Wednesday, December 20, 2017
इन्टरनेशनल कन्स्ट्रक्सनको ‘हेभी इक्विपमेन्ट’ बिक्रीमा लगाएको रोक केही समयमै छुट्यो
रोशन कार्की
काठमाडौं।
विगत छ वर्षदेखि कोरियामा उत्पादन भएको एक्स्काभेटर नेपाल ल्याई बिक्रीवितरण गर्दै आएको इन्टरनेशनल कन्स्ट्रक्सन प्रालिलाई अर्को सूचना नआउन्जेलसम्म हेभी इक्विपमेन्टको बिक्रीवितरणमा लगाइएको रोकका बाबजुद केही समयमै दुईवटा गाडी छुटेका छन् । सरकारी कर्मचारीलाई झुक्याई विना कर सामान आयात गर्दै आएको सो कम्पनीलाई राजस्व अनुसन्धान कार्यालय पथलैयाले तत्कालको समयमा कुनै पनि सामान आयात र बिक्रीवितरण नगर्र्न/नगराउन निर्देशन दिएर रोक लगाएको भए पनि नियन्त्रणमा लिइएको गाडी छुटाइएको हो ।
मूल्यअभिवृद्धि कर (भ्याट) छली गरी साना इक्विपमेन्ट भन्दै वर्षौँदेखि करजन्य सामानको आयात गर्दै आएको अनुसन्धानमा भेटिएपछि पूर्णरुपमा अनुसन्धान सम्पन्न नभएसम्म विशेषगरी ‘डोसान एक्स्काभेटर’को बिक्रीवितरण नगर्न निर्देशन दिएको थियो । सो कम्पनीले पछिल्लो समयमा ठूलो मात्रामा ‘ब्रेकर’ ल्याएको राजस्व अनुसन्धान कार्यालय पथलैयाले विभिन्न शीर्षक उपशीर्षकहरुमा अनुसन्धान गरिरहेको थियो ।
उता, सो कम्पनीसँगको मिलेमतोमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले नियन्त्रणमा रहेका गाडी छोडेको आरोप समेत लागेको छ । कुनै पनि आयातनिर्यात गर्दा शंका लागि नियन्त्रणमा लिएका कुनै पनि सामान कर बुझाउँदैमा छोड्न नमिल्ने अर्थ मन्त्रालयका एक अधिकारीको भनाइ रहेको छ । नाम नलेख्ने शर्तमा ती अधिकारीले भने, ‘भन्सार या राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएका कुनै पनि सामान या गाडीलाई विना अनुसन्धान छोड्न मिल्दैन, नियन्त्रणमा लिएपछि सो गाडीको खास मूल्य कति हो, कतिमा ल्यायो र कति करछली ग¥यो भन्नेबारे निर्णायक अनुसन्धान पूरा नगरी कर बुझाउँदैमा छोड्नुमा केही कैफियत हुनसक्छ ।’ आर्थिक दैनिकमा भ्याटछली गरी सो कम्पनीले ‘ब्रेकर’ आयात गरेको समाचार प्रकाशन गरेलगत्तै अनुसन्धान सुरु गरेको थियो । राजस्वको सो प्रारम्भिक अनुसन्धानबाट इन्टरनेशनल कन्स्ट्रक्सनले भ्याटछली गर्दै ‘ब्रेकर’ आयात गरेको भेटिएपछि थप अनुसन्धान गर्नका लागि तत्काल बिक्रीवितरणमा समेत रोक लगाएको राजस्व अनुसन्धान कार्यालय पथलैयाले जनाएको छ ।
सो कम्पनीले लुकाइछिपाइ नेपाल भित्र्याएको ब्रेकरको मात्रै एकपटक आयात गर्दा न्यूनतम २२ लाख ५७ हजार रुपैयाँभन्दा बढीको भ्याटछली गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएपछि राजस्वले आयातमा रोक लगाएको हो । सरकारले एक्स्काभेटर आयातमा भ्याटछुट दिएको छ भने अन्य पार्टपुर्जाको आयातमा १३ प्रतिशत भ्याट लगाएको छ ।
निमार्ण क्षेत्रलाई सरकारले दिएको सुविधाको फाइदा उठाउँदै अवैध सामान नेपाल भित्र्याउनथालेपछि राजस्व अनुसन्धान कार्यालय पथलैयाले वीरगञ्ज नाकाबाट आयात हुँदै आएका टाटा मोटर्स प्रालि, सुजुकी, सिप्रदी र इन्टरनेशनल कन्स्ट्रक्सनले आयात गरेको हेभी इक्विपमेन्टहरु नियन्त्रणमा लिई अनुसन्धान गरिएको जनाएको छ ।
काठमाडौंको स्वयम्भूमा रहेको इन्टरनेशनल कन्स्ट्रक्सन प्रालिले विगत वर्षदेखि नै लुकाइछिपाइ गरी ‘ब्रेकर’ आयात गर्दै आएको भए पनि गत वर्षदेखि ‘ब्रेकर’को आयातमा दुई गुणाले बढाएको स्रोतको दाबी रहेको छ । सो कम्पनीले ‘डोसान एक्स्काभेटर’सँगै दुई हजार किलोभन्दा बढीको ‘ब्रेकर’ ल्याउँदै आएको छ । कम्पनीले ‘ब्रेकर’मा लाग्ने १३ प्रतिशतका साथै आयकर, राजस्व समेत ठूलो परिमाणमा छली गरेको ठहर राजस्व कार्यालयको रहेको छ । कुन—कुनमा कति करछली भए/नभएको बारे पनि अनुसन्धान गरिरहेको ठूला करदाताको कार्यालयले जाएको छ । के कति कहाँ कहिले करछली गरेको छ ? कति परिमाणमा ‘ब्रेकर’को भ्याटछली भएको छ भन्नेबारे अनुसन्धान नसकिएसम्म केही भन्न नसकिने समेत सो कार्यालयले जनाएको छ ।
सो कार्यालयका प्रमुख दिव्य पोखरेलले अहिलेसम्म १३ वटा गाडी नियन्त्रणमा रहेको र नियन्त्रणमा रहेकामध्ये सरकारलाई बुझाउनुपर्ने कर बुझाएपछि छोडिएको बताए । उनले भने, ‘आयात हुँदै गरेको गाडी नियन्त्रणमा लिएका थियौँ, त्यसमध्ये मंगलबार दुईवटाको कर सो कम्पनीले बुझाएपछि छुटेको छन्, करछली गरेर छुटिसकेको बारेमा थप अनुसन्धान भइरहेकाले प्रतिवेदन आएपछि मात्र भन्नसकिने छ, सम्बन्धित कर बुझाएपछि गाडी छुटेका हुन् ।’
इन्टरनेशनल कन्स्ट्रक्सनका प्रमुख पियूष जाजोदियाले भने सरकार नियमअनुसार कर बुझाएको जिकिर गर्दै आएको छ भने थप विवरणबारे पटक–पटक फोन र म्यासेजबाट सोध्दा समेत केही पनि उत्तर भने दिन चाहेनन् । सो कम्पनीले अवैध रुपमा भित्र्याएको ब्रेकर समेत कम गुणस्तरको भएको स्रोतको दाबी रहेको छ । भ्याटछली गर्दै ल्याएको सो ब्रेकरलाई नेपाली बजारमा भने आफ्नै मूल्यमा बिक्री हुँदै आएको छ ।
डोसान ब्रान्डका ‘एक्स्काभेटर’ र ‘लोडर’ कम्पनीहरुको रोजाइमा पर्ने हेभी इक्विपमेन्टमा पर्ने गरेको थियो । हाल विशेष गरी कन्स्ट्रन्क्सन क्षेत्रमा डोसान र बुलका हेभी इक्विपमेन्टहरु प्रयोग हुँदै आएको छ । अधिकांश हेभी इक्विपमेन्टहरु भारतमा निर्माण हुने गरेको छ । तर, डोसान एक्स्काभेटर भने कोरियन ब्रान्ड हो ।
इन्टरनेशनल कन्स्ट्रक्सन नेपालमा डोसान र बुल ब्रान्डका हेभी इक्विपमेन्टको बिक्री वितरणको आधिकारिक वितरकको रुपमा काम गर्दै आएको कम्पनी हो । सो कम्पनीले बुटवल, धनगढी, नेपालगञ्ज, नारायणगढ र इटहरीबाट एक्स्काभेटरको बिक्री गर्दै आएको छ ।
Tuesday, December 19, 2017
चौधरी ग्रुपले खटायो समाचार लेख्नेलाई धम्की दिन व्यक्ति : सुरक्षाकालागि पत्रकार महासंघमा उजुरी (पत्र सहित)
क्राइम व्यूरो प्रमुख
काठमाडौं । विश्वभर कम्पनी खोल्दै व्यापार गर्दै आएको चौधरी ग्रुपले सो समुहले कर नतिरेको समाचार प्रकाशन भएपछि समाचार लेख्नेलाई धम्की दिन मान्छेनै खटाएको छ । विश्वको धनीको सूचीमा नाम भएका चौधरी समुहका अध्यक्ष बिनोद चौधरीले आफु विरुद्ध समाचार लेख्नेलाई कारबाही गर्न समिट होटलमा रात्रीभोजकै आयोजना गरेर समाचार लेख्नेमाथी के कस्तो कारबाही गर्ने भन्ने उपाय खोजेदेखि पटकपटक ल्याण्डनम्बरबाट समाचार नलेख्न धम्की दिनै आएको र समाचार लेखेमा जे पनि हुन सक्ने भन्दै धम्की दिने कार्यमा तीब्रता आएपछि सुरक्षाकालागि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा र्औपचारीक रुपमा निबेदन दर्ता गराएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष महेश श्रेष्ठ र उपाध्यक्ष ज्ञानेन्द्र तिमलसेनकै रोहबरमा सुरक्षाको माग राख्दै तीब्रखबर डटकमका कार्यकारी सम्पादक रोशन कार्की (कुल) ले लिखित उजुरी दर्ता गराएका छन् । उजुरी पत्र दर्ता गराएपछि महासंघमा महासचिब रमेश बिष्टले यस्तो हर्कत जो कसैले गरेपनि महासंघले सम्बन्धित निकाय (प्रशासन) संग सुरक्षाको लागि पहल गर्ने र धम्की दिने र दिन लगाउनेमाथी महासंघले छानविन गरि कारबाही गर्ने समेत बताएका छन् ।
तीब्रखबरर डटकमले चौधरी समुहले कर नबुझाएको बारे समाचार प्रकाशन गर्दै आएको छ । देशलाई बुझाउनु पर्ने कर छली गरेर अहिले उनी शक्ति केन्द्रको शरणमा पुगेका छन् । संविधान सभाको निर्वाचनबाट एमालेको कोटामा समानुपातिक सभासद बनेका चौधरीले तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीलाई आफ्नो नियन्त्रणमा पारी अबैध रुपमा कमाएको रकमलाई विदेश लैजान सफल चौधरी अहिले सो दल छोडी एकाएक नेपाली काँग्रेसमा प्रबेश गरेसंगै उनको असली चरित्र बाहिरएको छ ।
धम्की दिनेक्रममा तीब्रबता आएपछि चौधरीलाई पटकपटक सम्र्पक गर्दा उनी सम्र्पकमा आउन चाहेनन । उनकै होटल ‘समिट होटल’ मा विना कारण रात्रीभोजको आयोजना गरेर आफ्नोबारेमा बोलीदिन र लेखिदिन समेत आग्रह गरेको भोजमा सहभागी एक सदस्यले बताएका छन् । सो होटलमा राखिएको कक्टेल पाटीमा पत्रकार, दलका केही नेता र चौधरीका केही कर्मचारीहरुको सहभागीता रहेको थियो ।
स्मरण रहोस चौधरी समुहले स्थापना काललदेखि कर छली गरेको भन्ने समाचार तीब्रखबर डटकमले निरन्तर प्रकाशन गर्दै आएको छ । सो पाटीमा आमन्त्रण गरिएका अधिकाशंलाई एक्लाएक्लै भेट गरि आफ्नो बिरुद्धमा बोल्ने र लेख्नेलाई के कसरी ठिक पार्ने भन्दै समधानको उपाय समेत खोजेको थाहा हुन आएको छ । सो पाटीमा सहभागी अधिकाशं पत्रकारहरुले कहाँ के कस्ले के लेख्छ भन्नेमा चासो नदिन र प्रतिकृया समेत नदिन सुझाब दिएका थिए । जस्ले जहाँ जे लेखेपनि त्यसको कुनै प्रभाब नरहेको हामी राष्ट्रिय मिडियामा भएकाले नडराउन समेत सुझाब दिएको स्रोतको दाबी रहेको छ ।
जव चौधरीलाई संकट आइपर्छ तब उनले यसरीनै रात्रीभोजको आयोजना गरि आफ्ना समर्थनमा बोल्न र लेख्न आग्रह गर्ने गरेका छन् । नक्कली मुल्यअभिबृद्धि कर (भ्याट) का बारेमा छानविन हुदाँ पनि उनले रात्रीभोज र दशैतिहारमा उपहार समेत उपलव्ध गराएका थिए । उनले आफ्नो विरुद्धमा लेखिएका सवै समाचार रोक्न र समर्थनकोमात्र समाचार लेख छापिदिन समेत आग्रह गरेका थिए । भने विभागका कर्मचारीलाई आफुले मिलाउने र सो कुरा कहि कतैबाट आएमा रोकिदिन आग्रह गरेको स्रोतको दाबी छ । चौधरीले सार्वजनिक सभामा दिएको भाषणको सामाजिक सञ्जाल र मिडिया व्यापक आलोचना हुदै आएको छ । सायद चौधरीले अहिलेसम्म यति चर्को आलोचना व्यहोर्नु परेको थिएन ।
चौधरी सबैभन्दा बढि अवैध धन्दा गर्ने र कर छली गर्ने व्यक्ति हुन । सरकारले उनीमाथि कुनै कोणबाट छलफल थाल्यो भने चौधरी हरेक कोणबाट फस्ने निश्चित छ । लहरो तान्दा पहरो गर्जयो भने उनले स्वर्गिय बिरेन्द्रको सम्पत्ति हत्याएको र सो सम्पत्तीको समेत खोजी हुने स्रोतको दाबी रहेको छ ।
Monday, December 18, 2017
कर तिरेको कागजात पत्रकारलाई देखाउन मिल्दैन : इन्टरनेशनल कन्स्ट्रक्सन
रोशन कार्की
काठमाडौं । लामो समयदेखि सरकारी कर्मचारीलाई समेत झुक्याई विना कर सामान आयात गर्दै आएको कम्पनी इन्टरनेशनल कन्स्ट्रक्सनले सरकारलाई बुझाएको करको विवरण पत्रकारलाई देखाउन नमिल्ने बताएको छ । सो कम्प्नीले मूल्य अभिवृद्धि कर (भ्याट) छली गरि साना इक्विपमेन्ट भन्दै वर्षौँदेखि करजन्य सामानको आयात गर्दै आएको बारेमा समाचार प्रकाशन भएपछि कम्पनीका प्रमुख पियुष जाजोदियाले सो प्रतिकृया दिएका हुन । सो कम्पनीले पछिल्लो समयमा ठूलो मात्रामा ‘ब्रेकर’ ल्याएको राजस्व अनुसन्धान कार्यालय पथलैयाले भेटेपछि तत्काल सो कम्पनीबाट आयात गर्दै आएको ‘डोसान एक्स्काभेटर’ को आयात र बिक्रीमै रोक लगाएर छानविन गरि रहेको छ ।
सो कम्पनीले लुकाएर नेपाल भित्राएको ब्रेकरको मात्रै एकपटक आयात गर्दा न्यूनतम २२ लाख ५७ हजार रुपैयाँभन्दा बढीको भ्याटछली गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएपछि राजस्वले आयातमा रोक लगाएको हो । सरकारले एक्स्काभेटर आयातमा भ्याटछुट दिएको छ भने अन्य पार्टपुर्जाको आयातमा १३ प्रतिशत भ्याट लगाएको छ ।
निर्माण क्षेत्रलाई सरकारले दिएको सुविधाको फाइदा उठाउँदै अवैध सामान नेपाल भित्राउन थालेपछि राजस्व अनुसन्धान कार्यालय पथलैयाले वीरगञ्ज नाकाबाट आयात हुँदै आएका टाटा मोटर्स प्रालि, सुजुकी, सिप्रदी र इन्टरनेशनल कन्ट्रक्सनले आयात गरेको हेभी इक्विपमेन्टहरु नियन्त्रणमा लिई अनुसन्धान गरिएको जनाएको छ ।
विगत ६ वर्षदेखि इन्टरनेशनल कन्स्ट्रक्सन प्रालि स्वयम्भू काठमाडौंमा रहेको सो कम्पनीले लुकाईछिपाई ‘ब्रेकर’ आयात गदै आएको हो । सो कम्पनीले ‘डोसान एक्स्काभेटर’ सँगै दुई हजार किलोभन्दा बढीको ब्रेकर ल्याएको हो । राजस्व अनुसन्धान पथलैयाका प्रमुख दिव्या पोखरेलका अनुसार सूचना पाउनासाथ सम्बन्धित क्षेत्रमा कर्मचारी खटाई अनुसन्धान सुरु गरिएको छ भने अनुसन्धानको प्रतिवेदनमा उल्लेख भएअनुसार अवैध सामानको कारोबार गर्ने कम्पनीमाथि कारबाही हुन्छ । अहिले अनुसन्धानकै क्रममा रहेकाले थप केही भन्न नसकिने समेत उनको भनाइ छ ।
इन्टरनेशनल कन्स्ट्रक्सनका प्रमुख जाजोदियाले सरकारकै नियमअनुसार भन्सार बुझाएर ल्याएको प्रतिक्रिया दिए । उनले एक्स्काभेटरसँगै ल्याउन मिल्ने सानासाना पार्टपुर्जा ल्याएको बताउँदै ब्रेकरलाई कर नलाग्ने दाबी समेत गरे । उनले भने, ‘हाम्रो कारोबारको विवरण पत्र यहाँहरुलाई देखाउन मिल्दैन, यहाँले लेख्नुभयो, विना रकम मेरो कम्पनीको विज्ञापन भएकोमा म खुसी छु ।’ सो कम्पनीले अवैधरुपमा भित्र्याएको ब्रेकर समेत कम गुणस्तरहीन भएको समेत स्रोतको दाबी रहेको छ । भ्याटछली गर्दै ल्याएको सो ब्रेकरलाई नेपाली बजारमा भने आफ्नै मूल्यमा बिक्री हुँदै आएको छ । सो कम्पनीले आयात गरेको ब्रेकर अधिकांश गुणस्तरहीन समेत रहेको स्रोतको दाबी रहेको छ । यस्तै भ्याटछली गरी ल्याएको सो ब्रेकरको मूल्य समेत आफूखुसी निर्धारण गरिँदै आएको आरोप लागेको छ ।
विगत छ वर्षदेखि डोसान ब्रान्डका एक्स्काभेटर र लोडर नेपाल आयात हुँदै आएको छ । हाल विशेष गरी कन्स्ट्रन्क्सन क्षेत्रमा डोसान र बुलका हेभी इक्विपमेन्टहरु प्रयोग हुँदै आएको छ । अधिकांश हेभी इक्विपमेन्टहरु भारतमा निर्माण हुने गरेको छ । तर, डोसान एक्स्काभेटर भने कोरियन ब्रान्ड हो । पछिल्ला दिनमा निर्माणकार्यमा भएको वृद्धिसँगै विभिन्न हेभी इक्विपमेन्टहरुको आयातमा समेत वृद्धि भएको छ । हेभी इक्विपमेन्टको माग बढेसँगै सोही क्षेत्रमा प्रयोग हुने ब्रेकरको समेत माग बढी हुनथालेपछि कम्पनीले डोसान एक्स्काभेटरकै बाक्सामा ब्रेकर लुकाईछिपाई ल्याउने गरेको उच्च स्रोतको दाबी रहेको छ ।
इन्टरनेशनल कन्स्ट्रक्सनले नेपालमा बिक्री गर्ने डोसान र बुल ब्रान्डका हेभी इक्विपमेन्टको बिक्री वितरण गर्दै आएको छ । सो कम्पनीले बुटवल, धनगढी, नेपालगञ्ज, नारायणगढ र इटहरीबाट सो एक्स्काभेटर बिक्री गर्दै आएको छ । उनले छ वर्षदेखि कोरियामा उत्पादन भएको सो एक्स्काभेटर नेपाल ल्याई बिक्रीवितरण गरेदेखि नै सरकारी ढुकुटीमा बुझाउनुपर्ने आयकर र राजस्व समेत छली गर्दै आएको आरोप उनीमाथि लागेको छ । जाजोदियासँग पटक–पटक करछलीबारे प्रश्न गर्दा उनले एउटै उत्तर दिए, ‘हामीले सरकारी नीतिनियमअनुसार कर बुझाएका छौँ, तर सो कर बुझाएको विवरण भने पत्रकारलाई दिन नमिल्ने बताउँदै आएका छन ।’
Sunday, December 17, 2017
यही हो हाम्रो देशको लोकतन्त्र !!!
रोशन कार्की
संस्कार बिनाको राजनीति गर्नु गुण्डागर्दी हो, छलकपट हो । त्यस्ता दल या समूहबाट जनताको हित हुन्छ भनेर पत्याउने हामी जनता महामुर्ख हौ । जतिजति राजनैतिक आवरणमा गलत हर्कतहरु हुन्छन्, त्यति त्यति जनतामा राजनीतिप्रति घृणा त हुन्छ तर निर्वाचनमा त्यही पृष्टभुमीका व्यक्तिलाईनै आफ्नो अमुल्यमत दिएर सोही कार्य गर्न लाईसेन्स दिने गरेका छौ । भखैरै सम्पन्न निर्वाचनबाट पनि सोही पुष्टी भएको छ ।
अनि सुझबुझ भएकाहरुले राजनीतिलाई सराप्छन् । तर देश बनाउने पनि राजनीतिले नै हो, देश बिगारेको पनि राजनीतिले नै हो । यसैले राजनीतिको नयाँ कथ्य र तथ्य चाहिएको छ । गत वर्ष चितवनमा अन्तिम समयमा आएर सत्ता र शक्तिको आडमा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यात्दा त्यसको विरोध सर्वत्र भयो । माओवादीहरुमा अझै पनि युद्धको धङधङी छ भन्ने तर्कमा थप बल पुगेको थियो । तर एमालेले पनि हुलदंगाको राजनीति गर्नु हुँदैनथ्यो ।
राजनैतिक स्वार्थको लागि जोसंग पनि घाँटी जोड्ने, राज्यकोषको दोहन गरी खाने कुरामा एकगठ हुने, राष्ट्रिय स्वाभिमानका मुद्दाहरुमा जनतालाई गुमराहमा राखेर आफ्नो स्वार्थसिद्ध गर्ने, सांसद पदको किनबेच गर्ने, राजनैतिक आवरणमा भ्रष्टाचार गर्ने, न्यायपालिका र कार्यपालिकाबीच तनाव पैदा गर्ने, एउटा उद्देश्य प्राप्तिका लागि एउटासंग र अर्कोको लागि अर्कोसंग मौसमअनुसार घाँटी जोड्ने संस्कारको हामी प्रत्यक्षदर्शी बनेर हामी बसिरहेका छौँ ।
भखैरै भएको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनबाट एकाएक माननीय ‘डन’ को विजय यात्रा सुरु भयो हिमाली जिल्ला मनाडबाट । धनगढी हत्याकाण्डका फरार अभियुक्त रेशम चौधरीले प्रदेश ७ को संसद् यात्रा सुरु गरे । हिंसालाई सर्वोपरि ठान्नेहरूका निम्ति उनको विजय यात्रा गौरवको विषय बन्न पुगेको छ । तर, विधिको शासन हुनुपर्छ भन्नेका निम्ति उनको विजयमा खुसी हुन सकिँदैन ।
निश्चय नै यसपटकको निर्वाचन परिणाम आश्चर्यचकित तुल्याउने किसिमको आएका छन् । निर्वाचित व्यक्तिहरूको आपराधिक पृष्ठभूमि कहिन कहि जोडीएको छ, तर अहिले सम्म एकदुई जनाकोभन्दा अरुको सतहमा आएको छैन । अहिले चर्चाकै विषय बनेका ‘डन’ का रूपमा छवि बनाएका राजीव गुरुङ उर्फ दीपक मनाङेको मनाङमा प्रदेश सभाका लागि भएको विजयले पनि यस्तै आश्चर्यचकित तुल्याएको थियो ।
मुलुक संघीयतामा प्रवेश गरेका र विधिको शासन सञ्चालन होला भन्ने अपेक्षा विपरित भएका यस्ता विजय यात्राले लोकतन्त्रकै उपहास गरेको छ । त्यसमा पनि एक बालकसहित आठ प्रहरीको हत्या भएको मुद्दामा अदालतसमेत उपस्थित नभई फरार रहेका चौधरी माननीय बन्नुले कानुनको शासनको धज्जी उडाउने काम गरेकै हो । कानुनी छिद्र प्रयोग गरेर भोलि गम्भीर अपराधमा संलग्न भएका व्यक्तिसमेत निर्वाचनबाट विजय भएर आउने बाटो विस्तारै खुल्दै गएको छ ।
गएको संविधानसभाको निर्वाचनमा विजय भएर संसद पुगेका बबन शाहदेखि प्रत्यक्ष आपाराधिक कृयाकलापमा मुछिएका व्यक्तिहरुको संसद बन्ने लहर सुरु भएको हो भने अहिले त्यसमा बृद्धि हुदै गएको छ । कुनै बेला भारतमा दलहरूले गुण्डाहरूलाई निर्वाचनमा प्रयोग गर्ने गरेका थिए । कालान्तरमा तिनै गुण्डाले राजनीतिको आश्रय लिए र संसदमा निर्वाचितसमेत भए । हत्या, बलात्कार र अन्य गम्भीर आरोप लागेका सांसदको ठूलो संख्याबारे उल्लेख गर्दै त्यहाँका सञ्चारमाध्यमले तिनको विवरण सार्वजनिक गर्दा लाजमर्दो स्थिति पैदा भएको थियो ।
ठिक अहिले नेपालमा पनि सोही अबस्था आएको छ । नयाँ नेपालको परिकल्पना गर्दै जारी भएको संविधानअनुसारको पहिलो निर्वाचन चक्र पूरा नहुँदै देखिएको यस्तो विषम परिस्थिति आउनु आफैँंमा लोकतन्त्रको लज्जा हो । प्रहरीको खोजीमा रहेको व्यक्तिको उम्मेदवारी वारेसमार्फत् दर्ता हुन सक्ने अवस्था यसको पहिलो त्रुटि हो । उम्मेदवारी दर्ता भइहाले पनि त्यसविरुद्ध अन्य दलका उम्मेदवारले उजुरी दिन सक्ने व्यवस्था थियो । तर त्यसमा कसैको उजुरी परेन । उजुरी नपर्नुको कारण मिलेमतो हो वा कानुनी अज्ञानता हो भन्ने प्रश्न अहिले दलहरुमाथीनै लागेको छ ?
चौधरीलाई स्थानीय मतदाताले जिताउँदैमा उनीमाथि लागेको अभियोगको सफाइ हुन सक्दैन । संविधानसभामा यसअघि यस्तै किसिमको घटना दोहोरिएको थियो । फरार अभियुक्त बबन सिंह निर्वाचित भइसकेपछि झुक्याएर सपथग्रहण गर्न सफल भएका थिए । अहिले रेशम चौधरीको सन्दर्भमा पनि यसैगरी झुक्याएर सपथ लिने÷दिने प्रपञ्च नहोला भन्न सकिन्न ।
एक, गम्भीर अभियोग लागेका व्यक्तिले उम्मेदवारी दिनै नपाउने व्यवस्था हुनुपर्छ । पक्राउ पुर्जी जारी भइसकेका फरार व्यक्तिको उम्मेदवारी दर्ता गर्ने व्यवस्था आफैंँमा त्रुटिपूर्ण छ । त्यस्ता व्यक्ति निर्वाचित भएकै आधारमा उनीप्रति अन्याय भएको अर्थ निकाल्न मिल्दैन । ती बालक र सुरक्षाकर्मी हत्याको अभियोगमा अदालतमा चलेको मुद्दामा पुर्पक्ष हुनु आवश्यक छ । अदालतबाट उनी निर्दोष सावित भए भने त्यसलाई मान्न सकिन्छ । जनताले जिताइसकेका हुनाले दलका नेतासँग सल्लाह गरेर उनीहरूले भनेअनुसार नै उनी अभियोगबाट मुक्त हुने अवस्था आउन सक्दैन । कानुनका दृष्टिमा सबै बराबर हुनुपर्छ ।
स्थानीय प्रहरी र प्रशासनले उनी आउनासाथ पक्राउ पर्ने बताउँदै आए पनि झुक्याएर सपथ ख्वाउने र पछि प्रदेश सभामुखको स्वीकृति नलिई कारबाही गर्न नपाउने उन्मुक्ति उनले पाउन सक्ने अवस्था आउन सक्छ । दलका नेताका अगाडि कानुन कार्यान्वयन गर्ने प्रहरी र स्थानीय प्रशासनले पनि आँखा चिम्लन सक्ने अवस्था आउन सक्छ । उनी निर्दोष भए पहिल्यै अदालतमा हाजिर भई मुद्दा टुंगोमा पु¥याई उम्मेदवार बन्ने बाटो खोल्नुपर्ने थियो । फरार चौधरीले प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भारतको औपचारिक भ्रमणका क्रममा भेटसमेत गरिसकेका छन् । त्यतिमात्र होइन, उनलाई सरकारले करोडभन्दा बढी रुपैयाँ क्षतिपूर्तिसमेत दिएको छ । यस आधारमा उनलाई जोगाउन सर्वदलीय सहमति हुन सक्छ । लोकतन्त्रको जग बसाउने बेलामा यस्ता नजीर कायम गर्दै जाने हो भने लोकतन्त्रको लाज जोगिने छैन ।
यसरी कतै आपाराधिक पृष्ठभुमीमा संलग्नहरु मननिय बने भने गत वर्षको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मतपरिणाम अन्त्यतिर आईपुग्ने बेलामा सरकार पक्ष माओवादी केन्द्रकै प्रतिनिधिहरुले मतपत्र धुजाधुजा पारेर च्यातेर अर्को अपराध गरे । उनीहरुले जनताको विश्वास च्यातेका थिए, लोकतन्त्र च्यातेका थिए र आफ्नै साख च्यातेका थिए । आफूले जित्ने अवस्थामा सबै जायज र हार्ने अवस्थामा सबै गलत हो भन्ने प्रवृत्ति लोकतन्त्र हैन, यो झोकतन्त्रमा गए । मतपत्र च्यातिए पछि नेकपा एमालेले चितवन बन्द गरेको थियो ।
हाम्रो देशमा नीति निमार्ण गर्नेदेखि कार्यान्वयन गर्नेसम्ममा भ्रष्ट आचरण भएकै कारण देश आर्थिक समृद्धिमा जान नसकेको हो । पछिल्लो समयमा आन्तरिक राजस्व विभागका निर्देशक चूडामणी शर्माले गरेको भ्रष्टाचारको पर्दाफासले त राजनीतिज्ञ र निजामति कर्मचारीहरु मिले भने कतिसम्म भ्रष्टाचार गर्न सक्ने रहेछन् भन्ने तितो सत्य उजागर भएको छ । मासिक चालीस पचास हजार तलब खाने कर्मचारीको नीजि सुरक्षागार्ड, बाह्र रोपनी जग्गामा ६ वटो गेटहरु छिचोलेर जानुपर्ने घर, नातागोताहरुका नाममा चल अचल सम्पतिलाई वैध बनाउन किताब बेचेर २३ करोडको आम्दानी देखाउने देशका करोडपति कर्मचारी र राजसी जीवन बाँचेर दाईजोको सुन सम्पत्ति विवरणमा देखाउने राजनैतिक दलका नेताहरुबाट पारदर्शिताको के आश गर्ने ? नेता र कर्मचारीहरु मध्ये धेरै जसो भ्रष्ट नै छन् ।
अब चुनाव तिरै फर्कौँ, जनताको मतलाई सम्मान नगर्ने तर, जनताको लागि राजनीति गर्छु भन्ने जिम्मेवार दलका कार्यकर्ताहरु नै जनमतलाई कुल्चने चेष्टा गर्छन् भने जनताले यिनीहरुबाट आशा गर्नुपर्ने कुरा केही छैन । भरतपुरको घटनाले माओवादी केन्द्रलाई एउटा अत्यन्त गैरजिम्मेदार दलको रुपमा चित्रण गरेको थियो तत्कालको समयमा । यद्यपि मतपत्र च्यात्ने काम पार्टीको आवरणमा व्यक्तिले गरेको हुनुपर्छ, तर त्यसलाई अनुमोदन गरेर माओवादी केन्द्रले ठूलो भूल गरेकै हो ।
हामीले देखेकै सुनेकै हो, अठ्ठाईस बर्षसम्म निरन्तर राजनैतिक दलका सत्ता सोपानका अक्षम्य हर्कतहरु सहेर बसेकै हो, राजनीतिलाई गलत प्रयोग गरेर हाम्रै सामु शून्य आर्थिक हैसियत भएकाहरु एकाएक महंगा गाडी, आलिशान महल र अकूत बैंक ब्यालेन्ससहित राजाको जस्तो जीवनशैली त छँदैथ्यो । त्यसमाथि राज्यले दिने मानपदवी समेत आफ्नै आसेपासे र पहुँचवालाहरुलाई बाँडेर थप निर्लज्जताको बलियो उदाहरण प्रस्तुत गरेका छन् । ईमानका सबै व्यवहारहरु बेईमानको भट्टीमा पाकिरहेका छन् ।
जनताले यति सबै गलत हर्कतहरु देख्दै आएका छन् । राजनैतिक पार्टीको आलोचना चाहिँ गर्ने, तर पटकपटक तिनै आलोचनाका पात्रहरुलाई छानेर पठाउने परम्परा अझै केही समय कायम हुने देखिएको छ । मुहानको उत्पत्ति नै खराब छ भने त्यसबाट सफा पानीको आशा के गर्न सकिन्छ र ? कुशल र सुसंस्कृत राजनीतिको मूल पुराना पार्टीहरुमा छैन र कहिल्यै देखिएन । बन्द, हड्ताल गर्ने, सडक बन्द गर्ने, आगो लगाउने, संसद चल्न नदिने, संसदभित्रै हानाहान गर्ने, सार्वजनिक साधन तोडफोड गर्ने जस्ता काम सबैजसो पुराना शक्तिहरुले गर्दै आएका छन् ।
न यिनीहरुको आयव्यय नै स्पष्ट छ, न त देशलाई एउटा लक्ष्यमा पुर्याउने स्पष्ट खाका नै छ । कोही बिपी र गणेशमानको नाम बेचेर बाँचेका छन्, कोही पुष्पलाल र मदन भण्डारीलाई भजाएर टिकेका छन् त कोही युरोप, जर्मनी र चीनमा विकास भएका तर त्यहीँ फ्लप भएका ‘वाद’ हरुको रटान गरेर टिकेका छन् त कोही पूर्वराजा र हिन्दु धर्म भजाएर टिकेका छन् भने एक थरीहरु भारतले नचाउने मदारीको भालुजस्तै उसैको ईशारामा अस्तित्व रक्षा गरेका छन् ।
आज जो जस्ले जे भने पनि आफ्नो हैसियत प्रष्ट भएको छ । पहिलो भएको दल अन्त्यतिर गयो गठबन्धन गरेर पहिलो पाटी त बनेको छ तर त्यो पनि दिगो हुने सम्भाबना कम छ । कोही गफ मात्रै गर्ने र कोही गफकै गफका बारेमा आलोचना गरेर नथाक्ने र केही गर्न खोज्नेलाई पनि जसरी हुन्छ काम गर्न नदिएर त्यसको दोष उसैलाई थोपर्ने गलत संस्कारयुक्त राजनीतिको विकल्प जनताले खोज्ने बेला आएको छ । जे जस्तो भए पनि लोकतन्त्र गणतन्त्र ल्याएर हामीलाई बोल्ने अधिकार ल्याईदिएकोमा यिनीहरुलाई धन्यवाद दिऊँ तर, अबको समय गम्भीर चिन्तनको समय भएकोले देशको लागि केही गर्न नसकेकाहरुको विकल्पमा पद्दति, पारिदर्शिता, ईमानदारी र उत्कृष्टताको सिद्धान्त अँगालेकाहरुलाई काम गर्न दिनेबारे सोचौँ ।
संस्कार र पद्दति अंगाल्न नसकेका दलहरुले कमसेकम राम्रो कामलाई निरन्तरता र नराम्रो कामलाई त्याग्नु पर्नेमा अलोकप्रिय कामहरु दोर्होयाई रहने हो भने जनता तिनैको पछाडि हिँड्नु हुँदैन । भरपर्दो विकल्प तयार भईसकेको अवस्थामा वैकल्पिक राजनीतिप्रति जनताको सद्भाव जरुरी छ । जसले जुनसुकै कारणले पनि बन्द गर्दैन, जहाँ ईमान भएकाहरु छन्, जो पारदर्शी छन् , जो केही जान्ने क्षमता राख्छन् त्यस्तो लक्ष्य लिएका पार्टीहरुलाई अब जनताले रोज्ने बेला आएको छ । यो देश सतीले सरापेको भन्दै भाषण गर्नेहरुले बुझ्नु पर्छ सतिले सरापेको हैन यो त भ्रष्ट कर्मचारी र भ्रष्ट राजनीतिले उठ्नै नसकिने गरी धुजा धुजा पारेको देश हो । अझै पनि भ्रष्ट राजनीतिलाई आँखा चिम्लेर अरुले जित्दैनन् क्यारे यिनैलाई भोट नदिएर के गर्नु भन्ने हो भने देश कहिल्यै बन्ने छैन । हामीले देश बिग्र्यो भनेर कसैलाई गाली गर्ने नैतिक अधिकार हुने छैन । त्यसैले अब देशमा संच्चा देशभक्तभन्दा पैसावाल, गुण्डा, तस्कर र आपाराधिक कृयाकलापमा संलग्नहरुले जनमत पाएर देश चलाउने मुख्य विन्दुमा आएका छन र आउनेछन् । अब हत्या, अपहरण, गुण्डागर्दी र तस्करीमा सकृय भएका सांसदबाट देशको आर्थिक बृद्धि हुन्छ देशमा आर्थिक समृद्धि भएर जान्छ भनेर आसा गर्नु खरानीको घर बनाउनु सरह हुने छ । जय होस karkirimn@gmail.com
Friday, December 15, 2017
भ्याट छली गर्दै इन्टरनेशनल कन्स्ट्रक्सनद्वारा निमार्ण सामाग्रीको आयात
रोशन कार्की
काठमाडौं । सरकारले दिएको सुविधाको गतलरुपमा प्रयोग गर्दै अधिकाशं व्यवसायीहरुले करोडौ रुपैयाँ कर छली गर्दै आएको पछिल्ला घटनाबाट खुलेको छ । देश विकासमा निमार्ण कार्याको प्रमुख स्थान हुनेभन्दै हेभी इकुमेन्टहरुको आयातमा लाग्दै आएको मुल्यअभिबृद्धि कर (भ्याट) लाई शुन्य बनाउदाँ व्यवसायीहरुले गतल तबरबाट प्रयोग गरेको भेटिएको हो । निमार्ण क्षेत्रलाई सरकारले दिएको सुविधाको फाइदा उठाउँदै अवैध सामान नेपाल भित्राउन थालिएसगै सरकारी ढुकुटीमा जानुपर्ने कर व्यक्तिको खातामा जम्मा हुन थालेको समेत भेटिएको छ ।
सरकारले विभिन्न निर्माण सामग्रीमध्ये नेपाल आयात गर्दा डोजर र एक्स्काभेटरमा भ्याट शून्य बनाएपछि सो सामानसँगै लुकाइछिपाइ गरी भ्याट लाग्ने सामान समेत ल्याउने गरेको भेटिएको हो । विगत केही वर्षदेखि इन्टरनेशनल कन्स्ट्रक्सन प्रालि स्वायम्भु काठमाडौंमा रहेको सो कम्पनीले लुकाइछिपाइ गरी ‘ब्रेकर’ आयात गरेको भेटिएको छ ।
सो कम्पनीले ‘डोसान एक्स्काभेटर’ सँगै दुई हजार किलोभन्दा बढीको ब्रेकर ल्याएको भ्याट छली गरि ल्याएको बारे अहिले राजस्व अनुसन्धान कार्यालय पथलैयाले अनुन्धान सुरु गरेको छ । जो कोही कम्पनीले ब्रेकर आयात गर्दा १३ प्रतिशत भ्याट बुझाउनुपर्छ । तर सो कम्पनीले एसेसिरिजको नाममा दुई हजार किलोको ब्रेकर विना भन्सार ल्याई बिक्रीवितरण गर्दै आएको समेत आरोप लागेको छ ।
यस सम्बन्धमा पटक–पटक सो कम्पनीका प्रमुख पियुष जाजोदियासँग सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख दिव्या पोखरेलले भने, ‘लुकाइछिपाइ ब्रेकर ल्याएको भेटिएको छ, त्यसबारे हामीले थप छानविन सुरु गरिसकेका छौँ, अहिले के हो भन्नेबारे अनुसन्धान भइरहेको छ, गलत गर्नेलाई कारबाही हुन्छ ।’
विगत ६ वर्षदेखि डोसान ब्रान्डका एक्स्काभेटर र लोडर नेपाल आयात हुनै आएको छ । हाल विशेष गरी कन्स्ट्रन्क्सन क्षेत्रमा डोसान र बुलका हेभी इक्विपमेन्टहरु प्रयोग हुँदै आएको छ । अधिकांश हेभी इक्विपमेन्टहरु भारतमा निर्माण हुने गरेको छ । तर, डोसान एक्स्काभेटर भने कोरियन ब्रान्ड हो । पछिल्ला दिनमा निर्माणकार्यमा भएको वृद्धिसँगै विभिन्न हेभी इक्विपमेन्टहरुको आयातमा समेत वृद्धि भएको छ । हेभी इक्विपमेन्टको माग बढेसँगै सोही क्षेत्रमा प्रयोग हुने ब्रेकरको समेत माग बढी हुनथालेपछि कम्पनीले डोसान एक्स्काभेटरकै बाक्सामा ब्रेकर लुकाएर ल्याउने गरेको उच्च स्रोतको दाबी रहेको छ ।
नाम नलेख्ने शर्तमा स्रोतले भन्यो, ‘एक्स्काभेटरमा सरकारले भ्याट छुट गरेको छ र अन्य एसेसिरिजको हकमा स–साना पार्टपुर्जा ल्याउन पाइन्छ तर दुई हजार किलोको ब्रेकर एसेसिरिजको नाममा ल्याउन पाइँदैन, ब्रेकरलाई १३ प्रतिशत भ्याट लाग्छ, सोही फाइदा उठाउँदै इन्टरनेशनल कन्स्ट्रक्सनले ब्रेकर ल्याएको हो ।’
इन्टरनेसनल कन्स्ट्रक्सनले नेपालमा बिक्री गर्ने डोसान र बुल ब्रान्डका हेभी इक्विपमेन्टको बिक्रीवितरण गर्दै आएको छ । सो कम्पनीले बुटवल, धनगढी, नेपालगञ्ज, नारायणगढ र इटहरीबाट सो एक्स्काभेटर बिक्री गर्दै आएको छ ।
Tuesday, December 12, 2017
चौधरी ग्रुपको दादागिरी : यस्तो सम्म गर्न पछि परेन ?
रोशन कार्की
काठमाडौं । एभरेष्ट बैंकको टेकु शाखामा १८ करोड रुपैयाँ स्रोत नखुलेको रकम बिनोद चौधरीका नाममा भेटिएपछि हंगामा भएको सो विषयलाई सो समुहले भित्रभित्रै मिलाएको समेत गोप्य स्रोतले जनाएको छ । अनुसन्धान गर्दै जाँदा त्यो रकम चौधरीले भारतमा वाईवाई, डाल्डा घ्यु लगायतका वस्तु बिक्री गरेर ल्याएर राखेको पत्ता लागेपछि शक्तिकेन्द्रको आडमा चौधरीले भित्रभित्र सो अबैध रकमको मुद्दालाई मिलाएको आरोप समेत उनीमा लागेको छ । तत्काल कर र जरिवाना सहित ५ करोड रुपैयाँ चौधरीले तिर्नुपर्नेमा सो रकम नतिरी पैसा आफ्नो बैद्यानीक खातामा सारेको समेत स्रोतले भन्यो ।
यो मुद्दा उठाउने र कारवाही गर्ने राजस्व अनुसन्धानका प्रमुख र सम्बन्धित निकायका कर्मचारीलाई रकम दिएर मिलाएको थियो । चौधरीको सो बैंक खाताबारेमा गोप्य सूचना दिएका उनका एक कर्मचारी छतबाट खसेर निधन भएको झुटो विवरण प्रहरीमा पेश गरेर मुद्दालाई मिलाएको आरोप समेत चौधरीमाथी लागेको छ । सो विषयलाई कानुनी रुपमा ‘आत्महत्या’ भन्दै मुद्दाको फाईल बन्द गराएको पाईएको छ । नेपालको वाणिज्य क्षेत्रमा प्रख्यात रहेको चौधरी ग्रुपले रकम असुल्नका लागि निर्दोष व्यक्तिलाई आफ्नो घरमा बन्दी बनाउने गर्छ भन्दा जो कोहीलाई पत्याउन मुश्किल पर्छ ।
तर नेपालका ४४ ओटा मानवअधिकारवादी संस्थाको साझा सञ्जाल मानवअधिकार सन्धि अनुगमन समन्वय समितिको स्थलगत अध्ययन टोलीले यस सम्बन्धमा गरेको अनुसन्धान पछि यही तथ्य फेला पारेको थियो । चौधरी ग्रुपले एक व्यक्तिलाई ५७ दिनसम्म निजी हिरासतमा राखेको समेत फेला परेपछि सो आत्महत्या नभई हत्या भएको ठहर समेत विभिन्न अनुसन्धान संघसस्थाले गरेको थियो । पैसाको रवाफका कारण यो समाचारलाई कुनै मिडियाले प्राथमिकता दिएको थिएन ।
चौधरी ग्रुपद्वारा ५७ दिन बन्धक बनाइएका भारतीय नागरिक लक्ष्मीकान्त शर्मा सम्बन्धी मानवअधिकार संन्धि अनुगमन समन्वय समितिले स्थलगत अध्ययन प्रतिवेदन २०६३ तयार पारेर सार्वजनिक गरेको थियो । सो समितिले घटना भएको स्थान ललितपुरको हरिसिद्धिको माउण्टभ्यू कोलनी र जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा गएर अनुसन्धान गरेको हो । यस घटनामा चौधरी ग्रुपले लक्ष्मीकान्तलाई ५७ दिन निजी हिरासतमा गोप्य रुपमा बन्धक बनाएर राखिएको पाइएको विवरण सार्वजनिक गरेको थियो । लक्ष्मीकान्तलाई प्रहरीले पक्राउ गरी चौधरी ग्रुपलाई बुझाएको आरोप समेच सो समितिको प्रतिबेदनमा उल्लेख छ ।
घटनामा चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी, महेशराज पन्त, जीपी साह, मोहन ओझाको महत्वपूर्ण हात रहेको समेत प्रतिबेदनमा उल्लेख छ । खासगरी चौधरी ग्रुपको ज्यादतीप्रति प्रशासन मौन रहेको र घटनाका तथ्यहरुले चौधरी ग्रुपलाई प्रहरीले सघाएको आरोप समेत देखिन आएको उल्लेख छ ।
चौधरी ग्रुपले प्रहरीलाई बुझाएका शशिकान्तलाई रकम हिनामिनाको आरोपमा पक्राउ गरी २७ दिन बिना पूर्जि प्रहरी हिरासतमा राखेर यातना दिई भदौ ४ गते मात्र मुद्दाको प्रक्रिया शुरु गरेको थियो । चौधरी ग्रुपले लक्ष्मीकान्तको उपचारका लागि नर्भिक अस्पतालबाट दुईजना चिकित्सकलाई गोप्य रुपमा प्रयोग गरेको तर तिनको नाम सार्वजनिक नगरेकोले यो घटनामा नर्भिक अस्पतालको पनि अप्रत्यक्ष रुपमा संलग्नता रहेको समेत देखिन आएको प्रतिबेदनमा उल्लेख छ ।
ललितपुरको सानेपामा गणपति किराना पसल सञ्चालन गर्दै आएका भारतको जयपुरका ५६ वर्षीय लक्ष्मीकान्त शर्मालाई उनका छोरा शशिकान्त शर्माले ५० लाख ५० हजार हिनामिना गरेको आरोपमा चौधरी ग्रुपले २०६३ असार ११ गतेदेखि ०६३ भदौ ४ गते रातिसम्म निजी हिरासतमा राखी बन्धक बनाएको थियो । चौधरी ग्रुरुपको आग्रहमा जिल्ला प्रहरी कार्यालय ललितपुरले लक्ष्मीकान्तलाई उनको सानेपास्थित डेराबाट २०६३ असार ९ गते पक्राउ पूर्जि बिना पक्राउ गरी त्यसको पर्सिपल्ट अर्थात असार ११ गते चौधरी ग्रुपलाई जिम्मा लगाएको थियो । प्रहरीले चौधरी ग्रुपलाई जिम्मा लगाएपछि चौधरी ग्रुपद्वारा हरिसिद्धिस्थित माउण्टभ्यू रेसिडेन्ट्सको २९ नम्बरको घरमा लक्ष्मीकान्तलाई ५७ दिन गोप्य रुपमा बन्धक बनाएको थियो । उनी चौधरी ग्रुपमा वरिष्ठ क्यासिएरको रुपमा कार्यरत रहेका लक्ष्मीकान्तका छोरा २९ वर्षीय शशिकान्त शर्मा चौधरी ग्रुपको ५० लाख ५० हजार हिनामिना गरी भागेको आरोपमा चौधरी ग्रुपको तर्फबाट त्यहाँका कर्मचारी मोहन ओझाले शशिकान्तलाई पक्राउ गर्नका लागि २०६३ असार १८ गते जिल्ला प्रहरी कार्यालय ललितपुरमा उजुरी दिएका थिए । यही उजुरीका आधारमा प्रहरीले शशिकान्तको खोजीका लागि ०६३ असार २० गते वारेन्ट जारी गरेको थियो।
आत्महत्या कि हत्या ?
तत्कालको समयमा उपत्यका अपराध अनुसन्धान शाखामा केरकार गरिएको बेला शशिकान्तले आफूले चौधरी ग्रुपको रकम हिनमिना नगरेको र दुई पटक गरी ६० लाख रुपैयामा चौधरी ग्रुपका कर्मचारी विष्णु महेश्वरीलाई दिएको बयान दिएका थिए । उपत्यका अपराध अनुसन्धान शाखाका एसपी केशवप्रसाद अधिकारीका अनुसार, शशिकान्तको बयानलाई आधार मानेर प्रहरीले विष्णु महेश्वरीलाई पक्राउ गरी केरकार गरिरहेको थियो । केरकारको क्रममा ०६३ भदौ ४ गते विष्णु महेश्वरीले जिल्ला प्रहरी कार्यालय हनुमानढोकाको चौथो तल्लाबाट हामफालेर आत्महत्या गरेको जनाइएको छ । यद्यपि डा. हरिहर वस्तीद्वारा हस्ताक्षरित पोष्टमार्टम प्रतिवेदनमा मृतक विष्णु महेश्वरीको टाउको, छाती र पेटमा चोट लागेको उल्लेख छ । मानवअधिकारवादीले प्रहरी कब्जामा रहेको व्यक्तिको मृत्युलाई आत्महत्यामा मात्र सीमित गर्न नसकिने र त्यसमा प्रहरीको यातना र लापरवाही पनि जिम्मेवार हुने बताएको थियो ।
नाजवाफ चौधरी ग्रुपः
समिति : लक्ष्मीकान्तलाई किन थुन्नु भएको ?
चौधरी : थुनेको होइन, उहाँको अनुरोधमा पाहुनाको रुपमा राखिएको ।
समितिः पाहुना बसेको ठाउँमा किन टेलिफोन काटेको त ?
चौधरी : अँ अँ ।
समिति : डेरा भएको मान्छे तपाईको घरमा ५७ दिन कसरी पाहुनाको रुपमा बस्न आउँछ ?
चौधरी: त्यो त थाह भएन ।
समिति : कति दिन राख्नु भयो ?
चौधरी : रेकर्ड हेर्नुपर्छ ।
समिति : लक्ष्मीकान्तको पसल किन बन्द गर्नु भएको ?
चौधरीः हामीले होइन, प्रहरीले ग¥यो होला ।
(हेर्नुहोस महेशराज पन्त र जीपी साहको बयान पृष्ठ ११.)
चौधरी ग्रुपका व्यवस्थापक महेशराज पन्त र जीपी साहले मानवअधिकार टोलीले सोधेका धेरै प्रश्नको उत्तर दिएनन् । अपुरो र अर्ध उत्तर दिएर घटनालाई ढाकछोप गर्नमा तिनको समय बितेको थियो । तर चौधरी ग्रुपले यसरी निजी हिरासतमा लक्ष्मीकान्तलाई बन्धक बनाएको थाह पाएर पनि प्रहरीले भने रहस्यमय मौनता देखाएको छ । ५७ दिन लक्ष्मीकान्तलाई बन्धक बनाउने र उनको पसलका सामान जफत गर्ने चौधरी ग्रुपको कार्यकलापप्रति प्रहरीले पुरै वेवास्ता गरेको छ । तत्कालिन ललितपुरका एसपी माधवप्रसाद नेपालले अनौपचारिक जानकारीका आधारमा मात्र कारवाही अघि बढाउन कठिन हुने बताए भने उपत्यकाका एसपी केशवप्रसाद अधिकारीले सो बारेमा कुरा गर्न लाग्दा ललितपुरका एसपी माधवप्रसाद नेपालसँग सम्पर्क हुन नसकेको गुनासो गरेको समेत प्रतिबेदनमा उल्लेख छ ।
यता चौधरीको यस्तो रबैयाको बारेमा जानकारी भएका मिडियाले पनि यस बारेमा समाचार सम्प्रेषण गर्न नसकेको गुनासो गरिएको छ । लक्ष्मीकान्तलाई मुक्त गर्ने बेला केही मिडियाले लक्ष्मीकान्तको भनाईको भिज्युअल रेकर्ड गरेको पाइयो तर केही मिडिया बाहेक अधिकांशले सो सम्बन्धी समाचार सम्प्रेषण नगरेको समेत प्रतिबेदनमा उल्लेख छ ।
भारतीय राजदुतावासको जवाफ
भारतको जयपुरबाट शशिकान्तलाई नेपाल ल्याउनका लागि सहयोग गरेको आरोप लागेको भारतीय राजदुतावासले भने सो आरोपलाई अस्वीकार गरेको छ । नाम उल्लेख नगर्ने शर्तमा दुतावासका एक अधिकारीले मानवअधिकारकर्मीसँग आफ्ना नागरिकलाई नेपाल ल्याएर कारवाही गराउन भूमिका नखेलेको बताए । उनका अनुसार, राजदुतावासले विष्णु महेश्वरीको प्रहरी हिरासतमा भएको मृत्यु, शशिकान्तमाथिको मुद्धा र लक्ष्मीकान्तलाई बन्धक बनाइएको बारेमा आवश्यक जानकारी गराउन परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको छ । दुतावासले यस घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । धेरै कुरा अनुसन्धानको चरणमा रहेकोले औपचारिक रुपमा जानकारी दिन नमिल्ने दुतावास स्रोतले जनाएको छ ।
सरोकारवालाको बयान जस्ताको तस्तै
भरतसिंह धामी, प्रहरी सहायक निरीक्षक, हरिसिद्धि प्रहरी कार्यालय ०६३ भदौ ४ गते हामीलाई १२ बजे राति माउण्ट भ्यू रेसिडेन्ट्समा मान्छे थुनेर राखेको छ भन्ने खवर आयो र हामी त्यहाँ गयौ। त्यहाँ कोलनीका ७र८ जना मान्छे जम्मा भएका थिए। उनीहरूले घर नम्बर २९ मा मान्छे थुनेको रहेछ उद्धार गनुप¥यो भने । त्यहाँ २ जना पाले र एक जना भान्छे रहेछन् । थुनिएका मान्छेले झ्यालबाट हेरे । हामीलाई सुरक्षागार्डले भित्र पस्न नदिएपछि माथि फोन गरेर हामी राति २ बजे त्यहाँबाट फर्केका हौं । भोलिपल्ट चौधरीको गाडीमा लक्ष्मीकान्तलाई जावलाखेल पु¥याएका हौं ।
घनबहादुर देउवा, हवल्दार, हरिसिद्धि प्रहरी कार्यालय माउण्ट भ्यू रेसिडेन्ट्समा मान्छे निगरानीमा राखेको भन्ने खवर भदौ ४ गते राति कोलनीका बासिन्दाबाट हामीलाई आएपछि असई भरतसिंह धामीको नेतृत्वमा ४ जना प्रहरी गएका थियौ । त्यहाँ कोलनीका ५÷७ जना मानिस रहेछन् । हामीले त्यहाँ चौधरी ग्रुपले मान्छ किड्न्याप गरेर राखेको रहेछ भन्ने थाहा पायौं । भोलिपल्ट भदौ ५ गते बिहान ६ः३० बजेको हाराहारीमा चौधरीका मान्छे थुनिएर राखिएको मान्छेलाई लिन आएका रहेछन् । कोलनीका मान्छेले उनीहरूलाई फर्काए । त्यसपछि हामी २÷३ जना त्यहाँ गएका थियौ । मिडियाका मान्छेहरू, चौधरीका मान्छेहरू त्यहाँ थिए । पछि ८÷९ बजे चौधरी कै गाडीमा राखी जावलाखेल पु¥याई दिएका हौं । त्यसपछि के भयो हामीलाई थाहा छैन ।
जनार्दन राजभण्डारी, अध्यक्ष, कोलनी सोसाइटी
२०६३ भदौ ४ गते ११ वजे राति समाचारमा विष्णु महेश्वरी हनुमानढोका प्रहरी कार्यालयबाट हाम्फालेर आत्महत्या गरेको सुन्यौ । महेश्वरी २९ नम्बरको घरमा बस्ने गरेको मान्छे कसरी आत्महत्या ग¥यो भनी घर नं २९ मा कोलनीका अन्य साथीहरूसहित गयौं । त्यहाँ रहेका पालेलाई सोध्दा विष्णु महेश्वरी त्यहाँ नबस्ने जानकारी गराए । को बस्छ भनी सोध्दा चौधरीको गेष्ट बस्ने गरेको र कसैसँग पनि भेट गर्न नदिनु भनेको गार्डले बताए । गार्ड बाहिर आउँदा ढोका बन्द गरी आएका थिए । हामीले थुनिएको व्यक्तिलाई भेटेर कुरा गर्न खोज्दा गार्डले दिएन । त्यसपछि हरिसिद्धिको प्रहरी कार्यालयमा फोन ग¥यौ । असईको नेतृत्वमा ४ जना प्रहरी आएका थिए । उनीहरूलाई पनि भित्र पस्न दिइएन । उनीहरुले जावलाखेलमा फोन गरे । भित्र नपस्नु भन्ने आदेश छ भन्दै उनीहरू राति पौने दुई बजे फर्किए । भोलिपल्ट भदौ ५ गते बिहान ६ बजेको हाराहारीमा चौधरीको मान्छे सेतो कारमा थुनिएका लक्ष्मिकान्तलाई लिन आएको जानकारी हामीलाई गेटकापालेले दिएपछि हामीले उनीहरूलाई त्यसै फर्कायौं । हामीले मिडियाका मान्छेलाई खबर गरेपछि मिडियाका मान्छे आए । हामीले जवरजस्ती थुनेर राखिएका लक्ष्मीकान्तलाई तल ल्यायौ । ८ ः ३० बजे चौधरी ग्रुपका जे.पी.साह आए । उनले लक्ष्मीकान्तलाई उनकै अनुरोधमा राखेको बताएका थिए । लक्ष्मीकान्तले भारत जाने भनेपछि चौधरीलाई भारत जानको लागि टिकटको व्यवस्था गर्न अनुरोध गरेपछि हुन्छ भनेका थिए । हाम्रो प्रयासमा जावलाखेल प्रहरीमा लक्ष्मीकान्तलाई जिम्मा लगाइयो ।
शशिकान्त शर्मा, लक्ष्मीकान्तका छोरा
म अफिसबाट श्रीमतीको सुत्केरी हुने समय भएकोले उसलाई र्पुयाउन जयपुर गएको थिए ँ। यता चौधरीले ९१ लाख हिनामिना ग¥यो भनी हल्ला चलाएको रहेछ। चौधरी ग्रुरुपको मोहन ओझाले मलाई लिन भारतको जयपुर पुगे, म र भाइ नेपाल आयौं । मलाई ललितपुर जिल्ला प्रहरी कार्यालयमा ल्याएर बुझाए । पछि हनुमानढोकामा लगियो । त्यहाँ मलाई यातना धेरै दिइयो । मलाई हनुमानढोकाबाट ललितपुर भदौ ४ गते पठाएपछि मुद्दाको प्रक्रिया अगाडि बढाइएको हो। मुद्दा चलाउनुअघि २७ दिन बिना पूर्जी प्रहरी हिरासतमा राखी यातना दिइयो। मलाई एफआईआर मा ५० लाख ५० हजार हिनामिना गरेको भनी मुद्दा चलाएको छ । मैले दुई पटक गरी विष्णु महेश्वरीलाई ६० लाख दिएको हुँ । मसँग महेश्वरीलाई दिएको पैसाको भर्पाई छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा चौधरी ग्रुपले २ करोड हिनामिना गरेकोबारे मुद्दा चलाएको भनी राजधानी पत्रिकामा समाचार छापेपछि त्यो मिलाउनु छ भनी विष्णु महेश्वरीले मसँग पैसा लगेको हो । मलाई बुवासँग भेट गर्न दिइएन । हनुमानढोकामा केरकार गरेको बेला विष्णुको मृत्यु भएको हो । मैले चौधरीको पैसा हिनामिना र हिनामिना गरेको छैन, मलाई फसाइएको हो । अब मेरो भारतमा रहेको परिवारको बिचल्ली हुन्छ ।
जेपी साह र महेशराज पन्त, चौधरी ग्रुप
शशिकान्तले कम्पनीबाट लगभग ९२ लाख रकम हिनामिना गरी भागेको थियो । उसलाई पक्राउ गर्न हामीले नेपालस्थित भारतीय दुतावास, परराष्ट्र मन्त्रालय र प्रहरीलाई आग्रह गरी मुद्दा जिल्ला प्रहरी कार्यालय जावलाखेलमा दिएका हौ । शशिलाई कहिले र कहाँबाट पक्राउ गरी ल्याएको हो हामीलाई थाहा छैन । उनीहरूको पसल प्रहरीले बन्द गरेको हो । लक्ष्मीकान्तले छोरालाई छोड्नु प¥यो भनेको हो । उसले बस्ने व्यवस्था गरी दिन भनेकोले हामीले मानवीयताका कारण बस्ने व्यवस्था मिलाएका हो । कति दिन राखियो थाह भएन । फोन काटेको पनि थाहा भएन । हामीले उसलाइ थुनेर राखेको नभई आश्रय दिएका हौं । विष्णु महेश्वरीले प्रहरी कार्यालयमा आत्महत्या गरेको सुनियो । दुःख लाग्यो, शशिकान्त र विष्णु महेश्वरी दुवै जना हाम्रैमा काम गर्थे ।
केशवप्रसाद अधिकारी
एसपी उपत्यका अपराध अनुसन्धान शाखा, हनुमानढोका काठमाडौं
चौधरी ग्रुपमा काम गर्ने शशिकान्तले १ करोड भन्दा बढी रकम हिनामिना गरेको भनी चौधरी ग्रुपले हामीलाई भनेका थिए । हामीले शशिकान्तलाई पक्राउ गरेका छैनौ । उसलाई चौधरीको मान्छेले ल्याउने र लाने गरेको थियो । शशिकान्तले ६० लाख विष्णु महेश्वरीलाई दिएको बयान दिएपछि महेश्वरीलाई पक्राउ गरेका हौ । उसले केरकारको समयमा थुक्न जाने बाहानमा हामफाली आत्महत्या र्गयो। केरकारको समयमा लापरबाही भएको देखिएकोले इन्सेपेक्टर ओम राणासहित चारजनालाई विभागीय कारवाही हुँदैछ । भारतीय दुतावासको सहयोगमा शशिकान्तलाई चौधरी ग्रुपले ल्याएको रहेछ । मैले लक्ष्मीकान्तलाई चौधरी ग्रुपले थुनेर राखेको भन्ने सुनेको थिए । मैले उपत्यकाको अपराध हेर्ने भएको हुँदा ललितपुरका प्रहरी प्रमुखसँग धेरै पटक मोबाइलमा सम्पर्क गरे, तर सम्पर्क हुन सकेन ।
श्रीनन्दन झा, लक्ष्मीकान्त बसेको घरका मालिक
लक्ष्मीकान्त शर्मा मेरो घरमा बस्दै आएका थिए । उनको छोरा शशिकान्त शर्मा चौधरी ग्रुपमा काम गर्दथ्यो । लक्ष्मीकान्तले सानेपा मै गणपति किराना पसल संचालन गर्दै आएका थिए । लक्ष्मीकान्तलाई असार ७ गते प्रहरीले पक्राउ गरी जावलाखेल लगेको थियो । उनलाई प्रहरीले विनापूर्जी पक्राउ गरेको हो । मैले पक्राउ पूर्जि माग्दा त्यो नभएको भन्दै सहयोग गर्न एसपी माधवप्रसाद नेपालले भनेका थिए । उनलाई जावलाखेलमा २ दिन राखी ०६३ असार ११ गते चौधरीलाई बुझाएको थियो । लक्ष्मीकान्तलाई प्रहरीले पक्राउ गरेपछि उनको पसल बन्द गरी सबै सामान चौधरी ग्रुपले लगेको थियो । कोठाको समान समेत चौधरीले नै लगेको हो । प्रहरीले पसल बन्द गरेको होइन ।
माधवप्रसाद नेपाल, एसपी, ललितपुर जिल्ला प्रहरी कार्यालय
शशिकान्त शर्माले रकम हिनामिना गरेको भनी चौधरी ग्रुपबाट उजुरी परेपछि हामीले पक्राउ आदेश जारी गरी सबै ठाँउमा परिपत्र गरेका थियौ। शशिकान्त भदौ ४ गते पक्राउ परेको पत्रसाथ हनुमानढोकाबाट हामीकहाँ पठाइयो। अहिले मुद्दा अन्तिम चरणमा पुगिसकेको छ। चौधरी ग्रुपले शशिकान्तको वुवालाई थुनेर राखेको रहेछ भनी उद्धार गरी स्थानीय बासिन्दाले हामीलाई भदौ ५ गते बुझाए। उनको हिनामिनामा कुनै हात नभएका कारण उनको सालो र श्रीनन्दन झालाई बुझाएका हौ। जहाँ उजुरी परेका छ त्यहाँ नै केरकार गर्नुपर्छ। अन्यत्र केरकार गर्न पाइँदैन। किन हनुमानढोकामा केरकार गरियो त्यो त्यही नै हजुरहरूले सोध्दा राम्रो हुन्छ। जहाँसम्म प्रहरीले लक्ष्मीकान्तको पसल बन्द गरेको भन्ने कुरा छ, त्यसमा हाम्रो हात छैन। हामीले लक्ष्मीकान्त शर्माको पसल बन्द गरेका छैनौं ।
स्थलगत अध्ययन टोलीको नामावली
१. बाबुराम विश्वकर्मा इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालय
२. विमलचन्द्र शर्मा इन्सेक केन्द्रीय कार्यालय
३. रमेश पौडेल हिमराइट
४. दीपा कोइराला सिभिक्ट
५. गोपीकृष्ण भट्टराई इन्सेक ललितपुर
६. प्रेम खड्की इन्सेक
(तत्काल समितिले तयार पारेको अनुसन्धानको प्रतिबेदन जस्ताको तस्तै )
Monday, December 11, 2017
ग्लोबल आईएमईको खाताबाट शंकास्पद कारोबार : हुण्डी र गैरतबरबाट डलरको कारोबार
रोशन कार्की
काठमाडौं । कुनै दिन टाटपल्टेको बैंक ग्लोबल बैंक एकाएक सुधार भएपछि सो बैंकका बारेमा विभिन्न कोणबाट सम्बन्धित निकायले अनुसन्धान गर्दा बैंकको खाताबाट शंकास्पद कारोबार गरेको भेटिएको छ । अबैधरुपमा गैरकानुनी तबरबाट गरेको सो कारोबारका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्लोबल आईएमई बैंकको सम्पूर्ण खाता विवरण मगाएर अनुसन्धान थालेको भएपनि अहिले सम्म के भयो भन्ने प्रतिबेदन अख्तियारले सार्वजनिक भने गरेको छैन ।
सो बैंकका अध्यक्ष चन्द्र ढकाल बैंक प्रवेश गर्दाको अवस्था र हालको उनको हैसियत समेत रहस्यमय देखिएपछि अख्तियारले ढकालमाथि पनि अनुसन्धान थालेको थियो । तर, अख्तियारले उनीमाथी गरेको अनुसन्धान समेत गर्भमै रहेको छ । विगतमा सिंगापुर र मलेसियामा समेत रेमिट्यान्सको नाममा कम्पनी खोलेर अबैध हुण्डी देखि डलरको कारोबार गरेको आरोप ढकालमाथी लाग्दै आएको छ । सो अनुसन्धानले ६ वर्षभन्दाबढी समय बितिसक्दा समेत अहिले सम्म उनी बैंकको अध्यक्ष पदमा मै रहेर आफ्नो कारोबार सूचारु गर्दै आएका छन् । भने अख्तियारले गरेको अनुसन्धान समेत अहिले सम्म सार्वजनिक हुन सकेको छैन ।
अख्तियारको विशेष अनुसन्धान महाशाखाले बैंकसँग सम्पूर्ण खाता विवरण र सञ्चालकहरुको नाम माग्दै पत्राचार गरेपछि बैंकले गत वर्षकै माघ १८ गते सम्पूर्ण विवरण पठाइसकेको र त्यसमाथि अनुसन्धान भइरहेको अख्तियार स्रोत जनाएको थियो ।
विशेष अनुसन्धान महाशाखाका अनुसार ग्लोबल आईएमई बैंकले पत्राचार गरेर खाता विवरण र सञ्चालकहरुको नाम पठाएको अख्तियार स्रोतले थप बतायो । त्यसो त पछिल्लो समय गैरकानुनी रुपमा चन्द्रागिरी केबुलकार सञ्चालन गर्ने क्रममा सो डाडामा रहेको असली भालेश्वरको शिवको मुर्ति समेत गायव नबाएको अरोप उनीमाथी लाग्दै आएको छ । अहिले सो विषयमा पनि अख्तियारले ढकालको कम्पनीमाथि छानविन गरिरहेको सूचना प्राप्त भएको छ ।
उक्त कम्पनीमाथि जङ्गल फडानी गरेको भन्दै मुद्दा समेत परेको थियो । दुई वर्ष अघि पनि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवी) ले ढकालका शंकास्पद कारोबारमाथि अनुसन्धान गरेको थियो । त्यतिबेला मलेसिया र सिंगापुरमा कम्पनी खोलेर रेमिट्यान्सको काम गर्ने भन्दै ढकालले अवैध हुण्डी र डलरको काम गरेको भन्दै छानविन भएको थियो । तर, शक्ति केन्द्रसँग सजिलै पहुँच र आर्थिक प्रलोभनमा पार्न सक्ने क्षमता भएका ढकालले तुरुन्तै उक्त मुद्दा सल्टाएको अरोप समेत लागेको छ । सो बारे पटकपटक ढकालसंग फोनसम्र्पक गर्दा उनीले फोन रिसिव समेत गरेनन् ।
अहिले अख्तियारले सोही प्रकरणमा खाता मागेर अनुसन्धान थालेपछि ढकालले गोप्य कागजात भने नदिएको र दिएको कागजातपनि नक्कली विवरण दिएको आरोप समेत लागेको छ । तत्काल लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त छँदा ढकालमाथि एनसेल प्रकरणमा कारबाही गर्न खोजेको भएपनि उनले ठूलो रकमको थैली बुझाएका कारण उनी सो अनुसन्धानबाट समेत जोगिन पुगे ।
ढकालले एनसेलको लाभकर प्रकरणका ठेकेदार लोकमानलाई नै माथ खुवाउने गरी ढकालले एक्जिएटा कम्पनीको नेपालको प्रतिनिधित्व गर्न खोजेपछि उनी लोकमानको तारो बनेका थिए । यसरी सवैतिर पँहुच र पैसाकै बलमा उनले गैरकानुनी कार्यगदै आयकर समेत छली गर्नेको सूचीमा उनको नाम आउने गरेको छ । उनको कम्पनीले सरकारलाई बुझाउनु पर्ने करको नगन्यमात्रामा कर बुझाएका छन् भने आयकरसमेत छली गर्दैै आएका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघको एशोसियटतर्फबाट उपाध्यक्ष बनेको ढकालले शक्तिकेन्द्रकै भरमा मासिक करोडौ रुपैयाँ कर छली हुदाँ समेत उनीमाथी कुनै कारबाही हुन सकेको छैन ।
Subscribe to:
Posts (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
सरकार र ग्यास उद्योगीबीच अवैध सम्झौता रोशन कार्की काठमाडौं । ऐन–कानुनको बेवास्ता गर्ने अभिव्यक्ति दिने एलपी ग्यास उद्योग र सरकारब...
-
एनसेलको ‘लुट’ प्रकरण स्वीडीश पत्रिकामा काठमाडौ, २६ असोज। नेपाली मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको हामीले विज्ञापनजन्य खवर मात्र पढ्...
-
उद्योग वाणिज्य महासंघमा तीब्र विवाद पहिलो केन्द्रीय बैठकमा २९ सदस्य अनुपस्थित रोशन कार्की÷राजधानी काठमाडौं १ असार व्यवसायीहरुको छाता स...







