Sunday, December 10, 2017

समिट होटलमा बिनोद चौधरीले पत्रकारलाई ठिकपार्न उपाय खोजेपछि.......

रोशन कार्की देशमा व्यवसायीक पत्रकारिता भन्दापनि दलगत पत्रकारिता फस्टाएको पछिल्ला घटनाबाट प्रष्ट भएको छ । म विदेशमा भएको पत्रकारिताको कुरा गर्न गएको छैन र यहाँ बाहिर के भयो भन्दापनि आफ्नो देशमा भएका र भोगेका विषयमा अहिले चर्चा गर्न खोजेको हुँ । पछिल्लो समयमा विभिन्न अनलाईन मिडियामा देशमा कर छली गर्दै अर्बपति बनेका त्यसमा पनि विश्वको धनी व्यापारी बिनोद चौधरी, देशको सम्पत्तीमा गिद्धेदृष्टी लगाई पर्यटनको विकासको नाममा कालाकर्तुत गर्दै आएका बैक सञ्चालक चन्द्र ढकाल र एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोको बारेमा समाचार लेखेपछि अहिले कुन तबरबाट पत्रकारलाई ठिक पार्ने भन्ने उपाय खोजी भएको छ । गत साता कुपोण्डोलमा रहेको बिनोद चौधरीको लगानीमा सञ्चालीत समिट होटलमा राखिएको रात्रीभोजमा चौधरीले पत्रकारलाईनै सोधेर कुन तबरबाट आफ्ना विरुद्ध कारबाही गर्ने भन्दै उपाय मागेर पत्रकारमाथी आक्रमणको समेत योजना बनाएको थाहा हुन आएको छ । विशेषगरि नेपालका आर्थिक पत्रकारहरुलाई बोलाईएको सो भोजमा आफुलाई बरिष्ठ आर्थिक पत्रकार भन्न रुचाउनेहरु चौधरी समक्ष आधा जिउ निहुराएर पुगेका थिए ।
सो भोजमा चौधरीले धाराबाहिक रुपमा आएको उनी विरुद्धको समाचरको बारेमा समेत चर्चा गरेका थिए । सो समाचारकै कारण पहिलो पटक कर बुझाएको विज्ञप्ति जारी गर्नु परेको र पनि मेरो र मेरो कम्पनीका बिरुद्ध किन लेखि रहेको छ कस्ले लेख्न लगाएको छ भन्दै सो बारे अब कुन तबरबाट लेख्नेलाई ठिक पार्ने भन्दै उपाए मागेपछि एकछिन भोजमा सहभागी भएका पत्रकारहरु अलमल्ल परेका थिए । भोजमा सहभागी एक सदस्यले भने, तर त्याहाँ सहभागी आमपत्रकारलाई सम्मानका साथ हेर्ने गरेको थिए तर, आफ्नै साथी विरुद्ध पेलेर जानु, परि आएर प्रशासनको सहयोगमा ठिक पार्नु पर्छ, हामी तपाईकै साथमा छौ, लेख्नेले लेखि रहन्छ ? हामी ठूला मिडिया हाउसका बरिष्ठ पत्रकार हौ, भन्दै चौधरीको विरुद्धमा कलम चलाउने पत्रकारलाई आक्रमण समेत गर्दा हुने भन्ने उपाय दिएपछि उनीहरुमाथी रहेको सम्मान म बाट हटेको समेत बताए । यसबाट के प्रमाणित हुन आउछ भने नेपालका अधिकाशं पत्रकारहरु गैरकानूनी तबरबाट कारोबार गर्नेलाई समर्थन गर्दै, अबैधरुपमा रकम संकलन गर्ने गरेका खुलेको छ । स्मरण रहोस, देशमा कर छलीकोबारेमा प्रमाण सहित यस स्तभकारले लेख्दै आएको हो । विश्वको धनीको सूचीमा नाम भएका चौधरी समुहका अध्यक्ष चौधरीले देशलाई बुझाउनु पर्ने कर छली गरेर सहि बिवरण लुकाएको आरोपमा उनीमाथी छानविन हुने भएपछि शक्ति केन्द्रको शरणमा समेत पुगेका छन् । संविधान सभाको निर्वाचनबाट एमालेको कोटामा समानुपातिक सभासद बनेका चौधरीले तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीलाई आफ्नो नियन्त्रणमा पारी अबैध रुपमा कमाएको रकमलाई विदेश लैजान सफल चौधरी अहिले सो दल छोडी एकाएक नेपाली काँग्रेसमा प्रबेश गरेसंगै उनको असली चरित्र बाहिरएको छ । एकताका चौधरी ग्रुपकै एक लेखनदास (मुन्छी) पदमा जागीर खाएका अधिकारीलाई सोझोपनको फाईदा उठाउदै रातारात रकम बिदेश लैजान सफल भएका थिए । सरकारी रेकर्डमा न्यून आय भएको सूचीमा चौधरी र उनको कम्पनी दर्ता भएपछि कसरी भए विश्वको धनी भन्ने प्रश्न उठि रहेको अबस्थामा अझै चौधरी यो देशका असल व्यापारी हो भन्दै कक्टेल पाटीमा सहभागी पत्रकार मित्रहरुले अर्का पत्रकारलाई कुन हैशियतले ठिक पार्ने उपाय दिए यो गम्भीर प्रश्न बनेर आएको छ । आपूmलाई नेपालको एक मात्र डलर अर्बपति दाबी गर्ने चौधरी एकाएक किन कांग्रेस पसे भन्ने रहस्य खुल्दै जान थालेको छ । कांग्रेसलाई चुनाव खर्च बुझाएर समानुपातीकमा नाम लेखाउन सफल चौधरी माथी ठूलै समस्या आउन लागेपछि र सो समस्यालाई समधान गर्नकै लागि काँग्रेस प्रबेश गरेको काँग्रेसकै एक उच्च स्रोतको दाबी रहेको छ । तर सो समस्या समधान गर्न चौधरीलाई सजिलो हुने अबस्था भने छैन । नाम नलेख्ने सर्तमा काँग्रेस स्रोतले भन्यो,‘विनोद चौधरी विरुद्ध सम्पति शुद्धिकरण विभागमा अकूत सम्पति आर्जनको मुद्दा परेपछि र उनी विरुद्ध देशको सम्पति बाहिर लगेको विषयमा पनि छानविन हुने अबस्थामा पुगेकाले सो रोक्नकै लागि उनी काँग्रेसको शरणमा आएका हुन उनी राजनिति गर्नेभन्दा पनि उनी आफ्नो अकुत स्रोत नखुलेको सम्पत्ती जागाउनमात्र काँग्रेसको साथ लिएको हो ।’ उनी विरुद्ध आएका आरोपका बारेमा न चौधरीले फोन रिसिव गरेका छन न उनले कुनै माध्यमबाट आरोपको खण्डन नै गरेका छन् । यसबाट के प्रमाणित हुन्छ भने देशलाई खोक्रो बनाएर विश्वको धनीको सूचीमा परेपनि उनको मुख्य काम भने कर छली र नक्कली भ्याट विलबाट कारोबार गरेर सम्पत्ती कमाउने मात्र उदेश्य रहेको पाइएको छ । चौधरी निकट एक उच्च स्रोतले दिएको जानकारी अनुसार आफ्नै भाईहरुसंग समेत राम्रो सम्बन्ध नभएको र भाईहरुलाई पुर्खाैली सम्पति समेत बाँडफाँड नगरि आफैले भोगचलन गरेको आरोप समेत लागेको छ । बिनोदले चौधरी ग्रुपको सबै सम्पत्ती र पुर्खाैली सम्पत्ती समेत एकल देखाएर बिश्बको धनीको सूचीमा परेको आरोप समेत स्रोतको रहेको छ । चौधरी ग्रुप अन्तर्गत कार्यरत कर्मचारीहरुप्रतिको ब्यवहारका कारण विनोद चौधरी विरुद्ध प्रमाण जुटाउन विभागलाई सहज भएको हो । उनका भारतीय गडफादरहरु पनि कांग्रेसलाई समर्थन गरेमा समस्याबाट बचाईदिने आश्वासन दिएको पनि बुझिएको छ । भारतको राम्रो सम्बन्ध काँग्रेसको भएको भन्दै उनी रातारात प्रबेश गरेको बताइएको छ । उनले सो मुद्दालाई फितलो बनाई आफुलाई जोगाई दिएमा ठूलै धनराशी खर्चनुपर्ने पनि गर्न तयार भएको उनी निकट स्रोतले बताएको छ । यसरी भित्रभित्रै विभागमा उजुरी परेपछि उनकै होटल ‘समिट होटल’ मा विना कारण रात्रीभोजको आयोजना गरेर आफ्नोबारेमा बोलीदिन र लेखिदिन समेत आग्रह गरेको भोजमा सहभागी एक सदस्यले बताएका छन् । होटलमा राखिएको कक्टेल पाटीमा पत्रकार, दलका केही नेता र चौधरीका केही कर्मचारीहरुको सहभागीता रहेको थियो । सो पाटीमा आमन्त्रण गरिएका अधिकाशंलाई एक्लाएक्लै भेट गरि आफ्नो बिरुद्धमा बोल्ने र लेख्नेलाई के कसरी ठिक पार्ने भन्दै समधानको उपाय समेत खोजेको थाहा हुन आएको छ । सो पाटीमा सहभागी अधिकाशं पत्रकारहरुले कहाँ के कस्ले के लेख्छ भन्नेमा चासो नदिन र प्रतिकृया समेत नदिन सुझाब दिएका थिए । जस्ले जहाँ जे लेखेपनि त्यसको कुनै प्रभाब नरहेको हामी राष्ट्रिय मिडियामा भएकाले नडराउन समेत सुझाब दिएको स्रोतको दाबी रहेको छ । जव चौधरीलाई संकट आइपर्छ तब उनले यसरीनै रात्रीभोजको आयोजना गरि आफ्ना समर्थनमा बोल्न र लेख्न आग्रह गर्ने गरेका छन् । नक्कली मुल्यअभिबृद्धि कर (भ्याट) का बारेमा छानविन हुदाँ पनि उनले रात्रीभोज र दशैतिहारमा उपहार समेत उपलव्ध गराएका थिए । उनले आफ्नो विरुद्धमा लेखिएका सवै समाचार रोक्न र समर्थनकोमात्र समाचार लेख छापिदिन समेत आग्रह गरेका थिए । भने विभागका कर्मचारीलाई आफुले मिलाउने र सो कुरा कहि कतैबाट आएमा रोकिदिन आग्रह गरेको स्रोतको दाबी छ । चौधरीले सार्वजनिक सभामा दिएको भाषणको सामाजिक सञ्जाल र मिडिया व्यापक आलोचना हुदै आएको छ । सायद चौधरीले अहिलेसम्म यति चर्को आलोचना व्यहोर्नु परेको थिएन । चौधरी सबैभन्दा बढि अवैध धन्दा गर्ने र कर छली गर्ने व्यक्ति हुन । सरकारले उनीमाथि कुनै कोणबाट छलफल थाल्यो भने चौधरी हरेक कोणबाट फस्ने निश्चित छ । लहरो तान्दा पहरो गर्जयो भने उनले स्वर्गिय राजा बिरेन्द्रको सम्पत्ति हत्याएको र सो सम्पत्तीको समेत खोजी हुने स्रोतको दाबी रहेको छ । यसरी आफ्ना विरुद्ध समाचार लेख्नेमाथी ठिक पार्ने र अबैध कारोबार गर्नमा अबरोध गर्नेलाई बाटो बाट हटाउन चौधरीले विभिन्न स्रोतहरु लगाउदै आएका छन् । सो ग्रुपले गरेको गैरकानुनी कार्यको समाचार लेखेकै आधारमा शेयर बजारका सम्पादक दिनेश आर्चायलाई विभिन्न आरोप लगाएर पक्राउ गर्न समेत सफल भएका चौधरी यस पटक पनि उही हतकण्डा अपनाउन उनी निकट पत्रकारहरुले सुझाब दिएको समेत खुलेको छ । त्यसैले चौधरीको सुपारी खाएर देशमा स्वतन्त्र पत्रकारिता गर्छु भन्दै सार्वजनिक सभा र चोकमा हुँकार नदिनेकी महासयहरु । जय होस । प्रतिकृयाकालागि karkirimn@gmail.com

Thursday, December 7, 2017

चौधरी ग्रुपको ठगीधन्धा : सिजि टेलिकम्युनिकेशनले कर अझै बुझाएन, सरकार मुकदर्शक

रोशन कार्की काठमाडौं । नेपालको मात्रै नभएर विश्वकै अर्बपतिहरुको सुचीमा परेका चौधरी ग्रुपका अध्यक्ष विनोध चौधरीको ठगीधन्धाको विवरण आउनेक्रममा तीब्रता आएको छ । चौधरीको एक अर्ब अमेरिकी डलर सम्पत्ति रहेकै आधारमा उनलाई विश्व चर्चित पत्रिका फोव्र्सले डलर अर्बपतिको उपाधी दिइएपनि उनले र उनको कम्पनीले अहिले सम्म देशलाई बुझाउनु पर्ने कर छली गर्दै आएका छन् । उनै अर्बपछि चौधरीले राज्यलाई तिर्नुपर्ने अर्वौ रुपैयाँ अहिलेसम्म तिरेका छैनन् लामो समयसम्म कर चुक्ता नगरेका चौधरीले पहिलो पटक ७ अर्ब ८८ करोड रुपैयाँ राजस्व बुझाए भन्दै केही पत्रकारलाई मौखिक जानकारी दिएका थिए । विभिन्न मिडियामा आएको समाचारकै आधारमा उल्लेख थियो,‘चौधरी समुहले एक विज्ञप्ति प्रकाशन गरेर ७ अर्ब ८८ करोड रुपैयाँ कर बुझाएको छ ।’ तर सो लिखित विज्ञप्तिको सिजी कम्पनीमा फोन गरी माग्दा पनि लिखित नभएको भन्दै केही पनि दिन चाहेनन् ।
यसरी कर बुझाएको भन्दै विज्ञप्ति जारी गरेको चौधरी समुहले लिखित विज्ञप्ति उपलव्ध नगाएपनि उनले अझै राज्यलाई बुझाउनु पर्ने करमा ठूलो छली गरेको समेत प्रष्ट हुन आएको छ । स्मरण रहोस चौधरी समुहले कर नबुझाएको नक्कली मुल्यअभिबृद्धि कर (भ्याट) बीलबाट कारोबार गरेकोलगायतका समाचार तीब्रखबरडटकमले निरन्तर प्रकाशन गर्दै आएको छ । सो समाचार प्रकाशन भएपछि चौधरी समुहले पहिलो पटक कर बुझाएको भन्दै सार्वजनिक गरेको हो । पछिल्ले समयमा प्राप्त समाचार अनुसार चौधरी समुहले कुनै समय स्वामित्वमा लिएको सिजी टेलिकम्युनिकेशनले वर्षौंदेखिको रोयल्टी बुझाएको छैन । केही महिना अघि मात्रै क्याप्टेन रामेश्वर थापाका विश्वासपात्र सुरेशराज घिमिरेलाई कम्पनीको शेयर ट्रान्सफर गरिएको भएपनि राज्यलाई बुझाउँनु पर्ने १९ करोड ९३ लाख रुपैयाँ नबुझाई आप्mनै खातामा जम्मा गराएको स्रोतको दाबी रहेको छ । नेपाल दुरसञ्चार प्राधिकरणले तोकिएको रकम रोयल्टी नबुझाएपछि सिजि टेलिकम्युनिकेशनलाई पत्र समेत काटेको थियो । पत्रमा जनाइए अनुसार सिजिले सरकारलाई २०६९ सालदेखिको रोयल्टी तिर्न बाँकी रहेको उल्लेख छ । सो कम्पनिलाई ९डिडि एचजेट व्याण्ड मा (9DD MHz Band) मा उपलब्ध गराइएको 2×2=4 MHz Bandwith को फ्रिक्वेन्सी बापत दुरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड र मुल्य सम्बन्धी) नीति, २०६९ अनुसार लाग्ने हालसम्मको सलग्न हिसाब बमोजिम १९ करोड ९३ लाख ९५ हजार ३ सय ६० बुझाउँन बाँकी रहेको छ । उक्त रकम तुरुन्त बुझाउन प्राधिकरणले पटकपटक ताकेता गर्दा समेत अहिले सम्म सो कर चुक्ता गरेको छैन । प्राधिकरणले सिजिलाई काटेको पत्र महिनौँ वित्दा पनि राज्यलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नगरि चौधरी शक्ति केन्द्रमा धाउन थालेका छन् । प्राधिकरणका अनुसार समयमा दस्तूर नबुझाए रकम थपिँदै जान्छ । उक्त पत्रलाई सुचना तथा सञ्चार मन्त्रालयमा समेत बोधार्थ दिइएको छ । प्राधिकरणका एक कर्मचारीका अनुसार चौधरी समुहले वल्र्ड बैंकबाट नेपाल सरकारले पाएको ११ मिलियन अमेरिकी डलर समेत पाएको थियो । तर, सिजिले भने जनताबाट करोडौं रकम मात्रै होइन सरकारी अनुदानको हिसाब समेत देखाएको छैन । राज्यबाट ११ मिलियन डलर अनुदान पनि चौधरीले नै पाउँने,’ प्राधिकरण स्रोतले भन्यो,‘सर्वसाधरणले बिना सेवा करोडौं पैसा पनि चौधरीले खाएको आरोप समेत लगाइएको छ । चौधरी समुहको स्वामित्वमा रहेको सिजी टेलिकम रातारात एक व्यक्तिलाई सेयर हस्तान्तरण गरेको भेटिएको छ । गत असारको २६ गते रातारात सुरेजराज घिमिरेलाई सिजी टेलिकम्युनिकेशनको शेयर हस्तान्तरण गरेका थिए । स्रोतका अनुसार शेयर हस्तान्तरणको बीचमा आएका घिमीरे ‘ब्रोकर’ मात्र हुन् । उनलाई एकै रातमा २ लाख ७५ हजार शेयर कसरी हस्तान्तरण गरिएको बारे पनि छानविन हुनु पर्ने माग सम्बन्धित निकायले गरेको छ । शेयर हस्तान्तरण पत्रमा प्रति कित्ता १२ रुपैयाँमात्र देखाइएको छ । नेपाल दुरसञ्चार प्राधिकरणका कर्मचारी समेत चौधरी समुहले रायल्टी नबुझाएकोबारे खुलेर बोल्न चाहेका छैनन । चौधरी समुहले दुरसञ्चारको नाममा करोडौं रकम राज्यलाई लुटि रहेको ठहर प्राधिकरणका कर्मचारीले समेत बताएका छन् । दुर दराजमा सेवा पु¥याउँने नाममा हजारौँ मान्छे अन्यायमा परेको भन्दै चौधरीको विरुद्ध उजुरी परेका छ । राज्यलाई त लुट्नेले नागरिकमाथि के ख्याल गर्लान् र ? सरकारले ग्रामिण क्षेत्रमा टेलिफोन सेवा पु¥याउँनको लागि ग्लोबल ट्रेन्डरको आधारमा चौधरी समुहलाई टेलिकम कम्पनिको अधिकार दिएको प्राधिकरणको भनाई रहेको छ । तत्कालिन सिजी कम्युनिकेशनका डाइरेक्टर आशिष शर्माले आफूले तीन महिना अगावै राजिनामा दिएको भन्दै आएका छन् । सो समयमा नक्कली भ्याट बिलमा ठूला व्यापारी घराना परेपछि आर्थिक क्षेत्रमा ठूलै हलचल भएको थियो । तत्कालीन अर्थसचिव रामेश्वर खनालले सोही विषयमा सहयोग नगरेकाले उनलाई अर्थमन्त्रालय बस्न समेत नसक्ने अबस्थामा पु¥याएर अन्त्यमा राजीनामा नै दिनुपर्ने अबस्थामा पु¥याएका थिए । ठूला व्यापारी घराना भनेका ठूलै पावर भएका हुन्छन् भन्ने तथ्य फेरि एक पटक चौधरीले देखाएका छन् पैसार पावरको भरमा उनले देशलाई बुझाउनु पर्ने कर अहिले सम्म नबुझाएर देशको आर्थिक समृद्धिमा आफ्नो भुमीका अहम हुने दाबी समेत गर्दै आएका छन् चौधरी । तत्काल नक्कली भ्याट बिल कान्डमा सुरुदेखि अनुसन्धान गरिरहेकाहरुलाई अनुसन्धानै नसकी अर्थ मन्त्रालयले सरुवा गरेको थियो । कारण सो अनुसन्धानको प्रतिबेदन तयार हुदाँ चौधरी समुह सवैभन्दा बढी कर छलीको सूचीमा पर्ने भएपछि चौधरीकै योजनामा कर्मचारीलाई सरुवा गरिएको थियो । सो सरुवा गरेवापत चौधरीले सो समयमा १२ करोड ६७ लाख रुपौयाँको थैली बुझाएको अर्थस्रोतको दाबी रहेको छ । तत्कालिन अर्थमन्त्री वर्षमान पुनको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुलाई सरुवा गरिएको थियो । सो मसयमा आन्तरिक राजस्व विभागका महानिर्देशक राजन खनाल, विभागकै उपमहानिर्देशक लक्ष्मण अर्याललगायतलाई सरुवा गरिएको थियो । उनीहरुले नक्कली विल प्रकरणको अनुसन्धान गर्नेटोलीको नेतृत्व गरेका थिए । देशकै ठूला औद्योगिक घरानाहरु जगदम्बा, चौधरी, गोल्छा, विशाल जस्ता समूहमाथी अनुसन्धान भई रहेको थियो । अर्बौ राजस्व ठग्ने व्यापारीहरुले कति आर्थिक प्रलोभन समेत दिएका थिए तर सो प्रलोभनलाई समेत बेवास्था गरि अनुसन्धानलाई अधि बढाउदा उनीहरुलाई सरुवा गर्न बिनोद चौधरीले दवाव दिएका थिए ।

Tuesday, December 5, 2017

समिट होटलमा बिनोद चौधरीले खोजे आफ्नो बिरुद्धमा लेख्नेलाई ठिक पार्ने उपाय

रोशन कार्की काठमाडौं । विश्वको धनीको सूचीमा नाम भएका चौधरी समुहका अध्यक्ष बिनोद चौधरीले देशलाई बुझाउनु पर्ने कर छली गरेर सहि बिवरण लुकाएको आरोपमा उनीमाथी छानविन हुने भएपछि शक्ति केन्द्रको शरणमा पुगेका छन् । संविधान सभाको निर्वाचनबाट एमालेको कोटामा समानुपातिक सभासद बनेका चौधरीले तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीलाई आफ्नो नियन्त्रणमा पारी अबैध रुपमा कमाएको रकमलाई विदेश लैजान सफल चौधरी अहिले सो दल छोडी एकाएक नेपाली काँग्रेसमा प्रबेश गरेसंगै उनको असली चरित्र बाहिरएको छ । एकताका चौधरी ग्रुपकै एक लेखनदास ९मुन्छी० पदमा जागीर खाएका अधिकारीलाई सोझो पनको फाईदा उठाउदै रातारात रकम बिदेश लैजान सफल भएका थिए । पछिल्लो समयमा सरकारी रेकर्डमा न्यून आय भएको सूचीमा चौधरी र उनको कम्पनी दर्ता भएपछि कसरी भए विश्वको धनी भन्ने प्रश्न उठेको थियो ।
आपूmलाई नेपालको एक मात्र डलर अर्बपति दाबी गर्ने चौधरी एकाएक किन कांग्रेस पसे भन्ने रहस्य खुल्दै जान थालेको छ । कांग्रेसलाई चुनाव खर्च बुझाएर समानुपातीकमा नाम लेखाउन सफल चौधरी माथी ठूलै समस्या आउन लागेपछि र सो समस्यालाई समधान गर्नकै लागि काँग्रेस प्रबेश गरेको काँग्रेसकै एक उच्च स्रोतले जनाएको छ । नाम नलेख्ने सर्तमा काँग्रेस स्रोतले भन्यो,‘विनोद चौधरी विरुद्ध सम्पति शुद्धिकरण विभागमा अकूत सम्पति आर्जनको मुद्दा परेपछि र उनी विरुद्ध देशको सम्पति बाहिर लगेको विषयमा पनि छानविन हुने अबस्थामा पुगेकाले सो रोक्नकै लागि उनी काँग्रेसको शरणमा आएका हुन उनी राजनिति गर्नेभन्दा पनि उनी आफ्नो अकुत स्रोत नखुलेको सम्पत्ती जागाउनमात्र काँग्रेसको साथ लिएको हो ।’ विनोद विरुद्ध सम्पति शुद्धिकरणमा परेको मुद्दाका बारेमा विभागले महत्वपूर्ण विवरण सहितको प्रमाण समेत जम्मा गरि सकेको र निर्वाचनपछि सो मुद्दाबारे छानविन गर्ने सुचना चौधरीले पाएपछि रातारात काँग्रेस प्रबेश गरेको आरोप समेत चौधरीलाई लगाइएको छ । सो बारे पटकपटक चौधरीलाई सम्र्पक गर्दा उनी सम्र्पकमा आउन चाहेनन । चौधरी निकट एक उच्च स्रोतले दिएको जानकारी अनुसार आफ्नै भाईहरुसंग समेत राम्रो सम्बन्ध नभएको र भाईहरुलाई पुर्खौली सम्पति समेत बाँडफाँड नगरि आफैले भोगचलन गरेको आरोप समेत लागेको छ । बिनोद चौधरीले चौधरी ग्रुपको सबै सम्पत्ती र पुर्खौली सम्पत्ती समेत एकल देखाएर बिश्बको धनीको सूचीमा परेको आरोप समेत स्रोतको रहेको छ । चौधरी ग्रुप अन्तर्गत कार्यरत कर्मचारीहरुप्रतिको ब्यवहारका कारण विनोद चौधरी विरुद्ध प्रमाण जुटाउन विभागलाई सहज भएको हो । आपूmलाई अप्ठेरो पार्नेगरी मुद्दाहरु परेपछि विनोद चौधरी एकाएक कांग्रेस पस्न बाध्य बनेको बताएको छ । उनका भारतीय गडफादरहरु पनि कांग्रेसलाई समर्थन गरेमा समस्याबाट बचाईदिने आश्वासन दिएको पनि बुझिएको छ । भारतको राम्रो सम्बन्ध काँग्रेसको भएको भन्दै उनी रातारात प्रबेश गरेको बताइएको छ । उनले सो मुद्दालाई फितलो बनाई आफुलाई जोगाई दिएमा ठूलै धनराशी खर्चनुपर्ने पनि गर्न तयार भएको उनी निकट स्रोतले बताएको छ । यसरी भित्रभित्रै विभागमा उजुरी परेपछि उनकै होटल ‘समिट होटल’ मा विना कारण रात्रीभोजको आयोजना गरेर आफ्नोबारेमा बोलीदिन र लेखिदिन समेत आग्रह गरेको भोजमा सहभागी एक सदस्यले बताएका छन् । गत शुक्रबार ९मंसिर १५ गते० सो होटलमा राखिएको कक्टेल पाटीमा पत्रकार, दलका केही नेता र चौधरीका केही कर्मचारीहरुको सहभागीता रहेको थियो । स्मरण रहोस चौधरी समुहले स्थापना काललदेखि कर छली गरेको भन्ने समाचार तीब्रखबर डटकमले निरन्तर प्रकाशन गर्दै आएको छ । सो पाटीमा आमन्त्रण गरिएका अधिकाशंलाई एक्लाएक्लै भेट गरि आफ्नो बिरुद्धमा बोल्ने र लेख्नेलाई के कसरी ठिक पार्ने भन्दै समधानको उपाय समेत खोजेको थाहा हुन आएको छ । सो पाटीमा सहभागी अधिकाशं पत्रकारहरुले कहाँ के कस्ले के लेख्छ भन्नेमा चासो नदिन र प्रतिकृया समेत नदिन सुझाब दिएका थिए । जस्ले जहाँ जे लेखेपनि त्यसको कुनै प्रभाब नरहेको हामी राष्ट्रिय मिडियामा भएकाले नडराउन समेत सुझाब दिएको स्रोतको दाबी रहेको छ । जव चौधरीलाई संकट आइपर्छ तब उनले यसरीनै रात्रीभोजको आयोजना गरि आफ्ना समर्थनमा बोल्न र लेख्न आग्रह गर्ने गरेका छन् । नक्कली मुल्यअभिबृद्धि कर ९भ्याट० का बारेमा छानविन हुदाँ पनि उनले रात्रीभोज र दशैतिहारमा उपहार समेत उपलव्ध गराएका थिए । उनले आफ्नो विरुद्धमा लेखिएका सवै समाचार रोक्न र समर्थनकोमात्र समाचार लेख छापिदिन समेत आग्रह गरेका थिए । भने विभागका कर्मचारीलाई आफुले मिलाउने र सो कुरा कहि कतैबाट आएमा रोकिदिन आग्रह गरेको स्रोतको दाबी छ । चौधरीले सार्वजनिक सभामा दिएको भाषणको सामाजिक सञ्जाल र मिडिया व्यापक आलोचना हुदै आएको छ । सायद चौधरीले अहिलेसम्म यति चर्को आलोचना व्यहोर्नु परेको थिएन । चौधरी सबैभन्दा बढि अवैध धन्दा गर्ने र कर छली गर्ने व्यक्ति हुन । सरकारले उनीमाथि कुनै कोणबाट छलफल थाल्यो भने चौधरी हरेक कोणबाट फस्ने निश्चित छ । लहरो तान्दा पहरो गर्जयो भने उनले स्वर्गिय बिरेन्द्रको सम्पत्ति हत्याएको र सो सम्पत्तीको समेत खोजी हुने स्रोतको दाबी रहेको छ ।

एनआरएनका संस्थापक अध्यक्ष महतोद्वारा दुुई सय २० करोडभन्दा बढी करछली

ठूला करदाताको सूचनालाई बेवास्ता गर्दै महतो शक्तिकेन्द्र धाउँदै रोशन कार्की काठमाडौं, मंसिर १९ । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले विभिन्न शीर्षकमा करछली गरेको आरोपमा उनीमाथि अनुसन्धान गरि कारबाही गर्ने तयारी भइरहेको छ । सरकारले उनको कम्पनी सिनर्जी नेपाल प्रालि र उनले एनसेलको सेयर बिक्रीमा समेत ठूलो रकम लुकाई अहिलेसम्म सरकारी ढुकुटीमा बुझाउनुपर्ने कर समेत नबुझाई भागिरहेका छन् । उनको नाममा गत भदौ २४ गते प्रकाशित ठूला करदाता कार्यालयको सूचनाअनुसार अहिलेसम्म उनले सिनर्जी नेपालको मात्र दुई अर्ब २० करोड रुपैयाँ कर बुझाउनुपर्नेछ भने उनले एनसेलको सेयर बिक्री गर्दा रकम कम देखाई करछली गरेको समेत कागजात प्राप्त भएपछि उनको करछलीको थैली ठूलो रहेको छ ।
महतोले सो सूचना प्रकाशन रोक्न र करछली गरेको रकम पचाउनकै लागि विभिन्न शक्तिकेन्द्रमा धाउनेदेखि कसैलाई लोभ कसैलाई धम्की दिँदै आएको भए पनि ठूला करदाता कार्यालयले भने १५ दिने सूचना जारी गरेको थियो । तर सो अवधिमा महतोले कुनै पनि कर नबुझाएको स्रोतको भनाइ छ । एनसेलका नाममा भइरहेको करछली प्रकरणमा उनले पनि करछली गरेको प्रारम्भिक अनुसन्धानबाट फेला परेपछि महतोमाथि छानबिन गर्न लागिएको राजस्व अनुसन्धान विभागस्थित एक उच्च स्रोतले जनाएको छ । सो करछली प्रकरणमा एक खर्ब ४४ अर्ब रुपैयाँबराबरमा एनसेल बेच्दा पुँजीगत लाभकर नतिरेको भन्दै स्विडेनको टेलियासोनेराका नाममा ६२ अर्ब रुपैयाँ कर निर्धारण भएको थियो । २० प्रतिशत सेयर स्वामित्व रहेका निरज गोविन्द श्रेष्ठले आफ्नो नामको सेयर बेच्दा समेत त्यही कर छलेको भन्दै सरकारले पुनः कर निर्धारण गरेको थियो । सो करछलीमा विशेष सहयोग गरेको आरोपमा समेत उनीमाथि सरकारले निगरानीमा राखी अनुसन्धान गर्ने भएको हो । महतोले आफ्नो नामको सेयर बेच्दा न्यून मूल्यांकन गरी पुँजीगत लाभकर छलेको विवरण सरकारले प्राप्त गरेसँगै सो अनुसन्धानलाई अगाडि बढाएको स्रोतको दाबी रहेको छ । महतोको स्वामित्वमा रहेको कजाखस्तानको डेल्टा ट्रेड नामको कम्पनी समेतको सेयर टेलियाले किन्दा एक अर्ब १२ करोड रुपैयाँबराबरमा बेचेको प्रमाणसहितको कागजात सरकारले फेला पारेको र सोमाथि अनुसन्धान भइरहेको स्रोतले जनाएको छ । टेलियाले सोही कारोबारमा ७८ अर्ब रुपैयाँ खर्च देखाएको छ । महतोले बेच्दा एक अर्ब १२ करोड देखाएको र टेलियाले किन्दाचाहिँ ७८ अर्ब खर्च देखाउनुको उद्देश्यमाथि नै शंका उत्पन्न भएको छ । पुँजीगत लाभकर छल्नकै लागि महतोले आफ्नो कारोबारलाई न्यून मूल्यांकन गरेको ठहर समेत सरकारको रहेको छ । ७६ अर्ब ८८ करोड रुपैयाँको कारोबार महतोले लुकाएपछि उनीमाथि छानबिन गर्न लागिएको हो । टेलिया र अजियटा मिलेर यो वास्तविक कारोबारको आँकडा बाहिर आउने भएपछि महतोको थाप्लोमा ठूलो रकम आइपर्ने निश्चित देखिन्छ । अब महतोका नाममा कर निर्धारण हुँदा सावाँ रकममा आजसम्मको ब्याज, जरिवाना सबै जोडेर असुलउपर गरिने समेत तयारी सरकारले गरेको बुझिन आएको छ । पछिल्लोपल्ट एक खर्ब ४४ अर्ब रुपैयाँमा भएको कारोबारको रकमलाई आधार मान्ने हो भने टेलियाले ६६ अर्ब रुपैयाँको मात्र पुँजीगत लाभकरको हिसाब गरे पुग्ने भएको छ । अजियटाले यो विवादबाट सकेजति चाँडो उन्मुक्ति खोजिरहेको छ । कर नतिरेका कारण एनसेलका नाममा अजियटा बदनाम भएको छ । स्विडेनलाई भ्रष्टाचारमा शून्य सहनशीलताको देश मानिन्छ । त्यस्तो देशको कम्पनी टेलियासोनेरा अन्तर्राष्ट्रिय रुपमै बेइज्जती समेत भएको छ यो प्रकरणले । नेपाल सरकारले स्विडेन सरकारलाई पत्राचार गरेपछि टेलियामाथि झनै दबाब परेको समेत स्रोतको भनाइ रहेको छ । नेपालको कर प्रशासन कति भ्रष्ट र गैरजिम्मेवार छ भन्ने कुराको प्रमाण तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री कृष्णबहादुर महरा सार्वजनिक लेखा समितिको कठघरामा उभिएर आफ्नो बयान दिएपछि नै देखिएको हो । उनीहरुले एनसेलको सेयर खरिदबिक्रीमा नेपालले प्राप्त गर्नुपर्ने पुँजीगत लाभकर उठाउन कर प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेवास्ता गरेको कारण सो परिस्थिति उत्पन्न भएको थियो  । तत्काल लेखा समितिको २०७३ जेठ १६ गते बसेको बैठकले यस विषयमा के भएको हो भनेर बुझ्न सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर छलफल गरेको थियो । त्यसपछि ‘एनसेल खरिदबिक्रीमा नेपालको आयकर कानुनबमोजिम लाग्ने पुँजीगत लाभकर बिक्रेताबाट यथाशीघ्र असुलउपर गर्न र त्यस सम्बन्धमा आवश्यक व्यवस्था गर्न नेपाल सरकार मन्त्रिपरिषद्, अर्थ मन्त्रालय, उद्योग विभाग, आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्ररको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन समेत दिएको थियो  । तत्काल समितिको उक्त बैठकले बुँदा नं. २ मा ‘विगतदेखि हालसम्म भएको एनसेलको सेयर खरिदबिक्री र उक्त खरिदबिक्रीमा बिक्रेताबाट असुल हुनुपर्ने पुँजीगत लाभकरबापतको रकम असुल नगर्ने निकाय एवं जिम्मेवार प्रमुखको सन्दर्भमा समेत अनुसन्धान र छानबिन गरी तीन महिनाभित्र यस समितिलाई प्रतिवेदन दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको उल्लेख गरे पनि सोही बेलादेखि महतो जोगिँदै आएका थिए । आयकर ऐन २०५८ ले विदेशी लगानीको विषयमा स्पष्ट पारेको छ । उक्त ऐनअनुसार सेयर बेचेबापत खर्च कटाएर हुन आउने मुनाफाबाट २५ प्रतिशत लाभकर बिक्रेता कम्पनीले तिर्नुपर्ने उल्लेख छ । सार्वजनिक लेखा समितिले अहिलेसम्म एनसेल खरिदबिक्रीको विवरण माग्दै त्यसमा लाग्ने पुँजीगत लाभकर उठाउन अख्तियारलाई निर्देशन दिएपछि यो काण्डमा शाहीकालको डर देखाएर खेतान समूहसँग लाइसेन्स हत्याउने राजाका ज्वाइँ राजबहादुर सिंहदेखि उपेन्द्र महतो र अजय सुमार्गीसम्म तानिने अवस्थामा रहेका छन् । अख्तियारले यस विषयमा राम्रो अनुसन्धान गरेको खण्डमा एनसेलको सेयर बिक्री गरेबापतको पुँजीगत लाभकर ३३ अर्ब होइन, खर्बौँ रुपैयाँ उठ्ने कुरा करविज्ञ बताउँछन् । महतो र सुमार्गी दाहालनिकट व्यापारी भएका कारण उनीहरुलाई जोगाउन दाहालले टेलियाले सेयर बिक्री गरेबापतको लाभकर एनसेल अर्थात् अजियटाबाट असुल्ने रणनीति बनाएको आरोप समेत लाग्दै आएको छ । स्रोतका अनुसार मेरो मोबाइलको सेयर रसियाको भाइजर कम्पनीलाई बिक्री गरेबापत महतोले मात्रै ४५ अर्ब रुपैयाँ मुनाफा गरेको बताइएको छ । जुन रकम उनले रसियाको आफ्नो कम्पनीमा जम्मा गरेको स्रोत बताउँछ । यसअघि एनसेलको स्वामित्व ११ पटक परिवर्तन भएको तथ्यांक उद्योग विभागमा छ । ११ पटक स्वामित्व परिवर्तन गरेर महतो, सिंह र सुमार्गीले अर्बौँ रुपैयाँ कमाए पनि एक पैसा समेत कर बुझाएका छ्रैनन् । यस विषयमा अनुसन्धान गर्न लेखा समितिले पनि अख्तियारलाई निर्देशन दिएको लामो समय बितिसक्दा समेत महतोमाथि अन्तिम अनुसन्धान हुनसकेको छैन । २०७३ जेठ ३० गते समितिले आयोगमा पठाएको पत्रमा ‘एनसेलका विगतका सेयर धनीहरुका हकमा विगतमा विभिन्न कारोबारहरु भएको, पटक–पटक सेयर स्वामित्व हस्तान्तरण हुँदा कम मूल्य राखी कर दाखिला गरिएको र हालको कारोबार गर्ने पक्षलाई ध्यानमा राखेर कोबाट के कति अनियमितता भएको हो सो सम्बन्धमा आयोगमार्फत छानबिन गरी कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको उल्लेख गरेको छ । तर सम्बन्धित निकायबाट सो विषयमा गम्भीर नहुँदा करछलीको प्रक्रियाले अझै निरन्तरता पाएको छ  । आर्थिक दैनिकबाट

Sunday, December 3, 2017

पैसा तिर्दा कानूनबाट छुट पाउने नै हो र सरकार ?

रोशन कार्की
नेपालमा पावर भएपछि जे पनि गर्न संभव हुने रहेछ भन्ने कुराको प्रमाणित फेरी भएको छ । ‘धन हुनेलाई चैन, गरिबलाई चमेली लाग्दछ ऐन’ भन्दै गित गाएका छन् र नेपाली उखान छ, ‘ठूलालाई चैन, सानालाई ऐन ।’ सो कुरालाई गत मंगलबार प्रमाणित गरेका छन् यस देशका चतुर खेलाडीका रुपमा ख्याति कमाएका पुर्वकर्मचारी चुडामणी शर्माले । विशेष अदालतले मागेको १ करोड रुपैयाँ धरौटी बुझाएर निलम्बित सह–सचिव शर्मा जेलमुक्त भए । थुनछेक बयानका लागि शर्मा विशेष अदालतमा उपस्थित भएसंगै अदालतले मागेको रुपैयाँ बुझाएर उनले मुक्ति पाए साधारण तारिखमा छोडीयो । जहाँसम्म छ, शर्माले बुझाएको १ करोड रुपैयाँको स्रोत के हो भन्ने चर्चा परिचर्चा चलेको छ । शर्माले अदालतले मागेको धरौटी रकम बराबरको बैंक ग्यारेन्टी नेपाल इन्भेष्टमेन्ट बैंकबाट ल्याएका थिए । उनले सो रकम कुन स्रोतबाट आम्दानी गरेका थिए र कुन तबरबाट सो ग्यारेन्टी बैंकले गरेको थियो भन्ने प्रसंग उठी रहदा माथीका गित र उखानको याद आएको हो । कार्यालय समय सकिएपछि शर्माका आफन्त बैंक ग्यारेन्टी लिएर अदालत पुगेका थिए । के ठूला र पावर भएकालाई समयसिमाभित्र कारोबार गर्न रोक छ र ? हैन भने अन्य आरोपीतहरुलाई किन सो अबसर उपलव्ध हुदैन ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोग मार्फत भ्रष्टाचार गरेको अभियोगमा शर्मा सहित तीन जना बिरुद्ध बिशेषमा मुद्दा दायर गरेको थियो । तीन जना मध्ये आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल यसअघि नै अदालत उपस्थित भएर धरौटीमा रिहा भइ सकेका छन् । उनीहरुलाई पनि बिशेषले एक÷एक करोड रुपैयाँ नै धरौटी माग गरेको थियो । सो माग गरेपछि उनीहरुले बुझाएको सो रकमको आयस्रोत बारे किन कुरा उठदैन् र सो बारे किन सम्बन्धित कर निकायले रकमको स्रोत उल्लेख गर्न किन दबाब दिन सक्दैन् भन्ने विषयमा गम्भीर चासो रहेको छ । शर्मालाई भने मुद्दा दायर अगावै जेठ १९ गते अख्तियारले पक्राउ गरेको थियो । त्यसपछि उनी बन्दी प्रत्यक्षीकरण निवेदन लिएर उनी सर्वोच्च पुगेका थिए । निवेदनमा कर फर्छ्यौट आयोगलाई कानुनी उन्मुक्ति भएको जिकिर सहित मुद्दाको औचित्य नभएको समेत दावी गरिएको थियो । सर्बोच्चले शर्मालाई रिहा गर्दै मुद्दाको अन्तिम किनारा लगाउने जिम्मा बिशेषलाई सुम्पेएसंगै सो मुद्दालाई कमजोर बनाउने खेल शर्माका एजेण्टहरुले खेलको थिए । आज आएर १ करोड रुपैयाँ बुझाएपछि उनी थुनामुक्त त भए तर सो कृयाकलापसंगै पैसा हुनेले जे गर्दा पनि हुने रहेछ कानुन समेत नलाग्ने गलत नजिर समेत बस्न गएको छ । तत्काल आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक शर्मालाई ३ अर्ब रुपैयाँ धरौटीमा थुनामुक्त गर्ने निर्णय गरिएको थियो । आयोगले सो निर्णय गरेको थियो । शर्माले गरेको हिनामिनाको अनुसन्धानको परिणामका आधारमा उनलाई ३ अर्ब रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सकिने निर्णय गरेको भएपनि बिशेष अदालतले अन्तमा १ करोड रुपैयाँमात्र माग गरि उन्मुक्ति दिएको आरोप समेत लागेको छ । तत्कालिन कर फस्र्योट आयोगमार्फत गैरकानूनी रुपमा २१ अर्ब रुपैयाँ राजश्व मिनाहा दिएको भन्दै उक्त आयोगका एकमध्ये सदस्य शर्मालाई गत जेठ १९ गते अख्तियारले नियन्त्रणमा लिएको थियो । राजश्व बिभागमा महानिर्देशकको रुपमा वहाल सहसचिब शर्मालाई अख्तियारले अन्ततः पक्राउ गरसंगै उनलाई छुटाउन ठुलै समुहले शक्ति केन्द्र धाएका थिए । काठमाण्डौमा रिमोटवाला आलिसान महलमा बस्ने, काठमाडांै लगायतका बिभिन्न ठाँउमा सिडिओ भएका शर्मा तत्कालिन अर्थमन्त्री रामशरण महतले उनलाई विभागको डिजीको जिम्मेवारी दिएका व्यक्ती हुन । नारायणथानमा शर्माको आलिसान निवास छ कि चान्नेचुन्नेले त यस्तो घर हुन्छ भनेर पनि कल्पना गर्न सक्दैन । उनको निवाससम्म पुग्न ६ वटा गेट पार गर्नुपर्छ । जो कोहीलाई प्रवेश गर्न अनुमति समेत छैन । घरमा निजी सुरक्षा गार्ड राखेका शर्माको घर २५ रोपनी जग्गामा फैलिएको छ । उनको श्रीमती चढ्ने ५० लाखको गाडी छ । पछिल्लो समयमा शर्माले आफ्नो सालीको लागि बूढानीलकण्ठमा देउवा निवास नजिकै रहेको पञ्चकन्या कोलोनीमा १२ करोडमा नयाँ घर निर्माणको ठेक्का दिएका व्यक्ती हुन । उनी सुनसरीको सिडिओ हुंदा पनि शर्माले सुगम ग्यासका मालिक शिव घिमिरेलाई उन्मुक्ति दिएर सिल काटिएका ग्यास बिक्रीलाई बैधानिकता दिएको आरोप उनीमाथि लागेपनि अहिले सम्म सो आरोपलाई प्रष्ट बनाने काम समेत गरेका छैनन् । त्यस प्रकरणमा शर्माले ४५ करोडौ रुपैयाँभन्दा बढी रकम लिएर गैरकानुनी कामलाई बैध बनाएर मुद्दालाई कमजोर बनाएको आरोप अझै रहेको छ । शर्मा पछिल्लो समय एनसेलको लाभकर छली प्रकरणमा पनि जोडिएका व्यक्ती हुन । उनले टेलियासोनरासँग आकर्षक डिल गरेर आयकर नलिई उन्मुक्ति दिलाउन विशेष भुमीका खेलि रहेको अबस्थामा अख्तियारले पक्राउ गरी मुद्दा चलाएको थियो । शर्माले आम्दानीको स्रोत देखाउने क्रममा २३ करोड रुपैयाँ किताब बेचेर कमाएको दाबी समेत गर्दै आएका छन् । नेपालमा कुनै यस्ता चल्तीका लेखक छैनन् जसले अहिलेसम्म आफ्नो किताव बेचेर २३ करोड रुपैयाँ कमाएको कुनै रेकर्ड रहेको छैन । सधै पावरमा रहेका शर्माले सत्ता र शक्तिलाई रिझाउन सधैं सफलता भएका थिए । पछिल्लो समय उनको संरक्षण कांग्रेस सभापति शेरबहादुर देउवा, रामशरण महत र लोकमानसिंह कार्कीले गरेका थिए । अन्ततः उनको गुह्य छवि न कुनै राजनीतिक दलका नेताहरुले बचाउन सके न त कुनै शक्तीशाली ब्यक्तीले नै । शर्मा कानुनी कारबाहीका लागी अख्तियारको फन्दामा परे । केही समय अख्तियारकै नियन्त्रणमा थुनामा राखिएको थियो । सबै प्रमाण जम्मा गरेर बिशेष अदालतमा मुद्दा दायर भएपछि र सर्बोच्च अदालतको आदेशबाट शर्मालाई जेलमुक्त गरिएको थियो । जब उनी जेलमुक्त भए आफ्ना एजेण्टका मार्फत आफु निर्देष भएका प्रमाण तयार गर्न लगाएर । भने बिशेष अदालतले उनलाई १ करोड रुपैयाँको धरौटी राख्न लगाएर साधारण तारिकमा छोडीएको छ । शक्ति र राजनीतिक दवावकै कारण पछिल्लो समय गलत नजिर समेत बस्दै गएको छ भने अदालतमाथीको भरोसा समेत जनताले मान्न छोड्दै छन् । अदालतमाथी जुन भरोसा जनताहरुको थियो त्यो भरोसा चुडामणी शर्मा र गोपालबहादुर खड्काको मुद्दामा भएको फैसलासंगै हराउदै गएको पक्कै हो । तत्काल सर्वोच्च अदालतबाट तारेखमा रिहा हुनका लागि चुडामणिका पक्षमा केही मिडिया मालिक र कालाकोटेहरू समेत सक्रिय रहेका थिए । त्यसका लागि चुडामणिले १५ करोड खर्च गरेको भन्ने समेत खबर बाहिर आएको थियो । अदालतदेखि अन्य ठाउँको सेटिङ मिलाउन केही वकिलहरू शक्तिकेन्द्रमा समेत धाए । अकुत सम्पत्ति आर्जन गरेका शर्माको सो सेटिङले समेत काम गर्न सकेनन । अख्तियारको एक महाशाखा प्रमुखको संयोजकत्वमा ४÷५ जना अनुसन्धान अधिकृत रहेको टोलीले कतिपय कागजात संकलन गरि अख्तियार पुराइसकेको थियो । उनीमाथि गम्भिर छानविन भइरहेका बेला बाहिर निस्कनका लागि १५ करोडको खेल गरेपनि अन्न्नत उनी बिशेष अदालतमा मुघा दायर समेत भयो । त्यसबाहेक उनलाई सहयोग गर्नेहरूलाई पनि करोडौं रकम खर्चको तयारी गरेका थिए । दर्जनौं अनियमितताको उजुरी र पत्रका बाबजुद ४ बर्ष आन्तरिक राजस्व विभागको महानिर्देशक रहेका शर्मा विरूद्ध गैरकानूनी सम्पत्ति आर्जन र करछुटको विषयमा दर्जनौ उजुरी परेका छन् । ३० अर्ब ५२ करोड रूपैंयाको राजस्व फस्यौंट गर्दा ९ अर्ब ५४ करोड रूपैंयामात्रै राज्यकोषमा दाखिला भई अरू रकम अनियमित ढंगले मिनाहा भएको घटनामा शर्मा मुछिएका थिए । फस्यौंट भएकोबाट करिव ६९ प्रतिशत राजस्व राज्यकोषबाट गुमेको छ भने ३१ प्रतिशतमात्रै आम्दानी भएको छ । कर निर्धारणमा प्रश्न उठाई प्रशासनिक पुनरावलोकन, राजस्व न्यायाधिकरण वा अदालतमा कर विवाद जारी रहेको अवस्थामा बक्यौता हुनुपर्नेमा विनाकुनै कारण करदाताकै अटेरीले कर नउठ्ने जस्तो लापरवाहीयुक्त परिस्थितीमा समेत कर छुट दिइएको थियो । निजामती सेवामा प्रवेश गर्न चाहने प्रतिस्पर्धी माझ पुस्तक लेखकका रूपमा परिचित शर्मा आफै भने अत्यन्त विवादास्पद पात्र बनेका थिए । राजनीतिक पहुच र प्रभावका आधारमा एकपछि अर्को आकर्षक पदमा पुग्ने शर्मा काठमाडौंपछि सम्पत्ति शुद्धिकरण विभागको महानिर्देशक बने । त्यहाँ रहँदा अधिकृत शम्भु चालिसे १० लाख रूपैंयाँ घुस सहित पक्राउ परेको घटनामा शर्माको समेत नाम जोडिएको थियो । शर्माबाट परिचालित चालिसेले पछि भने नाटकीयरूपमा घुस प्रकरणमा आफूमात्रै संलग्न रहेको बयान दिई महानिर्देशक शर्मालाई घटनामा तानिनबाट जोगाए । यसरी विभिन्न आरोपमा मुछिएका शर्माले आयस्रोत नखुलेको १ करोड रुपैयाँ धरौटी अदालतमा बुझाएर निष्कने र कारबाही नहुने हो भने देशमा अनियमिकता र भ्रष्टचार नियन्त्रण हुनेभन्दा पनि झन बढ्ने पक्का भएको छ । जय होस । (साभार: जनमञ्च साप्ताहिकबाट) karkirimn@gmail.com

Saturday, December 2, 2017

आइएमई ग्रुपका अध्यक्ष ढकाल आफुमाथी लागेको आरोपमा केही नबोली भागे……..

रोशन कार्की काठमाडौं । सरकारी कर्मचारीलाई ठूलै थैली बुझाएर गलत विवरण देखाउदै कौडीको भाउमा सरकारी जग्गा हडपेका आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले उनीमाथी लागेको आरोपका बारेमा केही नबोली भागेका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २० औ स्थापना दिवसको अबसरमा नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षको हैसियतले प्रमुख अथिति बनेका ढकाललाई उनीमाथी लागेको आरोपका बारेमा सोध्न खोज्दा उनी कुरै नसुनी हलबाट हतारहतार बाहिरीए ।
सेजनको कार्यक्रम सकिएपछि सोही हलमा यहाँलाई लागेको आरोपका बारेमा केही सोध्नु छ भनी समय माग्दा उनी हाइटी तल छ हैन भन्दै कुरै नसुनी बाहिरीएका थिए । उहाँमाथी चन्द्रागिरी हिल्सको नाममा चन्द्रगीरि नगरपालिकाको डाँडो भाडामा लिएर धर्ममाथी खेलवाड गरेको, डाँडामा भएको असली भालेश्वरको मुर्ति, घण्ट र त्रिशुलका साथै पृथ्वीनारायण शाहाले राखेको शिलालेख बेचेको आरोप लागेको छ । सोही विषयमा तीब्रखबर डटकमले पटकपटक उनको मोबाईलमा फोन र म्यासेज गर्दा समेत सम्र्पकमा आएका थिएनन । उनलाई सेजनको कार्यक्रममा एक्कासी भेटेपछि र उनीमाथी लागेको आरोपको बारेमा सोध्न समय लिन खोज्दा उनी सो बारे कुनै प्रतिकृया नदिई हिडेका थिए । उपत्यकाको चन्द्रागिरि डाँडामा सञ्चालित चन्द्रागिरि केबलकारको लुट धन्दालाई सरकारकै कर्मचारीको मिलिमतोमा हुने गरेको खुलेपनि सम्बन्धित निकायबाट सो बारे कुनै छानविन समेत गरेको छैन । चन्द्रागिरी हिल्सले आफुखुशी प्रबेश शुल्कदेखि अन्य शुल्क असुली गरी धर्मकै नाममा व्यापार गरेको बारेमा स्थानीयबाटै गुनासो बढ्दै गएपछि सरकारले केही अनुगनको नौटंकी समेत गरेको थियो । सो अनुगमनको नौटकी पनि हिल्सकै अध्यक्ष ढकालको सहमतिमा र योजनामा औपचारीकता दिनमात्र गरेको पछिल्ला घटनाबाट प्रष्ट हुन आएको छ । केबलकारले सर्वसाधारणलाई दिनदहाडै ठग्ने कार्यालाई नियन्त्रण भन्दापनि झनझन बृद्धि हुदै गएको छ । सरकारी निकायले सो गुनासामाथी कुनै चासो समेत दिएको छैन । केबलकार सञ्चालन गरेपछि सुरुका दिनमा चन्द्रागिरि हिल्स प्रालिले केही चर्चा कमाएको भएपनि पछिल्ला दिनमा बदनाम हुदै गएको छ । ढकालले धर्मको नाममा खेलिएको अबैध कार्यलाई लुकाउनकै लागि पर्यटन क्षेत्रको विकास गर्ने उदेश्यले केबुलकार स्थापना गरेको भन्दै आएपनि उनले सो क्षेत्रबाट पुरातात्व पुराना शिला (पत्थर) लाई लैजानलाई सो योजना बनाएको आरोप स्थानीय बासिन्दाको रहेको छ । सो क्षेत्रमा हिराकै महत्व बोकेको पत्थरहरु रहेको र सो पत्थरलाई उत्खनन गरेर लैजाने काम समेत सो हिल्सका अध्यक्ष ढकालले गरेको आरोप स्थानीय बासिन्दाको रहेको छ । चन्द्रागिरीमा व्लु फरासिस नामको प्राचिन पत्थरहरु रहेको एक अनुसन्धानबाट खुलेको छ । बाहिर बजारमा सो पत्थर हिराकै महत्वका साथ र करिब हिराझै मंहगो पत्थरको रुपमा लिने गरेको पाइएको छ । सो हिल्सले स्वीकृत विना आफुखुशी जंगल फडानी गरेर होटल समेत बनाउदै छ । जुन स्थानमा होटल बनाउनै गरिएकोछ सोही स्थानमा प्राचिन पत्थर व्लु फरासिस नामको पत्थर रहेको भेटिएको छ । चन्द्रागिरी केबुलकारबाट गएर मन्दीरभन्दा निकै तल सो होटल निर्माण भई रहेको छ । यसका सञ्चालकले जनताको गुनासो थेग्न नसकेपछि आपूर्ति मन्त्रालयले केही अनुगमन समेत गरेको थियो । तर सो अनुगमनबाट कुनै प्रतिबेदन पनि सार्वजनिक गरेको छैन र हिल्सको ठगी कार्यलाई पनि रोक्ने निर्देशन समेत दिन सकेको छैन । सो हिल्सले पर्यटनको विकास गर्ने बहानामा चन्द्रागिरि डाँडामा विभिन्न मन्दिर बनाएको भएपनि हिन्दुधर्म र बौद्धधर्म अनुसार भई रहेको पुजाआजालाई समेत रोक लगाएको छ । धर्मकै नाममा सो क्षेत्रमा रहेको बौद्ध धर्म सम्बन्धि रहेको पुराना मुर्तिहरु समेत त्यहाँबाट हराएको खुलासा भएको छ । हिन्दुधर्म अनुसार खुला स्थानमा रहनु पर्ने भालेश्वरको मुर्तिलाई एकाएक हटाएर सो स्थानमा पशुपतिनाथको शिवलिङ्गको मुर्ति राखिएको छ । जहाँ अहिले भएको मन्दीर धर्मअनुसार सो स्थानमा भालेश्वरको मुर्ति हुनु पर्नेमा सो छैन अर्थात प्राचिन मुर्ति, त्रिशुल र घण्ट सो हिल्स निर्माण गर्नेक्रममा रातारात हराएको थियो । पछि स्थानीय बासिन्दा सो डाँडामा पुगेपछि असली मुर्ति नभएको र सो स्थानमा नक्कली शिवलिङ्ग राखिएपछि स्थानीय बासिन्दाले विरोध गरेका थिए । सो विरोधलाई साम्य बनाउनकै लागि नक्कली ढुंगालाई लगेर केही तल राखिएको छ । अहिले सो स्थानमा जानेहरुले सोही स्थानमा पुजा गरेर फर्कने गरेका छन् । यस सम्बन्धमा पटकपटक सो हिल्सका अध्यक्ष ढकालसंग प्रत्यक्ष सम्र्पक आउन सकेका छैनन् । उसले ४० वर्षसम्म सो क्षेत्रको जग्गा पनि भोगचलन गर्ने गरि छलछाम गरेर कागज गरेका छन् । केबलकार सञ्चालनकै प्रारम्भदेखि सुरु भएको ठगी कार्यलाई सो हिल्सले न स्थानीय समुदायललाई समेटेका छन न सरकारी मान्यतालाई मानेका छन् । उनकै नीति नियम बनाएर चन्द्रागिरी जानेलाई विभिन्न शिर्षक उपशिर्षकको नाममा लुटधन्धा जारी राखिएको छ । सुरुमा पर्यटनको विकास गर्ने र त्यसले राज्यलाई ठूलै योगदान हुने हावादारी गफ दिएका ढकालले अहिले कर समेत छली गर्दै आएको छ । सरकारी निकायले एकातर्फ चन्द्रागिरि हिल्स प्रालिले गरेको ब्रह्मलुट त अर्काेतर्फ धर्मको नाममा गरेको अबैध व्यापार गरिरहँदा पनि कारबाही गर्न सकेको छैन । चन्द्रागिरि हिल्स प्रालिले केबलकार सञ्चालन गर्न ७ सय २० रोपनी जग्गा भाडामा लिएको थियो । हिल्सले जग्गा भाडामा लिँदा नै राज्यलाई डुबाएको छ । केबलकार सञ्चालकले मासिक १ हजार ५ सय रुपैयाँ भाडा तिर्ने गरी सिंगै डाँडा आफ्नो हात पार्न सफल भएका थिएका छन् हिल्सका अध्यक्ष ढकाल । पहुँचकै भरमा त्यति धेरै जग्गा कौडीको मोलमा भाडामा लिएपनि सो बारे सम्बन्धित सरकारी अधिकारीहरुले केही अनुसन्धान गर्न सकेको छैन । दिनदहाडै ब्रह्मलुट मच्चाइरहँदा पनि सरोकारवाला निकाय चुप रहेका छन । भने उपभोक्ता हित संरक्षण समितिहरु समेत सो लुटका बारेमा केही बोल्न सकेको छैन ।

किन बुझाउदैनन् चौधरी, आईएमइ र गोल्छा ग्रुपले आयकर ?

रोशन कार्की काठमाडौं । सरकारले बेलाबखत समयसिमाभित्र आयकर नबुझाउने कम्पनी तथा व्यक्तीलाई कर बुझाउन कडा निर्देशन सहितको सूचना जारी गर्ने गरेको भएपनि अहिले सम्म कर छली गर्दै आएका ठूला कम्पनीका सञ्चालकलाई भन्ने उन्मुक्ति दिदै आएको छ । सवै क्षेत्रमा लगानी गरेको तर देशमा न्युन कर बुझाएका मारवाडी समुहका कम्पनीका मालिकलाई अहिले सम्म कुनै पनि निकायले ती कम्पनीबाट बुझाएको कर विवरणमा कुनै चासो दिएको देखिदैन । जसका कारण न्यून आयदेखाउदै करोडौ रुपैयाँ आयकर छली गर्ने कार्यमा झन तीब्रता आएको छ । सो कार्यमा सरकारी कर्मचारीकै योजना अनुसार आयकर कम देखाई सानाकर दाताको भन्दा पनि कम कर बुझाएर लाखौ कर बिदेश लैजादै आएका छन् । त्यसको प्रत्यक्ष उदाहरण हो मल्टिनेश्नल उद्योग सञ्चालन गर्दै आएका बिनोद चौधरीको समुह लगायत मारवाडी समुह । सो समुहमाथी सरकारले अहिले सम्म लगानी अनुसार उसको आम्दानीको एक हिस्सापनि कर बुझाएको छैन । जुन आन्तरिक राजस्व विभागको कर बुझाउनेहरुको सूचीलाई अध्ययन गर्दा प्रष्ट हुन्छ । चौधरी समुहले प्रत्येक वर्ष कर मिनाहा गरि पाउँभन्दै सम्बन्धित निकायमा निबेदन दिद कर छुट समेतको सुबिधा लिदै आएको छ । विभागले केही दिन अघि २७ ठूला व्यवसायिले ठूलो परिमाणमा आयकर नतिरको भन्दै १५ दिने सूचना जारी गरेको थियो । तर सो सूचीमा कर छली गरि करोडौ रुपैयाँ आफ्नो खातामा जम्मा गर्ने चौधरी ग्रुपसंगै मारवाडी समुहलाई भने उन्मुक्ति दिएको पाईएको छ । सुचीमा सञ्जय गोल्छा, सुधिर बस्नेत, अजय मुडभरी, सुमन सुवेदी, दीपमणि राजभण्डारी, सञ्जिवराज राजभण्डारी लगायतको नाममा सूचना जारी गरेको थियो । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर नतिरेको भन्दै विभागले सूचना प्रकाशित गरेको थियो । न्यू टेरिक नेपाल नेपालमा बिक्री हुने डेल कम्प्युटरको आधिकारिक विक्रेता समेत हो । लामो समयदेखि आयकर तिर्न ताकेता गर्दै आएको भएपनि अटेर गरेको भन्दै विभागले सूचना प्रकाशित गरी कर तिर्न भने अहिले सम्म गएको छैन । करदाता कार्यालयमा कर दाखिला नगरेको पाइएकाले सार्वजनिक सूचना नै प्रकाशित गर्नुपर्ने अवस्था आइलागेको विभागको भनाइ छ ।
प्रकाशित सूचनामा सुधिर बस्नेतको अग्नि एयर, कोहिनुर हिल, हाउजिङ, ओरियन्टल विल्डर्सले कर नतिरेको उल्लेख छ । आयकर नतिर्नेमा शुभ श्री पशुपति टे«डर्सका ज्ञानेश्वर सिंह, डेविडेयाग ड्रेगर्डस सिडब्ल्यूई ज्वाइट भेन्चरका लोथर अल्र्फड रयूकले पनि आयकर तिरेका छैनन् । सो कम्पनी नेपालको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि भन्दै आएको चिनियाँ कम्पनी हो । एभरेस्ट पोलिमर्स प्रालिका विकासकुमार कोठारी, अल्सटम पावर जेनेरेशन एजीका जिर्राड बुनेल, मुडभरी एण्ड जोशी ज्वाइन्ट भेन्चर अजयकुमार मुडभरीले आयकर तिरेको छैन । मुडभरी एण्ड जोशी ज्वाइन्ट भेन्चरले त्रिशुली काठमाडौँ प्रसारण लाइन निर्माणको ठेक्का लिएको छ । यस्तै अन्य जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा समेत सो कम्पनी संलग्न छ । इको हाउजिङ एण्ड रियालिटी प्रालिका ज्ञानसुन्दर ब्रजाचार्य, पृथ्वी जयसाईराम जेभीका केशबबहादुर दाहाल, नेकोन एयरका दीपमणि राजभण्डारी, विनायक इन्टरप्राइजेजका रामप्रसाद कोइराला मर्कण्टायल अफिस सिस्टमका संञ्जिवराज राजभण्डारी, पाकिस्तान इन्टरनेशन एयरलाइन्सका सामुन अली, पवनपुत्र इन्डस्ट्रिजका पवनकुमार लोहिया, नोयल जिएमविएचका डेबेस मण्डल, कर्पोरेटिभा मुराटोरी एण्ड सिमनिस्ट रेभेना इटालीले मूल्यअभिवृद्धिकर तिरेको छैन भने अरुले आयकर तिरेका छैनन् । विभागका अनुसार एभरेस्ट भिनायल प्रालिका विकास कठोरी, दक्षिणकाली इन्कर्पोरेट प्रििालका नविन जोशी, नेपाल टोवाको कम्पनीका प्रकाशचन्द्र सक्सेना, एमआर पप्पु जेभी सुमित रौनियार, भवतु सभ्य मंगलम् प्रालिका सुनिल अग्रवाल, सिआईसिओ तुँदी जेभीका सुमन सुवेदी, इसिआई कन्काई जेभीका राजप्रसाद मैनाली, पेट्रोलीमेक्स नेपाल प्रालिका प्रदिपशम्सेर जवराले मूल्य अभिवृद्धि कर तिरेका छैनन् । ठूला करदाता कार्यालयबाट कर नबुझाउनेलाई औपचारीक रुपमा मात्र सूचना जारी हुने गरेको छ । यसरी आफ्नो आयकर र कर समेत छली गर्नेहरुको मुख्य सूचीमा चौधरी ग्रुपका बिनोद चौधरी, अरुण चौधरी, बसन्त चौधरी, आइएमइ समुहका चन्द्र ढकाल, खेतान ग्रुप, गोल्छा ग्रुप, भाटभटेनी समुह, विसाल समुहलगायत विशेषगरी मारवरी समहुरहेका छन् ।

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...