Monday, December 16, 2013

चौधरी समुहको लगानीमा सिजी सिमेन्ट उत्पादन
रोशन कार्की
नवलपरासी ।
विद्युतिय, खाद्यन्न र सवारी सधानमा उच्च लगानी गर्दै आएको चौधरी समुहले पछिल्लो समयमा निमार्ण सामाग्रीको उत्पादनमा आफ्नो लगानी सुरु गरेको छ । सो समुहले लगानी गरेको सवै व्यवसायले पूर्ण सफलता प्राप्त गर्न सफल भएपछि नेपाललाई सिमेन्टमा स्वदेशमै आत्मनिर्भर बनाउने मुख्य योजानका साथ करोडौ रुपैयाँ लगानी गरेको छ ।  अत्याधुनिक प्रविधिको प्रयोग गरी चौधरी समूहले आउदो साता ‘सिजी’ नामको  ब्राण्डमा सिमेन्ट नेपाली बजारमा सार्वजननिक गर्ने अन्तिम तयार तयारी गरेको सो कम्पनीले जनाएको छ ।  नवलपरासीको दुम्कीबासस्थित सिजी सिमेन्ट इन्डष्ट्रिजले ‘ओपीसी’ र ‘पीपीसी’ ब्राण्डका सिमेन्ट उत्पादन सुरु गरेको हो ।
सो मध्ये सिजी ब्राण्डको ओपीसी सिमेन्ट आगामि सातादेखि बजारमा आउने चौधरी समूहका निर्देशक बरुण चौधरीले बताए । निर्देशक चौधरीले भने,‘ओपीसी ब्राण्डको सिमेन्ट आउदो साता सार्वजनिक गर्ने छौ भने, पीपीसी सिमेन्ट एक महिनाभित्रमा बजारमा सार्वजनिक गर्ने छौ ।’ यो चौधरी समूहले उत्पादन गनको पहिलो सिमेन्ट हो । सो उद्योगमा चौधरी समूहले डेढ अर्ब रुपैयाँ लगानी गरेका छ ।  व्यवसायिक घराना चौधरी समूहले सिमेन्ट उद्योगमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजाने निर्देशक चौधरीले बताए । भेटकाक्रममा निर्देशक चौधरीले भने,‘आगामी २ वर्ष भित्रमा सिमेन्ट उद्योगमा १० अर्ब रुपैयाँ लगानी गर्ने लक्ष्य लिएका छौ ।’ नेपालमा सिमेन्ट उद्योगको व्यापक सम्भावना देखिएकोले सिमेन्ट उद्योगमा आकर्षित भएको उनले दाबी गरेका छन् ।
उद्योगले अहिले दैनिक १ हजार ५ सयटन सिमेन्ट उत्पादन गरिरहेको छ । दैनिक ६ सय ४० टन ओपीसी र ५ सय ६० टन पीपीसी सिमेन्ट उत्पादन गरिरहेको चौधरीले जानकारी दिए । अहिले आबश्यक सिमेन्टको कच्चापदार्थ क्लिकर भारतबाट आयात गरी उत्पादत गरिरहेको निर्देशक चौधरीले बताए । उनले सो उद्योग अबलोकन गर्न पुगेका सञ्चारकर्मीसंग भने,‘हामी केही समय भारतबाट क्लिकर आयात गरेर उत्पादन गर्ने छौ भने पछि आफै क्लिकर उत्पादन गर्ने छौ ।’
चौधरी ग्रुपको कम्पनीको अबलोकन पछि तयार पारेको (२०७० मंसिर ३०)

आफ्नै उत्पादनमा पाल्पामा क्लिकर उत्पादन हुदै गरेको बताए । उनले पाल्पामा एक सय वर्ष भन्दा बढीलाई पुग्ने गरी सिमेन्टको कच्चा पदार्थ चुन ढुंगा खानी सञ्चालन गर्न लागेको जनाए । पाल्पामा दुम्कीबासको भन्दा ४ गुणा बढी लगानीमा सिमेन्ट उद्योग सञ्चालन गर्ने तयारीमा रहेको निर्देशक चौधरीले भने । समूहले काठमाडौं उपत्यकामा ५० र उपत्यका बाहिर ५० डिलर स्थापना गरिसकेको छ । सिजी ब्राण्डको सिमेन्ट पूर्वमा जनकपुरदेखि पश्चिममा दार्चुलासम्म पु¥याइने दावि गरेका छन् । नवलपरासीको दुम्कीबासको १५ विगाहा जमिनमा सो उद्योग स्थापना गरिएको छ । सो उद्योगलाई धुलो विहीन रहेको दावी गरेको छ । अत्याधुनिक प्रविधि प्रयोग गरि सिमेन्ट उत्पादन भएकाले उद्योग परिसरमा धुलो देखिदैन् । उक्त उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी २ सय जनाले रोजगारी पाएका छन् ।
नेपाल सिमेन्ट उत्पादक संघका अनुसार नेपाली सिमेन्टले कुल मागको ७५ प्रतिशतमात्र पूरा गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षका नौ महिनासम्म ४ अर्ब २३ करोड रुपैयाँबराबरको सिमेन्ट तथा क्लिंकर आयात भएको देखाएको छ । नेपालमा सिमिन्ट आयात भारतीय बजारबाट गरिन्छ । विकास–निर्माणका ठूला परियोजनाले विदेशी सिमेन्ट प्रयोग हुदै आएको छ । सोही मागका अनुसार सो समुहले सिमेन्ट उद्योगमा लगानी गरेको जनाएको छ । यसैगरी सो समुहले राजधानीको हरिसिद्धिमा सामूहिक बसोवास र चितवनको हात्तीगौंडामा सीजी महको निर्माण कार्य सुरु गरेको छ । सो मध्ये चितवनको हात्तीगौंडामा निर्माण भएको सीजी मलमा सम्पुर्ण सुविधा सहित एकै छानामुनी उपभोक्ताले आफ्नो इच्छा अनुसार सामान खरिद गर्न सक्ने मलका प्रमुख वित्तीय अधिकृत कपिल अधिकारीले बताए । हरिसिद्धिमा  १० करोडको लागतमा १२ ओटा सामूहिक भवन निर्माण गरिएको छ । ग्रुपले ललितपुरको हात्तीगौंडामा निर्माण गरेको सीजी मल प्रोजेक्टमा भने ७० करोड रुपैयाँखर्च भएको बताए । प्रोजेक्टअन्तर्गत ५३ ओटा घर बनाइसकिएको अधिकारीले जानकारी दिए । निमाणभएका ती मलहरु पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक रहेको बताए  ।
यसैगरी ग्रुपले चितवनमा १० तले व्यापारिक भवनको निर्माण पनि थालिसकेको छ । सो भवनको कुल लागत  ८५ करोड रुपैयाँमा निमार्ण भई रहेको अधिकारीले जानकारी दिए । उक्त भवन होटेल, बैक, सिनेमा हल, मललगायत व्यापारिक प्रयोजनमा प्रयोग गरिनेछ । भवनको आधाभन्दा बढी भौतिक निर्माण कार्य पूरा भइसकेको छ । १ वर्षअघि निर्माण शुरू गरिएको उक्त भवन सन् २०१४ भित्र सम्पन्न भइसक्नेछ ।

Monday, December 9, 2013

जुत्ताको गुणस्तर जाँँच्ने काम उपभोक्तालाई दिएका छौं
                                                                                            होमनाथ उपाध्याय
                                                                      अध्यक्ष , छाला जुत्ता तथा बस्तु उत्पादक संघ


२०४० सालमा म्याग्दीबाट आमाबुबाले काठमाडौं ल्याउनु भयो । २०४३ सालमा क्याम्पस पढ्दै गर्दा मामासंग सामान्य रुपमा तयारी कपडा र अन्य सामानको व्यापार सुरु गरेका होमनाथ उपाध्याय अहिले नेपाली उत्पादनको महत्वपुर्ण पदमा रहेर कुशल नेतृत्व गरी रहेका छन् । उनले मामाकै सहयोगमा भारतबाट तयारी कपडा जुत्ता र चप्पलको आयातगरी व्यवसाय सुरु गरे । भारतबाट आयातको कार्य गदैजादाँ भारतीय नागरिक शुकदेवसिंह बत्राको सल्लाहा अनुसार उनले जुत्ता चप्पलको मात्र व्यवसाय गर्न थाले । भारतीय नागरिक बत्राको सहयोगमा आज उनी आफ्नै देशमा जुत्ता चप्पलको व्यवसाय गर्न सक्षम भएका छन् । जुत्ता चप्पल, तयारी पोशाक पसलबाट व्यवसाय सुरु गरेका उपाध्याय विभिन्न संघ÷संस्थामा आबद्ध भई सामाजिक उत्तरदायित्वका कार्यमा पनि सक्रिय रहँदै आएका छन् । काठमाडौंमा ‘विएफ डियर हिल’ को नामबाट जुत्ता चप्पलको व्यवसाय गर्दाको अनुभवकै कारण पछिल्लो समय उनले स्वदेशमै उत्पादन हुने जुताचप्पलको उत्पादन र बिक्री सुरु गरेका छन् । उक्त कम्पनीको प्रबन्ध निर्देशक पदमा रही गुणस्तरीय सामान उत्पादन गरी उपभोक्तमाझ लोकप्रिय बनाउने सोचका साथ उपाध्याय हाल नेपाली जुत्ता चप्पल व्यवसायीहरूको छाता संगठनका रुपमा रहेको छाला जुत्ता तथा उत्पादक संघको अध्यक्ष समेत रहेका छन् । पछिल्लो समय विभिन्न देशको भ्रमणका क्रममा त्यहाँबाट सिकेको सीप र प्रविधि प्रयोग गरी नेपाली जुत्ता चप्पलको गुणस्तर उत्पादन गर्दै आएका संघका अध्यक्ष उपाध्यायसँग नेपाली जुत्ता चप्पल उत्पादनको सम्भावना, चुनौतीकाबारेमा केन्द्रीत भई कमाण्डर पोष्टका रोशन कार्कीले गरेको कुराकानीको सम्पादित अंश ः

० नेपाली जुत्ता चप्पलको अवस्था र यसको भविष्य कस्तो छ ?
– अहिलेसम्म हाम्रो देश आफ्नै उत्पादनमा निर्भर नभई सकेको अवस्था रहेको छ । ५० प्रतिशतभन्दा बढी फुटवेयर सामानहरू आयात हुनेगरेको छ । त्यसैकारण पनि स्वदेशी जुत्ता चप्पलको माग दैनिक रूपमा बढ्दो छ । अहिले स्वदेशी उत्पादनले माग पूरा गर्न सकेको छैन । विगत ४÷५ वर्षदेखि विदेशी जुत्ता चप्पलभन्दा स्वदेशी जुत्ता चप्पलहरूको माग बढेका कारण यसको भविष्य राम्रो देखिएको छ । सुरुका दिनमा नेपाली उत्पादनलाई उपभोक्ताहरुले नरुचाउने हो की भन्ने चिन्ता थियो । तर हामीहरुले उत्पादन सुरु गरेर जुत्ता चप्पल बजार पठाएपछि थाहा भयो हाम्रा उपभोक्ताहरु विदेशीभन्दा स्वदेशी सामानको खोजीमा रहेछन् भन्ने । त्यसैले अहिले यो व्यवसाय फस्टाउदो क्रममा रहेको छ । विदेशी जुत्ता चप्पलहरू देख्दा राम्रो झल्याक–झुलुकमात्र हुने गुणस्तर नहुने कारण पनि विदेशी ब्राण्डभन्दा स्वदेशमै उत्पादन गरिएका जुत्ता चप्पल गुणस्तरीय हुने विश्वासका साथ केही वर्षदेखि स्वदेशी सामान प्रयोग गर्नेहरूको संख्या बढेको छ ।
० विदेशी कम्पनीको जुत्ताभन्दा नेपाली जुत्तामा फरक विशेषता चाहीँ के छ ?
– उत्पादनमा पक्कै पनि फरक विशेषता छ । हाम्रो अनुभवी ग्रुपद्वारा सञ्चालित कम्पनी हो । यो समूहले पटक–पटक विदेशमा गई गुणस्तर सम्बन्धी तालिम र अनुभवलाई समेटेर नेपाली उत्पादनै उपभोक्ता माझ लैजाउन हामीले उत्पादन सुरु गरेका हांै । लगाउँदा आरमदायी र हलुका सबै पिढीलाई सुहाउँदो जुत्ताचप्पलहरू बजारमा ल्याएका छौं । त्यसो त यो विशेषता छ भनेर प्रचार गर्नुभन्दा पनि अन्यभन्दा नेपाली उत्पादनका जुत्ताका यस्ता विशेषता रहेछ भनेर ग्राहकबाटै आओस् भन्ने चहान्छौं । कम्पनीले सुधार गर्नुपर्ने कुरामा पनि प्रचारबाजीभन्दा हामीलाई भनेर सहयोग पु¥याउनुु हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं । विदेशबाट आयत भएका जुत्ता चप्पलकामा प्रयोग भएका छालाहरु गुणस्तर त भन्नेमा विश्वास लिन सकिदैन् । विदेशी जुत्ता चप्पल हेर्दा झिलिक्क चिल्ला हुन्छन् तर त्यसबाट उपभोक्ताहरु ठगीने गरेका छन् । विदेशबाट आयत हुने जुत्ता चप्पलको भन्सार मुल्याङकमा समेत छली गरेका हुन्छन् त्यसैले उपभोक्ताहरु मंहगोमा जुत्ता चप्पल खरिद गर्नु पर्ने बाध्यता छ । अब सो बाध्यता नेपाली जुत्ता उत्पादनकहरुबाट हटेको छ । जुत्ता प्रयोग गर्नेहरुले सहजै सम्बन्धित कम्पनीका प्रमुखसंग खुलेर आफ्ना कुरा राख्न र सुझाब समेत दिन सक्ने भएकाले विदेशी भन्दा स्वदेशीमा यही फरक हुन्छ ।
० विदेशबाट आयातित सस्ता जुत्ता चप्पलले बजार लिइरहेको अवस्थामा यहाँहरूको कम्पनीले विदेशी जुत्ता चप्पलसँग प्रतिस्पर्धा गर्न सक्ला र ?
– हामीले विदेशी उत्पादनसंग सुरुका दिनदेखिनै प्रतिस्पर्धा गरेका छौ अब प्रतिस्पर्धा हैन प्रतिस्थापन गर्नेमा पुगेका छौ । सवै साथीहरुले पछिल्लो समयमा ठूला मेसिनहरु र नयाँ प्रविधिबाट उत्पादन सुरु गरेका छन् । तरपनि आबश्यकता अनुसार नेपालमा कच्चा पदार्थ नभएकाले पनि कठिन भएको छ तर पनि कच्चा पदार्थ आयात गरेर भएपनि हामी विदेशी जुत्ता चप्पलको विस्थापन गर्नेमा सक्षम हुने छौ । आयातित सामानको भीडमा हामीहरू पनि विदेशीभन्दा स्वदेशी उत्पादन बढी टिकाउ र गुणस्तरीय हुन्छ । आयातित जुत्ता चप्पलहरू कति समय टिक्छ भन्ने पनि वारेन्टी छैन । किनेको भोलिपल्टै पनि च्यातिन सक्छ । त्यसबारे उपभोक्ताहरूले कहाँ गएर उजुरी÷गुनासो गर्ने भन्ने ठाउँ नै छैन । हेर्दा झिलिक्क राम्रो देखिन्छ तर गुणस्तर हुँदैन । त्यसैले आम उपभोक्तालाई सामान खरिद गरेपछि राम्रोसँग उपयोग गर्न पाउन्, उपभोक्ता नठगिउन् भन्ने हाम्रो मुख्य उदेश्य हो । सोहीअनुसार हामी अघि बढेका कारण आयातित जुत्ताचप्पलका कारण कुनै असर पर्दैन भन्ने लाग्छ । हामी हाम्रोे लक्ष्यअनुसार विदेशीभन्दा स्वदेशी उत्पादन नै प्रयोग गरौं भन्ने भावना आम उपभोक्तालाई जागृत गराउने छौं ।
० नेपाली उत्पादनको नाममा स्वदेशी कच्चा पदार्थ प्रयोग गर्नेभन्दा पनि अर्ध तयारी जुत्ता बाहिरबाट ल्याएर टुक्ताहरू जोड्ने काम मात्र भएको भन्ने आरोप पनि लाग्दै आएको छ नि ?
– व्यवसायमा केही विसंगती, विकृति भित्रिएका होलान् सवै ठिक भन्न सकिदैन् । कोही कोही व्यवसायले चाडो नाफा कमाउने उदेश्यले यस्तो कार्य भएका होलान् । त्यसोभनी रहदाँ सवैले त्यो कार्य गरेर उपभोक्तालाई ठगी गरेका छन् भन्नेमा चाही म विस्वास लिन सक्दिन ।
किनकि जुत्ता चप्पलको काम भनेको करिब ८० प्रतिशत हातले गर्नुपर्ने हुन्छ । यहाँले भने झै नेपालमा आवश्यकता अनुसार कच्चा पदार्थ पाइँदैन । जुत्ताचप्पलका लागि नपुग कच्चा पदार्थ विदेशबाट आयात गर्दैमा जुत्ता नेपालमा ल्याएर जोड्ने भन्ने कुरा हुँदैन । त्यो गर्ने हो भने करोडौं रुपैयाँ लगानी गरेर किन कम्पनी स्थापना गर्नु प¥यो ? बैंकबाट महँगोमा ब्याज किन लिनुप¥यो, होइन र ? त्यसैले यो नबुझिकन लगाएको आरोपमात्र हो । अन्य उद्योगहरूले के गर्छन् थाहा छैन, तर हामी भने कच्चा पदार्थ आयात गरेपछि पुनः त्यसलाई प्रशोधन गरेर नेपाली जुत्ता चप्पल उत्पादन गर्छाैं ।

० अहिले नेपाली उत्पादनका नाममा बजारमा आएका विभिन्न ब्रान्डका जुत्ता चप्पल अत्यधिक महँगा छन् भनिन्छ नि ?
– हो यहाँले भने झै अन्य जुत्ता चप्पलभन्दा केही मंहगो छ । किनकी हामीले जुत्ता चप्पल बनाउने कच्चा पदार्थ आयत गर्नुपर्छ । स्वदेशमा पाउने हो भने त्यो गुनासो आउने छैन् । डलरको मूल्यमा भएको वृद्धि ३० प्रतिशतले भएकाले केही मंहगो हुन गएको हो । आयातित सामानहरू सिधैं बिक्री वितरणमा लैजान सकिन्छ, लागत पनि कम पर्छ, तर नेपालमै उत्पादन गरिने त्यसमा पनि गुणस्तरीय उत्पादन उपभोक्तालाई दिनुपर्ने भएकाले अन्यको तुलनामा केही महँगो हो, तर अहिलेको बजारअनुसार धेरै महँगो भने होइन ।
० यहाँहरूले पत्रकार सम्मेलन गरेर आफ्नो उत्पादनको खुवै चर्चा गर्नुभयो, तर उपभोक्ताले भने नेपाली जुत्ता चप्पल लगाउँदा पैताला पोल्ने, औंला सुनिनेलगायतका आरोप लागएका छन् नि ?
– हामी सवैमा गुणस्तर छ भनेर ठोकुवा गर्ने पक्षमा छैनौन् । किनकी उत्पादन गरिदा एक दुई जोरमा त्यस्तो भेटीनु स्वभाविक हो । यसो भनी रहदाँ आफ्नो उत्पादन गुणस्तरीय हुनु हुदैन भन्ने हैन् । किनकी उपभोक्ताहरुको गुनासाका आधारमा आफ्नो कमीकमजोरीलाइै सुधार गरेर गुणस्तरीय जुत्ता चप्पल उत्पादन गरिनुमा विकल्प छैन् । दोस्रो कुरा उपभोक्ताहरुले आफुले खरिद गर्ने सामाग्रीको बनावट र गुणस्तरीयताका बारेमा जान्नु पनि पर्छ । जुत्ता खरिद गर्दा बाहिर चिल्लो चिटिक्क परेकोमात्र खरिद गर्दा त्यो समस्या बढी आउछ । भित्रको उत्पादित जुत्ताको बनावट पनि हेर्नु पर्छ ।
कुनै पनि लगानीकर्ताले आफ्नो लगानी डुबोस् भन्ने चहाना राखेको हँुदैन । त्यसैले आफ्नो लगानी उठाउने भनेको आम उपभोक्ताले उत्पादित सामानको प्रयोग गरे दिएपछि मात्र हो । पैलाता पोल्ने, औला सुनिनेलगायतका समस्या नआओस् भन्ने कुरामा लगानीकर्ताले ध्यान दिएकै हुन्छ । त्यस्तो भएकै रहेछ भने पनि सम्बन्धित ठाउँमा गुनासो गरेमा उपभोक्तामाथि परेको असुविधाबारे कम्पनीले कुनै कन्जुस्याई नगरी समस्याको समधान गर्छ ।
० आफ्नो उत्पादन गुणस्रीय भएको दाबी गर्नुभयो, कसरी प्रमाणित गर्न सक्नु हुन्छ ?
– गुणस्तरका बारेमा हामीहरुले दाबी गर्ने होइन् । यो गुणस्तर छ या छैन भन्ने जिम्मा आम उपभोक्ताहरु नै भएकाले कसको उत्पादन गुणस्तर छ भन्ने बारे उपभोक्ताबाट आएको सुझाबका साथै गुनासोबाट नै प्रष्ट हुन्छ । किनकी, मंहगोमा खरिद गरेपछि २÷३ मा च्यातिने गरेको छ तर, हामीले उत्पादन गरेका जुत्ताहरुमा ६ महिनाको वारेन्टी दिएका छौ । दैनिक ५ सय जोर जुत्ता बिक्री हुदाँ १÷२ जोर जुत्तामा कमजोरी आउनुले नै हाम्रा उत्पादन गुणस्तर छ भन्ने हाम्रो ठप्याई रहेको छ । कम्पनीले आफ्नो सामान गुणस्तर छ भनेर दाबी गनेनै होइन् नी । करोडौं लगानीमा सञ्चालन गरेको कम्पनीले गुणस्तरहीन सामान उत्पादन गरेको खण्डमा त उसको लगानी त ढुब्छ होइन र । आफ्नो लगानी सुरक्षित गर्न पनि गुणस्तर जुत्ताचप्पल उत्पादन गर्नुको विकल्प छैन् ।
०   यहाँहरूकै उत्पादनको न्यूनतम मूल्य १ हजार रुपैयाँभन्दा माथि छ, यसमा सबै नेपालीको पहँुच पुग्छ र ?
– आबश्यकता अनुसारको छाला पाउने अबस्था छैन् । विदेशबाट आयात गरिनु पर्छ । कच्चा पदार्थ स्वदेशमा नपाउने भएकाले मंहगोमा विदेशबाट आयात गर्नु पर्नेभएकाले मंहगोे पर्न गएको हो । अहिलेको अबस्थामा जुन मुल्य नेपाली उत्पादनको मुल्य छ त्यो अरु उत्पादनको हकमा सस्तो नै हो भन्नु पर्छ । नेपाली मुद्राको अवमूल्यनका कारण सामान पनि मँहगो भएको छ । यहाँ छिमेकी देशबाटै आयात भएको जुत्ताचप्पलको मूल्य गत वर्ष र यस वर्षमा फरक छ ।
० पटक–पटक उद्योगमा मजदुर समस्याहरू आउने गरेका छन् । मजदुर समस्या कसरी समाधान गर्नुभएको छ ?
– हो, पटक पटक मजदुर समस्या आउने गरेको छ । यहाँ एउटा उद्योग सञ्चालनका लागि मजदुर मालिकबीच नङ मासुको सम्बन्ध हुनु पर्छ । मजदुरको समस्यालाई पनि मालिकले बुझ्नु पर्छ मालिकको समस्यापनि मजदुरले बुझ्नु पर्छ यसो भएमा मजदुर समस्या आउदैन भन्ने लाग्छ । गएको दशैताका शिखर सुज कम्पनीमा मजदुर समस्या भयो । त्यो समस्याबाट मालिकलाईमात्र हैन मजदुरलाई पनि घाटा पर्ने गयो । किनकी जहाँ जुन समस्या आउछ त्यो मालिकलाईमात्र पर्दैन नी । देशमा राजनीतिक अस्थिरता कारण मजदुर समस्याहरू आउने गरेका छन् । जाहेज मागका कारण आएको समस्यालाई समाधान गर्न कुनै गाह्रो हँुदैन, तर कामदारको नाममा बाहिरबाट हुने आन्दोलन मागका कारण मजदुर समस्याले उग्ररूप लिएको छ । तर, यसलाई पनि बार्ताका माध्यमबाट समाधान गर्नुको विकल्प छैन । किनकि एउटा कम्पनी सञ्चालन हुनलाई मालिकले मात्रै गरेर पुग्दैन, उसले लगानी गर्ने हो, त्यसपछि त्यो कम्पनीमा कार्यरत मजदुर, कर्मचारी र मालिकबीचको सुमधुर सम्बन्धबाट मात्रै सफल हुनेभएकाले जबसम्म यो कम्पनी आफ्नै हो भन्ने भावना उत्पन्न हँुदैन, तबसम्म समस्या आइरहन्छन् । मालिकले पनि मजदुरको पसिनाको उचित मूल्य दिनुपर्छ र मजदुरले पनि मैले यसैबाट परिवार पालेको छु, कम्पनी फस्टाएमा हामीलाई पनि फाइदा पुग्छ भन्ने भावना जागृत गराउनुपर्छ ।
० विभिन्न उद्योगमा देखिएका श्रम समस्यालाई कसरी हेर्नुभएको छ, सरकारले यो समस्या दीर्धकालीन रूपमा समाधान गर्न के गर्नुपर्ला ?
– यो श्रम समस्या राष्ट्रिय रोग नै भएकाले सचेत हुनेपर्ने छ । कुनै पनि कम्पनी सञ्चालन गर्न एक्लैले सक्दैन । त्यहाँ जनशक्ति भर्ना गरिनुपर्छ । सुरुमा नोकरीका लागि प्रवेश गर्छन्, पछि उनीहरूले नै विभिन्न पार्टीको नाममा युनियन स्थापना गरेर जायज÷नाजाहेज माग राखी कम्पनीनै बन्द गराउनेसम्मका काम भएका छन् । यस्तो हुनु देशमा अस्थिर सरकार र अस्थिर राजनीतिक कारण हो । यहाँ राजनेताहरूले कम्पनीमा पनि राजनीतिक गरेकाले यो समस्या राष्ट्रिय समस्या बनेको छ । सरकारले यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न समयमा औद्योगिक नीति ल्याउनुपर्छ, समयानुकूल श्रम ऐन नियमलाई परिमार्जन गरिँदै पूर्णरुपमा कार्यान्वयन गर्नु पर्छ । अनिमात्र समस्या समाधान हुन्छ । सरकारले सो समस्या समधान गर्न कुनै पहल गरेको जस्तो मलाई लाग्दैन । किनकी पटक–पटक श्रम समस्या, उद्योग सञ्चादन गर्नकालागि आबश्यक र उचीत स्थानका नभएका कारण नेपाली उत्पादनलाई विश्व सामु पु¥याउन सकि रहेका छैन भनेर सो समस्या समधान गर्न दवाव दिएका छौ तर पनि सरकारले त्यसप्रति ध्यान नदिएका कारण पटक–पटक श्रम समस्याले उद्योगमा सताई रहने गरेको छ । अब बन्ने सररकारले पहिलो चरणमा श्रम समस्यालाई सम्बोधन हुनेगरी ऐन कानून ल्याई कार्यान्वयन गर्नु पर्छ ।

० व्यवसायीहरुबीच कत्तिको प्रतिस्पर्धा छ ?
नेपाली व्यवसायीबीच प्रतिस्पर्धा भन्दा पनि बिदेशी जुत्ताहरूनै हाम्रो मुख्य प्रतिस्पर्धी हुन् । खासगरी नक्कली बिदेशी ब्राण्डका जुत्ताले हामीलाई समस्या भएको छ । पाइरेसी जुत्ताहरू ठुलो मात्रामा नेपालमा भित्रने गरेको  छ । यसमा भन्सार कार्यालयले पनि चासो दिन सकेको छैन् । यसले हाम्रो व्यवसायलाई असर परेको छ । नेपाली जुत्ताको व्यवसाय राम्रो हुदा हुदै पनि जून रुपमा औद्योगिक  राष्ट्रका रुपमा विकसित हुनुपर्ने हो त्यो हुननसकेकाले यो व्यवसायले पनि सोचेअनुरुप प्रगति भने गर्न सकेको छैन् । दलहरुले आर्थिक क्रान्तिको नारा दिएपनि त्यसको साकार पार्नका लागि काम हुन सकेको छैन् । हामीले पनि गुणस्तरमा धेरै सुधार गरिसकेका छौं । नयाँ नयाँ डिजाइनमा उत्पादन गरेका छौं । बजार विस्तार भएको छ । नेपाली उत्पादन भन्ने बित्तिकै नाक खुम्चाउनेहरुले अहिले नेपाली उत्पादनका जुत्ताहरु खोजी खोजी प्रयोग गर्ने गरेका छन् ।
० अहिले कुल बजारमा कति प्रतिशत नेपाली जुत्ताको स्थान छ ?
ठ्याक्कै भन्न सकिने आकलन हामीसँग छैन । तथापी ६० प्रतिशतभन्दाबढी बजार नेपाली जुत्ताले ओगटेको छ भन्न सक्छौं । अब त्यो प्रतिशतलाईपनि हाम्रा उत्पादनले विस्तारै विस्तापन गरेर सय प्रतिशत पु¥याउने योजनाका साथ हाम्रो संघ अघि बढि रहेको छ । यसमा स्वदेशी उत्पादनमा भर पर्नकालागि सरकारले पनि अमिल्दो भन्सार नीति र करमा समयसापेक्ष परिमार्जन गरेमा हामी सजिलै विदेशी जुत्ता चप्पलमा आत्मनिर्भर बन्नेमा कुनै दुविधा छैन् । 
० समस्या चाहीँ के छ यस व्यवसायमा ?
मुख्य समस्या भनेको दक्ष जनशक्तिको अभाव नै हो । ४५ डिग्रीको तापक्रममा गएर हाम्रा नेपालीहरू पसिना बगाइरहेका छन् तर हामी कामदार नपाएर आक्रान्त छौं । दोस्रो कुरा राज्यले पनि यो व्यवसायलाई प्रबद्र्धन गर्ने खालको नीति ल्याउन सकेको छैन । हामीचाहिँ त्यहि मुलुकबाट सम्पूर्ण सामान खरिद गरेर ल्याई लोडसेडिङ झेलेर जुत्ता उत्पादन गरी त्यहि देशका जुत्ताहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । बिदेशबाट आउने जुत्ताको वास्तविक भन्सार मूल्याङकन हुनु जरुरी छ । तबमात्र हामी प्रतिस्पर्धा गर्न सक्षम हुनेछौ ं।
० यहाँले पनि लामो समयदेखि ‘विएफ डियर हिल’ जुत्ताको उत्पादन गर्दै बिक्री गर्दे आउनु भएको छ, सो जुत्तापनि चीनको खासाबाट आयात गरेर नेपाली ब्राण्डको स्टीकर टाँस्ने गरेको भन्ने आरोप रहेको छनी ?
– त्यो आरोपमात्र हो । आरोप लगाउन सजिलो हुन्छ तर त्यो अनुसार काम गर्न कठिन हुने गरेको छ । मेरो उत्पादनका जुत्तामा नेपाली ब्राण्डको स्टिकर टाँस्ने हो भने कामदार किन राख्नु प¥यो र । जुत्ता ल्यायो अनी २÷३ जना राखेर रातभरी टाँसे भयो हैन् र ? एउटा उत्पादनमा अर्को लेवल टाँसिदैन् । एक÷दुई पटक त्यो सफल होला तर लामो समयसम्म जुत्ताकै व्यवसाय गर्ने भएपछि त त्यो सम्भाबना नै रहदैन । उपभोक्ताले एक पटक लगाएको जुत्ता अर्कोपटक खोज्न आएनन् भने त लगानी ढुव्ने खतरा कुनै व्यवसायीले गर्दैन् नी ।
० यहाँ त जुत्ता उद्योगको छाता संगठनका रुपमा रहेको छाला जुस्ता तथा वस्तु उत्पादक संघको अध्यक्ष पनि हुनुहुन्छ, संघको भावि योजना के रहेको छ ?
–लामो समयदेखि सरकारले औद्योगिक ऐन ल्याउन सकेको छैन, औद्योगिक क्षेत्रको अभाब रहेको छ, भन्सार, करमा मेलखाने ऐन लगायत अन्य समस्याहरु धेरै रहेकाले सोबारे क्रमैसंग छलफल गरेर समधान गर्नेतर्फ संघले योजना बनाएको छ । स्वदेशी उत्पादनकालागि दक्ष जनशक्तिको अभाब भएकाले सरकारले तालिमको व्यवस्था गर्नु पर्नेमा पनि दवाव दिएका छौ । यदी सरकारले तालिम दिन सक्दैन भने, हामीलाई उपयुक्त स्थान दिएको खण्डमा तालिमकालागि संघले दिने छ । दक्ष जनशक्ति, आबश्यकता अनुसारको कच्चा पदार्थ पनि स्वदेशमै पाउने व्यवस्था सरकारले गर्नकालागि हामीले पहल गर्ने छौ । मासिक रुपमा ३ सय भन्दाबढीलाई तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सकेको खण्डमा विदेशबाट माग भइ आएको नेपाली उत्पादनका बस्तुहरु पु¥याउन सक्ने दाबी गर्दछौ ।  सवै यस उद्योगमा भएका विसंगती बिकृतिलाई हटाउनकालागि पनि संघले विषेश कार्याक्रमका साथ आफ्नो योजनाहरु आम सदस्यहरुमा छलफल गरेर अगाडि बढ्ने गरेका छौ ।
० अन्तमा
सरकारद्वारा श्रम ऐनलाई कानूनीरुपमा लागू गरिनु पर्छ भन्नेमा छौ । सरकारले फुटवयर टेक्नोलोजी कलेज स्थापना गर्ने, सो सम्बन्ध पुस्तक प्रकाशन गर्ने जस्ता कार्या गरेमा हामी स्वदेशी उत्पादनमै आत्मनिर्भर भई आयातलाई विस्तापन गर्न सक्षम हुने थियौ । अरु कुरा स्थापना कालदेखिनै हाम्रा उत्पादनमा गुणस्तरको नाममा नक्कली वस्तुको बिक्री वितरण हुने गरेको अलि बढीनै गुनासो आएका कारण त्यो समधान गर्नकैलागि संघको पहलमा ‘समुहिक व्यापार चिन्ह’ लागू गर्दै छौ । त्यो चिन्ह आगामि वर्ष हुन लागेको ११ औं प्रर्दशनीका क्रममा सार्वजनीक गर्ने छौ । जुन प्रर्दशनीमा संघमा अबद्ध भएका ७० वटा उद्योगबाट उत्पादन भएका जुत्तामा त्यो चिन्ह (होलोग्राम) टाँसिएर सार्वजनिक हुने छ । जुनले त्यो चिन्ह प्रयोग गर्दैन त्यो वस्तुको गुनासो हामी समधान गर्ने छैननौ । त्यो चिन्ह सहि रुपमा प्रयोग भएको छ या छैन भन्ने अनुगमन हाम्रो संघ, नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिले अनुगमन गर्ने छ । यदी नभएको पाइएमा विधान अनुसार कारवाही संघले गर्छ ।

Sunday, December 8, 2013

  बैदेशिक रोजगार विभागमा सस्थागत भ्रष्ट्राचार
रोशन कार्की
काठमाडौं ।
बैदेशिक रोजगार विभागमा अस्थिर सरकारको मौका छोपी अबैध कारोबार गर्ने कार्यमा तीब्रता आएको छ । कर्मचारी नियमावली विपरीत घुस असुल्नकै लागि सरकारले कर्मचारीको सरुवा एवं पदस्थापन गरेको तथ्य सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागको अन्तिम स्वीकृति शाखामा निर्देशकहरु कमलराज भण्डारी, बद्रीबहादुर कार्की र शाखा अधिकृत बाबुलाल रेग्मीको पदस्थापन पछि फाइल सेटिङ सुरु ष्री अबैध संलग्नतामा रकम संकलन गरी सेवाग्राहीसंग ठगी गर्ने गरेको खुलेको छ । विभागका एक कर्मचारीले नाम नछाप्ने सर्तमा दिएको जानकारी अनुसार विभागमा आउने सेवाग्राहीलाई स्टिकर टास्नकैलागि कार्यलयभन्दा बाहिर मंहगोमा टाँस्ने गरको समेत आरोप उनले लगाएका छन् । अवैध रकम असुल्न मातहतका कर्मचारीलाई सो विभागका निर्देशकले गोप्य निर्देशन दिएको विभाग स्रोतले भनाई रहेको छ ।
घुष असुल्नकै लागि एक वर्ष अघिदेखि वैदेशिक रोजगार विभागमा सरुवा हुन खोजेका शिक्षा मन्त्रालय अन्तर्गत कानुन शाखामा कार्यरत बद्रीबहादुर कार्कीलाई कर्मचारी नियमावली विपरीत वैदेशिक रोजगार विभागको निर्देशकमा सरुवा गरिएको छ । भने जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कमलराज भण्डारी र यातायात व्यवस्था कार्यालय एकान्तकुना लाईसेन्स शाखाका बाबुलाल रेग्मीलाई राजनीतिक र प्रशासनिक शक्तिका आडमा विभागको अन्तिम स्वीकृति शाखामा पदस्थापन गरिएको छ । शाखा अधिकृत रेग्मी र भण्डारी भर्खर मात्रै आएका निर्देशक हुन । एमाले निकट मानिने कार्की निर्वाचनमा खटिएका बखत समेत विभागमा आफ्नो भाग खोजेको विभाग स्रोतको भनाई छ । उनी संविधान सभानिर्वाचन २०७० मा खटिएका थिए ।

विभागमा नवनियुक्त महानिर्देशक रबिन्द्रमोहन भट्टराई विदेश भ्रमणमा रहेकाले निमित्त महानिर्देशक कमलराज भण्डारी र बद्रीबहादुर कार्कीको सो अबैध रुपमा स्टिकर टाँसी रकम असुली गरेको आरोप कर्मचारीेलेनै लगाएका छन् । शक्ति केन्द्रलाई रकमको बुझाएर विभाग आएका दर्जनौं राष्ट्र सेवक कर्मचारीहरुले मानव तस्करीलाई संस्थागत गर्दै किस्ता बुझाउने गरेको समेत बुझिन आएको छ । ती कर्मचारीले अफिस समयमा विभिन्न बहाना बनाई सेवा दिनमा ढिलासुस्ती गर्नै तर, रातपरेपछि म्यानपावर व्यवसायीका फाइलका अनुसार स्टिकर टाँस्ने गरेका कारण विभागमा अन्तिम श्रमस्किृती लिनआउनेहरुको लामो लाईन लाग्ने गरेको छ । शुक्रबार बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को कमाण्डमा दुई दर्जन सादा पोशाकमा प्रहरी कर्मचारी विभागमा खटिए पनि घुषको कारोवार चेक र गोप्य ठाउँमा हुने र प्रत्येक स्टिकर गनेर अवैध रकम असुल्न निर्देशकद्वय भण्डारी, कार्की र शाखा अधिकृत रेग्मीले निर्देशन दिएका कारण तल्लो दर्जाका कर्मचारीलाई अप्ठेरो परेको स्रोतले दाबी रहेको छ ।
व्वयवसायी प्रतिनिधिहरु दिनहुँ विभागको अन्तिम स्वीकृति शाखाका भ्mयालमा खचाखच उभिइरहँदा निर्देशन दिने र कामगर्ने कर्मचारीभने सो स्थानमा नहुने भएकाले सेवाग्राहीहरुको लाईन मुख्य सडकसम्म पुग्ने गरेको छ । गत आईतबार र सोमबार दर्जनौं व्यक्तिगत र संस्थागत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिंडेका सर्वसाधारणलाई अध्यागमन विभागले कागजात नमिलेको भन्दै फर्काइ दिएपछि व्यवसायी, वैदेशिक रोजगार विभागकातर्फबाट कमलराज भण्डारी र अध्यागमन विभागका महानिर्देशक शरदचन्द्र पौडेल बिच अनलाईनमा देखिएका भिजालाई मान्यतादिने औपचारिक सहमती भएपछि वैदेशिक रोजगार विभागमा संस्थागत घुषखोरी सुरु भएको हो । संयुक्त अरब ईमिरेट्स (यू.ए.ई) लाई ट्रान्जिट प्वाईन्ट बनाएर ३० वर्ष मुनीका महिला र सरकारद्वारा प्रतिबन्धित मुलुकमा भिजिट भिजा लगायत कम्पनीको भिजामा जानेहरुलाई खुल्ला भएपनि त्यसलाई आधार बनाएर मानव तस्करी बढ्ने सम्भावना रहेको विभाग स्रोतले जानकारी दिएको छ ।
त्यसैगरी, गतसाता भिजाको मिति समाप्त भएकी एक महिलाकामदारलाई ८० हजार रुपैयाँ घुष लिएर मानव तस्करले श्रम स्वीकृति नलिई अध्यागमन पार गराउन सफलभएका छन् । दैनिक यसरी वैदेशिक रोजगार विभागदेखि अध्यागमन सम्म सेटिङ हुने भएकाले रकम नबुझाउने सेवाग्राही भने विभिन्न समस्यामा फसाई काम समेत नगरिदिने गरेको गुनासो बढेको छ ।

Saturday, December 7, 2013

अस्थिर सरकारका कारण गलैंचा निर्यातमा गिरावट

रोशन कार्की
काठमाडौं ।
केही वर्ष अत्याधिकमात्रामा विदेशी बजारमा निर्यात हुने गरेको नेपाली गलैचा पछिल्लो समयमा आएर वृद्धि हुने भन्दापनि झन् गिरावट हुनेक्रममा तीब्रता आएको छ । डेढ दशक अघि सबैभन्दा धेरै विदेशी मुद्रा भित्र्याउने नेपाली गलैंचाको निर्यातमा गिरावट आउनुमा मुख्य रुपमा अस्थिर सरकारको कारण हुन गएको आरोप समेत सम्बन्धित व्यवसायीहरुले लगाएका छन् । व्यवसायीहरुका अनुसार स्थायी सरकार र अस्थिर राजनीतिकका कारण बढ्दो बन्द हड्तालले गर्दा समयमा माग भएको गलैचा पु¥याउन नसक्दा त्यसको प्रभाब निर्यातमा परेको जनाएका छन् । आर्थिक वर्ष ०६८÷०६९ मा २२ प्रतिशतले निर्यात बढेकोमा  आर्थिक वर्ष ०६९÷०७० मा ५ दशमलव ७ प्रतिशतले गिरावाट छ । व्यवसायीहरुका अनुसार माग भएको समयमा सामान पु¥याउन नसक्नु, दक्ष जनशक्तिको कमी जस्ता कारणले गलैंचा निर्यातमा कमी आएको गलैंचा उद्योग संघको दाबी रहेको छ ।
गलैंचा उत्पादन गर्नका लागि चाहिने आवश्यक कच्चा पदार्थ ऊनी नेपाली बजारमा नपाउनु, माग भएको गुणस्तरीय सामान समेत बन्द हड्तालका कारण समयभित्र पु¥याउन नसक्नुले पनि निकासीमा गिरावट आएको दाबी संघको रहेको छ । हाल नेपाली बजारमा उच्च, मध्य र न्यून गरी तीन गुणस्तरको गलैंचा उत्पादन हुने गर्छ ।  कच्चा पदार्थको गुणस्तर, साइज र डिजाइन अनुसार मूल्य निर्धारण हुन्छ । आकार, प्रकार र गुणस्तर अनुसार मूल्य पर्ने भएपनि नेपाली बजारमा न्यूनतम ७ हजारदेखि २० हजार रुपैयाँ मूल्य पर्ने गलैंचा पाइन्छ ।

हाल नेपालमा झण्डै ९ सय गलैंचा उद्योग सञ्चालनमा रहेका छन् । उपत्यकमा मात्र ९५ प्रतिशत उद्योग रहेको व्यवसायीहरु बताउँछन् । गलैंचा निर्यात गर्दा शून्य भन्सार शुल्क लाग्ने गरेको छ । सरकारले गलैंचा प्रवद्र्धन र निर्यातकर्तालाई प्रोत्साहित गर्न २ प्रतिशत सहुलियत समेत दिदै आएको भएपनि सो निकासीमा गिरावट आइरहेको छ ।
नेपालमा उत्पादन भएको गलैंचा ९५ प्रतिशत युरोपियन देशमा निर्यात हुने गरेको छ । बाँकी ५ प्रतिशत नेपाली बजारमा नै खपत हुने गरेको संघले जनाएको छ । नेपाली गलैंचा जर्मनी, बेलायत, अमेरिका, फन्स, अष्ट्रेलिया, स्वीटजरल्याण्ड, इटली, टर्की र डेनर्माक लगायतका देशहरुमा निर्यात हुने गरेको छ । ऊनीबाट निर्मित गलैंचाको विदेशमा बढी माग हुने गरेपनि प्राकृतिक रेशादारमा पनि उत्तीकै आकर्षण छ ।   प्राकृतिक रेशाबाट निर्मित गलैंचाको प्रयोगले एलर्जी, उच्च रक्तचाप हुने मानिसलाई लाभदायक हुने विज्ञहरु बताउँछन् । 
विश्व वजारमा नै लोकप्रियता कमाउन सफल नेपली गलैँचाको निर्यात दर क्रमश ः घट्दै गएको छ । नेपालमा  श्रमिक समस्या र राष्ट्रिय समस्याका रुपमा रहेको ऊर्जा संकटले गलैँचा निर्यातमा समेत प्रभावित भएको व्यवसायीको भनाइ रहेको पाइन्छ । नेपाल कार्पेट निकासी कर्ता संघका अनुसार एक दशकको अनुपातमा नेपाली गलैँचाको परिणत्मक रुपमा ७५ प्रतिशतले निर्यातमा गिरावट आएको छ । मूल्यको अनुपातमा गलैँचा निर्यातमा ५० प्रतिशतले गिरावट आएको संघको दाबी रहेको छ ।
पछिल्लो समयमा नेपालमा गलँैचाको भौतिक तथा रासायनिक परीक्षण गर्न प्रयोगशालाको अभाव रहेको कारणले पनि अन्तर्राष्ट्रिय बजारमा बजार लिन समेत कठिन भएको छ ।  नेपालको निर्यात घट्नुको मुख्य कारणको रुपमा गलँैचा उद्योगी यस पेसाबाट पलायन हुनुलाई पनि लिने गरिएको छ । हालसम्म उद्योगीहरु झण्डै ६० प्रतिशत पलायन भइसकेको संघको दाबी रहेको छन् ।
सन् १९९० मा देशभर भण्डै एक हजार चार सयको संख्यामा रहेका उद्योग अहिले पाँचदेखि ९ सयमा सीमित हुन पुगेको छ र उद्योग बन्द हुने क्रम बढ्दो छ । उद्योग बन्द हुने क्रमसँगै उत्पादनमा कमी आएको छ र यसले निर्यातमा पनि प्रत्यक्ष प्रभाव पारेको छ । गलैँचा उद्योग संघका अनुसार सन् १९९४ मा झण्डै ३४ लाख वर्ग मिटर गलैँचा निर्यात भएकोमा सो परिणाम ११ लाख वर्ग मिटरमा सिमित हुन पुगेको छ ।
आर्थिक वर्ष २०५३÷०५४ मा २८ लाख ९० हजार वर्ग मिटर गलैचा निर्यात भएकोमा आव २०५४÷०५५ मा १५ प्रतिशतले गिरावट भई २४ लाख ४७ हजार वर्ग मिटर मात्र निर्यात भएको थियो । त्यस्तै सो परिणाममा गिरावट हुँदै आव २०६२÷०६३ सम्म आई पुग्दा १४ लाख २१ हजार वर्ग मिटर मात्र निर्यात हुन सक्यो । आव २०६३÷०६४ मा सो निर्यातको अवस्था १३ लाख ४१ हजार वर्ग मिटर हुँदै आव २०६४÷०६५ मा ११ लाख ४९ हजार वर्ग मिटरमा सीमित हुन पुग्यो । विश्व बजारमा हातबाट निर्माण गरिएको नेपाली गलँैचाको माग हुने गरेको छ । नेपालको निकासीजन्य वस्तुमा गलैँचा प्रमुख वस्तुको रुपमा रहँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सस्तो मूल्यमा गलैँचा माग भए अनुरुप नेपाली गलैँचा उत्पादन हुन थालेपछि गुणात्मक पक्ष खस्कँदै गएको छ । अनुसार सन् २००८ मा सबैभन्दा बढी जर्मनीमा ३७ प्रतिशत नेपाली गलैँचा निर्यात भएको थियो । त्यस्तै अमेरिकामा ३१ प्रतिशत, अस्ट्रेलियामा ८ प्रतिशत र बेल्जियम र बेलायतमा झण्डै चार–चार प्रतिशत निर्यात भएको थियो । २०६७÷६८ मा ४ अर्ब ८६ करोड ४ लाखको निर्यात भएको थियो । २०६६÷६८ मा ४ अर्ब ७ करोड ८७ लाखको निर्यात भएको नेपाल राष्ट्र बैंकको तथ्याङकमा उल्लेख छ  ।

Thursday, December 5, 2013

तातोपानी भन्सारमा १७ किलो सुन बरामद
                   दुइ चिनियाँपिहत तीन पक्राउ 

रोशन कार्की÷रोशन पाण्डे
काठमाडौं । सशस्त्र प्रहरी र तातोपानी भन्सार कार्यालयको संयुक्त टोलीले तातोपानी नाकाबाट लुकाई–छिपाई नेपाल ल्याइँदै गरेको अवस्थामा बुधबार १७ किलो अवैध सुन बरामद गरेको छ । सुन तस्करीमा संलग्नता देखिएपछि एक महिलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । तातोपानी भन्सार नजिक मितेरी पुलबाट ९ किलो सुनसहित एक नेपाली महिला पक्राउ परेपछि उनकै बयानका आधारमा प्रहरीले भन्सार आसपासका क्षेत्रबाट थप दुई जना चिनियाँ नागरिकलाई पनि पक्राउ गरेको हो ।
पक्राउ परेका दुई चिनियाँ नागरिकबाट पनि आठ किलो सुन बरामद भएको भन्सार कार्यालयले जनाएको छ । पक्राउ पर्ने नेपाली महिला भने सिन्धुपाल्चोक मार्मिन–८ निवासी ल्हामो तामाङ रहेको प्रहरीले बताएको छ । पक्राउ परेका अन्य दुई चिनियाँ नागरिकको भने पहिचान खुलिसकेको छैन । तिब्बतको खासाबाट कम्मरमा लुकाएर नेपाल ल्याउ“दै गर्दा तातोपानी भन्सार गेटमै ती महिला ११ बजे पक्राउ परेको सशस्त्र प्रहरी र भन्सार कर्मचारीले जनाएका छन् । सुराकीका आधारमा भन्सार कर्मचारीले उनीहरूको शरीर खानतलासी लिने क्रममा कम्मरमा लुकाई–छिपाई राखिएको अवस्थामा सो परिमाणको सुनका ९ वटा बिस्कुट फेला परेको प्रहरीले बताएको छ । स्रोतका अनुसार पक्राउ पर्नेहरू भरिया मात्र भएको र उनीहरूले सो सुन काठमाडौंसम्म पु¥याउने ठेक्का पाएको बुझिएको छ । भन्सार गेटमा सुन बरामद भएको यो दोस्रोपटक हो । एक वर्Èअगाडि यही स्थानमा ३ किलो सुन बरामद भएको थियो ।

व्यापारीबीच कमिसनको कुरा नमिल्दा नाकाबाटै सुनसहित १ जना पक्राउ परेपछि अन्य २ जना दोस्रो चरणमा पक्राउ परेका थिए । नेपाली व्यापारीले २ जना चिनियाँ नागरिक महिला र १ जना नेपाली नागरिक महिलालाई सुन बोकाई नेपाल ल्याउँदै गर्दा व्यापारीकै सूचनाका आधारमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएको समाचार स्रोतले जनाएको छ ।
पुरुषलाई प्रयोग गर्दै आएका व्यापारीले यसपटक महिलालाई सुन बोकाई नेपाल–खासा सिमाना कटाउन प्रयोग गरेको थियो । एक÷दुई दिनअघि नै सो सुन नेपाल भित्र्याउनुपर्नेमा भरियाबीच सुन ल्याएबापत पाउनुपर्ने रकममा कुरा नमिल्दा केही दिन आयात कार्य पनि रोकिएको स्रोतले बताएको छ । स्रोत भन्छ, ‘सुन आयातको जिम्मा लिएको व्यवसायीसँग कमिसन माग गरेको र सो कमिसन दिन नसक्ने बताएपछि सूचना सरकारी निकायसमक्ष दिइएको हो, सोही सूचनाका आधारमा १७ किलो सुन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।’
सो सुन काठमाडौंसम्म ल्याउने जिम्मेवारी सोही जिल्लाको तातोपानी गाविसका स्थानीय बासिन्दा चन्द्र शेर्पाले लिएको स्रोतले जनाएको छ । व्यवसायीका कारण गत वर्षको अन्त्यतिर सोही नाकाबाट लुकाई–छिपाई नेपाल भित्र्याउँदै गरेको सुनकाण्डमा कमिसनको कुरा नमिल्दा मनमुटाव भएका व्यवसायीले खासाबाट सुन आयात हँुदै गरेको सूचना भन्सार सुरक्षार्थ खटिएको टोलीलाई जानकारी भएको थियो ।
लामो समयदेखि खासाबाट सुन भित्र्याई भारत चोरी–निकासी गर्न ‘ट्रान्जिट’ का रूपमा प्रयोग हुँदै आएको छ । भन्सार छलेर ल्याइने भएकाले तस्करीको सुनमा धेरै नाफा हुने गरेको छ । यो नाकाबाट दैनिक २० किलोभन्दा बढी सुन भित्रिने गरेको स्रोतको दाबी छ । तोलामा ५ हजार रूपैयाँसम्म नाफा हुने भएपछि सुनको तस्करीमा सो नाकाको प्रयोग व्यापक हुने गरेको थियो । अवस्था हेरेर एकपटकमा ५ सयदेखि १ हजार रूपैयाँ दिएर सुन बोकाएर भरियालाई नाका कटाउने गरेको स्रोतको दाबी छ ।
गत असोजमा चीनको खासाबाट तस्करी गरेर राजधानी ल्याइएको ३५ किलो सुनसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो । केन्द्रीय अनुसन्धान ब्युरोले कन्टेनरमा लुकाएर ल्याउँदै गरेको उक्त सुन बिहान साढे ५ बजे कोटेश्वरबाट बरामद गरेको थियो । त्यतिबेला नियन्त्रणमा रहेकोे सुनको साहु कालिकास्थानका मोहन अग्रवाल र बौद्ध चुच्चेपाटीका ध्याम्जो लामा, कन्टेनर साहु नामगेल भनिने ओमबहादुर बज्राचार्य र कन्टेनरका चालक निमा छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।
यसैगरी, गत जेठमा १६ किलो सुनसहित काठमाडौं प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । उनीहरूले जुत्ताभित्र सुनको बिस्कुट राखेर काठमाडौं ल्याएका थिए । मंसिर दोस्रो साता काभ्रेको धुलिखेल चेकपोस्टले ९ किलो बरामद गरेको थियो । त्यस समयमा कन्टेनरका चालक मात्र समातिएका थिए । व्यापारीले एक किलो सुन भारत पु¥याउन सकेको खण्डमा एकपटकमा २ लाख रूपैयाँसम्म नाफा हुने गरेको छ । ०४३ सालमा प्रहरी महानिरीक्षकबाट अवकाश पाएका डिबी लामा र तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहका एडिसी भरत गुरुङ तस्करीको आरोपमा कारबाहीमा परेपछि विस्तारै हवाईमार्ग छाडी सुन तस्करले स्थलमार्गबाट भित्र्याउन थालेको अनुसन्धानबाट खुलेको छ ।

Wednesday, December 4, 2013

अर्थमन्त्रालयबाट एकै महिनामा १ अर्ब रुपैयाँ निकासा
रोशन कार्की
काठमाडौं ।
अर्थ मन्त्रालयले पछिल्लो समयमै एकै महिनामा १ अर्ब रुपैयाँभन्दा बढी रुपैयाँ निकासा गरेको छ । मन्त्रालयले एक महिनामा विविध शीर्षकमा विनियोजन गरिएको रकमबाट कार्तिक महिनामा १ अर्ब ८ करोड ३४ लाख ७८ हजार रुपैयाँ रकमान्तर तथा निकासा गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
प्राप्त विवरण अनुसार मन्त्रालयले संविधान सभा–२ को चुनाव, विशिष्ट व्यक्तिको भ्रमण खर्च, भन्सार फिर्ता, आर्थिक सहायता, विभिन्न मन्त्रालय तथा निकायको भैपरी आउने साधारण खर्च, भौतिक सुविधा लगायतको शीर्षकमा अर्थमन्त्रालयले सो निकासा गरेको हो ।
मन्त्रालयको उच्च स्रोतले पछिल्लो समयमा रकमान्तर र साधारण खर्च बढेको बताएको छ । स्रोतका अनुसार फजुल खर्चलाई नियन्त्रण गर्न अर्थ मन्त्रालय असफल भइरहेको उल्लेख गरेको छ  । सरकारी खर्चमा सानातिना कार्यक्रममा भाग लिन मन्त्री, सचिव, सहसचिव लगायतका कर्मचारीले गर्ने विदेश भ्रमणलाई नियन्त्रण गर्न अर्थ मन्त्रालयले सकेको छैन । सानातीना खर्चलाई नियन्त्रण गर्न नसक्दा पछिल्लो समयमा  सरकारको साधारण खर्च बढ्दै गइरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालयबाट विविध शिर्षकमा रकमान्तर गरेकोमा  सबैभन्दा बढी नेपाली सेनालाई दिएको छ । सेनाका लागि सवारीसाधन र सञ्चार सेट खरिदका लागि ४६ करोड ९५ लाख ९१ हजार रुपैयाँ रकमान्तर गरिएकोे छ । त्यसैगरी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत रहेको सुरेश वाग्ले क्यान्सर स्मृति केन्द्र र बिपी कोइराला क्यान्सर अस्पताललाई ३८ करोड रुपैयाँ दिएको छ । संविधानसभा चुनावमा प्रयोग गरिएका सवारीसाधनको बिमा तथा अन्य कर र महसुल भुक्तानी गर्न अर्थ मन्त्रालयले गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ४ करोड ८२ लाख १५ हजार रुपैयाँ रकमान्तर गरी निकासा गरिएको छ ।
संविधानसभा चुनावमा खटिएका म्यादी प्रहरीलाई आउने–जाने खर्चका लागि अर्थ मन्त्रालयले रकमान्तर गरेर ९ करोड रुपैयाँ दिएको छ । यसमध्ये जिल्ला प्रहरी कार्यालयका लागि ८ करोड ४८ लाख ७८ हजार र महानगरीय प्रहरीलाई ५१ लाख २२ हजार रुपैयाँ निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । यसैगरी, संविधानसभा चुनावकै लागि अर्थ मन्त्रालयले राष्ट्रिय अनुसन्धान विभागलाई २ करोड ५२ हजार रुपैयाँ दिएको छ । चुनावका लागि १६ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विनियोजित बजेटमध्ये चुनावको सुरक्षाका लागि साढे ८ अर्ब रुपैयाँ निकासा दिइसकेको बताएका छन् । मन्त्री कोइरालले भनेका छन्, ‘सुरक्षाका लागि साढे ८ अर्ब निकासा भइसकेको छ, निर्वाचन आयोगले गरेको खर्चको विवरण आएको छैन ।’
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा भाग लिन अमेरिका जाँदा अर्थमन्त्री कोइराला नेतृत्वको प्रतिनिधि मण्डलको हवाई टिकट खर्च ४६ लाख ७७ हजार रुपैयाँ निकासा भएको छ ।
बेल्जियममा आयोजना गरिएको व्यापार मेलामा सहभागी हुन गएको प्रतिनिधि मण्डलले गरेको १३ लाख १३ हजार रुपैयाँ खर्च अर्थ मन्त्रालयले वाणिज्य मन्त्रालयलाई निकासा दिएको छ । वाणिज्य मन्त्रीसमेत रहेका कोइरालाले प्रतिनिधि मण्डलको नेतृत्व गरेका थिए ।
यसैगरी, निर्यातमूलक उद्योगलाई भन्सार महसुल फिर्ता दिन ४ करोड ६ लाख ६१ हजार रुपैयाँ उद्योग मन्त्रालयलाई निकासा दिइएको अर्थ मन्त्रालयले जनाएको छ । निर्यातमूलक उद्योगलाई प्रोत्साहन गर्न गरिएको महसुल छुटको रकम सरकारले उद्योग विभागमार्फत उद्योगीलाई दिने व्यवस्था गरेको छ । त्यसैगरी, मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीविरुद्ध परेको मुद्दाको बहस गर्दा ८ लाख २५ हजार रुपैयाँ खर्च भएको छ । रेग्मीका तर्फबाट १३ जना कानुन व्यवसायीले बहस गरेका थिए । रकमान्तर गरी महान्यायाधिवक्ता कार्यालयलाई रकम दिइसकिएको अर्थ मन्त्रालयले जनाएको छ । यसरी सरकारी कोषबाट अत्याधिकमात्रामा एक महिनामा यति धेरै रुपैयाँ निकासी भएको यो पहिलो पटक भएको अर्थमन्त्रालय स्रोतको दाबी रहेको छ । मन्त्रालयले सो निकासीमा प्रत्येक महिनाजसो वृद्धि हुदै जाने अनुमान गरेको छ ।

Tuesday, December 3, 2013

सेटिङ मिलाएर राजस्व छली नियन्त्रण बाहिर
रोशन कार्की
काठमाडौं ।
सरकारले भन्सार नाकाबाट हुने अबैध कारोबार रोक्ने विभिन्न योजनाहरु ल्याएपनि कर्मचारी र व्यवसायीकै मिलेमतोमा दैनिक ३ अर्ब रुपैयाँभन्दा बढीको अबैध सामान नेपाल भित्र्ने गरेको छ । सरकारले राजस्व अन्तरगतका कर्मचारीलाई दिइदै आएको प्रोत्सान भत्तालाई घटाएपछि भन्सार कर्मचारी र व्यवसायीबीच गोप्य सहमती गरि भन्सार नाकामा ‘सेटिङ’ मिलाएर सामान छुटाउने कार्यलाई नियन्त्रण गर्न सरकार असफल भएको छ ।
प्राप्त पछिल्लो समाचार अनुसार अबैधरुपमा कानून विपरित कर्मचारी र व्यवसायीको मिलिमतोमा विशेष ‘सेटिङ’ मिलाएर विना चेकजाँच ‘भन्सार प्रज्ञापन पत्र    ’ दिई छुटाउने गरेको तातोपानी भन्सार नाकाका सम्बन्धित एक व्यवसायीले बताए । नाम नछाप्ने सर्तमा ती व्यवसायीले भने,‘थोरै सामान आयात गर्ने बेला पुरै कर बुझाउने तर ४ वटाभन्दाबढी ट्रकमा सामान ल्याउने समयमा आफुले भनेको भन्सार कर्मचारीलाई सामान जाँच्नकालागि खटाउने गरेका छन् ।’
सो अबैध कार्यमा प्रतिबन्धित सामानको आयात गर्ने बेलामा समेत तातोपानी भन्सार कार्यालयका भन्सार प्रमुखहरुले नै चेकजाँचमा जाने गरेको आरोप समेत ती व्यापारिले लगाएका छन् । व्यापारिका अनुसार चीनको स्वसाशित क्षेत्र तिव्वतको खासा बजारबाट प्रतिबन्धित सामान ल्याउने समयमा एकतर्फी रुपमा सम्बन्धित व्यवसायीका कन्टेनर भ्यान बाहेक अन्यलाई भन्सार यार्डमा रोक लगाई सामान चेकजाँच गर्ने गरेको आरोप लगाएका छन् । अस्थिर राजनीतिकको मौका छोप्दै भन्सार कार्यालयमा कर्मचारी र व्यवसायीको सेटिङमा राजस्व छली समते हुने गरेको छ । अर्थ मन्त्रालयले व्यापारीको दबाबमा तातोपानी भन्सार नाकाबाट अत्याधिकमात्रामा सो अबैध करोबार हुने गरेको समेत खुलेको छ । पछिल्लो पटक सो नाकामा प्रमुख भन्सार अधिकृत मिमाशुं अधिकारी पुगेपछि अबैध सामानको आयातमा अत्याधिक रुपमा वृद्धि भएको स्थानिय व्यवसायीहरुले बताउदै आएका छन् । कर्मचारी सरकारले आर्थिक वर्ष २०७०÷०७१ को बजेटबाटै थानकोट र धुलिखेलस्थित राजस्व अनुसन्धान विभागको चेकपोस्ट हटाएपछि सो सेटिङबाट अबैध सामान काठमाडौं भित्राउन थप सहज भएको छ ।
चेकपोस्ट हटेपछि व्यापारीले राजस्व अनुसन्धान विभाग र भन्सार कार्यालयका अधिकारीसँग ‘सेटिङ’ मिलाएर प्रज्ञापनपत्रमा कम मूल्य देखाई राजस्व छली गर्ने गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार तातोपानी नाकाबाट ट्रक तथा कन्टेनर छाड्दा विभागको सघन गस्ती टोली थानकोटतिर जाने र थानकोटबाट गाडी आउँदा टोली धुलिखेलतिर जाने गरेका छन् । अबैध सामान आयात गर्ने दिन तातोपानीका प्रमुख भन्सार अधिकृत कार्यकक्ष छोडी अनेन्त्र जाने गरेको समेत खुल्न आएको छ ।
तातोपानी नाका स्थित उच्च स्रोतले दिएको जानकारी अनुसार खासा बजारबाट अबैध सामान आयात गर्ने दिन आफ्नो कार्यकक्ष छोडी निमित्तलाई जिम्मा लगाएर अबैध सामान आयात गर्ने गरेको पाईएको छ  ।  विभागका महानिर्देशक सूर्यप्रसाद आर्चायले तातोपानी नाकाको विषयमा विभागले गम्भीर भएर कारवाही अगाडि बढाएको बताएपनि अझैसम्म सो नाकाका कुनै पनि कर्मचारी र व्यापारिलाई कारवाही गर्न सकेको छैन् । महानिर्देशक आर्चायले अनुसन्धानबाट अबैध कारोबारमा संलग्न भएको पुष्टी भएमा कारवाही हुने बताएका छन् ।


भन्सार कर्मचारीको मिलेमतोमा नेपाल सामान भित्रयाउने अवैध फर्ममा रामायण ग्रुप, जिएन इन्टरप्राइजेज, एसकेजे इन्टरनेशनल बिजनेस प्रालि, गोसाइँकुण्ड इन्टरनेशनल बिजनेस प्रालि, जुगल इन्टरनेशनल प्राइजेज, सिन्धु इन्टरनेशनल बिजनेस प्रालि, कान्तिपुर बिजनेस ग्रुप, अरनिको ग्रुप, साइनो बिजनेस ग्रुप, साइनो मेस, सदाबहार मेस, क्षमादेवी मेस रहेको स्थानीय व्यवसायीहरुले बताएका छन् । स्रोतले भन्यो, ‘तातोपानी नाकाबाट भन्सार न्यून मूल्यांकन गरी गाडी छुटाएर करोडौं राजस्व छल्ने कार्यमा भन्सार कर्मचारीको मुख्य हात हुने गरेको छ ।’
सो कार्य सार्वजनिक हुने भएपछि भन्सार प्रमुख अधिकृत मिमाशुं अधिकारी विना कारण पुन ः कार्यकक्ष छोडी काठमाडौं आएको तातोपानी उच्च स्रोतले बतायो । ३ सय वटा कन्टेनर भ्यानको प्रज्ञापनपत्र तोक लगाई छुटाउन तातोपानी भन्सार पुगेका व्यापारी र कर्मचारीबीच लेनदेनको विषयमा विवाद भएपछि समस्या समधान गर्न नसक्ने अबस्था देखेर भन्सार प्रमुख अधिकारीले आफ्नो कार्यकक्ष छोडी काठमाडौं आएको आरोप व्यवसायीहरुले लगाएका छन् ।
उनी भन्सार कार्यकक्ष छोड्दा भन्सार अधिकृत दानबहादुर केसीलाई निमित्त बनाई आउने गरेको र अधिकृत केसीले व्यवसायीसंग मिलेर विना भन्सार सामान छुटाउने गरेको आरोप लगाएका छन् । अधिकृत केसी अर्थमन्त्री शंकरप्रसाद कोइरालाको सहयोगी भएको भन्दै आफ्नो क्षेत्राधिकार समेत विर्सिएर सो नाकाबाट अबैध सामान छुटाउनेमा पहिलो पंक्तिमा रहेका छन् ।
पटक–पटक राजस्व अनुसन्धान विभागले सो नाकाबाट छुटेका मालवहाक कन्टेनर भ्यानलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको भएपनि सामान अनुसान्धान गरेर सामान छाड्ने गरेको आरोप समेत स्वयम् व्यवसायीहरुले नै लगाउदै आएका छन् ।
चीनसँगको व्यापारिक नाका तातोपानीबाट हुने व्यापारमा चोरी तस्करी बढनथालेपछि त्यस्तो कारोबार नगर्न व्यापारीलाई उच्चस्तरीय राजस्व चुहावट नियन्त्रण अनुगमन समितिले निर्देशन दिएको छ । भन्सार छली र चोरी तस्करीका कारण बद्नाम बनेको तातोपानी भन्सारमा अब उप्रान्त अवैध कारोबार भए कारबाही गर्ने राजस्व चुहावट नियन्त्रण टोलीले चेतावनी दिएको भएपनि सो निर्देशनलाई बेवास्था गर्दे सो नाकाका कर्मचारीद्वारा अबैध सामान छुटाउने गरेको आरोप लाग्दै आएको छ ।
तातोपानी भन्सारबाट हुने व्यापारिक कारोबारमा विभिन्न बहानामा चोरी तस्करी बढेपछि अवैध कारोबार रोक्न केन्द्रबाट आएको उच्चस्तरीय राजस्व चुहावट नियन्त्रण अनुगमन समितिले कडा निर्देशन दिएपनि सो निर्देशनको बेवास्था गर्दै सो कार्य भएको छ । राजस्व नतिरी नक्कली कागजमा भ्याट तिरेको व्यहोरा बनाएर कारोबार गर्ने व्यवसायी र सो कागजात बनाउने कर्मचारीलाई कारवाही गर्न समितिले निर्देशन दिएका थियो ।
गृह मन्त्रालयका सहसचिव चूडामणि शर्माले मर्यादित भएर व्यापार नगरे कुनै पनि मूल्य चुकाउनु पर्ने व्यापारीहरुलाई चेतावनी दिएका थिए । तातोपानी भन्सार नाकामा हुने समस्या र चोरी तस्करी नियन्त्रणका लागि उच्चस्तरीय राजस्व चुहावट नियन्त्रण टोली परिचालित भइ रहेको छ । सो टोलीले पनि चुहावट र सेटिङलाई नियन्त्रण गर्न नसक्दा भन्सार राजस्व संकलनमा प्रत्यक्ष असर पुग्दै

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...