Thursday, August 9, 2012

कर दायित्वमा झगडा गर्दै बोटलर्स र विक्रेता

खाना पकाउने एलपी ग्यासका विक्रेता र बोटलर्सबीच कर दायित्वमा मनमुटाव सुरु भएको छ । आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) मा तथ्यांक असन्तुलन (मिसम्याच) सम्बन्धी छानबिन थालेपछि दुईबीच दूरी बढेको हो ।
बोटलर्सले डिलरलाई बिक्री गरेको भ्याट बिल छानबिन हुँदा विक्रेताको कर दायित्व अधिक देखिएको ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए । “छानबिनमा उपभोक्ताबाट उठेको भ्याट विक्रेताले नबुझाएजस्तो देखियो,” उनले भने, “तर बोटलर्सले ठूला उपभोक्तालाई आफैं ग्यास आपूर्ति गर्ने र बिल विक्रेताको नाममा जारी गर्ने गरेका छन् ।” ठूला उपभोक्ता भन्नाले ग्यास प्रयोग गर्ने उद्योग, तारे होटल र ठूला रेस्टुराँ हुन् । “बोटलर्सले दर्ता नै नभएका विक्रेताको नाममा समेत बिल जारी गरेका छन्,” अर्यालले थपे ।
विक्रेताले करको यो दायित्वबाट मुक्ति खोजेका छन् । उनीहरूले बुधबार अर्थमन्त्री वर्षमान पुनलाई भेटेर निश्चित कमिसन (प्रतिसिलिन्डर २८ रुपैयाँ) मा ग्यास बिक्री गर्दै आएको बताए । भ्याट उठाउने जिम्मा आफूले पाए ८ देखि १० विक्रेता मिलेर समूहमा भ्याटको हिसाबकिताब राख्न कर्मचारी राख्न सकिने उनीहरूको भनाइ थियो ।
देशभर (४१ जिल्लामा) दर्ता भएका विक्रेताको संख्या झन्डै १० हजार छ । कर कार्यालयले तथ्यांक भिडाउँदा उनीहरूको कर दायित्व झन्डै ५ करोड देखिएको महासंघले जनाएको छ ।
एक–अर्काका परिपूरकको रूपमा काम गर्ने भए पनि उनीहरूका व्यावसायिक संगठनहरू भने एकले अर्कालाई आक्षेप लगाइरहेका छन् । महासंघले बोटलर्सले जथाभावी व्यापार गर्न नसकून् र बिक्रीको सबै जिम्मा विक्रेतामै केन्द्रित होस् भन्नका लागि नेपाल आयल निगमसँग मिलेर उपभोक्ता र डिलर सूचीकृत गर्ने काम थालेका छन् ।
विक्रेताले उपभोक्ता कार्ड वितरण गरी उपभोक्ता (व्यावसायिक र घरायसी) समेतको तथ्यांक संकलन गर्दै आफूहरू पनि सूचीकृत भइरहेका छन् । यसले गर्दा कुन बोटलर्सको कति सिलिन्डर र कति उपभोक्ता छन् भन्ने तथ्यांक सहजै प्राप्त हुन्छ । बोटलर्सले सिलिन्डर संख्याका आधारमा निगमबाट ग्यास खरिद गर्ने (पीडीओ) को मासिक कोटा प्राप्त गर्छन् । विक्रेताका अनुसार बोटलर्सले जथाभावी सिलिन्डर संख्या देखाएका छन् ।
सरकारले व्यावसायिक र घरायसी प्रयोगका सिलिन्डरमा दुई खालको मूल्य तोक्ने उद्देश्यका साथ तथ्यांक संकलन गर्ने भएपछि बोटलर्सहरू आन्दोलनमा छन् । ४२ बोटलर्समध्ये ३९ सम्बद्ध रहेको ग्यास उद्योग संघ ग्यास आयात नगर्नेलगायतका कार्यक्रम राखेर आन्दोलनरत छ ।
काठमाडौं, २४ साउन -

Wednesday, August 8, 2012

लक्ष्यअनुसार राजस्व असुली गर्न सुझाव








अर्थ मन्त्रालयले लक्ष्यअनुसार राजस्व असुली गर्न माताहतका कर्मचारीहरूलाई सुझाव दिएको छ।  चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयको स्थलगत निरीक्षणका क्रममा अर्थसचिव कृष्णहरि बास्कोटाले राजस्व कार्यालयहरूलाई तोकिएको लक्ष्यअनुसार राजस्व असुली गर्नुका अतिरिक्त आनो कार्यालयको कार्यक्षेत्रभित्र पर्ने स्थानको उन्नति र प्रगतिका लागिसमेत सृजनशील भई वार्षिक बजेट र नीति निर्माणमा सुझाव दिन आग्रह गर्नुभएको हो।
अर्थसचिव बास्कोटाले एक शहर एक पहिचानको अवधारणाबमोजिम भरतपुरलाई मेडिकल शहरको रूपमा विकास गर्न सकिने, टिकौलीको खाली जमिनमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्न सकिने, रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयको प्रभावकारिता वृद्धि गर्न सकिने, मलेखुबाट भण्डारा जोड्ने चेपाङ राजमार्गको निर्माणलाई तीव्रता दिन सकिने लगायतका विकल्प सुझाउनुभयो।
वैकल्पिक राजधानी र वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा पाउने गरेको चितवनको यस सन्दर्भमा सम्भाव्यताको विश्लेषण गर्न सकिने, चितवनको जंगललाई केन्द्रित गरी पर्यटन प्रवद्र्धन गर्न सकिने, कृषि उब्जनीको निमित्त प्रख्याति आर्जन गरेको चितवनलाई कृषि उत्पादनको केन्द्र तुल्याउन सकिनेजस्ता विषयमा विश्लेषणात्मक सुझाव दिन आफू मातहतका कर्मचारीलाई आग्रह गर्नुभएको छ।
अर्थसचिव बास्कोटाले आन्तरिक राजस्व कार्यालय भरतपुरको स्थलगत निरीक्षण गरी कर्मचारीलाई व्यावसायिक आय गर्ने सबैलाई करको दायरामा ल्याउन, बजार अनुगमन गरी खुद्रा तहसम्म मूल्य अभिवृद्धि करको विलविजक जारी गराउन, अन्तःशुल्क प्रशासनलाई सुदृढ तुल्याउन, घर–बहाल कर असुलीका लागि भरपर्दो तथ्यांक तयार गर्न, शिक्षा सेवाशुल्क तदारुकताका साथ असुली गर्न, सदाचार पद्धतिमा रहन र सदैव करदातामैत्री व्यवहार प्रदर्शन गर्न निर्देश गर्नुभएको छ।
आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०६८÷६९ मा कार्यगत लक्ष्यका आधारमा आन्तरिक राजस्व कार्यालयहरूलाई कार्यप्रगतिका आधारमा अंक प्रदान गर्दा आन्तरिक राजस्व कार्यालय भरतपुरले उत्कृष्ट अंक प्राप्त गरी उत्कृष्टतामा तेस्रो स्थान हासिल गरेको जनाएको छ। उहाँले आर्थिक वर्ष २०६७÷६८ को ३ अर्ब ९१ करोड ७५ लाखको असुलीको तुलनामा गतवर्षको असुली ३१ दशमलव ८ प्रतिशत बढी रहेको बताउनुभयो।
आन्तरिक राजस्व कार्यालय भरतपुरको गत आर्थिक वर्ष २०६८÷६९ मा अन्तःशुल्कबाट मात्रै ४ अर्ब ४४ करोड ९४ लाख असुली गरेको छ। यो उक्त कार्यालयको कुल असुलीको ८२ दशमलव ३ प्रतिशत हो। जसअनुसार गोर्खा ब्रुअरीबाट २ अर्ब ८३ करोड ७५ लाख, सनगोल्ड ब्रुअरीबाट ४९ करोड १ लाख, सुमी डिस्टीलरीबाट ३१ करोड ९९ लाख, माउन्ट एभरेष्ट बु्रअरीबाट २६ करोड ३५ लाख, रोलिङ रिभर डिष्टिलर्सबाट १४ करोड ३३ लाख, युनाइटेड लिकर्सबाट १२ करोड ७ लाख, यती डिष्टिलरीबाट ४ करोड ३५ लाख, पर्पेmक्ट लेण्डसबाट १ करोड ८७ लाख र ओम डिष्टिलरीबाट १ करोड २२ लाख अन्तःशुल्कबापत गत आर्थिक वर्षमा असुली भएको जानकारी दिनुभएको छ।
गत आर्थिक वर्ष २०६८÷६९ को साउनमा ३८ करोड असुली भएकोमा चालू आर्थिक वर्ष २०६९÷७० को साउनमा ४४ करोड ८४ लाख असुली गर्ने, भदौमा गतवर्ष ३४ करोड ८४ लाख असुली भएकोमा चालू आर्थिक वर्षको भदौमा ४३ करोड ३१ लाख असुली हुने जानकारी दिनुभयो।
गत आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा आन्तरिक राजस्व कार्यालय भरतपुरले १ अर्ब ४९ करोड ५७ लाख असुली गरेकोमा चालू आर्थिक वर्षमा १९ दशमलव ८ प्रतिशतले राजस्व असुली वृद्धि गरी कुल १ अर्ब ८० करोड ८ लाख असुली हुने उक्त कार्यालयको अपेक्षा रहेको बताइएको छ।

एक दर्जनभन्दा बढी चार्टर्ड एकाउन्टेन्टलाई तान्दै कारबाही सुरु

  तारिख लिएर हिँडेका अग्रवाल, सुवेदी र खतिवडा फरार














रोशन कार्की
काठमाडौं, साउन २३ ।
 
राजस्व छली र जालसाजीका घटनामा करदाता र सरकारी निकायबीचमा काम गर्ने मध्यस्थकर्ता लेखापरीÔक, भन्सार एजेन्टहरू नै संलग्न भेटिएका छन् । राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलमार्फत राजस्व छली प्रकरणमा धेरै लेखापरीÔकले सहयोग पु¥याएको निष्कर्ष निकालेको छ ।
यसरी अवैध कारोबारमा लेखापरीक्षकहरूको सहयोगमा व्यवसायीहरूले नक्कली भ्याट बिल प्रयोग गरेको भन्दै एक दर्जनभन्दा बढी चार्टर्ड एकाउन्टेन्टलाई तान्दै कारबाही सुरु गरिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
अर्थमन्त्रालय स्रोतले भन्यो, ‘कर छलीमा व्यापारीभन्दा लेखापरीÔक बढी दोÈी देखिएका छन् ।’ नक्कली भ्याट बिल छानबिनका क्रममा संलग्न भेटिएपछि आन्तरिक राजस्व विभागद्वारा बयानका लागि बोलाइएका चार्टर्ड एकाउन्टेन्ट राजेश अग्रवाल फरार छन् । लेखापरीक्षकहरूले नै नक्कली बिल उपलब्ध गराएको भन्ने करदाताकै बयानका आधारमा विभागले सोधपुछ गर्न अग्रवाललाई बोलाएको थियो । सबै कागजपत्र लिएर आउ“छु भनी तारेख लिएर हि“डेका अग्रवाल त्यसपछि सम्पर्क नै नआएको स्रोतले जनाएको छ । उनलाई सात दिनभित्र हाजिर हुन विभागले पटक–पटक सार्वजनिक सूचनासमेत जारी गरेको छ ।
यसरी सोही कार्यमा संलग्न अर्का लेखापरीक्षक थलमाल सुवेदीसमेत हालसम्म फरार रहेको मन्त्रालयले जनाएको छ । सुवेदीमाथि पनि नक्कली भ्याट बिल र सामानै निकासी नगरी कर फिर्ता लिनका लागि नक्कली कागजात तयार पर्दैै आएको अभियोगमा कारबाही अगाडि बढाएको विभागले जनाएको छ ।
गत आर्थिक वर्È निकासी नगरे पनि रसुवालगायत भन्सारबाट निकासी गरेको बिल बनाई भ्याट फिर्ता लिएको प्रकरणमा लेखापरीÔक सुवेदी संलग्न देखिएको प्रमाण फेला परेको थियो । ७० करोड रुपैया“ निकासीको प्रमाण बनाएका फार्महरूले भ्याट फिर्ता भन्दै ७ करोड रुपैया“ राज्य कोÈबाट झिकेका थिए । लेखापरीÔक सुवेदीकी छोरीका नाममा दर्ता रहेको दिगम्बर ट्रेडर्स यसमा संलग्न देखिएको छ । भ्याट फिर्ता नक्कली बिल प्रकरणस“ग जोडिएको तथ्य फेला परेपछि थप अनुसन्धान भइरहेको आन्तरिक राजस्व स्रोतले जनाएको छ ।
यसअघि गत वर्È पुसमा नक्कली भौचरमार्फत राजस्व जालसाजीमा पनि सुवेदीलगायत लेखापरीÔक संलग्न रहेका छन् । यसरी संलग्न अन्य फार्ममा कालु आयल स्टोर, जयश्री चन्द्र आयल स्टोर, पायोनियर फ्युल, राजेश ट्रेड कन्सनले भ्याट तिर्ने क्रममा नक्कली बैंक भौचर प्रयोग गरी राजस्व चुहावट गरेको फेला परेको थियो । उल्लेखित फार्महरूको लेखापरीÔण सुवेदीका साथै रामहरि भनेर चिनिने सागर खतिवडाले पनि गरेका थिए । यसरी अवैध रूपमा लेखापरीक्षण गर्ने सुवेदी र खतिवडाविरुद्ध राजस्व चुहावट नियन्त्रण ऐनअन्तर्गत कारबाही बढाइएको छ । सुवेदीविरुद्ध मुद्दा दायर भइसकेको विभागले जनाएको छ । नेसनल ड्रिलिङ कम्पनी प्रालिका लेखापालले सञ्चालकस“ग लिएको पैसा आफैंले राखेर नक्कली भौचरमार्फत राजस्व छलेको फेला परेको थियो । यो कम्पनीका लेखापरीÔक पनि सागर खतिवडा नै रहेको अनुसन्धानबाट खुल्न आएको छ ।
त्यसैगरी, सिर्जना प्लास्टिक, ऋÈि फुटवेयर, पिन्टु ओभरसिजका सञ्चालक दामोदर अग्रवालले दलाल कमलकुमार शर्मा र प्रदीप शर्माको सहयोगमा नक्कली भौचर कम्प्युटर प्रविष्ट गरी राजस्व चुहावट गरेको पत्ता लागेको छ । उनले १ करोड ८४ लाख धरौटीमा कारबाही बेहोरिरहेका छन् । दलाल शर्माद्वय पनि फरार छन् । करदाताले प्रत्येक महिना भ्याट विवरणको साथमा तिर्नुपर्ने करसमेत बुझाउनुपर्ने हुन्छ । कर नबुझाए मासिक रूपमा १० प्रतिशत थप दस्तुरका साथै त्यसमा १५ प्रतिशत ब्याजसमेत तिर्नुपर्छ ।
बक्यौता भ्याट बैंकमा दाखिला गरेपछि कम्प्युटर प्रणालीमा ब्याच बनाएर स्वीकृत गराई प्रविष्ट (इन्ट्रि) गरेपछि आन्तरिक राजस्वको प्रणालीबाट बक्यौता हट्ने व्यवस्था विभागले गरेको छ । तर, अभियुक्तहरूले नक्कली भौचर बनाई कम्प्युटर प्रणालीमा एन्ट्रि गराएर नक्कली कागजात पेस गरी बक्यौता हटाएको पत्ता लागेको थियो ।
करदाताहरू लेखापरीक्षक र एजेन्टमा निर्भर रहेकाले कर छलीमा सघाउनेमात्र होइन, नक्कली कागजपत्र खडा गरेर जालसाजी गर्ने प्रवृत्ति देखिन थालेको आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणी शर्माले बताउँदै आएका छन् । कतिपय करदाताले पठाएको रकम लेखापरीÔकले आफ्नै गोजीमा हालेर नक्कली भौचर पेस गरेको पनि पाइएको अनुसन्धानबाट पत्ता लागेको उनले जनाए । राजस्व छलीका घटनामा लेखापरीÔकको प्रत्यÔ संलग्नता देखिए पनि नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) ले कारबाही गर्नेतर्फ कुनै चासो देखाएको छैन ।
अर्थमन्त्रालयले गलत कार्यमा संलग्नलाई कारबाही गर्न दिएको निर्देशनलाई समेत लत्याएर बसेको छ । यस सम्बन्धमा सो संस्थाले आधिकारीरूपमा कुनै पनि प्रतिक्रिया दिन चाहेन । गत वर्È भएको युनिटी प्रकरणमा संलग्न लेखापरीÔकलाई आइक्यानले हालसम्म पनि कारबाहीको टुंगो लगाएको छैन ।
तरलता अभाव देखिएपछि राष्ट्र बैंकले सहकारी संस्थाको अनुमगन गर्दा नौ लेखापरीÔकले न्यूनतम् मापदण्ड पूरा नगरी लेखापरीÔण गरेको पाइए पनि आइक्यानले कारबाही गरेको छैन । आइक्यानको विधानमा कुनै पनि लेखापरीक्षकले लोभलालचमा परी अवैध काम गरेको ठहरे १ वर्Èसम्म लेखापरीÔण गर्न नपाउने गरी निलम्बनका साथै एक वर्È कैद सजाय गर्न सकिने व्यवस्था छ । ऐन कानुन भए पनि दर्जनभन्दा बढी लेखापरीक्षक लोभ लालचमा परि व्यवसायीसँग रकम लिई नक्कली कागजात तयार गरेर कर छली कार्यमा संलग्न भए पनि सोबारेमा कुनै कारबाही नगर्ने सोचमा रहेको बुझिएको छ ।

Tuesday, August 7, 2012

लेखापरीक्षकलाई कारबाही गर्न अर्थमन्त्रालयको निर्देशन
रोशन कार्की
काठमाडौं, साउन २१ ।
लामो समयदेखि अनुसन्धानमा रहेको नक्कली अभिवृद्धि कर (भ्याट) बिलमार्फत कर छली गर्ने कार्यमा सहयोग पु¥याएको भन्दै अर्थमन्त्रालयले लेखापरीक्षकलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
सरकारले ५ सय १८ वटा कम्पनीहरूले नक्कली भ्याट बिल प्रयोग गरी अर्बांै रुपैयाँ कर छली गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसरी कर छलीमा अवैध रूपमा सहयोग पु¥याउने संघसंस्थामाथि पनि अनुसन्धान गरिँदा लेखापरीक्षकहरूको विशेष सहयोगमा नक्कली भ्याट बिल प्रयोग गर्न सल्लाह दिएको खुल्न आएपछि अर्थमन्त्रालयले गोप्यरूपमा नेपाल अडिटर्स संघलाई कारबाहीका लागि पत्रचार गरेको छ ।
अर्थमन्त्रालयले नक्कली भ्याट बिल बनाई कम्पनीको लेखापरीक्षण गरेका कारण व्यवसायीसँग मिली राज्यलाई ठगी गर्ने कार्यमा उनीहरूको प्रत्यक्ष संलग्नता रहेको ठहरसहित पहिलो चरणमा संघमार्फत नै कारबाही गर्नु÷गराउनु भन्ने व्यहोराको पत्र पठाएको छ । मन्त्रालयको निर्देशनमा पहिलो चरणमा आफ्ना सदस्यलाई संघकै मातहतबाट कारबाही गरी अनुशासित भएर कार्यक्षेत्रमा लाग्न मौका दिएको उल्लेख छ । यदि अवैध कार्यमा संलग्न लेखापरीक्षकहरूलाई संघले कारबाही नरेको खण्डमा सरकार नै कारबाही गर्न बाध्य हुने चेतवनीसमेत दिएको छ । सो पत्रका सम्बन्धमा भने संघले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । अवैध रूपमा कम्पनीहरूलाई नक्कली भ्याट बिल प्रयोग गरेर लेखापरीक्षण गर्ने एकाउण्टेन्ट राजेश अग्रवाल, थलमान सुवेदीलगायत एक दर्जन लेखापरीक्षकहरू संलग्न रहेको आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा खुल्न आएको छ । तर, सरकारले भने सो कार्यमा संलग्नहरूको नाम सार्वजनिक गरेको छैन ।
‘हतारमा कुनै पनि अनुसन्धान भइरहेको विषयमा भेटिएका नामहरू सार्वजनिक गरिनु हँुदैन, किनकि हतारमा नाम सार्वजनिक गरिँदा वास्तविक आर्थिक अपराधी उम्किन सक्ने भएकाले नाम गोप्य राखिएको हो,’ अर्थमन्त्रालयको एक उच्च स्रोतले भन्यो । सरकारले गरेको अनुसन्धानमा लेखापरीक्षकहरू लोभ÷लालचमा परी आफ्नो निष्ठा र प्रतिष्ठालाई नै बिर्सेर अवैध कारोबारमा सक्रिय भएको कुरा नक्कली भ्याट बिल प्रकरणबाट प्रष्ट भएको ठहरसमेत मन्त्रालयको छ ।
मुलुकले खुला आर्थिक नीति अवलम्बन गरेपछि आय÷आर्जन गर्ने व्यक्ति, संस्थाले स्वयं घोÈणा गरी आयकर तिर्ने व्यवस्था लागू भएकाले यसका लागि निजी Ôेत्रको वासलातलगायतका खातापाता प्रमाणित गर्ने इजाजतप्राप्त लेखापरीÔकहरूले लोभमा परी गलत परीक्षण प्रतिवेदन तयार गरेको मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्रालयका सचिव कृष्णहरि बास्कोटाले इजाजतप्राप्त लेखापरीÔकले राज्यको पÔमा काम गर्नुपर्ने बताउँदै कुनै पनि उद्यमी–व्यापारीलाई फाइदा पुग्ने र राज्यलाई नोक्सान हुने गरी एजेण्ट, दलालको भूमिका निर्वाह लेखापरीÔकले गर्नु गलत भएको बताए । सचिव बास्कोटाले भने, ‘गलत काम गर्न पल्केका पदाधिकारीका कारण नक्कली भ्याट बिल, राजस्व छली, अवैध कारोबारमा तीव्रता आएको हो, यसलाई नियन्त्रण गर्न सरकारले कुनै पनि कसर बाँकी राख्ने छैन,’ सचिव बास्कोटाले भने । खातापाता मिलाइदिने लेखापालको काम नभएपछि खातापाता र महŒवपूर्ण बिलसमेत लेखापरीक्षकले मिलाइदिने काम गरेकाले मुलुकमा भ्रष्टाचार बढ्दै गएको पनि उनले बताए ।
सचिव बास्कोटाले लेखापरीÔकहरू कर प्रशासन र करदाताबीचको सेतु भएकाले लेखापरीÔकका लागि तोकिएको मापदण्डअनुसार व्यावसायिक भूमिका निर्वाह गर्नसमेत आग्रह गरेका छन् । यसअघि सरकारले ५ सय १८ नक्कली तथा नक्कली भ्याट बिलको अनुसन्धान सम्पन्न भएपछि ऐनमा संशोधन गरी मतियारलाई पनि आधा सजाय हुने व्यवस्था गरेको छ । गलत काम गर्ने लेखापरीÔक पनि सजायको भागीदार हुने कुरामा सजग गराउ“दै उनले सदैव सदाचार पद्धतिमा सुझाव दिए ।
हाल लेखापरीक्षकहरूले कर कार्यालयमा बुझाउने प्रयोजनका लागि एकप्रकारको र बैंकमा ऋण लिन अर्को प्रकारको विवरण तयार गरी लेखापरीÔकहरूले दोहोरो चरित्र प्रदर्शन गर्दै आएको समेत अनुसन्धानबाट खुल्न आएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्माले लेखापरीक्षकबाट खेलिने दोहोरो भूमिकाका कारण अर्बौं रुपैयाँ राजस्व चुहावट भएको बताए । उनले सो कार्यलाई नियन्त्रण गर्न आनकानी गरेमा अवैध कारोबारको मात्रमा अझै वृद्धि हुने बताउँदै नक्कली भ्याट बिल प्रयोगमा सहयोग पु¥याउनेलाई कारबाही गरिनुको विकल्प नभएको बताए ।
नक्कली भ्याट बिल र सक्कली भ्याट बिलको खरिद बिक्रीमा समेत लेखापरीक्षकले नै मिलाइदिने गरेको पाइएको छ । लेखापरीक्षकहरूले निश्चित कमिसनको लोभमा राज्यलाई नै ठगी गरेको निष्कर्ष सरकारी अनुसन्धानमा निस्नेपछि लेखापरीक्षक अग्रवाल र सुवेदी हाल फरार छन् । स्रोतका अनुसार लेखापरीक्षक अग्रवाल र सुवेदीले लेखापरीक्षण गर्नेदेखि निकासी नै नभएको सामानमा नक्कली बिल बिजक तयार गरी व्यापारीलाई बिक्रीसमेत गर्दै आएको बताइएको छ । उनीहरूले गोप्यरूपमा यस्ता नक्कली बिल छाप्ने र डिजाइनसमेत गर्दै आएका छन् ।

Saturday, August 4, 2012

न्यून मूल्यांकनमा संलग्न भन्सार अधिकृतमाथि कारबाही भएन


रोशन कार्की
काठमाडौं, साउन १९ ।
अस्थिर राजनीतिक अवस्थाकोे मौका छोपी बिनाभन्सार करोडांैको सामान आयात÷निर्यात गर्न व्यापारीलाई सहयोग पु¥याउने भन्सार अधिकृतमाथि हालसम्म पनि कुनै कारबाही भएको छैन । अवैध रूपमा नेपाली व्यापारीहरूले दिने गरेको केही कमिशनका कारण आयातित सामानमा न्यून मूल्यांकन गरी करोडौं मूल्यको सामान छुटाउने कार्यमा संलग्न भएको भन्दै गत वैशाखमा राजस्व अनुसन्धान विभागले अधिकृतसहित ६ जना भन्सार कर्मचारीमाथि अनुसन्धान सुरु गरेको थियो ।
तातोपानी भन्सार नाकाबाट आयात÷निर्यात गर्ने व्यापारीलाई कम मूल्यांकन गरी करोडांै मूल्यको सामान छुटाएको आरोपमा सोही भन्सार नाकाका अधिकृत र जा“चकीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको विभागले जनाए पनि हालसम्म सोबारे यथार्थ विवरणबाहिर आएको छैन । अस्थिर राजनीति अवस्थाको मौका छोपी तातोपानी नाकाबाट कम भन्सार मूल्यांकन गरी प्रज्ञापनपत्र दिन सिफारिस गर्ने अधिकृतद्वय टंक शर्मा र भानु न्यौपाने तथा जाँचकी चारजनासहित ६ जनामाथि विभागले अनुसन्धान सुरु गरेको थियो ।
अधिकृत शर्मा र न्यौपानेको मिलोमतोमा जा“चकीलाई कम भन्सार मूल्यांकन गराई भन्सार प्रज्ञापनपत्र दिई कपडाको ज्याकेट, विद्युतीय सामग्री, अन्य तयारी पोशाक, खेलौनालगायतका सामान निकासी गर्न सहयोग पु¥याएको आरोपमा विभागले उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको दुई महिना वितिसक्दा समेत कुनै कारबाही भएको छैन् ।
न्यून मूल्यांकनमा संलग्न अधिकृत र जाँचकीलाई विभागले राजधानी झिकाएर अनुसन्धान थालेको थियो । गोप्यरूपमा विभागले गरेको अनुसन्धानमा तातोपानी नाकाबाट भन्सार छुटेका कन्टेनर भ्यानलाई नियन्त्रणमा लिई प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा फरक परिमाण भेटिएपछि सो अवैध कारोबार सार्वजनिक भएको हो । भन्सारले राजस्व तिराएको र कन्टेनरमा भेटिएको सामान फरक रहेको थियो । भन्सारले २ हजार थान ज्याकेट र १ हजार ६ सय थान ट्रयाकसुट ज्याकेटको भन्सार बुझाएको विवरणसहितको प्रज्ञापनपत्र दिएर सामान छोडेको भए पनि राजस्व गस्ती टोलीले नियन्त्रणमा लिएको भ्यानमा व्यापारीले ३ हजार ६ सय थानभन्दा बढी ज्याकेट, विद्युतीय सामग्री, खेलौना र तयारी पोशाकसमेत रहेको थियो ।
ती अधिकारीले दुई मिनी ट्रक स्विटर, ज्याकेट र न्यून मूल्यांकन गरेका थिए । सामान पैठारीमा राजस्व चुहावट देखिएपछि विभागले अधिकृतद्वय शर्मा र न्यौपानेसहित जाँचकी चारजनालाई अनुसन्धान गरेको हो । प्रमुख भन्सार प्रमुख चूडामणि देवकोटाले भने, ‘वास्तविक बिल नह“ुदा र एलसीमार्फत कारोबार नहँुदा यो नाकामा व्यापारीले गरेको मूल्य घोÈणामा अविश्वास उत्पन्न भएको छ ।’
भन्सार कर्मचारी र सुरÔाकर्मीको मिलेमतोमा विशेÈगरी व्यवसायीहरूले उत्तरी नाकाबाट यस्तो कार्य गर्दै आएको विभागले जनाएको छ । सामान आयात गर्नका लागि सशस्त्र प्रहरी बल सीमा सुरÔा कार्यालयका प्रहरी र भन्सार कर्मचारीको मिलेमतोमा बसमा ती सामान लोड गरी काठमाडौं ल्याउने गरेका छन् । बसमा फल्सबटम बनाएर सामान तस्करी गरेको भेटिएपछि सशस्त्र प्रहरी र तस्करबीचको सम्बन्ध उजागर भएको हो ।
तातोपानीका तत्कालीन सशस्त्र प्रहरी बल सीमा सुरÔा कार्यालयका डीएसपी हर्कबहादुर पन्तले आफ्नै गाडीमा भन्सार नतिरी व्यापारीका सामान बोकेर ल्याउने क्रममा विभागले धुलिखेलमा पक्राउ गरेपछि यस्तो रहस्य खुलेको थियोे ।
खासा र नेपालबीचको भोटेकोशी नदीमा भएको झोलुंगे पुलबाट भरियामार्फत ३ घण्टा लगाएर रातारात नेपाल भिœयाइएको विद्युतीय सामान, खेलौना, तयारी पोशाकसहित सो भ्यान नियन्त्रणमा लिइएकोे थियो । यसरी लामो समयदेखि भन्सार छलीमा संलग्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ तथा सिन्धु विकास बैंकका अध्यÔ राजेन्द्रकुमार श्रेष्ठलसमेत रहेका छन् ।
भरियाको नाममा व्यापारिक फार्महरू दर्ता गराई नेपालबाट खासातर्फ अवैध डलर, लागूपदार्थको कारोबार गर्दै आएका अध्यÔ श्रेष्ठ यसअघि पनि एक दर्जन गाडीसहित पक्राउमा परेका थिए । अध्यÔ पदमा निर्वाचित भएकै बेला पदको दुरुपयोग गर्दै श्रेष्ठले बिनाभन्सार सामान नेपाल भिœयाउने कार्य गर्दै आएका छन् । सो आरोपमा राजस्व गस्तीले धुलिखेलबाटै एक दर्जन गाडी नियन्त्रणमा लिएपछि पहिलोपटक राजस्व छली गरेको स्वीकार्दै जरिवाना तिरेर उनी छुटेका थिए ।
त्यसैगरी, भन्सारबाट भित्रिएका सामानमा अनियमितता फेला पर्न थालेपछि राजस्व अनुसन्धान र भन्सार विभागले जा“चपासमा संलग्न कर्मचारीलाई धमाधम हाजिर गराउन थालेको छ । विभागले वीरगञ्ज भन्सारका नायब सुब्बाद्वय रामेश्वर चौधरी र धीरजकुमार थापास“ग अवैध कारोबारका बारेमा बयान लिएको छ भने उनीहरूलाई खोजेको बेला उपस्थित हुने गरी कार्यस्थल जान अनुमति दिएको छ । विभागले गत ५ गते उक्त भन्सारबाट जा“चपास भएको सामान मलेखु नजिक बरामद गर्दा प्रज्ञापनपत्रमा पूरा विवरण नभरे पनि सामान जा“चपास भएको फेला परेको थियो । यस्तै भन्सारमा उल्लेख गरेभन्दा केही बढी सामान (गलत घोÈणा) फेला परेको थियो ।
‘गलत घोÈणाभन्दा प्रज्ञापनपत्रमा कतिपय विवरण खाली छाडेको अवस्थामा सामान जा“चपास गर्नु गम्भीर गल्ती थियो,’ राजस्व अनुसन्धान सम्बद्ध स्रोतले भन्यो । विभागले यसअघि वीरगञ्जकै भन्सार अधिकृत फणिन्द्र अर्याल र खरिदार रामकैलाश रायलाई उपस्थित गराई अनुसन्धान गरेको थियो । भन्सारले १ सय ५० कार्टुन अगरबत्ती भनेर जा“चपास गरेको सामान विभागको टोलीले बरामद गर्दा २८ वटा कार्टुनमा मह“गा साडी, सर्टिङसुटिङको कपडा फेला परेको थियो ।
रोज वल्र्ड इन्टरनेसनल फार्मको नाममा रहेको प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा फरक सामान फेला परेपछि विभागले ६ लाख ९८ हजार रुपैया“ जरिवाना गरेको थियो । भन्सारबाट जा“चपासका क्रममा देखिएको त्रुटि नदोहोरियोस् भनेर कर्मचारीलाई बोलाएर त्रुटिको कारण जान्न चाहेको अनुसन्धान विभागका महानिर्देशक जन्मजय रेग्मीले बताए । विभागले वीरगञ्ज भन्सारका अधिकृत लक्ष्मण श्रेष्ठका साथै नायब सुब्बाद्वय कमल मैनाली र गीताकुमारी न्यौपानेलाई उपस्थित गराई अनुसन्धान गरेर छाडेको छ ।

Friday, August 3, 2012

यी हुन् सक्कली बिल प्रयोग गरी नक्कली कारोबार गर्नेहरू ..........................................
रोशन कार्की
काठमाडौं, साउन १८ ।
मूल्य अभिवृद्धि कर (भ्याट) तिरेको सक्कली बिल खरिद गरी नक्कली सामानको आयात÷निर्यात गर्ने एक दर्जनभन्दा बढी व्यापारिक फार्महरूको पहिचान भएको आन्तरिक राजस्व विभागले जनाएको छ । आफ्नो नाममा कुनै पनि फार्म नखोली भरिया र कामदारको नाममा खोलिएका दर्जानौं अवैध व्यापारिक फार्मबाट भन्सार कारोबार गरिरहेको अनुसन्धानमा खुल्न आएको छ ।
आफ्नो नाममा कुनै पनि व्यापारिक फार्महरू कतै आधिकारिक रूपमा दर्ता नभएको र केही गरी सामान बरामद भए पनि आफू कानुनी रूपमा कारबाहीबाट उम्किन तथा भ्याट फिर्ताका लागि पनि सक्कली भ्याट बिल खरिद गर्दैै आएको विभाग स्रोतले जनाएको छ ।
आन्तरिक राजस्व विभागबाट प्राप्त विवरणअनुसार हालसम्ममा सबैभन्दा बढी सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट कारोबार गर्ने फार्म छन् । यसरी अवैध रूपमा बिल खरिद गरी वास्तविक भ्याट र कर छली गर्नेहरूमा एस केजे इन्टरनेशनल विजनेश प्रालि, कान्तिपुर विजनेश ग्रुप, गोसाइँकुण्ड इन्टरनेशनल विजनेश प्रालि, सिन्धु इन्टरनेशनल विजनेश प्रालि, जुगल इन्टरनेशनल प्राइजेज र अरनीको ग्रुपलगायत छन् ।
पहिलो चरणको अनुसन्धानबाट चीनको स्वशासित क्षेत्र तिब्बतको खासाबाट ब्राण्डबिनाका सामान अत्यधिक रूपमा ल्याउने तथा भन्सार राजस्व छली गर्ने र ल्याउने समूह रहेको खुल्न आएको विभागले जनाएको छ । कुनै ब्राण्ड उल्लेख नभएको सामान ल्याएर व्यापारिक फार्महरूले नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्राण्डको स्टिकर टाँसी खुला रूपमा बिक्री गर्दै आएका छन् ।
यसरी अवैध कारोबार गर्ने फार्मले ठूला कम्पनीसँग ७ प्रतिशत कमिसन दिएर सक्कली भ्याट बिल खरिद गर्ने गरेका छन् । ठूलो परिमाणमा सामान आयात गर्ने र उत्पादन गर्नेहरूले सामान कतै दर्ता नभएका कम्पनीमार्फत बिक्री गर्ने गरेको खुल्नआएको विभाग स्रोत बताउँछन् ।
ती कम्पनीले सामानबापतको रकम आयात वा उत्पादनकर्तालाई नभई दास्रो कम्पनीलाई नगदै दिने गरेको पाइएको आन्तरिक राजस्व विभागका एक अधिकारीले बताए । नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले दिएको जानकारीअनुसार आयातकर्ताले दोस्रो कम्पनीसँग बैंक संयन्त्रबाटै पैसा लिने गरेको र यस्तो कारोबार मिलाइदिने कार्यमा संलग्न एकाउन्टेन्ट राजेश अग्रवाल नामका व्यक्ति फरार छन् ।
राजेन्द्रकुमार श्रेष्ठ, विष्णुबहादुर खत्री, रोशनबहादुर थापा, नवीन थापा, गणेश भण्डारी, सुमन खत्री, गोपाल श्रेष्ठ, निमफुजो शेर्पा, नीलकण्ठ चौलागार्इंलगायतले नक्कली कारोबार गर्दै आएका छन् । उनीहरूले आफ्नो व्यापारिक कारोबारका बारेमा योजना बनाउन अवैध रूपमा खोलेका कार्यालय अधिकांशको काठमाडौंको न्यूरोडको रञ्जनागल्ली, महाबौद्ध सीतापाइला, स्वयम्भू, बालाजु, चावहिल, कोटेश्वर, नया“ बानेश्वर, भक्तपुरलगायतका स्थानमा छन् । यसरी अन्यको नाममा खोलिएको फार्ममाबाट आयात गरिएका सामान महाबौद्धका होलसेल पसलमा बिक्री गरिन्छ ।

Thursday, August 2, 2012

                  को परेन कालो सूचीमा ? 

     उद्योगपती प्रदीपमान, प्रसिद्ध चिकित्सक बाँस्कोटा र वैद्य

श्रीमान प्रमुख कार्यकारी र श्रीमती सञ्चालक समिति सदस्य भएका कारण समस्या भोगिरहेको सेञ्चुरी बैंकका पूर्व अध्यक्ष पनि कालो सूचीमा परेका छन् । सेञ्चुरीका डेढ साता अघिसम्मका अध्यक्ष प्रदीपमान वैद्यलाई नविल बैंकको सिफारिशमा कर्जा सूचना केन्द्रले सोमवार कालोसुचीमा राखेको हो ।
वैद्य डेढ साता अघिसम्म्म बैंकका अध्यक्ष थिए, कालोसूचीमा पर्ने निश्चित भएपछि डेढ साता अघि मात्र वार्षिक साधरणसभा गरेर उनी आफैले अध्यक्षमा बस्न अस्वीकार गरेका थिए । वैद्यलाई कालोसूचीमा राख्नका लागि नविल बैंकले सिफारिश गरेको हो । वैद्यले अप्रत्यासित रुपमा अध्यक्ष छाडेपछि सेञ्चुरीमा अहिले अध्यक्ष पद खाली छ ।
बैंकले वैद्य सञ्चालक रहेको बीएण्डबी हरिसिद्धी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले लिएको २० करोड ऋणमध्ये १४ करोड रुपैयाँ चुक्ता नगरेपछि  कालोसूचीमा राखेको स्रोतले जानकारी दियो । बैंकको सिफारिशमा कर्जा सूचना केन्द्रले ग्वाँर्कोको बीएण्डबी अस्पतालका दुई सञ्चालक अशोककुमार बाँस्कोटा र जगदिशलाल वैद्यलाई पनि कालोसूचीमा राखेको छ ।

हरिसिद्धीले हर्यो ख्याती : बीएण्डबीका चिकित्सक अशोक बाँस्कोटा, उद्योगी प्रदीपमान वैद्य र अर्का डाक्टर जगदिशलाल वैद्य

यसैगरी प्रदीपको लगानी भएको विजयदीप इन्भेष्टमेन्ट कम्पनीलाई पनि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ । वैद्यको यही कम्पनीले लगानी गरेको विजयदीप ल्यावरोटरीले नेपालमा विभिन्न औषधीहरु उत्पादन गर्दछ ।
यही ऋणका लागि केन्द्रले बाबुकाजी श्रेष्ठ, नविन श्रेष्ठ, प्रभुकुमारमान प्रधानलाई पनि कालोसूचीमा राखेको छ । बीएण्डबी बाट ऋण उठाउनका लागि बैंकले अढाइ वर्षदेखि फ्लोअप गरिरहेको थियो । अढाइ वर्षदेखि फ्लोअपमा थियौं, कर्जा तिर्न आउनका लागि ३५ दिने सूचना पनि प्रकासित गरेका हौं, धैयर्ताको बाँध टुटेपछि कालोसूचीमा राख्न सिफारिश गरेका हौं, स्रोतले भन्यो ।
राष्ट्र बैंकबाट समेत दवाव दिएपछि नविल बैंकले वैद्य लगायतको समूहलाई कालोसूचीमा राख्न सिफारिश गरेको हो । नविल यो ऋणका लागि गत आर्थिक वर्षमै शतप्रशित नोक्सानी व्यवस्था गरेको थियो ।
बीएण्डबी हरिसिद्धी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा अप्रत्यक्ष रुपमा एनबी समूहको समेत संलग्नता छ । हरिसिद्धीमा एनबी समूहसँग जग्गा थियो, यही जग्गामा मेडिकल कलेज खोल्नका लागि पहिले योजना बनेको हो । एनबी समूहसँगको संलग्नतामा नविल बैंकमा अमृतचरण श्रेष्ठ जिएम तथा क्रेडिट अफिशर हुँदा यो ऋण सुटुक्क दिइएको थियो । त्यतिवेला बैंकमा अनिल शाह प्रमुख कार्यकारी अधिकृत थिए तर उनी अमेरिकामा गएको बेला यो ऋण दिइएको हो स्रोतले भन्यो ।
बीएण्डबीलाई यता ऋण दिएपछि औषधी उद्योग खोल्नका लागि नविलका अध्यक्ष सत्येन्द्रप्यारा श्रेष्ठ, स्वास्थ्यसचिव प्रविण मिश्रकी श्रीमतीको कम्पनीलाई उनबी बैंकमा ऋण दिइएको थियो । पछि ग्लोबल बैंकबाट अनिल ज्ञवालीलाई नविल बैंकमा प्रमुख कार्यकारी अधिकृत बनाएर ल्याएपछि कामु सिइओ बनेका अमृतचरणले राजिनामा दिएका थिए ।
उनले राजिनामा दिएको केही दिनपछि नै पुरानो साँठगाँठ अनुसार एनबी समूहको बहुमत सेयर भएको एनसीसी बैंकमा अमृतचरणलाई सिइओ बनाइएको थियो । उता २०६७ चैत ११ गते मात्रै सञ्चालनमा आएको सेञ्चुरीको समस्या भने बल्झिंदै जान थालेका छन् । राष्ट्र बैंकले असार अन्तिम साता जारी गरेको एकीकृत निर्देशिकाले बैंकका सिइओ गणेशकुमार श्रेष्ठ वा सञ्चालकका रुपमा काम गरिरहेकी श्रेष्ठकी श्रीमती उमाकुमारी श्रेष्ठमध्ये एक जनाले राजिनामा दिनुपर्दछ ।
राणाका बाउछोरा पनि कालोसूचीमा
सेञ्चुरी बैंकमा मात्र होइन समस्या कृमारी बैंकमा पनि सिर्जना भएको छ । बैंकका दुई सञ्चालक नुरप्रताप जवरा र अमिरप्रताप जवरालाई पनि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ । यी दुई सञ्चालकलाई सिटिजन्स बैंकले ऋण चुक्ता नगरेको आरोपमा कालोसूचीमा राख्न सिफारिश गरेको हो । नुरप्रताप बाबु हुन् भने अमिर छोरा ।
सिटिजन्स बैंकबाट गाडीको व्यापारका लागि लिएको ऋण राणाको कम्पनी क्युव इन्टरनेशनललाई चुक्ता नगरेपछि कालोसूचीमा राख्न सिफारिश गरिएको हो । सिटिजन्स बैंकले क्यव इन्टरनेशनलका नाममा कर्जा तिर्न आउन ३५ दिने सूचना जारी गर्दा राणा बाबुछोराले पत्रिकाबाट अर्को सूचना जारी गरेर प्रतिवाद गरेका थिए ।
कुमारी बैंकमा नुरप्रतापको साढे छ प्रतिशत अर्थात नौ करोड ६५ लाख रुपैयाँको संस्थापक सेयर छ भने अमिरको नाममा ५.०६ प्रतिशत अर्थात सात करोड ५१ लाख रुपैयाँ बराबरको सेयर छ । यसबाहेक राणाहरुको कम्पनी युनिभर्सलले गोल्डस्टार जुत्ताको उत्पादन र बजार प्रवद्र्धन गर्दै आएको छ । अब नुरप्रताप र अमिरले कुमारी बैंकको सञ्चालक पद छाड्नुपर्दछ । कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेपछि कुनै पनि बैंकको अध्यक्ष तथा सञ्चालक हुन बन्देज लाग्छ । ऋण तिरेर कालोसूचीबाट हटे पनि त्यसको तीन वर्षसम्म कम्पनीको सञ्चालक हुन पाईंदैन ।

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...