हामी यस्तो निकाय हो जहाँ लक्ष्य पुरा गरेका छौ । अन्य विभागको तुलनामा मुख्य निकाय हो लक्ष्य पुरा गर्नेमा हामी ८५ प्रतिशतभन्दा तल गएकै छैनौन् । यस वर्ष हामी ९० देखि ९५ प्रतिशत लक्ष्य पुरा गर्ने छौ । खाली बजेटको न्यूनतालाई राज्यले सडक विभागलाई आबश्यक बजेट दिने प्रतिबद्धता गरेको खण्डमा हामी लक्ष्य अनुसार काम गर्ने छौ । विकास निर्माणसँग जोडिएका मध्ये विभागमात्रै यस्तो निकाय हो । समस्या बजेटदेखि जनशक्तिसम्मको हो । धेरै योजनामा बजेट नै कम छट्टायाइन्छ । बजेट छरिएर आउँदा लक्षित प्रगति भएको छैन । ठेक्कामा कम दर प्रस्ताव गर्ने परिपाटी, सञ्चालन खर्च लिएर अन्य क्षेत्रमा काम गर्ने ठेकेदारको प्रवृति कायम नै छ । अर्कोतर्फ नेपाली ठेकेदारको क्षमता नै वृद्धि हुन सकेको छैन । विभागभित्र दक्ष जनशक्तिदेखि सोध–साधान लगायत समस्याले तोकिएका कार्यक्रम तथा योजना पूरा हुन सकेका छैनन् । यि विषयमा सरकारले सम्बोधन गर्ने र आबश्यक बजेट दिने हो भने हामीलाई काम गर्न र लक्ष्य पुरा गर्न कुनै कठिनाई हुदैन ।
Monday, February 9, 2015
सवैले धेरथोर प्राविधिक कुरा बुझ्नु अनिवार्य छ
माधवकुमार कार्की,महानिर्देशक, सडक विभाग
दोलखाको जिरीमा आमा पदमकुमारी र बुबा लिलाबहादुर कार्कीको कोखबाट यस धर्तिमा पाइला टेकेका हुन् माधबकुमार कार्की । सोही जिल्लाकै जिरी माध्यामिक विद्यालयबाट (हाल उच्च मावि) बाट औपाचारीक ‘कखरा’ अध्ययन गरेका कार्कीले एसएलसी समेत सोही विद्यालयबाट पुरा गर्नुभएको हो । उहाँँले एसएलसी पछि पुल्चोक इन्जिनियर कलेजबाट प्रमाणपत्र तह, भारतको द इन्च्यिुटीचन अफ इन्जिनियर, पोखरा विश्वविद्यालयबाट स्वर्ण पदक सहित मास्टर गर्नुभएका कार्कीले आफ्नो पहिलो जागिरको सुरुवात २०३६ सालमा सडक विभागमै ओभरसियर पदमा नियुक्ती भएर काम गर्नुभयो । जागिरकै सिलशिलामा २०४९ सालमा प्रतिस्पर्धाबाटै सोही विभागमा इन्जिनियर, २०६३ मा सिनियर डिभिजनल इन्जिनियर (प्रतिस्पर्धा) २०६५ साल चैतमा प्रतिपस्र्धाबाटै सुपरिटेडिङ इन्जिनियर (सहसचिब) मा बढृवा भई २०७१ कार्तिक २३ गतेबाट सडक विभागको महत्वपुर्ण पद महानिर्देशक भई जिम्मेवारी सम्हाल्नु भएको छ । सडक तथा पूर्वाधार निर्माणसँग जोडिएको महत्वपूर्ण निकाय हो, सडक विभाग । राष्ट्रिय महत्वका सडक, पुलदेखि ग्रामीण क्षेत्रमा बाटो पु¥याउने सामाजिक दायित्वसमेत विभागले पूरा गर्नुपरेको छ । जिल्ला तथा गाउँगाउँमा सडक पु¥याउन राजनीतिक नेतादेखि स्थानीय निकायसम्मले विभागलाई नै दबाब दिने गरेका छन् । चौतर्फी दबाब र ठेकेदारको लापरबाहीले सडक निर्माणको लक्ष्य सजिलै पूरा हुन पनि सकेको छैन् । एकातर्फ जनशक्ति र स्रोत साधनको अभावका विच अहिले सडक निमार्ण भई रहेका छन् । आफ्नो लाउलाउ र खाउखाउ जस्तो जीवनको समयमा समेत अथाहा इच्छाहरुलाई दवाएर सरकारले जिम्मा दिएको काममा मात्र लाग्नु भएका कार्की एक प्रष्ट बक्ता समेत हुनुहुन्छ । आफ्ना् क्षेत्रमा भएका र हुने गरेका गल्ती कमजोरीलाई नलुकाउने बरु सुधार गरेर जानुपर्छ भन्ने मुख्य उदेश्य लिएका उहाँले विभागको महानिर्देशक भएपछि सुधारका प्रयासका बाटोहरु खुलाउनु भएको छ । ठेकेदारको लापरवाही र सडक भत्कनुमा ठेकेदार, कर्मचारीको आचरण, र विभागकै पनि कमजोरी हुन सक्छ तर पहिलो चरणमा प्राविधिक ज्ञानका कमीले भएका गल्तीको आरोप पनि सडक विभागकै कर्मचारीले खप्नु परेको बताउनु हुन्छ । के हो त यर्थात विषय किन हुन्छन् गुणस्तहिन सडक, यिनै विषयमा रहेर विभागका महानिर्देशक कार्कीसँग कमाण्डर पोष्टका रोशन कार्कीले गरेको अर्थसंवाद :
विभागका कर्मचारी र ठेकेदार र इन्जिनियरबीचको मिलिमतोमा गुणस्तरहिन काम हुने गरेको आरोप लाग्दै आएको छ खास कुरो के हो ?
हो । यहाँले भने भने झै मैलेपनि यो आरोप सुन्दै आएको छु । यहाँले भने झै सतहि रुपमा हेर्दा सत्य लाग्छ तर केहीमा सत्यता होला तर सवैमा त्यो हुदैन । तर, यहाँ म फरक मत के छ भने, हामी २०५१ सालकै पुरानै संरचनामा काम गरेका छौ । हामीसंग भएका जनशक्ति कम, बाटो बनाउनु पर्ने धेरै भएकाले सोचअनुसार काम गर्न नसकेकै हौ । पछिल्लो समयमा अबाश्यक अनुसार प्राविधिक ज्ञान समेत नभएका जनशक्ति छन् । जहाँजहाँ अनुगमनमा जानु पर्ने हो त्याहाँ पुग्न नसकेको हो । पछिल्लो समयम अबश्यक अफिसहरु स्थापना गरेका छौ तर कर्मचारीको आबश्यकता उस्तै त, कर्मचारीकालागि लोकसेवाबाट गर्नु पर्ने भएकाले गर्दा यो समस्या आएको हो । केही कमिकमजोरी छ, हामी सय प्रतिशत ठिक छौ भनेर भन्दैनौ । यहाँ वातावरण र व्यापारिकका कारणले पनि समस्या आउछ । हामीले १० टन मात्रको सडक बनाउने गरेका छौ । हामीले बनाएको भारवहनमा चाडो धनी बन्न व्यवसायीले अत्याधिक भारवहनका साधान चलाउने भएकाले गर्दा पनि सडक चाँडो भत्किएको हो । कतै ठेकेदार, कर्मचारी र इन्जिनियरका कारणले पनि गुणस्तहिन सडक निमार्ण भएका होलान् तर त्यो के कारणले भत्कियो भन्ने आधिकारीक भने अनुसन्धान र परिक्षणबाट मात्र थाहा हुन्छ । यहाँ प्राविधिक कुरा पनि सवैले धेरथोर बुझ्नु अनिबार्य छ ।
वर्षको अन्त्यमा धेरै बजेट खर्च गर्नुपर्ने हुँदा सधैं सडकको गुणस्तर हुँदैन भन्ने आरोप छ, यो आरोप नआउने गरी विभागले काम अगाडि बढाएको छ ?
यसलाई त अलि फरक तबरबाट व्याख्य गर्नु पर्छ । यसको प्रकृया लामो छ । बजेट आएपछि जिल्लाहुदै मन्त्रालय आउनु पर्छ अनि मन्त्रालयबाट सोही बाटाृ फर्किनु पर्ने हुन्छ । अर्थात ६ महिना प्रकृयामै अल्झिनु पर्छ । पहिलो कुरात यस विषयमा हुने कार्य विधि लामो छ । जसले गर्दा हामीहरुले सरकारलाई लामो प्रकृयालाई घटाएर बजेट आएको खण्डमा हामीहरुले लिएको लक्ष्य र समयमै सम्पन्न गर्न सक्छौ । अहिले त बजेट विनियोजनदेखि बाँडफाँड र ठेक्कापट्टासम्म समस्या सिर्जना हुने गरेको छ । यस वर्ष समयमै बजेट आएको हो । तर, पहिलो चौमासिकमा सामान्यतः कार्यक्रम तय, लगत निर्धारण, सर्वे र ठेक्कापट्टा लगायतका काम मात्र गर्न सकिन्छ । राष्ट्रिय योजना आयोगबाट कार्यक्रम स्वीकृत नहुँदासम्म ठेक्कामा जान सकिन्न । कानुनतः सबै प्रक्रिया पूरा गर्दा दोस्रो चौमासिक अर्थात मंसिरदेखि मात्र निर्माणको काम सुरु हुन्छ । मौसमी कारणले मंसिर, पुस र माघ अति चिसो हुने हुँदा हिमाली क्षेत्रमा काम गर्न निकै गाह्रो हुन्छ । समग्रमा वर्षको चार महिना मात्र निर्माणको काम गर्ने अहिलेसम्मको परिपाटी छ । यी समस्याका कारण बर्षाद लाग्नु केही अघिमात्र बाटो कालोपत्रे गरिन्छ । आर्थिक वर्ष सकिन लागेको हुन्छ । बर्षादको समयमा कालोपत्र गर्दा प्रभावकारी हँुदैन र गुणस्तर कायम गर्न सकिँदैन । पछिल्लो समय विभागले जेठपछि बाटो कालोपत्रे नगर्ने रणनीति लिएको छ । राजनीतिक दबाबले काम गर्नुपर्दा भनेजस्तो गुणस्तर कायम हुन सकेको छैन् । चालु वर्षदेखि काम गर्ने यो पद्धतिमा सुधार गर्नकालागि अर्थमा र सम्बन्धित निकायमा प्रस्ताब राखेका छौ अर्थमन्त्रालयबाट सकारात्मक खबर आएको छ यो भयो भने यि गुनासा र आरोप हट्छ । अब बहुवर्षिय ठेक्कामा जानु पर्छ भनेर हामीले योजना आयोग, अर्थमन्त्रालयमा यसबारे हामीले प्रस्ताब राखेका छौं यदि यो भयो भने यस समस्या रहदैन ।
ठेक्का हुनासाथ ठेकेदारलाई ठेक्का रकमको १० प्रतिशत पेस्की दिनुपर्छ, रकम लिइसकेपछि ठेकेदारले काम नगर्ने बढ्दो प्रवृति बढ्दो छ, के विभाले यस तर्फ कस्तो खालको रणनीति अवनाएको छ ?
यहाँ गम्भीर प्रश्न उठाउनु भएको छ, हो विद्यमान ऐन अनुसार ठेक्का भएपछि १० प्रतिशत रकम पेस्की दिनु पर्ने छ । यसलाई हामीले हटाउन सक्दैनौं । ‘सार्वजनिक खरिद ऐन–२०६३’ ले ठेक्कापट्टामा कम रकम प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिनुपर्ने व्यवस्था गरेको छ । यसैले हरेक कम्पनी सक्दो कम प्रस्तावमा आउँछन् । पेस्की दिने प्रावधान पनि ऐनमै भएकाले यसो भएको हो । रकम दिएपछि कम दर प्रस्ताव गर्ने कम्पनीले काम गर्न नपरे हुन्थ्यो भन्ने सोच राखेको हामीले पनि पाएका छौ । यस्ता ठेकदारलाई कारबाही गरी उनीहरुको धरौटी जफत गर्ने प्रक्रिया पनि हामीले थालेका छौ । खरिद ऐन संशोधनको गर्ने तयारीमा रहेको छ । यो ऐनमा संशोधन भएर आएपछि यो समस्या हट्ने र निर्माण कार्यमा सहज हुन्छ । ऐनमा भएका कुरालाई हामीले नदिन सक्दौनौ । हामीले त्यसलाई सुरुमा आधा रकम दिने पछि अधिल्लो पटक लिएको रकम बराबर भएको कामलाई हरेर भुक्तानी दिने परिपाटी हामीले तयार गरेका छौ ।
सडकजस्तै पुल निर्माणसमेत अस्तव्यस्त छ, ठाउँठाउँमा आधी पुल बनेर बेवारिसे बनेका छन्, यसतर्फ विभागले पुरा गर्न या सम्बन्धित ठेकेदारलाई कारवाही गर्ने कार्य हुदैन ?
हो यहाँले उठाएको कुरा सही हो । अहिले हामीसंग १७ सय पुलहरु रहेका छन् । ६ सय पुल अहिले निर्माणाधीन छन् । यो वर्ष मात्रै एक सय ८९ पुल निर्माणका लागि थपिएका छन् । चालु आवसम्म पाँच सय बढी पुल निर्माणाधीन हुनेछन् । यो वर्ष एक सय २५ पुलको निर्माण पूरा गर्ने लक्ष्य छ । पुलमा बजेट अत्यन्त कम हुन्छ । २० मिटर पुल बनाउन कम्तिमा दुई करोड रुपैयाँ लाग्छ तर, २०÷३० लाख रुपैयाँ मात्र बजेट छुट्टायाइन्छ । यसमा पनि मैले अत्याधिक उपयोग हुने पुलको मर्मतकालागि परिपत्र समेत पठाई सकेका छौ । यस वर्षनै धेरैमात्रामा पुलहरु निमार्ण हुने छ । पुल निमार्णकालागि कम रकम विनियोजन हुने भएकाले रकमले पुगेसम्म बन्ने र बाँकी नबन्ने गरेको हो । यही कारणले लक्षित काम हुन सकेको छैन । वर्षको अन्त्यमा अन्य क्षेत्रमा खर्च नभएको पैसा रकमान्तर गरेर विभागलाई दिने गरिएको छ । यसकालागि दुई किस्ता गरेर रकम माग गरेका छौ । किनकी चैतमा दोस्रो किस्ता दिएमा यो समस्या कम हुन्छ ।
काम गर्न यसले केही सहज भए पनि समस्या समाधान भएको छैन । मन्त्रालयले अहिलेसम्म जेठ वा असारमा मात्र रकमान्तर गरेर दिने गरेको छ । काम आर्थिक वर्षको सुरुदेखि नै गर्नुपर्छ । पैसा कम भएपछि ठेकेदारले तोकिएको रकमको मात्र काम गर्छ र छोड्छ । वर्षभरि चाहिने रकमबारे माघभित्रै जानकारी गराउने र त्यही अनुसार अर्थ मन्त्रालयलाई रकम उपलब्ध गराइदिन अनुरोध गरिएको छ । हामीले गरेको अनुरोधलाई अर्थमन्त्रालयले सकारात्मक रुपमा लिएको छ । हेरौ यो वर्ष बढी प्रगति हुने अपेक्षा छ ।
राजनीतिक दबाबमा खुद्रे सडक वा अनावश्यक ठाउँमा पुल पारिन्छ भन्ने गरिएको छ, विभागले यसतर्फ ध्यान दिँदा महत्वपूर्ण आयोजनाको प्रगति कम भएको होइन र ?
पक्कै पनि हो । सडक विभागले ठुला योजना र खुद्रे योजनालाई समेत हुर्नु पर्ने भएकाले महत्वपुर्ण आयोजनाको प्रगतिमा कमी भएको सहि हो । पछिल्लो चार÷पाँच वर्षमा गाउँदेखि सहरका कुनाकुनासम्म सडक बनेका छन् । सडक मात्रै बनेर उपलब्धी केही हुनेवाला देखिएको छैन । हामीले यसलाई हेर्न होइन तर सरकारले रातो किताबमा राखेपछि विभागले हेर्नु परेको हो । यसलाई स्थानिय निकायलाई जिम्मा दिने गरि गएको सातामा योजना आयोगले जति रकम विनियोजन भएका छन त्या पठाएका छौ । सडक जसरी बनेका छन्, एक आपसमा सडक जोड्न पुल नबन्दासम्म त्यसको अर्थ हुँदैन । पुलले ग्रामीण क्षेत्रमा यातायातको सुविधा र त्यस क्षेत्रको आर्थिक रुपान्तरणमा सघाउ पु¥र्याैउँछ । सरकारको बजेटले धान्दासम्म पूर्वाधार निर्माण हुनु नराम्रो होइन । तर, अर्थतन्त्रले धान्न सक्ने अवस्था छैन । एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकको स्रोतबाट समेत केही पुल बन्दै छन् । अहिले निर्माणाधीन मध्ये २५ प्रतिशत राजमार्गमा र बाँकी ग्रामीण क्षेत्रमा बनेका छन् । यसरी रहेका पुललाई निमार्णकालागि बिशेष ध्यान समेत हामीले दिएका छौ ।
सवै जिल्लामा सडक पु¥याउने सरकारको योजना कहिले पूरा हुन्छ ?
गत वर्षसम्म ७३ जिल्ला सदरमुकामसम्म गाडी पुगेको छ । त्यसमध्य १६ वटामा कालोपत्र समेत गरिएको छ । निरन्तर सवै जिल्लाको सदरमुकाम सम्म बाटो पु¥याउने काममा हामी र हाम्रो टिम खटेर लागेको छ । एडिवी र विभागको स्रोतमा अहिले बाटोहरु निमार्ण भएका छन् । यसमा सवैभन्दा भौगोलिक कारणले २ जिल्लामा भनेको समयमा बाटो पु¥याउन नसकिने अबस्था रहेको छ । कर्णाली र हुम्लाको डोल्पामा बाँकी रहेको छ । त्याहाँपनि सडक पु¥याउने कार्यलाई अगाडि बढाई रहेका छौ । सो सडक निमार्णकालागि सेनालाई दिइएको छ । कडा चट्टान भएका कारण सो चट्टानका पहाड फोडेर बाटो निकाल्नु पर्ने भएकाले अलि कठिनाई भएको हो त्यो पनि अब पुरा हुन्छ । भौगोलिकरुपले डोल्पा र हुम्लामा निकै कठिन छ । विभागले विष्फोटक पदार्थ प्रयोग गर्न नसक्ने हुँदा यसको जिम्मा अहिले नेपाली सेनालाई दिइएको हो ।
सरकारले बाटो पु¥याउनुअघि चीनबाट दुई जिल्ला जोड्ने बाटो बनिरहेको छ । १५ किलोमिटर ट्रयाक खुल्यो भने चीनबाट डोल्पामा गाडी पुग्छ । हुम्लामा गाडी पुग्न कर्णालीमा पुल बन्नुपर्छ । त्यसका लागि ठेक्कापट्टा गरी काम सुरु भएको छ । सरकारले हिल्सामा पुल बनाउँदैछ, यो पुल बन्नासाथ चीनबाट हुम्ला जोडिन्छ । चीन सरकारसँग यसबारे सरकारले परामर्श गरिरहेको छ । अबको दुई वर्षभित्र दुवै जिल्लामा गाडी पु¥याउने विभागको लक्ष्य छ ।
ठूला एवं रणनीतिक सडक विभाग र ग्रामीण तथा कृषि–सडक बनाउने जिम्मा जिल्ला विकास समितिलाई दिइएको छ, एउटै प्रकृतिको काम दुईटा निकायले गर्दा समस्या हुने गरेको छ हैन र ?
हो । अहिले यसबाट समस्या देखिएको छ । यो दुइवटा निकाय भएका कारण यो समस्या आएको हो । ठूला सडक विभागले बनाउछ ग्रामिण सडक डोलिडारले बनाउछ । यो काम एउटै प्रकृतिको हो । सडक बनाउने निकाय एउटै अन्तरगत हुनु पर्छ । हामीमा सडक बनाउने दुईवटा विभाग भयो । हामीले अन्य देशको हेर्ने हो भने एउटै मन्त्रालय अन्तरगत दुइवटा विभाग हुन्छ । सोही अनुसार ठुला सडक एउटाले र साना सडक एउटाले बनाउने प्रचलन छ । एउटै मन्त्रालय भएमा समुन्वय समेत हुने गरेको छ । विभागले मुख्य वा सहायक राजमार्गको काम गर्ने भन्ने त हो । तर, त्यतिमात्र जिम्मेवारी पूरा गरेर हुँदैन । ग्रामीण क्षेत्रका लागि लक्षित चार हजार सडक छन् । तिनको स्थानीय निकायबाटै काम गर्नुपर्छ भनिए पनि स्थानीयस्तरमा जनशक्ति नहुँदा विभागले नै गर्नुपरेको छ । विभाग र डोलिडारबीच कार्यक्रम दोहोरिने समस्या छ । दोहोरिएका कार्यक्रममा समन्वय गरेर काम गरिएकाले यस्ता समस्या कम गरिँदैछ ।
राजमार्ग जोड्ने उत्तर–दक्षिण व्यापारिक सडक महत्वका साथ अगाडि बढाइएको छ, कहिलेसम्म पूरा हुन्छन् ?
उत्तर–दक्षिण जोड्ने धेरै सडक निर्माणाधीन अबस्थामा रहेको छ । तीमध्ये रानी–विराटनगर, वीरगन्ज–पथलैया, बेलहिया–बुटवल र नेपालगन्ज–कोहलपुर चार वटा व्यापारिक सडकको रुपमा विस्तार गर्ने कार्यक्रम छ । नेपालगन्ज–कोहलपुर खण्ड एडिबीको सहयोगमा बन्दैछ भने विरगन्ज–पथलैयामा विश्व बैंकले सहयोग गर्ने जनाएको छ । चालु आवमा जनकपुर–जटही पनि व्यापारिक सडकमा थपिएको छ । यो सहित तीन वटा सडक सरकारको बजेटमा बन्दैछन्। रणनीतिक सडक समयमै पूरा गर्न योजना आयोग र अर्थ मन्त्रालयसँग थप बजेटबारे छलफल भइरहेको छ । दुई÷तीन वर्षभित्र सरकारी बजेटमै यी सडक पूरा गर्ने लक्ष्य छ ।
ठूला सडकको पुनस्र्थापना तथा स्तरोन्नतीको काम प्रभावकारी हुन नसकेको सुनिन्छ ?
ठिक कुरा उठाउनु भयो । हामीलाई सरकारले मर्मत सम्भारकालागि आबश्यक रकम दिन सकेको छैन् । बजेटका कारण काम गर्न चुकी रहेका छौ । अर्थमन्त्रालले विवरण माग गरेको छ त्यो गर्न हामी विवरण संकलनमा लागेका छौ । संकलन भएपछि बुझाउने छौ र स्तरउन्नती गर्नेमा छौ । पूर्व–पश्चिम राजमार्ग स्तरोन्नती गर्नुपर्नेछ । यसलाई खण्ड–खण्डमा बाँडेर काम गर्ने योजना तय गरिएको छ । मेचीदेखि बुटवलसम्म चार लेन सडक बनाउने तयारीका साथ प्रक्रिया अगाडि बढाइएको छ । यसमा लगानी गर्ने विष्यमा विश्व बैंकसँग वार्ता हुँदैछ । यस्तै नारायणगढ–मुग्लिन, मुग्लिन–काठमाडौं, मुग्लिन–पोखरा, कोहलपुर–सुर्खेत सडक चार लेन बनाउने योजना छ । केहीको ठेक्कापट्टा भइसक्यो । यी सबै सडकको निर्माण बहुवर्षीय ठेक्काअनुसार गरिनेछ । यसो हुँदा समयमै काम सक्न सहज हुन्छ ।
चालु वर्षभित्र विभागले राखेको लक्ष्य पूरा हुन्छ ?
हाम्रो रणनीति सडक हेर्ने हो । हामीले नियमित भन्दा फरक सडक सुरक्षामा हेरेका छौ । कम्तिमा सडक सुरक्षाकालागि विभागले १० प्रतिशत छुट्टाउने रणनीति ल्याएका छौ । सो रकमबाट हामीले सडक सुरक्षामा खर्च गर्ने छौ । चालु आवमा विभागलाई करिब ३५ अर्ब रुपैयाँ छुट्टायाइएको छ । प्रथम चौमासिकसम्म १२ प्रतिशत आर्थिक प्रगति भइसक्यो । सबै मन्त्रालयको तुलनामा यो सबैभन्दा बढी हो । चीन तथा भारतको सहयोगमा बनेका आयोजनामा सोझै उतैबाट ठेक्का र भुक्तानी दिने गरिन्छ । यो समेत जोड्दा १६ प्रतिशत प्रगति पुगेको छ । ठेक्कापट्टामा तीन चार महिना लाग्छ । पहिलो प्राथमिकताका आयोजनाको बहुवर्षीय ठेक्का गरिँदैछ । यो वर्ष सडक विभागको कुल बजेटको ९० प्रतिशत खर्च हुन्छ । तर, निर्माण सामग्री आपूर्तिमा समेत समस्या रहेको छ । सवै समस्यालाई हामीले पार गर्दै अगाडि बढ्ेका छौ हामीलाई विश्वास छ यस वर्ष लक्षित सिमा हामी पार गरेर छोड्छौ ।
विभागले लक्ष्यअनुसार काम गर्न नसक्नुमा केले रोकेको होला ?
हामी यस्तो निकाय हो जहाँ लक्ष्य पुरा गरेका छौ । अन्य विभागको तुलनामा मुख्य निकाय हो लक्ष्य पुरा गर्नेमा हामी ८५ प्रतिशतभन्दा तल गएकै छैनौन् । यस वर्ष हामी ९० देखि ९५ प्रतिशत लक्ष्य पुरा गर्ने छौ । खाली बजेटको न्यूनतालाई राज्यले सडक विभागलाई आबश्यक बजेट दिने प्रतिबद्धता गरेको खण्डमा हामी लक्ष्य अनुसार काम गर्ने छौ । विकास निर्माणसँग जोडिएका मध्ये विभागमात्रै यस्तो निकाय हो । समस्या बजेटदेखि जनशक्तिसम्मको हो । धेरै योजनामा बजेट नै कम छट्टायाइन्छ । बजेट छरिएर आउँदा लक्षित प्रगति भएको छैन । ठेक्कामा कम दर प्रस्ताव गर्ने परिपाटी, सञ्चालन खर्च लिएर अन्य क्षेत्रमा काम गर्ने ठेकेदारको प्रवृति कायम नै छ । अर्कोतर्फ नेपाली ठेकेदारको क्षमता नै वृद्धि हुन सकेको छैन । विभागभित्र दक्ष जनशक्तिदेखि सोध–साधान लगायत समस्याले तोकिएका कार्यक्रम तथा योजना पूरा हुन सकेका छैनन् । यि विषयमा सरकारले सम्बोधन गर्ने र आबश्यक बजेट दिने हो भने हामीलाई काम गर्न र लक्ष्य पुरा गर्न कुनै कठिनाई हुदैन ।
हामी यस्तो निकाय हो जहाँ लक्ष्य पुरा गरेका छौ । अन्य विभागको तुलनामा मुख्य निकाय हो लक्ष्य पुरा गर्नेमा हामी ८५ प्रतिशतभन्दा तल गएकै छैनौन् । यस वर्ष हामी ९० देखि ९५ प्रतिशत लक्ष्य पुरा गर्ने छौ । खाली बजेटको न्यूनतालाई राज्यले सडक विभागलाई आबश्यक बजेट दिने प्रतिबद्धता गरेको खण्डमा हामी लक्ष्य अनुसार काम गर्ने छौ । विकास निर्माणसँग जोडिएका मध्ये विभागमात्रै यस्तो निकाय हो । समस्या बजेटदेखि जनशक्तिसम्मको हो । धेरै योजनामा बजेट नै कम छट्टायाइन्छ । बजेट छरिएर आउँदा लक्षित प्रगति भएको छैन । ठेक्कामा कम दर प्रस्ताव गर्ने परिपाटी, सञ्चालन खर्च लिएर अन्य क्षेत्रमा काम गर्ने ठेकेदारको प्रवृति कायम नै छ । अर्कोतर्फ नेपाली ठेकेदारको क्षमता नै वृद्धि हुन सकेको छैन । विभागभित्र दक्ष जनशक्तिदेखि सोध–साधान लगायत समस्याले तोकिएका कार्यक्रम तथा योजना पूरा हुन सकेका छैनन् । यि विषयमा सरकारले सम्बोधन गर्ने र आबश्यक बजेट दिने हो भने हामीलाई काम गर्न र लक्ष्य पुरा गर्न कुनै कठिनाई हुदैन ।
Saturday, February 7, 2015
पौराणिक इतिहास समेटिएको पुस्तक ‘नवरत्न’
रोशन कार्की
लामो समय शिक्षण पेशामा आफ्नो जवानी विताएका पारसमणि पोखरेल अहिले फुर्सदको समय पुस्तक लेख्न र नयाँ÷नयाँ अन्वेषणका कार्यमा सकृय रहेका छन् । २००४ साल असोज २८ गते दोलखाको मालु–५, डाँडागाँउमा बावु स्व.निलप्रसाद र आमा स्व.जसोदा उपाध्याय पोखरेलको कोखबाट जन्मीएका पोखरेल पल्छिलो समयमा हिन्दुधर्म र यस भित्र रहेका विभिन्न विषयम गहिरो अध्ययन र अनुसन्धानमा लागि परेका छन् ।
गुरु स्व. पिताम्बर तिमल्सिनाबाट भविश्य कसैको निर्धारणमा हुदैन, त्यसैले न मातिनु, न आत्तिनु, न पातिनु भन्ने शिक्षाबाट अभिप्ररित भएर शिक्षण पेशमा होमिएका पोखरेले शिक्षणकै क्रममा विभिन्न पुस्तकहरु लेख्न सुरु गर्नु भएको थियो ।
उनले कथा कविता र अन्य उपन्यास लेखनतर्फ कहिल्यै ध्यान गएन् । उनले कथा कविता र उपन्यासका पुस्तक लेखेर प्रकाशन गरेर पैसा कमाउनुभन्दापनि आफ्नो कलमबाट लेखिएका पुस्तकले पुरातात्वका विषयमा आउदो पिढीले अध्ययन गर्न पाउन भन्ने उदेश्यले धार्मिक र पुरातात्वक बस्तुको अनुसन्धान गरि पुस्तकको रुपमा प्रकाशन गर्दै आउनु भएको छ । सुरुमा समय र आर्थिक अभावका कारण उनले लेखेका कृतिहरु प्रकाशन हुन सकेका थिएनन् ।
५० वर्षसम्म निरन्तर सिन्धुपाल्चोकको महाँकाल गाविस–१ ग्याल्थुममा रहेको सरस्वती प्रावि (हाल उच्च मावि हुँदै हाल मेलम्ची भ्याली क्याम्पस सञ्चालन) मा पहिलो शिक्षकको रुपमा नियुक्त भएर हजारौं विद्यार्थीलाई विभिन्न उच्च तहसम्म पुग्नका लागि ‘कखरा’ सिकाएका पोखरेल संस्कृत भाषाका विज्ञ समेत रहेका शिक्षक हुन् ।
पारिवारिक वातावरणले शैक्षिक गतिविधिलाई सोचे अनुसार विस्तार गर्न नसकेपनि उनले तत्कालिन समयमा रहेको संस्कृतिक भाषा र वैदिक सनातन कर्मकाण्डका बारेमा राम्रो दख्खल रहेका छ । उनले बाहुन (ब्राम्मण) भएपनि समाजमा हुने कर्मकाण्ड र अन्य कार्यमा ब्राम्मणले गर्ने गरेको कृयाकलापबारे चर्को विरोध गर्ने गरेका छन् ।
आफु ब्राम्मण परिवारका भएपनि उनले बाहुनले गर्ने विभिन्न काम कार्यको खुलेरै विरोध गरेका छन् । आफुलाई अन्याय, अनाश्वयक काम कार्य सहन नसक्ने स्वाभावका पोखरले धर्मकर्म र हिन्दुधर्मको मुख्य पाटो केहो भन्ने विषयमा खोजीनितीमा लागेका छन् ।
एकातर्फ समयअनुसार काम कार्य हुनु पर्ने भन्ने आवाज उठाउदै आएका पोखरेलले पछिल्लो समयमा ‘नवरत्न’ नाम दिएर अर्को पुस्तक प्रकाशन गरेका छन् । उनले हजारौं वर्ष पुराना भौतिकवादी शिक्षामा नाम र काम दुवै नआउने प्रायः युवा पीडिले नपत्याउने प्रागैतिहासिक व्यक्ति विशेषलाई नवरत्न बनाएर पाठक सामु ल्याएको बताएका छन् । यो पुस्तकमा अलौकिक र अपत्यारिलो घटना जोडिएका छन् ।
यसमा ‘श्रीमदेभागवत् नवम् स्कन्धमा मेरो वंशावली छ, त्यसकै आधारमा वुद्ध विहारहरु समेटेर मेरो इतिहास लेख्नु, जरादेखि शंखधर शाख्वाः समेत नेपालका प्रागैतिकासिक एवम् राष्ट्रिय ऐतिहासिक धरोहरहरु हुनु, तिनीहरुलाई ओझेलमा पारिएको छ, तिमिले यिनीहरुलाई कदापी विर्सनु हुदैन् ।’ उल्लेख छ ।
पोखरेलले नवरत्न पुस्तकमा कुशका १८ पुस्तामा राजा मरु कतापाग्राम प्रबेश गरेपछि ‘कलेरन्ते सूर्यवंशं भाविता पुनः’ । त्यसपछि गौतमबुद्धको पुख्यौली इतिहास सहश्राव्दी भन्दा वर्ष ओझेलमा पारिएको बारे उल्लेख गरेका छन् । उनले २०६९ पितृपक्षमा वैदिक शास्त्रीय रुपरेखा, २०७० माघमा परिमार्जित ‘श्री स्वथानी माघमाहात्म्य व्रतकथा’ नामक स्थास्थानसंग नाता जोडिएको पुस्तक प्रकाशित गरेका छन् ।
यसैबीच, पोखरेलले खुसबहादुर खड्काको सहयोगमा अर्को पुस्तक प्रकाशित गरे ‘नवरत्न’ । सो पुस्तकमा तपोवनी नामले परिचित भएर नेपाल नामले अस्तित्व कायम गराउने प्रत्येक रत्नहरुको भुमीकामा राष्ट्रिय एकता, धर्म र संस्कारमा समन्वय भएको देखाएका छन् । सो पुस्तकमा राष्ट्र उत्थान कार्य गरेर राष्ट्रिय अस्तित्व कायम भएको स–प्रमाण प्रस्तुत गरेका छन् ।
पोखरेलले सो पुस्तकमा ब्रह्मवादीनी जरा, महर्षि नीमि, आदिकवि वाल्मीकी, महर्षि वेदव्यास, ब्रह्मवादिनी गार्गी, गौतमवुद्ध, प्रथम भिक्षुणी यशोधरा गोपी, गुरु गोरखनाथ र शंखधर शाख्वा गरि १९ विधामा नेपालको पौराणिक इतिहार लेखेका छन् ।
एकातर्फ सनातन धर्ममा हुने अनाश्यक झन्झटबाट आम हिन्दुलाई छुटाकारा दिलाउने उदेश्यले अनुसन्धान र अन्वेषणमा लागेका पोखरेल विचमा गौतम बुद्धको जन्मका बारेमा बढ्दै गएको दुविधालाई समधान गर्नकै लागि २०५७ सालमा कपिलवस्तुको सूर्यवंश पौराणिक रुपरेखा प्रकाशन गरेर बुद्ध नेपालमै जन्मीएको प्रमाण पेश गरेका छन् । उनको सो कृत्ति जम्मा ११ पेजको भएपनि त्यसभित्र पौराणिक कालका इतिहाँसलाई शव्दमा उर्तान सफल भएका छन् । सो कृत्ति अहिलेपनि त्रिभुवन विश्वविद्यालयको पुस्ताकालयमा अझै पनि अध्ययन गर्न सकिन्छ ।
अझै बुद्धको जन्मका बारेमा विवादहरु आई रहे पछि उनले पौराणिककालका दस्ताबेजहरुको खोजीमा लाग्नु भयो । त्यसको प्रमाणमा नेपालमै बुद्धको जन्म भएको प्रमाण सहित तत्काल भारतीय अखबारहरुमा छापिएको समाचारहरु समेटेर २०६३ सालमा षड्रस प्रकाशन गरेका छन् । जुन पुस्तकको पृष्ठ १२, १३ र १४ मा जुन भाषामा प्रकाशित समाचार हुबहु समेटेर प्रमाणित गरेका छन् । उनले सो पुस्तकमा हिन्दुस्थान समाचार वार्षिक १९७० को पेज १९, ५८, कल्याण नारी विशेषाड्क जनवरी १९४८ पेज ७१४ गोरखपुर, भारत वर्षको पुरानो शैक्षिक पाठ्यक्रमको इतिहाँसबाट अध्याय ७ मा उल्लेख गरेको प्रमाणहरु रहेका छन् ।
शिक्षण पेशा, समाजसेवाकै विचमा समय निकाले आफ्नो साहित्यीक यात्रापनि संगै अगाडि बढाएका पोखरेल पछिल्लो समयमा आफ्नो जागिरबाट रिटार्ड जीवनमा कविता, कथा, उपन्यास र अन्वेषण लेखनमा व्यक्त रहेका छन् ।
विभिन्न सम्मानबाट सम्मानित पोखरेल सादा जीवन उच्च विचार राख्नु पर्छ भन्ने भावनालाई कदर गर्ने गर्दछन् । पुस्तक लेखनकै क्रममा उनले पछिल्लो समयमा प्रकाशित गरेका वैदिक शास्त्रीय रुपरेखा, महर्षि अत्रि प्रकाशन गरेर हिन्दुधर्ममा गरिने कर्मकाण्डको सविस्तार गरेका छन् ।
पोखरेलले सो पुस्तकलाई सात खण्डका विभाजन गरेर प्रकाशित गरेका छन् । विशेषगरी सो पुस्तकमा हिन्दुधर्ममा पुरातन विचारबाट सञ्चालन हुदै आएको र बाहुनले आफ्नो पृत्रिलाई तर्पण दिन लगाउने गरेका कारण सो गलत हो भन्दै सो पुस्तकबाट सार्वजनिक गरेका छन् ।
अक्षारलवणन्य : स्युर्निमज्जयेयुश्च ते त्रयहम्
मांसाशनं च नाश्नीयु : शयीरंश्च पृथक क्षितौं ।।७३।।
अर्थात मृत्तशौचमा कृत्तिम नुन नखानु, तीन दिन पोखरी वा नदीमा स्नान गर्नु । मासु नखानु र एक्लै भुइँमा सुस्तु ।
सन्निधावेष वै कल्प : शावाशौचस्य कीर्तिक ।
ऋसन्निधावयं ज्ञेयो विधि : सम्बन्धिबान्धवै : ।।७४।।
अर्थात, मृत्तशौचको यो विधि मृतकका सपिण्डिहरु एकै ठाँउमा रहेनेहरुको लागि भनिएको हो । सम्बन्धितहरु टाढाहुनेहरुको लागि लेखिएको विधि भने फरक रहेको उल्लेख छ ।
पोखरेलको अन्वेषणबाट कपिलबस्तुको सूर्यवंश पौराणिक रुपरेखा २०५७, षडरस (नेपाल सन्दर्भ) २०६३ भदौं र वैदिक शास्त्रीय रुपरेखा २०६९ असोज सहित ३ वटा कृर्तिहरु पुस्तक साना भएपनि धर्मस्थल र इतिहासका गर्भमा प्रबेश गरेर धर्म र सास्कृतिलाई देशप्रेमको मार्गमा जोड्न सफल देखिन्छन् । यता वैदिक सनातन कर्मकाण्ड महासंघ काठमाडौं जिल्ला समितिले प्रकाशित गरेर वैदिक शास्त्रीय रुपरेखाको गरिमा अझ बढाएको छ ।
कपिलवस्तुको सूर्यवंश पौराणिक रुपरेखा ले सिद्धार्थ गौतमका पूर्वजहरुको दक्षिणी नेपालम भूमीगत प्रवेश शताव्दियौं पश्चात कपिलवस्तुमा राज्य स्थापना र ४२ पुस्ता राज्य निरन्तरता स्पष्ट्याएको छ । षडरस (नेपाल सन्दर्भ) (१) कोशीमण्डललाई ईश्वरीयनातामा जोड्नु
(२) गुरु गोरखनाथको सनातन वर्णश्रमधर्म उत्थान गर्ने भुमीका (३) नेपाल वुद्धजन्मभूमी भएको भारतीय विद्धानहरुका प्रमाणित लेख अनुक्षेदहरु (४) विक्रम संवत इतिहास (५) नेपालमा शिक्षा विकासको इतिहास (६) नेपालको सिमरौनगढमा कर्णठकवंशी राज्यको इतिहास समेत लुकेको केही इतिहास देखाउन सफल देखिन्छ ।
प्रकाशित श्री वैदिक शास्त्रीय रुपरेखा सनातनी हिन्दुहरुका लागि आवश्वयक र महत्वपूर्ण पुस्तक छ । कहिले काही सनातनीहरुलाई सामान्य कुरामा पनि ज्योतिषशास्त्र, धर्मसिन्धु, निणैयसिन्धु र मनुस्मृती समेत जुटाउनु पर्छ । त्यस्ता समयमा यस पुस्तकले प्रायः जासो सहषेथ पुर्याउने अधिक संभावना छ । यस पुस्तकमा ७ खण्ड र ४७ विषयहरु देखिन्छन् । तापनी यसभित्र धेरै गुणा बढी कार्यसम्पादनका पक्षहरु छन् ।
प्रारम्भिक अनुशासनमा व्यक्ति विशेषको कर्तव्य उल्लेख छ । भने ज्योतिष पक्षमा जन्मदेखि मृत्यु पर्यन्त १६ संस्कार, स्त्रिीः उपनयन, कालसर्प, योगशान्ति, विवादित शक्तिहरु केही माननीय शक्तीहरु जस्ता रोचक विषय छन् । पितृत्पत्तिमा चारैवर्णक पितृको नाम उल्लेख छन् । जसलेगर्दा वैश्य, शूद्र समेतले स्वय पितृको नाम लिएर श्राद्धकर्ममा तर्पण दिन सक्ने छ । आशौच नियार्णमा दशाहशौचको परम्परा भित्र त्रयाहशौच (३ दिने) र सद्यशौच (१ दिने)को शास्त्रीय प्राबधानहरु, विशेष रोचक र बदलिदो युगको प्रवहासंगै धेरै मेलखान सक्छन् ।
प्रथम श्राद्धाकर्ता अत्रि बंशज महर्षि नीमि यही देशका निवासी हुन । नेपाल प्रकृत हिन्दुराज्य हुनुको मुख्य कारण विशेष प्राकृत स्थान र स्थानीय आदिवासीहरुको भाषायासंग सम्बन्धित हुँदा देश भक्तिसंग यो पुस्तकको विशेष सम्बन्ध देखिन्छ । धर्म संस्कृति सम्बन्धी खोज अन्वेषण गर्ने व्यक्तिको सेवा नगन्य एव ओझेलमा परेको भएपनि राज्यले मुल्याड्कन गरेर आफ्नो सूचीमा राख्नु कर्तव्य हुन आउछ ।
karkirimn@gmail.com
मजदुर मालिकको नङ र मासुको सम्बन्ध छ
सुरज बञ्जाडे प्रबन्ध निर्देशक पवित्र (बञ्जाडे) शु कम्पनी
२०३५ सालमा अर्धखाँची–वाङलामा आमा तारदेवी र बुबा पारसश्वरको कोखबाट जेठो सुपुत्रको रुपमा जन्मीएका हुन सुरज बञ्जाडे । जिल्लाकै सन्धीखर्कमा रहेको पार्वती निम्न माध्यामिक विद्यालयबाट औपाचारीक ‘कखरा’ अध्ययन गर्न थालेका बञ्जाडेले २०५३ सालमा विद्यालय डिवर्ना गाउँ विकास समितिमा रहेको विजय माध्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो । ग्रामिण भेगमा भने जस्तो उच्च शिक्षा हासिलकालागि उपयुक्त क्याम्पस नभएका कारण उनी उच्च शिक्षाकालागि काठमाडौं आए । २०५८ सालमा रत्नराज्य क्याम्पसबाट आर्टमा व्याचलर पुरा गरेका बञ्जाडे क्याम्पस अध्ययनकै क्रममा व्यवसायमा लागे । आजभन्दा १४ वर्ष अगाडि भाञ्जा दिपक पौडेलकै फ्याक्ट्रिमा काम सिकेका बञ्जाडे अहिले आफ्नै फ्याक्ट्रि स्थापना गरेर छुट्टै पहिचान राख्न सफल भएका छन् । उनले नेपाली बजारमा विदेशी चप्पलको भिड्मा पहिलो पटक ‘लेडिज शु’ को मात्र उत्पादन गरेर बजारमा पठाउन थाले । जुन समयमा विदेशी सामानले बजार पिटेको समयमा नेपाली उत्पादनको लेडिज चप्पलको उत्पादन गरेर बिक्री गर्नु फलामको चिउरा खानु जस्तै थियो उनीलाई । भाञ्जासंग काम सिकेर शहरको मुटु न्यूरोडमा १२ वर्ष अधिदेखि आफ्नै स्वामित्वमा लेडिज चप्पलको होलसेल पसलबाट सुरु गरेका बञ्जाडे अहिले पवित्र (बञ्जाडे) शु कम्पनीको प्रबन्ध निर्देशक रहेको छन् ।
चप्पल पसलबाट व्यवसाय सुरु गरेका बञ्जाडे विभिन्न संघ÷संस्थामा आबद्ध भई सामाजिक उत्तरदायित्वका कार्यमा पनि सक्रिय रहँदै आएका छन् । काठमाडौंको ज्ञानेश्वरमा बस्दै आएका बञ्जाडे चप्पलको व्यवसाय गर्दाको अनुभवकै कारण पछिल्लो समय उनले स्वदेशमै उत्पादन हुने जुताचप्पलको उत्पादन र बिक्री सुरु गरेका छन् । गुणस्तरीय सामान उत्पादन गरी उपभोक्तमाझ लोकप्रिय बनाउने सोचका साथ बञ्जाडे आफ्नो सीप र प्रविधि प्रयोग गरी नेपाली चप्पलको गुणस्तर उत्पादन गर्दै आएका छन् । नेपाली उत्पादनको सम्भावना, चुनौतीका बारेमा केन्द्रीत भई कमाण्डर पोष्टका रोशन कार्कीले गरेको अर्थसम्बाद :
नेपाली चप्पलको अवस्था र यसको भविष्य कस्तो छ ?
जब मैले यो व्यवसाय सुरु गर्दा अहिलेको जस्तो अबस्था थिएन । बजारमा विदेशी उत्पादनको बचस्व रहेको थियो । अहिले त्यो अबस्था छैन । किनकी सुरुको समयमा नेपाली उत्पादन भन्दासाथ बिक्री हुने अबस्था थिएन । त्यस सयममा स्वदेशी बस्तुलाई विदेशी हो भनेर बिक्री गरिनु पर्ने अबस्था रहेको थियो । अहिलेसम्म हाम्रो देश आफ्नै उत्पादनमा निर्भर नभई सकेको अवस्था रहेको छ । ५० प्रतिशतभन्दा बढी फुटवेयर सामानहरू आयात हुनेगरेको छ । त्यसैकारण पनि स्वदेशी चप्पलको माग दैनिक रूपमा बढ्दो छ । अहिले स्वदेशी उत्पादनले माग पूरा गर्न सकेको छैन । विगत ४÷५ वर्षदेखि विदेशी चप्पलभन्दा स्वदेशी चप्पलहरूको माग बढेका कारण यसको भविष्य राम्रो देखिएको छ । सुरुका दिनमा नेपाली उत्पादनलाई उपभोक्ताहरुले नरुचाएको अबस्था थियो । अहिले त्यो अबस्था छैन । तर, हामीहरुले उत्पादन सुरु गरेर चप्पल बजार पठाएपछि थाहा भयो हाम्रा उपभोक्ताहरु विदेशीभन्दा स्वदेशी सामानको खोजीमा रहेछन् भन्ने । त्यसैले अहिले यो व्यवसाय फस्टाउदो क्रममा रहेको छ । विदेशी चप्पलहरू देख्दा राम्रो झल्याक–झुलुकमात्र हुने गुणस्तर नहुने कारण पनि विदेशी ब्राण्डभन्दा स्वदेशमै उत्पादन गरिएका चप्पल गुणस्तरीय हुने विश्वासका साथ केही वर्षदेखि स्वदेशी सामान प्रयोग गर्नेहरूको संख्या बढेको छ ।
विदेशी कम्पनीको जुत्ताभन्दा नेपाली उत्पादनका चप्पलमा फरक विशेषता चाहिँ के छ ?
उत्पादनमा पक्कै पनि फरक विशेषता छ । हाम्रो अनुभवीबाट सञ्चालित कम्पनी हो । हामीले पटक–पटक विदेशमा गई गुणस्तर सम्बन्धी तालिम र अनुभवलाई समेटेर नेपाली उत्पादनै उपभोक्ता माझ लैजाउन हामीले उत्पादन सुरु गरेका हांै । लगाउँदा आरमदायी र हलुका सबै पिढीलाई सुहाउँदो चप्पलहरू बजारमा ल्याएका छौं । त्यसो त यो विशेषता छ भनेर प्रचार गर्नुभन्दा पनि अन्यभन्दा नेपाली उत्पादनका यस्ता विशेषता रहेछ भनेर ग्राहकबाटै आओस् भन्ने चहान्छौं । कम्पनीले सुधार गर्नुपर्ने कुरामा पनि प्रचार बाजीभन्दा हामीलाई भनेर सहयोग पु¥याउनुु हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं । विदेशबाट आयत भएका चप्पलकामा प्रयोग भएका छालाहरु गुणस्तर छ भन्नेमा विश्वास लिन सकिदैन् । विदेशी चप्पल हेर्दा झिलिक्क चिल्ला हुन्छन् तर त्यसबाट उपभोक्ताहरु ठगीने गरेका छन् । विदेशबाट आयत हुने चप्पलको भन्सार मुल्याङकमा समेत छली गरेका हुन्छन् त्यसैले उपभोक्ताहरु मंहगोमा चप्पल खरिद गर्नु पर्ने बाध्यता छ । अब सो बाध्यता नेपाली उत्पादनकहरुबाट हटेको छ । प्रयोग गर्नेहरुले सहजै सम्बन्धित कम्पनीका प्रमुखसंग खुलेर आफ्ना कुरा राख्न र सुझाब समेत दिन सक्ने भएकाले विदेशी भन्दा स्वदेशीमा यही फरक हुन्छ ।
विदेशबाट आयातित सस्ता चप्पलले बजार लिइरहेको अवस्थामा यहाँहरूको कम्पनीले विदेशी जुत्ता चप्पलसँग प्रतिस्पर्धा गर्न सक्ला र ?
हामीले विदेशी उत्पादनसंग सुरुका दिनदेखिनै प्रतिस्पर्धा गरेका छौ अब प्रतिस्पर्धा हैन प्रतिस्थापन गर्नेमा पुगेका छौ । पछिल्लो समयमा ठूला मेसिनहरु र नयाँ प्रविधिबाट उत्पादन सुरु गरेका छौं । तरपनि आबश्यकता अनुसार नेपालमा कच्चा पदार्थ नभएकाले कठिन भएको छ तर पनि कच्चा पदार्थ आयात गरेर भएपनि हामी विदेशी चप्पलको विस्थापन गर्नेमा सक्षम हुने छौ ।
आयातित सामानको भीडमा हामीहरू विदेशीभन्दा स्वदेशी उत्पादन बढी टिकाउ र गुणस्तरीय हुन्छ । आयातित चप्पलहरू कति समय टिक्छ भन्ने पनि वारेन्टी छैन । किनेको भोलिपल्टै पनि च्यातिन सक्छ । त्यसबारे उपभोक्ताहरूले कहाँ गएर उजुरी÷गुनासो गर्ने भन्ने ठाउँ नै छैन । हेर्दा झिलिक्क राम्रो देखिन्छ तर गुणस्तर हुँदैन । त्यसैले आम उपभोक्तालाई सामान खरिद गरेपछि राम्रोसँग उपयोग गर्न पाउन्, उपभोक्ता नठगिउन् भन्ने हाम्रो मुख्य उदेश्य हो । सोहीअनुसार हामी अघि बढेका कारण आयातित चप्पलका कारण कुनै असर पर्दैन भन्ने लाग्छ । हामी हाम्रोे लक्ष्यअनुसार विदेशीभन्दा स्वदेशी उत्पादन नै प्रयोग गरौं भन्ने भावना आम उपभोक्तालाई जागृत गराउने छौं ।
नेपाली उत्पादनको नाममा स्वदेशी कच्चा पदार्थ प्रयोग गर्नेभन्दा पनि अर्ध तयारी चप्पल बाहिरबाट ल्याएर टुक्राहरू जोड्ने काम मात्र भएको भन्ने आरोप पनि लाग्दै आएको छ नि ?
व्यवसायमा केही विसंगती, विकृति भित्रिएका होलान् सवै ठिक भन्न सकिदैन् । कोही कोही व्यवसायले चाँडो नाफा कमाउने उदेश्यले यस्तो कार्य भएका होलान् । त्यसोभनी रहदाँ सवैले त्यो कार्य गरेर उपभोक्तालाई ठगी गरेका छन् भन्नेमा चाही म विस्वास लिन सक्दिन । किनकि चप्पलको काम भनेको करिब ८० प्रतिशत हातले गर्नुपर्ने हुन्छ । यहाँले भने झै नेपालमा आवश्यकता अनुसार कच्चा पदार्थ पाइँदैन । चप्पलका लागि नपुग कच्चा पदार्थ विदेशबाट आयात गर्दैमा नेपालमा ल्याएर जोड्ने भन्ने कुरा हुँदैन । त्यो गर्ने हो भने करोडौं रुपैयाँ लगानी गरेर किन कम्पनी स्थापना गर्नु प¥यो ? बैंकबाट महँगोमा ब्याज किन लिनुप¥यो, होइन र ? त्यसैले यो नबुझिकन लगाएको आरोपमात्र हो । अन्य उद्योगहरूले के गर्छन् थाहा छैन, तर मैले भने कच्चा पदार्थ आयात गरेपछि पुनः त्यसलाई प्रशोधन गरेर नेपाली चप्पल उत्पादन गर्छाैं ।
अहिले नेपाली उत्पादनका नाममा बजारमा आएका विभिन्न ब्रान्डका चप्पल अत्यधिक महँगा छन् भनिन्छ नि ?
मंहगीलाई कसरी लिने, कुन कुरालाई मंहगी भन्ने र कुन आधारलाई मंहगो भयो भनेर भन्ने । मुल्यका आधारमा हेर्नेहो भने हामीले उत्पादन गरेका चप्पलहरु २ सय ७५ रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँमा बिक्री वितरण भएको छ । तर विदेशी चप्पलको हकमा न्यूनतम १ हजार रुपैयाँभन्दाबढीमा बिक्री भएको छ । मुल्यका आधारमा हेर्दापनि मंहगो जस्तो लाग्दैन । स्वदेशी चप्पलहरु गुणस्तरितामा कुनै सम्झौता गरिएको छैन । हामीले उत्पादन गरेका सवै उत्पादनका चप्पलहरु गुणस्तरमा उच्च छ । यति हुदाँपनि हामीले चप्पल बनाउने कच्चा पदार्थ आयत गर्नुपर्छ । स्वदेशमा पाउने हो भने अझै मुल्यमा कमी आउने छ । यो गुनासो आउने छैन् । डलरको मूल्यमा भएको वृद्धि ३० प्रतिशतले भएकाले केही मंहगो हुन गएको हो । आयातित सामानहरू सिधैं बिक्री वितरणमा लैजान सकिन्छ, लागत पनि कम पर्छ ।
आफ्नो उत्पादनको खुवै चर्चा गर्नुभयो, तर उपभोक्ताले भने नेपाली चप्पल लगाउँदा पैताला पोल्ने, औंला सुनिनेलगायतका आरोप लागएका छन् नि ?
अरुको कस्तो छ मैले भन्न मिल्दैन । कुन ब्रान्डको कस्तो छ त्यो प्रयोग नगरि आरोप लगाउने गरेको हामीले पाएका छौ । कुनै पनि सामानको परिक्षण गर्दा त्यसको प्रयोग अनिर्वाय हुन्छ । यहाँ नेपाली ब्राण्डका सामानलाई विना प्रयोग आरोप लगाउने चलन बढ्दो रहेको छ । सवैमा गुणस्तर छ भनेर ठोकुवा गर्ने पक्षमा फेरी म छैन । किनकी उत्पादन गरिदा एक दुई जोरमा त्यस्तो भेटीनु स्वभाविक हो । यसो भनी रहदाँ आफ्नो उत्पादन गुणस्तरीय हुनु हुदैन भन्ने हैन् । किनकी उपभोक्ताहरुको गुनासाका आधारमा आफ्नो कमीकमजोरीलाइै सुधार गरेर गुणस्तरीय चप्पल उत्पादन गरिनुमा विकल्प छैन् । कुनै पनि लगानीकर्ताले आफ्नो लगानी डुबोस् भन्ने चहाना राखेको हँुदैन । त्यसैले आफ्नो लगानी उठाउने भनेको आम उपभोक्ताले उत्पादित सामानको प्रयोग गरे दिएपछि मात्र हो । पैलाता पोल्ने, औला सुनिनेलगायतका समस्या नआओस् भन्ने कुरामा लगानीकर्ताले ध्यान दिएकै हुन्छ । त्यस्तो भएकै रहेछ भने पनि सम्बन्धित ठाउँमा गुनासो गरेमा उपभोक्तामाथि परेको असुविधाबारे कम्पनीले कुनै कन्जुस्याई नगरी समस्याको समधान गर्छ ।
आफ्नो उत्पादन गुणस्रीय भएको दाबी गर्नुभयो, कसरी प्रमाणित गर्न सक्नु हुन्छ ?
सरकारी निकायमै लेडिज जुत्ताचप्पलकालागि प्रदानगर्ने गुणस्तर चिन्ह दिने मापदण्ड नै छैन । पटक–पटक नापतौल तथा गुणस्तर विभागमा गएर यस बारे माग राखे नेपाली उत्पादनका बस्तुलाई परिक्षण गरेर चिन्ह दिन आग्रह गरे तर हाल सम्म सरकारले सुनेको छैन । यो मेरो गल्ती हैन किनकी म सवै प्रमाण लिएर चिन्ह लिन गएकै हो अझै जादै छु । गुणस्तरका बारेमा हामीहरुले दाबी गर्ने होइन् । उपभोक्ताहरुले नै हाम्रा उत्पादन प्रयोग गरेर पहिचान गर्नु हो । हामी दाबी पनि गर्देनौ । तर विदेशीभन्दा १० औं गुणा बलियो र गुणस्तरिय चप्पल नेपालमा उत्पादन हुने गरेको १२ वर्षको अनुभबबाट पनि भन्न सकिन्छ । किनकी, मंहगोमा खरिद गरेपछि २÷३ मा च्यातिने गरेको छ तर, हामीले उत्पादन गरेका हरुमा ६ महिनाको वारेन्टी दिएका छौ । कम्पनीले आफ्नो सामान गुणस्तर छ भनेर दाबी गनेनै होइन् नी । करोडौं लगानीमा सञ्चालन गरेको कम्पनीले गुणस्तरहीन सामान उत्पादन गरेको खण्डमा त उसको लगानी त ढुब्छ होइन र । आफ्नो लगानी सुरक्षित गर्न पनि गुणस्तर चप्पल उत्पादन गर्नुको विकल्प छैन् ।
यहाँहरूकै उत्पादन गरिएका जुत्ताचप्पल मंहगो भएकाले सबै नेपालीको पहँुच पुग्न नसकेको भनिन्छ नी ?
यहाँले भने झै झट्ट मुल्य सुन्दा मंहगो लाग्न सक्छ । तर त्यो यर्थात हैन । किनकी हामीले सवै कच्चा पदार्थ विदेशबाट आयात गर्नु पर्ने हुन्छ । स्वदेशमा कच्चा पदार्थ पाउने हो भने यहाँहरुले नसोचेको मुल्यमा चप्पल बजारमा बिक्री गर्न सक्ने छौ । तरपनि सवै कच्चा पदार्थ आयात गर्नुपरेपनि चप्पलको हकमा १ सय ७५ रुपैयाँ देखि १ हजार या योभन्दा माथीका चप्पलहरु रहेका छन् । नेपाली मुद्राको अवमूल्यनका कारण सामान पनि मँहगो भएको छ । यहाँ छिमेकी देशबाटै आयात भएको चप्पलको मूल्य गत वर्ष र यस वर्षमा फरक छ ।
पटक–पटक उद्योगमा मजदुर समस्याहरू आउने गरेका छन् । मजदुर समस्या कसरी समाधान गर्नुभएको छ ?
खासै मेरोमा चाँही त्यो समस्या आएको छैन । आएपनि दुवैपक्ष बसेर समधान गरि रहेका छौ । अन्य उद्योगमा त्यो समस्या आएको छ । तर समस्या समधान गर्न आफ्नै बलबुताले समधान गरेका छौ । यहाँ एउटा उद्योग सञ्चालनका लागि मजदुर मालिकबीच नङ मासुको सम्बन्ध हुनु पर्छ । मजदुरको समस्यालाई पनि मालिकले बुझ्नु पर्छ मालिकको समस्यापनि मजदुरले बुझ्नु पर्छ यसो भएमा मजदुर समस्या आउदैन भन्ने लाग्छ ।
यस व्यवसायमा कत्तिको प्रतिस्पर्धा छ ?
नेपाली व्यवसायीबीच प्रतिस्पर्धा भन्दा पनि बिदेशी हरूनै हाम्रो मुख्य प्रतिस्पर्धी हुन् । खासगरी नक्कली बिदेशी ब्राण्डका ले हामीलाई समस्या भएको छ । पाइरेसीहरू ठुलो मात्रामा नेपालमा भित्रने गरेको छ । यसमा भन्सार कार्यालयले पनि चासो दिन सकेको छैन् । यसले हाम्रो व्यवसायलाई असर परेको छ । नेपालीको व्यवसाय राम्रो हुदा हुदै पनि जून रुपमा औद्योगिक राष्ट्रका रुपमा विकसित हुनुपर्ने हो त्यो हुननसकेकाले यो व्यवसायले पनि सोचेअनुरुप प्रगति भने गर्न सकेको छैन् । दलहरुले आर्थिक क्रान्तिको नारा दिएपनि त्यसको साकार पार्नका लागि काम हुन सकेको छैन् । हामीले पनि गुणस्तरमा धेरै सुधार गरिसकेका छौं । नयाँ नयाँ डिजाइनमा उत्पादन गरेका छौं । बजार विस्तार भएको छ । नेपाली उत्पादन भन्ने बित्तिकै नाक खुम्चाउनेहरुले अहिले नेपाली उत्पादनकाहरु खोजी खोजी प्रयोग गर्ने गरेका छन् ।
अहिले कुल बजारमा कति प्रतिशत नेपालीको स्थान छ ?
ठ्याक्कै भन्न सकिने आकलन हामीसँग छैन । तथापी ७० प्रतिशतभन्दाबढी बजार नेपालीले ओगटेको छ भन्न सक्छौं । अझै दक्ष जनशक्ति पाउने हो भनेर माग अनुसार सामान बजार लैजान सकेमा सतप्रतिशत हामी बजार ओकट्न सक्ने छौ ।
समस्या चाहिँ के छ यो व्यवसायमा ?
मुख्य समस्या भनेको दक्ष जनशक्तिको अभाव नै हो । दोस्रो कुरा राज्यले पनि यो व्यवसायलाई प्रबद्र्धन गर्ने खालको नीति ल्याउन सकेको छैन । हामीचाहिँ त्यहि मुलुकबाट सम्पूर्ण सामान खरिद गरेर ल्याई लोडसेडिङ झेलेर उत्पादन गरी त्यहि देशमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । बिदेशबाट आउनेको वास्तविक भन्सार मूल्याङकन हुनु जरुरी छ । तबमात्र हामी प्रतिस्पर्धा गर्न सक्षम हुनेछौं ।
यहाँले पनि लामो समयदेखि ‘शु ल्याण्ड चप्पल’ को उत्पादन गर्दै बिक्री गर्दे आउनु भएको छ, सो पनि चीनको खासाबाट आयात गरेर नेपाली ब्राण्डको स्टीकर टाँस्ने गरेको भन्ने आरोप रहेको छनी ?
सुरुमा नेपाली उत्पादन गरेका चप्पलहरुलाई विदेशी नै भनेर बिक्री गर्नु पर्ने बाध्यता थियो । नेपाली उत्पादन भनेको खण्डमा उपभोक्ताहरु नाक खुम्चाउने गरेका थिए । अहिले त्यो अबस्था छैन । किनकी नेपालीलाई नेपाली नै हो भनेर बेच्दा ग्राहकहरु आकर्षण बढ्को छ । जुन समयमा त विदेशीको माग हुदा नेपाली चप्पल बिक्री गरेको अबस्था अहिले हामीलाई खासाबाट ल्याएर स्टिकर टाँस्नु पर्दैन । त्यो आरोपमात्र हो । आरोप लगाउन सजिलो हुन्छ तर त्यो अनुसार काम गर्न कठिन हुने गरेको छ । मेरो उत्पादनका चप्पल नेपाली ब्राण्डको स्टिकर टाँस्ने हो भने कामदार किन राख्नु प¥यो र । ल्यायो अनी २÷३ जना राखेर रातभरी टाँसे भयो हैन् र ? एउटा उत्पादनमा अर्को लेवल टाँसिदैन् । एक÷दुई पटक त्यो सफल होला तर लामो समयसम्म यै व्यवसाय गर्ने भएपछि त त्यो सम्भाबना नै रहदैन । उपभोक्ताले एक पटक लगाएको अर्कोपटक खोज्न आएनन् भने त लगानी ढुव्ने खतरा कुनै व्यवसायीले गर्दैन् नी ।
सरकारले कस्तो सहयोग गर्नु पर्छ होला यहाँहरुको उद्योगलाई ?
लामो समयदेखि सरकारले औद्योगिक ऐन ल्याउन सकेको छैन, औद्योगिक क्षेत्रको अभाब रहेको छ, भन्सार, करमा मेलखाने ऐन लगायत अन्य समस्याहरु धेरै रहेका छन् । यसमा सरकारले विशेष ध्यान दिनु जरुरी देखिन्छ । जब सम्म सरकारले उद्योग नीति ल्याउदैन र कार्यान्वयन हुदैन तवसम्म नेपाली उद्योगहरु बढो दुःखका साथ सञ्चालन हुनु पर्ने हुन्छ । स्वदेशी उत्पादनकालागि दक्ष जनशक्तिको अभाब भएकाले सरकारले तालिमको व्यवस्था गर्नु पर्ने पर्छ । दक्ष जनशक्ति, आबश्यकता अनुसारको कच्चा पदार्थ पनि स्वदेशमै पाउने व्यवस्था सरकारले गर्नु पर्छ ।
अन्तमा..............
सरकारद्वारा श्रम ऐनलाई कानूनीरुपमा लागू गरिनु पर्छ भन्नेमा छौ । सरकारले फुटवयर टेक्नोलोजी कलेज स्थापना गर्ने, सो सम्बन्ध पुस्तक प्रकाशन गर्ने जस्ता कार्या गरेमा हामी स्वदेशी उत्पादनमै आत्मनिर्भर भई आयातलाई विस्तापन गर्न सक्षम हुने थियौ । सरकारले सहि नीति नियम बनाउनु पर्छ र त्यसलाई समयमै कार्यान्वयन गरेमा नेपाली उत्पादनहरुले स्वदेशमा मात्र हैन विदेशमा समेत निकासी गर्न सक्षम छन भन्ने प्रमाणीत हामी गरेर देखाई दिने छौ । त्यसैले यस विषयमा सरकार गम्भीर भएर विना राजनीति यस व्यवसायको प्रबद्र्धन गर्न र स्वदेशी उद्योगको बिकास गर्न लाग्नु पर्छ ।
Saturday, January 3, 2015
राजेन्द्रको ‘चिन्तन’ समाजका विकृति प्रति खरो पुस्तक
रोशन कार्की
२०१६ सालमा कक्षा ६ मा अध्ययन गर्नेक्रमै मरेर लानु के छ र ? भन्ने कविताबाट आफ्नो साहित्यीक यात्रा सुरु गरेका राजेन्द्रप्रसाद श्रेष्ठ २०६२ सालमा आइपुग्दा उनी अझ निराशबादीका रुपमा देखा परे । उनले पहिलो कविता सुरुवातनै निराशाबादी कविता लेखेकै कारण होला २०६२ सालमा पहिलो कविता र गीतसंग्रह प्रकाशन गर्दा पुस्तकको नामनै विलौनै विलौना निकालेर अझै निराशावादी भएको पुष्टी गरेका छन् ।
नभन्दै उनको जीवन पहिलो कृति झै भयो । हाल टिमुर भएर उपचारकै क्रममा रहेका श्रेष्ठले जवानी जति समाजसेवा र विद्यालयमा खर्चिए । समाजसेवाकै क्रममा विभिन्न स्थानमा गएका श्रेष्ठले उमेर छदा आफुमाथी लागेको रोगको समेत वास्था गरेनन् आज सो रोगले उनलाई थला बसायो । नेपालमा उनले आफ्नो उपचारमा परिवारले कुनै कसुर गरेनन् नेपाली अस्पालतले उनको रोग विसो गराउन सकेन् । भारत लगेर अप्रेसन गरेर आए, अहिले उनी उपचार मै रहेका छन् । यसैबीच उनले २०७१ मा आइपुग्दा अर्को कृर्ति प्रकाशन गरे ....चिन्तन....... ।
उनले २०१८ सालमा परिश्रम गरे फल नेपालमै पाईन्छ भन्ने कविता बाचन गरेर कविता लेखन महोत्सवमा दोस्रो भएपछि उनीले आफ्नो अधिकाशं समय साहित्यमै विताए । स्कूल जीवनदेखिनै सुरु भएको उनको साहित्यकी यात्रा अझै उच्च हुदै गएको छ । विक्रम संम्बत २००० चैत १२ गते पिता भीमकृष्ण र माता जमुना श्रेष्ठको कोखबाट सिन्धुपाल्चोकको मेलम्चीमा जन्मीएका श्रेष्ठ पेशाले कुशल शिक्षक हुन । विभिन्न संघ, सस्थामा समेत सकृय आबद्ध रहेका श्रेष्ठ विद्यार्थीका माझपनि लोकप्रिय रहदै आएका छन् । उनले सत्य घटनामा आधारित जातिय साँस्कृतिक रितिरिवाज मा हुने र भएका घटनालाई समेटेर सो चिन्तन पुस्तक प्रकाशन गरे ।
उनले समाजमा भएको जातजातिको विभेद, धर्मका नाममा तानातान, हिन्दुहरुको धेरै भगवान, बैज्ञानिक युगलगायत विभिन्न ७६ वटा विषयलाई समेटिएर सो पुस्तक निकालेका छन् । आफु टिमरले हलचल गर्न नसक्ने अबस्थामा पनि आफ्नो लेखन कार्यलाई भने सकृयनै बनाएका छन् ।
उनको लेख्ने तागतमा अझै कुनै कमि आएको छैन झन बढ्दै गएको छ । उनले सो पुस्तकमा समाज, गाउँमा देखिएको संस्कार तथा विकृतिको गहिरो अध्ययमा लागि रहेका छन् । उनी समाजमा देखिएका विकृतिका विरुद्ध खरो रुपमा उत्रेका श्रेष्ठ पछिल्लो समयमा आफै विरामीमा परेर समाजमै गएर खबरदारी भने गर्न नसक्ने भएका छन् । लामो समय शिक्षण पेशामा लागेको श्रेष्ठको समाजलाई हेर्ने आखाँ फराकिलो भएको साहित्यकार चन्द्रप्रसाद न्यौपानेको बुझाई रहेको छ ।
श्रेष्ठले समाजमा देखिएका सामाजिक, राजनीतिक, धार्मिक, शैक्षिक र साँस्कृतिक पक्षमा देखिएका पक्षलाई उनले राम्रो संग अक्षरमा उतारेका छन् । समाज घरमा हुने दाजुभाई, काकाकाकी, भाउजु नन्द, बुहारी, देवरभाउजु, बाबुछोरा र आफ्न्तजन सितको कलह, शिक्षक विद्यार्थीबीच बढ्दै गएको मान मर्यादनमा ह्रास, चर्को व्याजले गरिवको घरबार विहिन भएको, अनैतिक कार्या, भ्रष्टचार, चेलिबेटी बेचविखनका विरुद्धमा चर्को रुपमा आवाज उठाएका छन् ।
उनले हिन्दुहरुको धेरै किसिमको भगवान हुने आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । उनले सनातन, महाविर, कृष्णप्रणामी, अद्धैत सस्था, बम्हकुमारी राजयोग ओमशान्ति, रजनीस, बालयोगेश्वर, सत्यसाइ बाबा, निर्मल बाबा, निर्मल बाबा, हरेराम हरेकृष्ण, राधेराधे हरि ओम र गुरु नानकको शात्ति ओम लगायतको रहेको उनको ठहर रहेको छ । पुस्तकमा हिन्दुुधर्ममा गरिनु पर्ने सुधार र परिमार्जन धेरै भएको समेत उल्लेख गरेका छन् । उनले गाउँ घरमा सुरक्षा दिन पुगेको प्रहरीहरुको ज्याजदीका बारेमा लेखेका छन् जडियाँ हवल्दार, विद्यार्थी आन्दोलन हडतालका बारेमा पनि सो पुस्तकमा श्रेष्ठले उतारेका छन् ।
उनले त्यस्तै अर्को पुस्तकमा लेखेका छन्.............
मरेर के लानु छ र ?
नेपाली मन विकास गर ।
स्वर्ग जस्तो नेपाल पार्यौँ हामीले जन्म
भोका, नाड्गा दाजुभाईको बुझौ हामी मर्म ।।
भन्दै २०१६ सालमा पहिलो कविता लेखेर साहित्यीक फाँटमा आएका श्रेष्ठ देशमा आएका प्राकृतिक विपदले पुर्याएको क्षेति र जनधनको क्षतिबाट प्रताडित भई उनले कवितामय भावमा आफ्ना कलम चलाएका छन् । २०६२ सालमा पहिलो कविता संग्रह प्रकाशन गरेका श्रेष्ठले विलौनै विलौना पुस्तकमा ४५ वटा कविता र गीतहरु समेटेका छन् । विभिन्न समयमा लेखेका गीत र कवितालाई आफ्नो संग्रहको रुपमा प्रकाशन गरेका श्रेष्ठ समाजसेवा, शिक्षण पेशा र कविता लेखनलाई एकै साथ अगाडि बढाइ रहेका छन् । सो पुस्तकमा निराशा, आशा र विकास निमार्णमा सहभागी हुने जस्ता भावका कविता र गीतहरु समेटेका छन् । सतही रुपमा सो संग्रहलाई हेर्दा सामान्य लाग्छ तर अध्ययन गर्दा लाग्छ देशमै सुन उत्पादन हुन्छ, धन कमाउन विदेश हैन स्वदेशम मै कर्म गरौं भन्ने भाब उनले दिएका छन् ।
पछिल्लो समयमा देशको अबस्थमा देखिएको अराजकता, बेरोजगारी र हत्याहिंशाबाट आजित भएका युवा, युवती विदेशीन थालेपछि आंट र हिम्मत गर देशमै सुन भेटिन्छ भन्दै उनी गीत र कविता मार्फत सचेत गराई रहेका छन् ।
कविताको वास्तविक अर्थ र परिभाषा कसैलेपनि यर्थात रुपमा दिन सक्दैन कविता के हो र कस्तो हुनुपर्छ भन्ने निक्यौल पनि नभएका कारण उनले पनि आफ्नो मनशपाटलमा यर्थात जीवनमा भएका घटना, परिघटना र विकास निमार्णका विषयलाई उतेरका छन् आफ्नो संग्रहमा । २०१९ साल चैत २ गते दिनको ३ बजे ठूलो हुरी आयो, घरटहराका जस्तापाता सवै उडायो जनघनको क्षति भयो । सो घटना देखेका श्रेष्ठले देस्रो कविता लेखे तुफान ।
आयो तुफान घनधोरसित
आधी घण्टाको म्याद लिएर नि त ।
आनन्दसाथ सुतेका बटुवाहरु रुखमुनी
अचानक रुख ढल्यो बटुवा परे रुखमुनी,
कोही लडे विच सडकमा कोही त खेतबारी जंगलमा
कोही डुगांसंगै खालैखोला
इश्वरले नै गरिदिएको खेल होला ।।
जस्ता भाबलाई अक्षरमा उतारेका श्रेष्ठले आफ्नो जीवनपनि एक तुफान सरह भएको बताए । उनी साहित्यका अलवा सामाजिक सेवा, राष्ट्यि पर्यवेक्षक निर्वाचन आयोग २०५१, विद्यालय व्यवस्थापन समिति, रेडक्रस उप समिति, तत्कालिन श्री ५ सरकार, रोजगार प्रवद्र्धन समिति २०५५ र वि.सं. २०३७ देखि २०४७ साल सम्म इन्द्रेश्वरी उच्च मावि मेलम्चीका प्रधानअध्यापक भई आफ्नो सेवा प्रदान गर्दे आएका थिए । शिक्षण पेशा, समाजसेवाकै विचमा समय निकाले आफ्नो साहित्यीक यात्रापनि संगै अगाडि बढाएका श्रेष्ठ पछिल्लो समयमा आफ्नो जागिरबाट रिटार्ड जीवनमा कविता, कथा, उपन्यास लेखनमा व्यस्त रहेका छन् ।
विभिन्न सम्मानबाट सम्मानित श्रेष्ठ सादा जीवन उच्च विचार राख्नु पर्छ भन्ने भावनालाई कदर गर्ने गर्दछन् । उनले मेलम्चीमा क्याम्पस स्थापना गर्न आफ्नो नीजि ६, ४, १, १ जग्गा समेत इन्द्रवती क्याम्पसको नाममा दान दिएका छन् । कविता कथा र उपन्यासका अलवा मैश खलकको वंशावली, आफु विदेश भ्रमणमा जाँदा देखेका भोगेका विवरणलाई शव्दचित्रमा उतारेको ज्ञान बद्र्धक भ्रमण लगायतका पुस्तकहरु बजारमा ल्याएका छन् । उनको पहिलो कृत्ति सावित्रीदेवी श्रेष्ठको प्रकाशन आएको विलौनै विलौना पुस्तक आफ्नै पिता मातामा समर्पण गरेका छन् । दोस्रो कृत्ति ज्ञान वद्र्धक भ्रमण र तेस्रो कृत्ति २०७० सालमा प्रकाशन गरेको मैश खलकको वंशावली लाई दिनेश र महेश श्रेष्ठले प्रकाशन गरेका हुन ।
देश विकासमा पहिलो चरणमा उद्योगधन्धाको स्थापना हुनु पर्ने र आम नेपालीहरु उद्यमी बन्नु पर्ने भन्दै २०२५ सालमा उद्यमी बनौं भन्ने भावका साथ साहित्यकार श्रेष्ठले आफ्नो कलम चलाएका थिए ।
उद्यमी बनी स्वदेशी वस्तु प्रयोगमा लगाऔँ
देशकोलागि कुटीर उद्योग बढाइ लैजाऔँ
लेखतर्फ भेडा चौरी पालेर बढाऔं
नहरनाला तराईमा खाँचो पहाडमा बाटो
समय पारौं एक भई माग हो समयको ।।
पढ्दा लाग्छ यो सामान्य शव्दमा लेखिएको छ । तर यस कवितामा श्रेष्ठले आफ्नो भावनामा देशको आर्थिक विकासकालागि उद्यमी बन्नु पर्ने र त्यसमा पनि कुटीर उद्योग र ठूला उद्योगलाई प्राथमिकता दिनु पर्नेमा कवितामार्फत जोड दिएका छन् ।
क्वि श्रेष्ठले विलौनै विलौनामा देश काल परिस्थीतका कविताहरु समावेश गरेका छन् । यो जीवन जन्मेर विलाउन होइन २०३०, आफु मालिक बन्नेहरु २०५८, यो कस्तो पैसाको नाता २०३४, जंगेको करामत २०६१, आमाको विलौना २०५९, पिता हर्षलाल र माता कृष्णमायाँको भजन २०२५ सालमै कविताहरु पुस्तकमा समाबेश गरेका छन् । कवि श्रेष्ठको विलौनै विलौनाभित्र चारदर्जन कविताहरु रहेका छन् ।
मरेर के लानु छ र आज मलाई किन उदास लाग्छ संगै विभिन्न मितिमा रचना गरिएका कविताहरु यस पुस्तकमा समेटिएका छन् । जुन सरल ढंगबाट रचिएकै कारण होला अहिले ती कविता संग्रह ठूलाको हातमा भन्दापनि साना र अध्ययनरत विद्यार्थिको माझ लोकप्रिय भएका छन् ।
पछिल्लो समयम प्रकाशित चिन्तनको प्रकाशन भने उनका छोराहरु राजु, दिनेश र महेश श्रेष्ठले गरेका छन् भने सूर्यनारायण श्रेष्ठले चित्र लेखन गरेका छन् । कवि, गीतकारहरुद्धारा प्रकाशित कविता संग्रह अध्ययन गर्दा लाग्छ कुन भाष र शव्दहरु प्रयोग गरिएको छ रन भुल्लमा परिन्छ । जहाँ अग्रेजी, हिन्दी जानेदेखि सवै भाषाहरु समेटीएर प्रकाशन भएका हालका चर्चामा रहेका कविता, कथा, उपन्यासलाई यस पुस्तकले सरल र शिष्ट भाषामा हुनुपर्ने छ भन्ने सन्देश समेत दिएका छन् ।
karkirimn@gmail.com
Friday, January 2, 2015
सस्थालाई धरासायी बनाएर विवाद नगर्ने सहमती
महासंघको विवाद मिल्यो
रोशन कार्की
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वमा देखिएको विवाद मिलेको छ । अध्यक्ष प्रदिपजंग पाण्डेको चर्को विरोधमा उत्रिएको निवर्तमान अध्यक्ष सुरज बैद्य समूहले पछिल्लो समयमा आएर सस्था धरासायी हुने अबस्थामा पुगेको भन्दै महासंघका कार्यक्रम र बैंठकमा सहभागी हुन थाले पछि विवाद टुङगिएको महासंघले जनाएको छ ।
खरो रुपमा पाण्डेको विरुद्धमा उत्रेको सो समुहले महासंघको विधान विपरित विरोध गरेको भन्दै सस्थागत रुपमा कारवाही गर्ने तयारी महासंघले गरेपछि एकाएक विरोध छोडी सहमतीमा आएको महासंघ स्थित रहेको एक उच्च स्रोतले नाम नलेख्ने सर्तमा बताए ।
महासंघका अध्यक्ष पाण्डेले ३२ वर्ष अधिको मुद्दालाई लिई पशुपति मुरारकालगायत अन्य सदस्यहरुले पदबाट हट्नु पर्ने माग राख्दै विरोधमा उत्रेका थिए । पुरानो मुद्दा भएको र हाल पनि सो मुद्दा अदालतमा विचाराधिन भएकाले सो बारे कोही कसैले पनि बहस पैरबी गर्न नमिल्ने भन्दै विरोधमा उत्रेको समुहमाथी महासंघले अनुसाशनको कारवाही गर्ने अन्तिम तयारीप् समेत गरेको थियो ।
अध्यक्षमा पाण्डेले विजय गरेपछि बैंद्य समुहबाट उम्मेदवारी दिई विजय भएका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका र उपाध्यक्ष शेखर गोल्छा सहितले पाण्डेलाई अध्यक्षबाट हट्नु पर्नेभन्दै धुलिखेलमा भएको विशेष बैंठकनै बहिष्कार गरेका थिए । सो बैंठक बहिष्कार गरि राजधानी फर्किएको सो समूहको नेतृत्व गर्दै निवर्तमान अध्यक्ष बैंद्यले महासंघको सभाकक्षमा पत्रकार सम्मेलन गरि पाण्डे अध्यक्षमा बस्नु विधान विपरित भएकोभन्दै पदबाट हट्न चेताबनी समेत दिएका थिए ।
यसरी निवर्तमान अध्यक्ष बैंद्यले ३५ वर्ष अगाडिको मुद्दालाई लिएर पाण्डे विरुद्ध आफ्नो समुहलाई मैदान उतारेका थिए । यसरी उतारेपछि सो समुह महसंघको वैठक र अन्य कार्यक्रमहरुमा सहभागी समेत नहुने र विरोधमात्रै गर्न थालेपपछि विवाद सतहमा आएको थियो । महासंघको कार्यकारिणी समितिको वैठकमा मुरारका, गोल्छासहितका ८५ प्रतिशत सदस्यको उपस्थिति सहित सस्थाको हित विपरित आफुहरु नहिड्ने र सस्थालाई बलियो बनाउने भन्दै बैंठकमा सहभागी भएपछि एकाएक विवाद मिलेको महासंघले जनाएको छ ।
संस्था जोगाउन सहमतिमा पुगेको भन्दै वरिष्ठ उपाध्यक्ष मुरारकाले आफुहरुको अडानभन्दा पनि संस्था ठूलो भएकाले सस्थाको हित विपरित आफुहरु नजाने भन्दै बैंठकमा सहभागी भएको बताएका छन् ।
यसरी बैंद्य समुह र पाण्डे समुहबीच विवादले ठूलै रुप लिएपछि एक अर्को आमुन्ने सामुन्ने समेत नहुने अबस्थामा पुगेका थिए । भने यता अध्यक्षमा पराजीत भाष्करराज राजकर्णिकारले पाण्डेको विरुद्धमा असहयोग गर्न गोप्य निर्देशन समेत आफु मातहतका सदस्यहरुलाई दिएको महासंघ स्थित उच्च स्रोतले बताएको छ । स्रोतका अनुसार बैंद्य समुहले पाण्डे नेतृत्वलाई असफल बनाउन गोप्य निर्देशन दिएको भएपछि, सो विवादले सस्थाको हित भन्दापनि धरासायी भई जाने निष्कर्ष निकाल्दै दुवै समुह अब आरोप प्रत्यारोप नगर्ने सहमती गरेको बताए । दुबै पक्ष आफ्नै अडानमा बसिरहँदा निकास ननिस्कने भएकाले संस्था बलियो बनाउन दुवै पक्ष लचक भएका हुन ।
गत चैतमा भएको महासंघको निर्वाचनमा पाण्डे र भास्करराज राजकर्णिकारको दुई वटा प्यानल मैदानमा उत्रेको थियो । अध्यक्षमा पाण्डेले जितेपछि राजकर्णिकारको समूह विपक्षीको रुपमा प्रस्तुत भएपछि विवाद मिल्नुको साटो झन बल्झिएको थियो ।
पाण्डेको अध्यक्षतामा महासंघ सचिवालयमा बसेको कार्यकारिणी समितिको पाचौं बैठकबाट विवाद मिलेको महासंघका अध्यक्ष पाण्डेले बताएका छन् । पाण्डेले भनेको छन्,‘महासंघमा खासै विवाद थिएन तर पनि मनका अन्तरकुन्तर भएका असमझदारीका कारण विवाद देखिएको भएपनि अब सो महासंघभित्र रहेन ।’ बैठकमा विशिष्ट सदस्य तथा पूर्व अध्यक्ष चण्डिराज ढकाल, अनुशासन समितिका सभापति तथा पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मुरारका, उपाध्यक्षहरु किशोरकुमार प्रधान, दिनेश श्रेष्ठ, गोल्छा र कार्यकारिणी समितिका ८५ प्रतिशत सदस्य उपस्थित रहेको महासंघले जनाएको छ ।
कार्यकारिणी समितिको बैठकले निजी क्षेत्रमाथि चौतर्फी दवाव आइरहेको अवस्थामा महासंघको उदेश्य प्राप्तिका लागि नयाँ परिस्थितिमा निजी क्षेत्रलाई उच्च मनोवलका साथ मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानमा लगाउन एकतावद्ध भएर जाने प्रतिवद्धता समेत दुवै पक्षले गरेका छन् ।
वैठकले उद्योग, व्यवसाय र आर्थिक विकासका लागि अति आवश्यक ऐन कानूनहरु ल्याउन पहल गर्ने निर्णय गरेको छ । औद्योगिक व्यवसाय ऐन, श्रम ऐन, विद्युत ऐन, विशेष आर्थिक क्षेत्र ऐन आउन बाँकी छ । विकास वजेट खर्च गर्ने वातावरण बनाउन सरकारलाई दवाव दिने समेत सयुक्त रुपमा निर्णय पनि वैठकले गरेको छ । यसैगरी सोही बैठकले मुल्य अभिवृद्धि कर (भ्याट) को थ्रेसहोल्ड बढाउन सरकारलाई आग्रह गर्दै हालै घोषणा गरेका नयाँ नगरपालिकाभित्रका व्यवसायीहरुले पनि सरकारले दिएको समयसिमा भित्र प्यान र भ्याटमा दर्ता हुनुपर्ने भएकोमा पुस मसान्तको अवधि अत्यन्तै कम भएकाले यसमा थप गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
महासंघले कर फछर्यौट आयोग गठन गर्न माग गरेको छ । निर्यात प्रवद्र्धन गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योगहरुको स्थापनामा प्रोत्साहन दिने कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । स्वदेशी उद्योगी व्यवसायीहरुमा लगानी प्रर्वद्धन र उद्योग व्यवसाय विस्तारका लागि उनीहरुको आत्मवल र विश्वास बढाउन महासंघले आवश्यक वातावरण वनाउने निर्णय समेत गरिएको छ ।
सरकारको नीति अनुसार १५ प्रतिशत महंगो भएपनि स्वदेशी वस्तु खरिद गर्ने प्रावधानहरुलाई अनिवार्य रुपमा लागू गर्न महासंघले माग गरेको छ । सुन व्यवसायीले व्यवसायिक प्रयोजनका लागि वहुमुल्य वस्तुहरुको ओसारपसारमा देखिएको समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ । जिल्ला जिल्लाका उद्योग व्यवसाय प्रवद्र्धन गर्न गरिने मेला महोत्सव आदिलाई महासंघ मार्फत सहयोग गर्न छुट्टै कोष वनाउन महासंघले सरकारसँग आग्रह गरेको छ ।
वाणिज्य वैंकबाट लिएको ऋण तिर्न नसकी बैंकहरुद्वारा कव्जा गरिएका घरजग्गा ऋणी आफैंले खरिदकर्ताको व्यवस्था गरेमा ऋणीको अनुरोधमा सो घरजग्गा सोझै ऋणीले खोजेको खरिदकर्ताको नाममा पास गरिदिने व्यवस्थाको परिपत्रका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध समेत सो बैंठकले गरेको छ ।
मोवाइल बजार व्यवस्थित गर्न सुन्धारामा मोवाइल हब
रोशन कार्की
काठमाडौं । बढ्दो सूचना प्रविधिको प्रयोग र मागमा अत्याधिक बृद्धि भएपछि मोवाईल व्यवसायीको पहलमा सुविधासम्पन्न ‘मोवाइल हब’ को स्थापना हुने भएको छ । परम्परागत रुपमा सञ्चालन भएका मोबाइल पसलहरुले माग अनुसार पु¥याउन नसकेको र अबेबस्थीत समेत भएको भन्दै अब सो व्यवसायलाई व्यवस्थीत गर्ने गरि राजधानीको सुन्धारामा रहेको सिटिसी मलमा मोबाइल हब सञ्चालनमा आउन लागेको हो ।
उपभोक्तामा बढ्दो सञ्चार साधानको प्रयोगसंग व्यवसायीहरुमा पनि प्रतिपस्र्धा तीब्र रुपमा भएपछि एकै भबनबाट आम उपभोक्ताहरुले सवै सेवा उपलव्ध गराउने उदेश्यले मोबाइल हब सञ्चालन गर्न लागेको अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए ।
प्रतिस्पर्धासंगै सञ्चार सामाग्रीको मागमा पनि वृद्धि भएपछि आफ्नो पक्षमा उपभोक्तालाई आकर्षक गराउनका लागि सम्बन्धित क्षेत्रका व्यवसायीहरुमा पनि नयाँ नयाँ योजनाहरु सार्वजनिक गर्ने गरेका छन् । पछिल्लो समयमा उपभोक्ताहरुको समयलाई ध्यानमा राख्दै निश्चित स्थानमा सञ्चार साधानहरुको बिक्री वितरण एकै छानामुनीबाट हुने भएको छ ।
यसैक्रममा छोटो समयमा अत्याधिक माग रहेको मोवाईल बजारलाई व्यवस्थित र मर्यादित बनाउनकालागि सो क्षेत्रका व्यवसायीहरु एकिकृत भई सुन्धारामा रहेको ‘सिभिल टे«ड टावर’ मा ‘मोवाइल हब का रुपमा सटिसी मोबाइल बजार’ स्थापना गरि अब केही दिनपछि पूर्णरुपमा सञ्चालनमा आउन लागेको छ । उपभोक्ताको समयलाई बचत गराउने र आफ्नो सामान पनि सहुलियत दरमा बिक्री वितरण गर्ने उदेश्यले सो टावरको ३ वटा तलामा मोवाईल र सो सम्बन्धि सामानको मात्र पसलहरुमात्र राखीने भएको छ । सो हवमा सवै प्रकारका मोवाइलहरु उपलव्ध गराउने भएको छ ।
उनका अनुसार मोबाइलको कारोबार करिब ३५ प्रतिशतले बृद्धि भएकोे छ । अघिल्लो वर्ष करिब १३ अर्ब रुपैयाँ बराबरको कारोबर भएको थियो तर प्रत्येक दिन नयाँ मोडलको मोवाईल सेट खोज्न आउने भएकाले यसमा करिव ३५ प्रतिशतले माग बढेको छ । विश्व व्यापी रुपमा सञ्चार सम्बन्धी जनचेतना र फेसनकै लागि पनि मोबाइलको प्रयोग बर्सेनि बढ्दो रहेको उनको भनाई रहेको छ । नयाँ प्रविधि भित्रिने क्रम बढेकाले पनि ग्राहकहरु मोबाइलप्रति आकर्षित भएको पाइएको छ ।
नेपाल टेलिकमका अनुसार ८१ प्रतिशत जनताको हातमा मोबाइल पुगिसकेको अनुमान गरेको छ । इन्टरनेट, त्यसपछि आईपी डाटा सेवा सुरु भएपछि अझै व्यवसायीहरुलाई माग अनुसारको मोवाइल सेट उपलव्ध गराउन कठिनाई भएको व्यवसायीहरुको अनुभब रहेको छ । एकै छानामुनि धेरै सर्भिस सेन्टर र मोबाइल पसल भएको नेपालकै ठूलो मोबाइल बजार सुन्धारामा रहेको सीटीसी मलमा सञ्चालनमा आउने भएको हो । अंग्रेजी नयाँ वर्षबाट कारोबार सुरु गर्न लागेको भएपनि तयारी समय नपुगेका कारण केही दिन भित्रमै सुरु हुने सीटीसी मोबाइल बजारले जनाएको छ ।
सामसुङ, पानासोनिक, अल्काटेल, कार्बन, कलर्स, जियोनी, माइक्रोम्याक्स, लेमन, लाभा, जोलो, एलजी, इन्टेक्स, रेज र बिक्यु मोबाइलले सर्भिस सेन्टर राख्ने भएको उपाध्यक्ष माधब रोकाहाले बताए । केहि दिनबाटै औपचारिक कारोबार सुरु गर्ने भएपनि केही पसल अहिलेबाट नै सञ्चालनमा आएका छन् । सीटीसी मलको पाँचौं तलामा १२ वटा मोबाइल कम्पनीका सर्भिस सेन्टर रहने र तेस्रो र चौथो तलामा ब्रान्डेड र नाम चलेको मोबाइल पसल रहने अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए । सर्भिस सेन्टर मोबाइल बजारकालागि मेरुदण्ड भएको बताउँदै इन्टरनेसनल मार्केटिङ सर्भिसेस (आईएमएस) का अध्यक्ष दीपक मलहोत्राले सीटीसीमलमा मल्टिकेयर सर्भिस सेन्टर खोलेर त्यसबाट कार्बन, पानासोनिक र सामसुङ मोबाइलका उपभोक्तालाई सेवा दिन लागेको बताए । मोबाइल ब्यबसायीलाई बजार बिस्तार हुनु भनेको निकै राम्रो अबसर भएको बताउँदै मलहोत्राले एकै छानामुनी यतिका सर्भिस सेन्टर र मोबाइल पसल हुँदा ग्राहक तथा उपभोक्तालाई फाइदा पुग्ने बताए ।
नेपाल टेलिकम र एनसेलजस्ता सेवा प्रदायक कम्पनीका केयर सेन्टर रहने मोबाइल मार्केटको भुइँतलामा सबै मोबाइल ब्रान्डका स्टल रहनेछन् । मोबाइल केयरका लागि आएका उपभोक्तालाई प्राथमिक केयर भुइँतलामै हुने र बनाउनुपर्ने भएमात्र सर्भिस सेन्टरका लागि सिफारिस गरिदिने व्यवस्था मिलाइएको महासचिब केशबराज लुइटेलले जानकारी दिए । ‘ग्रे’ बाटोबाट आएका कुनैपनि ब्रान्डका मोबाइलको कारोबार नगर्ने योजनाका साथ सुरु हुन लागेको यो बजार नेपालकै ठूलो हुनेमात्रन भई अन्तर्राष्ट्रियस्तरको कस्टुमर केयर सेन्टर समेत रहने कोषाध्यक्ष मनोज मानन्धरले बताए ।
मोबाइल बजारले कारोबार सुरु भएपछि हरेक मोबाइल खरिदमा प्लास्टिक कभर निःशुल्क उपलब्ध गराउने र १० हजार भन्दाबढीको मोबाइल खरिद गर्नेलाई गिफ्ट भौचर दिइने ब्यबस्था गरेको बजारका सचिब आबिस्कारलाल श्रेष्ठले बताए । २२ जनाप्रमोटर सदस्य रहेको सिटिसी मोबाइलबजारमा ५ जनाको टिमले ब्यबस्थापनको जिम्मा लिएको छ । बजारको ब्यबस्थापन जिम्मा लिएका ब्यबसायीहरुमा अध्यक्ष सन्दिपमान श्रेष्ठ, उपाध्यक्ष माधब रोकाहा, महासचिब केशबराज लुइँटेल, सचिब आबिश्कारलाल श्रेष्ठ र कोषाध्यक्ष मनोज मानन्धर रहेका छन् ।
Wednesday, November 12, 2014
ग्रिनहिल सिटी अपार्टमेन्टका विरुद्ध १५० वटा मुद्दा
ROSHAN KARKI
काठमाडौं । राजधानीमा विभिन्न नाम दिइ निमार्ण भएका अपार्टमेन्टले लोभलाग्दा सुबिधा दिने भने पनि भित्र रह¥य भने समस्या नै समस्याले भरिएको पाईएको छ । यस्तै समस्याको पोकाभित्र फरक समस्या लिएर निमार्ण भएको राजधानीबाट नजिकै रहेको काठमाडौंको मुलपानीमा निर्माण गरेको ‘ग्रिनहिल सिटी’ नामको अपाटमेण्टको रह¥य भने नितान्न भिन्न रहेको छ ।
सो अपाटमेण्टले जग्गा लिनु भन्दा अगाडि देखिनै जिल्ला अदालत, पुराबेदन अदालत पाटन र सर्वोच्च अदालतमा गरि सो अपाटमेण्ट विरुद्ध १५० वटा मुद्दा दर्ता भएको छ । अदालतले सो मुद्दाको फैसला नहुदै निमार्ण गरिएको अपाटमेण्ट अहिले मुद्दैमुद्दाको भारी बोकेर लगानीकर्ताले अपार्टमेन्ट बिक्रीमा रहेको विज्ञापन गरेको छ । खरिदकर्तालाई सेवा सुविधा र अन्यभन्दा फरक रहेको भन्दै गरेको विज्ञापन अनुसार सो अपाटमेण्ट फरक रहेको पाईएको छ । अन्य अपाटमेण्टमा जग्गा मुद्दा नभएको तर सो अपाटमेण्टमा ४२ वटा मुद्दा विचाराधिनमा रहेकै अबस्थामा हातैमा लालपुर्जाको लोभलाग्दो विज्ञापन गरेपनि हाल मुद्दा फैसला नभएसम्म अपार्टमेण्ट निमार्णकर्ताले कसैलाई पनि लालपुर्जा दिने सक्ने कानूनी आधार छैन ।
यसरी आफ्नो स्वामित्वमा नभएको जग्गामा अपाटमेण्ट बनाएर लालपुर्जा हातैमा भन्दै विज्ञापन गरेर उपभोक्ता ठगी गरि आफ्नो लगानी उठाउने रणनीतिका अनुसार अपार्टमेण्ट मालिक भेषराज लोहनी लागि परेको समेत खुलेको छ ।
जग्गा खरिदसंगै चलेको विवाद अहिले जिल्ला अदालतमा विचाराधिन रहेको छ । जग्गाधनीलाई झुक्याएर रकम नभएको बैंकको चेक थमाएर जग्गा आफ्नो नाममा पार्न सफल तीनकुनेमा रहेको ओमकार रियल इस्टेट एण्ड हाउजिड कम्पनी (प्राइभेट) लिमिटेडका शान्तिराम न्यौपाने चन्द्रप्रसाद चौलागाई, भरतप्रसाद चौलागाई र ग्रिनहिल सिटीका मालिक भेषराज लोहनीका विरुद्ध ठगी र जालसाधिको मुद्दा दायर गरेका छन् ।
जग्गाधनी विजयमणी आचार्य दीक्षित, दुर्गादेबी आदि (दिक्षित), अभय भरतमणी र अरुण दीक्षितले चौलागाई र लोहनीका विरुद्ध ठगी मुद्दा दाहेर गरेको अदालत स्रोतले जनाएको छ । जग्गाठगहरुले दीक्षित परिबारको मुलपानी वडा नम्बर ८ ख मा रहेको कित्ता नम्बर ९०, १३८, १३९, १४०,१४१, १४३, १४८, १५०, १३३, १३६, १३७, ८८, ९१ र ९२ बाट १०२ रोपनी जग्गा ठगी गरेको जनाईएको छ ।
यसरी ठगी गरि रातारात अपाटमेण्ट बनाई खरिद गर्नकालागि अहिले सो हिल सिटीले मंहगोमा झुटो विज्ञापन सर्वाजनिक गरेको छ ।
बैंक व्यालेन्स नै नभएको चेक दिई सो ठग समुहले अरुण दीक्षितको नाममा सि, ३८ १३६७०२० को नम्बर भएको चेक राष्ट्यि बाणिज्य बैंकको चेकबाट ५ करोड, सोही बैंककै अर्को चेक दुर्गादेवी आदीको नाममा २ करोड ५० करोड, विजयमणी आचार्य दीक्षितको नाममा सोही बैककै २ करोड ५० लाख रुपैयाँको चेक दिएको तर सो खातामा रकम नभएको बैंकले जनाएकपछि आदि परिबारले चेक बाउन्स गराई मुद्दा दायर गरेको जनाइएको छ ।
यसरी परेको मुद्दामा तत्कालिन जिल्ला न्यायाधिश महमद आजादले पैसा तिर्न नपर्ने भन्दै फैसला गरेको दुखेसो समेत दिक्षित परिबारले गरेका छन् ।
बलजफत व्यक्तीगत जग्गा लिई अपाटमेन्ट निमार्णगरि अन्धधुन्ध फ्ल्याट बिक्री गर्ने कार्यामा तीब्रता आएसंगै अपाटमेन्ट खरिदकर्ता समेत पछिल्लो समयमा ठगीने सम्भाबना बढ्दै गएको छ ।
यसैबिच, काठमाडौंको मुलपानीमा रहेको जग्गामा निमार्ण भईरहेको ‘ग्रीनहिल सिटी’ अपार्टमेन्ट निमार्णसंगै ४२ वटा मुद्दालाई लुकाएर बिक्री खुल्ला गरेको छ । जुन अपाटमेन्ट निर्माण भएको जग्गा खरिद गर्दादेखिनै परेको मुद्दाको किनारा नलाग्दै सो अपाटमेन्ट निमार्णकर्ताले समेत बाँकी जग्गाको रकम नदिई अनियमिकता गरेको खुलासा भएको छ ।
उपत्यकामा (अपार्टमेन्ट), सामुहिक आवास (हाउजिङ) भवन निर्माण तथा बिक्री कम्पनीहरुबाट आफूहरु ठगिएको भन्दै उजुरी गर्नेहरुको संख्यामा वृद्धि भई रहेको अबस्थामा सरकारले सो बारे गम्भीर रुपमा नलिएका कारण पनि अपाटमेण्टको नाममा ठगी कार्यामा तीब्रता आएको छ ।
हाउजिङ र अमार्टमेन्टको व्यवसायिक कारोेवार गर्ने कम्पनीहरुले पहिल्यै पैसा उठाउने तर काम समयमा नगरेपछि उपभोक्ताहरु मर्कामा पर्ने गरेका छन् ।
आफूहरु ठगिएको भन्दै उजुरी गर्नेहरुको संख्या अहिले १ हजार नाघेको छ । अपार्टमेन्ट र हाउजिङ कारोवारमा ठगीको समस्या देखिन थालेपछि सरकारले आवास सम्बन्धी जाँचवुझ आयोग गठन गरेको लामो समय वितिसक्दा समेत समस्या समधान हुनुको साटो झन मौलाएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत गठन गरिएको आयोगमा उजुरी दिने क्रममा झन तीब्रता आएको छ । जाँबुझ आयोगका अनुसार अपार्टमेन्ट र हाउजिङमा बिविध समस्याहरु देखिए पनि आफ्नो अधिकारभन्दा बाहिरको जग्गामा समेत निमार्ण गरि अन्धधुन्ध बिक्री गरिएका छन् । अधिकांश समस्याहरु पहिल्यै भुक्तानी गरेका तर अपार्टमेन्टमा बस्न नपाएकाहरुको छ । ५÷७ वर्ष भइसक्दा पनि अपार्टमेन्ट नपाएकाहरुले उजुरी दिनेको भीड बढ्दै गएको छ ।
आयोगका अनुसार दोस्रो समस्या पैसा दिइसकेको तर निर्माणको काम बीचमा रोकिएर अलपत्र परेका छन् । बिज्ञापन गरेर जग्गा देखाएर पैसा लिएको तर अपार्टमेन्ट निर्माण नगर्नेहरुका विरुद्धमा पनि उजुरी परेका छन् । एउटै फ्लाट दुई ठाँउमा बेचेको पनि उजुरी परेका छन् । आयोगका अनुसार एउटालाई बेचेको फ्लाट एवं जग्गाको लालपुर्जा नदिएर सोही लालपुर्जा कम्पनीले अरुको नाममा बनाएर बैंकमा राखेर पैसा लिएको समेत उजुरी परेका छन् ।
केहीमा भवन तयार भएर उपभोक्ता बसेका छन् तर लालपुर्जा पाउन सकेका छैनन् । जग्गा र साइड देखाएर पैसा उठाएको तर वर्षौदेखि अपार्टमेन्ट नबनाएको घटनाको बारेमा उजुरी परेको छ । आयोगमा परेका उजुरी अनुसार सम्झौता अनुसारको सुविधाहरु पनि उपलब्ध नगराइएको गुनासाहरु रहेका छन् । तीन वेडरुम भनेर पैसा लिएको तर २ वेडरुम दिएको घटनाहरु पनि आएका छन् ।
आयोगले १९–२० वटा कम्पनीले उपभोक्तालाई ठगी गरेको उजुरी परेका छन् । कतिपय कम्पनीले मापदण्ड अनुसार भवन निर्माण नगरेको पनि आयोगले जनाएको छ । गैरकानुनी रुपमा अरुको जग्गा देखाएर ठगी गर्नेहरु पनि यस्ता कार्यमा लागेको हँुदा समस्या परेको छ ।
काठमाडौं । राजधानीमा विभिन्न नाम दिइ निमार्ण भएका अपार्टमेन्टले लोभलाग्दा सुबिधा दिने भने पनि भित्र रह¥य भने समस्या नै समस्याले भरिएको पाईएको छ । यस्तै समस्याको पोकाभित्र फरक समस्या लिएर निमार्ण भएको राजधानीबाट नजिकै रहेको काठमाडौंको मुलपानीमा निर्माण गरेको ‘ग्रिनहिल सिटी’ नामको अपाटमेण्टको रह¥य भने नितान्न भिन्न रहेको छ ।
सो अपाटमेण्टले जग्गा लिनु भन्दा अगाडि देखिनै जिल्ला अदालत, पुराबेदन अदालत पाटन र सर्वोच्च अदालतमा गरि सो अपाटमेण्ट विरुद्ध १५० वटा मुद्दा दर्ता भएको छ । अदालतले सो मुद्दाको फैसला नहुदै निमार्ण गरिएको अपाटमेण्ट अहिले मुद्दैमुद्दाको भारी बोकेर लगानीकर्ताले अपार्टमेन्ट बिक्रीमा रहेको विज्ञापन गरेको छ । खरिदकर्तालाई सेवा सुविधा र अन्यभन्दा फरक रहेको भन्दै गरेको विज्ञापन अनुसार सो अपाटमेण्ट फरक रहेको पाईएको छ । अन्य अपाटमेण्टमा जग्गा मुद्दा नभएको तर सो अपाटमेण्टमा ४२ वटा मुद्दा विचाराधिनमा रहेकै अबस्थामा हातैमा लालपुर्जाको लोभलाग्दो विज्ञापन गरेपनि हाल मुद्दा फैसला नभएसम्म अपार्टमेण्ट निमार्णकर्ताले कसैलाई पनि लालपुर्जा दिने सक्ने कानूनी आधार छैन ।
यसरी आफ्नो स्वामित्वमा नभएको जग्गामा अपाटमेण्ट बनाएर लालपुर्जा हातैमा भन्दै विज्ञापन गरेर उपभोक्ता ठगी गरि आफ्नो लगानी उठाउने रणनीतिका अनुसार अपार्टमेण्ट मालिक भेषराज लोहनी लागि परेको समेत खुलेको छ ।
जग्गा खरिदसंगै चलेको विवाद अहिले जिल्ला अदालतमा विचाराधिन रहेको छ । जग्गाधनीलाई झुक्याएर रकम नभएको बैंकको चेक थमाएर जग्गा आफ्नो नाममा पार्न सफल तीनकुनेमा रहेको ओमकार रियल इस्टेट एण्ड हाउजिड कम्पनी (प्राइभेट) लिमिटेडका शान्तिराम न्यौपाने चन्द्रप्रसाद चौलागाई, भरतप्रसाद चौलागाई र ग्रिनहिल सिटीका मालिक भेषराज लोहनीका विरुद्ध ठगी र जालसाधिको मुद्दा दायर गरेका छन् ।
जग्गाधनी विजयमणी आचार्य दीक्षित, दुर्गादेबी आदि (दिक्षित), अभय भरतमणी र अरुण दीक्षितले चौलागाई र लोहनीका विरुद्ध ठगी मुद्दा दाहेर गरेको अदालत स्रोतले जनाएको छ । जग्गाठगहरुले दीक्षित परिबारको मुलपानी वडा नम्बर ८ ख मा रहेको कित्ता नम्बर ९०, १३८, १३९, १४०,१४१, १४३, १४८, १५०, १३३, १३६, १३७, ८८, ९१ र ९२ बाट १०२ रोपनी जग्गा ठगी गरेको जनाईएको छ ।
यसरी ठगी गरि रातारात अपाटमेण्ट बनाई खरिद गर्नकालागि अहिले सो हिल सिटीले मंहगोमा झुटो विज्ञापन सर्वाजनिक गरेको छ ।
बैंक व्यालेन्स नै नभएको चेक दिई सो ठग समुहले अरुण दीक्षितको नाममा सि, ३८ १३६७०२० को नम्बर भएको चेक राष्ट्यि बाणिज्य बैंकको चेकबाट ५ करोड, सोही बैंककै अर्को चेक दुर्गादेवी आदीको नाममा २ करोड ५० करोड, विजयमणी आचार्य दीक्षितको नाममा सोही बैककै २ करोड ५० लाख रुपैयाँको चेक दिएको तर सो खातामा रकम नभएको बैंकले जनाएकपछि आदि परिबारले चेक बाउन्स गराई मुद्दा दायर गरेको जनाइएको छ ।
यसरी परेको मुद्दामा तत्कालिन जिल्ला न्यायाधिश महमद आजादले पैसा तिर्न नपर्ने भन्दै फैसला गरेको दुखेसो समेत दिक्षित परिबारले गरेका छन् ।
बलजफत व्यक्तीगत जग्गा लिई अपाटमेन्ट निमार्णगरि अन्धधुन्ध फ्ल्याट बिक्री गर्ने कार्यामा तीब्रता आएसंगै अपाटमेन्ट खरिदकर्ता समेत पछिल्लो समयमा ठगीने सम्भाबना बढ्दै गएको छ ।
यसैबिच, काठमाडौंको मुलपानीमा रहेको जग्गामा निमार्ण भईरहेको ‘ग्रीनहिल सिटी’ अपार्टमेन्ट निमार्णसंगै ४२ वटा मुद्दालाई लुकाएर बिक्री खुल्ला गरेको छ । जुन अपाटमेन्ट निर्माण भएको जग्गा खरिद गर्दादेखिनै परेको मुद्दाको किनारा नलाग्दै सो अपाटमेन्ट निमार्णकर्ताले समेत बाँकी जग्गाको रकम नदिई अनियमिकता गरेको खुलासा भएको छ ।
उपत्यकामा (अपार्टमेन्ट), सामुहिक आवास (हाउजिङ) भवन निर्माण तथा बिक्री कम्पनीहरुबाट आफूहरु ठगिएको भन्दै उजुरी गर्नेहरुको संख्यामा वृद्धि भई रहेको अबस्थामा सरकारले सो बारे गम्भीर रुपमा नलिएका कारण पनि अपाटमेण्टको नाममा ठगी कार्यामा तीब्रता आएको छ ।
हाउजिङ र अमार्टमेन्टको व्यवसायिक कारोेवार गर्ने कम्पनीहरुले पहिल्यै पैसा उठाउने तर काम समयमा नगरेपछि उपभोक्ताहरु मर्कामा पर्ने गरेका छन् ।
आफूहरु ठगिएको भन्दै उजुरी गर्नेहरुको संख्या अहिले १ हजार नाघेको छ । अपार्टमेन्ट र हाउजिङ कारोवारमा ठगीको समस्या देखिन थालेपछि सरकारले आवास सम्बन्धी जाँचवुझ आयोग गठन गरेको लामो समय वितिसक्दा समेत समस्या समधान हुनुको साटो झन मौलाएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत गठन गरिएको आयोगमा उजुरी दिने क्रममा झन तीब्रता आएको छ । जाँबुझ आयोगका अनुसार अपार्टमेन्ट र हाउजिङमा बिविध समस्याहरु देखिए पनि आफ्नो अधिकारभन्दा बाहिरको जग्गामा समेत निमार्ण गरि अन्धधुन्ध बिक्री गरिएका छन् । अधिकांश समस्याहरु पहिल्यै भुक्तानी गरेका तर अपार्टमेन्टमा बस्न नपाएकाहरुको छ । ५÷७ वर्ष भइसक्दा पनि अपार्टमेन्ट नपाएकाहरुले उजुरी दिनेको भीड बढ्दै गएको छ ।
आयोगका अनुसार दोस्रो समस्या पैसा दिइसकेको तर निर्माणको काम बीचमा रोकिएर अलपत्र परेका छन् । बिज्ञापन गरेर जग्गा देखाएर पैसा लिएको तर अपार्टमेन्ट निर्माण नगर्नेहरुका विरुद्धमा पनि उजुरी परेका छन् । एउटै फ्लाट दुई ठाँउमा बेचेको पनि उजुरी परेका छन् । आयोगका अनुसार एउटालाई बेचेको फ्लाट एवं जग्गाको लालपुर्जा नदिएर सोही लालपुर्जा कम्पनीले अरुको नाममा बनाएर बैंकमा राखेर पैसा लिएको समेत उजुरी परेका छन् ।
केहीमा भवन तयार भएर उपभोक्ता बसेका छन् तर लालपुर्जा पाउन सकेका छैनन् । जग्गा र साइड देखाएर पैसा उठाएको तर वर्षौदेखि अपार्टमेन्ट नबनाएको घटनाको बारेमा उजुरी परेको छ । आयोगमा परेका उजुरी अनुसार सम्झौता अनुसारको सुविधाहरु पनि उपलब्ध नगराइएको गुनासाहरु रहेका छन् । तीन वेडरुम भनेर पैसा लिएको तर २ वेडरुम दिएको घटनाहरु पनि आएका छन् ।
आयोगले १९–२० वटा कम्पनीले उपभोक्तालाई ठगी गरेको उजुरी परेका छन् । कतिपय कम्पनीले मापदण्ड अनुसार भवन निर्माण नगरेको पनि आयोगले जनाएको छ । गैरकानुनी रुपमा अरुको जग्गा देखाएर ठगी गर्नेहरु पनि यस्ता कार्यमा लागेको हँुदा समस्या परेको छ ।
Subscribe to:
Posts (Atom)
सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ
रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...
-
सरकार र ग्यास उद्योगीबीच अवैध सम्झौता रोशन कार्की काठमाडौं । ऐन–कानुनको बेवास्ता गर्ने अभिव्यक्ति दिने एलपी ग्यास उद्योग र सरकारब...
-
एनसेलको ‘लुट’ प्रकरण स्वीडीश पत्रिकामा काठमाडौ, २६ असोज। नेपाली मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको हामीले विज्ञापनजन्य खवर मात्र पढ्...
-
उद्योग वाणिज्य महासंघमा तीब्र विवाद पहिलो केन्द्रीय बैठकमा २९ सदस्य अनुपस्थित रोशन कार्की÷राजधानी काठमाडौं १ असार व्यवसायीहरुको छाता स...










