Saturday, September 3, 2011


तस्करले ‘मलाई मार्न’ गुण्डा खटाउदा........
ROSHAN KARKI
R
ासुस्ती र आर्थिक अनियमिकता आखा सामु भएको देखे पछि मलाई पनि त्यसको भण्डाफोर गर्न मन लाग्यो । तर कसरी मेरो स्कुले जीवनमा त्यसको बारेमा कहा गएर के गर्ने मेरो दिमागले बाटो भेटको थिएन । घर नजिकै हाई स्कुल र साथमा बगेको मेलम्ची खोलामा पौडी खेल्ने र बाकी समय भलिबलमा रमाउदै स्कुल जीवन २०५० मा सकियो । त्यस समय सम्ममा कहा के र कता भन्ने थियो । एकान्त र एक्लो हुदा भ्रष्ट्रचार र अनियमिकता बारेमा घरीघरी मनस्पाटलमा आउने गरेको थियो । तर मौका मिलेको थिएन । २०५० सालमा सरस्वती माध्यामिक विद्यालय हालको सरस्वती उच्च मावि ग्याल्थुमबाट एसएलसी परिक्षा पुरा गरेपछि स्कुलले जीवन बाट अलि माथी पुगीयो । स्कुलको समयमा दाजुसंग आकालझुकल काठमाडौ आउने जानेमात्र भएको थियो । तर मनसपाटलमा भने भ्रष्ट्रचार र अनियमिकतामा मन्थन भईरहने गर्द थियो । जव एसएलसी सकेर राजधानी प्रबेश गरे देखी मैले विभिन्न माध्याममा साना ठूला समाचार लेख्न थाले । विभिन्न पत्रपत्रिकामा मैले लेखेका समाचार प्रकाशित भएपछि मनमा आट थपियो । आटलाई बलमा रुपान्तर गरि देशको भाग्य र भविश्य निर्धारण गर्ने सिहदरबार छिरे । २०५१ सालमा दिनको दुइ बजे । सिहदरबार त छिरे तर कहा जाने ? त्यो ठूलो ठाउमा । सानो उमेर देखीनै रेडियो सुनी रहने र साथमा एउटा रेडियो भैरहने भएका कारण गए रेडियो नेपालको कार्यालय तर्फ । जान त गए तर निश्चित काम गर्न भने र गएको होईन । लक्ष्य विहिन सिहदरबार गएकोमा समयले साथ दिएछ क्यारे त्यस दिन चौतारी कार्यक्रमको सुटीङ हुने रहेछ । बहाना बनाउनका लागी मैले एक छिन रेडियोको चौरमा विताए र अरु कसरी सुटीङ स्थलसम्म पुग्दछन् भन्ने चालबाजी हेरे । चालबाजीकै मौका छोपेर धेरै जनाको समुह भएको मौका छोपी छिरे रेडियोको स्टेशनमा । त्यस दिन एक छिन चौतारी कार्यक्रमको दर्शक भए । रेडियोको स्टेशन पनि अबलोकन गरे । समय वित्दै गयो । समयले पनि कोल्टे फे¥यो । रेडियोे नेपाल आउने जाने कार्य बाग्लीदै गयो । समयले साथ नै दिएको भन्नु पर्छ मलाई पत्रकार बन्नु थियो एउटै उदेश्यका साथ रेडियो नेपाल आउने जाने कार्य करिव १ वर्ष नै वित्यो । पछि रेडियोमा समाचारदाता र समाचार बाचकको माग भएको थियो । फारम लिएर भरे नामपनि निश्कियो तर विना तालिम मैले भरेको पदमा सफल हुन सकिन । सफल हुन सकिएन । पछि अब कतै तालिम लिने भन्दै राजधानीको गल्ली चाहार्न थाले । त्यस समयमा खुलेको पत्रकारिताको तालिम दिने संस्थाहरु कम थिए । कमजोर परिबारको एक सदस्य भएका कारण जहा पायो त्यहा तालिम लिने अबस्था पनि थिएन् । रेडियो आउने जाने क्रममै विहानी सेबामा कार्यरत बरिष्ठ समाचार बाचक तीर्थ भण्डारीले पनि जमलेश्वर इन्टिचियुट खोल्नु भएको थियो । मैले उहाबाटै पत्रकारीताको तालिम लिएर पुन पत्रकारितालाई व्यवसायीक रुपमा काम गर्ने भन्दै लेखन र समाचार बाचनमा ६ महिने तालिम सफल रुपमा सम्पन्न गरे । अनी सुरु भयो मेरो पत्रकारीताको यात्रा । तिर्थ भण्डारीको सहयोगमानै लामो समय सम्म रेडियो नेपालमा काम गर्न मौका पाए । यो ता भयो पत्रकारिताको सुरुबात । रेडियो नेपालमा
समाजमा भएको ढि
ला कामगर्दै जादा राजधानी दैनिकको प्रकाशन हुने भयो । सवै स्थानमा समाचारदाताको माग भएको थियो । मलाई आफ्नै जिल्लामा रहेर कामकार्य गर्ने मनले सिन्धुपाल्चोकका लागी राजधानी दैनिकमा निवेदन पेश गरे तत्कालनि संम्पादक पुरुषोत्तम दाहाललाई भेटे । यर्थात बताए पछि जिल्लाको संबाददातको रुपमा जिल्ला गए । अनि सुरु भयो मेरो जीवनको कहाली लाग्दो यात्रा । जिल्लामा त्यस समयमा कान्तिपूर दैनिकमा ऋषिराम पौडेल, स्पेशटाईम दैनिकमा पवित्रकुमार खड्का, हिमालय टाइम्समा ङेम्लीङ लामा, समाचारपत्र र राससमा राम केसी सकृय रहेका थिए । राजधानीको संवाददातको रुपमा जिल्ला गए । मलाई थाहा थियो कि पत्रकारको संगठन महासंघ छ भन्ने त्यही महासंघ खोज्दै जादा चौताराको टुडिखेलको छेउमा स्वर्गिय चित्रबहादुर गिरीको घरमा कार्यलय रहेको थियो । कार्यलयमा प्रबेश गरे त्यस बखत राम दाई पत्रिका पढेर बस्नु भएको थियो । औपचारिकता पुरा गरे अनी म पनि दाजुहरुको साथमा पत्रकारित गर्न जिल्ला आएको बताए । त्यस दिन औपचारीकतामा समय वित्यो । भोली पल्ट म घरमा गए । लामो समय पछि पुन चौतारामा गए । जिल्लामा सकृय सवै संग भेट गरे । सवैको राम्रो सहयोग पनि पाए । तर समय वित्दै गयो मेरो काम गर्न सस्थापनि परिबर्तान हुदै गए । विभिन्न आरोह अबरोह पार ्गर्दै मेरो चौतारा बसाई ५ वर्ष विते । भित्ताको क्यालिन्डर धेरै फेरिए । देशमा जनयुद्ध सुरु भयो । जनयुद्धकै समयमा तत्कालीन शाही सेनाका मेजर कान्छाकाजी कार्कीले चौताराको प्रेसचोकबाट माओबादीदलाई सहयोग गरेको भन्दै गिरफ्तार ग¥यो । चौताराका सवै साथीबाट सहयोग पाए आ–आफ्नो संचारमाध्यामबाट रोशन कार्की सेनाबाट पक्राउ भन्ने समाचार आयो । त्यस समयमा म पत्रकार महासंघ जिल्ला शाखाको कार्यकारी सदस्य थिए । मेरा अध्यक्ष हुनुहुथ्यो ऋषिराम पौड्याल । सेनाले पक्राउ गरेर लगेपछि मलाई हत्या गर्ने सम्मको मानशिक यातना दियो सेनाले । एक घण्टाको मानशिक यातना र १ महिनामा जिल्ला छोड्न दिएको धम्की र अब माओबादीको समाचार लेखेमा जहा भेटे पनि सुट गर्ने निर्देशनका साथ छुटे । सेनाले दिएको मानशिक यातनाबाट १ महिना सम्म मलाई सतायो । मैले सभापतिलाई घटनाको बारेमा अबगत गराए तर तत्कालीन सभापति ऋषिराम पौडेलले महासंघको एक पेज लेटरप्याड खर्च गर्न गर्न चाहानु भएन । मैले पटक–पटक कुरा राखे तर मेरो बारेमा महासंघले कुनै चासो देखाएन । त्यस समयमा त द्धन्द्धको कारण महासंघले आट गरेन भनेर चित्त बुझाए । समाचार संकलनकै क्रममा मैले आमा हेल्मुले चौतारा–काठमाडौ सम्म माईक्रोबस चलाउने भने पछि समाचार संकलन गर्न जादै गर्दा अरिनीको यातायात सेवा समितिले दोलालघाटमा गरेको बाटो अबरुद्धका समाचार छायानकन गरिरहेको अबस्थामा तत्कालीन अरनीको सचिव हालका अध्याक्ष केदार क्षेत्री नामको व्यक्तिबाट खटाईएका गुण्डाबाट हातपात भयो । साथमा रहेको मुभी क्यामेरा र क्यामेराको सवै समाग्री दिउसै लुटीयो । घटनाको बारेमा सभापति ऋषिराम पौडेललाई जानकारी गराए । तर त्यस समयमा पनि उहाले घटनाको बारेमा कुनै प्रतिकृया दिनु भएन । म त्यस समयमा पत्रकार महासंघको केन्द्रीय पार्षद थिए । उहाले म माथी भएको घटनाका बारेमा पनि महासंघको लेटरप्याड खर्च गर्नु भएन । बरु उल्टो अन्य जिल्लामा भएको घटनाका बारेमा प्रेस विज्ञप्ती प्रकाशन गर्नमा नै वित्यो । उहाको कार्यकाल । आफ्नो सदस्यले अनाहकमा पक्राउ र लुटपाट हुदा पनि महासंघलाई कुनै चासो भएन । यिता भए मैले महासंघबाट पाएको सहयोग । सुरुका दिनमा उहाहरु संगको सम्पर्क राम्रो थियो । तर कहिले देखी हो उहाहरुले सहयोग गर्न तयार भएनन् । मैले कुनै दिन पनि आर्थिक सहयोग मागीन । तर महासंघले चाल्ने र कर्तव्य भित्रको सहयोग मागे तर कहिल्यै पाईन । अमिलो मनका साथ अगाडी बढ्दै गए । चौताराको बसाई मासिक ८ सय कोठाभाडा, कामगरेका सस्थाबाट महिनामा पैसा नदिने । खाना होटलमा । लामो समय होटलको खाना महिनामा खानाको पैसा दिन नसेकेको अबस्था । मेरो नाजुक अबस्था हुदा पनि मैले तस्करहरु संग समबन्ध गास्न सकिन । साथी ज्ञानेन्द्र तिमल्सीनाबाट पटक–पटक पैसा लिए । उनले मागे पछि दिदै जानु भयो । मैले हाल सम्म उहाको पैसा फिर्ता गर्न सकेको छैन् । चौतारामा बस्दै मेरा आदरर्नीय साथीको कृपा जाग्यो । यसले पैसा दिन सम्दैन त्यो संग भएको क्यामेरा लीनु र रकम असुल गर्न कान फुके म नाम भन्ने पक्षमा छैन । साथीहरुकै रायसुझावका अनुसार म जहा खान खान्थे त्याहाबाट क्यामेरा अधिनमा लिनु भयो । तर मैले काठमाडौबाट केही रकम खोजेर दिएपछि क्यामेरा त फिर्ता दिनु भयो । तर चौतारामा बस्न मनले मानेन् । लागे राजधानी तर्फ । जिल्लाको रिपोर्टर । राजाधानीको बसाई । जीवनको. उकाली ओरालीमा कति साथीबाट सहयोग पाए । कति साथीबाट तिरस्कार । सवैलाई सहदै अगाडी बढे । अनियमिकता र भ्रष्ट्रचारको विरुद्धमा मेरो कलम चली सकेको थियो । जिल्लाको तातोपानीबाट हुने तस्करको बारेमा जव कलाम चालाउन थाले अनी केही साथीहरुमा भुइचालो जान थाल्यो । मैले प्रमाण सहित भेटको समाचार बारर्गिनीङ हैन प्रकाशन गर्दै आए । त्यसको असर म माथी पर्दै आयो । सत्यतथ्य समाचार लेख्दै र बजाउदै आए । त्यस समयमा म स्पेशटाइम र च्यानल नेपालमा काम गर्दथिए । मैले पठाएको समाचारहरु प्रथमिकताका साथ प्रकाशित र प्रशारण भएका थिए । त्यस समयमा प्रकाशन भएका समाचारको सक्कल मसंग अझै सुरक्षित नै रहेकोछ । तस्करको विरुद्धमा कलम चलाउन थाले देखीनै म एक्लो हुदै आए । धर्म र मर्म लाई ध्यानमा राख्दै मैले कलम चलाउदै आउदा पछिल्लो पट्क प्रतिबन्धित रक्तचन्दन को तस्करीको समाचार प्रशारण गर्दा भने तस्करीले ज्यान मानै धम्की दिन थाले । व्यापारीले नो नम्बरबाट पटक–पटक मार्ने धम्की आईनै रहयो । धम्कीकै कारण जिल्लाबाट काम गर्ने वातावरण नभएपछि बाध्य भएर जिल्लाबाट विस्तावित नै भए । जिल्लामा बसेर काम गर्दा साथीहरुबाट मेरो बारेमा कुनै आबाज नउठाउने देखीएपछि जिल्लाबाट विस्तापित नै हुनु परेको हो । यसको जानकारी पनि तत्कालीन सभापतिलाई जाहेर गरे । तर सभापतिबाट सुनुबाई भएन । त्यस समयमा म नेपाल वान टेलिभिजनमा कार्यरत थिए । दैनिक आउने ज्यान मार्ने धक्की र चुप बसेको महासंघका तत्कालीन कार्यसमति त्यसमा पनि सभापतिले कुनै प्रतिकृया नदिदा र प्रेशविज्ञप्ती समेत ननिकाल्दा । सोच्ने विषय भएको छ । लगातार तस्करको ज्यान मार्ने धम्की अनी तत्कालीन इलाका प्रहरी कार्यलय बाह्विसेका प्रहरी निरिक्षक युगनारायण बैधको पत्रकारीता सिकाउने फोन धम्की दुवैलाई एक्लै पार गर्दै आए । तर पनि महासंघको सहयोग पाउनबाट बन्चित रहे । किन हो यसको उत्तर अझै सम्म भेटाउन सकेको छैन् । देशमा भएको भ्रष्ट्रचार र तस्करकार्यको विरुद्धमा आवाज बुलन्द्ध बनाउदा मेरा आदरर्नीय अग्रज साथीबाट तिरस्कार नै हुनु प¥यो । तर पनि राजधानीको बसाई मसिक २ हजार रुपैया कोठाभाडा । नियमित रकम आउन ढिलाई । यस्ता समस्याले मलाई दिन प्रतिदिन सताउन थाल्यो । मलाई आर्थिक समस्या परिनै रहेको थियो । समस्याको समधानका लागी महासंघका पूर्व अध्यक्ष सुर्दशन आचार्यले सहयोग पु¥याउदै आउनु भयो । मलाई आर्थिक र अन्य भौतिक समस्या पर्दा जुनसुकै समयमा पनि सक्दो सहयोग पु¥याउनु भएको कारण भ्रष्टहरुकोबारेमा कलम चलाउदै आउन बल पुगेको छ । रक्तचन्दनको समाचार प्रशारण गरिदा जुन रुपमा मलाई तत्कालीन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खत्रीबाट गुण्डा परिाचालन गरि मार्न पठाउदा कुन अबस्थामा बाचे होला त्यो कि मलाई थाहा छ कि त भगबनलाई । एक महिना सम्म लुक्दै बसेको अबस्था समेत मेरा अग्रज दाजुहरुकाट एक पल्ट समेत फोन आएन । म माथी धम्की दिनेका विरुद्धमा रेवती सापकोटा, शिव लम्सालबाट मलाई सहयोग पु¥याउनु भएको थियो । उहाहरुको सहयोगले पनि झन आट थपिदै गयो । कारबाहीको लागी हामी महासंघले पहल गर्ने छ भन्ने आशामा महिना विते । तर महासंघले कुनै चासो देखाएन । व्यापारीले भेटेमा हत्या गर्ने । आफु सदस्य भएको महासंघले नचिन्ने अबस्थामा पुगे । तर एउटा सदस्यलाई तस्करले हत्या गर्नको लागी दिनहु खोजी हुदा महासंघ निदाएर बस्यो । पैसाको लागी महासंघका अग्रज भन्न रुचाउनेहरु सदस्यको हत्यामा उत्रेकालाई सम्मान गर्न तल्लीन रहे । माओबादीले रेडियो नेपालका संवाददाता ङेम्लिङ लामालाई अपहरण गरि रामधुलाई गर्नेलाई महासंघले फुलमाला लगाएर सम्मान ग¥यो । उता ङेम्लिङ लामाले पनि महासंघबाट सहयोग पाएनन भने म तस्करहरुको चङगुलबाट बालबाल बच्दै अहिले राजधानीको सडकमा भौतारी रहेका छु । तर थाहा छैन कति खेर कहा कसले मेरो जीउमा हतियार चलाउछ । तै पनि तस्करहरुले हत्या या अपांङ बनाउने छन भन्ने डर र चिन्त मात्र रहेकाछ । तस्करहरुको हत्या गर्नको लागी तत्काल कार्यरत नेपाल वान टेलिभिजनको कार्यलय तीनकुने अस्थीत जगदम्बा टावरमा रहेको थियो । तस्करहरुबाट खटाएइका गुण्डाहरुले कार्यलय अगाडी मोटरसाईकल रोकी एक महिना सम्म खोजी भयो । तर मैले उनीहरुलाई चिन्ने तर तस्करहरुले खटाईएका गुण्डाहरुले मलाई नचिनेका कारण हत्याबात बच्न सफल भएको हो । न महासंघको सहयोग आयो न जिल्लाका अग्रज भन्ने मित्रहरुको । त्यसैले साथीहरु महासंघको सहयोगको आसामा नबस्नु नै उत्तम होला । म एउटा भुक्तभोगी यसै समाजमा बाची रहेको छु ।

पत्रकार महासंघ जिल्ला शाखा तस्करीको निर्देशनमा स~ाचालन

रोशन कार्की
हालै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको आठौं जिल्ल्ाा अधिबेशन गत फागुन ४ गते सम्पन्न भयो । सातौं अधिबेशनसम्म जिल्लामा रहेका कृयाशिल पत्रकारहरुको प्रतिनिधित्व गर्दै तत्कालिन सभापति ऋषिराम पौडेलको नेतृत्वमा साचालन भएको थियो । सो समयसम्ममा सात जना अग्रज दाजुहरुले महासंघको नेतृत्व गरिदा कुनै विवाद सतहमा आएको थिएन । जव महासंघको नेतृत्व पछिल्लो पटक निस्कृय रहेका पवित्रकुमार खड्काको मातहतमा पुग्यो अनी महासंघ भित्र विभिन्न विषयमा भएमा भएका अबैधानिक र अबैध समबन्धका कुराहरु सार्वजनीक हुदै आए । सुरुका दिनमा साचारकर्मीमाथी झुठा आरोप भएको भन्दै विभिन्न घटनाहरुलाई ढाकछोप गरिदै आयौ तर पछिल्लो समयमा सो अबस्थामा पत्रकारको परिचय देखाउदै जिल्लामा रहेका साचारकर्मीमध्ये अधिकाशं मित्रहरुले आफ्नो दा यित्वलाई तिलााजली दिदै रातारात घनीहुन भन्सार कार्यलयदेखि व्यवसायीमाथी धम्कीपुर्ण भाषामा रकमको मोलमोलाई गरेपछि सिन्धुपाल्चोक जिल्लामा रहेर कार्यरत हुने अबस्था रहेन । महासंघका बहालवाला अध्यक्ष पवित्रकुमार पुर्वअध्यक्ष ऋषिराम पौडेलले तातोपानी भन्सार कार्यलयका कर्मचारीसंग भारी रकमको माग गर्न पुगे । छैटौं कार्यकालका सभापतिको पदमा रहेका पौडेल र तत्कालिन पार्षद खड्काले भन्सारमा भएको अनियमिकताको समाचारका बारेमा गरेको वार्गेनिङ गरेर लाखौ रुपैयाँ असुली गरेर पनि समाचार प्रकाशित गरेपछि सो घटनाले उग्ररुप लिन पुगेको थियो । दोस्रो पटक तत्कालै भन्सार पुगेका पौडेल र खड्का तातोपानी बजारमा रहेको लजमा बसि रहेका अबस्था ुएकाएक पैसा पनि लिन अनि हामै्र विरुद्धको समाचार लेख्नेु भन्दै भन्सार कर्मचारीले तत्कालिन सभापति पौडेलको कठालो समाएर भुईमा पछारे र खड्कामाथी कुटपिट गरेका थिए । सो घटनाले सिन्धुपाल्चोकमात्र हैन राजधानीसम्मनै हलचल ल्याएको थिया ।
सो घटनालाई ढाकछोपा गर्न पौडेलले सवै अस्त्र प्रयोग गरे तर आफु सो घटनामा नभएको भन्दै खड्कामात्र रहेको प्रेस विज्ञप्ती निकालेर आफु चोखो बनेको घटना हाल पनि ताजै रहेको छ । आफु कार्यरत संस्थाको लोगोको दुरुपयोग गर्दै भन्सार र व्यापारीसंग मोटो रकम असुली गर्न माहिर साचारकर्मी हाल सोही नाकाबाट हुने अर्बैधधन्धाका व्यवसायीहरुको ऐजेन्टको रुपमा कार्यरत रहेकाछन् ।
न्ोपालको पहिलो स्थानमा रहेको दैनिक कान्तिपुरका जिल्ला समाचारदाता पौडेल र लामो समय मिडिया विहिन बनेका खड्काबीच सो अबैधधन्धाको कारोबारमा सकृय भएको एक व्यापारीले बताएकाछन् । ुहामीमाथी यिनीहरुले प्रत्येक महिना विभिन्न समाचार देखाए पैसामा बार्गेनिङ गरिरहन्छन नदिए भएनभएका समाचार लेखेर दुःख दिने गरेका कारण बाध्य भएर रकम दिने गरेका छौ ।ुएक व्यापारिले नाम नलेख्ने सर्तमा बताए ।
करिव २ वर्ष निस्कृय रहेका खड्काले कुनै व्यवसाय नगरि विलाशिता जिवन विताउदै आएका थिए । पत्रकारीतामा निस्कृय भएर रहेको अध्यक्ष खड्का पून व्यवसायिक पत्रकारीताको नारा र तस्करीको गुनगानका साथ निर्वाचीत भए । सो कार्यलाई साथ दिदै क्रान्त्रिकारी पत्रकार संघ र प्रेस चौतारीका जिम्मेवार सदस्यहरुको आत्मघाती निर्णयले स्वतन्त्र व्यवसायी पत्रकारहरु पराजय भोग्न परेको छ । सो निधिस्ट कार्यमा चौतारीका केन्द्रीय अध्यक्ष माधाब नेपाल प्रेम बानीया क्रान्त्रिकारी संघका रेवती सापकोटा लगाएत अन्यले सो अपवित्र गठबन्धन गरि आम स्वतन्त्र पत्रकारहरुको मानमर्थन गर्न पुगे । अधिबेशनको औपचारीक कार्यक्रम सम्म तस्करीको ऐजेन्टका रुपमा परिचीत ऋषिराम पौडेल जो उद्योग बाणिज्य संघको प्रेस सल्लाहाकार हुन पवित्रकुमार खड्काको नेतृत्वलाई कुनै पनि हालतमा सहयोग नगर्ने प्रतिबद्धता गरेका थिए । तर केही व्यापारीले पवित्रको नेत ृत्वलाई जिताउनकालागी रातारात ५ लाख रुपैयाँ खर्च गरेको पुष्ठी समेत नेकपा एमाओबादीको सिन्धुपाल्चोक सह-इन्चार्ज सुवोधको फागुन ५ गते हामीसंगको भेटमा दिएको अभिबव्यक्तिले समेत प्रष्ट भएको छ । र्पैसा र रक् सीकालागी व्यवसायीक पत्रकारहरुले आफ्नो धर्मलाई समेत तिलान्जती दिनसक्दछन् भन्ने प्रमाण सिन्धुपाल्चोक जिल्लाको आठौ अधिबेशनबाट खुलासा भएको छ ।
लेखक पत्रकार महासंघका पुर्वकेन्द्रीय पार्षद हुन ।

खासामा रक्तचन्दनको निकासी बढ्यो


रोशन कार्की\राजधानी
काठमाडौं,२१ म्ााघ
चीनमा प्रतिबन्धित रक्तचन्दनको बढ्दो माग भएपछि नेपाली व्यापारीको सहयोगमा सिन्धुपाल्चोक जिल्लाको बाह्विसेबाटै चीनियाँ नागरिकले आफ्नै गाडीमा राखी खासा निर्यात हुने गरेको खुलासा भएकोछ ।
नेपाली सुरक्षाकर्मीले अबैधरुपमा जडिबुटी रक्तचन्दनसालकको छाला विदेशी मुद्रा लगाएत अन्य सामानको निर्यातमा बृद्धि आएको भन्ने सुचनाका आधारमा सवारी साधान चेकजाँचमा तिब्रता बढाएपछि व्यवसायीहरुले चीनियाँ नागरिककै साथमा अबैध सामानको कारोबार गर्न थालेको स्थानीय बासिन्दाले राजधानीलाई टेलिफोन मार्फत जानकारी गराएकाछन् । उनीहरुका अनुसार राजस्व गस्ती टोली र सुरक्षार्थ खटिएका प्रहरीले नीजि भाडा र सार्वजनीक सवारी साधानमा कडा चेकजाँच गर्न थालेपछि तस्करहरुले अबैध सामानको कारोबार चीनियाँ व्यवसायीको प्रयोग गर्न थालेको बताइएकोछ ।
नेपाल र चीनको स्वशासित क्षेत्र तिव्वतको स्थानीय प्रशासनबीच दुवै देशका नागरिकहरुले ३०÷३० किलोमिटर विना भिसा मार्फत आवात÷जावत गर्ने सहमती भएको छ । सोही अनुसार चीनियाँ व्यवसायीले नेपालीको बाह्विसेसम्म आफ्ना सवारी साधान ल्याउने गरेकाछन् । सोही सहमतीलाई प्रयोग गर्दे चीनियाँ व्यापारीले नेपाली भूभागबाटै अबैध कारोबार गर्ने गरेकाछन् ।
चीनियाँ नागरिकहरुले नेपाली भूमीमा आई अबैध सामानको कारोबार गर्ने गरेको भन्ने सुन्नमा आएको हो तर सो बारे आधिकारीक रुपमा कसैवाट पनि जानकारी नगराएका कारण उनीहरुको हलुका सवारी साधान खासा जाने क्रममा चेकजाँच नहुने गरेको इलाका प्रहरी कार्यालय बाह्विसेका प्रहरी निरिक्षक हेरम्ब शर्माले बताए । बाह्विसेसम्म चीनियाँ नागरिक घुम्न आउने भएकाले सो हलुका सवारी साधानमा चेकजाँच नहुने गरेको हो प्रहरी निरिक्षक शर्माले भने । नेपालको सिमावर्ती क्षेत्रमा चीनले बनाउन लागेको मन्दीरका लागि १ करोड रक्तचन्दनको माग गरेपछि नेपाली व्यवसायीहरुले लुकाई÷छिपाई रक्तचन्दन निकासी गर्न थालेका हुन । नेपाली व्यवसायीहरुको सहयोगमा चीनियाँ व्यवसायीले हलुका सवारी साधानमा राखी गतसातामात्र २ लाख किलो रक्तचन्दन खासा निकासी गरेको स्थानीय बासिन्दाले जानकारी गराएकाछन् । यसरी नेपालबाट खासा निर्यात भएका सो रक्तचन्दनलाई धुप उद्योग र पुजापाठका लागि प्रयोग हुने गरेको छ । नेपालबाट खासा निर्यात गरेका रक्तचन्दनलाई चीनियाँ व्यवसायीहरुलाई प्रतिकिलोृ ६ हजार रुपैयाँमा खरिद गर्ने गरेकाछन् ।
कन्टेनर भ्यान र ट्रकमा ती अबैध सामानको ओसार÷प्रसार गर्दा प्रहरीले शंक्का गर्ने भएकाले पछिल्लो समयमा सार्वजनीक यात्रु गाडीमा लुकाई÷छिपाई सिमासम्म पुर् याउने गरेकाछन् ।्नेपाली व्यापारीले काठमाडौंबाट बाह्विसेसम्म अरनीको यातायातको यात्रुगाडीमा लुकाई÷छिपाई लैजाने गरेकाछन् । प्ा्रहरीले अबैधरुपमा खासातर्फ लैजाने तयारीमा रहेका रक्तचन्दन सहित केहिलाई पक्राउ गरेपछि सो कुराको खुलासा भएको हो । दक्षिण भारतबाट नेपाली भू-भागहुदै चीनको भुभागमा पुर् याउने उदेश्यले काठमाडौं ल्याउदै गरेको ठूलो परिमाणको रक्तचन्दन धादिङमा बरामद भएको थियो । काठमाडौंबाट खासातर्फ लैजानेक्रममा प्रहरीले बा २ ख ८२७२ नम्बरको बसबाट ठुलो परिमाणमा रक्तचन्दन बरामद समेत भएको छ ।  रक्तचन्दन सहित प्रहरीले बसचालक सिन्धुपाल्चोक लिस्तीका ३१ व्ार्षिय लाक्पादोर्जे शेर्पा सहचालक नुवाकोट गाँउखर्कका ४१ व्ार्षिय ध्रुब लामा सिन्धुपाल्चोक तातोपान्ाीका ३४ वर्षिय सोनामदोर्जे शेर्पा पक्राउ परे पछि सो कुरा सार्वजनीक भएको हो ।

Friday, September 2, 2011

नक्कली प्रज्ञापनपत्रबाट भारु अपचलन, पाँच पक्राउ, ७५ लाख बरामद

 भदौ १६- नक्कली प्रज्ञापनपत्र बनाएर वास्तविकभन्दा बढी सामान आयात गरेको भन्दै भारतीय रुपैयाँ अपचलन गर्ने गिरोह फेला परेको छ। राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेको एक साता नबित्दै यस्ता कारोबार गर्ने पाँच फर्म फेला परेका छन्। पाँचजनालाई चार दिनअघि पक्राउ गरिएको विभागका महानिर्देशक शान्तबहादुर श्रेष्ठले जानकारी दिए। समातिएका व्यक्तिले नक्कली प्रज्ञापनपत्र बनाएर कागजी रूपले आयात परिमाण बढाएको स्वीकार गरेका छन्। एउटा फर्मबाट भारु साट्न राखेको ७५ लाख नेपाली रुपैयाँ बरामद भएको विभागले जनाएको छ। पथलैया कार्यालयबाट वीरगन्जमा थप अनुसन्धान भइरहेको छ। अनुसन्धान प्रारम्भिक अवस्थामा रहेकाले अपचलनको परिमाण नखुलेको श्रेष्ठले बताए। ड्राफ्ट वा टिटीमार्फत् सामान मगाएर नेपालमा भिœयाएको प्रज्ञापनपत्र देखाएपछि राष्ट्र बैंकले त्यसमा उल्लेख भएबमोजिम भारू सजिलै भुक्तानी दिन्छ। नक्कली प्रज्ञापनपत्रबाट भारू अपचलन हुनुमा मुख्य दुई कारण छन्। एउटा, बजारमा लामो समयदेखि भारु अभाव छ। राष्ट्र बैंकले भनेजति सटही सुविधा दिएको छैन। भारतमा नेपाली एटिएमबाट दैनिक १० हजार र महिनाको २ लाख रुपैयाँभन्दा बढी झिक्न पाइँदैन। नेपालमा व्यापार गर्ने अधिकांश भारतीयको उता पनि कारोबार छ। उनीहरूले सजिलै भारु लैजान नसकेपछि यो चोर बाटो अपनाएको हुनसक्ने विभागको प्रारम्भिक अनुमान छ। दोस्रो कारण हो, भन्सारबाट हुने चोरी पैठारी र न्यून मूल्यांकनबाट आउने सामानको वैधानिक भुक्तानी लिने।
भारतमा ५ सयमा किनेको सामान १ सयमा ल्याएको भनी भन्सार छुटाइन्छ। भन्सारको आँखा छले पनि त्यो सामान ८ सय घटी बेच्न सकिँदैन। नियमअनुसार गरे ७ सयको आयकर तिर्नुपर्छ। व्यापारीहरू आयकर छल्न नक्कली प्रज्ञापनपत्र बनाएर धेरै सामान ल्याएको देखाउँछन्। त्यसबाट आफूलाई चाहिनेजति मुनाफा समायोजन गर्छन्। आयातकर्ता र थोक व्यापारीले सही बिल नदिनुको कारण यही हो। यसको प्रभाव खुद्रा तहसम्म पर्छ। 'सस्तो मूल्य तोकेर भन्सारबाट ल्याएको सामान बजारमा महँगोमा बेचेको देखाउन व्यापारीहरू सक्दैनन्,' स्रोत भन्छ, 'आयात र बिक्रीमा अन्तर देखिएर राजस्वको फन्दामा पर्नबाट बच्न उनीहरूले नक्कली प्रज्ञापनपत्रका आधारमा भारु भुक्तानी लिएका हुनसक्छन्।'तीन वर्षअघि तातोपानी नाकाबाट ऊनलगायत सामान निर्यात गरेको देखाएर करोडांै अमेरिकी डलर विदेश पठाइएको खुलेको थियो। त्यसबेला पनि व्यापारीहरूले सामान निर्यात नगरी नक्कली प्रज्ञापनपत्र बनाएका थिए।


अवैध कारोबार र तस्करी रोक्ने एसपीको एक्कासी सरुवा

पछिल्लो समय चितवनमा अवैध कारोबार र तस्करी नियन्त्रण गरेका कारण चर्चामा रहेका चितवनका प्रहरी प्रमुख रबिन्द्र शर्मालाई शक्ति केन्द्रको दवावमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा तानिएको छ । उनी साढे २ महिना अघि झापावाट चितवनमा सरुवा भएर आएका थिए  पछिल्लो पटक गत साता भएका दुई छुट्टाछुट्टै हत्याको घटनामा संलग्नहरुलाई कारबाही नगर्न दवाव दिंदै गरेको समूहले उनलाई एक्कासी सरुवा गरेको हो । हत्या छानविनकोक्रममा मुख्य अभियुक्तलाई उम्काएर अन्यलाई फसाउने षडयन्त्रमा रहेको शक्ति केन्द्रको दबाब स्वीकार नगरेपछि उनलाई सरुवा गरिएको स्रोतको भनाइ छ । पछिल्ला दुई हत्याकाण्डको अनुसन्धान गर्दै रहेका एसपीलाई एकाएक सरुवा गरिएपछि मुख्य अभियुक्तहरु उम्काउन चलखेल भन्दै चितवनमा आसंका बढेको स्रोतको भनाई छ ।  उनको ठाँउमा शुक्रवार नै प्रहरी प्रधान कार्यालयवाट एसपी खिनुप्रसाद आचार्यलाई पठाइएको छ । सांघातिक आक्रमणवाट नारायणी यातायात समितिका मजदुर सन्तोष श्रेष्ठको मृत्यु भएपछि कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै लगातार दुई दिनदेखि बन्द गरिएको अवस्थामा नयाँ एसपी आएका छन् । 'जिल्लामा अबैध धन्दा कडाइ गरेपछि रन्थनिएको समुहले सरुवा गरायो,'  एसपी शर्माले भने, 'चितवनमा प्रहरीलाई नियम अनुसार काम गर्न नदिने समूह निकै शक्तिशाली रहेछ । प्रहरीको हातखुट्टा बाँधेर काम गर भन्ने गिरोह शक्तिशाली छ । प्रधान कार्यालयमा बोलाएपछि जानै पर्‍यो ।'चितवन, भाद्र १६ -
कर छलीमा भन्सार ऐजेन्ट र लेखापरीक्षकको  संलग्नता
रोशन कार्की

काठमाडौं१५ भदौ
विभिन्न भन्सार कार्यालयबाट सामान आयात÷निर्यात गरिदाँ सरकारलाइृ्र बुझाउनु पर्ने राजस्व छलीमा भन्सारका एजेन्ट र लेखापरीक्षकहरुको सहयोगमा हुने गरेको छ । सरकारले नक्कली अभिबृद्धि करभ्याट विल प्रयोगगरि राजस्व चुहावट गरेको सन्र्दभमा गरेको अनुसन्धानबाट सो कार्य गर्नकालागि नक्कली प्रमाणपत्र तयारदेखि नक्कली लेखापरिक्षण समेत गरिदिने गरेको अनुसन्धानबाट खुल्न आएको छ । यस कार्यमा दुईदर्जनभन्दाबढी लेखापरीक्षकहरु संलग्न रहेको आन्तरिक राजस्व विभागले गरेको अनुसन्धानबाट पत्ता लागेको जनाईएको छ । सो चार्टर्ड एकाउन्टेन्टहरुको नाम र फर्मको भने पहिचान गोप्य राखीएको छ । अझै सो बारेमा अन्तिम अनुसन्धान गरिनु पर्ने भएकाले सो फर्महरुको अबस्था र गोपनियतालाई मध्यनजर गर्दे अनुसन्धान नसकुनजल पहिचान गोप्य राखीएको विभागले जनाएको छ । विभागले नक्कली भ्याट विल अनुसन्धानको क्रममा कर छलीमा संलग्न भएको भेटीएपछि विभागले चार्टर्ड एकाउन्टेन्ट राजेश अग्रवाललाई बयानकालागि बोलाउदाँ नगई फरार रहेकाले सो कुरा वाहिर खुल्न आएको हो । नक्कली विल लेखापरीक्षकले नै व्यापारिलाई उपलव्ध गराएको भन्ने व्यापारिको बयानका आधारमा विभागले लेखापरीक्षकलालाई बोलाई अनुसन्धान सुरु गरेको हो ।
त्यसैगरि भारतीय रुपैयाँ मंहगोमा सटही गर्ने भन्सार एजेन्ट बीरेन्द्र गुप्ता महोत्तरीको मटिहानी छोटी भन्सार कार्यालयबाट नक्कली कागजात बनाई कर छली गरेको विभागको अनुसन्धानबाट खुलेको जनाइएकेा छ । गत आर्थिक वर्षमा निकासी गरेको सो सामानको भ्याट शुल्क फिर्ता पनि लेखापरीक्षकले तयार पारेको कागजात पेश गरि रकम फिर्ता लिएको विभागले जनाएको छ । करिव ८० करोड भन्दाबढीको सामान निकासी गरेको नक्कली कागजात पेशगरि सरकाबाट करिब ८ करोड रुपैयाँ भ्याट शुल्क फिर्ता लिएका थिए । सो नक्कली विलविजक लेखापरीक्षक थलमान सुबेदीको छोराको नाममा दर्ता गरेको दिगम्बर टे्रडस्रबाट तयार गरेको समेत अनुसन्धानबाट खुल्न आएको आन्तरिक राजस्व विभागले जनाएको छ । विभागले सो अबैधकार्यमा संकृय रहेको र राज्यको रकम हिनामिना गरेको प्रमाण सहित लेखापरीक्षक थलमान सुवेदीका विरुद्ध मुद्धा दाहेर गरिसकेको विभागले जनाएको छ । लेखपरीक्षक सुवेदी र रामहरि भन्ोर चिनीने सागर खतिबडा विरुद्ध राजस्व चुहावट नियन्त्रण ऐन अन्तरगत मुद्धा चलाएको छ ।
ल्ोखापरीक्षक सुबेदीले राजेश टे्रड कन्स्रनजयश्री चन्द्र आयल स्टोरमकालु आयल स्टोर पायोनर फ्युलको लेखापरिक्षण गर्दै आएको र सो परिक्षणबाट राजस्व चुहावट गरि कम सो फर्महरु घाटामा गएको विवरण तयार पारिएको थियो । त्यस्ौगरि सोही समुहको अर्का सहयोगी पिन्टु ओभरसिजका संाचालक दामोदर अग्रवालको निर्देशनमा कमलकुमार शर्मा र प्रदीप शर्माले कम्प्युटरबाट नक्कली विभिन्न फर्महरुको नाममा भौचर तयारगरि प्रविष्ट गरेर राजस्व चुहावट गरेको समेत विभागले जनाएको छ । कुनैपनि व्यापारिको नाम वा फर्ममा रहेको बक्यौता भ्याट बैंकमा दाखिला गरेपछि कम्प्युटर प्रणालीमा व्याँच बनाएर स्वीकृत गराई प्रविष्टइन्ट्री गरेपछि विभागमा रहेको बक्यौता कम्प्युटर प्रणालीबाट हट्ने छ । सो कार्यमा सो समुहले नक्कली भौचर तयार गरि राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरुले बढीमात्रामा ऋषि फुटवयरसृर्जना प्लास्टिक र पिन्टु ओभरसिजको नाममा अबैध कारोबार गदैृ्र आएका छन् ।

Thursday, September 1, 2011

चीनले लार्चामा सुक्खा बन्दरगाह बनाइदिने





१४ भदौ, काठमाडौँ । चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाको लार्चामा यसै वर्षदेखि सुक्खा बन्दरगाहको निर्माण गर्ने भएको छ । उक्त बन्दरगाह सञ्चालनमा आएपछि तातोपानी नाकाबाट हुने चीनसँगको व्यापार वृद्धि तथा सामान ढुवानी सस्तो हुने जनाइएको छ । चीन सरकारले रु.२५ करोडको लागतमा निर्माण गरिदिने उक्त बन्दरगाहको सम्पूर्ण कार्य काम थालेको साढे दुई वर्षपछि पुरा हुने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक शरदविक्रम राणाले राससलाई बताउनुभयो । लार्चामा बन्दरगाह निर्माण गर्न तीन वर्षअघि सम्भाव्यता अध्ययन भएको थियो । लार्चामा निर्माणकार्य प्रारम्भ भएपछि रसुवामा पनि त्यस्तै बन्दरगाह चीनले बनाइदिने प्रतिबद्धता व्यक्त गरेको कार्यकारी निर्देशक राणाले जानकारी दिनुभयो । खासामा मालसामान भण्डारण गरेर तातोपानीबाट आयात गर्नुपर्दा नेपाली उद्यमी-व्यवसायीले कठिनाइ झेल्नु परेको छ । साथै, कोदारी राजमार्गमा मालवाहक सवारीसाधनको चाप बढेपछि लार्चामा त्यस्तो बन्दरगाह निर्माण गर्न सरकारले चीनसँग आग्रह गरेको हो । लार्चामा बन्दरगाह बनेपछि भीमकाय चिनियाँ मालवाहक कन्टेनर सोझै लार्चा आउने उल्लेख गर्दै श्रीराणाले पाँच सय रोपनी क्षेत्रफलमा बन्ने उक्त बन्दरगाहमा एकपटकमा दुई सय कन्टेनर राख्न सकिने जानकारी दिनुभयो । चीनसँगको नेपालको व्यापार तातोपानी नाकाबाट हुँदै आएको छ । लार्चामा बन्दरगाह बनेपछि द्विपक्षीय व्यापारको मात्रा विस्तार हुने अपेक्षा गरिएको छ । चीनले चार सय नेपाली उत्पादनलाई भन्साररहित बजारसम्मको पहुँच उपलब्ध गराए पनि नेपालले चीनसँग ठूलो व्यापार घाटा बेहोर्दै आएको छ । व्यापार तथा लगानी प्रवर्द्धन केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षमा नेपालले रु. ५५ करोडका सामग्री निर्यात गरेको थियो भने चीनबाट रु. ३८ अर्ब २२ करोडका मालसामान आयात गरेको थियो

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...