ROSHAN KARKI
काठमाडौं । सरकारले बैधानीक रुपमा श्रीमान्/श्रीमतीबीच इच्छा विपरित गर्भ रहन गएमा गर्भपतन गर्न पाउने कानूनलाई अबैधरुपमा स्वीकृति नलिएका क्लिनिकहरुले गर्ने कार्यमा तीब्रता आएको छ । स्वास्थ्य निकायमा आधिकारीक रुपमा दर्ता नै नगरि आफुखुशी स्वास्थ्य क्लिनिकहरु स्थापना गरेर अबैधरुपमा गर्भपतन गराउदा समेत सम्बन्धित निकायको मौनताका कारण सरकारी डाक्टरनै यस कार्यमा संलग्नता भएको खुलासा भएको छ ।
उपत्यका भित्रै सरकारी अस्पतालमा कार्यारत डाक्टरलेनै कानून विपरित १ वर्षदेखि गर्भपतन गराउन स्वीकृत विनाको स्वास्थ्य क्लिनिकमा पठाउने गरेको खुलासा भएको छ । काठमाडौंको थापाथली स्थित प्रशुतीगृहमा कार्यारत डा.रञ्जना गिरीले अबैधरुपमा गर्भ बसेका र ९ साता काटेका युवा, युवतीलाई कंलकी स्थित मनसुन फाउन्डेसन नामक संस्थामा पठाई अबैध कार्य गरेको प्रमाण तीब्रखबर डटकमको कार्यालयमा प्राप्त भएको छ ।
सो प्रमाणका अनुसार डा.गिरीले मनसुनमा सेवाग्राही पठाई अबैध गर्भपतन गराउन सहयोग गरेको खुलेको भएको हो । उनीले प्रशुती लगायत आफ्नै निजी क्लिनिकमा आएका विरामीलाई सो फाउण्डेसनमा पठाउने गरेको र सो स्थानमा यति अस्पताल तथा काठमाडौं नेशनल मेडिकल कलेजमा कार्यारत डा. विनोद महासेठले अबैधरुपमा गर्भपतन गराउने गरेको सो सस्थाका सचिब बताउने सुरेन्द्र मण्डलले स्वीकारेका छन् ।
सचिब मण्डलका अनुसार नेपाल स्वास्थ्य व्यवसायी महासंघका महासचिब मदन खनालको आड्मा त्यसरी अवैध गर्भपतन गराउने कार्य हुँदै आएको बताइएको छ, प्रशुतीगृहका डा.गिरी र यतिका डा. महासेठको सहयोगमा गर्भपतन सहित ओपीडी सेवा सञ्चालन गरेको बताए । महासचिब खनाल सो फाउण्डेशनका अध्यक्ष रहेका छन् । देशव्यापी रुपमा मौलाउदै गएको सो अबैध व्यवसायलाई सरकारी क्षेत्रकै व्यक्तिबाट संरक्षण गरेका कारण अकालमा महिलाहरुको मृत्यु समेत हुने गरेको छ ।
जनकपुरमा चिकित्सकहरुले अवैध भ्रुण हत्या गर्दै आएको विभिन्न कालखण्डमा समाचार पुष्टि भएपनि प्रशासनिक कारवाही नहुँदा तिनीहरुको गोरखधन्दाले विकराल रुप लिदा समेत सरकार मौन बसेपछि सो कार्य गर्नेहरु अहिले काठमाडौं आएको समाचारस्रोतको दावी रहेको छ । चिकित्सकहरुको गिरोहले कानुनलाई लत्याउँदै लिङ्ग पहिचान गरि अवैध भ्रुण हत्या, मानव शरीरको अङ्ग प्रत्यारोपन देखि लिएर अवैध भु्रण तस्करीको गोरखधन्दालाई आफ्नो आय आर्जनको मुख्य स्रोत नै बनाउन थालेका छन । जसको पछिल्लो उदाहरण हो, काठमाडौंको कंलकीमा रहेको मनसुन फाउण्डेशनमा भ्रुण हत्या गर्ने गरेको सस्थाका सचिब मण्डलले बताए । अबैधरुपमा गर्भपतनको नाममा भु्रण हत्या गर्ने प्रबृति बढदै गएको छ । यसको नाजायज फाईदा उठाउदै एकातिर चिकित्सक र स्वास्थयकर्मीहरु मालामाल भएका छन भने काठमाडौमा भु्रण तस्कर पनि सक्रिय रहेको खुलासा भएको हो । प्रसुतिगृहमा अबैध गर्भपतनको क्रममा डा. गिरीले लिङ्ग पहिचान गरेर हटाउनकालागि सो फाउण्डेशनमा पठाउने गरेको मण्डलले बताए ।
प्रायः जसो शिक्षण अस्पताल र अन्य नीजि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई सो अबैध रुपमा गर्भपतन गर्न लगाउने समेत खुलेको छ । यसरी पठाइएकाहरुसंग सो स्वास्थ्य केन्द्र सञ्चालकहरुले अबस्था हेरी रकम असुली गर्ने समेत गरेका छन् । पहिलो चरणको भएमा न्यूनतम ५ देखि १० हजार रुपैयाँ असुली गर्ने गरेको फाउण्डेशनका सचिब मण्डलले बताए । देउताको उपाधी पाएका चिकित्सकहरु अब ज्यानमारा यमराजको उपाधी प्राप्ति गर्न तल्लीन रहेका छन् । स्वास्थ्य संस्था, अस्पताल, क्लिनिक तथा नर्सिङ होम लगायतका क्षेत्रहरुमा अबैधरुपमा गर्भपतन हुने गरेको छ ।
अवैध तरिकाले अधिकार प्राप्त नरहेका चिकित्सकहरुले भ्रुण हत्या गर्ने गर्दछन । अनैतिक यौन सम्बन्धबाट रहन गएको गर्भ र लिङ्ग पहीचान गरि भ्रुण हत्या गर्ने बढदो क्रम संगै भ्रुण तस्करहरु पनि सकृय रहेको छ । नेपाल परिबार नियोजन संघ, मेरी स्टोप्स सेन्टर लगायत अन्य स्वीकृत प्राप्त स्थानमा सुरक्षीत गर्भपतन गराउने मात्र मान्यता पाएपनि यस्ता अबैध कारोबारमा संलग्न कारोबारीहरु यहाको निजी अस्पताल, क्लीनिक, स्वास्थय सस्ंथा र झोले स्वास्थयकर्मीले खुलेआम गर्भपतन गरिरहदा समेत सम्बन्धित निकाय मौन रहेको छ ।
अर्ध चिकित्सक, क्वोक्स र औषधि पसल संचालकहरुले असुरक्षित गर्भपतन गर्ने गरेको सम्बन्धित निकायको दावी छ । लोकलाजका कारण बदनाम हुने डरले पनि ग्रामिण क्षेत्रका महिलाहरु लगायत शहरकै महिलाहरुसमेत चर्को मुल्य तिरेर गर्भपतन गराउने गरेका छन् । यसकै फाइदा उठाउदै दर्ता र सरकारी स्वीकृतविना राजधानीमा अबैध गर्भपतन हुने गरेको छ । सम्बन्धित निकाय स्थानीय प्रशासनले ती अवैध काम गर्ने व्यक्तिहरुलाई कारवाही नगर्दा तिनीहरुको मनोबल झन बढ्न गएको छ । अधिकांश गर्भपतन हुनेमा छोरी नै रहने गरेको छ ।
सरकारले ९ हप्तासम्मको गर्भ गर्भपतन गराउने मान्यता दिएपछि धेरैजसो महिलाले सरकारद्धारा मान्यताप्राप्त स्वास्थ्य संस्थामा गएर गर्भपतन नगराई अबैधरुपमा खुलेका क्लिनिकमा गराउने गरेका छन् । गोपनियताका नाममा र लाजले गर्दा अझै पनि केही महिलाले सरकारबाट स्वीकृति नपाएका निजी मेडिकल हलमा महँगो शुल्क तिरेर अवैध रूपमा गर्भपतन गराउँदै ज्यान जोखिममा पार्ने गरेका छन् । २०६० सालमा सुरक्षित गर्भपतन सेवा (प्रक्रिया ऐन लागू भएपछि गर्भपतनले वैधता पाएको हो । महिलाको चाहनाबिना आकस्मिक गर्भ रहेका ९ हप्तासम्मको गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था छ । अहिले सरकारले जिल्ला अस्पताल, मेरी स्टोप सेन्टर तथा नेपाल परिवार नियोजन संघलाई सुरक्षित गर्भपतन गराउन स्वीकृति दिएको छ ।
- See more at: http://tibrakhabar.com/?p=4612#sthash.aKIDbR5o.dpuf
Tuesday, July 15, 2014
भु्रणहत्यामा प्रसुती गृहका डाक्टर गिरीको संलग्नता/‘मनसुन फाउण्डेशन’ मा अवैध गर्भपतन गराउने खुलासा

Tuesday, March 11, 2014
अस्पताल क्याविन नम्बर २५
रोशन कार्की
सयम ठिकै थियो । फागुन १४, २०७० को दिन । आफ्नै काम र व्यस्थताका कारण सो दिन बेलुका ८ बजे कोठामा पुगेको थिए । सदा झै त्यसदिनपनि मेरो सानो परिबार खाना पकाएर मलाई नै कुरेर बसेका थिए । तीनकुने स्थित कोठामा श्रीमती ईश्वरी, छोरा मनिष र छोरी नीशा । सदा झै त्यसदिन अलि ढिला नै कोठमा पुगेको थिए । खाना अरुका दिनभन्दा ठिक ३० मिनेट ढिला । सो दिन सवैजना एकैसाथ खाना खाइयो, प्राधिकरणको विजुली थिएन रातको ११ बजे आउने सेडुल । चार्जर बत्तीको भरमा बेलुका १० बजेसम्म आफ्नो काम गरे । निद्रा लाग्यो सुते ।
२०७० फागुन १५ गते विहान २ बजे एकाएक छोरा मनिष निद्रामै बेजेडसंग काम्न थाल्यो । सकुशल सुतेको छोरो एकाएक काम्ने, टाउको माथितिर लैजाने क्रमसंगै बेहोस भएको थियो । सो दिनकोभन्दा अगाडि त्यस्तो नभएको एकाएक त्यस्तो भएपछि अब के गर्ने र के नगर्ने भन्ने बारे सो समयमा दिमागले काम गर्न पनि छोड्दो रैछ । एकातर्फ श्रीमती रुने अर्कोतर्फ छोरी रुने । रातको समय । एक्लोले के गर्ने नगर्ने सोच्नै सकेन । यस्तै अबस्थामा जे होला नहोला भन्दै बोकेर अस्पताल ल्याइयो । कोठाबाट बोकेर तीनकुने स्थित मेन रोडमा ल्याएपछि ट्याक्सीमा राखी २ बजेर २९ मिनेट २ सेकेन्डमा मीनभवनस्थित सिभिल सर्भिस हस्पीटलको इर्मेजेन्सीमा भर्ना गरेर उपचार गर्दा समेत छोराको होस खुलेको थिए । जव ५, १० मिनेटको उपचारसंगै बान्ता गरेपछि होस खुल्यो । बोल्न थाल्यो र सोध्यो मलाई किन यहाँ ल्याएको ? इर्मेजेन्सी वार्डमा डाक्टर नर्सहरुको अथक प्रयास जारी थियो । होस खुलाउन । तर लामो समय लागेन । होस खुल्न । इर्मेजेन्सीको उपचारपछि अन्य के कारणले यस्तो भयो भनेर खोजी हुन थाल्यो । रगत, पिसावको परिक्षण भयो । केही खरावी भेएिन । सो परिक्षणपछि टाउकाको परिक्षण गर्न मलाई भनियो । मैले सोही अनुसार अस्पतालको काउन्टरमा गएर पैसा बुझाए र रकम बुझाएको रसिद संगै लगेपछि मात्रै टाउकाको परिक्षण भयो । रातको समय खल्तीमा जम्माजम्मी १५ सय रुपैयाँ । तर अन्य नीजि अस्पतालकोभन्दा सस्तो भएकाका कारण उपचार सुरु गरियो । टाउकाको परिक्षणपछि थाहा भयो । जुकाको खपटा टाउकोमा पुगेको रैछ । सुरुकै अबस्थामा भेटिएकोमा डाक्टरबाट सहानुभुती दिनु भयो । तपाईको बच्चाको अबस्थामा कुनै गम्भीर र चिन्ता लिनु नपर्ने । तर ३ वर्षसम्म नछुटाई औषधिभने सेवन गर्नु पर्ने पनि जानकारी दिए । यति गरुनजेलसम्म विहानका ४ बजी सकेको थियो । चेकजाँचपछि ७२ घण्टा भर्ना गरेर उपचार गर्नु पर्ने सल्लाहा अस्पतालबाट जानकारी भयो । खल्ती कमजोर भएका कारण जनरल वाडमा भर्ना गर्ने त भनियो तर त्यहाँ विरामीलाई उपयुक्त वातावरण नभएपछि तत्कालै सारियो क्याविन नम्बर २५ मा ।
छोरालाई इर्मेजेन्सी वार्डमा भर्ना गरेर उपचार गरे अबस्थामा मलाई अस्पतालको विल बुझाउन ठुलै रकम लाग्ने भयो । पहिलो चरणमा मैले काम गरेको सस्था कमाण्डर पोष्ट दैनिकका कार्यकारी निर्देशक डोलेन्द्र थापालाई पटकपटक फोन गरे तर उनले सो फोन रिसिव गरेनन् । किनकी मैले त्यो अफिसबाट तलवनै लिनु पर्ने भएकाले सो रकम माग गरेको थिए तर त्यो रकम दिने त परै जाओस् कुनै चासो नदिएपछि त्यस्ता निर्देशकसंग कुनै सरोकार राख्नुको महत्व देखिन । आपत्त परेको बेला पाउने तलव समेत दिन नसक्ने यस्ता मालिकले किन मिडिया मालिक हुँ भन्दै हिड्नु । बरु कमडलु बोकेर माग्न हिड्नु राम्रो हो । अब यस्ता व्यक्तिले समाजमा कुनै अर्थ छैन किनकी आफु मिडिया मालिक हुँ भनेर नाक फुलाउनु पर्ने । यस्तो बेला त शत्रुले समेत सहयोग गर्दछन् । तर मलाई निर्देशक डोलेन्द्रले बदलाको भाबनाले लिएपछि अब मैले चाही किन निर्देशक या मिडिया मालिककोे रुपमा हेर्ने र ?
उपचारकै क्रममा सो अस्पतालका कार्याकारी निर्देशक डा. विमल थापा र मिडिया मालिक भन्ने थापाबीच ठूलो भिन्नता पाए । सो अस्पतालमा ।
सुरुमा मैले न सो अस्पतालमा आफ्नो परिचय दिए न अहिलेनै दिएको छु औपचारीक रुपमा । अस्पतालको क्याविन दिनको १ हजार रुपैयाँ शुल्क । क्याविनमा सारेपछि एउटा बेड र एउटा सोफा मात्र छ । ओड्ने पनि छैन् । क्याविन सार्नुअगाडि केही नर्ससंग चर्काचर्कीपनि पर्यो । कारण भुइ सफा गरि रहेको अबस्थामा नहिड्न र जहाँ हो त्यही रोकिन निर्देशात्मक भनाई आएपछि परेको थियो चर्काचर्की । आफु औषधि र अन्य सामान लिएर विरामी राखेको कोठामा जानलाग्दा एकाएक सो उर्दी आएपछि भयो चर्काचर्की । मलाई सो अस्पतालको भुईसंग कुनै सरोकार छैन । किनकी मेरो छोरो अस्पतालको बेडमा रहेको अबस्थामा भुई सफा गरेको अबस्थामा नहिड्नु भन्नु र सो स्थानमा हिड्नु मेरो गल्ती हो या अस्पतालका ती नर्सहरुको गल्ती हो अझै छुटाउन सकेको छौन मैले ।
नर्ससंगको चर्काचर्कीपछि मैले सो अस्पतालमा खटिएका नर्सहरुको बारेमा जानकारी गराउनु सचेत नागरिकको धर्म सम्झेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिब कृष्णहरि बाँस्कोटालाई फोन गरि जानकारी गराए । बाध्य भएर फोन गर्नु पर्ने अबस्था आयो । सचिब बाँस्कोटासंग फोन बार्ताभयो । उहाँले अस्पतालका कार्यकारी निर्देशक डा. विमलकुमार थापालाई फोन गर्नु भएछ । उहाँ विहानै क्याविन नम्बर २५ मा आउनु भयो र जानकारी लिनु भयो । ७२ घण्टामा उहाँ पटकपटक आउनु भयो । उहाँले उपचारकालागि कुनै कसुर बाँकी नराख्न निर्देशन दिनुभयो । हो उपचार गरेपछि शुल्क तिर्नुपर्छ त्यो मैले तिरेकै थिए । जति विल आयो त्यही अनुसार रकम बुझाउदै आए तर क्याविनमा सोचे अनुसारको सुविधा नहुनु र भुई सफागरेपछि नसुकुनजेलसम्म हिड्न नपाउनुले कता कता मलाई बिद्रोहको अबस्थामा ल्याइपुर्याएको हो । अस्पतालमा रमाइलो गर्न कोही पनि आउदैनन् । कोही विरामी भेट्न आउछ त कोही विरामी लिएर आउछन् । यस्तो अबस्थामा हिड्नै प्रतिबन्ध लगाउनु उचीत होइन । हामी यस देशका चौथो अंगका रुपमा रहेका पत्रकार भन्नेले त यस्तो अबस्था भोग्नु पर्छ भने अरुको अबस्था कस्तो होला ।
म प्रायः आफ्नो कामका लागि कहिल्यै पनि परिचय नदिने व्यक्ती हुँ किनकी शुल्क तिरेर काम गर्नु पर्ने भएपछि किन म यस्तो हुँ भनेर परिचय दिनु परो र । यहाँ अन्य पत्रकार मित्रहरु चिया पसल, मम पसलदेखि फुटपथमा पसल राख्नेलाई समेत प्रेस पास देखाउने गरेका र बार्गेनिड गर्ने गरेका उदाहरण थुपै रहेका छन् । तर मैले जटिल अबस्थामा समेत म पत्रकार हुँ भनेर परिचय दिने गरेको छैन् ।
तर पहिलो पटक मैले उच्च पदस्थ कर्मचारीलाई फोन गरेको यो पहिलो पटक हो । किनकी मैले क्याविनमा दिनको १ हजार रुपैयाँ बुझाउनु पर्ने भएपछि र क्याविनमा एउटा सोफा र एउटा बेडमा भएपछि क्याविनको अबस्था देखाउनकालागि मैले सो फोन गरेको हँु किनकी मेरो मनमा लागेको थियो क्याविन भनेपछि विभिन्न सुविधा होला भन्ने र त्यो मेरो सोचाइ मात्र रैछ । क्याविन भनेको छुटै ट्वाइलेटमात्र रैछ अरु सवै जनरल सरहकै । यस्तो भएपछि मैले हेल्लो सरकारको समेत जिम्मेवारी लिएका र गुनासा सुन्ने काम समेत गरेर सम्बन्धि निकायमा पुर्याउने भएकाले सो फोन गरेका थिए । कि म एउटा पत्रकार हैन एउटा सेवाग्राहीको रुपमा गुनासो पोखेको थिए सचिब बाँस्कोटा समक्ष ।
मेरो फोनलाई सचिब बाँस्कोटाले बढो गम्भीर रुपमा लिएर उहाँले सम्बन्धि निकायमा गुनासो तत्कालै पुर्याउनु मात्र भएन कि आफैले यस अस्पतालका कार्याकारी निर्देशक डा.थापालाई फोन नै गरेर अबस्था बुझ्न निर्देशन दिनु भएछ । उहाँको फोनपछि तत्कालै निर्देशक डा. थापा क्याविन नं. २५ मा आफै आउनु भयो र अस्पतालको नियम र संरचना बारे बुझाउनु भयो । उहाँ मेरो छोरा क्याविन नंंं २५ मा राखिनु जेलसम्म विहान बेलुका आफै आएर अबस्था बुझ्ने काम गरि रहनु भयो । भने सचिब बाँस्कोटा शनिबार आफै अस्पताल आई विरामीका बारेमा बुझ्नु भयो । एउटा सामान्य व्यक्तिको छोराको अबस्था बुझ्नका लागि उहाँले जुन कार्य गर्नुभयो यो मेरो उहाँप्रति ठूलो ऋणी बनेको छु । यो ऋण मैले तिर्ने सक्ने अबस्थामा छैन म । किनकी ऋण भनेको रकममा गरेको भए हिसाव गरेर फिर्ता गर्न सकिन्थ्यो तर यो भावनात्मक ऋण भएकाले सो तिर्न मसंग कुनै सामान छैन । साथै यस अस्पतलका निर्देशक डा. थापाको पनि ऋण तिर्ने मसैग केही छैन ।
Sunday, February 9, 2014
आजदेखि देश अन्धकार
रोशन कार्की
काठमाडौं । सरकार र नीजिक्षेत्रको दोहोरीका कारण देश आज (आइतबार) देखि देश अन्धकार बन्ने भएको छ । अस्थिर राजनिती र सरकारका कारण पाइप लाइनमा रहेका विद्युत् आयोजनाहरु निमार्णमा ढिलाई हुदै गएकै कारण देश अन्धकारमय हुन पुगेको छ । नेपाल विद्युत् प्राधिकरणमा हुने चुहावट र कर्मचारीको ‘जागिरे प्रथा’ कारण विजुली उपभोक्ताहरु साताको ८४ घण्टा अन्धकारमा आफ्नो दैनिकी सञ्चालन गर्न बाध्य हुनु परेको छ । प्राधिकरणका कर्मचारीको मिलेमतोमा देशका विभिन्न स्थानमा विना अनुमति ४ फ्रेज लाईननै फर्निचर उद्योगमा समेत दिने गरेको र लामो समयदेखि हुदै आएको विद्युत् चुहावट नियन्त्रण गर्न नसक्दा उपभोक्ता दैनिक १२ ÷१३ घण्टा अन्धकारमा बस्न बाध्य हुनु परेको सम्बन्धि क्षेत्रका विज्ञहरुले बताएका छन् ।
प्राधिकरणले नदीमा पानीको मात्राममा कमी आएको र माग अनुसार विद्युत् उपलव्ध गराउन सक्नै भन्दै लोडसेडिङ पुन ः चार घण्टा बढाए पछि देश अन्धकारमय भएको हो । प्राधिकरणले आइतबार (आज) बाट लागू हुने गरी लोडसेडिङ सातामा चार घण्टा बढाएको हो । यसअघि सातामा ८० घण्टा लोडसेडिङ हुँदै आएकामा अबदेखि ८४ घण्टा लोडसेडिङ हुनेछ ।
पहिले सातामा चार दिन ११ घण्टा लोडसेडिङ हुँदै आएकोमा आइतबारबाट हरेक दिन १२ घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणले यो हिउँदमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ नगर्ने घोषणा गरेको थियो । फागुन र चैत दुई महिना लोडसेडिङ १२ घण्टामा सिमित गरे बैशाखबाट भने विद्युत् उत्पादन बढ्ने र लोडसेडिङ घट्ने जनाएपनि सो समयमा दैनिक १७ घण्टा सम्म हुने अनुमान प्राधिकरणकै एक उच्च कर्मचारीले अनुमान गरेका छन् । ती कर्मचारीले नाम नलेख्ने सर्तमा भने,‘प्राधिकरण, मन्त्रीपरिषद्का अध्यक्ष जस्ले जे भने पनि प्राकृतिक रुपमा विद्युत् उत्पादन गरेका कारण दैनिक १७ घण्टा सम्म लोडसेडिङ हुन अबस्था रहेको छ ।’ उनले लोडसेडिङ कम गर्न आदेश र निर्देशनले नहुदै बताउदै भने,‘पाइप लाईनमा भएका आयोजना समयमै सम्पन्न गर्ने वातावरण बनाउनु तर्फ विना राजनीति नगरि अगाडि बढ्नु पर्छ ।’
यस अधि विद्यार्थी संघ÷संगठनका प्रतिनिधिहरुले प्राधिकरणका कार्याकारी निर्देशक शंकर कार्कीलाई भेटी तत्काल उच्च पदस्थको क्षेत्रमा पनि सर्वसाधारणकै समयमा लोडसेडिङ गरि समान व्यवहार गर्न आग्रह गरेको थियो । तर, सो आग्रहको १ महिनापछिनै प्राधिकरणले साताको ८४ घण्टा लोडसेडिङ तालिका सार्वजनीक गरेको छ । हाल सरकारको ठाडो आदेशमा सिहदरबार, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री निवास र उच्च पदस्थ कर्मचारीको घरहरुमा लोडसेडिङ मुक्त गर्दै आएको छ । गत वर्ष विद्यार्थी र उपभोक्ताको चर्को दवावपछि उच्च पदस्थ वर्गका घरमा पनि लोडसेडिङ हुदै आएको थियो । नेपालमा जाडोमा बढी उर्जा खपत हुने गरेको भन्दै प्राधिकरणले लोडसेडिङको समय तालिका बढाएको दाबी गरेको छ । प्राधिकरणले दैनिक १२ घण्टा लोडसेडिङको तालिका दिए पनि दिउँसोमा बढी विद्युत् कटौती गरेको छ । आइतबारदेखि प्राधिकरणले दिउँसो चार घण्टा विद्युत् आपूर्ती गर्ने भएको छ ।
Wednesday, February 5, 2014
२०७३ मा मेलम्चीको पानी आउने , पानी प्रशोधन केन्द्रको शिल्यान्यास
रोशन कार्की
सुन्दरीजल । बहुप्रतिक्षित मेलम्ची खानेपानी विकास समितिले काठमाडौंबासीको धारामा २०७३ सालको बैसाख महिनाको १ गते मेलम्ची खोलाको पानी छोड्ने महत्वकाक्षि योजना सार्वजनिक गरेको छ । एक दशक अगाडिदेखि सुरु भएको मेलम्ची खानेपानी आयोजनामा विभिन्न राजनीतिक दल, कर्मचारी र स्थानीय बासिन्दाको आ–आफ्नै स्वार्थका कारण ढिलाई हुदै गएको सो आयोजनाको निमार्ण पक्षलाई पछिल्लो समयमा आएर पुन ः तीब्रता दिएका कारण ३ वर्षमा पानी काठमाडौं आईपुग्ने दाबी सरकारको रहेको छ ।
आगामी तीन वर्षभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गरिने गरि काम कारवाही भएको आयोजनका कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्यले बताए । मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण पाटो मुहान र सुरुङ निर्माण कार्यका लागि इटालीको को–अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) सँग ठेक्का सम्झौता भएपछि सो कम्पनीले २०७२ सालभित्र आयोजना सम्पन्न गरी २०७३ वैशाखमा मेलम्चीको पानी वितरण गर्ने लक्ष्य किटानी भएको निर्देशक शर्माले बताए । यसअघि सन् २०१३ सेप्टेम्बरभित्र काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी ल्याउन २६ दशमलव ५ किलोमिटर सुरुङ तथा मुहान निर्माणका लागि सरकारले सन् २००९ को फेब्रुरुअरीमा चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । तर, १० महिनाअघि अर्थात् सन् २५ सेप्टेम्बर २०१२ मा चाइना रेलवेले काम छोडेर गएपछि आयोजनाले नयाँ कम्पनीसँग सम्झौता गरि काम अगाडि बढाएको उनको भनाई रहेको छ ।
३ वर्षभित्र पानी वितरण गर्ने उदेश्यले मंगलबार काठमाडौंको सुन्दरीजलमा ‘पानी प्रशोधन केन्द्र’ को शिल्यान्यास समेत सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री छविलाल पन्थले सो केन्द्रको शिल्यान्याश गरेका हुन । मन्त्री पन्थले शिल्यान्यासपछि सम्बोधनमा भने,‘कुनैपनि काम गर्दा समस्याहरु ऋाउनु सामान्य कुरा हो, सो कुरा स्थानीय स्तरमै समधान गर्नु गराउनु होला ।’ उनले जटिल समस्याबाहेक अन्य समस्या स्थानीय स्थरमै समधान हुने भएकाले सम्बन्धित निकायले आफ्नो स्वविभेक लगाउनु राम्रो हुने बताए ।
चाइना रेलवेले ठेक्का सम्झौता रद्ध गरी बीचमै काम छाडेर हिँडेको भएपनि मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) ले आयोजना जसरी पनि पूरा गरेरै छाड्ने सरकारसँग प्रतिबद्धता जनाए पछि नयाँ ठेक्का सम्झौता भएको थियो । बाँकी कामका लागि आयोजनाले डिसेम्बर २०१२ मा मुहान र सुरुङ निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । टेन्डरमा चीन, जापान र इटालीका कम्पनीहरुले आर्थिक र प्राविधिक प्रस्ताव हालेका थिए । इटालीको सीएमसी कम्पनीले ७ अर्ब ७२ करोड ३४ लाख रुपैयाँ आर्थिक प्रस्ताव गरेको थियो । सबैभन्दा कम आर्थिक प्रस्ताव सीएमसीले हालेपछि सो कम्पनीसँग ठेक्का सम्झौता भएको हो । मेलम्ची आयोजना तीन चरणमा सम्पन्न गरी दैनिक ५१ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउने सरकारी योजना रहेको छ । आयोजनाले पहिलो चरणमा सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी काठमाडौं ल्याउने तयारी भएको छ भने दोस्रो चरणमा याङग्री र लार्के खोलाबाट १७÷१७ करोड लिटर पानी सोही सुरुङमार्फत थप पानी ल्याइनेछ । मेलम्ची आयोजनाको पानी काठमाडौंमा ल्याउन केही समयअघि जापानी नियोग (जाइका) को ऋण सहयोगमा सुन्दरीजलस्थित महांकालचौरमा पानी प्रशोधन केन्द्र निर्माणका लागि भीएटेक–प्रतिभा इन्डस्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता भउकोे छ ।
पानी प्रधोधन केन्द्र निर्माणका लागि भीएटेक–प्रतिभा कम्पनीले ४ अर्ब २० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको हो । मन्त्री पन्थले मंगलबार मेलम्ची खानेपानी आयोजनालाई सरकारले महत्वपूर्ण प्रोजेक्टको रुपमा राखेको भन्दै सो आयोजना सम्पन्न गर्नकालागि सवै पक्षबाट सकारात्मक सुझाब र सहयोगको आबश्यकता रहेको बताएका छन् । एडीबीले नेपाल र नेपालीको विकासमा निकै ठूलो सहयोग गरेको बताउदै मन्त्री पन्थले भने,‘काठमाडौं उपत्यकाबासीको खानेपानीको मागलाई दीर्घकालीन रुपमा समाधान गर्ने यो आयोजना समयमै पूरा गराउन एडीबीले गरेको आर्थिक सहयोग महत्वपूर्ण छ ।’ मुहान र सुरुङ निर्माणका लागि भएको ठेक्का सम्झौता यस भन्दाअगाडि रद्ध भएकाले आयोजना पूरा हुँदैन कि भन्ने शंकालाई रहेको बताउदै उनले भने,‘अब सो शंका निवारण भएको छ, २०७३ सालको पहिलो विहानीमा मेलम्चीको पानी खान पाईन्छ ।’
एडीबीका प्रतिनिधिले मेलम्ची आयोजनालाई ठूलो प्रोजेक्टमा लिएको र आयोजना समयमै पूरा हुने प्रतिबद्धता जनाएको छ । मेलम्ची आयोजना अन्तर्राष्ट्रिय मापदण्डअनुरुप निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता एडिवी बैंकले जनाएको छ । समितिका कार्यकारी निर्देशक आचार्यले आयोजनाको भौतिक संरचना निर्माणमा भौगोलिक विकटता चुनौतीपूर्ण रहे पनि अब समयमै सम्पुर्ण काम सम्पन्न हुने दाबी गरे । उनले भने,‘हामीले १० महिनाको समय व्यर्थैमा गुजा¥यौं, यसबाट पाठ सिक्दै राजधानीबासीलाई २०७३ सालको नयाँ वर्षको उपहारस्वरुप मेलम्चीको पानी धारा–धारामा पु¥याउने छौ ।’ सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले मेलम्ची खोलाबाट २६ दशमलव ५ किमि सुरुङ निर्माण गरी सुन्दरीजलमा ल्याइने पानी प्रशोधन केन्द्रमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने क्षमता हुने बताए । सभासद् रामेश्वर फुयाँलले राष्ट्रिय प्राथमिकताप्राप्त मेलम्ची खानेपानी आयोजनालाई तोकिएकै समयमा सम्पन्न गराउन राजनीतिक दलका तर्फबाट सहयोग जुटाइने प्रतिबद्धता व्यक्त गरे । मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउनुपूर्व अहिले आयोजना कार्यान्वयन निर्देशनालयले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको स्तरवृद्धि, काठमाडौंको विभिन्न स्थानमा पानीपोखरीहरुको निर्माण, वितरण सञ्जाल सुधार र ढल प्रणाली सुधारको निर्माण कार्य गरिरहेको छ । दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य रहेको उक्त आयोजनामा ४६ करोड ४० लाख अमेरिकी डलरभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । सुरुङ र इन्टेक निर्माणका लागि मात्र करिब १० करोड डलर खर्च हुने छ ।
Tuesday, February 4, 2014
कर संकलन अभियानमा सरकार असफल
रोशन कार्की
कठमाडौं । सरकारले पटक–पटक ‘राष्ट्रिय कर दिवस’ का साथ अभियानकै रुपमा सुरु गरेको कर संकलनबाट सरकार असफल हुन पुगेको छ साथ अभियानकै रुपमा सुरु गरेको कर संकलनबाट सरकार असफल हुन पुगेको छ । सरकारले विभिन्न समयमा समयमा कर नबुझाउने र मिसम्याच गर्ने व्यवसायी, पेशाकर्मी र अन्यलाई छुटको व्यवस्था गरेपनि दिएको समयसिमाभित्र कर बुझाउन नआएपछि सरकारको अभियाननै विफल भएको हो । देश विकासका लागि आवश्यक रकमको मुख्य स्रोत करलाई सरकारले लिएको छ । मुलुकको कुल गार्हस्थ उत्पादनमा राजस्वको योगदान २० प्रतिशत पु¥याउने योजना सहित सरकारले अर्थतन्त्रमा राजस्वको हिस्सा बढाउन नयाँ रणनीति सार्वजनिक गरेको थियो । आन्तरिक राजस्व विभागले पछिल्लो समय कर संकलनलाई प्रभावकारी बनाउन विभिन्न प्रवद्र्धनात्मक अभियानहरू सञ्चालन गरेपनि लक्ष्य अनुसार कर संकलन हुन सकेको छैन । साना, मध्यम र ठूला करदाता आयकर र मुल्य अभिवृद्धि कर (भ्याट) छलीमा सहभागी भएको पाएपछि विभागले अभियानकै रुपमा आफ्नो सक्रियता बढाएको थियो ।
औद्योगिक प्रतिष्ठानहरू नै नक्कली बील बनाएर कर छल्ने र सरकारले दिने सुविधा लिने गरेकाका कारण ठूलोमात्राममा मिसम्याच बाट कर छली हुदै आएको छ । अघिल्लो आर्थिक वर्षमा ४ सयले भ्याट छलेको र उनीहरुलाई विभागले कारवाहीकालागि सम्बन्धित निकायमा सिफारीस गरेपनि अझैसम्म उनीहरूलाई सरकारले कारर्वाही गर्न सकेको छैन । एकातर्फ ठूलोमात्रामा कर छली हुदै गएको छ । विभागले सोही कर छलीलाई नियन्त्रण गर्नकालागि सञ्चालन गरेको प्रवद्र्धनात्मक कार्यक्रम, जरिवाना सम्बन्धी कुराहरू, अनुगमन लगायत कार्यक्रमले कर संकलनमा खासै सकारात्मक असर परेको छैन । कर संकलन वृद्धि गर्ने उद्देश्यका साथ सरकारले चालू आर्थिक वर्षलाई कर प्रणाली सुधार वर्ष घोषणा गरेको थियो । कर प्रशासनको सुधार गर्ने भन्दै विभागले पाँच वर्षे रणनीतिक योजना समेत ल्याएको छ । यसमा तीन वर्षको सुधार योजना छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत दिएको छुट सुविधाबाट सतप्रतिशत कर संकलन गर्ने लक्ष्य लिएको भएपनि सो अबधिमा ४५ करोड रुपैयाँमात्र राजस्व संकलन गर्न सकेको छ । कर छुट सुविधा उपयोग गर्ने ९ हजार नयाँ करदाताबाट सो राजस्व संकलन भएको विभागले जनाएको छ । विभागको तथ्याङ्क अनुसार करमा दर्ता भएका करदाताको संख्या ११ लाख पुगेको उल्लेख छ । सरकारले राजस्व संकलनमा वृद्धि गर्न पुसमसान्तसम्म करको दायरामा आउने करदातालाई कर, शुल्क तथा ब्याजमा मिनाहा सुविधा प्रदान गरेको विभागका महानिर्देशक टंकमणि शर्माले बताएका छन् । उनका अनुसार सो अबधिमा सोचेअनुसारले करको दायरामा नआएको बताए । महानिर्देशक शर्माले थपिएका नयाँ करदाताहरूमा चिकित्सक, कलाकार, इन्जिनियर, कानुन व्यवसायी, लेखा परीक्षक, सहकारी संस्थालगायतका व्यवसायीहरू रहेका बताए ।
उनले कर छुट सुविधा उपयोग गर्ने नौ हजार र करमा दर्ता भएर विवरण नबुझाई बसेका २० हजार गरी जम्मा २९ हजार करदाता करको दायरामा आएको बताए । करको दायरामा आएकामध्ये १८ हजार आयकर र दुई हजार मूल्य अभिवृद्धि करका करदाता रहेको उनले बताए । करमा दर्ता भई विवरण नबुझाएका करदाताको संख्या ठूलो मात्रामा रहेको महानिर्देशक शर्माले बताए । उनले भने,‘कुनै पनि व्यवसाय तथा पेसा गर्ने व्यक्तिले व्यवसाय सुरु गर्नुपूर्व स्थायी लेखा नम्बर अनिवार्य लिनुपर्ने व्यवस्था रहेको छ, लेखा नम्बर नलिई वा मूल्य अभिवृद्धि करमा दर्ता नभई कारोबार गरे आयकर ऐन तथा मूल्य अभिवृद्धि ऐनअनुसार कारबाही हुने हुन्छ ।’ हाल करिब ११ लाख करदातामध्ये एक लाख ३० हजार मूल्य अभिवृद्धिमा दर्ता भएको विभागको तथ्याङ्कले देखाएको छ ।
Saturday, February 1, 2014
पिएनदेखि सिइओसम्म आफै काम गर्दछन् जुत्ताचप्पलका लगानीकर्ता
रोशन कार्की
काठमाडौं । नेपालका अधिकाशं उद्योगमा विभिन्न पद र उपपदहरु सृजना गरेर सञ्चालन हुने गरेका छन् । तर देशै एक उद्योग छ जहाँ सवै काम एकै व्यक्तिले तल्लो तहको पददेखि उच्चपदस्थ तहसम्मको पदसमेत सम्हालेका छन् । विदेशबाट आयात हुने अधिकाशं उद्योगहरुमा पिएनको पददेखि उच्चतहसम्मको पदमा जनशक्ति माग हुने गरेको छ भने नेपाली उत्पादनको नाममा विगद केही वर्षदेखि उत्पादन हुन थालेको नेपाली जुत्ता चप्पल उद्योगमा सवै पद एकै व्यक्ति अर्थात लगानीकर्ताले नै सम्हालेका छन् ।
विगद केही वर्ष अगाडिसम्म नेपाली बजारमा विदेशी जुत्ताचप्पलले ओकटेको थियो । हाल आएर सो स्थानलाई विस्तारै ओकटन थालेपछि सो उद्योगका मालिक तथा लगानीकर्ता ‘पिएनदेखि सिइओ’ सम्म आफैले कार्यासम्पादन गर्नु परेको छ । ‘हामी विस्तारै आम उपभोक्तालाई नेपाली उत्पादनका जुत्ताचप्पल पनि विदेशीभन्दा कम छैन भन्ने सन्देश दिन सफल भएको जस्तो लाग्छ, यो हाम्रो परिक्षण काल हो जव उपभोक्ताको हामीले विश्वास दिलाउनकालागि पियनदृेखि सिइओसम्म’ को काम गरेका छौ ।’ हरुलाई नेपाल छाला जुत्ता तथा बस्तु उत्पादक संघका अध्यक्ष होमनाथ उपाध्यायले बताए । उनका अनुसार अरु कम्पनीजस्तो सवै पदमा जनशक्ति राखेर काम गर्नसक्ने क्षमतामा हामीहरु नभएकाले सवै काम आफैले गर्नु पर्ने बाध्यता रहेको बताउछन् । बिएफ डियर हिलका प्रबन्ध निर्देशक समेत रहेका अध्यक्ष उपाध्ययले भने,‘हामी सुरुकै अबस्थामा रहेका छौ त्यसैले बजारीकरण, उपभोक्ता र डिलरसंग पैसा उठाउने काम समेत आफैले गर्नु पर्छ ।’
यसैक्रममा, सो उद्योगका लगानीकर्ताहरु आफ्नो उत्पादनमा पर्ने ऐन कानून र अन्य असुविधाबारे समधान गर्न सरकारी निकायसम्म पनि समय निकालेर जानु अबस्था रहेको बताउदछन् । सो संघका सदस्य नवराज गौतमले भने,‘ सुरुको अबस्थामा रहेका कारण हामी आफै फ्याक्ट्रिमा गएर खोल्ने, कालीगढ खोज्ने, जुत्ताचप्पल बनाउनेदेखि लिएर बनेका जुत्ताचप्पल बोकेर पुन ः बजारसम्म पु¥याउने काम हामी आफैले गर्ने गरेका छौ ।’ यसरी आफैले गर्दा कुनैकुनै विषयमा भने बाधा पुग्ने गरेको अनुभब सदस्य गौतमको रहेको छ । उनले भने,‘सवै आफैले गर्दा सवैलाई भनेजस्तो समय दिन नसक्ने भएकाले विभिन्न समयमा संघ र हाम्रो उत्पादनमा पर्ने समस्यालाई समधान गर्न भने सम्बन्धित निकायसम्म जान समेत समय नहुदाँ समस्या यथावत रहने गर्दोरैछ ।’ तरपनि सवै आफैले गर्दापनि त्यसमा आफुहरुलाई भने कुनै हिनताबोध नभएको टाकुरा शु का प्रबन्ध निर्देशक समेत रहेका गौतमको भनाई रहेको छ । सदस्य गौतमका अनुसार नेपाली उत्पादनलाई सवै उपभोक्ताबीच लोकप्रिय बनाउनकालागि जुत्तामेलाको स्टलदेखि फ्याक्ट्रि सम्म आफै पुग्दा उपभोक्ता र कामदारलाई समेत विस्वासनीय हुने दाबी गर्दछन् ।
उनले भने,‘मेलाको स्टलमा बसेर आफैले काम गर्दा एउटा उपभोक्तालाई जुत्ताको मुख्यमान्छेसंगै कुरा गरेर लिन पाउदाँ जुत्ता चप्पलमा बढी विस्वासिलो हुन जाने भएकाले हामीहरु प्राय ः मेला अबधिभर स्टलमै बस्ने गरेका छौ ।’ प्रत्येक वर्ष नेपाली उत्पादनलाई आम उपभोक्ताबीच चिनाउने उदेश्यले मेलाको आयोजना गरेपनि उपयुक्त मेला स्थल नहुदाँ जुन उदेश्यले आयोजना गरेको हो त्यो उदेश्य पुरा गर्न नसकेको उनीहरुको भोगाई रहेको छ । ठूलोमात्रामा विदेशी ब्राण्डका सामानहरुले नेपाली बजार ओकटेको अबस्थामा त्यसलाई चिर्नकालागि मेलाको आयोजना गर्ने गरेको संघका सचिब तथा स्काइ सु इन्डस्ट्रिजका प्रबन्ध निर्देशक मनोजकुमार श्रेष्ठले बताए । उनले भने,‘ यदी सरकारले सहजरुपमा मेलागर्ने स्थानको निमार्ण गरिदिएको खण्डमा विदेशी उच्च ब्राण्डका सामानसंग नेपाली उत्पादनका सामानले २÷३ महिनामै पछाडि पार्ने छ ।’
पछिल्लो समयमा नेपाली बजारमा विदेशी उत्पादनका सामानभन्दापनि स्वदेशी उत्पादनका सामानको माग अत्याधिक हुने गरेको छ । माग अनुुसार सामान उपलव्ध गराउन नसक्नुको मुख्य कारण जनशक्तिको अभाव भएको समेत व्यवसायीहरुले बताएका छन् । सरकारले यो छाला जुत्ता तथा चप्पल कम्पनीमा दक्ष उपभोक्ताहरुको उत्पादन हुने तालिम तथा विद्यालयबाटै सो व्यवस्था गरेको खण्डमा हामी केही वर्षभित्रै नेपाली जुत्ताचप्पललाई विदेश निकासी गर्न सक्ने सदस्य गौतमले दाबी गरे । उनले भने,‘हामीलाई विदेशमा उत्पादन हुने जुत्ताचप्पलका फ्याक्ट्रिको भ्रमणमात्र गराउने हो भने त्यहाँ उत्पादन हुने जुत्ताचप्पल जस्ताको तस्तै नेपालमै उत्पादन गर्न सक्ने क्षमता हामी संग रहेको छ, तर सो अबसर नपाउदाँ अनुमानको भरमा नयाँ मोडल उत्पादन गर्ने गरेका छौ ।’
सदस्य गौतमका अनुसार सरकारले आफ्नो राष्ट्रियताकालागि स्कूलबाटै पोख्त बनाउनु पर्ने र सरकारी गैरसरकारी तथा नीजि कम्पनी, कार्यालयमा अनिबार्य रुपमा स्वदेशी उत्पादनकै सरसमान प्रयोग गर्नु पर्ने व्यवस्था लागु गर्ने हो भने नेपाली उत्पादनको राम्रो भविश्य हुने बताउछन् । गौतमले भने,‘यहाँ बाहिर स्वदेशी उत्पादनमा जोड दिने व्यवहारमा भने त्यो कार्यान्वयन नगर्ने भएकाले खोक्रो राष्ट्रियताको वकालत भन्दापनि व्यवहारमा स्वदेशी उत्पादनलाई ल्याउनुपर्नेमा व्यवसायीहरुको भनाई रहेको छ ।
नेपाली जुत्ता घर कम्पनीले गत बिहीबारदेखि माघ २० गतेसम्म सञ्चालन गरेको विग सेल मेलामा अन्य मेलाको भन्दा राम्रो उपभोक्ताहरुको आकर्षण बढेको छ । मेलामा स्पोर्टस, क्याजुअल, पार्टी सुज लगायत मोडलका जुत्ता राखिएका छन् । यिनै मोडलका चप्पल पनि मेलामा उपलब्ध छन । मेलामा महिला, पुरुष र बालबालिका सबैका लागि उपयुक्त जुत्ता–चप्पल किन्न सकिने व्यवस्था मिलाइएको छ । ग्राहकलाई २० देखि ७० प्रतिशतसम्म छुटमा जुत्ता–चप्पल बिक्री गरेको आयोजकले जनाएको छ ।
रक्सी र तासकालागि हजारौँ, पुस्तकका लागि १ रुपैयाँ पनि छैन
–रोशन कार्की
सिन्धुपाल्चोक, फुल्पिङकोट कल्लेरी–३ मा विसं २०२४ साल कात्तिक २८ गते पिता हिरालाल र माता अम्बिकाका कान्छा पुत्रका रुपमा चन्द्रप्रसाद न्यौपानेको जन्म भयो । जीवनको करिब करिब सबै वसन्तमा अन्य रमाइला पाटोलाई चटक्कै बिर्सिएर दर्जन कृतिका ठेली लेख्दैमा उमेरले नेटो काट्न लागेको उनलाई पत्तो नै भएन । नेपाली साहित्यलाई समृद्ध बनाउन केही गर्नु पर्छ भन्दै पसिना बगाएर कमाएको तलब एक रुपैयाँ पनि घरमा लगेनन् । गाउँकै विद्यालयमा शिक्षक भएर लाखौँ विद्यार्थीको भविष्य बनाउँदै र आफ्नो भविष्य साहित्यमा खोज्दै गर्दा उनले हरेक रात भोकै पनि कटाएका छन् ।
चौमासिक रुपमा आउने शिक्षकको मासिक तलब पाएपछि सबै रुपैयाँ बोकेर उनी आफ्नो घर जानुको साटो सिधै एककाँधे झोला बोकेर पैदल आउँथे चौतारा सदरमुकाम । अनि कमाएको रकम दिन्थे छापाखाना र कम्प्युटरलाई । खुला दिल भएका न्यौपानै लामो समयसम्म झुस्स दाह्री नकाटेर खाली समयमा विभिन्न रचना खाली कागज या टेपरेकर्डमा राख्ने गर्दथे । अनि रातका समय टुकी बालेर त्यसलाई उतार्थे कापीमा ।
दुःखी, रुग्ण र असन्तुष्ट प्राणीको छवि बोकेर कवि युगौँदेखि बाँचिरहेछ । अझ नेपाली सन्दर्भमा कवि भन्नासाथ मस्तिष्कमा एक काया टुप्लुक्क देखापर्छ झुस्स दाह्री र कठालोमा मयल जमेको कमिज धारण गरेको, भुक्क उठेको झोला भिरेको र अनुहारमा यति तनाव पोतिएको कि मानौँ सिंगै ब्रम्हान्डको पिर थाप्लोमा बोकेर हिँडिरहेको जस्तो । हो, ठिक त्यस्तै देखिन्थे चन्द्रप्रसाद न्यौपाने पनि । जुन समय मैले पहिलो पटक चौतारामा परिचय हुदाँ उनलाई यही रुपमा भेटेको थिएँ । तर उनको अनुहार पूरै दाह्रीले छोपेको थियो । अनुहार पत्ता लगाउनै हम्मेहम्मे पर्ने खालको तर उनको कमिज÷ सर्टको कलरमा भने मयलचाहिँ थिएन, सफा नै थिए न्यौपाने ।
भानुभक्तले भोगेका भुक्तमान र देवकोटाले बेहोरेका वेदनालाई यथासम्भव किम्बदन्तीकरण गरियो र नेपाली समाजले कविलाई शिरदेखि पाउसम्म दुखैदुःखमा चुर्लुम्म डुबेको विम्बका रूपमा ग्रहण गरेको छ अन्य साहित्यका पुस्तक पढ्दा । अझ हरिभक्त कटवालको कष्टकर मृत्युपश्चात कवि दुःखी प्राणी हो भन्ने धारणाले बढी आधिकारिकता प्राप्त गरेको छ ।
सत्ता, समाज र घरपरिवार, सबै–सबै कविका सुखका वैरीका रूपमा दरिएर आएका छन । किनकी आफूले कमाएको रकम पनि कागजी कात्रोमा खर्च गरेका कारण । चन्द्रप्रसाद यस्ता कवि हुन्, आफूले कमाएको रकमले नपुगेर किताब प्रकाशनका लागि दाताको खोजीमा धेरै पटक भौँतारिएको मैले पाएको छु । उनी पनि धेरै ठाउँमा धाए । कतिले सहयोग गरे । कतिले चासो समेत नदिएको भनेर उनले धेरैपटक भनेका छन् । धेरै जुत्ता फटाए । धेरै दुःख पाए । सरकारी अड्डामा धाए । जानेमाने र छोटेबडे नेताकहाँ पनि धाए । तर, उनलाई कसैले फुट्या कौडी सहयोग गरेनन् । अन्तमा आफ्नो तलबले जति पुग्छ, त्यति नै छापाखानामा दिएर पुस्तक निकाले । अनि ठूलो पहाड फोडेझैँ लामो सास फेरेर भन्थे, ‘अब ३÷४ दिनमा मेरो पुस्तक बजारमा आउँछ ।’
न्यौपानेका धर्मपत्नी होममाया न्यौपाने प्रकाशिका रहेको पुस्तकको मूल्य २ हजार १ सय रुपैयाँ राखे । चन्द्रयुगको टाइप र सेटिङ पनि महाकवि पुत्रीद्वय प्रतिमा र अर्चनाले गरेर ठूलो सहयोग पु¥याएको उनले भनेका थिए । पुस्तकमा चित्रहरु अमित घिमिरे, नारायण घले, सूर्यनारायण श्रेष्ठ, श्याम रञ्जित, युवराज न्यौपाने र श्याम रञ्जितले कोरेका थिए । यसरी सिन्धुको साहित्यिक इतिहासको सय वर्षे अनुपम बन्न पुगेको यस पुस्तकलाई क्लासिक प्रिन्टिङ सर्भिसले छापेको हो ।
चन्द्रयुगलाई १८ वर्ष लगाएर महाकविले तयार पारे । जब वसन्त ऋतु आउँछ, तब काग, कागकै रुपमा र कोइली, कोइलीकै रुपमा पहिचान प्रदर्शन गरेर आप््mनो वास्तविकता मञ्चन गर्नेछ भने झैँ उनले पनि यस समाजमा रहेका अध्ययन नभएका र लेख्न नआउने ठूलै साहित्यकारलाई समेत चुनौति दिए चन्द्रयुग प्रकाशन गरेर ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले समेत यो कृति साहित्यमा चमत्कार भएको बताएका थिए । एक धार्नी तौल भएको चन्द्रयुगका एक–एक ठेली एक–एक हातले सजिलै उचालिदिएर विमोचन गरिदिए । चन्द्रप्रसादलाई प्रधानमन्त्रीले सहजै उचाल्न सक्दैनन् कि जस्तो लागिरहेको थियो रे ! एकहातले उचाल्नसमेत यति श्रम पर्ने यो किताब पढ्न कति श्रम प¥यो होला भनेर न्यौपानेले कुरै कुरामा बताए । चन्द्रयुगको मोटोपनको रहस्य खोतल्न, लेख्दै जाँदा पत्तै नपाई यो यति मोटो भएछ, खाँदै जाँदा पत्तै नपाई कोही मोटाएजस्तै यो किताब पनि लेख्दै जाँदा मोटाए छ रे, उनले भने । २०४७ सालदेखि कविता लेख्न थालेका चन्द्रप्रसादले दुई दर्जन वर्षभन्दा कम अवधिमा तीन दर्जनभन्दा बढी किताब छपाइसके । आठवटा त महाकाव्य छन उनका । कथा र निबन्ध–संग्रहका साथै इराक–अमेरिका युद्धमा आधारित जासुसी उपन्यास युद्धको नाइके पनि प्रकाशित छ ।
कविले दुःख पाउँछ भन्ने आम मान्यता मुताविक त उनी घनघोर दुखिया प्राणी हुन आर्थिक रुपमा । उनले पुस्तक छपाउन कसलाई हारगुहार गरेनन् भन्ने लेखाजोखा नै छैन । उनले कुरै कुरामा भन्ने गर्थे ‘यहाँ रक्सी, तास खेल्नलाई हजारौँ रुपैयाँ दिँदा रै’छन्, तर पुस्तक छपाउन सय रुपैयाँ सहयोग गर्नुहोस् न भन्दा कुरै नसुन्दा रहेछन्’ त्यसैले उनलाई मैले दुःखी न्यौपाने भनेको । उनको किताबबाट न घरखर्च चलेको छ न उनले कमाएको तलबले घरमा नूनतेल नै किन्न प्रयोग गरे । घरपरिवारको कुरो गर्दा उनले भने, ‘दुःख त छ नि । भनेको बेला एकजोर लुगा हाल्न सकिन्न, मीठो–मसिनो खान सकिन्न, छोराछोरीका चाहना पूरा गर्न पनि सकिन्न ।’ गाउँमा मास्टर कान्छोका नाउँले बोलाइन्छन् । फुल्पिङकोटवासी गद्गद् हुँदै मास्टर कान्छोले लेख्यो रे, १४ अञ्चल, ७५ जिल्लामा नाम पु¥यायो रे भनेर भन्न थाले भनेर खुशी भएका छन् । दाम कमाउन नसकेपनि नाम कमाए भनेर ।
मीठो–मसिनो नखाएर, छोराछोरीका चाहना मारेर, गतिलो लुगा पनि नकिनेर सबै खर्च महाकाव्य लेख्न र छाप्न लगाए उनले । सदरमुकाम चौतारामा तलब लिन गएको मान्छे घर फर्किँदा झोलाभरि किताब बोकेर फर्किछन् र खल्तीबाट यौटा सयको नोट झिकेर पत्नीको हातमा राखिँदिँदै भन्छन रे, ‘बचेको यत्ति हो ।’
महिनाको तलब किताब छाप्न खर्च गर्छन उनी । सुरुसुरुमा त घरपरिवारले काँच्चै खान खोज्थ्यो रे । तर यो मान्छेसँग केही लाग्दैन भन्ने बुझेपछि परिवार मौन रहन थालेका हुन रे । उनले जाँड–रक्सीमा खर्च ग¥या होइन, राम्रै काममा खर्च ग¥या हो भनेर चित्त बुझाएका छन रे परिवारले भनेर उनी भन्छन् । किताब प्रकाशकको खोजीमा उनी धेरै ठाउँमा धाए । धेरै जुत्ता फटाए । धेरै दुःख पाए । सरकारी अड्डामा धाए । जानेमाने र छोटेबडे नेताकहाँ धाए । तर, कसैले फुट्या कौडी सहयोग गरेनन् । सहयोग त परको कुरो, नेताहरूबाट उनले प्रोत्साहनका दुई शब्द पनि भेटाएनन् ।
उनले २०४७ सालमा लेखेको कवितालाई लिएर सिन्धुपाल्चोकका तत्कालीन सिडिओले बोलाएर झार्नुसम्म झाँको झारे, यस्तो वाहियात नलेख्नू, नत्र कारबाहीमा पर्लाउ भनेर चेतावनी दिए । तै कारबाहीमा चाहिँ परिनँ भनेर अतितलाई पनि सम्झना गरे चन्द्रप्रसादले संकटकालमा रेकर्डरले झन्डै बित्यास पारेको उनले सम्झिए । संकटकालताका एक दिन नलिन चोकमा आर्मीको चेकिङमा पर्दा उनको गोजीबाट रेकर्डर निक्ल्यो । को होस ? काँ को होस ? कताबाट आइस ? कहाँ जान लागिस् ? किन जान लागिस् ? रेकर्डर किन बोकिस ? माओवादी होस कि माओवादीको जासुस होस तँ ? जस्ता केरकार गरेकाले सेनाले मार्छ कि जस्तो लागेको सुनाए । दुःखैदुःखका साथ चन्द्रयुग निकालेको सुनाए उनले । ‘सकेसम्म चन्द्रयुग भाग–२ निकाल्ने तयारीमा जुटेको छु,’ उनले भने, ‘अब सवैको सहयोग र साथमा दोस्रो भाग निकाल्छु ।’ उनको सपना पूरा होस्, हामी खुला दिलले साथ दिउँ यस्ता यशस्वी कविलाई ।
Subscribe to:
Posts (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
सरकार र ग्यास उद्योगीबीच अवैध सम्झौता रोशन कार्की काठमाडौं । ऐन–कानुनको बेवास्ता गर्ने अभिव्यक्ति दिने एलपी ग्यास उद्योग र सरकारब...
-
एनसेलको ‘लुट’ प्रकरण स्वीडीश पत्रिकामा काठमाडौ, २६ असोज। नेपाली मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको हामीले विज्ञापनजन्य खवर मात्र पढ्...
-
उद्योग वाणिज्य महासंघमा तीब्र विवाद पहिलो केन्द्रीय बैठकमा २९ सदस्य अनुपस्थित रोशन कार्की÷राजधानी काठमाडौं १ असार व्यवसायीहरुको छाता स...