Thursday, August 30, 2012


  • बेलायतको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था [आईएनजीओ) सेफरवल्र्डका कार्यक्रम व्यवस्थापक आडम फोब्र्स् नेपालको राजनीति र सुरक्षा क्षेत्रका महत्त्वपूर्ण व्यक्तिहरूलाई दिनदिनै भेटिरहेका हुन्छन्। कहिले कार्यालयीय कामको बहानामा त कहिले लन्च, डिनर गर्ने निहुँमा । उनी आफूलाई साना हतियार, सुरक्षा सवाल र शान्ति निर्माणका विषयको विशेषज्ञका रूपमा चिनाउँछन् । प्रतिष्ठित आईएनजीओको जिम्मेवार अधिकारी भएका कारण उनले सहजै उच्चपदस्थहरूसम्म पहुँच पनि पाउँदै आएका छन् । तर, उनले नेपालको श्रम र अध्यागमन कानुनविपरीत यहाँ काम गरिरहेको कसैलाई थाहा छैन । करिब एक वर्षदेखि सेफरवल्र्डका नेपालसम्बन्धी परियोजनाहरूको संयोजन गरिरहेका फोब्सर््ले न नेपालमा जागिर गर्न मिल्ने भिसा लिएका छन्, न श्रम इजाजत नै ।
  •  एसियन स्टडी सेन्टर फर पिस एन्ड कन्फ्लिक्ट ट्रान्सफर्मेसन -आस्पेक्ट) नामक गैरसरकारी संस्थामा प्राविधिक सल्लाहकारका रूपमा कार्यरत इजुमी वाकुगावा स्वयंसेवकका रूपमा नेपाल छिरिन्। आस्पेक्टमा उनको भूमिका के हो भन्ने स्पष्ट छैन । तर, अमेरिका पढेकी ती जापानी युवती नेपालस्थित विदेशी कूटनीतिक नियोग तथा अन्य दातृ निकायका प्रतिनिधिहरूसँग हिमचिम बढाउने, नेपालविज्ञ भन्दै नयाँ आउने विदेशीलाई नेपालबारे बि्रफिङ् दिने र परामर्शदाताका रूपमा काम गर्दै आएकी छन् । तर, उनले नेपालमा बसेर जागिर, परामर्श वा कुनै पनि खालका आयआर्जनका काम गर्न सरकारी अनुमति लिएकी छैनन्.
  • यी प्रतिनिधि पात्र हुन्, हजारौँ विदेशीमध्ये जसले स्थानीय कानुनको बेवास्ता गर्दै भिसा दुरुपयोग गरेर आयआर्जनका काम गररिहेका छन्। नेपालमा त्यस्ता कुनै कूटनीतिक नियोग, दातृ निकाय, तिनले सञ्चालन गरेका परयिोजना र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू छैनन्, जहाँ लिनुपर्ने सबै विदेशी नागरकिले श्रम स्वीकृति लिएका होऊन्। नेपालमा रोजगाररत धेरैजसो विदेशी नागरकिले एकथरी भिसा लिएर अर्कै काम गररिहेका छन्। कुनै पनि विदेशी नागरकिले अर्को देशमा आयमूलक काम गर्न रोजगारदाता देशको श्रम अनुमति लिनुपर्ने अन्तर्राष्ट्रिय मान्यता हो। नेपालमा पनि यस्तो कानुनी व्यवस्था नभएको होइन। तर, सरकारी नियन्त्रणको अभावमा विदेशी संस्था र व्यक्तिको शक्ति तथा प्रभावका भरमा श्रम तथा अध्यागमन कानुनलाई छलेर आफ्नो धन्दा चलाउने प्रवृत्ति व्यापक बनेको छ।

    श्रम तथा यातायात व्यवस्था मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म १० हजार विदेशीले श्रम स्वीकृति लिएका छन्। तीमध्ये धेरैजसो बाहिरसिकेका छन् भने अहिले पनि कार्यरतमध्ये सबैजसो उद्योग र कलकारखाना क्षेत्रका कामदार रहेका छन्। स्वदेशी-विदेशी संघसंस्थाहरू, कूटनीतिक तथा दातृ नियोगहरू यस कानुनको दायरामा आएकै छैनन्। कूटनीतिक सुविधाप्राप्त बाहेकका हरेक विदेशी कर्मचारीलाई श्रम स्वीकृति आवश्यक पर्ने भए पनि अहिलेसम्म यो कानुन नौलो विषयजस्तै छ।

  • करबि ५० हजार विदेशीले गैरकानुनी रूपमा नेपालमा काम गररिहेको अनौपचारकि तथ्यांक छ। सरकारकै विभिन्न निकायका सिफारसि र समन्वयमा सञ्चालित परयिोजना, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि विदेशीले भरेका आगमनपत्र, नेपालमा क्रियाशील आईएनजीओहरू, कूटनीतिक तथा दातृ नियोगलगायत विदेशी नागरकि आबद्ध रहने संघसंस्थाहरूको संख्याका आधारमा यो अनुमानित तथ्यांक निकालिएको हो। यसबाट के देखिन्छ भने नेपालको रोजगार बजारमा विदेशीले ओगटेकोमध्ये ९० प्रतिशत हिस्सा गैरकानुनी छ, बाँकी १० प्रतिशत मात्रै श्रम कानुनको दायरामा आएको छ। रोचक पक्ष के छ भने मानव अधिकार, सुशासन, सामाजिक न्यायजस्ता विषयको वकालत र पैरवी गर्ने क्षेत्रका संघसंस्थाहरूले नै श्रम कानुनको पालनामा बढी अनिच्छा देखाएका छन्। 
  • राष्ट्रसंघबाटै यस्तो 

    नेपालमा रहेका संयुक्त राष्ट्रसंघका सबैजसो नियोगहरूमा कूटनीतिक र गैरकूटनीतिक कर्मचारीहरू छन्। त्यहाँ आउने स्वयंसेवक र प्रशिक्षार्थीले पनि 'बाँच्नका लागि न्यूनतम भत्ता' ८० देखि ९० हजार रुपियाँ पाउँछन्। नेपालमा २२ वटा राष्ट्रसंघीय एजेन्सी तथा मिसन छन्। ती एजेन्सी अन्तर्गत पनि थुप्रै परयिोजना छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम -यूएनडीपी) अन्तर्गत मात्रै २० वटा परयिोजना चालू छन्। यसैगरी अन्य नियोगहरूले छुट्टाछुट्टै र संयुक्त रूपमा यस्ता परयिोजना सञ्चालन गररिहेका छन्। कूटनीतिक हैसियतप्राप्त सबै कर्मचारी, परामर्शदाता तथा विशेषज्ञका लागि ती संस्थाले श्रम अनुमति लिएर मात्रै काम लगाउन पाउँछन्। यहाँ कमाएको रकम वैध बाटोबाट विदेश लैजान पनि श्रम स्वीकृति अनिवार्य हुने नेपाल राष्ट्र बैँकका प्रवक्ता गोपाल काफ्ले बताउँछन्।

    तर, राष्ट्रसंघका कुनै पनि एजेन्सी र परयिोजनाभित्रका गैरकूटनीतिक कर्मचारीहरूका लागि रोजगार अनुमति लिइएको अभिलेख सरकारसँग छैन। जस्तो: राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त -ओएचसीएचआर)को नेपाल कार्यालयमा १३ जना विदेशी नागरकि जागिरे छन्। तीमध्ये १० जनालाई कूटनीतिक हैसियत दिइएको परराष्ट्र मन्त्रालयको सूचीमा उल्लेख छ। बाँकी तीन जनाले सरकारी स्वीकृतिबेगर काम गररिहेका छन्। तर, ओएचसीएचआरका सूचना अधिकृत चुनबहादुर गुरुङ भने आफ्नो कार्यालयमा अनाधिकारकि तवरले काम गररिहेका व्यक्ति नरहेको बताउँछन्। भन्छन्, "अन्य प्रयोजनको भिसाका कर्मचारी राख्नु राष्ट्रसंघको सिद्धान्तविपरीत हो।"

    राष्ट्रसंघकै अर्को नियोग अन्तर्राष्ट्रिय बसाइसराइ संगठन -आईओएम)को नेपालस्थित कार्यालयमा २७ जना विदेशी कर्मचारी रहेको उसको आधिकारकि वेबसाइटमा उल्लेख छ। तर, त्यस संस्थाका सात कर्मचारी मात्रै कूटनीतिक हैसियतप्राप्त छन्। २० जना श्रम स्वीकृतिबेगर काम गररिहेका छन्। आईओएमले नेपाललाई यसबारे औपचारकि जानकारी र प्रतिक्रिया दिन भने चाहेन। अरू द्विपक्षीय तथा बहुपक्षीय दातृ निकायहरूको अवस्था पनि यही छ। श्रम मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराई भन्छन्, "कानुनसम्मत तरिकाले श्रम स्वीकृति नलिई हजारौँ विदेशी रोजगारीमा रहिरहँदा कानुनी व्यवस्थाको उल्लंघन हुनुका साथै नेपाली नागरकिको रोजगारीको अवसरसमेत गुम्न पुगेको छ।"
    आईएनजीओ पनि उस्तै

    नेपालमा कार्यरत २ सय ५० आईएनजीओमध्ये सबैजसोमा विदेशी कर्मचारी र विशेषज्ञ छन्। १ सय ९० संस्थामा त राष्ट्रिय निर्देशक नै विदेशी छन्। ती आईएनजीओले स्थानीय साझेदार एनजीओ, सरकारी तथा निजी संघसंस्था र परयिोजनाहरूमा पनि विदेशीलाई आबद्ध गराउन लगाएका हुन्छन्। समाज कल्याण परिषद्का सदस्य-सचिव छेवाङ नाम्गेल शेर्पाका अनुसार आईएनजीओहरूमा ३ सय ५० जना विदेशी कर्मचारी कार्यरत छन्। न्यूनतम दुईदेखि ४३ जनासम्म विदेशी आबद्ध भएका आईएनजीओहरू नेपालमा सञ्चालित छन्। तर, यी कुनै पनि संस्थाले श्रम इजाजत लिएको अभिलेख सरकारसँग छैन।

    आईएनजीओमार्फत आउने विदेशीहरूलाई भिसाका लागि समाज कल्याण परिषद्ले सिफारसि गर्छ। परिषद्को सिफारसि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय हुँदै गृह मन्त्रालयमा पुग्छ। गृह मन्त्रालयले 'कार्यसहमति' दिएकै आधारमा अध्यागमन विभागले भिसा स्वीकृत गर्दै आएको छ। केही आईएनजीओ परराष्ट्र मन्त्रालयमा पनि दर्ता भएकाले त्यतैबाट पाउने सिफारसिका आधारमा गृहको कार्यसहमति पाउँछन्। र, त्यही आधारमा गैरपर्यटक भिसा लिन्छन् तर श्रम इजाजत लिने 'झन्झट' कसैले गर्दैनन्। नेपालस्थित आईएनजीओहरूको संगठन एआईएनले भने आफ्ना सदस्य संस्थाहरूमा कार्यरत विदेशी कर्मचारी/विशेषज्ञको तथ्यांक उपलब्ध गराउन सकेन। 'आफ्ना प्रकाशनहरू र समाज कल्याण परिषद्मा सबै विवरण हुने' भन्दै एआईएनका अध्यक्ष अच्युत लुइँटेलले लिखित प्रतिक्रियामार्फत असमर्थता दर्शाएका छन्। श्रम इजाजत लिनुपर्ने प्रावधानबारे पनि उनले स्पष्ट प्रतिक्रिया दिएनन्। समाज कल्याण परिषद् नै यसबारे बोल्ने आधिकारकि निकाय रहेको उनको जवाफमा उल्लेख छ।
    कमजोरी आफँैभित्र

    अर्थ, परराष्ट्र, उद्योग, सूचना तथा सञ्चार, कृषि तथा सहकारी, स्वास्थ्य तथा जनसंख्या, भौतिक योजना तथा निर्माण मन्त्रालयले पनि कुनै दातृ निकायसँगको परयिोजना सम्झौताका आधारमा विदेशी जनशक्तिलाई भित्र्याउन गृह मन्त्रालयमा भिसाका लागि सिफारसि गर्दै आएका छन्। त्यसरी सिफारसि गर्दा न नेपालमा नपाइने जनशक्ति हो भनेर प्रमाणित गर्नेतर्फ ध्यान दिने गरिएको छ, न गृहले नै पर्याप्त खोजीनीति गर्छ। श्रम मन्त्रालयका अधिकारी भन्छन्, "दाताको दबाब, आफ्नै सम्बन्ध र अनुचित प्रभावमा परी श्रम स्वीकृतिबिना नै भिसाका लागि सिफारसि गर्ने र भिसा प्रदान गर्ने खराब प्रवृत्ति हाम्रो प्रशासनयन्त्रमा छ। आफैँभित्रको कमजोरी नसुधारेसम्म अरूलाई मात्रै दोष दिनु बेकार छ।" श्रम इजाजतका लागि श्रम मन्त्रालयबाहेक अरू मन्त्रालयले चासो नदिने प्रवृत्ति छ। दातृ निकायहरूले पनि कडा रवैया नअपनाउन विभिन्न माध्यमबाट दबाब दिइरहेको श्रमका अधिकारीहरूको अनुभव छ।

    श्रम मन्त्रालयका अधिकारीहरू श्रम इजाजतबिनाका गैरपर्यटक भिसा जारी गर्ने प्रक्रियालाई नै अवैधानिक ठान्छन्। उनीहरूका भनाइमा यस प्रक्रियामा तीन प्रकारका कानुन मिचेको पाइएको छ, अध्यागमन, श्रम र भ्रष्टाचारसम्बन्धी। नेपालको अध्यागमन कानुनले 'रोजगार भिसा'को अलग व्यवस्था नगरेकाले गैरपर्यटक भिसा लिएर मात्रै पुग्दैन। यहाँ काम गर्न रोजगार अनुमतिसहितको गैरपर्यटक भिसा चाहिन्छ। रोजगार अनुमतिसहितको गैरपर्यटक भिसा नलिई काम गररिहेको अवस्थालाई गैरकानुनी मानिन्छ। विद्यमान कानुनलाई छलेर वा कसैको प्रभावमा परेर भिसा दिलाउने सरकारी निकायका अधिकारीहरूले भ्रष्टाचार कानुनको सामना गर्नुपर्ने हुन सक्छ।

    सरकारी अध्ययन अनुसार विदेशी ठेकेदार कम्पनीहरूले पनि पर्यटक भिसामा रहेका विदेशीहरूलाई काममा लगाउने गरेको पाइएको छ। यसरी काममा लगाउन नमिल्ने र यसबाट राजस्व पनि प्रभावित हुने भन्दै ९ पुस ०६४ मा नै सबै सरकारी निकायहरूमा गृह मन्त्रालयले परपित्र गरेको थियो। उक्त परपित्रमा पर्यटक भिसामा नेपाल आएका विदेशीहरूले कुनै संस्थामा काम गरेको पाइएमा तिनलाई स्वदेश फर्काउन अध्यागमन विभागलाई निर्देशन दिइएको छ। परपित्रमा नेपालमा काम गर्न चाहने विदेशीले पर्यटक भिसा प्राप्त गरेको ६० दिनभित्रै कार्यसहमति र गैरपर्यटक भिसा प्राप्त गरसिक्नुपर्ने र यसमा काममा लगाउने संस्थाले तत्काल पहल गर्नुपर्ने पनि उल्लेख छ। तर, अहिलेसम्म यो निर्देशन कार्यान्वयन हुन सकेको छैन।
    कसरी आउँछन् विदेशी ?

    राजनीतिशास्त्रमा स्नातक रेबेका क्रोजियर चार वर्षअघि स्वयंसेविकाका रूपमा नेपाल प्रवेश गरनि्। उनलाई काठमाडौँका अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा हिमचिम बढाउन केही समय लाग्यो। त्यसपछि इन्टरनेसनल अलर्टमा एकैचोटि कार्यक्रम व्यवस्थापक भइन्। जलवायु परविर्तनले ल्याउने सुरक्षा खतरासम्बन्धी विशेषज्ञ समूहमा उनको नाम समावेश गरेको छ, उक्त संस्थाले। त्यही संस्थासम्बद्ध स्रोतका अनुसार सम्बन्धित क्षेत्रका स्नातकोत्तर र विद्यावारििधले नपाएको काम र ओहोदा उनले पाएकी त छन् तर उनले श्रम इजाजतसमेत लिएकी छैनन्। यसरी सिकारु भएर छिरेका विदेशी नागरकिले पनि नेपालमा योग्यताका आधारमा नभई सम्बन्धका आधारमा काम, ओहोदा र आम्दानी हासिल गर्दै आएका छन्। र, यो संख्या बढ्दै गइरहेको छ।

    यसरी धेरै विदेशी सुरुमा प्रशिक्षार्थी वा स्वयंसेवीका रूपमा नेपाल पस्छन्। नेपालमै रहेका कूटनीतिक नियोग वा विदेशी संघसंस्थाका अधिकारीहरूसँग सम्पर्क र सम्बन्ध बढाउँछन्। कतिले त्यही सम्बन्धका आधारमा लामो अवधिको जागिर पाउँछन् भने कतिले विशेषज्ञको हैसियतले परामर्शदाताको काम पाउँछन्। यसले उनीहरूको अनुभव र ओहोदा पनि बढ्दै जान्छ। सम्बन्धित सरकारी संस्थाका अधिकारीहरूलाई प्रभावमा पारेर गृह मन्त्रालयको 'कार्यसहमति' लिन्छन्। त्यो सहमति पाएपछि सजिलै उनीहरूको भिसा थपिन्छ। विदेशी संस्थाको आधिकारकि सिफारसि वा नियुक्तिपत्र पाएपछि सरकारी कर्मचारीबाट सोधखोज र रोकावट पनि खासै हुँदैन।

    कतिपय विदेशीहरू पर्यटक भिसामै नेपाल पस्छन्। एकपटकमा १ सय ५० दिन अर्थात् पाँच महिनासम्म उनीहरू नेपाल बस्न पाउँछन्। त्यस अवधिमै उनीहरू विभिन्न संस्थामा काम गर्छन्। भिसा सकिएपछि केही दिन बिदा मनाउन बाहिर जान्छन्। र, फर्केर कामलाई निरन्तरता दिन्छन्। यो प्रवृत्ति पछिल्लो अवधिमा धेरै बढेको छ। औपचारकि प्रक्रियामा जाँदा सरकारी ढिलासुस्ती र झन्झट हुने भन्दै उनीहरू छड्के बाटो अपनाएर बसाइ लम्ब्याउँछन्। सुरुमा पर्यटक भिसामै नेपाल छिरेका रचिर्ड बाउड यसका उदाहरण हुन्। उनले माओवादीका पूर्वलडाकूलाई पुन:स्थापना गर्नेसम्बन्धी यूएनडीपीकै एक परयिोजनामा पनि काम पाए। अहिले उनी सेफरवल्र्डमा आबद्ध भएका छन्। सेफरवल्र्डका वित्त तथा प्रशासन अधिकृत कृष्णकुमार थापा भन्छन्, "छोटो अवधिका लागि परामर्शदाताका रूपमा राखिएकाले श्रम इजाजतको प्रक्रियामा गएनौँ।" यसअघि सरकारी निर्देशन नभएकाले कुनै पनि परामर्शदाताका लागि श्रम इजाजत नलिएको पनि उनको स्वीकारोक्ति छ। त्यस संस्थाकी द्वन्द्व तथा सुरक्षा सल्लाहकार सारा डायम्पल सुत्केरी बिदामा गएपछि रिचार्ड आएका हुन् । त्यसो त सारा पनि श्रम इजाजतबिना नै लामो समय नेपाल बसेकी थिइन् ।

    वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनको खुकुलो प्रावधान पनि विदेशीहरूका लागि नेपालमा श्रम इजाजतबिनै कमाउन पाइने गतिलो ठाउँ बनेको छ। पहिला न्यूनतम एक लाख अमेरकिी डलरबराबरको लगानी हुनेलाई मात्रै व्यावसायिक भिसा दिने व्यवस्था थियो। तर, अहिले यस्तो सीमा तोकिएको छैन। अध्यागमन विभागका महानिर्देशक जन्मजय रेग्मीका अनुसार ठूला उद्योग र उत्पादनमूलक क्षेत्रमा नभई स-साना ब्युटीपार्लर, रेस्टुराँ, साइबरजस्ता बढी लगानी नपर्ने प्रकृतिका कम्पनी दर्ता गरेर यहाँ बस्ने प्रवृत्ति बढी छ। साथै, लगानीको न्यूनतम सीमा र आश्रति परिवार कति राख्न मिल्ने भन्ने स्पष्ट आधार नभएका कारणले पनि लगानीकर्ताका रूपमा भित्रिने र अरू नै काम गरेर बस्ने चलन ह्वात्तै बढेको छ। उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइराला पनि यो कुरा नकार्दैनन्। भन्छन्, "लगानी र भिसाबारे स्पष्ट मापदण्ड नहुँदा कहिलेकाहीँ अप्ठ्यारो भने महसुस हुन्छ।"

    उत्पादनमूलक क्षेत्रमा मात्रै विदेशी लगानी स्वीकार गर्ने, त्यसमा पनि ठूला लगानीकर्तालाई बढी प्रोत्साहित गर्ने र सानातिना लगानी देखाएर व्यावसायिक भिसा खोज्नेलाई निरुत्साहित गर्न कानुनमै स्पष्ट व्यवस्था हुनुपर्ने सचिव कोइरालाको भनाइ छ। सरकारकै उच्चपदस्थ अधिकारी वा निकायको साथ पाएरै केही विदेशीहरूले नेपालमा लामो समयसम्म व्यावसायिक भिसामा कामकाज गररिहेको श्रम विभागद्वारा भइरहेको अध्ययनले देखाएको छ।
    राष्ट्रिय अर्थतन्त्रमा आघात

    विदेशीहरू गैरकानुनी रूपमा नेपालमा काम गर्ने र कमाएको रकम विदेश लैजाने प्रवृत्तिले विदेशी मुद्राको आर्जन र सञ्चितिदेखि स्थानीय जनशक्तिको क्षमता विकासमा समेत नकारात्मक असर पुर्‍याइरहेको छ। ५० हजार विदेशीले श्रम इजाजतबिना काम गररिहेको सरकारी अनुमानलाई नै आधार मान्ने हो भने पनि नेपालले वाषिर्क ५० करोड रुपियाँ राजस्व गुमाइरहेको छ। श्रम कानुन अनुसार श्रम स्वीकृति शुल्कबापत प्रतिवर्ष प्रतिव्यक्ति १० हजार रुपियाँ बुझाउनुपर्छ। यसमा आयकर, सामाजिक सुरक्षा कर, गैरपर्यटक वा कामदार भिसा शुल्क, विदेशी विनिमय शुल्कसमेत जोडिएका छैनन्। राष्ट्र बैँकका प्रवक्ता गोपाल काफ्लेका भनाइमा श्रम इजाजतबिना काम गरेर कुनै पनि विदेशीले आफ्नो कमाइ वैध बाटोबाट आफ्नो देशमा लैजान सक्दैन। "हुन्डीको माध्यमबाट वा विदेशबाट आउने अन्य व्यक्तिसँग मिलेर अवैध बाटो प्रयोग गरेका हुन सक्छन्," प्रवक्ता काफ्ले भन्छन्, "यसबाट राष्ट्रिय अर्थतन्त्रमै आघात पर्छ। यसलाई प्रशासनिक प्रक्रियाबाटै सरकारले नियन्त्रण गर्नुपर्छ।"

    अर्कोतर्फ नेपालमा काम नपाएर ठूलो मात्रामा जनशक्ति पलायन भइरहेको छ भने त्यही काम नेपालमा बसेर विदेशीले गैरकानुनी रूपमा गररिहेका छन्। श्रम ऐन र सरकारको वैदेशिक सहायता नीति अनुसार सम्बन्धित कामका लागि दक्ष नेपाली नपाइएको अवस्थामा मात्रै सरकारको स्वीकृति लिएर विदेशी विशेषज्ञ, कामदार वा कर्मचारी भित्र्याउनुपर्छ। यति मात्रै नभई नेपाली उपलब्ध नहुने देखिएमा बढीमा सात वर्षसम्म विदेशी नागरकिलाई काममा लगाउन मिल्ने र त्यसबीचमा नेपालीलाई दक्ष बनाएर क्रमश: प्रतिस्थापन गर्नुपर्ने नियम छ। यी व्यवस्थालाई पनि कागजमै सीमित गराइएको छ।

    नेपाल र नेपालीका नाममा आएको वैदेशिक ऋण र सहयोग रकमको ठूलो अंश विदेशतिरै फर्किने कारण पनि अनियन्त्रित रूपमा आउने विदेशी बन्दै आएका छन्। नेपाली जनशक्तिको अभाव प्रमाणित नगरी भित्र्याइने विदेशी विशेषज्ञ, कामदार वा कर्मचारीले पाउने रकम बाहिररिहेको छ। स्वयंसेवी वा शोधका लागि आउने धेरै विदेशीले भित्रभित्रै परामर्शदाताको काम गर्छन्। झम्सीखेल, पाटनढोका, ठमेल क्षेत्रमा काम खोज्दै गरेका विदेशीलाई भेट्न सकिन्छ। कामको स्तर जुनसुकै भए पनि 'अन्तर्राष्ट्रिय' वर्गमा पर्ने भएकाले उनीहरू दैनिक पाँच सयदेखि सात सय अमेरकिी डलरका दरले परामर्श शुल्क लिन्छन्। जबकि, अत्यन्त दक्ष नेपालीले पनि त्यसको आधा पनि मुस्िकलले पाउँछन्। यसरी गैरकानुनी रूपमा काम गररिहेका विदेशीका हातमा परेको रकमबाट कर पनि आउँदैन।

    प्राविधिक सहायता अन्तर्गत सल्लाहकार सेवामा हुने धेरैजसो खर्च विदेशतिरै र्फकने गर्छ। गत आर्थिक वर्षको विवरण मात्रै हेर्दा प्राविधिक सहायताका नाममा विदेशी दातृ निकायबाट प्राप्त भएको रकममध्ये ३३ प्रतिशत सल्लाहकार सेवामा खर्च हुने देखिन्छ। आर्थिक वर्ष ०६७/६८ मा प्राप्त हुने भनिएको यही शीर्षकको रकम मात्रै डेढ अर्ब रुपियाँ रहेको अर्थ मन्त्रालयद्वारा प्रकाशित प्राविधिक तथा अन्य सहायताको विवरणमा उल्लेख छ। यसमध्ये ठूलो हिस्सा विदेशी सल्लाहकारमार्फत विदेशिने गरेको छ। यसलाई श्रम कानुनको दायरामा ल्याउन सके थारै भए पनि यसरी रकम बाहिरनिे क्रम रोकिन सक्ने विज्ञहरूको भनाइ छ।

    नेपालमा बस्न चाहने आईएनजीओहरूले हरेक वर्ष कम्तीमा एक लाख अमेरकिी डलर रकम विदेशबाट ल्याउनुपर्ने प्रावधान छ। यस नीतिमा सहमत भएर आए पनि धेरै आईएनजीओले यसको पालना गरेका छैनन्। नेपालमै बसेर नेपाल सरकारलाई दिने भनिएको रकमबाट आफ्नो खर्च उठाइरहेका आईएनजीओहरूले उल्टै नेपालको अर्थतन्त्रबाट रकम बाहिर्‍याउने गरेको देखिन्छ। यसले पनि मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पाररिहेको छ।
    कारबाही कठिन

    निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलमा २६ विदेशीले श्रम स्वीकृतिबिना काम गररिहेको भन्दै सरकारले व्यवस्थापकलाई जम्मा १० हजार रुपियाँ जरिवाना गर्‍यो। तर, एनसेलका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्थिनेनले श्रम इजाजत लिनुपर्ने कि नपर्ने भन्ने विवाद साम्य भइसकेको छैन। सरकारले उनलाई श्रम स्वीकृति लिन दबाब दिइरहेको छ भने एनसेलले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले दिएको सुविधा अनुसार छूट पाउनुपर्ने तर्क गररिहेको छ। विदेशी लगानीकर्ता वा लगानीकर्ता संस्थाको अधिकृत प्रतिनिधिलाई व्यावसायिक भिसा उपलब्ध हुने र यसरी भिसा पाइसकेपछि श्रम स्वीकृति आवश्यक नपर्ने एनसेलको दाबी छ। साथै, नेपालस्थित कम्पनी एनसेलबाट नभई लगानीकर्ता कम्पनी टेलियासोनेराबाट तलब पाउने भएकाले पनि श्रम स्वीकृति लिनुनपर्ने दाबी एनसेलको छ।

    तर, श्रम मन्त्रालयका उपसचिव कृष्णहर िपुष्कर तलब जहाँबाट खाए पनि नेपालमा काम गरेबापत तलब खाने जोसुकै श्रम स्वीकृतिको दायरामा आउनुपर्ने बताउँछन्। भन्छन्, "पासी लगानीकर्ता वा लगानीकर्ताको प्रतिनिधि हुन् भन्ने आधार कुनै कागजातले देखाउँदैन। उनको परचियपत्र पनि लगानीकर्ताका रूपमा नभई प्रमुख कार्यकारी अधिकृतका रूपमा छ।" पुष्करका दाबीमा विदेशी लगानी ऐनमा कामदार, जागिरे र रोजगारीजस्ता शब्द प्रयोग गरिएका छैनन् र त्यसैले त्यस ऐन अन्तर्गत आएका गैरनेपाली कामदार/कर्मचारीलाई श्रम स्वीकृति नचाहिने वा छूट दिने व्यवस्था कतै छैन।

    कुनै पनि विदेशी नागरकि पारश्रिमिक लिने गरी काम गर्ने प्रयोजनका लागि नेपाल प्रवेश गर्नुपूर्व नै बोलाउने वा काम दिने संस्थाले श्रम विभागमा विवरण खोली अगि्रम रूपमा श्रम स्वीकृति लिनुपर्छ। श्रम स्वीकृतिबिना विदेशी नागरकिलाई काममा लगाउने व्यवस्थापक वा प्रबन्धकलाई १० हजार रुपियाँसम्म जरिवाना हुनसक्छ। त्यसरी काम गर्ने व्यक्तिलाई गैरकानुनी घोषणा गरी हटाउन निर्देशन दिने र नमानेमा पटकैपिच्छे २० हजार रुपियाँका दरले जरिवाना गराउन सक्ने व्यवस्था पनि श्रम ऐनमा छ। अध्यागमन ऐन, २०४९ तथा नियमावली, २०५१ मा गैरकानुनी रूपमा कार्यरत विदेशीलाई देशनिकाला, जरिवाना, जेल सजायमध्ये कुनै एक वा आवश्यकतानुसार सबै सजाय हुनसक्छ।
  • १० वर्षअघि नै जारी भए पनि अहिलेसम्म कार्यान्वय हुन नसकेको कानुनलाई सक्रिय बनाउने प्रयास सरकारले थालेको छ। श्रम विभागका महानिर्देशक पूर्णबहादुर बीकेको संयोजकत्वमा चार सदस्यीय अनुगमन समिति बनाइएको छ। यसमा श्रम मन्त्रालयका उपसचिव नवीन पोखरेल र वाग्मती अञ्चल श्रम कार्यालयका प्रमुख शरद अधिकारी सदस्य, श्रम विभागका अधिकृत भीम भट्टराई सदस्य-सचिव छन्। २५ जेठमा गठित यस समितिले उल्लेख्य उपलब्धि हासिल गर्न सकेको छैन। संयोजक बीके भन्छन्, "अहिले तथ्यांक संकलन र सेचतना फैलाउने क्रममा छौँ।" उनका अनुभवमा केही संघसंस्थाले मागेको विवरण दिए पनि धेरैजसोले आनाकानी गररिहेका छन्। पहिलो चरणमा प्राप्त विवरण र अन्य स्रोतबाट फेला परेको सूचनाका आधारमा प्रतिवेदन तयार गरी दोस्रो चरणमा स्थलगत निरीक्षणमा जाने र त्यसपछि कारबाही थाल्ने योजना रहेको बीके बताउँछन्। तर, १० वर्षअघि आएको कानुनप्रति सरकारी निकाय र पदाधिकारीहरूले नै अनभिज्ञता प्रकट गर्ने, असहयोग गर्ने, विदेशी संघसंस्थाहरूले पनि स्थानीय कानुनको प्रयोगमा सहयोग गर्नुको साटो उल्टै दबाब दिने कारणले यो कदम प्रभावकारी रूपमा अगाडि बढ्नेमा आशंका पनि उत्तिकै छ। ध
    कानुनमा के छ ? 

     व्यवस्थापकले प्रतिष्ठानको उत्पादन प्रक्रिया, सेवा वा कामको प्रकृति अनुसार कामदार तथा कर्मचारीको पदको वर्गीकरण गर्नुपर्नेछ र त्यसको जानकारी सम्बन्धित श्रम कार्यालयलाई दिनुपर्नेछ । यसरी वर्गीकरण गरिएको कुनै पनि पदमा गैरनेपाली नागरिकलाई काममा लगाउन पाइने छैन ।
    राष्ट्रिय स्तरको सार्वजनिक पत्रपत्रिकामा विज्ञापन प्रकाशन गर्दा पनि कुनै दक्ष प्राविधिक पदका लागि नेपाली नागरिक उपलब्ध नभएमा व्यवस्थापकले सो कुराको प्रमाणसहित गैरनेपाली नागरिक नियुक्ति गर्ने स्वीकृतिका लागि श्रम विभागमा निवेदन दिन सक्नेछ।
    कुनै निवेदन परी जाँचबुझ गर्दा निवेदनमा उल्लिखित दक्ष प्राविधिक पदका लागि नेपाली नागरिक उपलब्ध नहुने देखिएमा श्रम विभागले श्रम कार्यालयको सिफारिसमा एकपटकमा दुई वर्षमा नबढाई बढीमा पाँच वर्षसम्म र विशिष्ट प्रकारको दक्ष प्राविधिक पदमा बढीमा सात वर्षसम्म गैरनेपाली नागरिकलाई काममा लगाउन स्वीकृति दिन सक्नेछ ।  गैरनेपाली नागरिकलाई काममा लगाउने व्यवस्थापकले नेपाली नागरिकलाई दक्ष बनाई क्रमश: प्रतिस्थापन गर्ने व्यवस्था गर्नुपर्नेछ ।

    स्रोत : श्रम ऐन, २०४८

     
  • श्रम कानुनको क्षेत्रमा को को पर्छन् ?

     नेपालमा कार्यरत सबै संघ, संस्था, उद्योग, प्रतिष्ठान, नियोग, अन्तरसरकारी अन्तर्राष्ट्रिय निकाय, र्फम, कार्यालय, दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, कन्सल्टेन्सी, शिक्षण संस्था, कम्पनी इत्यादिमा कार्यरत सबै विदेशीका लागि श्रम स्वीकृति अनिवार्य छ ।
    विदेशमा रहेको कुनै संस्था वा योजनाले नेपालमा कार्यालय खोली वा नखोली कारोबार सञ्चालन गरेको अवस्थामा श्रम कानुन आकषिर्त हुन्छ । इन्डियन एयरलाइन्ससम्बन्धी  श्रम विवादमा सर्वोच्च अदालतको व्याख्याले पनि यो पुष्टि गरिसकेको छ ।
    दुई मुलुकको सम्झौताले कानुनी हैसियत प्राप्त गरेकाले सोको आधारमा स्थापित संस्था श्रम ऐन २०४८ को दफा २ परिभाषा ख अनुसार परिभाषित 'प्रतिष्ठान'मा दरिन्छन् । गोरखा वेलफेयर स्किमसम्बन्धी मुद्दामा श्रम अदालतले गरेको फैसलामा पनि यही कुरा उल्लेख छ । कुनै संस्थाको प्रमुख कूटनीतिक हैसियतको भए तापनि कूटनीतिक हैसियत नपाएको संस्थाको काम भएमा स्थानीय कानुनको क्षेत्राधिकारभित्र पर्छ । गोरखा वेलफेयर स्िकमसम्बन्धी मुद्दामै श्रम अदालतले फैसलामा यो कुरा स्पष्ट पारेको छ ।
    स्रोत : नेपाल सरकार, श्रम मन्त्रालय

Tuesday, August 28, 2012

एनसेल र हेलोले एनटीएलाई जवाफ दिएनन्

                                  हेलोको फाइल अख्तियारमा

 नीजि क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेल र हेलो नेपालको शेयर स्वामित्वको वारेमा नेपाल दुरसंचार प्राधिकरण, (एनटीए)ले दुवै कम्पनीलाई प्रष्ट पार्न निर्देशन दिएको छ। एनटीएको लाइसेन्स प्रदान गर्ने शाखाले साउन १० गते दुबै कम्पनीलाई आफ्नो शेयर स्वामित्वको बारेमा प्रष्ट पार्न पत्र काटे पनि त्यस्को जवाफ भने उनीहरुले पठाएका छैनन्।
एनटीएका प्रवक्ता कैलाशप्रसाद न्यौपानेका अनुसार भदौ ११ गते सम्म एनसेल र हेलो नेपालले जवाफ पठाएका छैनन। एनटीएमा रहेको एनसेलको फाइलमा एनसेल व्राण्ड नाम रहेको स्पाइस नेपाल अन्तर्गत  रेनोल्ड्स होल्डीङ लिमिटेड चार्लस्टाउन नेविज वेष्ट इन्डीजको नाममा असी प्रतिशत र पाल्पा तानसेन नगरपालिकाका निरज गोविन्द श्रेष्ठको नाममा २० प्रतिशत शेयर छ। तर सो कुरालाई एनसेलको आफ्नै आधिकारिक वेभसाइटले भने खण्डन गरेको छ। http://ncell.com.np/ncell/about-ncell. यस वेभसाइटमा माथि उल्लेखित कम्पनीहरुको बारेमा उल्लेख छैन। बरु टेलियासोनेराको वारेमा बताइएको छ।
दुरसञ्चार क्षेत्रको नियमक निकाय एनटीए र कम्पनीहरुको दर्ता तथा शेयरहोल्डर परिवर्तनको वारेमा जानकारी गराउनु पर्ने निकाय कम्पनी रजिष्टारको कार्यालयलाई कुनै जानकारी नदिइ एनसेलले आफ्नो आधिकारीक वेभसाइटमा टेलियासोनेरा अन्तर्गत कम्पनी सञ्चालन भइरहेको वताएको छ। टेलियासोनेराले पनि स्पाइस नेपालको ६० प्रतिशत भन्दा वढी शेयर आफ्नो मातहतमा रहेको आफ्नो आधिकारीक वेभसाइट (http://www.teliasonera.com/en/about-us/markets-and-brands/nepal/) मा उल्लेख गरेको छ।
एनटीएमा रहेको हेलो नेपाल व्राण्डमा सेवा दिदै आएको नेपाल स्याटेलाईट टेलिकमको फाइलमा यसको शेयर स्वामित्वमा एयरवेल सर्भिस लिमिटेडको ७५ प्रतिशत, मुक्तिश्री टेलिकम प्रालिको १५ प्रतिशत, ललितपुरकी सम्झना अर्यालको ५ प्रतिशत, पाकिस्तान मोवाइल कम्युनिकेशन पाकिस्तानको ३ प्रतिशत र सेबा टेलिकम प्रालि बंगलादेशको २ प्रतिशत शेयर रहेको उल्लेख छ। तर बताइए अनुसार हेलो नेपालको पनि ५० प्रतिशत भन्दा वढी शेयर टेलियासोनेराले लिएको छ।
एनसेल र हेलो नेपालको स्वामित्व स्वीडीस कम्पनी टेलियासोनेराले लिएको वारेमा खवरहरु आउन थालेपछि एनटीएले पत्र काटेपनि एक महिना वित्दा समेत त्यस्को जवाफ पठाएको छैन। यस सम्वन्धमा प्रमाण सहित सत्र्चार माध्यममा थप समाचार आउन थालेपछि एनटीएले जवाफ पठाउन दुबै कम्पनीलाई ताकेता पनि गरेको छ।
एउटै प्रकृतिका दुई प्रतिष्पर्धी कम्पनीहरुको वहुमत शेयर लिएर वजारमा एकाधिकार हुने प्रकृतिको कारोवारलाई प्रतिष्पर्धा ऐन र उपभोक्ता ऐनले पनि अंकुश लगाएको छ। वहुमत शेयर क्रस होल्डीङ सम्वन्धी कानुनमा व्यवस्था नभएपनि त्यसलाई नजरअन्दाज गर्ने काम भएको विज्ञहरुको राय छ।
क्रस होल्डीङको सन्दर्भमा अमेरिकाको दुई मोवाइल सेवा प्रदायकहरुलाई त्यहाँको नियमक निकायले मर्ज हुन नदिएको उदाहरण दिदै विज्ञहरुले नेपालमा भने नियम कानुनको अभाव दरेखाएर एकाधिकार हुने वातावरण सिर्जना गर्न नहुने बताएका छन्। टेलिकम सेवा प्रदायक टी कम्पनीलाई एटी एण्ड टी -मोवाइलले गाभ्न खोजेको प्रस्तावलाई त्यहाँको नियमक निकाय एफसीसीले रोकेको थियो।
क्रस होल्डीङको विषयमा सरकारले पनि दुरसञ्चार सेवाको अनुमतिपत्र प्राप्त संस्थामा एकै व्यक्ति समुहको लगानी विभिन्न संस्थाहरुमा रहन मिल्ने वा नमिल्ने (cross holding) त्यस्तो भएमा एनटीएबाट के कसरी नियमन गर्ने भन्ने सम्वन्धमा अध्ययन गरि प्रतिवेदन पेश गर्न पूर्व कानुन सचिव माधव पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यटोली गठन गरिएको थियो। एक महिनाको समय दिएर अध्ययन गर्न लगाइएको सो टोलीले करिव चार महिना वित्दा समेत एक पटक बैठक राख्न सकेको छैन। यहि बिचमा क्रस होल्डीङको बिषय अझ जोडतोडले उठेको छ।
एक महिने कार्यटोलीको तीन महिनामा पनि बैठक बसेन
पूर्वसचिव पौडेलको संयोजकत्वमा गठन भएको टोलीले करिव चार महिनामा एक पटक पनि वैठक समेत गरेको छैन। उसले प्रतिवेदनका लागि दिनुपर्ने सुझाव तयार गर्नु त परको कुरा भएको छ। पूर्व सचिव पौडेलले एनटीएबाट काम शुरु गरौ नभनेकाले आफूले काम शुरु गर्न नसकेको बताउनुभयो। यहि बीचमा एनटीएमा पनि नेतृत्व रिक्त भएपछि टोलीले काम शुरु नै गर्ने चासो पनि देखाएको छैन। एनटीएका प्रवक्ता तथा कार्यटोलीका सदस्य सचिव न्यौपानेले आफुहरुले दिनुपर्ने सुझावको खाका भने तयार गरेको वताउनुभयो। तर वैठक वसेर त्यसलाई निश्चित स्वरुप दिन भने नसकिएको स्विकार्नुभयो।
कार्यटोलीका संयोजक पौडेलले क्रस होल्डिङको विषयमा कुरा गर्दै कुनै पनि सेवा प्रदायकको वारेमा नियमक निकायले थाहा पाउनुपर्ने तर्क गर्नुभयो। उहाँले नियमक निकायको नाताले एनटीएले सेवा प्रदायकको प्रवर्दक, निर्देशकहरु, सेवा सञ्चालन कसरि हुन्छ भन्ने जानकारी पाउनुपर्ने पनि वताउनुभयो। उहाँले एनटीएलाई एनसेल र हेलो नेपालको शेयर स्वामित्व परिवर्तन वारे थाहा नभएको नहुनुपर्ने बताउनुभयो। तर एनटीए प्रशासनले आफूहरुलाई शेयर हस्तान्तरण बारे कम्पनी रजिष्टारको कार्यालयबाट कुनै जानकारी नआएको वताएको छ।
             हेलो नेपालको फाइल अख्तियारमा
विवादास्पद व्यापारी अजय सुमार्गी सञ्चालक रहेको हेलो नेपालको ५१ प्रतिशत शेयर समेत टेलियासोनेराले हालै लिएको खुलासा भएपछि यसको सेवा सञ्चालनदेखि सेवा विस्तारसम्म भएका सम्पूर्ण निर्णयहरुको अनुसन्धान गर्न अख्तियारले फाइल मगाएको छ। मध्यपश्चिमका ग्रामिण इलाकामा सञ्चालनको अनुमति पाएको हेलो नेपालले राजनीतिक पहुँच प्रयोग गर्दै पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल सम्म सेवा विस्तारको अनुमति लिएको थियो। हेलो नेपालको पछिल्लो शेयर हस्तान्तरण सम्मको विषयलाई अख्तियारले हेर्दै गरेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारका प्रवक्ता ईश्वरी पौडेलले हेलो नेपालको फाइल अनुसन्धानकै क्रममा रहेको बताए ।         
काठमाडौ, १२ भदौ।

Monday, August 27, 2012

टंकमणि शर्मा
महानिर्देशक, आन्तरिक राजस्व विभाग
ठूला व्यापारीहरू योजनाबद्ध रूपमा कर छली गर्छन्

आफ्नो सबै यौवनाअवस्थालाई निजामती सेवामा सर्मपण गर्दै तीन दशकभन्दा बढी बिताएका टंकमणि शर्मा हाल आन्तरिक राजस्व विभागका महानिर्देशक छन् । संसद् सचिवालय, शिÔा, कृÈि तथा सहकारी, भौतिक योजना, स्वास्थ्य र अर्थमन्त्रालय मातहतका विभिन्न २० भन्दा बढी निकायकोे उच्च ओहदामा ३३ वर्È बिताएका शर्माले अर्थमन्त्रालय मातहतका सबै निकायको महानिर्देशक भएर लामो अनुभव स“गाली सकेका छन्् ।
उनी अर्थमन्त्रालयअन्तर्गतका राजस्व अनुसन्धान विभाग र भन्सार विभागको महानिर्देशक हुँदै हाल आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा रहँदा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) छली गर्नेमाथि गहिरो अनुसन्धान गरी कारबाहीसमेत गर्न सफल भएका छन् । अब राजस्व छली नियन्त्रणमा विभागले कस्तो खालको कार्यक्रम ल्याउँछ भन्ने विषयमा र राजस्व संकलनको वर्तमान अवस्थाका बारेमा हिमालय टाइम्सका रोशन कार्कीले महानिर्देशक शर्मास“ग गरेको कुराकानीको मुख्यअंश ः

० नक्कली बिल प्रयोग गरी भ्याट छलीको पुरानो मुद्दा सकिन नपाउँदै नयाँ छली प्रकण सुरु भएको छ, के कर छली नियन्त्रण गर्न सरकार असफल भएको हो ?
– म कर छलीको विषयमा सरकार नियन्त्रण गर्न असफल भएको भन्ने विषयमा सहमत हुन सक्दिन । किनकि सरकार कहिल्यै पनि असफल हँुदैन किन भने जो व्यक्ति या व्यवसायीले कर छली गर्न सरकारलाई झुटो विवरण पेश गरेर न्यून कर तिर्छ, आखिर उही नै असफल हुँदै गएको हुन्छ । सरकारलाई शंका लागेको खण्डमा जो कोहीलाई पनि अनुसन्धानको परिधिमा राखेर गतल कार्य गर्नेसँग कुनै पनि समयमा दण्ड जरिवाना गराएर कारबाही गरेरै छाड्ने भएकाले सरकार कहिल्यै असफल हुँदैन ।
कुरा यो हो कि समयमा संकलन हुनुपर्ने राजस्व केही समय ढिला संकलन हुन्छ । त्यसको असर सामान्य पर्न जान्छ तर संकटै भने आउँदैन । हाम्रो टिम २४ सै घण्टा सक्रिय भएर कर छली कार्यलाई नियन्त्रण गर्नेतर्फ खटिइरहेको अवस्थामा विस्तारै कर छली पनि नियन्त्रणमा आउँछ भन्नेमा हामी विश्वस्त छौं । त्यसैले नक्कली बिलबिजक बनाई भ्याट छली कार्यमा पहिलेभन्दा कमी पक्कै आएको छ । पहिला एकै पटक हजारांै छली मुद्दाका गोप्य सूचना आउने गरेका थिए भने अहिले ५ सयवटा ठूला र ४४ सय जति साना (मिसमास) का मुद्दाहरूमा विभाग र यसअन्तर्गतका निकायले अनुसन्धान गरिरहेको छ । विस्तारै छली प्रकरणमा सुधार आएको आभाष हामीलाई भएको छ ।
० यहाँले अर्थमन्त्रालय अन्तर्गतका सबै निकायमा मुख्य जिम्मेवारीमा रहेर कार्य सम्पादन गर्नुभयो । हालसम्मको अनुभव र अनुसन्धानबाट कसले बढी कर छली गर्ने गरेको भेट्नुभयो त ?
–हो, मैले सरकारी जागिरका दौरान प्रायः आर्थिक क्षेत्रसँग मेलखाने विभागमा कार्यरत रहेँ । त्यहाँबाट कार्य सम्पादन गरिँदा मेरो अनुभव र अनुसन्धानबाट सानाले भन्दा पनि ठूलाले कर छलीजस्तो आर्थिक अपराध गरेको भेटेको छु । गत वर्षकै कुरा गर्ने हो भने पनि हामी मातहतका निकायबाट नक्कली भ्याट छली प्रकरणमा पनि साना व्यवसायीभन्दा ठूला व्यवसायी बढी भेटिएका छन् ।
अनुसन्धानबाट खुल्न आएकै कुरा हो, ठूला व्यवसायीहरूले सरकारी कर कसरी छली गर्ने भन्ने विषयमा योजना नै बनाएर छली गरेको भेटिएको छ भने सानाले अञ्जानमा भुलचुक अतिकति सामान हो नतिरी लैजाउन भन्ने भावनाले कर छली गरेको भेटिएकाले यहाँ सानाभन्दा पनि ठूला व्यवसायी र मोटो रकमको तलब बुझ्नेहरूले कर छली गर्दै आएका छन् ।
० करछलीमा ठूला व्यवसायी नै बढी भएको भन्ने प्रमाण नै भेटिसकेपछि यहाँहरूलाई के ले रोक्यो त कारबाही गर्न ?
– कारबाही गर्नलाई केहीले पनि रोकेको जस्तो हामीलाई लागेको छैन । हामीहरूकहाँ आउने मुद्दा भनेको लामो समयसम्म अनुसन्धान गरिनुपर्ने भएकाले कारबाही प्रक्रियामा ढिलाइमात्र भएको हो, तर कारबाहीमा रोकावट छैन । अनुसन्धानबाट आर्थिक अपराध गरेको पुष्टि भए बिगोअनुसार सरकारले कारबाही गरेको छ र गर्ने पनि छ । छिटो कारबाही गर्नका लागि विद्यमान अनुगमन (मनिटर) प्रणाली व्यवस्थित नभएकाले पनि कारबाहीमा ढिलाइ भएको हो । विभागले यस प्रणालीलाई समयसापेक्ष सुधार गरी कार्यान्वयन गरेर अवैध रूपमा कर छली गर्नेलाई कारबाही गर्नेछ ।
० भनेपछि पुरानो प्रशासन ऐनका कारण कारबाही प्रक्रिया ढिला भएको हो ?
– हो, हामीसँग अझै पनि २०१६ सालकै प्रशासन ऐन र नियमावली भएकाले कारबाही प्रक्रियामा ढिलाइ हुन गएको छ । यस ऐनअनुसार विभिन्न चरण पार गरिनुपर्ने भएकाले जति छिटो कार्य सम्पादन गरिनुपर्ने हो, त्यो गर्न नसकेको भने पक्कै हो ।
० पुरानो ऐन कानुनलाई समयसापेक्ष परिमार्जन गरिनुपर्ने होइन र ?
– हो, पुरानो ऐन कानुनलाई विभागले गर्नसक्ने र मिल्नेलाई समयसापेक्ष परिमार्जन गरी लैजानेछ भने विभागले गर्न नसक्नेलाई सरकारसमक्ष परिमार्जनका लागि अनुरोधसहित सिफारिस गर्ने तयारीमा छौं । समयसापेक्ष ऐन कानुन परिमार्जन नहुँदा अन्तर्राष्ट्रिय क्षेत्रबाटै विभिन्न प्रश्न उठाउन थालिएको छ । त्यसैले पुरानो ऐनलाई सुधार गरी करदाता, कर्मचारी र अन्य क्षेत्रलाई सचेत बनाउनेलगायत आचरणमा समेत सुधार गर्ने योजनासहित ‘कर प्रणाली सुधार वर्ष’ भनेर कार्यक्रमै सार्वजनिक गरेका छांै । सोहीअनुसार काम गर्ने छांै ।
० जतिनै नयाँ कार्यक्रम ल्याए पनि कर्मचारीको आचरणमा सुधार नभएसम्म त चोरी निकासी तथा कर छली रोकिने अवस्था त देखिँदैन नि ?
– तपाइँको कुरामा सत्यता छ । जहाँ जो कार्यरत रहन्छ, त्यहाँका कर्मचारीको आचरणमा सुधार पहिलो शर्त हो । आचरणमा सुधार नहुँदा लोभमा परेर हाम्रा कर्मचारी आफ्नो दायिŒवबाट चुकेका उदाहरण भएकैले भौतिक संरचना, कार्य प्रशासन र कर्मचारीको आचरण सुधारका साथै क्षमता विकासमा समेत परिमार्जन गरी अगाडि बढ्ने छांै । यससँगै विद्यमान ऐनसमेतलाई समयसापेक्ष परिमार्जन गरी नयाँ तवरबाट विभाग अघि बढ्नेमा विश्वास दिलाउँछु ।
०नक्कली भ्याट बिल प्रकरणमा लेखापरीक्षकको समेत संलग्नता रहेको छ भनी अर्थमन्त्रालयले कारबाहीका लागि सम्बन्धित संघलाई निर्देशन दिएको थियो, तर हालसम्म कसैलाई पनि कारबाही गरेको छैन नि ?
–यस प्रकरणमा लेखापरीक्षक प्रत्यक्ष रूपमा संलग्न भएको अनुसन्धानबाट खुल्न आएको छ । सोहीअनुसार अवैध कार्यमा सहयोग पु¥याउने ‘मतियार’ लाई समेत कारबाही गरिन्छ । सरकारले पहिलो चरणमा सम्बन्धित संघलाई नै कारबाही गर्न निर्देशन दिएको छ । संघले सो कार्यमा संलग्न लेखापरीक्षकमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका कारण केही समय कुर्नु नै न्यायोचित होला । कारबाही नै नगरी आलटाल गरे सरकारले मतियारमाथि कारबाही गर्नेछ ।

० पछिल्लो विवरणअनुसार ८ लाख करदाताले आफ्नो विवरण भरेको भनिएको छ तर ४ लाखभन्दा बढी करदाता सम्र्पकबाहिर रहेको विभागले नै जनाएको छ, सम्र्पकबाहिर हुनेलाई हुन्छ ?
–यहाँले भनेअनुसार करिब ४ लाख करदाता प्रत्यक्ष रूपमा विभागको सम्र्पकबाहिर रहेको सत्य हो । कतिले रहरमा कर फार्म भरेको भेटिएको छ, भने कोहीले अरूको नाममा फार्म खोली एक महिना कारोबार गरेर विनाजानकारी नवीकरण नगुरेको अवस्था छ । विभागले यसबारे पनि गहिरो अनुसन्धान गरेर सत्यतथ्य के हो पत्ता लगाइनेछ । नियोजित रूपमा यस्तो छली गर्नेमाथि कारबाही हुन्छ भने अञ्जानमा गर्नेलाई केही मौका दिइन्छ, तर कारबाही ऐन कानुनअनुसार सबैलाई हुन्छ ।
० त्यसो भए विभागले कसरी कारबाही अगाडि बढाएको छ ?
–विभागले को कसले कहाँको कर कार्यालयबाट आफ्नो विवरण भरेका हुन् सोही कार्यालयबाट सत्यतथ्य विवरण उठाउन निर्देशन दिएको छ । अब केही समयभित्रमा सोबारे पनि विवरण आउनेछ, विवरण र प्रतिवेदन अध्ययन गरेर विभागले कसलाई के कारबाही गर्ने चाँडै नै निर्णय गर्नेछ ।
० सुन्नमा आएको छ, ४ लाखमध्ये केही प्रतिशत ठूला व्यवसायी नै करको दायरामा नआएर अटेर गरेर बसेका छन् ?
–सम्र्पकविहीन भएकामध्ये केही ठूला व्यापारी र व्यवसायी भन्नेहरू पनि अटेर गरेर कर बुझाउन नआएको सूचना प्राप्त भएको छ । सूचनाका आधारमा विभागले पनि अनुसन्धान गरेको छ भने विभागबाटै पनि टोली खटाएर राजस्व चुहावट र छली गर्नेलाई करको दायरामा ल्याउने कार्य भइरहेको छ । कसैले पनि करको दायरबाट मुक्ति पाउन सक्दैन, त्यस्तो हुन दिने पनि छैनांै ।
० प्रसंग बदलौं, अहिले कम आय देखाई कर नतिर्ने अनि विलासी जीवन बिताउनेहरूको संख्या पनि धेरै रहेको छ, यस्तो विभागले कारबाही गर्छ त ?
– यसमा पनि विभागलगायत यसअन्तर्गतका सबै निकाय गम्भीर छन् । कम आय देखाउने तर विलासी जीवन बिताएकाहरूमाथि पनि सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान, भन्सार र आन्तरिक राजस्व विभागले विवरण संकलन गरिरहेको छ । प्राप्त केही विवरणमाथि गोप्य छानबिन भइरहेको छ भने केही नयाँ विलासी जीवन बिताउने महँगा सवारीसाधन, पौडी पोखरीसहितको निवास निर्माणलगायत अन्य विषयलाई समेत आधारमानी छानबिन गरेका छौं । यसबारे पनि विभागले चाँडै नै कर नतिर्ने तर विलासी जीवन बिताउनेमाथि कारबाही गर्नेछ ।
यस कार्यलाई सफल बनाउनकै लागि मुलुकभर साना ठूला जो कोहीले पनि कर नतिरी विलासी जीवन बिताएकाको सही सूचना प्राप्त गर्नका लागि ‘सूचना सञ्जाल गठन’ गर्न लागेको छ । यसबाट पनि कारबाही र अनुसन्धानमा थप मद्दत पुग्ने छ र विलासी जीवन बिताउनेहरू करको दायरामा आउने छन् ।
० विभागले नयाँ योजनालाई कसरी कार्यान्वयन गर्छ त ?
– हामीले करदातालाई करसम्बन्धी शिक्षा दिने, सूचना सञ्जालमार्फत सूचित गराउने भौतिक रूपमा जानकारी गराउनेलगायत आगामी भदौ १० गतेदेखि अधिकृतको नेतृत्वमा बजार अनुगमन गरिनेजस्ता कार्यक्रम तय गरेका छौं । बजार अनुगमनका क्रममा गल्ती गर्ने व्यवसायी, अन्य पेशामा आबद्ध पेशाकर्मी र विभिन्न फार्मको अनुगमन हुनेछ । विशेषगरी घरबहाल करलाई अनुगमन टोलीले ध्यान दिनेछ । यस कार्यलाई विस्तारै सबै क्षेत्रमा विस्तार गरिने योजना छ । यस योजनालाई तत्कालै कार्यान्वयन गरिनेछ ।
० निजी क्षेत्रको ठूलो लगानी रहेको मोवाइल कम्पनी ‘एनसेल’ ले समेत भन्सार छलीका सामान प्रयोग गरी करोडौं राजस्व छली गरको छ, यसमा विभागले एनसेलमाथि कस्तो कारबाही गर्छ ?
–यति ठूलो कम्पनीले नक्कली भन्सार प्रज्ञापनपत्र लिएर राजस्व छली गर्नु पहिलो त एनसेल कम्पनीलाई नै लाजमर्दो हो । तपाइँले उठाउनु भएको मुद्दा म राजस्व अनुसन्धानमा हुँदाकै हो, त्यसमा हामीले थानकोटबाट नियन्त्रणमा लिई बिगो जरिवाना गरेका छौं । फेरि गरेको भन्ने अपुष्ट सूचना आएका छन्, त्यसमा पनि हाम्रो टिम लागेको छ । जो कोहीले नियमविपरीत काम गर्छ र कर छली गर्छ भने विद्यमान ऐन कानुनभित्र रहेर कारबाही गर्ने छौं ।
० अन्तमा .......
–यहाँ एनसेलमात्र होइन, तपाइँहरूको नजरमा नपरेका व्यक्ति न सुनेका विषयमा समेत अनुसन्धान भइरहेको छ । केही दिनमा ती विषयका छली प्रकरण सार्वजनिक गर्दै जाने छौं । अनिमात्र आमसर्वसाधारणमा राजस्व विभागले सही काम गरेको महसुस हुनेछ ।

Sunday, August 26, 2012


मेलम्चीको पानी


सुरुङ निर्माण अवधि ७७ दिन थपिएपछि सन् २०१३ को अन्त्यतिर मेलम्चीको पानी राजधानी पुग्ने विश्वास गरिएको थियो। तर अहिले सन् २०१५ अघि मेलम्ची पूरा नहुने निष्कर्षमा सरकार पुगेको छ। काठमाडौंबासीले मेलम्चीको पानी पिउने सपना पूरा गर्न अझै कम्तीमा चार वर्ष कुर्नुपर्ने निश्चित छ।
१४ वर्षअघि निर्माण थालिएको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना हो- सुरुङमार्ग। यही सुरुङ निर्माणले अपेक्षित गति नलिँदा सहरबासीको पानी सपना पछाडि धकेलिँदै गइरहेको छ। चिनियाँ कम्पनी चाइना १५ ब्युरो रेल्वे कर्पोरेसनले एक हजार पाँच सय दिन (सन् २०१३ सेप्टेम्बरसम्म)भित्र अम्बाथान-सुन्दरीजल २६ किलोमिटर सुरुङ खन्ने ठेक्का पाएको थियो। उसले समय कम हुने बताएपछि ७७ दिन थपेर निर्माण अवधि सन् २०१३ डिसेम्बर पुर्याइयो। अहिलेसम्म ३६ महिना (एक हजार ८० दिन) पूरा हुँदा साढे चार किलोमिटर सुरुङ निर्माण मात्र पूरा भएको छ। बाँकी चार सय ८६ दिनमा २१.५ किमि सुरुङ बनाउनुपर्ने चूनौती थपिएपछि ठेकेदारले आयोजनालाई स्पष्ट भनेको छ- तीन वर्षयता कसैगरी पनि सुरुङ निर्माण सकिन्न।
'चिनियाँ कम्पनीले २०१५ डिसेम्बरसम्म सुरुङ खनिसकेर हस्तान्तरण गर्ने वचन दिए पनि हामीलाई शंका छ,' आयोजनाका कार्यकारी निर्देशक कृष्ण आचार्य भन्छन्, 'काम गर्ने यही पारा हो भने उसले प्रतिवद्धता जनाएको समयमा पनि पूरा हुँदैन।' उनका अनुसार अहिलेसम्म १८ किमि सुरुङ खनिसक्नुपर्थ्यो। अहिलेसम्म टनेल सुरुङसमेत ६ हजार एक सय ३६ मिटर निर्माण भए पनि पानी बहने सुरुङ चार हजार ६ सय ८६ मिटर मात्रै खनिएको छ। 

चार टनेलको सात स्थानबाट निर्माण गरिरहेको कम्पनीले सुन्दरीजलबाट दुई हजार एक सय २५, सिन्धुबाट एक हजार एक सय ६४, ग्याल्थुमबाट दुई सय ९४ र अम्बाथानबाट एक हजार एक सय तीन मिटर पानी सुरुङ खनेको छ। टनेलसहितको सुरुङ लम्बाइ साढे २७ किमि हो। पानी सुरुङको लम्बाइ २६ किमि हुनेछ। चिनियाँ कम्पनीले यही गतिले सुरुङ खन्ने हो भने अझै दशक लाग्ने उनले बताए। 
आयोजनाका कार्यकारी निर्देशक आचार्य चिनियाँ कम्पनीको व्यावसायिक क्षमतामा प्रश्न उठेको बताउँछन्। चीनमा सरकारी काम मात्र गरेको कम्पनीसँग अनुभव कम रहेको उनको ठम्याइ छ। 'कुन सामान कहाँबाट, कसरी ल्याउनै पत्तै पाउन सकेन,' उनले भने, 'पर्याप्त सामग्री अझै स्टोर गर्न सकेको छैन।' भारतबाट सिमेन्ट ल्याउन नसक्दा साउनमा दुईपटक काम रोकिएको थियो। 
कम्पनीले भ्याटबाहेक तीन अर्ब ८० करोड रुपैयाँमा ठेक्का सकारेको थियो। सन् २००९ अप्रिल २१ मा साइड पाएको कम्पनीले एक वर्षपछि मात्र निर्माणको काम थालेको थियो। २०६६ साउन १९ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सुरुङमार्गको शिलान्यास गरेका थिए। अस्थिर राजनीति, सरकार र कर्मचारी परिवर्तन भइरहने प्रवृत्तिले बाधा पुगेको भन्दै कम्पनीले सुरुको डेढ वर्ष कामै गरेन।  तीन वर्षपछि कम्पनीले पूर्णसंख्या (चार सय आठ)मा कामदार लगाए पनि निर्माणले तीव्रता लिएको छैन। सुरुदेखि नै सातै स्थानबाट खन्ने योजना रहे पनि अढाइ वर्षपछि मात्र थालिएको हो। वार्षिक ९ किलोमिटरका दरले सन् २०१३ सेप्टेम्बरमा सुरुङमार्ग सम्पन्न गर्ने लक्ष्य थियो। 
आयोजनाले दैनिक कम्तिमा २० मिटरका दरले महिनामा ६ सय मिटर खन्न कम्पनीलाई आग्रह गरिरहेको आचार्यले बताए। 'दिनमा २२ मिटरसम्म खने पनि कुनै दिन शून्य हुन्छ,' उनले भने, 'एकै रफ्तारमा काम भएको छैन।' 
स्थानीयस्तरमा विगतमा जस्तो अवरोध छैन। सबैको धारणा मेलम्चीप्रति सकारात्मक बन्दै गएकाले काम गर्ने वातावरण उपयुक्त छ। गत जेठ २९ गते स्थलगत भ्रमणमा आएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आयोजनाको निर्माणप्रति तीव्र असन्तुष्टि जनाउँदै छिटो सक्न निर्देशन दिएका थिए। विभिन्न बाहाना गरेर निर्माणमा अब पनि ढिलाइ गरे, त्यसको दोष सम्बद्ध अधिकारी र ठेकेदारले लिनुपर्ने चेतावनीसमेत उनले दिएका थिए। 
'म यहाँ रमिता हेर्न आएको होइन,' उनले भनेका थिए, 'मेलम्चीलगायत राष्ट्रिय गौरवका आयोजना छिट्टै सफल बनाउन उच्चस्तरीय संयन्त्र बनाइने छ। संयन्त्रले आयोजनाहरूको प्रत्यक्ष अनुगमन गरी व्यवधान हल गर्नेछ।' तर उनले भनेजस्तो संयन्त्र अझै बनेको छैन। 
सुरुङ निर्माणले गति लिन नसकेपछि आयोजनाका तत्कालीन कार्यकारी निर्देशक हरि शर्मा नेतृत्वको टोली पोहोर भदौमा ठेकेदार कम्पनीको बेइजिङस्थित मुख्यालयमा डेलिगेसन गएको थियो। हेनानस्थित कम्पनीको इन्टरनेसनल इन्जिनियरिङ डिभिजनका प्रेसिडेन्टले कमिकमजोरी स्वीकारेर सच्याउने प्रतिवद्धतासमेत जनाएका थिए। आशंकाकै बीच आयोजनाले सुन्दरीजल पुग्ने पानी राजधानीमा वितरण गर्न पानी प्रशोधन केन्द्र निर्माणको प्रवि्र्कयाअघि बढाएको छ। प्रशोधन केन्द्र निर्माण गर्न आयोजनाले केही समयअघि निकालेको टेन्डरमा तीन विदेशी कम्पनीले फारम दर्ता गराएका छन्। चीनको सिडब्लुई, भारतको भिएसपेक वजाज र जापानको हिटाटिस कम्पनीले हालेको प्रस्तावको मूल्यांकन भइरहेको आयोजनाले जनाएको छ। 

'चिनियाँ कम्पनीले सन् २०१५ डिसेम्बरसम्म सुरुङ हस्तान्तरण गर्ने बताएकाले प्रशोधन केन्द्र यसै समयमा बनाइसक्ने उद्देश्य लिएका छौं,' कार्यकारी निर्देशक आचार्यले भने, 'चिनियाँले प्रतिवद्धता पूरा गरे सन् २०१६ को सुरुदेखि नै राजधानीबासीले मेलम्चीको पानी खान पाउनेछन्।' सुन्दरीजल पुगेको पानी दोस्रो चरणमा राजधानीमा वितरण गरेपछि तेस्रो चरणमा सोही सुरुङमार्फत यांग्री र लार्के खोलाबाट थप ३४ करोडसमेत दैनिक ५१ करोड लिटर पानी लैजाने सरकारको दीर्घकालीन योजना छ। अहिले पाइपलाइन आयोजनाका रूपमा राखिएका यी दुई खोलाको प्रारम्भिक सर्वेक्षणको तयारीसमेत भइरहेको छ। आयोजनाले यांग्री र लार्केआसपास १० गाविसबासीलाई १० करोड रुपैयाँको सात वर्षे विशेष कार्यक्रम स्वीकृत गरेको छ। सामाजिक उत्थान कार्यक्रमकै मोडेलमा सञ्चालन हुने यो कार्यक्रममा लागि यो वर्ष एक करोड रुपैयाँ निकासा भइसकेको छ।
बरुवा र भोताङ गाविस हुँदै बग्ने लार्के, यांग्रीको पानी मेलम्चीको प्रस्तावित मुहानस्थल हेलम्बुको अम्बाथानमा मिसाएपछि त्यही सुरुङबाट राजधानी पुग्छ। यी दुई नदी अम्बाथानबाट दक्षिण-पूर्वमा छन्। यांग्रीबाट ९.७ र लार्केबाट १.७ किमी सुरुङ बनाउँदा यी दुई खोलाको पानी अम्बाथानमा मिसिन्छ। मेलम्चीले राजधानीको ४० लाख जनसंख्यालाई पानी खुवाउने विश्वास लिइएको छ। 

एडिबी मुख्य दाता रहेको आयोजनाको कुल लागत तीन सय १७ मिलियन अमेरिकी डलर छ। सन् २०१३ को डिसेम्बरमा एडिबीसँगको सम्झौता सकिँदैछ। आयोजनामा हालसम्म करिब ७ अर्ब रुपैया"भन्दा बढी खर्च भइसकेको छ।

Wednesday, August 22, 2012

एनसेलले यूपिएस सामानको भन्सार चोरी पैठारी गरेको खुलासा

काठमाडौ, ६ भदौ। नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो मोवाइल सेवा प्रदायक कम्पनी एनसेल भन्सारबाट सामान चोरी पैठारीमा संलग्न रहेको तथ्य खुलेको छ।  प्राप्त तथ्य जानकारी अनुसार एनसेलले यूपिएस लगायतका सामानको भन्सार चोरी पैठारी गरेको खुलेको हो।
भन्सार चोरी गरेको प्रमाणित भएपछि राजस्व न्यायाधिकरण काठमाडौले स्पाइस नेपाल प्रालि (एनसेल)लाई ४० लाख जरिवाना गर्ने फैसला सुनाएको छ। भन्सार चोरी गरेको प्रमाणित भएपछि राजस्व अनुसन्धान विभागले यसअघि गरेको निर्णयलाई सदर गर्दै न्यायाधिकरणले सो फैसला गरेको हो।
२०६६ जेठमा राजस्व अनुसन्धानले गरेको अनुसन्धानका क्रममा तत्कालिन मेरो मोवाइल र हालको एनसेललाई विगो वरावरको जरिवाना समेत गरि चालिस लाख भराउने निर्णय भएको हो। विभागको निर्णय उपर एनसेलले पुनरावेदन गरेपनि राजस्व न्यायाधिकरणले २०६५असोज १९ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जारी गरेको प्रज्ञापनपत्र भन्दा फरक पर्ने सामान राजस्व अनुसन्धान अस्थायी चेकपोष्ट  थानकोटले नियन्त्रणमा लिएको जनाउँदै एउटै सामानको फरकफरक प्रज्ञापनपत्र हुनुलाई भुलवश मान्न नहुने जिकिर गर्दै नियतवश भन्सार चोरी पैठारीमा संलग्न भएको ठहर गरेको हो।
२०६८ फागुन १८ गते राजस्व न्यायाधिकरणका अध्यक्ष दीपकुमार कार्की र सदस्यद्धय तारादेव जोशी र भगिराज इङनामको इजलासले फैसला गरेको करिव ६ महिनापछि प्राप्त निर्णय अनुसार यसअघि विभागका महानिर्देशक राममणी दुवाडीले गरेको निर्णयलाई नै सदर गरिएको छ। नैपालकै नीजि क्षेत्रको सबैभन्दा ठूलो मोवाइल सेवा प्रदायक कम्पनी एनसेल विरुद्ध भएको यस फैसलाले एनसेल राजस्व छली र भन्सार चोरी पैठारीमा गम्भीर रुपमा संलग्न रहेको प्रमाणीत गरेको छ। तर सम्वन्धित निकाय भने यसतर्फ कत्तिको चनाखो छन् चासोको विषय बनेको छ। कुनै पनि नेपाली सञ्चार माध्यमको ध्यान पुग्न नसकेको एनसेलको भन्सार चोरी पैठारी प्रकरणले एनसेलले भन्ने गरेको व्यावसायिक सामाजिक उत्तरदायित्व पनि देखावटी रहेको पुष्टी भएको छ। जानकारहरु एनसेल यस वाहेक अन्य थुप्रै घोटालामा संलग्न रहेको दावी गर्छन।
एनसेलले भारतबाट ५२४ थान ब्याट्री ल्याउँदा भन्सार चोरी पैठारी गरेको ठहर भएको हो। त्रिभुवन  अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा एउटा प्रज्ञापनपत्र  देखाएर गोदाममा राखिएका सामान विराटनगर लाने क्रममा काठमाडौको थानकोट चेकपोष्टमा फरक प्रज्ञापनपत्र पेश गरेपछि राजस्व अनुसन्धान विभागले थप अनुसन्धान गरेको थियो। एनसेलले भन्सार छलेर आयात गरेका ५२४ थानमध्ये ९० थान यूपिएस ना २ ख ८६१८ र ना २ ख ९२७८ नम्वरको ट्रकमा राखेर विराटनगरमा पठाएको थियो। यहि सामान थानकोट चेकपोष्टले पक्राउ गरि अनुसन्धान गर्दा एनसेलले पैठारी गरेको सामान र विभागले वरामद गरेको सामानको भौतिक परिक्षणमा तालमेल नमिलेपछि विभागले कार्वाही अघि वढाएको थियो। अनुसन्धानको क्रममा एनसेलले विभागलाई आयात गरिएको सामानको प्रज्ञापनपत्र समेत समयमा उपलव्ध गराउन सकेको थिएन। यसैलाई आधार मान्दै एनसेलले यूपीएस समेतका सामानहरु भन्सार ऐन २०६४को दफा ३८ वमोजिम चोरी पैठारी गरेको ठहर गर्दै सोही ऐनको दफा ५७(१) वमोजिम ४० लाख विगो वरावर जरिवाना गरि चोरीको सामान ढुवानी गर्ने चालकलाई ५ हजार जरिवाना गरि एनसेललाई कार्वाही गरेको थियो।
विभागमा र राजस्व न्याधिकरणमा समेत एनसेलले आफ्ना कर्मचारीको मानवीय भूलका कारणले प्रज्ञापनपत्र फरक रहेको दावी गरेपनि न्यायाधिकरणले त्यसमा सहमत नभइ नियतवश नै राजस्वमा हानी पुर्‍याउने मनसाय रहेको ठहर गर्दै विभागले गरेको निर्णयलाई नै सदर गरेको छ।
यस सम्वन्धमा राजस्व न्यायाधिकरणले गरेको फैसला====================
 यसअघि नेपाली दुरसंचार क्षेत्रको नियमन एवं अनुगमन गर्ने निकाय नेपाल दुरसंचार प्राधिकरणको जानकारी बिनै एनसेलले आफ्नो बहुसंख्यक शेयर टेलियासोनेरा नामक बहुराष्ट्रिय कम्पनिलाई वेचेको समेत खुलासा भइसकेको छ।

Tuesday, August 21, 2012

जलमाफियाको पहुचमा ‘जलविद्युत’

रोशन कार्की
काठमाडौं, भदौं ४ । 
लामो समयदेखि देशका अधिकाशं साना तथा ठूला खोलालाई आफ्नो नाममा दर्ता गराई झोलामा खोला बोक्ने गलत प्रथालाई सरकारी संयन्त्रबाटै समर्थन गरेको खुलासा भएको छ । विभिन्न व्यक्ती र सस्थाको नाममा खोला÷खोल्सा ओकटी दर्ता गराउने र समयमा जलविद्युत उत्पादन नरि लाइसेन्सको मोलमोलाई गर्ने प्रथाले आक्रान्त परेको जलविद्युत आयोजनामा पछिल्लो समयमा सरकारले गरेको निर्णयका कारण जलमाफियाको पहुँचमा पुगेको छ ।
लाइसेन्स लिई तोकीएको न्यूनतम कामसमेत पुरा नगर्ने धेरै आयोजनामध्ये सरकारले गत असार तेस्रो साता लाइसेन्स नै खारेजी गरेको ‘नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी’ लाई नै पुनः लाइसेन्स दिने उर्जा मन्त्रालयको निर्णयपछि नेपालका अधिकाशं जलविद्युत आयोजना जलमाफियाको अधिनमा रहेको प्रमाणीत भएको छ ।
प्रधानमन्त्री डा.बाबुराम भट्टराईले २ सय १६ मेगावाट Ôमताको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको अनुमतिपत्र आफैले रद्ध गर्न निर्देशन दिएको दुई महिना नबित्दै उल्ट्याउने निर्णयमा पुग्नुले जलमाफियाले सरकार नै हल्लाउन सक्दा रहेछन् भन्ने छर्लङग हुन पुगेको छ । प्रधानमन्त्री डा. भट्टराईको निर्देशनमा गरेको यस्तो निर्णयले नेपालको जलविद्यत् विकास कसरी अगाडि बढिरहेको रहेछ भन्ने पनि प्रष्ट भएको छ । त्रिशुली–१ मा गरिएको कामको प्रकृति अनुसार सरकारले विगतमा गरेका निर्णय अनुमतिपत्र ओगटेर बस्नेको दबाबमा उल्ट्याउनु पर्ने बाटो समेत यस निर्णयले खोलिदिएको छ । ऊर्जा मन्त्रालयले अनुमतिपत्र उल्ट्याउनका लागि मन्त्रीपरिÈद्मा पेस गरको थियो । उक्त विÈय मन्त्रीपरिÈद्बाट अस्वीकृत हु“दा अर्थ समितिमा पठाइएको थियो । तर, प्रधानमन्त्रीको ठाडो निर्देशनले लाइसेन्स खारेजी निर्णयलाई उर्जामन्त्रालयले उल्ट्याएको छ ।
नेपालको जलविद्युत् Ôेत्रमा नेपालको नभइ अन्तर्राष्ट्रिय निकायको प्रत्यÔ हस्तÔेप रहेको यस क्षेत्रमा सरकारले समेत गैरकानूनी तवरबाट झोलामा खोला बोक्नेलाई हौशला दिदै आएको प्रष्ट भएको हो । उता ऊर्जामन्त्रालयले भने अन्तर्राष्ट्रिय दातृ निकासस“गको सम्बन्ध सुमधुर बनाउन अघिल्लो निर्णय परिवर्तन गर्न बाध्य भएको जनाएको छ । विदेशी सिंगो राष्ट्रले नभइ विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोÈजस्ता विदेशी निकायले दबाब दिएर सरकारले आफ्नो निर्णय उल्ट्याएको मन्त्रालयका एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताए । यसरी शक्तिको आडमा आयोजनाको अनुमतिपत्र ओगटेर बसेको नेपाल वाटर एन्ड इनर्जी कम्पनी लिमिटेडमा विके प्रधानाङगका बाबु अध्यक्ष रहेका छन् । 


          झोलामा खोला बोक्नेलाई सरकारी समर्थन
प्रधानाङगसंग पटक–पटक सम्र्पक गर्दापनि उनी सम्र्पकमा आउन चाहेनन् । उनले राजनीतिक शक्तिको आड्मा रही करोडौ रुपैयाँ खर्चगरि खारेज गरिएको लाइसेन्स पुन आफ्नो कम्पनीलाई दिन दवाव दिदै आएको थियो । मापदण्ड पूरा नगरेको आधारमा अनुमतिपत्र रद्ध गरिएको थियो । उक्त प्रकृया पूरा गरेर सार्वजनिक गरेको भए पनि अनुमतिपत्र पुनः दिन मिल्थ्यो, तर, सरकारले त्यस्तो कुनै कुरा नगरि सोही कम्पनीलाई पुन लाइसेन्स दिने निर्णय गर्दा आयोजना निर्माण नगर्नेको ठूलै लाइन लाग्ने उर्जाविज्ञहरुको भनाई रहेको छ । उक्त आयोजना कोरियन सरकारको सहयोगमा निर्माण हुने भएकोले कोरियन सरकार, विश्व बैंक आईएफसीलगायतका अन्तर्राष्ट्रिय निकायको निरन्तर दबाब आएको ऊर्जा मन्त्रालय जनाएको छ । गलत प्रकृया हाबी हु“दा सरकारले जलविद्युत् विकास सम्बन्धी अन्य नीति नियमको पालना नगरी विद्युत् ऐन–२०४९ लाई टेकेको भन्दै दफा ३५ मात्र हेर्ने गरेको पाईएको छ ।
विद्युत् ऐनको दफा ५ को उपदफा (१) विद्युत्को सर्वेÔणको दिइने अनुमतिपत्रको अवसध बढीमा ५ वर्Èको हुने उल्लेख छ । ऐनकै दफा ३५ मा सरकारले करार गरी विद्युत् उत्पादन, प्रसारण वा वितरण गर्न सक्ने यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि सरकारले कुनै व्यक्ति वा संस्थासित करार गरी सोही करारमा उल्लेखित शर्तहरुको आधारमा विद्युत् उत्पादन, प्रसारण वा वितरण गर्न गराउन सक्नेछ, भन्ने उल्लेख छ ।
नेपाल वाटर एन्ड इनर्जी कम्पनीले भने तोकिएको अवधिभित्र वातावरणीय प्रभाव मूल्यांकन, वित्तीय व्यवस्थापन तथा कनेक्सन एग्रीमेन्टलगातका काम गरेको छैन । सरकारको निर्देशनअनुसार मन्त्रालय र विद्युत् विकास विभागको निर्णयले गत असार २१ गते उक्त कम्पनीको अनुमतिपत्र रद्ध गरेको थियो । नेपाल वाटर एन्ड इन्र्जी कम्पनीको अनुमतिपत्र २०६८ पुसमा सकिएपछि विभागले ३५ दिनभित्र कनेक्सन एग््रा्रीमेन्ट, वित्तीय व्यवस्थापन र वातावरणीय प्रभाव मूल्यांकनको ३÷३ प्रति बुझाउन पत्र काटेको थियो । सरकारले आर्थिक समृद्धि कार्ययोजना २०६८ ल्याएपछि अनुमतिपत्र ओगटेर बस्ने प्रवद्र्धकलाई कारबाही गर्ने निर्णय गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यस्ता प्रवद्र्धकलाई कारबाही गर्न निर्देशन दिइसकेको थियो । नेपाल वाटर एन्ड इनर्जी कम्पनीले यस अघि पनि विभिन्न कम्पनी खडा गरी अनुमतिपत्र विदेशी कम्पनीलाई बिक्री गर्दै आएको विभागले जानकारी दिएको छ । कम्पनीका मुख्य व्यक्ती वृद्धावनमान प्रधानाङगले यस अघि ४ सय मेगावाटको तल्लो अरुण बास पावरलाई, ६ सय मेगावाटको माथिल्लो मस्र्याङदी भारतीय कम्पनी जीएमआरलाई र १४ मेगावाटको मोदी चिनिया“ कम्पनीलाई बेचेको विभागले जानकारी दिएको छ । यसरी रद्ध भइसकेका आयोजना मन्त्रीपरियाद्को निर्णयबाट दिने हो भने २९ वटा आयोजनाको निर्णय उल्ट्याउनुपर्छ । सरकारको यस्तो निर्णयले जलविद्युत् विकाससम्बन्धी ऐन तथा नीति–नियम नै निÈप्रभावी हुने सम्भावना बढ्दै गएको छ ।

Monday, August 20, 2012


थप ७ हजार व्यवसायीमाथि करछलीको आशंकामा छानबिन

रोशन कार्की
काठमाडौं, भदौ ३ ।
 
मुलुकका विभिन्न नाकाबाट आयात÷निर्यातका साथै अन्य आयमूलक कार्यमा संलग्न व्यवसायीबाट करछली कार्य नियन्त्रणमा सरकार असफल भएको छ । विभिन्न पेशा विशेषगरी व्यवसायीले नक्कली बिलबिजकबाट करोडौं करछली गरेका छन् । अन्य व्यक्तिका नाममा व्यावसायिक व्यापारिक फार्म खोली प्रत्येक वर्ष बुझाउनुपर्ने करसमेत नबुझाई विलासी जीवन बिताएका व्यवसायी र अन्य पेशाकर्मीबाट थप करछली हुँदै आएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
यसैबीचमा नक्कली बिलबिजक प्रयोग गरी कर छलेको आशंकामा विभागले थप ७ हजार भन्दाबढी व्यवसायीमाथि गोप्यरूपमा अनुसन्धान अघि बढाएको छ । विभागका अनुसार हालसम्ममा ५ सयवटा ठूला र मध्यमस्तरका व्यावसायिक फार्म तथा ६ हजार ५ सय साना फार्मले राजस्व छलेको आशंकामा अनुसन्धान अघि बढाएको हो ।
विभागका महानिर्देशक टंकमणि शर्माले गत आर्थिक वर्षमा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलबिजकमार्फत ६ अर्ब ६० करोड रुपैया“को राजस्व छल्ने ५ सय १८ व्यावसायिक फार्ममाथिको कारबाही सकिन नपाउँदै विभागमा प्राप्त गोप्य सूचनाका आधारमा थप व्यवसायीमाथि अनुसन्धान थालिएको बताए । करिब ५ सय ठूला र मध्यमस्तरका व्यावसायिक फार्मले नक्कली बिलबिजक प्रयोग गरेर भ्याट, अन्तशुल्क तथा आयकर गरी अर्बौं राजस्व छलेको हुनसक्ने विभागको प्रारम्भिक अनुमान छ ।
छानबिनमा तानिएका व्यावसायिक फार्ममा ठूला र प्रतिष्ठित व्यावसायिक घरानासमेत रहेको बताइएको छ । गोप्यरूपमा विभागमा प्राप्त सूचनाका आधारमा विभिन्न स्थानमा कार्यरत व्यवसायी फार्म र व्यक्तिमाथिसमेत अनुसन्धान सुरु गरिएको छ । प्राप्त सूचना सही या गलत के हो त्यो अनुसन्धानबाट खुल्ने भएकाले तत्कालका लागि विभागले नामावली गोप्य राखेको छ ।
विभागले वार्Èिक करोडको कारोबार गर्ने तर न्यूनमात्र कारोबार गरेको भनेर झुटा विवरण पेस गर्ने ६ हजार ५ सय व्यावसायिक फार्ममाथि अनुसन्धान भइरहेको जनाएको छ । वार्Èिक २० लाख रुपैया“सम्मको कारोबार गर्ने फार्मले भ्याटमा दर्ता हुनुपर्ने नियम भए पनि अधिकांश सो परिमाणमा कारोबार नगरेको भुटो विवरण पेश गरेर भ्याट छल्दै आएको भेटिएको महानिर्देशक शर्माले जानकारी दिए ।
यसरी दैनिक रूपमा हुने करछली नियन्त्रणमा आउनुको साटो झन् वृद्धि हँुदै जानथालेपछि सरकारले करदातालाई अनुशासनमा राख्नका लागि नियन्त्रणकारी रणनीतिसमेत अवललम्बन गर्ने महानिर्देशक शर्मा बताए ।


करछली नियन्त्रण गर्न सरकार असफल

उनका अनुसार सरकारले राजस्व छली निरुत्साहित गर्न अहिलेका कर कानुन र ऐनकै आधारभित्रै रहेर संरचना तथा प्रणालीलाई समायोजनका साथै सुधार गरिँदै लगेर करदातालाई नियन्त्रणमा राखिनेछ । आन्तरिक राजस्व विभागले कर प्रणाली सुधारका लागि पहिलो चरणको अध्ययनसमेत सकेको छ । सो अध्ययनले दिएका सुझावलाई आउ“दो आर्थिक वर्Èको बजेटमार्फत कार्यान्वयन गरिने महानिर्देशक शर्माले बताए ।

स्वयंकर निर्धारण प्रणालीबाट फाइदा उठाउ“दै करदाताले आफूअनुकूल प्रयोग गरेको पाइएपछि विभागले करमा दर्तादेखि नै सुधार गर्न लागेको उनले जानकारी दिए । स्वयंकर निर्धारण प्रणालीले स्वअनुशासन र कानुनको उच्च परिपालना भएका बेला नियन्त्रण गर्न सक्छ, हाम्रो समाज स्वअनुशासित नभई सकेको अवस्थामा यस्तो नियन्त्रण जरुरी छ– महानिर्देशक शर्माले भने । अहिले भ्याटमा करिब ४५ प्रतिशत करछली हुनेगरेको छ । मुलुकको अर्थतन्त्रमा ३८ देखि ४५ प्रतिशत अनौपचारिक कारोबार रहेको अनुमानसमेत अनुसन्धानबाट पत्ता लागेको विभागले जनाएकोे छ ।
करका अन्य Ôेत्रको तुलनामा आयकर, अन्तशुल्क तथा भ्याटमा बढी करछली भएको महानिर्देशक शर्माले बताउँदै आएका छन् । उनले करदातालाई भार नपरोस् भनेर विभागले कर कार्यान्वयनलाई धेरै सरल बनाउँदै ल्याएकोसमेत दाबी गिरे । ‘अब यही कानुनमा रहेर चुहावट नियन्त्रणका सबै उपाय अवलम्बन गरिनेछ,’ महानिर्देशक शर्माले भने । महानिर्देशक शर्माकै संयोजकत्वमा गठित समितिले कर प्रणाली सुधारका लागि सबै पÔमा रहेका त्रुटि र सुधारका पÔबारे प्रारम्भिक अध्ययन गरेको छ । अध्ययनमा विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी), अन्तर्राष्ट्रिय मुद्रा कोÈ (आईएमएफ), यूएसएड, जर्मन सहयोग नियोगसमेतको सहभागिता रहेको थियो । भ्याटमा नक्कली बिलबिजक र नक्कली फार्म खडा गरी छली गरेको पाइएपछि प्रणालीमा सुधार गर्न लागिएको विभागले जनाएको छ ।
कर प्रशासनको दायरामा आइसकेपछि करदाताको सम्पूर्ण अनुगमनको जिम्मा प्रशासनमा हुने भएकाले करदाताको दर्तादेखि नै विभागले कडाइ गर्ने भएको हो । करदातालाई सजिलै दर्ता गराउ“दा नक्कली फार्मको दर्ता बढेकाले कारोबारको सम्पूर्ण विवरण र पृष्ठभूमि हेरिने महानिर्देशक शर्माले बताए ।
विभागले राजस्व संकलन, अनुगमन, अनुसन्धान, सूचना–प्रविधिको प्रयोग, सुधार र कारबाहीलगायत सबै पÔमा एकैसाथ काम गरिरहेको उनले जानकारी दिए । गत आर्थिक वर्षको माघदेखि विभागले सुरु गरेको एकीकृत बजार अनुगमनबाट पनि करछलीका धेरै प्रवृत्ति फेला परेको शर्माले बताए । हालसम्म करिब ७ हजार करदाताको अनुगमन गरिएको छ । यीमध्ये ७ सय करदाता जरिवानामा परेका छन् ।
करदाताले दिएको विवरणस“ग मेल नखाने करिब १ हजार ७ सय करदाताको विभागले अनुसन्धान गरिरहेको छ । तीमध्ये ५ सय ६० करदातालाई अनुसन्धानका लागि विभिन्न आन्तरिक राजस्व कार्यालयमा पठाइएको छ । अघिल्लो आर्थिक वर्Èको कारोबार विवरण घटीबढी देखिएपछि अनुसन्धानमा परेका तिनै फार्महरू चालु वर्Èको कारोबार विवरणमा पनि घटीबढी देखिएपछि विभागले विशेÈ अनुसन्धान थालेको हो ।

Sunday, August 19, 2012

८० करोडको १३ प्रतिशत भ्याट, २५ प्रतिशत आयकर र त्यति नै जरिवाना तथा वर्षको १५ प्रतिशतका दरले व्याजसमेत हिसाव गर्दा ८० करोडको ७५ प्रतिशत सरकारलाई तिर्नुपर्दछ, । त्यो भनेको कुल ६० करोड रुपैयाँ हो । भारतबाट ४० वर्ष अघि शुन्य रुपैयाँ लिएर नेपाल आएका शंकरलाल गोल्यानका नेपालमा अहिले डेढ दर्जन उद्योग छन् । डेढ दर्जन उद्योगमध्ये जगदम्बा स्टिल सबैभन्दा ठूलो कम्पनी हो ।
चौधरी समूह 

चाधरी समूह अन्र्तगत विनोद चौधरीले नेतृत्व गरिरहेका तीनवटा कम्पनी र अरुण चौधरीले नेतृत्व गरिरहेको एउटा कम्पनीको पनि नक्कली भ्याट विल प्रकरण्मा छ । चौधरी समूहको सिजि इम्पेक्स र सिजी इलेक्ट्रोनिक्सबाट छ करोड रुपैयाँ बराबरको नक्कली विल फेला परेको छ । चौधरी समूहकै सिजि फुड पनि नक्कली भ्याट विल प्रकरणमा छ । आन्तरिक राजस्व विभाग स्रोतका अनुसार छानविनको क्रममा अन्तिम चरणमा पुगेका पाँच कम्पनीमध्ये सिजी फुड पनि छ ।
सिजी फुडबाट पनि करोडौं रुपैयाँका नक्कली भ्याट विल फेला परेका छन् । नेपालबाहिर दर्जनौं होटल खोल्ने भनेर चर्चामा आएको चौधरी समूहको सिजि इलेक्ट्रोनिक्स र सिजी इम्पेक्सले नेपालमा एलजी, सिजी कम्पनीका विद्युतीय उपकरण् विक्री गर्दै आएको छ । उता सिजी फुड भने वाईवाइ चाउचाउको उत्पादन कम्पनी हो । सभासद् चौधरीका भाई अरुण चौधरीको अरुण इन्टरकन्टिनेन्टलको पनि १६ करोड रुपैयाँको नक्कली भ्याट विल फेला परेको छ । विभागले आठ वटा सवारीसाधनको अधिकृत विक्रेताको छानविन गरेको थियो । आठ कम्पनीबाट २० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ । सबैभन्दा ठूलो अरुण इन्टरकन्टिनेन्टलको हो, विभाग स्रोतले बतायो ।
गोल्छा समूह 
दिवाकर गोल्छाको नेतृत्वमा रहेको गोल्छा समूह अन्र्तगतको हिम इलेक्ट्रोनिक्सको पनि छ करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ । हिम इलेक्ट्रोनिक्सको जिम्मा गोल्छा समूहका उदियमान निर्देशक शेखर गोल्छाको नेतृत्वमा छ । गतवर्ष गोल्छा समूहकै अर्को र्फम नियोटेरिक पनि राजस्वको अनुसन्धानमा दोषी पाइएको थियो । यही कम्पनीले अगि्रम मिती राखेर भ्याट विल जारी गरेपछि राजस्वले गोल्छा समूहलाई शंकाको घेरामा राखेको थियो । यहींबाट आन्तरिक राजस्व विभागले नक्कली भ्याट विलको कारोवार भैरहेको हुनसक्ने अनुमान गरेको थियो । तर पछि पुतलिसडकको एउटा र्फममा छापा मार्दा दुई सयभन्दा बढी कम्पनीको नक्कली भ्याट विल फेला पारेपछि मंसिरबाट भ्याट छलिसम्वन्धी अहिलेसम्मकै ठूलो अपरेशन सुरु गरिएको थियो ।
विशाल समूह
चर्चामा नआउने तर ठूलो व्यवसायिक सञ्जाल भएको विशाल समूहको युनाइटेड डिष्ट्रव्युटर पनि नक्कली भ्याट विल प्रकरण् फसेको छ । आन्तरिक राजस्व विभागले छानविनका क्रममा मल्टिनेशनल कम्पनीको सूचीमा राखेको युनाइटेड डिष्ट्रव्युटरबाट १० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ । युनाइटेड डिष्ट्रव्युटरले भारत लगायत तेस्रो मुलुकबाट सौन्दर्य तथा दैनिक उपभोग्य सामान आयात गरेर थोक बिक्री गर्दै आएको छ । राजनीतिक रुपमा अर्थमन्त्रीसँग पहुँच भएको यो समूहले बैंक तथा वित्तिय संस्था, इन्सुरेन्स कम्पनी, ट्रेडिङ हाउस लगायतमा लगानी छ । विशाल समूहका अध्यक्ष जेपि अग्रवाल एनआईसी बैंकका अध्यक्ष समेत हुन्, समूहका उपाध्यक्ष टिआर अग्रवाल र निर्मल अग्रवाल एनआईसीमा बोर्ड सदस्य छन् । उता यही समूहका उपाध्यक्ष त्रिलोकचन्द अग्रवाल भने बैंक अफ एशियाका अध्यक्ष छन् भने अनुज अग्रवाल बोर्ड सदस्य छन् ।
स्रोतका अनुसार नक्कली भ्याट विल प्रकरणमा छानविनका लागि दोस्रो सूचीका ४ सय ८० र्फममा विशाल समूहका अन्य र्फम पनि छन् । वरुण समूह गतवर्ष नेपालमा पहिलोपटक फुड चेन केएफसी र पिज्जा हट भित्रयाएर चर्चामा आएको भारतीय लगानीकर्ता रविजैन ताजपुरीयाको कम्पनी आरजे कर्पको र्फम वरुण डेभलपर्स पनि नक्कली भ्याट विल प्रकरणमा छ । यसैको प्यारेन्ट कम्पनी आरजे कर्पले नेपालमा पेप्सीको उत्पादक वरुण वेभरेज र केएफसी पिज्जाहटमा लगानी गरेको छ । वरुण डेभलपर्सले धापासी काठमाडौंमा पार्कभ्यु होराइजन नामका सुविधासम्पन्न बंगला बनाएर विक्री गरेको छ ।
एउटै बंगलालाई  एक करोड १९ लाखदेखि दुई करोड ५३ लाखसम्म विक्री गर्ने वरुण डेभलपर्सको १५ करोड रुपैयाँको नक्कली भ्याट विल फेला परेको छ । यो कम्पनीका नाममा झण्डै ११ करोड रुपैयाँभन्दा बढी कर निर्धारण गरिएको छ ।
चिनियाँ ठेकेदार नक्कली भ्याट विल प्रकरणमा 
चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी पनि फसेको छ । चमेलिया जलविद्युत आयोजनाको सिभिल निर्माणमा ठेक्का पाएको चाइना गेजुवा वाटर एण्ड पावर गुरप कम्पनीले भेरिएशन बढाउनका लागि नक्कली विल खरिद गरेको स्रोतको दावी छ । झण्डै ६० करोड रुपैयाँको नक्कली भ्याट विल किनेर परियोजनाले भेरिएशन बढाएको देखिन्छ । तर खर्चमा देखाउन भ्याट विल किने पनि चमेलियाले भ्याट भने तिरेको छैन । युनाइटेड विल्डर्स यो सूचीमा युनाईटड विल्डर्स पनि परेको छ ।
अनामनगरमा रहेको मार्फा हाउसबाट ठेकेदारी धन्दा गर्ने सकुन्तलाल हिराचनको कम्पनी युनाइटेड विल्डर्स पनि राजस्व छलीमा फेला परेको ठूलो कम्पनी हो । स्रोतका अनुसार युनाइटेड विल्डर्सबाट १३ करोड रुपैयाँको नक्कली भ्याट विल फेला परेको छ । त्रिपुरेश्वरमा वल्र्ड ट्रड सेन्टर बनाएको युनाइेटेड विल्डर्सले वीर अस्पतालको ट्रमा सेन्टर पनि बनाएको थियो ।

Friday, August 17, 2012


            तातोपानी भन्सारमा ठेकेदारी

बजारमा बिल नपाइनु तथा नक्कली बिलको धन्दा मौलाउनुमा भन्सारमा भित्र्याउँदा सामानको मूल्य र परिमाण कम देखाउने -न्यून बिजकीकरण र गलत घोषणा) तथा ठेकेदारी प्रवृत्ति प्रमुख कारक रहेको छ । न्यून बिजकीकरण र गलत घोषणा नियन्त्रण नभएसम्म बजारको कारोबार पारदर्शी नहुने राजस्वसम्बद्ध अधिकारी बताउँछन् । भन्सार बिन्दुमा न्यून बिजकीकरण र गलत घोषणा गरी भित्र्याएको सामानको वास्तविक बिल काट्दा मुनाफा बढी देखिन्छ । यसैले यस्ता आयातकर्ताबाट सामान खरिद गर्ने व्यापारीले नै वास्तविक बिल पाउन सक्तैनन् । व्यापारीले नै वास्तविक बिल नपाउने अवस्थामा उपभोक्ताले बिल पाउने सम्भावना हुँदैन । 'यसैले बजारमा बिल नदिने र दिए पनि नक्कली बिल दिने प्रवृत्ति मौलाएको छ,' अर्थ मन्त्रालय सम्बद्ध एक सहसचिवले भने ।  

भन्सारमा हुने सामानको गलत घोषणा व्यवसायलाई पारदर्शी बनाई कर असुली गर्न सबैभन्दा ठूलो चुनौती बनेको राजस्वसम्बद्ध अधिकारी बताउँछन् । त्यसमा पनि तातोपानी नाकामा जारी  ठेकेदारीमार्फत सामान आयात गर्ने प्रवृत्तिले बजारभरि कर छली मौलाएको तिनको भनाइ छ । विदेशबाट ल्याएको सामान मालधनी वा उसको एजेन्टले भन्सारमा राजस्व तिरेपछि मुलुकमा भित्रिन्छन् । तर तातोपानी नाकामा यस्तो वैध अभ्यास सुरु हुन बाँकी छ । यहाँ वास्तविक मालधनीले भन्सार जाँचपासको लागि खडा गरिएका 'नक्कली' आयातकर्तामार्फत सामान भित्र्याउँछन् ।  

सम्बद्ध व्यवसायीका अनुसार तातोपानीबाट सामान भित्र्याउने व्यवसायीले पहिले हुन्डीमार्फत पैसा चिन लैजान्छन् । गोन्जाउ र यिउ सहरमा आवश्यक सामान किनमेल गरी प्याकिङ गराएर र्फकेपछि व्यवसायी काठमाडौंमा बसेर उक्त सामान कम मूल्यमा ल्याइदिनेको खोजी गर्छन् । 'घटाघटमा सबैभन्दा थोरै मोलमा ल्याइदिनेसँग सम्झौता भएपछि सामान बराबरको ग्यारेन्टी राखेर भित्र्याउने प्रक्रिया सुरु हुन्छ,' ती व्यवसायीले भने ।


यसरी कम मोलमा सामान काठमाडौं ल्याइदिन सकार्नेले आफ्नो र्फमको नाममा चीनका विभिन्न र्फमसँग खरिद गरेको कागजपत्र बनाई सामान भित्र्याउँछ । 'कागजपत्रमा उल्लिखित एकाधमात्र वास्तविक आयातकर्ता हुन्छन्,' सम्बद्ध व्यवसायीले भने, 'बाँकी सबै ठेकेदार ढुवानीकर्ता मात्र हुन् ।' काठमाडौं वा तातोपानीमा बसेर बनाइने चिनियाँ कम्पनीका अधिकांश बिल काल्पनिक हुने गरेको कुरा भन्सारलाई पनि थाहा छ । यस्ता बिलमा सामानको मूल्य न्यूनतम कायम गरिएको हुन्छ । काठमाडौंमा नाम चलेका अधिकांश डिपार्टमेन्टल स्टोर पनि यसै तरिकाद्वारा सामान भित्र्याई व्यापार गरिरहेका छन् । यस्तै व्यापारद्वारा केहीले डिपार्टमेन्टल स्टोरको चेन खडा गरिसकेका छन् ।

ठेकेदारहरूले एउटा र्फम खडा गरेर भन्सारमा केही राजस्व तिरेर सामान छुटाएपछि उक्त र्फमबाट कारोबार बन्द गरी अर्को र्फमबाट सुरु गर्ने -ननफाइलर) प्रवृत्ति कायम रहेकाले आयातित सामान भित्रिएपछि करको दायरामै नपर्ने अवस्था छ । तैपनि तातोपानीमा ननफाइलरको संख्या घट्दै गएको दाबी भन्सार विभागको छ ।

तुलनात्मक रूपमा कम कर छल्ने वास्तविक व्यवसायीले सामान भित्र्याउन खडा गरिएको व्यवसायीसँग खरिद गरेको देखाई केही कर तिर्छन् । तर कतिपयले चाहिँ ननफाइलरको सहयोगमा सामान भित्र्याई आयातित वस्तुको कारोबारमा राजस्व तिर्दैनन । घटाघटमा पहिलो हुने ठेकेदारमार्फत आयात हुँदा वास्तविक आयातकर्ताको कारोबार आन्तरिक राजस्वको निगरानीबाट बच्न सजिलो हुन्छ । यसबाट भ्याटका साथै आयकर छली भइरहेको छ ।

तातोपानी नाकाको व्यापारमा रहेको विचलन केही कम भए पनि यसलाई पूरै ठीक पार्न प्रतीतपत्रमार्फत व्यापार गर्न बाध्य गराउनुपर्ने अर्थ सम्बद्ध कर्मचारी बताउँछन् । 'बरु सुरुवातमा प्रतीतपत्रमार्फत व्यापार गर्नेलाई सहुलियत दिनुपर्छ,' उनी भन्छन्, 'अनिमात्र भन्सार जाँचपासमा रहेको यस्तो विकृति अन्त्य हुन्छ ।' भन्सार विभागका महानिर्देशक नवराज भण्डारी पनि तातोपानीबाट हुने आयात प्रतीतपत्रमार्फत गर्दा विकृति नियन्त्रण हुने बताउँछन् । पछिल्ला वर्षहरूमा तातोपानी नाकामा सुधारका केही प्रयास भएका छन् । वस्तु विनिमय -बार्टर) बाट आयातनिर्यातको काम बन्द भइसकेको

छ । वस्तु विनिमय प्रणालीमा कुनै सामान निर्यात भएपछि सोही रकम बराबरको आयात गर्न पाइन्थ्यो । तर निर्यात घट्ने र आयात बढ्ने क्रमसँगै वस्तु नलगे पनि  कागजमा निर्यात देखाउने प्रवृत्ति मौलाउँदै गएको थियो ।   विगतमा चीनबाट भित्रिएका सामान तातोपानी भन्सारमा रोक्नसमेत पर्दैनथ्यो । बजारमा पुर्‍याएपछि कागजपत्र मिलाएर भन्सार जाँचपास गर्ने 'सुविधा' थियो । २०६० सालदेखि भन्सारमै रोकेर जाँचपास गराउन बाध्य बनाइएको थियो । मूल्यांकनका लागि सन्दर्भ पुस्तिका पनि बनाइयो ।

माओवादी नेतृत्वमा सरकार बनेपछि अर्थमन्त्री बाबुराम भट्टराईले भन्सार सुधारमा ठोस पहल गरेपछि दस्तुरी खारेजी गर्नुका साथै तातोपानीबाट भित्रिने सामानको मूल्यांकनमा कडाइ गरिएको थियो । त्यसअघि प्रतिगाडी ६ हजार रुपैयाँ दस्तुरीका साथै जाँचकीले छुट्टै प्रतिगाडी २ हजार रुपैयाँ संकलन गरी कर्मचारीमा भागबण्डा हुन्थ्यो । तातोपानीबाट त्यतिबेला दैनिक ७०/८० गाडी सामान भित्रिन्थ्यो । यसबाहेक कर्मचारीले सामानको मूल्यांकन र सामानको परिमाण घटाउँदा (गतल घोषणा) बापत ठूलो रकम हात पार्थे । दस्तुरी अहिले पनि बन्द छ । कतिपय सामानको मूल्यांकन दोब्बरसम्म वृद्धि गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ मा कारबाही गरेको अकूत सम्पत्ति कमाउने २२ जना राजस्वका कर्मचारीमा अधिकांश तातोपानी भन्सारमा बसिसकेका थिए ।

गत फागुनदेखि केन्द्रीय बैंकले तातोपानीमा उपलब्ध उधारो व्यापारको सुविधा कटौती गरेको छ । तातोपानीमा परम्पराको नाममा उधारोमा सामान ल्याई ९० दिनभित्र रकम पठाए हुने सुविधा  दिइएको थियो । तर व्यापारीहरूले हुन्डीमार्फत पैसा पठाएर सामान खरिद गर्ने व्यवसायीले उधारो भन्दै सामान भित्र्याउँथे । उक्त सामानबापत पैसा पठाउने विदेशी मुद्राचाहिँ सीमावर्ती क्षेत्रका चिनियाँ व्यापारीसँग हुने नेपाली मुद्रा साट्न प्रयोग गर्थे । उधारो व्यापारमा एकपटक सामान आयात गर्दा दुईपटक पैसा जान्थ्यो- पहिलोचोटि हुन्डी र दोस्रोपटक डलर ।

पछिल्लो समय मूल्यांकन र सामानको भौतिक निरीक्षणमा थप कडाइ गरिएको तातोपानीका प्रमुख भन्सार अधिकृत निर्मलहरि अधिकारीले बताए । कसैले घोषणा गरेको मूल्यभन्दा बढी मूल्यमा अघि नै  सामान जाँचपास भएको भए कम मूल्यलाई भन्सारले मान्यता दिन छाडेको छ । 'यसरी मूल्यांकन बढाउँदा पुसमा ३० लाख रुपैयाँ थप राजस्व संकलन भयो,' उनले भने । यस्तै भौतिक निरीक्षणका क्रममा व्यवसायीले घोषणा गरेभन्दा बढी परिमाण वा फरक गुणस्तरका सामान भेटिएमा भन्सार ऐनअनुसार जरिवाना गराउन थालिएको छ । यसबाट राजस्वमा १ करोड ६० लाख रुपैयाँ थपिएको छ । यसअघि गलत घोषणा गरेको फेला परे पनि जरिवाना नगरी थप राजस्वमात्र तिराउने चलन थियो । सामानको भौतिक परीक्षणमा अधिकृत तहका कर्मचारी परिचालन गरी कडाइ गरिएको उनले बताए ।       

तर जति प्रयास गरे पनि एलसीमार्फत व्यापार नहुँदा विचलन केही हदसम्म मात्र नियन्त्रण हुने अर्थसम्बद्ध अधिकारी बताउँछन् । चीनका सामान अरू नाकाबाट आयात हुँदा एलसीमार्फत हुने गरेको औल्याउँदै ती अधिकारीले तातोपानीमा परम्पराको नाममा ड्राफ्ट र टीटीलाई निरन्तरता दिन नहुने जिकिर गरे । 'तातोपानी नाका सरकारी मान्यताप्राप्त अवैध व्यापारको नाका हो,' तिनले भने ।      

सरकारबाटै राजस्व छली अनुसन्धानमा हस्तक्षेप


 राजस्व अनुसन्धान विभागले गत वर्ष (२०६८ वैशाख) मा महँगा गाडी चढ्ने १० जनाको अनुसन्धान सुरु गर्दा २ करोड ६० लाख रुपैयाँको 'जगुवार' कार चढ्नेले सोही गाडी किन्दा तिरेको मूल्य अभिवृद्धि कर (भ्याट) क्रेडिट दाबी गरे बाहेक कुनै कर तिरेको फेला परेन । विभागले बयानका लागि तत्काल ती गाडीधनीलाई चिठी काट्यो । एक दुईपल्टे बोलाएर सोधपुछ समेत गर्‍यो । तर यो अनुसन्धानले गति लिन नपाउँदै बन्द भयो  विभागले विलासी जीवनशैलीको आधारमा अनुसन्धान गरी राजस्व छलीमा कारबाही गर्न थालेको सार्वजनिक भएपछि निकै खैलाबैला भयो । प्रधानसेनापति छत्रमानसिंह गुरुङले छोराको दाइजोमा पाएको मर्सिडिज बेन्ज कारको पोल खुल्यो ।

१ करोड रुपैयाँको उक्त कार प्रधानसेनापतिकै नाममा थियो । महानिर्देशकले तत्कालीन अर्थमन्त्री -भरतमोहन अधिकारी) बाट हप्की खाएपछि अनुसन्धानको फाइल बन्द भयो । 'यस्तो अनुसन्धान सुरु गरेको थाहा पाएपछि अर्थमन्त्रीले तत्काल महानिर्देशक (शान्तबहादुर श्रेष्ठ) लाई बोलाएर सातो लिने गरी गाली गरेछन्,' विभागका एक उपसचिवले भने, 'त्यसपछि सबैको मनोबल गिर्‍यो ।' मन्त्री अधिकारीले 'कर्मचारीले सीमा बिर्सनु नहुने' भन्दै सार्वजनिक कार्यक्रममा भाषणै गरेका थिए ।

वाग्मती अञ्चलमा दर्ता भएका त्यति बेलाको पछिल्लो (आठौं) लटका ५० लाख रुपैयाँभन्दा बढी मोलका गाडी चढ्ने व्यक्ति/कम्पनीबाट अनुसन्धान सुरु गरिएको थियो । उक्त लटका ५० लाख रुपैयाँभन्दा बढी मोलका गाडी १० वटा मात्र थिए । अनुसन्धानमा संलग्न ती उपसचिवका अनुसार गाडीवालको व्यापारिक संलग्नता बुझेर कर विवरण हेरी अनुसन्धान थालिएको थियो ।


विलासी जीवनयापन गर्नेको कारोबार र तिनले तिरेको करको अध्ययन गरी छली गरेको भए तिराउने लक्ष्य थियो । स्रोत नखुलेको सम्पत्ति फेला परे सम्पत्ति शुद्धीकरण निवारण कानुन -त्यतिबेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गठन भएको थिएन) अन्तर्गत कारबाही गर्न सकिन्थ्यो । विभागले सार्वजनिक सूचना गरी खासै व्यापार व्यवसाय नदेखिए पनि आलिसान महल खडा गर्नेको सूचना दिन आह्वान गरेको थियो । 'पहिलो चरणमा स्वीमिङ पुल भएका घरवालालाई अनुसन्धानको दायरामा ल्याउने तयारी थियो,' ती उपसचिव सम्भिmन्छन् ।

त्यही बेला आन्तरिक राजस्व विभागले उच्च कारोबार भएका (हाइली नेटवर्थ इन्डिभिजुअल) व्यक्तिको विवरण (डाटाबेस) बनाउने योजना बुन्दै थियो । भन्सार, बैंक, मालपोत र स्टक एक्सचेन्जबाट कारोबार बढी कारोबार देखिनेलाई डाटाबेसमा समावेश गरिने भएको थियो । महँगा सवारी, घर, विदेश भ्रमण, भोजभतेर, चन्दा/पुरस्कारको सूचना संकलन गरी उच्च खर्च गर्नेलाई डाटाबेसमा पार्ने तयारी थियो ।

'डाटाबेस बनाएपछि तिनको कारोबार, खर्च र तिरेको कर हेरी अमिल्दो देखिए आफैंले वा राजस्व अनुसन्धान मार्फत छानबिन गर्ने योजना थियो,' डाटाबेस योजना बनाउन सहभागी एक उपसचिव भन्छन् । आन्तरिक राजस्व विभागका महानिर्देशकले राजस्व अनुसन्धान विभागको जस्तो मन्त्रीको हप्की त खानु परेन । तर अर्थ मन्त्रालयले योजनाको वास्ता गरेन । बजेट वक्तव्यमा समावेश गराउन खोजिए पनि टारियो । सम्पत्ति शुद्धीकरण र राजस्व छली नियन्त्रणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषले भित्र्याएको अवधारणा अनुरूप आन्तरिक राजस्वले डाटाबेस बनाउन लागेको थियो ।

एक थरी कर तिरे पनि धनी भइरहेका हुन्छन् भने अर्का थरी कर छलेर वा अवैध धन्दा मार्फत अकुत सम्पत्ति आर्जन र विलासी जीवनयापन गरिरहेका हुन्छन् । 'कर तिर्नेको विवरण पनि डाटाबेसमा हुन्थ्यो नै,' एक अधिकारी भन्छन्, 'तर राजस्व नतिरी धनी भएकालाई करको दायरामा ल्याउनु यसको उद्देश्य थियो ।' अकुत सम्पत्ति आर्जन गरी विलासी जीवनयापन गरिरहेका चिकित्सक, इन्जिनियर, लेखापरीक्षक वकिल लगायत पेसाकर्मीलाई कमाइ अनुसार कर तिराउन सकिने विभागको निष्कर्ष थियो । तस्करी, जबर्जस्ती असुली, भ्रष्टाचारबाट आर्जित रकमको अंश पनि ठूलो छ ।

तर तिनलाई राज्यको संयन्त्रले पहिचान गरी कारबाही गर्न जाँगर देखाएको छैन । अवैध सम्पत्तिवालाबाट राजनीतिक तहले लाभ लिएको मात्र छैन, भ्रष्टाचारबाट आर्जित रकमको ठूलो हिस्सा व्यवसायी मार्फत लगानी भएको छ । 'समाजमा कुनै व्यक्ति रातारात विलासी जीवन बिताउन थाल्यो भने बुझ्नुपर्छ,' ती अधिकारीले भने, 'उसले भ्रष्टाचारबाट आर्जित रकमलाई विभिन्न व्यवसायमा लगानी गरिरहेको छ ।'

जग्गा कारोबार, ठूला व्यापारिक कम्प्लेक्सदेखि ढुकुटीसम्म भ्रष्टाचारको सम्पत्ति लगानी भएको छ । 'एकाएक धनाढ्यका रूपमा उदाएका कतिपय त भ्रष्ट नेता र कर्मचारीको पैसा व्यवस्थापन गर्ने पात्र मात्र हुन्,' अर्थका एक सहसचिव भन्छन् ।

कर सूचना सञ्जाल सञ्चालन गरिने

उच्च कारोबार गर्नेको विवरण बनाउन अहिले आन्तरिक राजस्व विभागमा अन्तर्राष्ट्रिय वित्त निगमको सहयोगमा अध्ययन भइरहेको छ । कर सूचना सञ्जाल -टिन) भनिएको परियोजना अन्तर्गत गाडी, घरजग्गा, सेयर कारोबार गर्नेको सूचना स्वतः सञ्जालमा आउने प्रणाली विकास गर्ने योजना छ । विभागका उपमहानिर्देशक मधु मरासिनीका अनुसार भारतमा यस्तै सञ्जाल निर्माण गरेपछि कर सहभागिता ह्वात्तै वृद्धि भएको थियो । 'यहाँ पनि भारतमा यस्तो सञ्जालमा काम गरिसकेका विज्ञले अध्ययन गरिरहेका छन्,' उनी भन्छन् ।
काठमाडौ, श्रावण ३० -
        विलासी जीवन बिताउनेद्वारा कर छली
रोशन कार्की
काठमाडांै, ।

करको दायरामा नआएका तर विलासिता जीवन बिताउनेद्वारा कर छली गरेको अनुमान आन्तरिक राजस्व विभागले गरेको छ । विभागले पटक–पटक व्यवसाय गर्नेलाई करको दायरामा आउन सूचित गरे पनि सरकारले तोकेभन्दा कम आम्दानी देखाई दायरामा नआएकाको दैनिकी अशोभनीय देखिएपछि त्यस्तामाथि गोप्य अनुसन्धान गरी करको दायरामा नआउनेमाथि कारबाही ग
र्ने तयारी विभागले गरेको छ ।
विभागले राजस्व छली नियन्त्रण गर्न अकूत सम्पत्तिका मालिकलाई ‘हाई नेटवर्थ इन्डिभिजुअल’ को विवरणसहित सूची बनाउने कार्य भइरहेको जनाएको छ । सरकारले ‘कर कार्यान्वयन अभियान वर्È’ को घोÈण गरी गत वर्षदेखिनै अभियान चलाएको छ । तर, सो अभियानअन्तर्गत गत आर्थिक वर्Èमा अकूत सम्पत्ति आर्जन गरे पनि करको दायरामै नआएकाले उनीहरूलाई नियन्त्रणका लागि यस्तो सूची तयार बनाएर दायरामा ल्याउने अभियान सुरु गरिएको विभागले जनाएको छ ।
विभागले सम्पत्ति शुद्धीकरण र राजस्व छली नियन्त्रणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोÈले भिœयाएको अवधारणअनुरूप सूची तयार पारेको हो । कर तिरेर धनी हुने एक थरि छन् भने अर्का थरिले कर नतिरी अकूत सम्पत्ति आर्जन गरिरहेको विभागका महानिर्देशक टंकमणी शर्माले बताए । उनले भने, ‘सूचीमा कर तिर्नेको समेत विवरण संकलन गरिए पनि कर नतिरी धनी भएकालाई करको दायरामा ल्याउनु यसको मुख्य उद्देश्य हो ।’ कारोबार, जीवनशैली, सामाजिक हैसियतका आधारमा यस्तो सूची बनाउने विभागको योजना छ । जीवनशैलीमा मह“गा गाडी, घर, भोजभतेर, विदेश भ्रमणलगायतको सूचना लिएर विवरण तयार पारिएको विभाग स्रोतले जनायो ।

समाजमा सम्पत्तिवालाका रूपमा बनेको पहिचान, चन्दा, पुरस्कार, ऋण दिएको सूचनाका आधारमा सामाजिक हैसियत पत्ता लगाई सूचीमा समावेश गरिएको छ । महानिर्देशक शर्माले भने, ‘केही नदेखिए पनि विलासी जीवनशैली अपनाउनेहरू छानबिनको दायरामा पर्छन् ।’ सूचीमा नियमित कर बुझाइरहेका उद्यमी र व्यवसायी, नाममात्रको कर तिर्ने चिकित्सक, कानुन व्यवसायी, लेखापरीÔक, परामर्शदातालगायत पेसाकर्मी, स्कुल कलेज सञ्चालक, घरजग्गा कारोबारीका साथै करको दायरामा नपरेका बिचौलिया, नेता र कर्मचारीसमेतको विवरण समावेश भएका छन् ।
कुनै व्यवसाय नदेखिए पनि नेता, कर्मचारी, सेना र प्रहरीले भ्रष्टाचार गरी कमाएको पैसाको व्यवस्थापन गरेर करोडौंको गाडी चढ्नेहरू पनि सो अनुसन्धानमा परेको विभागले जनाएको छ । पटक–पटक विदेश भ्रमण गरिरहने, मह“गा भोजभतेर आयोजना गरिरहने, ठूलो रकम चन्दा तथा पुरस्कारमा खर्च गर्नेलगायतलाई यस्तो सूचीमामा राखिएको छ । डाटाबेस बनाएपछि छानबिन गरी आवश्यक कारबाही प्रक्रिया बढाउने योजना विभागको छ ।
विभागले आफ्नो सूचना बैंकलाई मजबुत बनाई अकूत सम्पत्तिका मालिकको सूची लामै तयार परेको स्रोतको दाबी छ । नाम उल्लेख नगर्ने सर्तमा विभागका एक निर्देशकले भने, ‘भन्सारमा रहेको निकासी पैठारीसम्बन्धी सूचना, मालपोत कार्यालयबाट ठूलो रकमको घरजग्गा कारोबारको विवरण, स्टक एक्स्चेन्जबाट बढी परिमाणमा शेयरको कारोबार, मह“गा सवारीसाधनको नामसारीको विवरण तथा बैंकिङ कारोबारको नियमित विवरणका आधारमा सो तथ्यांक संकलन गरिएको छ ।’ अनुसन्धानकै क्रममा रहेका कारण को–को छन् भन्नेबारे भने गोप्य राखिएको छ ।
मूल्यअभिवद्धि कर (भ्याट) को नक्कली बिल छानबिनमा ठूलो संख्यामा ठूला करदातालाई कारबाहीको दायरामा ल्याई जरिवनासमेत निर्धारण गरिसकेको अवस्थामा अब विलासिता जीवन बिताउनेमाथि कडाइसाथ अनुसन्धान गरी छली भएको कर पुनः सरकारी ढुकुटीमा फिर्ता गराउने उद्देश्यले निगरानी सुरु गरिएकोे महानिर्देशन शर्माले बताए ।

आम्दानीको चित्तबुझ्दो स्रोत नदेखिए पनि मह“गा गाडी चढ्ने, महलमा बस्ने नवधनाढ्यको छानबिन गर्न राजस्व अनुसन्धान विभागलाई समेत थप सक्रिय पारिएको छ । विलासी जीवनयापनको भरपर्दो आधार पेस गर्न नसके उनीहरूमाथि कारबाही गर्ने विभागको योजना छ ।
धनाढ्यको सम्पत्तिको स्रोत नखुले सम्पत्ति शुद्धीकरण नियन्त्रण ऐनअन्तर्गत कारबाही हुनेछ । यो ऐनअनुसार स्रोत नखुलेको सम्पत्ति जफत हुन्छ । स्रोत खुले पनि कर छलेको फेला परे कानुनअनुसार जरिवाना र ब्याजसहित असुल गरिने सो ऐनमा उल्लेख छ । पहिलो चरणमा विभागले बागमती अञ्चलमा दर्ता भएका पछिल्लो आठौं लटका ५० लाख रुपैया“भन्दा बढी मूल्यका गाडी चढ्ने व्यक्ति र कम्पनीलाई अनुसन्धानको दायरामा ल्याएको छ ।
यातायात व्यवस्था विभागले उपलब्ध गराएको तथ्यांकअनुसार उक्त लटमा ५० लाख रुपैया“भन्दा बढी मूल्यका १० गाडी दर्ता छन् । प्रारम्भिक चरणमा ती १० गाडीवालाको कारोबार र कर विवरणमाथि अनुसन्धान सुरु गरिएको हो । यस्ता गाडी खरिद गर्नेले राजस्व छलेको संकेत अनुसन्धानकै क्रमम देखिएकोे छ । दुई करोड १० लाख रुपैया“का गाडी खरिद गरेको फार्मले त्यहीं गाडीको खरिदमा तिरेको भ्याट क्रेडिट दाबी गरेबाहेक कुनै कर तिरेको फेला नपरेको अनुसन्धानबाट खुल्न आएको छ ।
विभागले उल्लेखि फार्म सञ्चालकलाई बयानका लागि चिठ्ठी काटिसकेको छ । यस्तै उपहार सामग्रीको सामान्य पसल गरी बसेका व्यक्तिले ७० लाख रुपैया“को पजेरो चढेको समेत अनुसन्धनबाट खुल्न आएको विभागले जनाएको छ । त्यस्तै जग्गाको कारोबार गर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यÔ राजेन्द्रकुमार श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य विष्णु खत्री, हिमालय सीमापार वाणिज्य व्यापार संघका अध्यÔ नीलकण्ठ चौलागाईलगायतका १ करोड २० लाख रुपैया“ पर्ने प्राडो, पजेरो र निशान कम्पनीको गाडी चढेको फेला परेको समेत विभाग स्रोतले जनाएको छ । एक करोड रुपैया“को मसिडिर्ज चढ्ने दाइजोमा पाएको पनि खुलासा भएको छ ।

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...