । दाम कमाउन नसकेपनि नाम कमाए भनेर । 
मीठो–मसिनो नखाएर, छोराछोरीका चाहना मारेर, गतिलो लुगा पनि नकिनेर सबै खर्च महाकाव्य लेख्न र छाप्न लगाए उनले । सदरमुकाम चौतारामा तलब लिन गएको मान्छे घर फर्किँदा झोलाभरि किताब बोकेर फर्किछन् र खल्तीबाट यौटा सयको नोट झिकेर पत्नीको  हातमा राखिँदिँदै भन्छन रे, ‘बचेको यत्ति हो ।’
महिनाको तलब किताब छाप्न खर्च गर्छन उनी । सुरुसुरुमा त घरपरिवारले काँच्चै खान खोज्थ्यो रे । तर यो मान्छेसँग केही लाग्दैन भन्ने बुझेपछि परिवार मौन रहन थालेका हुन रे । उनले जाँड–रक्सीमा खर्च ग¥या होइन, राम्रै काममा खर्च ग¥या हो भनेर चित्त बुझाएका छन रे परिवारले भनेर उनी भन्छन् । किताब प्रकाशकको खोजीमा उनी धेरै ठाउँमा धाए । धेरै जुत्ता फटाए । धेरै दुःख पाए । सरकारी अड्डामा धाए । जानेमाने र छोटेबडे नेताकहाँ धाए । तर, कसैले फुट्या कौडी सहयोग गरेनन् । सहयोग त परको कुरो, नेताहरूबाट उनले प्रोत्साहनका दुई शब्द पनि भेटाएनन् । 
उनले २०४७ सालमा लेखेको कवितालाई लिएर सिन्धुपाल्चोकका तत्कालीन सिडिओले बोलाएर झार्नुसम्म झाँको झारे, यस्तो वाहियात नलेख्नू, नत्र कारबाहीमा पर्लाउ भनेर चेतावनी दिए । तै कारबाहीमा चाहिँ परिनँ भनेर अतितलाई पनि सम्झना गरे चन्द्रप्रसादले संकटकालमा रेकर्डरले झन्डै बित्यास पारेको उनले सम्झिए । संकटकालताका एक दिन नलिन चोकमा आर्मीको चेकिङमा पर्दा उनको गोजीबाट रेकर्डर निक्ल्यो । को होस ? काँ को होस ? कताबाट आइस ? कहाँ जान लागिस् ? किन जान लागिस् ? रेकर्डर किन बोकिस ? माओवादी होस कि माओवादीको जासुस होस तँ ? जस्ता केरकार गरेकाले सेनाले मार्छ कि जस्तो लागेको सुनाए । दुःखैदुःखका साथ चन्द्रयुग निकालेको सुनाए उनले । ‘सकेसम्म चन्द्रयुग भाग–२ निकाल्ने तयारीमा जुटेको छु,’ उनले भने, ‘अब सवैको सहयोग र साथमा दोस्रो भाग निकाल्छु ।’ उनको सपना पूरा होस्, हामी खुला दिलले साथ दिउँ यस्ता यशस्वी कविलाई ।   
        

Thursday, January 30, 2014


नितिगत कमजोरीले गर्दा उद्यमीको क्षमता विकास भएन 

नेत्रप्रसाद पाठक
संयोजक, मेला समिति 
नेपाल घरेलु तथा साना उद्योग महासंघ

घरेलु तथा साना उद्योगको विकास विना मुलुकको अर्थतन्त्र बलियो हुन सक्दैन् । सरकारले उद्योगी व्यवसायीका लागि तयार पारेको ऐन तथा नियममा त्रुटि रहेका कारण तिव्र रुपमा उद्योगको बिकास हुन सकेको छैन् । उद्यमीको विकासकालागि महासंघले विभिन्न नितिगत रुपमा लविङग गर्दै आएको छ । तर, पनि तिव्र रुपमा बिकास भएको पाईदैन् । यसै परिवेशलाई ध्यान दिदै हामीहरुले मेला आयोजना गरेका हौ । 
रुपन्देही जिल्लाको आनन्दवन गाविसमा २०२२ सालमा जन्मनुभएका नेत्रप्रसाद पाठक नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय सदस्य हुनुहुन्छ । पाठक रोडाढुंगा, प्रशोधन उद्योग, पाठक इन्टरनेशनल ट्रेडिङ, पाठक प्रोडक्ट प्रालि लगायतका व्यवसाय संञ्चालन गर्दै आउनुभएको छ । उद्योग व्यवसाय २०४६ सालदेखी संञ्चालन गर्दै आउनुभएका सदस्य पाठठ घरेलु तथा साना उद्योगीको हितमा काम गर्दै आउनुभएको छ । उद्योगीको रुपमा भन्दापनि उहाँ विभिन्न सामाजिक सेवामा सकृय रुपमा लाग्नु भएको छ । उनी बढीमात्रामा सामाजिक उत्तरदायित्व बहन गर्न रुचाउने गरेका छन् । घरेलु महासंघले आगामी २३ देखी आयोजना  गर्न १२ औं राष्ट्रिय औद्योगिक मेलाको सभापति समेत रहनु भएको छ । मेला सम्बन्धि केन्द्रीत भएर कमाण्डर पोष्ट दैनिकलागि रोशन कार्कीले  गरेको कुराकानीको संपादित अंश ः 

घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरुको बजार विस्तार गर्न महासंघले के गरिरहेको छ ? 

घरेलु तथा साना उद्योगवाट उत्पादित सामानको बजार विस्तारका सन्दर्भमा महासंघले मुलत ः तीनवटा कार्यक्रमलाई प्राथमिकता दिने गरेको छ । पहिलो जिल्ला, क्षेत्र र राष्ट्रिय तहमा औद्योगिक व्यापार मेला र प्रदर्शनी मार्फत बजार सञ्जाल निर्माण गर्ने र विक्रेता र क्रेता तथा उत्पादक र विक्रेता बिचको अन्तरसम्बन्ध विस्तार गर्ने काम हुँदै आएको छ । यसैको पछिल्लो श्रृंखला १२ औं राष्ट्रिय औद्योगिक व्यापार मेला आगामी २३ देखि २७ माघसम्म राजधानीको भृकुटीमण्डपको प्रर्दशनी हलमा हुँदै छ । जसमा ५५ भन्दा बढी जिल्लाका उद्योगीहरु सहभागी हुँदै छन । दोस्रो कोशेलीघरको माध्यामबाट जिल्ला जिल्लाका उद्योगीहरुको उत्पादनलाई बजारीकरण गर्ने लक्ष्यकासाथ कोशेलीघरहरु स्थापनाको क्रम सुरु गरिएको छ । जसअन्र्तगत अहिलेसम्म १६ वटा जिल्लामा कोशेलीघर स्थापना भईसकेका छन । महासंघले आफ्नै पहलमा केन्द्रीय निर्यात गृह निर्माण गर्ने तर्फ प्रारम्भिक काम पनि अघि बढाईसकेको छ । 

मेलाको मुख्य उदेश्य के हो ? 
नेपालभरका उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकण गर्ने उदेश्यका साथ मेला आयोजना गरीएको हो । यस पटकको मेलालाई विगतका वर्षको भन्दा पृथक रुपमा अगाडी लैजाने हाम्रो योजना छ । उद्यमीले उत्पादन गरेका सामानलाई एक्कै स्थानमा जम्मा गरेर उपभोक्तालाई लिन सजिलो बनाउनका लागि मेला आयोजना गरेका छौ । यसका अतिरिक्त सामानको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सामानको बजारीकरण गर्ने पनि हो । मेलामा ३ लाखले अवलोकन गर्ने र १० करोड रुपैयाँको आर्थिक कारोवार गर्ने लक्ष्य हामीले लिएका छौ । 

मेलामा कस्ता उद्यमीले सहभागिता जनाउने छन् ?
घरेलु तथा लघु उद्यमीको धेरै संख्यामा सहभागिता हुने छ । मेलामा ३ सय ४० स्टल रहनेछन् । जसमध्ये महासंघले यसपटकको मेलामा उद्यमीको सहभागितालाईनै प्रमुख बनाएको छ । हामीले उपत्यका बाहिरवाट आउने उद्यमीलाई निःशुल्क स्टलका अतिरिक्त सवारी साधन र आवसको पनि व्यवस्था मिलाएका छौ । महासंघको संगठनात्मक अवस्थाको कुरा गर्दा अहिलेसम्म ७४ वटा जिल्लामा शाखा विस्तार भएका छन । अहिलेसम्म ३५ हजार उद्यमीले महासंघको सदस्यता लिएको आँकडा देखिन्छ । त्यसैगरी, महासंघ अन्तर्गत महिला उद्यमीहरुको छुट्टै केन्द्रीय महिला उद्यमी समिति कार्यरत छ । जसअन्तर्गत ५४ जिल्लामा जिल्ला महिला उद्यमी समित रहेका छन् र त्यसमा आबद्ध झन्डै ८ हजार महिला उद्यमीहरु संगठित छन् । यसका अतिरिक्त महासंघ अन्तर्गत १६ वटा वस्तुगत उद्योग संघहरु रहेका छन् । यसरी हेर्दा निजी क्षेत्रमा महासंघ उद्योग वाणिज्य महासंघपछिको दोस्रो ठूलो सञ्जाल हो । 

अहिलेका मूल समस्याहरु के हुन् ?
लघु उद्यम, घरेलु तथा साना उद्योग परम्परागत सीप, स्थानीय सीप र कच्चापदार्थ तथा पारिवारिक लगानीमा सञ्चालन हुने उद्योगहरु हुन् । यिनको मूल समस्या भन्नु नै उद्योगमा संलग्न व्यक्तिहरुको व्यवस्थापकीय तथा प्राविधिक क्षमता, थप लागानीका लागि वित्तीय पहुँचको समस्या, त्यसैगरी, उपयुक्त र उन्नत प्रविधिको ज्ञान र उपयुक्त माध्यमद्वारा बजार पहुँचको समस्या प्रमुख हुन् । यी समस्याको समाधान उपयुक्त नीतिगत प्रोत्साहन र प्रवद्र्धनात्मक कार्यक्रमका माध्यमबाट मात्र सम्भव छ । तर, लामो समयदेखि यस क्षेत्रमा राज्यको उपयुक्त ध्यान पुग्न नसकेको कारणले गर्दा यस क्षेत्रका समस्या सम्बोधन हुन नसकिरहेको अवस्था छ । 
उद्यमीहरुको क्षमता विस्तारकालागि के कस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ? 
क्षमता विकासको कुरा गर्दा लघु, घरेलु तथा साना उद्योगको क्षेत्रमा मालिक आफै कामदार हुने, आफै व्यवस्थापक हुने र आफै बजार प्रवद्र्धक हुने अवस्था विद्यमान छ । यो पनि परम्पराकै उपज हो । त्यसैले यस्ता उद्योगको प्रवद्र्धन र विकासका लागि आवस्यक हुने सबै खाले जनशक्ति उत्पादन गर्नु आजको आवस्यकक्ता छ । यसका लागि महासंघले विभिन्न शैक्षिक प्रतिष्ठान र तालिम प्रदायक संस्थाहरुसँग समझदारी त विकास गरेको छ । तर, यसको प्रभावकारी कार्यान्वयन हुन नसकिरहेको अवस्था छ । हाम्रो मुलुकमा एकातिर चरण शैक्षिक बेरोजगारी छ । अर्कोतर्फ ठुलो संस्थामा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरु उपयुक्त जनशत्तिको अभावमा पिडित बनेका छन । त्यसैले महासंघले यो समस्या समाधान गर्न एउटा एकिकृति दिृष्टकोण र कार्यक्रम ल्याउने सन्दर्भमा पहल र पयत्न गरिरहेको त छ । तर, निती निर्माताहरुको चासोमा यो विषय पुग्न नसकेको हुँदा स्थिती यथावत छ । 
समस्या समाधानकालागि कस्तो पहल भएको छ ?
महासंघ लघु घरेलु तथा साना उद्यमीहरुको छाता संगठन हो । महासंघले मूलत ः यस्ता उद्यमीहरुको प्रवद्र्धन र विकासका लागि राज्यलाई उपयुक्त नीति निर्माणमा सल्लाह र सहयोग पु¥याउँदै आएको छ । यसको पछिल्लो शृंखला भनेको औद्योगिक नीति २०६७ को निर्माण र यस अनुरुपका औद्योगिक व्यवसाय ऐन र नियमावलीको निर्माण हो । महासंघको विशेष सहभागीतामा पारित औद्योगिक नीति अन्र्तगत लघु, घरेलु तथा साना उद्योगीलाई छुट्टै विषेस नितीगत विशेषता गरेको छ । ति व्यवस्था अनुरुप औद्योगिक व्यवसाय ऐन र नियमावली बन्नुपर्छ भन्ने महासंघको अवधारणा हो । अब हाल रहेको मस्यौदालाई पूर्नलेखन गरि एउटा पूर्ण औद्योगिक व्यवसाय ऐन बनाउन आवस्यक छ । 

कस्तो औद्योगिक निती आवश्यक छ ? 
सरकारले औद्योगिक निति निर्माण गर्न अगाडी सरोकारवाला निकायसँग व्यापक रुपमा परामर्श र सहकार्य गर्नुपर्छ । उद्योगलाई प्रोत्साहित गर्ने खालको निति हुनुपर्छ । जुन उद्योग निरुसाहीत भएर विस्थापन गर्ने खालको हुन हुदैन् । उद्योग वातावरणमैत्रि बनाउन विभिन्न निति तर्जमा गरेपनि अनुगमन र मुल्याकनको अभाबका कारण  पछिल्लो समय उद्योग पुनस्थापनको नाममा मापदण्ड लागु गरी उद्योगलाई विस्थापन गर्ने काय हुदै आएको छ । यस्तो कार्य तत्काल रोकी पुनस्थापन गर्ने स्थान राज्यले व्यवस्थापन गर्ने निति ल्याउन जरुरी छ । 


महासंघ समस्या समाधान गर्न व्यवहारिक रुपमा कस्तो पहल गर्दै आएको छ ?
मुलुकमा सञ्चालनमा रहेका कुल उद्योग मध्ये ६० प्रतिशत भन्दा बढी उद्योग रुग्ण अवस्थामा छन् । त्यसको विकाशका लागि राज्यले कुनै पहल गरेको पाइदैन् । आर्थिक वर्ष २०६६÷०६७ सालसम्ममा करिब २ लाख ३० हजार लघु घरेलु तथा साना उद्योग दर्ता भएकामा आव २०६७÷०६८ मा करिब एक लाख १० हजार उद्योगहरुले मात्रै नविकरण गरे । यसबाट ठुलो संख्यामा उद्योग बन्द भएको अवस्था देखिन्छ । यसैगरि उद्योग बन्द हुनुका पछाडी थुप्रै कारणहरु छन । ति कारणहरुको खोजविन गरि समस्या समाधान गर्न सरोकारवाला सबैको चासोको विषय हुनुपर्दछ । यसकालागि महासंघले घरेलु तथा साना उद्योग विभागसँग मिलेर जिल्ला तहमा उद्योग नविकरण र दर्ता गर्दा परामर्स सेवा दिने कार्यको थालनी गरेको छ । यसबाट उद्योगीहरु लाभावित् हुने एउटा पक्ष हो भने अर्कोतर्फ यसले उद्योगको आयु बढाउन सहयोग पु¥याउँछ । यसकालागि महासंघले केन्द्रीय बैंक र वाणिज्य तथा विकास बैंकहरुसँग उपयुक्त कर्जा प्रवाहका लागि पहल गर्दै आएको छ । 

किन महासंघले वैकल्पीक उर्जासँग मेला आयोजना गर्न सहकार्य गरेको हो ? 
मुलुकमा दैनिक रुपमा हुने लोडसेडिङबाट घरेलु तथा साना उद्योगहरु धरासायी वन्दै आएका छन् । उद्योगिहरुले कसरी उद्योग संञ्चालन नियमित रुपमा गर्न सक्छन भनेर हामीले वैकल्पीक उर्जासँग सहकार्य गर्न आवश्यकता देखियो । मेलामा वैकल्पीक उर्जाको वारेमा उद्यमीलाई जानकारी गराउन सकेमा उद्योगहरु नियमित रुपमा संञ्चालन हुने र उद्यमीले गरेको लगानि खेर जादैनन् । पछिल्लो समयमा उद्यमीलाई उर्जाले गरेको सहयोगका कारण पनि एकसाथ अगाडी बढेका हौ ।  
अन्त्यमा 
हामीले मेला आयोजना गरेका छौ । यस मेलामा उद्योगी व्यवसायीको सहभागिताको साथै उपभोक्तालाई वस्तुको जानकारी राख्ने मौकाको रुपमा सदुपयोग गर्नुहुन अनुरोध गर्दछु । प्रर्दशनीलाई थप प्रभाबकारी बनाउन हामीले सवैको सहयोगको अपेक्षा राखेका छौ । प्रर्दशनीका अवसरमा विभिन्न राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुद्वारा सास्कृतिक कार्यक्रम पनि आयोजना गरेका छौ । उद्यमीको हितका लागि सञ्चार माध्यमले पु¥याएको योगदान महत्वपुर्ण रहने छ ।  

दोहोरो भुमीका खेल्ने कानुनविद्लाई कारवाही गर्न निर्देशन 
रोशन कार्की
काठमाडौं । राजधानीमा सञ्चालनमा रहेका जुवाघर (क्यासिनो) मध्ये होटल सोल्टीको क्यासिनो नेपालका कर्मचारी र व्यवस्थापन विचको मुद्दामा एउटै वकिलले दुवैपक्षको मुद्दामा बहश गरेको भन्दै कारवाहीकालागि मजदुर पक्षले माग गरेका छन् । क्यासिनो नेपालका मजदुरहरुले दुवैपक्षमा बकालत गरेको भन्दै नेपाल बार काउन्सिलमा ३९ जनाले धर्ना दिई कारवाहीको माग गरेपछि काउन्सिलका अध्यक्ष द्रोणराज रेग्मीले सम्बन्धित विषयमा छानवि गर्न र दोषीलाई तत्काल कारवाही गर्न निर्देशन दिएको मजदुर मुकुन्दराज खरेलले बताए । खरेलका अनुसार काउसिन्लका उपाध्यक्ष हरिकृष्ण कार्कीको संयोजकत्वमा छानविन गर्न अध्यक्ष रेग्मीले निर्देशन दिएको बताए । 
दुवैपक्षको वकालत गर्ने कानून व्यवसायी रमेश बराल, विदुर ढुंगाना, भोजराज आचार्य र राजकुमार खतिवडालाई सो सम्बन्धमा छानविन गर्न निर्देशन दिईएको छ । ती ४ जना कानून व्यवसायीहरुले ७ महिना अगाडिसम्म मजदुरको पक्षबाट वकालत गर्दै आएका थिएभने पछिल्लो समयमा सोही व्यक्तिले व्यवस्थापनको पक्षबाट वकालत गरेको भन्दै गत कार्तिक १४ गते काउन्सिलमा मजदुरपक्षबाट मुद्दा दर्ता गरेका थिए । 
 सोल्टी क्यासिनो विवाद

सो मुद्दाका बारे काउसिन्सलबाट सुनुवाइ नभएको भन्दै धर्नामा बसेपछि मंगलबार छानविन गर्न समिति गठन भएको छ । सो क्यासिनो सञ्चालकहरूले विभिन्न बहानामा कार्यरत कर्मचारीलाई लामो समयदेखि तलबभत्ता नदिई नाफा कमाएको र भित्रभित्रै व्यवस्थापक समेत परिवर्तन गरी बिनाकारण कर्मचारीमाथि दुःख दिएको भन्दै कर्मचारीले राजधानीको सोल्टी होटलस्थित क्यासिनो नेपालमा केही दिनदेखि विवाद चर्किएको हो । क्यासिनो नेपालमा नयाँ व्यवस्थापन समूह ‘माजोङ इन्टरटेन्मेन्ट’ लाई दिएपछि ३० वर्षदेखि कार्यरत मजदुरलाई तलब घटुवा गरी नयाँलाई नियुक्ति दिन खोजेपछि कर्मचारीहरूले सो विरुद्ध मुद्दासमेत दायर गरेका छन । उक्त क्यासिनोले विभिन्न कारण देखाउँदै दुई वर्षदेखि तलबभत्ता तथा ४८ महिनादेखि सञ्चयकोषको रकमसमेत नदिई बिचल्ली बनाएको, पछिल्लो समयसम्म तलबभत्ता नदिई अवकाश दिन लागेको आरोप लगाउँदै मुद्दा दायर गरेका हुन । कर्मचारीहरूले होटल सोल्टी, क्यासिनोको नयाँ व्यवस्थापक माजोङ इन्टरटेन्मेन्ट, विगतको व्यवस्थापक नेपाल रिक्रियशन सेन्टर तथा अर्थमन्त्रालय र पर्यटन मन्त्रालयसमेतलाई विपक्षी बनाई श्रम अदालतमा मुद्दा दायर गरेका थिए । सो अदालतले गत वर्षको फागुनको ११ गतेसम्मको तलवभत्ता र संचय कोष बापद ८ करोड ८ लाख ५८ हजार रुपैयाँ भुक्तानी गर्नु गराउनु भन्दै फैसला गरेको थियो । सो फैसलालाई बेवास्था गरि क्यासिनो व्यवस्थापकले मजदुरविरुद्ध मुद्दा दार्ता गराएपछि सो कुरा बाहिर आएको हो । 
सो क्यासिनोमा विभिन्न तहका ४६ जना कामदार तथा कर्मचारीहरूले गत वर्ष श्रम अदालतमा मुद्दा दायर गरेका थिए  । कर्मचारीहरूले श्रम ऐन २०४८ को दफा २५ र दफा ७३ बमोजिम मुद्दा दायर गरेको जिकिरक गरेका हुन  । मुद्दामा गैरकानुनी तरिकाले सेवाको शर्त परिवर्तन गर्ने तथा पारिश्रमिक घटाउने निर्णय बदर गरी पुरानै सेवा कायम गर्न र बक्यौता पारिश्रमिक तथा अन्य सुविधाबापतको रकमसमेत एकमुष्ठ भुक्तानी दिलाउन माग गरिएको छ । पुरानो क्यासिनो सञ्चालन नेपाल रिक्रियशन सेन्टर प्रालिले सरकारलाई बुझाउनुपर्ने राजस्व नबुझाएर फरार रहेको अवस्थामा भित्रिएको नयाँ व्यवस्थापन समूह माजोङ इन्टरटेन्मेन्टले दीर्घसेवा गरेका कामदार कर्मचारीलाई तीन किस्ता गरी २ लाख ५० हजार रुपैयाँ बुझेर अवकास लिन वा नयाँ नियुक्त लिई घटुवा सेवा सुविधा लिन दबाब दिँदै आएको आरोपसमेत उनीहरूको रहेको छ ।

Tuesday, January 28, 2014

अस्थिर सरकारको मौका छोप्दै भन्सार छलीमा तीब्रता 
 रोशन कार्की
 काठमाडौं । अस्थिर सरकार र नयाँ सरकार नबनेको मौका छोप्दै उत्तरी र दक्षिणी नाकाबाट भन्सार छलीका सामान नेपाल भित्राउने कार्यमा तीब्रता आएको छ । राजनीतिक दलमा सरकार गठनकालागि एकमत नभएको र बर्तमान सरकार कामचलाउ भएको मौका छोपी चीन र भारतका विभिन्न नाकाहुदै दैनिक करोडौ मुल्यका सामान विना भन्सार नेपाल भित्रने गरेको खुलासा भएको छ । पछिल्लो समयमा वीरगन्ज भन्सारबाट जाँचपाश भई निस्किएको जय माँ शक्ति ट्रान्सपोर्टको ट्रक सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय वीरगन्जले नियन्त्रणमा लिएपछि सो रह¥य खुलको हो । प्राप्त विवरण अनुसार गत शुक्रबार भन्सारबाट जाँचपाश भई निस्किएको ना २ ख ९८०५ नम्बरको ट्रक वीरगन्ज उपमहानगरपालिका–१९ मा पर्ने इनर्वा चोकबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । व्यापारिले कामचलाउ सरकारको मौका छोपी भन्सार कर्मचारीको संलग्नतामा भन्सार प्रज्ञापन पत्र मात्र बनाएर सामान छुटाएको भेटिएको छ । सो भन्सार कार्यालयले दिएको भन्सार प्रज्ञापन पत्रमा उलेख भएको भन्दा बढी र फरक प्रकृतिका सामान रहेको पूर्व सुचनाको आधारमा ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय वीरगन्जले जनाएको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । सरकारले पछिल्लो समयमा सशस्त्र प्रहरी बललाई भन्सार सुरक्षार्थ जिम्मा लगाएको छ । सोही आधारमा सो बलले अबैध रुपमा विना भन्सार नेपाल भित्रीएको सामान सहितको ट्रक नियन्त्रणमा लिएको हो । सो ट्रक वीरगन्जका मदनप्रसाद कलवा (रुनचे) को समान रहेको भन्सार स्रोतले जनाएको छ । 
भन्सारमा कार्यरत रहेका जाँचकी र अधिकृतहरुको संलग्नतामा रुनचेले ट्रकमा लोडभएको भन्दा ५० प्रतिशत कम भन्सार दाखिला गराएको भन्सार प्रज्ञापन पत्र बनाएको खुलेको छ । भन्सार कार्यालयले दिएको जानकारी अनुसार भन्सार एजेन्ड दिपक भन्ने सहयोगमा रुनचेले कर्मचारीलाई रकम बुझाएर भन्सारको नाका प्रयोग गर्दै अबैध सामान नेपाल भित्राउने गरेको भन्सार स्रोतको आरोप रहेको छ । नियन्त्रणमा लिएको ना २ ख ९८०५ नम्बरको ट्रकमा १० लाख २८ हजार १ सय ७८ रुपैयाँ राजस्व दाखला भएको प्रज्ञापनमा उल्लेख भएपछि ट्रक भित्र प्रज्ञापन पत्रमा उल्लेख नभएका इलोक्ट्रोनिकका महंगा सामान रहेको सशस्त्र प्रहरीले जनाएको छ । भन्सार कर्मचारीको संग्नतामा नाकाबाटै तस्करहरुले ट्रक नैं वीरगन्ज भित्याउदै आएका छन । भन्सार सुरक्षार्थमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनासंगै राजस्व गस्ती टोली सरकारले २४ सैं घण्टा परिचालन गर्दै आएको छ । नियन्त्रणमा लिएको सो ट्रक आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएपनि अनुसन्धानका प्रमुख सन्तोष श्रेष्ठले अझै सम्म छानविन नगरेको आरोप समेत स्रोतको भनाई रहेको छ । यसैगरी, गत भदौ २७ भारतको बेग्लोरबाट आएको १५ टन सुकेको नरिवल बोकेको ट्रकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । कार्यालयबाट सुकेको नरिवलको सट्टा अन्य सामग्रीको भन्सार शुल्क तिरेर नेपाल भित्रयाइएको यूपी ७२ टी ३३५५ नम्बरको भारतीय ट्रकलाई अख्तियार टोलीले नियन्त्रणमा लिएको थियो । सो भन्सारबाट न्यूनमुल्याङक गरि कम र एक सामानको साटो अन्य सामानको भन्सार गरी राजस्व चुहावट हुने गरेको सूचनाका आधारमा आयोगले छापा मारि सो ट्रक नियन्त्रणमा लिएको थियो । भन्सारमा साबुदाना, नरिवलका खोस्टा, प्लास्टिकलगायत सामग्रीको शुल्क बुझाएको उल्लेख भए पनि ट्रकमा भने १५ टन नरिवलमात्रै भेटिएको प्रहरीले जनाएको छ । ट्रकका चालक भारतीय नागरिक मुख्तार खानका अनुसार बेंग्लोरबाट ६ दिनअघि हिँडेको सो ट्रकमा १५ टन सुकेको नरिवलमात्रै छ । भन्सार प्रज्ञापन पत्रअनुसार १ हजार ८ सय ७५ किलो नरिवलको मात्रै राजस्व बुझाइएको छ । बाँकी १३ हजार १ सय २५ किलो नरिवलको भन्सार छली गरिएको प्रहरीले जनाएको छ ।

Monday, January 27, 2014

मर्यादित र व्यवस्थीत बनाउने काम सदस्यकै हो 

                   नीलध्वज थापा 
                         अध्यक्ष 
नेपाल निर्माण व्यवसायी संघ, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको थुम्पाखर गाविस–७ मा आमा डम्बरकुमारी र बुवा तिलक थापाको जेठो सुपुत्रको रुपमा आजभन्दा २०३० सालमा जन्मीएका निलध्वज थापा एक जुजारु व्यवसायी हुन् । सोही जिल्लाको महेन्द्रोदय माध्यामिक विद्यालय (हाल उच्च मावि) थुम्पाखरमा पहिलो ‘कखरा’ अध्ययन गरेका थापाले सोही विद्यालयबाट २०४६ सालमा एसएलसी उत्र्तिण गर्नुभयोे । राजधानी नजिकको जिल्ला भएका कारण उच्च शिक्षाकालागि उहाँ काठमाडौं आउनु भयो र रत्नराज्य क्याम्पसबाट २०५२ सालमा पत्रकारितामा स्तानतक गर्नुभएको छ । उहाँले उच्च शिक्षासंगै देशमा अव्यवस्थीत रुपमा निर्माण भएका भौतिक संरचनाका कारण कुरुप बनेको जिल्ला र राजाधानीलाई व्यवस्थीत बनाउनु पर्छ भन्ने भाबना आयो रे । अनी उहाँले आफ्नो पढाइका साथै निर्माण व्यवसायतर्फ पनि उहाँको झुकाब भयो । क्याम्पसमा पत्रकारिता लिएर अध्ययन गरि रहनु भएका थापा हाल नेपाल निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्ष पदमा भारी मत ल्याएर निर्वाचन हुनुभयो । काठमाडौंको नयाँ बानेश्वरमा बसोबास गर्नुहुने थापा सामाजिक संघ÷सस्थामा समेत सकृय रुपमा आद्धता रहेको छ । उहाँ व्यवसायीका साथै राम्रो भलिवल खेलाडी समेत हुनुहुन्छ । मध्यमाञ्चल भलिबल संघको सचिब, सिन्धु मिलन केन्द्रका आजीवन सदस्य, नेपाल भारतमैत्री संघको आजीवन सदस्य, महेन्द्रोदय उच्च माविका संरक्षक लगायत अन्य धेरै संघ÷सस्थामा आबद्ध भएर आफ्नो काम कारवाही गर्दै आउनु भएको छ । युवा जोश र देशलाई व्यवस्थीत संरचना बनाउनु पर्छ, यसकालागि व्यवसायीबीच द्वन्द्व र विवाद नगरि आपसमा मिलेर अगाडि बढेको खण्डमा हाम्रो देशको भौतिक संरचरना अन्य विदेशी मुलुकको भन्दा फरक नहुने दाबी उहाँको रहेको छ । लामो समयदेखि निमार्ण व्यवसायमा लाग्नु भएका थापा २०५९ को कार्यसमितिको सचिब भएर आफ्नो कार्यसम्पादन सफलताका साथ पुरा गरेकै कारण उनी २०६९ असोज ६ गते सो संघको अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । मिजासिलो व्यवहार, सवैसंग मिल्न चाहाने र आफुले दिने सेवाबाट आफुभन्दापनि उपभोक्तालाई बढी फाइदा पुगोस भन्ने उदेश्यले आफ्नो काम गर्नु गरेका छन् थापाले । सवैलाई उपयुक्त हुने सरकारी निति नियमलाई आत्मासाथ गर्नु पर्छ अनीमात्र देश, व्यवसायी र अन्य सेवाग्राहीलाई समेत फाइदा पुग्ने भएकाले सरकारले ल्याएको निमार्ण कानून ऐनलाई सवैले पूर्णरुपमा पालना गर्नु पर्ने धारण उहाँको रहेको छ । यस व्यवसायलाई व्यवस्थित गर्ने र यस क्षेत्रमा देखिएका समस्याहरुको समधान गर्नकालागि संघको माध्यामबाट आवाज उठाउदै आएका छन् । प्राय ः जसो सधै झिमिसे उज्यालोसंगै आफ्नो संघमा हुने गरेको समस्या र समधानकालागि बेलुका अबेससम्म बसेर व्यवसायका समस्याका बारे छलफल गर्दछन् । यस क्षेत्रमा देखिएको समस्या, समधान र भविश्यका योजनाका बारेमा केन्द्रीत भएर कमाण्डर पोष्टकालागि रोशन कार्कीले अध्यक्ष थापासंग गरेको कुराकानीको सम्पादित अंश ।

भौतिक पूर्वाधारमा निर्माण व्यवसायीमा कस्ता खाले समस्या रहेको छ ? 
हो यहाँले भने झै अस्थिर राजनीतिकका कारण निर्माण व्यवसायी क्षेत्रमा मात्र हैन प्राय ः सवै क्षेत्रमा असर परेको छ । असर र समस्या नभएको क्षेत्र नै भेटाउन सकिदैन । किनकी जहाँ कुनै पनि काम ऐन कानून अनुसार गर्नकालागि स्थायी सरकार र राजनीतिक आबश्यक हुन्छ । हाम्रो देशमा त्यो वातावरण अझै नभएकाले जस्ले सक्छ उसैलाई भने झै भएको छ । हामी भनेको व्यवसायीक रुपमा निमार्ण व्यवसायमा आफ्नो जीवन सुम्पीएका छौ तर यहाँ अस्वाथ्य प्रतिस्पर्धाका कारण यो यस क्षेत्रमा भएका समस्या समधान हुन सकेका छैनन् । अधिकाशं समस्या यस क्षेत्रकै साथीहरुका कारण उत्पन्न भएको छ । तर त्यसलाई समधान गर्न त अरुबाट हुन सक्दैनन नी त्यसले पहिलो आफ्नो घरमा भएको समस्या समधान गर्नु पर्छ अनी अरु समस्या कहाँ बाट आयो त्यहीबाट समधान गर्न हामीले पहल गर्नु पर्छ ।
कस्ता खाले समस्या रहेका छन त ? 
यहाँ सरकारले या अरु निकायले आह्वान गरेको बोलपत्र दरखास्त दिनेमा बढी समस्या रहेका छन् । यहाँ बोलपत्र दरखास्त दिने समयमा विभिन्न अबरोधहरु यस क्षेत्रकै साथीहरुबाट हुने गरेको छ । गुन्डागर्दी हुने गरेको छ । यसमा ऐन कानूनभन्दा बाहिरबाट दरखास्त हुने थालेपछि सरकारले ‘इ–टेन्डर’ को व्यवस्था मिलाएको भएपनि अझै सो बारे दरखास्त इ–टेन्डर गरेपनि पछि त्यसको अबरोध हुने गरेको छ । टेन्डर पाएर पनि असुरक्षा बढी रहेको छ । काम गर्न विभिन्न अबरोधहरु आउछन् । काम हुने स्थानका बासिन्दा र अन्य समुहबाट अबरोध नहुने हो भने पक्कै पनि समयमै काम सम्पन्न हुन्छ । यी समस्या आधिभन्दाबढी व्यवसायीबाट समाधान गरिनु पर्छ भने बाँकी सरकारी पक्षबाट गरिनु पर्छ ।  
यहाँपनि एक निमार्ण व्यवसायी भएको काठमाडौंको सडक निर्माणको काम ढिलाइ केका कारण भएको होला ?
काडमाडौंको सडक निर्माणका लागि विशेष् गरेर ऊर्जा, सूचना तथा सञ्चार मन्त्रालय र भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयबीचको समन्वयकारी भूमिका हुनुपर्नेमा त्यसो हुन नसकेको होकी जस्तो लाग्छ । सडक निमार्ण गर्दा एक मन्त्रालय र आर्को मन्त्रालयबीच समुन्वय नहुने भएकाले निमार्ण कार्यमा ढिलाई हुन्छ । त्यसैकारण काठमाडौंमा ढलको कुनै व्यवस्था छैन् । काठमाडौं ढलबेगरको शहर भएको छ । काठमाडौंमात्र होइन, मुलुकका विभिन्न जिल्लामा सडक विस्तार अभियानमा पनि बत्ती, पानीको पाइप र ढलको सहि व्यवस्था नहुदाँ समयमा सकिन नसकेकोहो । किनकी काठमाडौंको सडकको निमार्ण सुरु भएपछि दशै,तिहार र संविधान सभाको निर्वाचनका कारण पनि निमार्ण कार्यमा ढिलाई हुन पुगेको हो । 
पूर्वाधार निर्माणको मोडेल कस्तो बनउनु पर्छ होला अब ?
नेपालमा सडक यातायात बाध्यता हो । यहाँको भौगोलिक अवस्थाले त्यो बाध्यता सृजना गरेको हो । अहिले पनि हामी डोजर लगाएर बाटो खनिरहेका छौं । यसबाट पानीका स्रोतहरु सुक्ने, पहिरो जानेजस्ता समस्या आइरहेको छ । अब हामीले सडक यातायातको विकास गर्दा ‘सुरुङ प्रविधि’ अपनाउनु आवश्यक छ । सुरुङले सडकलाई छोटो र सुरक्षित बनाउँछ । घुम्ती बाटोका कारण अहिले जुन समस्या भोग्न हामी बाध्य छौं, यसबाट मुक्ति दिलाउने उपाय भनेकै सुरुङ निर्माण हो । साथै, सडकको ट्रयाक खोलिसकेपछि बेलिब्रिज  राख्नु पर्छ । जब सडकको स्तरोन्नति हुन्छ, त्यसपछि मात्रै पक्की पुल प्रयोग गर्नु राम्रो हुन्छ । यसबाट कम खर्चमा सडकलाई गुणस्तरीय र सुविधाजनक बनाउन सकिन्छ । भविष्यमा यिनै प्रक्रियालाई आत्मसात् गर्दै योजना बनाएर यसैलाई प्राथमिकता दिई अघि बढ्ेमा राम्रो हुन्छ । 
पूर्वाधार निर्माणमा निजीक्षेत्रको चासो कस्तो छ ? 
पूर्वाधारका क्षेत्रमा लगानी बढाउन सरकारले पहिलो चरणमा निजीक्षेत्रलाई प्रोत्साहन गरिनु पर्छ । पूर्वाधार निर्माणमा निजीक्षेत्रको सहभागिता अधिकतम बढाउन विशेष योजना नै आबश्यक हुन्छ । सडक यातायातमा आवश्यक सुरुङ निर्माण, शहरी विकासजस्ता क्षेत्रमा निजीक्षेत्रको प्रवेश राम्रो छ । निजीक्षेत्रको सहभागिताविना मुलुकको विकास सम्भव छैन । पूर्वाधार निर्माणमा जहाँ निजीक्षेत्र आएको छ, त्यहाँ सरकारले साथ पनि दिइनु पर्छ  ।
स्वदेशी तथा विदेशी लगानीकर्ताहरु सार्वजनिक खरीद ऐनमा सुधार नहुँदा लगानी सहज छैनन भनिन्छनी यर्थात के हो ? 
नेपालको राजनीतिक अस्थिरता, शान्ति–सुरक्षा र हाम्रो अविश्वसनीय चरित्र पनि कारकका रुपमा रहेका छन् । अर्कोतर्फ हालको सार्वजनिक खरिद ऐनमा समयसापेक्ष सुरधाको खाँचो आवश्यक रहेको छ । अधिकाशं सो ऐन राम्रो भएपनि व्यवहारीक नभएकाले परिमार्जन हुनु पर्छ । 
यहाँ त प्रतिस्पर्धाबाट विजयी भएर आउनु भएको छ के छ जिल्ला संघको पछिल्लो अबस्था ? 
हो हाम्रो संघमा पछिल्लो समयमा नयाँ कार्यासमितिकालागि प्रतिस्पर्धा नै हुने गरेको छ । यसकै कारण म पनि प्रतिस्पर्धाबाट निर्वाचन भएरै अध्यक्ष पदमा निर्वाचीत भएको हो । सवै साथीहरुको सहयोगबाट म यो जिम्मेवार पदमा आएपछि संघको विकास र संघमा भएका समस्यालाई समधान गर्नकालागि लागि परेको छु । किनकी सस्था बलियो भएमा मात्र हामी व्यवसायीहरु बलियो हुन्छौ । त्यसैले निर्वाचनमा जुन रुपमा पक्ष विपक्ष भएपनि संघका कामकालागि हामी सवै सदस्यहरु एकजुट हुने गरेका छौ । जिल्ला संघमा हुने समस्या धेरै छन् त्यसलाई संघबाट हुने समधान गर्ने गरेका छौ भने सरकारी निकायबाट हुने समधानकालागि बैधानीकरुपमा दवाव दिइ रहेका छौ । 
समस्यालाई त समधान गर्न सकिन्छ तर यहाँहरुको संघको आम्दानी स्रोत के हो ? 
यहाँले भने झै कुनैपनि संघ, सस्था सञ्चालन गर्नकालागि आर्थिक स्रोत आबश्यक पर्छ । हामीहरुले पनि भैपरि आउने खर्चलाई साथीहरुसंग संकलन गरेर चलाउने गरेका छौ भने, अन्य खर्च सरकारी बोलपत्र या अन्य निमार्ण सम्बन्धि टेन्डर लिएका साथीहरुबाट प्राप्त हुने रकमबाट सस्था चलाउने गरेका छौ । 

भनेपछि यहाँले भने झै जिविसले आह्वान गर्ने टेन्डर नै हो मुख्य स्रोत ? 
हो । हामीले जिल्ला विकास समितिले आह्वान गर्ने टेन्डरबाट संघको आर्थिक स्रोत जुटाउने गरेका छौ तर लामो समय भयो जिविसले कुनै पनि टेन्डर आह्वान नगर्दा पछिल्लो समयमा सस्थालाई अगाडि बढाउन समस्या परेको छ । सवैले संघबाट आर्थिक आसा राखेका हुन्छन् । तर अहिले आर्थिक रुपमा संघ कमजोर भएका कारण सामाजिक दायित्वलाई बहन गर्न समेत सकि रहेका छौननौ । 
संघमा त कर्मचारी पनि हुनुहुन्छ होला, कसरी तलव सुविधा दिनु भएको छ त ? 
हो हाम्रो संघमा पनि कर्मचारी छन्  । उनीहरुलाई महिनामा लतवभत्ता दिनु हाम्रो कतव्य हो र जसोतसो पुरा गरेका छौ । सुरुका दिनमा जिविसले समयमै टेन्डर आह्वान गर्ने गरेको थियो त्यसैबाट सवै खर्चहरु पुग्ने गरेको थियो । तर पछिल्लो समयमा जिविसले टेन्डर आह्वान नगरेका कारण समस्या परेको छ । विभिन्न अन्य स्रोतबाट समधान गरेका छौ । 
भनेपछि यहाँहरुलाई उपभोक्ताबाट काम हुन थालेपछि समस्यामा परेको भन्न खोज्नु भएको हो ? 
हो । जव सम्म निमार्ण सम्बन्धि काममा सरकारले उपभोक्तालाई ३० लाखरुपैयाँ सम्मको काम सिधै दिने भएकाले पनि हामी निमार्ण व्यवसायीहरु मारमा परेका छौ । किनकी सरकारले ४० लाख रुपैयाँभन्दामाथीको कामलाई मात्र टेन्डर आह्वान गर्ने भएकाले टेन्डर कम हुने अनि आम्दानी पनि कम हुन गएको हो । 
सरकारको पक्षबाट के सहयोग गर्नु पर्छ जस्तो लाग्छ यहाँलाई ? 
सरकारको तर्फबाट त संघ÷ सस्थालाई बचाँउनकालागि धेरै ठूलो हाल हुन्छ । यतिभनि रहदाँ सवै सरकार पक्षबाट मात्र गरिनु पर्छ भन्ने पक्षमा म छैन । मैले माथीनै भनी सके संघको विकासकालागि सदस्यबाट हुने सहयोग गर्नु पर्छ भन्ने मान्यता राख्ने गरेको छु । सवै सरकारकोमात्र भर पर्नु भन्दापनि आफ्नो पक्षबाट गर्न सकिने काम गरेर उदाहरणीय बन्नु पर्छ भन्छु । यदि हाम्रो पक्षबाट पुरा गर्न नसकिने र ऐन कानून सम्बन्धि रहेको खण्डमा सरकार र त्यसका निकायलाई गुहार्नु पर्छ । जिल्लाको हकमा कुरा गर्ने हो भने सरकारले सिन्धुपाल्चोकको निमार्ण सम्बन्धि हेर्ने निकाय दोलखा र काभ्रेपलाञ्चोकमा राखेका कारण असुविधा भएको छ । सडक सम्बन्धि काम हेर्ने डिभिजन दोलखामा र भबन सम्बन्धिको विभाग काभ्रेमा भएकाले समस्या परेको छ । सरकारबाट यसमा समयानुकुल सहज बनाउनु पर्छ । 
यहाँहरुलाई आर्थिक पारदर्शिता नगर्ने व्यवसायी भन्ने आरोप पनि लागेको छ नी के यहाँबाट अपारदर्शि हुने गरेको हो ?
जनु कुरा यहाँले सुन्नु भयो त्यो गलत हो । किनकी हाम्रो काम सवै पारदर्शि हुने गरेको छ । हामीले टेन्डर हालेर काम लिनु पर्छ । बोलपत्रमै यति रकममा म काम गर्न सक्छु भनेर कबोल गर्नु पर्ने हामी व्यवसायी कसरी अपारदर्शि भयौ र ? यो हामीलाई बाहिरी रुपमा बुझ्नेहरुले लगाएको आरोपमात्र हो । हामीले टेन्डर पाएपछि निमार्ण समय, लागत सवै बोर्ड बनाएर सवैले देख्ने स्थानमा राख्नु पर्छ त । एउटा सचेत नागरिकले सो बोर्ड हेरेर पनि हाम्रो पारदर्शिता र अपारदर्शिता छुट्याउन सक्छनी । यो आरोपमात्र हो सत्यता छैन । 
अन्तमा 
अरुलाई समस्या देखाउने भन्दापनि सकेसम्म आफैबाट समस्या समधान गर्नेतर्फ हामीहरु लाग्नुपर्छ भन्ने गर्दछु । आफ्नो पेशाको सम्मान गर्न र व्यवस्थित बनाउन आफैले पहल गर्नु पर्छ । काममा प्रतिस्पर्धा गरिनु पर्छ तर स्वास्थ प्रतिस्पर्धा गर्नु पर्छ । अहिले अस्वास्थ प्रतिस्पर्धाका कारण हामी बदनाम बनेका छौ अब आफैबाट सस्थालाई मर्यादित र सम्मानीत बनाउन आजैबाट लागौ भन्दछु । 

Sunday, January 26, 2014

विग जुत्ता सेल मेलामा दैनिक ७ लाखको कारोबार 
रोशन कार्की
काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा राजधानीमा जारी ‘विग जुत्ता सेल’ मेलामा दैनिक न्यूनतम ७ लाख रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको व्यवसायीहरुले बताएका छन् । नेपाली उत्पादनका चर्चित ब्रान्ड जुत्ता–चप्पल बिक्रेताहरुको सहभागीता रहेको सो मेलामा दैनिक न्यूनतम २ हजार जोर जुत्ता चप्पल खरिद हुने गरेको छ । राजधानीको प्रर्दशनीमार्ग स्थित राष्ट्रिय सभागृहमा जारी सो मेलाबाट नेपाली जुत्ता पारखीहरुले आफ्नो व्यस्थ समय निकाले भएर पनि जुत्ता चप्पल खरिद गर्न आएको नेपाल छाला जुत्ता तथा उत्पादनक संघका अध्यक्ष तथा बिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । उनका अनुसार सुरुका दिनमा भन्दा पछिल्लो समयमा नेपाली उत्पादनप्रति ग्रहकहरु ऋाकर्षण भएको महशुज गरेको बताएका छन् । 
अध्यक्ष उपाध्यायले भने,‘मेलामा ग्राहकको निकै आकर्षण छ, यहाँ आउने प्राय ः उपभोक्ताहरुले एकजोर जुत्ता तथा चप्पल  किनेर लाने गरेका छन् ।’ यसैगरी शिखर शु का प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले उपभोक्तालाई एकै ठाउँबाट विशेष छुटसहित सस्तोमा तीनथरी चर्चित ब्रान्डका जुत्ता–चप्पल किन्ने अवसर प्राप्त भएकाले आफ्नो चाहना अनुसारको जुत्ता–चप्पल खोजी हिड्ने समय समेत बचत भएको बताउछन् । निर्देशक प्रसाइले भने,‘मेलामा ग्राहकवर्गले पछिल्लो मोडलको खोजी हुने गरेको छ भने, सेलमेलामा मुल्यका आधारमा जुत्ता–चप्पल खरिद गर्ने गरेका छन्, यसबाट हाम्रा ग्राहकका इच्छा अनुसार यो विग सेलमेला आयोजना गरेका हौ ।’ 

मेलामा बिएफ डियर हिल, शिखर शु, टाकुरा, स्काई शु कम्पनीलायत अन्य ८ वटा स्टल रहेको छ । गुणस्तरिय  ब्रान्डका जुत्ता–चप्पल उपभोक्ताले एकै ठाउँबाट किन्न सक्ने व्यवस्था आयोजकले मिलाएको पुर्वअध्यक्ष समेत रहेका प्रसाईले बताए । नेपाली जुत्ता घर कम्पनीले गत विहिबारदेखि माघ २० गतेसम्म सञ्चालन हुने छ । मेलामा स्पोर्टस, क्याजुअल, पार्टीलगायत मोडलका जुत्ताहरु राखिएका छन् । यिनै मोडलका चप्पल पनि मेलामा उपलब्ध छन । मेलामा महिला, पुरुष र बालबालिका सबैका लागि उपयुक्त जुत्ता–चप्पल किन्न सकिने व्यवस्था मिलाईएको स्काइ शु इण्डष्ट्रिजका प्रबन्ध निर्देशक मनोजकुमार श्रेष्ठले बताएका छन् । ग्राहकलाई छुटको व्यवस्था गर्न यस्तो मेला लगाएको उनको भनाई रहेको छ  । ग्राहकको आगमनले उत्साह थपेको सनराइज फुटवयर प्रालिका प्रबन्ध निर्देशक नवराज गौतमले बताए । उनले कम्पनीले जाडोका जुत्ता–चप्पलमा भारी छुट दिएको जनाए  । गर्मी मौसमका लागि उपयुक्त हुने नयाँ मोडल पनि मेलामार्फत सार्वजनिक गरिएको छ । ग्राहकलाई २० देखि ७० प्रतिशतसम्म छुटमा जुत्ता–चप्पल बिक्री गरेको आयोजकले जनाएको छ । सो सेल मेलामा न्यूनतम १ सय ५० रुपैयाँदेखिमाथीका जुत्ता–चप्पल बिक्रीमा राखिएको छ ।  

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...