Tuesday, December 31, 2013

         फरार व्यक्तिका नाममा टेन्डर स्वीकृत
रोशन कार्की
काठमाडौं
। सरकारी कर्मचारी र ठेकेदारबीचको संलग्नतामा ललितपुरस्थित कर्मचारी सञ्चय कोषको भवन फरार सूचीका व्यक्तिलाई भाडामा दिइएको खुलासा भएको छ । ललितपुर उपमहानगरपालिका–५ स्थित कोषको नवनिर्मित ‘कर्मचारी सञ्चय कोष’ भवन व्यापारिक प्रयोजनका लागि भाडामा दिन टेन्डर आह्वान भएको थियो । टेन्डर आह्वानपछि परेका बोलपत्रमध्ये कोषका कर्मचारीको मिलेमतोमा रकम र जग्गा ठगी गिरोहका मुकुन्द माली (मालाकार) को टेन्डर बोलपत्र स्वीकृत भएको छ । कोषले दैनिक पत्रिकामा ‘भवन भाडा’का बारेमा सार्वजनिक गरेको सूचनामा १० वटा बोलपत्र परेका थिए । बोलपत्रमध्ये मिलेमतोमा सुरक्षा निकायको रेकर्डमा ‘मोस्ट वान्टेड’ मा रहेका मालीलाई मासिक ६२ लाख ८ सय ८० रूपैयाँको बोलपत्र स्वीकृत गरिएको सूचना प्रकाशन भएपछि ठेकेदार मालीलाई टेन्डर दिएकोमा अन्य प्रतिस्पर्धीले आपत्ति जनाएका हुन् । पछिल्लो समय ठेकेदार मालीबाट ठगिएका पीडितहरूले कमाण्डर पोष्टलाई दिएको जानकारीअनुसार उनी ३० करोड रूपैयाँभन्दा बढी रकम ठगी गरी फरार छन् । पीडितले दिएको विवरणमा मालीले झापास्थित ५० लाख रूपैयाँ पर्ने जग्गालाई ५५ लाख रूपैयाँ दिने लिखित सहमति गरेर तत्कालीन मनकामना बैंक (हालको यति डेभलपमेन्ट बैंक) मा जग्गा राखेर रकम लिएर भागेका हुन् । यस्तै, काठमाडौं महानगरपालिकाको त्रिपुरेश्वर, टेकुमा रहेको जग्गा, वसुन्धराको जग्गा र कीर्तिपुरको चोभारमा रहेको २१ आना जग्गासमेत विभिन्न बैंकमा राखेर रकम झिकी भागेको आरोपमा गत वर्ष नै प्रहरी प्रशासनमा मालीविरुद्ध उजुरी परेको छ ।

मालीले चोभारको २१ आना जग्गा ज्योति विकास बैंकका कर्मचारीलाई झुक्याएर बिक्री गरेको समेत खुल्न आएको छ । जग्गाधनीलाई बचत नै नभएको बैंकको चेक दिएर झुलाउने र एक साताभित्र जग्गा अन्यलाई बिक्री गर्ने कार्यमा उनी संलग्न भएको समेत आरोप पीडितको छ । मालीले दर्ता गराएको ०७०÷७१÷१२५० को बोलपत्र ललितपुर–१ कुपण्डोलको ठेगानामा कोषमा पेस भएको छ । कोषले कबोल गरेको मासिक भाडा एकमुष्ट एक वर्षको रकम ७ दिनभित्र नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको खाता नम्बर ७०००१०० मा जम्मा गर्न सूचना जारी गरेपछि रकम संकलन गर्नसमेत उनले विभिन्न आश्वासन दिँदै अग्रिम रकम उठाएको आरोप उनलाई लगाइएको छ । मालीले कोषलाई एक वर्षको भाडा ८ करोड रूपैयाँ बैंकमा जम्मा गरेको भौचर कोषको कार्यालयमा पेस गर्नुपर्ने छ । ३० व्यवसायीलाई कोषको भवनमा व्यापारिक सटर भाडामा दिने भन्दै अग्रिम ७० लाख रूपैयाँसमेत उठाएको जानकारी सम्बन्धित व्यक्तिले दिएका छन् । 
नाम नछाप्ने सर्तमा व्यवसायीहरूले भने, ‘कोषको भवनमा रोजेको सटर दिने भन्दै अग्रिम रकम संकलन भएको हो । तर, माली नै यतिखेर सम्पर्कमा छैनन् ।’ मालीबाट पीडितहरूले मालीको खोजीका लागि र ठगिएको रकम फिर्ता गराइदिन भन्दै ललितपुर प्रहरी प्रशासनमा उजुरीसमेत दर्ता गराएका छन् । कोषका अनुसार बोलपत्रका आधारमा सबैभन्दा बढी रकम हुनेलाई टेन्डर स्वीकृत गरेको जनाएको छ ।

Monday, December 30, 2013

अस्थिर सरकारले अर्थतन्त्रको भविश्य संकटमा                                 
कृष्णहरि बाँस्कोट
सचिब, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्



२०१५ सालमा धादिङमा जन्मेका कृष्णहरि बाँस्कोटाले व्यवस्थापन र कानूनको अध्ययन गरेको भएपनि उहाँ एक सफल अर्थशास्त्रीको रुपमा परिचीत हुनुहुन्छ । इटालीबाट व्यवस्थापनमा पोष्ट ग्रयाजुएट गर्नुभएका बाँस्कोटाले कानूनमा स्नातक गर्नुभएको छ । २०३७ सालमा सरकारी सेवामा प्रवेश गरेका सचिब बाँस्कोटा हाल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिब पदमा कार्यरत हुनु हुन्छ । २०५५ सालमा सहसचिव बन्नुभएका बाँस्कोटाको सरकारी जागिरका अधिकाशं जीवन आर्थिक विभाग अन्र्तरगतका विभाग हुदै अर्थन्त्रालयको सचिब समेत भएर आफुलाई सफल कार्यसम्पादकको रुपमा चिनाउनु भएको छ । प्रष्ट बक्ताको रुपमा र सवैसंग समान व्यवहार राख्नु हुने सचिब बाँस्कोटा वाणिज्य विभाग तथा भन्सार विभागको महानिर्देशकको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । अर्थमन्त्रालयको बजेट महाशाखाको प्रमुखको जिम्मेवारी सफलताका साथ पुरा गरेका उहाँले प्रतिनिधिसभाको पुनस्स्थापना पछि लगातार तीनओटा बजेट निर्माण कार्यको जिम्मेवारी समेत सफलताका साथ सम्पादन गर्नुभयो । २०६५ सालमा राजस्व सचिव बन्नुभएका सचिब बाँस्कोटा डा.बाबुराम भट्टराई अर्थमन्त्री भएको समयमा आर्थिक वर्ष २०६५÷०६६ मा साढे ३३ प्रतिशत राजस्व वृद्धि गराउन सफल हुनुलाई राजस्व सचिवका रूपमा उनी आफ्नो सफलता ठान्नुहुन्छ । २०६८ को जेठदेखि अर्थमन्त्रालयको सचिवको जिम्मेवारी सम्हालि सकेका बाँस्कोटाले चालू आर्थिक वर्षको बजेट तयारीको नेतृत्व समेत गरे । उनले सम्पादन गरेको बजेटले निजीक्षेत्रलाई कम प्राथमिकता दिएको भन्ने आरोप लागेको थियो । तर, सो कुरा बाँस्कोटा स्वीकार्नुहुदैन । बजेटले खुलाबजार अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेको उहाँको तर्क छ । डा. भट्टराई अर्थमन्त्री हुदाँ अर्थसचिब बन्नु भएका बास्कोटा भट्टराईनै प्रधानमन्त्री हुदाँ उहाँलाई रातारात अर्थबाट सरुवा गरेर मन्त्रीपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा पु¥याइएको छ । उहाँ आफु जहाँ भएपनि देशकालागि काम गर्ने भएकाले जुन मन्त्रालय लगेपनि कुनै गुनासो नभएको बरु फरक÷फरक मन्त्रालयको काम गर्न पाउँदा आफुलाई भाग्यमानी भएको उहाँ बताउनुहुन्छ । देशको अर्थतन्त्रको भविश्य, विस्तारी सडकको अबस्था र यसको सम्भावना र चुनौतिबारे केन्द्रीत भएर कमाण्डर पोष्टका रोशन कार्कीले सचिब बाँस्कोटासंग गरेको कुराकानीको संम्पादित अंश ।

नेपालको आर्थिक विकासको भविश्य कस्तो देख्नु भएको छ ?

चालू आर्थिक वर्षको बजेट अन्तरर्राष्ट्रिय मुद्राकोषले प्रचलनमा ल्याएको सरकारी खर्चको लेखा (गभर्मेण्ट फाइनान्सिङ स्टाटिष्टिक) २००१ भर्शनमा तयार गरिएको हो । यसले गर्दा परम्परागत रूपमा चालू र पूँजीगत खर्चको संरचनामा फेरबदल आयो । यसमा पूँजीगत बजेट कम भएको देखिन आएको छ । जनआन्दोलन भाग १÷२ पछि देशमा खुला अर्थनीति आयो । सम्पूर्ण पद्धतीमा परिमार्जन भएको छ । सुरुमा ७ प्रतिशत रहेको आर्थिक वृद्धिदर राजनीतिक अस्थिरतका कारण खासै वृद्धि हुन सकेन । अब पनि अस्थिर राजनीति र अस्थिर सरकारनै हुने हो भने देशको अर्थतन्त्रको भविश्य यसैहुन्छ भन्ने अबस्थामा छैन् । पुरानै तवरबाट नयाँ सरकार सञ्चालन हुने हो भने अर्थतन्त्रको विकासमा अबरोधमात्र हैन गिरावट नै तीब्ररुपमा हुन्छ । देशको अर्थतन्त्रको बिकासकालागि सरकारले नयाँ वस्तुको उत्पादन, लगानीलगायत अन्य विषयमा एकमत भएर आर्थिक एजेण्डालाई अगाडि सार्नुको विकल्प छैन् । विकासकालागि भौतिक पूर्वधारहरुको निमार्ण गरिनु आबश्यक छ । यसरी सरकारले आफ्नो प्राथमिकता संविधान र त्यसपछि आर्थिक एजेण्डालाई बनाउने हो र एक मत भएर आर्थिक विकासमा लागेको खण्डमा देशको आर्थिक भविश्य उज्ज्वल छ । अब आयतलाई भन्दापनि निर्यातलाई साथ दिने कार्यक्रम तय गरिनु पर्छ । किनकी जहाँ जुन चीज पाइन्छ त्यसलाई प्रयोगमा ल्याएको खण्डमा आयातभन्दापनि निर्यात गरेको खण्डमा देशमा विदेशीमुद्रा भित्रने भएकाले आर्थिक अबस्थाको भविश्य राम्रो छ । जलविद्युत्का विद्यमान कानुन ऐनलाई खुला बनाउनु पर्छ । राज्यले जलविद्युत् नीतिलाई खुकुलो बनाएर सरकारले कठोर नीति लिनु हुदैन् । पर्यटन उद्योगका सम्भावित क्षेत्रको पहिचान गरेर त्यसमा आकर्षण कार्यक्रमहरु लागु गरिनु पर्छ । हालको अबस्थामै कार्यक्रम ल्याएको खण्डमा आउने पर्यटकलाई सुविधा र सेवा पु¥याउन सकिदैन् । विद्यमान कानून र संरचनालाई परिमार्जन गरि कार्य गरेको खण्डमा १ करोडभन्दाबढी पर्यटक नेपाल भित्राउन सकिन्छ । राज्यबाट पुर्वाधार र सुरक्षामा सुधार गरिनु पर्छ । तेस्रोमा कृषिमा हो । खाद्य सुरक्षाका साथै अर्गानीक कृषिको उत्पादनमा सरकारले ध्यान दिनु पर्छ । स्थानीय स्तरमा के उत्पादन हुन्छ त्यहाँ त्यहीलाई नगदेबालीको रुपमा कृषकलाई उत्पादन गर्न लगाउन आकर्षण गरिनु पर्छ । बेमौसमिका उत्पादत गरिनु आबश्यक छ । जडिबुटीमा ध्यान दिनु पर्छ । उच्च हिमाली क्षेत्रमा पशुपालन गरिनु पर्छ । किनकी उच्च क्षेत्रका पशुहरुको मासु उत्कृष्ट र स्वादिष्ट हुने भएकाले र पर्यटकहरुले बढी रुचाउने भएकाले मासुजन्य प्याकेट तयार गरिनु पर्छ ।
चौथो चरणमा राज्यले आफुसंग भएको खानीजन्य वस्तुको उत्खन गरेर प्रयोग गरिनु पर्छ । देशको विभिन्न स्थानमा पेट्रोलको सम्भाबना प्रचुरमात्रामा रहेको छ । काठमाडौं आसपासमा ४० वर्षलाई पुग्ने प्राकृतिक कच्चा पदार्थ रहेको अनुसन्धानबाट खुलेको छ । सिमेन्टकालागि आबश्यक कच्चा पदार्थको खानीनै रहेको छ । प्राकृतिक खानीलाई प्रयोग गरेको खण्डमा सवैभन्दाबढी आयात हुने पेट्रोलको आयातमा नियन्त्रण हुने छ । अर्बौं रुपैयाँ बाहिरीने प्रकृया रोकिने र देशको आर्थिक विकास हुने छ ।
चालू आर्थिक वर्षको बजेटमा लक्षित कार्यक्रम सम्पन्न हुने अबस्था देख्नु भएको छ ?
चालु आर्थिक वर्षको बजेटमा समाबेश भएका कार्यक्रमलाई र नयाँ कार्यक्रम समाबेश गर्नकालागि पहिला देशमा स्थिर सरकार र स्थिर राजनीति हुनु पर्छ । जहाँसम्म सरकार स्थिर हुदैन तबसम्म कुनैपनि लक्षित कार्यक्रमहरु समयमै सम्पन्न हुने भन्ने विषय कठिन हुन्छ । यहाँ मैले के भन्न चाहेकोभने, जबसम्म राजनीतिमा स्थिरता, वहुमतीय सरकार, सवै दलहरुमा एक मतको आर्थिक एजेण्डा बनाएर कार्यान्वयन गरेको खण्डमा लक्षित कार्यक्रम सम्पन्न हुन्छ । अर्को कुरा बजेटको मात्रहैन आर्थिक विकास गर्न प्राथमिकताका विषयलाई सूचीकृत गरि त्यसलाई अगाडि बढाउनु पर्छ । २०६२÷६३ पछि अहिलेको बजेटनै समयमा आएको छ । यसले राष्ट्रिय गौरवका कार्याक्रमलाई कुनै अबरोध नहोस भन्ने कुरामा ध्यान दिएको छ । अरु दिर्धकालीन कार्याक्रमहरु ल्याउने अधिकार नभएकाले पनि खासै कार्यक्रम समेत छैन भन्दा हुन्छ । बजेटले समेटिएका कार्यक्रमहरु पुरा हुने छ । बजेटमा समाबेश गरिएका २१ वटा गौरवका कार्यक्रमहरु सम्पन्न गर्न सवैको उत्तरदायित्व हो यो पुरा गरिनु पनि पर्छ । हाल ५ महिनामा ९÷१० प्रतिशतमात्र पुँजीगत खर्च भएको छ । सो खर्च गर्न सम्बन्धित मन्त्रालयहरु अगाडि बढ्नु आबश्यक देखिन्छ । समग्रमा जुनरुपमा खर्च हुनु पर्ने थियो त्यो नभएको पक्का हो । खर्चको विवरण हेर्दा सुखत क्षण होइन । यसका बावजुत पनि मेलम्ची खानीपानी आयोजना, फास्टट्रयाक आयोजना लगायतका कामहरु भएका छन् । अरु पुरा हुने लाइनमा रहेका छन् ।
यो वर्ष राजस्वका दरहरूमा हेरफेर गरिएको पनि छैन र दायरापनि बढाइएन नि ?
यहाँ करको दरमा परिवर्तन गरिनुभन्दा करको दायरा बढाउनु पर्छ । म अर्थमन्त्रालय अन्तरगत विभिन्न विभागको महत्वपुर्ण पदमा रहेर कार्यसम्पादन गरी सकेका कारण दरमा ध्यान दिनु भन्दापनि दायरामा जोड दिनु पर्छ भन्ने पक्षमा छु । यहाँ खुला सिमानाका कारण राजस्व चुहावटमा वृद्धि भएको छ । सरकारले त्यसलाई नियन्त्रण गरेको खण्डमा राजस्व संकलनमा वृद्धि हुन्छ । चुहावट नियन्त्रणकालागि सरकारले सिमाक्षेत्रमा सेना, सशस्त्र र जनपद प्रहरी परिचालन गरेको छ । सुरक्षाकर्मी परिचालन गरिएपनि भारततर्फको सिमाना खुल्ला भएकाले बढीमात्रामा चुहावट हुने गरेको छ । यस्तो अबस्थामा प्रशासनीक सयन्त्रले सास्ती दिनेभन्दापनि सहयोगीको भुमीका खेल्नु पर्छ । बहादुरी देखाउने भन्दापनि सहजकर्ताको भुमीका खेलेको खण्डमा फकाइ÷फकाई चोरी निकासीमा संलग्नतामा रहेकालाई सहिबाटोमा ल्याउन सकिन्छ ।
नक्कली भ्याट बिलमार्फत राजस्व छली गर्नेलाई त खासै केही कारवाही गर्न सरकार सफल भएनन भन्ने आरोप छनी ?
हो देखिने खालको कारवाही सरकारले गरेको छैन । ऐनमा भएको कानून अनुसार कारवाही चाही पक्कै भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) ऐनमा हामीले झुट्टा बिलबिजक बनाउन कसैले मतियारको काम गर्छ भने उसलाई पनि कारबाही हुने व्यवस्था गरेका छौं । अर्काे मूल्य अभिवृद्धि कर प्रयोजनका लागि व्यवसायीले जुन ढाँचामा हिसाब किताब राख्नुपर्ने हुन्छ, त्यसमा पनि परिवर्तन गरेका छौं । नक्कली कारोबार भयो भने त्यसबारे कर अधिकृतले पनि छिट्टै पत्ता लगाउन सक्ने गरी ढाँचामा परिवर्तन गरिएको छ । नक्कली बिलबिजक प्रयोग गरेर कर छली गर्ने कार्यलाई जरैदेखि फाल्नुपर्छ भन्ने हिसाबले यस्तो गरिएको हो ।
यति हुदाहुदैपनि अधिकाशं व्यवसायीहरुले नक्कली विलबाट कर छली गरेको पक्का हो । त्यसलाई नियन्त्रण गर्न म अर्थ सचिब भएकै समयमा अनुसन्धान सुरु गरेर कारबाही गर्न समेत सम्बन्धित निकायले आफ्नो काम गरेको छ । आन्तरिक राजस्व विभागले आफ्ना मातहतका कार्यलयहरूलाई समेत परिचालन गरेर ५ सय १८ वटा फर्मले नक्कली भ्याट बिलमार्फत राजस्व ठगी गरेको पहिचान गरी कारवाही अगाडि बढाएको जानकारी आएको छ । अब कारवाही गर्ने अधिकार सम्बन्धित कर कार्यालयको हो उनीहरुले कारवाही गरेका छन भन्ने आएको छ । विभागले कानूनी प्रक्रिया अनुसार कारबाही अगाडि बढाइरहेको छ । विभागको अर्धन्यायिक अधिकार प्रयोग गरेर सम्पादन गर्ने काम हो यो । यसमा कर अधिकृतले मात्रै कारबाही गर्न सक्ने मूल्य अभिवृद्धि कर र आयकर ऐनले व्यवस्था गरेको छ । यसको सबै संयोजन आन्तरिक राजस्व विभागले गरिरहेको छ । १ सय ९६ वटाभन्दाबढी मुद्दाको कारबाही सम्पन्न भएको जानकारी हामीलाई प्राप्त भएको छ । यसबाट २ अर्ब ७० करोड रुपैयाँ कर निर्धारण भएको छ । कर अधिकृतहरूले यो काम जतिसक्दो छिटो सम्पन्न गराउने गरी तदारुकता देखाइ रहनु भएको छ । मन्त्रालयको तर्फबाट यसमा कानूनमा भएअनुसार हदैसम्मको कारबाही गर्नका लागि निर्देशन दिइएको छ । 

टुङो लागेको मुद्दामा के कारबाही भयो भनेर सार्वजनिक त सरकारले गरेको छैननी ?
तत्कालिन समयमा यस विषयमा व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले सबै विवरण माग गरेको थियो । १५–१५ दिनमा समितिमा विवरण पठाउने गरिएको थियो । कर अधिकृतहरूले गरेका कामकारबाहीहरू सबै गोप्य रहने कानूनी व्यवस्था रहेको जानकारी आन्तरिक राजस्व विभागले दिएका कारण कारवाहीमा परेकाहरुको सार्वजनीक नगरेको हुनसक्छ । तर, यस विषयमा व्यापक छलफल भएपछि के गर्न सकिन्छ भनेर सरकारका कानूनी सल्लाहकार महान्यायाधिवक्तालाई सबै कागजात पठाइ सकिएको छ । यसमा के कदम चाल्नुपर्ने हो, त्यस विषयमा उहाँसँग सल्लाह मागिएको छ ।
निजीक्षेत्रले लगानीमैत्री वातावरण छैन् भनेका छन्, के व्यवसायीले भनेझे नभएकौ हो ?
यहाँ मलाई अचम्म के लागि रहेको छ भने आफ्नै क्षेत्रको बदनाम नीजि क्षेत्रबाट भएको छ भन्ने लाग्छ । किनकी, आफुलाई ठुला उद्यमीभन्न रुचाउनेहरुले एउटै रट लगाई रहनु भएको छ । देशमा लगानीमैत्री वातावरण भएन भनेर । उहाँहरुले पनि भन्न सक्नु भएको छैन लगानीमैत्री वातावरण कस्तो हुनु पर्छ भन्ने ? उहाँहरुले जानी जानी यहा नजानेर वातावरण भएन भनेर भन्नु उचीत हुदैन् । जहाँ व्यवसायीहरुले लगानीमैत्री वातावरण छैन भनेर भन्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो । देशमा खुला अर्थनीति अबलम्बन गरिएको छ । राज्यले लगानीमा न्यून भुमीका खेलेको अबस्थामा बढी भुमीका खेल्ने काम नीजि क्षेत्रको हो । जुन देशमा सामान्य राजनीतिक उतावचढाव आई रहन्छ । त्यसलाई आधारमानेर लगानीमैत्री वातावरण भएन भन्ने राम्रो हुदैन । देशमा विदेशी लगानी भित्राउनेमा सरकारभन्दापनि नीजि क्षेत्रको पहिला भुमीका हुन्छ । नीजि क्षेत्रले लगानी वाताबरण छैनन भनेका कारण लगानी नआएको हो । नीजि क्षेत्रबाट कस्तो खालको सुरक्षा चाहिने हो त्यो सरकारले दिन तयार रहेको आह्वान गरि रहदापनि लगानीका खाका समेत नल्याई वातावरण छैनन भन्ने उचीत होइन । सरकारबाट पहल गरेका लागनी सुरक्षाका प्रयासमा के कस्ता विषयमा परिमार्जन गरिनु पर्छ कुन विषयमा सम्झौता गरिनु पर्छ त्यो लगानीका लागि सरकार तयार रहेको छ । तर नीजि क्षेत्रबाहिरमात्र आवाज उठाउने तर नीति सम्बत नआएकाले यस्तो भएको हो । औद्योगिक क्षेत्रलाई शान्तिक्षेत्र घोषणा गर्ने सरकारले बाचा गरेको छ । सक्षम, स्वच्छ, प्रतिस्पर्धी, आत्मविश्वास युक्त निजीक्षेत्र निर्माण गर्ने भनिएको छ । निजीक्षेत्र आर्थिक विकासको संवाहक हो भनेर सरकारले स्वीकारेको छ । निजीक्षेत्रको विकासविना हामी अगाडि बढ्न पनि सक्दैनौं । औद्योगिक नीति २०६७ अनुसार औद्योगिक व्यवसाय ऐन बन्नुपर्छ, लगानीबोर्ड बन्नुपर्छ भन्ने विषय सरकारले गृहकार्य गरी रहेको छ । साना, कुटीर तथा मझौला उद्योगलाई प्रवद्र्धन गर्नका निमित्त घरेलु ग्राम, हस्तकला ग्राम, बिक्री केन्द्र बनाउनेजस्ता कार्य सरकार सकारात्मक रहेको छ । औद्योगिक नगरीहरूमा विद्युत्को छुट्टै फिडर दिने कबोल सरकारले गरेको छ । निकासीमा दिँदै आएको कर छूटलाई निरन्तरता दिएका छौं । निजीक्षेत्रलाई जलविद्युत् क्षेत्रमा लगानी केन्द्रीत गर्नका लागि विशेष सहुलियत दिइएको छ ।
सम्पत्ति स्वयम घोषणाको व्यवस्था कुन प्रयोजनका लागि हो ?
यो प्रयोजन लुकेर बसेका र करको दायरामा नआएको सम्पत्तीको हकमा हो । यो व्यवस्था जुन देशमा राजनीतिक रुपमा ठूला परिवर्तन भएपछि दिइने सुविधा हो । यो सवैलाई छुट दिने प्रचलन रहेको छ । यहाँपनि ठुलो परिवर्तनपछि दिइएको सुविधा हो । उनीहरुले धोषणा गरेको सम्पत्तीलाई छानविन नहुने भन्ने होइन यो सुविधाभित्रपनि छानविन हुन्छ । उनीहरुको सम्पत्तीको पारदर्शिता कतिको छ, उनीहरुले पेश गरेको अभिलेखसंग र बास्तविक सम्पत्तीसंग मिलेको या नमिलेको बारेमा अध्ययन अनुसन्धान हुने गर्छ । यो नागरिकको हैसियतले दिएको सुविधा हो । २०६५ असोज ३ गते  सो सुविधाबाट फाइदा लिएकामध्य तत्कालिन समयमा १३ अर्ब रुपैयाँ बराबरको सम्पत्तीको धोषणा भएको छ । त्यस बखतनै सम्पत्तीकर ऐन निमार्ण गरि सम्पत्तीकर ऐन राजपत्रमा समाबेश भएपनि हाल सम्म त्यो कार्यान्वयन भने हुन नसक्दा यसलाई व्यवस्थीत गर्न नसकिएको भने पक्का हो । उनीहरुले घटीमा ० दशमलव ५  र बढीमा २ प्रतिशत कर लिएर आफ्नो अभिलेख राख्न र चल अचल निश्चित सम्पत्ती दर्ता गर्ने नगर्ने अधिकार रहेको छ । मेरै पहलमा सम्पत्ती शुद्धिकरण विभागको स्थापना गरेर सम्पत्तीको छानविन सुरु गरीएको हो । यसबाट अकुत सम्पत्ती आर्जन गर्ने र विलासिता जीवन बिताउने माथी भने राज्यले निगरानी राखेको हुन्छ र कारवाही पनि गर्ने छ ।  सबै सम्पत्ति करको दायरामा आउने, करको दायरा फराकिलो हुने, अनधिकृत रूपमा लुकेर बसेको सम्पत्ति बाहिर आउने विश्वास गरिएको छ ।
यो व्यवस्थाले अनधिकृत रूपमा कमाएको, आपराधिक क्रियाकलाप गरेर कमाएको सम्पत्ति वैधानिक हुने बाटो खुलेको छनी हैन र ?
हैन् । यो व्यवस्थाले अनाधिकृत सम्पत्ती कमाउनेहरु बच्च सक्दैनन् । किनकी जसले आफ्नो सम्पत्तीको अभिलेख बुझाउदैमा सुख पाउदैनन् । उनीहरुको जीवन विताउने र अन्यका बारेमा अनुसन्धान हुन्छ । जसकालागि हामीले सम्पत्ती शुद्धिकरण म अर्थसचिब हुदानै स्थापना गरेर कार्यान्वयनमा ल्याएका छौ । आउने सुचना र उसको आनीबानीबारे अनुसन्धान हुन्छ यदी अबैधरुपमा कमाएको सम्पत्ती भेटिएको खण्डमा ऐन अनुसार सरकारले कारवाही गर्छनी । त्यो छुट कसैलाई छैन । गैरकानूनी रूपमा कुनै सम्पत्ति आर्जन गरिएको छ भने त्यसमाथि राज्यले कानूनबमोजिम कारबाही नगर्ने भन्ने हुँदैन । सम्पत्ति कर ऐन संसद्बाट पारित भएर आउने भएकाले सार्वभौमसत्ता सम्पन्न संसद्ले यी सबै पक्षका बारेमा विचार गर्छ भन्ने मलाई लाग्छ । सरकारसँग नागरिकको स्थायी सम्पत्ति (व्यक्तिको घरजग्गा) को लालपूजा सुरक्षित छ । देशभरिमा कति नगद छ भन्ने जानकारी राष्ट्र बैकसँग छ । कर तिर्ने व्यक्तिको विवरण तथा उद्योग व्यवसायको स्थिति पनि अभिलेखबद्ध छ । कुनै कम्पनी वा आयोजनाको धितोमा कसैले ऋण लिएको छ भने त्यसको मूल्य पनि सम्बन्धित बैकसँग हुन्छ । यसरी छरिएको रूपमा राज्यसँग विवरण त छ । तर, व्यक्तिव्यक्तिको सबै किसिमको सम्पत्ति चाहिँ राज्यसँग अभिलेखबद्ध छैन । त्यसैले यो नयाँ व्यवस्थाको तयारी गरिएको हो ।
आर्थिक विकासका सन्दर्भमा लैङ्गिक मुद्दालाई सरकारले कसरी हेरिरहेको छ ?
लैङ्गिक विषयमा आर्थिक समानता कायम गर्ने सम्बन्धमा सरकारले केही विषयमा काम गरेको छ । पहिलो पक्ष कानूनी आधार हो । महिला र पुरुषले कामको समान ज्याला पाउनुपर्ने कुरा संविधानमै व्यवस्था गरिएको छ । आयआर्जन गर्ने र स्रोतसम्म पहुँच विकास गर्ने कुरामा महिला पुरुषबीच कुनै पनि किसिमको विभेद नहुने व्यवस्था संविधानमै उल्लेख गरिएको छ । १९१० सालमा बनेको मुलुकी ऐनमा करीब १६ ठाउँमा संशोधन गरिएको छ । दोस्रो कुरा, महिलालाई आर्थिक आर्यआजर्नका लागि समान पहुँच कसरी विकास गर्ने भन्ने विषयमा सरकारले ‘सकारात्मक विभेद’ को नीति अवलम्बन गर्दै आएको छ । सन् १९९५ मा चीनको बेइजिङमा सम्पन्न चौथो विश्व महिला सम्मेलनमा सहभागी भएपछि सरकारले विभिन्न चारओटा रणनीति बनाएर काम गर्दै आयो । तर, सन् २००० मा भएको ‘बेइजिङ प्लस फाइभ’ को संयुक्त राष्ट्रसंघको मुख्य कार्यालय, न्यूयोर्कमा सम्पन्न भेलाबाट के थाहा लाग्यो भने, नेपालमा त्यो बेलासम्म गरिएका ‘महिला सशक्तीकरण’ का प्रयास खास प्रभाकारी हुन सकेको रहेनछ । त्यसपछि सन् २००३ देखि ‘लैङ्गिक उत्तरदायी (जेण्डर रेस्पोन्सिभ) बजेट बनाउने प्रयास थालियो । सन् २००६÷०७ को बजेटमा पहिलोपटक लैङ्गिक उत्तरदायी बजेट ल्यायौं । यसअन्तर्गत हामीले चार विषयमा ध्यान पु¥याएका थियौं  । कुनै पनि सरकारी कार्यक्रमको तर्जुमा गर्दा महिलाको सहभागितालाई कार्यान्यवनको तहमा महिलाको सहभागिताबाट उनीहरूको क्षमतामा भएको अभिवृद्धि र त्यसबाट उनीहरूलाई लाभ दिन सरकारले पहल गरेको छ । यसका साथै प्रत्येक सरकारी कार्याक्रम सञ्चालन भएपछि महिलाकै हातमा आय÷रकम प¥यो परेन र महिला सहभागी भएको प्रत्येक सरकारी कामको गुणस्तरमा सुधार आएउने भएकाले पहिलो प्राथमिकता महिलाई दिइएको छ । यसका लागि महिलामैत्री वातावरण तयार गर्ने कार्यक्रमहरू पनि लागू गर्दै लग्यौं । महिलाले गरेको घरायसी कामको पनि आर्थिक रूपमा गणना हुनुपर्छ भनेर आर्थिक सर्वेक्षणमा समावेश गर्न थाल्यौं । अर्काे कुरा महिलाकै नाममा अचल सम्पत्तिको अधिकार पनि सुरक्षित हुनुपर्छ भनेर महिलालाका नाममा घरजग्गा पास गर्दा राजस्व छूट हुने व्यवस्था गरिएको छ । यसले गर्दा आजभन्दा ५÷६ वर्षअघि महिलाका नाममा जग्गा रजिष्ट्रेशन गरिएको तथ्याक ८÷९ प्रतिशतमा सीमित थियो भने हाल २५ प्रतिशतसम्म पुगेको छ । यी विषयलाई सरकारले अहिले पनि प्राथमिकतामा राखेको छ ।
महिलालाई आर्थिक विकासको मूलधारमा ल्याउन के के योजना तय गरिनु पर्छ ?
यसका लागि सरकारले औद्योगिक नीति २०६७ जारी गरेको छ । यसमा महिला उद्यमी भएर आए विशेष किसिमको सहुलियत दिने व्यवस्था गरेको छ । उद्योग सञ्चालनका लागि महिलाले लिएको बैकको ऋण कहिल्यै नडुबेको, उनीहरूले चलाएको लघुउद्यम व्यवस्थित रूपमा सञ्चालन भएको अध्ययनहरूले देखाएका छन् । त्यस्तै, महिलालाई विकासको मूलधारमा ल्याउन विशेष नीति नै तय गरिएको छ । जस्तै, स्थानीय तहका नीति तथा कार्यक्रम बनाउँदा, योजना बनाउँदा, सहजकर्ताका रूपमा उनीहरूलाई सहभागी गराइनुपर्ने व्यवस्था छ । यसअन्तर्गत प्रत्येक गाविसमा महिला स्वयंसेविका राख्ने, करीब ३४ हजार सरकारी विद्यालयका १ लाख ५० हजार शिक्षकमध्ये २९ प्रतिशत शिक्षिका छन् । आर्थिक रूपमा महिलालाई सबलीकरण गर्न कम्तीमा तीनओटा पदमा महिलाको भूमिका हुनै पर्छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष वा सदस्य, राष्ट्र बैकको गर्भनर वा डेपुटी गर्भनर वा अर्थमन्त्री, अर्थसचिव वा अर्थ मन्त्रालयको उच्च अधिकारी । आर्थिक क्रियाकलापको नीति बनाउने यी महत्वपूर्ण ठाउँमा महिलाकै नेतृत्व र सहभागिता भयो भने महिलालाई अझै आर्थिक रूपमा सबल बनाउन सकिन्छ । त्यसो भन्नुको अर्थ अहिले ती ठाउँमा भइरहेका पदाधिकारीले महिलाको पक्षमा काम गरेका छैनन् भन्ने होइन । यसका साथै महिलाले मात्रै सञ्चालन गर्न पाउने गरी प्रत्येक गाविसमा ५० हजार रूपैयाँको अक्षय कोष स्थापना गरिएको छ । यसबाट महिलाहरूका लागि सुडेनी तालीम, स्वास्थ्य सेवालगायत सञ्चालन गरिन्छ । पछिल्लो समय महिला हिंसालाई निरुत्साहित गर्न केन्द्रीय कोष स्थापना गरेका छौं । पारिवारिक र यौन हिंसामा परेका महिलालाई राख्न विभिन्न १५ जिल्लामा सेल्टर स्थापना गरेका छौं ।
प्रशंग बदलौ, यहाँ अर्थमन्त्रालयबाट एकै पटक मन्त्री परिषद्को कार्यलयमा आईपुग्नु भयो, यहाँलाई तत्कालिन सरकारलाई सहयोग नगरेकाले अर्थबाट हटाएको हो भन्ने सुनिन्छनी ?
यस विषयमा म कुनै टिप्पणी गर्न चाहान्न । बाँकी कुरा म यस मन्त्रालयमा आउनु पुर्व सिमित घेराभित्रमा रहेको थिए भने अहिले प्रधानमन्त्रीको कार्यालयमा आउदा २७ वटा मन्त्रालयको अनुगमन र सिधै प्रधानमन्त्रीसंगको सहकार्यमा काम गर्न पाएको छु । म यस मन्त्रालयमा नआउदाँ सम्म सिमित रहेका मेरो काम अहिले फराकिलो बनेको छ । उपत्यकाको सडक विस्तार र त्यहाँ भएका समस्यालाई समधान गर्न म सम्बन्धित स्थलमै गएर समधान गर्ने मौका पाएको छु । म अहिले मुख्य सचिबसंगको सिधै सहकार्यमा काम गर्न पाएको छु त्यसैले को कस्ले के भने भन्दापनि आफ्नो दायित्व के भन्ने तर्फ कर्मचारीहरु जानु पर्छ भन्ने मेरो मान्यता हो । म यस मन्त्रालयमा आएपछि अधिकारी दम्पतीको भोकहड्ताल तोडाउन सफल भएको छ। अहिले फेरी बस्नु भएको छ भन्ने सुनेको छु । समस्यालाई बुझेर काम गर्न पाएको छु । यहाँ महत्वपुर्ण कुरा भनेको सडक चौडा गर्ने हो । यो अधिकार काठमाडौं विकास प्राधिकरण ऐन अनुसार भएको हो । २०३३ सालको मापदण्ड अनुसार सडक विस्तार कार्य गरिएको हो । यो पनि मेरै पहलमा भएको भन्दा फरक पदैन ।
यस परिषद्मा आएपछि विस्तारीत सडकका बारेमा नजिकबाट हेरी रहनु भएको सो विस्तारबाट धेरैको उठीबास सरकारले लगायो भनेर आरोप पनि छनी ?
हो मैले यस मन्त्रालय आएपछि नजिकबाट विस्तारीत सडकको अनुगमन गरेको छु चौडा गरिदा पर्ने समस्याको समधान गरेको छु । सडक विस्तार गर्दा सवै जग्गा सडकमा पर्नेलाई क्षेतिपुर्ति दिने काम सरकारले गरेको छ । नपाएकालाई हामीले स–प्रमाण सहित सम्पर्कमा आउन आह्वान गरि रहेको छौ । सूचना थाहा पाउदा पाउदै पनि सडक मिचेर घर निमार्ण गर्नेमाथी सरकारले कुनै क्षतिपूर्ति दिदैन् । हाल विस्तारीत सडक १ सय २५ किलोमिटर रहेको छ । हाल सम्म ५० अर्ब रुपैयाँ खर्च भएको छ । १० अर्व राज्यबाट, ४० अर्ब नागरिकबाट खर्च भएको छ । उपत्यकाभित्रका सवैघरमा न्यूनतम दकमल र एम्बुलेन्स पुग्नु पर्छ भन्ने मान्यता अनुसार सडक विस्तार भई रहेकोछ ।
यहाँले पटक–पटक सडक समयसिमाभित्र सम्पन्न गर्न निर्देशन त दिनु भयो त ठेकेदारहरुले यहाँको निर्देशन त पुरै बेवास्था गरेका छन्नी ?
 हो सुरुका दिनमा ठेकेदार कम्पनीहरुले सुनेको नसुने झै गरेका थिए । उनीहरुलाई सडक सम्पन्न गर्ने समयसिमाभित्र सम्पन्न नगरेको खण्डमा कारवाही गर्न मन्त्रीपरिषद्को कार्यालयबाट कडा निर्देशन जारी गरेपछि सडक निमार्णमा तीब्रता आएको छ । विचमा संविधान सभाको निर्वाचन, दशै÷तिहार जस्ता पर्व परेका कारण निमार्ण कार्यमा ढिलाई भएको भनेपछि अब कुनैपनि तवरबार गुणस्तरीय सडकको निमार्णकार्य सक्न निर्देशन दिएपछि र अब पनि सो निर्देशन अनुसार सम्पन्न नभएकोख खण्डमा कारबाही गर्ने चेताबनी दिएपछि विस्तारीत सडक निर्माणको अन्तिम चरणमा पुगेको छ ।
समयमा सम्पन्न नगर्नेमाथी सरकारले कारवाही गर्छ भन्नु भएको थियो समयसिमा सकिएपनि अझै सडक त जस्ताकै तस्तै छनी, कारवाही गर्न केले रोक्यो त सरकारलाई ?
हैन, कारवाही गर्न कसैले रोकेको छैन् । कहि ठेकेदार कम्पनीका कारण ढिलाई भएको छ भने कतै सरकारी कार्यालयकै कारण ढिलाई भएको रिपोर्ट आएकोछ । ठेकेदारहरुले दशै÷ तिहार र संविधान सभाको चुनावका कारणकासाथै गाडि गुढी रहेको अबस्थामा काम गर्नु परेका कारण समयसिमाभित्र सम्पन्न गर्न नसकेको बताएका छन् । भने लैनचौर सडकखण्डमा भने विद्युत् प्राधिकरणका कारण सडक निमार्णमा ढिलाई भएको हो । सो मार्गमा जमिनमुनी विजुलीको तार हाल्ने भनिएको थियो । तर त्यो कार्य असफलभएकाले ढिलाई भएको हो । अब तार राख्ने जति छोडेर बाँकी सडकको निमार्णकार्यमा पनि तीब्रताका साथ अगाडि बढेको छ ।
विस्तारीत सडक अब कति समयभित्र सम्पन्न होला ?
१ वर्षको अबधिमा १२५ किलोमिटर सडक विस्तार गर्ने योजना अनुसार अधिकाशं सडक अन्तिम चरणमा पुगेको छ । सो अबधिभित्र ४० किलोमिटर कालोपत्रे भइ सकेको छ । ८० किलोमिटर ग्राभिल भएको छ । सवैले तोकेकै समयभित्र सम्पन्न हुने क्रम जारी छ । चालु आर्थिक वर्षभित्र यो सडक सम्पन्न हुन्छ ।
अन्तमा    
अटेर गर्ने कम्पनीलाई कारवाही गर्ने पूर्ण अधिकार सडक डिभिजन अन्तरगतका इन्जिनियरहरुको हो । उनीहरुलाई सरकारले छानविन गरेर कारवाही गर्न निर्देशन दिइ सकेको छ । यसमा कुनै राजनीतिक दलहरुको दवावमा नपरि कानून अनुसार काम नगर्नेमाथी कारवही गर्नू होला भनेर निर्देशन दिएका छौ ।
यहाँ काठमाडौंका बारेमा मास्टर योजनानै बनाउनु पर्ने बेला आएकोछ । सवै नदीको दुवैतर्फ चौडा बाटो निमार्ण गरिनु पर्छ । ३० मिटर चौडा सडकमाथी स्काई ट्रेन बनाउनु पर्छ । यसतर्फपनि सरकारले कार्ययोजना तयार गरिनु पर्छ । सडकलाई पूर्णरुपमा अन्तराष्ट्रिय मापदण्ड अनुसार निमार्ण गरिनु पर्छ । जहाँ ट्राफिक लाईटको व्यवस्थीत गरिनु पर्छ । अपाङगता भएकाहरुले आफैले बटम थिचेर सडक पार गर्न सक्ने योजना सहित सडक निमार्ण गरिनुको विकल्प छैन ।

Sunday, December 29, 2013

व्यवसाय अघि बढाउन सत्ता र शक्तिमा सहकार्य गर्नुको विकल्प छैन ः चौधरी
रोशन कार्की
नबलपरासी
। विश्वका धनीको सूचीमा परेका नेपाली व्यवसायी बिनोद चौधरीको नेतृत्वमा रहेको चौधरी समुह पछिल्लो समयमा लगानीको क्षेत्रमा अग्रणी स्थानमा रहेको छ । नीजि क्षेत्रका अधिकाशं व्यवसायीहरुले देशमा लागानीमैत्री वातावरण नभई रहेको बताई रहदाँ चौधरी समुहले भने विभिन्न क्षेत्रमा आफ्नो लगानी गरि रहेको छ । सो समुहले पछिल्लो समयमा नवलपरासी र चितवनमा थप तीन अर्ब रुपैयाँका आयोजनाहरुको निर्माण कार्यलाई तिब्र गतिमा अघि बढाई रहेको छन् । यो समूहले सिमेन्ट र होटल तथा मलमा तीन अर्ब रुपैयाँभन्दाबढी को लगानी गर्न लागेको सो समुहका अध्यक्ष विनोद चौधरीले बताए ।
अध्यक्ष चौधरीका अनुसार नवलपरासीको दुम्कौलीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याएका छन् । भने चितवनको भरतपुरमा सिजी ल्याण्डर्माक निर्माण भइरहेको छ । त्यस्तै मेघौलीमा ‘जिंक जर्नी चितवन’ नामको रिर्सेट निर्माणको काम भई रहेको छ ।  नवलपरासीमा निर्माण गरिएको सिजी सिमेन्ट उद्योगले परीक्षण उत्पादन पछि बजारमा सार्वजनिक गर्न थालेको छ । विद्युत प्राधिकरणको ग्रिडबाट डेढ मेगावाट आपुर्ति हुने र बाँकी डिजेल जेनेरेटरबाट उत्पादन गर्दै आएको छ । नेपालमा ५० वटा ग्रान्डिङ युनिट र ७० वटा सिमेन्टका ब्राण्ड छन् । यी उद्योगसँग गुणस्तरबाट प्रतिस्पर्धा गर्ने उनले बताए । सिजी सिमेन्टको फ्याक्ट्रि मुल्य ओपीसीको प्रतिबोरा ६ सय ४० रुपैयाँ र पीपीसीको पाँच सय ६० रुपैयाँ तोकेको छ ।
त्यसैगरी, चौधरी गु्रपले भरतपुर नगरपालिका–१० मा निर्माण गरिरहेको सिजी ल्याण्डमार्क  निर्माण गरिरहेको छ । सपिङ सेन्टर, फूडकोर्ट र होटल खोल्ने गरी यो सिजीमल निर्माण भइरहेको सिजी डेभेलपर्सका प्रमुख सञ्चालन अधिकृत कपिल अधिकारीले बताएका छन् । नौ तलको सो महल अहिले निमार्णधिनकै रुपमा रहेको छ । हाल पाँच तलासम्मको प्रारम्भिक संरचना तयार भइसकेको छ । आठ कठ्ठा क्षेत्रफलमा बनिरहेको यो मलको लागत ९० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । चार तलासम्म रिटेल सपिङ सेन्टर रहने र पाँच र ६ तलामा फुडकोट तथा गेमिङ जोन र त्यसभन्दा माथिका तलामा होटल सञ्चालनका लागि प्रयोग गरिने प्रारम्भीक योजना रहेको छ ।

अर्को चितवनकै मेघौलीमा सात तारे (सेभेनस्टार) बराबरको सुविधा दिने गरी रिर्सोट निर्माणको प्रक्रिया पनि समूहले अघि बढाएको छ । भरतपुरबाट ३३ किलोमिटर दक्षिण पश्चिममा पर्ने यो क्षेत्रमा २७ करोड रुपैयाँको लगानीमा ‘जिंक जर्नी चितवन’ नामको रिसोर्ट निर्माण गर्न लागिएको छ । यो रिसोर्टमा १८ भिल्ला रहनेछन् । सन् २०१५ को अगस्टसम्म यो रिसोर्ट सञ्चालनमा ल्याउने सो ग्रुपले जनाएको छ । 
यसैगरी, स्वदेशमामात्र नभई यो ग्रुपले विदेशमा समेत आफ्नो लगानीलाई विस्तार गर्ने भएको छ । सो समुहका अध्यक्ष चौधरीले श्रीलंका सरकार सामु लगानीको नयाँ प्रस्ताव पेश गरेका छन् । उनको बहुराष्ट्रिय कम्पनी सिनोभेसन मार्फत लगानी प्रस्ताव गरेको बताएका छन । जेटविंग कम्पनीसँगको सहकार्यमा सिनोभेसनले लगानी प्रस्ताव गरेको हो । चौधरीले सिनोभेसन मार्फत श्रीलंकामा चालू र भविश्यमा हुने विभिन्न परियोजनामा २० करोड अमेरिकी डलरसम्म लगानी गर्ने प्रस्ताव पेश गरेको अध्यक्ष चौधरीले बताए ।
श्रीलंकाको जाफ्ना प्रायदीपमा निर्माणधीन अवस्थामा रहेको एक सिमेन्ट कम्पनीमा ७५ लाख अमेरिकी डलर लगानी गर्ने प्रस्ताव पनि सरकार समक्ष पेश गरेको छन् । चौधरी समुहले बैंक, बीमा, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न ८५ कम्पनी सञ्चालनमा गरिरहेका छन् । उनले आफ्नै कम्पनी नवलपरासी स्थित ‘सिजी ग्राम’ को अबलोकनकालागि पुगेका सञ्चारकर्मीसंगको भेटमा भने,‘ पहिला आफनो देशलाई आर्थिक रुपमा सम्पन्न बनाउनु पर्छ, अनीमात्र अन्य देशमा लगानी बढाउने हो, त्यसैले आफ्ना पिडा छोपेर दवाएर देशमै लगानीमा वृद्धि गरेको हुँ ।’
८० हेक्टर क्षेत्रफलमा फैलिएको सो ग्रामभित्र हाल ७ वटा फ्याक्ट्रीहरु सञ्चालनमा रहेका छन् । अध्यक्ष चौधरीले मुलुकहरुको विकास हुन नसक्नुको कारण प्राकृतिक स्रोतको व्यवस्थापन गर्न सक्ने क्षमता कमजोर हुनु नै रहेको बताए । यसैगरी, ग्रुपले बंगलादेशका नोवल पुरस्कार विजेता मोहम्मद युनुसको ग्रामिण ट्रष्टसँगको सहकार्यमा नेपालमा सोसल विजनेशको अवधारणा कार्यान्वयनमा ल्याएको छ । जसकालागि ग्रुपले १० करोड रुपैयाँको सोसल विजनेश फण्ड बनाउने घोषणा गरिसकेको छ । उक्त फण्डलाई एक अर्ब रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । यो फण्ड वित्तीय स्रोतको पहुँच बाहिर रहेका युवालाई स्वरोजगार बनाउदै व्यवसायीमा रुपान्तरण गर्ने लक्ष्यका साथ परिचालन गरिने भएको छ ।

ग्रामिण दूरसञ्चार कम्पनी एसटीएमको ८० प्रतिशत सेयर किनेको ग्रुपले नयाँ ब्राण्डमा सेवा सञ्चालनका लागि दुई अर्ब लगानी गर्ने भएको छ । चौधरीले एसटीएममा रहेको नेपाली कम्पनी एआर इन्भेष्टमेन्टको २० प्रतिशत सेयर पनि किन्ने तयारी गरिरहेको छ ।
राणा प्रधानमन्त्री वीरशम्सेरले राजस्थानका ४ मारबाडी परिवारलाई औपचारिक ‘निस्सापत्र’ पठाएर नेपालमा ब्यापार ब्यवासाय सुरु गर्न निम्तो दिएपछि तीनै मध्येका एक मारबाडी मंगलसाहुको पसलमा काम गर्न १ सय २५ वर्ष पहिले भुरामल चौधरी नेपाल आएका थिए । काठमाडौंको मखनटोलमा मंगलसाहुको कपडा पसलमा काम गरेका भूरामलले पछि डुलुवा ब्यापारीको काम गरे । भारतबाट नयाँ डिजाइनका साडी ल्याएर दरबारमा रानीहरुलाई बिक्री गर्ने र रानीहरुको अर्डर बमोजिमका कपडाहरु ल्याएर बेच्ने काम गरे । तर भुरामलको तेस्रो पुस्ता विनोद चौधरी अहिले बहुराष्ट्रिय कम्पनीका मालिक समेत बनेका छन् । नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, सिंगापुर, अमेरिका, दुबई लगायतका देशमा उनको उद्योग र ब्यवसाय रहेको छ ।
चौधरीले भेटमा भने,‘ उद्यमी ब्यापारीले ब्यवसाय अघि बढाउन सत्ता र शक्तिमा जो आएपनि सहकार्य गर्नुको विकल्प छैन ।’ चौधरी ग्रुपले भारतको टाटा इन्टरप्राइजेजको ताज होटलसंगको सहकार्यमा श्रीलंका र माल्दिभ्समा होटल, जिंक नामक नयाँ ब्राण्डको स्थापना गरेर थाइल्याण्डको कम्पनीसंगको साझेदारीमा बिभिन्न देशमा होटल सञ्चालन गरेको छ । अमेरिका होटल र दुबइमा रियलस्टेट ब्यवसाय सुरु गरेका छन् । भारतका आसाम, सिक्किम, उत्तराखण्ड, रुद्रपुर, गुजरात लगायतका क्षेत्रमा वाइवाइ चाउचाउको फ्याक्ट्रि स्थापना गरेका छन् ।

Saturday, December 28, 2013

एनबी समुहलाई राष्ट्र बैकले  कारवाही गर्ने तयारीमा
रोशन कार्की
काठमाडौं ।
लामो समयदेखि विवादीत एनसीसी बैंक व्यवस्थापनलाई कारवाही गर्ने चेतावनी नेपाल राष्ट्र बैंकले दिएको छ । बैंकको सञ्चालक समितिमा तिब्र विवाद देखिएपछि राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिएको हो । बैंक सञ्चालक समितिमा रहेका दुई समूहबीच निकै ठूलो विवाद देखिएको र सो विवादले बैंकको वित्तीय अवस्थामा असर पर्ने अवस्था देखिएको भन्दै बैंकको सञ्चालक समितिलाई कारवाही गर्ने चेतावनी दिएको राष्ट्र बैंकस्थित एक उच्च स्रोतले जनाएको छ ।
एनसिसि बैंकमा बर्चस्व स्थापित गर्नकालागि लामो समयदेखि निर्मल प्रधान र लक्ष्मीबहादुर श्रेष्ठबीच विवाद उत्पन्न भएको छ । एनसीसीमा कसले प्रभाव विस्तार गर्ने भन्ने विषयमा एनबी समूह र निर्मल प्रधान समूहबीच विवादमा तीब्रता आएको र पटक–पटक विवाद समधान गर्नकालागि राष्ट्र बैंकले मौखिक निर्देशन दिएको भएपनि हालसम्म सो विवाद समधान नभएकाले कारवाहीकै तयारी गरेको स्रोतको भनाई रहेको छ । यो विवाद गतवर्ष सञ्चालक समितिको चयन गर्दादेखि नै सुरु भएको हो । एनबी समूहले एनसिसि बैंकमा भ्रष्ट्राचार गरेको भन्दै प्रधान समूहले राष्ट्र बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा उजुरी दिइ सकेको छ । त्यस्तै प्रधान समूहले बैंकमा गुण्डागर्दी गरेको आरोप लगाउँदै एनबी समूहका ६ जना बोर्ड सदस्यले राष्ट्र बैंकमा राजीनामा बुझाएका छन् । बैंकमा एनबी समूहका ६ जना सञ्चालक र प्रधान समूहका तीन जना गरी ९ जनाको बोर्ड रहेको छ ।
एनबीसमूहमा अध्यक्ष पृथ्वीराज लिगल र सञ्चालकहरु बेदमानसिंह मल्ल, बद्रिनारायण मानन्धर, नारायणराज तिवारी, वासुदेव गिरी, ज्ञानहरी श्रेष्ठ रहेको छन् । निर्मल प्रधान समूह तीर्थ प्रधान, डा. अशोकशम्शेर जबरा र हरिप्रसाद भट्टराई रहेका छन् । सो विवाद तत्काल समधान नगरे कारवाही गरिने राष्ट्र बैंकले जनाएको छ । सञ्चालकको विवादले बैंकको वित्तीय अवस्था विग्रनु हुदैन, सो विवाद समधान नहुदा वित्तीय अवस्थामा असर पुग्ने देखिएकाले कारवाहीको विकल्प नभएको स्रोतले भन्यो । उच्च स्रोतले नाम नछाप्ने सर्तमा भन्यो,‘ अब पनि समस्या समधान नगरेर विवाद बढाई रहने हो भने राष्ट्र बैंकले तत्काल कारवाहीको प्रक्रिया अघि बढाउछ ।’
कारबाही स्वरुप राष्ट्र बैंकले व्यवस्थापन केन्द्रीय बैंकले टेकओभर गर्ने र सम्बन्धित व्यक्तिमाथी हदै सम्मको वित्तीय कारवाही गर्ने तयारी गरेको छ । प्रधान समूहले  डिएनएस इन्भेष्टमेन्ट प्रालिलाई दिएको ७ करोड रुपैयाँ ऋणमा भ्रष्टाचार गरेको, एनबी समूहका विभिन्न व्यक्ति तथा फर्मका नाममा रहेको १० लाख ८ हजार ५ सय ४६ कित्ता सेयर बैंकले कर्जा असुली वापत लिनु पर्नेमा अनधिकृत रुपमा बिक्री गरी वर्तमान बजार मूल्य अनुसार ४० करोड रुपैयाँ भ्रष्टाचार गरेको र एनबी समूहको इन्टरनेशनल क्लबलाई कर्जा दिंदा भ्रष्टचार गरेको आरोप दुवै पक्षले लगाएका कारण विवादले तीब्र रुप लिन पुगेको छ । प्रधान समूहले गत असारमै बैंकमा भ्रष्टाचार भएको भन्दै राष्ट्र बैंकमा निवेदन बुझाएको थियो । तत्काल साधारण सभा गर्न दवाव दिदै आएको प्रधान समूहले कम्पनी रजिष्ट्रारको कार्यालयमा साधारण सभाका लागि निवेदन दिइ सकेको जनाएको छ । एनवी इन्सयोरेन्सलाई प्रिमियम वापत ४० करोड रुपैयाँ गैरकानुनी रुपमा वियरर चेक बनाएर भुक्तानी दिएको आरोप पनि प्रधान समूहले लगाएको छ ।

प्रधान समूहले अध्यक्ष सहित ६ जना विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराइसकेको छ भने, एनवी समूहले राष्ट्र बैंकमा राजीनामा बुझाएको छ । बैंक सञ्चालक समितिमा छलफल नै नगरी १५ प्रतिशत लाभांस दिने घोषणा गरेको भन्दै प्रधान समूहले धितोपत्र बोर्डमा पनि निवेदन दिएको छ । बैंकको सञ्चालक समितिले पारित नगरी लाभांस घोषणा गर्न पाइदैन । पछिल्लो समयमा एनसिसि बैंकमा प्रधान समूहले होल्ड बढाएको छ । प्रधानले एनबी समूहसँग भएको सेयर लिलामी हुँदा खरिद गरेर समेत आफ्नो हिस्सा बढाएको जनाइएको छ । त्यसैगरी, उनले सर्वसाधरण समूहमा रहेको सेयरको ठूलो हिस्सा पनि आफूले लिएका छन् । अविश्वास प्रस्ताव र नयाँ साधरणसभाले बैंकमा आफ्नो समूहको होल्ड बढ्ने भएपछि प्रधानले विवाद सुरु गरेको आरोप समेत लगाइदै आएको छ । एनबी समूह र प्रधान समूहबीच नेशनल हाइड्रोमा पनि विवाद कायमै रहेको छ । एनबी समूहकै कारण नेपाल बंगलादेश बैंक १० वर्षसम्म विवादको भुमरीमा रुमलिएको थियो ।

Tuesday, December 24, 2013

वैदेशिक रोजगार व्यवसायीद्वारा मेलेसियन राजदुताबास घेराउ
रोशन कार्की
काठमाडौं ।
मलेसिया सरकारले कामदारको स्वास्थ्य परीक्षण र भिसा सेवा शुल्क वृद्धि गरेको विरोधमा वैदेशिक बैदेशिक रोजगार ब्यवसायीहरुले नेपालस्थित मलेसियन दूतावास पुगेर रोजगार ब्यवसायीहरुले धर्ना दिँदै भिषा शुल्क घटाउन माग गरेका छन् । ललितपुरको पुल्चोकमा भएको प्रदर्शनमा ठुलो संख्यामा व्यवसायीको सहभागिता सो दुतावास घेराउ गरेका हुन् । मलेसिया सरकारले भिसा सेवा शुल्क सातसय रुपैयाँबाट बढाएर ३ हजार ९ सय पु¥याएको विरोध गर्दै नेपाली व्यवसायीहरुले प्रर्दशन गरेको हो   । भिसा प्रोसेशिङका लागि मलेसिया भिएनएल नेपाललाई नियुक्त गरेको छ । यो गरीब जनतालाई भार थोपर्ने कदम भएको ठहर वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङको रहेको छ । अध्यक्ष तमाङले भने,‘निजी संस्थालाई जिम्मेवारी दिइएका कारणले मात्र शुल्क बढेको हो ।’
नोभेम्बर १ देखि बढेको शुल्कबाट काठमाडौंस्थित मलेसियन दुतावासले ठुलो रकम कमाएको आरोप समेत उनको रहेको छ । साउनदेखि कात्तिकसम्म २५ हजार नौसय १२ नेपाली मलेसिया गएका छन् । तिनले सातसय सेवा शुल्क तिर्दा एक करोड ८१ लाख खर्च हुने गरेकोमा सेवा शुल्क वृद्धि गरेपछि यो रकम १० करोड १० लाख रुपैयाँ पुगेको अध्यक्ष तमाङले बताइ । एकैपटक ६ गुणा शुल्क बढाउनु न्यायसंगत नभएको उनीहरुको भनाई रहेको छ । हामी त्यसको विरोध गरीरहेका हौ उनले भने । यस्तै मलेसिया सरकारले बेस्टीनेटमा आवद्ध स्वास्थ्य संस्थाबाट मात्र मेडिकल परिक्षण गर्ने व्यवसथा गरेपछि शुल्क एकहजार पाँचसयबाट बढेर चारहजार एकसय २५ पुगेको छ । वैदेशिक रोजगार व्यवसायी संघले अन्तराष्ट्रिय आप्रवासन संगठनसँग पनि यसबारेमा छलफल गरेर अगाडि बढ्ने भएको छ  । हामी सरकार, अन्तराष्ट्रिय संघसंस्था र अन्य सरोकारवाला सँग छलफल गरेर दवाव कार्यक्रमलाई निरन्तरता दिने तयारीका साथ विरोध गरेका अध्यक्ष  तामाङले बताए ।
भिसा शुल्क घटाउन माग

यसअघि गल्फ कोपरेसन काउन्सीलले आफै मेडिकल सेन्टर नियुक्त गर्ने र शुल्क तोक्ने गरेको थियो । स्वास्थ्य व्यवसायीले त्यसको निकै बिरोध गरेपनि अझसम्म विवाद समाधान हुन सकेको छैन । अहिले कुल दर्ता भएका दुईसय पाँच स्वास्थ्य व्यवसायी मध्ये १२ वटाले मात्र खाडी जाने कामदारको स्वास्थ्य परिक्षण गर्दै आएका छन् । व्यवसायीहरुका अनुसार, मलेसिया सरकारले कामदारको भिसा प्रोसेसिङ र मेडिकल शुल्कमा पुर्नविचार नगरे कामदारले कुल ११ हजार दुईसय २५ रुपैया तिर्नु पर्ने हुन्छ । हाल कामदारले भिसा र मेडिकलका लागि करिव ६ हजार पाँचसय २५ रुपैयाँ तिर्दै आएका छन् । प्रर्दशनमा उलेख्यमात्रामा रोजगार व्यवसायीहरुको उपस्थीति थियो । नेपाली मान्छेको नाममा दर्ता भएको मलेसिया भिएलएन नेपाल प्रालि र मलेसियन राजदुताबासका कर्मचारीबीच मिलेमतो भएको हुनक्ने भएकाले नेपाल राष्ट्र बैंक र अन्य निकायहरुबाट छानविनको माग समेत गरेको अध्यक्ष तामाङले बताए ।
मर्यादा विपरित तामाङको नेतृत्वमा केही ब्यवसायीहरुले दूतावास घरिरहँदा मलेसिया कामदार पठाउने काम गरिरहेका अन्य ब्यवसायी भने त्यसको बिरोधमा देखिएका छन् । कुनै पनि देशले गरेको निर्णयविरुद्ध दूतावास घेर्न जानु कुटनीतिक मर्यादा विपरित रहेको समेत केही व्यवसायीहरुले बताएका छन् । मलेसियाका रोजगारदाता भडकिने र रोजगारी नै गुम्ने खतरामा पुग्ने अनुमान समेत व्यवसायीहरुको रहेको छ । नेपाली कामदारले कार्यक्षेत्रमा आन्दोलन गरिदिँदा अहिले नै छवि बिग्रिइसकेको भन्दै म्यानपावर ब्यवसायी नै दूतावास घेर्न पुग्नुले स्थीतिलाई भड्काउने दावी गरेका छन् । नेपालमात्र नभएर एकैपटक १६ वटा मुलुकमा भिसा शुल्क बढाउने मलेसियाली सरकारले निर्णय गरेकाले त्यसको बिरोध गर्नु औचित्यहीन भएको उनीहरुको तर्क छ । तर, बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष तामाङले भने निजी क्षेत्रलाई नदिने हो भिसा शुल्क नबढने दावी गरेका छन् । हालै मलेसिया सरकारले भिसा कोड नम्बर र पासवर्डसमेत दिने र म्यानपावर ब्यवसायीले आफ्नो भिसा प्रोसेसिङबारे थाहा पाउनेगरि नयाँ सफ्टवेयर प्रयोगमा ल्याउने निर्णय गरेको छ । फोस्वाँ नामक नयाँ कम्पनीले सो जिम्मा पाएपछि भिएलएन नामक कम्पनीले त्यसको बिरोध गरिरहेको छ ।

Monday, December 23, 2013

         नयाँ बजेट बनाउने प्रक्रिया सुरु
रोशन कार्की
काठमाडौं ।
आर्थिक वर्ष ०७१÷७२ को बजेट बनाउने प्रक्रिया अर्थ मन्त्रालयले सुरु गरेको छ । राजनीतिक दलहरूको असमझदारीका कारण समयमै बजेट ल्याउन सकेको थिएन जसले विकास निर्माणका काम ठप्प भएका थिए । आगामी बजेट समयमै ल्याउन राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले काम सुरु गरेकोे अर्थ मन्त्रालयले जनाएको छ । आयोगका अनुसार आगामी साताभित्र नयाँ बजेटको प्रारम्भिक सिलिङ तोकिनेछ । बजेट निर्माणका लागि विभिन्न निकायसँग १४ स्थानमा छलफल गरिसकेको समेत आयोगले जनाएको छ । आयोग र अर्थ मन्त्रालयका बजेट निर्माण समितिले नयाँ बजेटका लागि राजनीतिक दलका नेतासँग सुझाव संकलन गरिएको जनाएको छ । चालु आर्थिक वर्षको भन्दा २० प्रतिशत बढीको बजेट निर्माण हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको बजेटको आकार ५ खर्ब १७ अर्ब रूपैयाँभन्दा माथिको हुने अनुमान योजना आयोगको छ । जसअनुसार आगामी आर्थिक वर्षको बजेट ६ खर्ब रूपैयाँभन्दा बढी हुनेछ । सोबारे विकास परिषद्मा बजेटबारे छलफल भइरहेको छ । योजना आयोगले आव ०७०÷७१ देखि ०७२÷७३ सम्मको बजेटको सिलिङ १६ खर्ब १६ अर्ब रूपैयाँ तोकेकाले आगामी आवको बजेट ६ खर्बभन्दा माथिको हुने अनुमान गरिएको हो ।
अर्को साता प्रारम्भिक सिलिङ तोकिने

आयोगले मन्त्रालयहरूको बजेटको पनि सिलिङ तोक्छ । केही मन्त्रालयसँग छलफल गरे पनि धेरै मन्त्रालयसँग छलफल नगरी चालु आव र गत आवको कार्यक्षमतालाई हेरेर सिलिङ तोकिने तयारी भइरहेको छ । ६ खर्बको हाराहारीमा बजेट बनाउनु छ तर १२ खर्ब भन्दा धेरैको माग आउने गरेको छ । आयोगका अनुसार धेरै मन्त्रालयसँग छलफल नगरी बजेटको सिलिङ तोकिँदै आएको छ । चालु आर्थिक वर्षको बजेटले निजामती कर्मचारीको तलब १८ प्रतिशतले वृद्धि गरेको थियो । संविधानसभा–२ को चुनावका लागि १६ अर्ब रूपैयाँ विनियोजन गरिएको छ । यसैबीच, अर्थमन्त्री शंकरप्रसाद कोइरालाले समयमा बजेट आउँदा अर्थतन्त्रको सूचक सकारात्मक हुने बताएका छन् । उनले समयमै बजेट ल्याउन विशेष पहलसमेत भइरहेको बताए । उनले आगामी बजेट समयमा ल्याउन अब बन्ने सरकारलाई आग्रह गरिरहेको समेत बताए । बजेट समयमा आए अर्थतन्त्र चलायमान बनाउने भएकाले यसलाई साझा दस्ताबेजका रूपमा अघि बढाउनुपर्ने उद्योग तथा वाणिज्यमन्त्रीसमेत रहेको कोइरालाले बताए ।

Tuesday, December 17, 2013

दलहरुको अपरिपक्कताका कारण देशको अर्थतन्त्र ‘कोमा’ मा पुग्छ


  
डा.चन्द्रमणि अधिकारी
अध्यक्ष,
आर्थिक विकास अनुसन्धान परिषद् (नारेक नेपाल)

२०२० सालमा बुबा टिकाप्रसाद र आमा एकाकुमारी अधिकारीले काभ्रेपलाञ्चोक जिल्लाको माहांकाल गाविसबाट स–परिवार तराई जानु भयो । विविध कारणले गर्दा सो वर्षदेखि आफ्नो पुखौली जन्मस्थलबाट रौतहट जिल्लाको चन्द्रनिगाहपुर बस्न पुग्नु भयो । काभ्रेमा जन्मस्थान भएपनि तराईको रौतहटको चन्द्रनीगाहापुर मै आफ्नो सम्पुर्ण जीवन विताएका अर्थशास्त्री हुन् डा. चन्द्रमणि अधिकारी । भारतको लखनौबाट २०६० सालमा अर्थशास्त्रमा पिएचडी गरेका अधिकारी अहिले काठमाडौंमा आफ्नो स–परिवार बसोबास गर्दै आउनु भएको छ ।
खरो रुपमा देशको अर्थतन्त्र विकास नहुनुमा पहिलो चरणमा सरकार सञ्चालक र राजनीतिक दलहरुको अपरिपक्कताका कारण देशको अर्थतन्त्र ‘कोमा’ मा पुगेको बताउनुहुन्छ । आफ्नो पढाई सकेर काठमाडौं आएपछि नै अर्थतन्त्रको विकास र देशलाई आर्थिक रुपमा सम्पन्न बनाउनु पर्छ त्यसकालागि सवैले एउटै नारा लिनु पर्छ भन्ने डा. अधिकारी नागरिक लगानी कोषका निर्वतमान अध्यक्ष हुन् । डा. अधिकारी अहिले आर्थिक विकास अनुसन्धान परिषद् (नारेक नेपाल) का अध्यक्षको जिम्मेवारी पुरा गर्दै आउनुभएको छ । नगर विकास कोषको सञ्चालक सदस्य समेत रहेका छन् । यि बाहेक उनी विभिन्न सामाजिक संघ÷सस्थामा आबद्ध भएर देश र समाजमा आर्थिक विकास विना कुनै पनि विकास नहुने भन्दै निरन्तर सो अभियानमा लाग्नु भएको छ । उनी एक सफल अर्थशास्त्री भएपनि उनी एक कुशल वकिल समेत रहेका छन् । पुनराबेदन अदालतका सदस्य रहेका छन् । सो अदालतको सदस्य भएपनि अहिले वकालतमा भने समय दिन नसकेको बताउनु भएको छ । भने एक अर्थशास्त्री, वकिलका संगै आफुलाई साहित्यकरुपमा पनि परिचय बनाउनु भएको छ डा. अधिकारीले । हालसम्म १७ वटा पुस्तक प्रकाशन गरेकोमा १५ वटा आर्थिक विषयमा समेटिएका पुस्तक रहेका छन् भने २ वटा साहित्यक पुस्तक रहेका छन् । रौतहटको तत्कालिन राष्ट्रिय प्राथमिक विद्यालयबाट आफ्नो औपचारीक अध्ययन सुरु गरेका हुन । अर्थव्यवस्था सम्बन्धी स्पष्ट दृष्टिकोण नै बन्न नसक्दा अहिलेको अवस्था आएको उहाँको विश्लेषण रहेकोछ । उपभोग र आयातमा आधारित राजस्व परिचालन बढ्दैमा सन्तोष गर्ने अवस्था नरहेको उहाँको भनाई छ । राजनीतिक दलका प्रतिबद्धता र तिनको कार्यान्वयन, देशको आर्थिक विकास र यसका चुनौतीका विषयमा केन्द्रीत भएर कमाण्डर पोष्टका रोशन कार्कीले अध्यक्ष डा.अधिकारीसंग गरेको कुराकानीको सम्पादित अशं ।

देशको अर्थतन्त्रको भविश्य कस्तो ?
एक तवरले हेर्ने हो भने अन्तिम अबस्थामा पुगेको छ । देशमा हुनुपर्ने सवै विकासका कार्यहरु रोकिएका छन् । सवै कुरा पछाडि परेका छन् । अन्य देशमा आर्थिक विकासका कार्य अगाडि जाने गरेको छ तर हाम्रो देशमा पछाडि गएका कारण अर्थतन्त्रको अबस्था नाजुक रहेको छ भन्दा फरक पदैन् । दलहरुको अपरिपक्को आर्थिक नीति प्रष्ट नभएकाले देशमा हुनुपर्ने पुर्वाधार, लगानी, रोजगारी र उत्पादन समेत जुनरुपमा हुनु पर्ने हो त्यो हुन सकेको छैन् । आयको रुपमा हेर्ने हो भने देश भुटानभन्दा पछाडि परेको छ ।
अबका दिनमा अर्थतन्त्रमा के कस्तो असर पार्ने देख्नुहुन्छ ?
अघिल्लो संविधानसभाको निर्वाचनका लागि कुल २ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, यसपटकको  निर्वाचनका लागि सरकारी बजेटमात्रै १६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यसबीचमा सेना परिचालन, म्यादी प्रहरी तथा थप प्रहरी परिचालनका लागि थप रकम सरकारले नै परिचालन गरेको छ । सरकारले नै यस चुनावमा करीब ३० अर्ब रुपैयाँ खर्च भएको अनुमान गरेको छ । त्यसबाहेक लुकेका खर्च जस्तै– व्यक्तिगत र पार्टीगत चन्दाको रकम यसमा समावेश छैन । यी सबै खर्च गरेर करीब ५० अर्ब रुपैयाँ भन्दाबढी यस चुनावमा खर्च भएको अनुमान गरिएको छ ।
अर्थतन्त्रका १० प्रतिशत मुद्राको प्रवाह बढ्यो भने त्यसले करीब साढे ४ प्रतिशत मूल्यवृद्धि गराउँछ । त्यसैले, चुनावमा भएको खर्चले निकै ठूलो असर पार्ने अनुमान गर्न सकिन्छ । अहिले एकातिर, निजीक्षेत्र र अन्य तहबाट पनि ऋण लिन सकेको अवस्था छैन भने बैकहरूमा निक्षेप बढ्ने, तर कर्जा प्रवाह नबढ्ने समस्याका कारण ठूलो मात्रामा तरलता थुप्रिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ९१ दशमलव ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो र यो वर्षको सोही अवधिमा ३१ दशमलव ११ अर्ब रुपैयाँमात्र कर्जा प्रवाह भएको छ । त्यस्तै, पूँजीगत खर्च पनि हुन सकेको छैन । यसले अन्ततः मुद्रास्फीति बढाउने मात्रै होइन कि अर्थतन्त्रको आकारसमेत घटाउँछ ।  नेपाल राष्ट्र बैकले कुल गार्हस्थ्य उत्पादनको २८ प्रतिशत व्यापार घाटा भएको बताउँछ भने व्यापार तथा निर्यात प्रवद्र्धधन केन्द्रले त्यो ३० प्रतिशत रहेको बताउँछ । जे भए पनि नेपालको व्यापार घाटा निकै उच्च छ । यसरी पूँजीगत खर्च गर्न नसक्ने, मुद्रास्फीति बेपत्ता बढ्ने जस्ता कारणले अर्थतन्त्रको आकार बढ्न सक्दैन । चुनावसम्म त मुलुक यही प्रक्रियामा सीमित रह्यो । तर, अब नेपाली अर्थतन्त्रमा देखिएका संरचनात्मक समस्यामा ध्यान पु¥याउन सकेनौं भने भोलि अर्थतन्त्रलाई सम्हाल्न कठिन हुनेछ । मुद्राको प्रवाह बढी भयो, पैसाको क्रयशक्ति घट्यो, कर्जा प्रवाह हुन सकेन र लगानी बढ्न सकेन भने अर्थतन्त्रले आफूलाई सम्हाल्न सक्ने क्षमता ह्रास हुन्छ  । त्यसो हुँदा नेपालको अर्थतन्त्रका पछिल्ला परिसूचक हेर्दा खतरा छ ।
अर्थतन्त्र कोमा पुग्नै लागेको छ भनेर भन्नुभयो, सरकारले पनि बैदेशिक सहायताको ठूलै सपना पनि देखेको छ के सफल होला बैदेशीक सहयोग लिन ?
हो दलहरुको अपरिपक्कताका कारण देशको अर्थतन्त्र कोमामा पुगेको छ । अबपनि पुरानै तवरवाट काम गरेमा पूर्णरुपमा पुग्छ । अर्कोकुरा अहिलेको अबस्थामा केही सहयोग पनि आएका छन् त्यो आएका सामान्य प्रकृयाको हो । जव ठुला योजनाकालागि बैदेशिक सहयोग आएको अबस्था छैन । अहिले नै पनि प्रत्यक्ष वैदेशिक लगानीको जति प्रतिबद्धता आउँछ, त्यसअनुसार लगानी आएको छैन् । २०६१÷६२ देखि २०६८÷६९ को ८ वर्षको अवधिमा १ अर्बदेखि १० अर्बको बीचमा लगानीको प्रतिबद्धता नेपालमा आएको देखिन्छ । तर, आव २०७९÷७० एकैपटक करीब २६ अर्बको प्रतिबद्धता आएको छ । तर, २०१२ मा एफडीआई भित्राउनेमा नेपाल विश्वको अन्तिम राष्ट्रभन्दा एक तहमात्रै माथि थियो । अहिले औपचारिक क्षेत्रबाटै वर्षमा करीब ५ लाख मानिस वैदेशिक रोजगारका लागि गइरहेका छन् । त्यस्तै, अनौपचारिक माध्यमबाट जानेको सख््या पनि त्यसकै हाराहारीमा छ । भारतमा रोजगारीका लागि जानेको सख्या त अनुमान नै गरिएको छैन । त्यस्तो अवस्थामा कुनै कारणवश विदेशको रोजगारीमा गएकाहरू फर्किए भने त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती छ । हामीले रोजगारीका अवसर बढाउने विषयमै जोड दिइरह्यौं । तर, कसरी गर्ने भन्नेमा चाहिँ सोचिएन । यसअघि किन रोजगारी बढाउन सकिएन के गर्याे भने त्यो बढ्न सक्छ त भन्ने विषयमा कसैले पनि भन्न सकेको अवस्था छैन । यस्तो अबस्थामा बेदेशिक सहयोग आएपनि त्यसले भने झै विकास निमार्ण हुन सक्छ जस्तो लाग्दैन् । साना तिना सहयोग सरकारले पाउला तर सोचे अनुसार पाउन यहि अबस्थामा कठिन रहेको छ ।

यि जोखिमहरु व्यवस्थापन गर्न के गर्नु पर्छ होला ?
अर्थतन्त्रका यी जोखीम व्यवस्थापन गर्न सबैभन्दा पहिला नेपाल–भारत व्यापारलाई बढीभन्दा बढी औपचारिक बनाउनुपर्छ । अनौपचारिक व्यापारको कारण सरकारले पाउनुपर्ने राजस्व त पाउँदैन नै, भारतमा सामान्य मात्रामा मुद्राफीति हुँदा पनि यहाँ दोहोरो अकको मूल्यवृद्धि सामना गर्नुपर्ने अवस्था छ । त्यसो हुँदा हाम्रो व्यापारलाई औपचारिकीकरण गर्ने तथा व्यापार क्षमता बढाउनेतर्फ कदम चाल्नुपर्छ । यो एउटा पक्ष भयो, तर मुख्य रूपमा हाम्रा अर्थतन्त्रका संरचनात्मक समस्याहरूलाई तत्काल समाधान गर्नुपर्छ । हाम्रो दोस्रो त्रिवर्षीय योजनाकालमा ७ सय मेगावाट विद्युत् उत्पादन गर्ने, ५ सय किलोमिटर प्रसारण लाइन बनाउने लक्ष्य थियो, तर त्यसमा क्रमशः २८ मेगावाट र ५ सय मिटरमात्रै प्रगति भयो । यसो हुनुमा नेपालको जग्गा प्राप्ति ऐनमा भएको समस्या कारण हो । त्यस्तै, सार्वजनिक खरीद ऐनमा पनि समस्या छ । नेपालको सार्वजनिक खरीद ऐनको व्यवस्थाअनुसार समयमै काम सम्पन्न गर्न सक्छ कि सक्दैन भन्ने नहेरीकन सस्तो दाममा बोलपत्र हाल्नेलाई काम दिने गरिन्छ । त्यसले गलत कम्पनीहरूको हातमा परियोजना परिरहेको अवस्था छ । त्यस्तै, विदेशी लगानी ऐनमा विदेशी लगानीकर्तालाई दिने भनिएका सुविधा आयकर ऐनले दिएको छैन । यस किसिमका समस्या चुनावपछिका समस्यामात्रै होइनन् । यी समस्या पहिल्यैदेखि थपिँदैथपिँदै आएका समस्या हुन् । यसरी दुई ऐनलाई समायोजन गर्नुपर्ने अवस्था छ । त्यसैले, अर्थतन्त्रको संरचनात्मक सुधारका लागि नीतिगत सुधारमा ध्यान दिनु आवश्यक छ ।
अब बन्ने सरकारको प्रमुख आर्थिक प्राथमिकता के हुनुपर्छ जस्तो लाग्छ ?
नेपालको अर्थतन्त्रलाई पूर्वानुमेय (प्रेडिक्टेबल) बनाउनुपर्ने चुनौती अहिले नेपालसमक्ष छ । त्यसैले, अबको सरकारसँग मेरो के आग्रह छ भने यसअघि बन्ने वा परिमार्जनको प्रक्रियामा रहेका ऐनहरूलाई पारित गरिनुपर्छ । ऐन बन्नका लागि दुई तिहाइ बहुमत चाहिँदैन, बहुमत भए पुग्छ । त्यसो हुँदा नीतिगत सुधारमा अबको सरकारले ध्यान दिनुपर्छ । पूँजीगत खर्च बढाउन सकिएको छैन, जलविद्युत् विकास सुस्त छ, ती विकासका कामलाई सहयोग हुने गरी नीतिगत व्यवस्था गर्नुपर्छ । विकासमा कहाँकहाँ अवरोध छन, तिनको पहिचान र विश्लेषणका लागि एउटा समिति नै बनाउन सकिन्छ । धेरै पैसा खर्च गरेर ठूला भनिएका विद्वान्हरूको समिति बनाउन आवश्यक छैन । सरकारभित्रै रहेका विशेषज्ञलाई प्रयोग गरेर एउटा श्वेतपत्र जारी गर्न सकिन्छ । अब बन्ने सरकारले अल्पकालीन, परिणामउन्मुख देखिने किसिमका परियोजना ल्याउनुप¥यो । अहिलेको सरकारको प्रमुख प्राथमिकता भनेको स्वदेशी र विदेशी लगानीकर्ताहरूमा विश्वास जगाउने काम गर्नु हो । काँग्रेस, एमाले, माओवादी, राप्रपा, मधेशवादी आदि सबै राजनीतिक दलले आर्थिक उदारीकरणलाई मान्ने कुरा आआफ्ना घोषणापत्रमा उल्लेख गरेका छन् । त्यसो हुँदा अब बन्ने सरकारले यी लगायत अन्य साझा विषयवस्तु समेटेर संसद्बाट नै एउटा दस्तावेज ऐनका रूपमा पारित गर्न सक्छ । भारतमा फ्रेबुअरी २८ मा जुनसुकै दलको अर्थमन्त्री भए पनि पूर्ण बजेट ल्याउँछ, अमेरिकामा पनि त्यस्तै छ । यस्तै नेपालमा पनि कुनै दिन निश्चित गरी सो दिनमा बजेट व्यवस्था गर्न सकिन्छ । हामीले आफ्ना प्राथमिकता पनि तोक्न सकेका छैनौं । त्यसो हुँदा विकासका प्राथमिकता पनि तोक्नु आवश्यक छ ।
दलहरूले उल्लेख गरेका आर्थिक प्रतिबद्धता कार्यान्वयन हुन्छ जस्तो लाग्छ ?
राजनीतिक दलहरूमा आर्थिक वृद्धि र आर्थिक विकासको सैद्धान्तिक ज्ञानमा नै कमी रहेको अनुभव रह्यो । उनीहरूले विकास र वृद्धिमा फरक देखेनन् । आर्थिक वृद्धिदर दोहोरो अंकको हुनेबित्तिकै समाजको समग्र विकास हुन सक्दैन । दोहोरो अकको वृद्धि त इराकमा पनि छ, अफगानिस्तानमा पनि छ । तर, त्यहाँका जनतामा सुरक्षाको प्रत्याभूति छैन । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो, दोहोरो अकको आर्थिक वृद्धि पनि हासिल गरिरहेको छ । तर, ऊ अहिले पनि विकासशील मुलुक नै हो । भारतमा पनि विगत ३० वर्षदेखि ५ देखि ७ प्रतिशतको आर्थिक वृद्धि हासिल भइरहेकै छ । तर, त्यहाँ आयको असमानता अत्यन्त धेरै छ । तर पनि नेपालका राजनीतिक दलले दोहोरो अकको आर्थिक वृद्धिको गायत्री जपिरहेका छन् । उनीहरूले आर्थिक वृद्धिलाई कसरी दिगो बनाउने र आयको कसरी न्यायोचित वितरण गर्ने भन्नेतर्फ सोचेकै छैनन् । नेपालमा १५ वर्षभित्रमा बेरोजगारी अन्त्य गर्ने, गरीबी हटाउने भन्ने प्रतिबद्धता छन् । अमेरिकामा भर्जिनिया, मेरिल्याण्ड र वाशिङटन डीसी जोडिएका राज्य हुन् । तर, मेरिल्याण्डमा ९ प्रतिशत गरीबी छ, १९ प्रतिशत गरीबी वाशिङटन डीसीमा छ । अमेरिकामा त्यस्तो अवस्था छ भने नेपालबाट गरीबी स्वात्तै हटाउँछु भन्नु गरीबीको सैद्धान्तिक ज्ञान नै नहुनु हो । त्यसो हुँदा राजनीतिक दलहरूका घोषणापत्रहरु राम्रो भएपनि त्यो कार्यान्वयन हुनेमा शंका छ । सरकारमा पुगेपछि उनीहरुले आफ्ना प्रतिबद्धताहरु भुल्ने भएकाले त्यो आर्थिक प्रतिबद्धता कागजमैमात्र सिमित हुने निश्चित छ ।

अब नेपालमा कस्तो सङधीयता होला र कुन आधारमा सङधीयतामा गइएला ?
जातीय सङीयताको विपक्षमा नै अहिले जनमत आएको छ । जुनजुन पार्टीले जातीय आधारमा सङीयतामा जाने भनेका थिए, उनीहरू कमजोर भए । कतिसम्म भने तराईलाई बाँकी नेपालसँग विच्छेद गर्ने किसिमको सङीयता सम्बन्धी विचारलाई तराईकै जनताले अनुमोदन गरेनन् । उनीहरूले सबैसँग मिलेर बस्न चाहन्छौं भन्ने मत दिए । त्यसो हुँदा बहुपहिचानसहितको सङीयताको विजय भएको छ । राजनीतिक दलहरूले सबैभन्दा पहिले सङीयताको आधार बनाउनुपर्ने, त्यस सम्बन्धमा अनुसन्धान गर्नुपर्नेमा, पहिल्यै सख्या, अझ केहीले त नक्सासमेत सार्वजनिक गरिसके सङीयता भनेको खुलामञ्चमा भाषण गरेजस्तो विषय होइन् । वास्तवमा यो विडम्बना नै हो । कतिओटा प्रदेश बनाउने भन्ने विषय महत्वपूर्ण होइन । ती राज्यलाई आर्थिक रूपमा कसरी सक्षम बनाउने भन्नेचाहिँ महत्वपूर्ण प्रश्न हो । अहिले विद्यमान कुनकुन जिल्लाको क्षमता केकेमा छ, केके कुरामा ती कमजोर छन्  यी विषयमा अध्ययन हुन आवश्यक छ । एक जिल्ला र अर्को जिल्लाबीचको अन्तरनिर्भरता के हो, त्यसलाई हेर्नुपर्छ । त्यसका लागि एउटा विज्ञ समिति बनाउनुपर्नेमा त्यसमा दलहरूले ध्यानै दिएका छैनन् ।
राजनीतिक दलहरूले ८ देखि १० प्रतिशतका दरले आर्थिक वृद्धि गर्ने कुरा गरेका छन्, त्यो कतिको संम्भव छ र ?
त्यस्तो सम्भव छैन । नेपालमा सन् १९६० देखि २०१२ सम्मको ५२ वर्षको अवधिमा प्रतिव्यक्ति आम्दानी ६३ अमेरिकी डलरमात्रै बढेको देखिन्छ । अहिले कोही ५ वर्ष १ हजार ४ सय डलर, कोही १० वर्षमा ३ हजार डलर प्रतिव्यक्ति आम्दानी पु¥याउने भनिरहेका छन् । कुनै १ वर्ष दोहोरो अकको आर्थिक वृद्धि हासिल गर्ने हो भने सकिन्छ र त्यो सजिलो पनि छ । कति लगानी गर्ने, कति रोजगारी सृजना गर्ने भन्ने हिसाबका आधारमा १ वा २ वर्षमा दोहोरो अकको आर्थिक वृद्धि हासिल गर्ने हो भने सकिन्छ । तर, त्यसरी लगानी गर्नका हामीसँग आन्तरिक स्रोत त छैन कि भीख माग्ने हो कि ऋण त्यो ऋण तिर्न सकेनौं भने हामी ‘डिफल्टर हुन्छौं । मुलुकलाई नै डिफल्टर बनाउने हो भने त भिन्नै कुरा । नत्र केका आधारमा दोहोरो अकको वृद्धि भनिएको हो, त्यो बुझिएको छैन । अर्को, आर्थिक वृद्धि कम हुँदैमा अर्थतन्त्र कमजोर हुन्छ भन्ने पनि होइन । त्यसैले, मुलुक र जनतालाई बलियो र समृद्ध बनाउने लक्ष्यलाई आर्थिक वृद्धिको लक्ष्यमा लगेर सीमित राख्नुहुँदैन । त्यो गलत हो ।
कूटनीति नै आर्थिक कूटनीति हो भन्ने कुरालाई दलहरूले आत्मसाथ गरेका छन् ?
आर्थिक नीति बनाएरमात्रै आर्थिक विकास हुने सम्भावना ज्यादै कम छ । आफ्नै मुलुकमा वस्तु उत्पादन र खपत गरेर विकास हुन सम्भव छैन् । यसमा तुलनात्मक लाभलाई हेर्नुपर्छ । १९८९ मा नेपालभारत सम्बन्धमा १८ महीनाजति समस्या आयो । त्यसले नेपालका ८० प्रतिशतको हाराहारीमा औद्योगिक प्रतिष्ठानहरू समस्यामा परे । नेपालमा प्रजातन्त्रको पुनःस्थापना भएर बनेको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भारतको भ्रमणपछि भारतले धेरै अवरोध फुकाइदियो । र, त्यसपछि नेपालको निर्यात पनि बढ्यो । त्यसो हुँदा आर्थिक विकासका लागि राजनीतिक रूपमा पनि मुलुक–मुलुकबीचको सम्बन्ध सहज हुन आवश्यक छ । नेपालको आर्थिक कूटनीति राजनीतिक कूटनीतिमा नै निर्भर छ । त्यसैले, आर्थिक कूटनीतिलाई अत्यन्तै महत्व दिनुपर्छ । तर, राजनीतिक दलहरूले आर्थिक कूटनीतिलाई महत्व नदिनु निराशाजनक छ ।
विदेशमा लगानी गर्न दिने व्यवस्था प्रस्तावित ऐनमा गरिएको छ, यसलाई कसरी हेर्नुभएको छ ?
पहिलो कुरा, विदेशी लगानीलाई आकर्षति गर्न बनेको ऐन हो । विदेशबाट लगानी भित्राउन सहयोग गर्ने ऐनमा लगानी बाहिरिने व्यवस्था किन गर्नु परेको हो, त्यो बुझ्न सकिएको छैन् । विपरीत उद्देश्य भएका प्रावधानहरूलाई एउटै ऐनमा राख्नु हुँदैन भन्ने कानूनको साधारण सिद्धान्त हो र संसारभरिको अभ्याससमेत यही नै हो । दोस्रो, विदेशमा लगानी गर्न दिने भन्ने विषय उद्योग मन्त्रालयको कार्यक्षेत्रभित्र नै पर्दैन, यो अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैकको कार्यक्षेत्रभित्र पर्छ । तेस्रो, यो व्यवस्थालाई किन लुकाएर ल्याउन खोजिएको हो, त्यो पनि बुझ्न सकिएको छैन । सिद्धान्ततः विदेशमा लगानी गर्न पाउने कुरालाई म विरोध गर्दिनँ । तर, यति ठूलो कुरालाई किन चोर बाटोबाट ल्याइयो भन्नेचाहिँ मेरो भनाइ हो । अर्कोे, यति ठूलो विषयमा कानूनी व्यवस्था गर्दा पर्याप्त मात्रामा बहस हुनुपर्छ । तर, यसलाई निषेध गरेर कुनै कालो कर्तुत लुकाउने अभिप्रायका साथ विदेशमा लगानी गर्न पाउने व्यवस्था यो असान्दर्भिक ऐनमा लुकाएर ल्याइएको छ, त्यो सरासर बेठीक हो ।
विदेशी लगानीमा आधारित उद्योगहरूको प्रद्र्धनका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण परिषद्को व्यवस्था रहेछ, त्यसमा उद्योगमन्त्री नै अध्यक्ष हुने व्यवस्था देखियो, त्यसले त विदेशी लगानीलाई राम्रै गर्ला नि ?
यो व्यवस्थालाई धेरै मानिसले राम्रो भने । तर, त्यसमा दुई–तीनओटा कुरामा स्पष्ट हुनु आवश्यक छ । नेपालमा स्वदेशी तथा विदेशी दुवै किसिमका लगानीका उद्योग प्रवद्र्धनका लागि काम गर्न भनेर औद्योगिक प्रवद्र्धन बोर्डको व्यवस्था विद्यमान औद्योगिक व्यवसाय ऐनमा छ । अहिले नयाँ ऐनमा प्रस्ताव गरिएको परिषद् त्यही बोर्डकै नक्कल हो । यसरी उद्योगसँग सम्बन्धित निर्णय गर्ने एउटा निकाय हुँदाहुँदै पुनः त्यस्तै अर्कोे निकायको व्यवस्था किन गर्नु परेको हो त्यो प्रष्ट छैन् । दोस्रो, सो बोर्डको सदस्यसचिव उद्योग विभागका महानिर्देशक हुन्छ, सचिवालयको काम विभागले गर्छ । नयाँ ऐनमा उद्योग विभागले गरेको काम मन्त्रालय लाने प्रस्ताव छ । उद्योग विभागमा कर्मचारीतन्त्र बढी भयो, त्यहाँ घूसखोरी चल्यो, ठूला लगानीकर्तालाई विभागले सम्बोधन गर्न सकेन भन्ने तर्क दिन सक्नु हुन्छ । तर, यो त मालपोत कार्यालयमा जग्गा पास गराउँदा त्यहाँको सुब्बाले घूस लियो भनेर भूमिसुधार मन्त्रीलाई जग्गा पास गर्ने काम दिएजस्तै भयो । सुधारका लागि त तलतल अधिकार निक्षेपण गर्दै जानुपर्ने हो तर यो ऐनले उल्टो काम गरेको छ ।
२०५३ सालमा औद्योगिक प्रवर्द्धन बोर्डमा भएको अधिकारमध्ये ५० करोड रुपैयाँसम्म स्थिर पूँजी भएको विदेशी लगानी आउँछ भने त्यसको स्वीकृति उद्योग विभागले दिने गरी ऐन परिमार्जन गरिएको थियो । त्यो सकारात्मक थियो र त्यसैगरी थप अधिकार तलतल लैजानुपर्ने थियो । तर, विभागमा भएका अधिकार पनि मन्त्रालयतिर तान्ने काम पो भएको छ । पहिले स्वदेशी र विदेशी लगानीका लागि एउटै सचिवालयबाट काम हुने गरेकोमा त्यसलाई दुईओटा त बनाइयो नै, १० अर्ब रुपैयाँभन्दा बढी लगानीलाई लगानी बोर्डले काम गर्ने प्रस्ताव गरिएको छ । यसरी माथिमाथि अधिकार केन्द्रीत गर्दै लैजानु भनेको व्यवसाय सञ्चालन खर्च बढाउँदै लैजानु हो ।
के अहिलेको राजस्व परिचालन बैज्ञानिक नभएको भन्न खोज्नु भएको हो यहाँले ?
हो । राजस्व परिचालन सम्बन्धी प्रक्षेपण नै वैज्ञानिक छैन । सरकार राजस्वमुखी योजनाहरुमात्र ल्याउने गरेको छ । तर राजस्व संकलनभन्दा पहिला राजस्व बुझाउनेलाई के कस्तो सुविधा दिनेभन्ने बारेमा अनविज्ञ रहेको छ । प्रत्येक वर्ष यति लक्ष्यमा यति प्रतिशत बढी राजस्व संकलन भयो भनेर सरकार त्यसैमा मख्ख परेको छ । तर त्यसको राम्रो व्यवस्थापन र प्रक्षपण पनि बैज्ञानिक नहुदाँ त्यसको असर आम उपभोक्ता र स्व्म सरकारलाई परेको छ । सरकारले जतिसक्दो चाँडो बैज्ञानिक राजस्व प्रक्षपण गरिनु पर्छ भन्ने मेरो मान्यता हो ।
गएका वर्ष जुन रुपमा आर्थिक संकट आयो अहिले त्यसको प्रभाब नेपालमा  पर्दै छ भन्नेहरु  छन्नी के प्रभाव परेको हो ?
अमेरिका र युरोपमा आएको आर्थिक संकटको प्रमुख असर छिमेकी राष्ट्र चीनमा देखियो । आर्थिक मन्दीले विश्वबजारमा चीनको निर्यात व्यापार घट्न गयो । यसबाट बच्नको लागि पनि  चीनले आन्तरिक माग बढाएर अर्थतन्त्रको गति तीव्र पार्न प्रयास गरेको थियो । ती दुई राष्ट्रमा आएको  आर्थिक संकटले एसियाकै ठूलो अर्थतन्त्र भएको चीन र भारतको आर्थिक वृद्धिदरमा समेत निकै नै ठूलो गिरावट आएको थियो  । यो आर्थिक संकटको असरमा तत्काल कमी आउने कुनै सम्भावना हाल देखिएको छैन् । यो अवस्थामा विश्वबाट अपेक्षितरुपमा आर्थिक सामाजिक गरिबीलाई कम गर्न पनि सकिएको छैन् । तर यसमा पनि अर्कातिर विश्वमा धनाढ्यहरुको संख्या भने बर्सेनि बढिरहेको छ ।  यसले विश्व अर्थ प्रणालीमा केही न केही सुधारको सम्भावना देखिएको छ भन्ने कुराको भने पुष्टि गरेको छ । विश्व अर्थतन्त्रको यो बिसम परिस्थितिमा विश्वका ठूला राष्ट्रहरु आफ्नो मुुलुकको समग्र अर्थ व्यवस्था सुधारको लागि विकल्पहरु खोजिरहेका छन् । यही अवस्थामा नेपाल भने आर्थिकलगायतका विभिन्न संक्रमणबाट गुज्रिरहेको छ । यो अवस्थामा यो संक्रमणलाई सही बाटोमा ल्याउनको लागि पनि मुलुकमा दीर्घकालीनरुपमा राजनीतिक स्थिरता कायम हुनुपर्छ । यसको एउटै मात्र विकल्प भनेको तोकिएको समयमा जनताको आफ्नो संविधान बन्नु हो ।  यसको लागि एउटा प्रमुख विषय भनेको संविधानमा मुलुकले आगामी समय अवलम्बन गर्ने आर्थिक नीति हो । आर्थिक नीति सही नभएको अवस्थामा यसले राजनीतिलाई स्थिर बनाउन सक्दैन । यसले फेरि पनि मुलुकलाई द्वन्द्व र आर्थिक  तथा सामाजिक असुरक्षा तर्फ देशलाई धकेल्छ । नेपाल विगत लामो समयदेखि यस्तै नै गतिविधिबाट गुज्रिररहेको छ । यो अवस्थामा अबको समय भने हामीले कस्तो खालको आर्थिक एवं राजनीतिक बाटो समात्ने हो स्पष्ट हुनुपर्छ । हामीले अपनाउने आर्थिक प्रणाली मिश्रित, पुँजीवादी वा समाजवादी कस्तो हुने हो त्यो प्रष्ट हुनुपर्छ । यसैगरी यसले  निजी तथा सार्वजनिक क्षेत्रको जिम्मेवारी, दायित्व तथा भूमिकाको सीमारेखा, परम्परागत आर्थिक क्रियाकलापमा आधारित अर्थतन्त्रमा सरकार, निजी तथा अन्य क्षेत्रको योगदानको सम्भावित अनुपात आदि विषयमा समेत प्रष्ट पार्ने देखिन्छ । यसबाहेक यो प्रणालीले कुनै विशेष क्षेत्रमा सार्वजनिक वा निजी क्षेत्रको मात्र वर्चस्व कायम हुने हो कि भन्ने कुराको एकिन गर्ने कार्य आर्थिक दर्शनले गर्ने गर्छ ।
नेतृत्व तहबाट कस्तो खालको काम हुनु जरुरत छ ?
यो अवस्थामा मुलुकको नेतृत्व तहबाट हुनुपर्ने काम भनेको मुलुकले कस्तो खालको आर्थिक विकासको नीति अवलम्बन गर्ने तर त्यसलाई कसरी पूर्णरुपमा कार्यान्वयन गर्ने भन्नेबारे नै हो ।  यसको लागि राजनीतिक दलमा सत्ता र सरकारको लागि मात्र सहकार्य गर्ने संस्कृतिको अन्त्य गरिनुपर्दछ । देशलाई संघीय संरचनामा ढाल्न र त्यसै संरचनाभित्र जनताको आर्थिक समुन्नतिको लक्ष्य हासिल गर्नका लागि पनि अब बन्ने संविधानमा देशले अवलम्बन गर्रर्ने आर्थिक नीति प्रष्ट हुनुपर्छ । सरकारले गर्ने अर्कोे महत्वपूर्ण कार्य भनेको मुलुकको अर्थतन्त्रलाई पारदर्शी, प्रतिस्पर्धी र आर्थिक सामाजिक दृष्टिले न्यायपूर्ण र समावेशी बनाउन राष्ट्रिय तहमा दीर्घकालीन मानव संशाधन योजना तथा नीति ल्याउनुपर्छ । हरेकवर्ष श्रम बजारमा प्रवेश गर्ने थप जनशक्तिको मूल्यांकनसमेत गरेर राजस्व, ऊर्जा, अनुदान, राष्ट्रिय सुरक्षा, परराष्ट्र तथा परिमार्जित वैदेशिक सहयोग तथा लगानीको लागि उपयुक्त नीति ल्याउनुपर्छ । यसबाहेक गरिबी मापनसम्बन्धी आफ्नै राष्ट्रिय मापदण्डको नीतिको पनि अभाव रहेको छ । गरिबी न्यूनीकरणलाई राष्ट्रिय उद्देश्यकोरुपमा अगाडि लानको लागि गरिबी मापनसम्बन्धी नेपाली भूगोल सुहाउँदो राष्ट्रिय मापदण्ड तथा आधार स्थापित गर्नु पर्दछ ।
यहि अबस्थामा सुधार नहुने हो भने अर्थतन्त्रको विकास ठप्प हुने समय आएको हो ?
हो । यहि अबस्थालाई अब बन्ने सरकारले बेलैमा विचार नपु¥याउने, पुरानै तवरवाट सत्ता सञ्चालन गर्ने हो भने देशको अर्थतन्त्रण पूर्णरुपमा कोमा अर्थात विकासका कार्य ठप्प हुने निश्चित रहेको छ । सरकार नेतृत्व कर्ताले समयमा आर्थिक विकासकालागि एकमतले काम नगर्ने हो भने लम्बिदों संक्रमणकालिन अवस्थाले मुलुकको अर्थतन्त्र प्रभावित हुने मात्र हैन् नसोचेको अबस्था आउने छ ।  आर्थिक सूचकहरु प्रतिकूल बन्दै गएको र लगानीको वातावरण विग्रदैं गएको छ । यस अघि सकारात्मक दाबी गरिंदै आएका शोधनान्तर स्थिति, चालु खाता, विप्रेशण वृद्धिदर लगायत सूचकहरु नै नकारात्मक तर्फ लाग्ने थालेकोका हुन कि भन्ने पनि रहेको छ ।

Monday, December 16, 2013

चौधरी समुहको लगानीमा सिजी सिमेन्ट उत्पादन
रोशन कार्की
नवलपरासी ।
विद्युतिय, खाद्यन्न र सवारी सधानमा उच्च लगानी गर्दै आएको चौधरी समुहले पछिल्लो समयमा निमार्ण सामाग्रीको उत्पादनमा आफ्नो लगानी सुरु गरेको छ । सो समुहले लगानी गरेको सवै व्यवसायले पूर्ण सफलता प्राप्त गर्न सफल भएपछि नेपाललाई सिमेन्टमा स्वदेशमै आत्मनिर्भर बनाउने मुख्य योजानका साथ करोडौ रुपैयाँ लगानी गरेको छ ।  अत्याधुनिक प्रविधिको प्रयोग गरी चौधरी समूहले आउदो साता ‘सिजी’ नामको  ब्राण्डमा सिमेन्ट नेपाली बजारमा सार्वजननिक गर्ने अन्तिम तयार तयारी गरेको सो कम्पनीले जनाएको छ ।  नवलपरासीको दुम्कीबासस्थित सिजी सिमेन्ट इन्डष्ट्रिजले ‘ओपीसी’ र ‘पीपीसी’ ब्राण्डका सिमेन्ट उत्पादन सुरु गरेको हो ।
सो मध्ये सिजी ब्राण्डको ओपीसी सिमेन्ट आगामि सातादेखि बजारमा आउने चौधरी समूहका निर्देशक बरुण चौधरीले बताए । निर्देशक चौधरीले भने,‘ओपीसी ब्राण्डको सिमेन्ट आउदो साता सार्वजनिक गर्ने छौ भने, पीपीसी सिमेन्ट एक महिनाभित्रमा बजारमा सार्वजनिक गर्ने छौ ।’ यो चौधरी समूहले उत्पादन गनको पहिलो सिमेन्ट हो । सो उद्योगमा चौधरी समूहले डेढ अर्ब रुपैयाँ लगानी गरेका छ ।  व्यवसायिक घराना चौधरी समूहले सिमेन्ट उद्योगमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजाने निर्देशक चौधरीले बताए । भेटकाक्रममा निर्देशक चौधरीले भने,‘आगामी २ वर्ष भित्रमा सिमेन्ट उद्योगमा १० अर्ब रुपैयाँ लगानी गर्ने लक्ष्य लिएका छौ ।’ नेपालमा सिमेन्ट उद्योगको व्यापक सम्भावना देखिएकोले सिमेन्ट उद्योगमा आकर्षित भएको उनले दाबी गरेका छन् ।
उद्योगले अहिले दैनिक १ हजार ५ सयटन सिमेन्ट उत्पादन गरिरहेको छ । दैनिक ६ सय ४० टन ओपीसी र ५ सय ६० टन पीपीसी सिमेन्ट उत्पादन गरिरहेको चौधरीले जानकारी दिए । अहिले आबश्यक सिमेन्टको कच्चापदार्थ क्लिकर भारतबाट आयात गरी उत्पादत गरिरहेको निर्देशक चौधरीले बताए । उनले सो उद्योग अबलोकन गर्न पुगेका सञ्चारकर्मीसंग भने,‘हामी केही समय भारतबाट क्लिकर आयात गरेर उत्पादन गर्ने छौ भने पछि आफै क्लिकर उत्पादन गर्ने छौ ।’
चौधरी ग्रुपको कम्पनीको अबलोकन पछि तयार पारेको (२०७० मंसिर ३०)

आफ्नै उत्पादनमा पाल्पामा क्लिकर उत्पादन हुदै गरेको बताए । उनले पाल्पामा एक सय वर्ष भन्दा बढीलाई पुग्ने गरी सिमेन्टको कच्चा पदार्थ चुन ढुंगा खानी सञ्चालन गर्न लागेको जनाए । पाल्पामा दुम्कीबासको भन्दा ४ गुणा बढी लगानीमा सिमेन्ट उद्योग सञ्चालन गर्ने तयारीमा रहेको निर्देशक चौधरीले भने । समूहले काठमाडौं उपत्यकामा ५० र उपत्यका बाहिर ५० डिलर स्थापना गरिसकेको छ । सिजी ब्राण्डको सिमेन्ट पूर्वमा जनकपुरदेखि पश्चिममा दार्चुलासम्म पु¥याइने दावि गरेका छन् । नवलपरासीको दुम्कीबासको १५ विगाहा जमिनमा सो उद्योग स्थापना गरिएको छ । सो उद्योगलाई धुलो विहीन रहेको दावी गरेको छ । अत्याधुनिक प्रविधि प्रयोग गरि सिमेन्ट उत्पादन भएकाले उद्योग परिसरमा धुलो देखिदैन् । उक्त उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी २ सय जनाले रोजगारी पाएका छन् ।
नेपाल सिमेन्ट उत्पादक संघका अनुसार नेपाली सिमेन्टले कुल मागको ७५ प्रतिशतमात्र पूरा गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षका नौ महिनासम्म ४ अर्ब २३ करोड रुपैयाँबराबरको सिमेन्ट तथा क्लिंकर आयात भएको देखाएको छ । नेपालमा सिमिन्ट आयात भारतीय बजारबाट गरिन्छ । विकास–निर्माणका ठूला परियोजनाले विदेशी सिमेन्ट प्रयोग हुदै आएको छ । सोही मागका अनुसार सो समुहले सिमेन्ट उद्योगमा लगानी गरेको जनाएको छ । यसैगरी सो समुहले राजधानीको हरिसिद्धिमा सामूहिक बसोवास र चितवनको हात्तीगौंडामा सीजी महको निर्माण कार्य सुरु गरेको छ । सो मध्ये चितवनको हात्तीगौंडामा निर्माण भएको सीजी मलमा सम्पुर्ण सुविधा सहित एकै छानामुनी उपभोक्ताले आफ्नो इच्छा अनुसार सामान खरिद गर्न सक्ने मलका प्रमुख वित्तीय अधिकृत कपिल अधिकारीले बताए । हरिसिद्धिमा  १० करोडको लागतमा १२ ओटा सामूहिक भवन निर्माण गरिएको छ । ग्रुपले ललितपुरको हात्तीगौंडामा निर्माण गरेको सीजी मल प्रोजेक्टमा भने ७० करोड रुपैयाँखर्च भएको बताए । प्रोजेक्टअन्तर्गत ५३ ओटा घर बनाइसकिएको अधिकारीले जानकारी दिए । निमाणभएका ती मलहरु पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक रहेको बताए  ।
यसैगरी ग्रुपले चितवनमा १० तले व्यापारिक भवनको निर्माण पनि थालिसकेको छ । सो भवनको कुल लागत  ८५ करोड रुपैयाँमा निमार्ण भई रहेको अधिकारीले जानकारी दिए । उक्त भवन होटेल, बैक, सिनेमा हल, मललगायत व्यापारिक प्रयोजनमा प्रयोग गरिनेछ । भवनको आधाभन्दा बढी भौतिक निर्माण कार्य पूरा भइसकेको छ । १ वर्षअघि निर्माण शुरू गरिएको उक्त भवन सन् २०१४ भित्र सम्पन्न भइसक्नेछ ।

Monday, December 9, 2013

जुत्ताको गुणस्तर जाँँच्ने काम उपभोक्तालाई दिएका छौं
                                                                                            होमनाथ उपाध्याय
                                                                      अध्यक्ष , छाला जुत्ता तथा बस्तु उत्पादक संघ


२०४० सालमा म्याग्दीबाट आमाबुबाले काठमाडौं ल्याउनु भयो । २०४३ सालमा क्याम्पस पढ्दै गर्दा मामासंग सामान्य रुपमा तयारी कपडा र अन्य सामानको व्यापार सुरु गरेका होमनाथ उपाध्याय अहिले नेपाली उत्पादनको महत्वपुर्ण पदमा रहेर कुशल नेतृत्व गरी रहेका छन् । उनले मामाकै सहयोगमा भारतबाट तयारी कपडा जुत्ता र चप्पलको आयातगरी व्यवसाय सुरु गरे । भारतबाट आयातको कार्य गदैजादाँ भारतीय नागरिक शुकदेवसिंह बत्राको सल्लाहा अनुसार उनले जुत्ता चप्पलको मात्र व्यवसाय गर्न थाले । भारतीय नागरिक बत्राको सहयोगमा आज उनी आफ्नै देशमा जुत्ता चप्पलको व्यवसाय गर्न सक्षम भएका छन् । जुत्ता चप्पल, तयारी पोशाक पसलबाट व्यवसाय सुरु गरेका उपाध्याय विभिन्न संघ÷संस्थामा आबद्ध भई सामाजिक उत्तरदायित्वका कार्यमा पनि सक्रिय रहँदै आएका छन् । काठमाडौंमा ‘विएफ डियर हिल’ को नामबाट जुत्ता चप्पलको व्यवसाय गर्दाको अनुभवकै कारण पछिल्लो समय उनले स्वदेशमै उत्पादन हुने जुताचप्पलको उत्पादन र बिक्री सुरु गरेका छन् । उक्त कम्पनीको प्रबन्ध निर्देशक पदमा रही गुणस्तरीय सामान उत्पादन गरी उपभोक्तमाझ लोकप्रिय बनाउने सोचका साथ उपाध्याय हाल नेपाली जुत्ता चप्पल व्यवसायीहरूको छाता संगठनका रुपमा रहेको छाला जुत्ता तथा उत्पादक संघको अध्यक्ष समेत रहेका छन् । पछिल्लो समय विभिन्न देशको भ्रमणका क्रममा त्यहाँबाट सिकेको सीप र प्रविधि प्रयोग गरी नेपाली जुत्ता चप्पलको गुणस्तर उत्पादन गर्दै आएका संघका अध्यक्ष उपाध्यायसँग नेपाली जुत्ता चप्पल उत्पादनको सम्भावना, चुनौतीकाबारेमा केन्द्रीत भई कमाण्डर पोष्टका रोशन कार्कीले गरेको कुराकानीको सम्पादित अंश ः

० नेपाली जुत्ता चप्पलको अवस्था र यसको भविष्य कस्तो छ ?
– अहिलेसम्म हाम्रो देश आफ्नै उत्पादनमा निर्भर नभई सकेको अवस्था रहेको छ । ५० प्रतिशतभन्दा बढी फुटवेयर सामानहरू आयात हुनेगरेको छ । त्यसैकारण पनि स्वदेशी जुत्ता चप्पलको माग दैनिक रूपमा बढ्दो छ । अहिले स्वदेशी उत्पादनले माग पूरा गर्न सकेको छैन । विगत ४÷५ वर्षदेखि विदेशी जुत्ता चप्पलभन्दा स्वदेशी जुत्ता चप्पलहरूको माग बढेका कारण यसको भविष्य राम्रो देखिएको छ । सुरुका दिनमा नेपाली उत्पादनलाई उपभोक्ताहरुले नरुचाउने हो की भन्ने चिन्ता थियो । तर हामीहरुले उत्पादन सुरु गरेर जुत्ता चप्पल बजार पठाएपछि थाहा भयो हाम्रा उपभोक्ताहरु विदेशीभन्दा स्वदेशी सामानको खोजीमा रहेछन् भन्ने । त्यसैले अहिले यो व्यवसाय फस्टाउदो क्रममा रहेको छ । विदेशी जुत्ता चप्पलहरू देख्दा राम्रो झल्याक–झुलुकमात्र हुने गुणस्तर नहुने कारण पनि विदेशी ब्राण्डभन्दा स्वदेशमै उत्पादन गरिएका जुत्ता चप्पल गुणस्तरीय हुने विश्वासका साथ केही वर्षदेखि स्वदेशी सामान प्रयोग गर्नेहरूको संख्या बढेको छ ।
० विदेशी कम्पनीको जुत्ताभन्दा नेपाली जुत्तामा फरक विशेषता चाहीँ के छ ?
– उत्पादनमा पक्कै पनि फरक विशेषता छ । हाम्रो अनुभवी ग्रुपद्वारा सञ्चालित कम्पनी हो । यो समूहले पटक–पटक विदेशमा गई गुणस्तर सम्बन्धी तालिम र अनुभवलाई समेटेर नेपाली उत्पादनै उपभोक्ता माझ लैजाउन हामीले उत्पादन सुरु गरेका हांै । लगाउँदा आरमदायी र हलुका सबै पिढीलाई सुहाउँदो जुत्ताचप्पलहरू बजारमा ल्याएका छौं । त्यसो त यो विशेषता छ भनेर प्रचार गर्नुभन्दा पनि अन्यभन्दा नेपाली उत्पादनका जुत्ताका यस्ता विशेषता रहेछ भनेर ग्राहकबाटै आओस् भन्ने चहान्छौं । कम्पनीले सुधार गर्नुपर्ने कुरामा पनि प्रचारबाजीभन्दा हामीलाई भनेर सहयोग पु¥याउनुु हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं । विदेशबाट आयत भएका जुत्ता चप्पलकामा प्रयोग भएका छालाहरु गुणस्तर त भन्नेमा विश्वास लिन सकिदैन् । विदेशी जुत्ता चप्पल हेर्दा झिलिक्क चिल्ला हुन्छन् तर त्यसबाट उपभोक्ताहरु ठगीने गरेका छन् । विदेशबाट आयत हुने जुत्ता चप्पलको भन्सार मुल्याङकमा समेत छली गरेका हुन्छन् त्यसैले उपभोक्ताहरु मंहगोमा जुत्ता चप्पल खरिद गर्नु पर्ने बाध्यता छ । अब सो बाध्यता नेपाली जुत्ता उत्पादनकहरुबाट हटेको छ । जुत्ता प्रयोग गर्नेहरुले सहजै सम्बन्धित कम्पनीका प्रमुखसंग खुलेर आफ्ना कुरा राख्न र सुझाब समेत दिन सक्ने भएकाले विदेशी भन्दा स्वदेशीमा यही फरक हुन्छ ।
० विदेशबाट आयातित सस्ता जुत्ता चप्पलले बजार लिइरहेको अवस्थामा यहाँहरूको कम्पनीले विदेशी जुत्ता चप्पलसँग प्रतिस्पर्धा गर्न सक्ला र ?
– हामीले विदेशी उत्पादनसंग सुरुका दिनदेखिनै प्रतिस्पर्धा गरेका छौ अब प्रतिस्पर्धा हैन प्रतिस्थापन गर्नेमा पुगेका छौ । सवै साथीहरुले पछिल्लो समयमा ठूला मेसिनहरु र नयाँ प्रविधिबाट उत्पादन सुरु गरेका छन् । तरपनि आबश्यकता अनुसार नेपालमा कच्चा पदार्थ नभएकाले पनि कठिन भएको छ तर पनि कच्चा पदार्थ आयात गरेर भएपनि हामी विदेशी जुत्ता चप्पलको विस्थापन गर्नेमा सक्षम हुने छौ । आयातित सामानको भीडमा हामीहरू पनि विदेशीभन्दा स्वदेशी उत्पादन बढी टिकाउ र गुणस्तरीय हुन्छ । आयातित जुत्ता चप्पलहरू कति समय टिक्छ भन्ने पनि वारेन्टी छैन । किनेको भोलिपल्टै पनि च्यातिन सक्छ । त्यसबारे उपभोक्ताहरूले कहाँ गएर उजुरी÷गुनासो गर्ने भन्ने ठाउँ नै छैन । हेर्दा झिलिक्क राम्रो देखिन्छ तर गुणस्तर हुँदैन । त्यसैले आम उपभोक्तालाई सामान खरिद गरेपछि राम्रोसँग उपयोग गर्न पाउन्, उपभोक्ता नठगिउन् भन्ने हाम्रो मुख्य उदेश्य हो । सोहीअनुसार हामी अघि बढेका कारण आयातित जुत्ताचप्पलका कारण कुनै असर पर्दैन भन्ने लाग्छ । हामी हाम्रोे लक्ष्यअनुसार विदेशीभन्दा स्वदेशी उत्पादन नै प्रयोग गरौं भन्ने भावना आम उपभोक्तालाई जागृत गराउने छौं ।
० नेपाली उत्पादनको नाममा स्वदेशी कच्चा पदार्थ प्रयोग गर्नेभन्दा पनि अर्ध तयारी जुत्ता बाहिरबाट ल्याएर टुक्ताहरू जोड्ने काम मात्र भएको भन्ने आरोप पनि लाग्दै आएको छ नि ?
– व्यवसायमा केही विसंगती, विकृति भित्रिएका होलान् सवै ठिक भन्न सकिदैन् । कोही कोही व्यवसायले चाडो नाफा कमाउने उदेश्यले यस्तो कार्य भएका होलान् । त्यसोभनी रहदाँ सवैले त्यो कार्य गरेर उपभोक्तालाई ठगी गरेका छन् भन्नेमा चाही म विस्वास लिन सक्दिन ।
किनकि जुत्ता चप्पलको काम भनेको करिब ८० प्रतिशत हातले गर्नुपर्ने हुन्छ । यहाँले भने झै नेपालमा आवश्यकता अनुसार कच्चा पदार्थ पाइँदैन । जुत्ताचप्पलका लागि नपुग कच्चा पदार्थ विदेशबाट आयात गर्दैमा जुत्ता नेपालमा ल्याएर जोड्ने भन्ने कुरा हुँदैन । त्यो गर्ने हो भने करोडौं रुपैयाँ लगानी गरेर किन कम्पनी स्थापना गर्नु प¥यो ? बैंकबाट महँगोमा ब्याज किन लिनुप¥यो, होइन र ? त्यसैले यो नबुझिकन लगाएको आरोपमात्र हो । अन्य उद्योगहरूले के गर्छन् थाहा छैन, तर हामी भने कच्चा पदार्थ आयात गरेपछि पुनः त्यसलाई प्रशोधन गरेर नेपाली जुत्ता चप्पल उत्पादन गर्छाैं ।

० अहिले नेपाली उत्पादनका नाममा बजारमा आएका विभिन्न ब्रान्डका जुत्ता चप्पल अत्यधिक महँगा छन् भनिन्छ नि ?
– हो यहाँले भने झै अन्य जुत्ता चप्पलभन्दा केही मंहगो छ । किनकी हामीले जुत्ता चप्पल बनाउने कच्चा पदार्थ आयत गर्नुपर्छ । स्वदेशमा पाउने हो भने त्यो गुनासो आउने छैन् । डलरको मूल्यमा भएको वृद्धि ३० प्रतिशतले भएकाले केही मंहगो हुन गएको हो । आयातित सामानहरू सिधैं बिक्री वितरणमा लैजान सकिन्छ, लागत पनि कम पर्छ, तर नेपालमै उत्पादन गरिने त्यसमा पनि गुणस्तरीय उत्पादन उपभोक्तालाई दिनुपर्ने भएकाले अन्यको तुलनामा केही महँगो हो, तर अहिलेको बजारअनुसार धेरै महँगो भने होइन ।
० यहाँहरूले पत्रकार सम्मेलन गरेर आफ्नो उत्पादनको खुवै चर्चा गर्नुभयो, तर उपभोक्ताले भने नेपाली जुत्ता चप्पल लगाउँदा पैताला पोल्ने, औंला सुनिनेलगायतका आरोप लागएका छन् नि ?
– हामी सवैमा गुणस्तर छ भनेर ठोकुवा गर्ने पक्षमा छैनौन् । किनकी उत्पादन गरिदा एक दुई जोरमा त्यस्तो भेटीनु स्वभाविक हो । यसो भनी रहदाँ आफ्नो उत्पादन गुणस्तरीय हुनु हुदैन भन्ने हैन् । किनकी उपभोक्ताहरुको गुनासाका आधारमा आफ्नो कमीकमजोरीलाइै सुधार गरेर गुणस्तरीय जुत्ता चप्पल उत्पादन गरिनुमा विकल्प छैन् । दोस्रो कुरा उपभोक्ताहरुले आफुले खरिद गर्ने सामाग्रीको बनावट र गुणस्तरीयताका बारेमा जान्नु पनि पर्छ । जुत्ता खरिद गर्दा बाहिर चिल्लो चिटिक्क परेकोमात्र खरिद गर्दा त्यो समस्या बढी आउछ । भित्रको उत्पादित जुत्ताको बनावट पनि हेर्नु पर्छ ।
कुनै पनि लगानीकर्ताले आफ्नो लगानी डुबोस् भन्ने चहाना राखेको हँुदैन । त्यसैले आफ्नो लगानी उठाउने भनेको आम उपभोक्ताले उत्पादित सामानको प्रयोग गरे दिएपछि मात्र हो । पैलाता पोल्ने, औला सुनिनेलगायतका समस्या नआओस् भन्ने कुरामा लगानीकर्ताले ध्यान दिएकै हुन्छ । त्यस्तो भएकै रहेछ भने पनि सम्बन्धित ठाउँमा गुनासो गरेमा उपभोक्तामाथि परेको असुविधाबारे कम्पनीले कुनै कन्जुस्याई नगरी समस्याको समधान गर्छ ।
० आफ्नो उत्पादन गुणस्रीय भएको दाबी गर्नुभयो, कसरी प्रमाणित गर्न सक्नु हुन्छ ?
– गुणस्तरका बारेमा हामीहरुले दाबी गर्ने होइन् । यो गुणस्तर छ या छैन भन्ने जिम्मा आम उपभोक्ताहरु नै भएकाले कसको उत्पादन गुणस्तर छ भन्ने बारे उपभोक्ताबाट आएको सुझाबका साथै गुनासोबाट नै प्रष्ट हुन्छ । किनकी, मंहगोमा खरिद गरेपछि २÷३ मा च्यातिने गरेको छ तर, हामीले उत्पादन गरेका जुत्ताहरुमा ६ महिनाको वारेन्टी दिएका छौ । दैनिक ५ सय जोर जुत्ता बिक्री हुदाँ १÷२ जोर जुत्तामा कमजोरी आउनुले नै हाम्रा उत्पादन गुणस्तर छ भन्ने हाम्रो ठप्याई रहेको छ । कम्पनीले आफ्नो सामान गुणस्तर छ भनेर दाबी गनेनै होइन् नी । करोडौं लगानीमा सञ्चालन गरेको कम्पनीले गुणस्तरहीन सामान उत्पादन गरेको खण्डमा त उसको लगानी त ढुब्छ होइन र । आफ्नो लगानी सुरक्षित गर्न पनि गुणस्तर जुत्ताचप्पल उत्पादन गर्नुको विकल्प छैन् ।
०   यहाँहरूकै उत्पादनको न्यूनतम मूल्य १ हजार रुपैयाँभन्दा माथि छ, यसमा सबै नेपालीको पहँुच पुग्छ र ?
– आबश्यकता अनुसारको छाला पाउने अबस्था छैन् । विदेशबाट आयात गरिनु पर्छ । कच्चा पदार्थ स्वदेशमा नपाउने भएकाले मंहगोमा विदेशबाट आयात गर्नु पर्नेभएकाले मंहगोे पर्न गएको हो । अहिलेको अबस्थामा जुन मुल्य नेपाली उत्पादनको मुल्य छ त्यो अरु उत्पादनको हकमा सस्तो नै हो भन्नु पर्छ । नेपाली मुद्राको अवमूल्यनका कारण सामान पनि मँहगो भएको छ । यहाँ छिमेकी देशबाटै आयात भएको जुत्ताचप्पलको मूल्य गत वर्ष र यस वर्षमा फरक छ ।
० पटक–पटक उद्योगमा मजदुर समस्याहरू आउने गरेका छन् । मजदुर समस्या कसरी समाधान गर्नुभएको छ ?
– हो, पटक पटक मजदुर समस्या आउने गरेको छ । यहाँ एउटा उद्योग सञ्चालनका लागि मजदुर मालिकबीच नङ मासुको सम्बन्ध हुनु पर्छ । मजदुरको समस्यालाई पनि मालिकले बुझ्नु पर्छ मालिकको समस्यापनि मजदुरले बुझ्नु पर्छ यसो भएमा मजदुर समस्या आउदैन भन्ने लाग्छ । गएको दशैताका शिखर सुज कम्पनीमा मजदुर समस्या भयो । त्यो समस्याबाट मालिकलाईमात्र हैन मजदुरलाई पनि घाटा पर्ने गयो । किनकी जहाँ जुन समस्या आउछ त्यो मालिकलाईमात्र पर्दैन नी । देशमा राजनीतिक अस्थिरता कारण मजदुर समस्याहरू आउने गरेका छन् । जाहेज मागका कारण आएको समस्यालाई समाधान गर्न कुनै गाह्रो हँुदैन, तर कामदारको नाममा बाहिरबाट हुने आन्दोलन मागका कारण मजदुर समस्याले उग्ररूप लिएको छ । तर, यसलाई पनि बार्ताका माध्यमबाट समाधान गर्नुको विकल्प छैन । किनकि एउटा कम्पनी सञ्चालन हुनलाई मालिकले मात्रै गरेर पुग्दैन, उसले लगानी गर्ने हो, त्यसपछि त्यो कम्पनीमा कार्यरत मजदुर, कर्मचारी र मालिकबीचको सुमधुर सम्बन्धबाट मात्रै सफल हुनेभएकाले जबसम्म यो कम्पनी आफ्नै हो भन्ने भावना उत्पन्न हँुदैन, तबसम्म समस्या आइरहन्छन् । मालिकले पनि मजदुरको पसिनाको उचित मूल्य दिनुपर्छ र मजदुरले पनि मैले यसैबाट परिवार पालेको छु, कम्पनी फस्टाएमा हामीलाई पनि फाइदा पुग्छ भन्ने भावना जागृत गराउनुपर्छ ।
० विभिन्न उद्योगमा देखिएका श्रम समस्यालाई कसरी हेर्नुभएको छ, सरकारले यो समस्या दीर्धकालीन रूपमा समाधान गर्न के गर्नुपर्ला ?
– यो श्रम समस्या राष्ट्रिय रोग नै भएकाले सचेत हुनेपर्ने छ । कुनै पनि कम्पनी सञ्चालन गर्न एक्लैले सक्दैन । त्यहाँ जनशक्ति भर्ना गरिनुपर्छ । सुरुमा नोकरीका लागि प्रवेश गर्छन्, पछि उनीहरूले नै विभिन्न पार्टीको नाममा युनियन स्थापना गरेर जायज÷नाजाहेज माग राखी कम्पनीनै बन्द गराउनेसम्मका काम भएका छन् । यस्तो हुनु देशमा अस्थिर सरकार र अस्थिर राजनीतिक कारण हो । यहाँ राजनेताहरूले कम्पनीमा पनि राजनीतिक गरेकाले यो समस्या राष्ट्रिय समस्या बनेको छ । सरकारले यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न समयमा औद्योगिक नीति ल्याउनुपर्छ, समयानुकूल श्रम ऐन नियमलाई परिमार्जन गरिँदै पूर्णरुपमा कार्यान्वयन गर्नु पर्छ । अनिमात्र समस्या समाधान हुन्छ । सरकारले सो समस्या समधान गर्न कुनै पहल गरेको जस्तो मलाई लाग्दैन । किनकी पटक–पटक श्रम समस्या, उद्योग सञ्चादन गर्नकालागि आबश्यक र उचीत स्थानका नभएका कारण नेपाली उत्पादनलाई विश्व सामु पु¥याउन सकि रहेका छैन भनेर सो समस्या समधान गर्न दवाव दिएका छौ तर पनि सरकारले त्यसप्रति ध्यान नदिएका कारण पटक–पटक श्रम समस्याले उद्योगमा सताई रहने गरेको छ । अब बन्ने सररकारले पहिलो चरणमा श्रम समस्यालाई सम्बोधन हुनेगरी ऐन कानून ल्याई कार्यान्वयन गर्नु पर्छ ।

० व्यवसायीहरुबीच कत्तिको प्रतिस्पर्धा छ ?
नेपाली व्यवसायीबीच प्रतिस्पर्धा भन्दा पनि बिदेशी जुत्ताहरूनै हाम्रो मुख्य प्रतिस्पर्धी हुन् । खासगरी नक्कली बिदेशी ब्राण्डका जुत्ताले हामीलाई समस्या भएको छ । पाइरेसी जुत्ताहरू ठुलो मात्रामा नेपालमा भित्रने गरेको  छ । यसमा भन्सार कार्यालयले पनि चासो दिन सकेको छैन् । यसले हाम्रो व्यवसायलाई असर परेको छ । नेपाली जुत्ताको व्यवसाय राम्रो हुदा हुदै पनि जून रुपमा औद्योगिक  राष्ट्रका रुपमा विकसित हुनुपर्ने हो त्यो हुननसकेकाले यो व्यवसायले पनि सोचेअनुरुप प्रगति भने गर्न सकेको छैन् । दलहरुले आर्थिक क्रान्तिको नारा दिएपनि त्यसको साकार पार्नका लागि काम हुन सकेको छैन् । हामीले पनि गुणस्तरमा धेरै सुधार गरिसकेका छौं । नयाँ नयाँ डिजाइनमा उत्पादन गरेका छौं । बजार विस्तार भएको छ । नेपाली उत्पादन भन्ने बित्तिकै नाक खुम्चाउनेहरुले अहिले नेपाली उत्पादनका जुत्ताहरु खोजी खोजी प्रयोग गर्ने गरेका छन् ।
० अहिले कुल बजारमा कति प्रतिशत नेपाली जुत्ताको स्थान छ ?
ठ्याक्कै भन्न सकिने आकलन हामीसँग छैन । तथापी ६० प्रतिशतभन्दाबढी बजार नेपाली जुत्ताले ओगटेको छ भन्न सक्छौं । अब त्यो प्रतिशतलाईपनि हाम्रा उत्पादनले विस्तारै विस्तापन गरेर सय प्रतिशत पु¥याउने योजनाका साथ हाम्रो संघ अघि बढि रहेको छ । यसमा स्वदेशी उत्पादनमा भर पर्नकालागि सरकारले पनि अमिल्दो भन्सार नीति र करमा समयसापेक्ष परिमार्जन गरेमा हामी सजिलै विदेशी जुत्ता चप्पलमा आत्मनिर्भर बन्नेमा कुनै दुविधा छैन् । 
० समस्या चाहीँ के छ यस व्यवसायमा ?
मुख्य समस्या भनेको दक्ष जनशक्तिको अभाव नै हो । ४५ डिग्रीको तापक्रममा गएर हाम्रा नेपालीहरू पसिना बगाइरहेका छन् तर हामी कामदार नपाएर आक्रान्त छौं । दोस्रो कुरा राज्यले पनि यो व्यवसायलाई प्रबद्र्धन गर्ने खालको नीति ल्याउन सकेको छैन । हामीचाहिँ त्यहि मुलुकबाट सम्पूर्ण सामान खरिद गरेर ल्याई लोडसेडिङ झेलेर जुत्ता उत्पादन गरी त्यहि देशका जुत्ताहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । बिदेशबाट आउने जुत्ताको वास्तविक भन्सार मूल्याङकन हुनु जरुरी छ । तबमात्र हामी प्रतिस्पर्धा गर्न सक्षम हुनेछौ ं।
० यहाँले पनि लामो समयदेखि ‘विएफ डियर हिल’ जुत्ताको उत्पादन गर्दै बिक्री गर्दे आउनु भएको छ, सो जुत्तापनि चीनको खासाबाट आयात गरेर नेपाली ब्राण्डको स्टीकर टाँस्ने गरेको भन्ने आरोप रहेको छनी ?
– त्यो आरोपमात्र हो । आरोप लगाउन सजिलो हुन्छ तर त्यो अनुसार काम गर्न कठिन हुने गरेको छ । मेरो उत्पादनका जुत्तामा नेपाली ब्राण्डको स्टिकर टाँस्ने हो भने कामदार किन राख्नु प¥यो र । जुत्ता ल्यायो अनी २÷३ जना राखेर रातभरी टाँसे भयो हैन् र ? एउटा उत्पादनमा अर्को लेवल टाँसिदैन् । एक÷दुई पटक त्यो सफल होला तर लामो समयसम्म जुत्ताकै व्यवसाय गर्ने भएपछि त त्यो सम्भाबना नै रहदैन । उपभोक्ताले एक पटक लगाएको जुत्ता अर्कोपटक खोज्न आएनन् भने त लगानी ढुव्ने खतरा कुनै व्यवसायीले गर्दैन् नी ।
० यहाँ त जुत्ता उद्योगको छाता संगठनका रुपमा रहेको छाला जुस्ता तथा वस्तु उत्पादक संघको अध्यक्ष पनि हुनुहुन्छ, संघको भावि योजना के रहेको छ ?
–लामो समयदेखि सरकारले औद्योगिक ऐन ल्याउन सकेको छैन, औद्योगिक क्षेत्रको अभाब रहेको छ, भन्सार, करमा मेलखाने ऐन लगायत अन्य समस्याहरु धेरै रहेकाले सोबारे क्रमैसंग छलफल गरेर समधान गर्नेतर्फ संघले योजना बनाएको छ । स्वदेशी उत्पादनकालागि दक्ष जनशक्तिको अभाब भएकाले सरकारले तालिमको व्यवस्था गर्नु पर्नेमा पनि दवाव दिएका छौ । यदी सरकारले तालिम दिन सक्दैन भने, हामीलाई उपयुक्त स्थान दिएको खण्डमा तालिमकालागि संघले दिने छ । दक्ष जनशक्ति, आबश्यकता अनुसारको कच्चा पदार्थ पनि स्वदेशमै पाउने व्यवस्था सरकारले गर्नकालागि हामीले पहल गर्ने छौ । मासिक रुपमा ३ सय भन्दाबढीलाई तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सकेको खण्डमा विदेशबाट माग भइ आएको नेपाली उत्पादनका बस्तुहरु पु¥याउन सक्ने दाबी गर्दछौ ।  सवै यस उद्योगमा भएका विसंगती बिकृतिलाई हटाउनकालागि पनि संघले विषेश कार्याक्रमका साथ आफ्नो योजनाहरु आम सदस्यहरुमा छलफल गरेर अगाडि बढ्ने गरेका छौ ।
० अन्तमा
सरकारद्वारा श्रम ऐनलाई कानूनीरुपमा लागू गरिनु पर्छ भन्नेमा छौ । सरकारले फुटवयर टेक्नोलोजी कलेज स्थापना गर्ने, सो सम्बन्ध पुस्तक प्रकाशन गर्ने जस्ता कार्या गरेमा हामी स्वदेशी उत्पादनमै आत्मनिर्भर भई आयातलाई विस्तापन गर्न सक्षम हुने थियौ । अरु कुरा स्थापना कालदेखिनै हाम्रा उत्पादनमा गुणस्तरको नाममा नक्कली वस्तुको बिक्री वितरण हुने गरेको अलि बढीनै गुनासो आएका कारण त्यो समधान गर्नकैलागि संघको पहलमा ‘समुहिक व्यापार चिन्ह’ लागू गर्दै छौ । त्यो चिन्ह आगामि वर्ष हुन लागेको ११ औं प्रर्दशनीका क्रममा सार्वजनीक गर्ने छौ । जुन प्रर्दशनीमा संघमा अबद्ध भएका ७० वटा उद्योगबाट उत्पादन भएका जुत्तामा त्यो चिन्ह (होलोग्राम) टाँसिएर सार्वजनिक हुने छ । जुनले त्यो चिन्ह प्रयोग गर्दैन त्यो वस्तुको गुनासो हामी समधान गर्ने छैननौ । त्यो चिन्ह सहि रुपमा प्रयोग भएको छ या छैन भन्ने अनुगमन हाम्रो संघ, नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिले अनुगमन गर्ने छ । यदी नभएको पाइएमा विधान अनुसार कारवाही संघले गर्छ ।

Sunday, December 8, 2013

  बैदेशिक रोजगार विभागमा सस्थागत भ्रष्ट्राचार
रोशन कार्की
काठमाडौं ।
बैदेशिक रोजगार विभागमा अस्थिर सरकारको मौका छोपी अबैध कारोबार गर्ने कार्यमा तीब्रता आएको छ । कर्मचारी नियमावली विपरीत घुस असुल्नकै लागि सरकारले कर्मचारीको सरुवा एवं पदस्थापन गरेको तथ्य सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागको अन्तिम स्वीकृति शाखामा निर्देशकहरु कमलराज भण्डारी, बद्रीबहादुर कार्की र शाखा अधिकृत बाबुलाल रेग्मीको पदस्थापन पछि फाइल सेटिङ सुरु ष्री अबैध संलग्नतामा रकम संकलन गरी सेवाग्राहीसंग ठगी गर्ने गरेको खुलेको छ । विभागका एक कर्मचारीले नाम नछाप्ने सर्तमा दिएको जानकारी अनुसार विभागमा आउने सेवाग्राहीलाई स्टिकर टास्नकैलागि कार्यलयभन्दा बाहिर मंहगोमा टाँस्ने गरको समेत आरोप उनले लगाएका छन् । अवैध रकम असुल्न मातहतका कर्मचारीलाई सो विभागका निर्देशकले गोप्य निर्देशन दिएको विभाग स्रोतले भनाई रहेको छ ।
घुष असुल्नकै लागि एक वर्ष अघिदेखि वैदेशिक रोजगार विभागमा सरुवा हुन खोजेका शिक्षा मन्त्रालय अन्तर्गत कानुन शाखामा कार्यरत बद्रीबहादुर कार्कीलाई कर्मचारी नियमावली विपरीत वैदेशिक रोजगार विभागको निर्देशकमा सरुवा गरिएको छ । भने जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कमलराज भण्डारी र यातायात व्यवस्था कार्यालय एकान्तकुना लाईसेन्स शाखाका बाबुलाल रेग्मीलाई राजनीतिक र प्रशासनिक शक्तिका आडमा विभागको अन्तिम स्वीकृति शाखामा पदस्थापन गरिएको छ । शाखा अधिकृत रेग्मी र भण्डारी भर्खर मात्रै आएका निर्देशक हुन । एमाले निकट मानिने कार्की निर्वाचनमा खटिएका बखत समेत विभागमा आफ्नो भाग खोजेको विभाग स्रोतको भनाई छ । उनी संविधान सभानिर्वाचन २०७० मा खटिएका थिए ।

विभागमा नवनियुक्त महानिर्देशक रबिन्द्रमोहन भट्टराई विदेश भ्रमणमा रहेकाले निमित्त महानिर्देशक कमलराज भण्डारी र बद्रीबहादुर कार्कीको सो अबैध रुपमा स्टिकर टाँसी रकम असुली गरेको आरोप कर्मचारीेलेनै लगाएका छन् । शक्ति केन्द्रलाई रकमको बुझाएर विभाग आएका दर्जनौं राष्ट्र सेवक कर्मचारीहरुले मानव तस्करीलाई संस्थागत गर्दै किस्ता बुझाउने गरेको समेत बुझिन आएको छ । ती कर्मचारीले अफिस समयमा विभिन्न बहाना बनाई सेवा दिनमा ढिलासुस्ती गर्नै तर, रातपरेपछि म्यानपावर व्यवसायीका फाइलका अनुसार स्टिकर टाँस्ने गरेका कारण विभागमा अन्तिम श्रमस्किृती लिनआउनेहरुको लामो लाईन लाग्ने गरेको छ । शुक्रबार बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को कमाण्डमा दुई दर्जन सादा पोशाकमा प्रहरी कर्मचारी विभागमा खटिए पनि घुषको कारोवार चेक र गोप्य ठाउँमा हुने र प्रत्येक स्टिकर गनेर अवैध रकम असुल्न निर्देशकद्वय भण्डारी, कार्की र शाखा अधिकृत रेग्मीले निर्देशन दिएका कारण तल्लो दर्जाका कर्मचारीलाई अप्ठेरो परेको स्रोतले दाबी रहेको छ ।
व्वयवसायी प्रतिनिधिहरु दिनहुँ विभागको अन्तिम स्वीकृति शाखाका भ्mयालमा खचाखच उभिइरहँदा निर्देशन दिने र कामगर्ने कर्मचारीभने सो स्थानमा नहुने भएकाले सेवाग्राहीहरुको लाईन मुख्य सडकसम्म पुग्ने गरेको छ । गत आईतबार र सोमबार दर्जनौं व्यक्तिगत र संस्थागत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिंडेका सर्वसाधारणलाई अध्यागमन विभागले कागजात नमिलेको भन्दै फर्काइ दिएपछि व्यवसायी, वैदेशिक रोजगार विभागकातर्फबाट कमलराज भण्डारी र अध्यागमन विभागका महानिर्देशक शरदचन्द्र पौडेल बिच अनलाईनमा देखिएका भिजालाई मान्यतादिने औपचारिक सहमती भएपछि वैदेशिक रोजगार विभागमा संस्थागत घुषखोरी सुरु भएको हो । संयुक्त अरब ईमिरेट्स (यू.ए.ई) लाई ट्रान्जिट प्वाईन्ट बनाएर ३० वर्ष मुनीका महिला र सरकारद्वारा प्रतिबन्धित मुलुकमा भिजिट भिजा लगायत कम्पनीको भिजामा जानेहरुलाई खुल्ला भएपनि त्यसलाई आधार बनाएर मानव तस्करी बढ्ने सम्भावना रहेको विभाग स्रोतले जानकारी दिएको छ ।
त्यसैगरी, गतसाता भिजाको मिति समाप्त भएकी एक महिलाकामदारलाई ८० हजार रुपैयाँ घुष लिएर मानव तस्करले श्रम स्वीकृति नलिई अध्यागमन पार गराउन सफलभएका छन् । दैनिक यसरी वैदेशिक रोजगार विभागदेखि अध्यागमन सम्म सेटिङ हुने भएकाले रकम नबुझाउने सेवाग्राही भने विभिन्न समस्यामा फसाई काम समेत नगरिदिने गरेको गुनासो बढेको छ ।

Saturday, December 7, 2013

अस्थिर सरकारका कारण गलैंचा निर्यातमा गिरावट

रोशन कार्की
काठमाडौं ।
केही वर्ष अत्याधिकमात्रामा विदेशी बजारमा निर्यात हुने गरेको नेपाली गलैचा पछिल्लो समयमा आएर वृद्धि हुने भन्दापनि झन् गिरावट हुनेक्रममा तीब्रता आएको छ । डेढ दशक अघि सबैभन्दा धेरै विदेशी मुद्रा भित्र्याउने नेपाली गलैंचाको निर्यातमा गिरावट आउनुमा मुख्य रुपमा अस्थिर सरकारको कारण हुन गएको आरोप समेत सम्बन्धित व्यवसायीहरुले लगाएका छन् । व्यवसायीहरुका अनुसार स्थायी सरकार र अस्थिर राजनीतिकका कारण बढ्दो बन्द हड्तालले गर्दा समयमा माग भएको गलैचा पु¥याउन नसक्दा त्यसको प्रभाब निर्यातमा परेको जनाएका छन् । आर्थिक वर्ष ०६८÷०६९ मा २२ प्रतिशतले निर्यात बढेकोमा  आर्थिक वर्ष ०६९÷०७० मा ५ दशमलव ७ प्रतिशतले गिरावाट छ । व्यवसायीहरुका अनुसार माग भएको समयमा सामान पु¥याउन नसक्नु, दक्ष जनशक्तिको कमी जस्ता कारणले गलैंचा निर्यातमा कमी आएको गलैंचा उद्योग संघको दाबी रहेको छ ।
गलैंचा उत्पादन गर्नका लागि चाहिने आवश्यक कच्चा पदार्थ ऊनी नेपाली बजारमा नपाउनु, माग भएको गुणस्तरीय सामान समेत बन्द हड्तालका कारण समयभित्र पु¥याउन नसक्नुले पनि निकासीमा गिरावट आएको दाबी संघको रहेको छ । हाल नेपाली बजारमा उच्च, मध्य र न्यून गरी तीन गुणस्तरको गलैंचा उत्पादन हुने गर्छ ।  कच्चा पदार्थको गुणस्तर, साइज र डिजाइन अनुसार मूल्य निर्धारण हुन्छ । आकार, प्रकार र गुणस्तर अनुसार मूल्य पर्ने भएपनि नेपाली बजारमा न्यूनतम ७ हजारदेखि २० हजार रुपैयाँ मूल्य पर्ने गलैंचा पाइन्छ ।

हाल नेपालमा झण्डै ९ सय गलैंचा उद्योग सञ्चालनमा रहेका छन् । उपत्यकमा मात्र ९५ प्रतिशत उद्योग रहेको व्यवसायीहरु बताउँछन् । गलैंचा निर्यात गर्दा शून्य भन्सार शुल्क लाग्ने गरेको छ । सरकारले गलैंचा प्रवद्र्धन र निर्यातकर्तालाई प्रोत्साहित गर्न २ प्रतिशत सहुलियत समेत दिदै आएको भएपनि सो निकासीमा गिरावट आइरहेको छ ।
नेपालमा उत्पादन भएको गलैंचा ९५ प्रतिशत युरोपियन देशमा निर्यात हुने गरेको छ । बाँकी ५ प्रतिशत नेपाली बजारमा नै खपत हुने गरेको संघले जनाएको छ । नेपाली गलैंचा जर्मनी, बेलायत, अमेरिका, फन्स, अष्ट्रेलिया, स्वीटजरल्याण्ड, इटली, टर्की र डेनर्माक लगायतका देशहरुमा निर्यात हुने गरेको छ । ऊनीबाट निर्मित गलैंचाको विदेशमा बढी माग हुने गरेपनि प्राकृतिक रेशादारमा पनि उत्तीकै आकर्षण छ ।   प्राकृतिक रेशाबाट निर्मित गलैंचाको प्रयोगले एलर्जी, उच्च रक्तचाप हुने मानिसलाई लाभदायक हुने विज्ञहरु बताउँछन् । 
विश्व वजारमा नै लोकप्रियता कमाउन सफल नेपली गलैँचाको निर्यात दर क्रमश ः घट्दै गएको छ । नेपालमा  श्रमिक समस्या र राष्ट्रिय समस्याका रुपमा रहेको ऊर्जा संकटले गलैँचा निर्यातमा समेत प्रभावित भएको व्यवसायीको भनाइ रहेको पाइन्छ । नेपाल कार्पेट निकासी कर्ता संघका अनुसार एक दशकको अनुपातमा नेपाली गलैँचाको परिणत्मक रुपमा ७५ प्रतिशतले निर्यातमा गिरावट आएको छ । मूल्यको अनुपातमा गलैँचा निर्यातमा ५० प्रतिशतले गिरावट आएको संघको दाबी रहेको छ ।
पछिल्लो समयमा नेपालमा गलँैचाको भौतिक तथा रासायनिक परीक्षण गर्न प्रयोगशालाको अभाव रहेको कारणले पनि अन्तर्राष्ट्रिय बजारमा बजार लिन समेत कठिन भएको छ ।  नेपालको निर्यात घट्नुको मुख्य कारणको रुपमा गलँैचा उद्योगी यस पेसाबाट पलायन हुनुलाई पनि लिने गरिएको छ । हालसम्म उद्योगीहरु झण्डै ६० प्रतिशत पलायन भइसकेको संघको दाबी रहेको छन् ।
सन् १९९० मा देशभर भण्डै एक हजार चार सयको संख्यामा रहेका उद्योग अहिले पाँचदेखि ९ सयमा सीमित हुन पुगेको छ र उद्योग बन्द हुने क्रम बढ्दो छ । उद्योग बन्द हुने क्रमसँगै उत्पादनमा कमी आएको छ र यसले निर्यातमा पनि प्रत्यक्ष प्रभाव पारेको छ । गलैँचा उद्योग संघका अनुसार सन् १९९४ मा झण्डै ३४ लाख वर्ग मिटर गलैँचा निर्यात भएकोमा सो परिणाम ११ लाख वर्ग मिटरमा सिमित हुन पुगेको छ ।
आर्थिक वर्ष २०५३÷०५४ मा २८ लाख ९० हजार वर्ग मिटर गलैचा निर्यात भएकोमा आव २०५४÷०५५ मा १५ प्रतिशतले गिरावट भई २४ लाख ४७ हजार वर्ग मिटर मात्र निर्यात भएको थियो । त्यस्तै सो परिणाममा गिरावट हुँदै आव २०६२÷०६३ सम्म आई पुग्दा १४ लाख २१ हजार वर्ग मिटर मात्र निर्यात हुन सक्यो । आव २०६३÷०६४ मा सो निर्यातको अवस्था १३ लाख ४१ हजार वर्ग मिटर हुँदै आव २०६४÷०६५ मा ११ लाख ४९ हजार वर्ग मिटरमा सीमित हुन पुग्यो । विश्व बजारमा हातबाट निर्माण गरिएको नेपाली गलँैचाको माग हुने गरेको छ । नेपालको निकासीजन्य वस्तुमा गलैँचा प्रमुख वस्तुको रुपमा रहँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सस्तो मूल्यमा गलैँचा माग भए अनुरुप नेपाली गलैँचा उत्पादन हुन थालेपछि गुणात्मक पक्ष खस्कँदै गएको छ । अनुसार सन् २००८ मा सबैभन्दा बढी जर्मनीमा ३७ प्रतिशत नेपाली गलैँचा निर्यात भएको थियो । त्यस्तै अमेरिकामा ३१ प्रतिशत, अस्ट्रेलियामा ८ प्रतिशत र बेल्जियम र बेलायतमा झण्डै चार–चार प्रतिशत निर्यात भएको थियो । २०६७÷६८ मा ४ अर्ब ८६ करोड ४ लाखको निर्यात भएको थियो । २०६६÷६८ मा ४ अर्ब ७ करोड ८७ लाखको निर्यात भएको नेपाल राष्ट्र बैंकको तथ्याङकमा उल्लेख छ  ।

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...